वीरगञ्ज महानगरपालिका अपडेड: संघीय समाजवादीकाे अग्रता यथावत
काठमाडौं, असोज ८ । वीरगञ्ज महानगरपालिका, पर्सा संघीय समाजवादी 9232/8642 कांग्रेस 9194/10558 राजपा 6409/5521 प्रदेश नम्बर २ मा निकै चर्चा र चासोको विषय बनेको वीरगन्ज वीरगन्ज महानगरपालिकामा ८४ हजार मत खसेको थियो । ३२ वटा वडा रहेको वीरगन्जमा मंगलबारबाट मतगणना सुरु भएको थियो । वीरगन्ज महानगरमा अहिलेसम्म १, २, ३, ४, ६, ७, ८, ९, १०, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये वडा नं ३० मा एमालेका उम्मेदवार विजयी भएका छन् भने २, २८ र २९ नम्बर वडमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । त्यस्तै, १ र ४ नम्बर वडामा कांग्रेस, ३,५ र ३२ नम्बर वडामा राजपा नेपालका उम्मेदवारहरु विजयी भएका छन् । ३२ हजार ९ सय ५२ मत गणना हुँदा वीरगञ्ज महानगरपालिकाको पछिल्लोे मतपरिणाम यस्तो छ ।
मधेसले आफ्नो मताधिकारको कदर गर्नुपर्छ
उमेश बन्जाडे/ अस्ति भर्खरै आएको बाढिले चुर्लुम्म डुबाएको मधेस यतिबेला गास, बास र कपासको चरम अभावका कारण आहात बनेको छ। केही वर्षअघि पहाडमा भुइँचालो जाँदा हर सम्भव जुटाएर सहयोगको कुनै कसर बाँकी नछोडेको मधेसले, आज उस्तै दयालु मनहरुको व्यग्र प्रतीक्षा गरिरहेको छ। आज मात्र होईन प्रायः वर्षेनि यस्तोखाले प्रकोपहरुले खुसिहरु लुटेर स्तब्ध बनाउने मधेसको माटो र मनहरु यतिबेला फेरिपनी बाढिबाट निथ्रुक्क भिजेर ओसिएका छन् । आंशिक रुपमा सरकार तथा केही ब्यक्ति र समूहले राहत वितरण गरेतापनी वर्षौंलगाएर जोडेको सम्पत्ति एवं घरपरिवार बगाएको घाउमा सामान्य मल्हम मात्र लगाएर खाटो बस्न सक्ने अवस्था देखिन्न। हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। उमेश बन्जाडे अहिले विशेषत यतिबेलै मधेस अर्थात दुई नम्बर प्रदेशका विभिन्न जिल्लामा आगामी साताहुुुने स्थानीयतह चुनावको रौनक सुरु भएसँगै कार्यकर्ता आकर्षित गरेर शक्ति प्रदर्शन गर्ने एवं आफू मधेस र मधेसिका समस्या सँग नजिक रहेको भान गराउन होड नै सुरु भएको छ । हिजोका दिनमा मधेसलाई बिहार देख्ने, पहाडलाई कुमाउँ(गढवाल देख्ने र हिमाललाई चीन, तिब्बत देख्नेहरु पनि, आज हामी समग्र नेपालीको एकत्त्व चाहान्छौ भन्दै मधेस झरेका छन। आफ्नै देशका नागरिकले अधिकार माग्दा बिहारिको संज्ञादिँदै छातिमा गोलि ठोकेर ूकुहिएको आँप झार्योू भन्दै कुर्लिनेहरु पनि मधेस र मधेसिको अभिभावकका रुपमा चित्रित गर्दै मधेस झरेका छ्न । सत्ता प्राप्तिको कल्पनामा चुर्लुम्म डुबि मधेस र पहाडका बिचमा नकारात्मक भावनाहरू सिर्जना गराएर देशलाई लामो समय राजनीतिक अस्थिताको परिबन्धन ले बाँध्ने पश्चागामीहरु आज मधेस हुँदै देशका समग्र समस्याहरुको समाधान गोजिमै बोकेर अहिल्यै परिपुर्ति गर्छन् झैँ अभिनय गरि, चुनावी नतिजा आफ्नो पोल्टामा पार्न कन्दनी कँसेरै लागि परेकाछन। यता त्यही प्रवृतिले सात्तामा टाँसिएर अस्तव्यस्त बनाएको देश र हाम्रो भावनालाई एकीकृत गर्न, आफ्नै देशमा पनि पराइ झैँ लाग्नेगरी मौलाएको कुगन्धको अन्त्य गर्न हरबखत आफुले हारेरै भएपनी अपन्त्वको शुगन्ध छर्न प्रयत्न गरिरहने अर्को शक्ति पनि आफ्ना बिचार र एजेन्डा प्रष्ट्याउँदै मधेस झरेको छ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। जबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। अब ती सबै विभाजित मनहरूलाई एकीकृत गर्दै नेपाल र नेपाली भई सहर्ष बाँच्न पाउने वातावरण बनाउँदै राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउँदै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्ने राजनीतिक नेतृत्वलाई आफ्नो अभिभावक चयन गर्ने वा विभिन्न परिवर्तनहरूलाई प्रदूषित गर्दै आफ्ना स(साना स्वार्थहरू पूरा गर्दै, आपसमा लड्दै भिड्दै आरोप प्रत्याआरोप लगाउँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्ने अथवा अधिकार माग्दा बिहार जाउ भन्ने कुनियतीका महासेठहरुलाई चुलीमा पुर्याउने त्यो उहीँ मधेस र मधेसी जनताको स्वैच्छिक स्वतन्त्रताको विषय हो। शासन व्यवस्थाका अन्तिम र निर्णायक जनता नै हुन् भन्नेकुरो यहीँनेर लागू हुनेछ। यतिबेला चुनावी अभियानका नाममा विभिन्न जिल्लामा भोजभतेर गरिएका खबरहरु पनि बाहिर आएकाछन। ूजबसम्म मासु, रक्सि र पैसा भरिएको मानसिकता मा एजेन्डा र राजनीतिक बिचार भर्न सकिदैन तबसम्म कुशल नेतृत्वले समाजमा स्थान पाउन सक्दैनन। विगत देखिनै चुनाव जित्नको लागि अनेकौं हत्कण्डा अपनाउने र जितिसके पश्चात् सामाजिक बिकासको संकल्पलाई आफ्नो लुटिखाने मन्त्रको रुपमा प्रयोग गर्नेहरुले फेरिपनी स्थानीय चुनावमा मासुको थुप्रो र रक्सीको खोलो बगाउँदै छन। एक चोक्टा मासु र एक घुट्को रक्सीमा पल भरको लागि रमाउँदा भविष्यमा पश्चातापले आफ्नै पुर्पुरो ठोकेर रुनुनपोरोस । आफ्नो अमुल्य मतको सदुपयोग गरौं ( हरेक सचेत मतदाता हरुलाई हार्दिक अपील हो यो। आफ्नै राष्ट्र भित्रको एउटा सम्प्रदायको नागरिकलाई कहिले बिहारी कहिले कुहिएको आँप कहिले कालो भन्दै अर्को सम्प्रदायको नागरिकलाई उत्तेजित बनाएर आफ्नो निहित स्वार्थ परिपुर्ती गर्न खोज्ने पाखाण्ड राष्ट्रवाद मात्र नभएर ठूलो अपराध पनि हो। यसको सजाय मधेसी जनताले यहि स्थानीय तहको निर्वाचन बाट दिने गतिलो अवसर पनि हो, यो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, हामी देख्दै छौँ( एसअघि चुनाव जित्नकै लागी जनसेवाका अनेकौं अक्षरले भरिएका कागजी एजेन्डाहरु देखाएर नौटंकी गर्दै निकास र बिकाशका ढ्वाङ फुक्नेहरु, जब चुनाब जिते महानगर, नगर र गाउँपालीका को करोडौं र अरबौं बजेट देखेर, अब कसरी लुटौं भन्ने ध्याउन्न मा लागेका छन् । फेरिपनि एकछाक खाना, केही चोक्टा मासु र केही गिलास रक्सीसँग आफ्नो अमुल्य मत साट्नु र देख्दा देख्दै उही उहीँ प्रवृतिलाई भनेको आफ्ना सन्ततिका लागि ठूलो अपराधगरि चोरलाई चौतारी सुम्पिएझैँ हो। अझ सिधै भन्दा आउने पुस्ताको भविस्य अन्धकारमा धकेल्नु हो। एक चोक्टा मासु र एक गिलास रक्सी खुवाएका नेताले कुर्सीमा पुगेको भोलिपल्टै बाट राज्य कोषको कसरी दोहन गरेका छन, यस अघि सम्पन्न स्थानीय तहको निर्वाचन बाट निर्वाचित केही ठुला निकायका जनप्रतिनिधिहरुको व्यबहार बाट समेत सहजै अड्कल काट्न सकिन्छ। त्यसैले आफ्नो मत र मताधिकारको कदर गर्नुस। सोँचेर मतदान गर्नुस् ( ताकि फेरि पाँच वर्षसम्म पछुताउन नपरोस। आफुले गरेको मतदानलाई सम्झिएर हिन्ताबोध र आफैले ग्लानी गर्ने दिन नआवस। त्यसो हुन नदिनको लागि अग्रगमन र राष्ट्रिय एकताको पक्षधर अभिभावक लाई मतदान गरेर आफ्नो मताधिकारको सम्मान र कदर गर्नुस् । ( लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया)
एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा
काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ। राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’ त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।
टेलिकमले बाढी प्रभावित जिल्लामा निःशुल्क प्रिपे्रड सिम दिने
