सांस्कृतिक पर्वका रुपमा विकास हुँदै इन्द्रजात्रा

काठमाडौँ, असोज ५ । काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ ।

हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिङ्गो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिङ्गोको फेदमा भैरवको पूजा हुन्छ ।

विभिन्न ध्वजापताकाले सजाइएको लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिङ्गो उठाउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ ।

यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ । मुलुकमा बसोवास गर्ने विभिन्न जाति तथा समुदायका मौलिक सांस्कृतिक विविधताले नेपाली संस्कृतिलाई विश्वमा विशिष्ट बनाएको राजनीतिज्ञ तीर्थराम डङ्गोलले विचार व्यक्त गरे ।

उहाँले नेपाली मौलिक परम्परा र संस्कृतिले नेपाली जीवनशैलीलाई सभ्य बनाउने विश्वास व्यक्त गरे । इन्द्रजात्राको प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले शुरु गरेका थिए ।

गणेश, भैरव र कुमारीको रथयात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन करीब २३५ वर्षको शाहवंशीय परम्परा हुँदै गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि निरन्तरता पाएको छ ।

काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूखलाई शुभ साइतमा काटेपछि भोटाहिटीमा राखेर विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका विभिन्न देवीदेवता तथा जात्रा पर्वले निर्माण भएका सांस्कृतिक परम्परा तथा आस्था विश्वका लागि नै महत्वपूर्ण अध्ययन केन्द्र हुने बताए । उनका अनुसार जात्रा अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दश अवतार समेत देखाइने गरिएको छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दश अवतार, ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाइन्छ । एक सातापछि इन्द्रध्वजालाई लडाएर पर्व सम्पन्न गरिन्छ ।

परापूर्वकालमा स्वर्गका राजा इन्द्रको आमाको वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूलकोस्वर्गमा अत्याधिक माग बढेको थियो । त्यसकारण स्वयं इन्द्रमान स्वरूप धारण गरी कान्तिपुरी नगरीको वसन्तपुर आसपास क्षेत्र (हालको शान्ति निकुञ्ज स्कुल) मा आई बगैँचाको मालीलाई सोध्दै नसोधी पारीजातको फूल चोर्न लाग्दा स्थानीयवासीले इन्द्रलाई पाताकसी बाँधेको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको इन्द्रजात्राको रमाइलो किम्बदन्तीसमेत पाइन्छ ।

इन्द्रको आमाले छोरा नफर्किएपछि ध्यान दृष्टिले हेर्दा घटनाका बारे थाह पाएपछि घटनास्थल आई बाँधिएको मान्छे स्वर्गको राजा इन्द्र भएकाले छुटाउन स्थानीयवासीसँग अनुरोध गरेको कथा सुन्न पाइन्छ । स्थानीयवासीले आफ्ना दिवङ्गत पितृलाई स्वर्गमा लैजाने शर्तसहित इन्द्रलाई मुक्त गरेको त्यसै बेलादेखि इन्द्रजात्रा शुरु भएको जनविश्वास छ ।

जात्रामा घुमाइने पुलुकिसी इन्द्रको एरावत हात्ती हो, इन्द्रलाई बन्दी बनाइएपछि त्यो हात्ती स्थानीयवासीले समातेको मानिएको छ । काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

इन्द्रजात्राको रथयात्रा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा मात्र शुरु भएको हो । पृथ्वीनारायण शाहको आधुनिक नेपाललाई एकीकरण गरेपछि जात्रामा थप परिवर्तन भएको पाइएको छ ।

गोर्खाको पल्टनबाट अपभ्रंस भई गुर्जुको पल्टन विकास भएको हुँदा जात्रामा गुर्जुको पल्टनको सहभागिताले शाह वंशीय राजाले विगतदेखि चल्दै आएको जात्रालाई अपनत्व लिएर संस्कृतिको संरक्षण गरेको गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले जानकारी  दिए ।

जात्राको अन्तिम दिन माथिल्लो टोलमा गरिने रथयात्रा पनि राणाकालमा थप भएको विश्वास गरिएको छ ।

जात्रा अवधिभर इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा सर्वसाधारणको दर्शनका लागि विभिन्न प्रकारका फूलले सिंगारेर राखिन्छ । किराँती राजा यलम्बरको शिरका रुपमा उक्त मूर्तिलाई लिइन्छ । हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति पनि दर्शनका लागि खुला गरिएको छ । रासस

नगर कार्यपालिकामा अख्तियारको छापा

कञ्चनपुर, जेठ ३१ । बेलौरी नगरपालिकामा सडक निर्माणका क्रममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित कागजात नियन्त्रणमा लिएको छ । दुईवटा सडक निर्माणमा अनियमितता भएको बेनामे उजुरी परेपछि अख्तियार टोलीले अनुसन्धान थालेको हो । ‘वडा नं ६ र २ मा ग्राभेल सडक निर्माणमा अनियमितता भएको उजुरी परेको छ,’ आयोगको महेन्द्रनगर कार्यालयका प्रमुख ज्ञानेन्द्र ढकालले भने,‘त्यही छानबिनका लागि नगरपालिका कार्यालयबाट कागजात नियन्त्रणमा लिइएको हो ।’ उनले सडक निर्माण प्रक्रियाका थप कागजातसमेत कार्यालयमा पेस गर्न निर्देशन दिइएको बताए । शाखा अधिकृत हरिशचन्द्र जोशी नेतृत्वको टोलीले मंगलबार सडक अनुगमनसँगै कागजात नियन्त्रणमा लिएको हो । उनका अनुसार उजुरीमा सामान खरिदको दर तथा निर्माण सामग्री कम राखेर बढी देखाइएको दाबी गरिएको छ । कान्तिपुरमा खबर

