रोनाल्डो र सलाहलाई पछि पार्दै युइएफए वर्ष खेलाडी बने लुका मोड्रिच

काठमाडौं, भदौ १५ । रियल मड्रिडको क्रोएसियाली स्टार फुटबलर लुका मोड्रिच यस वर्षको युइएफए वर्ष खेलाडी बन्न सफल भएका छन् । उनले रियलका पूर्व स्टार खेलाडी क्रिष्ट्रियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहलाई पछि पार्दै बिहीबार उक्त उपाधि हात पारेका हुन ।

मोड्रिचले भने, ‘यो ठूलो पुरस्कार जित्न सफल भएकोमा म धेरै खुशी छु । मैले यसका लागि कडा मेहनत गरेको थियो । र आज यो उच्च स्थान पाउन सफल भएको छु ।’

रियललाई तेस्रो पटक लीग च्याम्पियन बनाउन रर क्रोएसियालाई विश्वकपको फाइनलसम्म पुर्याउन लुकाको भूमिका महत्वपूर्ण रहेको थियो ।

सेक्सअघि महिलाहरुको रुचीको विषयमा नयाँ तथ्य सार्वजनिक

सेक्स सम्बन्ध पुरुष र महिलाबीचको प्राकृतिक आकर्षणको मुख्य कारण हो । तर सेक्स सम्बन्ध राख्दा महिला र पुरुषको मनमा कस्तो भाव आउँछ भन्ने विषयमा सबैलाई कौतुहलता हुन्छ । यस विषयमा धेरै अध्यन भएका छन् भने लेख रचना समेत लेखिएका छन् । पछिल्लो पटक गरिएको एक शोधले महिलाले ओच्छ्यानमा के चाहन्छन् भन्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ । यौन विज्ञको सहभागितामा ७०० महिलामा गरिएको अध्यनबाट महिलाहरुले यौन सम्बन्धको बेला के सोंच्छन् भन्ने तथ्य बाहिर आएको हो । यौन क्रिडामा पुरा ध्यान ओच्छ्यानमा हुँदा महिलाहरु आफ्नो पार्टनरले पुरै ध्यान यौन सम्बन्धमै देओस भन्ने चाहन्छन् । सर्वेमा सहभागी करिव ४२ प्रतिशत महिलाले आफूलाई ध्यान दिएको महसुस भए पुरुषको प्यार बढी अनुभव हुने बताएका थिए । आँखाको हाउभाउ, मुखको क्रियाकलाप, चुम्बन, ओंठमा चुम्बन वा संवेदनशील अंगमा स्पर्ष यौन सम्पर्कको समयमा महिलालाई मन पर्ने अध्यनको निष्कर्ष छ । पाक क्रिडा महत्वपूर्ण महिलाहरु यौन सम्पर्क शुरु हुनु अघि गरिने क्रियाकलापमा बढि चाख राख्छन् । पाक क्रिडाको माध्यमबाट आफूलाई पुरै उत्तेजित तुल्याएपछि मात्र यौन सम्पर्क शुरु होस् भन्ने महिलाको चाहाना हुन्छ । सर्वेमा सहभागी अधिकाँश महिलाले पुरुषहरु सेक्सको विषयमा अलि रचनात्मक हुनु पर्ने र महिलालाई तयार गर्ने कुरामा विचार गर्नु पर्ने बताएका थिए । आनन्द र सन्तुष्टीबीच फरक किंसले इन्स्टिच्यूटले गरेको शोधमा महिलाले पनि पुरुष जस्तै कण्डोम नलगाइ यौन सम्पर्क गर्दा बढी सन्तुष्टी हुने बताए । यद्यपी कण्डोम लगाउँदा बढी सुरक्षित महसुस हुने उनीहरुको भनाइ थियो । विस्तारै गरेको राम्रो यौन क्रिडाका लागि हतारिने पुरुष महिलालाई मन पर्दैन । उनीहरु आफ्ना संवेदनशील कोमल अंगमा पुरुषले दुख्ने गरी केही पनि नगरुन् भन्ने चाहन्छन् । संवेदनशील अंगसँग संवेदनशीलरुपमै प्रस्तुत भएको उनीहरुलाई मन पर्छ । वातावरणको भूमिका शोधमा सहभागी अधिकाँश महिलाले उपयुक्त मौषम वा वातावरण नबने यौन आनन्द लिन नसकिने बताए । चिसो मौषममा चिसा खुट्टा लिएर पुरुष यौन क्रिडा गर्न तयार भएपनि महिलालाई त्यसले गाह्रो हुने उनीहरुको भनाइ थियो । त्यसैगरी गर्मीमा सेक्सको चाहाना र आनन्द बढी हुने महिलाको अनुभव छ । आसनको भूमिका यौन क्रिडामा आसनको भूमिका पनि महत्वपूर्ण हुने महिलाको भनाइ छ । शोधमा सहभागी महिलाका अनुसार सुताएर उनीहरुको तल २(३ सिरानी राखेर यौन क्रिडा गर्दा महिलाले बढी सन्तुष्टी अनुभव गर्ने गर्छन् । तर सुतेका पुरुषमाथि चढेर यौन सम्पर्क गर्दा पनि मजा आउने उनीहरुको भनाइ छ । त्यसै गरी अधिकाँश महिलाले डगी स्टाइल अर्थात महिला चार हात खुट्टा टेकेर बस्ने र पुरुषले पछाडीबाट यौन क्रिडा गर्ने पोजिसन सबै भन्दा आनन्ददायी रहेको बताए । विभिन्न तरिका अष्ट्रेलियन सेक्स रिसर्चर जूलियट रिचटर्स भन्छन् सर्वेमा सहभागी पाँच जनामा एक महिला मात्र सामान्य तरिकाको सेक्सबाट चरम अवस्थामा पुगेका थिए । अधिकाँश युवतीहरुले पुरुषहरुले हात र मुखको प्रयोग बढी गरेको राम्रो बताए । ९० प्रतिशत युवतीले पुरुषले मुखको प्रयोग गरेपछि मात्र चरम आनन्दमा पुग्ने बताएका थिए । हतार नगर्नुस् अधिकाँश पुरुषहरु महिलाको भन्दा पनि आफ्नो सन्तुष्टीलाई बढी ध्यान दिन्छन् । कतिपय अवस्थामा त महिला तयार नै नहुँदै पुरुष स्खलित हुन्छन् । सर्वेका क्रममा अधिकाँश माहिलाहरुले आफूहरु १० मिनेट भित्र चरम अवस्थामा पुग्ने तर पुरुष त्यतिन्जेल पनि हतारिने बताए । संवेदनशील अंगको पहिचान महिला शरीर आफैमा संवेदनशील चिज हो । तर पुरुषहरु आफ्नै जस्तो गरेर महिलासँग ब्यवहार गर्छन् । सेक्सको शोधका क्रममा महिलाहरु योनीको माथिल्लो भित्री भागमा हुने न्(स्पटमा स्पर्ष भए निक्कै छिटो आनन्दित हुने पत्ता लागेको छ । न्(स्पटमा चलाउँदा महिला तयार हुने र छिटो चरम सीमामा पुग्ने शोधकर्ताको भनाइ छ । यसका लागि औंलाको प्रयोग महत्वपूर्ण हुन्छ । थाकेको बेला वा निद्रामा महिला उत्तेजित हुँदैनन् पुरुषहरु अधिकाँश समय यौनका लागि तयार रहेपनि महिलाको अलि फरक हुन्छ । उनीहरु थाकेको बेला वा निद्राको बेला उत्तेजित हुने सम्भावना निक्कै कम हुन्छ । त्यस्तै उनीहरु थाकेको बेला यौन आनन्दमा पुर्याउँछु भन्नु पनि मुर्खता हुन्छ । एजेन्सीको सहयोगबाट

