त्रिविको जग्गा व्यवस्थापन गर्न उच्चस्तरीय समिति बन्ने

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी गरेको छ । प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले समितिका लागि टिओआर (कार्य जिम्मेवारी) तयार भैरहेको जानकारी दिइन् ।

उनले भनिन्, “त्रिविको सबै जग्गा छानबिन वा अध्ययन गरौँ भन्न समय सीमाका कारण सम्भव हुँदैन । त्यसैले निश्चित ठाउँमा केन्द्रित भई तीन महिने अवधि दिएर कामका लागि प्रस्ताव तयार गर्दै छौँ ।” त्रिविको शैक्षिक पात्रोका लागि विद्यार्थी सङ्घ/सङ्गठनसँग छलफल भएको बताउँदै मन्त्री श्रेष्ठले शैक्षिक पात्रो बनाउने मुख्य भूमिका प्रशासन र कर्मचारी सङ्गठन भएको भन्दै सोका लागि सबैको एउटै धारणा हुनुपर्नेमा जोड दिइन्।

उनले भनिन्, “जबसम्म दलगत रूपमा रहेका प्रशासन र कर्मचारी सङ्गठनको निचोट एउटै आउँदैन, तबसम्म शैक्षिक पात्रोले पूर्णता पाउँदैन। एउटा कर्मचारी सरुवा गर्दा पनि आन्दोलन गर्ने, धम्की दिने तथा काम गर्नेलाई पनि धम्की दिने काम भइरहेको छ, यो अन्त्य हुनुपर्छ ।”

त्रिविमा पटक-पटक तालाबन्दीलगायत समस्या राजनीतिक हस्तक्षेपका कारण आएको भन्दै यसको समाधानका लागि राजनीतिक दलका शीर्ष नेतासँग नै छलफल गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । विश्वविद्यालयलाई राजनीतिकरण नगर्न उनले आग्रह गरिन्।

बङ्गलादेशको छात्रवृत्तिका विषयमा मन्त्री श्रेष्ठले दुई देशबिचको सम्बन्धको विषय भएकाले कूटनीतिक रूपमा समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले विदेशी विश्वविद्यालयको अनुमतिका लागि समिति बनाएर नीतिगत कमजोरी के हो भन्नेबारेमा बुझ्न लगाइएको जानकारी दिइन् ।

बैठकमा त्रिवि सेवा आयोगको सदस्य नियुक्ति प्रक्रिया अगाडि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिइन् । शिक्षा मन्त्रालयका सचिव डा.दीपक काफ्लेले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालयले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। 

छलफलमा त्रिवि पदाधिकारीले यसको जग्गा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा मल, गुठी, अस्पताल, पार्कका नाममा प्रयोग भइरहेको र फिर्ता ल्याउन नसकिएको विवरण प्रस्तुत गरे। तीन हजार ७०३ रोपनीमध्ये दुई हजार रोपनीभन्दा बढी जग्गा अरू निकायले ओगटेको विवरण बैठकमा प्रस्तुत गएिको थियो ।

यसरी प्रयोग गरिएका अधिकांश जग्गामा सरकारी कार्यालय छन् । केही निजी र संस्थानका कार्यालय र बसपार्क समेत राखिएको छ ।त्रिविलाई अहिले नैकापमा रहेको आफ्नो नामको जग्गा फिर्ता ल्याउन सबैभन्दा गाह्रो भइरहेको त्रिवि पदाधिकारीले जानकारी दिए ।

त्रिविका रजिस्ट्रार केदार रिजालका अनुसार, गणतन्त्र पार्कले ६० रोपनी, कृषि बागवानीले २८१ रोपनी, ल्याब्रोटरी स्कुलले १०८ रोपनी जग्गा ओगटेका छन् । यस्तै, खानेपानी संस्थान, आयुर्वेद अस्पताल, कीर्तिपुर आँखा अस्पताल, त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टर र ललितपुरस्थित लबिम मल रहेका जग्गा समेत त्रिविकै नाममा छ ।

