लोकसेवा परीक्षा सोधिने वौद्धिक प्रश्नोत्तर

विभिन्न पदहरुका लागि लोकसेवाका परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुलार्इ परीक्षामा अाउन सक्ने सम्भावित वौद्धिक प्रश्नोत्तर प्रस्तुत गरिएका छन् ।

हेर्नुहोस् केही प्रश्नोत्तरुहरु-

Question 1

1 4, 8, 12, 16, (?)
a.20
b.16
c.18
d.24

Question 2

7, 12, 19, (?), 39
a.28
b.26
c.29
d.24

Question 3

1, 8, 27, (?), 125, 216
a.45
b.36
c. 64
d. 99

Question 4

3, 8, 22, 63, 185, (?)
a.295
b.320
c.550
d.285

Question 5

98, 72, 14, ( ? )
a.2
b.4
c.8
d.6

Question 6

0, 8, 24, 48, 80 , ( ? )
a.110
b.96
c.120
d.140

Question 7

24, 60, 120, 210, (?)
a.420
b.336
c.525
d.300

Question 8

6, 9, 18, 45, 126, 369, (?)
a.1098
b.1059
c.1089
d.1080

Question 9

2, 6, 12, 20, 30, ( )
a.42
b.36
c.41
d.50

Question 10

96, 90, 78, (?), 36, 6
a.54
b.72
c.60
d.48

बलात्कार प्रकरण: सुनसरीका एसपी र इन्सपेक्टरलाई निलम्बनको पत्र

काठमाडौँ, माघ २४ । प्रहरी मुख्यालयले जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विद्यानन्दर माझी र इलाका प्रहरी कार्यालय धरानका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बनको लागि गृहमन्त्रालयमा पत्र पठाएको छ। पुस १६ गतेको बलात्कार घटनाका पीडकलाई मिलापत्र गराएर छाडेको भन्दै छानबिनका लागि एसपी माझी र इन्सपेक्टर दाहाललाई निलम्बनको माग गर्दै प्रहरी मुख्यालयले मंगलबार गृहमन्त्रालयमा पत्र पठाएको हो । घटना छानबिनका लागि संघीय प्रहरी ईकाई प्रहरी कार्यालय कोशीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरिबहादुर पालको संयोजकत्वमा छानबिन समिति गठन भएको छ। समितिले अनुसन्धानका क्रममा एसपी माझी, इन्सपेक्टर दाहाललाई सोधपुछ गर्नुपर्नै र वयान लिनुपर्ने भएपछि उनीहरुलाई लिनम्बन गर्न प्रहरी मुख्यालयले गृह मन्त्रालयमा पत्र पठाएको हो। प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी मनोज न्यौपानेले छानबिनमा रहेका उनीहरुलाई आवश्यक सोधपुछ र वयान लिनुपर्ने भएपछि निलम्बनको लागि सिफारिस गरिएको जानकारी दिए । १४ वर्षिया बालिका बलात्कारको घटनामा मुद्दा दर्ता नगरी आर्थिक लेनदेनमा मिलापत्र गराएको घटना सार्वजनिक भएपछि एसएसपी पालको नेतृत्वमा छानविन समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाउनेछ । प्रदेश १ का प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायले पालको नेतृत्वमा छानविन समिति बनाएका थिए । ती बालिकालाई इटहरीको रिसोर्टमा लगेर बलात्कार गरेको भन्दै पीडितका परिवारले मुद्धा दर्ता गर्न खोजेका थिए । तर मुद्धा दर्ता नभइ मिलापत्र गर्न दबाब दिइएको थियो । इटहरी –२० का वडाध्यक्षसमेतको रोहबरमा मिलापत्र भएको बताइएको छ । यता वडाध्यक्ष मणिराम श्रेष्ठले भने आफूलाई उक्त घटना बलात्कारको भएको भन्ने थाहा नभएको बताएका छन् । -अन्नपूर्णमा खबर छ ।

परि तामाङलाई मेरी काली भन्दै पछ्याउँदा फुलन्देकी आमाको पोल खुल्यो (भिडियोसहित)

काठमाडौं । आजकाल सामाजिक सञ्जालमा फुलन्देकी आमाको रुपमा एक महिला खुब छाईरहेकी छिन् । खासगरी फेसबुक र युट्युव च्यानलहरुमा उनलाई देख्न सकिन्छ । तर, फुलन्दे को हा कसैलाई थाहा छैन । पुर्वेली राई जातिको भेषभुषामा हाँस्य जनारामा देखिने उनी महिला नभई पुरुष भएको भिडियो सार्वजनिक भएको छ । गायक मनबहादुर कुलुङले गाएको पछिल्लो गीत ‘मेरी काली’ मार्फत उनी पुरुष भएको रहस्य बाहिरिएको हो । काले अथवा काली शब्द आफ्नो प्यारो मान्छेलाई सम्बोधन गरियो भने मायालु लाग्न पनि सक्छ । यस्तै मायालु भावको शब्द प्रयोग गरेर फुलेन्दीकी आमाको परिचय बनाएका कलाकार उमेश राईले मोडल परि तामाङलाई पछ्याएका छन् । गायक मनबहादुर कुलुङको स्वरमा भर्खरै बजारमा आएको गीत मेरी काली को भिडियोमा राईले तामाङलाई पछ्याएका हुन् । फुल्चोकी मिडिया प्रालिको प्रस्तुति रहेको उक्त गीतमा बिन्दु स्मृतिको शब्द रहेको छ भने सुजन राईको संगीत रहेको छ । उक्त भिडियोमा उमेर राई र परि तामाङले दमदार अभिनय गरेका छन् । त्यसैगरी बुलेट जीको छायाँकनलाई सुजन पौडेलले सम्पादन गरेका छन् । फुल्चोकी मिडियाकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको निर्देशन गायक मनबहादुर कुलुङ स्वयमले गरेका छन् । बाँकी यो भिडियो मार्फत हेर्नुहोस्-

