चौध करोडको लगानीमा ह्याचरी

झापा । ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ ।

मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिनुभयो ।

झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह माविको चार बिगाह दुई कट्ठा जग्गा भाडामा लिएर फार्म सञ्चालन गरिएको छ । त्यहाँदेखि करीब ३०० मिटर टाढा कनकाई–८ मा ह्याचरीको आफ्नै स्वामित्वमा रहेको एक बिगाह ११ कट्ठा जग्गामा चल्ला उत्पादन गर्ने मेसिनसहितको भौतिक संरचना तयार गरिएको अर्का सञ्चालक तारा प्रसाईंले बताउनुभयो।

“विद्यालयको जग्गा रु ८० हजार वार्षिक भाडा बुझाउने गरी २१ वर्षका लागि लिजमा लिका छौँ,” उहाँले भन्नुभयो । तीन–तीन वर्षमा १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति भएको छ । हाल यहाँबाट हप्तामा ११ हजार कुखुराका चल्ला उत्पादन हुँदै आएको छ ।

ह्याचरी पूर्णरुपमा सञ्चालमा आएपछि हप्तामा ६० हजार चल्ला उत्पादन गर्न सकिने अर्का सञ्चालक निर्जा सिवाकोटीले बताउनुभयो । क्षमता विस्तारका लागि थप तीन बिगाह १७ कट्ठा जग्गा खरिद गरिएको छ । हाल अण्डा पार्ने ‘प्यारेन्स’ कुखुराको एक दिने चल्ला मलेसियाबाट आयात हुने गरेको छ । ‘कब ५००’ जातको उक्त कुखुराको चल्ला ह्याचरीसम्म ल्याउन करीब साढे छ डलर खर्च हुने सञ्चालक सिवाकोटी बताउनुहुन्छ ।

हाल ह्याचरीमा चार हजार अण्डा पार्ने प्यारेन्स कुखुरा रहेका छन् । कुखुराले नियमित रुपमा ७५ हप्तासम्म अण्डा पार्छ । ह्याचरीबाट प्रतिवटा चल्ला रु ५० मा बिक्री गरिँदै आएको छ । अरुतिर भने ‘कब ४००’ जातको कुखुराको चल्ला पाइन्छ ।

कुखुराका लागि चाहिने दाना सञ्चालक आफैँले उत्पादन गर्दै आएका छन् । दानाका लागि मकै प्रयोग गरिँदै आएको छ । ह्याचरी सञ्चालमा आएसँगै यहाँका ५० जनाले रोजगारीसमेत पाएका छन् । रासस