लबिम मलले नियमित भाडा बुझाइरहेको छ । वर्ल्ड ट्रेड सेन्टरले चार करोड २६ लाख रुपैयाँ भाडा बुझाउन बाँकी रहेको रिजालले जानकारी दिए।बैठकमा अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन समितिले शिक्षा मन्त्रालय र त्रिवि दुवैलाई निर्देशन दिएको छ ।

कोटा प्रणालीविरुद्ध बंगलादेशमा चर्कियो विद्यार्थी प्रर्दशन, कम्तिमा १७ जनाको मृत्यु

काठमाडौं । बंगलादेशमा केही दिन देखि सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका विद्यार्थीहरुको प्रर्दशन चर्किएको छ भने प्रर्दशनलाई दबाउन खोज्दा हिंसात्मक बनेको छ । सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्‍याली गर्दै आएका थिए। निजामति सेवाका प्रावधान र जागिरको ग्यारेन्टीको माग गर्दै भएको प्रर्दशनमा परि कम्तिमा १७ जनाको मृत्यु भएको सञ्चार माध्यामहरुले जनाएका छन् । सरकारले प्रर्दशनलाई कमजोर पार्न टेलिफोन र इन्टरनेट सेवा बन्द गरिदिएको छ भने हजारौं विद्यार्थीहरु ढुङ्गा र लाठि लिएर प्रर्दशनमा निस्किएका छन्।सरकारको अवरोधकाबीच प्रर्दशनमा आएका विद्यार्थीहरु र प्रहरीबीच झडप हुँदा प्रर्दशनमा अप्रिय घटना घटेको हो। सो क्रममा प्रहरीले गोली चलाउदा ११ जनाको प्रर्दशन स्थलमै मृत्यु भएको बताइएको छ। भने कम्तिमा १७ जनाको प्रर्दशनका क्रममा मुत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । साथै, प्रहरीको गोली लागि एक जना बस चालकको समेत मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् ।त्यसैगरी, ढाकाको दक्षिणपूर्वमा रहेको सहर नारायणगञ्जमा दुई जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।प्रर्दशनमा प्रहरी दनमन हुँदा हजारौं घाइते भएका छन् । बंगलादेशका सायक सूचना प्रविधि मन्त्री जुनैद अहमद पलकले सामाजिक सञ्जालमा 'विभिन्न अफवाहहरू र अस्थिर अवस्था सिर्जना भएको कारण, सो रोक्न मोबाइल इन्टरनेट' अस्थायी रूपमा बन्द गरिएको बताए। बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ। प्रर्दशनमा संलग्न विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्। राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग (बीसीएल) पनि संलग्न देखिएको छ।  

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् ।  यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।

कक्षा १२ उत्तीर्ण विद्यार्थीलक्षित सीप र रोजगार कार्यक्रम

काठमाडौं। सरकारले उद्यमीसँगको सहकार्यमा १२ कक्षा उत्तीर्ण विद्यार्थीलाई सीप र रोजगारमा केन्द्रित गर्ने योजना ल्याएको छ। संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि राजस्व र व्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै कक्षा १२ पास गरेका विद्यार्थीलाई लक्षित गर्दै सो कार्यक्रम ल्याइएको बताएका हुन्। व्यावसायिक सीपलाई आयोजनासँग जोड्दै लैजाने उनको भनाइ छ। ‘उद्यमशीलता प्रवर्द्धन गर्न त्रिवि, निजी र स्थानीय तहसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिनेछ,’ अर्थमन्त्री पुनले भने, ‘श्रमबजारको मागका आधारमा कार्यक्रम सञ्चालन र शिक्षालयको नक्सांकन गरिनेछ।’

