सरकारले लोकप्रिय काम गरेको छ : मन्त्री शर्मा

काठमाडौं। नेकपा माओवादी केन्द्रकी स्थायी कमिटि सदस्य एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जनता माँझ जानका लागि सामाजिक संघ सस्थाको महत्वपूर्ण भुमिका हुने बताएकी छन्।

पार्टी कमिटीको समाज कल्याण विभागद्धारा आयोजित दुई दिने सामाजिक अभियन्ताहरुको राष्ट्रिय भेला तथा अन्तरक्रिया कार्यक्रमको समापन समारोहलाई संवोधन गर्दै सरकारका प्रवक्ता मन्त्री शर्माले जनयुद्धमा पार्टीले नै सामाजिक संघ सस्थाको काम गरेको तर, शान्ति प्रक्रिया पछि जनता माझ पुग्नका लागि समाज कल्याण विभागमार्फत् काम गरिरहेको बताइन्।

उनले माओवादी केन्द्र नेतृत्वको सरकारले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै लोकप्रिय कामहरु गरिरहेकाले त्यसलाई समाजमा स्थापित गर्न भूमिका निर्वाह गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिइन्।

चितवनमा अज्ञात समूहद्वारा स्कुलबसमा आगजनी

काठमाडौं । चितवनमा अज्ञात समूहले एक स्कुल बसमा आगजनी गरेको छ।भरतपुर महानगरपालिका–२० स्थित दद्रेनी पुलनजिक हेभन बोडिङ स्कुलको प्रदेश–०६००१ क ०००४५ नम्बरको बसमा आइतबार बिहान आगजनी गरेका हुन्। चितवनका डीसपी भेषराज रिजालका अनुसार घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ। बस जलेर पूर्ण रूपमा क्षति भएको छ। 

गण्डकी सरकारविरुद्ध कांग्रेसद्धारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं।गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा रिट दर्ता गराएको छ। नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर मंगलबार सर्वोच्चमा रिट दर्ता गराएका हुन्। गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरेका हुन् ।  संविधानको धारा १८८ (३)अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए। यसविरुद्ध कांग्रेस अदालत पुगेको हो । 

वेस्ट इन्डिज ‘ए’ विरुद्व नेपालसामु २२८ रनको चुनौति

काठमाडौं । टी २० सिरिजको तेस्रो खेलमा वेष्ट इन्डिजले नेपाललाई २२८ रनको चुनौति दिएको छ ।  टस हारेर कमजोर फिल्डङ गरेको नेपालले जितका लागि विशाल लक्ष्य पाएको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २२७ रन जोड्न सक्यो । आजको खेलमा वेष्ट इन्डिजका व्याटरसामु नेपालका बलर निरिह देखिए । नेपालका करण केसीले चार ओभरमा ५४ रन खर्चिएर एक विकेट लिए भने सागर ढकालले ४१ रन खर्चिएर एक विकेट लिए । त्यस बाहेक एलिक अथान्ज १० बलमा २७ रन जोड्दा रन आउट भए । वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले अविजित शतकीय पारी खेले । चाल्र्सले ६१ बलमा अविजित ११९ रन बनाए ।

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी

काठमाडौं । बाँकेको जानकी गाउँपालिका– ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । हर्बल प्रालिमा आज बिहान ७ बजेतिर आगलागी भएको हो । हर्बल प्रालिको परिसरभित्र संकलन गरिराखेको सल्लोको खोटोबाट आगो सल्किएको अनुमान गरिएको छ । आगलागी नियन्त्रणका लागि नेपाल र भारतका गरी ११ ओटा दमकलको प्रयोग गरिएको छ ।  अहिले पनि आगो निभाउने प्रयास जारी छ । आगलागीबाट भएको क्षतिको विवरण आएको छैन ।

माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दै

मकवानपुर । माझी राष्ट्रिय मुक्तिमोर्चा नेपालले दोश्रो राष्ट्रिय सम्मेलन गर्दैछ । नेकपा माओवादी केन्द्रको जातीय मोर्चाको रूपमा रहेको यो मोर्चाले विधिवत रूपमा दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको मोर्चाका अध्यक्ष  तथा संविधानसभा सदस्य तुलाबहादुर माझीले बताए । 'गणतन्त्र, सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा हाम्रो अभियान ! माझी पहिचान सहितको स्वायत्त क्षेत्र स्थापनाको लागि दोस्रो राष्ट्रिय सम्मेलन !!' भन्ने मुल नाराका साथ मोर्चाले दोश्रो राष्ट्रिय सम्मेलन गर्न लागेको हो । मकवानपुर जिल्लाको वागमती गाउँँपालिकाको  पाँचपाण्डव झुरझुरेमा चैत १७ र १८ दुइदिन राष्ट्रिय सम्मेलनको आयोजना गरिएको मोर्चाका महासचिव एवम् प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जानकारी दिइन्। उनका अनुसार मोर्चाको दोश्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट प्रतिनिधिहरूको उपस्थिति रहनेछ । सम्मेलनबाट नयाँ कार्यसमिति पनि चयन हुनेछ । सम्मेलनमा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख अतिथि रहनेछन् भने पूर्व सभामुख तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्ती विशेष अतिथिको रूपमा उपस्थित हुने कार्यक्रम छ । कार्यक्रममा वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल,  राष्ट्रिय सभा सदस्य तथा माओवादी नेता शुरेश आलेमगर, बागमती प्रदेश सभा सदस्य प्रेम पुलामी, सुस्पा भुजेल, पुर्व सांसद वुद्विमान माझी,  गाउँपालिका अध्यक्ष सर्केश घलानलगायत विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएका छन् । त्यसैगरी मकवानपुर जिल्लाका राजनीतिक पार्टीका नेताहरू, सञ्चारकर्मीहरू र जनसमुदायको पनि उद्घाटन समारोहमा उपस्थिति रहनेछ । सम्मेलनमा जनयुद्धको क्रममा सहिद भएका माझी समुदायका परिवारलाई सम्मान, घाइते योद्वाहरू र परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। सम्मेलनको तयारी पुर्ण रूपमा भएको केन्द्रीय सचिवालय सदस्य लक्ष्मी माझीले बताएकी छिन् । उनका अनुसार देशैभरबाट प्रतिनिधिहरू आउने क्रम शुरू भएको छ । प्रचारप्रसारको काम सकिएको छ । सम्मेलनको व्यवस्थापन जिल्ला समिति मकवानपुरले गरेको छ । सम्मेलन दुइदिन चल्नेछ ।

नेकपा एसले इलाममा जीतबहादुर राईलाई दियो टिकट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनका उमेदवार टुंग्याएको छ । एकीकृत समाजवादीले इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो। राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् । पार्टीका सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार, उमेदवारहरूलाई टिकट दिइसकिएको छ ।  इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ। सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन्।गठबन्धनको प्रमुख दल नेकपा(एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ । नेकपा ९माओवादी केन्द्र०ले पनि उमेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।

काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटियो

काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई युवाको शव भेटिएको छ । बुढानीलकण्ठ नगरपालिका–१३ मा एक पुरुष मृत अवस्थामा भेटिएका छन्। बुढानीलकण्ठको चुनिखेल पोखरी बस्ने ४६ वर्षीय विजय श्रेष्ठ आफ्नै घरभित्र बुधबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ इटाछास्थित चुनदेवि इँटा भट्टाको झ्याउलीमा पनि एक पुरुषको शव भेटिएको छ । सोही इटा भट्टामा काम गर्ने रोल्पाको परिवर्तन गाउँपालिका–४ घर भएका ४० वर्षीय मन बहादुर बुढा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएएको छ ।उनीहरुको मृत्यु स्वभाविक हो कि हत्या हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

चूडामणि पौडेल सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को बिहीबार (आज) बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो ।  बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा.हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो। जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो।   

गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्रीको जवाफ, यस्तो छ पूर्णपाठ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले सहकारीमा रवि लामिछानेको नाममा प्रवाह भएको भनिएको ऋण फर्छ्योट भएको देखिन आएकाले रविको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको भन्ने प्रहरीबाट ‘ब्रिफिङ्ग’ भएको सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने पनि स्पष्ट पारे।  सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाउनुभएको विषयमा प्रधानमन्त्री प्रचण्डले भने, “हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि कहीँ कतै जोडिएको देखिएको छैन ।” यस्तो छ पूर्ण पाठ ब्यवस्थापिका संसदप्रति कार्यपालिकाको जवाफदेहिताको विकास गर्न हामीले गरेको नयाँ अभ्यास प्रधानमन्त्रीसंग प्रत्यक्ष प्रश्नोत्तरका क्रममा माननीय सांसदहरुले उठाउनुभएका विषयहरुको जवाफ दिनका क्रममा म यहाँ उपस्थित भएको छु।  सम्माननीय सभामुख महोदय, एउटा विशेष राजनीतिक परिस्थितिमा नयाँ गठबन्धनको सरकार बनेपछि सम्मानित संसदमा प्रतिपक्षी दलका माननीय सांसदहरुले उठाउनुभएको माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नताको विषयमा प्रतिपक्षी दलका माननीय सांसदहरुले उठाउनुभएको बिषय का बारेमा प्रष्ट पार्नु जरुरी ठानेको छु।  मेरो सरकारको पहिलो प्राथमिकता नैं सुशासन  रहेको र  र सुशासन कायम गर्ने कुनै बिषयमा कुनै पनि कुरामा सम्झौता नहुने कुरानहुने मैले यस सम्मानित सदनमा विश्वासको मत लिने क्रममा र अन्य सन्दर्भमामा बारम्बार व्यक्त गर्दै आएको छु । सुशासनको संकल्प लिएर मैले सरकारको नेतृत्व गरेदेखि नै यो अवधिमा ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरुको छानवीन भइरहेका गरिएको छ र यसलाई झनै अझै प्रभावकारी बनाइँदैछ। । त्यसैले सुसासन कायम गर्ने विषयमा सरकारले कहिँकतै सम्झौता गर्दैन । मैले बारम्बार भनेको छु, यदि दोषी देखिए म समेत कारवाहीर्वाहीको दायरमा आउन तयार छु।  जहाँसम्म माननीय उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरुले कुरा उठाउनु भएको छ, हालसम्मको अनुसन्धानले उहाँ माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुमुद्दाददामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन।  सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन। यो दरखास्तउपर  प्रहरीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सहकारीको रकम हिनामिना गर्ने कार्यमा संलग्न भएको अभियोगमा १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको थियो। जुन अदालतमा अझै विचाराधीन नै छ।ती १९ जना मध्ये चार जना पक्राउ परेका छन् भने बाँकीको प्रहरीले खोजी गरिरहेको छ। मूल उजुरी परेको ६ महिनापछि माघ १६ गते कास्की जिल्ला प्रहरी कार्यालयमा पुरक जाहेरी दिइएको थियो जसमा उहाँ समेत १८ व्यक्ति तथा कम्पनीलाई विपक्षी बनाई जाहेरी दिइएको थियो। मूल उजुरीपछि थप प्रमाणहरु भेटिएमा पुरक जाहेरी दिई अनुसन्धान गर्न सकिने प्रावधान हुन्छ।तर उक्त जाहेरीमा उहाँ सहकारी हिनामिनामा संलग्न भएको कुनै पनि आधार प्रमाण पेश गरिएको छैन। एक पटक अनुसन्धान सकिएर अदालतमा मुद्दा दायर भइसकेको मुद्दामा यस्तो आधार प्रमाण बिनाको जाहेरी पुनः दर्ता गर्न आवश्यक नै हुँदैन। त्यसैले प्रहरीले कानुन बमोजिम नै उक्त जाहेरी छुट्टै दर्ता गर्न समेत उपयुक्त ठानेन। यो कुरा उहाँ सरकारमा आउनु अघिको विषय हो। त्यतिबेलाको सरकारमा त अहिले प्रश्न कांग्रेस स्वयं सहभागी थियो।  फेरि उहाँको नाममा प्रवाह भएको भनिएको ऋण फर्छयौट भइसकेको भएको समेत देखिन आएकोले उहाँको हकमा अनुसन्धान गर्नुपर्ने नै नदेखिएकोदेखिन्न भन्नेने प्रहरीबाटी निश्कर्षब्रिफिङ्ग भएको थियो छ। यो विषय उहाँ सरकारमा आउनु अघिको विषय हो। त्यतिबेलाको सरकारमा त अहिलेको प्रतिपक्षी दल कांग्रेस स्वयं सहभागी थियो।   माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रबि लामिछानेजीको र प्रहरीले यो निश्कर्ष उहाँ सरकारमा आएपछि होइन आउनुअघि नै निकालिसकेको हो।  उहाँको पार्टी फेरि सरकारमा सहभागी हुने चर्चा हुन थालेपछि र  सरकारमा सहभागी भएपछि यो विषयलाई संसदको नियमित काम कारवाही प्रभावित हुने गरी उठाउनु जायज छ या छैन भन्नेने बिषयकुरा स्वयम् प्रतिपक्षी दलका माननीयज्यूहरुले बुझ्नुपर्ने हुन्छ । किनभने  प्रहरीले गत असोजमा नै अनुसन्धान गरी मुद्दा बुझाएको  बेला वहाँ प्रतिपक्षमा हुनुहुन्थ्यो । अनुसन्धान सकिसकेको विषयमा Conflict of Interest कसरी हुनसक्छ । म फेरी पनि जोड दिएर भन्न चाहन्छु सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता  गर्दिनँ । यसमा आफ्नो पार्टी र अरुको पार्टी भन्ने आग्रह र पूर्वाग्रह मैले राख्दिनँ । यदि अनुसन्धानबाट केही पनि कैफियत देखिएमा उहाँलाई कारबाही गर्न कुनैपनि कुराले रोक्ने छैन।  मुद्दा बुझाइसक्दा सम्म उहाँको नाममा उजुरी, निवेदन केही छैन। उजुरी पर्ना साथ राजीनामा दिने हो भने के हुन्छ रु के हामी उजुरी दर्ता हुना साथ राजीनामा दिने सहमति गर्न सक्छौं ? हैन, गृहमन्त्रीबाट चाहिँ हटाउऊ , मुद्दा प्रभावित हुन्छ भन्न खोज्नु भएको हो भने प्रभावित पार्नेले अर्को मन्त्रालयमा बसे पनि फरक पार्ला। सरकारमा बसे मात्रै पनि पार्ला। त्यसैले यो विषयलाई राजनीतिकरण नगर्न अनुरोध गर्दै 

