वाग्मती नदीमा र्याफ्टिङमार्फत जल विहार
काठमाडौं । वाग्मती नदीमा र्याफ्टिङ सञ्चालन गरिएको छ । बर्खाको भेलसँगै आज बिहान र्याफ्टिङ गराइएको हो ।
वाग्मती सरसफाइ अभियानले नदीलाई सफा गर्न सकिन्छ भन्ने सन्देश दिन र्याफ्टिङमार्फत जल विहार गराएको हो ।
दर्जनौं बोटबाट कुपोन्डोलदेखि सुन्दरीघाटसम्म जल विहार गराइएको हो ।
र्याफ्टिङका साथै बिहान नदीमा सरसफाइ पनि गरिएको थियो ।
वागमती काठमाडौं सभ्यताको मुख्य आधार भएको बताउँदै नाराका अध्यक्ष शिव अधिकारीले सोही कारण संरक्षणको आवाज मुखरित गर्न जल विहार गराइएको बताए ।
विभिन्न सरकारी, गैरसरकारी, व्यवसायिक संघसंस्था तथा काठमाडौं उपत्यकावासीका कारणले काठमाडौं शहरका साथै वागमती नदीको वातावरण पनि दूषित भएको भन्दै उनले सफाइ र सभ्यताको संरक्षण गर्न आवश्यक रहेको बताए ।
चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.१ प्रतिशत हुने अनुमान, प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर
काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३८१ अमेरिकी डलर रहेको छ । संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यो तथ्य प्रस्तुत गरेका हुन । आर्थिक ५.८ प्रतिशत हुने अनुमान छ । १३८१ अमेरिकी डलर प्रतिव्यक्ति आय । पहिलो नौ महिनासम्म औसत मूल्यवृद्धि ७.३ प्रतिशत रहेको छ । कोरोना र बेमौसमी वर्षाका कारण कृषि र पूर्वाधारमा पुर्याएको क्षतिका कारण लक्ष पुरा गर्न कठिन देखिएको छ ।
आज राष्ट्रपति भण्डारी चितवन जाँदै
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ । रासस
अल्पमतमा परेपछि मध्यमार्गी बाटोमा विप्लव,फूट जोगाउन स्थानीय चुनावमा भाग नलिने
कपिलवस्तु । नेत्रविक्रम चन्द नेतृतवको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय निकायको निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । कपिलवस्तुको शिवगढीमा बसेको केन्द्रीय समितिको १२ ओं पूर्ण बैठकले निर्वाचन बहिस्कारका पक्षमा उभिने दबाब दिएपछि पार्टीले मध्यमार्गी बाटो तय गरेको एक केन्द्रीय सदस्यले बताए । पार्टी महासचिव विप्लवले प्रस्तुत गरेको निर्वाचन उपयोगसम्बन्धी प्रस्ताव बैठकले अस्वीकृत गरेको छ । तर निर्वाचनमा भाग लिने या नलिने विषयमा पार्टीभित्र विभाजन हुने अवस्था देखिएपछि नेतृत्वले मध्यमार्गी बाटो लिँदै चुनावमा भाग नलिने तर बहिस्कारका कार्यक्रम समेत सञ्चालन नगर्ने निर्णय गर्ने भएको हो । नेतृत्वको नीतिविरुद्ध बहुमत पार्टी देखिएपछि विप्लव नैतिक संकटमा परेका थिए । स्थानीय निकायको निर्वाचनलाई रणनीतिक उपयोग गर्ने विप्लवको प्रस्ताव विरुद्ध दुई तिहाई केन्द्रीय सदस्यहरुले असहमति जनाएको थियो । केन्द्रीय समितिको बैठक आज सकिने छ । बैठकले स्थानीय निकायको निर्वाचनमा पार्टीले भाग नलिने तर पार्टी समर्थकहरुले निर्वाचन लड्न चाहेमा स्वतन्त्रबाट लड्न सक्ने आसयको परिमार्जित प्रतिवेदन पारित गर्ने सम्भावना बलियो छ । यसको अर्थ स्थानीय सन्दर्भ हेरेर पार्टीले कुनै दललाई समर्थन गर्ने या स्वतन्त्र उम्मेदवारका नाममा समर्थन माग्न सक्ने अवस्था कायम रहनेछ । पार्टीको आधिकारिक धारणा भने केन्द्रीय समिति बैठकपछि जारी गरिनेछ । मोहन वैद्धय नेतृत्वको क्रान्तिकारी माओवादीले भने यसअघि नै बहिस्कारको निर्णय गरिसकेको छ ।
निर्वाचन आचारसंहितामा चुनाव प्रचारसम्बन्धी के छ व्यवस्था ? (हेर्नुस् पूर्ण पाठ)
