माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ, फागुन ३०। आगामी चैत ३ गतेदेखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् ।

विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ ।

शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइसकेको बताएका छन् ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुनेछन् ।

परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताए परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।

पत्रकार महासङ्घ ललितपुरको आयोजनामा तीन दिने पत्रकारिता तालिम सुरु

काठमाडौं, माघ  २४ । पत्रकार महासङ्घ ललितपुरले तीन दिने बिकास पत्रकारिता तालिम सोमबारदेखि सुरु गरेको छ । जिल्ला बिकास समिति ललितपुरको सहकार्यमा सुरु भएको तालिममा ४० जना पत्रकार सहभागी भएका छन् । तालिमका प्रमुख अतिथी तथा पत्रकार महास‌ंघका महासचिव उजीर मगरले पत्रकार महासङ्घ आसन्न निर्वाचनमा केन्दृत भएको बताउँदै देशका सत्तरी जिल्लाको नया सदस्यता टुङ्याएका र महास‌ंघमा बिशुद्व पत्रकारिता गरिरहेका साथीहरु आउनु पर्नेमा महासंघ केन्द्रित भएको बताए । उनले पत्रकारको हक हित र अधिकारमा लाग्न पत्रकारहरुले सोही पेशामा लागेका पत्रकारलाई नेत्रुत्व दिनपर्ने बताए । साथै उनले पत्रकार महासङ्घ ललितपुरले सुरु गरेको बिकास पत्रकारिता तालिमबाट धेरै पत्रकारको क्षमता बिकास हुने बिश्वास व्यक्त्त गरे । ललितपुर जिल्लामा कुपोन्डोल मात्रै होइन दुर्गम भेग प्युटार आश्राङ गिम्दी ठुलादुर्लुङ लगयतका भेग रहेकोमा जिल्ला बिकास समितिलाइ झक्झक्याउने काम पत्रकारले गर्नु पर्ने उजिर मगरले सुझाब दिए । उजिर मगर, खिलाबहादुर भन्डारी, शिब गाउले, प्रबेश सुवेदी, शिरोमणि ढुङगानाले तालिम दिने पत्रकार महासङ्घ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मगरले पत्रकारले बिकास अनुगमन गर्नुपर्ने बताए । ‘बिकासका आयोजनामा धेरै बिकृती देखिएको छ पत्रकार वाच डगको भुमिका निभाउनु पर्छ ।’ अहिले कार्यक्रमको मात्रै समाचार लेख्ने प्रवृत्ति देखिएको भन्दै उनले पत्रकारमा अनुशासन र अध्ययनपछि गर्नुपर्ने बताए । ललितपुर जिल्लामा बिकास ले पछि पछाडीपर्नाको कारण खोज्नुपर्ने बताए । तालिममा ललितपुर जिल्ला बिकास समितिका स्थानिय बिकास अधिकारी हरि प्रसाद दाहालले पत्रकार महासङ्घले गरेको तालिम राम्रो भएको बताए । उनले पत्रकारले दिएको सुचना अनुसारनै  काम गर्ने गरेको भन्दै जिल्लाको बिकासका लागि जिबिस लागिपरेको बताए । उनले भने–‘हामी जिल्लालाइ बिकासले पुर्न बनाउन चाहन्छौ । तर कमजोरी भएको भए खबर पाउ सुधार्छौ ।’

