कोरिया जान अब सीप परीक्षण पनि अनिवार्य
काठमाडौं, जेठ १९ । रोजगार अनुमति (इपीएस) प्रणालीमार्फत दक्षीण कोरियामा काम गर्न जानेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।
यस अघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएका थिए ।
कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास (एचआरडी) कोरियाले जनाएको छ ।
अंक प्रणाली तीन चरणमा लिइने छ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ ।
दुवै चरणबाट आएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिने छ ।
समाचारमा लेखिएको छ, अब कामदारको शारीरिक अवस्था, सीपको स्तर, सम्बन्धित कामको अनुभवजस्ता विषयमा पनि मूल्यांकन गरिनेछ । कान्तिपुरमा समाचार छापिएको छ ।
किशोरकिशोरीको सेक्ससम्बन्धी यस्तो छ रोचक तथ्य
सूचना प्रविधिको तिव्रतर विकाश, समाज तथा संस्कारमा आएको परिवर्तन सँगै पछिल्लो समयमा जिवनशैली समेत बदलिएको छ । जिवनशैलीको परिवर्तनले के बालक, के बुढाबुढी, के तन्नेरी सबैलाई समातेको छ । अहिलेका किशोरकिशोरी अधिकांस इन्टरनेटबाट परिचित छन् । यौनका विषयमा बढि खुलस्त छन् । हिजोको समाजमा जुन कुरा पचाउन सकिँदैनथ्यो त्यो आज सामान्य बनिरहेको छ । किशोरकिशोरी यौनिक रुपमा समेत सक्रिय बन्दै गएको पाइन्छ । यसै विषयमा भारतमा पछिल्लो समयमा भएका केही अध्ययनहरुले केही रोचक तथा अनौठो लाग्दा नतिजा निकालेका छन् । यी नतिजाहरु धेरै हदसम्म हाम्रो समाजमा समेत मेल खान्छन् र कतिपय नखान पनि सक्छन् : भारतीय पेडियाड्रिसन एसोसिएसनले गरेको अध्ययन अनुसार भारतका ठूला ठूला सहरका चर्चित स्कुलमा पढ्ने २५ प्रतिशत किशोरीहरु यौनिक रुपमा सक्रिय हुन्छन् । जबकी सयमा १० जना किशोर छात्रले स्कुलमा आउँदा कण्डम बोकेर आउने गर्छन् । भारतका किशोर किशोरीहरु दिनमा १० घण्टा पढाइएका अलाबा अन्य कुरामा खर्च गर्छन् । जसमध्ये २ घण्टा फेसबुक तथा ट्विटरमा, डेढ घण्टा मोबाइलमा कुरा गरेर, अढाइ घण्टा टेलिभिजन हेरेर, डेढ घण्टा कम्प्युटरमा गेम खेलेर तथा साढे ३ घण्टा अरु घरासायी काम गरेर बिताउने गर्छन् । इण्डिया टुडेले गरेको सर्भेक्षण अनुसार भारतमा हरेक ५ मा एक जना किशोर किशोरी १३ वर्षको उमेरमै पोर्न फिल्म, पोर्न भिडियो वा अश्लील तस्वीर हेर्ने गरेका हुन्छन् । १५ प्रतिशत किशोर किशोरीले स्कुलका शौचालयमै विभिन्न यौन क्रियाकलाप गर्छन् भने ९५ प्रतिशत किशोर किशोरीले विवाह अघिको सेक्सलाई सही मान्दछन् । अर्को एक सर्भेक्षण अनुसार सयमा ९८ जना किशोर किशोरीले १३ वर्षको उमेर सम्ममै कण्डम के हो र ? तथा गर्भ निरोधक पिल्स भनेको के हो र किन प्रयोग गरिन्छ भन्ने कुरा जानिसकेका हुन्छन् । हरेक पाँच जनामा एक