अध्यक्ष प्रचण्डद्वारा थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन (तस्विरहरु)
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु राष्ट्रिय मुक्ति मोर्चाको चौथो राष्ट्रिय सम्मेलनको आज कैलालीको टीकापुरमा उद्घाटन गर्नुभएको छ ।











हरितालिका तीज सुरू, आज दर खाने दिन
काठमाडौं । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज आज (सोमबार) देखि सुरू भएको छ । पर्वको पहिलो दिन सोमबार घरघरमा मिठा–मिठा परिकार बनाएर रातभर नाच्ने गाउने र पटक–पटक खाने चलन छ ।जसलाई दर भन्ने गरीन्छ । सोमबार साँझ दर खाएसँगै ४ दिने तीज पर्व सुरु हुन्छ । माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने चलन छ । मंगलबार दिनभर निराहर ब्रत बस्नुपर्ने भएकाले सोमबार आडिलो खानालाई दरको रुपमा खाने गरिन्छ । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । पछिल्ला वर्षहरूमा भने तीजका नाममा उच्छृङ्खलता र तडक–भडक मौलाउँदै गएको संस्कृति विदहरु बताउछन् । विशेष गरी शहरी क्षेत्रमा एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्ने जस्ता गतिविधिले तिजको संस्कृतिलाई विकृति बनाउँदै लगेका छन् । तीजको चौथो दिन महिलाहरूले नदी तलाउमा गएर स्नान गरेर पञ्चमीको दिन सप्तऋषिको पूजा गरेपछि तीजको ब्रत समापन हुने गर्दछ ।
दिनभर जनताको काम, साँझ बिहान बारीमा
तुलसीपुर । दिनभर वडाको काममा व्यस्त । जनतासँग भेटघाट र साक्षात्कार । दिनभरको खटाइले थकान महसुस हुँदा थकाइ बिसाउने ठाउँ बनेको छ तरकारी खेती । तुलसीपुर उपमहानगरपालिका–१२ का वडाध्यक्ष खुसीराम चौधरीको बारीमा लटरम्म टमाटर फलेका छन्, प्याजका बेर्ना उम्रिदै छन् । पुर्खौदेखि तरकारी खेती गर्दै आएकाले पनि होला कचिला निवासी खुसीरामले जनप्रतिनिधि हुँदा पनि तरकारी खेतीलाई समय दिन्छन् । उनले भने, “म जनप्रतिनिधि हुँदा पनि यो काम जारी छ, यो काम दिनभरको थकान भुलाउने माध्यम पनि बनेको छ ।” वडाध्यक्ष चौधरी बिहान ४ बजे उठेर बारीमा फलेका तरकारी लिएर बजारसम्म पनि पुग्छन् । “जनप्रतिनिधि होस्, या अरु कुनै पेसा व्यवसायमा हात हालेको व्यक्तिले प्रायः खेतबारीमा काम गरेको देखिँदैन”, वडाध्यक्ष चौधरीले भने, “तर, म भने उत्पादनमा जोडिनु पर्छ, ता की यो कुराले अरुलाई पनि शिक्षा होस् भन्ने चाहन्छु ।” करिब तीन कट्ठामा उनले गोलभेँडा खेती गरेका छन् । अन्यमा खुर्सानी, प्याज, लसुन लगाएका छन् । चौधरीको २२ कट्ठा जग्गामा बर्सेनि तीन बाली खेती हुन्छ । तरकारी खेतीका हिसाबले उत्तम मानिएको कचिलामा बेमौसमी तरकारी बढी हुन्छ । उनले मंसिरदेखि वैशाखसम्म दैनिक ६० किलो गोलभेँडा निकालेर बजारमा बिक्री गर्छन् । हाल किलोको रु ३० मात्रै पर्छ । भारतीय तरकारी भित्रिदा नेपाली उत्पादनले बजार नपाउने गरेको उनको गुनासो छ । “हामीले उत्पादन गरेको तरकारीले बजार पाउँदैन्, भण्डारणका लागि ‘कोल्डस्टोर’ पनि छैन”, उनले भने, “त्यसैले सस्तो मूल्यमा कृषिजन्य सामग्री बेच्नुपर्छ ।” तरकारी बेचेर उनले वार्षिक छरसात लाख आम्दानी गर्दै आउनुभएको छ । त्यहाँ सिँचाइको पनि राम्रो प्रबन्ध छ । बबई नदीको पानी लिफ्टिङबाट निकालिएको छ भने ग्वारखोलाको पानी कुलोमार्फत लगिएको छ । जबसम्म आफू पनि उद्यमशील बन्न सकिँदैन समृद्धिका भाषणले सार्थकता नपाउने उनको भनाइ छ । “हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं”, उनले भने, “तर भाषणले मात्रै समृद्ध हुन सकिदैन, आफैँ पनि उद्यममा जोडिनुपर्छ ।” रासस
कोशी प्रदेशको नीति तथा कार्यक्रम आज
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आज अपराह्न ४ बजे कोशी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालले जानकारी दिए । प्रदेश प्रमुख खापुङले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम ३ बमोजिम बैठकलाई सम्बोधन गर्नेछन् ।
सुनको मूल्य तोलामै २ हजारले बढ्यो, चाँदीको कति ?
काठमाडौं । सुनको मूल्य तोलामै २ हजारले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै आज नेपाली बजारमा छापावाल सुनको भाउ एकै पटक तोलामा २ हजारले बढेर १ लाख ६४ हजार ४ सयको उचाइमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ६ सयले बढेर १ लाख ६२ हजार ४ सयको रेकर्ड कायम भएको थियो । यसदिन चाँदीको भाउ पनि तोलामा ३० रुपैंयाँले बढेर १९ सय ८० कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिखेर सुन प्रतिऔंन्स २७ सय २५ डलर आसपासमा कारोबार भइरहेको छ
१३ बुँदे घोषणापत्र जारी गर्दै चलचित्र पत्रकारहरुको राष्ट्रिय भेला सम्पन्न (घोषणापत्र सहित)
हेटौँडा। चलचित्र पत्रकार संघ नेपालले आयोजना गरेको चलचित्र पत्रकारहरुको पहिलो राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशाला औपचारिक रूपमा सम्पन्न भएको छ । भेलाले १३ बुँदे घोषणापत्रसमेत जारी गरेको छ । चलचित्र पत्रकारिताका क्षेत्रका विभिन्न पक्षका व्यक्ति तथा संस्थाहरूलाई एक साथ ल्याउन सफल भएको यो भेलामा भेलामा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, आकाश अधिकारी, दिनेश डिसी, निश्चल बस्नेत, स्वस्तिमा खड्का, केकी अधिकारी,रबिन्द्र सिंह बानियाँ,दयाराम दाहाल,दिनेश डिसी आदि चलचित्रकर्मी तथा देशभरका १५० भन्दा बढी चलचित्र पत्रकारहरुको उपस्थिति रहेको थियो । सहभागी वक्ताहरूले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आवश्यक नीतिगत परिवर्तन, कानुनी सुधार र सहकार्यको आवश्यकतामा जोड दिएका थिए ।