काठमाडौँ, भदौ १५ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिप्रेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) मा रु ५० को ‘टक भ्यालु’ सहितको प्रिपे्रड सिम वितरण भइरहेको कम्पनीले जनाएको छ । टेलिकमकाअनुसार सिम कार्डबाट कम्पनीको नेटवर्कभित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधासहितको सिम निःशुल्क वितरण भइरहेको छ । बाढी प्रभावित क्षेत्रका टेलिकमका ग्राहकले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन दिए सो को सट्टा अर्को सिम कार्ड टेलिकमले निःशुल्क उपलब्ध गराउने छ । यो सुविधा यही भदौ १२ गते देखि २६ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
माओवादी मधेसी नेता चोर्दै
काठमाडौं, भदौं १५ । मधेसवादी राजनीतिका जग हालेका नेपाल सद्भावना पार्टीका दुई जना नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् भने केहि नेताहरु प्रवेश गर्ने क्रममा छन् । निर्वाचनको मुखमा आएर आफ्नो र परिवारका राजनीतिक सुरक्षित गर्न दुवै जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नसपाका संस्थापक महामन्त्री अनिस अन्सारी मंगलबार जनकपुरमा आयोजित एक कार्यक्रममा माओवादीमा प्रवेश गरेका छन् भने बुधबार सर्लाहीमा आयोजित कार्यक्रममा तत्कालीन नेसपाका नेता र हाल नेपाल लोकतान्त्रिकमा फोरमका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव माओवादीमा प्रवेश गरेका छन् ।-नेपाल समाचारपत्रबाट
प्रचण्ड/ओली र महरा/देउवा नजिकिँदै किँन ?
नेपालका प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा आफ्नो देशको परराष्ट्र मामिलाबारे विपक्षी दलसँग पनि छलफल र समझदारी कायम गर्नुपर्ने हो । तर, देउवा नेतृत्वको सरकार यति साह्रो असावधान देखियो कि स्वयं सत्तारुढ दलभित्रै आपसी छलफल र समझदारी भएको पाइएन ।९ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमै छन् । उनले विहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोलेको कुरालाई लिएर विपक्षी दलले त आलोचना गर्ने नै भयो, स्वयं सत्तारुढ दल माओवादीका शीर्षनेताहरुले समेत देउवाको सार्वजनिक आलोचना सुरु गरेका छन् । प्रधानमन्त्री देउवाको अभिव्यक्तिलाई लिएर पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले विपक्षी दलका नेताले जस्तै गरी आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाले भारतमा गएर संविधान संशोधन गर्छु भनेको कुराप्रति असन्तुष्टि जनाउँदै प्रचण्डले शुक्रबार सुर्खेत पुगेर भने- ‘भर्खरै संविधान संशोधन विधेयक फेल भएको छ, अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो, यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन । सत्तारुढ दल माओवादीका अर्का शीर्ष नेता एवं पूर्वपराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पनि ट्विटमार्फत भनेका छन्- ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संविधानका बारेमा बोल्नुभएको कुराले नेपाल र नेपालीको अपमान भएको छ । प्रमलाई थाहा छ, के बोल्नुभयो ?’ NKShresthaPrakash @nksthaprakash देउवाले मोदी सँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीकोअपमान गरेको छ।प्रमलाई थाहा छ के बोल्नुभो? प्रधानमन्त्रीले भारतमा गएर बोलेको विषयमा विपक्षी दलका नेता केपी शर्मा ओलीले कडा शब्दमा आपत्ति जनाइसकेका छन् । उपचारका लागि बैंकक जान लागेका पूर्वप्रधानमन्त्री ओलीले शुक्रबार अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग भने- ‘उहाँ (देउवा)को अभिव्यक्तिले देशकै शीर निहुरिएको छ, संसदले गरेको फैसलालाई धज्जी उडाउनुभएको छ । गिडगिडाएर क्षमा याचनाको भाषामा भन्नुभएको छ, प्रभु, मैले कोशिश गरेको थिएँ, तर सकिनँ ।’ परराष्ट्रमन्त्रीको निरीहता मुलुकको परराष्ट्र मन्त्रालयको नेतृत्व माओवादी नेताले सम्हालेका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा परराष्ट्र मन्त्रालय चलिरहेको छ र उनी स्वयं पनि हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाको भाषणका पहिलो लहरका स्रोता हुन् । स्वयं माओवादीका नेता एवं उपप्रधान तथा पराराष्ट्र मन्त्रीसमेतको सहभागितामा भएको भ्रमणबारे प्रचण्ड र नारायणकाजी श्रेष्ठले सार्वजनिकरुपमै असन्तुष्टि जनाउनु आफैंमा विरोधाभाषपूर्ण देखिन्छ । भारतमा नेपालका प्रधानमन्त्रीले बोलेको विषयमा माओवादी नेताले असन्तुष्टि जनाए पनि परराष्ट्रमन्त्री महराले चाहिँ एउटा अनलाइनलाई दिएको अन्तरवार्तामा ‘संविधान संशोधन असफल भए पनि कोशिस जारी रहने’ भन्दै देउवाको भनाइको बचाउ गर्ने प्रयास गरेका छन् । प्रधानमन्त्रीले औपचारिक पत्रकार सम्मेलनमा बोलेको विषयमा परराष्ट्र मन्त्रालय पनि नैतिक र संस्थागत दुबै हिसाबले जवाफदेही हुन्छ । यो अवस्थामा माओवादी नेता महरा पनि यसमा जिम्मेवार नहुने कुरै भएन । तर, देउवाका अगाडि महरा निरीह एवं फड्के किनाराका साक्षीजस्तै देखिएका छन् । यो गठबन्धन सरकार हो कि एकमना ? कांग्रेस नेतृत्वको सरकारले परराष्ट्र मामिलामा सत्तापक्ष र विपक्षको सहमतिविनै जथाभावी अभिव्यक्ति दिँदै जाने हो भने यसबाट स्वाभाविक रुपमा प्रश्न उठ्छ कि यो सरकारले गठबन्धन संस्कृति अनुसार चलिरहेको छ या एकमना सरकारका रुपमा अघि बढिरहेको छ ? यसबाट अर्को प्रश्न पनि उब्जन्छ, सत्ता गठबन्धनका पार्टनर प्रचण्ड आखिर शेरबहादुर देउवाका सहयात्री हुन् या फड्के किनाराका साक्षीमात्रै हुन् ? कांग्रेसले जवाफ दिने कि माओवादीले ? भारत भ्रमणका बेला मोदी प्रशासनले परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई उपेक्षा गरेको चर्चा चल्यो । भ्रमणको दोस्रो दिन देउवा र मोदीवीच करिब आधा घण्टा ‘वान टु वान’ वार्ता हुने भनिएको थियो । तर, उक्त वार्तामा दुबै देशका परराष्ट्र मन्त्री र राजदूतहरुलाई पनि राखिनुपर्ने परराष्ट्र मन्त्री महराको जोड थियो भन्ने समाचार बाहिर आयो । अन्ततः मन्त्री महराको यही मागलाई ‘क्रस’ गर्न मोदीले देउवालाई बुधबार नै ‘चिया पिउन’ बोलाएको बुझाइ नेपाली भ्रमण दलका सदस्यहरुको छ । तर, परराष्ट्र मन्त्री महरा यो कुरा स्वीकार गर्दैनन् । उनका अनुसार बुधबार सल्लाह अनुसार नै देउवा मोदीलाई भेट्न गएका हुन् । भ्रमण दलका एकजना भित्रियाले दिएको जानकारी अनुसार बुधबार मोदीलाई भेट्न जानुपूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीवीच आपसी कुराकानी भएको थियो । तथापि महरालाई ‘बाइपास’ गर्न बुधबार मोदीले देउवालाई भेटेको भन्ने आशंकालाई नै बढावा दिने गरी विहीबार हैदरावाद हाउसमा दुबै देशका प्रधानमन्त्री, विदेशमन्त्री र राजदूतसमेत बसेर सामुहिक मिटिङ भयो । त्यहाँ के-के कुरा भएको थियो भन्नेबारेमा माओवादी नेता महरा पनि पूर्णरुपमा जानकार छन् । यही पृष्ठभूमिमा प्रधानमन्त्री देउवाले संविधान संशोधनका विषयमा संयुक्त पत्रकार सम्मेलनमा बोलेको विषय प्रधानमन्त्रीको व्यक्तिगत विषय हो या संयुक्त सरकारका उपप्रधानमन्त्रीको पनि यसमा सहभागिता र संलग्नता छ ? यो प्रश्नको जवाफ या त कांग्रेसले दिनुपर्ने हुन्छ, या त माओवादीले । अन्यथा, माओवादीकै नेतासमेत रहेका परराष्ट्रमन्त्री महराले देउवाको अभिव्यक्तिको बचाउ, गर्दै जाने अनि प्रचण्ड र नारायणकाजीले चाहिँ केपी ओलीकै भाषामा देउवाको आलोचना गर्ने हो भने यसले माओवादीमाथि समेत प्रश्न उठ्नु स्वाभाविक हुन्छ । अनलाइनखबरबाट
स्ववियुमा उमेर हदको आन्दोलन गर्ने क्रान्तिकारी किन चुप छ आफैभित्र लागु गर्न ?
