प्रकाश दाहालको योगदान युवा पुस्ताका लागि प्रेरणादायीः मन्त्री मगर
पोखरा, असार २३ । संघीय सरकारका खानेपानी मन्त्री बिना मगरले शारीरिक र मानसिक स्फूर्तिका लागि खेल महत्वपूर्ण भएको बताएकी छिन् । सोमबार पोखरामा आयोजित प्रकाश दाहाल स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले उक्त कुरा बताएकी हन् । प्रकाश दाहालको ३८ औं जन्म जयन्तीको सन्दर्भ पारेर अनेरास्ववियू (क्रान्तिकारी) प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरञ्चौर, कास्कीले उक्त प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा कास्की जिल्लाका विभिन्न फुटबल क्लवहरुले सहभागिता जनाएका थिए। कार्यक्रममा स्थानीय पहिचान र संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘शारीरिक र मानसिक स्वास्थ्यका लागि खेल अति आवश्यक छ। खेलले मानिसलाई ऊर्जा र स्फूर्ति मिल्छ। खेल क्षेत्रमा गरिने लगानीले राज्यका सबै क्षेत्रलाई स्वस्थ र गतिशील तुल्याउँछ। खेलका लागि राज्यले पनि आफ्नो लगानी बढाउन जरुरी छ।’
मन्त्री मगरले नेकपाका युवा नेता प्रकाश दाहालले वामपन्थी आन्दोलन, सामाजिक जागरण र खेलकूदका क्षेत्रमा गरेका योगदानहरुलाई स्थापित गरिने बताइन् । उनले भनिन्, ‘कमरेड प्रकाश दाहालको योगदान युवा पुस्ताका लागि निकै प्रेरणादायी छन्। हामी उहाँका योगदानहरु स्थापित गर्न चाहन्छौं। समाजमा रचनात्मक कार्यहरुमार्फत् जागरण र नयाँपनको प्रत्याभूति गर्न चाहन्छौं।’
सो अवसरमा प्रकाश दाहाल फाउण्डेशनका तर्फबाट आयोजकलाई एक लाख सहयोग हस्तान्तरण गरिएको थियो। कार्यक्रममा गण्डकी प्रदेशका विकास समितिका सभापति दीपक कोइराला, पूर्वसभासद् तेजकुमारी पौडेल, विद्यार्थी नेता क्षितिज सापकोटा लगायतले सम्बोधन गरेका थिए ।
प्रचण्ड : गणतन्त्रका पिता
विश्व उपनिवेशको पञ्जामा हुँदा नेपाल एक स्वतन्त्र शक्तिशाली राष्ट्रको रुपमा विश्वलाई चक्मा दिदै अडिरह्यो । हिमालयको देशका हामी नेपालीले कुनै साम्राज्यको दास बन्नु परेन, सगरमाथाले झुक्नुपरेन, झुकेन । यतिमात्र होईन, हाम्रा पुर्खाले विकास गरेको सभ्यता कहिल्यै मगन्ते बनेन, पुर्खाहरुले कसैसँग हात फैलाएन्न । बरु हाम्रै पुर्खाले बाहिरी विश्वलाई उद्धार भावले सहयोग गर्यो । यति गौरव पुर्ण ईतिहास हुँदाहँुदै पनि पुर्खाहरुले विकास गरेको राजनीतिले समाजमा समता मुलक र न्यायिक शासन व्यवस्थाको विकास गर्न सकेन । देशको मुल नेतृत्व वंशीय बन्यो, देशका कयौ भुभागहरु आन्तरिक उपनिवेश जस्तै बन्न पुगे, जनजाती, महिला, दलित धार्मिक अल्पसंख्यकहरु राज्यविहिन जस्तै बने, राज्यले अविभावकत्व दिन सकेन, अझ समाजका सिमान्तकृत समुदायलाई उत्पीडनको गह्रुंगो भारी थोपरियो । समय बद्लियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बद्लाव आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक स्रोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नुपर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दादेख्दै कैयौ योद्धाहरु शहिद भए कैयौ बाचेर संघर्षमै छन, हिजोको गौरवता आज निरीह बनेको छ, कयौ सपनाहरु देश विर्सिए आफ्न्त विर्सिए र पलायन भएका छन, हामी मगन्तेमा रुपान्तरण भएका छौ, फेरि हामी सपना देख्दैछौं । विदेशमा बस्ने नेपालीहरु पराईको देशमा बसेर नेपालमा विकास किन भएन ? भनी प्रश्न गर्छन लाग्छ, नेपालमा ती मनुवाहरुले बधुवा कामदार राखेर विदेशमा ऐस आराम गर्न सयर गरिरहेका छन । अमेरिका, वेलायत, रुस, चिन जस्ता विकाशित देशहरु कसरी विकशित भए ? अमेरिका बाहिरी विश्वका लागी सपनाको भुमी कसरी बन्यो ? प्राकृतिक श्रोत र साधन कुनै देशसँग बढी होला कुनैसँग कम तर विकास सम्भावना सवै देश र भुगोलको उस्तै हो विकास समय सापेक्षताको गति हो । अमेरिकामा लोभ लाग्दा सडकहरु, सुत्न मिल्ने रेल स्टेसन, पानी पिउन मिल्ने नदिहरु आफैं बनेका होईनन्, अमेरिका अमेरिका बन्न, वेलायत–वेलायत बन्न र जापान जापान बन्न नागरिकको रगत र पसिना माटोमा सिंचित भएका हुन् । पुर्खाहरुको रगत र पसिनालाई अमेरिकिहरु सम्मान गर्छन, जर्मनहरु माया गर्छन नेपालीहरु….। एउटा देशको नागरिकलाई देशको माया हुनुपर्छ, पुर्खाका कामप्रति गौरव हुनुपर्छ, चाहे दुनियाँको कुनै पनि ठाउमा बसेर विश्व मानव जातीको सेवा गरोस् । समय बद्लियो, विश्व राजनीति र शक्ति सन्तुलनमा बद्लाव आयो तर हाम्रो राज्यले स्रोतहरु जनताको आवश्यकतासँग जोड्न नसक्दा, प्राकृतिक स्रोत र साधनहरुको पहिचान र विकास गर्न नसक्दा देश धर्मराउन थाल्यो, जनताका आवश्यकतालाई शासकले अवमुल्यन गर्दा देशले कैयौं पटक आन्तरिक लडाई लड्नुपर्यो, आफ्नै लागी लड्दा लड्दै, सपना देख्दादेख्दै कैयौ योद्धाहरु शहिद भए कैयौ बाचेर संघर्षमै छन, हिजोको गौरवता आज निरीह बनेको छ, कयौ सपनाहरु देश विर्सिए आफ्न्त विर्सिए र पलायन भएका छन, हामी मगन्तेमा रुपान्तरण भएका छौ, फेरि हामी सपना देख्दैछौं । तर अमेरिकामा बस्ने केही डिभीधारीहरु (दयाका पात्रहरु) अमेरिका आफैले बनाएको ठान्छन । त्यहाँको मानव अधिकारका मसिहा आफैलाई सम्झन्छन, अमेरिकी सरकार आफ्नै पिछलग्गु सम्झन्छन । अमेरिकामा बसेर घटिया व्यवहार गर्छन, देशको वेइजतीमा, अविभावकको वेईजतीमा गर्भ गर्छन । लाग्थ्यो, नेपालीहरु विदेश गए पश्चात तिनीहरुको खोपडी बद्लिन्छ होला तर मिथ्या रहेछ । भर्खरै देशको अभिभावक, विश्व राजनितिको केन्द्र भाग, विश्व राजनीतिले नेता स्विकारेको एउटा व्यक्तित्व, दक्षिण एसियाको सम्मानित नेता अमेरिका भ्रमणमा जाँदा अमेरिकामा बस्ने डिभीधारीहरुले एउटा नाटक मन्चन गरे । सायद उनीहरुलाई लाग्यो होला प्रचण्डको वेईजत गर्दा मिडिया पात्र बन्न सकिन्छ, तर एकाध मुरकुट्टाहरुका कुर्तुत कार्यले देशको वेईजत भयो, देशको शिर निहुरियो, बलिदानीको अवमुल्यन भयो । यदि प्रचण्डको ठाउमा शेरबहादुर हुन वा केपी जोसुकै हुन नेपाली भएर विदेशी माटोमा आफ्नै अविभावकको वेईजत गर्नु एउटा असल मानवता र बौद्धिकता हुनसक्छ ? साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ । देउवा, वली वा प्रचण्ड जो सुकैको अन्र्तराष्ट्रिय माटोमा वेईजत हुदा नेपाली सगरमाथाको ईज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन । देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन, स्थानिय जनताका सरकार बनेका छन, तराई मधेश, पहाड, हिमाल, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन, समाजमा सदियौ देखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन यी सवै उपलब्धिहरु कस्को कारणले प्राप्त भए ? म लडेर आएको हो ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन । हिजो प्रचण्डले अख्तियारी गरेका मुद्धाहरु स्थापित हुदा गर्भ गर्नेहरुले प्रचण्डलाई अपराधी देख्नु आतंककारी देख्नु र पराईको माटोमा देशको