राष्ट्रिय भेला समापन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चलचित्र क्षेत्रको विकासमा काम गर्ने रणनीति निर्माण गरिरहेको बताए । उनले चलचित्रले समाजको विद्यमान अवस्था झल्काउने भन्दै गरिखाने वर्गको पक्षमा चलचित्रले भूमिका खेलेको देखिने धारणा व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले विगतमा चलचित्र विकास बोर्डको तत्कालिन अध्यक्षसँग दोलखाको डाङ्डुङे डाँडालाई फिल्म सिटी बनाउन पहल सहित बजेट विनियोजन गरेको बताए। तर, विविध कारणले हुन नसकेको उनको भनाई छ । अहिले दोलखाको डाङ्डुङे डाँडा, मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर र धादिङको रुविभ्याली गाउँपालिकालाई फिल्म सिटी बनाउन प्रयास भइरहेको छ । चलचित्र ऐन बनाउन सरकारले ड्राफ्ट निर्माणको चरणमा रहेको समेत मुख्यमन्त्रीले बताए । आगामी प्रदेशसभाको हिउँदे अधिवेशनले उक्त विधेयक पारित गरी ऐनका रुपमा जारी गर्ने सरकारको तयारी रहेको उनको भनाई छ । मिडिया क्षेत्रसँग सम्बन्धित प्रस्ताव राष्ट्रिय समन्वयन परिषदको बैठकमा पेश गरिएको र पत्रकारहरुको सामाजिक सुरक्षा कोषमा सहभागि गराउने प्रक्रिया अघि बढाइएको पनि मुख्यमन्त्रीले जानकारी दिएका छन् । कार्यक्रममा बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटाले चलचित्र क्षेत्रको व्यवस्थापनका लागि कानुन निर्माण कार्य अघि बढाएको बताए । उनले लघु चलचित्र निर्माणका लागि कार्यविधि बनाएर कार्यान्वयनको चरणमा रहेको र चलचित्र लेखनका लागि पटकथा लेखन तालिम संचालन गरी सहयोग गरिने बताए । विधागत पत्रकारितालाई प्रोत्साहन गर्न एक महिनाभित्र हाते पुस्तकसहित एप्रिसेशन कार्यशाला सञ्चालन गर्ने सरकारको तयारी रहेको समेत रजिष्ट्रार सापकोटाले बताए । भेलामा चलचित्र ऐन, पत्रकार आचारसंहिता, पर्यटन प्रवर्द्धन लगायतका विषयमा छलफल भएका थिए । चलचित्र संवाद, अन्तरक्रिया, कार्यशाला लगायतका कार्यक्रम पनि भएका थिए । भेलाका आयोजक चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले चलचित्र क्षेत्रको विकास नभए चलचित्रकर्मी र पत्रकार दुवैको अस्तित्वमा खतरा पर्ने बताएका थिए । त्यसकारण सबैले मिलेर यस क्षेत्रको विकासमा लाग्नु पर्नेमा उनको जोड थियो । चलचित्र पत्रकारिता क्षेत्रको विकासका लागि नीति, कानुन र कार्यक्रमका बारेमा छलफल भएको छ । चलचित्र पत्रकार संघको यो भेलाले चलचित्र क्षेत्रको विकासका लागि एक महत्वपूर्ण कदम चालेको छ । अध्यक्ष बलाीमले चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेला तथा चलचित्र पत्रकारिता कार्यशालाले हेटौंडा उपमहानगरपालिका–२, हेटौंडा, मकवानपुर घोषणा पत्र-२०८० जारी गरेको जनाएका छन् । यस्तो छ घोषणापत्र-२०८० १. भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माण गरी हेटौँडासहित समग्र मकवानपुरलाई फिल्म हवको रुपमा विकास गर्न चलचित्र पत्रकार संघ नेपाल सम्बन्धीत सरोकारवाला निकायसँग माग गर्दछ । २. केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्थानीय पर्यटकीय ठाउँको पर्यटन प्रवद्र्धनका लागि सिनेमा पर्यटनलाई जोड दिँदै विभिन्न कार्यक्रमहरु तय गर्न तीनै तहको सरकारसँग यो भेला माग गर्दछ । ३. हेटौँडाको विभिन्न आसपासका क्षेत्र र मकवनपुरको चित्लाङ, कुलेखानी, दामन, थाहा, मकवानपुरगढीलगायतका ठाउँमा सिनेमा पर्यटनलाई जोड दिई आवश्यक पुर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहका दुबै सरकारसँग यो भेला माग गर्दछ । ४. नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ती तथा सस्थाहरुसँग सहकार्य समन्वय गरी प्रोत्साहन र प्रवद्र्धन गर्न यो भेला सम्बन्धित पक्षसँग माग गर्दछ । ५. विट पत्रकारिताको समस्या सम्बोधन गरी यसको संरक्षण र प्रवद्र्धनका लागि विशेष योजना बनाउन सम्बन्धित निकायसँग यो भेला माग गर्दछ । ६. अनलाईन पत्रिका तथा बिट पत्रकारितालाई पनि लोक कल्याणकारी विज्ञापनले समेट्न यो भेला माग गर्दछ । ७. स्वायत्त चलचित्र उद्योगका लागि समयानुकुल र नेपाली चलचित्रको विकासका लागि प्रभावकारी रुपमा चलचित्र ऐन यथाशक्य संशोधन गर्न यो भेला माग गर्दछ । ८.नेपाली सिनेमाको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी कार्यक्रमहरु तय गर्न यो भेला तीनै तहका सरकार र सम्बन्धीत निकायसँग जोडदार माग गर्दछ । ९. कला, संस्कृती र पहिचानसहितको मौलिक चलचित्र तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने नेपाली चलचित्र वा चलचित्रकर्मी र महोत्सवहरुमा जाने चलचित्र तथा चलचित्रकर्मीलाई प्रोत्साहन तथा प्रवद्र्धन प्रचार प्रसार गर्न यो भेला सम्बन्धीत निकायसँग माग गर्दछ । १०. श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको लागि यो भेला माग गर्दछ । ११. सरकारले पत्रकार सम्बद्ध संघ संस्थालाई दिइँदै आएको सहुलियत अनुदान रकम निकै न्यून छ । चलचित्र पत्रकार संघ नेपालले सो अनुदान समेत प्राप्त गर्न सकेको छैन । चलचित्र पत्रकार संघ नेपाललाई हरेक आर्थिक वर्षमा सहुलियत अनुदान रकम उपलब्ध गराउन केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारलाई यो भेला माग गर्दछ । १२. हेटौँडाको मकवानपुरगढी, शहिद स्मारक, कुष्माण्ड सरोवर त्रिवेणी धाम, वनस्खण्डी, भुटनदेवी मन्दिर, पाथिभरा, पुष्पलाल पार्क, चिप्लेटी गाउँ, हर्नामाडी मुर्तिपार्क लगायतका ठाउँहरुलाई प्रवद्र्धनका लागि सिनेमामार्फत प्रस्तुत गर्न र त्यसको लागि स्थानीय सरकारले समन्वय र सहुलियतको व्यवस्था गर्न यो भेला माग गर्दछ । १३. संघको प्रथम राष्ट्रिय भेला सम्पन्न गर्न सहयोग गर्नुहुने बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सञ्चार रजिष्ट्रार कार्यालय, बागमती प्रदेश सरकारको संस्कृती तथा पर्यटन मन्त्रालय, चलचित्र विकास बोर्ड, प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, नेपाल पर्यटन बोर्ड, नेपाल टेलिभिजन, चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखा लगायत सम्पूर्ण संघ संस्था र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैमा यो भेला हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
माओवादी धारा, कम्युनिष्ट क्रान्तिकारी र परिवर्तनकारी शक्ति एकढिक्का हुन जरुरी : प्रचण्ड