स्वतन्त्र बिध्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको मुख्य माग थियो- क्याम्पस पढ़नेले मात्र स्ववियु नेतृत्व गर्न पाउनु पर्छ । त्यसैले २८ वर्षको उमेर हद लागु हुनुपर्छ । क्रांतिकारिको यो नारा निक़ै लोकप्रिय बन्यो । धेरैले यसको प्रसंशा गरे । लामो संघर्षपछि यो नियम लागु पनि भयो । सफ़ा बिध्यार्थी राजनीतिका पक्षमा क्रान्तिकारीको योगदानले स्ववियुको इतिहासमा नै क्रान्तिकारी सुधार गरेको इतिहासमा लिपिवद्द भएको छ । तर बिडंबनाको कुरा, त्याहि क्रान्तिकारी आफ्नो संगठनभित्र यो कुरा लागु गर्न भने असफल बनेको छ । अखिल क्रान्तिकारी संगठन नेपालको परिवर्तनको आन्दोलनमा बिशिष्ट महत्व राख्ने संगठन हो । यसले त्याग, समर्पण र बलिदानको नमूना प्रस्तुत गरेको छ । तर अहिले आएर भने व्यक्तिगत पद, प्रतिष्ठा र लाभका लागि नेतृत्व हत्याउने होड़बाज़ी नै चलेको छ । त्यही भएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत २५ औ रास्ट्रिय सम्मेलनको उदघाटनको क्रममा तीतो पोखे- बिध्यार्थी संगठनमा निस्ठा र आदर्श स्खलित भयो, व्यक्तिगत लाभको राजनीति सुरु भयो । संगठनमा मौलाएको कशमेटिक नेतृत्वको राजनीतिले उमेर हदको बिषय अहिले कसैले एजेण्डा बनाउन चाहेका छैनन । २८ वर्ष उमेर पार गरेका, क्याम्पसको नियमित कक्षा नलिने जमातको उम्मेदवारीको बाहुल्यता छ । जसरी हुन्छ नेतृत्वमा पुग्ने कुरामा मुख्य ध्यान छ । २८ को हदबंदी लागू गर्दा कतिपय नेताहरू उठन पाऊँदैनन । त्यसैले पनि हिजो वास्तविक बिध्यार्थीले नेतृत्व गर्नुपर्छ भन्ने क्रान्तिकारी आज आफुभित्र त्यों कुरालाई मुख्य एजेण्डा बनाउन सकिरहेको छैन । युद्दबाट शांति प्रक्रियामा आऊँदा उमेर हद लागु गर्न नसकने बाध्यात्मक परिस्थिति थियो । क्रान्तिकारीका कतीपय नेताहरू नियमित अध्ययनबाट कटेका थिए । प्रतिबन्धित अवस्थामा क्याम्पसमा नियमित अध्ययन गर्न पाएका थिएनन । त्यों परिस्थितिमा पार्टी, क्रांतिको रक्षाका लागि एउटा मिशन अंतर्गत ग़ैर बिध्यार्थीले समेत क्रान्तिकारीको नेतृत्व लिनु पर्ने बाध्यात्मक अवस्था थियो । तर अहिले त्यों स्थिति होइन । अखिल क्रान्तिकारीका आगाड़ी आफुलाइ साच्चिकै क्रान्तिकारी संगठन भएको थप प्रमाणित गर्ने अवसर अहिले छ । अहिले नियमित बिध्यार्थी, बिध्यार्थी माझ भएका बिध्यार्थीलाई नेतृत्व सुम्पिने यो अवसर उसले उपयोग गर्न सके यसले समग्र नेपालको बिध्यार्थी आन्दोलनमा नया उदाहरण प्रस्तुत गर्न सक्छ । तर यसका लागि तयार होला त क्रान्तिकारी ? यो भने निक़ै पेचिलो प्रश्न बनेको छ । यदि अहिले क्रांतिकारिले आफूभित्र उमेर हद लागु गर्न सकेन भने उसले भोली कुन नारा र नैतिकता बोकेर बिध्यार्थीहरू माझ भोट माग्ला ? पूर्व अध्यक्ष रमेश मल्लकै शब्दमा- क्याम्पस नजानेले कसारि क्याम्पसको समस्या बुझला, बिध्यार्थी नै नहुनेले कसरी बिध्यार्थीका माझ संगठन निर्माण गर्ला ? यो प्रश्न माओवादी केन्द्रका लागि समेत उत्तिकै सत्य हो । आख़िर भोली पार्टी सदस्य र नेतृत्वको एउटा मुख्य श्रोत यिनै बिध्यार्थीहरू हुन । नारा समाजवादी सिक्षाको तर व्यबहार पूर्ण पूँजीवादी भएको नेतृत्व स्थापित भए यसले संगठनको भविष्य कस्तो होला ? क्रान्तिकारीको क्रान्तिकारी ओज र इतिहासलाई माया गर्नेहरूले गंभीर भएर सोच्नुपर्ने बेला आएको छ ।
एसएमएसले बचायो ३२ परिवारको ज्यान
झापा, भदौ ६ । गतहप्ता कनकाई नदीमा आएको बाढीले भीषण रुप लिँदै गाउँ पसेपछि झापा गाउँपालिकाका एकै परिवारका आमा छोरीसहित ७ जनाले ज्यान गुमाए । दुई जना अझै बेपत्ता छन् । झापामा बाढीका कारण १३ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेहरुमा सबैभन्दा बढी झापा गाउँपालिकाका रहेका छन् । झापा गाउँपालिकामा मात्रै बाढीकै कारण सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पनि झापा गाउँँपालिका नै हो । माई र सानो माईको भङ्गालो गाउँ पसेपछि सिङ्गो झापा गाउँपालिका तीन दिन डुब्यो । गाउँपालिकाको ७ नम्बर वडा टप्पु गाउँ सबैभन्दा बढी प्रभावित क्षेत्र बन्यो । सोही गाउँ नजिकैका टेकबहादुर दर्नालकी श्रीमती कमला र छोरी खुशीले बाढीका कारण ज्यान गुमाए । सानो माईको नजिकै घर थियो उनीहरुको । तर, सोही गाउँका ३२ परिवारका एक सय ५० जनाले भने एसएमएसका कारण ज्यान जोगाएका छन् । कनकाई नदीमा बाढी आउने सूचना दुई घण्टा अघि एसएमएसबाट थाहा पाएपछि सो गाउँका ७८ महिला र ७२ जना पुरुषले सुरक्षित स्थानमा गएर ज्यान जोगाएको स्थानीयवासी तथा खोज तथा उद्धार कार्यदलका सदस्य सुनिल हस्दाले बताए । युएसआइडीको आर्थिक सहयोग, प्राक्टिकल एक्सनको प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको कनकाई बाढी पूर्व सूचना प्रणालीमार्फत बाढी आउने सूचना मोबाइलमा एसएमएस आएपछि टप्पुवासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका थिए । सो क्षेत्रमा तीन वर्षअघिदेखि कनकाई बाढी पूर्व सूचनासम्बन्धी काम नेपाल रेडक्रस सोसाइटी झापाले गर्दै आएको छ । सानो माई पश्चिमको गाउँ हो टप्पु । टप्पु गाउँमा पश्चिमबाट माई र पूर्वबाट सानो माईको भङ्गालो पसेपछि त्यहाँका ३२ परिवार तीन दिनसम्म डुवानमा परे । त्यो गाउँमा उद्धारका लागि न नेपाली सेनाको टोली पुग्न सक्यो न त त्यहाँ अरु कुनै निकायको उद्धार टोली नै पुग्यो । उद्धारका लागि खटिएको नेपाली सेना र प्रहरीको टोली बीचबाटोबाटै फर्किएपछि स्थानीयवासी आफैंले कोलाको थम्बाको सहारामा सानो माई पार गर्दै तीन दिनपछि सिमलवाडी पुगेर आश्रय