साना वाम दलहरु चुनावी रणनीति बनाउँदै

काठमाडौं, असोज २० ।  राष्ट्रिय जनमोर्चाले गणतन्त्रवादी दलहरूसँग तालमेल गरेर जाने निर्णय गरिसकेको छ । स्थानीय तह निर्वाचनमा जनमोर्चाले माओवादी केन्द्रसँग तालमेल गरेको थियो ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेलका लागि छलफल भइरहेको रािष्ट्रय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए । ‘तालमेलका लागि एमाले, कांग्रेस र माओवादी केन्द्रलगायतका दलसँग कुरा गरिरहेका छौँ,’ उनले भने, ‘केही दिनभित्र टुंगो लगाउनेछौँ ।’

जनमोर्चाले आफूले जित्ने क्षेत्रमा एक्लै निर्वाचन लड्ने तयारी गरेको छ भने जित्न नसक्ने क्षेत्रमा तालमेल गर्नेछ ।,

नेपाल मजदुर किसान पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसैसँग पनि तालमेल नगर्ने भएको छ । सिद्धान्त र विचारविनाको तालमेल पुँजीवादी अवसरवाद भएकाले तालमेलको अर्थ नहुने नेमकिपा नेता प्रेम सुवालले बताए ।, नयाँ पत्रिकामा खबर छ ।

दुई साना दल माओवादी चुनाव चिह्नमा भाग लिँदै

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई साना वाम दलले माओवादी केन्द्रको चुनाव चिह्न प्रयोग गर्ने भएका छन् । गणेश शाह नेतृत्वको नेकपा संयुक्त र प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टीले गोलाकारभित्रको हँसिया हथौडा चिह्न लिई निर्वाचनमा भाग लिने भएका छन् ।

वैद्य माओवादी एक्लै निर्वाचनमा जाने

नेकपा क्रान्तिकारी माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एक्लै भाग लिने भएको छ । निर्वाचन उपयोग गर्ने नीतिअनुरूप भाग लिन थालेको नेता सिपी गजुुरेलले बताए । गजुरेलको संयोजकत्वमा गठित जनगणतान्त्रिक मोर्चाले कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपासँग तालमेल नगर्ने यसअघि नै निर्णय गरिसकेको छ । तर, क्रान्तिकारी शक्तिसँग भने तालमेल हुन सक्ने माओवादीले जनाएको छ । कुन–कुन जिल्लामा उम्मेदवारी दिने भन्ने विषयमा छलफल भइरहेको नेता गजुरेलले बताए । मोर्चाले चुनाव चिह्न मुठ्ठी पाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने प्रदेश र प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने भएको छ । नेकपाले संसदीय व्यवस्थाको विरोध गर्दै स्थानीय तह निर्वाचन पनि बहिस्कार गरेको थियो ।

माले एमाले–माओवादी गठबन्धनमा सहभागी हुने

नेकपा मालेले एमाले–माओवादी गठबन्धनसँग तालमेल गर्ने भएको छ । प्रदेश र प्रतिनिधिसभाका लागि कति सिट लिने भन्ने विषयमा छलफल भइरहेको माले अध्यक्ष सिपी मैनालीले बताए । माले चुनाव चिह्न हँसिया तारा लिएर जाने भएको छ । ‘पार्टी एकताको विषयमा भने निर्वाचनपछि मात्र छलफल गर्छौँ,’ मैनालीले नयाँ पत्रिकासँग भने, ‘एजेन्डा, विचार, भावना र कार्यदिशा मिलेमा एकता पनि हुन सक्छ।’

गौशाला नगरपालिका महोत्तरी अपडेट

गौशाला नगरपालिका, महोत्तरी माओवादी १८७ कांग्रेस ४७ संघीय समाजवादी ६१ राजपा २७

अनुहारमा डण्डीफोर छ ? यस्ता छन् हटाउने उपाय

भदौ ३१ । डण्डीफोर आम समस्या हो । पुरुष वा महिला किशोरावस्थामा प्रवेश गरेलगत्तै आउने डण्डीफोरले धेरैलाई सताएको हुन्छ । यसले अनुहारको सुन्दरतालाई नै ह्रास ल्यान सक्छ । डण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । डण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै समस्या निम्त्याउनु हो । फेरि त्यसको दागलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छालामा साइडइफेक्ट गर्न सक्छ । समयमै यसबाट बच्न यी घरेलु उपायहरु नै अपनाए सुन्दर अनुहार बनाउन सकिन्छ । ओलिभ आयल : ओलिभ आयलको केही थोपा डण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको रगतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दाग हट्दै जान्छ । आलु : आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् । कागतीको रस : डण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ । दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् । खाने सोडा : फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छालामा थोरै झनझनाहट हुन्छ । छालाका क्लिनिकमा छालामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् । मह : एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर डण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ । भिटामिन : खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् । गोलभेंडा : गोलभेंडा काटेर डण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् । चन्दन पाउडर : एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ ।

गर्भावस्थामा व्यायाम कसरी गर्ने ?

