सुनको मूल्य बढ्यो

काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु एक हजार आठ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो ।

दियालो बंगला दरबार सर्वसाधारणका लागि वैशाख १५ गतेभित्र खुला गर्ने

चितवन । एतिहासिक दियालो बंगला दरबार सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । शुक्रबार भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच बंगला परिसरमा द्धिपक्षिय सम्भौता भएको छ ।यससँगै सर्वसाधरणका लागि उक्त दरबार वैशाख १५ गतेभित्र खुला हुने छ । सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले वैशाख १५ एक औपचारिक कार्यक्रम गरी सञ्चालनमा ल्याइने स्पष्ट पारिन् । प्रमुख दाहालले भरतपुर महागनरपालिका र नेपाल ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरुलाई अगाडि बढाइने उल्लेख गरिन्।बंगलालाई संग्रालयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगरपालिका अघि बढेको उनको भनाइ छ । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएको पनि दरबार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्ने प्रमुख दाहालले बताइन्। अन्य पालिकामा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदा, भएपनि भरतपुर महानगरपालिका ट्रष्टसँग सम्झौता गर्ने नेपालकै पहिलो पालिका बन्न सफल भएको छ । महानगरपालिकाले दियालो बंगला सञ्चालन गर्न ट्रष्ट गर्न महानगरपालिकासँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् साँकृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि २०८० निर्माण गरेको थियो । शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ । ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गर्नुभएको थियो । राजा महेन्द्रको यही दरबारमा निधन मृत्यु पनि भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्ने गरिन्छ । राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ ।दियालो बंगला क्षेत्र ५२ बिघाको छ। बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ। कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, नेपाल ट्रष्टका सदस्य सचिव झलकराम अधिकारी, भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, ट्रष्टका सञ्चालक समिति सदस्य देवीचन्द्र उपाध्याय, सुनिता कुमारी गौतमले मन्तव्य व्यक्त गरेका थिए।

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस : विविध कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरिएको छ । दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्दैछ । समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा सङ्घसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको सामाजिक–आर्थिक रुपान्तरण गर्ने योजनामा सरकार रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन् ।

गण्डकी सरकारको वैधानिकताबारे मुद्दा : पूर्ण पेसी आज

पोखरा।गण्डकी प्रदेश सरकारको वैधानिकबारे आजदेखि सर्वोच्च अदालतमा बहस हुने भएको छ।गत चैत २८ गते न्यायाधीश विनोद शर्माले मुद्दालाई अग्राधिकार दिँदै वैशाख १० गतेका लागि पूर्ण पेसीको मिति तोकिदिएका थिए। रिटबारे सुनुवाइ गर्दै न्यायाधीश शर्माले वैशाख ७ गतेभित्र लिखित रूपमा कारण पेस गर्न अन्तरिम आदेश दिएका थिए।मुख्यमन्त्री कार्यालयको तर्फबाट लिखित जवाफ पठाइसकिएको मुख्य न्यायाधिवक्ता कृष्ण अधिकारीले जानकारी दिएको छ। सभामुखलाई समेत गनेर मुख्यमन्त्रीमा दाबी गरेपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले एमाले नेता खगराज अधिकारीलाई चैत २५ गते मुख्यमन्त्री नियुक्ति दिएका हुन्। निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले उक्त नियुक्ति संविधान विपरीत भएको भन्दै सर्वोच्चमा रिट दिए। पूर्वमुख्यमन्त्री पाण्डेले सभामुखलाई सरकारको जोड घटाउमा सामेल गर्न नमिल्ने बताउँदै आएका छन् भने मुख्यमन्त्री अधिकारीले दलको सङ्ख्याका आधारमा सरकारमा दाबी गर्न पाइने बताएका छन्।  नयाँ मन्त्रिपरिषद्ले संसद् बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेर आयोजित प्रदेशसभाको बैठक कांग्रेस र राप्रपाको बहिष्कारका कारण चल्न सकेन।  प्रतिपक्षीले बहिष्कार गरेपछि बैठक प्रदेश प्रमुख कार्यालयबाट आएको पत्र पढेर सुनाइएको थियो । मुद्दाबारे आजबाट सुनुवाई हुने भएपछि कांग्रेस गण्डकी प्रदेशका सांसदहरु काठमाडौं आएका छन् ।

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं। शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।  चाँदीको मूल्य गत शुक्रबारको मूल्यमा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

माओवादी केन्द्रले तोक्यो जिल्ला इन्चार्ज (सूचीसहित)

