सुनचाँदीको मूल्य अवस्था कस्तो छ ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य कुनै परिवर्तन आएको छैन ।

आइतबार सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा सोमबार कुनै परिवर्तन भएको छैन ।

त्यस्तै, आइतबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा सोमबार भने त्यही मूल्यमा कारोबार भइरहेको छ ।

जातीय विभेद: शिक्षक दम्पतीको जागिर खोसियो, घर जलाइयो र गाउँबाट लखेटियो

बैतडी, माघ २७ । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् । करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’  नयाँ पत्रिकामा खबर छ । सरोकारवाला चुपचाप किशोरीका बवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’ प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ । डिएसपी शर्माले भने, ‘बेचबिखनसम्बन्धी कुनै प्रमाण फेला नपरेपछि उजुरी दर्ता गरिएन ।’ उजुरी दर्ता गरिएपछि पुर्पक्षका लागि थुनामा राख्नुपर्छ भने आफू निर्दोष भएको दोषीले थुनामै बसेर प्रमाण जुटाउनुपर्छ । आगजनीको मुद्दा अदालती प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने उनको भनाइ छ । जिल्ला प्रशासनले भने यस विषयमा समन्वयको प्रयास गर्दै आएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले भने, ‘यो केसमा गम्भीर छाँ, सबैसँग बसेर छलफल गर्दैछौँ ।’ जिल्ला शिक्षा कार्यालयले पनि समन्वय गरिरहेको जनाएको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अन्य विद्यालयसँग समन्वय गरेर रानादम्पतीलाई काजमा खटाउने प्रयास भइरहेको बताए । उनीहरूलाई गाउँमा फर्काउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधि सकारात्मक देखिँदैनन् । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँको वातावरण बिग्रिएकाले रानादम्पतीको सुरक्षाको जिम्मेवारी लिन नसक्ने बताए । उनले भने, ‘समाजले पचाउन नसक्ने घटना भयो, किशोरीका परिवार आक्रोशित छन् । वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’ अधिकारकर्मी भने जातीय विभेदका कारण यस्तो घटना हुँदा पनि प्रशासनले वास्ता नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी करन दयालले भने, ‘दलित भएकै कारण यस्तो विभेद हँुदा पनि राज्य मौन छ ।’ यसरी गरियो विस्थापित राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे । किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए । केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् । फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् । त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग-यो । तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।

डा. गोविन्द केसीलाई अदालत पुर्याइयाे

काठमाडौं, पुस २५ । अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतमा पुर्याइएको छ । केसीलाई अाज बिहान ९ बजेपछि अदालतमा उपस्थित गराइएको हो । डा. केसीले अदालतको अवहेलना गरेको आरोपमा सर्वोच्चले सोमबार पक्राउ पूर्जी जारी गर्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो । अदालतको अवहेलना गरेको ठहर भए केसीले एक वर्षसम्म जेल बस्नुपर्ने हुन्छ । न्याय प्रशासन ऐन, २०७३ मा अदालतको अपहेलनासम्बन्धी मुद्दामा के गर्ने भन्ने विषयमा व्यवस्था गरिएको छ । ऐनको दफा १७ मा अदालतको अपहेलनासम्बन्धी मुद्दाका बारेमा उल्लेख छ । ऐन अनुसार अदालतको अपहेलना मुद्दामा दोषी ठहर हुने व्यक्तिलाई एक वर्ष जेल सजाय वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै अरु उपयुक्त कारवाही गर्न सक्ने व्यवस्था पनि ऐनमा छ । तर दोषीले अदालतलाई चित्त बुझ्नेगरी माफी मागेमा कारवाही मुद्दा तामेलीमा राख्न सकिने पनि ऐनमा उल्लेख छ । यस्तै, दोषी ठहर भइसकेपछि पनि दोषीले अदालतलाई चित्त बुझ्ने गरी माफी मागेमा कारवाही रोक्न सकिने ऐनमा व्यवस्था गरिएको छ । डा. केसीलाई पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले मंगलबार बिहान माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलगायत सहभागी छन् । अदालतको आदेशलगत्तै डा. केसीलाई अनसनस्थलबाटै सोमबार साँझ नै प्रहरीले पक्राउ गरेको थियो । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का डीन नियुक्ति प्रकरणमा अदालतको फैसलाविरुद्ध डा. केसीले दिएको अभिव्यक्तिले अदालतको मानहानी भएको भन्दै सर्वोच्चमा सोमबार रिट दायर भएको थियो ।

केपी ओलीलार्इ मन्त्री बनाईदेउ भन्न जान्न :योगेश भट्टराई

काठमाडौं, पुस २३ । ताप्लेजुङबाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित नेकपा एमाले पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराई चर्चामा छन्। मिडिया देखि सामाजिक संजालमा समेत भट्टराई छाइरहेका छन्। युवा तथा एमाले भित्र आशा लाग्दा नेताको रुपमा हेरिएका भट्टराईले पार्टी अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दुई पार्टी एकता घोषणा भएको दिनमा सक्रिय राजनीतिबाट सन्यास लिएर दक्षिण अफ्रिकी अश्वेत नेता नेल्शन मण्डेला बन्न सुझाव दिएका थिए। भट्टराईले प्रचण्ड र ओलीलाई सन्यास लिन सुझाव दिएपछि एमाले भित्रै पनि यो विषयले चर्चा पायो।केहि प्रभावशाली नेताले त भट्टराई विरुद्ध सामाजिक संजालमा खरो रुपमै उत्रिएर आलोचमा समेत गरे। कान्तिपुर टिभीको चर्चित कार्यक्रम टफ-टकमा कुराकानी गर्दैं योगेशले भने- ओलीले मलाई जिताउन मेरो क्षेत्रमा जानुभयो,यो उहाँको म प्रतिको निगाहा भन्दा पनि पदीय दायित्व हो।उहाँले (ओली) ताप्लेजुङगमा गएर मेरो जुन उत्साह बढाउनु भयो,म उहाँप्रति सधैं कृतज्ञ नै हुनेछु।कतिपय मानिसले के ठाने भने ओलीलाई त्यहाँ पठाउनु भनेको योगेश भट्टराईसँग फिरौती लिनु जस्तो हो। यो फिरौतीको कुरा होइन। मैले केपी ओलीको चुनावी क्षेत्र दमक,गौरीगन्जमा गएर भाषण गरेको छु । त्यो मेरो दायित्व हो। दिलभुषण पाठकले भट्टराइलाई प्रश्न गर्दैं सोधे- केपी ओलीले ताप्लेजुङमा गएर त्यहाँका मतदातालाई तपाईंहरु योगेश जीलाई जिताएर पठाउनुस्,म मन्त्री बनाउँछु भन्नूभएको थियो,पछि ओलीले मन्त्री बनाइहाल्ने चाहना नदेखाएपछि तपाईं एकाएक यस्तो आक्रामक हनुभएको हो? पाठकको प्रश्नको जवाफ दिदैं भट्टराइले भने- अध्यक्ष ओलीसँग यस बिषयमा केहि पनि कुरा भएको छैन।उहाँले सार्वजानिक ठाउँमा मलाई मन्त्री बनाउँने मन्तव्य दिनुभयो त्यसले मलाई उत्साहित बनाएकै छ। त्यो कुरालाई म अन्यथा मान्दिन। पार्टी अध्यक्षले मेरो क्षेत्रमा गएर मलाई जिताउनुस् भनिदिएर मेरो दुई-चार हजार भोट बढि आएकै हो। मलाई मन्त्री बनाउने-नबनाउने त्यो ओलीको आफ्नो निर्णयको कुरा हो। मलाई त्यसमा कुनै सरोकार पनि छैन र म त्यसका निम्ति थप आग्रह पनि गर्न जान्न। भट्टराईले ओलीको दु:खको समयमा पनि आफू ओलीसँगै रहेको बताए।पार्टीको नवौं महाधिवेशनमा ओली र म अलग्गै प्यानलमा थियौ,त्यसमा कुनै लुकाउनैपर्ने कुरै छैन। ओलीलाई अध्यक्ष नबनाउ भनेर हामी लागेकै होउ र मलाई सचिव नबनोस् भनेर ओली पनि लागेकै हुन् तर त्यसको वावजुद पनि ओलीसँग मेरो ‘वर्किंङ रिलेसन’ छ। म उहाँको प्रचार विभाग प्रमुख हुँ।उहाँले दिएका हरेक काम मैले दिएको छु। उहाँको सुझाव मैले मान्ने पनि गरेको छु ।

सर्वोच्चले माग्यो तनहुँ क्षेत्र नम्बर २, क को सबै कागजात

काठमाडौं, पुस २० । सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश क मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्र लगायतका कागजात मागेको छ । सर्वोच्चले नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको रिटमा सुनुवाई गर्दै मतगणना सम्बन्धी कागजात मनाएको हो । प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासलेबुधबार प्रदेश क को निर्वाचन मतगणना सम्बन्धी सबै कागजात झिकाउने आदेश दिएको छ । माओवादी केन्द्रका उम्मेदवार तथा विना विभागीय मन्त्री आशा कोइरालासग ५ मतले हारेपछि कांग्रेस उम्मेदवार पौडेलले मतगण्नामा धाँधली भएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए । सर्वोच्चले यसअघि पुस ७ गतेको सुनुवाइमा निर्वाचन आयोग र दुवै उम्मेदवारलाई छलफलका लागि बोलाएको थियो । सर्वोच्चले धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभाका उम्मेदवार रामसिंह यादवले निर्वाचन आचार संहिताविपरीत धाँधलीपूर्ण तरिकाले निर्वाचनको दिन नै सञ्चारमाध्यममा प्रचार गराएको भन्ने मुद्दामा सञ्चारमाध्यममा प्रयोग भएको समाचार र विज्ञापन इजलासमा झिकाउन आदेश दिएको छ ।