अविभावक माथी निर्लज्ज भएर प्रहार गर्नु प्रचण्ड भन्दा देश प्रतिको प्रहार हो, अहिलेका उपलब्धि माथीको प्रहार हो । देशको वेईजती गरेर कसैले पुरस्कृत हुने रहर गर्छ भने त्यो माटो प्रति, पुर्खा प्रति, राष्ट्रियता प्रति, आफ्नै आमा र सन्तान प्रति अनुउत्तरदायीताको पराकाष्ट हो । पछिल्लो समय नेपाली राजनितिमा संकुचितता भयावह रुपमा विकास भएको छ । हामीले नेपालमा बस्ने अमेरिकीहरु देखेका छौ तर अमेरिका बस्ने तर निच व्यावहार गर्ने प्रवृतिका नेपाली प्रवृति भएका अमेरिकनहरु कोहि देखिदैन्न यहाँ । स्वभाविक रुपमा नागरिकमा राजनैतिक, सामरिक र बैचारिक मत भिन्नता हुनुलाई अन्यथा लिनु हुदै र पनि देशको नेतृत्वको रक्षा कसरी गर्ने, देशको छवि अन्र्तराष्ट्रिय जगतमा कसरी संग्लो र उच्च पार्ने विश्वमा जुन सुकै देश र भुभागमा बस्ने नेपालीको दायित्व हो । होईन भने दाष बौद्धिकता, पलायन बौद्धिकता र व्यापारीक बौद्धिकता अहिलेको नेपाली समाजका लागी आवश्यक छैन र होईन पनि । साच्चै नेपालीले त्यसो गर्न सक्दैन, यदि नेपालीको नाममा कसैले गर्छ भने त्यो स्मार्ट एजेन्ट हुनुपर्छ । देउवा, वली वा प्रचण्ड जो सुकैको अन्र्तराष्ट्रिय माटोमा वेईजत हुदा नेपाली सगरमाथाको ईज्जत बढ्न सक्दैन, गौतम बुद्धको गौरव बढ्न सक्दैन । देशमा संघियता आएको छ, वंशको आधारमा सत्ता दोहन गर्नेहरु हारेका छन, स्थानिय जनताका सरकार बनेका छन, तराई मधेश, पहाड, हिमाल, जाती जनजातीहरुका मुद्धाहरु स्थापित भएका छन, समाजमा सदियौ देखि उपेक्षित दलित समुदायले अधिकारको अनुभुति गर्न पाएको छ, लैंगिक मुद्धाहरु बलियो रुपमा स्थापित भएका छन यी सवै उपलब्धिहरु कस्को कारणले प्राप्त भए ? म लडेर आएको हो ? कोही कसैले प्रचण्डको योगदानमा कन्जुसाई गर्नु हुदैन । अहिले नेपाली जनताले प्राप्त गरेका राजनैतिक अधिकार कसैले पुरस्कारको रुपमा निगाह बक्सिएको होईन्न तिनै प्रचण्ड, केपी र देउवाको पुस्ताको नेतृत्वको त्याग र बलिदानीले प्राप्त गरेका परिणाम हुन । भलै हाम्रो राजनितिमा ईमान्दारीताको विकास हुन सकेको छैन, नैतिकताको संकट अहिले पनि छ, भ्रष्टहरुलाई निरुत्साहित गर्न सकिएको छैन, हाम्रो पुस्ताले यसका विरुद्ध लड्न बाकी छ । डिभि चिठ्ठा बाट अमेरिका प्रवेश गरेर केहि लाख डलर कमाउने वितिकै स्वघोषित बौद्धिक घोषणा गरेर देशको गरिमा, प्रतिष्ठा र नेपाली जनताका लागी सिंगो जिवन समर्पण गर्ने नेतृत्व माथी प्रहार गर्न एउटा शिक्षित बौद्धिक व्याक्तिलाई लाज लाग्नु पर्छ, लाग्छ पनि । द्धवन्द व्यावस्थापनका दृष्ट्रिले प्रचण्ड अहिले पनि विश्व राजनितिको केन्द्रमा छन, देशको राजनिति प्रचण्ड केन्द्रित छ । प्रचण्ड माओवादी नेता र वयत्ति होईन, एकाईसौ शताब्दिको उत्पिडितहरुको सम्मानित सस्थाको रुपमा विकास भएको विचार हो, नेतृत्व हो । प्रचण्डको कद अर्को युगमा अझै बढ्ने छ, अहिले प्रचण्ड हात्ति जस्तै बनेका छन, कोहि कोहि भुसुना जन्मिएका छन । भुसुनाहरुले हात्तिलाई चुस्न खोजि रहेका छन आफु अलि तन्दुरुस्त देखिनलाई, तर प्रचण्डलाई ईतिहासका कुनै पनि काल खण्डले उपेक्षित गर्न सक्दैन गर्न मिल्दैन । प्रचण्ड राजनितिको आवश्यकता विश्व राजनितिमा अझ विकास भएको छ, घटेको छ त केवल घटिया राजनितिमा घटिया प्रवृति । विश्व राजनितिमा प्रचण्ड को हुन भन्ने शन्देश प्रचण्डको अमेरिका भ्रमणमा अमेरिकाले नो ईन्भेष्टिगशन सर्कुर जारी गर्दै अन्र्तराष्ट्रिय नेताको रुपमा स्विकार गरेर पुष्टि गरि दियो । प्रचण्ड अमेरिकीहरुको पनि नेता हो । अमेरिकी माटोमा अमेरिकी सरकारले नेता स्विकार्छ तर त्यहि माटोमा नेपाली खोपडीले वरोध गरेको देख्दा दया लाग्यो । हुन त नेपाली राजनितिमा प्रचण्डलाई नजोडे सम्म थान बोलि विकाउन नसक्ने पाटी छन, राजनितिक नेताहरु छन । यति मात्र होईन विलाशी जिवनका खोजीमा माटो बेचेर जन्मभुमी भुलेकाहरु पनि प्रचण्डको नाममा राजनिति गर्न मानवता विर्सिन्छन । प्रचण्डले अमेरिका भ्रमण बाट फर्किदा विमान स्थलमा सम्वोधन गर्दै भन्नु भयो, अमेरिकामा नेपालीलेले नेपालीलाई नै हेप्दा रहेछन । देशको यति माथिल्लो तहको नेतृत्वको यो भावले देखाउछ अमेरिकामा नेपाली दलित समुदाय माथी अहिले पनि सिमान्तकृत किसिमकै व्यावहार गर्छन हाम्रै नेपालीहरुले । कसैलाई हेप्न नपाए पछि आफ्नैलाई हेप्नु परेन र ? नेता समयले जन्माउन्छ, नेतृत्व आवश्यकताले जन्माउछ, जनताको साथले जन्मिन्छ जनताको अगाध माया, प्रेम र समर्पणमा जन्मेको नेतृत्व कहिल्यै मर्दैन, कसैले चाहादैमा मार्न सक्दैन ईतिहासको पुर्नरावृती हुन सक्छ, दोहोरिन सक्दैन । प्रचण्ड एउटा व्याक्ति होईन उत्पिडितहरुको साझा नेतृत्व हो, यो सताब्दिको लेलिन हुन, त्यहि भएर विरोधीहरु प्रचण्ड भन्ने शब्द उच्चारण गर्न अपवित्र सम्झन्छन । कसैले अवमुल्यन गर्दैमा प्रचण्डको उचाई कम हुन सक्छ ? कसैले गाली गर्दैमा प्रचण्डको देनमा कमी हुन सक्छ ? सक्दैन । समाजमा सदियौदेखिको पीडामा दलित समुदाय थियो, महिला, जनजाती, मधेशी, थारुहरु अनागरिक जस्तै थिए अहिले नागरिक बनेका छन । समाजमा दलितको अवस्था, महिलाको अवस्था, सिमान्तकृत समुदायको अवस्था, मधेशी, थारुको अवस्था, जनजाती समुदायको अवस्था कस्तो थियो ? हाम्रा स्मृतीका पानाहरु पल्टाउदा धुमिल भएका छैन्न । तर अहिले दलितले अधिकार पाएको छ, मधेशी राजनितिक रुपमा सम्मानित भएको छ, जनजाती स्वाभिमान पाएको छ, यी उपलब्धिलाई एकाध बौद्धिक जमातलाई पचेको छैन, त्यस कारण यिनिहरु प्रचण्डको विरोध गर्छन । यी उपलब्धिहरु सामन्तले दिएका उपहार होईन्न, शासकहरुको निगाहाले प्राप्त भएका होईन्न । अन्यायका विरुद्ध, विभेद्धका विरुद्ध मृत्युलाई काधमा बोकेर मृत्यु सँग साटेका उपलब्धिहरु हुन । हाम्रो संविधान हजारौ सहिदको रगतले लेखिएको संविधान हो, यसै संविधाका जन्मदाता, उत्पिडित र गणतन्त्रका पिता हुन क. प्रचण्ड । प्रचण्ड एउटा व्याक्ति होईन उत्पिडितहरुको साझा नेतृत्व हो, यो सताब्दिको लेलिन हुन, त्यहि भएर विरोधीहरु प्रचण्ड भन्ने शब्द उच्चारण गर्न अपवित्र सम्झन्छन । कसैले अवमुल्यन गर्दैमा प्रचण्डको उचाई कम हुन सक्छ ? कसैले गाली गर्दैमा प्रचण्डको देनमा कमी हुन सक्छ ? सक्दैन । प्रचण्डको नेतृत्वमा विकास भएको तत्कालिन माओवादी जनयुद्धका दुई वटा उद्धेश्य थिए पहिलो सामन्तवादी राज्य चरित्रलाई विद्रोह द्धारा ध्वस्त गर्दै जनताको शासन स्थापित गर्नु, दोश्रो जनताको आवश्यकताको सम्वोधन सहितको सम्वृद्धी । पहिलो कार्यभार प्रचण्डकै नेतृत्वमा पुरा भएको छ, विकास र सम्बृद्धिका लागी पनि प्रचण्ड निर्विकल्प नेतृत्व बन्दै गएको देखिन्छ । अहिलेको राजनितिक वृतमा प्रचण्डको विरोध गर्दै मिडियामा सेली व्रेटी बन्ने फकिरहरु पत्र पत्रिकामा आफ्नो वोलि विकाउन प्रचण्डलाई गाली गर्नेहरु नागरिक बन्न नसकेका रैती हुन । एउटा नागरिकले आफ्नै अविभावक