लिएको स्थानीयवासी हस्दाले बताए । कनकाई माईको मैनाचुलीमा राखिएको बाढी पूर्व सूचना प्रणालीबाट बाढी आउनुभन्दा दुई घण्टा पूर्व नै बाढी आउने सूचना थाहा पाएर ज्यान जोगाउन पाएकामा विपद्मा पनि खुशी छन् उनीहरु । सन्थाल समुदायको बाहुल्य रहेका त्यहाँका बासिन्दा बाढी आउने विषयमा पूर्व सूचना प्रणालीका कारण बाँचेको बताउँछन् । तर, नेपाल रेडक्रस सोसाइटी झापाले समुदायमा पुगेर गठन गरेको सामुदायिक विपद् व्यवस्थापन समितिमा नरहेका दर्नाल परिवारको भने उठिवास भयो । सिमलवाडी र टप्पु जोड्ने सडकखण्ड बीच सानो माई खोलाको छेउमा घर बनाएर बसेका टेकवहादुरको न घर रह्यो न श्रीमती र छोरी नै रहे । मेचीनगर–१२ स्थित भाइ ९फुपूका छोरा० सरमान बराइलीको घरमा उहाँ अहिले श्रीमती र छोरीको काज किरियामा बस्नुभएको छ । उहाँसँगै जेठी श्रीमतीपट्टिकी साइँली छोरी पनि किरिया बसेका छन् । झापा गाउँपालिका–७ का पूर्व सूचना कार्यदलका संयोजक विकाश टुडूका अनुसार सामुदायिक विपद् व्यवस्थापन समिति ९सिडिएमसी० मा आबद्ध गाउँका ३२ घर परिवारले बाढी आउँदा कसरी बच्ने भन्ने विषयमा जानकारी लिएका थिए । तर, दर्नाल परिवार भर्खरै मात्र पहाडबाट बसार्इँ सरेर आएकाले बाढीबाट कसरी बच्ने भन्ने विषयको ज्ञान नभएका कारण अत्तालिएर भाग्दा ज्यान गुमाउनु परेको स्थानीयवासी बताउँछन् । “बाढीबाट कसरी बच्ने भन्ने विषयमा जानकारी नभएको भए टप्पु गाउँका हामी कोही पनि ज्यूँदो भेटिने थिएनौं” – खोज तथा उद्धार कार्यदलका सदस्य आकृति टुडूले भने । पूर्व सूचना प्रणालीकै कारण गर्भवती महिलाको उद्धार गर्न पाएका कारण सुनिल पीडामा पनि खुशी हुनुहुन्छ् । उहाँ आफ्नो पीडा भुलेर भन्छन् – “कनकाई माईमा पानीको सतह बढेर सतह नाध्न थालेपछि हामीले कसैलाई भाग्न दिएनौं । कोही भाग्न नपाएका कारण गर्भवती महिला, वद्धवृद्धा र बालबालिका सबैको ज्यान बच्यो ।” हस्दाले भने – ‘तालिमपछि हामीले ट्युब, लाइफ ज्याकेट, टायर लगायतका सामग्री राखेका थियौं, त्यतिले नपुगेपछि हामीले कोलाको थम्बा प्रयोग गरेर पनि टप्पुवासीको उद्धार गर्न पाएकामा खुशी छु ।’ टप्पुवासीले बाढी आउने सूचना पाएपछि उनीहरुले पनि खतराको साइरन बजाएका थिए । बाढी आएलगत्तै मोबाइल सम्पर्क टुटेका कारण उनीहरुले घर–घरमा पुगेर बाढी आउने भन्दै सबैलाई खबर गरेका थिए । “मोबाइल सम्पर्क विच्छेद नभएको भए आफूहरुलाई जिल्लामा रहेको सूचना सञ्जाल र मैनाचुली स्टेशनबाट पनि टेलिफोन आउने थियो” – स्थानीय गोपाल थपलियाले भने । टप्पुवासीको पहिलो आवश्यकता स्वास्थ्योपचार बाढीका कारण टप्पुवासीले पालेका धेरै पशुचौपाया मरेका कारण टप्पु लगायत झापा गाउँपालिकाका धेरै स्थानमा यतिबेला दुर्गन्ध फैलिएको छ । धेरै पशुचौपायालाई बाढीले बगाएर मरेपछि जताततै दुर्गन्ध फैंलिएसँगै सरुवा रोगको खतरा बढेको स्थानीय तर्सला टुडूले बताए । उनले भने “यहाँको पहिलो आवश्यकता भनेको औषधि उपचार हो । बाढीबाट जसोतसो ज्यान जोगायौं । अब रोग लाग्यो भने चाहीँ के गर्ने रु न बस्ने घर छ न सुत्ने ओच्छ्यान नै ।” बाढी आउने सूचना आफूहरुले दुई घण्टा अघि नै थाहा पाएपनि मुसलधारे बर्षाका कारण अन्नपात र घरमा रहेको अन्य सामग्रीलाई सुरक्षित गर्न नसकिएको उनको भनाइ थियो । आपत्कालीन अवस्थाका लागि त्यहाँका सर्वसाधरणले प्रत्येक महिना प्रतिपरिवार २०÷२० रुपैयाँ बचत गरेको रकमले दुई दिनसम्म प्राण धानेको कार्यदलकै तुर्सला बताउँछन् । इलामको माई नगरपालिकास्थित मैनाचुलीमा १९७१ सालमा स्थापना भएको जलमापन केन्द्र गत साता माई खोलामा आएको बाढीले बगाएको छ । बाढी आउनुभन्दा ५ घण्टा अघिसम्मको सूचना दिनसक्ने जलमापन केन्द्र बगाएपछि अहिले अझ बढी चिन्तित छन् त्यस क्षेत्रका सर्वसाधारण ।झापा गाउँपालिका–७ निवासी आकृति टुडू भन्छन् – “जलमापन केन्द्र भएन भने हामी टप्पुवासी मात्र होइन आसपासका बासिन्दाले पनि बसाइँ सरे हुन्छ ।” झापासहित इलामको माई र देउमाई नगरपालिका तथा माङ्सेवुङ गाउँपालिकामा बाढी पूर्व सूचना प्रणाली सञ्चालनमा रहेको वरिष्ठ परियोजना अधिकृत राकेशकुमार साहले बताए । उनका अनुसार झापामा मात्रै १० हजार एक सय ४५ जना मानिसले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । झापामा १५ वटा र इलाममा १० वटा समुदायमा यो परियोजना सञ्चालनमा रहेको छ ।वर्षेनी कनकाई नदीमा आउने बाढीले झापावासीलाई दुःख दिने गरेपछि उनीहरुले कनकाई नदीमा तटबन्धन गर्न माग गरेका छन् । दुई मुठ्ठी चामल र एउटा त्रिपालले आफूहरुको समस्या समाधान नहुने भन्दै दीर्घकालीन सोचका साथ कनकाई नदीमा बाँध बाँध्न उनीहरुले सरकारसँग माग गरेका छन् ।
एनसेलको फोरजी सेवा अब थप १० शहरमा
काठमाडौं, साउन १७ । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)÷लङ्ग टर्म इभोलुसन (एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिंदै यी शहरहरुमा यहि मंगलबार (साउन १७) देखि आधिकारीक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबार देखि दु्रत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको अनुभव लिन सक्नेछन् । आफ्नो सिम कार्ड अझै फोरजी सिममा परिवर्तन नगरेका ग्राहकले फोरजी सेवाको लाभ लिनका लागि आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । ‘‘थप १० शहरमा एनसेलको फोरजी सेवा विस्तार भएको घोषणा गर्न पाउँदा हामी निकै हर्षित छु । फोरजी सेवालाई द्रुत गतिमा विस्तार गर्दै धेरै भन्दा धेरै ग्राहकलाई नयाँ प्रविधि तथा अवसरको लाभ प्रदान गर्न एनसेल प्रतिबद्घ छ भन्ने स्पष्ट उदाहरण हो । १० वटा शहरमा भएको यो सेवा विस्तारसँगै एनसेलको फोरजी सेवा अब १५.