ओली सन्केर फर्किए, प्रचण्ड पर्खेर बसिरहे

काठमाडौं, कहिलेकाहिँ गज्जबका संयोग घटित हुँदा रहेछन् । यस्ता संयोगहरुले घटना, पात्र र प्रवृत्तिलाई उदाङ्ग गरिदिन्छन् । नेपालको राजनीतिका कैयन् यस्ता संयोगहरुको श्रृंखलामा बिहिबार एउटा घटनाले सबैको ध्यान तान्यो । स्थानीयदेखि राष्ट्रिय मिडियामा यो घटनाले चर्चा पायो । तर मिडियामा यो संयोगको एउटा पाटोको मात्रै चर्चा भयो । सिक्काको अर्को पाटो मिडियाले लेखेन या देखेन । संयोग थियो छिमेकी जिल्ला स्याङ्ग्जा र पवर्तमा आयोजित दुई कार्यक्रमको । स्याङ्ग्जामा प्रमुख अतिथी थिए पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उता पर्वतको कुश्माको कार्यक्रममा प्रमुख अतिथी थिए प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । यो संयोग जुरायो लोडसेडिङले । उही समयमा, उही परिवेश र प्रकृतिमा । स्याङ्जाको वालिङमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले भाषण गर्दै थिए, ठीक त्यही समयमा प्रचण्डले कुश्मामा पर्वत महोत्सवमा उपस्थित जनमानसलाई सम्बोधन गर्दै थिए । दुबै कार्यक्रमका आयोजकले सल्लाह गरेर दुबै प्रमुख अतिथी बोल्ने समय एउटै पक्कै पनि पारेका थिएनन् होला । तर संयोग त्यस्तै पर्यो । र, उनीहरुले सम्बोधन गरिरहेकै बेला अकस्मात माइक बन्द भयो । प्रमुख अतिथीले सम्बोधन गरिरहेको बेला अकस्मात बत्ती बन्द हुनु र तत्कालै जेनेरेटर नचल्नु आयोजकहरुका लागि समेत सुखद पक्कै थिएन । प्रचण्डले पर्वत उद्योग वाणिज्य महासंघ र स्थानीय राजनीतिक दलहरुका तर्फबाट बुझाइएको ४ बुँदे ज्ञापनपत्रका बारेमा बोलिसकेका थिए । उनले कोरला नाका खुलेपछि पर्वत व्यापारिक केन्द्र बन्ने, कालीगण्डकी करिडोरसँग पर्वतका ६ वटा जलविद्युत आयोजना जोडिने वित्तिकै विद्युत हब बन्ने र पोखरा भित्रिने पर्यटक पर्वत तान्नेगरी पर्यटनको विकास गर्ने सम्भावनाका बारेमा बोलिसकेपछि भने– अब म केही कुरा सरकार र देशको परिस्थितिको बारेमा गर्न गइरहेको छु…। वाक्य पुरा भयो र योसँगै बत्ती गयो । माइक बन्द भयो । प्रचण्ड रोकिएनन, दशौं हजार सहभागी महोत्सवलाई उनले बिना माइक नै सम्बोधन गर्न खोजे– देश अहिले जटिल… आयोजकहरुले माइक चलाउन खोजे, बत्ती गएको स्पष्ट भयो । प्रचण्ड एकछिन रोकिए । त्यसपछि आफ्नो मुख्य अतिथीको कुर्सीमा आएर बसे । यता दर्शकदीर्घा र मञ्चमा बसेकाहरुबीच कानेखुशी चल्यो– पर्वतमा त त्यसै पनि बत्ती नजाने, प्रचण्डले राजनीतिक कुरा गर्न खोज्दाखेरी अचानक बत्ती गयो, कतै नियोजित तरिकाले त बत्ती बन्द गरिएन ? कतिपयले विद्युत प्राधिकरणमा फोन हान्न मोबाइल झिके । प्रचण्ड भने यथास्थानमा बसिरहे । आयोजकहरुले जेनेरेटर चलाउन खोजे, तर तत्काल त्यो पनि चलेन । प्रचण्डले रिस देखाएनन्, अधैर्यता पनि देखाएनन् । उनी बसिरहे । दर्शकदीर्घाबाट समेत कुनै हुटिङ भएन । सौम्यता कायम थियो, धैर्यता कायम थियो पर्वतवासीको । करिब ३, ४ मिनेटपछि माइक चल्यो । प्रचण्ड रोष्टममा गए, माइक समाते । उनले बत्ती गएको विषयमा केही टिप्पणी गर्लान् भन्ने धेरैले आँकलन गरेका थिए । तर उनले यसबारेमा एक शब्द बोलेनन् । उनले सोझै भाषण शुरु गरे– मैले तपाईहरुलाई देश जटिल परिस्थितिमा रहेको कुरा गरिरहेको थिएँ…। यो प्रचण्ड उपस्थित कार्यक्रमको दृश्य थियो । …. ठीक यही समयमा