प्रकाशजी तपाईंसँग समय नै रहेनछ

मंसिर २ गते दिउँसो १२ बजेतिर प्रकाशजीलाई फोन गरेँ । फोन अफ थियो । तर, मैले त्यसमा फिक्री मानिनँ किनकि फोन सम्पर्क नहुनासाथ उहाँ फेसबुक मेसेन्जरमा सहजै भेटिनुहुन्थ्यो । प्रकाशजी हरपल अनलाइनमा उपलब्ध हुनुहुन्थ्यो । लगत्तै च्याटमा सम्पर्क गरेँ । मैले लेखेँ– यहाँ झापाको एउटा टेलिभिजनलाई क. प्रचण्डको अन्तर्वार्ताको टाइम जसरी नि नमिलाई भएन । तुरुन्त जवाफ आयो । म अहिले काठमाडौं छु । झापा आइएन, प्रताप सर (जोखबहादुर महरा)लाई भन्नू । यो संवाद नै मेरो प्रकाशजीसँगको अन्तिम संवाद होला भनेर कसरी कल्पना गर्नू र ? प्रकाशजीले मसँग त्यो संक्षिप्त कुरा गर्दा १ः२० बजेको थियोे । उहाँले १ः१९ बजेमित्र टासी शेर्पालाई पनि रिप्लाई गर्नुभएको रहेछ । त्यसदिन शनिबार म झापाको बिर्तामोडमा थिएँ । माओवादी अध्यक्ष क. प्रचण्ड र एमाले अध्यक्ष क. केपी ओली दिउँसो बी एन्ड सी हस्पिटलमा पूर्वाञ्चल स्वास्थ्य महोत्सवको उद्घाटन गर्न आउने कार्यक्रम थियोे । प्रकाशजीले मलाई फोन गरेर भन्नुभयो– लौन यार ! युवाहरूलाई कन्ट्रोल गर्नुपर्‍यो । फेसबुकमा छरपस्ट छ । अब गठबन्धन मात्र होइन, एकता नै हुने हो । साथीहरूलाई कन्भिन्स गर्नुपर्‍यो । २५ मिनेटको त्यो कुराकानीमा वाम एकताप्रति प्रकाशजी निकै उत्साहित हुनुहुन्थ्यो । प्रचण्डको टोली बिर्तामोडको कार्यक्रम सकेर दमक गयो । दमकमा केपी ओलीको चुनावी कार्यक्रम सम्पन्न भएपछि क. प्रचण्ड ओलीनिवास जानुभयो । लगत्तै आन्तरिक कार्यकर्ता भेटघाट भयो । त्यो सकेर टोली फेरि बिर्तामोड लाग्यो । बिर्तामोडमा पनि कार्यकर्ता भेटघाट हुँदा झन्डै रातिको १० बजिसकेको थियोे । दिनभरको थकानका बाबजुद पनि त्यसवेलासम्म अध्यक्ष प्रचण्ड एकदम शान्त नै हुनुहुन्थ्यो । हामीसँग छुटेपछि अध्यक्ष प्रचण्डले लाजिम्पाटमा सम्पर्क गरी सामान्य सन्चो–विसन्चो बुझेर सुत्नुभएछ । सुरेन्द्र बस्नेत, उपाध्यक्ष, अखिल क्रान्तिकारी भोलिपल्ट काँकरभित्तामा संयुक्त आमसभालाई दुवै नेताले सम्बोधन गर्ने कार्यक्रम थियोे । बिर्तामोडमा बिहान सप्राइज मोडमा मर्निङ वाक जाने र एक ठाउँ पुगेर जनतासँगै चिया खाने योजना थियोे । हामी पनि सँगै मर्निङ वाक जाने तयारीमा थियौँ । बिहान सबेरै उठेर नित्यकर्म सकी क. प्रचण्डले ट्र्याक सुट र स्पोट्र्स जुत्ता लगाई मर्निङ वाकका लागि मूलढोकाबाट पाइला मात्र के सार्नुभएको थियोे, अकल्पनीय झट्का र खबरले फनक्कै फर्कनुभयो । र, सोफामा थचक्कै बस्नुभयो । अकल्पनीय खबर झन्झन् सत्यसाबित हुँदै गयो । यो असत्य भइदिओस् भन्ने अध्यक्ष प्रचण्ड र अरू सबैको पुकारको मूल्य निरन्तर घटिरहेको थियोे । त्यतिन्जेलमा प्रकाशजी अब यस दुनियाँमा बाँकी रहनुभएन भन्ने सनसनी फैलिसकेको थियोे । हृदयाघातबाट ३६ वर्षको उमेरमै संसारबाट उहाँ फगत एक्लै बिदा हुनुभयो । दिन–रात, स्वदेश–विदेश हरपल साथै रहने उहाँका पिता झापामा हुनुहुन्थ्यो । उहाँको प्राण जाँदै गर्दा आमा आफ्नै कोठामा, श्रीमती चुनावी अभियानमा जिल्लामा, दिदीहरू चितवनको चुनावी अभियानमा । उफ् ! कस्तो अपसोच । हामीसँग भेट्दा वा च्याटमा प्रकाशजी पटक–पटक भन्ने गर्नुहुन्थ्यो– मलाई मन्त्री, सांसद वा ठूलो मान्छे बन्ने इच्छा कहिल्यै छैन । मैले त खाली बुबालाई सहयोग गर्ने हो र सफल बनाउने हो । आफू एउटा सामान्य सिपाहीजस्तै भएर अध्यक्ष प्रचण्डलाई सहयोग गर्दा पनि आफ्नो आलोचना किन गरेका होलान् भनेर वेलावेलामा उहाँ चिन्ता गर्नुहुन्थ्यो । सशस्त्र जनयुद्धको भूमिगत सुप्रिम कमान्डर पिताको छोरा भएकाले प्रकाशजीको बाल्यकालमा राम्रो शिक्षा–दीक्षा हुन पाएन । स्कुल फेर्दाफेर्दै हैरान भयो । ‘कलम समाउने वेला बन्दुक समाउनुप¥यो । राम्रो पढ्नै पाइएन यार !’ प्रकाशजीले एकपटक मसँग भन्नुभएको थियोे । तर, उहाँ सूचना–प्रविधिमैत्री मात्र होइन, त्यसमा निकै दख्खल पनि राख्नुहुन्थ्यो । युद्धकालमै कम्प्युटरका प्राविधिक काममार्फत पार्टी केन्द्रीय कार्यालयलाई महत्वपूर्ण योगदान पु¥याउनुभएको थियोे । क. प्रचण्डले ‘मैले तपार्इंहरूमा नै प्रकाश देखेको छु र म तपार्इंहरूको भविष्यका लागि सम्हालिन्छु’ भन्नुभयो । प्रकाशजी तपार्इंले मलाई पटक–पटक चुनावका लागि चितवन बोलाउनुभएको थियोे । म चितवन त गएँ । तर, दुर्भाग्य तपार्इंकै श्रद्धाञ्जलिमा फूल चढाउनुपर्यो । पछिल्लो चरणमा सामाजिक सञ्जालमा त झन् प्रकाशजी छपक्कै छाउनुभएको थियोे । नेपालमा बाबुराम भट्टराईपछि फेसबुक पेजमा सबैभन्दा धेरै लाइक भएको युवा राजनीतिज्ञ उहाँ नै हो । उहाँको पेजमा करिब ६ लाख फलोअर थिए । आमपार्टी पंक्ति, मिडिया र जनताका लागि प्रकाशजी आफैँमा एउटा सूचनाको खानी नै हुनुहुन्थ्यो । नेताहरूले बोलेको भाषणको भिडियो रेकर्ड गरेर तुरुन्त अपलोड गर्ने होस् वा बोल्दा–बोल्दै फेसबुक लाइभ दिने सुरुआती चलन करिब–करिब प्रकाशजीले नै चलाएको भन्दा पनि हुन्छ । म पत्रकारिताको विद्यार्थी पनि हुँ । मलाई राम्रोसँग हेक्का छ, प्रकाशजी मिडियाको निकै महत्वपूर्ण साथी हुनुहुन्थ्यो । मिडियालाई सहजै सूचना र जानकारी दिन उहाँ अतिरिक्त मिहिनेत गर्नुहुन्थ्यो । पूर्वप्रधानमन्त्री एवं शक्तिशाली नेताको एक्लो छोरा भएर पनि उहाँ घन्टौँसम्म मोबाइल उचालेर लाइभ दिइरहनुहुन्थ्यो । प्रचण्डलाई लाखौँलाख जनतासँग जोड्न हरपल तल्लीन हुनुहुन्थ्यो । कुनै एउटा पत्रकार वा जिज्ञासु कार्यकर्ताले प्रचण्ड कहाँ छन्, के बोल्दै छन्, राजनीति कता जाँदै छ ? भनेर सामान्य संकेत बुझ्नुपर्‍यो भने प्रकाशजीको वालमा गए हुन्थ्यो । राजनीतिमा सामाजिक सञ्जालको हस्तक्षेप बढ्न थालेपछि प्रकाशजीकै हुटहुटीमा सामाजिक सञ्जालमा अग्रणी भूमिका खेल्नेहरूको केही राउन्ड मिटिङ पनि बसियो । सामाजिक सञ्जालमार्फत सरकार, पार्टी र आन्दोलनविरुद्ध हुने अर्गनल दुष्प्रचार रोक्न र सही कुरा जनताबीच लैजान प्रकाशजीको विशेष नेतृत्वदायी भूमिका र जोड रहन्थ्यो । यसमा हामी केही युवाको एउटा विशेष टिमको सहकार्य थियोे । यो टिमलाई पनि यस मिसनमा अपूरणीय क्षति भएको छ । वाम एकताको अप्रत्यशीत र आकस्मिक झट्का आउने संकेत प्रकाशजीले गरिरहनुभएको थियोे । तर, त्यसलाई समयअघि नै एक्सपोज गर्नुहुन्न भन्नहुन्थ्यो । एक्सपोज भए भाँडिन्छ भन्ने थियोे । वाम एकताको सनसनी सामाजिक सञ्जालमा फैलिएपछि माओवादी केन्द्र र एमाले दुवैमा हलचल मच्चियो । फेसबुकमा अनेक टिप्पणी आउन थाले । प्रकाशजीले मलाई फोन गरेर भन्नुभयो– लौन यार ! युवाहरूलाई कन्ट्रोल गर्नुपर्‍यो । फेसबुकमा छरपस्ट छ । अब गठबन्धन मात्र होइन, एकता नै हुने हो । साथीहरूलाई कन्भिन्स गर्नुपर्‍यो । २५ मिनेटको त्यो कुराकानीमा वाम एकताप्रति प्रकाशजी निकै उत्साहित हुनुहुन्थ्यो । यसरी प्रकाशजीले राजनीतिका हरेक उतार–चढाव र मोडहरूमा हेडक्वाटरको लाइन विशेषतः युवाहरूमा अविलम्ब सम्प्रेषण गर्नुहुन्थ्यो । आज सामाजिक सञ्जालमा पोखिएका भावनाहरूबाट युवामाझ प्रकाशजी कति छाउनुभएको रहेछ भनेर सहजै बुझ्न सकिन्छ । नर्भिक अस्पतालदेखि पेरिसडाँडा अनि आर्यघाटसम्म उर्लिएको जनसागरले प्रकाशजी कसरी जनजनका मनमनमा बाँच्नुभएको रहेछ भनेर बुझ्न सकिन्छ । सधैँभरि पार्टी र नेतृत्वको असाध्यै धेरै चिन्ता गर्ने प्रकाशजीको आग्रहमा मैले कैयौँपटक फेसबुक प्रयोजनका ब्यानर र प्रचार सामग्री बनाएको छु । तीमध्ये कैयौँ भाइरल पनि बनेका छन् । आज म्यासेन्जर खोलेर हेर्दा सपना हो कि विपनाजस्तो लाग्छ । आँखैअगाडि खरानी भएको देख्दादेख्दै पनि पत्याउनै गाह्रो हुने कस्तो निर्मम सत्य ! आर्यघाटमा दागबत्ती दिएपछि प्रचण्डले जनतालाई हात हल्लाएर अभिवादन गर्नुभयो । हामीले मनमनै अठोट गर्याँ– अब हामी लाखौँलाख युवाहरू नै तपार्इंका छोरा–छोरी हौँ । लाजिम्पाट निवासमा पुगेर हामीले अनेरास्ववियु, नेवि संघ र क्रान्तिकारीको संयुक्त समवेदना पत्र दिँदै भन्यौँ– अब देशका हामी लाखौँ युवा विद्यार्थी नै तपार्इंका छोरा–छोरी हौंँ । क. प्रचण्डले ‘मैले तपार्इंहरूमा नै प्रकाश देखेको छु र म तपार्इंहरूको भविष्यका लागि सम्हालिन्छु’ भन्नुभयो । प्रकाशजी तपार्इंले मलाई पटक–पटक चुनावका लागि चितवन बोलाउनुभएको थियोे । म चितवन त गएँ । तर, दुर्भाग्य तपार्इंकै श्रद्धाञ्जलिमा फूल चढाउनुपर्यो । जीवनमा तपाईं सधैँ हतार, तनाव र दबाबमा हुनुहुन्थ्यो । समय नै छोटो रहेछ । नेपालको परिवर्तनकारी आन्दोलनमा तपार्इंले गरेको योगदान हामी भुल्ने छैनाँै । अलबिदा क. प्रकाश अलबिदा ! -नयाँ पत्रिकाबाट