कमिसनको प्रभावमा प्रधानमन्त्री ओलीले २२ अर्ब राजश्व छुट दिन लागे  : सांसद दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले कमिसनको खेलमा लागेर उद्योगहरूलाई २२ अर्ब राजश्व छुट दिन लागेको बताएका छन् । सोमवार संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद दाहालले प्रधानमन्त्री ओलीले कमिसनमा लागेर उद्योगहरूको विद्युत् महसुल मिनाहा गर्न लागेको बताएका हुन् । उनले विद्युत् प्राधिकरणले कानुनसम्मत रुपमा बक्यौता नतिर्ने उद्योगहरूको विद्युत् काटेको भन्दै प्रधानमन्त्रीको ठाडो आदेशमा बक्यौता नतिरीकन विद्युत् जोड्नु नहुने बताए । उनले राज्य राजस्वमा चल्ने भन्दै २२ अर्ब रुपैयाँ राजश्व छुट दिनु नहुने बताए । उनले महसुल नतिर्ने उद्योगहरूलाई मिनाहा गर्ने हो भने महसुल तिरेका उद्योगहरूको पनि महसुल फिर्ता गर्नुपर्ने बताए । उनले भने – ‘विद्युत् प्राधिकरणको तर्फबाट लगातार लिखित पत्र पठाउँदा, ताकेता गर्दा पनि उहाँहरुले विद्युत् महसुल तिर्न अस्वीकार गरिसके पछि लाइन काटिएको हो । यही सन्दर्भमा प्रधानमन्त्रीले ठाडो आदेश लाइन जोड्नु, विद्युत् महसुल मिनाहा गरिदिनु भन्ने भयो । मैले भने, प्रधानमन्त्रीज्यू तपाई त कमिसनमा चल्नुहुन्छ । तर राज्य राजश्वमा चल्छ । त्यसकारणले २२ अर्ब राजश्व मार्ने छुट तपाईँलाई छैन भन्ने सन्दर्भमा मैले प्रश्न उठाएको थिएँ । त्यही सन्दर्भमा प्रधानमन्त्रीले उत्तेजित अलि उत्तेजित भएर जवाफ दिनुभयो । उहाँले तैँले बोल्न पाउँदैनस् भन्ने सेन्समा रोष्टमबाटै उहाँले प्रतिवाद गर्नुभयो । मेरो अहिले पनि मान्यता के छ भने उहाँहरू त कमिसनमा चल्नुहुन्छ । तर अर्बौँ राजश्व मार्न पाइँदैन । ६१ वटा भन्दा बाहेक पनि अरु उद्योग छन् । अरु उद्योगले समयमै विद्युत् महसुल तिर्छन् । यदि ६१ वटा उद्योगका विद्युत् महसुल उहाँहरुले मिनाहा गर्ने हो भने अरु उद्योगको पनि महसुल फिर्ता गर्नुपर्छ भन्ने मान्यता मेरो हो ।' सांसद दाहालले प्रधानमन्त्री ओलीले बिचौलियाको दबाब र प्रभावमा परेर विद्युत् जोड्न आदेश दिएको भन्दै विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको आदेशको अवज्ञा गर्नुपर्ने बताए । उनले विद्युत् प्राधिकरणले प्रधानमन्त्रीको निर्देशनको उल्लंघन गर्नुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्रीको आदेशले ऐन, कानुन मार्न पाइँदैन । ऐन, कानुनले के भन्छ ? मन्त्रिपरिषद्ले के भन्यो रु अदालतले के भन्यो रु सार्वजनिक लेखा समितिले के भनेको छ । यत्रो पर्याप्त प्रमाणहरू चाहीँ उहाँलाई प्रमाण नहुने । बिचौलियाको भाषा बोलेर, बिचौलियाहरूको दबाब र प्रभावमा परेर, कमिसनको प्रभावमा परेर उहाँले ठाँडो आदेश दिन मिल्छ रु उहाँको फर्मान विद्युत् प्राधिकरणले उल्लंघन गर्नै पर्छ । उहाँको फर्मानको अवज्ञा गर्नैपर्ने हुन्छ । कानुनसम्मत २२ अर्ब बक्यौता विद्युत् महसुल राज्यको खातामा नआउन्जेल उद्योगीहरूको लाइन काट्नै पर्छ । यो मिनाहा गर्न सकिँदैन ।’

नयाँ वाम विकल्प दिनेगरी नेतृत्व चयन गर्छौं : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले समस्या समाधान गर्नुपर्ने तथ्यलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने बताए।  उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए। विगतमा असाधारण वाम विकल्प रहे पनि अहिले भत्किएको भन्दै उनले त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए।  महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गरे। 

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक

काठमाडौँ। नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज विहान साढे १० बजेदेखि सुरू भएको छ । काठमाडौँको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुने बताइएको छ। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरु सम्मिलित रहेकी छिन् । त्यस्तै चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व उपविदेश मन्त्री सुन वेइतोङले गरेका छन्। बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान आएका थिए। भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। उपविदेशमन्त्री सुन भ्रमण सम्पन्न गरी भोलि असार १२ गते काठमाडौँबाट प्रस्थान गर्नेछन्। 

निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ  : मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी रकम भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन्। काठमाडौंमा सोमबार आयोजित युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको कार्यक्रममा उनले सरकारले निर्माण व्यवसायीको भुक्तानी गर्दैन की भनेर शंका नगर्न आग्रह गरे। उनले निर्माण व्यवसायी र सरकारले भुक्तानी गर्ने तथ्यांकमा मेल नखाएको भन्दै निर्माण व्यवसायी महासंघले सरकारले गर्नुपर्ने भुक्तानी कति छ रु त्यसको विवरण सरकारलाई उपलब्ध गराउन आग्रह गरे। मन्त्री महासेठले रकम भुक्तानी समस्यामा अर्थ मन्त्रालयलाई मात्रै दोष दिन नहुने बताए। ‘यहाँ मैले धेरै सुनेँ, पेमेण्टको बारेमा । नेपाल सरकार जति प्रतिकुल स्थितिमा भएपनि सरकार सरकार हो। एउटा सरकारको लागि १० (२) अर्ब रुपैयाँ भनेको धेरै ठूलो कुरा होइन’, उनले भने, ‘अहिले हामी सबै दोष दिन्छौँ। अर्थ मन्त्रालयले समयमा भुक्तानी दिएन र रकमान्तर गरिदिएन। अर्थ मन्त्रालय पनि कानूनको भित्र त चल्नुपर्छ। अर्थ मन्त्रालयले पनि चाहेको जतिखेर त गर्न पाउँदैन।’ उपप्रधानमन्त्री महासेठले असार १५ गतेसम्म निर्माण व्यवसायीको बाँकी भुक्तानीको यकिन र सही तथ्यांक मन्त्रालयाई प्रस्तुत गर्न आग्रह गरे।

गुल्मीमा ४ दिनदेखि बेपत्ता व्यक्ति मृत फेला

गुल्मी । गुल्मीमा एक जना व्यक्ति मृत फेला परेका छन् ।इस्मा गाउँपालिका-१ निवासी ६२ वर्षका ठगबहादुर राना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । घरबाट जेठ ३२ गते खेतमा जान्छु भनेर हिंडेका राना मुसिकोट नगरपालिका-२ टारीडाँडास्थित खेतमा ४ दिनपछि मृत फेला परेको प्रहरीले जनाएको छ ।घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक सूर्यभान चौधरीको कमान्ड प्रहरी टोली खटिएको छ ।

स्कटल्यान्डविरुद्ध जर्मनीको फराकिलो जीत

काठमाडौं । युरो–२०२४ को पहिलो खेलमा स्कटल्यान्डविरुद्ध जर्मनीले ५–१ को फराकिलो जित निकालेको छ ।शुक्रबार एलियन्ज एरिनामा भएको खेलमा जर्मनीलाई जित दिलाउन फ्लोरियन विर्ट्ज, जमल मुसियाला, काई हाभार्ट्ज, निकोलस फुलक्रुग र एमरे क्यानले गोल गरे । स्कटल्यान्डले जर्मनीकै एन्टोनियो रुडिगरबाट आत्मघाति गोल उपहार पाएको थियो । खेलको १०औँ मिनेटमा विर्ट्जले गोल गर्दै जर्मनीलाई अग्रतामा राखेका थिए । १९औँ मिनेटमा मुसियालाले घरेलु टिमको अग्रता दोब्बर बनाए ।  ४४औँ मिनेटमा र्यान पोर्टेयसले रातो कार्डको दर्शन गरेपछि स्कटल्यान्ड १० खेलाडीमा समेटिएको थियो। पहिलो हाफको इन्जुरी समयमा हाभार्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ३–० को अग्रतामा राखेका थिए । ६८औँ मिनेटमा फुलक्रुगले गोल गर्दै जर्मनीलाई ४–० को अग्रतामा पुर्याए। ८७औँ मिनेटमा जर्मनीका रुडिगरबाट स्कटल्यान्डले आत्मघाति गोल पाएको थियो। खेलको इन्जुरी समयमा क्यानले गोल गरेपछि जर्मनीले ५–१ को जित पक्का गरेको हो।जितसँगै जर्मनीले समूह ‘ए’ मा तीन अंक जोडेको छ। हारबाट प्रतियोगिताको सुरुआत गरेको स्टकल्यान्ड तालिकाको पुछारमा छ । यो समूहमा जर्मनी र स्कटल्यान्डसँगै हंगेरी र स्वीट्जरल्यान्ड छन्।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक जारी छ । बुधबार बिहान ११ बजेबाट सुरु भएको बैठक पूर्वनिर्धारित कार्यतालिकामा अगाडि बढिरहेको छ।