कमरेड लेनिन र कम्युनिष्ट पार्टी स्थापनाको सन्दर्भ कमरेड लेनिन विश्व सर्वहारा वर्गका महान् नेता, दार्शनिक र साम्राज्यवादी युगमा माक्र्सवादलाई विकसित गर्ने एक जना प्रवद्र्धक हुनुहुन्थ्यो । उहाँले समाजवादी क्रान्ति सम्भव छ र नयाँ समाज निर्माण सम्भव छ भन्ने कुरालाई व्यवहारिक रुप दिनुभएको थियो । विश्वमै कम्युनिष्ट आन्दोलन र सर्वहारा क्रान्तिको नयाँ लहर सृष्टि गर्न उहाँको योगदान अतुलनीय र असाधारण रहेको कुरा हामी सबैलाई थाहा छ । कमरेड लेनिनकै जन्मदिन पारेर नेपालमा २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसको परिवेश जसरी विश्व सर्वहारा क्रान्ति अगाडि बढ्दै थियो, दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति आन्दोलनहरु पनि अगाडि आउँदै थिए । त्यस्तो परिवेशमा र अझ चीनको जनवादी क्रान्ति सम्पन्न भएर विश्व शक्ति सन्तुलन नै सर्वहारा वर्गको पक्षमा जनता र क्रान्तिको पक्षमा देखा पर्न थालेको परिवेशमा र हाम्रै यस क्षेत्रमा पनि कम्युनिष्ट आन्दोलन खास गरी हिन्दुस्तानमा तेलंगना सशस्त्र विद्रोहजस्ता ऐतिहासिक विद्रोहहरु अगाडि बढ्दै गरेको निकै सकारात्मक र उत्साहवद्र्धक परिवेशमा नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो । यसर्थमा एउटा असाधारण क्रान्तिकारी परिवेशमा २००६ मा कम्युनिष्ट पार्टी गठन भयो । पार्टी निर्माण र पुनर्निर्माणको प्रक्रिया विकासको आफ्नो द्वन्द्वात्मक नियमअनुसार पार्टीभित्र थुप्रै वैचारिक संघर्षहरु भए, मतभेदहरु भए, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा चलेको महान विवादको असर नेपालको कम्युनिष्ट आन्दोलनमा प¥यो । र, २०१९ सालमा तेस्रो महाधिवेशन सम्पन्न भएपछि पार्टी विभाजित हुन पुग्यो । विभिन्न टुक्रामा तल तल इलाकीय स्तरमा क्रियाशील हुने स्थिति बन्यो । फेरि पछि विकासकै नियम अनुसार नै अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र वर्गसंघर्षको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशसँगै पार्टी पुनर्गठनका विभिन्न प्रयासहरु भए । ती प्रयासहरुमध्ये पनि तीन वटा प्रयासहरु अलि दीर्घकालीन र रणनीतिक महत्वका भए । एउटा कमरेड पुष्पलालले शुरु गरेको पार्टी पुनर्निर्माणको प्रयास, एउटा केन्द्रीय न्यूक्लियसमार्फत् चौथो महाधिवेशन हुँदै त्यो न्यूक्लियसको तर्फबाट अगाडि बढाइएको पार्टीको पुनर्निर्माणको प्रयास र अर्काे कोअर्डिनेसन केन्द्र र झापा विद्रोह हुँदै पार्टी पुनर्गठनको प्रक्रिया अगाडि आए । र त्यो प्रक्रियासँगै कम्युनिष्ट आन्दोलन फेरि उभारतिर अगाडि बढ्दै गयो । चाहे त्यो २०३६ सालको जनआन्दोलनको क्रम होस् या ०४६ सालको पञ्चायतमाथि निर्णायक आन्दोलन गर्ने ऐतिहासिक जनआन्दोलनको क्रम होस् कम्युनिष्टहरुको प्रभाव र भूमिका निकै नै प्रभावकारी हुँदै गयो । त्यसमाथि ०४६ सालको ऐतिहासिक जनआन्दोलनपछि फेरि एकचोटी पार्टी एकीकरण र पुनर्निर्माणका नयाँ प्रयास र पहलकदमीहरु अगाडि बढे । त्यसमा एउटा त माओवादी धारासँग सम्बन्धित कम्युनिष्टहरुको एकताको प्रक्रिया अगाडि बढ्यो । र, त्यो प्रक्रियाका रुपमा एकता केन्द्रको रुपमा हामी अगाडि आयौं भने अर्काेतिर माले र अन्य पार्टीहरु मिलेर एकीकृत माक्र्सवादी र लेनिनवादी भनेर अर्काे एकीकरणको प्रयास पनि भयो । त्यो प्रयाससँगै परिस्थिति जनताले चाहेजस्तो ढंगले अगाडि बढेन । नेपालमा क्रान्ति अधुरै छ, अपूरै छ । नेपाली क्रान्तिलाई नयाँ शिराबाट अगाडि बढाउन जरुरी छ भन्ने सोचका साथ माओवादी जनयुद्धको ऐतिहासिक प्रक्रिया अगाडि आयो । साथसाथै संशोधनवाद, अवसरवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्दै क्रान्तिकारी जनआन्दोलन सृष्टि गर्ने प्रयासहरु पनि हुँदै गए । जनयुद्धकै प्रक्रियाभित्र फेरि निरंकुशताका विरुद्ध, सामन्तवादका विरुद्ध फेरि पनि सशस्त्र युद्धमा भएका र नभएका पार्टीहरुको बीचमा फेरि सहकार्यको परिस्थिति बन्यो र त्यो सहकार्यको परिस्थितिले नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा असाधारण प्रक्रिया देखा प¥यो । जनयुद्ध र जनआन्दोलन शान्तिपूर्ण जनआन्दोलनका पक्षधर र सशस्त्र जनयुद्ध सञ्चालन गरिराखेका पार्टीहरुका बीचमा समझदारी भएर संयुक्त जनआन्दोलन र जनयुद्ध समायोजन गर्ने ऐतिहासिक र अभूतपूर्व प्रक्रिया पनि नेपालको कम्युनिष्ट आन्दोलनमा देखाप¥यो । र, यो असाधारण प्रक्रियाले नेपालमा केही चिज नितान्त नयाँ बन्यो । मैले अहिले व्याख्या गर्न सम्भव छैन । त्यो भनेको के हो भने सामन्तवादका विरुद्ध पुँजीवाद जनवादी क्रान्ति कम्युनिष्ट पार्टीको मुख्य सक्रियता र नेतृत्वमा अन्य बुर्जुवा पार्टीहरुलाई पनि सहमतिमा लिएर आधारभूत रुपमा त्यो क्रान्ति सम्भव हुन गयो । यो दुनियाँमा कमै देख्न पाइन्छ । यो क्रान्ति न हामीले विगतमा सोचेजस्तो, सामन्तवाद र साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिका रुपमा नै सम्पन्न हुन सक्यो, न यो फेरि पूरै पुरानो प्रकारको पुँजीपति वर्गको नेतृत्वमा भएको पुँजीवादी क्रान्ति नै भयो । यो सर्वहारा वर्गको मुख्य नेतृत्व, कम्युनिष्ट पार्टीको मुख्य नेतृत्व जनयुद्धको मुख्य भूमिकासहित सामन्तवादमाथि निर्णायक प्रहार गरिएको वुर्जुवाहरुलाई पनि एक हदसम्म अंश दिएर सम्झौता गरेर गरिएको नयाँ प्रकारको क्रान्ति भयो । मलाई लाग्छ, हाम्रा बुद्धिजीवी साथीहरुले हाम्रा कम्युनिष्ट आन्दोलनका सबै नेता–कार्यकर्ताहरुले यो पक्षलाई गम्भीर रुपले विचार गर्न जरुरी छ । यो हाम्रो ऐतिहासिकता, हाम्रो विशेषता, हाम्रो मौलिकता, हामीले हासिल गरेको उपलब्धिको विशेष स्थितिको बारेमा सबैले चिन्तन मनन गर्न जरुरी छ । अहिले हामी शान्ति सम्झौतापछि संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भइसकेपछि प्रतिस्पर्धाको तरिकाद्वारा कम्युनिष्ट आन्दोलनलाई समाजवादी दिशातिर लाने कुरा गरेका छौं । र यही प्रक्रियाभित्र हामीले नै माओवादी केन्द्रकै तर्फबाट अब केही दशक सायद नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाको राजनीति नै अगाडि जान्छ । र वर्गसंघर्ष राजनीतिक संघर्षहरु नयाँ परिवेशमा अगाडि जान्छ भन्ने विश्वासका साथ हामीले अब कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न सक्नुपर्दछ । एमालेसँग एकता, संघर्ष र रुपान्तरण तमाम वामपन्थीहरुलाई एकढिक्का बनाएर समाजवादको आधार निर्माण गर्ने कुरातिर लाग्नुपर्छ भनेर हामीले नै प्रस्तावित गरेर वाम गठबन्धन ग¥यौं । आम नेपाली जनताले बडो उत्साहका साथ त्यसलाई अनुमोदन गरे । हामीले नै कम्युनिष्ट एकता र पार्टी एकताकोे प्रस्ताव ग¥यौं । आम नेता कार्यकर्ताहरुले बडो उत्साहका साथ त्यसलाई स्वागत गर्ने काम भयो । निर्वाचनमार्फत् जनअनुमोदित पनि भयो । र, आम नेता कार्यकर्ताहरुले एकता आजको परिस्थितिमा समाजवादी क्रान्तिका निम्ति जरुरी छ पनि भनियो । र, एउटा ठूलो प्रयोग भनौं, क्रमभंग हामीले ग¥यांै । त्यो सही थियो भन्ने दावी अहिले पनि छ । हामीले त्यसो गर्नु गलत गरेको होइन । यो राष्ट्र, वर्ग र कम्युनिष्टहरुको समग्र हितमा थियो । तर, एकाध नेतृत्वमा देखा परेको विचलनका कारण वैचारिक विचलन, सांस्कृतिक विचलन र व्यक्तिवादी विसर्जनवादी चिन्तनका कारणले