एसियाली करातेमा एरिकालाई ऐतिहासिक रजत

नेपालकी एरिका गुरुङ एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जित्न चुकेकी छिन्। चीनमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथिको स्वर्णको भिडन्तमा एरिका भियतनामकी नाओन थि नुयेनसँग पराजित भएकी हुन्। 

चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिका भियतनामकी खेलाडीविरुद्ध अंक जोड्न चुकिन्। यद्यपी एरिकाले शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी थिइन्। एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म पदकविहीन बनेको नेपालका लागि एरिकाले फाइनल प्रवेश गरेर पहिलो पकद जित्दै इतिहास रचेकी थिइन्। 

एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वार्टरफाइनलमा पुगेकी थिइन्। क्वार्टरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफिया बेरुल्टसेभा थिइन्। एरिका र सोफिबीचको खेल १–१ को बराबरीमा टुंगिएको थियो। …रेफ्रीÚ निर्णयका आधारमा एरिका विजयी भइन्। पहिलो अंक एरिकाले बटुलेकी थिइन्।  सोफिया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन्। १९ औं एसियाली खेलकुदको कराते पनि यही हल भएको थियो।

सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन्। एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो। कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन। 

एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत जितेकी थिइन्।  यस्तै भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्। यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए। सबै प्रतियोगितामा उनको प्रशिक्षक कुशल श्रेष्ठ थिए।

किन उभिएर पानी पिउनु हुँदैन ? कारण यस्तो छ

स्वस्थ शरीरको लागि पानी एकदम आवश्यक छ । तर पानी कति र कसरी पिउने, त्यसले पनि शरीर स्वस्थ हुनु नहुनुमा फरक पार्छ। उभिएर पानी पिउँदा शरीरलाई नोक्सान पुग्न सक्छ । आयुर्वेदको अनुसार उभिएर पानी पिउँदा शरीरमा नकारात्मक असर पर्छ। जब हामी उभिएर पानी पिउँछौँ, शरीरमा तरल पदार्थको सन्तुलनमा बाधा पुग्छ। यो बाधाले शरीरमा विषाक्त पदार्थको उत्पादन र खाना अपाचनको सम्भावना बढाउछ। मिर्गौलामा हानी उभिएर पानी पिउँदा पानी नछानिई सिधै शरीरको तल्लो भागमा जान्छ। यसले शरीरमा अशुद्ध तत्व जम्मा हुने सम्भावना बढी हुन्छ। अशुद्ध तत्व धेरै मात्रामा जम्मा भएपछि मृगौलामा हानी पुगी मिर्गौलाले ठिकसँग काम गर्न सक्दैन। जोर्नीमा पीडा एक अध्ययनको अनुसार उभिएर पानी पिउँदा पानीको प्रवाह उच्च हुन्छ। उच्च प्रवाह भएको पानी हावासँगै शरीरमा प्रवेश गर्दा शरीरको सबै प्रणालीमा असर गरी शरीरमा गाँठा देखिने र जोर्नीमा पीडाको कारण बन्नसक्छ। लगातार उभिएर पानी पिउँदा मुटु र फोक्सोमा पनि समस्या उत्पन्न हुन्छ। अल्सर हुने सम्भावना उभिएर पानी पिउँदा एसोफेगसको तल्लो भागमा अधिक नोक्सान पुग्छ। जसको कारण पेटमा अल्सर हुने सम्भावना बढ्छ। शरीरमा हुने पीडामा वृद्धि उभिएर पानी पिउँदा शरीरमा बढी दबाब परी शरीरको जैविक प्रणालीमा प्रभाव पर्छ। त्यो प्रभावले शरीरको भइरहेको दुःखाइमा वृद्धि हुन्छ। र शरीरमा यसै पनि पिडा हुने सम्भावना बढ्छ। शरीरलाई बेफाइदा उभिएर पानी पिउँदा, पिएको पानी कलेजोमा व्यवस्थित हुन पाउँदैन। यसरी पिएको पानीले शरीरलाई कुनै फाईदा हुँदैन। शरीरले पानीबाट प्राप्त गर्न पर्ने कुनै पनि तत्व प्राप्त गर्दैन, केवल पसिना र पिसाबको रूपमा बाहिर निस्कन्छ। हेल्थअनबक्सबाट

रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं । सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छन् । चीनको हान्झाउमा आयोजित २०औँ एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ। उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामालगायत खेलपदाधिकारीले स्वागत गर्नुभयो । एसियन कराँते फेडरेसनले आयोजना गर्ने एसियन च्याम्पियनसिपमा नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म पदक जित्न सकेका थिएनन् । नेपाल पुलिस क्लबबाट कराते खेल्न सुरु गरेकी एरिका पहिलोपटक १९औँ एसियाडमा छनोट हुनुभएको थियो । उक्त प्रतियोगितामा पनि उहाँले रजत पदक हात पारेर फर्कनुभएको हो । 