नक्सालमा जारी कला प्रदर्शनी : २२ हजार बढीबाट अवलोकन

काठमाडौँ । नेपाली ललितकलाका विविध आयाम बुझ्ने कला प्रदर्शनी नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान परिसरमा चलिरहेको छ । प्रतिष्ठानको आयोजनामा भएको प्रदर्शनीमा देशका राजनीतिक, कूटनीतिक, प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक, कानुनी क्षेत्रका व्यक्ति–व्यक्तित्वहरूले व्यक्तिगत तथा संस्थागततर्फबाट प्रदर्शनीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । यस्तै, विद्यालय तथा कलेजका विद्यार्थीको भीड दैनिक रुपमा बढिरहेको प्रतिष्ठानका उपकुलपति तथा राष्ट्रिय ललितकला प्रदर्शनीका संयोजक लालकाजी लामाले जानकारी दिए । उनका अनुसार ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा हालसम्म २२ हजारभन्दा बढी दर्शक तथा कलापारखीले प्रदर्शनी अवलोकन गरिसकेका छन् ।  गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि ‘सामाजिक रुपान्तरण : ललितकलाको अभियान’ भावमा गरिएको प्रदर्शनीमा ४८२ कलाकारका करिब ६०० कलाकृति राखिएको छ । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रदर्शनीमार्फत नेपालमा प्रचलित लोककला, हस्तकला–शिल्पकला, परम्परागत चित्र/मूर्तिकला, समसामयिक चित्रकला तथा मूर्तिकला, वास्तुकला, अन्य सिर्जनात्मक (बहुआयामिक) कलाअन्तर्गत कला फोटोग्राफी, भिडियो आर्ट, कार्टुन, क्यारिकेचर, प्रतिस्थापन कला, भावभङ्गिमा कलालगायतका कलालाई नजिकबाट नियाल्न सहज हुने बताए । उनले प्रतिष्ठानले देशका सातै प्रदेशमा ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ गरी राजधानीमा राष्ट्रिय ललितकला प्रदर्शनी २०८१ गरेको दिए । उनले नेपाली ललितकलाको सुगन्धको झल्को प्रदर्शनीमा देखिएको सुनाए । कुलपति हार्तम्छालीले भने, ‘नेपाली कलालाई स्थानीय स्तरबाट केन्द्र हुँदै अन्तर्राष्ट्रियकरण गर्न यो प्रदर्शनीले मार्ग तय गरेको छ । यसलाई अझ जनस्तरसम्म लगेर नेपाली समाजमा विकसित कलालाई सामाजिकीकरण गर्दै अर्थतन्त्रमा समेत जोड्नुपर्दछ ।’ उनले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपाली समाजमा प्रचलित विविध कलाको रैथाने स्वादलाई समेत जनसमक्ष ल्याउन सफल भएको विचार व्यक्त गरे ।  प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय वान्तवाले प्रदर्शनीमा सात प्रदेशका विविध कलाका आयाम र विधालाई समेट्ने कोसिस गरिएको बताए । उनले बृहत रुपमा गरिएको यस प्रदर्शनीले नेपाली समाजमा विद्यमान कलाका विभिन्न शैली र चिन्तनलाई बुझ्न सघाउँ पुगेको धारणा व्यक्त गरे । समाज रुपान्तरणमा कलाको भूमिका विशिष्ट रहने विचार व्यक्त गर्दै प्रतिष्ठानका हस्तकला विभाग प्रमुख अरुणा हिङमाङले नेपालीपनको स्वाद प्रदर्शनीमा पस्किएको बताइन् । उनले सामाजिक रूपान्तरण : ललितकलाको अभियान भन्ने भावमा रहेर प्रतिष्ठानले नेपालीपनको बोधलाई विशिष्टकरण गर्दै लोपोन्मुख रैथाने मौलिक कलालाई अगाडि बढाइरहेको जिकिर गरिन् ।  