छात्र १६ वर्षको उमेर भन्दा पहिले नै धूमपान गरिसकेका हुन्छन् । साथै ५० प्रतिशत किशोर किशोरीले १६ वर्षको हुनुभन्दा अघि नै कम्तिमा एक जना विपरित लिंगीलाई चुम्बन गरेको हुन्छ । एक अर्को सर्भेक्षण अनुसार भारतका विभिन्न साना सहरमा १२ देखि २१ वर्षको उमेर भित्रका किशोर किशोरीहरुमा गरिएको अध्ययनले १३ देखि १६ वर्षको उमेरमै २१ प्रतिशतले सम्भोगको स्वाद चाखिसक्ने गरेको पाइयो । साना सहरमा १३ देखि १९ वर्षका किशोरीहरु मध्ये ४२ प्रतिशतले हप्तामा २ देखि ३ पटकसम्म सम्भोग गर्ने गरेको पाइयो । इण्डिया टुडेको सर्भेक्षण अनुसार साना सहर तथा गाउँका ७० प्रतिशत पुरुषहरु आफ्नी श्रीमतीले विवाहपूर्व कसैसँग सम्भोग नगरेको होस् वा कुमारी होस् भन्ने चाहन्छन् । कानपुरको चन्द्रशेखर विश्वविद्यालयद्धारा गरिएको अध्ययन अनुसार भारतीय किशोर किशोरीहरुमध्ये अधिकांसले टेलिभिजनमार्फत सुरक्षित सेक्सका बारेमा ज्ञान आर्जन गर्ने तथा यौन संक्रमित रोगबाट बँच्ने उपाय सिक्ने गरेका हुन्छन् । सर्भेक्षणले अर्को के रोचक कुरा समेत खुलासा गरेको छ भने किशोरहरु मध्ये सयमा ९९ जनाले एक दिनमा इन्टरनेटमा कम्तीमा पनि एक पटक सेक्स भन्ने शव्द खोजेका हुन्छन् । यसरी दिनमा कम्तीमा पनि एक पटक इन्टरनेटमा सेक्स सम्बन्धि चिज हेर्ने किशोरी भने ४६ प्रतिशत हुन्छन् । ८८ प्रतिशत किशोर तथा ६८ प्रतिशत किशोरीले च्याट गर्दा सेक्सका विषयमा सम्वाद गर्न मन पराउँछन् । साथै ३५ प्रतिशत किशोर किशोरीले च्याटिङका दौरान आफ्नो यौन इच्छा प्रकट समेत गर्दछन् । इन्टरनेटमा पहुँच भएका मध्ये ९० प्रतिशत किशोर तथा ७६ प्रतिशत किशोरीले आफ्नो यौनेच्छा पूरा गर्न पोर्न फिल्म हेर्न मन पराउँछन् । एजेन्सीको सहयोगबाट
सातै प्रदेशमा फुटबल प्रतिष्ठान स्थापना गरिने
काठमाडौं, वैशाख २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्माछिरिङ शेर्पाले सातै प्रदेशमा १४ वटा फुटबल प्रतिष्ठान स्थापनाका लागि गृहकार्य शुरु गरिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा अध्यक्ष शेर्पाले फुटबललाई व्यावसायिक रुपमा विकास गर्न देशभरबाट जनशक्ति उत्पादन गर्न ती प्रतिष्ठान खोलिने बताउँदै तल्लोस्तरसम्मै खेलको वातावरण निर्माण गर्न सोमबार बस्ने एन्फाको बैठकबाट ४५ जिल्लामा तत्काल खेल प्रशिक्षण केन्द्र खोल्ने र लिग सञ्चालन गर्ने निर्णय गरिने बताउनुभयो । ‘म्याचफिक्सिङ’ रोक्न तत्काल कानून आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “म्याचफिक्सिङको अन्त्य गर्न तत्काल कानून आवश्यक छ, त्यो कानून ल्याउन सरोकारवाला निकाय, सरकार र संसद्ले विशेष पहल लिनुपर्छ ।” नवनिर्वाचित अध्यक्ष शेर्पाले अनुशासन कमिटी र अपिल