मागेको पैसाले देश बन्दैन

कर्णाली प्रदेशको वृहत् स्वरुप भन्नाले राप्ती नदीदेखि महाकाली नदीसम्मको भूभागलाई बुझाउँछ। तर आधुनिक नेपाललाई सात प्रदेशमा विभाजन गर्दा कर्णाली प्रदेशको आकार सानो बन्न गएको छ। त्यसपूर्व पञ्चायत कालभर महाकाली, कर्णाली र भेरी अञ्चल भन्ने छुट्टै प्रशासनिक इकाइहरु थिए। कर्णाली प्रदेशलाई जहिले पनि निर्धो, पछौटे, अविकसित, प्रोत्साहन नपाएको, ठगिएको, केन्द्रबाट उपेक्षित, विकासको गतिमा पछि परेको, सभ्यताको दौडमा पछि परेको, गरीबीले सताइएको, उत्पादनमा न्यूनता भएको, जस्ता विशेषणहरुले पहिचान गराउँदै आइएको छ। तर कर्णालीका उज्याला पक्षका बारेमा मानिसको दृष्टिकोण सकारात्मक रुपले मूल्याङ्कन गर्ने गरेको कमै भेटिन्छ।“जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ” भने झैँ कर्णालीका अनगिन्ति पक्षहरु ज्यादै भरपर्दा र गौरवलाग्दा छन्। मानिसको स्वभाव सकारात्मक भन्दा नकारात्मकतातिर छिटो आकर्षित हुँदा अरुको टीका टिप्पणीमा समय खेर फाल्ने गरेको देखिन्छ। हाम्रा सञ्चार समूह, पत्रकार तथा लेखक महोदयहरुले पनि सकारात्मकता भन्दा नकारात्मक, सिर्जना भन्दा ध्वंश, उन्नतिमा भन्दा अरुले दु:ख सुखपूर्वक गरेको प्रगतिमाथि नकारात्मक पक्षलाई दृष्टि दिने हुनाले समाजमा असन्तोषको बिजारोपण विद्यालय तहदेखि हुँदै गएको पाइन्छ। बरु त्यसलाई सुझाव, समाधान, निर्देशन, सन्देश, निर्माणात्मक, सिर्जनात्मक, सुधारात्मक र सुखद परिणाम निस्कने उपायहरुको मार्ग प्रदान गर्न सकेमा समाजमा आपसी द्वेस कम हुन सक्ने, समाजमा सुख शान्ति र अमन चयन कायम हुन सक्ने देखिन्छ। यसै प्रशङ्गमा कर्णालीप्रदेशमा के कस्ता अमूल्य सम्पदाहरुको अवस्थिति छ त? त्यस बारेमा संक्क्षेपमा चर्चा गर्नु सान्दर्भिक नै हुने छ। मूर्त सम्पदा: कर्णालीप्रदेश भन्ने बित्तिकै भौगोलिक बिकटता, जैविक विविधता मनोरम प्राकृतिक स्थलहरुको चित्र, मानव सभ्यता तथा साँस्कृतिक वैभवको श्मरण मानशपटलमा आइहाल्छ। मध्यकालीन कर्णालीप्रदेश वर्तमानकालमा राज्यको पुनर्संरचनाका क्रममा राजनीतिक सीमाको बाँडफाँडका कारण ५ नं. प्रदेशको केही भाग, प्रदेश नं ६ र ७ को पूरै भाग पर्दछ। हाम्रो अध्ययन वृहत् कर्णाली प्रदेशको रहेको छ र यस प्रदेशलाई हिमाली, उच्च पहाडी र केही तराई भागले ओगटेको छ, त्यसै विकटताका कारणबाट हुन सक्छ, विकासको गतिमा नेपालका अन्य प्रदेशहरुका तुलनामा यस प्रदेशले त्यति फड्को लिन नसकेको देखिन्छ। तर वास्तबमा बुझेर अध्ययन गर्ने हो भने प्राकृतिक तथा साँस्कृतिक वैभवका दृष्टिबाट यो प्रदेश निक्कै सम्पन्न मानिन्छ। अझ भन्नु पर्दा यो प्रदेशलाई प्रच्छन्न प्राकृतिक र साँस्कृतिक सम्पदाको भण्डार भने पनि अतिरञ्जित हुने छैन। प्राकृतिक सम्पदा भन्नासाथ यस प्रदेशमा रहेका नदी, झरना, तालतलैया, लेकाली भाग, हिमाली भाग, हिमाली घाँटीहरु, हिँउपहिराहरु, प्राकृत ज्वालाहरु, खनिजहरु, जङ्गल, हिमनदी, हिमताल, माटो, चट्टान, धरातल, तातोपानी, हिमचूचूरा, जीवजन्तु, प्राकृतिक बोटहरु (जडिबुटिहरु) र मानवोपयोगी खेतिपाती, जलस्रोत, प्राकृत कच्चा पदार्थमा आधारित उद्योग, वातावरणीय प्रयोग, हावाहूरी, घाम, झरी, बादल, प्राकृत कोप तथा यसको परिणाम आदि पर्दछन्। साँस्कृतिक सम्पदा भन्नाले मानवले निरन्तर अभ्यास गरेका, निर्माण गरेका, आफ्ना पूर्वजहरुले मनाई आएका रीतिरिवाजहरु, चाडपर्व, मेला, जात्राहरु, पूजा, स्मृतिस्वरुप आवृत्ति गरिएका लोक चलन, भजन र लौकिक परम्पराहरु, गेय, नृत्य, हावभावहरु, पारम्पारिक संगीत र वाद्यवादनका उपकरणहरु, प्राचीन वश्त्राभूषण, तथा युध्दका उपकरणहरु, वीरपूजाको परम्परा, दैनन्दनि प्रयुक्त सामग्रीहरु, खाद्य परिकारहरु, समुदायिक, जातीय, वर्गीय शिष्टाचार र मर्यादाहरु, स्वतस्फूर्तरुपमा यथारुपमा संरक्षि जीवित परम्पराहरु नै यस प्रदेशका अमूल्य निधिहरु मानिन्छन्। यी सम्पदाहरु केवल साँस्कृतिक सम्पदा मात्र नभई पर्यटकीय गन्तब्य स्थलकारुपमा पनि उच्च मानिन्छन्। सँस्कृतिले प्राचीन मानव सभ्यताको प्रतिनिधित्व गरेको पाइन्छ, प्रत्येक क्षेत्रका मानवको सभ्यता त्यस भेकका बासिन्दाको जात, जाति, समुदाय, रीतिरिवाज,लुगा परिधान, खानपान जस्ता साँस्कृतिक निधिहरुबाट निर्देशित भएको समय सीमालाई प्रतिनिधित्व गरेको हुन्छ। नेपाली इतिहासको प्राचीनकाल, पूर्वमध्यकाल, उत्तरमध्यकाल र आधुनिककालमा नेपाली संस्कृतिको विकास क्रमबध्दरुपमा भई आएको छ। त्यसैसन्दर्भमा कर्णाली प्रदेशमा पनि आफ्नै मौलिक किसिमको संस्कृति भौगोलिक धरातलका आधारमा विकसित हुँदै आएको देखिन्छ। कर्णालीप्रदेशमा शिक्षित वर्गले पनि (ब्राह्मण) कृषि, पशुपालन, ब्यापार, उद्योग आदि गरेका, क्षत्रीयले ब्यापार, जङ्गीतर्फको जागिर, पशुपालन, ठेक्का पट्टा, लेखापढी, सभामा न्याय दिने, आदि गर्दथे। वैश्य जातिको काम सबैले गरी आएको ब्यावशायिक काम गर्दथे भने शुद्रहरुले आ-आफ्ना पुर्खाहरुले गरी आएको समाजसेवाको काम गर्दथे। त्यो परम्परा वर्तमानकालसम्म पनि केही हदसम्म कायमै रहेको पाइन्छ। आजकल शुद्र जातिले गर्दै आएको कलाकारिताको काम तागा धारीले गरी आएको र आफ्नै पैतृक पेशा गरी आएकाहरुत्यसबाट जीविका नहुने देखी पेशा परिवर्तन गरेर आर्जनमुखी पेशा अँगाल्न थालेका छन्। पुरोहित वर्गले परम्परागत पेशाका साथै क्षत्री, वैश्य र शुद्रवत् पेशा अङ्गीकार गरेको देखिन्छ। यद्यपि उनीहरुले आफ्नो परम्परागत संस्कृतिलाई पूर्णत: परित्याग गरेका भने छैनन्। उदाहरणको लागि नवजात शिशुको नामकरण, पाश्नी, चूडाकर्म, ब्रतबन्ध, बिबाह, मृत्यु संस्कार आद लाई लिन सकिन्छ र सबै जात जातिले पनि ती ती संस्कारहरु मान्यता गर्दै आएका हुनाले सबैको संस्कारमा समानताको पुट पाइन्छ वर्तमानकालमा सबैजसो जाति धूम्रपान, मद्यपान, लागू औषध सेवन, कुवृत्ति र कुनियत हटाउनमा लागि परेका देखिन्छन्। त्यस कार्यमा राजनीतिक दलहरुले पनि सहयोग पुर्याउनु पर्ने कुरा पनि सबैले महशूस गरेका छन्। पहिलेका पुर्खाहरुका झैँ साह्रै दु:ख गर्न छोडेर सुखको बाटो लाग्न खोज्नु परिवर्तित मानवीय स्वभाव नै हो। पहिलेका शासक, सामन्तीहरु, भारदार र सम्भ्रान्त जातिहरुको धनीमानी ब्यभिचारी प्रवीत्ति, तष्करहरुको चरित्र, क्रमश: उदाङग हुदै गएका छन् र समाजमा परिश्रम गरेर खानु पर्ने कुराकोवातावरण बनिरहेको देखिन्छ। पुरुषप्रधान समाजमा पनि नारीहरुको योगदानको मूल्याङ्कन गर्न थालिएको र नारीहरुले आदिमकालबाट समाजको अस्तित्वका निम्ति गरेको सहनशीलता र परिश्रमको मूल्याङ्कन हुन थालेको छ। कर्णाली प्रदेशमा मध्यकालमा आफ्ना सन्तानलाई बेच्ने, बाँधा राख्ने, छोरी बेच्ने, बुहारी किन्ने, देबकी चढाउने जारी तिर्ने, बालबिबाह गर्ने, राक्षशी बिबाह गर्ने, बादी बदेनी भाँड भँडेनी भनी नीच पेशामा धकेल्ने जस्ता परम्पराहरुको प्राय: उन्मूलन भइसकेको अवस्था आएको छ। कन्याले आफ्नो वर आफैँले रोज्न पाउने, मनपरेकासंग बिबाह गर्न पाउने आदिम वैदिककालीन समाजको प्रचलन बढ्दै नयाँ युगको उदय कर्णाली प्रदेशमा पनि भइरहेको छ। कर्णलीप्रदेशमा आधुनिक शिक्षाको प्रचार तीब्र गतिमा भइरहेको छ र सबै जातिका बाल बालिका विद्यालय र महाविद्यालयमा पढ्न गएका छन्। तर ती सबैले आ-आफ्ना घर परिवार, छर छिमेक र इष्ट मित्र बाहेक साँस्कृतिक शिक्षा आर्जन गर्नर अवसरलाई सरकारले पाठ्यक्रमबाट झिकेर, बञ्चित गर्दै गरेकोले गम्भीर चिन्ताको विषय भइरहेको छ। अब आएर नेपालका सातै प्रदेशहरुले आफ्नो प्रदेशब्यापी शिक्षाको मौलिक पाठ्यक्रमा निर्माण गर्दा आफ्नो पारम्पारिक, वैज्ञानिक, प्रमाणिक संस्कृतिलाई पुन: समावेश गर्नु पर्ने अपरिहार्यता भएको देखिन्छ । कर्णाली प्रदेशमा ब्राह्मण, ठकुरी, क्षत्री, भाट, धामी, दशनामी, शन्याशी, कनफट्टा, पावै, हुम्ली, ख्याम्पा, जाड्या, नेवार, थारु, गुराउ, धान्नुक, मुशहर, बिटालू (सुनार, कामी, सार्की, ढोली, डुम्, पातर, पार्की, ओड, चूनारा= वर्तमानमा दलित मानिएका), मिञा, आदिको बसोबास रहेको छ र तीमध्ये संख्याको दृष्टिबाट बिचार गर्दा ब्राह्मण र ठकुरीको संख्या बढी नै छ। त्यसो हुनुको कारण कर्णालीप्रदेश मूलत: प्राचीनकालबाटै खसान क्षेत्र हुनाले नै हो। त्यस प्रदेशमा बसोबास गर्ने अल्पसंख्यको आवादीमा दशनामी, शन्याशी, कनफट्टा, पातर, र भाटहरु रहेका छन्। यस प्रदेशमा विविध हावापानी, धरातलीय भिन्नता तथा संस्कृतिक विविधताका कारण मानिसको पेशा, परिधान, शारीरिक बनोट, रूप, रङ्ग, आनि बानि, लेन देन, बिहाबारीको किसिम पनि एक आपसमा पृथक रहेको पाइन्छ। त्यस प्रकारको पार्थक्यमा एक जातिको स्वभाव, सँस्कार, भाषा, जीवन वृत्ति, पेशा, शिष्टाचार, नित्य प्रयोगका सामानहरु, स्थानीय देवीदेवताहरु, पूजापाठ, अर्चना विवधि, कुलपूजा, दोषवयू, गृहदेबता, पेशा, मन्दिरको बनोट, घरको र टोलको बनोट, जन-विश्वास, क्षेत्र, गहना र भेषभूषा, बिबाह पध्दति आदिमा आपसमा केही भिन्नता भएको महशूस गर्न सकिन्छ। कर्णाली प्रदेशमा बसोबास गर्नेहरुबीच एकता बनाइरहने तत्व हो, सबैका साझा देबता मष्टा कुलदेबताको मान्यता। ती कुलदेबता मष्टाले मानव जीवनका आइ पर्ने प्रत्येक पक्षमा सहयोग गर्दछन, उदाहरणको लागि भूत, प्रेत भँयाउनी लागेमा, पैशाचिक प्रकोप भएमा, चौपायाको धन वृध्दि गर्ने इच्छा भएमा, रोगब्याधीले अत्याएमा औषधिमूलो गर्नु परेमा, खेतिबालीबाट सहकाल ल्याउनु परेमा, अतिबृष्टि, अनाबृष्टि रोक्नु परेमा, सन्तान नभएमा, असल सन्तान बनाउनु