प्रदर्शनीका कार्यकारी संयोजक एवं उपकुलपति लामाल नेपाली समाजलाई राष्ट्रिय आवश्यकता र गणतान्त्रिक संस्कृति निर्माणमा ललितकलामार्फत योगदान दिने उद्देश्यसमेत प्रदर्शनीको रहेको विचार व्यक्त गरे । उनले भने, ‘नेपाली कला विविध कारणले लोपोन्मुख र हराउनेक्रममा रहेकाले तिनको पहिचान गरी कलाकारलाई समेत जागृत गराई सामाजिक रूपान्तरणको अभियानमा जोड्दै पुनर्जागरण गर्ने ध्येय प्रतिष्ठानले राखेको छ । यस अभियानमा कलाकारको उत्साहजनक सहभागिता र चासो रहेको पाएका छौँ ।’ प्रतिष्ठानले यस वर्षदेखि सुरु गरेको प्रादेशिक प्रदर्शनीले नेपाली ललितकलालाई पुनर्जागरणको चरणमा लगेको सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले जिकिर गरे । नेपाली समाजको कलात्मक चेत र अवस्थालाई प्रदर्शनीमा देख्न सकिने विचार गर्दै उनले कलामार्फत सामाजिक जागरणमा कलाकारले भूमिका निर्वाह गर्ने आधार तय गर्न यो प्रदर्शनी सफल भएको बताए । उनले भने, ‘नेपाली समाजमा विकास भएका विविध शैली, चिन्तन र आयामका कलाको पहिचान गरी कलाकारको पहुँचलाई विस्तार गर्ने उद्देश्यका साथ प्रदर्शनी गरिएको हो ।’ सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा सात प्रदेशको कलाको अवस्था र परिवेशलाई बुझ्न सकिने धारणा व्यक्त गर्दै यस अभियानले कलामा सचेत जागरण ल्याउन मद्दत पुग्ने विश्वास प्रतिष्ठानले लिएको बताए । उनले थपे, ‘यो प्रदर्शनीमार्फत प्रतिष्ठानले प्रारम्भ गरेको पहिचान, पहुँच र पहलको माध्यमबाट नेपाली कलामा आगामी वर्ष अझ व्यवस्थित गरिने छ । साथै समाज रूपान्तरणको अभियानमा कलाकारलाई सहभागी गराई राष्ट्रिय आवश्यकतामा जोड्नु पनि रहेको छ ।’ प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले नेपाली समाजलाई युगबोधी चेतना जागृत गर्ने ध्येयका साथ आफूहरूले काम गरिरहेको जिकिर गरे । उनले भने, ‘अहिलेको युगको बोध कलामार्फत गराउने लक्ष्यका साथ प्रतिष्ठानले गतिविधि गरिरहेको र त्यसको एक कडीका रूपमा प्रादेशिक तथा राष्ट्रिय ललितकला प्रदर्शनीलाई हामीले लिएका छौं ।’ उनले प्रदर्शनीमार्फत जनस्तरसम्म पुगेर नेपाली समाजमा विद्यमान कला र तिनको महत्वलाई स्थानीय तह, प्रदेश, केन्द्र हुँदै अन्तर्राष्ट्रिय करण गर्नु रहेको बताए । कुलपति हार्तम्छालीले समाज रूपान्तरणमा ललितकलाको पनि योगदान विशिष्ट ढङ्गले चित्रित हुनुपर्छ भन्ने भावका साथ प्रदर्शनी गरिएको र यो प्रारम्भिक चरणमा रहेकाले त्यसतर्फ अगाडि बढ्ने मार्ग बनिरहेको सुनाए । उनले दूरदराजमा रहेका नेपाली ललितकलालाई उजागर गर्नका लागि र ललितकलाकर्मीलाई उत्साह, हौसला जागृत गर्नका लागि पुरस्कारमा विशेष परिवर्तन गरिएको बताए । उनका अनुसार यस वर्ष सर्वोत्कृष्ट राष्ट्रिय, विधागत रुपमा राष्ट्रिय, प्रादेशिक उत्कृष्ट, विधागत प्रादेशिक एवं विद्यार्थी विधामा पुरस्कार प्रदान गरिएको जानकारी दिए ।  सदस्य सचिव थुम्केलीले प्रदर्शनीमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको र त्यसले आगामी नेपाली ललितकला क्षेत्रमा नयाँ मोड ल्याउने जिकिरसमेत गरे । प्रदर्शनी ३० जेठसम्म चल्नेछ ।  