कमिटी गठन गरेर खेलमा रहेका सबैखाले मिलेमतो तथा अनियमितता रोक्ने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, “हामी सबै खेलाडीको गतिविधि नियाल्छौँ, उनीहरुले कसलाई भेट्छन्, के गर्छन् रु त्यसको विषयमा पनि जानकारी लिन्छौँ ।” अहिले विभिन्न खेलमा ‘म्याचफिक्सिङ’ हुन थालेको र त्यसलाई रोक्नका लागि फुटबलको सर्वोच्च निकाय फिफाले सफ्टवेयर बनाएको जानकारी गराउँदै उहाँले भन्नुभयोे, “त्यो सफ्टवेयरमार्फत नेचुरल ९स्वाभाविक० र अननेचुरल ९अस्वाभाविक० गेम पत्ता लगाउन सकिन्छ, त्यो प्रविधिमार्फत हामी अघि बढ्छौँ ।” पछिल्लो समय फुटबलमा ‘म्याचफिक्सिङ’ गरेको आरोप लागेको बताउँदै उहाँले भन्नुभयो, “फुटबलमा नीतिगत पारदर्शीता हुनुपर्नेमा नयाँ नेतृत्व केन्द्रित हुन्छ, यसका लागि विज्ञहरुसँग छलफल गरेर उपयुक्त नीति बनाउँछौँ ।” एन्फामा देखिएको अनियमितता रोक्नका लागि आर्थिक नियमावली जारी गरेर पारदर्शीता कायम गर्ने उहाँको भनाइ थियो । अध्यक्ष शेर्पाले फुटबल प्रशासनलाई सूचना प्रविधिमा लैजाने विश्वास दिलाउँदै क्लब दर्तादेखि लिएर खेलाडीको दर्ता पनि अब अनलाइनबाटै गरिने र उनीहरुहरुले क्लब परिवर्तन गर्दा पनि अब अनलाइनबाटै गर्नसक्ने व्यवस्थाको विकास गरिने जानकारी दिनुभयो । नेपाली फुटबलको विकासका लागि सबै क्लबलाई आर्थिक तथा भौतिक रुपमा दिगो बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँदै उहाँले भन्नुभयोे, “म छुट्टीको दिनमा पनि स्तरीय लिग खेल खेलाउने तयारीमा छु ।” अध्यक्ष शेर्पाले अझैपनि नेपाली फुटबल खेलाडीले मासिक रु डेढ लाखदेखि दुई लाखसम्म कमाउन सक्ने अवस्था रहेको बताउँदै अब एन्फाले व्यावसायिक लिग खेलाउने तयारी गरिरहेको बताउनुभयो ।
आइसीसी अध्यक्षसँग भेटघाट सम्पन्न
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले एनआरएनए आईसीसीका अध्यक्ष भवन भट्टसंग भेटघाट सम्पन्न गरेका छन् । २७ अप्रिल २०१८ का दिन अन्तर्राष्ट्रिय झापाली समाजको निमन्त्रणामा कतारमा सम्पन्न क्षेत्रीय भेला कार्यक्रमका लागि स्पेन हुँदै कतार आइपुगेका अध्यक्ष भवन भट्टसँग एनसीसी कतारले भेटघाट गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा आईसीसी मध्यपूर्व उप संयोजक, आईसीसी मानार्थ परिषदका सदस्यहरु तथा आईसीसी सदस्यहरू, एनसीसी कतारका पदाधिकारी तथा कार्यसमिति सदस्यहरू, सल्लाहकारहरू उपस्थित रहेका थिए । एनसीसीका अध्यक्ष, उपाध्यक्षहरू र महासचिवले संयुक्त रुपमा खदा लगाई फूलद्वारा उनलाई स्वागत गरेका थिए । भेटघाटको क्रममा एनसीसी कतारका अध्यक्ष नविन पोखरेलले एनसीसी कतारको वर्तमान स्थिति, भावी कार्ययोजनाबारे संक्षिप्त जानकारी दिएका छन् भने आईसीसी अध्यक्ष भवन