परेमा, विदेशिएका आफन्तको निधो, पत्ता तथा छिटो घर फर्काउनु परेमा, र चारैतिर शुभ हुनका निम्ति रत्यसबाट छुटकारा लिन, चोखीनीतिपूर्वका श्री मष्टा देबताको पर्व पर्वमा र आवश्यक परेका बेलामा, विधिवत् पूजा गर्ने, मष्टाका धामी बसाल्ने, धामी पतुर्न लगाएर उनका मुखबाट देवभाषामा आशिर्वाद लिने र उनले, देबता चढेको बेलामा देवभाषामा बयक्त गरेका कुरा जस्ताको तस्तै पालना गरिनु र अपेक्षित सुधार हुँदै जानू। कर्णाली प्रदेशमा प्रचलित संस्कृतिलाई मूलत: दुई भागमा बिभाजन गर्न सकिन्छ: जस्तै, वैदिक सँस्कृति:वैदिक शाश्त्रीय विधिमुताबिक गरिने संस्कारहरु, जसमा कर्मकाण्ड, वैदिक देबी देबताहरुको पूजा, अर्चना, गर्भाधान देखि मृत्यु पर्यन्तसम्म गरिने तर्पण, पिण्डदान, श्राध्द, तीर्थाटनमा पुगिएका ठाँउका देबी देबताको पूजा विधि आदि । वैदिक संस्कृतिमा प्रशिध्द देबी, देबताहरुको सार्वलौकिक लिखित तथा ब्यापक शाश्त्रीय वैदिक मन्त्र द्वारा आह्वान, सम्बोधन गरेर, अग्निहोत्र विधिले पण्डित, पुरोहित आदिलाई बोलाएर पूजा अर्चना गरिन्छ । उदाहरणको निम्ति: बाबू, आमा, सूर्य, चन्द्रमा, वरुण, इन्द्र, कुबेर, नवग्रह, ब्रह्मा, विष्णु, महेश्वर, कुबेर, बायु, आदि। लौकिक सँस्कृति: लौकिक संस्कृति, जसमा परम्परादेखि लोकमा प्रचलित भईआएका धेरै जसो अलिखित रमौखिक सांस्कृतिक परम्परालाई भन्न सकिन्छ। विशेष गरी जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालीकोट, अछाम, बझाङ्, बाजुरा, डोटी, दैलेख सुर्खेत, जाजरकोट, रोल्पा, दाङ, सल्ल्यान, बैतडी, दार्चुला, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, जस्ता जिल्लामा लौकिक संस्कृतिका मौलिक तथा प्राकृतरुपमा सुरक्षित रही आएका पाइन्छन्। कर्णाली प्रदेशबाट जति पूर्वतिर बढदै गयो उति नै नेपाली संस्कृतिको विस्मृति तथा क्षय हुँदै गएर भिन्न प्रकारको सङ्क्षेपिकृत रुप बन्दै गएको महशूस अनुसन्धाताहरुलाई हुने गर्दछ। लौकिक संस्कृतिमा शुध्द आत्मा, स्थानीय देवी, देवता, दुष्ट आत्मा भूत, प्रेत, पिशाच, श्मशाने, भ्याउनी, बीर, मरेडायनी, देबी देबताका वाहनहरु, निशाचरहरु, अगति परेर मरेका पितृहरु, गलत किसिमबाट मारिएकाहरुको भौँतारिएको आत्मा, अकालमै मरेकाहरु, लौकिक देबताहरु, भूमे, भँयर, अँयर, देउराली, वनदेबी, निधिनी, झाँक्री, वनझाँक्री, ओडार र पहरामा बस्ने दैत वा देवताहरु आदिको लौकिक विधानबाट धामी, बिजूवा, गुराउ, मान्थेबा, तान्त्रीक, झाँक्री, झारफूक गर्ने, यान्त्रीक, अभिचार विधिबाट, फुकफाकका माध्यमबाट उग्र भएका त्यस्ता लौकिक देबी देबताहरुलाई शान्त पारेर दु:ख नदिउन् भनी पूजा गर्ने र मन्साउने परम्परालाई मान्यता गरिन्छ। कर्णालीप्रदेशमा पूजिने वैदिक देबी देबताहरु सात्विक र राजशी प्रकृतिका हुन्छन् भने लौकिक देबी देबताहरु राजशी र तामशी प्रकृतिका हुन्छन् । उदाहरणका निम्ति : परब्रह्मा, ब्रह्मा विष्णु, महेश्वर, गणेश, सूर्य, देबी, राम, कृष्ण, कुमार, दूधेमष्टा आदिलाई सात्विक विधिबाट पूजा गरिन्छ भने इन्द्र, भैरव, मष्टा, काली, दाह्रेमष्टा, काली भँयर, अँयर, भूमे, झाँक्री, नन्दी, भृङ्गी, चतुषष्टी योगिनी, भूत, प्रेत, वायु, दोष, पिशाच, भ्याउने, श्मशान, भान, बाहन, फाके, लागो, भागो, आदिलाई राजशी र तामसी विधिबाट पूजा, धूप, उपचार, खोज, पूकार, सुपुकार, भाकल, आदि विधिबाट सम्मान गर्ने परम्परा रही आएको छ। (देवकोटा, २०४६, पृष्ठ, १०७)। त्यसरी राजशी र तामसी विधिबाट पूजा, धूप, वलि, मन्साउने, बुझाउने, थान्को लगाउने प्रकृयाबाट चोरी, हत्या, पीडा, बलात्कार, लाञ्छना, रोग, ब्याधी, आतङ्ककारी, लूटिने, पिटिने, छकाइने, ठगिने, मुद्दा मामिलामा फस्ने आदिबाट बच्नका निम्ति ती देबी देबतालाई भाकल गरेर शान्तपार्ने परम्परा अद्यापि प्रचलनमा रही आएकै छ। त्यस्ता धेरै देबताहरुमध्ये सबैभन्दा शक्ति र सामर्थ्य भएका, तत्कालै फल दिनसक्ने देबता श्रीमष्टा देबता नै मानिन्छन्। नेपालभर बसोबास गर्ने खस आर्यका कुलदेबता मष्टा र देबीहरुको उत्पत्ति क्षेत्र कर्णाली प्रदेश नै मानिन्छ। त्यस्ता ज्यादै प्रख्यात देवता मष्टा र देबी भवानीका बिभिन्न रुप र नामका हुन्छन्, जसमा बाह्भाइ मष्टा र नौ दुर्गा भवानी भनी पुकारा गरिन्छ। श्री नौ दुर्गा भवानीका पनि शय जति नाम छन् भने श्रीमष्टाका पनि चौराशीबटा नामहरु प्रचलित रहेका पाइन्छन्। कर्णाली प्रदेशमा राग्श्या, भूत, भाउन्ना, मशान्या, दोभान, मुखोल्या, वायु, कप्टिनी, बोग्सी, डाङ्किनी, साङ्खिनी, दानुवा, प्रेत, पुङ्ग्याल, भँयर, भान, छाया, द्यौ, द्यौती, आदिले मानिसलाई रोग ब्याधी, मूर्छा, धनहानी, कृषि हानि, सन्तान हानि, निस्सन्तान, भीमल, तर्सो, मन चञ्चल गराउने गर्छन् भनिन्छ। त्यस्ता भूतादिबाट कष्टमुक्त हुन धामी, झाँक्री, नाडिछाम्ने, चामल जोखाना हेर्ने, फूकफाक गराउने, अक्षता उडाउने, वलि दिने, रङ्गबिरङ्गले पूजा गर्ने कुखूरा, परेवा, चल्ला छोड्ने, सामान र बत्तिसहित बिमारीको शरीरलाई सात पटक घुमाएर सात तयाली वाचा गराएर दोबाटोमा लगेर फ्याँकिन्छ, छोडिन्छ। त्यस कार्यलाई खोज गरेको भन्ने भनाई छ, खोज गर्दा खरानी (रखानी) को डल्लोलाई पिण्डको रुपमा मानेरखोज कर्ता धामीले चामलका पीठाको मानिसको मूर्ति निर्माण गरेर, सातबटा दाबिलामा अँगारले भूतभाषामा लेखेर, मन्साउने नेटामा पुगेपछि, फलामको दिउरा, भजालामा लगेको आगो भूईँमा खन्याएर , सोही आगोमा कडूवा तेलको धूप हालेर, मन्साउने सरजामको वरिपिर आंखोराम लगेको जलले वरपर घुमाएर बिमारीको नाम फलाकेर सात तयाली वाचा गराएर अब उप्रान्त सो ब्यक्ति र निजका कुनै पनि परिवारलाई दु:ख नदिने बाचा गराइन्छ। त्यति गरेपछि मात्र सो चामलका पीठाको मूर्ति र सारा सरजामलाई भूईँमा खाल्टो खनेर पुरिन्छ र सातबटा दाबिला उही खोज गर्दा गाडेको खाल्टो वरपर ठड्याएर गाडिन्छ र बिमारी भएका घरतिर फर्किन्छन् । घर फर्के पछि आंखोरामा लगेको बाँकी जलले बिरामीलाई दोहोलो काडिन्छ र अब उप्रान्त निको भयो भनी सातो जाने किसिमले कराउने र लागो भागो छुटाउने गरिन्छ। कर्णाली प्रदेशमा फाग, माँगल, भारत, झोडा, चैत, चाँचडी, ढूस्को, भोस्सो, भाइल, भैली र गाथाको विशाल भण्डार नै मानिन्छ, त्यसता केही उदाहरणकारुपमाजस्तै: सरुवा कौनियाको भारत, बिना कठाइतको भारत, उदा छोपालाको भारत, शक्ति कठाइतको भारत, रनि राउतको भारत, लछालकीर्तिको भारत, बालराजा काँशीरामको भारत, बिमा राउतको भारत,राजा जितारी मल्ल जालन्धरी मल्लको भारत, सङ्ग्रामसिँ कार्कीको भारत, रारा पैकेलाको झोडा, कालू बम्मको झोडा, नागर बिष्ट भैरब बिष्टको झोडा, सती कलशाको गाथा, बाँके रावल चना रौतेलीको गाथा, जस्ता ज्यादै प्रचलित अमूर्त सम्पदा मानिन्छन्। (तिमिल्सेना, २०७७, पृष्ठ, २७४०-२७५) दैलेखका अमूर्त सम्पदाका बारेमा एउटा पुरानो उखानयुक्त भनाई सुन्न पाइन्छ: जस्तै: सातालाको भैलो, डौँशूरको हूड्केली, सिगौठीको भोस्सो, खूडखूडीको मारुनी, नौमूले, टाकूरी, काँशीकाँधको सरौँघाउ (हातहतियार हातमा लिएर गरिने द्वन्दयुध्दको नमूना, अभिनय) आदि प्राचीनकालबाट प्रख्यात मानिन्छन्। निष्कर्ष: कर्णाली प्रदेशको हिमाली उच्चपहाडी ठाडा डाँडा, भीराला पाखाले बनेको भूगोल हामीले सोचे झैँ सहज र उर्बरथिएन र छैन, त्यस्तो ठाँउमा अभ्यस्त मानव जीवन पध्दति, सभ्यता र संस्कृतिको बारेमा जान्न खोज्दा आशा लागेजति खाका, चित्र स्पष्ट हुने गरी पाउन सकिएको छैन भने निराशा हुनु पर्ने स्थिति पनि रहन्न। प्राचीन रेशमको ब्यापार उर्लेको बेलामा हिन्दूकुश हिमाली भूभागलाई आफ्नो कब्जामा पारेका खस राजाहरुले उत्तर- पश्चिम भारत र दक्षिण-पश्चिम तिब्बतलाई आफ्नो राज्यक्षेत्र भित्र पार्न सक्ने यो खस जातिको सभ्यताले तत्कालिन विश्वलाई गम्भीर प्रभाव पारेको इतिहासबाट स्पष्ट हुन जान्छ। अझ गम्भीरतापूर्वक अध्ययन गर्दा खस जातिले गरेका वैज्ञानिक आविष्कारहरु, उनीहरुको सभ्यताको प्रभाव, उनीहरुको संस्कृति, सामजिक बनोट, भाषाको विकास, परिधान, राज्यको मजबूति, आर्थिक स्रोतको उचित परिचालन, स्वर्णभूमिसंगको ब्यापार र वाणिज्य, जातिपाति र स्थलसंग सम्बन्धित थरको पहिचान, पेशाप्रतिको निष्टा, कामको मर्यादा, कलाकौशल र साम्राज्यको अध्ययनबाट यस जातिको समृध्दिको चूलीलाई उच्च मूल्याङ्कन गर्न सकिने आधारहरु पाइएका छन्। केवल कर्णाली प्रदेश मात्र नभएर, काश्मीर, गढवाल, कुमाउँ, नेपाल, भूटान, सिक्किम, भारतको हिमाञ्चल प्रदेश, असाम, आदिको सभ्यतालाई सिंजाको पूर्वमध्यकालीन खसमल्ल सभ्यताले निर्देशित गरेको महशूस हुन जान्छ। जसको प्रभाव हालसम्म पनि कर्णाली प्रदेशमा सुरक्षित नै रहेको छ। सामजिक बनोटका दृष्टिबाट बिचार गर्दा अनादिकालमा कर्णालीप्रदेशमा हिमाली, जङ्गली, फिरन्ते, शिकारी, कुशुण्डा, राउट्या, मूण्डा, जस्ता जातिहरुको कृडाभूमि रहेको प्रतीत हुन्छ। पछिल्लो समयमा आएर हिन्दूकुशहिमाल वारपारमा खसआर्यहरुको बसोबास रहेको र त्यही परिप्रेक्षमा कत्यूरी, पाल, चन्द, चौहाण, मल्ल, मागधी, गान्धार जस्ता जातिको बसोबास पनि भएको हुनाले उनीहरुले हिन्दू सनातन र बौध्द धर्मलाई समान ब्यबहार गरेर बसेको बुझिन्छ। ती सबैमा मङगोल र आर्य नश्लको सम्मिश्रण रहेको, सामाजिक परम्परा र संस्कृति पनि सम्मिश्रण किसिमको पाइन्छ । उनीहरुले आफ्नो मौलिक संस्कृतिलाई यथावत्रुपमा बँचाएर संरक्षण गरेर राख्न सफल भएका थिए। ती मध्ये कर्णाली प्रदेशमा खस जातिले बहादुरी प्रबृत्तिको विकास गर्न समर्थ, मठ मन्दिरमा पशुको वलि दिने, प्रसादको रुपमा मांशादिको भोजन गर्ने अभ्यास पहाडी परम्परामा स्वीकार्य मानिएबाट त्यही रीति विकसित हुँदै सामाजिक संस्कार बन्यो । खसजातिले हिन्दू र महायानी बौध्द संस्कारलाई उदारतापूर्वक पूर्णत: अङ्गीकार गरेको देखिन्छ। खस जातिमा सबैले आ-आफ्नो काम इमान्दारीसाथ गर्दै आएका देखिन्छ्न्। केहीले छोरी बेच्ने र केहीले मन्दिरमा लगेर चढाउँने चलन पहिले थियो, युध्दमा सेनाद्वारा बलात्कृत गरिएकी कन्यालाई देबकी बनाउने चलन पनि थियो। खसआर्यहरुले उत्तर-दक्षिणको ब्यापारमा जीवन्त बनाएका हुन्थे र राज्यको अर्थतन्त्र थामेका हुन्थे। कर्णाली प्रदेशको मूल आय स्रोत नै वैदेशिक ब्यापार थियो, जसमा खसआर्यहरु नै सक्रिय देखिन्थे। समाजमा नारीको स्थान उच्च थियो र शुद्रको सामाजिक महत्व सबै जातिको भन्दा अधीक उच्च थियो, किनभने सबै जातिको जन्म देखि मृत्युपरान्तसम्म उनीहरुको भूमिका निरन्तर चलेको हुन्थ्यो र उनीहरुको पेशा नै जनसेवा मानिन्थ्यो। बीचको समयमा यस जातिलर निकै गोता पायो तापनि हाल आएर त्यस जातिको उत्थानका विभिन्न प्रयासहरु नेपालमा भई आएका छन्।