उता स्याङ्जामा ओलीले भाषण गर्दा बत्ती गएपछि उनको पारो तात्यो । उनले यसलाई अनपेक्षितरुपमा लिए । आयोजकहरुले आफूलाई अपमान गरेको शैलीमा यसलाई लिए । कार्यकर्ताहरु अधैर्य भए । नेपालमा १८ घण्टासम्म पनि बत्ती जाने गथ्र्यो र नेताहरुले पनि विगतमा घाँटी सुकाएरै कार्यकर्तामाझ भाषण दिने गर्थे भन्ने कुरा बिर्से । उनीहरुलाई लाग्यो, यो षडयन्त्र हो । ओलीलाई बोल्न नदिन सरकारले गरेको षडयन्त्र । छैटौं वालिङ महोत्सवमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राख्दै गर्दा विद्युत अवरुद्ध भएपछि षड्यन्त्र पूर्वक लाइन काटिएको भन्दै कार्यक्रमा सहभागिले नाराबाजी गर्दै ढुंगा प्रहार गरे । ‘जसको मन जस्तो छ, उसले त्यही देख्छ भन्छन’ यस्तो अवस्थालाई हामीकहाँ । षडयन्त्र थियो भने त्यो प्रचण्डका लागि पनि हुनुपथ्र्यो होला । किनभने एउटै प्रसारण लाइनको बत्ती गएको थियो । कार्यकर्ता र दर्शकले अधैर्यता देखाएपनि ओलीले धैर्यता देखाउन पथ्र्यो । तर उनले झनै आफूलाई सम्हाल्न सकेनन् । ओलीले भाषण गर्न चाहेनन् । उनी रोष्टम छोडेर निस्किए । ………… यी दुई संयोगले अहिलेको राजनीतिक प्रणालीमा देखिएका दुई भिन्न प्रवृत्ति र चरित्रको प्रतिबिम्बन गर्छ । एकातिर ओली छन् । औडाहा, दम्भी, जिद्दि र अव्यवहारिक । आफूले भनेको हुनैपर्ने, त्यो ठीक होस् या नहोस् । हरेक कुरामा षडयन्त्र देखिहाल्नुपर्ने । अतार्किक अतिवाद, अवैज्ञानिक राजनीतिक चिन्तन र व्यवहार । बुझेर पनि बुझ पचाउने र चीजलाई अनावश्यकरुपमा तरंगित गर्न खोज्ने । हुल्याहरुको जमातको भरमा । अर्कोतर्फ प्रचण्ड छन्, परिस्थितिको आँकलन गर्ने । यस्तो भएछ है, तर यस्तो यो यो कारणले भएको हुनुपर्छ भनेर परिस्थितिलाई बुझने । परिस्थिति अनुकूल छैन भन्दैमा आत्तिएर हुन्न बरु धैर्यताका साथ अघि बढ्नु पर्छ भन्ने । विषम परिस्थितिमा पनि सन्किनु हुन्न भन्ने प्रवृत्ति । यही चिन्तन र प्रवृत्तिका कारण नै होला, आफू सरकारमा गएदेखिका हरेक दिन उनले नयाँ नयाँ आलोचना झेलिरहेका छन । र, पनि अघि बढेका छन् आफ्नै गतिमा । आज एउटा आलोचना सर्वत्र फैलिन्छ, लाग्छ, प्रचण्ड अब आत्तिए । तर प्रचण्ड एककदम अघि हिँडिसकेका हुन्छन्, त्यो आलोचना त्यसै स्खलित हुन्छ । भोली अर्को आलोचना आउँछ झनै डरलाग्दो । सोचिन्छ, यो आलोचनाले त सरकार धर्मराउँछ होला, तर होइन, प्रचण्ड फेरी अर्को बल प्रहार गर्छन र अघि बढ्छन् । कम्तीमा उनले झेलका यी ४, ५ महिनामा सयबढी यस्ता आलोचनाको बाढी उनले झेले । तर उनी आफ्नै सूरमा हिँडिरहेका छन् । आलोचकहरुसँग जवाफ नै नहुने गरी । …. स्याङ्जाको वालिङमा ओलीले पर्वतको कुश्मामा प्रचण्डले देखाएको व्यवहार देखाएका भए उनकै उचाई बढ्थ्यो । राजनीति र राजनीतिमा राजनेता बन्ने गुण छूद्रतामा होइन, सन्तुलनमा हो, सौम्यतामा हो, कठीन परिस्थितिलाई समेत अनुकुलतामा बदल्ने अठोटमा हो । हिजो सडकको आन्दोलन स्थगित गरेर राजनीतिक जडतालाई १६ बुँदे सम्झौतामार्फत संविधान निर्माणसम्म पुर्याउन प्रचण्डको यही प्रवृत्तिले काम गरेको थियो । आज बनिसकेको संविधानमा हुने संशोधनलाई सदन बहिस्कार गरेर र छलफल नै गर्न नदिएर असफल पार्न ओलीको यही प्रवृत्तिले काम गरिरहेको छ । यो पनि इतिहासको संयोग हो । माक्र्सले भनेझैं पहिलो सुखद घटनाका रुपमा त दोश्रो प्रहसनका रुपमा ।