त्यो महान प्रयोग सफल हुन सकेन तर, त्यो महान प्रयोग नै थियो । देशभरिका कम्युनिष्टहरुलाई एकतावद्ध गरेर अगाडि जाने प्रयोग सही थियो । त्यसमा अत्यधिक ठूलो संख्याको जनता र कम्युनिष्टहरुको समर्पण नै थियो । तर दुर्भाग्य के भयो भने पार्टी नेतृत्वमा जसलाई हामीले प्रधानमन्त्रीको रुपमा अगाडि सा¥यौं, उनमा देखापरेको गैर–माक्र्सवादी, गैर–कम्युनिष्ट चरित्र र चिन्तनका कारणले प्रवृत्तिका कारणले पार्टीभित्र अस्वस्थ संघर्षको परिस्थिति बन्यो । मैले आज पार्टी स्थापनाको दिवसको यो ऐतिहासिक दिनमा ती कुरालाई स्मरण गर्दै गर्दा के सम्झाउन चाहन्छु भने म बढो खुशी थिएँ, पार्टीको केन्द्रीय समितिकोे दोस्रो बैठक चलिराखेको थियो नेकपाको । मैले त्यसको कार्यकारी अध्यक्षता ग्रहण गर्ने र कार्यकारी अध्यक्षको हैसियतले बैठक सञ्चालन गर्ने, दस्तावेज प्रस्तुत गर्ने, निर्णय गर्ने पहल गरेको थिएँ । पाँच दिन चलेको त्यो बैठकले अब यो कम्युनिष्ट एकता सुदृढ भयो, अब नेपाली क्रान्ति नयाँ ढंगले जान्छ भन्ने विश्वास पैदा गरेको थियो । के माओवादी पृष्ठभूमिका के एमाले पृष्ठभूमिका ९० प्रतिशतभन्दा बढी नेताहरुको अनुहारमा त्यसले उज्यालो दिलाएको थियो । अब नेपालको कम्युनिष्ट राजनीति नयाँ शिराबाट अगाडि जान्छ । नेपालको समाजवादी आन्दोलन नयाँ शिराबाट अगाडि जान्छ भन्ने आत्मविश्वास सबैलाई पैदा भएको थियो । तर दुर्भाग्य ! त्यो सफलता, त्यो उत्साह, त्यो आत्मविश्वास देखेर दक्षिणपन्थी विसर्जनवादीहरु व्यक्तिवादी र अहंकारी प्रवृत्तिलाई त्यो सैह्य भएन । केन्द्रीय कमिटीको बैठकको त्यो सफलता साँच्चै उनीहरुका निम्ति आतंकजस्तै भयो । र, यो पार्टी साँच्चै एकतावद्ध भएर जाने भयो, यो पार्टीले क्रान्तिकारी चरित्र बोकेर जाने भयो र नेतृत्वको हैसियतले प्रचण्डकै नेतृत्व स्थापित हुने भयो भनेपछि त्यसै विन्दुबाट निकै ठूलो षडयन्त्र सुरु भयो । पार्टीभित्र विवाद हुनु ठूलो कुरा होइन । त्यो विवादलाई अस्वस्थता, गुटबन्दी, अराजकता र षड्यन्त्रको रुप दिइयो । र त्यो षड्यन्त्रमा कम्युनिष्ट आन्दोलनभित्रका अवसरवादी, दक्षिणपन्थी मात्रै होइन, त्यसभित्र र बाहिरका प्रतिक्रियावादीहरु पनि सामेल भए । ठूला–ठूला सेटिङहरु भए । हामीले ठूलो बहुमतद्वारा लिइएका निर्णयहरु कार्यान्वयन हुन नदिने ढंगले संवैधानिक त्यस्ता अंगहरुसँग समेत सेटिङ भएको देखाप¥यो । त्यो दुर्भाग्यपूर्ण कुरा थियो । मैले आफ्नै अनुभवबाट भन्नुपर्दा त्यो एकता सही मात्र थिएन, त्यो एकताले विस्तारै विस्तारै सकारात्मक रुप लिँदै थियो । एकता सुदृढ हुँदै थियो । त्यो समाजवादी क्रान्तितिरै जाँदै थियो । नीति र नेतृत्वको सवाल आज यो मञ्चबाट म नेकपा एमालेका ती हिजोका केन्द्रीय समितिका अत्यन्तै ठूलो संख्याका कमरेडहरुलाई स्मरण गर्न चाहन्छु । ती हजारौं कार्यकर्ता, म केन्द्रीय समितिको बैठकपछि देशव्यापी प्रशिक्षणमा गएको थिएँ । एमाले पृष्ठभूमिका नेता–कार्यकर्ताहरुले मलाई जो प्रेम विश्वास भरोसा गर्नुभएको थियो, म त्यो स्मरण गर्न चाहन्छु । एमाले भन्ने बित्तिकै सबै खतम छन् भनेर नसोच्न आग्रह गर्न चाहन्छु– त्यहाँभित्र पनि इमान्दार कम्युनिष्टहरु ठूलो संख्यामा छन् । तर हुँदो के रहेछ भने लिडरसीप भन्ने कुरा निकै ठूलो कुरा हुँदो रहेछ । लिडरसीप गलत मान्छेको हातमा गयो भने इमान्दार कम्युनिष्टहरु पनि केही समय रनभुल्लमा पर्ने या फुत्किन गाह्रो हुने हुँदो रहेछ । त्यो हामीले नेपालको कम्युनिष्ट आन्दोलनमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनमा पनि देखेका छौं । चाहे रुसमा भएको प्रतिक्रान्तिको कुरा गरौं या अन्य पूर्वी युरोपका देशमा भएका प्रतिक्रान्तिको कुरा गरौं । लिडरसीपको कारणले नै इमान्दार कम्युनिष्टहरुको बाहुल्य तल पार्टी पङ्तिमा हुँदा हुँदै पनि लिडरसीपले गलत लाइन लिइसकेपछि इमान्दार कम्युनिष्टहरु पनि कही न कही त्यसको शिकार हुने खतरा हुँदो रहेछ । त्यसकारण म आज पार्टी स्थापना दिवसको अवसरमा सम्पूर्ण एमालेभित्रका ती इमान्दार कम्युनिष्टहरु जो साँच्चै वाम गठबन्धनको पक्षमै हुनुहुन्थ्यो– अहिले पनि हुनुहुन्छ, कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने ठान्नु हुन्छ, भनिराख्नुभएको छ– उहाँहरुलाई गलत प्रवृत्तिका विरुद्ध संघर्ष गर्न प्रेरणा मिलोस् । आज पार्टी स्थापना दिवसले लेनिन जयन्तीको यो ऐतिहासिक दिनले इमान्दार कम्युनिष्टहरु सबैलाई फेरि एक चोटी कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्नु छ, फेरि हामीले नेपालको समाजवादी आन्दोलनलाई नयाँ चिराबाट अगाडि बढ्ने वातावरण बनाउनु छ भन्ने उत्प्रेरणा, ऊर्जा आजको दिनले सबैलाई दिओस् भन्ने भन्ने अपिल गर्न चाहन्छु । र, त्यसका लागि अझ म हिजो नेपालको जनवादी क्रान्तिलाई मौलिक ढंगले पूरा गर्न मुख्य योगदान गरेको माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका सबै विभिन्न धाराहरुलाई आजको दिनले सबभन्दा पहिला एकतावद्ध हुन प्रेरित गरोस् । म सबै माओवादी आन्दोलनका उपज सबै धाराका नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । आउनुस्, अहिले पनि देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यता र मुद्दाहरु उल्ट्याउने षडयन्त्र भइराखेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र जनताको घर दैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेकै छ । अहिले पनि यो देशका महिला, दलित, आदिवासी, मधेसी, थारु, मुस्लिम लगायत उत्पीडित जनताले पाएका अधिकार र पहिचानहरु खोस्ने षड्यन्त्र रोकिएको छैन । त्यसकारण हामी सबै यो परिवर्तनका पक्षधरहरु यो परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्नेहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ । माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिष्टलाई विभाजित गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुनः प्राप्ति हुन सक्छ, फेरि निरंकुशता लाद्न सकिन्छ भन्ने ठान्नेहरु छन् र त्यसका निम्ति कसरत भइराख्या हो । त्यसकारण म सबै परिवर्तनमा सहभागी माओवादी र सबै कम्युनिष्ट आन्दोलनका क्रान्तिकारी नेता कार्यकर्ताहरुलाई विशेष रुपले अपिल गर्न चाहन्छु । म आज अलिकति हर्षित र खुशी छु । यो प्रक्रियामा पोहोर सालदेखि प्रतिगमन विरोधी प्रतिक्रान्ति विरोध