अन्तत उत्तर कोरिया र दक्षिण कोरियाबीचको बार्ता रद्द

काठमाडौं, जेठ २ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो । उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ । अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो । उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

छाउगोठः जनावरभन्दा देवताकै डर

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।” गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । “छुई हुँदा घरभित्रै बस्यो भने त देवता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्”, गीताले छाउगोठ जानाको कारण बताइन्, “देवता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।” ‘देवता लाग्ने’ डरकै कारण यहाँका महिला छाउपडी बार्न बाध्य छन् । जुनीचाँदेकै पार्वती खड्का आदर्श माविमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानून बनाएको छ भन्नेबारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने थाहा छ । उनलाई पनि देवताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ । पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । “महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् “देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?” कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देवता रिसाएर पु¥याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समय र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देवता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताइन् । गाउँका सबै महिला र युवती महिनावारी र सुत्केरी हँुदा छाउगोठमै बस्ने गरेकाले आफू पनि त्यहीँ बस्ने गरेको गीताको भनाइ छ । गीता र पार्वती मात्र होइन, छाउगोठ जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाका रुपमा रहेको जुनीचाँदे– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ । महिनावारी हँुदा सात र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाले विभिन्न किसिमका समस्या झेल्नुपरेको स्थानीयवासी प्रेमबहादुर खड्काले बताए । पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको उनले बताए । विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जति पटक पढाए पनि विद्यार्थी नै सो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । “म आदर्श माविमा आएको करीब १८ वर्ष पूरा भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिए तापनि यो प्रथाको अन्त्य हुनै सकेको छैन”, शिक्षक चौधरीले भने । विगतदेखि हजुरआमा, आमाले गरेको चलन आफूहरुले नगर्दा घरबाटै छाउगोठमा बस्न दवाव आउने गरेको स्थानीयवासी महिला बताउँछन् । सुत्केरी अवस्थामा छाउगोठको बसाइले शिशु स्याहार गर्न कठिन हुने गरेको र त्यसभन्दा पहिले धेरै बालबालिकालगायत आमाको समेत ज्यान जाने गरेको स्थानीयवासी कविता खड्काले बताइन् । यसरी यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन् । छाउपडीमा बस्दा बिरामी परेर प्रत्येक महिना बाह्रभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए । छाउपडी प्रथाका कारण यहाँका किशोरीको पढाइमा बाधा परेको छ । छाउपडी प्रथाकै कारण लुहादहमा रहेको विद्यालयमा अध्ययनरत किशोरी विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छाड्ने गरेको शिक्षक बताउँछन् । के गर्दैछ स्थानीय सरकार अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिएपछि यसलाई हटाउनका लागि गाउँपालिका योजना बनाएर काम गर्ने तयारीमा छ । गाउँपालिका छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा र आमा समूहसँग छलफल गर्दै अगाडि बढेको छ । सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले सो प्रथा अन्त्यका लागि पहल भइरहेको बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ । उनले भने, “अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ।” सबै जनप्रतिनिधि आआफ्ना ठाउँमा सक्रिय भई छिट्टै अभियान चलाएर सो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । जिल्लाका सम्बन्धित निकायले सो प्रथा अन्त्य गर्नका लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । रासस