– डा. बालकृष्ण साह शरीरलाई फिटनेस राख्नका लागि व्यायाम जरुरी हुन्छ । नियमित व्यायाम गर्ने मानिसहरु स्वस्थ अनि फुर्तिलो पनि हुन्छ् । त्यस्तै महिलाहरुले गर्भावस्थामा व्यायाम गर्न मिल्छ कि मिल्दैन ? मिल्ने भए कसरी गर्ने भन्ने जिज्ञासालाई डा. बालकृष्ण साहले जवाफ दिएका छन् । गर्भाअवस्थामा पनि पहिलाहरु व्यायाम गर्न सक्छन् । तर, यस्तो अवस्थामा पेटमा धेरै असर गर्ने, भारी बोक्ने र धेरै शक्ति खर्चिने व्यायाम गर्न मिल्दैन । गर्भवती महिलाहरूले हल्का खालका व्यायामहरू जस्तै— मर्निङ वाक, घरका सामान्य कामकाज, करेसाबारीको काम गर्दा रक्तसञ्चार राम्रो हुने भएकाले फाइदाजनक हुन्छ । गर्भवती महिलाहरूले चौबीसै घण्टा आराम मात्र गर्नु हुँदैन । यद्यपि कुनै जोखिममा रहेका गर्भवतीहरूले कुनै पनि व्यायाम गर्न नमिल्ने हुन सक्छ । विशेषगरी पहिलो तीन महिना र अन्तिमको तीन महिना अलिक बढी जोखिम हुने भएकाले उक्त समयमा आराम बढी गर्नुपर्ने हुन सक्छ । साह स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्

प्रचण्डले भने, ‘माओवादी नयाँ ढङ्गले पूनर्संगठित गरौं’

भरतपुर, भदौ २३ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन र पार्टीलाई पूनर्संगठित गर्नुपर्ने बताएका छन् । शुक्रबार दिउँसो चितवनको भरतपुरमा आयोजित पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘वर्गीय समाजमा पार्टी पनि वर्गहरुको हुन्छ । नेपालमा पार्टीहरु वर्गकै प्रतिनिधित्व गर्छन् । हाम्रो पार्टी सर्वहारा श्रमजीवी वर्गको पार्टी हो । बीचमा हामीले वर्ग भुल्यौं, वुर्जुवा, पेटी वुर्जुवा जस्ता देखियौं । अहिले त्यसलाई सच्चाएका छौं । माओवादी पार्टीलाई सर्वहारा श्रमजीवी वर्गको पार्टी बनाएर पूनर्संगठित गर्नुपर्छ।’ पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले माओवादी संसदवादी नभएको उल्लेख गरे । उनले भने, ‘हामी संसदवादी होइनौं । हामीले राजनीतिक प्रतिस्पर्धा मानेका छौं। जनताबाट निर्वाचित कार्यकारी प्रमूखसहित समाजवादमा जाने हाम्रो तयारी छ, हामी यसमा दृढ छौं।’ ‘माओवादी आन्दोलनमा दुई अति देखिए,’ प्रचण्डले भने, ‘एकथरी साथीहरु अब क्रान्ति सकियो भन्ने ठाने र बाहिरिए, अर्कोथरि साथीहरु सबै उपलब्धि अलपत्र पारेर भागे, त्यसरी क्रान्ति हुँदैन ।’ त्यस्तो अतिबाट बचेर मात्र क्रान्ति निष्कर्षमा पुग्ने उनले बताए ।

एमाले ढुलमुले चरित्रको मधेसप्रति अनुदार पार्टी : राजपा

काठमाडौं, भदौ २२ । आगामी असोज २ गते २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बिहीबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको अध्यक्ष मण्डलका पाँच जना सदस्यले सार्वजनिक गरेको घोषणापत्रमा प्रमुख तीन दलका कारण देश अनिर्णयको बन्दी भएको आरोप लगाएको छ। राजपा घोषणापत्रमा एमाले र माओवादी केन्द्रप्रति आक्रामक देखिएको छ । भने कांग्रेसप्रति केही नरम । राजपाले घोषणापत्रमा लेखेको छ, ‘कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि संघीयता र समावेशी लोकतन्त्र प्रति प्रतिवद्ध छैन। मधेसमैत्री समेत होइन ।’ त्यस्तै नेकपा एमालेबारे लेखेको छ, ‘नेकपा एमाले संघीयता र समावेशिकरणको विरोधमा रहेको, ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार। यसको नेतृत्व प्रखर मधेस विरोधी पनि छन्।’ त्यस्तै नेकपा माओवादी केन्द्रबारे लेखेको छ, ‘नेकपा माओवादी केन्द्र लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हो। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीति बाट यो पार्टी सञ्चालित छ।

प्रदेश २ मा २६ हजार ६५२ जनाको उम्मेदवारी दर्ता : निर्वाचन आयोग

काठमाडौं, भाद्र २२ । प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा २६ हजार ६ सय ५२ उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्र ९जेइओसी०बाट बिहीबार बिहान ९स्३० बजेसम्म प्राप्त विवरणअनुसार प्रमुख एवं अध्यक्षमा एक हजार ४७७, उपप्रमुख एवं उपाध्यक्षमा ९४९, वडाध्यक्षमा पाँच हजार ८८५ उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्यमा चार हजार ८८६, खुल्ला सदस्यमा नौ हजार ५८२ र दलित सदस्यमा तीन हजार ८७३ उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरण आउनेक्रम जारी रहेकाले उम्मेदवारको संख्या अझै बढ्ने छ । प्रमुख एवं अध्यक्षमा सबैभन्दा बढी सर्लाहीमा २३० उम्मेदवारी परेको छ भने कममा १४६ रौतहटमा परेको विवरण प्राप्त भएको छ । आगामी असोज २ गते हुने निर्वाचनको मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक र शान्तिपूर्ण सम्पन्न भएको थियो । उम्मेदवारी दर्ताका लागि महिला, दलितलगायतका उम्मेदवारले उत्साहपूर्ण तरिकाले मनोनयन दर्ता गराएका थिए । उक्त मितिमा निर्वाचन हुने १३६ स्थानीय तहमध्ये आयोगमा १३४ को उम्मेदवारी विवरण आएको छ भने सिरहा नगरपालिका र सोही जिल्लाको धनगढीमाई नगरपालिकाको विवरण भने अझै आउन बाँकी रहेको केन्द्रले जनाएको छ । महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता, पत्रकार पनि चुनावमा गौशाला । स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं २ को महोत्तरी जिल्लामा बुधबारराति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार जिल्लाको कुल ७२० पदका लागि हजारौंको संख्यामा मतदाताले उम्मेदवारी दर्ता गराउनुभएकाले सो कार्य अबेर रातिसम्म भएको बताए । उनले जिल्लाको १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताए । बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए । उनले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले आज बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए । महोत्तरीमा बुधबार निक्कै उल्लासपूर्ण वातावरणमा हजाराै उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । दुई पत्रकार चुनावमार पूर्वअध्यक्ष प्रमुखमा उम्मेदवार यसै गरी, असोज २ गते प्रदेश नं २ अन्तर्गत हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नेपाल पत्रकार महासंघ महोत्तरीको लगातार तीन चरण नौ वर्षसम्म अध्यक्ष रहिसकेका तथा वर्तमान अवस्थामा पनि महोत्तरीबाट नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्समेत रहनुभएका उहाँले आफ्नो स्थायी ठेगाना महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाबाट बुधबार स्थानीय तहको निर्वाचनका लागि प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष, वर्तमान पार्षद् तथा महोत्तरी जिल्लाबाट नेपाल टेलिभिजनका संवाददाता रहेका पत्रकार मण्डललाई राष्ट्रिय जनता पार्टी नेपालले मटिहानी नगरपालिकाको प्रमुख पदका लागि टिकट दिएपछि उनले मटिहानी नगरपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । त्यसै गरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा प्रदेश नं २ का प्रादेशिक पार्षद् एवं लोकपुकार साप्ताहिकका संवाददाता पत्रकार वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । पत्रकार वैद्यनाथ चौधरी जिल्लाको पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका हुन् । पत्रकार चौधरीलाई वडाध्यक्ष पदका लागि नेपाल लोकतान्त्रिक फोरमले टिकट दिएपछि उनले पिपरा गाउँपालिकामा अवस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् । रासस

