नरैनापुर गाँउपालिकाले आज बजेट ल्याउदै
बाँके। बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट आज ल्याउने जनाएको छ। गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताए।
नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ ।
गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले नरैनापुरको जनताको लागि लोक प्रिय बजेट ल्याउने तयारी गरेको बताउनु भयो । उहाँले गाँउ सभा आज बेलुका सम्म सम्पन्न हुने गरी तयारीमा जुटेका जानकारी दिए।
स्रोतका अनुसार यस पटकको बजेटको आकार करिव ६६ करोड हुने बताइएको छ। गत बर्ष कूल ४८ करोड ६२ लाख २ हजार ८ सय ७३ रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम आएको थियो।
वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए। “शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन”, उनले भने, “बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।”
कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ : मन्त्री बस्नेत (अन्तर्वार्ता)
कतारका अमिर शेख तमिम विन हमाद अल थानीको नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न भएको छ। खाडी मुलुकका तर्फबाट भएको हालसम्मको उच्चस्तरीय भ्रमणका क्रममा केही महत्वपूर्ण सहमति एवम् समझदारी पनि भएका छन्। भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको विश्वास गरिएको छ। अमिरको भ्रमणलाई सरकारले पनि असाध्यै महत्व दिएको थियो। कतारका अमिरको भ्रमणको समग्र व्यवस्थापनलगायतका काममा सरकारले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई जिम्मेवारी दिएको थियो। समग्रमा कतारका अमिरको नेपाल भ्रमण र यसका उपलब्धिबारे मन्त्री बस्नेतसँग राष्ट्रिय समाचार समितिका समाचारदाताद्वय रमेश लम्साल र अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंशः कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। सरकारले तपाईंँलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो। अमिरको भ्रमणलाई कसरी लिनुभएको छ ? कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। यो भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ। सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ। बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु। राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ। सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो। उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो। उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु। उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ। उहाँसँगको सामीप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ। नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो। कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ। त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ। नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ। प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ। नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ। भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो। यस भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु। यो आफैँमा महत्वपूर्ण छ। यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो। भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहलारु द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ? ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएका छन्। कला, संस्कृति, पर्यटन प्रवर्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन्। निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन्। यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ। आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन्। दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ। जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ। वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्यसमूह बनाउने समझदारी भएको छ भन्नुभयो। त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ? विषयगत कार्यसमूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ। द्विपक्षीय रुपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्नेछ। केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउनेछौँ। त्यसमा मेरो विश्वास छ। अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ? निश्चय