०६ प्रतिशत जनसंख्यामा पुगेको छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । एनसेलको फोरजी सेवा काठमाडौं, ललितपुर, भक्तपुर (नगरकोट सहित), बनेपा, धुलिखेल, पोखरा र दमौलीमा उपलब्ध छ । पछिल्लो सेवा विस्तार सँगै एनसेलको फोरजी सेवा देशका विभिन्न भागमा रहेका १७ शहरमा पुगेको छ । साथै थप १० वटा शहरमा एकै साथ फोरजी सेवा सञ्चालनमा आएको अवसरमा एनसेलले यी शहरमा फोरजी सेवा प्रयोग गर्ने ग्राहकलाई योण्डर म्युजिक एपमा ३० दिन सम्म निःशुल्क अनलाईन गीत सुन्न तथा डाउनलोड गर्न सकिने सुविधा प्रदान गरेको छ । ग्राहकले एस्ट्रिक्स३२४ह्यास डायल गरी एनसेलको फोरजी सेवाका साथ ३० दिन सम्म योण्डर म्युजिकको निःशुल्क मजा लिन सक्नेछन् । योण्डर म्युजिक २ करोड भन्दा बढि गीतहरु रहेको एक वृहत डिजीटल लाइब्रेरी हो, जसमा १५,००० भन्दा बढि नेपाली गीतसंगीतहरु पनि छन् । ग्राहकले अंग्रेजीमा ‘क्यु’ टाइप गरी ३२४ मा एसएमएस पठाई आफ्नो सिम फोरजी सिम हो की होइन भन्ने बारेमा जानकारी लिन सक्नेछन् । फोरजी÷एलटिई प्रविधि अन्र्तगत फ्रिक्वेन्सीको प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइल डिभासमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान–प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् । एनसेलले सन् २०१८ को अन्त्य सम्ममा ४० शहरहरुमा फोरजी सेवा विस्तार गर्दै ग्राहकलाई दु्रत गतिको मोवाइल ब्रोडब्याण्डले ल्याउने नयाँ अवसरहरुबाट लाभ पुर्याउने लक्ष्य लिई विभिन्न शहरहरुमा नेटवर्क परीक्षण गरीरहेको छ । ‘‘राष्ट्रिय ब्रोडब्याण्ड नीतिले लिएका लक्ष्य प्राप्ति तथा डिजीटल नेपाल निर्माणमा योगदान पुर्याउने आफ्नो लक्ष्य अनुरुप हामी देशका विभिन्न भागमा क्रमशः फोरजी÷एलटिई सेवाको पहुँच बढाउदै जानेछौं,’’ शर्माले भने । फोरजी÷एलटिई सेवाको सुरुवात सँगसँगै एनसेलले ग्राहकलाई आकर्षक साप्ताहिक कम्बो प्याक प्रदान गर्दै आएको छ । यस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योण्डर म्युजिक सेवाको मजा एकै प्याक मार्फत लिन सक्नेछन् । एनसेलका ग्राहकले आफ्नो आवश्यकता बमोजिम रु १५०, रु ३०० र रु ५०० को प्याक खरिद गरी आकर्षक डेटा, टक टाइम र एसएमएसको मजा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसार विभिन्न आर्कषक डेटा प्याक लिन पनि सक्छन् ।
एक्लिए बाबुराम, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्ने
काठमाडौं, नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति फुटाउन माओवादीलगायतका पार्टीले षडयन्त्र गरिरहेको स्टाटस लेखिरहँदा उनकै सहयात्री खिमलाल देवकोटाले भने राजिनामा दिइरहेका थिए । खिमलाल देवकोटा नयाँ शक्तिभित्र सक्रियरुपमा खटिएका नेता थिए । खासगरी पार्टीका नीति र कार्यक्रमहरुको प्रचार र प्रसारमा उनको भूमिका अहम् थियो । शुरुआती दिनहरुमा देवकोटाले पार्टीका हरेक सामग्रीहरुको प्रचारका लागि योजनाबद्ध काम शुरु गरेका थिए । तर पार्टीभित्र निर्वाचनमा पराजयपछि जुनखालको छलफल र मन्थन हुनुपथ्र्यो, त्यसको साटो पद र अवसरको बहस शुरु भएपछि उनले राजिनामा दिएको घोषणा गरे । खिमलाल एउटा उदाहरण मात्रै हुन, नयाँ शक्तिभित्र पछिल्लो समयमा देखा परेको गैर राजनीतिक कार्यशैलीका कारण लामो समय पार्टी पद्दतीमा हुर्केकाहरु खिन्न भएका छन् । विचार जे जस्तो भएपनि पार्टी एउटा पद्दतीमा अघि बढ्नुपर्छ भन्नेहरु अहिले शक्तिका लागि जे पनि गर्ने बाबुराम लाइनका कारण निराश भएका हुन । पार्टीभित्रै अन्तर्सघंर्ष गरिरहेका उनीहरुले बाबुरामलाई वैचारिक दृष्टिले छोडेका छन् । अर्थात्, बाबुरामले षडयन्त्रको जतिसुकै कुरा गरेपनि आन्तरिक कारणले नै उनी एक्लो पर्दै गएका छन् । बाबुरामसँग निराश भएका नेताहरुले पार्टी नै छोड्ने अभिव्यक्ति नदिएपनि पार्टीभित्र बाबुराम एक्लिँदा जुन मिशनका साथ नयाँ शक्ति गठन भएको थियो, त्यो पुरा नहुने उनीहरुको चिन्ता छ । सिँगो जीवन राजनीतिक आस्था र समर्पणमा बिताएपछि जीवनको उत्तरार्धमा केही नयाँ गरौं भन्दा पुरानो भन्दा पनि झन स्खलित वैचारिक अवस्था सिर्जना भएपछि धेरै जसो नेताहरु अहिले वैचारिक संकटमा परेका हुन । बाबुरामले नयाँ शक्ति गठन गरेको दिन प्रचण्डले भनेका थिए– मैले २६ वर्षसम्म बाबुरामलाई झेले, अरुले एक वर्ष झेलेर देखाउन । अहिले त्यही सही भएको छ । बाबुरामलाई झेल्नु गारै रहेछ भन्ने निष्कर्शमा अधिकांश पूर्व सहयात्रीहरु पुगेका छन् । केही अझै उनकै समर्थनमा छन् तर पार्टी फुटाउन हुन्न भन्ने मत व्यक्त गरेपनि बाबुरामको यो कार्यशैलीसँग चाहिँ सहमत हुन सकिन्न भन्नेको जमात बढी छ । पछिल्लो बैठकले पार्टीमा नयाँ जीवन दिन सकेन । आशा गरिएको थियो, यो बैठकले कम्तीमा संगठनात्मक र वैचारिक मन्थन गर्ला भनेर । तर त्यसो भएन । बैठकमा अधिकांश नेताहरुको असन्तुष्टि मात्रै सुनियो । त्यहाँ सिर्जनात्मकता देखिएन । बैठकपछि जुन उर्जा नेताहरुमा देखिनुपथ्र्यो, त्यो देखिएन । बरु विकल्प खोज्नैपर्ने हो त ? भन्ने अवस्थामा नेताहरु पुग्न थालेका छन् । यो भनेको बाबुरामको कार्यशैलीका कारण हो भन्ने स्पष्ट भएको अवस्था छ । बाबुरामले आफ्नो पार्टी माओवादीसँग एकीकरण हुनै नसक्ने कुरा बारम्बार भनिरहेका छन् । त्यो भित्र उनको डर र असफलताले जन्माएको कुण्ठा लुकेको देखिन्छ । त्यसैले कुनै बेला नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्ने, कुनै