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार सम्बन्धि विभिन्न व्यवस्था बनाएको छ । रातको समयमा चुनाव प्रचार गर्न पाईने छैन। बिहान ८ देखि साँझ ७ बजेसम्म मात्रै चुनावी कार्यक्रम सञ्चालन गर्न पाइने गरी आयोगले आचारसंहिता जारी गरेको छ। आचारसंहिता राजपत्रमा बिहीबार प्रकाशित भएपछि मात्रै लागू हुने छ। स्थानीय प्रशासनको अनुमति लिएर मात्र राजनीतिक दल र तिनका भ्रातृसंगठनले सार्वजनिक स्थलमा जुलुस, आमसभा, कोणसभा वा बैठक गर्न पाउने छन्। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न आचारसंहिताले बन्देज गरेको छ । घरधनीको स्वीकृति नलिई कसैको घरमा पनि राजनीतिक गतिविधि वा प्रचार–प्रसार गर्न पनि बन्देज गरिएको छ । हेर्नुस् पूर्ण निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पाठ
शिक्षकले दलगत पक्षधरता लिन र मत माग्न नपाउँने, बालबालिकालाई निर्वाचनमा प्रयोग गर्न निषेध
काठमाडौं । निर्वाचन आयोगले आज निर्वाचन आचार संहिता २०७८ जारी गरेको छ । आचार संहिता अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न पाउँने छैनन् । तेस्तै १८ वर्ष मुनिका बालबालिकालाई कुनैपनि राजनीतिक दलले निर्वाचन अभियानमा परिचान वा प्रयोग गर्न आचार संहिताले निषेध गरेको छ । यस्ता छन् बालबालिकासँग सम्बन्धित निर्वाचन आचार संहिता १. परिच्छेद २ को (ग) अनुसार कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धि भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुँने । २. परिच्छेद २ को (छ) अनुसार १८ वर्ष पुरा नभएका बालबालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुँने । ३. परिच्छेद ३ को ९ अनुसार सामुदायिक विद्यालयका शिक्षकहरुले कुनै पार्टीको प्रचार प्रसार गर्न नपाउँने, विद्यालयको भवन दलगत प्रयोग गर्न दिन नहुँने । ४. शिक्षकहरुले सामाजिक सञ्जाल प्रयोग गरेर पनि दलगत पक्षधरता लिन नपाइँने, मत माग्न नपाउँने । ५. परिच्छेद ३ को ११ अनुसार गैरसरकारी संस्थाका पदाधिकारी, कार्यरत कर्मचारीहरुले दलगत पक्षधरता लिन नपाइँने, सामाजिक सञ्जाल प्रयोग गरेर समेत मत माग्न, दलगत पक्षधरता लिन नपाउँने । ६. परिच्छेद ४ को (ट)अनुसार राजनीतिक दल, उम्मेदवार, वा दलका भातृसंगठनले १८ वर्ष पुरा नभएका बालबालिकालाई चुनावी प्रचार प्रसार धर्ना जुलुस आम सभामा प्रयोग गर्न नपाउँने ।
सुन कतिमा हुँदैछ किनबेच
काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ९०० रुपैयाँ बिक्रि वितरण भैराखेको छ । तर, चाँदीको भाउ भने स्थिर रहेको छ । यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएको थियो । भने , तेजावी सुनको भाउ तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १३०० रुपैयाँ कायम भएको थियो ।
सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट
काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब प्रतिस्र्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, “जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन, विद्युत् खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बताउँदै लैजानुपर्छ। सोलारमार्फत हामीले यसको सुरुआत गरेका छौँ।” पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले भन्नुभयो, “यस अघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नुपर्ने थियो।” प्राधिकरणले विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो। अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिने छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट वि.