र राष्ट्रिय नेतृत्वलाई अर्को नागरिकलाई गर्ने व्यावहार यस्तो हुन सक्दैन । जव रैती मानसिकता भएका भरियाहरुले प्रचण्डको बलिदानीले वाक स्वतन्त्रता पाउछन जानी नजानी सकि नसकि गाली गर्दै हिड्छन । स्वाभिमान नागरिकले यति निच सोचाई र वोलाई बोल्न सक्दैन । संकिर्णता बोकेर, राष्ट्रको अभिभावक माथी गाली गरेर कोहि असल पत्रकार बन्न सक्दैन, कोहि प्रोफेसर बन्न सक्दैन । प्रचण्डको नेतृत्वमा विकास भएको तत्कालिन माओवादी जनयुद्धका दुई वटा उद्धेश्य थिए पहिलो सामन्तवादी राज्य चरित्रलाई विद्रोह द्धारा ध्वस्त गर्दै जनताको शासन स्थापित गर्नु, दोश्रो जनताको आवश्यकताको सम्वोधन सहितको सम्वृद्धी । पहिलो कार्यभार प्रचण्डकै नेतृत्वमा पुरा भएको छ, विकास र सम्बृद्धिका लागी पनि प्रचण्ड निर्विकल्प नेतृत्व बन्दै गएको देखिन्छ । प्रचण्ड विश्व राजनिति नक्षेत्रमा कहिल्यै नअस्ताउने ताराको रुपमा स्थापित भई सके । जसरी माक्र्श मर्दैन्न, लेलिन मर्दैन्न, माओ मर्दैन्न त्यसै गरि प्रचण्ड मर्दैन्न, एउटा युग जन्माउने योद्धा मर्दैन युग युग बाचिरहनछ । नेपाली भएर विश्वको जुन माटोमा कर्म गर्ने भए पनि नेपाल बुद्ध र प्रचण्डको देश हो भनी अन्र्तराष्ट्रिय शान्ति र भातृत्वको शन्देस फैलाउन एक सच्चा नेपालीले किन कन्जुसाई गर्ने । फेरी पनि दोहोर्याउन चाहन्छु, नेपाल गौतम बुद्ध र प्रचण्ड जन्मिएको पुण्य भुमी हो । आगामी हजारौ शताब्दि सम्ममा बाहिरी विश्वले नेपाललाई प्रचण्डको देश भनेर चिन्नेछन । रमेश विश्वकर्मा
इटालीले लिचेस्टाईनको पोस्टमा गर्यो गोलकाे वर्षा
एजेन्सी । युरो कप छनोट खेलमा इटालीले लिचेस्टाईनमाथि गोल वर्षा गरेको छ । समूह ‘जे’अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाईनलाई ६–० गोलले हरायो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थपेको थियो । लिचेस्टाईन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा ड्यानियल काँफम्यान रातो कार्ड खादै मैदान बाहिरिएका थिए । इटालीका लागि स्टेफानो सेन्सीले १७ औं मिनेटमा खाता खोले । मार्को भेराट्टीले ३२ औँ मिनेटमा गोलगर्दै इटालीको अग्रता दोब्बर बनाए । फाबियो क्वागलियरलाले ३५ औँ र पहिलो हाफको इन्जुर समयमा पेनाल्टीमा अर्को गोल गरे । त्यसपछि मोइज केनले ६९ औं लियोनार्दो पाभोलेटीले ७६ औं मिनेटमा गोल गर्दै इटालीलाई फराकिलो जित दिलाए । समूहमा दुई जित हात पारेको इटालीले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा फिनल्याण्डले अर्मेनियालाई २–० गोलले हरायो । ग्रीस र बोस्निया एण्ड हर्जगोभिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी मंगलबार राति नै भएको समूह ‘डी’को खेलमा आयरल्यान्डले जर्जियालाई १–० गोलले पराजित गरेको छ । डेनमार्क र स्वीट्जरल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
दैनिक १ रुपैयाँ अभियानबाट ९ करोड बढी संकलन
गैंडाकोट, चैत १० । थोपा–थोपा मिलेर समुद्र बन्न सक्छ । दैनिक १ रुपैयाँ बचत गर्ने अभियान हाल ९ करोड १५ लाख बढीको कारोबार गर्ने बनेको छ । गैंडाकोट–२ मा रहेको सुम्निमा युथ क्लबको अगुवाईमा सा–सानो लगानी जुटाउन सुम्निमा बचत तथा ऋण सहकारी खुल्यो । कृषि र पशुपालनबाट जिविकोपार्जन गरेको समुदायमा दैनिक बचतको अवधारणा जन्मियो । २०५० चैत १३ गते ३३ जनाको भेलाले बचत अभियान चलाए । ‘थोरै ऋण पनि बैंक तथा साहुका शर्तले निराश समुदायलाई सहकारीले जागरुक बनायो,’ सहकारीका पूर्व अध्यक्ष प्रकाश पौडेलले भने, ‘धितो विना ऋण पाइने वातावरण बन्यो, धेरैलाई व्यवसायतर्फ उन्मुख गरायो ।’ मल, उन्न्त बीउ विजन खरिद, व्यावसायिक कृषि खेती, व्यवसाय सुरु तथा विस्तारमा सुम्निमा साथी बनेको उनको भनाइ छ । ‘विपन्न समुदायलाई वित्तीय पहुँच पुर्याएको छ,’ उनले भने, ‘सबैले गरेको वचतबाट लगानी रकम जुटाएको छ, सहकार्यको भावना विकास भएको छ ।’ यो सहकारीमा २०७२ साल चैतमा कावासोतीको ग्रामीण बहुउद्देश्यी सहकारी एकीकरण भयो । अहिले नाम सुम्निमा ग्रामीण बनेको छ । यो सहकारीबाट नवलपुरका ८ स्थानीय तहका स्थानीय सेयर सदस्यका रूपमा छन् । ३३ जनाबाट सुरु भएको सहकारीमा २ हजार ६ सय ३ सेयर सदस्य छन् । ७ करोड ३२ लाख ९२ हजार ९ सय १ रुपैयाँ ऋण लगानी गरेको छ । ६ करोड ९५ लाख ९१ हजार २ सय ७ रुपैयाँ बचत छ । शेयर रकम १ करोड २३ लाख ४ हजार ७ सय पुगेको छ । ३८ लाख ६१ हजार २ सय ६८ बराबरको स्थिर सम्पत्ति बनाएको छ । ५६ लाख १७ हजार ९ सय ७१ बराबरको संस्थागत पुँजी पुगेको छ । १३ जना कर्मचारी खटिएका छन् । सुरुमा मासिक ३० बचत अभियान चलाएको सहकारीले हाल २ सय रुपैयाँ मासिक बचत गर्दै आइरहेको छ । बाल बचत, खुक्रुके बचत, दैनिक बचत, ऐच्छिक बचत, ज्येष्ठ नागरिक बचत गर्दै आइरहेको छ । ‘सबैलाई आवश्यक पर्दा लगानी हँुदै आएको छ,’ अध्यक्ष छायादत्त पाण्डेले भने, ‘साना ऋणीलाई बढी सेवा दिएका छौँ ।’ धेरै ऋण लगानी भन्दा थोरै लगानी धेरैलाई गर्ने निती अवलम्बन गरिएको उनको भनाइ छ । व्यावसायिक, आकस्मिक, वैदेशिक रोजगारी, हायर पर्चेजलगायतमा ऋण लगानी भइरहेको उनले बताए । ‘सहकारीकै लगानीले व्यवसायमा अब्बल बनेका धेरै उदाहरण छन्,’ उनी भन्छन्, ‘बचत गर्नेबानी विकास भएको छ, सबै मिलेर काम गर्ने प्रवृत्ति बढेको छ ।’ उनका अनुसार गतअसारसम्म ६८ जनाले कृषिमा, १ सय ७९ जनाले व्यवसायमा र ७ जनाले हायरपर्चेज (सवारी खरिद) मा ऋण लिएका छन् ।‘अनुत्पादक क्षेत्रमा लगानी रोकेका छौँ,’ उनले भने, ‘व्यावसायिक योजनासहित माग गरेमा ब्याजमा सहुलियत पनि दिने गरेका छौँ ।’ सहकारीका सचिव गणेश उपाध्यायले ८ स्थानीय तहमै सेवा केन्द्र सञ्चालन गर्ने तयारीमा रहेको बताए । ‘सेवा केन्द्र थप्ने योजनामा छौँ,’ उनले भने, ‘सहज सेवा विस्तार गर्ने लक्ष्य छ ।’ ४९ सहकारीको समन्वय गर्दै आइरहेको सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष वेदप्रसाद गौडेलले सहकारीले लगानी प्रवाहमा सहयोग गरेको बताउँछन् । ‘गैंडाकोट क्षेत्रमा मात्रै सहकारीमा ७ अर्ब बचत छ,’ उनले भने, ‘१ लाख १० हजार जना सहकारीमा आबद्ध छन्, ऋण लिन साथी बनेका छन् ।’ रजत महोत्सवका कार्यक्रम सार्वजनिक सुम्निमा ग्रामीण बचत तथा ऋण सहकारी गैंडाकोटले रजत महोत्सवका सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी कार्यक्रमबारे जनाकारी गराइएको छ । ८ गते कावासोती केन्द्रमा अन्तरक्रिया, शिलान्यास चोकमा ९ गते निःशुल्क स्वास्थ्य शिविर र १० गते अन्तरक्रिया गरिने छ । यस्तै ११ गते सरसफाइ कार्यक्रम, हाजिरी जवाफ प्रतियोगिता गरिने अध्यक्ष छायादत्त पाण्डेले बताए । यस्तै १२ गते सेयर प्रमाणपत्र वितरण, महिला खेलकुद कार्यक्रम गर्ने, १३ गते रजत महोत्सव समापन, पुरस्कार वितरण, स्मारिका विमोचन हुने जनाइएको छ । कारोबारदैनिकबाट
राजधानीको मुटुमै झाँक्री संघ, २ सय बढी सदस्य !