१३ वर्षमुनिका बालबालिकालाई फेसबुक चलाउन रोक

केही माहिनाअगाडि बेलायतको हाउ अफ लर्डसमा १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरिएको थियो । बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा भएको थियो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको थियो। योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठ्यो । आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्धित कम्पनीले बर्खास्त गर्न सक्ने । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरिन्छ । उता साउदी अरेबियामा चाहिँ फेसबुक लगायतका सामाजिक सञ्जालमा अफवाह फैलाउनेलाई मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था छ । सामाजिक सञ्जालमा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ । एजेन्सीको सहयोगबाट

सेवाका नाममा व्यापार, व्यवसायी मालामाल राज्यलाई अर्बौँ घाटा

देशको राजधानी शहर सबै कुराले सुविधा सम्पन्न होला भन्ने जो कसैले सोच्नु अस्वाभाविक होइन । तर, सार्वजनिक सवारीमा आवतजावत गर्ने काठमाडौँवासीको अवस्था सकसपूर्ण छ । निजी व्यवसायीको भरमा करिब ४० लाख जनसंख्या रहेको राजधानी शहरका कुनै पनि भागमा सहज रुपमा यातायात पाइँदैन । एउटा मार्गमा एउटै यातायात समितिको एकाधिकार छ । अर्को संस्थाका सवारी त्यहाँ गुड्न पाउँदैनन् जसलाई व्यवसायी आलोपालो प्रणाली अपनाएको दावी गर्छन् । हालसम्म विभागमा २७ लाख ८३ हजार ४२८ सवारी दर्ता भएका छन् । यी सवारीले विभिन्न शीर्षकमा गरी वार्षिक रु २० अर्ब ३२ करोड २९ लाख राजश्व बुझाउने गरेको विभागका सूचना अधिकारी बीरेन्द्रबहादुर स्वाँरले बताउनुभयो । एकाधिकारका कारण पर्याप्त मात्रामा सार्वजनिक सवारी नगुड्दा बल्लबल्ल पाइएको सवारीमा पनि खुट्टा राख्ने ठाउँ हुँदैन । परिचालक (खलाँसी) ले दुई भागको बीचमा रहेको यात्रु हिँडेर ओहोरदोहोर गर्ने स्थानमा समेत कोचाकोच दुईपट्टि फर्काएर उभ्याउँछ । कुनै सवारीमा त बीचको भागबाट एउटै यात्रु हिँड्दा पनि ठोक्किने गर्छ । ‘सर्नु’, ‘पर जानु’, ‘दुईतिर फर्कनु’, ‘पछाडि सर्नु न’ जस्ता शब्द परिचालकले यात्रु सार्न प्रयोग गरिरहन्छन् । ‘ठाउँ छैन कहाँ सर्ने ?’, ‘गुन्द्रुक जस्तो कोच्ने’ भन्ने यात्रुलाई ‘ओर्लेर जानुस्’, ‘यस्तो मानिस त ट्याक्सी चढेर जानुपर्छ नि १’ जस्ता वार्ता सार्वजनिक यातायात चढ्नेले पटक पटक सुनेको हुनुपर्छ । कार्यालय आउनेजाने समयमा माइक्रो लगायतका सवारीमा यात्रुको कन्तविजोग हेर्दा नै राजधानीको सवारीको दुर्दशा प्रष्ट हुन्छ । “अझ भाडाका विषयमा बाझाबाझ र झगडै हुने घटना त राजधानीमा सामान्य भइसकेका छन्, सरकारले तोकेको भाडा कहिल्यै लागू हुन सकेको छैन,” यस क्षेत्रको सुधारका लागि लाग्नुभएका भक्तपुरका रामबहादुर थापाको तीतो अनुभव छ । कोचिएका यात्रुका बीच वृद्धवृद्धा, अपांग र महिलाका लागि यात्रा दुःखद हुने गरेको छ । आरक्षित सिटमा समेत अरु बस्दा उठाउन मुस्किल पर्छ । भीडभाडमा महिलामाथि अभद्र व्यवहार हुने गरेको छ । भीडभाडको फाइदा उठाउँदै केही व्यक्तिले महिलाका संवेदनशील अंगमा छुने, टाँसिने गरेको महिला यात्रुको गुनासो छ । यस्तै कारणले बेलुकी महिलाले सार्वजनिक यातायातमा यात्रा गर्न सक्ने अवस्था नरहेको रत्नपार्क–थानकोट मार्गकी यात्रु रीता बस्ताकोटीको अनुभव छ । बेलुकी अबेरसम्म काम गर्नेले सार्वजनिक सवारी पाउनुलाई सौभाग्य नै ठान्नुपर्छ । राजधानी शहरकै सार्वजनिक यातायातको यो अवस्था छ भने अन्यत्रको अवस्था के होला रु सहजै अनुमान गर्न सकिन्छ । देशभर कतै पनि यातायात व्यवसायीले सञ्चालन गरेका समितिले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्था अनुसार टिकट दिँदैनन् । टिकट नभएपछि तोके भन्दा बढी भाडा उठाउँदा पनि कारबाही हुन सकेको छैन । ऐनको व्यवस्था अनुसार टिकट दिने मात्र होइन धेरै प्रावधान अझै कार्यान्वयनमा आउन सकेको छैन । सेवाका नाममा व्यापार, राज्यलाई अर्बौँ घाटा ऐन अनुसार कम्पनीमा दर्ता हुनुपर्ने यातायात समिति संघसंस्था ऐन २०३४ अनुसार दर्ता हुँदा राज्यलाई अर्बौं राजश्व घाटा भइरहेको छ । दैनिक व्यवसाय गर्ने यातायात सामाजिक काम गर्ने संस्था जस्तो गरी दर्ता भएर सञ्चालन भएपछि व्यवस्थापिका–संसदको विकास समितिले पछिल्लोपटक भदौ ५ गते गृह मन्त्रालयलाई यातायात समिति नवीकरण नगर्न निर्देशन दिएको थियो । नयाँ दर्ता हुन आएमा संघसंस्था ऐन अनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता नगर्न पनि निर्देशन दिइएको हो । उपत्यकाका सार्वजनिक सवारी साधनले दैनिक रु पाँच हजारदेखि १५ हजार, लामो दूरीका सवारीले रु ५० हजारदेखि रु एक लाख, ढुवानीमा प्रयोग हुने ट्रकले एक ट्रिपको रु ३० हजारदेखि रु ३५ हजार, ट्याक्सीले रु तीन हजारदेखि रु पाँच हजार र पानी बोक्ने ट्यांकरले रु १५ हजारदेखि २० हजारसम्म