रुकुमको काँक्रेबाट बुर्तिवाङ–बागलुङ हुँदै सिधा काठमाडौ डिलक्स बस सेवा सञ्चालन

बुर्तिवाङ । बुर्तिबाङ ढोरपाटन यातायात व्यवसायी संघ र सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समितिको संयुक्त व्यवस्थापनमा वैशाख यही ५ गतेबाट पुर्वी रुकुमको काक्रीदेखि बुर्तिबाङ, बागलुङ हुँदै काठमाडौं सीधा डिलक्स बस सेवा सञ्चालन भएको छ । बुर्तिबाङ हुँदै बस संचालन भएपछि पुर्वी रुकुमका जनतालाई दाङ हुँदै यात्रा गर्ने नपर्ने भएको छ । दाङबाट जाँदा धेरै समय लाग्ने स्थानीयको भनाइ रहेको छ । बस सेवाको संचालन कार्यक्रममा पुर्वी रुकुम जिल्लाका भुमे गाउँपालिका वार्ड नं २ का वडा अध्यक्ष नरबहादुर बुढाले रिबन काटेर उद्घाटन गरेका हुन् । समितिले रुकुमदेखि काठमाडौंसम्मको भाडादर प्रतियात्रु १ हजार ९ सय तोकेको छ । बस रुकुमको काँक्रीबाट बिहान ११ वजे र काठमाण्डौबाट दिनको ४ः३० बजे छुटने बताइएको छ ।

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ । बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बजारमा चाँदीको मूल्य बीस रुपैयाँले बढेको छ । बुधबार बजारमा चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

डिपिएल : महेन्द्रनगरद्वारा काठमाडौँलाई १४३ रनको लक्ष्य

धनगढी । यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग९डिपिएल० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा महेन्द्रनगर युनाइटेडले काठमाडौँ गोल्डेन्सलाई १४३ रनको विजय लक्ष्य दिएको छ । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज प्रतियोगिताको दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । पाँच ओभरमा मात्र १० रनको स्कोरमा महेन्द्रनगरले ६ विकेट गुमाउन पुग्यो । काठमाडौँका सन्नी पटेल एक्लैले ६ विकेट लिए । आरिफ शेख र पुनित मेहराले महेन्द्रनगरलाई सम्मानजनक स्कोरसम्म पु¥याए । मेहराले ५८ तथा शेखले ४३ रन बनाए । मेहराले ४२ बलमा चार छक्का र चार चौका प्रहार गरे भने शेखले ३९ बल खेल्दै एक छक्का र चार चौका हाने । करण केसीले १२ बलमा दुई छक्कासहित २१ रन बनाए । बलिङतर्फ कठमाडौका सन्नी पटेलले चार ओभरमा एक मेडन राख्दै १० रन खर्चेर ६ विकेट लिए । सुवोथ भाटी र पुष्प थापाले एक÷एक विकेट लिए । अहिले काठमाडौँ गोल्डेन्स १४३ रन पछ्याउँदै ब्याटिङ गरिरहेको छ । रासस

सुपरस्टार सलमानको पहिलो हिरोइन रेनु आर्या २७ वर्षदेखि गुमनाम

मुम्बई । बलिउड अभिनेता सलमान खान यतिबेला चलचित्रका कारण नभई दुलर्भ जनावर कृष्णसार (कालो हरिण) प्रकरणमा चर्चामा छन् । दुई दिन जेल बसाईपछि शनिबार मात्रै उनी जमानतमा रिहा भएका छन् । २० वर्ष पहिलो फिल्म शुटिङको क्रममा जोधपुरमा कालो हरिण मारेको मुद्दामा सलमान खानलाई बिहीबार जोधपुर अदालतले उनलाई पाँच वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर, उनका वकिलको अपीलमा भएको बहसमा न्यायाधिश रविन्द्रकुमार जोशीको आदेशमा उनी शनिबार ५० हजार भारतीय रुपैया धरौटीमा रिहा भएका छन् । तर उनी अदालतको अनुमति विना देश बाहिर भने जान पाउने छैनन् । १९८८ मा चलचित्र ‘बीबी हो तो ऐसी’ बाट डेब्यू गरेका सलमान तीन दशकदेखि बलिउडमा क्रियाशील छन् । तर धेरै दर्शकलाई थाहा छैन कि बलिउड क्षेत्रमा उनको पहिलो हिरोइन रेनु आर्याका बारेमा । सलमानको डेब्यू चलचित्र ‘बीबी हो तो ऐसी’ को रिलिज भएको ३० वर्ष भएका छन् । जसमा उनको पहिलो हिरोइनको भूमिका रेनुले गरेकी थिइन् । तर, आज रेनु कहाँ छन् र के गर्दैछन् यसबारे कसैलाई थाहा छैन । चार वर्षमा केही चर्चित फिल्ममा काम गरेकी अभिनेत्री रेनु भने अहिले गुमनाम छन् । ‘बीबी हो तो ऐसी’ नै अभिनेत्री रेनुको पनि डेब्यू फिल्म थियो । बलिउडमा उनले पनि १९८८ बाटै करियर शुरु गरेकी थिइन । पछि उनले ‘चाँदनी’, ‘बञ्जारन’, र ‘जंगबाज’ जस्ता चर्चित फिल्ममा काम गरिन । तर त्यसपछि भने रेणु गुमनाम छन् । उनकी अन्तिम फिल्म १९९१ मा निर्माण भएको बंजारन थियो । केही वर्षपहिले सलमानले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले केही समय पहिला रेनुसँग एक फ्लाइटमा भेटेको थिएँ । तर त्यसपछि भने उनका बारेमा केही जानकारी छैन ।’ सलमान खानले भने– ‘रेनु त्यो समयमा यति धेरै परिवर्तन भएकी थिइन् उनलाई चिन्न मलाई निकै मुश्किल भएको थियो । सायद चलचित्र क्षेत्रमा कसैले पनि उनलाई खोज्ने प्रयास गरेनन् ।’ चलचित्रमा रेनु छोटो भूमिकामा खेल्ने गरेकी थिइन् । भन्ने हो भने त, उनी सलमान खान, रेखा र फारुख शेख जस्ता कलाकारबाहेक श्रीदेवी, ऋषि कपुर र विनोद खन्नासँग समेत काम गरिसकेका छन् । तर उनले सफलता भने पाउन सकेनन् । जुन सफलता उनलाई चाहिएको थियो । त्यसपछिका दिनदेखि उनी चलचित्रमै देखा परिनन् । अहिले उनी कहाँ छिन्, के गर्दैछिन् त्यो कसैलार्इ कुनै खबरसम्म पाउन सकेनन् । हेर्नुहोस् अभिनेत्री रेनु अार्या र सलमान खान एकसाथ काम गरेका चलचित्रका केही झलहरु-