कांग्रेस–माओवादीकाे केही तहमा तालमेल, एमाले एक्लै भिड्दै

काठमाडौं, भदौ २१ । प्रदेश नम्बर २ मा आज उम्मेदवारी दर्ता, यस्तो छ कार्यतालिका २१ भदौ : उम्मेदवारको मनोनयनपत्र दर्ता २१ भदौ : उम्मेदवारको सूची प्रकाशन २२ भदौ : उम्मेदवारको विरोधमा उजुरी दिने २२ भदौ : मनोनयनपत्र जाँच गर्ने २३ भदौ : मनोनयन भएकाको नामावली प्रकाशन २३ भदौ : उम्मेदवारले नाम फिर्ता लिने २४ भदौ : अन्तिम नामावली प्रकाशन २४ भदौ : उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान २ असोज : मतदान निर्वाचन हुने स्थान -जम्मा स्थानीय तह : १३६ -महानगर : १ -उपमहानगर : ३ -नगरपालिका : ७३ -गाउँपालिकाः ५९ -जम्मा निर्वाचित हुने जनप्रतिनिधि : ६६२७ -मतदानस्थल : २१६६ -मतदान केन्द्र : ३५७८ -कर्मचारी : ३१५०० -जम्मा जनसंख्या : २६ लाख ६४ हजार खर्च : १ अर्ब ८५ करोड प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारको मनोनयन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो । तेस्रो चरणको निर्वाचनमार्फत १३६ स्थानीय तहका विभिन्न पदमा ६ हजार ६२७ प्रतिनिधि निर्वाचित हुनेछन् । आठ जिल्लामा हुन लागेको निर्वाचनको उम्मेदवारी दर्ता बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको छ । आयोगका प्रमुख आयुक्त डा.अयोधीप्रसाद यादवले उम्मेदवारी दर्ता गराउन अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा–व्यवधान खडा गर्ने क्रियाकलाप नगर्न आग्रह गरेका छन् । आयोगले मधेसमा हालैको बाढी र डुबानका कारण सडक, कल्भर्ट र पुलमा भएको क्षतिले असर पारेको आवागमन तत्काल व्यवस्थित गर्न सरकारलाई आग्रह पनि गरेको छ । निर्वाचन आयोगका अनुसार तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना मतदाता शिक्षा कार्यकर्ताको दरले तीन हजार पाँच सय कर्मचारी मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ । महिला, दलित, अल्पसंख्यकलाई उम्मेदवार मनोनयन दर्तामा ५० प्रतिशत छुट स्थानीय तहका निर्वाचनमा वडा तहमा ४० प्रतिशत महिला प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ । र, महिला, दलित, अल्पसंख्यकलगायतलाई उम्मेदवारी मनोनयन गर्न आवश्यक शुल्कमा ५० प्रतिशत छुट दिइएको छ । दलका तर्फबाट उम्मेदवार हुँदा नगरपालिका र गाउँपालिकाको प्रमुख र उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने व्यवस्था छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा सबै पक्षबाट सहयोग हुन अपेक्षा राख्दै आयोगले आयुक्तको नेतृत्वमा उच्चस्तरीय टोली र सचिवको नेतृत्वमा अनुगमन टोली खटिएको जनाएकोे छ । निर्वाचनसम्बन्धी विवाद निरूपण गर्नुका साथै प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयले पनि आचारसंहिता पालनाको अनुगमन गर्ने व्यवस्था मिलाएको छ । कस्तो छ दलहरूको निर्वाचन तयारी ?  कांग्रेसले अधिकांश तहमा उम्मेदवार टुंग्यायो उम्मेदवारी दर्ताको एक दिनअघि मात्र कांग्रेसले अधिकांश तहमा उम्मेदवारी टुंग्याएको छ । अन्य दलहरूसँग तालमेल गर्ने र पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन भन्दै कांग्रेसले यसअघि १०५ तहको मात्र उम्मेदवारको टुंगो लगाएको थियो । पूर्व–पश्चिम राजमार्गले छोएका केही तहमा एमालेको पकड भएकाले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने कांग्रेसको तयारी छ । वीरगन्ज महानगरमा भने एक्लै प्रतिस्पर्धा गर्नेछ । गठबन्धनविरुद्ध एक्लै भिड्दै एमाले एमालेले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने भएको छ । सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र राजपाले कतिपय तहमा द्विपक्षीय र त्रिपक्षीय तालमेलको अन्तिम कसरत गरिरहेका वेला एमालेले सबै तहमा एक्लै प्रतिस्पर्धा गर्ने गरी मंगलबार उम्मेदवारको सूची सार्वजनिक गरेको छ । निर्वाचनमा एमालेलाई हराउन कांग्रेस र माओवादी केन्द्रको महागठबन्धनमा देशबाहिरको शक्ति पनि सामेल भएको एमालेको आरोप छ । माओवादीले १२१ तहमा उम्मेदवार टुंगो लगायो माओवादी केन्द्रले १२१ तहमा उम्मेदवारको टुंगो लगाएको छ । तर, ३० तहका उम्मेदवारको नाम मात्र उसले सार्वजनिक गरेको छ । तालमेलको टुंगो नलाग्दा मंगलबार सबै उम्मेदवारको घोषणा गर्न नसकेको माओवादीले जनाएको छ । बुधबार कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसँग छलफल गरेर टुंगो लगाउने प्रदेश २ का इन्चार्ज विश्वनाथ साहले बताए । राजपाले ११४ तहमा उम्मेदवार टुंगो लगायो राजपाले १३६ मध्ये ११४ स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । बुधबार बाँकी तहका उम्मेदवारको टुंगो लगाउने उसले जनाएको छ । राजपा महामन्त्री मनीष सुमनका अनुसार केही तहमा अन्य दलहरूसँग तालमेलको छलफल भइरहेको छ । उनका अनुसार महोत्तरीको बर्दिबासमा कांग्रेस र सप्तरीको रुपनी नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल हुँदै छ । राजपाले वीरगन्ज महानगरपालिकामा राजेशमान सिंहलाई प्रमुखको उम्मेदवार बनाएको छ । वीरगन्जमा राजपाबाट विमल श्रीवास्तवको पनि दाबी थियो, तर टिकट नपाएपछि उनले पार्टी छाडेका छन् । -नयाँपत्रिकाबाट