कमाउँछन् । मासिक करोडौँको व्यापार गर्ने व्यवसायीले सामाजिक संस्थाका रुपमा दर्ता भएर कर छल्दै आएको यातायात सुधार अभियानमा लाग्नुभएका थापा सुनाउनुहुन्छ । “यातायात व्यवसायलाई कम्पनीमा लगे दैनिक आम्दानी देखाएर लेखा परीक्षण गरी कर तिर्नुपर्ने भएकाले व्यवसायी सामाजिक संस्थाका रुपमा दर्ता हुन चलखेल गर्छन्, यसअघि विसं २०७१ मा यसरी यातायात समिति दर्ता एवम् नवीकरण रोकिएको थियो, विसं २०७३ मा शक्तिबहादुर बस्नेतले गृहमन्त्री भएका बेला खुला गरेपछि फेरि संघसंस्था ऐन २०३४ अनुसार नै दर्ता र नवीकरण भयो” – उहाँले थप्नुभयो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा संसद्को विकास समितिको भदौ ५ पछिको निर्देशनमा यातायात समिति नयाँ दर्ता र नवीकरण रोकिएको बताउनुहुन्छ । यसपछि कम्पनीमा जाने यातायातको संख्या आठ मात्र रहेको विभागले जनाएको छ । ऐनमा यातायात समिति कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण हुनुपर्ने व्यवस्था छ । यो व्यवस्था कार्यान्वयनका लागि प्रत्येक वर्ष सूचना जारी गर्दा पनि सफल हुन नसकेको विभागका महानिर्देशक रुपनारायण भट्टराई बताउनुहुन्छ । “ऐनको यो व्यवस्था लागू भए यातायात क्षेत्रमा जबरजस्त लादिएको एकाधिकार ९सिन्डिकेट० पनि हट्छ, यो क्षेत्रबाट वार्षिक अर्बौंको राजश्व पनि थपिन्छ, यातायात क्षेत्रमा कार्यरत श्रमिकले पनि श्रम ऐन अनुसार तलब सुविधा पाउँछन्” – उहाँले भन्नुुभयो । संघसंस्था ऐन अनुसार दर्ता हुने यातायात समितिले एकाधिकार ९सिन्डिकेट० लाई संस्थागत गर्न खोजेको यातायात व्यवसायीकै भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटी एकाधिकार पक्षधर व्यवसायीले पोखरामा नयाँ यातायात छिर्न नदिएको बताउनुहुन्छ । सर्वोच्च महासंघअन्तर्गतका यातायात समितिलाई कम्पनीमा दर्ता गरेर व्यवस्थित गर्ने गरी काम भइरहेको उहाँले सुनाउनुभयो । २५ वर्षदेखि बढेन राजश्व सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको भाडा बढाउने विभागले व्यवसायीकै दबाबका कारण राजश्व नबढाउँदा वार्षिक अर्बौं राजश्व घाटा भइरहेको हो । विसं २०४९ मा तोकिएको राजश्वमै अहिले पनि सवारी साधनको जाँच पास, मार्ग अनुमति (रुट परमिट), बिलबुक नवीकरण, नामसारी, प्रदूषण जाँच, अञ्चलीकरण ९एक अञ्चलमा दर्ता भएको सवारी अर्को अञ्चलमा स्थानान्तरण गर्दा लिइने शुल्क०, पटके (रु ट परमिट बाहिर जान तिरिने शुल्क), ट्याक्सीमा मिटर हाल्दाको शुल्क लिने गरिएको छ । हाल सवारी साधनको जाँच पास गर्दा छ महिनाको रु २००, रुट परमिट चार महिनाको रु ५००, बिलबुक नवीकरण वार्षिक रु १८० देखि रु ३०० सम्म, नामसारी रु ८००, प्रदुषण जाँच निजी सवारीका लागि एक वर्ष र सार्वजनिक यातायातको छ महिनाको रु ५० लिने गरिएको छ । अञ्चलीकरणको रु एक हजारदेखि रु तीन हजारसम्म, पटके ९रुट परमिट बाहिर जान तिरिने शुल्क० रु १५० देखि रु एक हजारसम्म, ट्याक्सीमा मिटर हाल्दाको शुल्क रु ३०० र विभागले तोकेभन्दा बढी भाडा लिनेबाट जरिवाना स्वरुप लिइने शुल्क रु एक हजारदेखि पाँच हजारसम्मबाट बढ्न सकेको छैन । विभागका महानिर्देशक भट्टराई धेरै वर्षदेखि शुल्क नबढेको स्वीकार गर्दै आगामी आर्थिक वर्षदेखि बढाउने गृहकार्य गरिएको बताउनुहुन्छ । ट्याक्सीमा विसं २०४९ मा चढ्ने बित्तिकै मिटरले रु तीन देखाउँथ्यो । अहिले रु १४ देखाउँछ । ट्याक्सीमा २५ वर्ष अघि प्रति किलोमिटर रु सात भाडा तोकिएको थियो । अहिले प्रति किलोमिटर रु ३७ पुगिसकेको छ । अन्य सार्वजनिक यातायातको भाडामा पनि धेरै गुणाले वृद्धि हुँदा पनि विभिन्न शीर्षकका राजश्व भने बढेन ।   विभागले सार्वजनिक यातायात, सामान ढुवानी र मिटरमा सञ्चालन हुने ट्याक्सीको समेत भाडा बढाउने उद्देश्यले भाडा समायोजन कार्यदल गठन गरेको छ । निर्देशक प्रेमकुमार शाक्यको संयोजकत्वमा गठन भएको कार्यदलले गृहकार्य गरिरहेको छ । चाडबाडको समय र मेला लाग्ने स्थलमा व्यवसायीले मनपरी भाडा लिने गर्छन् । विभागले यातायात निरीक्षकको व्यवस्था नगरेकाले यसको अनुगमन हुन सकेको छैन । यो मौकामा सवारी तोकिएको रुटमा नचल्दा यात्रुले सास्ती खेप्नुपर्छ । गत साउन २३ गते बसेको व्यवस्थापिका–संसद् विकास समिति बैठकले सार्वजनिक यातायातको स्पष्ट खाका पेश गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र काठमाडौँ महानगरपालिकालाई निर्देशन दियो । हाल विभागमा २१ लाख ८९ हजार मोटरसाइकल, ४६ हजार ३४६ बस, मिनी बस र मिनी ट्रक गरेर २३ हजार ६२२, साना कार, जीप र भ्यान दुई लाख १३ हजार ३३०, क्रेन, डोजर, एक्साभेटर, ट्रक गरी ७८ हजार २५७ दर्ता भएका छन् । सार्वजनिक सवारी यात्रुको बढी चाप हुने समयमा रिजर्भमा जाँदा समेत आवतजावतमा समस्या पर्ने गरेको छ । केही वर्ष अघि राजधानीमा रात्रिकालीन सवारीको व्यवस्था गरिए पनि हाल सञ्चालन नहुँदा दोहोरो मारमा यात्रु छन् ।

