कस्तो अनौठो जागिर, अब चोरका लागि पनि यस्तो अवसर !
काठमाडौँ, पुस १३ ।
सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । बेलायतमा चोरका लागि जागिर खुलेको छ । बेलायतमा कपडाको शोरूम चलाउने एक महिलाले चोरहरूलाई घन्टाको ६५ सय रुपैयाँको हिसाबमा तलब दिइने गरी जागिर खुलेको हो । उनले बार्क डट्कममा यो जागिरको अफर पोस्ट गरेकी हुन् । पसलबाट धेरै चोरी भएपछि हैरान परेकी उनले खुलाएको जागिरको शर्तमा हरेक घन्टा उनको पसलबाट चोरी गर्नुपर्ने रहेको छ ।
उनी भन्छिन्, ‘यो अलि फरक किसिमको जागिर हो । बिदाको सीजन चल्दै गर्दा मेरो पसलमा असाध्यै चोरी हुन्छ । धेरै वर्षदेखि यसो भइरहेको छ । यो समस्यालाई मैले जसरी भएपनि समाधान गर्नुपर्छ । त्यसैले मैले चोरलाई जागिर दिएकी हुँ ।’ महिलाले आफ्नो नाम खुलाएकी छैनन् ।
पसलमा सीसीटीभी क्यामरा लगायत अनेकौं सुरक्षा व्यवस्था भएपनि चोरी भइरहँदा महिला हैरान छिन् । यसरी जागिर दिँदा कसरी चोरी हुने रहेछ भनेर जान्न सकिने ति महिलाको अपेक्षाको छ । एजेन्सीको सहयोगबाट
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक पारित
काठमाडौँ । ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । विधेयक पारित गरियोस् भनी उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा प्रस्ताव पेश गरेका थिए। यसअघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सांसद प्रेम सुवाल र दुर्गा पौडेलले छलफलमा भाग लिनुभएको थियो । उहाँहरुले गर्भपतनको अधिकार आमालाई हुनुपर्ने, एक वर्ष बिदा नलिनेले के गर्ने भन्ने व्यवस्था हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए । समितिले संशोधन गरेको सो विधेयकको दफा एकदेखि १२ सम्मको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको छ । यसैगरी विधेयकको दफा दुईदेखि ३७ सम्मका संशोधन पनि सर्वसम्मति पारित भएको छ । विधेयकको नाम र प्रस्तावना पनि सर्वसम्मतिले पारित भएको छ । रासस
कविता : पुरुष तिमी को ?
सरस्वती चौलागाईं समानताको बगैंचा खोज्दै कालो बादलभित्र मान्छे हौं भन्ने नारा लकार्दै कस्तो कोर्दैछौं चित्र बाँच्ने यात्रामा म मान्छे हुँ भन्दै माग्छौं भिख यहाँ चुचुरो चुम्दै छ, कसै खोज्दै जाउँ न्याय कहाँ ? नजरबन्दमा राख्छ समाज युगीनार्तन यो आमाको वात्सल्य लत्याई हिड्ने पुरुष तिमी को ?