मेलम्चीको पानी काठमाडौं आउन ०७५ साल कुर्नुपर्ने

काठमाडौं, भदौ १९ ।  उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न ०७५ साल नै कुर्नुपर्ने भएको छ । सुरुङ निर्माणमा ढिलाइ भएपछि पछिल्लो समय तोकिएको १५ असोजमा पनि मेलम्चीको पानी उपत्यकामा नआउने भएको हो । मेलम्ची खानेपानी आयोजनाका अनुसार सुरुङ खन्ने काम सोचेभन्दा ढिलो भएकाले समस्या परेको हो । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले मेलम्चीको पानी काठमाडौं आइपुग्न ०७५ नै कुर्नुपर्ने बताए । ‘सुरुङ खन्ने कामले सोचेजस्तो गति पाउन सकेको छैन । यही गतिमा काम भए पुस महिनासम्म मात्रै सुरुङ खन्ने काम सकिन्छ । त्यसपछि तीन महिना सुरुङको मेन्टिनेन्समा लाग्छ । सम्पूर्ण काम चैत अन्तिम सातामा मात्रै सकिन्छ । खानेपानी काठमाडौं आइपुग्न ०७५ लाग्छ,’ देवकोटाले भने । यस कारण ०७५ साल लाग्छ आयोजनाका अनुसार अझै १.९२४ किमि सुरुङ खन्न बाँकी छ । खन्नुपर्ने २७.५८४ किमिमध्ये २५.६५९ किमि मात्र खनिसकिएको छ । अहिले दैनिक १३ देखि १४ मिटर सुरुङ खन्ने काम जारी छ । ‘सुरुङ खन्ने रफ्तार घटेको छ । मेसिन पनि पुरानो भयो । बीचमा नरम चट्टान भेटियो । पानी पनि रसाउन थाल्यो । सुरुङ खन्ने काम जोखिमपूर्ण भयो । र काम तीव्र गतिमा अघि बढ्न सकेन,’ कार्यकारी निर्देशक देवकोटाले भने । यही गतिमा काम भए बाँकी सुरुङ खन्न अझै एक सय ४८ दिन अर्थात् पुसको पहिलो सातासम्म लाग्छ । त्यसपछि सुरुङको चारैतर्फ ‘प्लास्टर’ गर्नुपर्छ । त्यसका लागि थप तीन महिना लाग्छ । र सुरुङको काम फागुनसम्ममा मात्रै सकिन्छ । पानीको मुहान सुरुङमार्गसम्म जडान गर्न १५ चैतसम्म लाग्नेछ । बाँकी काम सकेर पानी सुरुङमार्गमा प्रवेश गराउन चैत मसान्तसम्म लाग्छ भने पानी उपत्यकामा आउन ०७५ को वैशाख कुर्नुपर्नेछ । ढिलो हुनका ४ कारण १) १२ वैशाख ०७२ मा गएको भूकम्पले मेलम्ची खानेपानीको सुरुङ खन्ने काम प्रभावित बन्यो । भूकम्पपछिको करिब ३ महिना सुरुङ खन्ने सम्पूर्ण काम रोकियो । २) भूकम्पलगत्तै भारतले गरेको नाकाबन्दीका कारण सुरुङ खन्ने काम करिब ६ महिना ठप्प बन्न पुग्यो । नाकाबन्दीमा इन्धनको चरम अभाव भयो । सुरुङ खन्न प्रयोग हुने केमिकल तथा विस्फोटक पदार्थ नाकाबन्दीका कारण रोकिए । जसका कारण सुरुङ खन्ने काम अघि बढ्न सकेन । ३) इटालियन ठेकेदारले सन् २०१३ देखि सुरुङ खन्ने काम गर्दै आएको छ । सुरुङ खन्दा प्रयोग गरिएको मेसिन ठेकेदार कम्पनीले अहिलेसम्म परिवर्तन गरेको छैन । पुरानै मेसिनको भरमा सुरुङ खनिँदै छ । ४) भौगर्भिक समस्याका कारण पनि सुरुङ खन्ने काम ढिलाइ भएको छ । चट्टान भेटिएको ठाउँमा सुरुङ खन्न सजिलो भयो, तर पर्याप्त मात्रामा नरम चट्टान, कति ठाउँमा पानी रसाउने कारणले काममा ढिलाइ भयो ।