नेपालमा हाइड्रोजन उत्पादन गरेर इन्धनका रूपमा गाडीमै हालियो

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले नेपालमै पहिलोपटक हाइड्रोजन उत्पादन गरी इन्धनका रूपमा प्रयोग थालेको छ।काठमाडौं विश्वविद्यालयले आज (आइतबार) आफैँले उत्पादन गरेको हाइड्रोजनलाई इन्धनका रूपमा गाडीमा हालेको हो। गत कात्तिकमा केयूले हुन्डाईको नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी गाडी नेपाल भित्र्याएको थियो । हाइड्रोजन गाडीसँगै केयूले रिफ्युलिङ स्टेसन पनि नेपाल भित्र्याएको थियो । केयू अन्तर्गतको हाइड्रोजन ल्याबका प्रमुख प्रा.डा.विराजसिंह थापाले आफ्नै डिजाइनमा कोरियाली प्रविधि प्रयोग गरी रिफ्युलिङ स्टेसन बनाइएको बताए ।  उनका अनुसार सोही रिफ्युलिङ स्टेसनबाट हाइड्रोजन उत्पादन गरी गाडीमा हालिएको हो ।यससँगै अब दैनिक ३० किलोग्रामसम्म हाइड्रोजन उत्पादन गर्नसक्ने रिफ्युलिङ स्टेसन बनाउन सकिने छ । केयूसँग रहेको गाडीले ६ किलोग्राम हाइड्रोजनबाट साढे ६ सय किलोमिटर दुरीको यात्रा गर्न सकिन्छ।  पेट्रोलियमपछि विद्युतीय गाडीको प्रयोग अहिले व्यापक बढ्दो छ । फ्युल सेलमा हाइड्रोजनले अक्सिजनसँग प्रतिक्रिया गरी उर्जा प्रदान गर्छ र पानीलाई बाइप्रोडक्टका रूपमा फाल्छ । त्यसैले हाइड्रोजन अझै स्वच्छ इन्धन मानिन्छ । विद्युत्को माध्यमबाट पानीबाट अक्सिजन छुट्याएर अर्थात् इलेक्ट्रोलिसिस गरी हाइड्रोजन उत्पादन गरिन्छ। जिवाश्म इन्धन र बायोमासबाट पनि हाइड्रोजन उत्पादन गर्न सकिन्छ। नेपालमा व्यावसायिक रूपमा हाइड्रोजनको उत्पादन गर्दै इन्धन, मल बनाउन एवं अन्य औद्योगिक प्रायोजनका लागि प्रयोग गर्नतर्फ पहल गर्नुपर्ने डा.थापाको भनाइ छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाइड्रोजन यातयातलाई प्रमोट गर्नुपर्ने बताउँदै आफु हाइड्रोजन चड्ने बताएका थिए । यससँगै प्रधानमन्त्रीले हाइड्रोजन गाडि चड्छु भन्ने कुरा उनकै कार्यकालमा सफल बन्ने देखिएको छ ।

रुस र उत्तर कोरियाले एकअर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने

काठमाडौँ । रुस र उत्तर कोरियाले एक अर्कामाथि आक्रमण भए आपसी सहयोग गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन्।रूसी राष्ट्रपति भ्लादमिर पुटिनको उत्तर कोरिया भ्रमणका अवसरमा उक्त सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।  उक्त सम्झौताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनले रुसले युक्रेनमा गरेको आक्रमणको समर्थन गरेका थिए। किमको यो अडानलाई रुसी राष्ट्रपति पुटिनले प्रसंशा गरेका छन्। दुई वर्षदेखि युक्रेनसँग जुधिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पछिल्लो समय पश्चिमा देशको घेराबन्दीमा छन्।अमेरिका र जी–७ राष्ट्रले युक्रेनलाई थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाइसकेका छन्। यही सन्दर्भमा उत्तर कोरिया भ्रमणमा निस्किएका पुटिनले प्योङयाङबाट सैन्य सहयोगको निरन्तरताको अपेक्षा गरेका थिए।

चिरिबाबुले उद्घाटन गरे स्नान कक्षसहितको स्मार्ट शौचालय

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् । मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए। उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटन ढोका र जावलाखेलमा बनाएको उनले बताए। शौचालय बनाएपछि त्यसको वरिपरि दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफूहरूले चिरेको बताउँदै अब थप शौचालय बनाउँदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए। स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुविधा उपलब्ध रहेको बताइएको छ। अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ।

केन्द्रको सहमतिविपरीत कर्णालीका मुख्यमन्त्रीले विश्वासको मत लिन लागेपछि...