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

चितवन, कात्तिक २९ । पूर्वी चितवनको कालिका नगरपालिका–२ स्थित लंकालाइनमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अन्य दुईजना घाइते भएका छन् । आज बिहान करिब १ः३० बजेको समयमा तीनजना सवार ना ४६ प ९३४० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । लंकालाइनबाट भरतपुरतर्फ जानेक्रममा भएको सो दुर्घटनामा परी मोटरसाइकल चालक रत्ननगर नगरपालिका–११ का ३१ वर्षीय विवेक दराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । सो मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँका २५ वर्षीय दुखिराम दराई र कालिका नगरपालिका–३ का ३१ वर्षीय अविनास महतो घाइते भएका छन् । उनीहरुको अहिले कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको छ । उनीहरुले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको अनुमान प्रहरीले गरेको छ ।

नयाँ शक्तिका दुई दर्जन केन्द्रिय नेतासहित वामगठबन्धनमा प्रवेश, लोकतान्त्रिक गठबन्धनमा ठूलो झड्का

भक्तपुर, कार्तिक २८ । नयाँशक्ति रसुवाका इञ्चार्ज तेम्ब्रेल तामाङ वामगठबन्धनमा प्रवेश गरेका छन् । नयाँशक्ति पार्टीका केन्द्रिय कार्यकारी सदस्य समेत् रहेका तामाङ समानुपातिक उम्मेद्वार पनि हुन् । निर्वाचनको मुखैमा नेता पार्टी प्रबेशले नयाँ शक्ति मात्र नभई लोकतान्त्रिक गठबन्धनमा समेत धक्का लागेको छ । भक्तपुरमा आज भएको कार्यक्रममा नयाँशक्ति पार्टीको अस्तित्व नरहेको भन्दै तामाङसहित २ दर्जन वामगठबन्धनमा प्रवेश भएका हुन् । उनीहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत र पार्टी प्रवेश गराएका हुन् । नयाँशक्ति पार्टीको टिकट नेपाली काङ्ग्रेसलाई बिक्री गरेको आरोप लगाउँदै विभिन्न तह र तप्काका नेता कार्यकर्ता वामगठबन्धनमा प्रवेश गर्ने लहर बढिरहेको छ । आज प्रवेश गर्नेहरूमा नयाँशक्ति रसुवाका जिल्ला पार्टी तथा महिला केन्द्रिय सचिवालय सदस्य एवम् उत्तरगया गाउँपालिकाबाट गत स्थानीय निर्वाचनमा उपाध्यक्ष पदका उम्मेद्वार चमेली बिक .(शीला), शिक्षक समाज नेपालका केन्द्रिय परिषद् सदस्य शिशिर न्यौपाने, सम्पर्क संयन्त्र कार्यवाहक अध्यक्ष उदय घिमिरे, जिल्ला कार्यकारिणी सदस्य भीमबहादुर तामाङ, युवा नेता किपदोर्जे तामाङ, काठमाण्डौं सम्पर्क संयन्त्र चेनचेन तामाङ, सकृय सदस्य कामीबहादुर तामाङ, प्रदेश नं २ सदस्य धनबहादुर तामाङ, लाक्पा तामाङ, सेल्कर तामाङ, गोम्बो तामाङ, गोम्बोछिरिङ तामाङ, दावा तामाङ, छिरिङ तामाङ, दिलबहादुर ग्याम्दान, पासाङ लामा लगायत रहेका छन् । पार्टी प्रवेश गर्दै तामाङले नयाँशक्ति पार्टी छोड्नुको कारणसहित अपिल निकालेका छन् । उनको प्रवेशले वामगठन्धनको जितलाई अझै सुनिश्चित गरेको बताइएको छ । स्थानीय तहको निर्वाचनमा यीनै तामाङले देशभरबाट नयाँशक्तिको साख जोगाएका थिए । उनी रहेको गाउँपालिका पार्वतीकुण्डको प्रमुखमा नयाँशक्तिले जितेको थियो । तामाङको वाम प्रवेशसँगै नयाँशक्ति पार्टी रसुवा बिघटनको संघारमा पुगेको छ । स्थानीय निर्वाचनमा नयाँ शक्तिले देशभरबाट चुनाव जितेको २ तह मध्यको एक पार्वतीकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दासमेत रहेका तामाङ नै वाम गठबन्धनमा प्रवेश गरेपछि अब रसुवा जिल्लाको नयाँ शक्ति लगभग विघटनको संघारमा पुगेको छ । यसले रसुवा जिल्लामा प्रतिनिधिसभा र प्रदेश सभामा वाम गठबन्धनको जितलाई थप सुनिश्चित बनाएको माओवादी केन्द्र रसुवाका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरले बताए । सोहि कार्यक्रममा नयाँ शक्तिका केन्द्रिय कार्यकारिणी सदस्य भीमबहादुर कडायत नेतृत्वको केन्द्रिय वाम ध्रुवीकरण सम्योजन समिति र नेकपा एमालेबीच पार्टी एकता भएको छ ।