नमूना कलेजको ग्राजुएसन फेसन शो

भदौ १८ । अक्टोपस, कोरल रिफ, सी अरचिन, स्टारफिस, जेली फिस, बे अफ अलास्का, मर्मेड, पर्ल, बेटा फिस, सी ड्रागन लगायत समुद्री जीवनबाट अभिप्रेरित १५ वटा अनुपम, आकर्षक र लोभलाग्दा पहिरन शैलीहरु । सृजनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनहरुले करिब एक घण्टाको समय उपस्थित फेसन पारखी दर्शकहरुलाई समुद्री परिवेशमा विचरण गराएको अनुभूति भयो । गत शनिबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा संचालन भएको नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिङमा स्नातकको पढाईमा अध्ययनरत १२औं ब्याचका ५७ जना विधार्थीहरुको अन्तिम परिक्षाको महत्वपूर्ण पाटोका रुपमा प्रस्तुत सो फेसन शोको मुख्य आकर्षण थिए उल्लेखीत पहिरनशैलीहरु । ‘रिकोरेन्जा डिला मोडा’ शीर्षक अन्तर्गत विद्यार्थी स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य पाँच वटा सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए । फेसन शोको प्रारम्भमा लोलिटा फेसनबाट प्रभावित पहिरनले र्याम्पमा अवतरण गरेको थियो । त्यसपछि इन्डो वेस्टर्नको फ्युजन स्वरुपहरुले प्रवेश पायो । जसमा साडीका साथमा फिटेड ज्याकेट, स्लीम फिट ज्याकेट, केप लगायतको सुन्दर कम्बीनेसन देख्न पाइयो । त्यसपछि स्ट्रीट वेयरले आफ्नो प्रभाव देखायो । जसमा क्याजुयल र आरामदायिक मूडलाई प्राथमिकता थियो भने पहिरनहरु मुख्य गरी हेम्प फ्याब्रिकबाट बनेका थिए । नमूना कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रुपमा परिचित ज्ञानी शोभा तुलाधरप्रति समर्पित पहिरनशैलीले कार्यक्रमको मध्य समयमा प्रवेश पायो । ज्ञानी शोभा तुलाधरले आफ्नो समयमा तयार पारेका विविध पहिरन शैलीबाट प्रभावित पहिरनहरुको नमूनालाई यो चरणमा देख्न पाइयो । ब्युटी क्वीन शीर्षक अन्तर्गत प्रस्तुत यी पहिरनहरु मूलतः ढाकाको प्रयोगमा साटन, रअ सिल्क जस्ता फ्याब्रिकमा खेलिएका थिए । जसमा फ्लोर लेन्थ गाउन, प्रिन्सेस लाइन, केप, अफ शोल्डर डिजाइन आदि प्रमुख थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको सो फेसन शोमा पाँच जना युवा मोडल सहित तीन दर्जन भन्दा बढी मोडलहरुले र्याम्पमा ओहोर दोहोर गरेका थिए । कार्यक्रमको पाँचौं सिक्वेन्स कर्पोरेट जगतप्रति समर्पित थियो । जसअन्तर्गत मूलतः फिटेड स्कर्ट, पेन्सिल स्कर्ट, शर्ट, टप्स आदि प्रस्तुत गरिएको थियो जुन कर्पोरेट जगतका महिला प्रोफेसनलहरु प्रति केन्दि«त थिए ।

इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीद्वारा सन्यास

लन्डन, भदौ ८ । इङ्ल्याण्डका चर्चित फुटबलर वायने रुनीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ३१ वर्षीय रुनीले इङ्ल्याण्डका प्रशिक्षक गारेथ साउथगेटको अनुरोधलाई समेत अस्वीकार गर्दै सन्यासको घोषणा गरेका हुन् । प्रशिक्षक गारेथले रुनीलाई विश्वकप छनौट चरणअन्तर्गत आगामी महिना माल्टा र स्लोभाकियाविरुद्धको म्याच खेल्न आग्रह गरेका थिए । ‘प्रशिक्षक गारेथले मलाई यसै साता बालाउनु भएको थियो, उहाँले मलाई इङ्ल्याण्डको टिममा फेरि लिन चाहनु भएको थियो । म उहाँको प्रशंसा गर्दछु,’ रुनीले भनेका छन्, ‘यो मेरालागि निकै कठिन निर्णय हो, मैले आफ्नो परिवार, एभर्टनमा मेरो म्यानेजर र मेरा निकटम मित्रहरुसँग यसबारे सल्लाह गरेँ ।’ हालै इङ्लिस क्लव एभर्टनमा सामेल भएका रुनीले भने, ‘मलाई जहिले पनि एक खेलाडी वा कप्तानका रुपमा चुनियो, त्यतिबेला मैले आफूलाई भाग्यशाली ठानेँ । म उहाँहरु सबैप्रति धन्यवाद दिन चाहन्छु, जसले मलाई सहयोग गर्नुभयो ।’ उनले इङ्ल्याण्डका लागि खेल्नु सदैव आफ्नो लागि विशेष रहेको जनाउँदै भने, ‘तर मेरो विचारमा यो बिदा लिने समय हो ।’ उनले ११९ अन्तर्राष्ट्रिय म्याचमा आफ्नो देशका लागि ५३ गोल गरेका छन् । उनले सन् २००३ मा अस्ट्रेलियाविरुद्धको खेलमा इङ्ल्याण्डका तर्फबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए ।