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनविपरीत कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेका छन्। कर्णाली प्रदेश सभाको बैठक मंगलबार दिउँसो तीन बजे बस्दैछ।सोमबार बिहान बालुवाटारमा तीन दल नेकपा (एमाले), माओवादी केन्द्र, (एकीकृत समाजवादी)का अध्यक्षसहितको छलफलपछि बागमतीमा एकीकृत समाजवादीले माओवादी केन्द्रलाई विश्वासको मत दिने र कर्णालीको मुख्यमन्त्री एमालेले लिने समझदारी भएको थियो। मुख्यमन्त्री शर्र्मा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल निवासमा पुगेर केन्द्रको सर्कुलर र विश्वासको मतबारे छलफल गरेका थिए । सो छलफलमा केन्द्रको सहमति कार्यान्वयन गरेर जानुपर्नेमा नेता कँडेलले जोड दिनुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले कर्णालीमा पार्टी इन्चार्ज कालिबहादुर मल्ल र मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत लिने प्रक्रिया रोक्न निर्देशन दिएका थिए।पार्टीको निर्देशनविपरित मत लिन लागेपछि प्रधानमन्त्री प्रचण्डले केन्द्रमा भएको सहमति अनुसार प्रदेशको सरकार गठनको बाटो निर्माण गर्ने वातावरण बनाउन माओवादीका नेता महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन्। वीरेन्द्रनगर–७, इत्राममा रहेको मुख्यमन्त्री निवासमा नेता शाही, प्रदेश इन्चार्ज कालीबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसी र मुख्यमन्त्री शर्मा सहितका नेताहरू छलफलमा जुटेका छन् ।शाहीले मुख्यमन्त्री शर्मालाई केन्द्रीय निर्णय अनुसार राजीनामा दिएर एमालेलाई सहयोग गर्ने विषयमा छलफल गरिरहेका छन् ।

११ दिनदेखि एक्लै उभिएका नेत्र र सरकारबीच पाँचबुँदे सहमति (पत्रसहित)

काठमाडौं । विभिन्न माग राख्दै एक्लै उभिएर विरोध प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिका अध्यक्ष नेत्र चापागाईं र सरकारबीच सहमति भएको छ। उनी माइतीघर मण्डला सडक पेटीमा जेठ २ गतेदेखि एक्लै उभिएर शान्तिपूर्ण विरोध गरेका थिए। उनी त्यसरी विरोध प्रदर्शन गरेको ११ दिनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती माग पूरा गर्ने प्रतिबद्धता जनाएको हो। शिक्षामन्त्री सुमना श्रेष्ठ प्रदर्शनस्थलमै  पुगेर चापागाईंलाई भेटेकी थिइन्। त्यस्तै केही समयअघि शिक्षा मन्त्रालयमा पनि चापागाईंले उभिएरै वार्ता गरेका थिए। इसिडी शिक्षक शिक्षिकाको योग्यता, सुविधा अन्तर्राष्ट्रिय मापदण्डअनुसार युगानुकूल बनाउनुपर्ने,दिवा खाजा प्रतिविद्यार्थी ५० रुपैयाँ पुर्‍याउनुपर्ने लगायत माग राखेर उनी एक्लै उभिएका हुन्। नेपाल समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले हिजो (आइतबार) मन्त्रालयसँग विभिन्न पाँचबुँदे सहमति भएको जनाएको छ।  ती सहमतिहरू यस्ता छन्   