वानप्लस मोबाइल भयो ह्याक, यस्तो छ खतरा

काठमाडौं, माघ ६ । चीनको स्मार्ट फोन निर्माता कम्पनी वान प्लसको सिस्टम ह्याक भएको कुरा सो कम्पनीले स्विकारेको छ । यसबाट कम्तिमा पनि ४० हजार व्यक्तिहरूको क्रेडिट कार्ड सम्बन्धी गोप्य जानकारी चोरिएको समाचार फोर्ब्सले प्रकाशित गरेकोछ । समाचारमा जनाइए अनुसार गत नोभेम्बरमा ह्याकरहरूले यसो गर्न भ्याएका थिए । प्राप्त समचार अनुसार ग्राहकहरूले आफ्नो खातामा समस्या देखिएको गुनासो गरेपछि ब्रिटेन स्थित साइबर सुरक्षा सम्बन्धी कम्पनी फीडस इनफर्मेसन सेक्युरिटीले वानप्लस मोबाइलको साइटमा केही सुरक्षा चुहावट रहेको पत्ता लागेको थियो । गुनासो गर्ने सबै ग्राहकहरूले वानप्लस मोबाइल मार्फत क्रेडिट कार्ड प्रयोग गरेर कारोबार गरेका थिए । वानप्लसले आफ्नो वेबसाइटमा ह्याकरले खराब जाभा स्क्रिप्ट इन्स्टल गरिदिएको र त्यसले गोप्य सूचनाहरू अन्यत्र सारेको बताएको छ । वानप्लसको आधिकारिक वेबसाइट वानप्लस डट नेटमा मध्य नोभेम्बर देखि जनवरी ११ सम्मआफ्नो क्रेडिट कार्ड विवरण भरेका ग्राहकहरूको क्रेडिट कार्ड नम्बर, सेक्युरिटी कोड, र म्याद समाप्त हुने मिति सबै चोरिएको ब्यहोराको ईमेलद्वारा शुक्रवार बिहानै ग्राहकहरुलाई सूचित गरिएको थियो । तर मोबाइलमा क्रेडिट कार्ड विवरण सेभ गरेका या पे-पल मार्फत कारोबार गरेकाहरूको विवरण भने प्रभावित नभएको हुने जनाइएको छ । वानप्लसले प्रभावित ग्राहकहरूला लागि निःशुल्क क्रेडिट मनिटरिंग सेवा प्रदान गर्ने र सुरक्षामा सुधार ल्याउने वाचा गरेको छ ।

गयो सेल्फी स्टिकको जमाना, फोन केसले नै ड्रोन बनेर लिने सेल्फी

अमेरिकाको लास भेगासमा विश्वकै सर्वाधिक ठुलो विद्युतीय सामग्रीहरूको मेला कंज्युमर इलेक्ट्रोनिक सो (सीइएस- २०१८) सिद्धिन गइरहेको छ । यहाँ हरेक दिन जसो नयाँ र अनौठा लाग्ने ग्याजेटहरू सार्वजनिक भएको समाचार आउँदैछन् । औंलाले मात्रै फोन रिसिभ गर्न सकिने ग्याजेट देखि आर्टिफिसियल इन्टेलिजेन्स (एआइ ) क क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक भैसकेका छन् जसले उपभोक्ताहरूलाई लोभ्याइरहेका छन् । यसै सोमा एउटा यस्तो अनौठो ग्याजेट प्रदर्शनमा आएको छ जसले सेल्फी स्टिकलाई विस्थापित गर्नेछ । यो एउटा स्मार्ट फोन केस हो जसले एरियल सेल्फी लिन सहयोग गर्नेछ । यस केसलाई प्रयोगकर्ताले सेल्फी लिन खोज्दा ड्रोनको स्वरूप धारण गर्नेछ र यसले चिताएको सेल्फी खिच्न सक्नेछ । यस केसलाई सेल्फी क्यामेरा एलएलसी नामक कम्पनीले बनाएको हो । यो आफ्नो प्रकारको पहिलो र अनौठो ग्याजेट हो । कम्पनीले दिएको जानकारी अनुसार यो केसलाइ मात्र एक क्लिकमा ड्रोनमा बदल्न सकिने छ । एउटा बटन थिच्नासाथ यो ड्रोन बनेर निश्चित दुरीसम्म उड्ने छ । यो उडिसकेपछि प्रयोगकर्ताले चाहेको कमाण्ड दिएर तस्बिर लिने या भिडियो लिने बारे तय गर्न सक्नेछ । ब्याट्री चालित ड्रोनलाई फुल चार्ज गर्न मात्र आधा घण्टा लाग्ने बताइएको छ । यसको बिक्रि मार्च अप्रिलबाट अमेजन दात कमबाट सुरु हुने बताइएको छ । यसको मुल्य एक सय ३० अमेरिकी डलर हुने बताइएको छ ।

सुन्दरीहरु पनि बागमती सफाई अभियानमा (हेर्नुहोस् फोटोफिचर)

काठमाडौं, पुस १ । सिजन मिडियाद्धारा पहिलो पटक आयोजना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस ब्युटि क्विन नेपालमा सहभागी प्रतियोगीहरु २४० औं हप्ताको बागमती सरसफाई कार्यक्रममा सहभागी भएका छन् । उक्त प्रतियोगीहरुलाई सरसफाईमा सहभागी गराई एउटा सामाजिक उत्तरदायित्व तथा सरसफाई पहिला आफ्नै घरवाट सुरु गर्नुपर्छ भन्ने एउटा ज्ञानको विकासको लागि एसरी सामूहिक अभियानमा सहकार्यले सफलता हासिल गर्दछ भन्ने शिक्षा प्रदान गर्ने उद्देश्यले सहभागीहरुलाई बागमती सफाई कार्यक्रमा सहभागी गराएका हौँ । उक्त कार्यक्रमको अन्तिम प्रतिायोगीता यही पुस २० गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिने छ । हेर्नुहोस् केही तस्विरहरु-

पत्रकारमाथि किन हुन्छ आक्रमण ?