(परिशिष्ठ नं १) सुझावहरु: १) वर्तमान नेपालमा प्रत्येक दशकमा गरिने जनगणनाको ढाँचा गलत सिध्द भएको देखिन्छ। किनभने त्यसमा ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी छुट्याउने खस आर्य भन्ने मापदण्ड वैज्ञानिकरुपमा तयार गरिएको पाइन्न । त्यसले कर्णाली प्रदेशका अधीकांश जनता सरकारी आरक्षण जस्ता सहुलियतबाट बञ्चित रहेने स्थिति आएको छ। कर्णाली प्रदेशका मूर्त र अमूर्त सम्पदाको यथाशीघ्र संरक्षणको बन्दोबस्त सरकारी तहबाटै गरेमात्यहाँको नमूना नेपालभर लागू गराउन मद्दत मिल्ने देखिन्छ रलोपोन्मुख सँस्कृतिको जगेर्ना गर्न सकिन्छ। २) वर्तमान नेपालमा जातीय र क्षेत्रीय आयोगहरुले कट्टर जातीय आधारलाई प्रोत्साहन दिएको छ, त्यसको सट्टा सबै नेपालीलाई राष्ट्र निर्माणका निम्ति जोसंग बुद्धी, विद्याक्षमता र बल, बाहुबलले राष्ट्र निर्माण र राष्ट्रीय अस्मिता बचाउन समर्पण हुने क्षमता राख्छन्, जसले जनजीविकालाई यथार्थरुपमा उत्पादन र बितरणमुखी कार्य गर् सक्छन्न् र जसले शारीरिक श्रम, शीपद्वारा समाजको सेवामा लागेर जीविका गरी आएका छन् ती सबैलाई सामाजिक आदर्श परिभाषा भित्र पारेर नागरिकहरुबीच मानवीय र सामाजिक समानताको आधारमा आरक्षण जस्तो महत्वपूर्ण र सम्वेदनशील कुरालाई गंभीरताकासाथ विचार गरेर विवेकशीलताका आधारमा प्रयोग गरेर आरक्षणको अवसर प्रदानगरिनु पर्दछ। ३) नेपाली नागरिकका प्रत्येक जातिको जातीयतालाई छुट्याउने एउटा आधार भाषिक आधार पनि हो, तसर्थ नेपालमा बसोबास गर्ने नागरिकको आफ्नो मातृभाषाको गहन अध्ययन, अनुसन्धान गर्नु पर्ने र एक भाषा भाषीलाई एउटै वर्गमा हेरेर उनीहरुको आर्थिक, शैक्षिक र सामाजिक उत्थानका निम्ति सुधार गर्नु पर्ने देखिन्छ। त्यस प्रकारको आन्तरिक वास्तविकतालाई प्रकाश पार्ने प्रतिवेदन तयार पार्न हाल गठन भएका बिभिन्न प्रतिष्ठानहरुले पूर्वाग्रहबिना, उपयोगी मूल्याङ्कन गरेर ब्यबहारमा लागू गराउनु पर्ने देखिन्छ। ४) वर्तमा नेपालको संविधानमा नेपालका सबै जन-जातिलाई स्वत: आदिबासीमा सूचीकृत गरेको दुषित परम्परा लागू गरिएको देखिन्छ, जो आधारभूतरुपमा गलत छ, किनभने उदाहरणको लागि पूर्वी तराइको सन्थाल जाति ५० वर्ष अगाडि मात्र श्रमिककोरुपमा नेपाल प्रवेश गरेको, तामाङ् जाति नेपाल र चीन-भोट युध्दमा प्रवेश गरेको, शेर्पाजाति जो चौँरी पाल्दै तिब्बतको स्यार्बो जाति केही पहिले नेपाल पसेको कुरा स्पष्ट भइसकेको छ, त्यस्ता जन-जातिलाई पनि स्वत: आदिबासीमा सूचीकृत गरिने विषयमा गहन अनुसन्धान गर्नु पर्ने देखिन्छ। तसर्थ नेपालमा जो जसलाई आदिबासीकारुपमा सूचीकृत गरिएको छ, त्यो परिपक्व किसिमको नभएर, अदूरदर्शी, कच्चा र अपूर्ण छ, त्रुटिपूर्ण निर्णय भएको हुनाले त्यसमा तत्कालै पुनर्विचार गरिनु पर्ने हुन्छ। त्यसबाट कर्णालीका खासआर्य जस्ता आदिबासीलाई ठूलो मर्का परेको छ। त्यसका साथै हिन्दू धर्म र बौध्द धर्मावलम्बीहरु उदार धार्मिक भएको फाइदा उठाएर क्रिस्तानहरुलेअनेक प्रलोभनमा पारेर, धर्म परिवर्तन गराइरहेका छन् र आदिबासीहरुले पाएको अधिकारमा पनि ती धर्मछाडाहरुले आफ्नै भाइहरुलाई मिलेको सहुलियत दोहोरो लाभ लिइरहेका छन्। आधिकांश खसआर्यहरुमा जातीय छुवाछुत र अनेकानेक बहानामा त्यसको मार खेपीरहेका त छँदै छन्, समाजमा सुधार पनि गरिँदै छ, तापनि त्यसमाथि विधर्मीको निशान बन्दै गएका छन्। ५) नेपालका रैथाने खस आर्यहरुको बारेमा अनुसन्धान गरी प्रतिवेदन तयार गर्ने क्रममा धेरै समस्या तथा चुनौतिहरुको सामना गर्नु परेको छ, जस्तो कि यस जातिमा जन्मी हुर्केका महिला वा पुरुषले अन्यजाति, दलित, आदिबासी, मधिशे, थारु, जो जातीसंग वैबाहिक सम्बन्ध गरी गृहस्थी गर्ने पति/पत्नीले पनि आदिबासी जनजातिको पनि आरक्षण पाएका आधार प्रमाणहरु प्रसस्त पाइएकामा उनीहरुलाई निरुत्साहन हुनेखाले निष्पक्ष मूल्याङकन गरी न्यायनिरुपण गर्नु पर्ने हुन्छ। अर्को कुरा, प्रत्येक नारी वा पुरुषले आफ्नो नाम पछिको थर लेख्दा आफ्नै बाबूआमाको बाहेक अरुको थर लेख्न र अर्कै पहिचान दिने खाले गैह्र कानूनी किसिमबाट आदिबासी जनजातिको सुबिधा भोग गर्ने कुरालाई हतोत्शाह तथा त्यस्तो प्रवृत्तिलाई पूर्णत: वञ्चित गरिनु पर्दछ। ६) वास्तबमा भन्ने हो भने नेपालमा वनबासी जाति, दलित र दूर्गम क्षेत्रका बासिन्दा, आर्थिक बिपन्न वर्गलाई पहिचान गरेर मात्र आरक्षण प्रदान गर्नु पर्ने हुन्छ। जो हूलदङ्गा गर्छ, जो बलको भरोशा र धनको मदमा राजनीति गर्छ, जसलेछिमेकिहरुको बुई चढेर नेपालको हानि पुर्‍याउन अग्रसर हुन्छ, त्यस्तालाई राज्यबाट मिल्ने सुबिधा, डरका कारणबाट आरक्षण प्रदान गरिनु कदापि शोभा दिने कुरा होइन र त्यस्तो नीतिबाट देश उँभो लाग्दैन। ७) कर्णालीमा खटिएर जाने कर्मचारीहरुका पनि बिबिध आग्रहहरु रहेका देखिन्छन्, ती सबैको विश्लेषण गर्दा उनीहरुको मनस्थिति सकारात्मक भन्दा पनि नकारात्मक र कुण्ठाग्रस्त देखिन्छ। किनभने सोही प्रदेशको प्राकृतिक स्रोत र मानवीय स्रोतहरुको परिचालन गर्न नसकेर त्यस्तो कुण्ठा पल्हाएको बुझिन्छ। साँच्चै भन्ने हो भने, कर्णालीकै सम्पदाहरु सहि प्रकारबाट परिचालनगरेर कर्णालीलाई समृध्द बनाउन सकिन्छ। २०४५ सालसम्म कर्णाली केहि मात्रामा भए पनि समृध्द र आत्मनिर्भर थियो, तर त्यसपछि भने त्यो प्रदेश पूर्णत: पराश्रित बन्न गयो र १२ वर्षे द्वन्दपछि त त्यहाँका सबै कुटीर उद्योगहरु, शिपालू हातहरु पूर्णत: धराशयी नै भएर लोप भैसकेको अवस्था छ। ८) कर्णालीप्रदेशमा ४३ प्रतिशत बालबिबाह हुने गरेको छ, विकासको गोरेटो मानिएको चीशापानी-हिल्शा मोटरबाटो ज्यादैसाँघूरो र अधूरो रहेको छ, जो सबैको साझा आधार हो, त्यसलाई सम्पन्न गर्न सकेमा विकासको फड्को आगाडि बढ्न सम्भव हुने देखिन्छ। ९) कर्णालीको सभ्यता अति प्रचीन तथा अति समवेदनशील हुनाले त्यहाँको विकास र सभ्यता एक आपसमा प्रतिपक्षी जस्ता हुन गएका छन्, किनभने आधुनिकतामा लागेको युवा मन सभ्यतातिर फर्कन नचाहेको हो कि भन्ने भान पर्दै गएको छ। बिडम्बनाको कुरा, कर्णालीको सभ्यता विनष्ट हुँदै जाँदा विकासको कदम भने पछाडितिर धकेलिँदै गएको पाइन्छ, एउटा देखिएको हवाई यातायात पनि नियमित र भरपर्दो छैन। त्यसका निम्ति कर्णाली उडान अभियान चलाउन सकिएका खण्डमा केही उन्नति हुनेछ। १०) नेपालका सातैप्रदेशको तुलनामा कर्णालीप्रदेशले १८.९७ प्रतिशत भूभाग ओगटेको छ, सोही आधारमा त्यस प्रदेशको विकासमा देशको कूल बजेट तदनुकूल प्रबाह गर्नु पर्ने देखिन्छ। कर्णालीलाई सक्रिय बनाउन त्यहाँको सबैखाले जनशक्ति त्यतैको विकासार्थ फर्केर वैज्ञानिक नीति निर्माण तथा लागू गर्न, सुरुङ् निर्माणमा तीब्रता ल्याउन, रज्जूमार्गको द्रूततर विकास र गाँउ बस्तीहरुमा पुगिने स-साना मार्गहरुको निर्माणबाट मात्र कर्णालीले समृध्दिमा पाइला चाल्न सक्छ। नेपालका अन्य प्रदेश जस्तै यस कर्णालीप्रदेशले पनि दुबैतिरबाट घोप्टे,उभिण्डो पार्ने किसिमको विकासनीतिलाई पूर्णत: परित्याग गर्न सक्नु पर्छ। ११) साँच्चै नै कर्णालीको विकास चाहने हो भने एउटै स्वार्थमा आधारित एकाकार वित्तीय योजना बनाएर लैजानु पर्ने हुन्छ। त्यसको प्रयोग प्रत्येक १०-१० वर्षको केन्द्रीकृत योजाना नै निर्माण गरी कर्णालीका बासिन्दाहरुले श्रमदानबाट विकास गरेमा मात्र समृध्द कर्णाली साकार बन्न सम्भव हुने देखिन्छ ।कर्णालीमा विकासका पूर्वाधारहरु तयार नभएसम्मका निम्ति यहाँका मूर्त र अमूर्त साँस्कृतिक सम्पदाहरुको पूर्णत: संरक्षण, करमुक्त कर्णाली, पर्यटकीय गन्तब्य कर्णाली, स्थानीय स्रोतहरुको प्रचूर प्रयोग कर्णाली जस्ता दूरदर्शी तथा वृहत् योजनाहरुको निर्माण गर्न दृढ हुनु पर्ने देखिन्छ। यसप्रकार भविष्यमा माथिका बूँदाहरुमा गमभीररुपमा विचार गर्दै नेपालका प्रत्येक जात-जातिको इतिहास, संस्कृति, सामजिक बनोट, वंशविस्तार, आर्थिक क्रियाकलाप, वर्गीय विवेचनासाथ पेशा हरणमा परेका दलित र अन्य पिछडा वर्गलाई कुन योजना, आयोजनाबाट उत्थान गर्न सकिन्छ भन्ने पवित्र लक्षसाथ इतिहास र संस्कृतिका विद्वानहरुबाट गहन अध्ययन गराई त्यहाँको यथार्थतालाई यथाशीघ्र प्रकाशनका साथमा कार्यमा परिणत गरिहाल्नु पर्ने बेला आएको छ। इतिहासकार तथा प्राध्यापक प्रा. डा. राजाराम सुवेदीले 'कुडा कर्नालीका' मा व्यक्त गर्नुभएको प्रवचन