१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बिमस्टेको चौंथो सम्मेलन सम्पन्न
काठमाडौं, भदौ १५ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो सम्मेलन राजधानीमा सम्पन्न भएको छ । शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको मार्ग प्रशस्त भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । नेपालले सन २०१४ देखि बिमस्टेकको अध्यक्षता गर्दै आएको थियो । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।
गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक
रसुवा । जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो । गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र कुण्डदेखि धुञ्चेसम्म मेला भर्ने सबै यात्रु गन्तव्यतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गोसाइँकुण्ड मेला शान्त वातावरणमा सम्पन्न भएको हो । गोसाइँकुण्ड मेलामा लेक लागी जटिल अवस्थामा पुगेका नौजनालाई नेपाली सेनाले उद्धार गरेको थियो । रासस
एनआरएन कतारको समन्वयमा कतारमा तीज मनाइदै
दोहा, साउन ३१ । आउदै गरेको नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीज कतारमा पनि भव्यताका साथ मनाइने भएको छ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा आगामी सेप्टेम्बर १४, २०१८ का दिन दोहाको गल्फ प्याराडाइज होटलको सभाहलमा कार्यक्रम गर्ने एनआरएनए कतारले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । विगतको जस्तै संस्थाले कार्यक्रमको शुल्कसमेत तोके छ । सूचनामा बताइए अनुसार आयोजकको लागि आयोजक शुल्क कतारी रियाल ५१ कतारीयन रियाल निर्धारण गरेको छ । आयोजक रहन इच्छुक संघसंस्थालाई आफ्नो संस्थाको नाम दर्ता समेत गराउन अनुरोध गरेको छ । जसमा संस्थाका प्रथम उपाध्यक्ष ५५८६८२१४ र सचिव ६६४४३१४७ नम्बरमा सम्पर्क गरि आगामी ३१ अगष्ट २०१८ सम्म दर्ता गराउन सकिने जानकारी गराइएको ।
साउनको पहिलो सोमबार : दर्जनौै शिवालयमा भक्तजनको घुइँचो
भद्रपुर । आज साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगा लगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो । साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो । अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए। विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयहरूमा भेला भएका छन् । रासस
मनकामना केबुलकारलाई उत्कृष्टताको प्रमाणपत्र
चितवन, असार ३२ । गाेरखाकाे इच्छाकामना गाउँपालिका अन्तर्गत कुरिनटारमा रहेको नेपालकै पहिलो मनकामना केबुलकारले निरन्तर चौथो वर्ष उत्कृष्टताको प्रमाणपत्र (सर्टिफिकेट अफ एक्सिलेन्स) पाएको छ । विश्वको ठूलो र विश्वसनीय ट्राभल साइट ट्रीप एड्भाइजरले सेवाग्राहीको मूल्यांकनको आधारमा मनकामना केबुलकारलाई सन् २०१८ का लागि उत्कृष्टताको प्रमाणपत्र दिएको हो । सेवाग्राहीहरुको मूल्यांकन (रिभ्यु) को आधारमा उच्च प्रशंसा प्राप्त गर्न सफल भएकोले मनकामना केबुलकारलाई सर्टिफिकेट अफ एक्सीलेन्स प्रदान गरिएको ट्रीप एड्भाइजरले जनाएको छ । ‘ग्राहकहरुको वास्तविक मूल्यांकनको आधारमा हामीले यो प्रमाणपत्र पाएका हौँ’ मनकामना दर्शन प्रा.लि.का कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले भन्नुभयो, ‘सन् २०१५ देखि निरन्तर उत्कृष्टताको प्रमाणपत्र पाएका छौँ ।’ ट्रीप एड्भाइजरको वेबसाइटमा चीन, भारत, बंगलादेश, इंग्ल्याण्ड, संयुक्त अरब इमिरेट्स लगायतका देशबाट नेपाल आई मनकामना केबुलकार चढेका यात्रुले मनकामना केबुलकारबारे रिभ्यु गरेका छन् । ९० वटा रिभ्युमध्ये ६४ जनाले उत्कृष्ट, १७ जनाले धेरै राम्रो, तीन जनाले औसत, दुई जनाले कमजोर र चार जनाले डरलाग्दो भनी मूल्यांकन गरेका छन् । पाँच अंकको समग्र मूल्यांकनमा मनकामना केबुलकारले चार दशमलव पाँच अंक (रेटिङ) प्राप्त गरेको छ ।
सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम
काठमाडौं, असार २८ । अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ । संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ । संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ । “नेपालको शिक्षा क्षेत्रको प्राविधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी देशको निम्न मध्यम वर्गीय जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो । तर बिडम्बनाको कुरा, राज्यले नै शिक्षाको दायित्व ग्रहण गर्नुको साटो शिक्षालाई व्यापारिक वस्तु झै बनाएकोले संस्था र राज्यमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केहि भ्रष्ट ब्यक्तिहरु र शैक्षिक माफियाका कारण यो संस्था सधैं अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको कुरा दुःखद छ । सिटिइभीटीको पारदर्शिता, प्राविधिक जनशक्ति उत्पादनमा प्रभावकारी भूमिकाको बढोत्तरी, निम्न मध्यम वर्गका जनताको पहुंचमा सिटिइभीटी हुनुपर्ने लगायत समग्र शैक्षिक प्रणालीको रुपान्तरणका निम्ति संघर्षरत हाम्रो संगठन अखिल (क्रान्तिकारी)द्वारा तपशिलका विषयहरुमा यो मागपत्र पेश गरिएकोछ । यी मागहरुको सुनुवाइको निम्ति १० दिनको समयावधी उपलब्ध गराउदछौं । अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउँदछौं” मागपत्रमा भनिएको छ । यी हुन् क्रान्तिकारीका ५ बुँदे माग १) शिक्षा मन्त्रालयले गठन गरेको ‘शूल्क निर्धारण तथा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा शूल्क बढाउन गरेको नियोजित प्रस्तावप्रति खेद प्रकट गर्दछौं । साथै शुल्क वृद्धि रोक्न जोडदार माग गर्दछौं । शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड अवलम्वन गरि लागु गरियोस । २) हाल प्रदान गरिएका विभिन्न कार्यक्रम अन्तर्गतका १० प्रतिशत छात्रवृत्ति कोटा लक्षित वर्गका विद्यार्थीको पहुँचमा पुग्न नसक्नुका साथै अपर्याप्त भएकोले उक्त छात्रवृत्ति कोटामा पारदर्शी प्रक्रिया अपनाइयोस् । साथै छात्रवृत्ति कोटा २० प्रतिशत पु¥याउन जोडदार माग गर्दर्छौ । ३) हालको परीक्षा प्रणालीले मौका परीक्षाको व्यवस्था नगरेको हुँदा हजारौं विद्यार्थी एक वर्षसम्म परीक्षाको लागि पर्खिनुपर्ने र यसबाट विद्यार्थीलाई व्ययभार पर्ने र समय खेर जाने भएका कारण विद्यार्थी मर्कामा पर्ने भएकाले अनिवार्य रुपमा मौका परीक्षाको व्यवस्था गरी तुरुन्तै लागू गरियोस् । ४) मापदण्ड अनुसार आवश्यक पूर्वाधार लगायतका प्रक्रिया पूरा नगरेका शैक्षिक संस्थाहरुलाई पहुँचका आधारमा, प्रलोभनमा परेर सम्बन्धन दिन खोजिएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो गरिएमा कडा संघर्षमा उत्रिन वाध्य हुनेछौं । ५) मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन , नियमन र कार्वाही गर्न माग गर्दछौं ।
विश्वकप विशेष : ‘नकआउट’ चरणका खेल अाजबाट, कसले काेसँग खेल्ने ?