नेपाली चलचित्र ‘ बहाव’ आजदेखि प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘बहाव’ आजदेखि प्रदर्शनमा आएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त र अभिनेता कमलमणि नेपालबीचको बैचारिक द्धन्द्धलाई प्रस्तुत गरिएको छ । चितवन आसपासको परिवेशलाई चलचित्रमा समेटिएको छ । अभिनेत्री पन्तले चलचित्रमा सन्ध्याको भुमिका निर्वाह गरेकी छिन । श्रीधर पौडेलको निर्माता रहेको सो चलचित्रमा अफरान अली, सूर्य शर्मा, ईश्वरी सिंह हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतको अभिनय हेर्न सकिन्छ । पौडेलले यसअघि चलचित्र गोपी निर्माण गरेका थिए ।

मनलाग्दो गरी शुल्क निर्धारण नगर्न इन्टरनेट सेवा प्रदायकहरुलाई प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूले मनपरी शुल्क निर्धारण गरेको भन्दै प्राधिकरणसँग स्वीकृति लिएर मात्र शुल्क निर्धारण गर्न निर्देशन दिएको छ ।  आज एक सूचना जारी गर्दै प्राधिकरणले भनेको छ– दूरसञ्चार सेवा प्रदायकहरूले सेवा प्रदान गरे बापत ग्राहकसँग लिने शुल्क तथा महसुल दर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमति पत्रको सर्त बमोजिम प्राधिकरणबाट अनिवार्य रूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मिति समेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशित गरे पश्चात् मात्र लागू गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । हाल कतिपय इन्टरनेट  सेवा प्रदायकहरूले सेवाको शुल्क–महसुल दर स्वीकृत नगराई विभिन्न सामाजिक सञ्जाल, पत्रपत्रिका तथा सम्बन्धित सेवा प्रदायकहरूको वेबसाइटमा सूचना प्रकाशन गरी लागू गरेको अवस्था देखिएकाले प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ । प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क दर प्राधिकरणबाट स्वीकृत गराई सोही बमोजिम प्राधिकरणबाट महसुल दर स्वीकृत भएको मिति उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीका लागि सूचना प्रकाशन गरे पश्चात् मात्र इन्टरनेट सेनाको महसुल दर लागू गर्नु प्राधिकरणले निर्देशन दिएको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनका छोरा हन्टर दोषी ठहर

काठमाडौं ।अमेरिकी न्यायालयले राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई आपराधिक अभियोजनमा संघीय बन्दुकको अभियोगमा दोषी ठहर गरेको छ ।यो अमेरिकी इतिहासमा बहालवाला राष्ट्रपतिको सन्तान आपराधिक अभियोगमा दोषी ठहर भएको पहिलो घटना हो ।   राष्ट्रपति जो बाइडेनका ५४ वर्षीय छोरालाई लागू औषधको नशामा सन् २०१८ मा हाते बन्दुक खरिद गरेको आरोपपछि लागेका तीनवटै अभियोगमा दोषी ठहर गरिएको हो ।  हन्टर बाइडेनका बुबाले पुनः अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्न खोज्दै गर्दा र वासिङ्टनमा बन्दुक हिंसाको बारेमा भाषण दिने तयारी गरिरहेका समयमा यो निर्णय आएको हो ।  बाइडेनको गृहनगर विल्मिङगटन, डेलावेयरमा भएको परीक्षण समापनपछि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले आफ्नो छोराप्रति ‘प्रेम र समर्थन’ व्यक्त गरे ।  राष्ट्रपति बाइडेनले भनेका छन्, ‘म राष्ट्रपति मात्र नभएर बुबा पनि हुँ । ‘जिल र म हाम्रो छोरालाई माया गर्छौँ ।’ यस मुद्दाको नतिजा हन्टरले स्वीकार्ने बताउँदै न्यायिक प्रक्रियालाई सम्मान गर्ने बाइडेनले बताए। बाह्र सदस्यीय न्यायाधीशको टोलीले फैसलामा पुग्नुअघि दुई दिनसम्म करिब तीन घण्टा छलफल गरेको थियो ।  