बेला ५ वर्षपछि हस्तान्तरण गर्ने, कुनै बेला चुचुरो उक्लिने जस्ता उनका अभिव्यक्ति सार्वजनिक भएका छन् । यता उनकै समकक्षमा खुलेका साझा र विवेकशीलबीच एकता भएपछि बाबुरामलाई झनै तनाव भएको छ । अहिले अवस्था के छ भने, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्छ । तर यो फूट अरु पार्टीहरुको षडयन्त्रका कारण भने हुने छैन । किनभने अरु पार्टीलाई त्यो षडयन्त्र गर्नु आवश्यक नै छैन । जसरी माओवादीभित्रको फूट आफ्नै कारणले भयो, त्यही कुरा नयाँ शक्तिमा पनि लागु हुने छ । नयाँ शक्तिभित्र बाबुरामले जसरी विचार, विधि र पद्दतीलाई सही ढंगले स्थापित गर्न सकेनन्, अबको फूट, पलायन र स्खलन त्यही कारण हुने छ । समस्या के छ भने बाबुराम चेत्दैनन्, उनी आत्मवादी छन् । उनका लागि उनले जानेको सत्य हो । उनले बुझेको साँचो हो । उनी ‘म’ बाट शुरु गर्छन् । ‘हामी’ भन्न उनको दिमागमा नै आउँदैन । मैले यसो गरेँ, मैले यहाँ ल्याइपुर्याएँ, मैले गर्दा यसो, मैले नभए उस्तो…। उनका हरेक अभिव्यक्तिमा झल्किने यो ‘म’ नै अहिलेको मुख्य समस्या हो । तर उनी यो सच्याउन चाहँदैनन् । यो प्रवृत्तिका रुपमा विकास भइसकेको छ । यही कारणले अहिले नयाँ शक्ति संकटमा परेको हो । यो संकटबाट सहजै अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । विकल्प खोज्नैपर्ने अवस्थामा सबै पुगेका छन् । तर विकल्प खोज्दा उचित अवतरण या समायोजनको विकल्प नभेट्दा सम्म बाबुरामलाई थेग्नैपर्ने बाध्यतामा पनि उनीहरु छन् । (नयाँ शक्तिका एकजना नेतासँग गरेको कुराकानीमा आधारित)
देउवा सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, पार्टी विवाद झन चुलियो
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीले देउबा सरकारमा सहभागी नहुने निर्णय गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउबाले मन्त्रीपरिषद बिस्तार गरे लगत्तै राप्रपाको यस्तो निर्णय सार्वजनिक भएको हो । सरकार विस्तार गर्दा मन्त्रालय छनौटबारे आफूहरुसँग सल्लाह नगरेको राप्रपाको आरोप छ । राप्रपाले उपप्रधानसहित ५ मन्त्री मागेपनि देउवाले चार मन्त्रालय भन्दा बढी दिन नसकिने बताएपछि राप्रपा सहभागी भएको थिएन । आन्तरिक विवादले थला परेको राप्रपाले संविधान संशोधनमा भने आफ्नो सैद्दान्तिक सहमतिको अडान कायमै रहेको जनाएको छ । पार्टीभित्रको विवादलाई टुंग्याउन प्रदेश स्तरीय परिषद बैठक गर्ने निर्णय समेत राप्रपाले गरेको छ । यसका लागि मिति समेत आज बसेको राप्रपा पदाधिकारी बैठकले तय गरेको छ । जस अनुसार, प्रदेश नम्बर १ को झापा, ३ को हेटौंडा, ४ को पोखरा, ५ को नेपालगञ्ज, ६ को सुर्खेत र प्रदेश नम्बर ७ को कञ्चनपुरमा बैठक गरिने छन् ।
कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण
कञ्चनपुर, असार २३ । औलोको उच्च जोखिममा रहेको कञ्चनपुर जिल्लामा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलोको उच्च जोखिममा रहेका जिल्लाका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका नागरिकलार्ई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल वितरण गरेको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीका अनुसार गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको हो ।
प्रचण्डको योगदानको कदर गर्न किन कञ्जुस्याईं ?
२०७३ साउन १९ गते नेपालको राजनीतिको विरासत तोड्दै प्रचण्ड दोश्रोपटक प्रधानमन्त्री बने । राजनीतिमा देखिएको बेईमानी र अविश्वासलाई चिर्न सत्तारोहण गर्दा प्रचण्डका सवालमा विभिन्न कोणबाट टिका टिप्पणी भए, जिम्मेवार मिडिया र मिडियाकर्मिले प्रचण्डलाई सरापे, सत्ताका लागि प्रचण्डको पुरक परीक्षा भनेर टिप्पणी समेत गरे । प्रजातान्त्रिक पद्धतिमा यस्ता टिप्पणीहरु नसुहाउँदा नसुहाउँदै पनि कतिपय नागरिक अगुवा, बौद्धिकलगायतले सत्ता गुमाउँदाको पीडाले छट्पटिएको पंक्तिले प्रचण्डलाई तल्लोस्तरको तथानाम गाली गरे, प्रचण्डका कृपापात्रहरु एकाएक राष्ट्रवादी बने प्रचण्ड भारतपरस्त र अराष्ट«वादी बनाइए । नाटकीयरुपमा प्रचण्डलाई राष्ट्रियताविरुद्धको पात्रको रुपमा चित्रण गरे, नेपाली उर्खलमाउलो राजनैतिक पंक्तिको राजनीतिक मुद्धा नै प्रचण्डलाई गाली गर्दै भोट बटुल्नतिर लागे । दावीका साथ भन्न सकिन्छ, माओवादी पार्टी बाहेका पार्टीले स्थानिय चुनावमा जति मत ल्याएका छन् तिनीहरुले प्रचण्डलाई गाली गरेरै पाएको भोट, मधेशीलाई गाली गरेरै पाएको भोट हो । यसको हिसाव किताव गर्ने जिम्मा ईतिहासलाई छौडौ । प्रधानमन्त्री बन्नुपूर्वका सबै मिथ्याहरु प्रचण्डले गलत सावित गर्यो, प्रचण्डप्रतिका बाछिटाहरु गलत प्रमाणित हुँदा प्रचण्डले गौरवका साथ सत्ता छोडे, प्रजातान्त्रिक र संसदिय व्यावस्थामा प्रचण्डले अर्को सुन्दरता थपिदिए, प्रधानमन्त्रीको कुर्चिबाट बाहिरिदै गर्दा निस्कलंक मात्र होईन नैपाली राजनीतिलाई प्रचण्डले गर्भ गर्न लायक बनाए । हुन त युगनायक प्रचण्डको योगदानको विभिन्न बहानामा अवमुल्यन गर्ने खल पात्रहरुको कमी छैन यहाँ । एकाध पार्टीको राजनीतिक एजेन्डा नै प्रचण्डलाई गाली गर्नु मै सीमित छ । मरेको लासमा राजनीति गर्दै देशलाई फेरि युद्धमा धकेल्ने षड्यन्त्र बाहेक जनतालाई भन्ने र जनताको लागि काम गर्ने राजनीतिक मुद्धा नै छैन यो देशका राष्ट«वादीहरुसँग । मुलुकलाई विभिन्न वाहानामा अनिर्णित बनाई राख्ने राजनीतिक अवसरवादीहरु, उत्पीडितहरुलाई राजनैतिक पहुँचमा आउन नदिने षड्यन्त्र हिजोदेखि नै गर्दै आएका