टेबल टेनिस प्रतियोगिता शुरु

पोखरा, वैशाख २७ । कास्की जिल्ला टेबुल टेनिस संघको आयोजनामा आजदेखि यहाँ दोस्रो आमन्त्रित टेबल टेनिस प्रतियोगिता २०७५ शुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले पोखरामा टेबल टेनिस खेलका लागि व्यवस्थित इन्डोर कोर्ट निर्मांण गर्ने वा ब्याडमिन्टन कोर्ट बनेपछि हालको ब्याडमिन्टन कोर्टलाई नै प्रयोग गर्ने गरी व्यवस्था मिलाउने तयारी भइरहेको जानकारी दिँंदैे १३ औंँ दक्षिण एशियाली खेलकुद (साग)मा टेबल टेनिसबाट पदकको आशा लिइएको जानकारी दिनुभयो । कास्की जिल्ला टेबल टेनिस संघका सल्लाहकार बाबुराम पन्तले यस्ता प्रतियोगिताले टेबुल टेनिस खेलका नयाँ पुस्ताका खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा आठ जिल्लाका कनिष्ठ तथा वरिष्ठ महिला २५ र पुरुष २२ खेलाडीको सहभागिता छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा विजेता खेलाडीलाई ट्रफी, पदक र प्रमाणपत्र दिइने कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले जानकारी दिनुभयो ।

माओवादी र एमाले निकट प्रवासी नेपाली मञ्चले कतारमा मनाए संयुक्त रुपमा मे दिवस

दोहा । नेपालमा नेकपा माओवादी केन्द्र र एमाले पार्टी एकीकरणको संघारमा रहेका बेलामा यता कतारमा भने दुई पार्टी निकट प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चले संयुक्त रुपमा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाएका छन् । सनैयाको रोटाना रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम नेपाली जनप्रगतिशिल मञ्चका संयोजक रकमध्वज रार्इको सभापतित्व रहेको थियो भने कार्यक्रम प्रवासी नेपाली मञ्चका कार्यवाहक महासचिव प्रभात त्रिपाठीले संचालन गरेका थिए। अतिथिमा प्रवासी नेपाली मञ्चका संस्थापक अध्यक्ष कमलमणि गुरागाईं, नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनिकुमार वली, युवा नेता बिबि खराल , प्रवासी नेपाली मञ्चका पूर्वअध्यक्ष दिलकिरण खजुम लिम्बू, नेपाली जनप्रगतिशिल मञ्चका पूर्वअध्यक्ष रमेश भट्ट, प्रवासी नेपाली मञ्चका निबर्तमान अध्यक्ष रामहरी गैह्रे, कावा अध्यक्ष चानीलाल राजबंशी, नेपाली जनप्रगतिशिल मञ्चका संस्थापक उपाध्यक्ष प्रेम बिक, प्रवासी नेपाली मञ्चका सागर नेपाल, रेनु कार्की लगायत बामपंथी बुद्धिजीवीले अतिथी आशन ग्रहण गरेका थिए। उपस्थित प्रवासी नेपाली मञ्च र नेपाली जनप्रगतिशिल मञ्चका नेता तथा कार्यकर्ता एबम बामपंथी बुद्धिजीवीलाइ जनप्रगतिशिल मञ्चका सह संयोजक राजु डुम्रेले स्वागत भाषण द्वारा स्वागत गरेका थिए। मे दिवसको शुभकामनाका क्रममा दुबै संगठनका संस्थापक तथा अगुवाहरुले बिश्वका मजदुरहरुले विभिन्न कालखण्डमा गरेका मजदुर क्रान्तिको स्मरण गरेका थिए।