जो आन्दोलन गर्ने र त्यसमा सहभागी हुने हामी सबैलाई अवसर भनौं एक खालको चुनौती दुईवटै थियो, हामीले त्यसलाई सदुपयोग ग¥यौं र प्रतिक्रान्ति र प्रतिगमनलाई परास्त हामीले तत्कालीन रुपमा गरेकै हो । अहिले हामी निर्वाचनको संघारमा छौं । यो निर्वाचन प्रतिगमनले जित्ने हो या अग्रगमनले । परिवर्तनका पक्षधरहरुको जीत हुने हो या परिवर्तन विरोधीहरुको । यो देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका जनताको जीत हुने हो या ती जनतामाथि शासन गर्ने सामन्ती प्रवृत्ति र व्यक्तिवादी प्रवृत्तिको जीत हुने हो भन्ने कुराको फैसला हुँदैछ । त्यसकारण यतिबेला हामी परिवर्तनका मुद्दाहरुलाई स्थापित गर्न हाम्रा महान् सहिदहरु, बेपत्ता यौद्धाहरु, घाइते अपाङ्गहरु सबै जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र सबै न्यायपूर्ण आन्दोलनका सहिदहरुका सपनालाई पूरा गर्न हामी एकजुट भएर यो लडाई हामीले जित्नु छ । जित्नै पर्छ । हामीले जित्दा राष्ट्रले जित्छ, मुद्दा परिवर्तनका मुद्दाले जित्छ । नेपालमा सयौं वर्षदेखि उत्पीडन, शोषण, अत्याचारमा परेका जनताको जीत हुन्छ । हामीले हाम्रा प्रतिक्रियावादीले जित्ने, प्रतिगमनले जित्ने प्रतिक्रान्तिले जित्ने स्थिति बन्ने खतरा हुन्छ । त्यसकारण पनि आजको दिन प्रतिगमनविरुद्ध एउटा नयाँ संकल्प लिने दिनको रुपमा सबै सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधर जनताको ऐतिहासिक जिम्मेवारी हो भन्ने हामी ठान्दछौं । म सबै समक्ष यही अपिल गर्न चाहन्छु । म खुशी यसर्थ पनि छु कि विभिन्न अनुभव, ठक्करको बीचबाट फेरि एक चोटी माओवादी आन्दोलनमा नयाँ र बडो उत्साहपूर्ण धु्रवीकरणको प्रक्रिया सुरु भएको छ । दिनदिनै जसो एकाध व्यक्तिको रुपमा होइन सयौं र हजारौंको संख्यामा र संख्या मात्रै होइन संस्थागत रुपले नै हिजो अलग भएका माओवादीहरु फेरि माओवादी केन्द्रमा, मूल घरमा, मूल नेतृत्वमा जोडिने निकै प्रक्रिया आज नेपालमा सुरु भएको छ । मलाई थाहा छैन, तपाई कमरेडहरुले यो कुरालाई कत्तिको गहिरो गरी हेर्नुभएको छ ? विचार गर्नुभएको छ ? त्यो क्रम पूर्वदेखि पश्चिमसम्म सबैतिर अहिले निकै व्यापक रुपमा अगाडि बढेको छ । माओवादी धारा एकतावद्ध होऔं सुदूरपश्चिममा हिजो मात्रै ठूलो संख्यामा विगतमा विभाजित भएका नेता, कार्यकर्ताहरु संस्थाकै रुपमा पार्टीमा एकतावद्ध हुने, ध्रुवीकृत हुने निकै उत्साहको वातावरण बन्यो । कतिपय जिल्लाहरुमा हामी २०६४ तिर फर्कियौं सम्पूर्ण माओवादी क्रान्तिकारीहरु सबै एकै ठाउँमा भयौं भनेर उहाँहरुले घोषणा पनि गर्नुभयो । यो हामी सबैका लागि खुशीको कुरा हो । आज यही हलमा पनि चाहे हिजो माओवादी आन्दोलनकै क्रममा विकास भएको र विभिन्न ढंगले विभिन्न कालखण्डमा अन्यत्र अनुभव गरेर अन्ततः माओवादी केन्द्र नै सही रहेछ भनेर भर्खरै केही कमरेडहरु यहाँ पार्टी प्रवेश गर्नुभयो र उहाँसँगै अरु पनि पार्टी प्रवेश गर्नुभयो । यसको सांकेतिक तर ठूलो अर्थ र सन्देश छ भन्ने मैले ठानेको छु । विगतमा विभाजित भएर गएका बाँकी कतिपय माओवादी समूहभित्र विभाजनको औचित्य पुष्टि गर्न सकिएन, हामीले माओवादी केन्द्रलाई गाली गर्नु गलत भयो, किन गरियो ? आज यही प्रक्रियामा, यही निर्वाचनमा, यही शान्तिपूर्ण राजनीतिमा जानुपर्ने बाध्यता किन भयो भनेर निकै मार्मिक ढंगले साथीहरुले बहस गर्न थालेको सुनेको छु मैले । किन माओवादी केन्द्रलाई गाली गरियो ? किन प्रचण्डलाई गाली गरियो ? हामीले पश्चाताप गर्नुपर्दछ । हामी माओवादी केन्द्रसँग जानु पर्दछ । हामी प्रचण्ड भएको ठाउँमा जानु पर्दछ र हामीले गल्ती ग¥यौं भन्नुुपर्दछ भन्ने अरु पार्टीका साथीहरुको पनि मैले कुरा सुनिराखेको छु । यो हामी सबै सच्चा माओवादीहरुका निम्ति खुशीको कुरा हो । म यो कुरा सबैलाई जानकारी गराउँदै मैले हिजो कैलालीको एउटा ऐतिहासिक भूमिबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको छु । आज पार्टी स्थापना दिवस र लेनिन जयन्तीको अवसरमा पुनः सबैलाई एकताका लागि अपिल गर्न चाहन्छु । हाम्रा निम्ति इतिहासमा एकपटक फेरि अवसर आएको छ, यो अवसर गुम्न दिनु हुँदैन । हामी एकढिक्का भएर निर्वाचन अभियानमा जानु छ । परिवर्तनका निम्ति त्याग र बलिदानका कीर्तिमान कायम गर्ने हाम्रा महान सहिदहरु, बेपत्ता योद्धाहरु, सबै क्रान्तिकारीहरुका सपना पूरा गर्ने अवसरको रुपमा हामीले यसलाई सदुपयोग गर्नुपर्दछ । म यही अपिल सबैसँग गर्दै फेरि एक पटक पार्टी स्थापना दिवस र लेनिन जयन्तीका अवसरमा देशभित्र र देशबाहिर रहनुभएका सम्पूर्ण श्रमजीवी जनसमुदाय, कम्युनिष्ट क्रान्तिकारीहरु र न्यायप्रेमी जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवस तथा १५२ औं लेनिन जयन्तीका अवसरमा पार्टी कार्यालय पेरिसडाँडा, कोटेश्वरमा आयोजित कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधन ।
खुशी बाँड्दै कर्णालीः देशभर चिकित्सक पठाउँदै जुम्ला
कर्णाली – जुम्लामा पनि डाक्टरी पढाइ हुन्छ र भन्ने धेरैको प्रश्न हुन सक्छ । प्रश्नकर्ता कतिलाई जुम्लामा चिकित्सक पढाइ हुन्छ भन्ने पनि थाहा छैन । केहीले पढाइ हुन्छ भन्नेमा विश्वास गर्दैनन् । थाहा पाउनेहरूले त्यहाँ चिकित्सकको कस्तो पढाइ हुन्छ होला रु भनेर खिसी गरेको पाइन्छ । ती प्रश्न एवं जिज्ञासा राख्ने र खिसिट्युरी गर्नेहरूले जुम्लाले स्नातक मात्र होइन, अब स्नातकोत्तर तहको चिकित्सक उत्पादन गरेको खबर सुन्न धेरै समय कुर्नुपर्ने छैन । प्रगती र विकासका लागि भूगोल बाधक हुन सक्दैन अनि दुर्गमले दुःख मात्र होइन, समृद्धिको इँटा थप्न सक्दोरहेछ भन्ने गतिलो उदाहरण स्वरुप अब देशलाई चाहिने चिकित्सक तथा जनस्वास्थ्य विज्ञ जनशक्ति पठाउँदैछ । मध्यपश्चिम नेपालको हिमाली क्षेत्रमा अवस्थित स्वास्थ्य विश्वविद्यालयका रुपमा परिचित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही भदौ २३ गते चिकित्साशास्त्रमा विभिन्न सङ्कायमा स्नातकोत्तर तह उत्तीर्ण पाँच विशेषज्ञ चिकित्सक र स्नातक तहका ५१ जनालाई विद्यार्थीहरु दीक्षित गर्दैछ । यसका लागि प्रतिष्ठान जुम्लामा भदौ २३ गते ‘प्रथम दीक्षान्त समारोह’ हुने भएको छ । जसको तयारीमा प्रतिष्ठान जुटेको छ । उपकुलपति डा. मङ्गल रावलका अनुसार प्रतिष्ठानका जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र सङ्कायका