यस्तो पनि: ७९ पाउण्डको खाना, १ हजार पाउण्ड टिप्स !

पोर्टा डाउन, उत्तरी आयरल्याण्डको एउटा रेष्टुरेण्टमा एक जना ग्राहकले दिएको टिप्स यतिखेर अन्तर्राष्ट्रिय मिडियामा चर्चित बनेको छ । पोर्टा डाउनमा रहेको भारतीय रेष्टुरेण्टमा खाना खाएपछि खुशी भएका एकजना ग्राहकले होटलका शेफ शब्बीर सत्तारलाई बोलाएर एक हजार पाउण्ड टिप्स दिएका थिए । अचम्म त के छ भने ग्राहकको आफ्नो बिल भने जम्मा ७९ पाउण्ड मात्रै थियो । गत मंगलबार ती ग्राहकले शब्बीरलाई बोलाएर खानाको प्रशंसा गर्दै शानदार खानाका लागि सर्भिस फिस दिएको बताए । रेष्टुरेण्टका मालिका लुना एकुसले रेष्टुरेण्टकै इतिहासमा यति सम्मान पहिलोपटक पाएको जनाएका छन् । उनले पाइएको टिप्स होटलमा काम गर्ने सबैमा दामासाहीले बाँडिने बताए ।

चिसो बढेसंगै भूकम्पपीडितको जनजीवन कष्टकर बन्दै

मेलम्ची, पुस १९। सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली गाविसमा चिसो बढेसँगै जनजीवनका साथै चिसोका कारण भूकम्पपीडित मारमा परेका छन् । जिल्लाभरका हिमाली भेगमा हिउँ तथा बेँसी भेगमा आइतबारदेखिको सिमसिम वर्षाका कारण चिसो बढ्नुका साथसाथै बाक्लो हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । २०७२ साल वैशाखको विनाशकारी भूकम्पसँगै घरवारविहीन भएर टहराबाट नै कष्टकर जीवन गुजारेका पीडित यो वर्ष पनि एकसरो टिनको छानाको भरमा जीवन बिताउन बाध्य छन् । वर्षा र हिमपातका कारण चिसो बढेकाले अब कसरी दिन बिताउने भन्ने अन्योलमा भूकम्पपीडित छन् । विशेषगरी जिल्लाको हिमाली ग्रामीण भेगका बासिन्दालाई जाडोले सताएको छ । उच्च हिमाली भेग गुन्साका काले गोले जस्ताले बारेको टहरोबाट शीत चुहिनेदेखि चिसो हुरिले पाल उडाउने सम्म गरेको गुनासो गर्छन् । भूकम्पले गाउँनै तहसनहस बनाएपछि शेर्माथाङमा सानो टहरा बनाएर आश्रय लिएर बसिरहेका कर्मतोक्पे लामाले आफूलाई टहरामा चिसोले निकै सताउने गरेको बताए । लामा भन्छन् –“टहरामा डेढ वर्ष अर्थात दुईवटा चिसो कट्यो, अझै सकसमा बाँच्नुपर्ने स्थिति रहेको छ । पुनःनिर्माणका लागि सरकारले समेत एकमुष्ट रकम नदिँदा यस्तो समस्या भएको हो ।” लामा जस्तै जिल्लाभरका अधिकांश पीडितले पोख्ने गुनासो एउटै हो । चिसो मौसम मध्य भइसक्दा समेत सरकारले भूकम्पपीडितका लागि स्थायी आवास पुनःनिर्माणमा विभिन्न कारण देखाउँदै अल्झाउने गरेको पीडित बताउँछन् । घाम लागेको दिन केही सहज भएता पनि साँझ ढल्कँदै गएपछि रात कसरी कटाउने भन्ने कुराले पिरोल्ने गरेको मेलम्ची नगरपालिका– १२ का विष्णु गजुरेल बताउँछन् । गजुरेल मात्र होइन अहिले जाडोयाम बिताउन जिल्लावासीलाई धौधौ हुने देखिएको छ । घर भुइँचालोले ढालेपछि विस्थापित भएर टहरापालमा बसिरहेकाको जीवन कष्टकर हुँदै गएको हो । सदरमुकाम चौताराबाट उत्तर पश्चिममा पर्ने गणेश हिमाल र त्यसको आसपासमा पर्ने हेलम्बु किउलवासीलाई हिमालको चिसो सिरेटोले रात बिहान पिरोल्ने गरेको बताए । भोताङ क्षेत्रका २०० भन्दा बढी परिवारको अवस्था पनि उस्तै कष्टकर छ । कतिपय जाडोबाट बच्न राजधानी पसेका छन् भने केही परिवार आफ्नै थलो फर्केका र केही जाडो छल्न बेँसी सर्ने गरेका छन् । आहिले हेलम्बु, भोताङ, बासखर्क, गोल्चे, गुम्बा, स्याउले र सेलाङलगायत धेरै स्थानबाट विस्थापित भएर बासखर्कमा शिविर नै बनाएका छन् । मध्यपहाडी भेगको तुलनामा हिमालीलाई धेरै समस्या हुने देखिएको छ भने तातोपानीदेखि हेलम्बुसम्म लेकाली भेगका विस्थापित बासिन्दा जाडोको चपेटामा परेका छन् । भूकम्प गएको डेढ वर्ष भन्दा बढी बितिसक्दा पनि सरकारको पुनःस्थापनाको आशमा बसिरहेका विस्थापित पालमा नै जीवन गुजारिरहेका छन् । स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले विस्थापितले घर बनाउँछौँ भनेर पहिलो किस्ता रु ५० हजार लिइसकेकाले वास्तविक विस्थापित छुट्याउनुपर्ने र विवरण तयार गर्नुपर्ने देखिएको जानकारी दिए । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले विस्थापित कुल कति छन् भन्नेबारे अहिलेसम्म यकिन तथ्याङ्क सङ्कलन भइनसकेको बताए । विस्थापितको पुनर्वासको लागि आहिलेसम्म स्पष्ट कार्यविधि नआएकाले पनि यस्तो समस्या देखिएको छ । रासस