युक्रेनले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले गत शुक्रबार पाँच नेपाली र तीन अन्य देशका गरी आठ रूसी युद्धबन्दी सार्वजनिक गरेको छ । युद्धबन्दी सार्वजनिक गर्दै युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन समेत आग्रह गरेको छ । युक्रेनले पाँच नेपाली, क्युबा, सोमालिया र सीएरा लियोनका एक–एकजना युद्धबन्दीलाई युक्रेनले सार्वजनिक गरेको हो । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न सजक हुन आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् । उनले भनेका छन्, “न्यून स्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।” गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो ।

किसानलाई उन्नत बीउमा अनुदान

चितवन । भरतपुर महानगरपालिकामा रहेका दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान सहयोग गरिएको छ । महानगरपालिकाका ७० वटा सहकारीमा आबद्ध दुई हजार दुई सय ३६ किसानलाई उन्नत गहुँ र तोरीको बीउ अनुदानमा वितरण गरिएको महानगर कृषि शाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेललले जानकारी दिए । करेसाबारीका लागि हिउँदे र वसन्ते तरकारी बीउका दुई–दुई हजार किट र एउटा परिवारका लागि गहुँको बीमा प्रतिकिलो एक सय र तोरीको बीउमा प्रतिकिलो ३० रुपैयाँ अनुदान दिइएको महानगरले जनाएको छ ।

महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम

चितवन।  छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शून्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलव ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले रु पाँच लाख १५ हजार मात्रै हो । प्रतिवेदनअनुसार उक्त आवमा रु आठ अर्ब ५० करोड ९२ लाख ८७ हजारको लेखापरीक्षण गरिएको थियो । प्रतिवेदनअनुसार काठमाडौँ महानगरको बेरुजु एक दशमलव ११ प्रतिशत अर्थात् रु २५ करोड ७० लाख ३४ हजार, पोखरा महानगरको सात दशमलव ९८ प्रतिशत अर्थात् रु ७९ करोड २३ लाख ७५ हजार रहेको छ । यस्तै वीरगन्जको सात दशमलव १४ प्रतिशत अर्थात् रु ५७ करोड ९४ लाख ८२ हजार, विराटनगरको ए दशमलव ०३ प्रतिशत अर्थात् रु सात करोड ११ लाख ५३ हजार र ललितपुरको शून्य ४६ अर्थात् रु चार करोड ५१ लाख बेरुजु छ ।  भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले आर्थिक वर्ष २०७९/८० मा महानगरको बेरुजु गत वर्षहरूको तुलनामा अरू घटेको छ । आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदनमा भरतपुरको बेरुजु शून्य दशमलव ०८ प्रतिशत थियो । आर्थिक वर्ष २०७७/०७८ मा पेस्कीबाहेक बेरुजुमा शून्य दशमलव २५ प्रतिशत  थियो । असुल गर्नु पर्ने बेरुजु पनि घट्ने क्रममा रहेको छ । महानगरपालिकाले बेरुजु नहुने गरी कार्यसम्पादनमा कडाइ गरेका कारण बेरुजु घटेको उनले जानकारी दिए। भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पछिल्ला हरेक वर्षमा महानगरपालिकाको बेरुजु कम हुँदै गएको बताए। उनले भने“ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेस्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्यौटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिकाभन्दा भरतपुरको बेरुजु निकै कम बनाउन सकिएको हो ।”  गतिशील, पारदर्शी एवं स्वच्छ नेतृत्व र लेखा समितिको क्रियाशीलताका कारण न्यून बेरुजु आएको प्रमुख दाहालले भनाइ छ ।उनले भने, “हामी बेरुजुलाई शून्यमै झार्ने अभियानमा छौँ।” भरतपुर महानगरपालिकाले बेरुजु फर्छ्यौटका लागि अभियान नै सञ्चालन गरिरहेको छ ।उनले भने, “जबाफदेहिता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ।” उपप्रमुख चित्रशेन अधिकारीले सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको बताए।  उनले भने, “छिटो–छरितो सेवा प्रवाहमा महानगर लागेको छ ।” खर्चमा गरिएको मितव्ययिता, नियम कानुनको परिधिमा रहेर खर्च गर्ने पद्धतिको विकास, आन्तरिक नियन्त्रण पद्धतिमा सुदृढीकरणका कारण बेरुजु घटाउन सफल भएको अधिकारीले बताए।  महानगरले तहगत रूपमा बलियो अनुगमन संयन्त्र बनाएको र मापदण्ड कार्यविधिको पूर्णपालना गरेको जनाएको छ। देशमै विकासका हिसाबले अग्रणी भरतपुर महानगरपालिकाले सुशासनलाई विशेष ध्यानमा राखेको जनाउँदै आएको छ । रासस

नेपाल बनाउन संभव छ, हामीले नै बनाउने होः प्रचण्ड

गोरखा । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बनाउन संभव छ र हामीले नै बनाउने हो भन्ने भाष्यलाई बलियो गरी स्थापित गर्नुपर्ने बताउनुभएको छ । गोरखाको पालुङ्टार नगरपालिका १० मा आजदेखि सुरु भएको चौथो मिरकोट कोटगढी महोत्सव २०८१ को उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘जल, जमीन, जंगल, जडीबुटी, जनशक्ति सबै हिसाबले नेपाल प्रचुर संभावना बोकको देश हो’– नेपाल प्राकृतिक रुपमा संसारकै सुन्दर देश रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘तर, एकथरि मानिसले देशमा केही पनि छैन, कोही गतिलो नेता छैन, गतिलो पार्टी छैन भन्ने गलत भाष्य निर्माण गर्न थालेको देखिन्छ । यो सही होइन, स्पष्ट दृष्टिकोणका साथ काम गर्ने हो भने हाम्रै जीवनमा परिवर्तन संभव छ भन्ने हामीले धेरै क्षेत्रमा थालनी गरेका छौं । यसलाई आगामी दिनमा अझ बढाएर लैजान आवश्यक छ।’ आफूले छोटो समयमै सरकारको नेतृत्व गर्दा महत्वपूर्ण कामको थालनी गरेर नेपाली जनतालाई आशावादको बाटोमा अघि बढाउन सफल भएको उल्लेख गर्दै उहाँले थप्नुभयो– ‘मैले सरकारले नेतृत्व गर्दा जलविद्युत विकासमा जे योगदान गरें, त्यसले यो पुस्तालाई मात्र होइन, अर्को पिंढीलाई पनि समृद्ध बनाउने खाका तयार पारेको छ । नेपाललाई लोडसेडिङमुक्त बनाउने मात्र होइन, दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात सम्झौतादेखि देशभित्र निजी क्षेत्रसँग विद्युत उत्पादनको सम्झौता मैले थालेका नमूना काम थिए ।’ देशभित्र र बाहिर अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकका लागि सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रममा अहिले बैदेशिक रोजगारीमा गएका १५ लाख र देशभित्र लाखौं नेपाली श्रमिक आबद्ध भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘मैले नै गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया थालनी गरेर उनीहरुले आर्जन गरेको रकम नेपालमा लगानी गर्ने वातावरण बनाएको छु, गरे नहुने केही पनि छैन, नेपाल बनाउन संभव छ, हामीले नै बनाउने हो ।’ यति राम्रो संभावना हुँदाहुँदै पनि नेपालका गाउँहरु विस्तारै युवाविहीन हुँदै गरेको र बाझो बढ्दै गएको डरलाग्दो तथ्यप्रति गम्भीर हुनुपर्ने बेला आएको उल्लेख गर्दै उहाँले आम जनताले आफ्ना छोराछोरीलाई बिदेश होइन, आफ्नै माटोमा केन्द्रित गर्ने गरी सोच्ने र राज्यले योजनाबद्ध पहल अघि बढाउने हो भने केही वर्षभित्र नेपाललाई सम्पन्न देश बनाउन सकिने प्रशस्त आधारहरु बढ्दै गएको बताउनुभयो । कृषि उत्पादन, पर्यटन विकास र आर्थिक क्रियाकलापमा वृद्धि गर्दै युवाहरुका लागि देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आफ्नो पार्टीले योजनाबद्ध पहल थालेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसका लागि स्थानीय तहबाट समाजवाद निर्माणको ऐतिहासिक पहल अघि बढाउन थालेको जानकारी दिनुभयो । ‘हामी पर्सीदेखि हाम्रो पार्टीले जितेका पालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको राष्ट्रिय भेला गरेर स्थानीय तहबाट समाजवादी अर्थतन्त्रको सुरुवातका लागि के गर्न सकिन्छ भनेर छलफल गर्दै छौं’– उहाँले भन्नुभयो– ‘स्थानीय विशेषताअनुसारको आर्थिक विकास नै समाजवाद निर्माणको जग हुनेछ ।’ पार्टीले लगत्तै जनतासँग माओवादी तराई मधेश जागरण अभियान र वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सुरु गर्न थालेको उल्लेख गर्दै यो देश जोड्ने अभियान हुने बताउनुभयो । ‘हामी यी अभियानलाई औपचारिक कार्यक्रम मात्र होइन, पार्टीले अघि बढाएको समाजवाद निर्माणको कार्यक्रमको मुख्य पृष्ठपोषणको रुपमा लैजाने छौं’– उहाँले भन्नुभयो– ‘देशभरिका संभावना र जनताको मनोविज्ञान उनीहरुले चाहेजस्तै आर्थिक विकासका कार्यक्रम जनस्तरबाटै सुरु गर्ने, आफ्नो वर्ग र समुदायमा फर्केर सुशासनका पक्षमा राष्ट्रिय एकता जागृत गर्ने अभियानको उद्देश्य हुनेछ ।’ गोरखाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहनुभएका अध्यक्ष प्रचण्डले गोरखाली जनताको विकास निर्माणको आकांक्षालाई सम्बोधन गर्नु आफ्नो प्राथमिकताको विषय हुने बताउनुभयो । छिमेकी देशको भ्रमणका क्रममा समेत आफूले गोरखालाई प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले चीनसँग गोरखामा एउटा कृषि औद्योगिक पार्क बनाउने समझदारी भएको पनि जानकारी दिनुभयो ।