स्नातक र स्नातकोत्तर तहका गरी कूल ५६ उत्तीर्ण विद्यार्थीहरू दीक्षित हुनका लागि योग्य छन् । उपकुलपति रावलले भन्नुभयो, “प्रथम दीक्षान्त समारोह गर्न स्वीकृतिका लागि यही साउन ३२ गते कुलपतिसमक्ष पत्र पठाएका थियौँ । सोही पत्रको जवाफमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिष्ठानलाई २३ भदौ आइतबार बिहान १०ः३० बजे जुम्लामा दीक्षान्त समारोह गर्नका कुलपतिले स्वीकृत गरेको व्यहोरासहितको पत्र प्राप्त भएको छ । सोही अनुसार तयारी गर्दैछौँ ।” कर्णालीको इतिहासमा पहिलोपटक ऐतिहासिक दीक्षान्त समारोह आयोजना गर्न पाउँदा खुसी लागेको उहाँले बताउनुभयो । प्रतिष्ठानका परीक्षा शाखा प्रमुख नृपेश बुढथापाका अनुसार यहाँ अध्ययनरत विद्यार्थीहरूमा स्नातकतर्फ बिपिएचमा पहिलो र दोस्रो ब्याच गरी ३८, बिएमएसमा दुई ब्याचको १३ र स्नातकोत्तरतर्फ एमडिजिपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरी पाँचजनासहित कूल ५६ जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् । दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित अत्याधुनिक शैक्षिक भवन एकेडेमिक बिल्डिङ र तिलगङ्गा आँखा अस्पतालको सहयोगमा सञ्चालनमा आउन लागेको आँखा केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको उपकुलपति रावलले बताउनुभयो । समारोहमा विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको सहयोगमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड इएमआर उपकरण हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ । सो अवसरमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अञ्जनी झा, स्वास्थ्य सचिव डा रोशन पोखरेल, वरिष्ठ आँखा विशेषज्ञ डा सन्दुक रुइत, विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डा राजेश सम्भाजीराव पाण्डवसमेत सहभागी हुने जनाइएको छ ।
प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पूर्व माओवादी आन्दोलनका सबै समूहलाई नेकपामा आउन अपील गरेका छन् । प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष प्रचण्डले एकबछ नभए ठूलो क्षति हुने समेत बताएका हुन । एभरेष्टदैनिकसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्कालिन माओवादीमा भएको फूटले कसैलाई पनि लाभ नभएको बताए । विगतका समीक्षा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो । के यो सम्भव छ ? भन्ने प्रश्नमा प्रचण्ड भन्छन् असम्भव भन्ने कुरा राजनीतिमा केही पनि हुँदैन । किनभने राजनीति भनेकै सम्भावनाको क्षेत्र हो । यसका साथै सम्भावनाको खोजी गर्ने कुरा पनि हो । पहिला दुई फरक वैचारिक स्कूलिङबाट विकास भएका यी दुई पार्टी एकता हुन्छ भन्ने पनि कसैले सोच्दैनथ्यो तर सम्भव भयो । अरु पनि धेरै त्यस्ता कुरा भए । संविधानसभा कसैलाई सम्भव लाग्दैनथ्यो तर भयो, गणतन्त्र यति छिटो आउला भनेर सोचेका थिएनन्, तर आयो । माओवादी पार्टी यति छिटै फुटला भन्ने कसैले सोचेका थिएनन तर फुट्यो । फेरी जुट्यो पनि । अब बाँकी रहेका सबै माओवादी फेरी जुट नसक्ने भन्ने छैन । प्रचण्ड भन्छनः हामीले धरातल बिर्सियौं मैले कहिलेकाहिँ के भन्ने गर्छु भने हामीले शायद अझै दुख पाउन पुग्या छैन कि ? किनभने एकचोटी माओवादीले युद्धले जुन ठूलो प्रभाव पार्यो, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिंगो राष्यट्रलाई ल्याउने ठाउँमा माओवादीको अहम र प्रमुख भूमिका रह्यो । यसमा द्विविधमा बस्नुपर्ने कुरै छैन । त्यही कारणले हामीले यो सफलता पाएका हौं । शान्ति सम्झौता हुँदै हामी जहाँ गयौं त्यसले यो सफलता प्राप्त गर्यो । पहिलोपटकको चुनावमा पनि हामी एक्लै माओवादी प्रत्यक्ष निर्वाचनमा बहुमतमा आयौं । माओवादीले नै समानुपातिक भनेको हुनाले मात्रै अरु पार्टीको अस्तित्व त्यतिबेला बच्यो । तर त्यसबाट हिजोका हामी माओवादी भन्नेहरु सबैले धर्ती छोडियो भन्ने मलाई लाग्छ । ‘अझै धेरै हुन्थ्यो, मुख्य नेता प्रचण्डले बिगार्यो’ भन्ने कसैलाई लाग्यो । अब कसैलाई चाहि‘ अरुले अप्ठ्यारो पारेर गर्न सकेन’ भन्ने लाग्यो । तर जे होस चुनाव जितेर सरकार बनेपछि हामी पार्टीका नेता भन्नेहरुले धर्ती छोडियो । जनताको भावनालाई, जनताको आवश्यकतालाई कहिँ न कहिँ हामीले बुझनौं । राष्टिय र अन्तराष्टिय परिस्थितिको मागलाई बुझेनौं र विभाजनतर्फ गयौं । प्रचण्डको ठम्याईः अझै दुख पाउन पुगेको छैन कि ? यहाँसम्म आउँद के देखियो भने हामी विभाजित भएर न देशलाई फाइदा भएको छ, न विभाजित हुनेलाई नै फाइदा भएको छ । म समेत कसैलाई पनि फाइदा भएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि त्यसले मद्दत पुर्याएको छैन । बरु धेरै दुख कष्ट पाएको जस्तो मैले अनुभूति गर्छु । त्यसैले साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि चेत आउने होला । त्यतिबेलासम्म त हामी पुरानो पीढिका नेताहरु रहन्छौं कि रहँदैनौं भन्ने चिन्ता पनि हुन्छ । प्रचण्ड प्रश्न गर्छनः एक हुन के ले रोकेको छ ? यस हिसाबले मैले किरणजी, बाबुरामजी र अहिले भूमिगतरुपमा गतिविधि गरिराख्नु भएको विप्लवजीहरुलाई आजभोली अलि बढी नै सम्झिन थाल्छु । हामी एक हुन केले रोकेको छ त ? यो परिस्थिति त एक्लैले गरेर हुने परिस्थिति त छैन । यही परिवर्तनलाई संस्थागत गर्न पनि बरु एक ठाउँमा भए पो हुन्थ्यो । हामी सँगै बसेर एक अर्कालाई कहाँ कसले कति गल्ती गरियो भनेर आलोचना आत्मालोचना गर्ने र फेरी यो जनयुद्द र जनआन्दोलनले ल्याएका उपलब्धि बचाउने अनि समाजवादको तयारी गर्नेतिर छलफल गर्न के ले रोक्या होला भन्ने लाग्न थालेको छ साँच्चै । त्यसैले म वहाँहरुसँग कुनै कृत्रिम कुरा भन्न खोजिरहेको होइन । यो देशको निम्ति, परिवर्तनका निम्ति, संघीय लोकतन्त्र संस्थागत गरेर सफल पार्नका निम्ति, अगाडि कम्युनिष्ट यात्र या समाजवाद या साम्यवादतर्फको यात्रा अगाढि बढाउन पनि सबै एक ठाउँमा उभिनु जरुरी छ । त्यसकारण मैले अलि बढी अपील गरेको कारण पनि यो हो । प्रचण्डको बुझाईः पूर्व एमालेभित्र पनि विशाल क्रान्तिकारी पंक्ति छ मैले पूर्व एमालेभित्र विशाल पंक्ति हिजो पनि देशप्रति, राष्ट्रिय स्वाधिनता, जनतन्त्रप्रति लडेका, दुखकष्ट भोगेका हजारौं हजार नेता कार्यकर्ता छन भनेरै एकता गर्दाखेरि पनि सोचेको हो । अहिले पनि मेरो अनुभव त्यही छ । त्यहाँ क्रान्तिकारी भावना भएका, कम्युनिष्ट पार्टी निर्माणका लागि गम्भीर भएका नेता कार्यकर्ताको कमी छ भन्ने होइन रहेछ भन्ने अहिले पुष्टि नै भएको मैले देख्छु । त्यसकारण यहाँ कोही पनि रहेनछन त्यसैले उही पुराना साथीहरुको साथ खोजेको होइन । मैले त वहाँहरुलाई पनि यही जोडन खोजेको हो । सबै जुटेर नयाँ समाजवादको मोडेलको खोजी गरौं र कम्युनिष्ट अन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाऔं भन्न खोजेको हो । अहिले जुन नेकपाको अध्यक्ष म आफै पनि छु, यसप्रति, यो पार्टीप्रति भरोसा गरेर मैले सबै एक ठाउँमा आउनुपर्छ भन्न खोजेको हो ।