जङ्गली जनावरको आतंक, स्थानिय रातभर जागराम

इनरुवा, पुस ११  । सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारणले स्थानीय रातभर जागराम बस्न बाध्य भएको हरिपुर गाविसका किसन मण्डलले गुनासो गरे । आरक्षमा सोलार फेन्सीको केही क्षेत्रमा व्यवस्था गरेको भए पनि कमजोर तारवारका कारण जङ्गली जनावर निर्वाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मचाउने गरेको श्रीपुर गाविसका तेजनारायण अरगरीयाले गुनासो पोखे । आरक्षले स्थानीयलाई काठ दाउरा र चरिचरणबाट रोक लगाउने गरेको भए पनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासिन रहेको हरिपुरका सुकुम्वासी टोलका विलेक्षण सदाले बताए । आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्ची दिने, नष्ट गरी दिने गरेको भए पनि त्यसलाई रोक्न ध्यान नदिएको श्रीपुर गाविसका धमेन्द्र मेहताको भनाइ रहेको छ । अहिले आरक्षमा सुराक्षर्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु ५०० जरिवाना तिराउने गरेको स्थानीयको गुनासो छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली जनावरले यो हप्ता मात्रै दुई वटा घरमा क्षति पु¥याउनुका साथै गहुँ, तरकारी र केराको बेटमा क्षति पुर्याएको श्रीपुरका श्यामनारायण खेरवारले गुनासो पोखे । सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई स्थानीयले आरक्षबाट सुरक्षित बनाइदिन र आरक्षको घाँस दाउरा सहज पाउने वातावरण सिर्जना गरी दिन आग्रह गरेका छन् । प्रजिअ पौडेलललाई स्थानीयले जङ्गली जनावरबाट जोगाइ दिन र क्षतिको क्षतिपूर्ति दिन तथा आरक्षमा रहेको विकृति अन्त्य गर्न माग गरेका छन् । आरक्षमा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति विहीन रहेको र जनता र आरक्षाको समन्वय अभावका कारण केही समस्या रहेको पाइएको प्रजिअ पौडेलले बताउनु हुँदै समस्या सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी आरक्षणका संरक्षण अधिकृत श्यामकुमार शाहले यहाँ धेरै समस्या रहेको स्वीकार गर्दै समाधानको प्रयासमा आरक्ष लागेको बताए । रासस  

नारी पुरुष सम्बन्धको नखोतलिएको पाटो

रामहरि कार्की आदिमकालदेखि नारी र पुरुषको सम्बन्धलाई एक सिक्काका दुई पाटाको रुपमा हेरिँदै आएको छ । जसरी सिक्काको एक पाटोबिना अर्कोको अस्तित्व रहँदैन, त्यसरी नै नारीबिनाको पुरुष र पुरुषबिनाको नारीको अस्तित्व रहन सक्दैन । तैपनि नारी र पुरुषबीचको सम्बन्धलाई गलत तरिकाले चर्चा–परिचर्चा गर्ने, शङ्काको दृष्टिमा राख्ने भनेको हाम्रो परम्परागत रोग नै हो । जुन रोगले आजको आधुनिक पुस्ता, बौद्धिक जमात र शिक्षित पुस्तालाई पनि छाडेको छैन । सूचना र प्रविधिको विकासले संसार साँघुरिन थालिसक्यो । तैपनि नेपाली समाजमा नारी र पुरुषको सम्बन्धलाई गिद्धदृष्टि लाउने आँखाको सङ्ख्यामा भने कमी आउन सकेको छैन । एउटा नारी र पुरुषको सम्बन्ध भनेको केवल लोग्ने–स्वास्नीको मात्र हो र त्यो बाहेक अरु सम्बन्ध हुनु हुँदैन भन्ने भ्रममा बाँचेको छ नेपाली समाज । नारी र पुरुषबीचको सम्बन्धलाई यौनको दृष्टिकोणले मात्र केलाउनु भनेको सम्बन्धलाई साँघुरो घेराभित्र पार्नु हो । सम्बन्ध शारीरिकमात्र नभई भावनात्मक पनि हुन्छ । हरेक नारी र पुरुषबीचको सम्बन्धमा यौनसम्बन्ध नै हुनुपर्छ भन्ने मान्यता गलत हो । यसरी नारी र पुरुषबीच शारीरिक सम्बन्धबाहेक भावनात्मक सम्बन्ध पनि हुन्छ भनेर बुझ्दाबुझ्दै पनि कतिपय अशिक्षित वर्गले यसलाई यौनसँग मात्र जोडेर हेर्ने गर्छन् । तर, आजभोलि केही बौद्धिक वर्गको जमातले पनि नारी र पुरुषको सम्बन्धलाई केवल यौनको दायराभित्र राखेर चर्चा गर्ने क्रम तीव्र भएको पाइन्छ । अझ भन्नुपर्दा एक गिलास ह्विस्कीको चुस्की लगाउँदै नारी र पुरुषको भावनात्मक सम्बन्धलाई पनि यौनक्याम्पमा कैद गरेर चोक र गल्लीगल्लीमा चर्चा–परिचर्चा गर्नु भनेको बौद्धिक वर्गको पक्कै पनि बौद्धिक काम होइन । नारी र पुरुषबीचको भावनात्मक र शारीरीक सम्बन्ध पनि राम्रोसँग बुझ्न नसक्नेलाई साघुँरो मस्तिष्क भएकाहरुलाई बौद्धिक वर्गको पदवि दिनुको के अर्थ छ र ? के नारी र पुरुषको भावनात्मक सम्बन्धलाई झ्याली पिटेर नग्न पार्नलाई बौद्धिक वर्ग बनाइएको हो र ? एउटा केटा र केटीसँगै हिँड्दैमा, सँगै एउटै अफिसको कोठामा बसेर काम गर्दैमा, गफ गर्दैमा, हात मिलाउँदैमा यौनसम्बन्ध भइहाल्छ भन्ने धारणले अझै पनि मस्तिष्कमा जरा हालेको छ । यसरी केटा र केटी सँगै हिँड्डुल गर्दैमा, गफ गर्दैमा शारीरिक सम्बन्ध भइहाल्छ भनेर सोच्नुलाई के यौनाङ्ग हात–गोडा र आवाजमा टाँसिएका हुन्छन् र सम्पर्क हुनलाई ? त्यसैले नारी र पुरुषको सम्बन्धलाई केवल यौन क्रियाकलापसँग दाँजेर नहेरौँ । नारी र पुरुषको सम्बन्ध संवेदनशीलतासँग जोडिएको हुन्छ । कुनै पनि नारी र पुरुषको सम्बन्धलाई अनावश्यक चर्चापरिचर्चा गरेर कसैको व्यक्तिगत जीवनलाई ओरालो लगाउने काम कोही कसैबाट पनि हुनुहुँदैन । चाहे त्यो शिक्षित वर्ग होस् या चाहे अशिक्षित नै किन नहोस् । यही नारी र पुरुषबीचको विविध सम्बन्धलाई बुझ्न नसक्दा संसारमा धेरै दुर्घटना भएका छन् भन्ने कुरा हाम्रो धार्मिक ग्रन्थबाट पनि प्रमाणित हुन्छ । सीता र रामको सम्बन्धमा गिद्धेदृष्टि राख्नाले सिङ्गो लङ्का र रावणको हालत के भयो ? वृन्दा र जालन्धरको सम्बन्धमा छलकपट गर्दा भगवान विष्णुको के हालत भयो ? भन्ने कुरा त हामी सबैलाई थाहा छ । त्यसैले यस्ता सम्बन्धभित्रका संवेदनशीलतालाई ख्याल गर्नुपर्छ । यस्ता कुरामा ख्याल नगर्दा कतिपय मै हँु भन्ने मन्त्री, नेताजस्ता ठूलाबडाको जागिर र करिअर दुवै चिप्लिएका छन्, कति त सडकमै आएका छन् भने कतिपय जेल जान बाध्य भएका छन् र नयाँ–नयाँ किसिमका अपराधको जन्म हुँदै गएको छ । त्यसैले नारी र पुरुषको हरेक सम्बन्ध र सम्वेदनशीलतालाई पनि विचार पु¥याएर व्यक्त गर्नुपर्छ ।