नै। अहिले भएका विषय संकेत मात्रै हुन् भनेस बुझ्न सकिन्छ। लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ। दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभति भएको छ। खाडी मुलुकबाट पहिलो पटक भएको यसप्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्वपूर्ण अर्थ राख्ने नै छ। लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्व छ। यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ। भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्रीज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनुभएको छ। प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनुभएको छ। छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन। भ्रमणको महत्व दूरगामी, व्यापक र महत्वपूर्ण पनि हुन्छ। मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समयक्रमसँगै व्यवहारिक रुपमा पनि देखिने छ। कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ, यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनुभयो। ती विषयमा उहाँहरुको धारणा के पाउनुभयो ? ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो। उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो। जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ। हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ। हामीले पनि सहकार्यका निम्ति आग्रह ग¥यौँ। ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ। नेपाल र कतारबीच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो। यी विषयमा के कुराकानी भयो ? मणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रुप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ। श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ। यसले सकारात्मक वातावरण बनाएको छ। कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कदै छु भनेर भन्नुभएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध अर्को चरणमा प्रवेश ग¥यो भन्ने खालका अभिव्यक्ति पटक–पटक दोहोर्याउनुभएको थियो। यी सबै विषयलाई व्यवस्थित बनाउन कार्यसमूह बनाएर अघि बढ्ने समझदारी बनेको छ। कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ। मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो। खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ। कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्वपूर्ण भएको छ। त्यसलाई परिणामुखी बनाउन तत्काल जुन ढङ्गले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो भन्न सकिन्छ।
विमानस्थल विस्तारमा निरन्तर लागेकी मेयर दाहालको मन्त्रीहरूद्धारा प्रशंसा
चितवन। भरतपुर महानगरपालिकाको प्रमुख भएसँगै पहिलो एजेण्डाको रुपमा भरतपुर विमानस्थलको विस्तार र स्तरोन्नतिलाई लिएकी प्रमुख रेनु दाहालको कामले मूर्तरुप लिदैं गर्दा सबै तिरबाट प्रशंसाको पात्र बनेकी छिन्।बिहीबार श्री एयरको जहाज परिक्षण उडानका क्रममा अवतरणपछि उपस्थित दुई मन्त्रीसहितका अधिकारीहरुले दाहालको खुलेर प्रशंसा गरे। सो अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं प्रदिप अधिकारी लगायतले दाहालको निरन्तरको पहलकदमीले सार्थकता पाएको भन्दै प्रशंसा गरेका छन् । मन्त्री तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताए। मन्त्री तामाङले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाउने बताए । ‘मेयरको अनवतर प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भने । उनले थपे “सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौं।” गृहमन्त्री लामिछानेले यसले यहाँको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने बताए। उनले आँफु अन्त्यमा आएर जोडिएको भन्दै सुरुवातदेखि निरन्तर लागिरहनु भएका भरतपुर महानगर प्रमुख रेनु दाहाललगायत सबैलाई धन्यवाद दिए। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले रन वे बढाएर भरतपुर विमानस्थलको स्तरोन्नतिको काम सुरु हुन लागेको, नयाँ टर्मिनल भवन बनिरहेको अवस्थामा ठुलो क्षमताको जहाज आउन लागेको बताए। स्थानीय सरकारको तर्फबाट प्रमुख दाहालले निरन्तर घचघच्याएका कारण काम छिटो भएको बताए। असार मसान्तसम्म प्राधिकरणको बजेट पास हुने साउनमा विमानस्थलको विस्तारका लागि टेण्डर आह्वान हुने उनले बताए। ‘ढिलोमा सन् २०२५ को जनवरीसम्ममा विस्तार भइसक्छ,’उनले भने,‘त्यसपछि भरतपुरमा रात्रिकालीन सेवा सुरु हुन्छ। चौबिसै घण्टा जहाज अवतरण गर्न सकिन्छ । अहिले परीक्षण भइरहेको ८० सिटको जहाजमात्रै होइन जेट पनि अवतरण हुनसक्छ ।’ उनले विमानस्थलको स्तरोन्नतीपछि बुद्ध, यती लगायतका एयरलाईन्सका एटिआर–७२ जहाजहरु पनि अवतरण हुनसक्ने बताए। हाल १ हजार २ सय मिटर लामो धावनमार्ग रहेको भरतपुर विमानस्थललाई नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्रसम्म विस्तार गरेर धावनमार्ग १ हजार ८ सय मिटर बनाउने लक्ष्य छ । यसका लागि गत माघ १८ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरिसकेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले निरन्तरको प्रयासपछि विमानस्थलको विस्तार, टर्मिनल भवनको निर्माण र ठुलो क्षमताको जहाज अवतरण एकै साथ हुन लागेको बताए। ‘७ वर्षमा ७ बढी मन्त्री फेरिए । सबैसँग निरन्तर समन्वय, सकृय पहल गरियो । यस पटक संघीय सरकारको बजेटमा भरतपुर विमानस्थलको विस्तार, घोडा प्रजनन् केन्द्र स्थानान्तरणलगायतका काम गर्न बजेट विनियोजन भएको छ,’ उनले भने, ‘यो भन्दा खुसीको कुरा के हुन्छ र, सपना साकार भएको छ।’ उनले विमानस्थल विस्तार भएसँगै धेरै जहाज अवतरण हुने र प्रतिस्पर्धा बढेर भा भाडा कम लाग्ने बताए। ‘देशको केन्द्रमा रहेको, आर्थिक विकासको केन्द्र रहेको ठाउँमा विमानस्थलको क्षमता विस्तार हुने आवश्यक छ । यहाँ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, सिटी हल बनिरहेका छन् । मेडिकल हब, कृषिको उर्भर क्षेत्र भएकाले विमानस्थललाई स्तरोन्नति गर्नै पर्ने थियो,’ उनले थपे । प्रमुख दाहालले संघीय सरकारबाट नयाँ आधुनिक टर्मिनल भवन निर्माण गर्न करिब २ अर्ब, घोडा प्रजनन् केन्द्रलाई शक्तिखोरमा सार्न डेढ अर्ब र धावन मार्ग विस्तारका लागि करिब १ अर्ब रुपैयाँ विनियोजन भएको जानकारी दिए। ‘यसका लागि हामीले निकै मेहनत गरेका छौं। पहिलो नगरसभाबाट लगातार विमानस्थल विस्तारको विषयलाई प्राथमिकतामा पारेका छौं,’ प्रमुख दाहालले भने, ‘यो बीचमा महानगरको अग्रसरतामा प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालय, पर्यटन मन्त्रालय, रक्षा मन्त्रालयलगायत धेरैतिर बैठक गरियो। ठूलो प्रयासपछि सफल भएका छौं।’ भरतपुर विमानस्थलका प्रबन्धक दिपक विकका अनुसार यो विमानस्थलको विस्तारका लागि सबैभन्दा पहिले २०७५ सालको माघ २० गते औपचारिक बैठक बसेको थियो । तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी, प्रमुख दाहाललगायतको उपस्थितिमा विमानस्थलको कार्यालयमा बसेको बैठकले विस्तारका लागि प्रयास गर्ने निर्णय गरेको थियो । यस अघि महानगरपालिकाको कार्यपालिकाको बैठकले विमानस्थल विस्तार र स्तरोन्नतिका लागि पहल गर्ने निर्णय गरेको थियो । २०७६ भदौ २८ गते प्रमुख दाहालको अध्यक्षतामा भरतपुर महानगरपालिकाको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (त्यतिखेर पूर्व प्रधानमन्त्री), तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराई, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत उपस्थित थिए। उक्त बैठकले विमानस्थलको स्तरोन्नतीका लागि नजिकै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गर्न वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको थियो। यस विषयमा प्रतिवेदन तयार पार्न पर्यटन मन्त्रालयले सह–सचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा समिति बनाएको थियो । लामो प्रयासपछि २०८० माघ १८ गतेको मन्त्रिपरिषदको वैठकले विमानस्थलको विस्तार गर्ने निर्णय गरेको हो। नेपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि समावेश गरेपछि भरतपुर विमानस्थलको विस्तार हुने निश्चित भएको प्रमुख दाहाल बताउछिन्। श्री एयरको ८० सिटको जहाजले सुरु ग¥यो परीक्षण उडान श्री एयरको जहाजले भरतपुर विमानस्थलमा परीक्षण उडान सुरु गरेको छ । बिहीबार विहान श्री एयरको ड्यास–८–क्यू–४०० जहाज भरतपुर विमानस्थलमा अवतरण गरेको थियो। अहिले बुद्ध एयरका जहाजलेमात्रै काठमाडौं–भरतपुर उडान भर्दै आएका छन्। बुद्ध एयरले उडान गरिरहेको एटिआर–४२ जहाज फेजआउटको चरणमा रहेको समयमा श्री एयरलाइन्सले परीक्षणको अनुमति पाएको हो। श्री एयरलाईन्सका अध्यक्ष सुधिर मित्तलले परीक्षण सकेर अनुमति पाएपछि नियमित उडान सुरु गर्ने बताउनुभयो । त्रिभुवन विमानस्थलबाट उडेको श्री एयरको ८० सिटको जहाज १४ मिनेटमा भरतपुर विमानस्थलमा अवतरण भएको थियो । बुद्ध एयरको एटिआर–४२ लाई काठमाडौंबाट भरतपुर विमानस्थलमा ल्याण्ड हुन २० मिनेट लाग्छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रकृया पुरा भएलगत्तै भरतपुर विमानस्थलमा श्री एयरको नियमित उडान सुरु हुने बताए। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले धेरै एयरलाइन्स र ठूलो क्षमताको जहाजहरु आउँदा भाडा घट्ने र जनताले राहत पाउने विश्वास व्यक्त गरिन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले विमानस्थललाई विस्तार गरेर आन्तरिक उडान भर्ने सबै जहाज यहाँ आउने वातावरण बनाउने बताए।गृहमन्त्री रवि लामिछानेले ठूलो क्षमताका जहाजसँगै चितवनमा खुसी पनि आउने बताए। श्री एयरलाइन्सका अपरेसन डाइरेक्टर क्याप्टेन कुन्दन गिरीले अनुमति पाएपछि गर्मीको मौसममा काठमाडौंबाट आउँदा ७० भन्दा बढी र फर्किँदा कम्तीमा ५५ जना यात्रु बोक्न सक्ने बताए। उडान सुरु गरेसँगै भाडा पनि घट्ने उनले बताए । बुद्ध एयरको भरतपुर–काठमाडौं उडानको भाडा अहिले ४ हजार ७ सयभन्दा बढी छ । श्री एयरलाइन्ससँग अहिले ड्यास–८–क्यू–४०० जहाज ७ वटा छन्।
भन्ज्याङ र चौतारी
मलाई प्रकृति सँग बोल्न र खेल्न सिकाउने भन्ज्याङ अनि चौतारी आज एक्लै बसी सम्झनाको पानामा आफूले लेखेका ती स्वर्ण अक्षरहरु हेर्दै छन। मेरो स्पर्शमा सारा दुःख भुलाई मन्द मुस्कानमा सधैँ आफूलाई सजाई राख्ने भन्ज्याङ अनि चौतारी आज दुःखको बोध गरी करुडा ध्वनीमा मलाई डाक्दै छन्। बालापनमा मेरो मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ अनि चौतारी आज जीवन अनि मरणको दोसाधमा धट्पट्टी रहेका छन्। तर म कहीँ दुर बसी सम्झनाको पानामा रहेका ती स्वर्ण अक्षरहरुलाई मेटाउने कार्यमा तल्लिन छु विगतमा मलाई आफ्नो भनि आश्रय दिने अनि मगजमा चैतन्यको बास गराईदिने ती भन्ज्याङ र चौतारीलाई अब अनविदको यात्रामा पठाई आफू कृतिम वस्तुको भरिया बन्ने योजना बनाउनमा व्यस्त छु। यी सबै गर्नलाई आखिर म त्यहीँ मनुवा नै त हुँ जो आधुनिकताको दुनियाँमा संरचना बिहिन चैतन्यको आडमा खोक्रोपनाको प्रर्दशन गर्न र सारा मनुवहारुको मगजमा खोक्रोपनाको चैतन्यको जन्म गराउन दमनताको खेती गर्नमा नै त पोक्त छु।भन्ज्याङ र चौतारी
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा पनि माओवादी केन्द्र सरकारबाट बाहिरिएर कांग्रेस सरकारमा गएको छ ।
कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली लोकसङ्गीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्ने बताएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आज आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्रीले नेपालीपनको सङ्गीत विकृतितर्फ लालयित हुँदै गएकोप्रति गम्भीर हुनुपर्ने बताए । विविधतापूर्ण मौलिकतामा आधारित गीतसङ्गीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, "दर्शक–स्रोतको मन जितेका कालजयी गीतहरू नेपालीको मनमुटु र जनजिब्रोमा झुण्डिएका छन् । तर, पछिल्लोसमय ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारसमेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मीहरू र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।" ‘भाइरल’ हुनु र लोकप्रिय एवं जनप्रीय हुनु एउटै कुरा नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले ‘भाइरल’को अर्थ सङ्क्रामक प्रसार हो, जुन राम्रो कुरा होइन भने। सार्वजनिक मेला महोत्सवहरूका कतिपय प्रस्तुतिहरू अत्यन्तै भद्दा, परिवार र साथीहरूसमेत सँगै बसेर हेर्न नसकिने खालका हुने गरेको गुनासो आउने गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यस्ता गतिविधि निरूत्साहित गर्न आग्रह गरे । पछिल्लो अधिवेशनबाट तपाईहरूको प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याहरूको सामना गरिरहेको विषयसमेत आफूले जानकारी पाएको उल्लेख गर्दै प्रधानमन्त्रीले संस्थाहरू विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए । उनले बढीभन्दा बढी सहमतिका साथ एकतावद्ध हुन र अन्य विषयहरूभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे ।
आँगनमा भेटिने कोइलाको टिका लगाए कोरोना नलाग्ने हल्ला फैलिएपछि…
काठमाडौंः ‘घरको मूल ढोका अगाडिको आँगन उज्यालो नहुँदै आजै खन्नुहोस् । त्यहाँ कालो अँगार (कोइला) जस्तो वस्तु भेटिने छ । त्यसको घरपरिवार सबैका निधारमा तिलक लगाउनुहोस् कोरोना भेद हुन्छ अर्थात लाग्दैन्’ भनेर बिहीबार राति धैरैलाई फोन आयो । एकले अर्कोलाई, अर्कोले फोन गर्दै हल्ला एकाएक फैलियो । त्यसपछि उज्यालो हुन नपाउँदै सुदूरपश्चिमका गाउँटोलका सबै स्थानीय आँगन खन्न लागे । केहीले कालो अँगार जस्तो वस्तु भेटेका भन्दै सामाजिक सञ्जालमा पोष्ट गरिरहेका छन् । शुक्रबार बिहानैदेखि त्यसबारेमा सामाजिक सञ्जालमा बसह भइरहेको छ । घर अगाडि अधिकासंले आगो बाल्ने र त्यहाँ अंगार भेटिने नै हुने भएकाले भ्रम फैलाइएको हुनेसक्ने विषयमा टिकाटिप्पणी भइरहेको छ । धेरैले कोरोनाको महामारी फैलिरहेका बेला त्यस्ता भ्रम गर्नेलाई कारवाही गर्नुपर्ने माग गरेका छन् । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, ‘क्रिश्चियनले झुठो प्रचार गर्दा पक्राउ गरेर कार्वाही गरियो, अहिले हिन्दुका ‘कलन्क’हरु दैलो अगाडि खनेर पाइने अङ्गारको टिको लगाउदा कोरोना सर्दैन भन्ने प्रचार गर्दैछ । यस्तो अन्धबिश्वास पुर्ण भ्रामक प्रचार गर्नेको खोजी गरि तु कार्वाही गरियोस् ।’ यसअघि प्रहरीले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरेको थियो । यता, प्रहरीले भने कोरोनाको सन्त्रास फैलिएका बेला कतिपयले भ्रमसमेत फैलाउने प्रयास गरिरहेकोले त्यस्ता कुरामा विश्वास नगर्न भनेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले त्यस्ता भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गरिने बताए । उक्त हल्ला बझाङबाट फैलिएको बुझिएको छ । त्यसबारेमा बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोनाबारे भ्रम फैलाउनेलाई कारवाही गरिने बताए । ‘कोरोनाबारे भ्रम फैलाइएको छ । अन्धविश्वास हो । अनावश्यक हल्लाकापछि नलागौं’, उनले भने, त्यसविषयमा डिएसपीलाई बुझ्न भनेको छु । भ्रम फैलाउनेलाई पक्राउ गरेर कारवाही गछौं ।’
कोशीमा बजेटका सिद्धान्त पेश हुँदै
काठमाडौँ । कोशी प्रदेश सभामा सरकारले आज बजेट सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ। सरकार गठनको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेसले भने आजको बैठक सार्न माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको छ। सरकार गठनका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले जेठ १६ गते सम्मा बैठक सार्न काँग्रेसले माग गरेको हो। नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बैठक नसारे कोशी प्रदेश सभाको बैठक बहिस्कार गर्ने बताएका छन् । वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत काँग्रेसले बहिस्कार गरेको थियो । हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै ३१ वैशाखमा नेपाली काँग्रेस संसदीय दलको बैठकपछि आफूहरू सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।
बागमती प्रदेशसभामा प्रतिपक्षीको अवरोध, अर्को बैठक भोलि बस्ने
मकवानपुर । बागमती प्रदेशसभाको आज अपराह्न बसेको बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित प्रतिपक्ष दलहरूको विरोधपछि स्थगित भएको छ। कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बैठकको प्रारम्भमा विशेष समय माग गरी प्रदेश सरकारले यही असार १ गते पेस गरेको आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार अर्थ मन्त्रालयले प्रकाशित गरेको रातो किताबमा तथ्यांक नमिलेको भनी सरकारको विरोध गरे। उनले बजेट वक्तव्यमा उल्लेख भएबमोजिम रातो किताबमा बजेट संशोधन गरी नल्याएसम्म बैठक चल्न नदिने अडान व्यक्त गरे ।संसद्मा प्रतिपक्ष कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूको करिब २० मिनेट नाराबाजीपछि सभामुख भुवन पाठकले आजका लागि बैठक स्थगित भएको जानकारी दिए। यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री, अर्थसचिव र प्रमुख प्रतिपक्ष दल कांग्रेससहित राप्रपा र मजदुर किसान पार्टी संसदीय दलका नेताबीच बैठक सञ्चालन गर्ने विषयमा छलफल भइरहेको जानकारी दिँदै राप्रपा संसदीय दलका नेता उद्धव थापाले अब अर्को बैठक भोलि शुक्रबार बिहान ११ः०० बजे बस्ने गरी सहमति भएको छ भने।
‘कथा खरर, मन हरर…’ अब युट्युब च्यानलमा
काठमाडौंः थिएटर मल कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेनले क्वारेन्टाइन अभियान अन्तर्गत बालबालिका केन्द्रीत कार्यक्रम ‘कथा खरर, मन हरर’ सुरू गर्ने भएका छन् । लकडाउनको सुरुवाती १६ दिनसम्म ‘क्वारेन्टाइन अभियान भर्चुल थिएटर फेस्टिभल’ आयोजना गरेका यी नाट्य संस्थाले ‘बालबालिका पनि देख्न, सुन्न, महशुस गर्न र कल्पना गर्न सक्छन’ भन्ने भावका साथ उनीहरुले सुनाएका कथाहरुको कार्यक्रम गर्न लागेको हो । ‘कथा सुन्ने र सुनाउने हाम्रो प्राचीन संस्कृति हो । हजुरबुवा-हजुरआमाबाट कथा सुन्ने परम्परा संयुक्त परिवारको संरचना खुकुलो भएपछि छुट्दै गयो’, थिएटरका निर्देशक केदार श्रेष्ठले भने, ‘त्यसैले हामी अभिभावकलाई आफ्ना छोराछोरी र कथाको सम्बन्ध बलियो बनाउन अनुरोध गर्छौँ ।’ ‘कथा खरर, मन हरर’ बालकोसेली युट्युब च्यानलमा भोलिदेखि हरेक बिहान ११ बजे प्रिमियर हुनेछ । कार्यक्रममा तीन वर्षदेखि १६ वर्षसम्मका बालबालिका सहभागी हुने कार्यक्रमका सह-निर्माता प्रशुन सिन्धुलियले बताए । बालबालिकाले कथा सुनाएको भिडियो [email protected] मा पठाउन पनि उनले अनुरोध गरे ।
निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने
एजेन्सी । हामीमध्ये धेरैको निद्राबारे केही धारणा बनाएका हुन्छौं । तीमध्ये केही अनुसन्धानमा आधारित हुन्छन् भने हामीमध्ये कतिले त्यस्ता भ्रम पालेका हुन्छौं जसले स्वास्थ्यमा नकारात्मक असर पुर्याइरहेको हुने एनवाईयू लाङ्गोन हेल्थ स्कूल एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बताएका छन् । एनवाईयू लाङ्गोन हेल्थ स्कूलकी पोष्टडक्टरल रिसर्च फेलो रेबेका रबिन्सले हाम्रो सुताई र उठाईबीच निकै गहिरो सम्बन्ध हुने बताएकी छिन् । रबिन्स र उनका सहकर्मीले निद्राको सही तालिकाको अध्ययनका लागि आठ हजार वेबसाइटको अध्ययन गरे । त्यहाँ उल्लेखित धारणालाई ‘स्लिप मेडिसिन एक्सपर्ट’सँग सल्लाह गरे । तीमध्ये कुन भ्रम हो वा कुन यथार्थ हो भन्ने निश्चित गर्दै यसलाई झुटो र स्वास्थ्यको हिसाबले कति महत्वपूर्ण छ भनेर सूचीबद्ध गरियो । यसैका आधारमा निद्राबारे हामीले पाल्ने यस्ता १० भ्रमबारे यहाँ जानकारी दिइएको छ । यस्ता भ्रमलाई आजबाटै हामीले त्याग्नुपर्ने विशेषज्ञ बताउँछन् । भ्रम नं १ः वयस्कलाई पाँच घण्टा वा सोभन्दा कम सुते पुग्छः ‘यदि तपाईं दिनमा निकै फुर्तिलो हुन चाहनुहुन्छ, बिरामी हुन चाहनुहुन्नँ, मानसिक रुपमा बलियो हुन चाहनुहुन्छ, आफूले चाहेको जस्तो जीवनशैली अपनाउन चाहनुहुन्छ भने तपाईं कति घण्टा सुत्नुपर्छ रु’ डिपार्टमेन्ट अफ पपुलेशन हेल्थका वरिष्ठ अनुसन्धानकर्ता गिरार्डिन जिन–लुइसले प्रश्न सोधे । ‘धेरैले पाँच घण्टा वा सोभन्दा कम सुते पर्याप्त हुने बताउन सक्छन्,’ उनले भने । ‘हामीले पत्ता लगाएको सबैभन्दा ठूलो समस्याग्रस्त धारणा यही नै हो ।’ उमेर अनुसार हामी दैनिक सातदेखि १० घण्टा सुत्नैपर्छ । तर अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार एक तिहाई अमेरिकी सात घण्टाभन्दा कम सुत्छन् । वर्ल्ड स्लिप डे स्ट्याटिस्टिक्सका अनुसार पर्याप्त निद्रा नपुग्दा ४५ प्रतिशतको स्वास्थ्यमा नकारात्मक असर पुगिरहेको छ । ‘लगातार पाँच घण्टा वा सोभन्दा कम सुत्नेहरुको स्वास्थ्यमा विकराल समस्या निम्तिने प्रमाण नै हामीसँग छ जसमा हृदयसम्बन्धि रोग र छिटो मृत्यु हुने पर्दछन्,’ रबिन्स भन्छिन् । बेलायतका १० हजार तीन सय ८ जना निजामती कर्मचारीमाथि एउटा अनुसन्धान गरिएको थियो । यसमा सात घण्टा सुत्ने कर्मचारी केही रातका लागि पाँच घण्टा मात्र सुत्दा उनीहरुको मृत्युदर दोब्बरले बढेको पाइयो, विशेषगरी मुटुसम्बन्धि रोगका कारण । विज्ञानले पनि थोरै सुत्दा रक्तचाप उच्च हुने, रोग प्रतिरोधी क्षमता कम हुने, तौल बढ्ने, यौनेच्छामा कमी, मुड परिवर्तन भइरहने, डिप्रेशन, मधुमेहको उच्च जोखिम, स्ट्रोक, दिमागी रोग र केही प्रकारको क्यान्सर हुने बताएको पुष्टि गरिसकेको छ । भ्रम नं २ः निदाउने त हो, जहाँ र जहिले सुते पनि भइहाल्यो नि ! पर्याप्त विश्राम लिएका व्यक्ति कार, ट्रेन, विमान चल्न सुरु भएलगत्तै निदाउने गरेको धेरैले धारणा बनाएका हुन्छन् । वास्तवमा यो ठिक विपरित हो । ‘जहाँ पनि जतापनि निदाइहाल्नु भनेको तपाईंले पर्याप्त निन्द्रा नपाएको संकेत हो,’ रबिन्सले भनिन् । ‘यसको अर्थ यो हो कि तपाईंको शरीर यति थकित छ कि तपाईंले मौका पाएलगत्तै निन्द्राको बोझ हल्का पार्न खोज्नुहुन्छ ।’ निन्द्रा नपुग्दा तपाईंको दिमागमा एडेनोसाइन नामको रसायन श्राव हुन्छ जसका कारण तपाईंलाई दिनभरी झुप्प–झुप्प भइरहन्छ । मिठो निन्द्रा लाग्दा यो रसायनको श्राव निकै कम हुन्छ र जब तपाईं उठ्नुहुन्छ तपाईं फ्रेश भएको महसुस गर्नुहुन्छ । भ्रम नं ३ः तपाईंको दिमाग र शरीरले कम निन्द्रा बिस्तारै पचाउन सक्छ दिनदिनै कम सुत्ने व्यक्तिहरुको दिमाग र शरीर क्रमशः यसमा अभ्यस्त हुँदै जाने धेरैले सोचिरहेका हुन्छन् । तर विशेषज्ञका अनुसार यो पनि एउटा भ्रम नै हो । किनभने हाम्रो शरीरले पूर्ण रुपमा आफूलाई पुनर्स्थापित गर्न निन्द्राको चारवटा भिन्न चरण पार गर्नुपर्छ । पहिलो चरणमा, तपाईं कम सुत्न थाल्नुहुन्छ र तपाईं आफ्नो वातावरणसँग कम घुलमिल हुनुहुनेछ । दोस्रो चरणमा तपाईं आफ्नो धेरैजसो समय सुतेर नै बिताउनु हुनेछ । तेस्रो र चौथो चरणमा सबैभन्दा गहिरो, सबैभन्दा राम्रो निन्द्रा र –यापिड आइ मुभमेन्ट (REM) स्लिप पर्छ । ‘REM मा तपाईंको दिमाग सबैभन्दा बढी प्रतिक्रियाशील हुन्छ,’ रबिन्सले भनिन् । ‘यदि तपाईंको दिमागी तरङ्गलाई हेर्ने हो भने तपाईंको दिमाग ब्यूँझिरहेको देख्नुहुनेछ ।’ REM तपाईं निदाएको जुनसुकै बेला पनि सुरु हुनसक्छ तर साधारणतया यो तपाईं निदाएको ९० मिनेटपछि सुरु हुन्छ । REM त्यतिबेला हुन्छ जब तपाईंको शरीर र दिमाग तपाईंका यादहरु कैद गर्न व्यस्त हुन्छन् । तपाईं सपना देखिरहेका बेला पनि च्भ्ः हुन्छ । तपाईं च्भ्ः निन्द्रामा हुँदा हात र खुट्टाका माशंपेशी अस्थायी रुपमा पक्षघात हुन्छन् त्यसकारण तपाईं सपनामा बहकिएर आफूलाई असर पुर्याउन सक्नुहुन्नँ । मिठो निन्द्राका लागि तपाईंको REM साइकल दोहोरिरहन्छ । यसले तपाईंको सुत्ने समयको २५ प्रतिशत ओगटेको हुन्छ । निन्द्राको अर्को महत्वपूर्ण पाटो भनेको गहिरो निन्द्रा हो । यतिबेला तपाईंको दिमागको तरङ्ग डेल्टा वा स्लो वेभ स्लिपमा परिणत हुन्छ । यतिबेला मानव वृद्धि हर्मोनको श्राव हुन्छ र यादहरु कैद हुन्छन् । ‘गहिरो निन्द्रा न्यूरोनको विकासका लागि, मासंपेशीको मर्मतका लागि र रोग प्रतिरोधी क्षमताको विकासका लागि अत्यधिक महत्वपूर्ण छ,’ रबिन्सले भनिन् । गहिरो निन्द्रामा भएका मानिसहरुलाई ब्यूँझाउन निकै गाह्रो हुन्छ । यदि तपाईंलाई जबर्जस्ती ब्यूँझाइयो भने तपाईंलाई थकाई लागेको महसुस हुन्छ । तपाईंको दिमागले आधा घण्टासम्म राम्रोसँग काम गर्न सक्दैन,’ अनुसन्धानले भन्छ । भ्रम नं ४ः घुर्ने बानी रिस उठ्दो भएपनि हानिकारक हुँदैन बीचबीचमा सास रोकिएर ठूलो आवाजमा घुर्नुलाई स्लिप एप्निया भनिन्छ । यो एउटा यस्तो निन्द्रा विकार हो जसले नेशनल हार्ट, लंग एण्ड ब्लड इन्स्टिच्युटका अनुसार हृदयघात, दम, उच्च रक्तचाप, क्यान्सर, मधुमेह, मृगौला रोगको सम्भावना बढाउने गर्छ । ‘स्लिप एप्नियाले निकै थकित बनाउँछ,’ रबिन्सले भनिन् । ‘यस्ता व्यक्तिहरु बारम्बार ब्यूँझिरहन्छन् । उनीहरु निकै थाक्ने भएकाले दिनरात निदाउन प्रत्यत्न गरिरहेका हुन्छन् । यस्तो लाग्छ कि यसले हाम्रो ३० प्रतिशत जनसंख्यालाई प्रभावित पारेको छ । ’ भ्रम नं ५ः राती सुत्नुअघि मद्यपान गर्दा मज्जाले निन्द्रा लाग्छ ‘मद्यपानले तपाईंलाई छिटो निन्द्रा लाग्न सहयोग त गर्ला तर यसले तपाईंलाई गहिरो निन्द्रामा पर्न भने दिँदैन,’ रबिन्सले भनिन् । ‘यसले तपाईंलाई च्भ्ः बाट बाहिर निकालिरहन्छ जसका कारण तपाईं मज्जाले निदाउन सक्नुहुन्नँ त्यसैले त रक्सी पिएर सुतेको मान्छे उठ्दा आलस्य महसुस गर्छन्,’ रबिन्स भन्छिन् । भ्रम नं ६ः निन्द्रा लागेन रु ओछ्यानमा पल्टिएर आँखा चिम्लनुहोस् र निदाउन प्रयत्न गर्नुहोस् तपाईंले मान्नुपर्छ कि यो लाइन अर्थपूर्ण छ । तपाईं बेडमा सुतेर आँखा नचिम्ली कसरी निदाउन सक्नुहुन्छ रु यद्यपी, निदाउन प्रयत्न गरेको १५ मिनेटभित्र निदाइसक्नुपर्ने निद्रा विशेषज्ञ बताउँछन् । बेडमा गएपछि निद्रा नलाग्ने बानीलाई रबिन्स जिममा गएर ट्रेडमिलमा उभिने तर केही पनि नगर्ने जस्तो बताउँछिन् । रबिन्स भन्छिन्, ‘एक व्यक्ति मस्त निन्द्रामा पर्न १५ मिनेटको समय लाग्छ । यदि तपाईं १५ मिनेटभन्दा बढी समयका लागि कोल्टे फेरिरहनुहुन्छ भने बेडबाट निस्कनुहोस्, दिमाग खियाउनु नपर्ने काम गर्नुहोस् । मधुरो बत्ती बाल्नुहोस् र मोजा पट्याउनुहोस्,’ उनी सल्लाह दिन्छिन् । भ्रम नं ७ः दिउँसो जतिबेला सुतेपनि फरक पर्दैन केही विशेषज्ञका अनुसार यो एउटा यस्तो भ्रम हो जसले स्वास्थ्यलाई नकारात्मक असर पुर्याउने गर्छ । ‘मानिसहरुले आफ्नो निद्राको तालिका नै बनाउनुपर्छ किनभने यसले हामो जैविक समयतालिका नियन्त्रण गर्ने गर्छ,’ जिन–लुइसले भने । ‘यसले हाम्रो शरीरको सम्पूर्ण हर्मोन, तापक्रम, खानपिन, पाचनक्रिया र सुत्ने–उठ्ने साइकल नियन्त्रण गर्छ ।’ यदि तपाईंको जैविक समयतालिका र बाहिरी वातावरणबीचको तादम्य मिल्दैन भने तपाईं असन्तुलित, बेचैन र जतिबेला पनि निद्रा लागेको जस्तो महसुस गर्नुहुनेछ । फरक समय तालिकामा काम गर्नेहरुलाई मुटु रोग, अल्सर, डिप्रेशन, मोटोपना र केही प्रकारको क्यान्सरको अत्यधिक जोखिम हुन्छ । यस्ता व्यक्तिहरु केही कुरामा ढिला प्रतिक्रिया दिने किसिमका हुन्छन् त्यसकारण कार्यस्थलमा विभिन्न दुर्घटनाको शिकार बन्ने गर्छन् । ८ः बेडमा टिभी हेरेर विश्राम लिनु राम्रो काइदा होः यो हामी सबैले गर्छौं । हामीमध्ये धेरैजना सुत्नु अघि ल्यापटप र स्मार्टफोन नियाल्छौं । दुर्भाग्यवश, यसले तपाईंको निद्रा बिगारिरहेको हुन्छ । ‘विद्युतीय उपकरणले निलो प्रकाश फाल्ने गर्छ र यही निलो प्रकाशले हरेक बिहान हाम्रो दिमागलाई जागा हुन निर्देशन दिन्छ,’ रबिन्स भन्छिन् । ‘सुत्नुअघि हामी निलो प्रकाश फाल्ने टेलिभिजन र स्मार्टफोनबाट जोगिनुपर्छ । हामीलाई जे कुराले आनन्द दिन्छ, त्यो कुरा गर्नुपर्छ ।’ नेशनल स्लिप फाउन्डेशनका अनुसार निलो प्रकाशले स्लिप हर्मोन भनिने मेलाटोनिनको श्रावमा प्रभाव पार्छ । सुत्नु दुई घण्टाअघि टिभीलगायत विद्युतीय उपकरण हेर्दा तपाईंलाई निद्रा लाग्न बेर लाग्न सक्छ, तपाईंलाई गहिरो निद्रा लाग्नबाट रोक्छ । यसो गर्दा तपाईं आठ घण्टा वा सोभन्दा बढी सुतेर उठ्दा पनि तपाईंलाई आलस्य महसुस हुन्छ । अबेर रातीसम्म काम गर्नुपरेको खण्डमा स्क्रिनको चमकलाई घटाउने र स्क्रिनको रङलाई सूर्यास्त हुँदाको प्रकाशसँग मेल खाने किसिमको बनाउनुपर्छ । रातो र पहेँलो रङको तरङ्ग कम हुन्छ र यसले मेलाटोनिनलाई कमै असर गर्दछ । भ्रम नं ९ः स्नूज दबाउनु राम्रो हो १ अलार्म बज्ने बित्तिकै उठ्नु पर्दैन बिहान उठ्नुअघि धेरैले स्नूज बटन दबाउनुहुन्छ होला । ‘स्नूज बटन दबाउने तपाईंको बानी त्याग्नुहोस् । तपाईंको शरीर पुनः निद्रामा जान्छ – निकै हल्का, कम गुणस्तरको निद्रा ।’ रबिन्सले भनिन् । ‘तपाईं आफ्नो निद्राको अन्तिम समयमा आइपुग्दा तपाईंको शरीरले सम्भवतः च्भ्ः चक्रलाई बिट मार्ने प्रक्रियामा हुन्छ । स्नूज बटन दबाउने बित्तिकै तपाईंको दिमाग पुनः नयाँ च्भ्ः चक्रमा जान्छ । केही मिनेटपछि अलार्म पुनः बजेपछि तपाईं उक्त चक्रको अन्त्यमा नभई बीचतीरै उठ्नुहुन्छ त्यसकारण तपाईं उठ्दा पुनः शिथिल महसुस गर्नुहुन्छ । स्नूज बटन दबाउने आफ्नो बानी हटाउन गाह्रो भइरहेको छ भने सुत्नुअघि आफ्नो फोनलाई कोठाको कुनै कुनामा राख्नुहोस् ता कि अलार्म निभाउन तपाईं उठेर हिँड्नै परोस् । भ्रम नं १०ःसपना सम्झनु भनेको मिठो निन्द्राको संकेत हो ‘यो सरासर गलत हो किनभने हामीमध्ये धेरैले एक रातमा चार वा पाँचपटक सपना देख्छौं,’ जिन– लुईसले भने । ‘र हामीलाई यो याद नै हुँदैन किनभने हामी त्यतिबेला ब्यूँझिएका हुँदैनौं र निद्रा पनि बिग्रिरहेको हुँदैन ।’ फ्रान्समा गरिएको एक अनुसन्धान अनुसार जसले आफ्नो सपना सम्झन्छन् उनीहरुको मस्तिष्क निकै क्रियाशील हुन्छ । यस्ता व्यक्तिहरु राती बारम्बार उठिरहन्छन् र सानो आवाज आउँदा पनि ब्यूँझिने किसिमका हुन्छन् । ‘यदि हामी मज्जाले निदाएका छौं भने सपना सम्झिनै सक्दैनौं,’ जिन लुईसले भने ।
१० हजार ४ सय किलो प्याजसहितको गाडी नियन्त्रणमा
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज नियन्त्रणमा लिएको छ । भारतबाट अबैध रुपले नेपालमा ल्याएर राखेको प्याज ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा २७ नम्बर गण रुपन्देहीले नियन्त्रणमा लिएको हो । सो क्रममा बोरा सिलाउने मेशिन पनि बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको प्रहरीले जनाएको छ ।
आज नवरात्रीको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिदैं
काठमाडौं । बडा दशैंअन्तर्गत नवरात्रीको पाँचौ दिन आज हिन्दू धर्मावलम्बीहरुले शक्तिस्वरुपा देवी स्कन्दमाता भगवतीको पूजा आराधना गर्दैछन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्मासन सहित सिंहमा सवार रहन्छिन् । सौर्य मण्डलकी अधिष्ठात्री देवी हुनाले यिनको वर्ण पनि सूर्यकै जस्तै देदिप्यमान हुन्छ । यसै अवसरमा देशभर आदिकालदेखि उत्पत्ति भइरहेका र प्रतिस्थापित अष्टमातृकाका विभिन्न शक्तिपीठमा हिन्दु धर्माबलम्बीहरुले आज नवदुर्गा भगवानीको दर्शन गरी पूजाअर्चना गरिरहेका छन् । आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ ।
कर्णालीमा कांग्रेसका चार मन्त्रीको शपथ
सुर्खेत । कर्णाली प्रदेश सरकारका चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री यामलाल कँडेलको सिफारिसमा नेकपा (एमाले) नेतृत्वको सरकारमा नेपाली कांग्रेसकोतर्फबाट सहभागी हुने चार मन्त्रीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शपथ ग्रहण गरेका हुन् । सत्ता साझेदार दल नेपाली कांग्रेसले शुक्रबार सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम पठाएको थियो। जसमा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढा नियुक्त भए । नवनियुक्त मन्त्रीले आइतबार पदभार ग्रहण गरेका हुन्।
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।
सुनको मूल्यमा एक पछि अर्को रेकर्ड
काठमाडौं । सुनको मूल्यले एकपछि अर्को नयाँ रेकर्ड बनाउदै गएको छ। विगत तीन दिनदेखि लगातार नयाँ रेकर्ड बनिरहेको सुनको मूल्यले सोमबार पनि निरन्तरता पाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ तोकेकोछ। अघिल्लो दिनको तुलनामा यो ५ सय रुपैयाँ बढी हो । आइतबार प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो। अमेरिकी केन्द्रीय बैंक फेडले ब्याजदर घटाउने चर्चापछि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि सोमबार तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी यस दिन १९१५ रुपैयाँ पुगेको छ ।