हुन । महिलालाई विभेदको दृष्टिले हेर्ने, जनजातीलाई देशका शत्रु देख्ने, मधेशीलाई विहारी देख्ने, दलितहरु माथि राजनैतिक अंकुश लगाउनेहरुले राजनीतिलाई अस्वस्थ बनाउन खोज्ने, विषयुक्त भावनात्मक राजनीतिको विकास भएको छ । पहिलो स्थानिय चुनावको परिणामले परिवर्तका पक्षधर, अधिकारका पक्षधरलाई चिन्तित बनाएको छ सचेत बनाएको छ । जनता र समाजलाई सोध्न चाहान्छु– नेपाली समाजले प्रचण्डले दिन बाँकी के रह्यो ? प्रचण्डले नेपाली समाजलाई योभन्दा बढि के दिन सक्छन् ? प्रचण्डले सिंगो परिवर्तनककौ नेतृत्व मात्र गरेनन् आत्मासम्मान गुमाएका दलित समुदायको आत्ममा अलिकति भए पनि आत्मसम्मान प्रचण्डकै अभियानले भर्यो । महिला आन्दोलनलाई इज्जतिलो आन्दोलन प्रचण्डकै अभियानले बनायो । मधेशीहरुको उत्पिडनविरुद्ध प्रचण्डकै अभियान गर्जियो, समाजमा विद्धमान कुरितिका विरुद्ध प्रचण्डकै अभियान बोल्यो । कर्णालीका आवाज प्रचण्डकै अभियानले बुलन्द पार्यो । सामन्त र दलालका किल्लाहरु प्रचण्डकै अभियानले भत्कायो । एकात्मक राज्य र शासनका विरुद्ध प्रचण्डकै अभियानले प्रतिकार गर्यो । नेपालमा संविधान सभाको चुनाव प्रचण्डकै अभियानबाट सफल भयो । संघिय नेपालको अवधारणा प्रचण्डकै नेतृत्वमा सफल भयो, धार्मिक विभेदको अन्त्यको नेतृत्व प्रचण्डले नै गर्यो । सिंहदरवारको अधिकार गाउँलाई पु¥याउने गरी स्थानिय संख्याको खाका प्रचण्डकै पार्टीको हो । राष्टिय एकता सहितको स्थानिय निर्वाचन प्रचण्डले नै गर्यो । नेपाली राजनीति प्रतिको अविश्वासलाई प्रचण्डलै नै विश्वासमा परिणत गरेका हुन् । के यो प्रचण्डको गल्ति हो, कम्जोरी हो ? साँच्चै प्रचण्डको योगदानको मुल्यांकन नेपाली जनता, नेपाली समाज र राजनीतिले गर्न नसकेको हो कि नजानेको हो ? जनताले प्रचण्डको गुणलाई, योगदानलाई सम्मान गर्न नसक्दा माओवादी र प्रचण्डको हार मात्रै भएन स्थानियसत्ता, स्थानिय तहको सम्मान हुन सकेन । त्यसैले भन्न मन लाग्छ, प्रचण्ड हजारौ सहिदको ज्युदो अग्रज, वेपत्ता, अंग भंग योद्धाहरुको सपना, निमुखाहरुको सहारा, उत्पीडितहरुको गुरु, इतिहास निर्माता, न्यायको धरोहर र नेपाली राजनीतिको गर्वको सगरमाथा, रक्तरंजित इतिहास, सहिद आमाको ज्युँदो छोरा हो, युगको नायक, कसैले नामेट पार्न नसक्ने वीरताको इतिहास हो । प्रचण्ड उत्पिडितहरुको धरोहर हौ । वर्तमान नेपाली राजनीतिले प्रचण्ड नेतृत्वलाई निर्विकल्प र बहुआयामिक राजनीतिक प्रतिभा भएको राजनीतिज्ञको रुपमा देख्न थालेको छ । निरंकुशताले राजनीतिलाई निल्दा प्रचण्ड राजनैतिक संरक्षक बने । राजनीतिलाई छिछि र दूरदूर अवस्थामा पुर्याएको वेला प्रचण्डले राजनीतिलाई गौरवान्वित राजनीतिको रुपमा विकास गरे । जनतामा चेतनाको कमिले जनता आहात भएको वेला आफ्नै मृतृ बोकेर राजनैतिक अभियान्ता बनेृ । जनता अधिकार विहिन हुँदा जनअभियान्ता बन्यौ प्रचण्ड । विश्वलाई आधुनिक लोकतन्त्रको प्रेरणा नेपाली भूमिबाट प्रचण्डले सिकाए वर्तमानमा देशको जिम्मेवार अविभावक भएको प्रमाणित गरेर सत्तावर्हिगमन भई रहँदा प्रचण्ड साच्चै प्रचण्ड सावित भएका छौं । प्रचण्डले सबै गलत प्रवृतिलाई इतिहासमा थन्काई दिँदा प्रचण्डप्रति सहानुभूति दिन प्रचण्डको योगगदानको कदर गर्न किन कन्जुसाई ? सुन्दर घर, प्रिय सन्तान, जीवन संगिनी र आफन्तको मायालाई इच्छालाई तिलाञ्जलि दिएर जनताका खातिर सामन्तहरुको सातो जाने अभियान चलाउँदा जंगली भन्नसम्म भ्याए सामन्तका एजेन्टहरुले । जे होस् प्रचण्डले बैरीहरुको अत्यन्त तल्लो स्तरका गालीहरु सहेर पनि नेपाली जनताका सपनाहरु संस्थागत गरेरै छोडे, प्रचण्डको महान विजय यहि हो । प्रचण्डको साहस, योगदान र उत्तरदायीत्वमा सहयोग र साथ दिनेहरु धन्यवादका पात्र बनेका छन । प्रचण्डको पार्टीले हार्दा र दलित, महिला, जनजाती, मधेसी थारुका अभियान्ताहरु निरास बन्दा पनि सिंगो देश र प्रचण्डका स्वपनिल एजेन्डाहरुले भने जितेको छ । प्रचण्डका मुद्धाहरु स्थापित हँुदा प्रचण्डले हारमा पनि विजयको उत्सव बनायो । त्यसैले म प्रचण्डको महान्तालाई सम्मान गर्छु । प्रचण्डले राजनीतिलाई सिकाएका छौं । यो नै तिम्रो राजनीतिक महानता हो । प्रचण्डका मुद्धालाई आफ्नो मान्दै गर्दा प्रचण्डप्रति कसरी अन्याय गर्न सक्नु भयो ? प्रचण्डले विदेशी हस्तक्षपलाई कहिल्यै स्विकार गरेनन् । आफूले हार्दा देशलाई हार्न दिएन्न, पार्टीले हार्यो देशको सार्वभौम सत्तालाई बचाई राखौ । आफू थाक्दा पनि देशलाई गति दिई राख्यौ । प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । पहिलो प्रधानमन्त्रीकालमा प्रचण्डले क्षमता देखाउन नपाउँदै जनतामा आउँदा जनतालाई नमिठो लागेको थियो, साँच्चै प्रचण्डको कुशलता लडाकु कमाण्डरको मात्र थियो त रु पछिल्लो नौ महिने अवधिमा युद्ध नायकको छविलाई विकासवादी नेताको रुपमा रुपान्तरित गर्न भ्याए, धेरै प्रश्नहरुको उत्तर प्रचण्डका कामले नै बताईसकेको छ । देशलाई अप्ठ्यारो पर्दा प्रचण्डको आवश्यकता अड्किन्छ । देशलाई आवश्यक हुँदा प्रचण्ड फेरि गर्वका साथ राष्ट्रिय नेतृत्वमा आउने छन् जनता र राजनीतिबीच देखिएको राजनैतिक अविश्वासको पर्दालाई चिर्दैछन । आज प्रचण्डले जनताको विश्वासलाई प्रमाणित गरि दिएका छन् । राष्टिय एकतादेखि अर्थतन्त्रमा देखिएको सिथिलतालाई प्रचण्डले काँधमा बोकेर इतिहास रचेको छ । नेपाली राजनीतिमा देखिएको अविश्वासलाई चिर्दै राजनीतिक क्रमभंग गरेको छ, प्रचण्ड साँच्चै एक चोटी फेरि महान् सावित भएका छन् । के प्रचण्डले सपना नबाँडेर काम