कांग्रेसबाट लोकतन्त्रलार्इ बचाऔं

नेपाली राजनीतिमा परिस्थिति अनुरुप एकले अर्कालाई नङ्ग्याउने र होच्याउने कुनै नौलोकुरो रहेन। अझ चुनावको समयमा त झन यो विषय उत्कर्ष मै पुग्ने गदर्छ। आफूले गरेका हरेक कुकृत्यबाट पन्छिन स्वयंलाई देशकै वरिष्ठ ठान्नेहरुपनि हदैसम्म तुच्छ भाषाको सनही बजाउन पछि पर्दैनन् । पैतलादेखि टुप्पिसम्मका अंगहरु सिरिङ्ग गर्ने घोषणा पत्र भट्याएर जनता फकाउन लालयित राजनैतिक दलहरुले विगतमा घोषणा पत्रमा लेखेका कति लाईन अक्षर पूरा गरे यतिबेला योसंग कसैलाई कुनै महत्त्व र चासो छैन । उमेश बञ्जाडे तर राजनैतिक ध्रुवीकरणले गर्दा विगतका निर्वाचन भन्दा आउँदो निर्वाचन अल्लि रोचक र थप चासोको विषय बनेको भने पक्कै हो । दुई ध्रुबमा विभाजित वर्तमान नेपाली राजनीतिले एउटा आशलाग्दो पाटो देखाएको छ। त्यस्का बाबजुद सधैं बटारिएरै हिंड्ने दुई ठुला कम्युनिस्ट पार्टी कुम जोडाईले निरंतरता पाएमा देशको अन्योल ग्रस्त राजनीतिले फड्क मार्न सक्छ र निकासको मार्ग प्रशस्त गर्ने आशा पलाएको छ । र केही समय धैर्यताको आवश्यकता छ । यो वाम गठबन्धनले निरन्तरता पाएमा नेपालका ठुलाठुला मै हुँ भन्ने फटाह राजनीतिज्ञहरूलाई, ‘पानी पित्त छदाउन’ सक्नेछ। वाम गठबंधन यदि राष्ट्रकै हितमा केन्द्रित रहने हो भने सत्ता र भत्ताका लोभीपापी शासकहरुलाई पौरख देखाएरै पाहा झैँ पछार्न सक्नेछ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माग राख्दा टाउकाको मूल्य तोक्ने र जनताको छातीमा संगिन रोप्नेकै नेतृत्वमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएर नयाँ संविधान कार्यान्वयन हुनै लाग्नु पनि राज्यबाट उपेक्षित आम नेपाली र कम्युनिस्टहरुकै लागि गौरवान्वित विषय हो । ४७ सालकै संविधान गजब छ भन्नेको हातबाटै नयाँ संविधान घोषणा गराउनु, सिंहदरबारको अधिकार कुनै हालतमा स्थानीय स्तरमा पुग्न हुँदैन भन्नेसँग कुम जोडेर स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनु, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको माग राख्दा टाउकाको मूल्य तोक्ने र जनताको छातीमा संगिन रोप्नेकै नेतृत्वमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गराएर नयाँ संविधान कार्यान्वयन हुनै लाग्नु पनि राज्यबाट उपेक्षित आम नेपाली र कम्युनिस्टहरुकै लागि गौरवान्वित विषय हो । तर अहिलेको वाम गठबन्धन केबल एकदुई दिनको रमझम मात्रै भयो भने लामो संर्घषबाट प्राप्त भएका उपलब्धिमाथि निर्लज्ज पटकपटक मण्डारिने तुवाँलोले सखाप पारेर म कम्युनिस्ट हुँ भन्नेहरु भित्तामा पुग्ने निश्चित छ । नयाँ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता एवं समानुपातिक समावेशीता जस्ता विशेष मुद्दाहरुको माग राख्दा जनताका छातीमा संगिन घोच्ने र निधारमा गोली ठोक्ने उही नेपाली काङ्ग्रेस र उसैका रखैलहरुले आज कम्युनिस्ट एकताले लोकतन्त्र खतरामा छ भन्नू हाँस्यासपद मात्र नभएर एउटा् भद्दा मजाक पनि हो। मुख्यत काठमाडौं को खाल्डोलाई मात्र नेपाल ठान्दै गगनचुम्बी महलमा पलेटी कसेर सिङ्गो नेपालमै हैकम चलाएका हुकुमी तानाशाहीहरु कम्युनिष्ट एकताबाट अल्लि बढिनै त्रसित एवं भयभित बनेका देखिन्छन । उनीहरु आतंकित हुनुपनि आम उत्पीडित समुदाय विजयी हुनु हो । सधैं ‘फुटाउ र राज गर’ को जाल बिछ्याएर राष्ट्रिय धुकुटीमा आहाल बस्नेहरु फगतमा सन्किएर कम्युनिस्ट एकताले अधिनायकवाद थोपर्छ भन्दै फुटेको थाल ठटाईरहेका छन् । वामपन्थी मेल वा कम्युनिष्टहरुको एकताले दुनियाँमा कतैपनि अराजकता र अधिनायकवाद लादेको छैन र होईन पनि । बरु समाजवादसँगै विकास र निकासका ढोकाहरु खुलेका छन् । वर्षौंसम्म अर्कैको पराधिनतामा कुँजियका मुलुकहरुले अपत्यरिलो रुपमा उन्नति गरेकाछन। आफ्नो बर्चस्व गुम्ने त्रासले चुक घोप्टे अनुहार लगाउँदै अरुलाई सराप्नेहरुले नैतिकता भए गाली गलौजको साटो विगतमा आफूले गरेका जनमुखी कार्यहरु देखाउँदा वा गरिएका गल्तिहरुको प्रायश्चीत गर्दा भविष्य उज्यालो देखिन्छ ।अन्यथा न आफूले गरि पुर्याउने न त अर्कैले गरेको देखिसहने प्रवृत्तिले राम्रो होइन । कसैलाई दबाउँछु भन्ने सोच्नु आफ्नै समाधिस्थल निर्माण गर्नु सरह नै हो। हेक्का रहोस् यो त ‘कयौं सेता कमिजहरु रक्तमुच्छेल भएर प्राप्त गरेको एउटा स्वर्णीम व्यवस्था हो’ त्यसैले यो लोकतन्त्रका जन्मदाताहरुसँग न तर्सिउ, बरु यसलाई सिध्याउन गर्भमै पटकपटक घाँटी निमोठ्नेहरु बाट लोकतन्त्र बचाउँ। नयाँ संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता एवं समानुपातिक समावेशीता जस्ता विशेष मुद्दाहरुको माग राख्दा जनताका छातीमा संगिन घोच्ने र निधारमा गोली ठोक्ने उही नेपाली काङ्ग्रेस र उसैका रखैलहरुले आज कम्युनिस्ट एकताले लोकतन्त्र खतरामा छ भन्नू हाँस्यासपद मात्र नभएर एउटा् भद्दा मजाक पनि हो। वर्षौंसम्म सत्ताको डाडु पन्ह्यु समाउँदै आफ्ना सन्तानलाई राज्यको ढुकुटीबाट महँगा विदेशी यविश्वविद्यालयमा पढ्न पठाएर पचास लाख बढी देशका युवा जनशक्तिलाई खाँडीको बालुवामा रन्थनाउने नेपाली कांग्रेसले अब पनि अवसर दिनुस, समृद्धि ल्याउँछु भन्नू मसान घाटमा सल्काएको मान्छे फर्किएर घरमै आउँछ भन्ठान्नु झैँ हो । लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्थाका जन्मदाताहरुको मेल देख्दा यहि परिबर्तित व्यवस्थाको घाँटी पटकपटक थिच्ने काङ्ग्रेसले लोकतन्त्र खतरामा परेको टिप्पणी गर्नुभन्दा आफ्नो लुटिखाने भविष्य धरासायी उन्मुख रहेको कहिले बुझ्नु ? नेपाली गणतन्त्र, ‘पिपलको फेँदिमा तिन फन्को लगाउँदै अर्घ वा फुल चढाएर प्राप्त ग्रह शान्तिको प्रसाद होईन। लोकतान्त्रिक गणतन्त्रलाई अरुबाट त्यति खतरा छैन जति नेपाली काङ्ग्रेस बाट छ। तिमिले सजिलै उच्चारण गर्ने यो ‘लोकतन्त्र’ कोशी बेचेर वा बिराटनगरको जुटमिल बेचेर आएको होईन । नत बाँसबारी छालाजुत्ता कारखाना बेचेर नै नयाँ संविधान आएको हो। विद्यमान अवस्थाको नेपाली गणतन्त्र, ‘पिपलको फेँदिमा तिन फन्को लगाउँदै अर्घ वा फुल चढाएर प्राप्त ग्रह शान्तिको प्रसाद होईन।’ हेक्का रहोस् यो त ‘कयौं सेता कमिजहरु रक्तमुच्छेल भएर प्राप्त गरेको एउटा स्वर्णीम व्यवस्था हो’ त्यसैले यो लोकतन्त्रका जन्मदाताहरुसँग न तर्सिउ, बरु यसलाई सिध्याउन गर्भमै पटकपटक घाँटी निमोठ्नेहरु बाट लोकतन्त्र बचाउँ। (दाङ स्याथी घर भएका बञ्जाडे वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन ।)

फिल्ममा नायकले आफ्नो मोबाइल नम्बर प्रयोग गरेको भन्दै रिक्सा चालकद्वारा मुद्दा

ढाका, कात्तिक १७ । बंगलादेशमा एक रिक्सा चालकले त्यहाँका चर्चित नायकविरुद्ध मुद्दा दायर गरेका छन् । एउटा फिल्ममा ती नायकले प्रयोग गरेको मोबाइल नम्बर आफ्नो रहेको भन्दै एक रिक्सा चालकले मुद्दा दायर गरेका हुन् । बंगलादेशका अभिनेता शाकिब खानले एउटा फिल्ममा प्रयोग गरेको मोबाइल नम्बर रिक्सा चालक इजाजुल मियाँको हो । फिल्ममा उक्त मोबाइल नम्बर सार्वजनिक भएपछि कयौं युवतीले उक्त नम्बर नायक शाकिब कै रहेको ठानेर फोन गर्ने गरेको रिक्सा चालक इजाजुलको भनाइ छ । ‘फिल्ममा मेरो मोबाइल नम्बर प्रयोग गरिएपछि मलाई सारै तनाव भएको छ, दिनहुँ अनावश्यक फोन आइरहन्छ,’ उनले भने । इजाजुलले नायक शाकिबसँग क्षतिपूर्ति रकमको मागसमेत गरेका छन् । उनका अनुसार पाँच दिनभित्र पाँच सयभन्दा बढीले फोन गरेका छन् । रिक्सा चालक इजाजुलको मोबाइल नम्बर गत जुनमा प्रदर्शित एक चलचित्र प्रयोग गरिएको थियो । सो चलचित्रका निर्माता तथा निर्देशक नायक शाकिब स्वयं हुन् । फिल्मको एउटा दृष्यमा नायकले आफ्नी प्रेमिकालाई आफ्नो मोबाइल नम्बर भन्दै एउटा नम्बर भन्छन् । त्यो नम्बर संयोगवस रिक्सा चालक इजाजुलको हो । ‘मलाई दैनिक फोन आउन थाल्यो, अधिकांश कल नायक शाकिबका महिला प्रशंसकको आउने गरेको छ,’ उनले भने, ‘म तपाईको फ्यान हुँ, म तपाईसँग दुई मिनेट कुरा गर्न सक्छु ? भनेर फोन गर्छन्,’ उनले भने । इजाजुलका अनुसार उनी आफ्नो मोबाइल नम्बर परिवर्तन गर्न समेत सक्दैनन् । किनकि उनका ग्राहकले समेत सोही नम्बरमा फोन गर्दै आएका छन् । सुरुमा अदालतले मुद्दा दायर गर्न समेत मानेको थिएन । तर जब इजाजुलको समस्याबारे राम्ररी अवगत गराइयो, अदालतले मुद्दा दायर गरेको छ । (एजेन्सी)

