संविधान संशोधनको स्वागत गर्दै पाल्पामा जनसभा
देब पचभैया
पाल्पा, पुस ९ । संविधान संसोधनको स्वागतमा पाल्पामा शुक्रवार विशाल मगरात जनसभा गरिएको छ । मगर संघ केन्द्रिय समिति, मगरात संघर्ष समिति र संयुक्त मगर मञ्च नेपालको आयोजनामा तानसेनमा र्याली सहित जनसभा भएको हो । कार्यक्रममा लुम्विनी अंचलका पाल्पा, रुपन्देही, नवलपरासी र कपिलवस्तु बाट सहभागी भएका थिए । मगरात स्वायत्त प्रदेश सुनिश्चितताको दवाव स्वरुप आयोजित कार्यक्रमका वक्ताहरुले संसोधित संबिधानले मगर कलस्टरलाई केही मात्रामा भएपनि एक ठाउमा राखेकाले प्रस्तावित संविधान पास गर्न आग्रह गरेका छन् ।
सभालाई संवोधन गर्दै मगर संघका केन्द्रिय अध्यक्ष नविन रोकाले पहिचान र अधिकार सहितको मगरात प्रदेश प्राप्त नभए सम्म आन्दोलन जारी रहने बताए । अखण्डको आन्दोलन गर्नेहरु संघियता बिरोधी भएको भन्दै अध्यक्ष रोकाले वर्षौदेखि अधिकार बाट बन्चित भएकालाई माथि उठ्न दिनु हुदैन भनेर लाग्नेहरुले संसदमा दर्ता भएको संशोधन प्रस्तावको विरोध गरेको दाबी गरे ।
मगरात जातीय राज्य नभएको भन्दै उहाँले ऐतिहाशिक थात थलो र मगरहरुको पसिना र रगतले सिर्जित स्थानलाई समेटेर अहिले प्रस्ताव गरिएको संसोधित संविधानको विरोध गर्नेहरुले मगरलाई अधिकार दिन बाट बन्चित गर्न खोजेको आरोप लगाए ।
मगरात भुमिबाट राजनिति शुरु गरी स्थापित भएका नेताहरु चन्द्र भण्डारी, टोपबहादुर रायमाझी, प्रदिप ज्ञवालीहरुलाई मगरातको विरुद्ध नलाग्न आग्रह गर्दे पूर्व सभासद एवं
मगरमुतिm मोर्चाका केन्द्रिय अध्यक्ष सुदर्शन वरालले आफ्नो भोट सुरक्षित गर्न उनीहरु रातारात राष्ट्रवादी बनेको आरोप लगाए ।
निर्वाचनको बेला एमालेले बहुपहिचानमा भोट मागेको स्मरण गराउदै अध्यक्ष वरालले उसैले ल्याएको प्रस्तावलाई सरकारले अघि बढाउदा राष्ट्रघाती भयो भन्नु एमालेले प्रतिगामी सोच भएको उनले बताए ।
सांसद तुल्सा रानाले आफु अहिले प्रस्तावित संविधानलाई पारित गराउन संसदमा सक्रिय रहेको बताइन । पछि पारिएका जातीलाई अघिबढाउन मेरो सक्रिय भूमिका हुनेछ, उनले भनिन ।
सभालाई संवोधन गर्दे मगर संघका पूर्व अध्यक्ष महेन्द्र थापा,पूर्व वरिष्ठ उपाध्यक्ष बसन्त घर्ती, संघका भाषिक उपाध्यक्ष दल बहादुर विरकट्टा, केन्द्रिय सदस्य राम जर्घा, मगर संघ रुपन्देहीका अध्यक्ष गिता सारु, जनजाति महासंघ पाल्पाका अध्यक्ष केयर सिंग राना लगाएतले एकिकृत मगरातको बारेमा धारणा राखेका थिए । मगरसंघ लुम्बिनि अंचल प्रमुख धन बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा पाहुनाहरुलाई मगर संघ पाल्पाका अध्यक्ष बल बहादुर गाहाले स्वागत गरेका थिए । एकिकृत मगरातको माग गर्दे यस अघि मगरात क्षेत्रका पोखरा, बाग्लुङ्ग, रुकुम लगाएतका स्थानमा र्यारी र सभा सम्पन्न भैसकेका छन् ।
मापसे गरेर प्रहरीनै आपसमा कुटाकुट गर्न थालेपछि…
ओखलढुंगा, मंसिर २३ । जिल्ला प्रहरीमा कार्यरत सुरक्षाकर्मीले मादकपदार्थ सेवन गरेर औपचारिक पोसाकमै हानाहान गरेका छन् । अरू प्रहरीले नियन्त्रण गर्न नसक्ने गरी सदरमुकामको बीच बजारमै हानाहान गरेका हुन् । सिद्धिचरण ४ स्थित गोरुमारेभञ्ज्याङ चोकमै प्रहरीका जुनियर अधिकृत, प्रहरी हवल्दार र सिपाहीबीचमा हानाहान भएको हो । सुरुमा प्रहरी जवान मनोज यादव लगायतको टोली रमाइलोडाँडामा मदिरा सेवन गर्न गएका थिए । त्यसपछि उनका नजिकका साथीहरू सागर होटलमा मदिरा सेवन गर्न जम्मा भए । त्यतिखेरै सई राजकुमार श्रेष्ठको टोली जिल्ला प्रहरीको गाडी लिएर पुगे । त्यहाँको अवस्था सामान्य देखेपछि उनी फर्किए । तर फेरि अर्का सई पशुपति झालाई पक्राउ गरेर ल्याउन आदेश दिएपछि उनको टोली गयो । सोही समयमा मापसे गरेका प्रहरी टोली गोरुमारेभञ्ज्याङ पुगेका थिए । सई झाको टोलीले पक्रिन थालेपछि हात हालाहाल सुरु भयो । झगडा लगभग एक घण्टासम्म भएको स्थानीयले बताए । ‘अरूको झगडा मिलाउने पुलिस आफंै हानाहान गरेपछि हामीले छुटयाउने अवस्था नै रहेन,’ एक स्थानीयले भने, ‘जिल्लाबाट अर्को टोली पठाएपछि मात्र झगडा नियन्त्रणमा आयो ।’ त्यसपछि नियन्त्रणमा लिइएको टोलीलाई मापसे जाँच गर्दा स्वास्थ्य चौकी, मिसन अस्पताल, ट्राफिकको मेसिनमा समेत प्रमाणित नभएपछि जिल्ला स्वास्थ्य कार्यालय पुर्याइएको स्रोतले बतायो । पक्राउ गरेर लगिएपछि ती जवानहरूलाई राति अबेरसम्म कुटपिट गरिएको एक प्रहरीले नाम नखोल्ने सर्तमा बताए । मंगलबार नै प्रहरी प्रमुख डीएसपी मिलन केसी भने हेलिकप्टर चढेर व्यक्तिगत कामका लागि राजधानी गएका थिए । केही साताअघि सम्म घरेलु मदिरा नियन्त्रणको नाममा जथाभावी रक्सी पोखाउँदै हिँडेको प्रहरीहरू आफैंले बीच बजारमा तमासा देखाएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । जिल्ला प्रहरीका निमित्त प्रमुख दीपक साहले झगडा गर्ने टोलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । यो खबर आजको कान्तिपुरमा छ ।
काम खोज्दै मन्त्री
काठमाडौं, मंसिर २३। गरिब तथा विपन्न वर्गका हितका नाममा मात्रै संघीय तथा स्थानीय विकास मन्त्रालयले एक दर्जन कार्यक्रम हेर्दै आएको छ । उस्तै प्रकृतिका कतिपय कार्यक्रम अरू मन्त्रालयमार्फत पनि फरक–फरक नाममा सञ्चालित छन् । नामै ‘गरिबी निवारण’ रहेको मन्त्रालयमा भने सम्बन्धित एउटै कार्यक्रम छैन । पर्याप्त काम नभएकै कारण सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानी नामअनुसार सरकारले कार्यक्रम दिनुपर्ने, नभए मन्त्रालय नै अन्यत्र गाभिदिनुपर्ने भन्दै हरेक भेटमा प्रधानमन्त्रीसँग माग राख्दै आएका छन् । ‘गरिबी निवारण मन्त्रालयलाई काम नदिने हो भने जहाँ त्यससम्बन्धी काम हुन्छ, त्यहीं काम दिए भइहाल्छ । किन बेग्लै मन्त्रालय बनाएर पंगु बनाउनुपर्यो रु’ प्रधानमन्त्री प्रचण्डलाई पटक–पटक ध्यानाकर्षण गराएको प्रंग उद्धृत गर्दै थानीले भने, ‘भागबन्डा पुर्याउन मात्र मन्त्रालय खडा गरेर हुँदैन, काम दिनुपर्छ ।’ गरिबी निवारण, विपन्न उत्थान कार्यक्रमको कार्यक्षेत्र असन्तुलित, एकतर्फी र अमिल्दो भएको भन्दै उनले मन्त्रिपरिषद् बैठकमा समेत कुरा उठाएका छन् । मन्त्रालयलाई प्रभावकारी बनाउन कम्तीमा ३ वटा कार्यक्रमलाई आफूअन्तर्गत राखिनुपर्ने प्रस्ताव थानीको छ । त्यसमा गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र गरिबसँग विश्वेश्वर कार्यक्रम उनले ल्याउन चाहेका हुन् । ‘यी तीनैवटा कार्यक्रम र आफ्नो मन्त्रालयको उद्देश्य, लक्ष्य एउटै छ । त्यसैले पूरै समाहित वा सम्पर्क मन्त्रालय गरिबी निवारण हुनुपर्छ,’ उनी भन्छन् । हाल गरिबी निवारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोष अर्थ र गरिबसँग विश्वेश्वर स्थानीय विकास मन्त्रालयअन्तर्गत छन् । स्थानीय विकासअन्तर्गत भने वरिष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, अपांग भत्ता, लोपोन्मुख जनजाति सहयोग, बाल संरक्षण, ग्रामीण पहुँच कार्यक्रम, विकेन्द्रित ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन, नेपाल खाद्य संकट सम्बोधन, जीवनस्तर सुधारका लागि स्थानीय पूर्वाधार, कर्णाली रोजगारजस्ता कार्यक्रम छन् । ती सबै गरिब तथा विपन्नको विकाससँग सम्बन्धित हुन् । अर्थ मन्त्रालयअन्तर्गत एक दशकदेखि चल्दै आएको युवा स्वरोजगार कोषमा भने बर्सेनि कम्तीमा ४ अर्ब रुपैयाँ खर्च हुने गरेको छ । गरिबसँग विश्वेश्वरमा पनि यो वर्ष १६ करोड रुपैयाँ विनियोजन भएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