तेस्रोपटक प्रधानमन्त्री बनेपछि मोदीको पहिलो विदेश भ्रमण इटालीमा

काठमाडौं । तेस्रो पटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलो विदेश भ्रमणमा इटाली जाने भएका छन्। जी-७ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री मोदी बिहीबार इटालीको अपुलिया जाने भएका हुन्। परराष्ट्र सचिव विनय मोहन क्वात्राले पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।

ठोरी छोटी भन्सार पुनः सञ्चालनमा, अस्थायी सवारी पास सहजै पाइने

चितवन । ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। एक समारोहका बिच प्रदेश सासंद ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजी कुमारी महतो, ठोरी गाँउपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा रिबन काटेर कार्यालयको उद्घाटन गरे।    त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ । भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दुरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दुरीमा रहेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रुपमा सञ्चालनमा ल्याउन ठोरी गाँउपालिकाको मुख्य भूमिका रहने उल्लेख गर्नुभयो । लामो समयको पहलपछि नाकालाई पुनः सञ्चालनमा ल्याउन सकिएको उनले प्रष्ट पारिन्। नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भौरवहा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर गएको बताए। भन्सार विभागका महानिर्देशक डुण्डी प्रसाद निरौलाका अनुसार भारतीय नम्बर प्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ । भन्सारलाई थप स्तरोन्ती गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो। भन्सार सञ्चालनमा आएपछि ठोरीवासी हर्षित देखिएका छन् । भन्सार नहुँदा सवारी चढेर नेपाल आउने पर्यटक सिमानाबाट फिर्ता हुने गरेका थिए। अब अस्थायी पासको व्यवस्था भएसँगै निर्वाध रुपमा नेपाल आउन सक्ने छन् । ठोरीका पर्यटन व्यवसायी सुदिप थापाले भन्सार सञ्चालनमा आएसँगै राहत मिलेको बताउनुभयो । यसले भरतपुर भ्रमण वर्षलाई पनि टेवा पुग्ने विश्वास गरे। विदेशी पर्यटक नेपाल आउँदा समग्र राष्ट्रको आर्थिक विकासमा सहयोग पुग्ने भएकाले नाकाले सहज सेवा दिनुपर्ने उल्लेख गरे। भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै संघीय मन्त्रीपरिषद् (क्याबिनेट)ले निर्णय गरेको थियो । पर्साको छोटी नाका मध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब २ वर्ष अगाडी निर्माण गरी तयारी अवस्थामा थियो । यसअघि, गतबर्ष माघ २७ मै सो भन्सारको सेवा सुरुवात हुने भएपनि कतिपय प्रक्रिया पुरा नभएको भन्दै अन्तिम समयमा राकिएको थियो ।

स्मिता दाहाल र दिव्य कुमारको स्वरमा 'लुकाउने ठावै छैन्' सार्वजिनक (भिडियोसहित)

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसर पारेर भारतीय गायक दिव्य कुमार र गायिका स्मिता दाहालको स्वरमा रहेको नयाँ गीत लुकाउने ठावै छैन जाली रुमाल सार्वजनिक भएको छ।गीतमा सरोज ओलीको शब्द, दिपक शर्माको संगीत र रिकेश गुरुङ्गको एरेन्ज रहेको छ।   गम्भीर विष्टको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी र सरोज ओलीले अभिनय गरेका छन् ।  नवराज उप्रेतीले खिचेको भिडियोलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।  रेनिश फागोले कलर गरेको भिडियो आर टि इन्टरटेन्मेन्ट युटुब मार्फत अपलोड गरिएको छ।

रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा

पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ।  घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए।  खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।