‘पर्यटन नगरी, समृद्ध गोदावरी’

साहिला तामाङ ललितपुर, कात्तिक १४ । काठमाडौँबाट १५ किलोमिटर दक्षिणी भेगमा अवस्थित गोदावरी नगरपालिकालाई आगामी पाँच वर्षभित्र ‘पर्यटन नगरी, समृद्ध गोदावरी’ को रुपमा विकसित गरिने भएको छ । भौगोलिकरुपले नगरका ८, ९, १२, १३ र १४ नं वडा काठमाडौँ, महानगरपालिकासँग तथा वडा नं १ र २ महालक्ष्मी नगरपालिकाको सिमानासँग जोडिएका छन् । यसैगरी वडा नं ५, ६ र ७ वाग्मती र कोञ्ज्योसोम गाउँपालिकाको सिमानासँग गाँसिएका छन् । अँग्रेजी अक्षरको सी आकारमा रहेको यस नगरपालिकालाई साँच्चिकै समृद्ध बनाउन नगरका पदाधिकारी, वडाध्यक्ष, समाजसेवी, वुद्धिजीवी, नागरिक समाज, शिक्षाप्रेमीलगायत लागिपरेका छन् । समृद्ध नगर निर्माणमा सर्वप्रथम यहाँका विभिन्न ठाउँलाई पर्यटनमैत्री क्षेत्र बनाउनु कदम चालिने छ । पर्यटन नगरी निर्माणमा यहाँका स्रोत साधनलाई सदुपयोग गरिने लक्ष्य रहेको नगरप्रमुख गजेन्द्र महर्जनले बताए । नगरभित्र पर्यटकीय क्षेत्रको रुपमा विभिन्न स्थान विस्तार गरिने योजना बनाइएको छ । “गोदावरी क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न मजबुत व्यवस्थापन गरिने छ,” उनले भने । पर्यटकीय क्षेत्र विकासका लागि वडा नं ३ मा अवस्थित गोदावरीे, २ मा रहेको विशंखुनारायणको कोटडांडा, ७ मा रहेको सुन्तलीडांडा, १० को भांगावन, ५ को मनकामना मन्दिर, १३ को सन्तानेश्वर, १० को बज्रबाराही मन्दिर तथा ६ नं वडामा पर्ने टीकाभैरव मन्दिरलगायतका क्षेत्रमा गुरुयोजना लागू गरिने नगरप्रमुख महर्जन बताउँछन् । “पर्यटकीय नगर बनाउन गोदावरी नगरपालिका–६ स्थित सुन्तलीडाँडामा काठमाडौँको मनमोहक दृश्य देखिने गरी भ्यूटावरको निर्माण गरिने छ,” उनले भने । वडा नं १० स्थित भाङ्गावन तथा काठमाडौँ उपत्यकाको दृश्यावलोकनका लागि वडा नं २ विशंखुनारायणस्थित कोटडाँडामा समेत भ्यूटावरको निर्माण गरिने लक्ष्य रहेको नगरप्रमुख मजर्हन बताउँछन् । गोदावरी क्षेत्रमा पर्ने वनस्पति उद्यानलाई थप व्यवस्थित बनाउँदै पर्यटक आकर्षणको केन्द्र बिन्दुको रुपमा विस्तार गरिने छ । यहाँको प्राकृतिक स्रोत साधनलाई व्यवस्थित गर्दै लैजाने योजना छ । पर्यटक आकर्षित गर्न सुन्तलीडाँडा तथा कोटडाँडामा होमस्टेको अवधारणा ल्याइने महर्जनले बताए । सो क्षेत्रमा नयाँ निर्माण हुने संरचना पर्यटनमैत्री हुनेछन् । मिर्मिरे उज्यालोमा चियाको चुस्कीसँगै काठमाडौँको मनमोहक दृश्यलाई क्यामरामा कैद गर्न सकिने छ । यहाँबाट हिमालको समेत तस्वीर लिन सकिने छ । पर्यटन क्षेत्रको विकासले नै आम नागरिकको जीवनस्तरमा परिवर्तन आउन सक्ने महर्जन बताउँछन् । झररुवासीस्थित सन्तानेश्वर मन्दिरको पर्यटकीय एवं धार्मिक दृष्टिकोणले विकास गर्दै लैजाने नगर उपप्रमुख मुना अधिकारीले बताए । पर्यटकलाई आकर्षित गर्न मिनी मोनोरेलको अवधारणा ल्याउन सकिने उनी बताउँछन् । सो मन्दिरमा पूजाआजा गर्नाले निःसन्तानले सन्तान प्राप्त गर्ने जनविश्वास रहेको छ । गोदावरी नगरपालिका– ५ का वडाध्यक्ष मिलन सिलवाल यहाँ स्थापना गरिएको मनकामना मन्दिरलाई थप व्यवस्थित बनाएर पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्न सकिने बताउँछन् । उपत्यकाबाट नजिकै रहेको उक्त मन्दिरमा आन्तरिक एवं बाह्य पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । यहाँ अवस्थित ऐतिहासिक तिलेश्वर मन्दिरको संरक्षण र सम्वद्र्धन गर्नसकेमा पर्यटन नगरका रुपमा विकास गर्न सकिने उहाँँले विश्वास व्यक्त गरे । सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई सहज बनाउन आवश्यक गृहकार्य गरिरहेको सिलवालले बताए । सिंगो नगरलाई समृद्ध तुल्याउन नगरप्रमुख तथा उपप्रमुखको मात्र जिम्मेवारी नभई वडाध्यक्षको पनि रहेको वडा नं का वडाध्यक्ष भास्कर थापा बताउँछन् । उहाँले समृद्ध नगर निर्माणमा समग्र नगरवासीले आआफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । समृद्ध नगर बनाउन कृषि, पर्यटन, पशुपालन, उद्योगलगायतका क्षेत्रको समेत विकास गरिनुपर्ने उनको भनाइ छ ।

नेपालको भूगोलबारे लोकसेवामा सोधिने सम्पूर्ण प्रश्नहरू

खरिदार तथा नायब सुब्बाको तयारी गरिरहेकाहरुको लागि अति उपयोगी लोकसेवा तयारी प्रश्न–उत्तरहरु– नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग किमि नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ?– ८८५ किमि नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ?– १९३ किमि नेपाल कुन महादेशमा अवस्थित छ ?– एशिया नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ?– ०.३५ नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ?–०.०३५ नेपाल कुन देशान्तरमा पर्दछ ?– पूर्वी देशान्तर नेपाल कुन अक्षांसमा पर्दछ ?– उत्तरी अक्षांस नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ?– ६ वटा चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६ भारतसँग मात्रै सीमना जोडिएका कतिवटा जिल्लाहरु छन् ?– २६ वटा क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ?–डोल्पा क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ?– भक्तपुर नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५घण्टा ४५ मिनेट नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल कुनकुन अञ्चलका ५ र ५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती ६र६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ?– लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?–सिमिकोट चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् रु – २ वटा, ताप्लेजुङ्ग र दार्चुला सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर ४ र ४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? – २४ चीनसँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ?– ६४२ वर्ग किमि नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ?– कञ्चनपुर झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु) दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर्य कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा म्याग्नेसाइट (खरिढुंगा) को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ?– दोलखा नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा भक्तपुर नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ?– ५ घण्टा ४५ मिनेट नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ?– गौरीशंकर हिमाल कुनकुन अञ्चलका ५र५ वटा जिल्लाहरु रहेकाछन् ?– नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ?– २०१८ बैशाख १ गते नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ?– २०२९ साल ८ वटा जिल्ला हुने अञ्चल कुन हो ?– वाग्मती ६ र ६ वटा जिल्ला हुने अञ्चलहरु कुन कुन हुन् ? – लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ?– चाँदनी र दोधारा गंगासागर पोखरी कहाँ पर्दछ ?– जनकपुरधाम, धनुषा सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ?– सिमिकोट चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ?– २ वटा, ताप्लेजुङ्ग र दार्चुला सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ?– जलेश्वर ४र४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ?– ३ वटा, मेची, महाकाली, धवलागिरी सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ?– सिन्धुली अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ?– सल्यान नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ?– हुम्ला नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ?– लोदावारी, झापा भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ?– २४ चीन सँग मात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ?– १५ वटा दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ?– धादिङ्ग काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ रु – ६४२ वर्ग किमि नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ?– नेपालगञ्ज नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ?– कास्की नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ?– मुस्ताङ्ग नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ?– ८ वटा मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ?– इलाम महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ?– कास्की हेलम्वु कुन जिल्लामा पर्दछ ?– सिन्धुपाल्चोक महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ?– खुम्वु भोजपुर केका लागि प्रसिद्ध छ ?– खुकुरी काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ?– जुगल काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– थिम्पु काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ?– माले चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ?– बाग्लुङ्ग कसरा ताल कुन जिल्लामा पर्दछ ?– चितवन महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ?– पर्सा सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ?– महालंगुर (खुम्वु) दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– भक्तपुर, कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ?– गुल्मी नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ?– इन्द्र सरोवर अरुण उपत्यका कुन जिल्लामा पर्दछ ?– संखुवासभा क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ?– महाकाली नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ?– मुस्ताङ्ग नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ?– पोखरा च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ?– दोलखा म्याग्नेसाइट ९खरिढुंगा०को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ रु – दोलखा नेपालमा सोडा कहाँ पाइन्छ ?– सल्यान र डोटी विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ?– ८,५८६ मिटर पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ?– ३९ वटा हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– १६ वटा तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ?– २० वटा  