प्रमका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्द मुद्दा !

काठमाँडौ, मंसिर २१ । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारका विरुद्द नेपाल प्रेस काउन्सिलमा मुद्दा दर्ता भएको छ । दृष्टी साप्ताहिकमा प्रकाशित समाचार कपोकल्पित र भ्रम छर्ने भएको र यसले व्यक्तिको मर्यादामा गम्भीर आँच पुगेको ऊजुरीमा उल्लेख छ । दल बहादुर बिकका नाममा काउन्सिलमा दर्ता भाएको पत्रमा उक्त साप्ताहिक पत्रिकामा प्रकाशित समाचार अन्य आनलाइनमा समेत सार्वजनिक भाएकोले सामान्य कारवाहीले नहुने उल्लेख छ । पत्रमा मानहानि गर्ने उक्त समाचार प्रकाशित गरेकोमा सार्वजनिक रुपमा क्षमा माग्नु पर्ने मॉग गरिएको छ । साप्ताहिकले प्रहरीको आइजिपि नियुक्तिका लागी स्वीकीय सचिव प्रकाश दाहाल लगायत परधानमंत्रीका सल्लाहकारहरूले आर्थिक चलखेल गरेको आशयको समाचार प्रकाशित गरेको थियो । हेर्नुस ऊजुरी पत्र

महन्थ ठाकुरले भने–संविधान संशोधनलाई पारित गराउन हाम्रो समर्थन हुनेछ

काठमाडौं, मंसिर १७ । मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा मधेसी मोर्चाका नेता ठाकुरले संविधान संसोधन परिमार्जन भएपछि मोर्चाले समर्थन गर्ने बताएका हुन् । उनले मधेसी मोर्चा संसोधन प्रस्तावलाई पारित गराउन सहयोग गर्ने बताए । उनले भने– ‘सरकारले प्रस्ताव पारित हुने आधारहरु दिनुपर्छ, सीमांकनमा ५ जिल्लाबारे राज्य पुनर्संरचना आयोगले अघि सारेको प्रतिवेदनअनुसार समस्या समाधान हुनुपर्छ, त्यसो भयो भने हामी प्रस्ताव पारित गराउन समर्थन गर्छौं ।’ संशोधनमा आएको सीमांकन हेरफेर प्रस्तावले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उनले परिर्माजन गरे सरकारलाई खुलेर सहयोग गर्ने बताए । अन्तरिम संविधानमा किटेरै मधेसीहरुको चाहना अनुरुप संघको विषयमा र स्वायत्त प्रदेशको विषयमा मधेसमा स्वायत्त प्रदेश बन्नेछ र त्यो प्रदेश अधिकार सम्पन्न हुनेछ भनेर लेखिएको उल्लेख गर्दै ठाकुरले भने, ‘अहिले आएको सीमांकन संरचनासम्बन्धी संशोधन प्रस्तावले यसको सम्बोधन गरेको छैन, बरु यहाँ त सत्ताधारी र सत्ताका दाबेदारहरुले आफ्नो वर्चस्व र प्रभुत्व कायम गर्दै सीमा रेखा कोरेको छ, यो बदल्न आवश्यक छ ।’ यथास्थितिमा सशोधन प्रस्ताव स्वीकार गर्न मधेसी मोर्चालाई गाह्रो भएको भन्दै तमलोपा अध्यक्ष ठाकुरले भने, ‘परिमार्जन सही रुपमा आउँछ भने हामी सकारात्मक रहन्छौं ।’ एमालेले मधेसीहरुको सधैँ विरोध गर्दै आएको कारण पनि सरकारले ल्याएको प्रस्तावलाई हामीले समर्थन गर्नुको विकल्प नभएको नेता ठाकुरले बताए । उनले भने– ‘एमाले संघको पक्षमा छैन, संघीयता हाम्रो आवश्यकक्ता हो, तर एमालेको लागि बाध्यता हो । त्यसकारण उ आन्दोलनमा जाने तरखरमा छ ।’