चीन पुगेर लत्रिए नरेन्द्र मोदी, मक्ख पर्दै यसरी गाए चीनको गुणगान

बेईजिङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिन पिंगबीच चीनको बुहान सहरमा भएको भेटवार्तामा भारतीय प्रधानमन्त्री मोदीले चीनको विकास देखेर आफू दङ्ग भएको बताएका छन् । भारतीय मिडियामा दुवै नेताहरू बीच भेटवार्ताका बारेमा निरन्तर समाचार आइरहेका छन्। समाचारहरूमा दुवै नेताहरूले उत्सुकतापूर्वक हात मिलाएको र एकअर्काको हात समातेर धेरै बेरसम्म कुरा गरेको विवरण आएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र सि जिनपिङले एकसाथ हुबेइ म्युजियममा संस्कृतिक कार्यक्रम हेरेको समाचारहरूमा छ। दुवै नेताहरूले त्यसपछि द्विपक्षीय वार्ता गरेका थिए। राष्ट्रपति सिसंगको भेटमा भारतीय प्रधानमन्त्रीले चीनले वुहान सहरमा बनाउन लागेको तीन ठुला बाँधहरूको प्रशंशा गर्दै आफूले गुजरातको मुख्यमन्त्री रहेका बेला यसबारे सुनेको बताएका छन्। प्रधानमन्त्री मोदीले चीनले जुन गतिले यी बाँधहरूको निर्माण गरेको छ त्यसले आफूलाई साह्रै प्रभावित गरेको र आफू त्यसको अध्ययनका निम्ति पनि चीन आएको बताए। साथै भारतीय प्रधानमन्त्रीले आफूले एक दिन उक्त बाँधमा बिताउने निर्णय गरेको समेत बताए। भुटान र सिक्किमलाई चीनसँग छुट्याउने डोक्लाम क्षेत्रमा भारत र चीनका सेनाबीच भएको ७० दिन लामो तनावपछि पहिलो चोटी यी दुई देशबीच यो शीर्षस्थ भेटघाट हो। आउँदो २४ घण्टामा दुई नेता बीच ६ चोटी भेट हुने कार्यक्रम रहेकोछ।  

आगलागीको जोखिम कम गर्न अग्नि रेखा निर्माण

बाँके । गर्मीयाम शुरु भएसँगै आगलागीको जोखिम कम गर्न बाँके राष्ट्रिय निकुञ्जले १४० किलोमिटर क्षेत्रमा अग्नि रेखा निर्माण गरेको छ । निकुञ्ज क्षेत्रअन्तर्गत पर्ने महादेवा, कोहलपुर, चिसापानी, मुगुवा र खैरी खोलालगायतको क्षेत्रमा अग्निरेखा निर्माण गरिएको बाँके निकुञ्जले जनाएको छ । दाङको अमिलिया क्षेत्रको चुरे जंगलमा आगो फैलिएकाले बाँके निकुञ्जमा पनि आगलागी फैलिन सक्ने जोखिम बढेको छ । चुरे क्षेत्रमा बाक्लो मात्रामा बाबियो खर भएकाले आगो छिटो फैलिन सक्ने खतरा बढेको छ । निकुञ्जमा आगलागी हुन नदिन स्थानीयवासी, सुरक्षाकर्मी, वन कर्मचारी सबै एक भएर तयारी गरिएको निकुञ्जका सहायक संरक्षक अधिकृत लालबहादुर भण्डारीले बताउनुभयो । रासस

वडा सदस्यको घरमा आगलागि, रु १५ लाखको क्षति

फलेवास, पर्वत, १३ चैत (रासस) ः पर्वतको मोदी गाउँपालिका–१ भुकताङ्लेका वडासदस्य भुलबहादुर पौडेलको घरमा सोमबार साँझ आगलागी भएको छ । भुकताङ्लेको मोहोरियामा रहेको उहाँको दुईतले घरमा साँझ ७ः३० बजे आगो लागेको हो । आगालागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, नगद जलेर नष्ट भएको छ । एक्कासि आगो सल्किएपछि कुनै पनि सामान निकाल्न नपाएको वडाध्यक्ष गौप्रसाद गुरुङले जानकारी दिनुभयो । पौडेलको घरमा उहाँकी आमा विष्णुमती पौडेलले किराना पसलसमेत चलाउँदै आउनुभएको थियो । आगलागीमा परी उक्त पसलका सबै सामग्री नष्ट भएका छन् । आगलागीमा रु १५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

मूख्यमन्त्री भट्टद्वारा वेदकोटका बाढीपीडित दलित बस्तीको अवलोकन

कैलाली । मूख्यमन्त्रीको सचिवालय प्रदेश नं.७ का मूख्यमन्त्री त्रिलोचन भट्टले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ४ बैतडीका बाढीपीडित दलित बस्तीको अवलोकन गर्नुभएको छ । लामो समयदेखि बाढीको चपेटामा पर्दै आएका बैतडास्थित सार्की टोलमै पुगेर भट्टले बाढीपीडित दलितहरुसँग क्षतिको अवस्थाबारे जानकारी लिनुका साथै छलफल गर्नुभएको छ । २०६६ सालमा आएको बाढीले बैतडाको छाला प्रशोधन उधोगसहित सिंगो दलित बस्ती बगाएको थियो । परम्परागत पेशाको रुपमा सावरको छाला प्रसोधन उधोग संचालन गर्दै आएका सार्की समुदायहरु बाढीले छाला प्रशोधन उद्योग बगाएपछि पेसागत संकटमा परेका थिए । रोजगारीको अर्को बिकल्प नहुँदा उनिहरुलाई अहिले हातमुख जोर्न समेत अप्ठेरो परेको मूख्यमन्त्री भट्टलाई दलित अगुवाहरुले जानकारी गराएका थिए । बस्ती नजिकै खोला भएको र बर्षेनी बाढीका कारण बस्ती बगाउने समस्याले बस्ती नै खतरामा परेको उनीहरुको भनाई थियो । सार्की समुदायहरुसंगको छलफलपछि मूख्यमन्त्री भट्टले नदि कटान नियन्त्रण र सार्की समुदायले अपनाउदै आएको पेसाको संरक्षणका लागि प्रदेश सरकारको नियमित बजेटमा आबश्यक रकमको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। वेदकोट नगरपालिकाका प्रमुख अशोक चन्दको अनुरोधमा मूख्यमन्त्री भट्ट दलित बस्तीको अवलोकनमा जानुभएको मूख्यमन्त्रीका प्रेस सहयोगी मिलन परियारले बताए । परियारका अनुसार मूख्यमन्त्री भट्टले बाढीबाट बस्ती जोगाउन नदी कटान, छाला प्रशोधन उद्योग संचालन र दलित समुदायले भोग्दै आएका खानेपानी, हात्ती आंतक लगायतका समस्या समाधान समेत गरिने प्रतिबद्धता जनाएपछि मूख्यमन्त्री नै आफनो समस्या बुझन घरमै आएको भन्दै दलितहरु खुशी भएका थिए ।