काठमाडौं, चैत ४ । २१औं शताब्दी, त्यसमाथि पनि देशकै राजधानीमा समेत धामीझाँक्रीकोमा उपचारका लागि घुँइचो लाग्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । अझ अचम्म त त्यतिबेला लाग्ला जतिबेला तपाईंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता नै गराएर धामीझाँक्रीले झारफुक गरिरहेका छन्, भन्ने थाहा पाउनुहुन्छ । ढ्याङ ढ्याङ (ढ्याङ्ग्रोको आवाज) … हात गोडा झम्झमाउने रहेछ बाबु । ढ्याङ ढ्याङ … खान मन नलाग्ने रहेछ बाबु । आइतवार बिहान ११ बजेको समयमा बालाजु र नयाँ बजार जोड्ने पुलको छेवैमा रहेको एक घरको दोस्रो तलामा पुग्दा देखिएको दृष्य हो यो । एक झाँक्री ढ्याङ्ग्रो ठटाउँदै भट्ट्याइरहेका थिए । पुलसँगै एउटा शिव मन्दिर छ । मन्दिरको माथिल्लो तलामा ‘नेपाल झाँक्री संघ उपचार केन्द्र’, ‘नेपालभरी रहेका वोनधामी झाँक्री एकता अभियान’ लेखिएको बोर्ड झुण्ड्याइएको छ । कुराकानीका क्रममा थाहा भयो चेतबहादुर थिङ्ग उक्त संघका अध्यक्ष रहेछन् । झाँक्री संघ भनेर जिल्ला प्रशासन कार्यालयमा दर्ता समेत गराएको बताउने उनले २ सयभन्दा झाँक्रीलाई सदस्यता दिइसकेका रहेछन् । युवा अवस्थामा नै रहेका झाँक्री थिङ्ग आफूले यो पेशा शुरू गरेको झण्डै १५ वर्ष भएको बताउँछन् । झण्डै २ सयको संख्यामा रहेका आफ्ना चेला काठमाडौं उपत्यकामा छरिएर रहेको बताउँदै उनले देशैभरी सञ्जाल विस्तार गर्ने योजना सुनाए । ‘देशैभरीका झाँक्रीहरूलाई गोलबद्ध गरेर आफ्नो हकहितका लागि लड्ने लक्ष्य छ । हाम्रो संस्कृति लोप हुँदै गइराखेको अवस्थामा यसलाई संरक्षण गर्ने पनि उद्देश्य हो,’ उनले भने । झाँक्रीका नाममा कुटपिट गर्ने, संवेदनशील अंगहरूमा छुने (दुर्व्यवहार गर्ने), धेरै पैसा असुल्ने झाँक्रीहरूलाई निरुत्साहित गर्दै कानूनको दायरामा ल्याएर आफूहरूको पेशाप्रति जनविश्वास घट्न नदिने लक्ष्य पनि झाँक्री संघले लिएको थिङ्ग बताउँछन् । यो समाचार लोकान्तर डटकमबाट साभार गरिएको हो ।
एउटै सरकारी स्कुलमा एकै परिवारका ५ जना शिक्षक!
महोत्तरी, चैत ४ । महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ ।प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पुर्याएरै राखिएको बताउँछन् । विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ । ६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलकाे काम तीब्र गतिमा, असारमा परीक्षण उडान
भैरहवा – गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आउँदो असारदेखि सञ्चालनमा आउने भएको छ। असारमा परीक्षण उडान गर्ने गरी विमानस्थल निर्माण धमाधम भइरहेको छ। विमानस्थल निर्माण सन् २०१४ डिसेम्बरबाट सुरु भएको हो। ‘भौतिक संरचनाको काम तीव्र गतिमा भइरहेको छ। विमानस्थलको ६५ प्रतिशत काम सम्पन्न गरिसकेका छौं, कुनै अवरोध नभए मुख्य संरचना निर्माण गरेर तोकिएको समयभन्दा पहिल्यै विमान उडाउने योजना छ’, विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले भने। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजनामध्ये एक हो। अधिकारीका अनुसार असार १३ मा परीक्षण उडान गर्ने तयारी छ। उनका अनुसार मुख्य धावनमार्गको काम धमाधम भइरहेको छ। तीन हजार मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग, एक हजार नौ सय मिटर लम्बाइ र २३ मिटर चौडाइमा ट्याक्सी वेसहितको विमानस्थलमध्ये चार तहमा कालोपत्रे गर्नुपर्छ। अहिले धावनमार्गको दुई तहको कालोपत्रे पूरा गरेर तेस्रो तहको करिब ३० प्रतिशतभन्दा बढी काम सकिएको छ। धावनमार्गमा एक फिट मोटाइ कालोपत्रे गर्नुपर्छ। त्यसमा कठिन मानिने पहिलो र दोस्रो तहको कालोपत्रे सम्पन्न भइसकेको छ। अधिकारीले भने, ‘अबको १० दिनमा तेस्रो तहको कालोपत्रे सम्पन्न गरी अन्तिम तहको कालोपत्रे १५ कार्य दिनभित्र सम्पन्न हुन्छ।’ ट्याक्सी वेको काम रात्रिकालीन समयमा पनि भइरहेको छ। धावनमार्गको कालोपत्रे सकिँदासम्म ट्याक्सी वे पनि पिच भइसक्ने उनले बताए। विमानस्थलको एपरोन (विमान पर्किङ) को काम सम्पन्न भइसकेको छ। टर्मिनल भवन र प्रशासनिक भवनको प्लास्टर गरी टायल–मार्बल बिछ्याउने काम भइरहेको छ। यस्तै कन्ट्रोल टावरको अन्तिम तलाको काम भइरहेको आयोजनाले जनाएको छ। प्रस्थानतर्फको ढलानको काम सकिएको छ। विद्युत् सबस्टेसन, अग्नि नियन्त्रक कक्ष, पानीट्यांकी, सुरक्षाकर्मी आवासगृह निर्माण भइरहेको छ। एयर ट्राफिक कन्ट्रोलको उपकरण उपकरण खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान (आइसिपी) प्रक्रिया सुरु भएको छ। विमानस्थलमा कार्गो भवनलाई प्राथमिकतामा राखेर काम भइरहेको छ। करिब एक अर्ब रुपैयाँ लागतमा उक्त भवन बन्दैछ। मन्त्रालयले पनि विमानस्थललाई उच्च प्राथमिकतामा राखेर निर्माण अघि बढाएको छ। ‘नियमित रूपमा प्रगति विवरण पठाइरहेका छौं। आएको समस्या समाधान गर्न सबै सरोकारवाला निकाय सक्रिय छन्’, अधिकारीले भने। १० हजार रोपनीमा फैलिएको विमानस्थलमा राडर, सुरक्षा, ह्यांगर, आयल निगम डिपो, अध्यागमन, मर्मत सम्भार क्षेत्र, क्याटरिङ, पार्किङ स्थल र अझै एउटा टर्मिनल भवन बनाउन बाँकी छ। विमानस्थलले आगामी ५० वर्षसम्म अन्तर्राष्ट्रिय स्तरको उडान भर्ने क्षमता छ। त्रिभुवन विमानस्थलमा आउने एयर बस ३३०, बोइङ ७७७ लगायतका जहाज यहाँ अवतरण गर्न सकिन्छ। त्रिभुवन विमानस्थलभन्दा यहाँको टर्मिनल भवन केही सानो भए पनि अन्य भौतिक संरचना स्तरीय छन्। टर्मिनल अत्याधुनिक प्रविधिको भए पनि एरोब्रिजको कन्सेपट नभएकाले जहाजसम्म गाडी चडेर वा हिँडेर जानुपर्ने हुन्छ। ‘विमानस्थलको कालोपत्रेको आयु १५ वर्षको छ। निर्माण काममा प्रयोगशाला परीक्षण गरिएका सामग्री मात्र प्रयोग गरेका छाैं’, उनले भने। छ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँ ९१ पैसामा सम्झौता भई काम सुरु भएको आयोजनाको लागत अहिलेसम्म ९.६२ प्रतिशतले बढेर ६ अर्ब ८२ करोड ४० लाख ८६ हजार आठ सय ८४ रुपैयाँ ३२ पैसा पुगेको छ। केही काम थप भएकाले लागत बढेको आयोजनाले जनाएको छ। सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको अहिलेसम्म दुईपटक म्याद थप भइसकेको छ। सन् २०१८ को जुन १५ सम्म सम्पन्न गर्ने लक्ष्यसहित पहिलोपटक म्याद थपिएको थियो। सो अवधिमा काम सम्पन्न हुन नसक्दा सन् २०१९ को जुन २८ सम्म सम्पन्न गर्ने गरी दोस्रोपटक म्याद थपिएको थियो। विमानस्थल निर्माण भएपछि सरकारले लक्ष्य लिएको पर्यटन वर्ष २०२० लाई सघाउनेछ। यस अतिरिक्त गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटक सोझै आउन सक्ने वातावरण बन्नेछ भने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा हुने विमानको चाप घटाउन सकिनेछ। जिटुजी कि पिपिपी मोडल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तीव्र गतिमा निर्माण भइरहे पनि निर्माणपछि विमानस्थल सञ्चालन कुन मोडालिटीमा गर्ने भन्ने विषयमा अन्योल छ। विमानस्थल जिटुजी अथवा पिपिपी कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा टुंगो लाग्न नसके पनि विमानस्थल सञ्चालन विदेशी कम्पनीलाई दिने निश्चित भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पिपिपी (पब्लिक प्राइभेट पाटनरसिप) मा सञ्चालन गर्ने योजना बनाइरहेका छन् भने नेपाल नागरिक उड्डयन प्राधिकरण (गभर्मेट टु गभर्मेट) जिटुजी मोडलमा सञ्चालनमा ल्याउने तयारीमा छ। मन्त्री अधिकारीका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि कतार, साउदी अरब, जर्मनीलगायत विमानस्थलबाट चासो देखाइएको छ। -नागरिक दैनिकमा प्रकाशित समाचार
नेपाली कामदार जापान पठाउने गृहकार्य कहाँ पुग्यो ?