काँचुली फेरियो केशर महलको

काठमाडौं । पुनर्निर्माण थालिएको साढे तीन वर्षमा केशर महलले काँचुली फेरेको छ। त्यसका लागि करिब ५९ करोड रुपैयाँ खर्च भएको छ।  केशर महल पुनर्निर्माणको जिम्मा पाएको निर्माण कम्पनी जेडसीजीआई–खानी जेभीका आयोजना व्यवस्थापक नरकान्त सापकोटाका अनुसार पुनर्निर्माणसम्बन्धी सम्पूर्ण कार्य पूरा भएको छ। अब सरसफाइ मात्र बाँकी छ।  सोमबारको गोरखापत्र  दैनिकमा समाचार छ, सरकारले गत २०७७ मङ्सिर २८ गते दुई वर्षभित्र पुनर्निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो। सरकारले समयमा भवन खाली नगरिदिएकाले निर्माण कार्यले गति लिन सकेन र तीन पटकसम्म म्याद थप गरिएको थियो। अन्तिम म्याद गत चैत ३० गतेसम्म थियो। मुख्य भवन प्रबलीकरण गरिएको हो भने बगैँचा, चमेनागृह, सुरक्षाकर्मी भवन र पेभिलियन नयाँ निर्माण गरिएको हो।  परामर्शदाता कम्पनी जेएसए पिरामिड जेभीका इन्जिनियर आकाशकुमार शाहले नियमित रूपमा मर्मत सम्भार गरिएमा भवनको आयु १०० वर्षभन्दा बढी हुने दाबी गरे। ‘भित्तामा आठदेखि १६ मिलिमिटरका फलामे पाता, कार्बन फाइबर र कार्बन लेमिनेटको प्रयोग गरेर निकै बलियो भवन बनेको छ’, उनले भने, ‘नयाँ प्रविधिले भवनको आयु बढाएको छ। तर वेलाबखतमर्मतसम्भार गरिएन भने आयु घट्न सक्छ।’ केशर महलको भित्र चोकमा दुई वटा फलामे भर्‍याङ थप गरिएको छ।   आपत्कालीन अवस्थामा प्रयोग गर्न यी भर्‍याङ निर्माण गरिएका हुन्। हरेक कोठामा बिजुलीका तार भित्ताभित्रबाट लगिएको छ। पहिले तार भित्ता बाहिर थियो। आगलागी भएमा केशर महलका हरेक कोठामा रहेका मानिसलाई तत्काल सूचना दिन ‘फायर अलार्म’ प्रणाली जडान गरिएको छ।  भित्र सिसिटिभी क्यामरा जडान गरिएको छ। बगैँचाभरि इटलीबाट आयात गरिएका आधुनिक बिजुलीबत्ती जडान गरिएको छ। सवारी पार्किङमा ढुङ्गा छापेर व्यवस्थित बनाइएको छ। छतमा ‘फल्स सिलिङ’ जडान गर्न भने बाँकी नै छ। पुराना फल्ससिलिङ खिया लागेर काम नलाग्ने अवस्थामा थिए। यसका लागि नयाँ ठेक्का गरिएको छ। केशर महलको निर्माण १९७० सालमा गरिएको थियो। ११० वर्ष पुरानो यो भवन तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले निर्माण गर्न लगाएका थिए। चन्द्रशमशेरले आफ्ना साहिँला छोरा केशर शमशेरलाई भवन हस्तान्तरण गरेपछि उनको नाममा नामकरण गरिएको थियो।  केशरशमशेरको निधनपछि उनको परिवारले पुस्तकालयसहित सो भवन सरकारलाई हस्तान्तरण गरेको थियो। त्यहाँ लामो समयसम्म शिक्षा मन्त्रालय रहेको थियो।

उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी

बेइजिङ । मे ३१ तारिखदेखि तीन दिन बेइजिङमा उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा  प्रदर्शनी सम्पन्न भएको छ ।  कार्यक्रमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए। अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको सो भेलामा सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरिएको थियो। कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले पस्तुति गरेका थिए । मञ्चको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्‍याएको आयोजकले जनाएको छ।  यस्ता प्रदर्शनीहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको विश्वास रहेको छ । कार्यक्रममा सहभागी चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो।मैले पहिले देखेको अन्य प्रदर्शनी भन्दा यो फरक थियो । जुन पर्दशनीले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई प्रदर्शन गर्न प्रविधिको प्रयोग गरेको महशुस मैले गरे।  म भविष्यमा नेपालको सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको हुने अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ । बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो।  त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए।  आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन ।  उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ।" यसप्रकारका सांस्कृतिक र साङ्गितिक सम्पदाहरुको प्रदर्शनीले संस्कृतिको अन्वेषण,अभ्यास र अन्तर्राष्ट्रियरुपमा आदानप्रदानमा योगदान पुर्याउने बताइएको छ ।

बजेटबारे आएका प्रतिक्रियाले साँच्चै म सर्प्राइजमा छु : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू साँच्चै सर्प्राइज भएको बताए ।  'बजेट के हुने हो? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छुु ' अर्थमन्त्री पुनले भने । बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे । बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताए ।

सत्ता र प्रतिपक्षसँग छुट्टाछुट्टै संवादमा प्रधानमन्त्री

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर)तय गर्न बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। यहीबीच प्रधानमन्त्री प्रचण्डले सहमतिको विन्दु खोज्न भन्दै सत्ता र प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै संवाद समेत गरिरहेका छन् ।

बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् । उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आइतबार साँझसम्ममा समझदारी हुनसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले केही दिनदेखि लगातार राजनीतिक दलसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ। हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ। आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापति लगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सहमतिको प्रयास गरेको छु। मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ। अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानबिन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ। संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भई नै सकेको छ। अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोलि बिहानसम्म समझदारी हुनसक्छ।’ उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार पुनः बस्ने

काठमाडौँ। सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको छ।  सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशका बारेमा छलफल भएको  नेकपा (एमाले)को संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडानका कारण बैठक निष्कर्षविहीन भएको उनको भनाइ छ। कार्यदलको बैठक शुक्रबार बिहान फेरि बस्ने तय भएको उनको भनाइ छ। “बैठक निष्कर्षविहीन भयो”, उनले भने, “सहमति जुटन नसकेपछि निष्कर्षविहीन भएको हो। आजको बैठकबाट करिब करिब ठ्याकै टुङ्गो चाहिँ भोलि बिहान ८ः३० बजे लगाउने गरी समितिको केही कार्यादेश विषयमा नजिक पुग्यौँ। ”  नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकारपक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउनसक्ने आशय आफूहरूलाई स्वीकार्य नभएको बताए। “विपक्षी दलले उपप्रधान एवं गृहमन्त्री लामिछाने। छानबिन सम्बन्धित व्यक्तिकै बारेमा छानबिन नगरीकन  कांग्रेसले कार्यदलमा सहमति गर्ने अवस्था छैन”, उनले भने, “हामीले स्पष्ट रूपमा भनेका छौँ, यसकाबारे छानबिन समिति बनाउनुपर्छ भनेर उठाएका हौँ, जबसम्म त्यहाँ पुग्दैन हामी मान्दैनौँ भनेर भनेका छौँ। स्पष्ट रूपमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने स्वतः अपचलनमा सहभागी हुनुहुन्छ। आजको बैठकमा सरकार पक्षलाई यही कुरा राखेको छु।”  प्रतिनिधि सभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने तय भएको छ। सभाको बैठक अघि कार्यदलले सहमति जुटाउन बैठक बस्ने जनाएको छ। उक्त कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र नेता परियार रहेका छन् ।

आर्थिक बर्ष २० ८१/८२ को दशकलाई कृषिको लगानी दसक घोषणा गरिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २० ८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन्।  ‘‘ आर्थिक बर्ष २०८१/८२ को दसकलाई कृषिको लगानी दसक घोषणा गरिने’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।