हुँदैछ उथल पुथल, बदलिन सक्छ विश्वको नक्सा, अफ्रिकाका कयौं देशको अस्तीत्व संकटमा

पृथ्वीमा भौगर्भिक परिवर्तनहरू आम हुन्। पृथ्वीको सतह मुनि रहेका प्लेथारूको गतिशीलताको असर लामो कालखण्डपछि सतहमा समेत देखा पर्दछ। भनिन्छ हाल नेपाल रहेको स्थानमा करोडौं वर्ष पानीले एउटा साग थियो रे। पछि भारतीय प्लेटको उत्तर सराई र तिब्बतीय प्लेटको स्थिर बसाइका कारण अहिलेको हिमाल, नेपाल र उत्तर भारतको कतिपय भाग बनेको भनेर वैज्ञानिकहरू मान्दछन्। भूगर्भशास्त्रीहरूका अनुसार एउटै भूखण्डका रूपमा रहेका दक्षिण अमेरिका र अफ्रिका प्लेटहरूकै गतिशीलताका कारण अलग अलग महादेश हुन पुगेका थिए एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। त्यस्तै भूगर्भशास्त्रीहरू भन्छन् लगभग १३ करोड ८० लाख वर्ष पहिले एउटै भूखण्डका रूपमा रहेका अफ्रिका र दक्षिण अमेरिका अलग भएका थिए। त्यसबेला धर्तीमा  धाँजा फाटेर परेका चिराहरू कालान्तरमा फैलिँदै गई नया समुद्र या महासागर बने र दुई महादेश अलग भएको मानिन्छ। फेरि लामो कालखण्डपछि त्यस्तै भौगर्भिक परिघट्नाको संकेत देखिएको छ। भूगर्भशास्त्रीहरूले आउँदो एक करोड वर्षसम्म अफ्रिका महादेश दुई टुक्रामा विभाजित भइसक्ने र त्यसको बिचमा एउटा महासागर नै बन्ने भविष्यवाणी गरेका छन्। ज्वालामुखीय चट्टानमाथि रहेको रिफ्ट भ्याली निरन्तर फैलिरहेको छ। नयाँ महासागर बन्ने यस प्रक्रियाको सुरुवात समेत भइसकेको छ। दक्षिण पश्चिम केन्यामा सयौं किलोमिटर लामो र चौडा धाँजा परेको छ। यसको आकार निरन्तर बढ्दै गएको बुझिएको छ। यस चिराले केन्याकोको न्यारोबी- न्यारोक राजमार्ग पूर्णरूपमा तहसनहस भइसकेको छ। र यहाँ निरन्तर भूकम्पका झड्का महसुस गरिँदै छन्। यसो हुनुको कारणबारे फल्ट डाइनामिक्स रिसर्च ग्रुप लण्डन रोयल होलोवेका अनुसन्धाता लुसिया पेरेज डियाजले केही प्रकाश परेका छन्। डियाजका अनुसार पृथ्वीको लिथोस्फेयर अर्थात् क्रस्ट र मेन्टलको माथिको भाग अनेकौं टेक्टोनिक प्लेटहरूले बनेको हुन्छ जुन निरन्तर चलायमान हुन्छन्। यिनीहरू फरक फरक गतिले एक-अर्कातिर बढिरहेका हुन्छन्। लिथोस्फेयरको मुन्तिर एस्थेनोस्फेयर भन्ने बढी चलायमान अर्को पत्र हुन्छ। वास्तवमा एस्थेनोस्फेयरकै गतिशीलताका कारण टेक्टोनिक प्लेटहरू गतिमान रहने हुन्। एस्थेनोस्फेयरको गतिशीलताले प्लेटहरूलाई गतिमान गर्ने मात्र हैन तिनमा चिरा पारिदिने या फुटाउने पनि गर्दछ। यसो हुँदा नयाँ प्लेटहरू बन्दछन् र त्यसको प्रभाव स्वरूप भूकम्प आउने र धर्तिको सतहमा चिरा पर्ने हुन्छ। एक अर्कालाई निरन्तर घचेटिरहेका सोमालियन र नुबियन प्लेटले रिफ्ट भ्याली महासागरमा परिणत हुन सक्छ। पूर्वी अफ्रिकामा रहेको रिफ्ट भ्याली उत्तरमा यमन र सोमालियाबिच रहेको अडानको खाडीदेखि दक्षिणमा जिम्बाब्वेसम्म ३ हजार किलोमिटर क्षेत्रमा फैलिएको छ। यसले अफ्रिकी टेक्टोनिक प्लेटलाई दुई भागमा बाँड्दछ। यसको पूर्वी भागमा अर्थात् इथियोपिया, केन्या, तान्जानियामा तीव्र भौगर्भिक हलचल भइरहन्छ। फलस्वरूप दक्षिण पश्चिम केन्यामा जमिनमा सयौं किलोमिटर लामो चिरा परेको छ, जुन निरन्तर फैलिँदैछ। यो चिरा अफ्रिकाको रिफ्त भ्याली हो जुन  ज्वालामुखीय चट्टानहरूले बनेको छ। जसले गर्दा यहाँको लिथोस्फेयर साह्रै पातलो रहेको छ। र यो अझै  टुक्रिने सम्भावना प्रबल छ। यस्तो भएको खण्डमा खाली स्थानमा म्याग्मा जमेर नयाँ महासागर बन्ने प्रक्रिया सुरु हुने वैज्ञानिकहरू बताउँछन्। वैज्ञानिकहरूका अनुसार यस्तो धाँजा परेर गहिरिएको जमीन समुद्र सतहभन्दा होचो हुने भएकाले वैश्विक तापमान वृद्धिजस्ता कारणले समुद्री सतह बढेर यस स्थानलाई पुरिदिनेछ र यहाँ नयाँ महासागरको निर्माण हुनेछ। यसले अफ्रिकाको क्षेत्रफल समेत संकुचित हुने अनुमान गरिएको छ। साथै यसले हाल भूपरिवेष्टित रहेको इथियोपियालाई एउटा समुद्री दीपमा परिणत गरिदिने छ। वैज्ञानिकहरूका अनुसार पूर्वी अफ्रिकी प्लेट निरन्तर टुक्रिने क्रममा छ। यसको पूर्वी भागमा ५ हजार किलोमिटर लामो विशालकाय टेक्टोनिक प्लेट रहेको छ। अफ्रिकाको पूर्वमा सोमालियन प्लेट छ जुन इन्डियन प्लेटसँग जोडिएको छ भने यसको पश्चिममा नुबियन प्लेट रहको छ। यी दुवै प्लेथारूले एक अर्कालाई घचेट्दै छन्। जसले गर्दा प्रति वर्ष केही मिलिमिटरका दरले यहाँ धाँजा फाट्दै छ। यसले गर्दा केही करोड वर्ष भित्रमा नै यहाँ एउटा नयाँ महासागर बनेर सम्पूर्ण विश्वको मानचित्र नै बदलिदिने छ।