सं. २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिददर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो। उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो। मन्त्रालयको सो निर्णयलाई नेविप्रा सञ्चालक समितिले २०७५ असार २६ को ७७३औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो। तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन। हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ। यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ। विद्युत विकास विभागका अनुसार कूल २५ आयोजनाको कूल ६०९ मेगावाट क्षमताका आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्। १९ आयोजनाको कूल ११७ मेगावाट क्षमताका सौर्य परियोजनाले विद्युत उत्पादनको अनुमति लिएका छन्। कूल ३५ आयोजनाले ९१२ मेगावाट बराबरको सौर्य बिजुली उत्पादनको सर्वेक्षणका लागि अनुमतिका लागि आवेदन दिएका छन्।
सार्वजनिक सम्पत्ति संरक्षण गर्न माग गर्दै युवा संघले बुझायाे मन्त्री आलेलाई ज्ञापन
काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)मा निकट युवा संघ नेपालले सार्वजनिक सम्पत्तिहरूको संरक्षण गर्न माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रबार युवा संघले मन्त्रालयमा सार्वजनिक सम्पत्तिहरूको दुरुपयोग भएकाले त्यसतर्फ सचेत रहन भन्दै मन्त्री आलेलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै युवासंघ नेपालका केन्द्रीय अध्यक्ष नरेश शाहीले पछिल्लो समयमा नारायणहिटी दरबार संग्रहालयको जग्गा तथा पशुपति क्षेत्र विकास कोषको धर्मशाला बतास ग्रुपले व्यवसायिक प्रयोजनका लागि दूरुपयोग गरेर स्थायी संरचना बनाइरहेकोले यो स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँले भारतले पशुपति दर्शनमा आउने तीर्थालु तथा धार्मिक पर्यटकको सुविधाको लागि निर्माण गरेको धर्मशाला व्यावसायिक प्रयोजनको लागि भाडामा दिने कुरा लज्जाको विषय भएको बताउनुभयो । अध्यक्ष शाहीले सरकारी जग्गामा स्थायी संरचना निर्माण गर्न नमिल्ने भए पनि स्थायी संरचना निर्माण गरेर नारायणहिटीका महत्वपूर्ण तथा दूर्लभ सम्पदाहरूको विनाश गरिएको बताउनुभयो । अध्यक्ष शाहीले ऐतिहासिक एवं धार्मिक सार्वजनिक स्थलहरूको दुरुपयोग रोक्न सरकारसँग माग गर्दै ऐतिहासिक स्थल नारायणहिटीको भाडा सम्झौता खारेज गरी सरकारको पूर्ण संरक्षणमा राख्न र भाडामा लगाइएको अन्य सार्वजनिक जग्गाको छानविन गर्न पनि आग्रह गर्नुभयो ।
दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव गर्ने
काठमाडौं – दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसनले सन् २०२३ मा पोखरामा अन्तराष्ट्रिय स्तरको सांस्कृतिक महोत्सव अर्थात नेपाल फेस्टिबल गर्ने तयारी सुरु गरेको छ । पोखरामा दुई हप्ता आयोजना हुने उक्त महोत्सवमा विश्वका ८० देशका गायक गायिका, ब्याण्ड, मोडल तथा सर्कसहरुका साथमा स्टलहरु सहित प्रस्तुत गरिने दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष वाङ्ग जिमीनले बताए । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन नेपाल च्याप्टरका अध्यक्ष डम्बर बरुवाल सलिनले यस कार्यक्रमका लागि नेपालमा २ वटा अडिसन सम्पन्न भइसकेको र अन्य तयारी तीब्र गतिमा अगाडी बढीरहेको बताए । उक्त कार्यक्रमका लागी पोखरामा ३४ रोपनी जग्गाको लागी पर्यटन तथा नागरिक उड़डयन मन्त्रालयसँग एक चरणको सहमती भएको बरुवालले बताए । गण्डकी प्रदेशका पर्यटन तथा नागरिक उड़डयन मन्त्री मणिभद्र शर्माले उक्त कार्यक्रम आयोजना गर्न लागेकोमा आयोजक दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरिया र नेपाल च्याप्टरलाई बिशेष धन्यवाद ब्यक्त गरेका छन । मन्त्री शर्माले पर्यटकिय नगरी पोखरामा आयोजना हुन लागेको यो कार्यक्रमले पर्यटनको बिकास हुनुका साथै कोरोनापछि बिश्वमा नेपालको पर्यटकिय क्षेत्रको प्रचार प्रसार हुने बताएका छन । नेपाल र विश्वका ८० भन्दा बढी देशबीचको संस्कृती एक आपसमा आदान प्रदान गरि आपसी सदभाव साँस्कृतिक प्रबर्द्धन गर्दै विश्वभरका पर्यटकहरु नेपाल भित्र्याई नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजक टिमको दाबी छ । यो कार्यक्रमका लागि विभागिय मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतका निकायहरुबाट कानूनी मान्यता लिने प्रकृया भइरहेको नेपालका आयोजक बरुवालले बताए । कार्यक्रम गर्नको लागी धेरै ठुलो बजेट आवश्यक पर्ने भएकोले आर्थिक व्यवस्थापन, राष्ट्रिय, अन्तराष्ट्रिय कलाकारहरुको सुरक्षा तथा लजिस्टीकका लागि समेत आयोजकले बिभिन्न क्षेत्रमा पहल गरिरहेका छन । दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष वाङ्ग जिमीनका हजुरबुबा, बुबा देखि तिन पुस्ताले निरन्तर यस्ता ईभेन्टहरु आयोजना गर्दै आईरहेका छन । पहिला पनि यो समुहले रसिया,टर्की,फिलीपीन्स,ब्राजील लगाएतका देशमा भब्य तवरले यस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ । उक्त कार्यक्रममार्फत हजारौ पर्यटक भित्रने दि वर्ल्ड कल्चर एण्ड आर्टिष्ट एसोसिएसन कोरियाका अध्यक्ष वाङ्ग जिमीनले बताए । उनले अबको आफ्नो कार्यक्रम सुन्दर देश नेपालको पोखरामा हुन लागेकाले सबैलाई सहयोग गरि कार्यक्रम सभ्य र भब्य बनाई सम्पन्न गर्न आग्रह गरे । जिमीनले उक्त कार्यक्रमले नेपाल र कोरियाबिचको सम्बन्ध अझै बढ़दै जाने र नेपालमा पर्यटक संख्या बढने बताए ।
क्रिसमसका अवसरमा प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको कामना व्यक्त गर्नु भएको छ। प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरुमा शुभकामना दिदै इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा शुभकामना व्यक्त गर्नु भएको हो । उहाँको शुभकामना सन्देशमा भनिएको छ ‘हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् ।’ नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातिय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ। प्रधामन्त्री देउवाले कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक यो पर्व मनाउन सबैमा अनुरोध गर्नु भएकाे छ ।
भोली नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल सम्पर्क केन्द्र)बीच एकता हुँदै