अब सरकार टुलुटुलु हेरर बस्दैन : मन्त्री बोहारा

धनगढी, चैत्र ११ । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले उद्योगी व्यवसायी र शिक्षा क्षेत्रका अगुवासंग छलफल गर्नु भएको छ । आइतबार आफ्नै कार्यकक्षमा उद्योगी व्यवसायी र शिक्षाका अगुवालसँग प्रदेश सरकारले चैत्र ३० भित्र ल्याउने बजेटमा अौधोगिक क्षेत्रमा नीतिगत, सहुलियत, शिक्षा नीति र प्रदेश सरकारको योजना बारे छलफल गर्नु भएको छ । छलफलमा प्रदेश ७ का शिक्षा क्षेत्रका अगुवा शिवहरी मुडभरीले प्रदेश सरकारले लड रन भिजन तयार गरेर प्रदेशलाई समृद्धितिर लैजान सक्ने धारणा राख्नु भएको थियो । यस्तै कैलाली क्याम्पस का प्राध्यापक श्यामराज जोशीले प्रदेशको समृद्धि कृषि, पर्यटन र जलविद्युतबाट सम्भव रहेकोले सरकारले ती क्षेत्रमा लगानी गर्ने व्यवसायीलाई सरकारले छुट (सबसिडी) दिन सुझाव राख्नु भयो । त्यस्तै स्टेपिङ्ग स्टोनका संञ्चालक रामजी हमालले प्रदेश सरकारले तत्काल चीनसँग नाका खोली प्रदेशलाई चीनसंग व्यापारिक सम्बन्ध जोड्न सुझाव दिनु भयो । यस्तै सुन्दर सुदुरपश्चिमका अभियान्ता तथा उद्योगी व्यवसायी गोपाल हमालले सरकारले प्रदेशको आर्थिक विकास गर्न वर्षमा तीन बाली उत्पादन प्रमोट गर्न र एग्रो फोरेष्टी तिर जोड दिनु भयो । व्यवसायी हमालले प्रदेशका ८८ स्थानीय निकायमा एक–एक उत्पादन क्षेत्र घोषणा गर्न पनि माग गरे । उद्योगी ओम प्रकाश अग्रवालले सरकारले निश्चित क्षेत्रलाई अौधोगिक क्षेत्र घोषणा गर्न अनुरोध गरे । साथै गौरिफन्टा नाकालाई तत्काल अन्तर्राष्ट्रिय नाका घोषणा र स्तर उन्नति गर्न जोड दिनु भयो । छलफलमा मन्त्री बोहराले सरकार जनतालाई सक्दो राहात दिन कटिबद्ध रहेको बताउनुभयो । अब सरकार टुलटुल हेर नबस्ने र तत्काल राहत महसुस हुने खालको बजेट ल्याउने छ मन्त्री बोहराले भनु भयो । उहाले अहिले आंशिक बजेटमा सरकारको सबै विकास योजना समेट्न नसके पनि आव २०७५र०७६ को पूर्ण बजेटमा प्रदेशको लड रन भिजन सहित बजेट ल्याउने बताउनु भयो ।