काठमाडौं। नेकपा(माओवादी केन्द्र)ले वागमती प्रदेश अन्तर्गतका जिल्ला, महानगर र उपमहानगर गरी १६ वटै ठाउँमा नयाँ इन्चार्जहरू तोकेको छ।  जिम्मेवारी पाउने केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छ: १) रसुवा–कल्पना शर्मा २) धादिङ–पुष्पविक्रम मल्ल  ३) चितवन–घनश्याम दाहाल  ४) मकवानपुर–बिजय गौतम  ५) सिन्धुली–बुद्धिमान माझी  ६) रामेछाप–श्यामकुमार श्रेष्ठ  ७) दोलखा–बिशाल खड्का  ८) काभ्रेपलाञ्चोक–तेजबहादुर मिजार  ९) सिन्धुपाल्चोक–केशव नेपाल  १०) नुवाकोट–हिरानाथ खतिवडा ११) काठमाडौँ–सूर्य सुवेदी पथिक १२) ललितपुर–हरि दाहाल  १३) भक्तपुर–दिलिप प्रजापति  १४) काठमाडौँ महानगर–मुक्तिनारायण प्रधान  १५) ललितपुर महानगर–राजकाजी महर्जन  १६) हेटौडा उपमहानगर–प्रल्हाद लामिछाने

श्रीलङ्कामा बामपंथी उम्मेदवार जीतउन्मुख, यस्ता छन् एजेण्डा

काठमाडौं । श्रीलंकामा कम्युनिष्ट पार्टी नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धन ऐतिहासिक जिततर्फ अग्रसर देखिएको छ । जारी मतगणनामा एनपीपीका राष्ट्रपति पदका उम्मेदवार अनुरा कुमारा दिसानायकेले ठूलो अग्रता लिइरहेका छन् । दिसानायके जनता विमुक्ति पेरामुनाका नेता हुन् । समाचार एजेन्सी पीटीआइका अनुसार दिसानायकेले गणना भएका मतमा ५३ प्रतिशतभन्दा बढी मत पाएका छन् । श्रीलंकाको अखबार डेली मिररले दिएको पछिल्लो अपडेटअनुसार दिसानायकेले १८ लाखभन्दा धेरै मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी समागी जन बलवेगया पार्टीका साजिथ प्रेमदासाले १३ लाख बढी मत पाएका छन् । प्रेमदासा हाल विपक्षी दलका नेता हुन् । बहालवाला राष्ट्रपति रनिल बिक्रमासिंघे तेस्रो स्थानमा झरेका छन् । उनले अहिलेसम्मको गणनामा ७ लाखभन्दा केही बढी मत पाएका छन् । विक्रमासिंघे यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुन् । उनको राजनैतिक दल युनाइटेड नेशनल पार्टी भए पनि उनले केही समयअघि पार्टीबाट राजीनामा दिएका थिए । श्रीलंका पोदुजन पेरामुनाका नमल राजापाक्षे पाँचौं स्थानमा छन् । उनले १ लाख २५ हजार मात्र मत पाएका छन् । नमल पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा र पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेका भतिजा हुन् । उनका पिता र काका श्रीलंकामा विशाल जनप्रदर्शनपछि देशबाट लखेटिएका थिए । श्रीलंकामा सेप्टेम्बर २१ मा बिहान ७ बजेदेखि ४ बजेसम्म २२ निर्वाचन जिल्लाका १३ हजार ४०० भन्दा बढी मतदान केन्द्रहरूमा मतदान भएको थियो। २२ निर्वाचन जिल्लामध्ये सातको हुलाक मत गणना भइसकेको छ । जसमा दिसानायकेले ५६ प्रतिशत मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वीले १९ प्रतिशत मत प्राप्त गरेका छन् । सन् २०२२ को विद्रोहपछि श्रीलंकाको पहिलो राष्ट्रपतीय निर्वाचनमा शनिबार झण्डै ७५ प्रतिशत मतदान भएको थियो। यसअघि सन् २०१९ नोभेम्बरमा भएको राष्ट्रपतिको निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो। मतदान र मतगणना सुरु भएलगत्तै देशभर कर्फ्यू लगाइएको थियो । विश्लेषकहरूले दिसानायकेले ५० प्रतिशतभन्दा बढी मतको अन्तरले राष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका छन् । अनुरा दिसानायकेलाई चीन समर्थक मानिन्छ । अनुराले राष्ट्रपति बनेपछि भारतीय व्यापारी गौतम अडानीको प्रोजेक्ट रद्द गर्ने वाचा गरेका थिए । यसअघिको सरकारले भारतीय व्यापारी अडानीको कम्पनी अडानी ग्रीन इनर्जीसँग २५० मेगावाट वायु विद्युत खरिद गर्ने सम्झौता गरेको थियो । निर्वाचनअघिको पछिल्लो सर्वेक्षणले पनि अनुरा कुमारा दिसानायकेले जित्ने सम्भावना देखाएको छ । अनुरा बाहेक अन्य तीन ठूला उम्मेदवार दौडमा छन् । सर्वेक्षणमा विपक्षी नेता साजिथ प्रेमदासा दोस्रो स्थानमा थिए । जारी गणनाको रूझानमा पनि प्रेमदासा दोस्रो स्थानमै छन् । वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेका छोरा नमल राजापाक्षे पनि राष्ट्रपतिको दौडमा छन् । सर्वेक्षणले उनको जित्ने सम्भावना न्यून रहेको देखाएको छ । मिडिया रिपोर्टका अनुसार श्रीलंकामा दुई वर्षअघिको आर्थिक संकट अझै पनि मानिसहरूको दिमागमा छ। यही कारणले गर्दा विगत दुई दशकदेखि देशमा शासन गरेको देशको सबैभन्दा ठूलो राजनैतिक परिवार राजापाक्षे चुनावी दौडबाट बाहिर रहेको देखिन्छ । अनुरा कुमार दिसानायके वामपन्थी पार्टी जनता विमुक्ति पेरामुनाका नेता हुन्। उनी एनपीपी गठबन्धनबाट राष्ट्रपतिका उम्मेदवार हुन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार जेभीपी पार्टी भारतको विरोधका लागि परिचित छ। सन् १९८० को दशकमा भारतले श्रीलंकामा लिट्टेसँग लड्न शान्ति सेना पठाउने निर्णय गरेको थियो। त्यसको जेभीपीले विरोध गरेको थियो। हालैका वर्षहरूमा जेभीपीले आफ्नो भारत विरोधी अडान परिवर्तन गरेको छ। तर, अनुराले चुनावअघि भारतीय कम्पनी अडानीविरुद्ध बयान दिएर नयाँ विवाद सुरु गरेका छन् । जेभीपी नेताले भर्खरै सेप्टेम्बर २१ मा हुने राष्ट्रपति चुनावमा विजयी भएमा श्रीलंकामा अडानी समूहको पवन ऊर्जा परियोजना रद्द गर्ने वाचा गरेका छन्। अनुराका अनुसार अडानी परियोजना श्रीलंकाको ऊर्जा सार्वभौमसत्ताको लागि खतरा हो। अडानी समूहले श्रीलंका सरकारसँग पवन पावर स्टेशन विकास गर्न यो वर्ष सम्झौता गरेको छ। यसका लागि कम्पनीले ४४२ मिलियन डलर लगानी गर्ने भएको छ । अनुरा दिसानायके र एनपीपीको लोकप्रियता ४ वर्षमा निकै बढेको छ । श्रीलंकाका जनताले आर्थिक सुधार र सामाजिक समानताका लागि एनपीपीबाट धेरै आशा राखेका छन्, किनभने यो पहिले कहिल्यै सत्तामा थिएन त्यसैले जनताले यसमा बढी विश्वास गरेका छन्। अनुरा कुमारा दिसानायके युवाहरुमाझ निकै चर्चित छन् । एमपीपीको बढ्दो लोकप्रियताको अर्को मुख्य कारण भ्रष्टाचार विरुद्ध लड्ने प्रतिवद्धता हो। अनुराले हरेक अभियानमा श्रीलंकालाई भ्रष्टाचारमुक्त गर्ने वाचा गरिरहेका छन् । देशको आर्थिक अवस्था खस्किनुको मुख्य कारण भ्रष्टाचार भएको युवाहरुको भनाइ छ । पार्टीले बलियो अन्तर्राष्ट्रिय सम्बन्धमा पनि काम गरेको छ । चीन र भारत श्रीलंकाका दुई प्रमुख आर्थिक साझेदार हुन्। पार्टीको प्रतिनिधिमण्डलले डिसेम्बर २०२३ मा चीनको भ्रमण गरेको थियो र चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेताहरूलाई भेटेको थियो। त्यस्तै, एनपीपी प्रतिनिधिमण्डलले फेब्रुअरी २०२५ मा भारतको भ्रमण गर्‍यो र विदेश मन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल लगायत वरिष्ठ भारतीय अधिकारीहरूलाई भेट्यो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागी हुनुहुने भएको छ । भदौ २० गते (बिहीवार) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डललाई सो महासभामा भाग लिनका लागि स्वीकृति प्रदान गर्ने औपचारिक निर्णय गरेको हो । आगामी असोज ७ गतेदेखि अमेरिकाको न्युयोर्कमा आयोजना हुने सो महासभामा भाग लिनका लागि प्रधानमन्त्री ओलीको नेतृत्वको टोलालाई प्रतिनिधिमण्डल गठन गर्न समेत सहमति दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । त्यसैगरी सरकारले विमस्टेक कृषिमन्त्री स्तरीय र कृषि सम्बन्धि उच्च पदाधिकारीहरुको तेस्रो बैठक आगामी २०८१ चैत्र १४ र १५ गते नेपालमा आयोजना गर्ने प्रश्ताव पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले एशीिाली विकास बैकबाट सिंचाई आधुनिकीकरण अभिवृद्धि आयोजनाका लागि उपलब्ध हुने अमेरिकी डलर ११५ मिलियन करिव १५ अर्व २९ करोड सहुलियतपूर्ण ऋया सहायता स्विकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी अर्थ मन्त्रालयका राजश्व सचिव दिनेशकुमार घिमिरेलाई कर्मचारी संचय कोषको सञ्चालक समितिको अध्यक्ष र सञ्चालक समितिका रिक्त सञ्चालक पदमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङलाई मनोनित गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले बताउनुभयो । सरकारले नेपाल इन्जिनियरिङ परिषदको रिक्त सदस्यमा विनोदबहादुर पाल सुदूरपश्चिम, अम्बिका महत कर्णाली प्रदेशबाट, लेखनाथ पाण्डेय लुम्बिनी प्रदेशबाट, डा। राममणी अधिकारी गण्डकी प्रदेशबाट, निर्जला श्रेष्ठ चौधरी बागमती प्रदेशबाट, श्यामकिशोर यादव मधेस प्रदेशबाट र लैला श्रेष्ठ कोशी प्रदेशलाई मनोनयन पनि गरेको छ । त्यसैगरी बाल सुधार गृह भक्तपुर, मोरङ र कास्कीको सञ्चालन र व्यवस्थापनको लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र न्युनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम यूनिसेफबीच भएको सम्झौताको अवधि हाललाई २०८१ साल पुस मसान्तको लागि थप गर्ने निर्णय पनि मन्त्रीपरिषद् बैठकले गरेको छ । प्रवक्ता गुरुङले सरकारले अख्तियार दुरुपयोेग अनुसन्धान आयोगलाई ग्लोबल ओपरेशनल नेटवर्क अफ एन्टि करप्शन ल इन्फोर्समेन्ट अथोरिटिज अफ ग्लोवल नेटवर्कको सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान पनि गरिएको बताउनुभयो । मन्त्रिपरिषद् बैठकले लहान–सुखीपुर १३२ केभी प्रशारण लाईन आयोजना तथा आयोजना अन्तर्गत १ सय ३२ केभीको टावर प्याड निर्माण गर्न आवश्यक पर्ने करिव ८ बिगाहा जग्गा प्राप्ति गर्न ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने, नेपालगञ्ज–नानपारा १३२ केभी प्रशारण लाईन आयोजनालाई बाँके जिल्लामा प्रशारण लाईनको टावर प्याड निर्माणको लागि करिव २ बिगाहा जग्गा प्राप्ति गर्न सोही मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