सुनको मूल्य घट्यो आज, हेर्नुस कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

कामू प्रधानन्यायाधीश कार्कीविरुद्ध ११ वटा उजुरी

काठमाडौं । संवैधानिक परिषदबाट प्रधानन्यायाधीशका लागि सिफारिस कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध ११ वटा उजुरी परेका छन्। उजुरी दिनेमा बहालवाला जिल्ला न्यायाधीश पनि छन्। न्यायाधीश डाक्टर श्रीकृष्ण भट्टराईले कार्कीमाथि प्रधानन्यायधीश पदको सम्मान, गरिमा र ओज कायम राख्नसक्ने हैसियत र ल्याकत नभएको दाबी गर्दै उजुरी दिएका छन्। कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा इमेल, चिठी र आफैँ उपस्थित भएर ११ वटा उजुरी परेको हो। समितिले १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो। जेठ २६ गतेसम्म थप उजुरी आउन सक्ने समितिले जनाएको छ। तर, कस्ता उजुरी परेका छन् भन्ने समितिले सार्वजनिक गरेको छैन। उजुरी पहिचान गरेपछि सदस्यहरूले सुनुवाइका क्रममा कार्कीसँग सोध्न सक्ने छन्। कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई संवैधानिक परिषद्को गत वैशाख २५ गते बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको हो।

सिरियाको पुनर्निर्माणका लागि इरानी विदेशमन्त्रीद्वारा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

एजेन्सी । इरानका विदेश मन्त्री होसेन अमिर–अब्दुल्लाहियानले सिरियाको पुनः निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगको आवश्यकतामा जोड दिएका छन् । उनले सिरियाका विस्थापित मानिसहरूलाई आफ्नो घर फर्कन मद्दत गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । उनले तेहरानमा सिरियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत गेइर पेडर्सनसँगको भेटमा सो टिप्पणी गरेको इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सिरियाको समस्या समाधानका लागि हालै मस्कोमा भएको चौध पक्षीय बैठक लगायत सिरियाका सम्बन्धमा पछिल्लो समय भएका क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमका बारेमा पनि छलफल भएको थियो । अमिर-अब्दुल्लाहियानले इरानी राष्ट्रपति इब्राहिम राइसीको हालैको दमास्कस भ्रमण बारे टिप्पणी गर्दै यो भ्रमणले सिरिया दिगो सुरक्षाको चरणमा पुगेको सङ्केत भएको बताएका छन् । मन्त्रीले पेडरसनलाई सिरियामा शान्ति र स्थायित्व प्रवर्द्धन गर्ने कार्यका लागि कृतज्ञता पनि व्यक्त गरेका छन्। उनले सिरियाको सुरक्षा र क्षेत्रीय स्थिरतामा इरानको आतङ्कवाद विरोधी प्रयास र योगदानको लागि प्रशंसा समेत गरेका छन् । सन् २०११ मा सिरियाली युद्धको प्रकोपपछि सिरिया भ्रमण गर्ने पहिलो इरानी राष्ट्रपति रायसीले मेको सुरुमा दमास्कसको भ्रमण गरेका हुन् । सो अवसरमा उनले आफ्ना सिरियाली समकक्षी बसर अल-असदसँग राजनीतिक र आर्थिक वार्ता गरेका थिए।

भन्सारको बदमासी : जाँचपास गर्दा एउटा, चेक गर्दा अर्कै, पुनः भन्सार जाँचपास गर्न निर्देशन