फोरम र राजपाबीच चुनाबी तालमेल, गठबन्धनमा जान परे सँगै जाने

काठमाडौं, असोज २० । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी( राजपा) नेपाल बीच आगामी मंसिरमा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा सहकार्य गरेर जाने सहमति भएको छ । शुक्रबार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा भनिएको छ, ‘आपसी समझदारीमा दुवै पार्टीका साझा उम्मेदवार बनाइ आगामी चुनाबमा भाग लिने, उम्मेदवारी दिने र अन्य राजनीतिक पार्टी, मोर्चा वा गठबन्धनसँग दुवै सहकार्य गर्नुपर्ने भए दुबै पार्टी संयुक्त रुपमा सहभागी हुने वा सहकार्य गर्ने सहमति गरिएको छ ।’ हेर्नु विज्ञप्तीको पूर्ण पाठः

सन्दर्भ :आज विश्व शिक्षक दिवस

काठमाडौ, असोज १९ । आज विश्व शिक्षक दिवस, नेपालमा पनि मनाईंदैछ । संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक संघ युनेस्कोको आह्वानमा हरेकवर्ष अक्टोवर ५ मा यो दिवस मनाइन्छ । नेपालका शिक्षकहरुले आफ्नाे हकअधिकारको पक्षमा आवाज उठाउँदै यो दिवस मनाउने गर्छन् । स्थायी बाहेकका अरु धेरै शिक्षकले अझै पनि न्यूनतम तलब पाउन नसकेको शिक्षक संघ, संगठनको भनाई छ । सार्क शिक्षक महासंघका उपाध्यक्ष बाबुराम अधिकारीका अनुसार देशभर झण्डै साढे तीन लाख शिक्षक कार्यरत छन् । तीमध्ये एकलाख ४७ हजार शिक्षक मात्र दरबन्दीमा कार्यरत छन् । एउटा महान शिक्षकको आफ्ना विधार्थीहरुको जिवनमा सकारात्मक प्रभाव र गरेको सही दिशानिर्देश मापन गर्न सकिन्न, उनीहरुले प्रज्जवलन गरेका उत्सुक्ता कतै गणीतका साध्य वनेर रहन्छन् भने कतै विज्ञानका सिद्धान्तहरु भने कतै कला र साहित्यकारुपमा विधार्थीको विचार अनि जिवनशैलीमा रहेर यो संसारलाई अझ उत्कृष्ट वनाइरहेको हुन्छ । हरेक वर्षको अक्टोवर महिनाको ५ गते विश्व शिक्षक दिवस मनाइने गरिन्छ र यो विश्व शिक्षक दिवस सन् १९९४ बाट मनाउन शुरु गरिएको हो । विधालयमा पहिलो घन्टीमै हाजीरकापी लिएर रोलनंवरका आधारमा हाजीर लिने शिक्षकहरुको आवाजपछी आफ्नो रोलनंवर पश्चात यस सर मिस या म्याडम हामीसबैले भनेकै छौँ । कोही एकजना साथी या रोलनंवर गयल भएमा शिक्षकहरुले कारण खोतलेर, के भयो ? किन आएन ? भन्ने चिन्ता र आत्मियता विधार्थी प्रति देखाउनेगर्दछन र समस्यामा परेका विधार्थीहरुप्रति सदाशयताकासाथ चासो ब्यक्त गर्दछन । स्कूले जिवनका अनि विधार्थीपलका फोटाहरु छन भने नियालेर हेर्नुहोस, ति शिक्षकका अनुहारहरु र तिन्को तपाइको भविष्य प्रतिको चिन्ता संझना गर्नुहोस, संभव भएसम्म उनिहरुलाई भेटेर आफूले उनिहरुले सिकाएको शिक्षाको आधारमा गरेको प्रगतीका कथाहरु सुनाउनुहोस, उनिहरु तपाईको प्रगतीकालागी मुक्तकन्ठले खुशी भइदिन्छन । ती कापीका पानाहरु, जस्मा तपाइले गरेका गल्तीहरु उनिहरुको कलमको मसीले सच्याइएका छन्, ति परीक्षाका पानाहरु जस्मा तपाइले लेखेका उक्तरका आधारमा तपाइलाई अकं दिइएको छ । हेडसर देखि नेपाली, गणीत, विज्ञान, सामाजिक शिक्षा, जनसंख्या लगायत सम्पूर्ण विषयका विषयगत ज्ञानहरु शिक्षकहरुको सहजिकरण र निर्देशन विना कहाँ संभव थियो र ? आजको दिन संसारभरि विभिन्न कार्यक्रम गर्दे गुणस्तरिय शिक्षा प्रदान गरेर विद्यार्थीहरुलाई स्थानिय एवं अन्तर्राष्ट्रिय जगतका विभिन्न क्षेत्रमा योगदान पूर्याउन मद्धत गर्ने शिक्षकहरुको सझंना र सम्मान गरिन्छ । एउटी आमाले जन्म दिन्छिन र उक्त वालवालिकालाई जिवन जिउने सीप र ज्ञान भने शिक्षकलेनै दिन्छन । आजको दिन हामीसबैले जिवनमा केही कदम पछाडी गएर ती शिक्षकहरुलाई संझनागर्न जरुरी छ जस्ले हामीलाई कालोपाटीमा चक र डस्टरसँग पौठेजोरी खेल्दै वर्णमाला सिकाए, क वाट कछुवा देखि ज्ञ वाट ज्ञानीसम्म सिकाए, ए फर एप्पल वाट जेड फर जेब्रासम्म सिकाए । त्यस्पश्चात हामीले विधालय अनि विश्वविधालयमा अन्यधेरै शिक्षक र शिक्षिकाहरु सँग शिक्षा लिएका छौँ, आज ति शिक्षक अनि शिक्षिकाहरुलाई संझना गर्न जरुरी छ । कोही शिक्षक शिक्षिकाहरुले गृहकार्य नगरेको भएर हामीलाई लठ्ठीले पिट्नुभएको पनी हुनसक्छ, कक्षाकोठामा अनावश्यक वोलेको या झगडा गरेकोमा हामीलाई सजाय दिएको पनि हुनसक्छ, क्लास बंक गरेर कक्षाकोठामा गयल भएकोमा हामीले वहाँहरुवाट सजाय पाएको पनि हुनसक्छ तर त्यतीवेलाका सजाय अहिले आएर सुमधुर अनि मिठो याद भइसकेको छ, वहाँहरुले जे गर्नुभयो सबै हाम्रा लागीनै गर्नुभएको हो । कहिले नाटक गरेर त कहिले चित्र वनाएर हामीलाई पढाउनुभयो र आज हामी जे छौँ त्यस्मा वहाहरुको अतुलनीय देन छ । वर्णमालानै उक्काउन नजान्ने एउटा वालक विधालय छिर्छ र विस्तारै वर्णमाला उक्काउदै, वाह्रखरि सिक्दै विस्तारै उ कुनै विश्वविधालयवाट एउटा शिक्षित वयस्क नागरीक भएर निस्कन्छ, शिक्षकहरु विना यो मानव रुपान्तरण संभव छैन । राष्ट्रको भावीपुस्ताहरुको वैचारीक शिल्पको शिल्पकार नितान्तरुपमा शिक्षकहरुनै हुन, आफ्नो ज्ञान, सिपको माध्यमले तठस्त र स्वतन्त्ररुपमा आफ्ना विधार्थीहरुलाई ज्ञान दिने दायित्व वोकेका शिक्षकहरुलेनै हामीलाई समाजको पहिलो प्रतिविम्ब र परिवेशसँग साक्षात्कार गराएका हुन । शिक्षकहरुवाट हामीले धेरै कुराहरु पाएका छौ, हामीलाई चाहिएको वेलामा वहाँहरुले हाम्रो आत्मविश्वाशलाई वृद्धी गरिदिनुभएको छ, समस्या परेको वेलामा अतिरिक्त सहयोग पाएका छौ, अनुशासन को अभ्यासहरु अनि चाहिएको वेलामा एउटा सहयोगी उपस्थिती तिनै शिक्षकरुकै रहेको हुन्छ । फलामलाई तताएर अनि त्यस्लाई तातो छदैँ अर्को फलामले हानेर शिल्पकारले फलामलाई आकार दिन्छ, किसानले पनि सँधै वालीनालीलाई एकैप्रकृतीले लगाउने, रोप्ने, गोड्ने गर्छ तर शिक्षकले एउटै पाठ र अभ्यास सिकाउन फरक फरक विधार्थीलाई फरक फरक तरिकाले सिकाउन पर्दछ, हामीसबैको कुनैपनि कुरा बुझ्ने आआफ्नै तरिका छ र शिक्षकले त्यहीअनुसार हामीलाई सिकाएका हुन । हामीमध्य कतिपय विधार्थी हौँ या शिक्षकनै हौँ, एउटा असल विधार्थी र असल शिक्षक हुने प्रेरणा हामीवाट नहटोस, रहिरहोस । -हाम्राे पात्राेबाट

के हो बहुदलीय जनवाद र कसरी पुग्ने समाजवादमा ?