नेपालको समृद्धिको यात्रामा योगदान गर्न कतारबाट प्रवासी मुस्लिम समुदायको पहल

कतार । वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली मुस्लिम समुदायलाई एउटै छाताभित्र ल्याउने कार्यको कतारबाट शुरुवात गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले गएको शुक्रबार नज्मास्थित द गोर्खा रेस्टुरेन्टमा प्रेसमिट गरी यस्तो जानकारी दिएको हो । देश आर्थिक समृद्धिको यात्रामा रहेको समयमा सिङ्गो रास्ट्रलाई सक्दो योगदान दिने उद्देश्यले कतारमा रहेका बुद्धिजीवीहरुबाट परामर्श लिई अन्तर्राष्ट्रिय मुस्लिम समाजको परिकल्पना गरिएको कार्यक्रमका प्रमुख अथिति अन्तरास्ट्रिय मुस्लिम समाजका संयोजक प्रोफेसर रमजान अलिमिया बताउनुभयो । अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतार अध्यक्ष मुक्ततदा मुसलमानको सभापतित्वमा सम्पन्न कार्यक्रममा सञ्चारकर्मीका विभिन्न प्रकारका जिज्ञासाको समाधान आयोजकले गर्ने प्रयास गरेको थियो । विशेष अतिथिहरुमा नेपाल पत्रकार महासंघ कतार शाखा अध्यक्ष करिमबक्स मियाँ, अन्तरास्ट्रिय मुस्लिम समाज महिला संयोजक अमिना खान, अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार मोहम्मद अजिज अलि , अन्तरास्ट्रिय मुस्लिम समाजका सल्लाहकार संयोजक हुसैन खानको उपस्थिति रहनु भएको थियो । कार्यक्रमा स्थानीय संचारकर्मी, अतिथि अख्तर गद्दी सल्लाहकार सैगरी नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब महेन्द्र प्रसाद पोख्रेल, प्रमुख सल्लाहकार गणेशप्रसाद बन्जाडे, राजधानी साप्ताहिकका दिलकुमार श्रेष्ठ , उज्यालो अनलाइन खबर कतार प्रतिनिधि महेश्वर नेपालको उपस्थिति रहेको थियो । साथै स्थानीय सञ्चारमाध्यममा कार्यरत प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा अब्दुल करीम मियाँ, हुसैन खान, मोहम्मद अजीज अली, महिला संयोजक अमीना खान शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कतारमा करीब चारलाख नेपाली कार्यरत रहनु भएकाे छ । त्यसमध्ये करीब ६० हजार मुस्लिम रहेको बताइन्छ । आफ्नो अनुकूलमा विभिन्न मुस्लिम संघसंस्था खोलेर क्रियाशील सबैलाई साझा संस्थामा आबद्ध भई अगाडि बढन अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज कतारले आह्वान गरेको छ । प्रेसमिटमा उपस्थिति भएकोमा सबैमा कृतज्ञता प्रकट गर्दै सकारात्मक सहयोग, सल्लाह र सुझावका लागि अनुरोध गर्दै समाजका अध्यक्ष मुसलमानले कार्यक्रमको समापन गर्नु भएकाे थियाे । पढ्नुहोस् अध्यक्ष मुसमानले गरेको सम्बोधन जस्ताको त्यस्तै आदरणीय पत्रकार साथीहरु सर्वप्रथमतः हाम्रो निम्तोलाई स्वीकार गरेर पाल्नु भएकोमा हार्दिक स्वागत तथा कृतज्ञता व्यक्त गर्दछौं । लामो अध्ययन, चिन्तन र वहस पश्चात अन्ततस् हामी नेपाली मुस्लिम समुदायको साझा संजाल ‘अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज’ गठन प्रक्रियाको प्रारम्भिक चरणमा प्रवेश गरेका छौं। कतारबाट यस अभियानको थालनी आरम्भ गरिएको छ भने छिट्टै अन्तर्राष्ट्रिय समिति गठन प्रक्रियालाई अघी बढाइने छ। विश्व संजालमा छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा जोडी समुदाय र राष्ट्रको सम्व्रिद्दिमा सहभागी बन्न यस समाजको गठन प्रक्रिया आरम्भ गरिएको स्पष्ट पार्न चाहन्छौं । साथीहरु, विविधताले भरिएको नेपालको राजनैतिक अभ्यासमा कुनै प्रतिकुलता नआएसम्म अब मुलभूत रुपमा हकहितका राजनैतिक संघर्ष बिश्रामोंमूख छ। नेपालको लामो राजनैतिक संघर्षको प्रतिफल स्वरुप देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक युगको आरम्भ बिन्दुमा प्रवेश गरी सकेको छ। अब राष्ट्रले सम्व्रिद्दिको बाटो पहिल्याउँदै बढ्ने प्रण गर्दो छ, नेपाली जनताले के कति उपलव्धी हासील गरे वा कति हासील हुन सकेन त्यसको लेखाजोखा समय चक्रसंगै बनेर जाने नै छ। अतस् राष्ट्रको सम्व्रिद्दिको लागि सम्पूर्ण नेपाली नागरिकले समेत प्रण गर्नु आवस्यक छ । मुलभूत रुपमा अबको दिशा भनेको अधिकारका लागि आन्दोलन होइन, अबको दिशा सम्व्रिद्द नेपालको लागि आन्दोलन भन्ने मानासिताको बिकास गर्दै अघी बढ्नु आवस्यक छ। प्राप्त भएका अधिकार र प्राप्त हुन बाँकी अधिकारको भरपाई अब राष्ट्रको सम्व्रिद्दिले मात्र प्राप्त हुन सक्दछ, किनकि राष्ट्रले धेरै आन्दोलन खेप्यो जसकारण लाखौँ युवा विदेसिन बाध्य भए। राजनैतिक अन्दोलनले पलायन भएको शक्ति सम्व्रिद्दिको आन्दोलनले फर्किनु पर्दछ वा कम्तिमा पलायनको परम्पराको अन्त्य हुनु पर्दछ । हिंजोका दिनमा नेपाली मुस्लिम समुदायले ‘एकता पहिचान र अधिकार’ को नारा र त्यसको जगमा आन्दोलन गर्दै आए। अब हामीले ‘सम्व्रिद्द नेपाल हाम्रो अभियान’ भनेर लाग्न सक्नु पर्दछ र त्यसको जग बसाल्नु पर्दछ । देशको कुल जनसंख्या र वैदेसिक रोजगारमा रहेका कुल प्रबासी नेपालीहरुको आंकडा निकालेर विशेसतस् खाडी र मध्यपुर्वलाई हेर्ने हो भने सामुदायिक दृष्टिकोणबाट नेपाली मुस्लिमहरुको संख्या व्यापक छ । १८ वर्षदेखि ४० वर्ष उमेरका ठुलो शक्ति प्रबासमा श्रम गरी रहेका छन्। अब यिनलाई सम्व्रिद्द राष्ट्रको अभियानमा जोड्नु जरुरी छ, जसको निम्ति उचित प्लेटफर्मको आवस्यकतालाई महसुस गर्दै विश्वभर छरिएर रहेका नेपालीहरुको साझा समाजको परिकल्पना सहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको अवधारणा अघी सारिएको हो। मूलतस् वैदेसिक रोजगारमा रहेर हामी विदेसी भूमिलाई श्रम दियौं अब यहाँबाट स्वदेशलाई हामीले देखिने गरी केहि दिन सक्नु पर्दछ। हामी सबैको साझेदारी र जोडमा आधारित भएमात्र राष्ट्रलाई बिकासको बाटोमा डोर्याउन सकिन्छ भन्ने मान्यताको बिकास गर्नु हाम्रो ध्येय रहेको छ। नेपालको समग्र बिकासको लागि कतारबाट दिन सकिने प्रचुर सम्भावनाहरुको भण्डार छ । मुख्यतः पर्यटन, कृषि, स्वास्थ्य र शिक्षामा कतारबाट एतिहासिक रुपमा हामीले काम गर्न सक्दछौं। आदरणीय पत्रकार साथीहरु, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको सांगठनिक पक्ष र यसको उद्देश्य बारे वुँदागत रुपमा जानकारी गराउन चाहन्छौं( यो समाज नेपाली समुदायसित सामुदायिक साझेदारीमा बिस्वास गर्ने गैर राजनैतिक समाज हुनेछ बिभिन्न कारणले विश्वभर छरिएर रहेका नेपाली मुस्लिमहरुलाई एउटा छातामा समाहित गर्ने गरी प्रारम्भमा मूलतस् खाडी र क्रमिक रुपमा विश्वभर नै यसको शाखा निर्माण गरिने छ। अन्तर्राष्ट्रिय समन्वय समितिको गठन भए लगत्तै कतार लगायत बिभिन्न राष्ट्रलाई शाखा मानिने छ। नेपालमा सम्पर्क कार्यालय रहने छ नेपाल सरकारमा दर्ता प्रक्रिया एवं नेपाली नियोगमा यथासम्भव सुचिकृत गरिने छ भने कतार सरकारको सम्वन्धित निकायमा सुचिकृत प्रक्रिया समेत अघी बढाइने छ। यो समाज मुस्लिम समुदायको मौलिकतामा आधारित भएपनि यसको खुला उद्देश्य नेपाली समुदायको हक हितमा समर्पित रहनेछ। कतारमा विगतदेखि सक्रिय रहँदै आई रहेका सबैखाले मुस्लिम समाजहरुलाई समन्वयात्मक एवं साझेदारी संस्थाको रुपमा लिइने छ। कुनैपनि संस्थाहरुको स्वामित्वमा कुनै हस्तक्षेप गरिने छैन। कतारमा कार्यरत सबै नेपाली मुस्लिम यस समाजका स्वतस् सदस्य मानिने छ, संस्थागत पद्दतिमा आउन चाहनेहरुलाई निस्शुल्क सदस्यता परिचय पत्र प्रदान गरिने छ। जसको लागि सुचना प्रविधीको उपयुक्त विधी मार्फत सहज सदस्यता लिन सकिने प्रावधानको बिकास गरिने छ। समाज संचालनको लागि आवस्यक आर्थिक पक्षको लागि विभिन्न माध्यमहरुको खोजी गरिने छ। कतारको बस्तुगत अवस्थालाई मध्येनजर गर्दै सबै संघसंस्थाहरुसित समन्वय गरी क्यालेन्डर मार्फत समाजका बिभिन्न गतिविधी संचालन गरिने छ। पर्यटन बिकासको लागि खाडीबाट गर्न सकिने पहलबारे नेपाल पत्रकार महासंघ कतार शाखाले अगाडी सारेको “कतार(नेपाल मैत्रीपूर्ण पर्यटन परियोजना” अत्यन्तै सान्दर्भिक महत्वपूर्ण छ। सामुदायिक साझेदारी सिद्दान्त अनुसार उक्त परियोजनामा साझेदारी संस्थाको रुपमा यो समाज कटिवद्द रहने छ। आधुनिक कृषिमा लगानी र स्वरोजगारको क्षेत्रमा गहिरो अध्ययन गरी वातावरण निर्माण गर्न प्रयाश रहने छ। गरिव तथा विपन्न वर्गमा शिक्षा र स्वास्थ्यको पहुँच पुर्याउन दाताहरुको खोजी गरी न्यायोचित रुपमा अभियान तीव्र बनाइने छ। नेपालको कानुन सामुदायिक व्यबस्थाभित्र रही यस समाजले इस्लामिक युनिभर्सिटीको महत्वाकांक्षी परियोजना अनुरुप काम गर्नेछ। अन्तमा, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजलाई यहाँहरुको उचित रायको सदैव खाँचो रहने छ। हार्दिक आभार प्रकटसहित अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज परिवार।  

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिने

काठमाडौं, चैत्र ११। सरकारले काठमाडौँ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले काठमाडौँमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि डिपिआर तयार गर्ने काम शुरु भइसकेको बताए । उनले भने, “पाँच वर्षभित्र सातै प्रदेशमा प्रदेशस्तरीय आधुनिक सुविधासम्पन्न रंगशालाको निर्माण गरिनेछ ।” त्यस्तै, महानगर, नगरपालिका तथा वडा स्तरमा पनि स्थानीय तहसम्म खेलमैदान तयार पार्ने तथा त्यसका लागि चाहिने भौतिक पूर्वाधार तयारी गर्ने कामका लागि सरकार लाग्ने मन्त्री विश्वकर्माले बताए । सरकारले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता नेपालमा आयोजना गर्ने र उक्त प्रतियोगिता सम्पन्न गर्न ध्यान केन्द्रित गर्ने उनले बताए । त्यस्तै, आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता पनि समयमा सम्पन्न गर्ने उनको भनाइ थियो । उनले विगतका दिनमा प्रतिकूल वातावरणका बीचमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्ने तथा क्षमता विकास गर्ने खेलाडीको योगदानको सरकारले कदर गर्ने चर्चा गरे ।

हृदयघातबाट कतारमा एक नेपालीको मृत्यु

कतार, चैत्र २ । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका एक नेपालीको हृदयघातका कारण शुक्रबार मृत्यु भएको छ । कतारको अल्विदा टेक्निकल सर्ब्जिसेज कम्पनीमा कार्यरत जितन पासवानको काम गर्ने सिलसिलामा गत शुक्रवार हृदयघात भई मृत्यु भएको बताइएको छ । बिगत पाँच वर्षदेखि कतारमा रहेका पासवान सर्लाहीको कविलासी नगरपालिका ८ का स्थायी बासी हुन । मृतक पासवानको शव कतारको हमद हस्पिटलमा राखिएको नेपाल धानुक समाज कतारका अध्यक्ष रामकुमार मण्डलले जानकारी दिए। उनका एक श्रीमति, दुई छोरा र एक छोरी छन।  

भारतमा सैन्य तालिम अनिवार्य गरिँदै, तालिम नलिए सरकारी जागिर नपाइने

नयाँदिल्ली । भारतीय सैनिक फोर्समा भइरहेको युवाको कमी न्यूनिकरण गर्न अनिवार्य सैन्य तालिमको प्रस्ताव गरिएको छ । भारतको एक संसदीय समितिले अनिवार्य सैन्य तालिमबारे कर्मचारी एवम् प्रशिक्षण विभागलाई पत्र लेखेको छ । भारतको सरकारी जागिरमा काम गर्न ५ वर्षे सैनिक तालिमलाई अनिवार्य गर्न पत्रमा सिफारिस गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत पर्छ । अनिवार्य सैनिक तालिमबारे प्रस्ताव तयार गरेर केन्द्र सरकारलाई पठाउन संसदीय समितिले विभागलाई भनेको छ । भारतीय पत्रिका दैनिक भाष्करका अनुसार सरकारी जागिरका लागि सैनिक तालिम अनिवार्य गरिए सशस्त्र सेनामा देखिएको युवाको कमीलाई पूरा गर्न सकिने छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ । कर्मचारी एवम् प्रशिक्षण विभाग नै केन्द्र सरकारका लागि कर्मचारी सम्बन्धी नियम बनाउने विभाग हो । संसदीय समितिले यो प्रस्ताव रक्षा मन्त्रालयलाई समेत पठाएको छ । भारतीय सेनामा मात्रै हाल ७ हजार अधिकृत र २० हजार सेनाको कमी छ । वायुसेनामा १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी छ । भारतीय जलसेनामा समेत १ सय ५० अधिकृत र १५ हजार सेनाको कमी रहेको समाचारमा उल्लेख छ । भारतको केन्द्र सरकारमा ३० लाख र प्रदेश सरकारमा २ करोड कर्मचारी कर्मचारी रहेका छन् । संसदीय समितिले सिफारिस कार्यान्वयनमा आए सेनामा देखिएको अधिकृत र सेनाको कमी पूरा हुनेछ । सैनिक तालिमले कर्मचारीमा अनुशासन बढाउने समेत दावी गरिएको छ ।

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढ्न गएको छ । मंगलबार बजारमा सुनको मूल्य ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा बुधबार सुनको मूल्य बढेर ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य दश रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बुधबार चाँदीको मूल्य बढेर ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रचण्डले बाबुरामलाई भने–‘लाज नमानी माओवादी केन्द्रमा फर्कनोस्’

काठमाडौं, फागुन २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटालाई पार्टीमा प्रवेश गराएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पूर्वमाओवादी नेता देवकोटा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष दाहालले बलियो कम्युनिष्ट केन्द्रको निर्माण समयको माग रहेको बताए । स्थायित्व, समृद्धि र विकासको जनताको चाहना बुझेर एउटै शक्तिशाली कम्युनिष्ट केन्द्रको स्थापना गर्ने अभियान सुरु भएको उनले बताए । ‘समाजवादमा जाने हो भने सबै कम्युनिष्ट एक हुनुपर्छ । नक्कली–सक्कली बनेर हुँदैन । भित्रै बहस गरेर को ठीक को बेठीक भन्ने थाहा हुन्छ’–उनले भने । अध्यक्ष दाहालले नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईलाई पनि पार्टीमा फर्कन आह्वान गरे । उनले भने–‘रेलको डिब्बा छाडेर इन्जिनमात्रै हिँडेर हुँदैन, मालसामान छाडेर इन्जिनमात्रै कुदेर के हुन्छ ? जनता, कार्यकर्ता, आफ्नै रगत र पसिनाका उपलब्धि छाडेर हिँडे मनोगतबाहेक केही हुँदैन । अप्ठ्यारो र लाज नमानी पार्टीमा फर्कनोस् ।’ माओवादी आन्दोलनका नेता–कार्यकर्ताले बाबुरामलाई माया गर्ने भन्दै उनले पार्टीमा पुनःमिलन हुन अनुरोध गरे । देशमा कम्युनिस्ट र दक्षिणपन्थीबीच ठूलो ध्रुवीकरण भइरहेको भन्दै उनले समृद्ध नेपाल निर्माणको ‘लडाइँ’मा केन्द्रित हुन सबैमा आह्वान गरे । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको पक्षमा विभिन्न किसिमले तर्क–वितर्क भइरहेको सन्दर्भ चर्चा गर्दै अध्यक्ष दाहालले जनताले एकताको पक्षमा आदेश दिएको बताए । ‘पार्टी एकताकाबारेमा तर्क गर्न खोज्दा के भनौं, के भनौं भयो भने जनताले एकता गर्न भनेका छन्, जनताको आदेश मान्नुपर्छ भन्नुहोला । यो अवसरवादी तर्क होइन, सही तर्क हो’–उनले भने । कार्यक्रममा नयाँ शक्तिका प्रवक्ता तथा नेता खिमलाल देवकोटाले ‘बाबुरामजीको मनसाय राम्रो भएपनि हिँड्ने तरिका ठीक नभएको’ टिप्पणी गरे ।

किन बिक्री हुँदैनन् पाठ्यपुस्तक ?

काठमाडौं, फागुन २२ । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्क उपलब्ध गराउँदै आएको छ । शिक्षा विभागले उपलब्ध गराएको विद्यार्थी भर्ना तथ्यांकका आधारमा हरेक वर्ष जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तक छाप्दै आएको छ । हरेक वर्ष करोडौं रुपैयाँको पाठ्यपुस्तक छपाइ हुन्छ । त्यसरी छापिएका पाठ्यपुस्तकलाई विद्यालयले बालबालिकाको संख्याका आधारमा किनेर विद्यार्थीका हातमा पुर्‍याउने प्रावधान छ । तर, ती पाठ्यपुस्तक बिक्री हुन नसक्दा जनक शिक्षाको क्षेत्रीय गोदाममा थन्किने गरेका छन् । जनक शिक्षाले गत वर्ष कक्षा ६ देखि १० सम्मका पाठ्युपस्तक २ करोड थान छापेको थियो । उसको धनगढी, नेपालगन्ज, पोखरा, भरतपुर, जनकपुर र विराटनगरमा क्षेत्रीय कार्यालय तथा गोदाम छन् । तिनै कार्यालयबाट पाठ्यपुस्तकका एजेन्टले सम्बन्धित जिल्लामा ढुवानी गर्छन् । जनक शिक्षाका प्रशासकीय तथा प्रेस प्रमुख कृष्ण कटुवाल गत वर्ष मात्र ३२ लाख थान पाठ्यपुस्तक बिक्री नभएको बताउँछन् जसको लागत १५ करोड रुपैयाँ पर्न आउँछ । पाठ्यपुस्तक ढुवानी गर्ने एजेन्ट र विद्यालयका शिक्षकले ‘जनक शिक्षा सामग्री केन्द्रले पाठ्यपुस्तकको सेट एकैसाथ उपलब्ध नगराउँदा बिक्रीवितरण हुन नसकेको’ भन्दै आएका छन् । नयाँ पुस्तकको सेट प्राप्त नहुँदा विद्यालयहरूले पुरानै पाठ्यपुस्तक पढाउने गरेको दाबी गर्दै आएका छन् ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।