एजेन्सी, असार १६ । रसियामा जारी विश्वकपमा अाज (शनिबार) बाट ‘नकआउट’ चरणका खेल सुरु हुँदैछन् । कूल ३२ टिममध्ये १६ टिम नकआउट चरणमा पुगेका छन् । नकआउट चरणको पहिलो खेलमा शनिबारसमूह सीको विजेता फ्रान्स र समूह डीको उपविजेता अर्जेन्टिना खेल्दै छन् । फ्रान्स समूूह चरणमा सहज जित हात पार्दै नकआउट चरणमा पुगेको हो भने अर्जेन्टिना कठिन परिस्थितिकाे सामना गर्दै समूह डिकाे उपविजेता बन्न सफल भएको हो । अाजकाे पहिलाे खेल राति पौने ८ बजेपछि सुरु हुनेछ । शनिबार राति पौने १२ बजे समूूह ए को विजेता उरुग्वे र समूूह बीको उपविजेता पोर्चुगल खेल्नेछन् । उरुग्वे समूूह चरणका सबै खेल जित्दै ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुुग्दा पोर्चुगल भने ५ अंकका साथ समूहको उपविजेता बनेको थियो । उसले समूूह चरणमा १ खेलमा जित र २ मा बराबरी खेलेको थियो । यस्तै, आइतबार राति समूह बीको विजेता स्पेनले समूह एको उपविजेता घरेलु टोली रुससँग खेल्नेछ । प्रतियोगिता सुरु हुनु अघिसम्म धेरैले औषत टिम मात्र मानेको रुसले समूह चरणमा गतिलो खेल प्रदर्शन गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको हो । यो खेल आइतबार राति पौने ८ बजेपछि सुरु हुनेछ । आइतबार राति नै समूह सीको उपविजेता डेनमार्क र समूह डीको विजेता क्रोएशिया खेल्नेछन् । यो खेल राति पौने १२ बजे सुरु हुनेछ । समूह ईको विजेता ब्राजिलले समूह एफको उपविजेता मेक्सिकोसँग सोमबार खेल्नेछ । खेल राती पौने ८ बजेपछि शुरु हुनेछ । सोमबार नै राती पौने १२ बजेपछि सुरु हुने अर्को खेलमा समूह जीको विजेता बेल्जियम र समूह एचको उपविजेता जापान खेल्नेछन् । मंगलबारको पहिलो खेलमा समूह एफको विजेता स्वीडेन र समूह ई को उपविजेता स्वीट्जरल्याण्ड आमनेसामने हुनेछन् । खेल राति पौने ८ बजेपछि शुरु हुनेछ । अन्तिम प्रिक्वार्टरफाइनलमा समूह एचको विजेता कोलम्बिया र समूह जीको उपविजेता इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल मंगलबार राति पौने १२ बजेपछि सुरु हुनेछ । प्रिक्वार्टरफाइनलबाट ८ टिम बाहिरिनेछन् भने ८ टिम क्वार्टरफाइनल चरणमा प्रवेश गर्नेछन् । नकअाउट चरणकाे खेल तालिका
टिपर ठक्करबाट स्कुटर चालकको मृत्यु
भक्तपुर, असार ८ । आज बिहान मध्यपुरथिमि नगरपालिका सानोठिमी क्याम्पस अगाडि ५ः३० बजे टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । पेप्सिकोलाबाट सानोठिमीतर्फ आइरहेको बा ६६प ८५५३ नम्बरको स्कुटरलाई सोही दिशाबाट आइरहेको बा २ क ३९३४ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक चेलाङ घर भई हाल मध्यपुरथिमि नगरपालिका-६ बस्दै आएका ४८ वर्षीय चेतबहादुर थापाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तीव्र गतिमा आएको टिपरले अगाडि गइरहेको स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको र टिपर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलबाट फरार टिपरलाई प्रहरीले जगातीबाट नियन्त्रणमा लिएको जानकारी दिएको छ । प्रहरीले टिपर चालक ललितपुर बस्ने ३० वर्षीय राजन खड्गी र टिपरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिनुभयो । -रासस
धौलागिरिको फेदमा होटल व्यवसाय