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना : आठको मृत्यु, २४ घाइते

काठमाडौं। बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ  ।  प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएको कारण चालकको समेत मृत्यु भएको छ । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।थप विवरण आउँन बाँकि छ ।

सुरु भयो होली, बसन्तपुरमा ठड्याइयो तीन छत्रे चीर

काठमाडौं । रङ्गहरूको पर्व होली आजदेखि सुरु भएको छ । आज (आइतबार) काठमाडौँको वसन्तपुरमा तीन छत्रे होलीको चीर ठड्याइएपछि मुलुकभर होली पर्व प्रारम्भ भएको छ । आज (आइतबार) बिहान ७ः४७ बजेको शुभ साइतमा चीर ठड्याइएको हो। फागुन शुक्ल अष्टमीका दिन रङ्गीचङ्गी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुने परम्परा छ।  रङ्गीचङ्गी कपडाका टुक्राहरू झुन्डाइएका करिब ३० फीट अग्लो चीरलाई राजधानीको धालसिक्व टोलका मानन्धरहरूले ठड्याइएको हो। चीर उठाएको हेर्न वसन्तपुरमा विदेशी पर्यटकहरू समेत जम्मा भएका थिए । नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दहन गरेपछि होली पर्व समाप्त हुन्छ । पूर्णिमा चैत्र ११ गते परेको छ । त्यसदिन देशभर होलीको रङ्गमा रमेर होलीलाई बिदाई गर्ने परम्परा रहेको छ ।

हङकङले नेपाललाई दियो २१३ रनको लक्ष्य

काठमाडौं । मैत्रीपूर्ण टी–२० आई क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ ।  टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली हङकङले सबै विकेट गुमाएर २१२ रन बनाएको हो ।  नेपालका आकाश चन्दले तीन, आरिफ शेख, प्रतिश जिसी र राशिद खानले एक/एक विकेट लिए । 

सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा नै समाजवादको यात्रा : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा भनेर सुरु गरिएको यात्रा समाजवादको यात्रा भएको बताएका छन् ।  तेइसौं मजदुर बलिदान दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरेर मात्र समाजवादको आधार तयार हुने बताए ।  “गरीब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो ।” मजदुर–किसानको एकता एवं सही विचार र नेतृत्वको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भने, “हाम्रा सहिद, बेपत्तायोद्धाको त्याग र बलिदान खेर गयो कि भनेर सोच्न हुन्न, समावेशिता एवं महिलाको प्रतिनिधित्व छ, उत्पीडित जाति, जनजाति एवं मधेसी र मुस्लिमले जेजति अधिकार पाएका छन्, त्यो महान सहिद र बेपत्ताको त्याग र बलिदानबाटै प्राप्त भएको हो ।” समाजवादी क्रान्तिको नेतृत्व मजदुर–किसानकै हुने भएकाले अबको आन्दोलनमा उहाँहरूको भूमिका बढेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले मजुरलाई अझ राम्रोसँग सङ्गठित हुने र विचारमा अझ बढी स्पष्टता हासिल गर्न सुझाव दिए। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिक्रियावादीले धावा बोल्न खोजेको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।  शान्ति प्रक्रियाका केही काम बाँकी रहेकाले सबै सहिद तथा बेपत्ता परिवारले राज्यको तर्फबाट पाउनुपर्ने परिपूरण एवं सम्मान पाउन नसकेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सङ्क्रमणकालिन न्यायसम्बन्धी ऐन संसद्ले पारित गरेपछि बलिदानप्रति गर्व हुने विश्वास व्यक्त गरे । 