डा.केसीको अनसन तोडाउन म कोशिस गर्छु : प्रचण्ड

काठमाडौं, साउन २९ । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् । २१ दिनदेखि अनसन डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । प्रचण्डले भने, ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा‍‍. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई हो । म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन । अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा.केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ । आज नै ३ बजे यसबारे प्रधानमन्त्रीसँग कुरा गरेर अनसन तोडाउन पहल गर्छु, डा. केसीको अभियानप्रति म पुरै सकारात्मक छु, मेरो तर्फबाट सकारात्मक पहल हुन्छ ।’ भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।

‘वर्ल्ड ट्रेड सेन्टर’ आक्रमणमा मृत्यु हुनेको १६ वर्षपछि सनाखत

अमेरिका, साउन २४ । अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड  ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी आक्रमणमा मारिएका थप एकव्यक्तिको पहिचान खुलेको छ । घटनामा मारिएका व्यक्तिको डिएनए परीक्षणका क्रममा १६ वर्षपछि सोमबार (हिजो) पहिचान खुलेको हो । न्यू योर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । कार्यालयले उक्त घटनामा मृत्यु भएकामध्ये ४० प्रतिशत अर्थात् १ हजार ११२ जनाको अझै पहिचान खुल्न नसकेको उल्लेख गरेको छ । यसअघी सो घटनामा मारिएका अर्का एक ब्यक्तिको पहिचान सन् २०१५ मा गरिएको थियो । घटनामा २ हजार ७५३ जनाको मृत्यु भएकोमा १ हजार ६४१ जनाको मात्र पहिचान खुलेको छ ।

‘पोइ खोजेकी नभुन्नु होला…’