काठमाडौं । क्रान्तिकारी ध्रुवीकरणको अभियानअन्तर्गत नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ । भोली एक समारोहबीच दुबै पार्टीबीच एकता हुने नेकपा केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै वित्तिय साम्राज्यविरुद्धको निर्मम संघर्षमार्फत समाजवादी क्रान्तिको तयारी गर्ने लगायतका विषयमा दुबै पार्टीबीच समान बुझाई रहेकोले एकतामा पुगिएको आचार्यले बताए । विगत लामो समयदेखिको संवाद तथा छलफलपछि भोली अपरान्ह १२ बजे अध्यक्ष प्रचण्ड र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ती जारी गर्ने कार्यक्रम रहेको छ । एकता कार्यक्रम त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको हलमा एक समारोहबीच हुने छ । नेकपा मसालले जडसुत्रवादी नीति अख्तियार गरेको र मालेमाविचारधारालाई यान्त्रिकरुपमा ग्रहण गर्दा संगठनात्मक निरंकुशतालाई प्रश्रय दिएको भन्दै लम्साललगायत ३९ जिल्लाको मसाल संगठनले विद्रोह गरी नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको थियो । पछिल्लो समयमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह तथा उनी निकट नेताहरुसँग असन्तुष्टि राख्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । यीमध्ये नेता सन्तबहादुर नेपालीले हालैमात्र मोहनबिक्रमसँग सम्बन्धविच्द्धेद गरेको बताएका थिए । भोली एकता हुन गइरहेको सम्पर्क केन्द्रको सुदूरपश्चिम, कर्णाली, बाग्मती, लुम्बिनी, लगायतका प्रदेशका कतिपय जिल्लामा संगठन रहेको छ । यसका साथै यो केन्द्र निकट रहेका जनवर्गीय संगठनहरुको एकता समेत निकट भविष्यमा हुने लम्सालले बताए । माओवादी शान्ति प्रक्रियामा आएपछि मोहनबिक्रमसिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदीलगायत कैयनले माओवादीसँग एकता गरेका थिए । लम्साल भने त्यो एकता प्रक्रियामा सहभागी नभई मसालभित्रै अन्तसंघर्ष गरिरहेका थिए । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका निवासी लम्साल भने लामो समयसम्म मोहनबिक्रम सिंहले नेतृत्व गरेको मसालको राजनीति गर्दै आएपनि त्यसभित्रको यथास्थितिवादी प्रवृत्तिसँग संघर्षरत् थिए । पार्टी एकतापछि लम्सालको पार्टी हैसियत के हुने भन्ने विषयमा भने खुल्न सकेको छैन । माओवादीको आसन्न राष्ट्रिय सम्मेलनपछि एकता प्रक्रियामा आएकाहरुका बारेमा निर्णय हुन सक्ने देखिन्छ । हालका लागि भने एकता प्रक्रियाहरुबाट आएका लम्साललगायत अन्यका हकमा सम्मेलन प्रतिनिधि बनाउने गरी माओवादीले मनोनित कोटा राखेको बुझिएको छ ।
प्रचण्डकाे राेहबरमा बाँदुरझुलाका सुकुम्बासीसँग ३ बुँदे सम्झौता
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसङ्ग चितवन बादरझुलाका आन्दोलनरत सुकुम्बासीको प्रतिनिधिमण्डलले भट गरेकाे छ । भेटको अवसरमा भुमि ब्यबस्था, सहकारी तथा गरिवि निवारणमन्त्री मा.शशि श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, अनेकिसङघ (क्रान्तिकारी) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्र बहादुर श्रेष्ठ र भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको उपस्थिति रहेकोे थियो। अध्यक्ष कमरेड प्रचण्डले बादरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि दीर्घकालीन रूपमा लाल पुर्जा वितरण गर्ने, त्यसको लागी आवस्यक ऎन/कानुन निर्माणको लागि छिटो प्रक्रिया बढाउन पहल गर्ने र तत्कालीन रूपमा विधुत आपूर्ति, कृषि औजारको प्रयोग आदि उनीहरुका समस्या समाधान गर्ने कुरामा सहजीकरण गर्ने साथै यी कामको लागि मन्त्री र आयोगलाई आवस्यक सुझाव तथा निर्देशन दिनु भयो। सोही अनुसार आज नै भुमि आयोगले आन्दोलनरत सुकुम्बासीसङग ३ बुदे समझौतामा हस्ताक्षर गरेको छ।
कस्तो हुनेछ आजको मौसम, कहाँ कहाँ हुन्छ वर्षा ?