नेकपा एमालेले बहुदलीय जनवादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेको छ । अहिले माओवादी र एमालेको एकताको बहसले बहुदलीय जनवादका बारेमा समेत चर्चा सुरु भएको छ । माओवादीले बहुदलीय जनवादलाई संशोधनवादी र वर्ग समन्वयवादी सिद्दान्त भनेर आलोचना गर्दै आएको छ । ख़ासगरि समाज परिवर्तनमा बल प्रयोगको अनिवार्य मार्क्सवादी मान्यतालाई बहुदलीय जनवादले निषेध गरेको माओवादीको तर्क रही आएको छ । यो संदर्भमा बहुदलीय जनवादको बारेमा नेकपा एमालेका नेता वेदूराम भुसालले लेखेको यो आलेख यहाँ प्रस्तुत गरिएको छ । *** जनताको बहुदलीय जनवाद नेपालको विशिष्ट अवस्थामा माक्र्सवादको सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यक्रम हो । यो नेपाली क्रान्ति र क्रान्तिछिको निर्माण कालमा समेत मार्गदर्शन गर्ने क्रान्तिकारी सिद्धान्त र कार्यान्वायन गर्ने कार्यक्रम दुवै हो । जबज नेपाली क्रान्ति र निर्माणको सिद्धान्त एवम् कार्यक्रम हो भन्ने बित्तिकै क्रान्ति के हो ? भन्ने प्रश्न उठ्न सक्छ । क्रान्तिको सामान्य अर्थ परिवर्तन हो । क्रान्ति शब्दले विभिन्न शास्त्रमा विभिन्न अर्थ बोक्ने गर्दछ । दार्शनशास्त्रीय परिभाषामा क्रान्ति कुनै पनि वस्तु वा घटनामा हुने गुणात्मक परिवर्तन हो । राजनीतिक अर्थशास्त्रीय परिभाषामा क्रान्ति पुराना उत्पादन सम्बन्धको ठाउँ नयाँ उत्पादन सम्बन्धले लिनु हो । राजनीतिशास्त्रीय परिभाषामा क्रान्ति एउटा वर्गको हातमा रहेको राज्यसत्ता अर्को वर्गको हातमा जानु हो । समाजशास्त्र र इतिहासको परिभाषामा क्रान्ति समाज विकासको प्रक्रियाले एउटा चरणबाट अर्को चरणमा प्रवेश गर्ने बिन्दु हो । लेनिन भन्छन्– ‘राज्यशक्ति एउटा वर्गको हातबाट अर्को वर्गको हातमा जानु क्रान्तिको मुख्य र आधारभूत चिन्ह हो ।’ (अप्रिल थेसिस) । माथिका परिभाषाहरूबाट स्पष्ट हुन्छ कि क्रान्ति समाज परिवर्तनको प्रक्रिया र परिघटनाको एकत्व हो । समाज परिवर्तनको प्रक्रिया दोहोरो तरिकाले अगाडि बढ्दछ । एकातर्फ क्रमिक विकास र अर्कोतर्फ क्रान्तिकारी फड्को त्यसैले क्रान्ति समाजको क्रमिक विकास र क्रान्तिकारी फड्कोको एकत्व हो, मात्रात्मक परिवर्तन र गुणात्मक फड्कोको एकत्व हो । क्रमिक विकासले समाजको आधारमा परिवर्तन ल्याउँछ र उपरी संरचनाको परिवर्तनका निम्ति पृष्ठभूमि तयार पार्दछ भने क्रान्तिकारी फड्कोले उपरी संरचनामा रहेको पुरानो वर्चस्वलाई तोडिदिन्छ र नयाँ वर्चस्व स्थापित गर्दछ, पुरानो सत्तालाई फालिदिन्छ र नयाँ सत्ता स्थापित गर्दछ । त्यसैले लेनिन भन्छन्– ‘राज्यशक्ति एउटा वर्गको हातबाट अर्को वर्गको हातमा जानु क्रान्तिको मुख्य र आधारभूत चिन्ह हो ।’ (अप्रिल थेसिस) । त्यसैगरी, कमरेड मदन भण्डारी भन्नुहुन्छ– ‘प्रतिक्रियावादी सत्तालाई अन्त्य गरी जनसत्ताको स्थापना गर्नु हाम्रो क्रान्तीकारी राजनीतिक संर्घषको हमेशा केन्द्रीय कार्य रहेको छ र रहनुपर्छ ।’ (नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद पृ ३०) नेपाली समाज उपर्युक्त दुवै प्रक्रियाबाट परिवर्तित हँुदै आएको छ । वि.सं. १९९३ मा कम्पनी कानुनको निर्माण र तत्पश्चात नेपाल बैंक लिमिटेड तथा विराटनगर जुट मिललगायतका उद्योगधन्दाको स्थापना भएपछि नेपाली समाजमा पुँजीवादी उत्पादन प्रणालीको समेत प्रवेश भयो । त्यसपछि सामन्ती बन्धनहरूलाई तोड्ने अनेकौं सुधार कार्यहरू भए । विघटी प्रथाको खारेजी, मोही हक सुरक्षित गर्ने भूमिदारी अधिकार कानुन निर्माण, भूमि जाँच कमिसनको गठन र मोही हेरफेर गर्न नपाउने व्यवस्था (२००८), भूमिसुधार कमिसनको गठन (२००९), जग्गा र जग्गा कमाउनेको लगत राख्ने कानुन निर्माण (२०१३), बिर्ता उन्मूलन (२०१६), भूमिसम्बन्धी (नयाँ व्यवस्था) ऐन निर्माण (२०१९), भूमी ऐन (२०२१) निर्माण, जसले एकातर्फ मोहियानी हक लागू गरी कृषि भूमिमा द्वैध स्वामित्व कायम गर्‍यो भने अर्कोतर्फ पहाडमा ८० रोपनी र तराईमा २८ बिघाभन्दा बढी जमिन राख्न नपाउने गरी हदबन्दी तोकिदियो । सोही ऐनबमोजिम जग्गा नापी एवम् भूमिसुधार कार्यक्रम सञ्चालन गरियो । ०५१ को एमाले सरकारको पाला वडाल आयोग गठन गरी भूमि समस्याको अध्ययन गरियो । ०५८ मा भूमि ऐन ०२१ मा संशोधन गरी जमिनको हदबन्दी घटाएर पहाडमा १०.रोपनी र तराईमा १०+१ बिघा कायम गरियो । त्यसै वर्ष कमैया मुक्तिको घोषणा गरियो । मोहीले कमाएको जग्गाको एक हिस्सामा मोहियानी हक लाग्ने र त्यो जग्गा मोही स्वयम्ले किनबेच गर्न पाउने व्यवस्था हुनुका साथै कमैया, कमलरी, हलिया, गोठाला, हरुवा, चरुवा, बुक्राहा, बुक्रेनी आदि राख्न नपाउने भएपछि भूदास प्रथाको अन्त्य भयो । यी सबै कार्यहरूले गर्दा हाम्रो समाजमा धेरै लामो समयदेखि रहिआएका सम्पत्ति सम्बन्धहरू अर्थात् उत्पादन सम्बन्धहरूमा क्रमश: परिवर्तन हँुदै गयो, सामन्ती उत्पादन प्रणाली कमजोर बन्दै गयो र पुँजीवादी उत्पादन प्रणाली क्रमश: फैलँदै र बलियो बन्दै गयो । बिर्ता, जागिर, किपट, शेरा, रकम आदि नामका सामन्ती भूमि सम्बन्धका संरचनाहरू भत्कँदै गए । राज्य रजौटा प्रथा, उखडा प्रथा आदि पनि खारेज भए । सामन्ती आर्थिक संरचनाहरू भत्कँदै गएपछि बिर्तावाल, तालुकदार, जिमुवाल, मुखिया जस्ता सामन्ती शासकीय संरचनाहरू पनि भत्किए । अर्कोतर्फ सामन्ती अधिनायकवादी शासनका विरुद्ध अनेकन प्रकारका आर्थिक–राजनीतिक संघर्षहरू पनि भए । ००३ सालको फागुनमा विराटनगरका मजदुरहरूले हडताल गरे । ००४ मा काठमाडौंमा जयतु संस्कृतम् नामको विद्यार्थी आन्दोलन भयो । ००८ मा बर्दिया र बारा–पर्साका किसानहरूले जमिन्दारी शोषण दमनको विरुद्ध आन्दोलन गरे भने भोजपुरका किसानहरूले मोहियानी हक प्राप्तिको आन्दोलन चलाए । ०१० मा सुदूरपश्चिममा भीमदत्त पन्तको नेतृत्वमा ठूलो किसान विद्रोह भयो । ०११ मा तनहुँ र गोरखामा एकदेव आलेको नेतृत्वमा ‘जाली तमसुक च्यात्ने र सुकुमबासी बसोबास’ गराउने आन्दोलन, झापामा ‘खमारबन्द’ आन्दोलन र बारा, पर्सा, रौतहटमा ‘रे नही जी कहो’ आन्दोलन भए । ०१७ सालपछि दाङ, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तुलगायत विभिन्न जिल्लामा किसान आन्दोलन भए । ०३० मा लुम्बिनीमा बचतविरोधी ठूलो किसान आन्दोलन भयो । ०३३ देखि ०४० को बीचमा खोटाङ, काभ्रे, चितवन, सिन्धुपाल्चोक, इलाम, धनकुटा, सुर्खेत, दाङ, सिन्धुली, धनुषा, महोत्तरी, झापा, मोरङ, सुनसरीलगायत जिल्लामा विभिन्न प्रकारका किसान आन्दोलनहरू भए । क्रमिक विकास र क्रान्तिकारी धक्का दुवै प्रक्रियाबाट भएका उपर्युक्त संघर्ष र परिवर्तनहरूले हाम्रो मलुकको सामन्ती अर्थराजनीतिक व्यवस्थालाई कमजोर पार्दै ल्याए र ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले त्यसलाई आधारभूत रूपमा समाप्त गरिदियो । यी तमाम किसान आन्दोलनहरूले सामन्ती अर्थव्यवस्थाको जग हल्लाउने र विभिन्न सुधारकार्य गर्न बाध्य पार्ने काम गरे । साथसाथै प्रचण्ड गोर्खाको राणाहरूलाई एक चिहान पार्ने उद्घोष (१९८७), प्रजापरिषद्को लोकतान्त्रिक शासन व्यवस्था स्थापना गर्ने