फोन न उठाउँ त कुनै महत्वपुर्ण समाचार गुम्ने हो कि भन्ने लाग्छ । अनि मलाई आउने फोन उठाउने नै हो भने अरु काम नगरे भयो । यो अवस्था छ मेरो । दिनमा जसोतसो फोन उठाउँछु तर ईमो , भाईवर र ह्वार्टशप मैले बन्द नै गर्नु पर्ने बाध्यता छ । मेरो सवै भन्दा आरमका् दिन त्यो हो जुन दिन मैले फोन गरेको हुन्छु । मलाई आउने फोनहरु मध्ये आरामै ? खान खानु भयो र मलाई चिन्नु भयो रु के छ खवर रु यस्ता कुराले थप तनाव पुराउँछ । कहिले भुतले छल्यो भनेर रातमा बोलाउँ छन । कहिले बलात्कार भयो भनेर सुईको दिन्छन । कहिले अरु अनेक थरी विषयमा बोलाउँ छन् । यहि क्रममा गए राती सदरमुकामको एक होटलमा बोलाईयो । त्यस होटलमा काम गर्ने एक जना कामदार महिला शौलाय भित्र पसेको झण्डै आधा घण्टासम्म बाहिर न निस्केको र खोल्दा चुक्कुल लगाएको विषयमा हंगामा मच्चिएको रहेछ । निद्रमा थिएँ जुरुक्क उठेर गएको त वोलाउँदा पनि बोल्दीनन । आत्मा हत्या गरेको आंशका जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरीले पनि गरे मसहित अर्का पुराना पत्रकार हरिप्रसाद पोखरेलले पनि गरिऔं । हामीले ढोकाको चरबाट फोटो खिच्दा ति महिला शौचालयको चिसो भुँईमा लडेकी थिईन् । त्यो दृश्य देखेपछि पट्रोलिङ्गका प्रहरीको हद भन्दा बाहिरको विषय लागेर मुद्धा फाँटलाई बोलाए । टोली केहि वेरमा आयो । होटलवालाहरुको ओठ मुख सुकेको थियो । जम्मा तीन दिन भएको रहेछ उनी त्यहाँ आएको। वर्षऔंदेखि माईला दाईको चिया पसल भनेर चिनिएका र असाध्धै सोझा माईलादाई फस्ने हुन की भन्ने चिन्ता पनि त्यहाँ गरिदै थियो । एक्कासी ति चिसो भुँईमा लडेकी महिला ढोका खोलेर बाहिर निस्केपछि सदरमुकाममा अर्को भुत निस्कीए जस्तो भयो । किन हो यसरी जम्मा भएको ? यस्तो ठाडो प्रश्न गर्दै ति महिला बाहिर निस्कीईन् । ३/४ चार वटा सन्तानकी आमा ईस्माको दोहली गाउँबाट श्रीमानले होला गरेपछि तम्घासमा जुठा भाँडा माझ्न आएकी उनलाई वेला बेलामा बेहोस हुने रोगले छोएको रहेछ । गाउँमा न्याय पाईन त्यसैले ज्यान पाल्न हिडेकी हुँ भन्ने उनका बारेमा नवनिर्वाचित जनप्रतिनिधीले चासो दिने विषय बनेको छ । फेरी अर्की भुत आईन र भनिन–‘दाई मेरो मन होईन र ? ’ त्यहाँबाट फर्केपछि भर्खर सुत्न के लागेको थिए एउटा फोन आयो । सुरु मै दाई रकर्ड चाँही नगर्नु होला म तपाईसंग भित्रि मनको वह पोख्न चाहन्छु है भनिन् । भन्नु न भने । उनले यसरी आफ्ना वहहरु पोखिन –‘ पक्कै पनि लोग्ने मोन्छे र हामी महिलाको मन एउटै होला । मेरो १८ वर्षको उमेरमा तीन वर्ष अघि विहे भएको हो । प्लस टु पढ्दै थिएँ र कुनै पनि पुरुषसंग मेरो सेक्सुअल सम्वन्ध पनि थिएन । तर जिज्ञाषु मन भने व्याकुल थियो । माग्न आए वाहुने संस्कारमा वावु आमाले दिएपछि नकार्न सकिन । विहे भयो । जन्म घर छाड्नुको रोदनसंगै कौतुहलता पनि हुँदो रहेछ । विहेको पहिलो दिन हामी दुई जना नजिकीने वातवरण पनि थिएन् । दुलहन फर्काए पछिका दिन भने हाम्रा लागि ढुक्क छन भन्ने ठानेकी थिएँ । तर मेरा कल्पना , कल्पना मै सिमित हुने ठानेपछि उनि विेदेश हिड्नुको अघिल्लो दिन राती म आफ्नो लाज पचाउन बाध्य भएँ । उनी जहाँ सुत्छन मैले छाड्ने वाला थिईन । एउटी अनमत्त बैशे उमेरकी केटीलाई श्रीमति बनाएर ल्याई सकेपछि खोई श्रीमानले गर्ने ब्यवहार ? म यहि कुरामा आक्रोषित थिएँ । त्यही आक्रोष र आतुर यौन जिज्ञाषा मेटाउन म उनि लुकेर सुतेको स्थान माथिल्लो तलाको आँटीमा झयालबाट उक्लेर चोर जस्तै गरी पुगे । मस्त निद्रामा रहेछन् । मुहार सुम्सुमाउँदै उठाएँ । मोवाईलको लाईट वालेर मुहार हेरे असाध्धै मन वहकियो । त्यसपछिको समय मेरा लागि निकै पिडादायि रह्यो । दाई उत्ताउँली केटी रहेछ नभन्नु होला । तपाई धेरै महिलाका पिडा लेख्ने भएर म नलजाई भन्दै छु कि म जस्ता चेलीले यस्तो भोग्न नपरोस भन्नका खातिर सवै कुरा भनेकी हुँ । त्यस रात उज्यालो हुने बेलासम्म मेरो तड्पाइ शान्ता पार्नै सकेनन् उनले । मुटु एकनासले भड्की रहेको छ । श्वास प्रश्वासले मलाई थप दवाव दिई रहेको छ । मलाई मेरो मनले दवाव दिए पनि उनको मनले उनलाई दवाव दिन सकेन् । कौतहलतै कौतुहलताको तडपाइका बीच त्यो रात वित्यो । उज्यालो भएको केहि वेर घरयासी काममा लागियो । उनलाई विदाई गर्नु पुर्व नै मैले कसरी विदाईको हात हल्लाउ भन्ने सपनादेखि रहेकी थिए । श्रीमान श्रीमति नातामा सेक्स भन्ने कुरा मात्रै बाधक पनि त्यति वेला मलाई लागेन । उनि हिड्ने भन्ने कुराले नै म एक्ली जस्तै भई सकेकी थिएँ । बरु मलाई केहि नगरोस मात्र मेरो कोखमा लुटपुटिए पनि धन्य हुन्थ्यो जस्तो मलाई लागेको थियो । तर उ एक चोटी विदेश गएर आएको मान्छे जाने नै भयो । घरमा बाबा आमा र वहिनीहरुले टिका टाला गरेसंगै मैले उसलाई अलि परसम्म छोड्न गए । वाक्य फुट्न बढो मुस्कील थियो । दुवै मौन छौं । गर्न त उसले मलाई माया गर्दो रहेछ भन्ने तव थाह पाएँ । मौन हिड्दै गर्दा उसका आँखा रसाएका थिए । मैले पुग्न वित्तिकै फोन गर्नु है भन्न नपाउँदै मुटुमा गाँठो प¥यो । दुवैको अश्रुधारका संगै आँखा जुधाऔं । अंगालो हालेर रुने मन थियो तर बातरवरण नभएर विवस भयौं । उताबाट जिप आयो मेरो उनलाई टिपेर लग्यो । आँखाको दृष्टीले पुग्ने बेला सम्म मैले एकानास उनलाई नियाली रहेकी थिएँ । त्यो सिङ्ग जिप उनकै प्रतिमुर्ति बनेको थियो । यसरी विदा भएका हामीविच वैवाहिक सम्वन्ध सुमधुर हुने कुरामा म ढुक्क थिएँ किन की विदाईको क्षणमा उसका पनि आँशु खसेकोले । उसको फोनको प्रतिक्षमा म निकै दिन तड्पीएँ । एक चोटी सपरिवारलाई फोन गर्ने बेलामा म पनि उस ग वोल्न चाहें । मलाई तँ मन पर्दैन आफ्नो खुशी गर्नु यस्तो भन्यो । भन्नु न दादा भक्कानीदै मलाई कस्तो भए होला । म मेरा बाबु आमाको इज्जतका खातिर उसले त्यो भनेपघि घर गर्न बाध्य छु । त्यसपछिका दिनमा उसको नम्वरमा धेरै चोटी फोन हानें उसले पटक्कै उठाएन । पछि गएर नम्वर चेञ्ज ग¥यो । दिनमा त साथीसंग कुराकानी हुँदा केहि जस्तो लाग्दैन तर दादा म कैयौं रात रोएर बिताएकी छु । २०/२२ उमेरकी मान्छे । पढा लेखा र धेरै केटाहरुले लाईन मार्ने सुन्दरता पनि छ जस्तो लाग्छ । कहिले काँही मन वरालीन्छ पनि तर वावु आमाको ईज्जत मेरा सामु सावाधानीको औला ठडाए उभिन्छ । मलाई थाह छ उ नपुकसक होईन । मैले थाह पाएँ उसले छिमेकी केटीलाई एक चोटी भुँडी बोकाएर फलाएको रहेछ । विहे गरेको १५ दिनसम्मका रात उसले गाउँ घरका केटीहरुसंगै बितायो । अहिले उ मसंग सम्पर्क विहन भए पनि गाउँकी एउटी केटीसंग दिनमा दश पटकसम्म फोन गर्दो रैछ । म अस्ती साउने सक्रान्तिमा माईत गएँ । बुवा आमाले वावुले फोन गर्नु हुन्छ भन्दा मुस्कुराउँदै अघि भर्खर पनि गर्नु भएको थियो, दर्शन भनि दिनु भन्नु भाछ भनेर ईज्जत बँचाएँ । भाईले सधै भन्छ कि भेनालाई झिकाउन भन्नु कि अलिकति पैसा पठाई दिन भन्नु म विदेश जान्छु । हुन्छ नि कुरा गरी दिउँला भन्छु । मलाई घर खर्च गर्ने पैसा त उसले पठाएको छैन भने भाईको त्यो कुरा कसरी सल्टाउन सक्थे र दादा भन्नु त ? एउटा कुरा दादा घरमा बुढा वाआमाले त राती अवेर सम्म टिभीमा फिल्म हेनु हुन्छ तर म हेर्नै सक्दीँन । किन कि हिरो हिरोईनीका रोमान्स देख्दा मेरो मुटु भक्कानिन्छ । कहिले काँही सपनामा उसंग रोमान्समा हुन्हु म । घर त आईज न किन छाडुला र भन्छु । उसको प्रतिक्षाको दियो हरदम वालेकी छु । उ पचासौं वर्ष नआउञ्जेलसम्म कहिल्लै निभ्न सक्दैन र यो जिज्ञाषु मन पनि । उ वाहेक कसै संग डगमगाउन चाहन्न । मनै हो दादा, कहिले काँही उन्मत्त हुन्छ । त्यसलाई मैले एकदम मिठास अनुभुतिका साथ लिने गछु । तपाईले धेरै महिलाले दोस्रो विवाह गरेको न्युज लेख्नु हुन्छ । तर त्यस पछाडीका कारणहरु लेख्नु हुन्न र दुख लाग्छ । होला कोही कोही मात लागेर हिडे होलान तर धेरै जस्ता महिलाहरु श्रीमान नाम मात्रैको भएर हिडेका छन भन्ने मेरै अवस्थाले पनि स्पष्ट पार्छ । म बस्छु उ आउने बेलासम्म । माईतीको ईज्जत पनि जति थामे, थामे । जव उ आएर यस्तै व्यवहार देखायो भने हेर्नु होला म पनि उसको चिल्लीविल्ली पारेर हिड्ने छु । त्यो समाचार लेख्नु भयो भने अहिले मैले गरेका कुरा पनि लेख्नु होला । महिला त्यसै घर छोड्दैनन् । वर्षऔंसम्म उसलाई कुर्ने, उसको घरको गोठालो हुने अनि माया नपाउने ? त्यस कारण क्षतिपुर्ति सहित टाप कस्नु पर्ने बाध्यता छ । उ छोरो मान्छे विदेशमा आफ्नो हात देखि त्यहाँका झारपात सम्मबाट सन्तुष्टी लिने तर हामी घर धान्नेहरुसंग सामान्य मायाको बचनसम्म नदिएपछि छाड्नै परे त्यसै कसले छाड्छ ? दादा डिष्टप गरे यो मध्ये रातमा माईन्ड नगर्नु होला । पोई खोजेकी रहिछ पनि नभुन्नु होला मात्र म जस्ता चेलीहरुको वेदना पोखेकी हुँ मेरो नाम चाही नभनि दिनु होला लेख्न चाँही लेख्दीनु होला । सुत्नु दाई, म पनि सुत्छु एक लोटा पानी खाँदै ।। गलल्ल हाँसो।।। बाई।।। सियु।।।। । वाहिर निस्कीँदा पारी व्रम्हाकुमारी इश्वरीय विश्वविद्यालयमा विहानीको पुजा आरधान चलेको रहेछ । यसर्थ म आज २०७४ , साउन २० गते अनिद्रमा छु ।