अरुण चौधरीबारे आदेश दिने न्यायाधीशलाई मुगु सरुवा
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने आदेश दिएका थिए । म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो । न्याय प्रशासनको नेतृत्वकर्ता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार ९हिजो० उनलाई मुगु काज सरुवा गरिदिएका स्रोतले जानकारी दियो ।
त्रिभुवन विमानस्थलको अध्यागमनमा प्रभावकारी सेवा दिन सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आइतबार बसेको समिति बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको समन्वयमा आवश्यक जनशक्ति थप गरि अध्यागमनमा सहज र प्रभावकारी सेवा प्रदान गर्न सरकारलाई निर्देशन दिएको हो । त्यस्तै, बैठकले अध्यागमन सम्बन्धमा विद्यमान ऐन नियम समयानुकूल परिमार्जन गर्न निर्देशन दिएको छ भने भिसा लगायतका समस्या समाधान गर्न गृह मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । बैठकले राष्ट्रिय सुरक्षा नीति परिमार्जन गर्न र खुला सीमा व्यवस्था कडा बनाउन पनि निर्देशन दिइएको उनले बताए । बैठकले मानव तस्करी नियन्त्रण गर्न निर्दशन, भिक्षुहरुलाई श्रम भिसा दिनुभन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा उपलब्ध गराउन र सडक माग्नेलाई व्यवस्थित गर्न सरकारलाई निर्देशन दिएको छ ।
चितवनमा बस दुर्घटना २० जना घाइते, दुईको अवस्था गम्भीर
भरतपुर । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताए । रासस
बजेट निर्माण गर्दा उत्पादन वृद्धि र रोजगारी सृष्टिलाई प्राथमिकता दिन्छौं : प्रधानमन्त्री
नुवाकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् । आठौं नुवाकोट महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि उत्पादन वृद्धि हुनेगरी बजेट निर्माण गरिने स्पष्ट पारे । राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परम्परागत बजेट प्रणालीलाई रुपान्तरण गरिने बताए । उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भईरहेको बताए । “अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्, विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन बृद्धि भएको छ”, प्रधानमन्त्रीले प्रचण्डले भने, “यसले अर्थतन्त्रलाई सही बाटोमा ल्याउन मद्धत गरेको छ, पछिल्लो समय राजस्व पनि वृद्धि भएको छ ।” बजेट निर्माण प्रक्रिया अगाडि बढीको बताउँदै प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा नुवाकोटले प्राथमिकता पाउने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले धार्मिक, ऐतिहासिक, कृषि, पर्यटन व्यवसाय र कला संस्कृतिको विकासमा सरकारले सहयोग गर्ने उल्लेख गरे । उनले नुवाकोट दरबारको पुःननिर्माणमा सरकारले ध्यान दिने बताए। सो अवसरमा विभिन्न झाँकी प्रस्तुति गरिएको थियोे ।
यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल माघ २१ गते आइबार तदनुसार सन् २०२४ फेब्रुअरी ४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। सो अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ। तेस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी
काठमाडौं । राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ । हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
बाटोले विकासको सम्भावना खुलेको छ : अर्थमन्त्री डा.महत
नुवाकोट । बाटोले विकासको धेरै ठूलो सम्भावना खुलेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकाश समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले भने, मध्यपहाडी लोकमार्ग पहिला यहाँबाट लैजाने योजना थिएन । पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना थियो । काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर मैले प्रस्ताव गरेको हुँ । अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपूर उपयोग गर्नुपर्छ ।’ मन्त्री डा। महतले भने, ‘शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, विजुली र यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरिक भएको छ । ०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’ महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्नुहुँदै मन्त्री डा.महतले भने, ‘रसायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’ उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री डा.महतले भने, ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्दछु ।’ नुवाकोट जिल्लामा बजेट राम्रोसँग परेको थिएन । डा। रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएका थिए । त्यसपछि केही समय रोकिएको थियो, उनले भने, अहिले जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रकृया अघि बढिसकेको छ । ककनी जाने बाटोमा पनि एक अर्ब ३० करोड रुपैयाँको ठेक्का प्रकृया अगाडि बढिसकेको छ । सूर्यगढी जोड्ने, पञ्चकन्याबाट गोल्फु भन्ज्याङ जाने बाटोका लागि बजेट विनियोजन गरिएको छ । मन्त्री डा.महतले भने, उत्पादन क्षेत्रसँग जोड्ने बाटो निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने सिँचाइ आयोजनाका योजनाहरु पनि राखिएको छ । ‘सडक निर्माणमा एकै पटक बजेट राख्न सकिँदैन । देशमा आवश्यकता धेरै छन्, आम्दानी थोरै छ । अर्थमन्त्रीले देशैभरि हेर्नुपर्छ, मैले नुवाकोटलाई मात्र हेर्न मिल्दैन’ मन्त्री डा. महतले भने, नुवाकोटमा अझ धेरै बजेट राख्ने चाहना हुँदाहुँदै छुट्न गएको छ, ती आउँदा दिनमा समेटिने छन् ।’
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी : राष्ट्रिय सभा निर्वाचनबारे छलफल
काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्मा पुगेर अल्झिएको विधेयकबारे सत्तारुढ दलभित्रबाटै एकमत कायम गर्दै राष्ट्रिय खोजेर अघि बढ्न चाहेका छन् । यी विषयमा छलफल गर्न प्रधानमन्त्रीले गठबन्धनको बैठक बोलाएका हुन् । बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने जानकारी दिए । आज मुख्यतः राष्ट्रियसभाको निर्वाचनबारे छलफल हुने बताइएको छ । साथै आज नै राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई मत माग्दै संयुक्त अपिल आउने बताइएको छ । गत वर्ष नै सरकारले संसद्मा दर्ता गराएको विधेयक पास गर्न प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको निम्ति निरन्तर प्रयास गर्दै आएका छन् । एमालेलाई समेत मनाएर सर्व सहमतिमा विधेयक पास गर्ने प्रधानमन्त्रीको चाहना रहेको छ भने प्रधानमन्त्रीले सर्वसहमत हुन नसके सत्तारुढ गठबन्धनले बहुमतबाट विधेयक पास गरेर अघि बढ्ने तयारी समेत गरेका छन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यसअघि नै आगामी अधिवेशनबाट सो विधेयक सर्वसहमत पारित हुने बताइसकेका छन् ।
विद्युत महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न प्राधिकरणको आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र टंक लाइनबाट बिजुली प्रयोग गरी महसुलको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुलाई किस्ताबन्दीमा बक्यौता बुझाउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्तो प्रयोजनका लागि एक महिनाभित्र निवेदन दिन भनेको हो । प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दी दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । प्राधिकरणले विलको भुक्तानी नगरेको भन्दै केही उद्योगहरुको बिजुली काटेको छ । सोमबार पनि हुलास स्टिलको लाइन काटिएको छ भने बक्यौता नतिरेका अरु ग्राहकको पनि लाइन काट्ने प्राधिकरणले चेतावनी दिँदै आएको छ ।
नेप्से ३६.५७ अंकले बढ्यो
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३६.५७ अंकले बढेको छ । १.८० प्रतिशतले बढेर नेप्से २०५९.४९ को विन्दुमा पुगेको छ । यस दिन ३०९ धितोपत्रका एक करोड ३७ लाख नौ हजार २७६ कित्ता सेयर चार अर्ब ६७ करोड ५२ लाख २४ हजार ९०६ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । १३ मध्ये १२ उपसमूहको समूहगत सूचक बढेको छ । जीवन बिमा उपसमूहको समूहगत सूचक ३.७२ प्रतिशतले बढेको छ । म्युचुअल फन्ड उपसमूहको समूहगत सूचक ०.०१ प्रतिशतले घटेको छ । संगती हाइड्रो इनर्जी, मादी इनर्जी, त्रिशूली जलविद्युत् कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको ५.४६ र प्रभु स्मार्ट फन्डको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।
राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदै अध्यक्ष ओली, आजै सार्वजनिक गर्ने तयारी
काठमाडौं । नेकपा (एमाले) ले राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदैछ । अध्यक्ष केपी शर्मा ओलीले उमेदवारको नामावली आजै सार्वजनिक गर्ने तयारी गरेका छन् । शुक्रबारको सचिवालय बैठकले उमेदवारको विषयमा छलफल गरेपनि क्लष्टर मिलाउन बाँकी राखिएको थियो । बैठकले उमेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उमेदवारको नामावली आजै सार्वजनिक हुने बताए । “उमेदवारको नाम टुंग्याउने जिम्मा अध्यक्षलाई दिइएको छ,” उनले भने, “अध्यक्ष, महासचिवले नाम टुंग्याएपछि उमेदवारको नाम आजै सार्वजनिक होला ।” एमालेले सत्ता गठबन्धनसँग साझेदारी गर्ने विषयमा छलफल समेत भएको थियो । तर, सम्भव नभएपछि एमालेले १९ वटै पदमा उमेदवारी दिने तय गरेको हो । राष्ट्रियसभा निर्वाचनका लागि सोमबार उमेदवारी मनोनयन हुँदैछ । आगामी माघ ११ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। प्रतिष्ठानको कार्यकारी निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि मंगलबार दरखास्त आह्वान गरेको हो। प्रतिष्ठानको कार्यकारी निर्देशकका लागि कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, अन्तर्राष्ट्रिय कानुन, कूटनीति वा आर्थिक कूटनीतिक क्षेत्रमा कम्तीमा १० वर्ष काम गरेको, नेपालको परराष्ट्र नीति तथा मामिलामा विशेष योगदान दिएको र उच्च व्यवस्थापकीय पदमा कम्तीमा ५ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने समितिले जनाएको छ।
बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए । त्यसपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताएका हुन् । उनकाे गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकेर, हावा खुस्काइ र जलाइएको थियो ।