गत वर्ष कैलालीका पत्रकार लक्ष्मी जैशीमाथि घरमै सुतिरहेको बेला खुकुरी प्रहार भयो । उनीसहित एकजना परिवारका सदस्य पनि खुकुरी प्रहारबाट घाइते भए । यो घटनाले पत्रकार कति असुरक्षित छन् भन्ने पुष्टि गर्छ । नेताहरु पनि पत्रकार कुनै पार्टी विशेषको हुँदैन भन्ने हेक्का राख्दैनन् । नेताहरु सगर्ब ऊ मेरो पार्टीको पत्रकार हो भन्छन् । यसरी पत्रकार पार्टीको सूचना प्रवत्ता बनेपछि जनताले कसरी निष्पक्ष समाचार हेर्न तथा सुन्न पाउने ? यस्ता घटना बेला–बेला भइरहेका छन् । प्रजातन्त्र, राजतन्त्र र जनयुद्ध समाप्त हुँदा पनि त्यसको अनुभूति दिने घटना अहिले पनि भइरहेका छन् । नेपालको प्रेसलाई सुरक्षा दिन राज्यले बेवास्ता गर्दा यस्ता घटनाले प्रश्रय पाइरहेका छन् । पत्रकारमाथि आक्रमण हुनु सामान्य घटनाका रुपमा लिन खोजिन्छ । पत्रकारको सुरक्षाको ग्यारेन्टीका लागि राज्य उदासिन बनेको छ । अहिले पनि ढुक्कका साथ समाचार सम्प्रेषण गर्ने वातावरण बन्न सकेको छैन । समाचारको विषयलाई निहुँ बनाएर समय–समयमा संचारकर्मी कुटिरहेका छन् । तर, राज्य भने लाचार बनेर कानमा तेल हालेर बसेको छ । समाजको ऐनाको नाम दिदैंमा मात्र पत्रकारले काम गर्न सक्छ भन्ने राज्यको नकारात्मक सोचले गर्दा पत्रकार असुरक्षित बन्दै गएका छन् । समाचार संकलन गरेकै निहुँमा संचारकर्मी माथि आक्रमण हुन्छ भने कसरी नेपालको पत्रकारिताको विकास हुन्छ ? पत्रकारिताको धर्म पालना गर्दा गर्दै कुटिनु दुःखलाग्दो कुरा हो । लोकतन्त्रसम्म आइपुग्दा पनि संचारकर्मीमाथि हुने दुव्र्यवहार र आक्रमणका घटना नरोकिनु राज्यको गैर जिम्मेवारीपन हो भन्दा फरक नपर्ला । संचार गृहमाथि नै आक्रमण तथा मिडियामा चाहिने आवश्यक उपकरणमा क्षति पुर्याउँदा पनि दोषी माथि कारबाहि नभएका घटना पनि प्रशस्तै छन् । समाचार संकलन गरेकै आधारमा धम्की खेपेको घटना त पत्रकारसंग असंख्य नै छन् । राज्यले प्रदान गर्ने सुरक्षा नहुँदा कैयौं पत्रकारले पत्रकारिताको धर्म विपरित कार्य गर्नु पर्ने बाध्यता छ । मन हुँदाहुँदै पनि असुरक्षाका कारण गलत गरेका कार्यबारे जनतामाझ सूचना दिन पत्रकारलाई गाह्रो छ । राज्यको उदाशिनताका कारण जनता सहि सूचना प्राप्तबाट चुकि रहेका छन् । अहिलेसम्म पनि पत्रकारले निर्भीकताका साथ कलम चलाउने समय आएको छैन । समाचार संकलन गरेकै निहुँमा संचारकर्मी माथि आक्रमण हुन्छ भने कसरी नेपालको पत्रकारिताको विकास हुन्छ ? पत्रकारिताको धर्म पालना गर्दा गर्दै कुटिनु दुःखलाग्दो कुरा हो । कुकर्मबारे जनतालाई सूचना प्रवाह गर्दा ज्यानको असुरक्षा महसुस गर्दै मै हुँ भन्ने संचारकर्मी पनि पत्रकारिताको धर्म निभाउन सक्ने वातावरणमा छैन । निकै जोखिम मोलेर पत्रकारिता गर्दा पनि राज्य गम्भीर बन्न सकेको छैन । पत्रकारहरुको पेशागत हकहित र सुरक्षाको बारेमा संविधानमा नै स्पष्ट व्यवस्था गरिदिएको छ । तर, त्यसको कार्यान्वयन पाटो फितलो छ । जसले गर्दा, पत्रकारमाथि हुने आक्रमण रोकिएका छैनन् । पत्रकारहरुमाथि गरिने सबै खाले ज्यादती र दुव्र्यवहार बन्द र दोषीमाथि कडा कारवाही नहुँदासम्म यस्ता घटनामा कमी आउन सक्दैनन् । सुरक्षाको कमी मात्रै नभएर पत्रकारको लापरबाहिले गर्दा पनि यो पेसा जोखिममा परेको छ । पत्रकारबाट पनि जानीजानी ठूला गल्ती भइरहेका छन् । उनीहरु पनि पत्रकारिताको धर्म विपरित कार्य गरिरहेका छन् । जसले गर्दा, बेलाबेला विभिन्न आक्रमण तथा दुव्र्यवहार खेपिरहेका छन् । आफ्नो धर्ममा अडिग रहेर काम गर्ने पत्रकारको जमात बिरलै छ । अधिकांश पत्रकार यथार्थ भन्दा पनि कल्पनामा बढी डुबेर पत्रकारिता गर्दा आक्रमणका घटना भोग्न बाध्य भएका छन् । वास्तविकताको चुरो कुरो नबुझेर हावाका भरमा समाचार संकलन गर्दा कतिपय पत्रकार कुटाई खाइरहेका छन् । पत्रकारिता भन्दा पनि पाटिकारिता गर्ने संचारकर्मी दुव्र्यवहारको सिकार परेका दृष्य बढी देखिन्छन् । कुनै पाटिको भक्तिगान गाएर समाचार प्रकाशन–प्रसारण गर्ने व्यक्ति नै सबैभन्दा बढी आक्रमणमा परेका उदाहरण छन् । कुनै व्यक्ति विशेषभन्दा पनि समग्रतालाई उल्लेख गरेर समाचार प्रकाशन–प्रसारण गर्ने पत्रकारको अभावले पनि पत्रकारिता पेसा सुरक्षाका दृष्टिकोणले असुरक्षित बन्दै गएको छ । यतिमात्रै होइन चुनावका बेला त पत्रकार हुन् कि पाटिका कार्यक्रता छुट्याउनै मुस्किल हुने गर्दछ । अहिले पनि त्यस्तै देखिन्छ । आसन्न मसिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि उम्मेद्वार र तिनका दल प्रचार–प्रसारमा व्यस्त छन् । पत्रकार पनि आफूले आस्था राखेको पार्टीको भक्तिगान गाउन निकै सक्रिय छन् । यस्तै, अचेल अधिकांश पत्रकार समाचार लेखे वाफत पैसाको माग गर्ने होडबाजी पनि चलेको छ । पत्रकारको पेशा समाचार खोज्ने हो । तर, पनि पैसा मागेर लेख्ने परिपाटी बढ्दै गएको छ । जसले गर्दा, यो पत्रकारिता पेशा झनै असुरक्षित हुँदै गएको धेरैको आंकलन छ । चुनावका बेला कुन पत्रकार कुन पार्टी भन्ने आंकलन गर्न धेरै प्रयास गर्नुपर्दैन । नेताहरु पनि पत्रकार कुनै पार्टी विशेषको हुँदैन भन्ने हेक्का राख्दैनन् । नेताहरु सगर्ब ऊ मेरो पार्टीको पत्रकार हो भन्छन् । यसरी पत्रकार पार्टीको सूचना प्रवत्ता बनेपछि जनताले कसरी निष्पक्ष समाचार हेर्न तथा सुन्न पाउने ? समाचारको कखरा नजानेका व्यक्ति पत्रकारिता पेसा अंगालिरहेका छन् । समाजमा पत्रकारिता पेसामा आउन कुनै योग्यताको जरुरत पर्दैन भन्ने धारणा विकसित हुँदै गएको छ । नेपाली अक्षर लेख्न जान्ने भयो भैगो पत्रकार हुनलाई भन्ने मानसिकता बन्दै गएको छ । हुन पनि वास्तविकता यही छ । पत्रकारिता पेशामा जो कोहीले आउन सक्छ भन्ने गलत मान्यता विकसित हुँदै गएको छ । अपराध गरेर जेल सजाय काटेको नै किन नहोस् उसले निर्धक्क पत्रकारिता गरिरहेको छ । यसरी विकृतिको बाटोमा अगाडी बढेपछि कसरी पत्रकार र पशाको सुरक्षा हुन्छ त ? अचेल अधिकांश पत्रकार समाचार लेखे वाफत पैसाको माग गर्ने होडबाजी पनि चलेको छ । पत्रकारको पेशा समाचार खोज्ने हो । तर, पनि पैसा मागेर लेख्ने परिपाटी बढ्दै गएको छ । जसले गर्दा, यो पत्रकारिता पेशा झनै असुरक्षित हुँदै गएको धेरैको आंकलन छ । चुनावका बेला कुन पत्रकार कुन पार्टी भन्ने आंकलन गर्न धेरै प्रयास गर्नुपर्दैन । अन्त्यमा, पत्रकारमाथि हुने घटनालाई न्यूनिकरण गर्न स्वच्छ पत्रकारिता गर्नुपर्छ । कुनै पाटिको सूचना प्रवत्ता नभएर जनतामुखी भएर पत्रकारिता गर्यो भने पेशाको धर्म पनि निर्वाह हुन्छ। साथै, नैतिकता पनि जोगिन्छ । अहिले अधिकांश पत्रकारमाथि यी कुराको अभाव हुँदा नै आक्रमण भइरहेको छ । निष्पक्ष पत्रकारिता गर्न लागि दक्षता, धैर्यता र निरन्तरतालाई भन आत्मसाथ गर्न जरुरी छ ।

मलेसियामा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक २९ । वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका थिए । अन्जनीको मृत्युको खबरले अहिले सिंगो तिलाठी गाउँका युवा शोकमग्न भएका छन् । यता मृतकको शव मलेसियाबाट चाँडो नेपाल फर्काइदिन सम्बन्धित निकाय र नेपाल सरकारलाई उनका परिवार जनले आग्रह गरेका छन् । योसँगै वैदेशिक रोजगारीका क्रममा जानथाले देखि सप्तरीबाट विदेशमा ज्यान गुमाएका युवाको संख्या २९ पुगेको बताइएको छ ।  

प्रहरी अस्पतालमा अब सर्वसाधारणको पनि उपचार

काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गरे । उनले भने, ‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’ नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उनले बताए । अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए । अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भने, ‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौं, अस्पतालको शैया थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’ अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को टिकट काट्नुपर्छ । औषधि तथा भर्ना हुने बिरामीका लागि खानाका शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ । तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ श्यया, महिला पु्रुषका लागि १०÷१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार शैया छुट्याइएको छ । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्नुपर्ने प्रयास अघि बढाएका थिए । सोहीअनुरुप विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो । उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन् । अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् । सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ । अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ । ९रासस०

आधुनिक समयमा युवापुस्ताहरु गजल लेखनमा रमाउँदै

काठमाडौं, कार्तिक १८ । साहित्यमा रुचि राख्ने अधिकांश मानिसले आफ्नो साहित्यिक यात्रा कविताबाट सुरु गर्छन् । हुन त साहित्य सिर्जना गर्नु सहज पक्कै छैन । तर, अरु विधाभन्दा गजललाई अझ गाह्रो विधा मानिन्छ । भनिन्छ, ‘गजल सुन्दा जति आनन्द आउँछ त्यसको सिर्जना गर्न त्यतिकै कठिन छ।’ सुत्रभित्र रहेर प्रेमलाई केन्द्रमा राखेर समान वजन भएका तर स्वतन्त्र भाव बोकेका युगल पक्तिहरुको समूहलाई नै गजल भनिन्छ । गजल एउटा प्राविधिक विधा पनि हो । यसमा केही प्रावधिक शब्दहरु हुँछन् । जस्तै शेर, काफिया, रदिफ, मतला, मकता, तखल्लुस, बहर, रुक्न, आर्कान्, मिसरा, मुसलसल, गैर मुसलसल आदि। त्यस्तै गजल युगल पंक्तिहरुले बनेको हुन्छ जसलाई शेर भनिन्छ । कसैले आफ्नो शौखको लागि मात्र गजल लेख्छन् भने कसैले गजलकार कै रुपमा स्थापित हुन गजल लेख्छन् । युवा पुस्तामा पनि यसको मोह उत्तिकै बढ्न थालेको छ । कमल संर्घष गजल विधाको चर्चित नाम हो । १३ वर्षकै उमेरदेखि गजल लेख्न सुरु गरेका कमलले २०७० सालमा संयुक्त गजल संग्रह ‘कैफियत’ प्रकाशित गरेका थिए । त्यसपछि २०७३ सालमा उनले आफ्नो गजल संग्रह ‘सडक’ प्रकाशित गरे । उनी भन्छन्– ‘मैले गजल संग्रह मलेसिया हुँदा नै लेखेको हुँ, इच्छा भयो भने ठाउँ र समयले रोक्दैन रहेछ ।’ लेख्नका लागि कुनै त्यस्तो उपयुक्त समय नभए पनि मनले जुनबेला अनुमति दिन्छ त्यही बेला गजल लेख्न बस्दा मिठो गजल लेख्न सक्ने उनी बताउँछन् । हरिशरण डोटेलले १७ वर्षको उमेरदखि गजल लेख्न सुरु गरेका हुन् । उनको ‘निर्दोष मन’ प्रकासोन्मुख गजल संग्रह हुन् । उनी भन्छन्– ‘गजल लेख्नलाई त्यस्तो समय कुनै हुँदैन तर म विशेषगरी रातको समयमा लेख्न रुचाउँछु ।’ कविता, कथालगायत विभिन्न विधामा कलम चलाउँदै आएका डोटेलले ‘सडकको सपना’ नामक कविता संग्रहका साथै ‘निर्दोष मन’ नामक गजल संग्रह प्रकाशित गरिसकेका छन् । नेपाल बस्ने युवापुस्तामात्रै नभई विदेशमा बस्नेहरुको पनि गजलप्रतिको लगाव उत्तिकै छ । विगत केही समयदेखि जर्मन बसोबास गर्दै आएकी अपेक्षा चन्दको पनि गजलप्रति विशेष लगाव छ । १६ वर्षको उमेरदेखि अलिअलि गजलतिर कलम चलाउन थालेकी अपेक्षा चन्दले आफ्नो कलेज स्नातक तह सम्मको अध्ययन गरिरहदा गजल लेखनमा उनले कलम चलाउन थालिन् । गजल लेख्दा विशेष गरी रदिफ र काफियामा ध्यान दिनुपर्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘गजल लेख्ने मेरो त्यस्तो उपयुक्त समय छैन, कहिले बाटोमा हिड्दा हिँड्दै लेख्छु कहिले काम गरिरहेको बेला लेख्छु ।’ गजल नै लेख्छु भनेर बसेको समयमा भने दिमागमा गजल नै नआएको पनि उनको अनुभव छ । ‘पहिला पहिला साहित्यको सुरुआत गर्दा युवा पुस्ताहरुले कविताबाट गर्थे भने आजभोली प्रायजसो युवाहरुको साहित्यको सुरुआत नै गजलबाट हुने गरेको छ,” वरिष्ठ गजलकार रवि प्राञ्जल भन्छन् ‘आजभोलि गजलको कार्यक्रम सञ्चालन गर्नेपनि युवा वर्ग नै हुन्छन् ।’ अधिकांश गजलकारहरु गजल लेख्नको लागि उपयुक्त समय भन्दा पनि तनावमुक्त मन र मस्तिष्क चाहिने बताउँछन् । बाह्रखरीबाट साभार