न्यायको खोजीमा सेनाद्वारा सामूहिक बलात्कारमा परेकी पीड़ित

गरिब परिवारमा जन्मिकी उनलाई तत्कालीन विद्रोही समूहले सजिलै माओवादी आन्दोलनमा भिँडाए । सानैदेखि नाचगानमा रुचि राख्ने एक किशोरीलाई माओवादी आन्दोलनताका सांस्कृतिक कार्यक्रममा नाच्ने जिम्मेवारी दिए । हतियार बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम पनि गर्थिन् । कांतिपुर दैनिकमा फ़ातिमा बनु को फ़ीचर लेखमा अगाडि उल्लेख छ- एक रात सेनाले उनलाई सुतकै अवस्थामा लछारपछार पारेर खेतको आलीमा लगे । माओवादीमा किन लागिस् भन्दै कुटे । उनी भन्छिन्, ‘कुकुर लगाएर मलाई सेनाहरूले सामूहिक बलात्कार गरे, बन्धक बनाएर सेनाकै ब्यारेकमा थुने ।’ सेनाको बन्धकबाट २८ दिनपछि फुत्किएकी उनी अहिले पनि ब्यारेक देख्नेबित्तिकै तर्सन्छिन् । सामान्य जीवनयानपन गर्न उनलाई अप्ठेरो छ, आफैं पकाएरसमेत खान सक्दिनन् । उनी भन्छिन्, ‘मलाई बलात्कार गर्नेमाथि राज्यले कहिले कारबाही गर्छ ? सेनाले दिएका शारीरिक र मानसिक घाउको उपचार खर्च मैले कहिले पाउने ?’ सशस्त्र द्वन्द्वका बेला भएका यौन हिंसाका घटनाले अहिले पनि धेरै महिलालाई शारीरिक र मानसिक रूपमा पिरोलिरहेको छ । सामाजिक लाञ्छना लाग्ने डरका कारण त्यस्ता घटनाबारे उनीहरू खुुल्न पनि सकेका छैनन् । द्वन्द्वकालमा बलात्कार भएकै कारण एक महिला घरबाट निकालिएकी छन् । बजारबाट घर आउँदा बाटामा उनलाई तत्कालीन विद्रोही समूहले बन्धक बनाएर लगे । एउटै कोठामा थुनेर दैनिक बलात्कार गर्ने गरेको उनले सुनाइन् ।‘ रगताम्य हुने गरी मेरो शरीर लुछ्थे, म कहिले होसमा कहिले बेहोसमा,’ उनले भनिन् । द्वन्द्वकालपश्चात उनको बिहे भयो । छोटो समयमै श्रीमान्ले विगतबारे थाहा पाए । बलात्कार भएकै कारण दुई महिनाकी सुत्केरी छँदा उनलाई घरनिकाला गरियो । परिवारको हेलाकै कारण उनले आत्महत्या प्रयाससमेत गरेको बताइन् । ‘बलात्कार हुनुमा मेरो के दोष ? म आत्मसम्मानसहित बाँच्न चाहन्छु,’ उनी भन्छिन्, ‘बलात्कार भएकै कारण मलाई कसैले स्विकार्दैन, राज्यले दोषी खोजेर कारबाही गरेको दिन मलाई शान्ति मिल्छ ।’ द्वन्द्वका बेला महिला र बालिकामाथि भएका यौनहिंसा, बलात्कार र यातनाका घटनालाई सरकारले सम्बोधन गर्न सकेको छैन । कति पीडितसँग त बलात्कार र यौनहिंसाको प्रमाण पनि छैन, पीडितको बोली मात्रलाई राज्यले प्रमाण मानेको छैन । बलात्कारबाट जन्मिएका बालबालिका नागरिकताविहीन छन् । नागरिकता नभएकै कारण उनीहरू शिक्षा र रोजागारबाट वञ्चित भएका छन, समाजबाट घृणा र अपहेलना सहन बाध्य छन् । त्यति बेलाका यौनहिंसाका घटनाहरू तथ्यांकमा पनि आउन सकेका छैनन् । न त पीडितले उजुरी र छानबिनपश्चात् गोपनीयताको सुनिश्चितता हुने व्यवस्था बन्न सकेको छ । गोपनीयतामा ढुक्क हुन नसक्दा पीडित उजुरी गर्न डराउँछन् । औपचारिक द्वन्द्व सकिए पनि पीडितहरू आफ्नै घरसमाज र थप लाञ्छना र हिंसा खेप्न बाध्य छन्, घटना हुनुमा उनीहरूलाई नै दोषी मान्ने सामाजिक प्रवृत्ति छ । बलात्कारमा परेकालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने, विभेद गर्ने भइरहेको छ । विभेदकै कारण उनीहरू थाकथलोबाट विस्तापित हुन बाध्य छन् । कतिपय पीडितहरू कुटाइ र मानसिक यातनाको कुरा गरिरहँदा यौनहिंसाबारे बोल्न चाहँदैनन्, यसबारे बोल्दा समाजले दुव्र्यवहार गर्ने डर जो छ । लामो सयसम्म न्यायको अनुभूति गर्न नपाउँदा उनीहरूमा बारम्बार आत्महत्याको प्रयास गर्ने, घटना सम्झेर बेहोस हुने, हिनताबोध गर्नेजस्ता पीडा खेपिरहेका छन् । बोल्नुको साटो आर्थिक अभाव, स्वास्थ्य र मानसिक समस्या भोगेर बसिरहेका छन् । उनीहरूलाई तत्काल उपचार, परामर्श र रोजगारीको आवश्यकता छ । बेपत्ता तथा छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक भन्छन्, ‘द्वन्द्व सकिए पनि उनीहरूको पीडा अझै बाँकी छ, यसले देशमा दिगो शान्ति स्थापित हुन दिँदैन ।’ द्वन्द्वका यौनहिंसा सम्बोधन गर्ने खालको कानुन नबन्दा पिडकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनले बताए । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ भन्छन्, ‘यौनहिंसा पीडितको पहिचान खुल्दैन, पहिचानबिना अनुसन्धान गर्न अप्ठेरो छ ।’ आयोगमा द्वन्द्वसम्बन्धी ६५ हजार उजुरी परेका छन् । त्यसमध्ये यौनजन्य अपराधका ५ सय उजुरी छन् । देशका सातै प्रदेशमा विज्ञ खटाएर यससम्बन्धी अनुसन्धान गरिने गुरुङले बताए । राष्ट्रिय मानवअधिकार आयोगबाट वार्षिक चार सयको हाराहारीमा द्वन्द्वसम्बन्धी घटनाका उजुरी मेलमिलाप आयोगमा कारबाहीका लागि सिफारिस हुन्छन् । आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, ‘कुनै घटनाको छानबिन भएको छैन ।’ समाजमा यौनहिंसालाई महिलाको पवित्रता र शुद्धतासँग जोड्ने सांस्कृतिक सोच रहेसम्म पीडितहरू खुलेर आउन नसक्ने अन्सारी बताउँछिन् । द्वन्द्वपीडितबारे यकिन तथ्यांक संकलन हुन सकेको छैन । शान्ति मन्त्रालयको तथ्यांकअनुसार भने २ हजार ३ सय द्वन्द्वपीडित छन् ।