संघर्ष, नेपाली कांग्रेसको प्रजातन्त्र स्थापना गर्ने संघर्ष र नेपाल कम्युनिस्ट पार्टीको गणतन्त्र स्थापना गर्ने संघर्ष, यी सबको समष्टिले ००७ सालमा चरम निरंकुश सामन्ती शासनको रूपमा रहेको एकतन्त्रीय जहानियाँ राणा शासनलाई फालिदियो । त्यस धक्काले सामन्ती शासनलाई पूरै परास्त गर्न नसके पनि त्यसको चरम अधिनायकवादी पक्षलाई तोड्न सफल भयो । राजाले पुन: शक्ति लिँदै गएर ०१७ सालको प्रतिगमन भएपछि झापा, अर्घाखाँचीलगायत जिल्लामा भएका सशस्त्र विद्रोह र अन्य आन्दोलनहरू, ०३६ सालको सशक्त विद्यार्थी आन्दोलन, जनमत संग्रह कालमा भएको राजनीतिक प्रचार, नेकपा (माले)को पञ्चायती चुनाव उपयोग गर्ने अभियानले ल्याएको राजनीतिक जागरण आदिले विकसित गरेको परिस्थितिका कारणले ०४६/४७ को संयुक्त जनआन्दोलनले निर्दलीय पञ्चायती व्यवस्थालाई समाप्त गरी मुलुकको सार्वभौम अधिकार जनताको हातमा राख्ने र राजतन्त्रलाई संवैधानिक बनाउने काम गर्‍यो । तर, कांग्रेसी सरकारका जनविरोधी क्रियाकलाप र माओवादी उग्रपन्थका हिंसात्मक गतिविधिको पृष्ठभूमिमा राजाले फेरि प्रतिगमनकारी गतिविधि सुरु गरेपछि नेकपा (एमाले)ले अगाडि सारेको गणतन्त्रको नारामा गोलबन्द भएर चलाइएको संयुक्त जनआन्दोलन ०६२/६३ ले शान्तिपूर्ण जनक्रान्तिको रूप लियो र त्यसले मुलुकलाई राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्ने बिन्दुमा पुर्‍यायो । १९९३ मा सुरु भएको लोकतान्त्रिक शासन पद्धतिको स्थापना गर्ने आन्दोलनले ७० वर्षमा एउटा चरण पूरा गर्‍यो । क्रमिक विकास र क्रान्तिकारी धक्का दुवै प्रक्रियाबाट भएका उपर्युक्त संघर्ष र परिवर्तनहरूले हाम्रो मलुकको सामन्ती अर्थराजनीतिक व्यवस्थालाई कमजोर पार्दै ल्याए र ०६२/६३ को शान्तिपूर्ण जनक्रान्तिले त्यसलाई आधारभूत रूपमा समाप्त गरिदियो । क्रान्तिले सामन्ती सत्तालाई विस्थापित गरेर स्थापित गरेको नयाँ राज्य संरचनालाई माध्यम या साधनको रूपमा प्रयोग गरी नवनेपाल निर्माणको अभियान सञ्चालन गरेर उक्त कार्यभार पूरा गर्न सकिन्छ । ०६२/६३ को जनक्रान्तिले सामन्त वर्गको हातबाट राज्यसत्ता खोसेको छ र समाजको आधार परिवर्तनका निम्ति ढोका खोलेको छ । सामन्त वर्गको हातबाट राज्यसत्ता खोस्ने र समाजको आधार परिवर्तनका निम्ति ढोका खोल्ने यो घटना सामान्य घटना होइन, इतिहासलाई नयाँ चरणमा प्रवेश गराउने एउटा निर्णायक घटना हो । नेपाली समाज समन्ती युगबाट अगाडि बढेर पुँजीवादी युगमा प्रवेश गर्ने आरम्भ बिन्दु हो । त्यसैले यो एक क्रान्ति हो । यो आम जनताको व्यापक सहभागितामा शान्तिपूर्ण ढंगले सञ्चालित क्रान्ति भएकाले शान्तिपूर्ण जनक्रान्ति हो । तर, यो क्रान्ति न त बुर्जुवा वर्गको एकल नेतृत्वमा हुने पुरानो जनवादी क्रान्ति हो न त श्रमजीवी वर्गको एकल नेतृत्वमा हुने नयाँ जनवादी क्रान्ति नै । यो त श्रमजीवी र बुर्जुवा वर्ग दुवैको संयुक्त नेतृत्वमा भएको एक विशिष्ट खालको क्रान्ति हो । त्यसैले यो नेपालको विशिष्ट परिस्थितिमा भएको एउटा विशिष्ट प्रकारको पुँजीवादी जनवादी क्रान्ति हो । यो क्रान्ति नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव क. पुष्पलालले अगाडि सार्नुभएको संयुक्त जनआन्दोलनको नीति र जनताको बहुदलीय जनवादले अँगालेको शान्तिपूर्ण संघर्षको बाटोअनुरूप भएको छ । यस क्रान्तिले सामन्तवादमाथि निर्णायक प्रहार गरेको छ र नेपाली समाजलाई पुँजीवादको चरणमा प्रवेश गराएको छ । जबजले क्रान्तिपछि लागू गर्ने राजनीतिक कार्यत्रमको रूपमा निम्न लक्ष्यहरू निर्धारण गरेको थियो : (१) सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरूको शोषण उत्पीडन समाप्त गरी मजदुर किसान तथा सामन्तवाद–साम्राज्यवादविरोधी सम्पूर्ण जनवादी, देशभक्त र न्यायप्रेमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गर्नु । (२) नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गर्ने । (३) मानव अधिकार र मौलिक हक अधिकारको प्रत्याभूति दिने । (४)संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गर्ने । (५) बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष रहने व्यवस्था गर्ने । (६) विकेन्द्रीकरण र स्थानीय स्वशासनको संवैधानिक व्यवस्था गर्ने । (७) सामन्तवाद दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषहरूलाई कानुनसम्मत ढंगले निर्मूल गर्ने । ०६२/६३ को क्रान्तिबाट उपर्युक्त लक्ष्यहरूमध्ये अधिकांश प्राप्त भएका छन् । जनवादी गणतन्त्र घोषणा गर्ने भनेकोमा लोकतान्त्रिक गणतन्त्र भनिएको छ । यो क्रान्ति श्रमजीवी वर्गको एकल नेतृत्वमा नभई श्रमजीवी वर्ग र बुर्जुवा वर्ग दुवैको संयुक्त नेतृत्वमा भएको हुनाले सहमतिमा त्यसो गरिएको हो । सातांै बुँदा कार्यान्वयन गर्न बाँकी छ । साथै, यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक कार्यक्रमहरू चाहिँ लागू गर्न बाँकी छ । यी कार्यक्रमहरू निर्माण कालमा लागू गरिने कार्यक्रम हुन् । अब यी बाँकी कामहरू सम्पन्न गर्नेतर्फ अगाडि बढ्नुपर्दछ । नेपाली समाजको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण अबको हाम्रो मुख्य कार्यभार हुनुपर्दछ । क्रान्तिले सामन्ती सत्तालाई विस्थापित गरेर स्थापित गरेको नयाँ राज्य संरचनालाई माध्यम या साधनको रूपमा प्रयोग गरी नवनेपाल निर्माणको अभियान सञ्चालन गरेर उक्त कार्यभार पूरा गर्न सकिन्छ । अब त्यसमै केन्द्रित भएर लाग्नुपर्दछ ।   जननेता कमरेड मदन भण्डारीका अनुसार ‘क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ ।’ (बहुदलीय जनवादबारे केही कुरा, पृ १९) । विगत क्रान्तिले पुरानो समाजको जगलाई तोडेको छ । अब नयाँ समाजको संरचना सुदृढ पार्ने काममा लाग्नुपर्दछ । यही नै अबको हाम्रो दायित्व हो । कमरेड मदनकै अनुसार ‘विद्यमान समाजको गर्भभित्र नै नयाँ समाजका तत्वहरूको उदय र विकास नभई क्रान्ति हुन सक्दैन ।’ (बहुदलीय जनवादबाट केही कुरा पृ १८) । हो, त्यसैले हिजो सामन्ती समाजको गर्भभित्र पुँजीवादी समाजका तत्वहरूको उदय र विकास भइरहेको थियो । ती तत्वहरूको विकासले सामन्ती तत्वहरूलाई विस्थापित गर्दै लगेको थियो । परिणामस्वरूप सामन्ती राज्यव्यवस्था ढलेको छ र पुँजीवादी राज्यव्यवस्था स्थापित भएको छ । अब यस राज्यव्यवस्थालाई प्रयोग गरेर विद्यमान समाजभित्र र समाजवादी समाजका तत्वहरूको उदय र विकास गराउनु अर्थात समाजवादका आधारहरू निर्माण गर्नु हामी क्रान्तिकारीहरूको दायित्व हो । यही दायित्व पूरा गर्न तल्लिन भएर लाग्नुपर्ने बेला भएको छ । बुधवारबाट साभार लेखमा व्यक्त विचार लेखकका नीजी विचार हुन । सम्पादकीय सहमती अनिवार्य छैन ।

+२ पासलार्इ राेजगारीकाे अवशर 

काठमाडौं, असोज १ ।  विश्व स्वास्थ्य संगठन अन्र्तगतको नेपाल सञ्चालित एनजिओले एडमिनिस्टर र कार्याक्रमका लागि केही कर्मचारी मागेको छ ।  +२ पासले पिन एप्लार्इ गर्न सक्नेछन । विस्तृत जानकारीका लागि यो लिंक हेरौँ । http://www.khabarera.com/english/2017/09/ingojobsinnepal/