म्याग्दी । वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ । राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर बास बस्छन् । धौलागिरि गाउँपालिका–४ बगराका हरिप्रसाद तिलिजाले विगत २५ वर्षदेखि मुदीस्थित धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा होटल सञ्चालन गर्दै आउनुभएको छ । तिलिजाले आफ्नो जीवनको महत्वपूर्ण समय यही होटलमा खर्चिनुभएको छ । यहाँबाट धौलागिरि हिमालको आधार शिविर पुग्न एक दिनको पदयात्रा गर्नुपर्छ । मुदीको अन्तिम मावनबस्ती जेल्टुङदेखि दुई दिनको पैदलदुरीमा रहेको ‘इटाली क्याम्प’मा धौलागिरि पदमार्ग हुदै आधार शिविर, चक्रिय धौलागिरि र धौलागिरि हिमालको आरोहणको लागि आउने पर्यटक बास बस्छन् । “पर्यटककै सुविधाका लागि होटल सञ्चालन गरेको हुँ,” उहाँले भन्नुभयो । उहाँले पर्यटकको लागि खाना र बास बस्ने बन्दोबस्त मिलाउनुभएको छ । समुद्री सतहदेखि करीब तीन हजार ६०० मिटर उचाइमा अवस्थित इटाली आधार शिविरमा तिलिजाले सञ्चालन गरेको होटलको क्षमता ४० जना अटाउने रहेको छ । उहाँले निर्माण गर्नुभएको पाँचवटा मैदानमा तीनसय जना अटाउन सक्छन् । दिउँसो यिनै मैदानमा हेलिकप्टर अवतरण गरिन्छ । यहाँ मुदी, बगरा, दोभान हुँदै पदयात्रा गरी पुग्न सकिन्छ । कतिपय पर्यटक हेलिकप्टरमार्फत पुग्छन् । यो पर्यटक बास बस्न मिल्ने एउटा मात्रै होटल हो । पदमार्ग सहज नभएका कारण धेरैजसो पर्यटक म्याग्दीको ताकमसम्म यातायातका साधनमार्फत तथा त्यहाँबाट हेलिकप्टर चढी इटाली क्याम्प पुगेर धौलागिरि हिमालको आधार शिविरतर्फ लाग्छन् । होटल वरपरको क्षेत्रमा धौलागिरि १, मानापाथि, धौलागिरि २, धौलागिरि पाँच, छेउवन पिकलगायतका हिमशृंखला रहेका छन् । संसारको सातांैँ अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर)को आधार शिविर हुँदै धौलागिरिको फन्को मार्न तथा हिमाल आरोहण गर्ने पर्यटकका सुविधाका लागि होटल सञ्चालन गरेको तिलिजाले बताउनुभयो । होटल क्षेत्रबाट वरिपरिका हिमालबाट बग्ने आइसफलको दृश्य हेर्न त्यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्छन् । ‘‘यहाँ आउन कठिन छ, जति दुख हुन्छ, आइसकेपछि सबै थकान यहाँको प्राकृतिक सौन्दर्यताले मेटाइदिँदो रहेछ’’ आन्तरिक पर्यटक युवराज पौडेलले भन्नुभयो । इटाली क्याम्पबाट हिमशृंखलाको साथै विभिन्न झरना, डाँफे, मुनाल, मृग लगायतका जंगली जनावर र पशुपक्षी नजिकबाट अवलोकन गर्न सकिन्छ । बेनीका बालकृष्ण सुवेदी लोपउन्मुख जनावरलाई नजिकबाट अवलोकन गर्न पाउँदा खुशीको सीमा नरहेको बताउनुहुन्छ । “यस ठाउँलाई केन्द्रित गरी पूर्वाधार निर्माण र प्रचारप्रसार आवश्यक छ,” उहाँले भन्नुभयो । होटल सञ्चालन गर्न तिलिजाले रु ४० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । उहाँले शुरुमा चौरवनमा खाजा पसल सञ्चालन गर्नुभएको थियो । पछि छाप्रो हालेर होटल शुरु गर्नुभएको हो । होटल गरेदेखि अहिलेसम्म भएको सबै आम्दानी त्यसकै क्षमता विस्तारमा खर्चिएको उहाँले भनाइ छ । धौलागिरि पदमार्गमा वर्षमा ४० देखि ५० वटा समूहमा पर्यटक पुग्ने गरेका छन् । उहाँले सोलारमार्फत बिजुली बाल्नुभएको छ । “खानेपानीको समस्या छ, एक किलोमिटर टाढाको मुहानबाट पानी ल्याउने योजना छ,” उहाले भन्नुभयो । उहाँले स्याटेलाइट फोन सेवासमेत सञ्चालन गर्नुभएको छ । पर्यटनको सम्भावना भएपनि पदमार्ग, ठाउँ ठाउँमा होटल, सञ्चार सुविधा अभाव तथा प्रसारप्रसारको कमीले यहाँ पर्याप्त पर्यटक भित्र्न नसकेका राउण्ड धौलागिरि युवाक्लब बगराका अध्यक्ष डिल पुनले बताउनुभयो । अन्तिम मानवबस्ती बगरगाउँदेखिमाथि पर्यटकको सुविधाका लागि दोबानमा रुपा पुन र कृतबहादुर घर्तीले होटल चलाएका छन्, भने सल्लाघारीमा समलाल पुन र अमलाल पुनले चिया पसल सञ्चालन गरेका छन् । देशका अन्य पदमार्ग सडक सुविधाका कारण विस्थापित बनिरहेको अवस्थामा धौलागिरि चक्रिय पदमार्ग सडकबाट टाढा रहेकाले साहसिक यात्राका लागि गन्तव्य स्थलको रुपमा विकास गर्ने योजना बनाएको धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताउनुभयो । उहाँले यस वर्षदेखि धौलागिरिको आधार शिविरमा थुप्रिएको फोहोर हटाउन बजेट विनियोजन गरेको बताउनुभयो । रासस