काठमाडौं । भन्सार नाकामा जाँचपास भएको मालवस्तु छड्के चेकजाँच हँदा प्रज्ञापन पत्रमा उल्लेख भएअनुसारको सामान नभेटिएपछि भन्सार विभागले रसुवा भन्सार कार्यालयलाई पुनः भन्सार जाँचपास गर्न निर्देशन दिएको छ । विभागबाट खटिएको टोली गत बुधबार छड्के जाँच गर्दा उल्लेख भएको भन्दा अर्कै सामान फेला परेको थियो । छड्के चेकजाँचका क्रममा मालवस्तुको प्रकृति, साइज, गुणस्तर, उत्पादन गरिएको मुलुकको नामलगायत फरक परेपछि भन्सार ऐन र आर्थिक ऐनअनुसार कारबाही गर्न कार्यालयलाई निर्देशन दिएको हो । भन्सार कार्यालय रसुवाबाट जारी भएको प्रज्ञापन पत्रनम्बर १८८८९ र १८९१ रहेका बा २ ख १७९३ र ना ६ ख ५३७२ कन्टेनर छानबिन प्रक्रिया अगाडि बढेपछि रसुवागढी हाइड्रोपावर निर्माणका निम्ति तयार गरिएको वैकल्पिक मार्गको प्रयोग गरी पुनः यार्डमा गई ना ६ ख ८५९० नम्बर खाली कन्टेनरमा पल्टी गरिए छानबिनका क्रममा फेला परेको थियो । विभागको छड्के जाँच टोलीले रसुवा भन्सार कार्यालयको गेटमा रहेको सवारी साधन इन्ट्री किताब र टिमुरे प्रहरी चौकीको सवारी इन्ट्री खाता मेल नखाएको, भन्सार यार्डको सीसीटिभी फुटेज, प्रज्ञापनपत्रलगायतका निरीक्षण तथा भौतिक रूपमा फेला परेपछि मालवस्तुको निरीक्षणपश्चात कारबाही गर्न निर्देशन दिएको छ । यो नेपाल समाचारपत्र दैनिकमा आज प्रकासित समाचार हो ।

बेलायतकी महारानी एलिजाको अन्त्येष्टि आज, परराष्ट्रमन्त्री खड्का सहभागी हुने

काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (सोमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन। अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएको छ । वेस्टमिन्स्टरको दरबारमा राखिएको महारानी एलिजाको पार्थिव शरीर सोमबार बिहान चर्चमा सारिने भएको छ । महारानीको एलिजाको यही सेप्टेम्बर ८ तारिखमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको थियो ।

दार्चुलाका सबै तहमा गठबन्धन गर्ने सहमति, ९ मध्ये ४ मा माओवादी केन्द्र

काठमाडौं । दार्चुलाका सबै स्थानीय तहहरुमा चुनावी तालमेल गर्ने गरि सत्ता गठवन्धनका दलहरुबीच सहमति भएको छ । सत्ता गठवन्धन दलहरुको बैठकले नौ स्थानीय तहमध्ये पाँचमा नेपाली कांग्रेस र चारमा नेकपा (माओवादी केन्द्र) ले उम्मेद्वारी दिने गरि सहमति भएको छ । माओवादी केन्द्रका जिल्ला संयोजक मानवहादुर धामीले दिएको जानकारी अनुसार जिल्लाका दुबै नगरपालिका महाकाली र शैल्यशिखरको प्रमुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने छ । यस्तै, कांग्रेसले तीन गाउँपालिकाहरु मालिकार्जुन, दुँहु र ब्यास गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिने सहमति भएको छ । माओवादी केन्द्रले अपि हिमाल, मार्मा, नौगाड र लेकम गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिने छ । माओवादीले व्यास र मालिकार्जुन गाउँपालिकाको उपाध्यक्षमा गठवन्धनको तर्फबाट उम्मेद्वारी दिने छ । गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले पालिकामा दावी गरेको छैन । गठबन्धनको बैठकमा एकीकृत समाजवादी अनुपस्थित रहेको थियो । आफूहरुको पालिकास्तरमा दावी नरहेको एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वीरबहादुर ठगुन्नाले बताउनुभयो । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सुरक्षा निकायले मधेस प्रदेशका मतदानस्थल तथा मतदान केन्द्रको वर्गीकरण गरेको छ । मधेसमा १ हजार ६३ मतदानस्थल र २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा मतदानस्थल तथा मतदान केन्द्रलाई तीन तहमा वर्गीकरण गरिएको हो । प्रहरीले मधेशमा स्थानीय तहको निर्वाचनमा सुरक्षा थ्रेटभन्दा पनि सुरक्षा चुनौति रहेको बताएको छ । विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याँकन छ । खुला सीमाका कारण स–साना हातहतियारले सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि नै पूर्ण रुपमा बोर्डर बन्द गरिने जनाएको छ । मधेस प्रदेश प्रहरीले सत्ता गठबन्धन र विपक्षी दलबीच हुनसक्ने सम्भावित झडपलाई ‘थ्रेट’को रूपमा विश्लेषण गरेको छ । मधेसमा १ हजार ६३ वटा मतदानस्थल र २ हजार ९९ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरेकोमा सबैभन्दा बढी धुनषाका १ सय ८३ वटा मतदान स्थल र ३ सय ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशिलको रुपमा वर्गीकरण गरिएको छ ।

माओवादीद्वारा सम्मेलनकाे साटाे आठौं महाधिवेशन गर्ने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनकाे पुर्व सन्ध्यामा आठौं महाधिजेशन गर्ने निर्णय गरेकाे छ । शनिबार बेलुका बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । उक्त निर्णय पारित गर्न माओवादीले भाेलि बिहान केन्द्रीय कमिटीबैठक आयाेजना गरेका छ । बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ । माओवादीले याे निर्णय अचानक किन गर्याे भन्ने खुल्न सकेकाे छैन । स्थायी कमिटी बैठकपछि शनिबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई सोझै महाधिवेशनमा लैजाने बताएका थिए । स्थायी कमिटीको निर्णयलाई अनुमोदन गर्न आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ ।