अबदेखि देशभरबाट शेयरमा आवेदन दिँदा डिम्याट अनिवार्य
रामहरि कार्की/काठमाडौं
नेपाल धितोपत्र वोर्डले माघ एक गतेदेखि देशभरका लगानीकर्ताले शेयरमा आवेदन दिँदा हितग्राही खाता (डिम्याट) अनिवार्य गरेको छ ।
माघ १, २०७३ देखि प्राथमिक शेयर निष्काशन (आइपिओ) मा आवेदन दिँदा राजधानी बाहिरका लागि समेत डिम्याट अनिवार्य गरेको हो । गत साउनबाट राजधानीमा मात्र लागू भएको यो नियम माघ १ देखि देशभर लागु हुने भएकाले राजधानी बाहिरका लगानीकर्तालाई डिम्याट खाता खोल्न धितोपत्र बोर्डले आग्रह गरेको छ ।
प्राथमिक सेयर भर्दा नपरेको पैसा, आंशिक रुपमा पर्दा फिर्ता हुने पैसा र नगद लाभांश समेत लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था भएकाले लगानीकर्ताले डिम्याट खाता खोल्दा अनिवार्य रुपमा आफ्नो बैंक खाता उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ । यसका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पुस १२ मा सूचना जारी गरि लगानीकर्तालाई डिम्याट खातावालहरुलाई बैंक खाता उपलब्ध गराउन आग्रह गरेको थियो ।
माघ १ देखि आस्वा प्रणाली लागु हुने र यस सेवा दिन वाेर्डबाट अनुमति पाएका बैंकहरु मार्फत सेवा लिई लाभान्वित हुन लगानीकर्तालाई बोर्डले अनुरोध गरेको छ । हालसम्म १७ वटा बैंक तथा वित्तीय संस्थाले (एप्लिकेशन सपोर्ट बाई ब्लक एमाउण्ट) आस्वा सेवा दिने अनुमति पाएको बोर्डले जनाएको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरु समेत अनुमति लिने क्रममा रहेको जनाइएको छ ।
पढ्नुस् सूचना
एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम
रत्ननगर (चितवन), पुष १५ । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् । दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।” निर्णायक डा कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् । चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् । एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् । निर्णायक संयोजक डा कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिए । आज सकिने महोत्सवअन्तर्गत आज फाइनल चरणको हात्ती दौड, हात्तीपोलो र हात्तीका छावाको फुटबल हुने क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए । । रासस
हतियारधारी भारतीय लागुऔषधसहित नेपालमा पक्राउ
गौशाला, पुस १ । भारतीय सीमावर्ती जिल्ला महोत्तरीबाट दुईजना हतियारधारी भारतीय नागरिकलाई लागुऔषधीसहित नेपाल प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल, बिओपी, मलिवाराबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा भारतबाट बिआरबी ३८२४ नंको मोटरसाइकलमा चढी आएका दुवै युवकलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले पक्राउ गरेका दुवैको साथबाट चार पोका गाँजा, तीन पोका चरेस, ७५ किलोग्राम चिनी, एक थान चक्कु र दुई हजार १५५ भारतीय तथा एक हजार ३६० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पोखरेलले बताए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए ।
हात्तीमा सररर… !
उपराष्ट्रपनि नन्दबहादुर पुन ‘पासाङ’ले चितवन बसाइका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी, क्यानन सयर गरेका छन् । सोही क्रममा निकुञ्जभित्र देखिएका गैडालगायत विभिन्न वन्यजन्तुको अवलोकन गरेका छन् । तस्वीर : मनाेज मगर, चितवन
एड्स दिवसमा र्याली
डिसेम्बर १ अर्थात विश्व एड्स दिवस आज नेपालमा पनि बिभिन्न चेतनामुलक कार्यक्रम गरी मनाईदैछ । २९औं विश्व एड्स दिवसको अवसरमा बागलुङमा पनि सचेतना ¥याली निकालियो । तस्बिर : रामबहादुर थापा, बागलुङ
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक जारी छ । राष्ट्रियसभा गृहमा जारी बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ । माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनः निर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । अहिले बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको रिपोर्ट चलिरहेको छ। बैठकमा प्रदेश इञ्चार्ज र प्रदेश अध्यक्षहरूले रिपोर्ट राखिरहेका छन्। बैठकमा केन्द्रीय सदस्यहरू, केन्द्रीय आयोगका सदस्य, विभागका पदाधिकारी र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू सहभागी रहेका छन् ।
लामो भाषण गर्ने प्रवृति अन्त्य गरौं : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए । सभापति देउवाले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए । उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे। सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रस्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए।
आजबाट ई-भिसा लागू हुने
काठमाडौं । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा लागू गर्ने भएको छ। ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागले जनाएको छ । यो सेवाको औपचारिक आरम्भ आज बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठले गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रमको सुरुवात भएसँगै सेवाग्राहीलाई सहज हुने बताइएको छ । अब नेपाल आउन चाहने पर्यटकलाई भिसाका लागि दूतावास धाउनुपर्ने र विमानस्थलमा लाइन लाग्नुपर्ने बाध्यता हट्ने छ ।
संघीय संसदका नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ
काठमाडौं । संघीय संसदका नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ लिएका छन्। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पाण्डेयलाई बुधबार बिहान पद तथा गोपनियताको शपथ खुवाएका हुन्।पाण्डेयले कार्यभारसमेत सम्हालिसकेका छन्। सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई मंगलबार संघीय संसद महासचिवमा नियुक्त गरेका थिए। समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्याल उपस्थित रहेको थियो । महासचिव नियुक्त हुनुअघि पाण्डेले सचिव पदबाट राजीनामा दिएका थिए।
प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
उदयपुर । प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदयपुर सिमेन्ट उद्योगको अवलोकन गरेका छन् । उदयपुरको त्रियुगा नगर वडा नं ६ जलजले पुगी उनले उद्योगको प्लान्टलगायत महत्वपूर्ण संरचनाको अवलोकन गरेका हुन् । प्रधानमन्त्रीलाई उद्योगका महाप्रबन्धक खगेन्द्रबहादुर बस्नेतले उद्योगको समग्र अवस्थाबारे जानकारी गराएका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर चलाउनुपर्ने बताए । आफूले उद्योगको समस्यालाई गम्भीर रुपमा लिएको उल्लेख गर्दै उनले उद्योगलाई दीर्घकालीनरुपमा सञ्चालन गर्न सरकार तयार रहेको बताए । उदयपुर सिमेन्टर नेपाल सरकारद्वारा सञ्चालित सिमेन्ट उद्योग हो । नेपाल र जापान सरकारको संयुक्त लगानीमा सो उद्योगको स्थापना भएको थियो ।
माओवादी केन्द्रको प्रस्तावित विधानमा के छ नयाँ व्यवस्था ? (मसौदासहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय पदाधिकारी र सदस्यमा दुई पटकभन्दा बढी बस्न नपाउने बाध्यकारी व्यवस्थासहितको विधान मसौदा तयार गरेको छ।१७ भाग, ७० धारा र ४२ पृष्ठ लामो विधानको मसौदालाई आगामी फागुन १ देखि ३ सम्म हुने सम्मेलनमा पेस गर्ने तयारी छ। प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई बुझाइएको विधान मसौदा–२०८० मा विधान २०७८ मा रहेका केही व्यवस्था फेरबदल गरिएको छ।केन्द्रीय समितिको आकार २ सय ९९ बाट १५० मा झारिएको छ। यसैगरी भेट्रान कम्युनिस्ट मञ्च बनाउने प्रस्ताव छ। केन्द्रीय कार्यालयमा कोषाध्यक्ष थप गरिएको छ। २०७८ को विधानमा केन्द्रीय कार्यालयमा कोषाध्यक्ष रहने व्यवस्था थिएन। विधान २०७८ मा १६ अध्याय र ७५ धारा थिए। यस्तै, मसौदामा प्रदेश समिति संख्या १७५ बाट घटाएर १२५ बनाउने प्रस्ताव छ। प्रदेश पदाधिकारी केन्द्रीय समिति बैठकमा सहभागी हुन पाउने व्यवस्था पनि गरिएको छ। विधानमा पूर्णकालीन नेतालाई निर्वाह भत्तादेखि नेताले सम्पत्ति विवरण बुझाउनुपर्नेसम्मको व्यवस्था प्रस्ताव गरिएको छ। धारा ४१ मा पदाधिकारीको कार्यकालको व्यवस्था गरिएको छ। केन्द्रीय समितिको कार्यकाल ५ वर्ष तोकिएको छ। अब पदाधिकारीसहित केन्द्रीय समितिमा लगातार १० वर्ष बढी रहन नपाउने बाध्यकारी व्यवस्था विधानमा छ। ‘केन्द्रीय समितिको पदाधिकारी तथा सदस्यहरुका लागि दुई कार्यकाल,’ धारा ४१ को २ (क)मा उल्लेख छ।यसैगरी माओवादीमा प्रदेश समिति कार्यकाल ४ वर्ष, जिल्ला समितिको कार्यकाल ३ वर्ष र वडा समितिको कार्यकाल २ वर्षको राख्न प्रस्ताव गरिएको छ। ‘प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको लागि तीन कार्यकाल, जिल्ला र गाउँ नगरका पदाधिकारी तथा सदस्यका लागि चार कार्यकाल र वडा पदाधिकारी र सदस्यका लागि पाँच कार्यकाल,’ धारा ४१, २ को ख, ग र घ मा उल्लेख छ। विधान मसौदा समितिले केन्द्रीय समितिका पदाधिकारी र सदस्यका लागि मात्र दुई कार्यकालको व्यवस्था गर्न सुझाएको छ।माओवादी पार्टीमा प्रचण्ड ३५ वर्षदेखि एकनासले सर्वोच्च पदमा छन्। त्यसबेलादेखि पदाधिकारी रहेका नेताहरु अहिले पनि माओवादीको पदाधिकारी र केन्द्रीय सदस्य छन्। विधान मसौदा समितिले पार्टीभित्र अनुशासन उल्लंघन गर्ने नेताविरुद्ध नरम र कडा दुवै खाले सजायको व्यवस्था गर्न सुझाएको छ। ‘धारा ५२ (१)मा उल्लेखित क्रियाकलाप गरेबापत त्यसको प्रकृति र परिणाम हेरी सदस्यको हकमा सम्बन्धित समितिले आलोचना गर्ने वा चेतावनी दिने वा पदबाट घटुवा गर्न सक्नेछ,’ धारा ५२ मा उल्लेख छ, ‘पदमुक्त गर्ने वा सदस्यताबाट निलम्बन वा निष्कासन गर्ने वा पार्टी सदस्यताबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न सक्नेछ। सम्बन्धित व्यक्तिले आफ्नो गल्तीप्रति आत्मालोचना गर्न सक्नेछ।’ माओवादीले केन्द्रीय समितिको बैठक कम्तीमा ६ महिनामा एक पटक, पोलिट्ब्युरोको बैठक चार महिनामा एक पटक र पदाधिकारी÷स्थायी समितिको बैठक महिनामा एक पटक बस्ने प्रस्ताव गरेको छ। केन्द्रीय विभागको बैठक तीन महिनामा एक पटक बसे पनि सचिवालय र कार्यालयको बैठक आवश्यकतानुसार बस्ने विधानमा व्यवस्था गरिएको छ। माओवादीले हरेक बैठकका निर्णय जनवादी प्रक्रियाबाट गर्ने प्रष्ट पारेको छ। ‘निर्णय प्रक्रियामा सहमतिको पद्धतिलाई प्राथमिकता दिइनेछ,’ प्रस्तावित विधानको धारा ५७ ९१० मा लेखिएको छ, ‘मत विभाजन भएमा उपस्थित सदस्यको बहुमतको निर्णय पार्टी निर्णय हुनेछ। निर्णयमा असहमत हुने सदस्यले आफ्नो असहमति सम्बन्धित राष्ट्रिय महाधिवेशन, अधिवेशन वा बैठकसमक्ष लिखितरूपमा प्रस्तुत गर्न सक्नेछ।’ पूर्णकालीन पदाधिकारी र सदस्यको निर्वाह खर्च पार्टीले गर्ने भएको छ।जनयुद्धमार्फत शान्ति प्रक्रियामा आएको माओवादीको खर्च व्यवस्थापन अस्तव्यस्त बनेको गुनासो बढिरहेको छ। ‘परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित पार्टी समितिले निर्वाह खर्चको व्यवस्था गर्नेछ,’ धारा ६१ ९१ र २० लेखिएको छ, ‘पार्टीका कुनै विशेष काममा पार्टी नेता वा कार्यकर्तालाई खटाउँदा हुने खर्चको व्यवस्था पार्टीले गर्नेछ।’माओवादीका नेताले अब सम्पत्ति विवरण बुझाउनुपर्नेछ। ‘आफू निर्वाचित वा मनोनीत वा नियुक्त भएको दुई महिनाभित्र अनुशासन समितिले तोकेको ढाँचामा आफ्नो सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण बुझाउनुपर्नेछ,’ धारा ६३ मा उल्लेख छ, ‘आफू सो पदमा रहुञ्जेल आर्थिक वर्ष पूरा भएको ६० दिनभित्र आफ्नो सम्पूर्ण चल–अचल सम्पत्तिको अद्यावधिक विवरण पेस गर्नुपर्नेछ।’ ‘पार्टी विघटन भएको अवस्थामा पार्टीको स्वामित्वमा रहेका सम्पूर्ण सम्पत्तिहरु राज्यको स्वामित्वमा रहनेछ,’ विधानमा उल्लेख छ। विधान मसौदामाथि उपमहासचिव जनार्दन शर्माले नौ बुँदे पुरक सुझाव पेस गरेका छन्।उनले पार्टीको नाम फेर्नेदेखि पदाधिकारीको उमेर तोक्नुपर्ने प्रस्ताव राखेका छन्। माओवादीको विधान मसौदा समितिमा उपाध्यक्ष पम्फा भुसालसहित महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय जनार्दन शर्मा, वर्षमान पुन र गिरीराजमणि पोखरेल र सचिव गणेश साह छन्। उपमहासचिव शर्माको पुरक प्रस्तावका नौ बुँदा १.पार्टीको प्रदेश अध्यक्ष केन्द्रीय समितिको (पोलिट्ब्युरो) बैठकमा उपस्थित हुन पाउने व्यवस्था विधानमा राख्ने। २.सबै तहका पदाधिकारीहरु प्रतिनिधिद्वारा प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने। ३.सबै तहका पदाधिकारीको कार्यकाल र उमेर तोक्नु पर्ने। ४.पार्टीको नाम ः नेकपा समाजवादी राख्नु पर्ने। ५.जवस सम्बन्धी नीति र पार्टीको मार्गदर्शक सिद्धान्त र नीतिलाई स्वीकार गरेर संगठन निर्माण, सुदृढीकरण, परिचालन, पेसागत हकहित र संघर्षका क्षेत्रमा स्वायत्तता प्रदान गर्ने। ६.जवस प्रमुखहरुको संयोजन समिति बनाई पार्टीको वैचारिक र योजनागत सम्प्रेषण गर्ने व्यवस्था गर्ने। ७.सरकार सञ्चालन गर्नका लागि आवश्यक पर्ने नीति निर्माण गर्न समन्वय समिति बनाउने। ८.जिल्ला समितिको कार्यक्षेत्र : वैचारिक राजनैतिक र संगठन निर्माण, सुदृढीकरण तथा परिचालन र आर्थिक उत्पादन रोजगारीरविकास निर्माण र सरकार सम्बन्धी काम सामाजिक सांस्कृतिक रुपान्तरण एवं सामाजिक न्याय अनुगमन र मूल्याङ्कन हुनुपर्ने। ९.पार्टीको केन्द्रीय नीति योजना कार्यान्वयनको अलवा प्रदेश र स्थानीय तहका पार्टी कमिटीलाई राजकीय पदहरुको बाँडफाँट, निर्वाचन, सरकार निर्माण सम्बन्धी सबै अधिकार प्रयोग गर्ने व्यवस्था विधानमा गर्नुपर्ने। हेर्नुहोस्
प्रधानमन्त्री प्रचण्ड विराटनगरमा : यस्ता छन् कार्यक्रम
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो विराटनगर आइपुगेका छन् । प्रधानमन्त्रीले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । यसअघि बिहान १० बजे प्रधानमन्त्रीले प्रचण्डले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । भोक्राहा नरसिंह गाउँपालिका इनरुवामा प्रधानमन्त्री प्रचण्डले सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने छन्। कार्यक्रममा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयत सहभागी हुने छन् । मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ । आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।
सकियो एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा
काठमाडौं । नेकपा एमालेल मंसिर १४ गते देखि सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा सकिएको छ । आज प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको सिक्किमसँग जोडिएको पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झन्डा फहराएर यात्रा टुँग्गाएका हुन् । यसअघि मंसिर १४ गते ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा फहराएरै यो अभियानको थालनी गरेका थिए। आइतबार फिदिमबाट हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगेका ओलीले सीमाक्षेत्रमा नेपालको झन्डा फहराएसँगै संकल्प यात्रा टुंगिएको हो। यात्रामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोलीसहित थिए। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समापन भएको हो। पाँचथरको यो भञ्ज्याङ भारतको सिक्किमसँग जोडिएको छ।
माओवादीसँगको एकता गर्न बाबुरामको नेतृत्वमा ५ सदस्यीय समिति गठन
काठमाडौं । नेपाल समाजवादी पार्टी ले नेकपा माओवादी केन्द्रसँग एकताका लागि अध्यक्ष डा.बाबुराम भट्टराईको संयोजगत्वमा संयोजन समिति बनाउने निर्णय गरेको छ। बुधबार काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले माओवादी लगायतका विचार, राजनीति मिल्ने राजनीतिक शक्तिहरूसँग एकता÷ध्रुवीकरण ५ सदस्यीय समिति बनाएको हो। समितिमा अर्का अध्यक्ष महिन्द्र राय यादव, सहध्यक्ष गंगानारायण श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोव, महासचिव रमेशप्रसाद यादव, कार्यकारिणी सदस्य जनकराज शाह सदस्य छन्। माओवादीसँगको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ। नाम, झण्डा, विधान लगायतका विषय टुंगिए पनि विचार र सिद्धान्तका विषयमा भने निर्णय नभइसकेकाले अध्यक्ष भट्टराईकै संयोजगत्वमा समिति बनाएको नेसपाले जनाएको छ। त्यस्तै, बैठकले संगठन निर्माण तथा विस्तार अभियानको समयावधि २ महिना थप गरी फागुन मसान्तसम्म पुर्याउने निर्णय पनि गरेको छ। सबै स्थानीय तहहरूको बैठक, समिति गठन र पुनर्गठन पुस मसान्तसम्म गरिसक्ने, मङ्सिर–पुसमा वडा र पालिकाहरूको भेला, सम्मेलन सम्पन्न गर्ने, माघ–फागुनमा प्रदेशको सम्मेलन सम्पन्न गर्ने, वैशाखमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने लगायतका निर्णय भएको नेसपाले बताएको छ।
छैटौँपटक अस्ट्रेलियाले उचाल्यो विश्वकपको उपाधि, भारत स्तब्ध
काठमाडौं । फाइनलमा भारतलाई स्तब्ध गराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । अस्ट्रेलियाको जितमा ओपनर हेडले १३७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । ४७–३ को नाजकु अवस्थामा रहँदा हेडले मानुर्स लाबुसचेज्नसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए । लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन थपे । त्यसअघि अस्ट्रेलियाले ओपनर डेविड वार्नरलाई सात, स्टिम स्मिथलाई चार र मिचेल मार्सलाई १५ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । ग्लेन म्याक्सवेल दुई रनमा अविजित रहे । भारतका जसप्रित बुमराहले दुई विकेट लिए । यस्तै, मोहम्मद सिराज र मोहम्मद सामीले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो । अस्ट्रेलियन बलरसामु निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेका थिएनन् । भारतका केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो । ८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औं अर्धशतक हो । ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्कासहित ४७ रन बनाए । सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन थप्दा अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए । फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो । विश्वकपको १३औँ संस्करण समाप्त हुँदा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि भारतले सन् २००३ मा पनि फाइनलमा अस्ट्रेलियासँगै हार बेहोरेको थियो । दुईपटकको च्याम्पियन भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो । यता, आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।
पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा
काठमाडौं । साबिकको विजेता श्रीलंकाले एसीसी एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । श्रीलंकाको कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा श्रीलंका डकवर्थ लुईस पद्दती अनुसार २ विकेटले विजयी भएको हो । पाकिस्तानले दिएको २ सय ५२ रनको लक्ष्य श्रीलंकाले निर्धारित ४२ ओभरको अन्तिम बलमा पुरा गर्यो। श्रीलंकाका लागि कुसल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्काको सहयोगमा ९१ रन बनाए । सदिरा समराविक्रमाले ५१ बलमा ४ चौकाको सहयोगमा ४८ रन बनाए । मेन्डिस र सदिराले तेस्रो विकेटका लागि ९८ बलमा १ सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए । चरिथ असलंका ४७ बलमा ३ छक्का र १ चौकाको सहयोगमा ४९ रनमा अविजित रहे । डेब्यु खेल खेलिरहेका जमान खान बलिङमा आए । खानले सुरुआती चार बलमा दुई रन मात्रै दिएर पाकिस्तानको जितको आधार बनाउँदै थिए । त्यसपछिको दुई बलमा जितको लागि ६ रन चाहिएको थियो । चरिथले पाँचौं बलमा चौका र अन्तिम बलमा दुई रन बटुल्दै श्रीलंकालाई फाइनल पुर्याएका हुन् । साबिकको विजेता श्रीलंकाले आइतबार भारतसँग उपाधिको लागि खेल्ने छ ।