अचम्म ! यहाँ छ अंग्रेजी देवीको मन्दिर, मन्दिर गए फरर्र अंग्रेजी सिक्ने विश्वास

नयाँदिल्ली । अंग्रेजी सिक्न के–के गर्नुपर्छ ? अंग्रेजी कक्षा लिनुपर्छ, अभ्यास गर्नुपर्छ, अंग्रेजी भिडियो र पत्रपत्रिका पढ्नुपर्छ । जानकारहरूले अनेक उपाय सुझाउन सक्छन् । तपाईलाई पत्यार नलाग्न सक्छ– भारतको एउटा गाउँमा अंग्रेजी सिक्न अंग्रेजी देवीको पूजापाठ गर्नुपर्ने मान्यता रहेको छ । अंग्रेजी देवीको मन्दिरमा पूजापाठ गरेमा फरर्र अंग्रेजी बोल्न सकिने विश्वास स्थानीय वासिन्दामा रहेको छ । उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको वनका गाउँमा दलित समुदायले अंग्रेजी शिक्षाको महत्व बुझाउन सन् २०१० अक्टुबरमा अंग्रेजी देवीको मन्दिर स्थापना गरेको भारतीय अनलाइन बोल्डस्काईमा प्रकाशित समाचारमा उल्लेख छ । अंग्रेजी देवीको अनुहार विदेशी म्याडम जस्तो छ, जसको एउटा हातमा कलम र अर्काे हातमा किताब समातिएको छ । देवीको शिरमा टोपी लगाइएको छ । देवीको मूर्तिमा बनाइएको धर्मचक्र बौद्ध धर्मको प्रतिक हो । अंग्रेजी देवीको मूर्ति स्थानीय विद्यालयमा एक दलित नेताले स्थापना गरेका थिए । ग्रामीण क्षेत्र र शहरमा पुरुषसँग पढ्ने अनेक उपाय भएपनि महिलासँग अवसर नहुने गरेको स्थानीय वासिन्दाको भनाई छ । यस्तो बेला अंग्रेजी देवीको मूर्तिले महिलालाई आधुनिक र शिक्षित बन्ने प्रेरणा दिने समाचारमा जनाइएको छ । देवीको मूर्ति २० किलो तौल र पितलको रहेको छ । देवीको मन्दिरमा स्थानीय वासिन्दाले आफ्ना बालबच्चाको भर्ना राम्रो अंग्रेजी स्कूलमा होस् भनेर प्रार्थना गर्ने गरेका छन् । अंग्रेजी देवीको मन्दिर स्थापनाको मुख्य उद्देश्य दलित समाजमा भाषाको ज्ञान हुनुपर्ने सन्देश दिनु रहेको छ । दलित नेता बाबा साहब भीमराव अम्बेडकरले अंग्रेजी शिक्षा र प्रचारप्रसारमा जोड दिएका कारण उन्नति भएको मान्यता छ । देवीको मन्दिरमा स्थानीय वासिन्दाले आफ्ना बालबच्चाको भर्ना राम्रो अंग्रेजी स्कूलमा होस् भनेर प्रार्थना गर्ने गरेका छन् ।