काठमाडौं, माघ २३ । जापानमा नेपाली कामदार पठाउने गरी तयारी तीव्र पारिएको छ । आगामी अप्रिलबाट कामदार जापान पठाउने गरी दुबै देशले आन्तरिक गृहकार्य तीव्र पारेका छन् । यसका लागि नयाँ संयन्त्र निर्माण गर्न नेपाल र जापान सहमत भइसकेका छन् । हाल नेपाल कामदार लैजान जापानले पठाउने मोडालिटीको प्रस्ताव कुरिरहेको छ । श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहल भाषा परीक्षा र सिप परीक्षणसहितका विषयमा जापान सरकारले कस्तो संयन्त्र , माडालिटी र विधिहरु प्रस्ताव गर्छ भन्ने विषयको पर्खाइमा रहेको बताउँछन् । यो विषयमा जापानको ठोस प्रस्ताव आएपछि दुई दशेबीच कामदारको हितलाई केन्द्रमा राखेर आपूर्तिबारे समझदारी हुने उनले बताए । तत्कालै पाइलटिङका रुपमा अप्रिलबाट कामदार पठाउन सुरु गर्ने योजना बनेको छ । नेपाल र जापानबीच पहिलो चरणमा प्राविधिक समितिबीच वार्ता भइसकेको छ । यसैमार्फत कामदार आपूर्तिबारे छुट्टै समझदारी गरेर जान नेपाल र जापान सहमत भएका थिए । यसअघि जिट्कोमार्फत जापानमा सीमित नेपाली कामदार जान पाउँथे । अब भने जापान र नेपाल नयाँ संयन्त्र र विधि तयार गरेर मात्रै श्रमिक आपूर्तिको व्यवस्था गर्नुपर्ने निश्कर्षमा पुगेका छन् । अब यो विधि कस्तो हुने भन्ने विषय जापानले निक्र्योल गरेर कार्यान्वयनका लागि नेपाल सरकारलाई अनुरोध गर्नेछ । सचिव दाहल अब निकट भविष्यमै यस्तो विधि टुंगो लाग्ने बताउँछन् । नेपालले जापानसँग यो प्रक्रियामा म्यानपावर लगायतका बिचौलिया संयन्त्रलाई सहभागी नगराउन र शुन्य लागतमै कामदार लैजाने व्यवस्था गर्न अनुरोध गरिसकेको छ । प्राविधिक समितिको बैठकमा दुबै देशले आपूर्ति प्रक्रियालाई पारदर्शी र प्रतिस्पर्धी बनाउने कुरामा नै जोड दिएका थिए । यस्तो विधि र प्रक्रिया निर्माण गर्दा विश्वब्यापी रुपमा प्रचलनमा रहेका उपयुक्त मादण्डहरु निर्माण गर्ने र त्यसै अनरुप कामदार भर्ति तथा आपूर्ति गर्ने सहमति पनि भएको छ । श्रम सचिव दाहाल जापानले कामदारको ज्ञान तथा अनुभव र विशेषज्ञ सीप परीक्षण गर्ने गरी दुई खाले विधि प्रस्ताव गरेको बताउँछन् । ‘नेपालको हकमा जापानले छुट्टै संयन्त्र र विधि निर्माण गर्न नसक्ला, अन्य कामदार श्रोत मुलुकसँग मिल्दोजुल्दो व्यवस्थाबाटै नेपालमा श्रमिक भर्ति हुन्छ,’ दाहालले भने, ‘यो विधि कामदारको हित अनुकुलकै हुनेछ भन्ने हाम्रो विश्वास हो ।’ कामदार संकट गहिरिएपछि जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति लिएको छ । नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लिने योजना बनाएको छ । नयाँ नीति कार्यान्वयनका क्रममा आगामी आर्थिक वर्षमा जापानले २२.४ अर्ब यूआन खर्च गर्नेछ । विदेशीहरुलाई जापानी भाषा सिकाउन मात्रै ६० करोड यूआन खर्च गरिने छ । परिमार्जित अध्यागमन कानूनअनुसार जापानले विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ । अनलाइनखबरबाट
भूकम्पपीडितको पूर्ण क्षतिको सूचीमा परेकाले पैसा फिर्ता गर्दै
पर्वत, पुस २७ । पर्वतको फलेवास नगरपालिका–३ का द्रोणराज भुसालको घर भूकम्पमा पूर्ण क्षतिको सूचीमा छ । पूर्ण क्षतिमा भए पनि उहाँले क्षतिग्रस्त घर भत्काउनुभन्दा पहिलो किस्तामा बुझेको अनुदान फिर्ता गर्न उचित ठाने । ‘घर नबनाई पहिलो किस्ताको अनुदान फिर्ता गरें’, भुसालले भने, ‘दुई कोठाको घर बनाउनुभन्दा फिर्ता गर्न उचित देखें ।’ भुसालमात्र होइन, कुश्मा नगरपालिका–९ का हरिचन्द्र पौडेलले पनि अनुदानको पहिलो किस्ता फिर्ता गरे । मर्मत गरेर बस्न मिल्ने घर भत्काउनुभन्दा पूर्ण क्षतिमा परेका परिवारले अनुदान नै फिर्ता गर्ने क्रम बढेको छ । पर्वतमा पूर्ण क्षतिमा परेको सङ्ख्या पाँच हजार २६९ छ । उनीहरुमध्ये पूर्ण क्षतिमा परेका ७ जनाले घर नबनाई अनुदान फिर्ता गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइको तथ्यांकअनुसार हालसम्म जम्मा ७०ले मात्रै घर सम्पन्न गरेर अनुदान बुझेका छन् । घर निर्माणको अनुदान पाउने लाभग्राहीमध्ये पहिलो किस्ता रकम सम्झौता गर्नेको सङ्ख्या चार हजार ८४६ छ । जसमध्ये एक हजार ६०६ ले मात्रै दोस्रो किस्ताको रकम लिएका छन् । अधिकांश घर केही चर्के पनि बस्न मिल्ने भएकाले घर बनाउनेतर्फ बढी चासो दिएका छैनन् । अर्कोतर्फ घर निर्माणमा दक्ष जनशक्तिको अभाव, गाउँमा प्राविधिक नपुग्नु र किस्ता लिन झन्झट भएका कारण पुनःनिर्माण अपेक्षित गतिमा नभएको पाइएको छ । ‘घर बनाउनेभन्दा पहिलो किस्ता बुझेर त्यसै बस्ने धेरै भए’, जिल्ला अनुदान व्यवस्थापन एकाइका प्रमुख जगदीश शर्माले भने, ‘अनुदान फिर्ता गर्न सञ्चारमाध्यम र सबै निकायलाई प्रयोग गरेर ताकेता गरेका छौं ।’ सानोतिनो राहतमा खाद्यान्न, आश्वासन र प्राविधिकको सल्लाह सुन्दासुन्दै हैरान परेका बिहादी–३ रानीपानीकी गङ्गा पराजुली आफैंले घर निर्माण सके । तर, प्राविधिक स्टिमेट नमिलेको भन्दै पाउनुपर्ने अनुदान रकम अझै पाउनुभएको छैन । फलेवास–३ का टीकाराम तिवारीले पनि भत्किएको घर बनाएर सकेको दुई वर्ष पुग्यो । तर, अहिलेसम्म सबै किस्ता रकम पाउनै सकेका छैनन् । ‘मैले घर सक्दा रु १० लाखभन्दा बढी खर्च भयो”, फलेवासका टीकारामले भने, ‘प्राविधिकले यो पुगेन र त्यो पुगेन भन्दै पुरै घर भत्काउने भन्छ । अब घर भत्काउनुभन्दा राहतै नलिन बेस भएन ?’ २०७४ कात्तिकमा शुरु गरेको रानीपानीकी विष्णु श्रेष्ठको घरको जग, पिल्लर र बिम बाँधेर छोडेपछि अहिलेसम्म काम अघि बढ्न सकेको छैन । मर्मत गरी बस्न सक्ने ४१७ परिवारले प्रवलीकरण लाभग्राहीका रुपमा रकम बुझिसकेको शर्माले बताए । कार्यालयले ११३ सँग प्रवलीकरण अनुदान सम्झौता गरिएकामा भने सबैले प्रवलीकरण किस्ता लिएका छन् । पर्वतका पीडितमध्ये लाभग्राहीको सूचीमा नपरेका दुई हजार ८७४ ले गुनासो फाराम भरेका छन् । गुनासो फाराम भर्नेमा सबैभन्दा धेरै बिहादी गाउँपालिकाका रहेका छन् । बिहादीका ७६५ परिवारले गुनासो फाराम भरेका एकाइ कार्यालयले जनाएको छ । फलेवास नगरपालिकाका ६६७ ले गुनासो फाराम भरेका छन् । घुम्ती शिविरबाट झण्डै दुई सय लाभान्वित जिल्ला प्रशासन कार्यालय पर्वतले सञ्चालन गरेको घुम्ती शिविरबाट यहाँको एक विकट गाउँका दुई सयभन्दा बढी लाभान्वित भएका छन् । जिल्लाको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा बिहीबार सञ्चालन गरिएको शिविरबाट सदरमुकामसम्म आउन नसक्ने वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा असहाय परिवारका २०० जना लाभान्वित भएका छन् । शिविरमा ७७ लाई नागरिकताको प्रमाणपत्र र ५४ को फोटोसहितको मतदाता नामवली सङ्कलन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो । जसमध्ये ३२ लाई प्रतिलिपि र ४५ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो । रासस