रेडियो, एफएम र टेलिभिजन विधेयक पारित
विराटनगर, असार ५ । प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ । विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको सन्दर्भमा प्रदेश सरकारले सो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । बैठकमा आजै आन्तरिक मामिलामन्त्री कार्कीले जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबुल गर्नुभएको छ ।
बाजेको सेकुवा ब्रान्ड हटाउन गृहको निर्देशन
काठमाडौं, असार ५ । बाजेको सेकुवा ब्रान्ड साझेदारलाई ब्रान्ड प्रयोग नगर्न गृह मन्त्रालयले आदेश दिएको छ । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको छानविन गर्न सरकारले गठन गरेको उच्चस्तरीय अनुसन्धान टोलीले ब्रान्ड साझेदारलाई गृहमा बोलाएर ब्रान्ड बन्द गरी अरु नै नाममा सञ्चालन गर्न आदेश दिएको हो । अनुसन्धान टोलीले शुक्रबार र आइतबार ब्रान्ड साझेदारलाई मन्त्रालयमै बोलाएर बाजेको लोगो, बोर्ड र मेनु हटाउन लगाएको हो । नागरिकमा खबर छ ।
जाजरकोटमा बालविवाह न्यूनीकरण वर्ष मनाइँदै
जाजरकोट । बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । चितारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा २०७५ साललाई बालविवाह न्यूनीकरण गर्ने वर्षको रुपमा मनाउने निर्णय गरेको हो । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सबैलाई साथमा लिएर यो वर्ष बालविवाह न्यूनीकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष रामजंग शाहले बताउनुभयो । उहाँले भन्नुभयो–“एकै पटक बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट जिल्लाभर अभियान छाड्ने छांै र धेरै हदसम्म बालविवाह न्यूनीकरण हुनेछ ।” बालविवाह न्यूनीकरणका लागि संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारीले सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घरपरिवारमा बालविवाह पूर्ण रुपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा वहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि काम नगर्ने, समुदायमा बालविवाह न्यूनीकरणका लागि पैरवी गर्ने, कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिबद्धता गरिएको छ । कार्य योजनामा बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जस्ता दबाबमूलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह लगायतका सरोकारवालाले पनि बालविवाह न्यूनीकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । नायिका रेखा थापाले निर्माण गरिरहेको बालविवाहमा केन्द्रीत मालिका चलचित्रको समेत केही समय अघि जाजरकोटमै छायाङ्कन गरिएको थियो । आगामी लक्ष्मीपूजामा रिलिज हुने मालिकाले पनि बालविवाह न्यूनीकरणमा सघाउ पु¥याउने कार्यकारी निर्माता नरबहादुर कार्कीको दाबी छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । रासस
अब यसबाटै अाफूलार्इ मनपर्ने चलचित्र हेर्नुहोस् (भिडियोसहित)
समय निकालेर हलसम्म पुगेर अाफूलार्इ मन परेको चलचित्र हेर्न नपाउनेहरुले अब कुनै चिन्ता नगर्नुहोस् । अब एभरेष्ट दैनिकको साइटबाटै अाफूलार्इ मनपरेको चलचित्र हेरी मनोरन्जन गरौं । साउथ इण्डियन चलचित्र ‘स्पाइडर’को यो भिडियो हेर्नुहोस्-