स्वस्तिमा आमा प्रियंका र फुप वर्षा तर मानिन् वर्षाले (हेर्नुहोस् भिडियो)

पोखरा । नेपाली चलचित्र ‘नाई न भन्नु ल ५’ बन्ने लगभग पक्का भएको छ । नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी सिक्वेल बनेको चलचित्रमा यसलाई लिन सकिन्छ । चलचित्रमा केही पुराना कलाकारहरु दोहोरिएका छन् भने केही यो व्यानरका लागि नयाँ हुने छन् । विकाश आर्चाकृत व्यानरमा बन्न लागेको चलचित्रमा पुराना कलाकार अनुभव रेग्मी, प्रियंका कार्की दोहोरिएका छन् भने नायकमा दिलिप राइमाझीलाई हेर्न पाइने भएको छ । त्यस्तै चलचित्रमा स्वस्तिमा खड्का लगायत वर्षा राउतलाई पनि देख्ने सकिन्छ । चलचित्रमा स्वस्तिमाको आमाको रुपमा प्रियंका र फुपुको रुपमा वर्षा राउतलाई लिइने गसिप यतिबेला बजारमा सुन्नमा आएको छ । यो भिडियो हेर्नुहोस

‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो ३ चैत्रमा

कैलाली, फागुन ३० । नेपाली चलचित्र ‘मेरो पैसा खोइ ?’ को च्यारिटी सो हुने भएको छ । निर्माण पक्षले बुधबार पत्रकार सम्मेलन गर्दै प्रदेश सातको राजधानी धनगढीमा आगामी शनिबार चलचित्रको च्यारिटी सो हुने जनाकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका सह–निर्माता बिमला भट्टले आउ‘दो चैत्र ३ गते शनिबार दिउ‘सो १२ बजे जोशी टाकिजमा च्यारिटी सो हुने बताइन् । चलचित्र हास्यब्यङ्ग्य तथा सामाजिक विकृतीविरुद्ध निर्र्माण भएकाले एक पटक हेर्न आउन उनले दर्शकलाई आग्रह गरिन् । चलचित्रमा धनगढीका नवनायक सागर तिवारीको पनि मुख्य भूमिका रहेको छ । उनी सह–निर्माता भट्टका छोरा पनि हुन् । प्रदेश सात बाहेक मुलुकका विभिन्न क्षेत्रमा यो चलचित्र प्रर्दशन भइसकेको छ । पर्याप्त प्रचारप्रसार नपुगेकाले यो प्रदेशमा चलचित्र प्रर्दशन गर्न ढिलाइ भएको थियो । तर, आगामी शनिबार च्यारिटी सोसंगै केही दिनमै चलचित्र प्रर्दशन पनि गरिने सहनिर्माता भट्टले बताइन् । चलचित्रको च्यारिटी सोबाट उठेको रकममध्ये १५ प्रतिशत असाहय तथा गरिब बालबालिकालाई छुट्याइएको उनले बताइन् । पैंसा कमाउनलाई नभई यहिकै नवनायक चलचित्रको प्रमुख भूमिकामा रहेकाले दर्शकको माया पाउन च्यारिटी सो राखिएको सहनिर्माता भट्टको भनाई छ । उनले भनिन्,–टिकट काटेका सबै हलसम्म पुग्नुहोस् यहिकै नवनायकले चलचित्रमा खेलेका छन् । सागर मेरो छोरा र यहिकै स्थानीय पनि हुन् उनलाई यहॉका दर्शकले चिनुन् र आगामी दिनमा उसले राम्रो अभिनय गर्न यहॉका दर्शकबाट हौसला प्रदान होस् भनेर प्रर्दशनपूर्व फागुन ३ गते च्यारिटी सो राखिएको हो ।’ यहॉका दर्शकको सुझाव र माया पाउनका लागि च्यारिटी सोले महत्वपूर्ण सहयोग पुग्ने चलचित्रका नवनायक सागर तिवारीले बताए । च्यारिटी सो हेर्न आउन उनले सबै दर्शकलाई आग्रह गरेका छन् । यस क्षेत्रका दर्शकसंग घुलमिल हुने अवसर नमिलेकाले च्यारिटी सोले त्यो पूरा गर्ने उनले विश्वास व्यक्त गरे । चलचित्रमा तिवारी अलवा सौगात मल्ल, बर्षा रावत, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतले अभिनय गरेका छन् । चलचित्रका निर्माता रोज राणा हुन् । चलचित्र ‘मेरो पैसा खोइ रु’ झण्डै एक करोडको लगानी निर्माण भएको बताइएको छ ।