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ हुँदै
काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ । पूर्व मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाएर एमालेका हिक्मत कार्कीलाई गरिएको नियुक्ती संविधान सम्मत नभएको भन्दै रिट दायर गरेका थिए । कार्कीले रिटमा मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी आफूलाई नियन्तरता दिन माग गरेका छन् । उक्त रिटमा सर्वोच्चले गत वैशाख २८ गते प्रतिवादीसँग जवाफ माग गरेको थियो भने जेठ ९ गते मुख्यमन्त्री नियुक्तिको प्रक्रियाको कागजात झिकाउन आदेश दिएको थियो । संविधानको धारा १६८ को उपधारा ५ अनुसार २०८० साल असोज २७ गते मुख्यमन्त्री बनेका कार्कीलाई समर्थन गरेका एमाले सांसदले समर्थन फिर्ता लिए पछि ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले पदमुक्त गर्दै वैशाख २७ गते हिक्मत कार्कीलाई नियुक्त गरेका थिए ।
माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारले नमूना काम गरेका छन्ः शर्मा
दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’ माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो । जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’
पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध
जुम्ला । अविरल वर्षाले पहिरो खस्दा कर्णाली राजमार्गमा यातायात सञ्चालनमा रोकिएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिनुभयो । उहाँले पहिरो पन्छाउने काम भइरहेको बताउनुभयो । वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ ।
ट्रम्फ र शी जिनपिङबीच टेलिफोन वार्ता, यस्तो भयो कुराकानी
बेइजिङ चीनका राष्ट्रपति सी चिनफिङ र संयुक्त राज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएको छ । समसामियक मुद्दाहरुमा निकै विस्तृत वार्तापछि दुबै पक्षबाट सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ। चाइना डेलीका अनुसार शीले ट्रम्पलाई दोस्रो पटक अमेरिकी राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएको र प्रत्युत्तरमा ट्रम्पले सीसँगको आफ्नो उत्कृष्ट सम्बन्धलाई माया गर्ने बताए। साथै, दुवै राष्ट्रप्रमुखहरूले युक्रेन संकट र प्यालेस्टाइन-इजरायल संघर्षजस्ता समान चासोका प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय विषयहरूमा विचार-विमर्श गरे। "दुवै राष्ट्रप्रमुखहरू प्रमुख चासोका मुद्दाहरूमा रणनीतिक सञ्चार च्यानल स्थापना गर्ने र नियमित सम्पर्क कायम राख्नेमा सहमत भए," परराष्ट्र मन्त्रालयबाट समाचार विज्ञप्तिमा जनाएको छ। वार्ताको क्रममा, सीले दुवै नेताहरूले आपसी अन्तर्क्रियालाई ठूलो महत्व दिने बताएका थिए । दुबै पक्षले नयाँ अमेरिकी राष्ट्रपतिको कार्यकालमा चीन-अमेरिका सम्बन्धमा राम्रो सुरुवात हुने आशा व्यक्त गरे। थप प्रगति हासिल गर्न नयाँ सुरुवातबाट चीन-अमेरिका सम्बन्धलाई अघि बढाउन इच्छुक रहेको बताए। "चीन र अमेरिका जस्ता दुई महान देशहरू आफ्ना सपना पछ्याउँदैछन्" र आफ्ना जनताहरूलाई राम्रो जीवन बिताउन सक्षम बनाउने प्रतिवद्धतामा छन्।" शीको भनाइ उल्लेख गर्दै चाइना डेलीले लेखेको छ- "दुवै देशका बीच साझा चासोका क्षेत्रहरू प्रशस्त छन् र सहकार्यका लागि ठूलो ठाउँ छ। यी दुई देशहरू साझेदार र मित्र बन्न सक्छन्, एक-अर्काको सफलतालाई सहयोग गर्न सक्छन्, साझा समृद्धि हासिल गर्न सक्छन् र दुवै देश र विश्वलाई लाभ पुर्याउन सक्छन्।" फरक राष्ट्रिय अवस्थाका कारण चीन र अमेरिकाबीच केही मतभेद हुनु स्वाभाविक भएपनि शीले आपसी सम्मान र चासोको समाधानमा ध्यान दिनुपर्नेमा जोड दिए, "मुख्य कुरा भनेको एक-अर्काको मूल चासो र प्रमुख मुद्दाहरूको सम्मान गर्नु र समस्याहरूको उपयुक्त समाधान खोज्नु हो," उनले भने। ट्रम्पले नियमित संवाद र सञ्चार कायम राख्न चाहेको र छिट्टै सीसँग भेट्न उत्सुक रहेको बताए। अमेरिकी नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीन आजको संसारका सबैभन्दा महत्वपूर्ण देशहरू भएको र दीर्घकालिन मित्रता कायम राख्दै विश्व शान्तिको रक्षा गर्न सँगै काम गर्नुपर्नेमा जोड दिएका थिए। वार्ताका क्रममा सीले ताइवान सम्बन्धी विषय चीनको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको लागि महत्वपूर्ण रहेको उल्लेख गरे र अमेरिकी पक्षलाई यसलाई सावधानीपूर्वक समाधान गर्न आग्रह गरे। "चीन-अमेरिका आर्थिक र व्यापार सम्बन्धको सार आपसी लाभ र जीत-जीत सहयोगमा आधारित रहेको छ, र टकराव र द्वन्द्व दुवै देशहरूको विकल्प हुनु हुँदैन", उनले भने। दुवै पक्षले आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत-जीत सहकार्यको सिद्धान्तमा आधारित भएर सहकार्यलाई बलियो बनाउनु पर्छ र दुवै देश र विश्वलाई लाभ पुर्याउन प्रमुख, ठोस र सकारात्मक कामहरू थप गर्नुपर्छ, सीले थपे। दुवै पक्षले "चीन र अमेरिका — दुई विशाल जहाजहरू जस्तै — स्थिर, स्वस्थ र दिगो विकासको मार्गमा अघि बढिरहनु पर्छ" भन्ने सुनिश्चित गर्नु पर्छ, उनले भने। शुक्रबार नै, परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै वाशिङ्टन डीसीमा सोमबार आयोजना हुने ट्रम्पको पदग्रहण समारोहमा राष्ट्रपति सीका विशेष प्रतिनिधि, उपराष्ट्रपति हान झेङ, सहभागी हुने जनाएको छ। "हामी नयाँ अमेरिकी सरकारसँग संवाद र सञ्चारलाई बढावा दिन, मतभेदहरूलाई उचित रूपमा व्यवस्थापन गर्न, पारस्परिक रूपमा लाभदायक सहकार्यलाई विस्तार गर्न, र दुवै देशको स्थिर, स्वस्थ र दिगो सम्बन्धको खोजी गर्न तयार छौं," विज्ञप्तिमा थपिएको छ। सी-ट्रम्प फोन वार्ता र हानको यात्राको घोषणाले दुइ देशबीचको सम्बन्धको भविष्यलाई सक्रिय रूपमा आकार दिने