गर्दा गल्ति गरेको हो ? प्रचण्डका कृपा पात्रहरु प्रधानमन्त्री बने । प्रचण्डकै कृपा पात्रहरु राष्ट्रवादी कहलिए तर प्रचण्ड डगमगाएनन् । यही हो प्रचण्डको महानता । प्रचण्डले कसैले नसोचेको कुरा सोचे गरे । कसैले नचाहेको कुरा चाहे र पो हामीले प्राप्त गरेका परिवर्तन संस्थागत गर्न सफल भयौ यहि हो प्रचण्डको महानता । परिवर्तनहरु प्रचण्डका मुद्धाहरु संस्थागत हुँदै गर्दा प्रचण्डलाई हराउन खोज्नु प्रचण्डप्रतिको अन्याय होइन र ? अहिले मधेशका विरोधीहरु, पहिचानका विरोधीहरु, दलित अधिकारका विरोधीहरु, थारु अधिकारका विरोधी स्यालहरु सुनिएका छन् यिनको आवाज पनि ठूलो भएको छ, महिलाको अधिकारका विरुदको अभियान कतै हेर्न पर्दैन भरतपुरको निर्वाचनलाई हेरै पुग्छ, । जहाँ रेणुलाई प्रयाग गरेर प्रचण्डमाथि प्रहार जस्तो देखिए पनि यो समग्र महिला अधिकार माथिको प्रहार, उत्पीडितहरुको अधिकार प्राप्तिमाथिको प्रहार भनि बुझन गाह्रो छैन । कहिले रेणुको नाममा कहिले प्रकाशको नाममा प्रचण्डलाई गाली गर्ने नैतिकता कहाँबाट जन्मिन्छ ? तर्क विहिनहरुले तल्लो स्तरको व्यक्तिगत र पारिवारिक गाली गलौज र प्रहारमा उत्रिने यो कस्तो राजनितिक प्रवृति हो, बुझ्न सकिएन, यो प्रचण्ड प्रतिको महाअन्याय होईन र ? गर्वका साथ भन्दा एक चोटी फेरि प्रचण्डको अभियान महान् र सान्दार सावित भएको छ, कुनै बेला सिंगो नेपाली जनताले बुझ्नेछन् र भन्ने छन्, महान प्रचण्ड आउ फेरि महान बन महान देश बनाउ । सहिदको सपना पूरा हँुदै गर्दा प्रचण्ड सहिद पुत्र सावित मात्र होइन, प्रचण्ड प्रचण्ड नै सावित भएको हो । अव फेरि देशको राजनीति बनाएका महान् प्रचण्डलाई देश बनाउने जिम्मा दिएर चुनौती दिउ, हिजो प्रचण्डका सामुका चुनौतीहरु सम्मानित रुपमा अवशरमा परिणत गर्ने क्षमता भएको प्रचण्डलाई फेरि एकचोटी चुनौती दिउ, युगको हिरो र सहिदको सम्मानित छोरो प्रचण्डप्रतिको सम्मान यहि हुनेछ । अन्तमा भन्न चाहान्छु, प्रचण्ड तिमी महान् थियौ, महान् छौ र इतिहासले तिम्रो महानताको सिरोधार्य गर्नेछ, भविष्यले तिम्रो गीत गाउनेछ ।
नेपाल–भारत प्रबुद्ध समूहको चौथो बैठक आज
काठमाडौँ, जेठ १५ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को चौथो बैठक आज सोमबार भारतको देहरादुनमा बस्दै छ । बैठकमा नेपाल–भारत शान्ति तथा मैत्रीसन्धि १९५० को विषयमा छलफल हुने छ । यसअघि चैतमा नेपालमा भएको बैठकमा नेपालका तर्फबाट सन्धिको पुनरावलोकन र समीक्षाका लागि प्रस्ताव पेस भएको थियो । तीन दिनसम्म चल्ने बैठकमा नेपालको प्रस्तावबारे भारतीय पक्षले आफ्नो जवाफ दिने बताइएको छ । यसअघिका छलफमा पबुद्ध समूह सन्धिको पुनरावलोकनका लागि सैद्धान्तिक रूपमा सहमत भएको थियो । उत्तराखण्डको देहरादुनमा हुने बैठकमा पुनरावलोकनका लागि सहमतिपत्रको खाका तयार हुन सक्ने स्रोतको भनाइ छ । २३ र २४ चैतमा काठमाडौंमा बसेको तेस्रो बैठकमा नेपालका तर्फबाट १९५० को सन्धि, व्यापार तथा पारवहन सन्धि र जलस्रोतसम्बन्धी सन्धि सम्झौतामा संशोधन पेस भएको थियो । नेपालका तर्फबाट सदस्य निलाम्बर आचार्यले १९५० को सन्धि असमान भएको भन्दै त्यसमा संशोधन प्रस्ताव पेस गरेका थिए । त्यस्तै, नेपालले बैठकमा व्यापार तथा पारवहन सन्धिका विषयमा समेत चासोसहित संशोधनको कुरा उठाएको थियो । बैठकमा जलस्रोतमा नेपाल र भारतबीच भएको सन्धिको समीक्षा गर्दै अगाडि बढ्नुपर्ने भन्दै नेपालका तर्फबाट टिप्पणी प्रस्तुत गरिएको थियो । बैठकमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा छलफल हुने बताइएको छ ।
एनआरएनए यूके युवा संयोजकले गरे नेपालीलार्इ ठगी
बैशाख २२ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) का युवा संयोजक हरि आचार्यलाई त्यहाँका नेपालीहरुलाई ठगी गरेको आरोप लागेको छ । वर्क परमिट निकालिदिने भन्दै बेलायतमा रहेका कयौं नेपाली विद्यार्थीबाट झण्डै ५० हजार पाउण्ड (करिब ६५ लाख रुपैयाँ) ठगेको उजुरी एनआरएनए यूकेसम्म पुगेको छ । एनआरएनए यूके युवा संयोजकविरुद्ध दिनप्रतिदिन सर्वसाधारणको उजुरी परेपछि उनलाई पटक पटक सचेत गराइएको र उनले भने अटेर गरी हाल गुमनाम नै रहेका छन् । युवा संयोजकको जिम्मेवारी लगत्तै आर्थिक शोषणतिर लागेका उनी ठगीबाट उम्कन अहिले समुदायबाटै गायब छन् । अचेल संघ र अन्य नेपाली समुदायका कुनै पनि कार्यक्रममा उनको सहभागिता देखिन्न । लन्डन उलवीचमा रहेको क्याप्स कन्सल्टेन्सीमार्फत आचार्यले वर्क परमिट निकालिदिने भन्दै शुरुमै ५ देखि १० हजार पाउण्ड लिने गरेको र प्रमाण रहने भएर रकम पनि आफ्नो खाताको सट्टा अर्काको खाता प्रयोग गर्ने गरेको खुल्न आएको छ । उनले पैसा पाएपछि मोबाइल र सामाजिक सञ्जालबाट क्लाइन्टलाई ब्लक गरि सम्पर्कबाटै टाढिने गर्दथे । काम गरेको देखाउन केहीलाई उनले नक्कली सर्टिफिकेट अफ स्पोन्सरसीप (सिओएस) राखिदिएर विद्यार्थी झन् घर न घाटका भएका छन् । उनले राखिदिएको नक्कली सर्टिफिकेटका कारण कयौं विद्यार्थी समातिएर नेपाल फर्किए भने कति अहिले पनि अदालतमा मुद्दा खेपिरहेका छन् । आचार्यले विद्यार्थीबाट पैसा लिएपछि आवेदन प्रक्रिया बेलायतको वकिङस्थित स्पेश इन्टरनेशनल लिमिटेडका विष्णुप्रसाद खरेलसंग गर्थे । खरेल सतहमा नदेखिइ आचार्यलाई दलालको भूमिकामा अघि सारेर दुई जनाले विद्यार्थीका हजारौं पाउण्ड रकम असुलेको आरोप छ । आचार्यले धोका दिएपछि विद्यार्थी खरेललाई खोज्न घरैसम्म पुगेका उदाहरण समेत छन् । ठगीपछि क्याप्स कन्सल्टेन्सीले आचार्यलाई एजेन्टबाट निकालिसकेको छ ।