अहिलेको सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छः प्रचण्ड

नेपालगञ्ज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार जति टिक्छ, त्यति नै आफ्नो पार्टीलाई फाइदा पुग्ने भएकाले आफूहरु सरकार बदल्ने कुनै खेलमा नरहेको स्पष्ट गर्नुभएको छ । कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा आज विहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । ‘अहिलेको सरकार अपारदर्शी, असंवैधानिक र अलोकतान्त्रिक तरिकाले बनेको हो भन्ने हामीले सुरुदेखि नै भन्दै आएको हौं’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘सरकारले अहिलेसम्म जे जस्ता क्रियाकलाप गर्दै आएको छ, उसको उद्देश्य जनताले एकपछि अर्को गरी बुझ्दै गएका छन्, त्यसैले यो सरकार जटि टिक्छ, माओवादी केन्द्रलाई फाइदा हुन्छ । हामी जनताको बीचमा गइसकेका छौं, हामीलाई जनतातिरै ठिक छ ।’ उहाँले तथाकथित दुई तिहाईको राग अलाप्ने सरकारले अध्यादेश ल्याउनु अलोकतान्त्रिक अभ्यास भएको टिप्पणी गर्दै अध्यादेश पास हुने अवस्था नरहेको बताउनुभयो । ‘केही अध्यादेश त पास नहुने दिशातिर गइ नै सके, बाँकी पनि पास हुन्छन् जस्तो लाग्दैन, भए पनि यसबाट जनतालाई केही फाइदा हुँदैन’– उहाँले भन्नुभयो । ‘पार्टी अभियानले राष्ट्रिय एकता मजबुत बनाउन योगदान गर्ने छ’ अध्यक्ष प्रचण्डले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेश जागरण अभियानले पार्टीको जनतासँगको सम्बन्ध थप जीवन्त बनाउँदै लगेको बताउनुभयो । यसले राष्ट्रिय एकतालाई मजबुत बनाउन पनि ठूलो योगदान गर्ने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । अभियान पूरा हुँदासम्म पार्टी र जनताबीचको सम्बन्ध अझ बढी प्रगाढ हुँदै जाने उहाँले बताउनुभयो । ‘अहिले हामी अभियान भनेर नेताहरु जाने भाषण गर्ने फर्कने गरिरहेका छैनौं’– उहाँले भन्नुभयो– ‘जहाँ जान्छौं, त्यहाँका स्थानीय जनताकै घरमा बस्छौं, जनताले खाने खाना खान्छौं र ती क्षेत्रका जनताले भागेका समस्याबारे खुलेर छलफल गर्छौं । जनतासँगै उद्योग वाणिज्य संघ, पत्रकार महासंघ, बार एसोसियशनजस्ता नागरिक समाजका अगुवा संस्थाहरुसँग पनि अन्तर्क्रिया गर्छौं, यसबाट पनि सम्बन्धि जिल्लाको अवस्था बुझ्न सहज भएको छ ।’ यसरी पार्टीलाई समाजका सबै वर्ग समुदायसँग जोड्ने, जनताले भोगिरहेका समस्याको पहिचान गर्ने, स्थानीय कला संस्कृतिमार्फत सम्बन्धित समुदायको पहिचानलाई थप सुदृढ गर्दै राष्ट्रिय एकताको नयाँ आधार तय गर्ने काम अभियानले गर्ने उहाँले स्पष्ट गर्नुभयो । अध्यक्ष प्रचण्डले अभियानका क्रममा आउने जनताका गुनासा, अपेक्षा र आवश्यकतालाई केन्द्रित गरेर पार्टीले पहल लिनसक्ने ठाउँमा कार्यक्रम बनाएर अघि बढाउने, सरकारले गर्नुपर्ने कामका लागि ध्यानार्षण गराउने र राष्ट्रियस्तरमै सम्बोधन गर्नुपर्ने विषयमा संसदमा आवाज उठाउने बताउनुभयो । हुलाकी मार्ग दक्षिण नेपालको समृद्धि र उत्पीडित समुदायको पहिचानसँग जोडिएको उल्लेख गर्दै उहाँले हुलाकी मार्ग दशकौंको सपना भए पनि अलपत्र परेकाले आफूले दोस्रोपटक प्रधानमन्त्री हुँदा २०७३ सालमा गरेको भारत भ्रमणका क्रममा भारतीय लगानी सुनिश्चित गरेर निर्माण प्रक्रियालाई अघि बढाएको जानकारी दिनुभयो ।

प्रचण्डद्धारा कराते खेलाडीलाई बिदाई

काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् । उनीहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गरेका हुन् । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ। खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि.आर लगायत सहभागी थिए ।

बागमती प्रदेश प्रिबजेटमाथि आजबाट छलफल

हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज आइतबारबाट छलफल सुरु हुने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत मङ्गलबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गरेका थिए ।   प्रदेश सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मन्त्री थपलियाले यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा पेस गर्दै प्रदेश सरकारको सीमित साधन र स्रोतको अधिकतम उपयोग हुने गरी सन्तुलित बजेट निर्माणलाई प्राथमिकता दिने बताएका थिए। यसै अधिवेशनमा अवधिमा प्रिबजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

मस्क भर्सेज अम्बानीः भारतको स्याटेलाइट इन्टरनेटमा अर्बपतिहरूको प्रतिस्पर्धा

सौतिक बिस्वास विश्वका दुई धनी व्यक्तिहरू, एलन मस्क र मुकेश अम्बानीबीचको प्रतिस्पर्धा भारतको स्याटेलाइट ब्रोडब्यान्ड बजारमा तीव्र हुँदैछ, किनभने उनीहरू सामना गर्न तयार छन्। पछिल्लो हप्तामा भारतको सरकारले स्याटेलाइट स्पेक्ट्रम ब्रोडब्यान्डका लागि लिलामीमार्फत नभई प्रशासनिक रूपमा प्रदान गरिने घोषणा गरेपछि यो प्रतिस्पर्धा अझ तातियो। मस्कले पहिले नै अम्बानीले समर्थन गरेको लिलामी मोडलको आलोचना गरेका थिए। स्याटेलाइट ब्रोडब्यान्डले स्याटेलाइटको कवरेज भित्र जुनसुकै ठाउँमा इन्टरनेट पहुँच प्रदान गर्छ। यसले ग्रामीण वा दुर्गम क्षेत्रहरूमा, जहाँ परम्परागत सेवाहरू जस्तै डिएसएल - जसले डेटा प्रसारण गर्न टेलिफोन लाइन प्रयोग गर्छ - वा केबल उपलब्ध छैन, भरपर्दो विकल्प प्रदान गर्छ। यसले डिजिटल विभाजनलाई पनि कम गर्न मद्दत गर्छ। भारतको दूरसञ्चार नियामकले अझै स्पेक्ट्रम मूल्य निर्धारण घोषणा गरेको छैन, र व्यावसायिक स्याटेलाइट इन्टरनेट सेवाहरू सुरु हुन बाँकी छ। तर, क्रेडिट रेटिङ एजेन्सी ICRA का अनुसार, भारतमा सन् २०२५ सम्म स्याटेलाइट इन्टरनेट ग्राहकहरूको संख्या दुई मिलियन पुग्ने अनुमान गरिएको छ। यो बजार प्रतिस्पर्धात्मक छ, जहाँ करिब आधा दर्जन प्रमुख खेलाडीहरू छन्, जसमा अम्बानीको रिलायन्स जियो अग्रस्थानमा छ। दूरसञ्चार क्षेत्रमा हावी हुन अरबौं लगानी गरेका जियोले अब लक्जमबर्गमा आधारित अग्रणी स्याटेलाइट अपरेटर एसईएस एस्ट्रासँग साझेदारी गरेको छ। मस्कको स्टारलिंकले छिटो सेवाका लागि पृथ्वीको सतहदेखि १६० देखि १००० किमीको दूरीमा अवस्थित निम्न-पृथ्वी कक्ष (LEO) स्याटेलाइटहरू प्रयोग गर्छ भने, एसईएसले उच्च कक्षमा रहेको मध्यम-पृथ्वी कक्ष (MEO) स्याटेलाइटहरू चलाउँछ, जसले कम लागतमा प्रणाली प्रदान गर्छ। स्थलमा रहेको रिसिभरले स्याटेलाइट सिग्नललाई इन्टरनेट डेटामा रूपान्तरण गर्छ। मस्कको स्टारलिंकसँग कक्षमा ६,४१९ स्याटेलाइटहरू छन् र १०० देशहरूमा चार मिलियन ग्राहकहरू छन्। उनले २०२१ देखि भारतमा सेवा सुरू गर्ने लक्ष्य राखेका छन्, तर नियामक अवरोधहरूले ढिलाइ गरेको छ। उनको कम्पनी यसपटक भारत प्रवेश गरेमा, प्रधानमन्त्री नरेन्द्र मोदीको विदेशी लगानी आकर्षित गर्ने प्रयासलाई बल पुग्ने धेरैले बताउँछन्। यसले उनको सरकारको व्यवसाय-समर्थक छविलाई पनि सुधार गर्न मद्दत गर्नेछ, जसले अम्बानी जस्ता शीर्ष भारतीय व्यवसायीहरूको पक्षमा सरकारको नीति रहेको आरोपलाई खण्डन गर्नेछ। भारतको सरकारले अघिल्लो पटक लिलामीहरूबाट ठूलो लाभ उठाए तापनि यस पटक स्याटेलाइट स्पेक्ट्रमलाई प्रशासनिक रूपमा वितरण गर्ने निर्णयको बचाउ गर्दै, यसले अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने दाबी गरेको छ। "स्याटेलाइट स्पेक्ट्रम सामान्यतया लिलामीमार्फत वितरण गरिँदैन, किनकि यसमा लाग्ने खर्चले व्यवसायमा लगानी वा आर्थिक तर्कलाई असर गर्न सक्छ," काउन्टरप्वाइन्ट रिसर्चका प्रविधि विश्लेषक गेरेथ ओवेनले भने। "प्रशासनिक वितरणले योग्य खेलाडीहरूबीच स्पेक्ट्रमलाई निष्पक्ष रूपमा वितरण गराउनेछ, जसले स्टारलिंकलाई प्रतिस्पर्धामा प्रवेश गर्ने मौका दिनेछ।" तर, अम्बानीको रिलायन्सले भने निष्पक्ष प्रतिस्पर्धा सुनिश्चित गर्न लिलामी आवश्यक रहेको बताएको छ, किनकि भारतमा स्याटेलाइट ब्रोडब्यान्ड सेवाहरू मानिसहरूलाई प्रत्यक्ष रूपमा कसरी उपलब्ध गराउने भन्ने बारेमा स्पष्ट कानूनी प्रावधानहरू छैनन्। अक्टोबरको सुरुमा बीबीसीले देखेका पत्रहरूमा रिलायन्सले दूरसञ्चार नियामकलाई बारम्बार "स्याटेलाइट-आधारित र स्थल-आधारित पहुँच सेवाहरू बीच समान प्रतिस्पर्धात्मक अवस्था सिर्जना गर्न" आग्रह गरेको थियो। कम्पनीले भनेको छ कि "स्याटेलाइट प्रविधिहरूमा हालै भएका प्रगतिले स्याटेलाइट र स्थल-आधारित नेटवर्कहरू बीचको भिन्नता धेरै हदसम्म हटाएको छ", र "स्याटेलाइट-आधारित सेवाहरू अब स्थल-आधारित नेटवर्कले नछोएका क्षेत्रहरूमा मात्र सीमित छैनन्।" एउटा पत्रमा भनिएको छ कि भारतको दूरसञ्चार कानूनअन्तर्गत स्पेक्ट्रम वितरण लिलामीमार्फत गरिन्छ, र प्रशासनिक वितरण केवल "सार्वजनिक हित, सरकारी कार्यहरू, वा लिलामी रोक्न प्राविधिक वा आर्थिक कारणहरू" भएको अवस्थामा मात्र अनुमति दिइन्छ।" X (पूर्व ट्विटर) मा, मस्कले भनेका छन् कि स्पेक्ट्रम "आईटियूले स्याटेलाइटहरूको लागि साझा स्पेक्ट्रमको रूपमा लामो समयदेखि तोकेको थियो।" अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (ITU), जुन डिजिटल प्रविधिको लागि संयुक्त राष्ट्रसंघको एक संस्था हो,ले विश्वव्यापी नियमहरू बनाउँछ, र भारत यसको सदस्य तथा हस्ताक्षरकर्ता हो। रॉयटर्सले मुकेश अम्बानीले सरकारलाई आफ्नो स्थिति पुनर्विचार गर्न लबिङ गरिरहेको खबर प्रकाशित गरेपछि, मस्कले X मा एक पोस्टको जवाफमा भने, "म [अम्बानी] लाई कल गरेर सोध्नेछु कि भारतका जनतालाई इन्टरनेट सेवा उपलब्ध गराउन स्टारलिंकलाई प्रतिस्पर्धा गर्न अनुमति दिनु धेरै समस्या हुने हो कि।" अम्बानीको प्रशासनिक मूल्य निर्धारणको विरोध रणनीतिक फाइदाबाट उत्पन्न हुन सक्छ, ओवेनले संकेत गरे। "उद्योगपति लिलामीमा मस्कलाई माथ गर्न तयार हुन सक्छन्", जसले लिलामीको प्रयोग गरी सम्भवतः स्टारलिंकलाई भारतीय बजारबाट बाहिर राख्न सक्छ, उनले भने। तर, लिलामी मार्गको समर्थन गर्ने एक्ला व्यक्ति अम्बानी मात्र होइनन्। भारती एयरटेलका अध्यक्ष सुनील मित्तलले भनेका छन् कि शहरी, उच्चस्तरीय ग्राहकहरूलाई सेवा दिन चाहने कम्पनीहरूले "अरूले जस्तै दूरसञ्चार लाइसेन्स लिन र स्पेक्ट्रम किन्नु पर्छ।" भारतका दोस्रो ठूलो वायरलेस अपरेटर मित्तल, अम्बानीसँगै, देशको दूरसञ्चार बजारको ८०% नियन्त्रण गर्छन्। "यस प्रकारको प्रतिरोध भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको लागि लागत बढाउन गरिएको एक रक्षात्मक कदम हो, जसलाई दीर्घकालीन खतरा रूपमा हेरिएको छ," टेलिकम विशेषज्ञ महेश उप्पल भन्छन्। “यद्यपि तत्काल प्रतिस्पर्धा छैन, स्याटेलाइट प्रविधिहरू छिटो विकास हुँदैछन्। भारतमा रहेका ठूलो स्थलाधारित व्यवसाय भएका दूरसञ्चार कम्पनीहरूले स्याटेलाइटहरूले छिट्टै प्रतिस्पर्धात्मक हुन सक्ने र आफ्नो प्रभुत्वलाई चुनौती दिन सक्ने डर राख्छन्।” स्पष्ट रूपमा, विशाल भारतीय बजारको वाचा दाउमा छ। परामर्श कम्पनी EY-Parthenon का अनुसार, भारतको १.४ अर्ब जनसंख्याको करिब ४०% जनतासँग अझै इन्टरनेट पहुँच छैन, जसमा ग्रामीण क्षेत्रहरूको संख्या सबैभन्दा बढी छ। सन्दर्भका लागि, चीनमा झण्डै १.०९ अर्ब इन्टरनेट प्रयोगकर्ताहरू छन्, जुन भारतका ७५१ मिलियनभन्दा लगभग ३४० मिलियन बढी हो, ग्लोबल अनलाइन ट्रेन्डहरू ट्र्याक गर्ने DataReportal का अनुसार। भारतको इन्टरनेट अपनाउने दर अझै विश्व औसत ६६.२% भन्दा पछि छ, तर पछिल्ला अध्ययनहरूले देखाउँछन् कि देशले यस अन्तरलाई कम गर्दैछ। यदि उचित मूल्य निर्धारण गरियो भने, स्याटेलाइट ब्रोडब्यान्डले यस अन्तरलाई केही हदसम्म कम गर्न मद्दत गर्न सक्छ, र इन्टरनेट-अफ-थिंग्स (IoT) मा पनि सहयोग पुर्‍याउन सक्छ, जसले दैनिक जीवनका वस्तुहरूलाई इन्टरनेटसँग जोडेर एक-अर्कासँग कुरा गर्न सक्षम बनाउँछ। भारतमा मूल्य निर्धारण महत्त्वपूर्ण हुनेछ, जहाँ मोबाइल डेटा विश्वमै सबैभन्दा सस्तो छ - मोदीका अनुसार प्रति गिगाबाइट मात्र १२ सेन्ट। "भारतीय अपरेटरहरूसँग मूल्य प्रतिस्पर्धा अनिवार्य छ। मस्कसँग प्रशस्त आर्थिक स्रोत छ। कुनै कारण छैन कि उनले घरेलु बजारमा आफ्नो ठाउँ जमाउनका लागि [केही] ठाउँहरूमा एक वर्षको निःशुल्क सेवा प्रस्ताव गर्न सक्दैनन्," प्रविधि विश्लेषक प्रसान्तो के रोय भन्छन्। स्टारलिंकले पहिले नै केन्या र दक्षिण अफ्रिकामा मूल्य घटाइसकेको छ। तर यो सजिलो नहुन पनि सक्छ। २०२३ को रिपोर्टमा EY-Parthenon ले उल्लेख गरेको छ कि स्टारलिंकको उच्च लागत - जसले भारतका ठूला ब्रोडब्यान्ड प्रदायकहरूको लागतभन्दा झण्डै १० गुणा बढी छ -ले सरकारी सब्सिडी बिना प्रतिस्पर्धा गर्न कठिन बनाउन सक्छ। ग्लोबल कवरेज दिनको लागि स्टारलिंकले चलाउने LEO स्याटेलाइटहरू MEO स्याटेलाइटहरूको तुलनामा धेरै चाहिन्छ, जसले प्रक्षेपण र मर्मतको लागत बढाउँछ। र, भारतीय अपरेटरहरूको केही डर आधारहीन हुन सक्छ। "कुनै पनि व्यवसायले स्याटेलाइटमा पूर्ण रूपमा स्विच गर्नेछैन जबसम्म स्थल-आधारित विकल्प हुँदैन। स्थल-आधारित नेटवर्कहरू स्याटेलाइटभन्दा सधैं सस्तो हुनेछ, विरल जनसंख्या भएका क्षेत्रबाहेक," ओवेन भन्छन्। मस्कले पहिला प्रवेश गर्ने फाइदा पाउन सक्छन्, तर "स्याटेलाइट बजारहरू कुख्यात रूपमा ढिलो विकास हुन्छन्।" इन्टरनेटको ठाउँको लागि विश्वका दुई धनी व्यक्तिहरूबीचको प्रतिस्पर्धा साँच्चै सुरु भइसकेको छ। बिबिसी विश्व सेवाको अनुवादित  स्रोतः https://www.bbc.com/news/articles/ce3z3ydwdppo

कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइँदै

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरणको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा आज पनि बयान लिइँदैछ । जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा हिजो दिउँसोदेखि लामिछानेको बयान शुरु भएको हो । पहिलो दिन लामिछानेसँग तीन घण्टा बयान लिइएको जिल्ला अदालतले जनाएको छ । बयानमा लामिछानेले आफूले कुनै पनि सहकारीबाट एक रुपैयाँ पनि ऋण नलिएको र दुरुपयोग समेत नगरेको जिकीर गर्नुभएको छ । लामिछानेको बयान सकिएपछि रामबहादुर खनाल र देवकुमार नेपालीको बयान लिइने जनाइएको छ । पूर्व डिआइजी छविलाल जोशी र लिला पछाईको बयान यसअघि नै सकिएको छ । आजसम्ममा सबैको बयान लिइसक्ने र आइतबारदेखि थुनछेक बहस अघि बढने बताइएको छ ।

क्यानडासँग भिड्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ।  खेल किंग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो।  आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो। शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन्। यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ। सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ। तालिकामा नेपाल ६ खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ।    

‘भिलेन’ पुष्करलाई क्यानडामा सम्मान

काठमाडौं । कुनै समय नेपाली चलचित्रमा नकारात्मक चरित्र ९भिलेन०मा रुचाइएका अभिनेता पुष्कर भट्ट क्यानडामा सम्मानित भएका छन् । अंग्रेजी नयाँ वर्ष (२०२४) तथा गुरुङ ल्होसारको अवसर पारेर उनलाई ‘गुरुङ को-अपरेटिभ’ नामक संस्थाले सम्मान गरेको हो । भट्टको नेपाली चलचित्रमा योगदानको कदर गर्दै सम्मान गरिएको आयोजक संस्थाले जनाएको छ । अभिनेता भट्ट लामो समयदेखि परिवारसहित क्यानडामा बस्दै आइरहेका छन् । त्यहाँ पनि उनले कलाकारितालाई भने छाडेका छैनन् । केही समयअघि उनले हिन्दी गीत ‘जिल्ला मुरादाबाद’को निर्देशन गरेका थिए भने त्यसमा उनी स्वयंको अभिनय थियो । उनले चाँडै नेपाल आएर चलचित्रमा काम गर्ने योजना रहेको बताएका छन् । अभिनेता विराज भट्टको सहयोगमा नेपाली चलचित्रमा प्रवेश गरेका भट्टले ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् भने दुई दर्जन बढी भोजपुरी चलचित्रमा समेत काम गरेका छन् । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिकामा जम्न मद्दत गरेको थियो ।

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

गण्डकी । गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.कृष्णचन्द्र देवकोटा नियुक्त भएका छन्।  गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त गरेका हुन्। यसअघि पनि उनी आयोगको उपाध्यक्ष नियुक्त भएका थिए।   दक्षिण कोरियाको क्योङपुक नेसनल युनिभर्सिटीबाट भूगर्भशास्त्रमा विद्यावारिधि गरेका देवकोटा हाल ‘ग्लोबल इन्स्टिच्युट फर इन्टर डिसिप्लिनरी स्डडिज’ (जीआईईएस)मा आवद्ध छन्। उनलाई बिहीबार नै मुख्यमन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ गराए । रासस