बेइजिङको प्रयासको रुपमा विश्लेषकहरुले टिप्पणी गरेका छन् । "अमेरिका पनि त्यही लक्ष्यतर्फ काम गरोस्", चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानको अमेरिकी अध्ययन विभागका उपनिर्देशक सु सियाओहुईले भनेको चाइनाडेलीले जनाएको छ। "बेइजिङको सन्देश स्पष्ट छ: दुवै पक्षले स्पष्ट सिद्धान्तहरूमा काम गर्नुपर्छ र साझा लक्ष्यहरू पछ्याउनुपर्छ यदि उनीहरूले दुईपक्षीय सम्बन्धलाई थप स्थिर बनाउन चाहन्छन् भने," उनले भने। "एक-अर्कालाई उपदेश नदिईकन, आपसी सम्मानले मात्र दुवै पक्षलाई एक-अर्कालाई राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ... हामीले वाशिङ्टनको चिन्ता देखेका छौं कि सम्बन्धहरू नियन्त्रण बाहिर जाने सम्भावना छ, र अन्य प्रमुख देशहरूसँगको अमेरिकाको ठूलो द्वन्द्वले निश्चित रूपमा विनाशकारी परिणाम ल्याउनेछ," उनले थपे। यदि वा)शिङ्टनले सधैं चीनलाई रणनीतिक प्रतिस्पर्धामा प्रतिद्वन्द्वीको रूपमा परिभाषित गर्दछ भने सम्बन्धहरू राम्रो अवस्थामा रहने सम्भावना छैन, सुले भने। चाइना डेली (https://www.chinadaily.com.cn/) बाट
माओवादीले नेतृत्व गरेको वडा उत्पादनमा नमूना बन्दैः एकैपटक ३६ लाखको लसुन निर्यात
प्रथम कम्युनिष्ट सहिद कामी बुढा जन्मेको यो वडामा जनयुद्धका क्रममा चक्रराम बुढा ‘छहरा’ र देवीलाल परियार ‘विजय’ सहिद हुनुभएको थियो । उहाँहरुको नामबाट स्थापित छवि बहुउद्देश्यीय सहकारीले कृषि उपजको बजार व्यवस्थापन गर्ने काम गरिरहेको छ। वडाले स्थानीय छवि बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि उपजको सङ्कलन र बजारीकरणका लागि अगाडि सारेको छ ।
जिल्ला बार इकाई दाङमा पहिलोपटक महिला अध्यक्ष
घोराही । नेपाल बार एशोसिएशन जिल्ला बार इकाई दाङको अध्यक्षमा अधिवक्ता गोमा महरा निर्विरोध निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका अर्का उम्मेदवार अधिवक्ता केशव केसीले उम्मेदवारी फिर्ता लिएपछि महरा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन संयोजक रेशमराज गिरीले घोषणा गर्नुभयो । यससँगै २०३५ सालमा स्थापना भएको बार इकाईले पहिलोपटक महिला नेतृत्व पाएको छ । अहिलेको कार्यसमितिमा सहसचिव रश्मी पाण्डेय धितालबाहेक यसअघि माथिल्लो पदमा महिला नेतृत्व पुगेको थिएन । त्यसमा पनि सर्वसम्मत महिला नेतृत्व निर्वाचित भएर सकारात्मक सन्देश दिएको छ । आगामी कार्यकालका लागि सर्वसम्मतीय नयाँ कार्यसमिति चयन भएको छ । ‘विभिन्न संगठनका साथीहरुलाई एकता गरेर छाता संस्थामा समेट्न सफल भएका छौं’– जिल्ला बार इकाईका उपाध्यक्ष किरण रेग्मीले भन्नुभयो– ‘आफू नसमेटिएको बिर्सनुपर्छ । व्यक्तिगत स्वार्थ छोडेर संस्थालाई अघि बढाउनुपर्छ । धेरै प्रयासपछि भएको सर्वसम्मतिले खुशी बनाएको छ । त्यसमा गर्व गरेर संस्थालाई अगाडि बढाउने अवसर आएको छ । सम्पूर्ण अधिवक्ताको एकता, साथ सहयोग र सहकार्य गरी अघि बढ्नुपर्छ ।’ ‘मलाई निर्विरोध निर्वाचित बनाउन उहाँ (अधिवक्ता केशव केसी) को भुमिका रह्यो’– नवनिर्वाचित अध्यक्ष महराले भन्नुभयो– ‘हाम्रो बार बनाउने छौं, हाम्रो बार उदाहरणीय बन्नेछ ।’ उहाँले मन्तव्यका क्रममा उम्मेदारी फिर्ता लिनुभएका अधिवक्ता केसीप्रति कृतज्ञता प्रकट गर्नुभएको थियो । मनोनोयनकै दिन उपाध्यक्ष अधिवक्ता नुमानन्द आचार्य, सचिव अधिवक्ता हरि बेलबासे, सहसचिव अधिवक्ता सुशीला गिरी र कोषाध्यक्षमा अधिवक्ता तिलकबहादुर केसी निर्विरोध निर्वाचित हुनुभएको थियो । यसैगरी सदस्यहरुमा अधिवक्ता कुमारराज श्रेष्ठ, अधिवक्ता विष्णुप्रसाद धिताल, अधिवक्ता प्रदीपकुमार गौतम, अधिवक्ता भुपबहादुर केसी, अधिवक्ता अर्जुनकुमार अधिकारी, अधिवक्ता ठाकुरप्रसाद गिरी र अधिवक्ता हरिचन्द्रा कुमारी वली निर्विरोध निर्वाचित हुनुभएको थियो । गिरी नेतृत्वको निर्वाचन समितिका सदस्यहरुमा यादव प्रसाद खनाल र दीपक केसी हुनुहुन्थ्यो ।
निर्देशक नवल खड्काद्वारा ‘काँडेतार’ लाई एकल प्रदर्शनको माग
काठमाडौं, ८ फागुन । अभिनेता तथा निर्देशक नवल खड्काले आफ्नो फिल्म ‘काँडेतार’को एकल प्रदर्शनको माग गर्दै चलचित्र विकास बोर्डमा पत्र बुझाएका छन्। चलचित्र विकास बोर्डको नियम अनुसार नै फिल्म प्रदर्शन गर्न लागेको हुँदा अन्य फिल्म प्रदर्शन नगराइदिन उनको माग छ। उनको पत्रमा गत वैशाख ११ गते ‘काँडेतार’ले प्रदर्शन स्वीकृति लिएको र सोही समयमा फागुन २५ गतेलाई रिलिज मिति तोकिएको उल्लेख छ। चलचित्र विकास बोर्डबाट फिल्म ‘काँडेतार’को कथा पहिलो पटक कथा लेखन प्रतिस्पर्धामा चुनिएर पुरस्कृत भएको विषय समेत खड्काले बोर्डलाई लेखेको पत्रमा स्मरण गराएका छन्। बोर्डलाई चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ स्मरण गराउँदै उनले कानुन पालना गराउन सम्बन्धित निकायलाई निर्देशन दिन समेत माग गरेका छन्। उनको पत्रमा भनिनएको छ, ‘चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली, २०५७ बमोजिम चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रमा सोही नियमावलीको नियम ३ को खण्ड ग बमोजिम अनुसुचि ७ बमोजिम इजाजत दिने र उक्त इजाजतपत्रको प्रकरण नं. (च४) प्रदर्शकले स्वदेशी वा विदेशी चलचित्र प्रदर्शन गर्दा चलचित्र जाँच समितिबाट जाँचपास भएको मितिलाई आधार मानि सबैभन्दा पहिले जाँचपास भएको तत् तत् चलचित्रलाई प्रदर्शनको मौका दिनुपर्ने तर कुनै चलचित्रको प्रकृति विशेष किसिमको भई त्यस्तो चलचित्र तत्काल प्रदर्शन गर्न उचित छ भन्ने लागेमा बोर्डले त्यस्तो चलचित्र अगाडिनै प्रदर्शन गर्न स्वीकृत दिन सक्नेछ र सोही इजाजतको प्रकरण नं. (च५) प्रदर्शकले एक दिनमा स्वदेशी र विदेशी चलचित्र प्रदर्शन गर्न नपाउने स्पष्ट ब्यवस्था गरि इजाजत दिएको हुन्छ।’ यहि फागुन २५ गते अभिनेत्री तथा निर्मात्री रेखा थापाको फिल्म ‘उपहार’ र दयाहाङ राई अभिनित ‘रंगेली’ पनि प्रदर्शनमा आउँदैछन्। यो फिल्मको प्रदर्शन रोक्नका लागि नवलले बोर्डलाई पत्र लेखेका हुन्। खड्काले नियम अनुसार अघि बढेको हुनाले आफ्नो फिल्म एकल प्रदर्शनमा आउनुपर्ने जिकिर गरे । ‘देशभक्तिपूर्ण फिल्म काँडेतार आउने भएकाले फागनु २५ गते एक जुगमा एक दिन एक चोटी आउँछ भनेजस्तै हो,’ उनले भने, ‘देशप्रेमीहरू फिल्म हेर्न सलबलाइरहेका छन्। देशविरोधी तत्वहरू चाहिँ सलबलाएर यो फिल्म निस्तेज पार्न, कमजोर पार्न लागि परेका छन्।’