धौलागिरिकै पहिलो मानव निर्मित पोखरीको संरक्षण शुरू

बेनी (म्याग्दी), साउन १९ । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे । अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ । तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ । पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ । स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ । “यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ । छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।

च्याम्पियन्स लिगमा तेस्रो चरणको खेल सकियो, यी हुन् छनोट हुने टिमहरु

काठमाडौं, साउन १९ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि तेस्रो चरणका छनोट खेल सम्पन्न भएका छन् । बुधबार राती भएको तेस्रो चरणको छनोटपछि स्कटल्याण्डको सेल्टीकले प्ले अफ् चरणमा स्थान बनाएको छ । नर्वेको क्लव रोजेनबर्गलाई १÷० ले हराउँदै सेल्टिक युरोपियन क्लब फुटबलको शीर्ष प्रतियोगिता नजिक पुगेको हो । बुधबार रातीका खेलमा विजयी हुँदै साईप्रसको अपोईल निकोसिया, रुसको सि.एस.के.ए मस्को, टर्कीको ईस्तानबुल बासाक्शेर, चेक गणतन्त्रको स्लाभिया प्राग, डेनमार्कको एफ.सी कोपनहेगन, रोमानियाको स्टावा बुकारेष्ट, स्विट्जरल्याण्डको योङ ब्वाईज र काजखस्तानको एफसी अस्टाना पनि च्याम्पियन्स लिगको प्ले अफ् चरणका लागि छनोट भएका छन् । फ्रान्सको निससँग अवे गोलमा पराजित हुँदै नेदरल्याण्ड्सको आयाक्स एम्सटरडम भने प्रतियोगिताबाट बाहिरिएको छ । अब प्ले अफ् चरण सकिएपछि यस सिजनको युएफा च्याम्पियन्स लिगको समूह चरणमा सहभागि हुने सबै ३२ टोलीको टुंगो लाग्नेछ ।