इन्धनको मूल्य १० रुपैयाँ घट्यो
काठमाडौं, पुष २६ । हवाई इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमको ४९औं वार्षिकोत्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिए । निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । साविकको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको उनले बताए । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने मन्त्री यादवले जानकारी दिए । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।
सर्वाेच्चकाे अादेशपछि सुमार्गीले निकाले २ अर्ब
काठमाडौं – व्यवसायी अजेयराज सुमार्गीले आफ्नो खातामा रोकिएको साढे २ अर्बभन्दा बढी रुपैयाँ निकालेका छन्। सर्वोच्च अदालतले सुमार्गीको खातामा विदेशबाट जम्मा भएको रकम भुक्तानी रोक्का नगर्न आदेश दिएपछि इन्भेस्टमेन्ट बैंकमा रहेको रकम उनले निकालेका हुन्। सर्वोच्चको आदेशसँगै सुमार्गी आफ्नो रोक्का रहेको रकम भुक्तानी माग गर्दै इन्भेस्टमेन्ट बैंक पुगेका थिए। उक्त बैंकले भुक्तानीका लागि केही दिनको समय मागेको थियो। तर, सुमार्गीले ताकेता गरेपछि बैंकले उनको खातामा रहेको रकम लैजान बाटो खुला गरिदिएको बैंक स्रोतले बतायो। ‘अदालतको आदेश पालन नगरे अपहेलना मुद्दा हाल्ने े धम्की आएपछि सुमार्गीको रकम इन्भेस्टमेन्ट बैंकले फुक्का गरिदिएको हो,’ बैंक स्रोतले शुक्रबार भन्यो, ‘इन्भेस्टमेन्ट बैंकले सुमार्गीको खातामा रहेको रकम भुक्तानी गर्न राष्ट्र बैंकको अनुमति मागेको थियौ। तर, राष्ट्र बैंकले निर्णय दिन ढिला गरेपछि इन्भेस्टमेन्ट बैंक स्वयंले भुक्तानी दिएको हो।’ इन्भेस्टमेन्ट बैंकले राष्ट्र बैंकको अनुमतिका लागि निवेदन दिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्। ‘गभर्नर त्यहीं बेलामा जिल्ला गएकाले बोर्ड बैठक बस्न सकेन, त्यहीं मौकामा सुमार्गीले आफ्नो रकम लगे छन्,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हामीले इन्भेस्टमेन्ट बैंकलाई दिउ पनि भनेनौं, नदिन पनि भनेनौं। तर, राष्ट्र बैंक सुमार्गीको रकम भुक्तानी दिने पक्षमा थिएन।’ राष्ट्र बैंक उच्च स्रोतले थप्यो, ‘गभर्नर चिरञ्जीवी नेपाल जिल्लाबाट फर्केर आउँदा सुमार्गीले रकम लगिसके छन्। रकम लगिसकेपछि निर्णय गर्नुको औचित्य हामीले देखेनौं।’ अघिल्लो साता सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सुमार्गीको लगानीमा सञ्चालित मुक्तिश्री सिमेन्ट उद्योग प्रालिको खातामा विदेशबाट जम्मा भएको ७५ लाख अमेरिकी डलर भुक्तानी रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश दिएको थियो। सुमार्गीले यसपटक ८३ करोड २५ लाख र यसअघि २ अर्ब २५ करोड रुपैयाँ लगिसकेको राष्ट्र बैंक स्रोतको भनाइ छ। ‘खाताबाट साढे २ अर्ब भन्दा बढी रकम निकालिसकेका छन्,’ राष्ट्र बैंक स्रोतको भनाइ छ। अदालतको आदेश हुनासाथ रकम निकाल्ने काम भएको छ। सुमार्गीको खातामा पटकपटक रकम जम्मा हुने भएकाले त्यसैमध्ये दुई अर्ब रुपैयाँभन्दा बढी उनले निकालेका हुन्। सुमार्गीले सुर्खेतमा सिमेन्ट उद्योग सञ्चालन गर्न चार करोड ५० लाख अमेरिकी डलर (करिब पाँच अर्ब रुपैयाँ) खातामा जम्मा पारेका थिए। खातामा जम्मा भएको रकममध्ये ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५लाख रुपैयाँ ) राष्ट्र बैंकले रोक्का गरिदिएको थियो। उद्योगका लागि जम्मा गरेको रकम भुक्तानी दिन बैंकले रोकेकाले उद्योग धराशयी हुन लागेको दाबीसहित उनले सर्वोच्चमा रिट निवेदन दिएको हो। मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिज प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले पुस ३ मा सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए। दुवै पक्षबीच छलफल गरी निर्णयमा पुग्न उपयुक्त हुने देखिएकाले त्यसका लागि पुस २४ को पेसी तोकी अर्काे पक्षलाई जानकारी दिनू भने पनि आदेशको पाठमा भने रकम झिक्नबाट रोक्न नदिनू भन्ने विरोधात्मक लबजको भाषासहित रकम निकाल्न उद्योगलाई अनुमति दिइएको छ। ‘सुविधा र सन्तुलनका दृष्टिकोणले निवेदन मागबमोजिम निवेदक उद्योगको खातामा रहेको रकम निवेदक उद्योगको आवश्यकता र समयतालिकाबमोजिम निवेदक उद्योगले माग गरेका बखत भुक्तानी दिनू–दिलाउनू’, आदेशमा भनिएको छ, ‘त्यससम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू/नगराउनू भनी विपक्षीका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ।’ यसअघि सुमार्गीले नबिल र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको झन्डै दुई करोड १३ लाख अमेरिकी डलर (२ अर्ब २५ करोड रुपैयाँ) अदालतको आदेशपछि भुक्तानी पाएका थिए। सुमार्गीले २०७० मा करिब ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए। सुमार्गीले ‘ट्याक्स हेभन’ मानिएका ब्रिटिस भर्जिन आइल्यान्ड र साइप्रसबाट सो रकम ल्याएका हुन्। उनले सो रकम अनुमति नलिई सीधै नेपालका बैंकमा जम्मा गराएका थिए। करछली मार्फत् गैरकानुनी रूपमा आर्जन गरेको रकम ‘ट्याक्स हेभन’ बाट लगानीका नाममा भित्र्याउन खोजेको शंकामा राष्ट्रबैंकले रोक्का गरेको थियो। नागरिक दैनिकबाट
पहिलो मिस नोबेल नेपाल २०१९’ को ताज प्रिया मल्ललाई (फोटोहरु)