झोल चाउमिन र भौजी

ग्राहकः भौजी एक हाफ झोल चाउमिन बनाइ डिना ? साउनीः ठिक बा ! एक घच्ची बैठिना । ग्राहकः ठिक बा भौजी ! भौजी.. चाउमिन त बहुत मजा बनाइलबटी । यो संवाद हरेक दिन सुन्न पाइने ठाउँ हो कर्भड हल अगाडी । झोल चाउमिन धेरैको रोजाई । अमिलो, अजिना, बन्दा, हरियो खुर्सानी, मसला इत्यादि मिश्रण झोल चाउमिन । तयार भयो माग गरेको एक हाफ झोल चाउमिन । हरेक दिउँसो भीड नै लाग्छ भौजीको ठेलामा । झोल चाउमिनका पारखी धेरै छन् । भौजीका चाउमिनका नियमित ग्राहकको संख्या थपिदै छ । ठेला राख्नु अघि भौजीले एक सहकारीबाट २० हजार ऋण काढ्नुभयो । अनि खरिद गर्नुभयो एउटा ठेला, ग्यास र अन्य आवश्यक सामान । एल. बुङ्ली गत वैशाख २ गते देखि भौजीले ठेला व्यवसाय सुरु गर्नुभयो । शुरुको दिनमा पाच जना ग्राहकले मात्रै झोल चाउमिन खानुभयो । पाक्न त अरु नि पाछ । तर, ग्राहकको अरुमा रुचि जान्न । भौजीले ठेला राखेको दिन एक हाफ झोल चाउमिनको १५ रुपैया लिनुहुन्थ्यो । अरुले २० । तर, भौजीको ठेलाको झोल चाउमिन खान कमै ग्राहक आउथे । विस्तारै भौजीको ठेलामा नि ग्राहक आउन थाले । अहिले त उहाको ठेलामा थेगि नसक्नु भीड हुन्छ । प्रायः झोल छाउमिनमा रुचि राख्ने महिला आउछन् । भौजी अगाडी थप्छीन्– अझ भनौं सबैभन्दा बढि तपाई जस्तै युवा युवती आउछन् । भौजीको पृष्ठभूमि टिठ लाग्दो छ । ११ वर्षसम्म उहा कमैया बस्नुभयो । भौजीको विवाह पनि मालिकले नै गरिदिएका । विवाह हुदा उहाको उमेर १७ वर्षको थियो । विहे भएको पछिल्लो वर्ष छोरा पाउनुभयो । अहिले भौजीको छोरा पाच कक्षामा पढ्नुहुन्छ । भौजी विगतका क्षण निकै तिता छन् । उहाले ११ वर्षसम्म बन्दी जस्तै जीवन विताउनुभयो । कयौं चोटि मालिकको हिंसा खेप्नुभयो । अनि खेप्नुभयो पारिवारीक हण्डर र ठक्कर । तर, पनि भौजीले अचानो जस्तै सहनुभयो । यी कुरा गर्दै विगत सम्झीनुभयो । बाबु एक चोटी त सहनै नसक्ने गरि पीडा पाए । त्यो, बेला त झुण्डीएर मरौं भन्ने सोच पलायो । तर, मन दह्रो बनाए र सोचे मैले मेरा साना नानीहरुको लागि भए पनि बाच्नु पर्छ । अहिले त्यो विगत सम्झीए भने कथा जस्तै लाग्छ भौजीलाई । उहा भन्नुहुन्छ– मैले जति दुःख पाए अहिले ति सबै हराएर त्यति नै खुसी पाएको छु । अहिले ठेलाबाट पनि रामै्र आम्दानी भइरहेको छ । दिनमा त्यहि चानचुन ६ सयसम्म बचत हुन्छ । त्यहि रुपैयाबाट दुइ जना छोरा–छोरीलाई स्कूल पढाएको छु । पहिले जस्तो घर व्यवहार चलाउन मुस्कील छैन । बरु १५ हजार एक जनालाई व्याजमा ऋण दिएकी छु । श्रीमान् रक्सी बढि खान्छन् । बुढाले पनि अलिकति बचत गर्नुहुन्थ्यो भने राम्रै कमाई हुन्थ्यो । तर, के गर्ने श्रीमान मदिरा प्रेमी हुनुभयो । हरेक साझ कचकच हुन्छ रक्सीकै कारण । रक्सी खाए पनि अरुले देख्ने गरि झगडा चाहि भएको छैन । भौजीले सुनाउनुभयो– विहान ७ बजे ठेला लगाउछु । पानी ल्याउछु । चट्नी बनाउछु । चाउमिन उमाल्छु इत्यादि काम सबै सकाउछु । अनि सुरु हुन्छ बिक्री गर्ने कार्य । साझ ७ बजे मात्रै घर पुगिन्छ । अनि गनिन्छ दिनभर कमाएको पैशा । केहिले २ हजार हुन्छ । कहिले १ हजार । जेहोस् खर्च कटाएर मेहनत गरे अनुसार बचत हुन्छ । त्यहिमा सन्तुष्ट छु । यो सबै सन्तुष्ट केवल झोल चाउमिनकै कारण मिलेको छ । उहा खिस्स हास्नुभयो ।

पेट्रोल पम्पमा छापा

बारा, कात्तिक ८ । जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए ।

सीपी मैनाली नेतृत्वको मालेबाट पोलिटव्यूरो सदस्यसहित चारजना निष्काशित

काठमाडौं, कार्तिक ३१ । नेकपा माले स्थायी कमिटीको बैठकले पार्टीका तीनजना पोलिटब्युरो सदस्यसहित चारजनालाई निष्कासन गरेको छ । निष्कासित हुनेमा पोलिटब्युरो सदस्य हिक्मतबहादुर देउवा, गंगाप्रसाद चौधरी र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य सीता महत देउवा रहेका छन् । उनीहरुलाई पार्टीको एकताविपरीत गुटबन्दी र फुटपरस्त गतिविधिमा सक्रिय रहेको भन्दै पार्टी सदस्यसमेतबाट निष्कासन गरिएको सो पार्टीले जनाएको छ । पार्टीका महासचिव सीपी मैनालीको अध्यक्षमा मंगलबार बसेको बैठकले उनस्हरुलाई पार्टी विधानको धारा १, २, ३, ४ र ५ बमोजिम कारबाही गर्दै पार्टीका सबै जिम्मेवारीबाट पदच्यूत गरी पार्टी सदस्यबाटसमेत निष्कासित गरेको हो । ‘पार्टी अस्तित्व नरुचाउने परचक्रीले चलाएको निराधार र कपोलकल्पित हल्लामा नलाग्न समस्त पार्टी पंक्तिलाई आह्वान गर्दछ’–सो पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । महासचिव मैनालीले आशन्न निर्वाचनमा हाल अन्य कुनै दलसँग सहकार्य र एकीकरणसम्बन्धी निर्णय भइनसकेको सन्दर्भमा आफखुसी अन्य पार्टीसँग वार्ता गरी पार्टी फुटाउने गतिविधि गरेको आशंकामा उनीहरुलाई निष्कासन गरिएको जानकारी दिए ।

धर्मको नाममा एकै रातमा १२ हजार बोकाको बलि

महेन्द्रनगर, धनुषा, १३। सर्वोच्च अदालतले बलिप्रथामा रोक लगाए पनि देशका बिभिन्न मंदिरमा बोका र रांगाको बलि दिने चलन हटेको छैन । पुरानो परम्परालाई निरन्तरता दिन जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो । निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो । file photo –––