काठमाडौं । नेपालमा मनसुनको उत्तरार्धको उच्च वर्षा भइरहेको छ । हाल देशमा उत्तर पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पश्चिमी तराई नजिक मनसुनको न्यून चापीय रेखा रहेको छ। हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । बुधबार देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिहीबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
एमसिसीका लागि अधिग्रहण गरिएको ४ सय रोपनी स्थानीयद्वारा कब्जामा
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा एमसीसी परियोजनाका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्थानीयले. राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएका छन् । अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर कब्जा गरेको घोषणा गरिएको स्थानीयको भनाई छ । ४०० केभी प्रशारण लाईन निर्माणका लागी सरकारले जग्गा अधिग्रहण गरेको हो । सडक योजना र विद्युत प्रसारण लाइन निर्माणका लागि अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग ५१ अर्ब ३८ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय यसअघि सरकारले गरेको थियो । साथै उक्त परियोजनाबाट नेपालमा पहिलोपटक ४ सय केभी क्षमताको ३ सय किलोमिटर लामो प्रसारण लाइन बनाइने तयारी छ । यस योजनाबाट लप्सीफेदी–गल्छी, गल्छी–दमौली, गल्छी–हेटौंडा, दमौली–सुनवल गरी चार खण्डमा प्रसारणलाइन निर्माणको योजना अघि सारिएको छ ।
राष्ट्रिय सम्मेलन र संगठनसम्बन्धी माओवादीले यस्ताे गर्याे निर्णय
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रिय समितिको बैठकले राष्ट्रिय सम्मेलनकाे तयारिका लागि अध्यक्ष प्रचण्डले पेश गरेकाे संगठनात्मक प्रस्तावलाई अन्तिम रुप दिएकाे छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ८ वटा समूहमार्फत छलफल गरिएको थियो । आज बिहान स्थायी समिति बैठकपछि सबै समूहहरुले आफ्नो निश्कर्ष र रिपोर्ट प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकतामा जोड दिँदै एक्काइसौं शताब्दीको समाजवादको रणनीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी बैठकले केन्द्रीय समितिमा २२ जना नयाँ सदस्य थप्ने निर्णय गरेको छ । नयाँ सदस्य थप्दा समावेशी सिद्धान्त र युवाहरुलाई प्राथमिकता दिने निर्णय समेत माओवादीले गरेको छ । योसँगै माओवादीको केन्द्रीय समिति दुई सदस्यी हुनेछ । यससम्बन्धी आवश्यक निर्णय स्थायी कमिटी बैठकले गर्ने छ । अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आएका छलफललाई समेटेर आगामी राष्ट्रिय सम्मेलनमा दस्तावेज तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । केन्द्रीय सदस्यहरुको राय सुझाव र प्रतिक्रियापछि बसेको स्थायी कमिटी बैठकले संगठनसम्बन्धी आवश्यक निर्णय गर्दै बैठक समक्ष प्रस्तुत गरेको थियो । आज सम्पन्न केन्द्रीय समिति बैठककाे संगठनात्मक प्रस्तावकाे सारसंक्षेप यसप्रकार छ । १. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने । २. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला । ३. २०७८ असोज २० गते वडा सम्मेलन ४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन । ५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन ६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने । ७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने । ८. जनवर्गिय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने । ९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने । १०. विधान संशोधन सहित पारित गरिएको छ । ११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने । १२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।