एकीकृत समाजवादीसँग एकता हुँदैन, गल्ती महसुस गरे प्रवेश गराउँछौं : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताएका छन् ।  बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेतारकार्यकर्ताहरूलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै उनले दुई तिहाइको पार्टी फोडेकोमा पश्चताप नगर्ने, पार्टी कमजोर बनाउने र दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरूलाई एमालेमा स्वागत गर्न नसकिने बताए ।  उनले भने, ‘कुनै हिसाबले कुनै समयमा गल्ती भयो भने त्यसमा महसुस गरेर अघि बढ्ने हो । कतिपय तत्त्वहरूसँग हाम्रो एकता हुँदैन र उनीहरूले प्रवेश पाउँदैनन् ।  किनभने उनीहरूलाई दुई तिहाइको पार्टी फोडेकोमा, पार्टी कमजोर बनाएकोमा, दुई तिहाइको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा कुनै पश्चताप छैन, गल्ती भयो भन्नेसम्म पनि छैन, त्यस्ता मानिसलाई पार्टीमा प्रवेश हुँदैन । गल्ती महसुस गर्नेलाई पार्टीमा प्रवेश हुन्छ । अहिले पार्टी प्रवेशको लहर अत्यन्तै गतिका साथ, तीव्रताका साथ रहेको छ ।’  पार्टी प्रवेश गर्नेहरूमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरू रहेका छन् । 

सरकारले आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता ल्याएको छ : प्रधानमन्त्री प्रचण्ड

फागुन ९, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले ललिता निवास प्रकरणका दोषीहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया पूरा गरी फाइल अदालतमा पेश गरेका कारण आठ खर्ब बराबरको सरकारी जग्गा फिर्ता आएको बताएका छन् । बुधबार दिउँसो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको केन्द्रीय प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताए। भेटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामका लागि धन्यवाद दिन र अझ राम्रो गर्न प्रोत्साहित गर्नसमेत राप्रपाका नेताहरूसँग आग्रह गरे। प्रधानमन्त्रीले भने, “नेपाली जनताले सङ्घर्ष गरेर ल्याएको संविधानले सबै नागरिक र राजनीतिक दललाई शान्तिपूर्ण रूपमा आफ्ना माग राख्ने अधिकार दिएको छ। लोकतन्त्र नै त्यस्तो व्यवस्था हो, जहाँ नागरिकले आफ्ना माग र मुद्दा निर्धक्कसँग राख्न सक्छन्। तपाईहरूले पनि त्यही माग राख्नुभएको छ। यसलाई मैले स्वाभाविक रूपमा लिएको छु।” प्रधानमन्त्रीले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुनकाण्डमा गरेको छानविन र कार्वाहीका लागि सबै राजनीतिक दलले सरकारलाई धन्यवाद दिनुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, “नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणमा सरकारले गम्भीर कदम चालेका कारण नै अहिलेको फैसला सम्भव भएको हो। सरकारले अभियुक्तहरूलाई गिरफ्तार गरी अनुसन्धानको प्रक्रिया टुंगाएर फाइल अदालतमा पेश गरेको थियो, यसकै कारण अहिले अदालतले राम्रो फैसला गरेको छ। ललिता निवासको आठ खर्ब बराबरको जग्गा सरकारको नाममा फिर्ता आएको छ।” “राप्रपाले आफ्ना मुद्दाहरू लिएर सङ्घर्ष जाने निर्णय गरेकोप्रति मेरो भन्नु केही छैन” प्रधानमन्त्रीले भने, “तपाईहरूको सङ्घर्ष शान्तिपूर्ण होस्, हामी शान्तिप्रक्रिया टुंगाउन पहल गरिरहेका छौँ, त्यसमा सकारात्मक सहयोग रहोस्। सरकारले गरेका राम्रा काममा समर्थन र सहयोग होस्।”  भेटमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई आफ्नो पार्टीका धारणा राखी ज्ञापनपत्र बुझाएको छ।