भट्टले आईसीसीको गतिविधिका बारेमा जानकारी दिएका छन् । आईसीसीको अध्यक्ष पदमा निर्वाचित भए पश्चात पहिलो पटक कतार आइपुगेका अध्यक्ष भवन भट्टले एनसीसी कतारको कार्यशैलीको प्रशंसा गर्दै कतार सानो मुलुक भएकाले पनि आवश्यक परेको बेला यहाँ रहेका सबै नेपालीहरु हरेक अभियानमा सबैभन्दा अगाडि रहेको र छिटो छरितो रुपमा सम्पन्न गरेको स्मरण गराए । उनले अगाडि थपे, नेपालीहरुका समृद्धिका लागि एनआरएनए अभियानमा लागेको छु । यस कार्यकालका लागि आफ्नो ब्यवसायिक कार्यकारी जिम्मेवारी अन्य दोस्रो व्यक्तिलाई अख्तियारी दिएको छु र त्यसकारण पनि कतार लगायत हरेक एनसीसीले गरेका हितकारी पहल कदमीलाई आईसीसीको माध्यबाट कति पनि ढिलाई नगरी सम्बन्धित निकायबाट सहयोग गर्न सकिने गरी आईसीसी टीम परिचालित भएकाले कुनै पनि आवश्यक सहयोगका लागि कन्जुसाई नगर्नहुन अनुरोध गरे । त्यस अवसरमा एनसीसी कतार टीमले एनआरएनए अभियानका पछिल्लो गतिविधि र अन्य विविध विषयप्रति जानकारी लिनुका साथै उनीमार्फत सुझावहरू लिएका थिए । अशोक तामाङ, एनआरएनए एनसीसी कतार
गायिका भूमिक चलाउनेको ‘मायाकै पिरलो’ सार्वजनिक, भिडियोसहित
काठमाडौं, वैशाख १३ । चाहे लोकगीत होस या आधुनिक गीत, मार्मिक शब्दहरुको संगालो बुनेर बनाइएका यस्ता गीतसंगीतले आम मानिसहरुको मन त पक्कै पनि जितेको हुन्छ । चर्चित गीतहरु पस्कदै र आम दर्शक श्रोताहरुमाझ आफ्नो लोकप्रियता कमाउन सफल भएकी गायिका हुन् भूमिका गिरि । लामो समयदेखि लोकगीत क्षेत्रमा सक्रिय गिरिका यसअघि पनि थुप्रै गीत बजारमा आइसकेका छन् । मायाकै पिरलोमा गायिका भूमिका गिरि र भागिरथ चलाउनेको आवाज सुन्न सकिन्छ । गोरखपुरको सलाईको अपार सफलतापछि मायाकै पिरलो बिहीबारसार्बजनिक भएको हो । गीतमा चर्चित सर्जक खेम सेन्चुरीको लय रहेको छ भने नेत्र अर्यालको शब्द रहेको छ । गीतको भिडियोमा रामजी खाणँ रश्मी तामाङको अभिनय रहेको छ । भने बिष्णु शर्माले सम्पादन गरेका हुन् । प्रकाश भट्टको निर्देशन रहेको भिडियोको छांयाङकन भने राजेश घिमेरेले गरेका हुन् । म्यूजिक भिडियो भूमिका गिरिकोको अफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।
जापानमा ज्वालामुखी विस्फोट
काठमाडौं, वैशाख ७ । जापानको दक्षिणीे हिमालयन क्षेत्रमा बिहीबार ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटका कारण सयौं मिटरमाथि आकाशमा आगोका लप्का पुगेको बताइएको छ । ‘माउन्ट आइओ’ नाम दिइएको ज्वालामुखीका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई मध्यनजर राख्दै प्रशासनले हिमाली क्षेत्रनजिक नबस्न सम्बद्ध सबैलाई सूचना गरेको छ । जापान मौसम विज्ञानसम्बन्धी निकाय ‘जेएमए’का माकोतो साइतोकाअनुसार अझ केही समयसम्म माउन्ट आइओ थप सक्रिय हुनसक्ने सम्भावना रहेको छ । साइतोले टेलिभिजनमार्फत् गरेको प्रेस सम्मेलनमा हिमाली क्षेत्रका वासिन्दालाई माउन्ट किरिसिमा क्षेत्रबाट टाढा रहेर आफ्नो सुरक्षाका लागि सावधानी अपनाउन आग्रह गरेका छन् । माउन्ट किरिसिमा क्षेत्रमा सन् १७६८ पछि ज्वालामुखी विस्फोट भएको यो पहिलो घटना भएको जेएमएले बताएको छ । उक्त निकायले ज्वालामुखी विस्फोट भएको हिमालको तीन किलोमिटर टाढासम्म विस्फोटका कणहरु उछिट्टिने सम्भावना रहने भन्दै नागरिकलाई टाढै बस्न निर्देशन दिएको छ । ज्वालामुखीका कारण ४०० मिटरमाथिसम्म ज्वालाको मुस्लो तथा खरानी पुगेको स्थानीय सन्चारमाध्यमले जनाएको छ । स्थानीय सन्चारमाध्यमले ज्वालामुखीको समयमा खिचिएका दृष्यचित्रहरूलाई प्रशारण गरेका थिए । जापानको उत्तरपश्चिमी क्षेत्रमा यस वर्षको जनवरीमा पनि प्रसिद्ध स्की रिसोर्टमा विस्फोट भएको थियो, जसका कारण एक जापानी सैनिकको मृत्यु भएको थियो । त्यसैगरी, सन् २०१४ को सेप्टेम्बर २७ मा माउन्ट अनटेक क्षेत्रमा ९० वर्षपछि ज्वालामुखी विस्फोट हुँदा स्की र हिमाली पर्यटनका लागि गएका करिब ६३ जनाको ज्यान गुमेको थियो । जापानका हिमाली क्षेत्रलाई ज्वालामुखी विस्फोटका हिसाबले अतिसंवेदनशील क्षेत्र मानिन्छ । रासस/एएफपी
नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
बाजुरा । बाजुराको बूढीगंगा नगरपालिका– ७ सिमलकोटमा सडक छेउमै एउटा सानो खरले छाएको छाप्रो छ । जस्ता पाताले छाएको जीर्ण घरमा तीन जनाको गन्धर्व परिवार बस्ने गरेका छन् । सडकको छेउमा स्थानीय दीपक सुनारले बनाएको टिनको टहरामा सपना गन्धर्वसहित उनका दुई छोरा बेसहारा जीवन बितारहेका छन् । सपनाका गन्धर्वका श्रीमान्को मुत्यु भएको तीन वर्ष भएको छ । उहाँका श्रीमान् धन गन्धर्वले पैसाको अभावमा उपचार नपाएरै त्यही छाप्रोमा ज्यान गुमाएको सपना गन्धर्वले गुनासोे सुनाउनुभएको छ । उहाँले भन्नुभयो, “अर्काको छाप्रोमा बस्दै आएकी छु, मसँग जग्गा जमिन मात्र हैन, नागरिकतासमेत छैन ।” नागरिकता नभएकै कारण सामाजिक सुरक्षा भत्ताबापतको एकल भत्ता पाउनबाट समेत वञ्चित भएको बताउनुभयो । उहाँको नागरिकता बनाउन सनाखत बस्ने आफन्त नभएको र माइती सबैको मृत्यु भइसकेकाले आफूले अहिलेसम्म नागरिकता पाउन नसकेको राससलाई बताउनुभयो । नागरिकता बनाउनका लागि स्थानीय जान्नेबुझ्नेलाई पटक÷पटक आग्रह गरिन् । तर कसैले सनाखत नगरिदिएको र नागरिकता बनाउन के–के चाहिन्छ भन्ने जानकारी नभएका कारण नागरिकताबाट वञ्चित भएको सपनाको भनाइ छ । नागरिकता बनाउन कर्मचारीले माइतीको नागरिकता ल्याउन भन्छन् तर कालिकोटमा रहेका माइतीका सबै जनाको मृत्यु भइसकेकाले समस्या परेको