नेपाल प्रहरीका २२९ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरू वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो। नामावली

इजरायलमा इरानको ड्रोन र मिसाइल आक्रमण

काठमाडौं । इरानले इजरायललाई लक्षित दर्जनौँ ड्रोन र मिसाइल आक्रमण गरेको छ । इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ । अमेरिकाले इजरायलतर्फ इरानले प्रहार गरेका केही ड्रोन खसालेको बीबीसीले जनाएको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।इजरायल र वेस्ट बैंकका धेरै भागहरूमा आकाशमा विस्फोटहरू देखिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । इजरायल र अमेरिकी हवाई प्रतिरक्षा टिमले इरानबाट आक्रमणलाई निस्काम बनाएको इजरायलले जनाएको भएपनि केही मानिसहरु घाइते भएका छन्। मिसाइ आक्रमणबाट कसैलाई पनि चोटपटक नलागेको इजरायलले जनाएको छ तर स्रोतका अनसार ३१ जना घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासनजिक गरेको आक्रमणको बदला लिने चेतावनी इरानको छ। उक्त आक्रमणमा सात इरानी अधिकारीको ज्यान गएको थियो । इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको स्वीकार गरेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

उत्तरी इजरायलमा साइरन अलर्ट

काठमाडौं । इजरायली सेनाले उत्तरी इजरायलमा अलर्ट साइरन सक्रिय बनाएको छ।इजरायली आक्रमणसँगै इरानले पनि आक्रमण गर्न सक्ने भएको कारण नागरिकलाई सुरक्षा सचेतता अपनाउनका लागि साइरन अलर्ट गरिएको हो ।

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार रेकर्ड ब्रेक गरेको सुनचाँदीको मुल्य आइतबार पनि त्यही मुल्यमा कारोबार भएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज दिन चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि गत शुक्रबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

पर्वतमा श्रीमान–श्रीमती मृत फेला

काठमाडौं । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ मा श्रीमान–श्रीमती मृत फेला परेका छन् । वडाअध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले सूर्यबहादुर घर्ती र उनकी श्रीमती गमला घरभित्रै मंगलबार बिहान मृत फेला परेको जानकारी दिए । घटनास्थल हेर्दा कसैले हत्या गरेको जस्तो देखिने वडाअध्यक्ष घर्तीले बताए । उनले भने, ‘घटनास्थल रगताम्मे छ ।’ प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

अब नेपालमा ७७ जिल्ला, थपिएका जिल्ला कुन कुन हुन त ?

काठमाडौं, भदौ ८ । निर्वाचन आयोगले सरकारले हालै थप गरेका दुई जिल्लासहित मुलुकमा कायम भएका ७७ जिल्ला समन्वय समितिको निर्वाचन जिम्मेवारी पूरा गर्ने निर्णय गरेको छ । नेपाल सरकार मन्त्रिपरिषदको यही भदौ ५ गतेको बैठकले नवलपरासी र रुकुमलाई दुई/दुई जिल्ला बनाउने निर्णय गरेको थियो । सरकारको निर्णयानुसार आयोगले प्रदेश नम्बर–४ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र प्रदेश नम्बर–५ मा पर्ने नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) गरी दुई तथा प्रदेश नम्बर–५ मा पर्ने रुकुम (पूर्वी भाग) र प्रदेश नम्बर–६ मा रहने रुकुम (पश्चिम भाग) गरी कायम भएका दुई जिल्लासहित चार जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन गराउने निर्णय गरेको हो । आयोगले उक्त जिल्लामा निर्वाचन गराउनका लागि चारजना जिल्ला न्यायाधीशको नामावली उपलब्ध गराउन कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । उक्त जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गर्ने निर्णय पनि आयोगले गरेको छ । ती जिल्लाको जिल्लासभाको बैठक राखी जिल्ला समन्वय समितिको सदस्य संख्या निर्धारण गरी मुख्य निर्वाचन अधिकृतलाई उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत् सम्बन्धित स्थानीय विकास अधिकारीलाई निर्देशन दिने निर्णय पनि भएको प्रवक्ता शर्माले बताए । चितवन जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचनका लागि हाल चितवन जिल्लाको मुख्य निर्वाचन अधिकृतकारूपमा कार्यरत् जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई नै थप जिम्मेवारी दिने निर्णय पनि आयोगले गरेको छ । रासस

आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल प्रतियोगिता आजदेखि

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा आजदेखि आठौँ प्रधानमन्त्री कप एनभिए भलिबल प्रतियोगिता सुरु हुँदैछ। संघको तालिका अनुसार पहिलो दिन आज पुरुषतर्फ ४ र महिलातर्फ २ खेल हुनेछन् । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा हुनेछ । आज बिहान ९ बजे पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बूढानिलकण्ठ भलिबलबीच हुनेछ । यस्तै, आज दिउँसो ३ बजे महिलातर्फको पहिलो खेल हुनेछ । जसमा एपीएफ र चन्द्रागिरी नगरपालिकाको टीलीबीच प्रतिस्पर्धा हुनेछ । लिगमा पुरुष तर्फ टिपटप हेल्प नेपाल, एपिएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बूढानिलकण्ठ भलिबल क्लब गरी ८ टोली छन् । यस्तै, महिलातर्फ पुलिस, एपिएफ, न्यु डायमण्ड, आर्मी, एभरेष्ट भलिबल क्लब बुटवल र कर्णालीले गरी ६ टोली छन् । लिगमा पुरुष तथा महिला दुवै तर्फको विजेताले ८ लाख, दोस्रोले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।