काठमाडौं, पुस २० । एमाजोन ईन्टरटेन्मेन्ट प्रालिको आयोजनामा भएको वौद्धिक एवं सौन्दर्य प्रतिस्पर्धा ‘‘मिस नोबेल नेपाल २०१९’ उपाधि प्रिया मल्लले जित्न सफल भएकी छन् । उनले उपासध सहित बेस्ट फोटोजेनिक, बेस्ट ड्रेस्स र मस्ट पपुलरको ताज पनि प्राप्त गर्न सफल भईन। राजधानीको राष्ट्रिय नाचघरमा सम्पन्न सो प्रतियोगीताको फस्ट रनरअपमा रश्मी बर्तौला घोसित भईन । उनले उपासधसहित मस्ट मस्ट स्मार्टको टाईटल पनि प्राप्त गरिन । त्यस्तै सेकेन्ड रनरअपमा सुष्मा तिमल्सिना घोसित भईन उनले उपाधि सहित बेस्ट पर्सानालिटी उपाधि पनि प्राप्त गरिन् । अन्य प्रतिस्प्रधीहरुले बिभिन्न विधामा सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट ट्यालेन्ट स्मृति लुंगेली, बेस्ट स्किन कबिता तामाङ्ग , मस्ट एक्टिभ प्रकृति रंजितकारले प्राप्त गरे। अन्तिम प्रतिस्पर्धाको निर्णायकहरुमा आरजे तथा मोडल कला सुब्बा, मोडल तथा अभिनेता विनय श्रेष्ठ, नायिका मारिस्का पोखरेल, मिस ईको ईन्टरनेसनल बिजेता मौनता लामा र मिस्टर ह्यान्ड्सम रनरअप बैभव उपाध्याय रहेका थिए । चर्चित कोरियोग्राफर तथा उद्घोषक रोजिन शाक्यले सञ्चालन गरेको कार्यक्रममा नृत्य, गीत प्रस्तुती मार्फत दर्शकहरुलाई मनोरञ्जन दिइएको थियो । केही तस्वीरहरु तस्वीरः कुबेर तमाङ र सगुन शाक्य
सीडीओले प्रदेश प्रहरी पनि चलाउने, यस्ता छन् प्रजिअका बाँकी अधिकार
काठमाडौं, पुस १८ । संघीय सरकारले प्रदेशको आन्तरिक मामिला (गृह) मन्त्रालयलाई भन्दा प्रमुख जिल्ला अधिकारीलाई बढी अधिकार दिने गरी ऐनको मस्यौदा गरेको छ । संघीय संसदमा छलफल हुने तयारीमा रहेको आन्तरिक शान्ति तथा व्यवस्था कायम गर्ने सम्बन्धमा व्यवस्था गर्न बिनेको विधेयकले शान्ति सुरक्षासम्बन्धी कार्य गर्ने कार्यकारी अधिकारी सीडीओमा निहित गरेको छ । मन्त्रिपरिषदबाट पारित भई संसदमा दर्ता गर्ने तयारीमा रहेको विधेयकमा ७७ वटै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा प्रमुख जिल्ला अधिकारीले जिल्लाका प्रमुख प्रशासकीय अधिकारी भई काम गर्ने उल्लेख छ । अदालत र रक्षासम्बन्धी कार्यालय बाहेक जिल्लास्थित सबै कार्यलयका प्रमुखहरु सीडीओको मातहतमा रहने पुरानै प्रावधान यथावत राखिएको छ । प्रमुख जिल्ला अधिकारीले नेपाल सरकार र प्रदेश सरकारको नीति, निर्देशन र समन्वयमा रही काम गर्ने विधेयकमा व्यवस्था गरिएको छ । तर, नेपाल सरकारको प्रतिनिधिले अन्तिम आदेश भने संघीय गृहमन्त्रालयकै पालना गर्नेछ । यद्यपि विधेयकमा जिल्लाभित्रको शान्ति सुरक्षामा मामिलामा प्रदेश सरकार र स्थानीय तहको समन्वयमा रही काम गर्ने भनिएको छ । जिल्ला प्रशासन कार्यालयका सीडीओ मात्र होइन, सबै कर्मचारी संघीय निजामती सेवाबाटै खटाइने व्यवस्था गरिँदैछ । तर विशेष अवस्थामा प्रदेश निजमति सेवा र स्थानीय सेवाका कर्मचारीलाई पनि कामकाज लगाउन सकिने व्यवस्था गरिएको एक मन्त्रीले बताए । विशेष अवस्था भन्नाले निर्वाचन र दैवी विपत्तिको बेला मानिएको हो । जिल्ला प्रशासन कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाह सम्बन्धी कामको लागि नेपाल सरकारले आवश्यकता अनुसार इलाका प्रशासन कार्यालय, सीमा प्रशासनको कार्यालय स्थापना गर्न सक्ने व्यवस्थासमेत बिधेयकमा गरिएको छ । गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार शान्ति सुव्यवस्था कायम गर्ने सन्दर्भमा सीडीओ लाई केन्द्र र प्रदेश सरकारको निर्देशनमा काम गर्ने बलियो संयन्त्र बनाउन खोजिएको हो । हालै सम्पन्न अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारको निर्देशनमा चल्ने गरी उसैको मातहतमा राख्नुपर्ने सुझाव दिएका थिए । सीडीओ लाई केन्द्र सरकारको प्रतिनिधिका रुपमा राख्दा उसले प्रदेश सरकारको निर्देशन नमान्ने अवस्था रहेको उनीहरुको भनाइ थियो । गृहमन्त्री रामबहादुर थापा संयोजकत्वको कार्यदलले दिएको २९ बुँदे सुझावमा पनि राहदानी, नागरिकता वितरण र सिमा सुरक्षा बाहेकका सबै काम प्रदेश सरकारको निर्देशनमा हुनुपर्ने भनेर दिइएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । मुख्यमन्त्री राईले भने, ‘सीडीओलाई नागरिकता, पासपोर्ट र सीमा सुरक्षा बाहेकका सबै काममा प्रदेश सरकारको अन्तर्गत राखिनुपर्छ । २९ बुँदे सुझावमा पनि त्यो समेटिएको छ । सायद विधेयक आउँदा यी विषय पनि समेटिएर आउँछ होला ।’ प्रमुख जिल्ला अधिकारीहरुले भने आफूहरु प्रदेशको नभई केन्द्र सरकारको मातहतमा हुनुपर्ने लबिङ गरिरहेका छन् । उनीहरुले केही समयअघि लिखित रुपमा पनि सो माग गरेका थिए । कतिपय जिल्लाका सीडीओ प्रदेश मन्त्रालयका सचिवभन्दा सिनियर सहसचिव हुने भएकाले पनि प्रदेश मन्त्रालयको निर्देशन मान्न नमिल्ने तर्कसमेत गरेका थिए । स्रोतका अनुसार कानुन मन्त्रालयको रायसहित मन्त्रिपरिषदमा फर्किएको आन्तरिक सुरक्षा सम्बन्धी बिधेयकमा केही हेरफेर गर्न गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सचिवलाई जिम्मा दिइएको छ । विधेयकमा के के थप भयो भन्ने प्रष्ट भइसकेको छैन । दुवै सरकारको निर्देशन चल्ने संघीयताको अवधारणले जिल्लालाई समन्वयकारी इकाइका रुपमा मात्र चिने पनि प्रमुख जिल्ला अधिकारीलाई भने पहिलेका भन्दा थप अधिकार दिइएको छ । संघीय सरकारका नेपाल प्रहरी र सशस्त्र प्रहरीमात्र होइन, प्रदेश प्रहरी परिचालनको अधिकारसमेत प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । उसले नेपाल सरकार र प्रदेश सरकार दुवैको निर्देशनमा काम गर्ने भनिएको छ । मेला, जात्रा, पर्व वा कुनै सभा जुलुको भीडले हिंसात्मक प्रवृति लिई शान्ति भंग हुने सम्भावना देखिएमा प्रमुख जिल्ला अधिकारीले तत्काल प्रदेश प्रहरी खटाई उक्त कार्य रोक्न लगाउनुपर्ने भनिएको छ । प्रदेश प्रहरीलेमात्र नियन्त्रण गर्न नसकेमा उसले तुरुन्त नेपाल प्रहरीलाई परिचालन गर्ने आदेश दिनुपर्ने व्यवस्था विधेयकमा गरिएको छ । अनलाइन खबरबाट विधेयक अनुसार प्रमुख जिल्ला अधिकारीलाई दिइएको अधिकार- १ः जिल्लामा शान्ति सुरक्षा कायम राख्ने । २ः सार्वजनिक सम्पत्तिको रेखदेख, संरक्षण र अनुगमन गर्ने । ३ः भिड नियन्त्रण गर्ने आवश्यक पर्दा गोली चलाउन आदेश दिने । ४ः प्रदेश प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने ५ः जिल्लाको कुनै पनि ठाउँमा कफ्र्यु लगाउने ६ः दंगाग्रस्त क्षेत्र घोषित गर्ने ७ः सार्वजनिक सेवा र स्थल अवरुद्ध गर्न नदिने । ८ः नेपाल प्रहरीको काम कारवाही निगरानी गर्ने । ९ः राहदानी वितरण गर्ने १०ः नागरिकता प्रदान गर्ने ११ः राष्ट्रिय परिचयपत्र वितरण गर्ने १२ः सीमा निरीक्षण,अनुगमन र व्यवस्थापन गर्ने
यसरी ठहर भयो वाइडबडीमा भ्रष्टाचार, उपसमितिको प्रतिवेदनमा के छ ?
संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडीको दुई वटा विमान खरिद गर्दा ४ अर्ब घछ करोड भन्दा बढी भ्रष्टाचार भएको निष्कर्षमा पुगेपछि यसले ठूलो तरङ्ग निम्त्याएको छ । निकै गहन किसिमले गरिएको अध्ययनले वाइडबडी खरिद गर्दा शुरुदेखि नै बदनियतपूर्ण तरिकाले भ्रष्टाचार गर्ने आधार तयार गरिएको बताएको छ । के कस्ता तथ्यका आधारमा निश्कर्षमा पुग्यो त उपसमिति । कान्तिपुरमा प्रकाशित तथ्यहरुको अंश यहाँ प्रस्तुत गरिएको छ । सीधै कम्पनीसँग नकिनेको: एयर बसको विमान नै किन्ने भए पछि सीधै निर्माता कम्पनीसँग निगमको विनियमावली २३६ (१) अनुसार खरिद नगरी अर्कै कम्पनीसँग किन्नु खरिद प्रक्रिया नै बदनियतपूर्ण र कानुनसम्मत नरहेको तथा अख्तियारको दुरुपयोग भएको। विशेष उद्देश्यको कम्पनी र स्क्रु एजेन्ट : खरिद प्रक्रियाको बिचमा आएर विशेष उद्देश्यको कम्पनीको रूपमा हाइफ्लाइ एक्स आएरल्याण्ड लिमिटेड खडा गरेको। रकम सिधै एयर बसलाई पठाउने व्यवस्था खरिद सम्झौतामा गरेको भए पनि अर्को स्क्रु एजेन्टको नाटक गरेर अर्कै कम्पनीलाई पठाई कारोबार अपारदर्शी बनाएर भ्रष्टाचार गरेको। एक हजार घण्टाको सर्त राखेको : निगमलाई नयाँ वा सो सरहकै विमान आवश्यक भएकोले १००० घण्टासम्म मात्र उडेका विमान र सन् २०१४ पछि निर्मित विमान किन्ने सर्त राखेको। सामान्यतया १००० उडान घण्टा ३ महिना भन्दा कम अवधिमै पुरा गर्न सक्ने भएकोले यो सर्त राख्नुको कारण खरिद प्रक्रियामा विचौलिया प्रयोग गरी निर्माता कन्पनीबाट निगमलाई प्राप्त हुने छुटलगायतका रकम दुरुपयोग गर्ने मनसायले रहेको। भारबहन क्षमता घटाएको : विमानको भारवहन क्षमता सुरुमा २४२ टन भनिए पनि पछि २३० मा घटाइएको। यसअघि नै बिक्रेताले दिएको एएसएन नम्बर अनुसारको जहाजको भार बहन क्षमता पनि २४२ टन नै रहेको। पछि आउने जहाजको क्षमता भने घटाइएकोले प्रति जहाजको १२ टनका दरले २४ टन क्षमता घटाउँदा ९४ करोड हानी नोक्सानी गराएको। सार्वजनिक खरिद ऐनको अवज्ञा : महालेखा परीक्षकको ५५ औँ प्रतिवेदनले कानुन सम्मत नदेखिएको औँल्याएको, सार्वजनिक खरिद अनुगमन कार्यालयले गम्भीर त्रुटि औँल्याएको, सार्वजनिक खरिद ऐनको विधि र प्रक्रिया अवलम्बन नगरेको, बजार मूल्यभन्दा धेरै मूल्य निर्धारण गरेको, पुरानो विमान खरिद गर्न तोकेर खरिद गर्ने प्रक्रिया ऐन विपरीत रहेको, बोलपत्र मूल्याङ्कन तथा प्रस्ताव छनौट कानुन अनुसार नभएको, ऋण तथा जमानत ऐन विपरीत पुरानो विमान खरिद प्रक्रिया अपनाएको। मूल्यमा अनियमितता : सन् २०१६ को विमान मूल्यमा निगम व्यवस्थापनले २.७६९९५ प्रतिशतका दरले मूल्यवृद्धि जोड्ने सुझावलाई बेवास्ता गर्दै एएआर इन्कले प्रस्ताव गरेको मूल्यलाई नै अन्तिम मानेको र पुरानो विमान खरिदमा ह्रास कट्टी गर्नु पर्ने तथा नयाँ खरिद गर्दा सोही वर्षको मूल्य लिएर त्यसमा छुट लिनु पर्नेमा उल्टै मूल्य बढाएको। निरीक्षणको नाममा खर्च : विमान निर्माणको पूर्व निरीक्षणको नाममा ३८ जनाले फ्रान्सको भ्रमण गरेको र त्यसमा केही प्राविधिक बाहेक अन्य असम्बन्धित रहेको र एक करोड रुपैयाँ खर्च गरेको। यसरी भएको थियो भ्रष्टाचार लागत अनुमान तयार गर्दा एयर बस कम्पनीको तत्कालिन मूल्य र छुट रकमलाई नलिई गलत मनसायले ८ वर्ष पुरानो मूल्यमा वार्षिक मूल्यवद्धि समायोजन गरी नयाँ विमानको मूल्यलाई लागत अनुमान बनाई अमेरिकी डलर ११८,१६३,७७३ निर्धारण गरिएको तर बोलपत्रमा १००० घण्टासम्म उडेको र २०१४ पछि निर्मित पुरानो विमानका लागि सूचना जारी गरेर निगम सञ्चालक समितिले निगमले पाउने तत्कालिन छुट मूल्य बढी हुनुपर्नेमा निगमलाई नोक्सान हुनेगरी खरिद गरेको अवस्थामा प्रस्ताव मूल्यांकन उपसमितिले प्रस्ताव गरेको सन् २०१६ मा विमानको मुल्य अमेरिकी डलर ८८,०९९,३१७ पर्ने र निगम व्यवस्थापनले निर्धारण गरेको दर २.७६९९ प्रतिशतको मूल्यवृद्धि कायम गर्दा नयाँ विमानको मूल्य अमेरिकी डलर ९३,०४,७४३४.८० पर्ने सुझावलाई वेवास्ता गरी एएआर इन्कले प्रस्ताव पेश गरेको मूल्य अमेरिकी डलर १०४.८ मिलियन स्वीकारी करिब ११.८ मिलियन अमेरिकी डलरका दरले दुई जहाजमा २३.६ मिलियन डलर नोक्सानी भएकोले सोको दोषीहरुबाट भराउन र हाल वहाल रहेका तथा तत्कालिन सञ्चालक समितिका पदाधिकारी लगायत अन्य संलग्नहरुलाई निलम्बन गरी अख्तियार दुरुपयोग गरेकोमा कारवाही गर्न निर्देशन दिने। निगम सञ्चालक समितिले पुरानो विमान खरिद प्रक्रिया अपनाउँदा ह्रासकट्टी गर्नुको सट्टा नयाँ विमानको खरिदका सन्दर्भमा उत्पादक कम्पनीका लागि मात्र लागुहुने वृद्धि दफाको अधिकतम् सीमा व्यवस्थापनले सिफारिस गरे बमोजिम (२.७६९९५ मा नबढ्ने गरी) कायम गर्दै न्यूनतम सीमा एयर बस कम्पनीले सोही बर्षको लागि कायम गरी सार्वजनिक गरेको दर बमोजिम वार्ताबाट टुंगो लगाउने व्यवस्था मिलाइ सार्वजनिक खरिद ऐन २०६३ को वर्खिलाप हुनेगरी प्रस्ताव छनौट भएपछि मूल्य बढाउन सक्ने प्रावधान राखी निगमलाई आर्थिक नोक्सानी हुनेगरी व्यवस्थापनलाई निर्देशन दिएर करिब ६.८ मिलियन अमेरिकी डलर नोक्सानी पुर्याएकोले उनीहरुबाट सो रकम भराउन तथा कानूनी कारवाही गर्न निर्देशन दिने। प्रस्ताव पेश गर्ने एएआर इन्क कम्पनीले प्रस्ताव गर्दा भार क्षमता २४२ मे. टन भएको ए३३०-२०० जहाज दिने प्रस्ताव गरेकोमा एमओयू गर्दा र खरिद बिक्री सम्झौता गर्दा विमानको प्रस्तावित अधिकतम टेक अफ भार क्षमता भन्दा प्रति विमान १२ मेट्रिक टन क्षमता कम भएका दुई २३० मे. टनका विमान ए३३०-२४३ जस्को भार क्षमता मात्र २३० मे.टन रहेकोमा यस्ले गर्दा निगमलाई ८.४ मिलियनअमेरिकी डलर क्षति पुर्याएकाले कानुनी कारवाही सहित असुल उपर गर्न निर्देशन दिने। निगमले खरिद बिक्री सम्झौतामा सबै रकम एस्क्रो एकाउन्ट वा एयर बस वा एस्क्रो एग्रिमेन्ट अनुसार भनी प्रावधान राखेकोमा सिधै एयर बसलाई रकम पठाउने प्रावधान हुँदाहुदै एस्क्रो एजेन्टलाई १० हजार युरो कमिसन दिन स्वीकार गरी गैरकानुनी रूपमा रकम अपचलन गरेकोमा अख्तीयारको दुरुपयोग गर्ने निगमका पदाधिकारीहरुलाई कारबाही गर्न निर्देशन दिने। पहिलो विमानले व्यावसायिक उडान १ अगष्ट २०१८ मा कतारको दोहाबाट र दोस्रोले २४ अगष्ट २०१८ मा थाइलैण्डको बैंककबाट शुरु गरेको भए पनि पूर्व निर्धारित व्यवसायिक योजना कामयावी नभएको, विमान दैनिक ५ देखि ७ घण्टा मात्र उडान गर्न सकेको र यसको पूर्ण क्षमता १४ देखि १५ घण्टा हुने कुरा स्वयं पदाधिकारीहरुले स्वीकार गरेको, हालै मात्र २२ दिनसम्म लापरवाहीपूर्ण तरिकाले ग्राउण्डेड रहेका, नयाँ गन्तव्य तय गर्न नसकेको र कर्जाको व्याज समेत तिर्न आम्दानी नभएकोले दैनिक करीब ७० लाख रूपैयाँ ब्याज मात्र नोक्सानी भएकोले सो को उडान तालिका अनुसार हर्जाना सम्बन्धित पक्षलाई तिराउन निर्देशन दिने ।
देशभर ढाका टोपी दिवस यसरी मनाइयो (फोटोहरु)
काठमाडौं, पुस १७ । युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै एघारौँ राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवती ढाका टोपी लगाएर सेल्फी खिँच्दै । टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै एघारौं राष्ट्रिय टोपी दिवसको उपलक्ष्यमा हनुमानढोका परिसरमा उपस्थित भएका युवायुवती ढाका टोपी लगाएर सामूहिक तस्वीर खिचाउँदै । टोपी दिवस राष्ट्रिय टोपी दिवसको अवसरमा “पुर्खाको रगत र पसिनाले जोगाएको मेरो देश नेपाली टोपीले आफ्रनै पहिचान बनाएको मेरो देश” लेखेको व्यानर र टोपी लगाएका पदमोदय पब्लिक नमुना उच्च माध्यमिक विद्यालयका विद्यार्थी । तस्वीरः रासस
गायक पुष्कल शर्माको आइटम गीत ‘मेरो आँखा‘ को भिडियो सार्वजनिक (भिडियोसहित)
काठमाडौं, पुस १५ । झझल्को म्युजिक प्रालिको प्रस्तुतिमा नेपाली लोकदोहोरी गीतमा वियोगान्त ल्याएर सर्वाधिक दर्शक तथा स्रोताको नजरमा रहेका गायक पुष्कल शर्मा र गायिका विष्णु परियारको आवाजमा सजिएको ‘मेरो आँखा’ बोलको गीत सार्वजनिक भएको छ । धेरै रोमान्टिक गीतलाई आमदर्शक माझमा निकै समयपछि बजारमा ल्याउँदा निकै खुशी लागेको गायक पुष्कलले बताए । आफ्नो सिर्जना पस्किएर असङख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल सर्जक रामु सुवेदीको शब्द तथा बहुमुखी प्रतिभाका धनि दिलिप रेग्मीको गीतमा लय सिर्जना रहेको छ । यस गीतको म्युजिक भिडियोमा शुत्र लामा, राज मगर, डेनिसा खड्का र शर्मिला मगरको रोमाञ्चक अभिनयसहित नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन नरेन श्रेष्ठ, छायांकन मरुभुमी नारायण र सम्पादन रोशन धितालले गरेका छन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला–