गभर्नरविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सुष्मलता माथेमाको इजलासले अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको हो ।

रिट निवेदकमध्येका अधिवक्ता दीपकराज जोशीका अनुसार अहिलेसम्म अन्तरिम आदेश आइनसकेकाले अर्को सुनुवाइको मिति थाहा भइसकेको छैन ।

रिट निवेदकले गभर्नर अधिकारीको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैंक ऐन २०५८ बमोजिम नभएको जिकिर गर्दै नियुक्ति बदरको माग गरेका छन्

अधिकारीको योग्यतामाथि प्रश्न उठाउँदै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई डाकिएको छ ।

 

 

 

दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्ने अनुमति छैन : जिल्ला प्रशासन कार्यालय काठमाडौं

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको बताएको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आज काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने तयारी गरेको छ । बिहीबार (हिजो) राष्ट्रिय युवा संघ, नेपालले काठमाडौंको तीनकुने र महाअभियान, नेपाललाई बल्खुमा कार्यक्रम गर्न दिए पनि आज कसैलाई पनि कार्यक्रमको अनुमति नदिइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्पष्ट पारेको छ । महाअभियान, नेपालले उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरेको कार्यालयले जनाएको छ । “काठमाडौंको तीनकुने क्षेत्रमा भेलाजम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ,” जिल्ला प्रशासन कार्यालय काठमाडौंले भनेको छ, “यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन ।”

बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् । ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् । कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।

ती हजारौं सहिदहरू कहिल्यै पनि दबिने छैनन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धलाई कसैले दबाउन नसक्ने बताएका छन् । बिहीबार पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा लिखित पुस्तक ‘यात्रा जिन्दगी’ को लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनयुद्धलाई जति दबाउन खोजे पनि पटक–पटक उठिराख्ने बताएका हुन् । उनले जनयुद्धलाई दबाइए चिहानबाट भए पनि फेरि उठ्ने बताए । ‘मलाई के लाग्छ भने पृथ्वीनारायण शाहको एक खालको कर्म पछिको ठुलो कर्म नेपाली जनताले अगाडी ल्याएको त्यहीँ (जनयुद्ध) नै हो । त्यसलाई अहिले जति दबाउन खोजे पनि इतिहासमा पटक–पटक त्यो उठिराख्छ’, प्रधानमन्त्रीले भने, ‘त्यो चिहानबाट फेरि उठ्छ । किनभने हजारौं मान्छेहरूले आफूखुसी बलिदान गरेको आन्दोलनलाई कसैले दबाएर अहिले एकछिन दबाइयो भनेपनि फेरि उठ्छ त्यो । ’ उनले कार्ल मार्क्सले महान् उद्देश्यको निम्ति समर्पित भएर त्याग गर्ने सहिदहरू कहिल्यै नमर्ने भनेको स्मरण गर्दै अहिले एकछिन दबाइएर चिहानमा पुरिए पनि चिहानबाट फेरि ती जाग्ने र जिउँदा मान्छेका निम्ति प्रेरणा भएर फेरि आउने बताए । ‘ती हजारौँ सहिदहरू कहिल्यै पनि दबिने छैनन्’, प्रचण्डको भनाइ छ । प्रधानमन्त्री दाहालले जनयुद्ध पृथ्वीनारायण शाहको राज्य एकीकरणपछि दोस्रो ठुलो जनताको तहबाट भएको विद्रोह र पहलकदमी भएको भन्दै सोही कारण आफूले शाहको जन्म जयन्तीका दिन बिदा दिने निर्णय गर्न आँट गरेको बताए । कार्यक्रममा बोल्दै पूर्व उपराष्ट्रपति पुनले पुस्तकमार्फत आफ्नो राजनीतिक संलग्नता र उतारचढावहरूको बारेमा उल्लेख गरिएको बताए । उनले १२ बुँदे समझदारीप्रति भ्रम फैलाइएको भन्दै सो समझदारीको सम्बन्धमा स्पष्ट कुरा पुस्तकमा उल्लेख गरिएको पनि बताए । नेपालको शान्ति प्रक्रियाको सम्बन्धमा अनमिनले खेलेको भूमिकाका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको पुनको भनाइ छ । पुस्तकमा जनयुद्धकालमा अध्यक्ष प्रचण्डदेखि अन्य नेताहरू सँगको आफ्नो सम्बन्ध, राजनीतिक भूमिकाहरूको पनि पुस्तकमा चर्चा गरिएको पुनको भनाइ छ ।

भूकम्पबाट जाजरकोटमा मृत्यु हुनेको संख्या ९२ पुग्यो

काठमाडौं । जाजरकोटमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । आठ जना गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ । अहिलेसम्म ९२ जनाको मृत्यु भएको पुष्टि भएको र यो संख्या थप बढ्नसक्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार ५५ जना घाइते भएका छन् । गाउँगाउँमा ठूलो संख्यामा घाइते भएको हुनसक्ने तर विवरण आउन नसकेको बताइएकाे छ ।

दुई पाइलटको झगडा : रामेछाप विमानस्थलका प्रमुख निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रामेछाप विमानस्थलका प्रमुख अशोक थापालाई निलम्बन गरेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानस्थलका प्रमुख थापाले समयमा घटनाको बारेमा प्राधिकरणलाई जानकारी नगरेको भन्दै अर्को सूचना नआउन्जेलसम्मका लागि निलम्बन गरिएको हो । शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलटबीच झगडा भएको थियो । शुक्रबार बिहान उक्त विमानस्थलमा तारा एयरका दुई पाइलट सन्जीव श्रेष्ठ र सन्तोष शाहबीच झगडा भएको थियो । प्राधिकरणले दुई पाइलटलाई निलम्बन गरिसकेको छ ।

प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेकाे हाे । सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए। त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका सापकोट त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि काम गर्दै आएका छन्। उनी अन्तर्राष्ट्रिय सम्बन्ध,भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका विषयका हुन्।

समाजवादी मोर्चाको सुदुरपश्चिम सन्देश सभा आज

धनगढी । समाजवादी मोर्चाको सुदुरपश्चिम सन्देश सभा आज हुँदै छ । भेला सुदुरपश्चिमको धनगढीमा २ बजे हुनेछ । सन्देश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धनगढी प्रस्थान गरेका छन्। भेला एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित भएको थियो।

मुख्यमन्त्रीमा नियुक्त हुँदै कार्की, आङ्वो सनाखतमा नजाने

काठमाडौं ।कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुने भएका छन् । कोसी प्रदेशमा मुख्यमन्त्रीमा कांग्रेसका ८ र नेकपा एमालेका ३९ सांसद सांसद परिचयपत्रसहित भेला भएर सनाखत गरिहेका छन् । बिहीबार कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा कांग्रेसका केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । कोसीका प्रदेश प्रमुख परशुराम खापुङले सनाखत प्रयोजनका लागि सांसदहरूलाई आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म उपस्थित हुन समय दिएका थिए । मुख्यमन्त्रीमा केदार कार्कीलाई कांग्रेसका आठ र एमालेका ३९ सांसदले समर्थन गरेका छन् ।अर्कोतिर माओवादी केन्द्रका इन्द्र आङ्बोले पनि ४७ सांसदको हस्ताक्षरसहित दाबी पेस गरेका थिए । तर, गठबन्धनले मुख्यमन्त्री प्रस्ताव गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वो सनाखतमा नजाने भएका छन् ।

कोशीका मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिदैं, मत पाउँन कठिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिदै छन् । गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका हुन् । उनी सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका हुन् । संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना,नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । बिवश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरु गठबन्धनका रहेका छन् । कांग्रेस, माओवादी,एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन । कार्कीको रणनीति गठबन्धनमा रहेका दलहरुलाई फुटाएर बहुमत जुटाउन सकिन्छकि भन्ने रहेको छ । त्यसका नेकपा एकीकृत समाजवादीका ४ मध्ये २ जना सांसद आफ्नो पक्षमा ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिने कार्कीको प्रयास छ । यसो गर्दा कार्कीको पक्षमा ४८ जना सांसद पुग्नेछन् । राप्रपाले पहिलादेखि नै कार्कीलाई सघाउँदै आएको छ । तर कतिपयले नेकपा एकीकृतका सांसदहरु मुख्यमन्त्री कार्कीको पक्षमा नजाने र कार्कीले बिश्वासको मत नपाएर सरकार ढल्ने बताएका छन् ।

बझाङ थलारा गाउँपालिकामा एमाले, कांग्रेस परित्याग गरी सयौंको संख्यामा माओवादी प्रवेश

काठमाडौं । बझाङ थलारा गाउँपालिका वडा नं १, २, ३ र ७ बाट नेकपा एमाले र कांग्रेस परित्याग गरी सयौं नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने गरेका छन् । जनतासँग विशेष रुपान्तरण अभियानको क्रममा जनतासँगको व्यापक छलफल पछि कांग्रेस एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् । जनतासँग माओवादी विशेष रुपमान्तरण अभियानको क्रममा जनसुदायसँग व्यापक छलफल पछि नेकपा (एमाले) र नेपाली कांग्रेस परित्याग गरी ६८ जना कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेको सो पालिकाको ईन्चार्जको जिम्मेवारीमा रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य केशवनाथ योगीले जानकारी दिए । प्रवेश गर्नेहरूमा भीम बहादुर कामी,जयलाल डौडे, दिल बहादुर दहाल, मनी नेपाली,देउमती दहाल,धौउली नेपाली,ममता देवी दहाल, कलु देवि बिक,पिउली बिक,जला बिक,पार्वती बिक, सन्तोषी बिक,पारू बिक, भगु दहाल,बासु दहाल,मुना दहाल, दिनेश बिक,रोशनी बिक रहेका छन् । त्यसैगरी सोही गाउँपालिकाको बेराडी टोलबाट माओवादी केन्द्रमा प्रवेश गर्नेहरू मदन थापा अध्यक्ष, पारु थापा सचिव, हिरा थापा सह सचिव, मान ब थापा, महाविर थापा, राईभान थापा, पार्वती थापा, कलु थापा, पारु थापा, पर्वत थापा, नरि थापा , दुर्गा थापा, प्रकाश थापा, टेक ब.थापा, अनिस सायर, उमेश थापा, गंगा थापा, मदने थापा, मोहन बिक रहेका छन् । माओवादी केन्द्र झाङ थलारा गाउँपालिका वडा नं १ मोतीपुरमा विभिन्न दलबाट पार्टी प्रवेश गर्नेहरूमा पदमा निरौला, किथ्थी बिक,परशुराम जैशी, प्रयागराज जैशी, बलराम जैशी,नवराज जैशी,गोपीलाल जैशी, रवि जैशी, भक्तराज जैशी र नन्दराम जैशी रहेका छन् । सोही गाउँपालिकाको वडा नं ७ लम्बा झपाली पुरै टोल नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र मा प्रवेश गरेका छन्।प्रवेश गर्नेहरूमा बर्ख ओखेडा, दिपक ओखेडा, बिष्णु आग्री, मिजुली आग्री, ईन्द्रा देवी ओखेडा, झिमा आग्री, सीता देवी ओखेडा, विसुदेवि ओखेडा सचिव, काली देवि ओखेडा, हिरा ओखेडा, प्रकाश ओखेडा, प्रेमबहादुर ओखेडा, हरिचन्द्र उपाध्याय, किसन ओखेडा, चन्द्र आग्री, वीर बहादुर ओखेडा, जोगी सुनार, अर्जुन सुनार, हरि ओखेडा र कालू आग्री रहेका छन् ।

चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह

काठमाडौं । नेकपा माओवादी केन्द्रको जनस्वास्थ्यकमी महासंघका महासचिव एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनस्वास्थ्य विज्ञ दिपेन्द्र खण्डकाले चिकित्सकलाई जनताको विश्वास जित्ने गरी काम गर्न आग्रह गरेका छन् । उनले चिकित्सक संघले आजदेखि गरेको स्वास्थ्य सेवा बन्दको कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै गरेका हुन् । प्रधानमन्त्रीले दोषिमाथि कारबाहीको निर्देशन दिएको उनीहरू पक्राउ परिसकेको अवस्थामा आन्दोलन गर्नु जिम्मेवार कदम नहुने उनको भनाई छ । उनले लेखेका छन् -‘हेटौंडा अस्पतालमा चिकित्सकमाथि आक्रमकण गर्नेहरूलाई पक्राउ गरी तत्काल कार्बाही गर्न सम्माननीय प्रधानमन्त्री ज्यूले घटना लगत्तै निर्देशन गरिसक्नु भएको छ । त्यससँगै सरकारले आक्रमण गर्नेहरूलाई पक्राउ गरी कार्बाही प्रक्रिया समेत अगाडि बढाएको छ । सरकारले गरेको भुमिकाप्रति नेपाल चिकित्सक संघ जानकार हुँदाहुँदै जनताको आधारभुत स्वास्थ सेवा समेत अबरुद्ध हुने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु कदापी जिम्मेवार कदम होईन। रचनात्मक तरिकाले दबाब दिन र सेवा अबरुद्ध नगरी आम जनताको विश्वास जित्न तथा थप जिम्मेवार बन्न नै बुद्धिमता हुन्छ।’

सुवास नेम्वाङको अन्त्यष्ठीका दिन माओवादीद्धारा सार्वजनिक कार्यक्रमहरू स्थगित

काठमाडौं । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको अन्त्यष्ठी गरिने दिन माओवादी केन्द्रले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरू २८ गतेका लागि स्थगित गरेको छ ।नेम्वाङको श्रद्धाका लागि माओवादी केन्द्रले सो निर्णय गरेको बागमती प्रदेश कार्यलयले एक सूचना जारी गर्दै जनाएको छ । यस्तो छ सूचना प्रिय कमरेड अभिबादन । उपरोक्त सन्दर्भमा संबिधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष क.सुवास नेम्वाङको भोली मिति २०८० भाद्र २८ गते राजकिय सम्मानका साथ अन्त्यष्ठी गरिने र नेपाल सरकारले सार्वजनिक विदा समेत घोषणा गरेको यस शोकपुर्ण सन्दर्भमा हाम्रो पार्टीले संचालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफलहरु बाहेकका सार्वजनिक कार्यक्रमहरु २८ गतेका लागि स्थगित गरी श्रद्धा ब्यक्त गर्नु हुन पार्टी केन्द्रको आदेश अनुसार अनुरोध गरिन्छ । नेकपा (माओबादी केन्द्र) बागमती प्रदेश कार्यलय ,

वातावरण दिवस : प्लाष्टिकजन्य प्रदूषण निर्मूल पार्न सबैले सहयोग गर्न प्रधानमन्त्रीको अपिल

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभकामना व्यक्त गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन यो दिवस मनाउँदै आएको हो । ५०औँ वार्षिकोत्सवका अवसरमा उनले यस वर्ष विश्वव्यापी रूपमा तय भएको नारा “विट प्लाष्टिक पोलुसन” र मूल विषय “सोलुसन टु प्लास्टिक पोलुसन” लाई हाम्रो आफ्नै मौलिक शैलीमा “प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ” भन्ने राष्ट्रिय नाराकासाथ देशव्यापी रूपमा मनाउन लागिएको छ । आ–आफ्नो ठाउँबाट यस राष्ट्रिय अभियानमा सरिक हुन सबैमा उनले शुभकामना मार्फत आव्हान गरेका छन् । प्लाष्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी यस दिवस मनाउन गइरहेका छौँ। प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेको छ। एकातर्फ, यसले उद्योगमा क्रान्ति ल्याएको छ, हाम्रो दैनिक सुविधाहरूमा सुधार गरेको छ र हामीलाई अनगिन्ती लाभहरू प्रदान गरेको छ। अर्कोतर्फ, यसको अत्यधिक र अव्यवस्थित प्रयोगले ठुलो वातावरणीय समस्या सिर्जना गरेको छ। हाम्रा महासागरहरू, ल्यान्डफिल साइटहरू, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्रहरू जताततै प्लास्टिकको फोहोरले भरिएका छन्, जसले मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा बढ्दै गइरहेको छ शुभकामना सन्देशमा उल्लेख छ । प्रत्येक वर्ष, विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामाग्रीहरू उत्पादन हुने गरेको र यसको ठुलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ। यसले पारिस्थितिक प्रणालीलाई समेत नराम्रोसँग असर पुर्‍याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयास स्वरूप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा प्लास्टिक पोलुसन ट्रिटी सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको छ ।

बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने

सरकारले स्थानिय सरकारसंगको समन्वयमा बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउने भएको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले स्थानीय तहसँगको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरी बागमती र विष्णुमती लगायत नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाइने जनाएका छन् । काठमांडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नदी किनारामा रहेका अनाधिकृत बसोबास हटाउन संघिय सरकारले सहयोग नगरेको आरोप लगाँउदै आएका थिए ।

आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने

काठमाडौं । आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाल दुई सातापछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने बताएका छन् । अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै काम सकिएपछि यही महिनाको अन्तिममा नेपाली खेलाडी दक्षिण अफ्रिका उड्ने क्यानले जनाएको छ। नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामै बसेर गर्नेछ। त्यहाँ रहँदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्म अप खेल खेलाउने क्यानको तयारी छ। दक्षिण अफ्रिकामा रहँदा बलियो घरेलु टोलीसँग अभ्यास खेलका लागि प्रस्ताव गर्ने क्यानले जनाएको छ। आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन् । नेपालले बन्द प्रशिक्षणको लागि केही दिनभित्रै टोलीको घोषणा गर्ने तयारी गरिरहेको छ।