लोकसेवा परीक्षा सोधिने वौद्धिक प्रश्नोत्तर

विभिन्न पदहरुका लागि लोकसेवाका परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुलार्इ परीक्षामा अाउन सक्ने सम्भावित वौद्धिक प्रश्नोत्तर प्रस्तुत गरिएका छन् । हेर्नुहोस् केही प्रश्नोत्तरुहरु- Question 1 1 4, 8, 12, 16, (?) a.20 b.16 c.18 d.24 Question 2 7, 12, 19, (?), 39 a.28 b.26 c.29 d.24 Question 3 1, 8, 27, (?), 125, 216 a.45 b.36 c. 64 d. 99 Question 4 3, 8, 22, 63, 185, (?) a.295 b.320 c.550 d.285 Question 5 98, 72, 14, ( ? ) a.2 b.4 c.8 d.6 Question 6 0, 8, 24, 48, 80 , ( ? ) a.110 b.96 c.120 d.140 Question 7 24, 60, 120, 210, (?) a.420 b.336 c.525 d.300 Question 8 6, 9, 18, 45, 126, 369, (?) a.1098 b.1059 c.1089 d.1080 Question 9 2, 6, 12, 20, 30, ( ) a.42 b.36 c.41 d.50 Question 10 96, 90, 78, (?), 36, 6 a.54 b.72 c.60 d.48

इन्टरनेट हेरेर ‘भगवान्’ बनाउँछन् दिनेश

भीमदत्तनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ सिमलफाटाका ३१ वर्षीय दिनेश विक परिवारको कमजोर आर्थिक हैसियतका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुनुभयो । एसएलसी पढ्दै गर्दा अध्यापन प्रभावित भएपछि इन्टरनेटको सहारामा विभिन्न कलात्मक मूर्तीहरु बनाउन थाल्नुभएका उहाँ पछिल्ला वर्षहरुमा विभिन्न देवीदेवताका मूर्ती बनाएर मासिक रु ४० हजार भन्दा बढी आम्दानी गरिरहनुभएको छ । ‘अन्य खर्च कटाएर मासिक रु ४० हजारभन्दा बढी नै बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘परिश्रम गरे विदेशिनु पर्दैन ।’ उहाँको परिवार शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विस्थापित भएका हुन् । आफूसहित तीन भाइ÷बहिनी अध्ययनमा रहेका बेला पारिवारिक समस्याका कारण आफू विद्यालय छाड्न वाध्य भएको उहाँले बताउनुभयो । ‘परिवारको अवस्था सुध्रोस् भनेर बुबाआमा टहरामा भगवान् पुकारेर बस्थे,’ विकले विगत सम्झिँदै भन्नुभयो – ‘तिनै भगवान्का मूर्ति बनाउने सीपले म आज परिवारको खर्च धान्न सक्ने भएको छु ।’ शुक्लाफाटाको झलारी बजारमा मूर्ति र कलाको पसल थापेको पाँच वर्षमै आफूले राम्रो आम्दानी लिन सकेको उहाँले बताउनुभयो । ‘धेरै नपढेको भएपनि इन्टरनेटमा मूर्ति बनाउने भिडियोहरु हेरेरै मूर्तिको व्यापार बढाएको छु,’ विकले भन्नुभयो – ‘इच्छाशक्ति भए अध्ययन नै चाहिन्छ भन्ने होइन रहेछ ।’ मूर्ति बनाउने भिडियोहरुबाट आफूले बनाउन सिकेको उहाँको भनाइ छ । ‘कलात्मक मूर्ति बनाउन सिकाउने गुरु भनेकै इन्टरनेट हो,’ उहाँले भन्नुभयो – ‘एउटा मूर्ति महिना दिनमा तयार हुन्छ ।’ नयाँ वर्ष र दशैं लगायतका चाडपर्वका बेला मूर्तिहरु धेरै बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘चाडपर्वका बेला त खर्च कटाएर मासिक रु ७०-७५ हजार सम्म बचत हुन्छ,’ उहाँले भन्नुभयो – ‘एउटै मूर्ति रु १ लाख २० हजारसम्ममा बिक्री गरेको छु ।’ आफूले सिमेन्टका तीन फिटभन्दा अग्ला मूर्तिहरु बनाउने गरेको र धेरैजसो रु ३० हजारदेखि माथिको मूल्यमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । ‘शुरुमा घरकै अभिभावकहरु मूर्ति बनाएर के गुजारा होला भन्थे,’ उहाँले भन्नुभयो – ‘यही व्यापारबाट घर चलेको छ ।’ उहाँले भगवान् शिव–पावर्ती, गणेश, कालिका लगायतका देवताका धेरै मूर्तिहरु बनाएर बिक्री गरिसक्नुभएको छ । अब निकट भविष्यमै कृष्णसारको मूर्ति बनाउने उहाँको योजना छ । झलारी बजारमा सन्देश आर्ट नामक पसल सञ्चालन गर्नुभएका विकले दुई जनालाई रोजगारी समेत दिनुभएको छ । ‘दुई जनालाई पेन्टिङ्गको काम दिएको छु,’ उहाँले भन्नुभयो – ‘मैले बनाएका मूर्तिले ग्राहक सन्तुष्ट छन् जस्तो लाग्छ । अहिलेसम्म असन्तुष्टिका शब्द सुन्नुपरेको छैन ।’ सिमलफाटामा अढाई कट्ठा जग्गा लिज लिएर बस्दैआएको विक परिवारले निकुञ्जबाट विस्थापित हुँदा कुनै सहयोग पाएका थिएनन् । ‘विस्थापित भएपछि परिचय पत्र त पायौं, अरु सहयोग केही पाएको छैन,’ उहाँले भन्नुभयो –‘आश्वासनमै दशक बित्यो । राहत पाएनौं ।’ रासस

लोकसेवाद्वारा परीक्षा भवन कायम गरेको सूचना प्रकाशित

काठमाडौं । लोकसेवा आयोगद्वारा बुधबारको गोरखापत्रमा परीक्षा भवन कायम गरिएको सूचना प्रकाशित गरेको छ । लोकसेवा आयोगका रा.प.द्वितीय (अप्राविधिक), उपसचिव वा सो सरहको पदको परीक्षा भवन कायम भएकोे छ । हेर्नुहोस् विज्ञापन–