सपनाको गुनासो गर्नुभयो । छोरालाई पढाउनका लागि आर्थिक अभावमा झोला किन्ने पैसा नभएर हातमा नै किताब बोकेर विद्यालय जाने गर्दछन् । सपना सिमलकोटमा बस्न थालेको १५ वर्ष जति भयो । पहिले अरुको गोरु गोठमा आश्रय लिएको उनको परिवारलाई दीपक सुनारले आफ्नो सानो छाप्रो दिएपछि पाँच वर्षदेखि यही घरमा बस्ने गरेको बताउनुभयो । श्रीमानको मृत्युपछि सपनाको काँधमा दुई छोरा पालनपोषण गर्ने एकल जिम्मेवारी थपियो । श्रीमान् हुँदा गीत गाएर, माटोका भाँडा बनाएर परिवारको गुजारा चल्थ्यो । श्रीमान्को मृत्युपछि मागेर नै छोरा र आफ्नो गुजारा चलिरहेको सपनाले बताउनुभयो । सपनाको जेठो छोरा सागर कक्षा ५ र कान्छो छोरा राजेश गाउँकै शारदा माविमा कक्षा २ मा पढिरहेका छन् । हातमा पैसा नहुँदा कपी, कलम र विद्यालय लग्ने झोलासमेत छोरालाई किन्न नसकेको उहाँको भनाइ छ । बूढीगंगा नगरपालिकाका नगर प्रमुख दीपकविक्रम शाहले अल्पसंख्यकमा रहेका गन्धर्व समुदायका मानिसको जीवनस्तर सुधार र नागरिकता बनाउन पहल गर्ने बताउनुभयो । रासस
साउदीमा जीवनको भिख माग्दै धनुषाका उमेश यादव (भिडियाेसहित)
काठमाडौं, चैत ३० । साउदी अरवमा रहेका धनुषाका उमेश यादव जीवनको भिख माग्दैछन् । उनको समस्या समाधानका लागि सरकारले आवश्यक पहल नगरेको भन्दै सरकारको आलोचना समेत भैरहेकोछ । यसलाई सञ्चारमाध्यमहरुले भने जोडतोडका साथ उठाएका छन् । उनका परिवारले सरकारसंग हारगुहार गरिररहेका छन् । उनको टाउको काटेर २४ घण्टा झुन्डाउने अदालती आदेश आएको चार वर्ष भइसक्यो। जुनसुकै बेला कार्यान्वयन हुनसक्छ। पाकिस्तानी नागरिकको हत्या अभियोगमा मृत्युदण्ड पाएका धनुषाका उमेश यादवलाई जोगाउन नेपाली र पाकिस्तानी दूतावासले पीडित परिवारसँग सहमति प्रयास गरिरहेका छन्। त्यहीकारण फैसला कार्यान्वयन लामो समयदेखि रोकिएको हो। बाँकी भिडियाेमै हेराैँ ।
एनसेलले ल्यायो ‘सही’ डेटा प्याक, दैनिक १ घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ बोनस
काठमाडौं, चैत्र २९ । एनसेल प्राइभेट लिमिटेडले ‘फ्यूल योर फन’ योजना अन्तर्गत आफ्ना ग्राहकका लागि अल टाइम डेटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डटा प्याक ल्याएको छ । यस नयाँ ‘सही’ डेटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डेटा प्याकभन्दा १० गुणा बढि डेटा प्राप्त गरी थप सुलभ दरमा चौबिसै घण्टा ईन्टरनेटमा पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । ‘सही’ डेटा प्याक यहि चैत्र २९ गते बिहीबार देखि लागु हुनेछ । यो डेटा योजना अन्तर्गत एनसेलका ग्राहकले आधा जिबि देखि १५ जिबिसम्मको १ दिन देखि ३० दिन सम्मको समयावधिका चौबिसै घण्टा चलाउन सकिने अल टाइम डेटा प्याकहरु रु ३९ देखि रु ७९९ सम्ममा सुचारु गर्न सक्नेछन् । ग्राहकले १ दिन समयावधि रहेको आधा जिबिको सही डेटा प्याक कर सहित मात्र रु ३९ मा सुचारु गर्न सक्नेछन्, भने तिन दिन समयावधि रहेको १.५ जिबि डेटा कर सहित रु ९९, सात दिन समयावधि रहेको ३.५ जिबि डेटा कर सहित रु १९९ र तीस दिन समयावधि रहेको १५ जिबि डेटा कर सहित रु ७९९ मा सुचारु गर्न सक्नेछन् । सही प्याक लिएका ग्राहकले आफूले लिएको प्याक अवधिभर दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा पनि लिन सक्नेछन् । यो योजना अन्तर्गतको निःशुल्क भिडियो स्ट्रिमिङमा आईफ्लिक्स, युट्युब ,युट्युब गो तथा एनसेलको अरु भिडियो प्लेटफर्म (नेट टिभि, भियुक्लिप, लाइफस्टाइल पोर्टल, फन स्टोर पोर्टल, स्पोर्टस् पोर्टल) मा रहेका भिडियो कन्टेन्ट हेर्न सक्नेछन् । ग्राहकले गुगलको सेवा जस्तै प्ले स्टोर, म्याप आदिका लागि पनि यो निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाको प्रयोग गर्न सक्नेछन् । ‘सही’ डेटा प्याक एनसेलको टु जी, थ्रि जी तथा फोर जी सबै नेटवर्कका लागि मान्य रहेको छ । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी ‘६’ छनोट गरेर आफ्नो आवश्यकता बमोजिमको सही डेटा प्याक लिई अफरको लाभ लिन सक्छन् । त्यस्तै ग्राहकहरुले एसएमएसबाट तथा एनसेल एपबाट पनि यो सेवा सुचारु गर्न सक्नेछन् । उदाहरणका लागि १ दिन समयावधिको प्याक सुचारु गर्न ग्राहकले आफ्नो म्यासेज बक्समा ‘३९’ लेखि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् । मोबाइल डेटाको बढ्दो मागलाई सहज बनाउन आफ्ना ग्राहकका लागि अझ सुलभ दरमा अल टाइम डेटा प्याक ल्याउन पाउँदा निकै हर्षित भएको एनसेलले जनाएको छ । एनसेलको सबै नेटवर्कमा चलाउन सकिने डेटा प्याकसँगै एक घण्टाको निःशुल्क भिडियो स्ट्रिमिङ सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । सही डेटा प्याकको भोलुम सकिएपछि प्याकको समयावधि भर ‘पे एज यु गो ’ दर अनुसार कर सहित प्रति एमबि रु १.१३ लाग्ने कम्पनीले जनाएको छ । यो योजना सुचारु भएको दिन देखि ९० दिनको लागि मान्य रहनेछ ।
कंगो र सुडान भ्रमणबाट फर्किए प्रधानसेनापति क्षत्री
काठमाडौं, चैत्र २६ । प्रधानसेनापति राजेन्द्र क्षत्री एक साता लामो कंगो र दक्षिणी सुडान भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । शान्ति मिसन अन्तर्गत नेपाली सेना कार्यरत अफ्रिकी मुलुक कंगो र सुडानकोबाट सोमबार प्रधानसेनापति क्षत्री स्वेदश फर्किएका हुन । क्षत्री गत चैत्र १९ गते कंगो र दक्षिण सुडान भ्रमणमा गएका थिए । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए । भ्रमणमा उनले त्यहाँका फोर्स कमाण्डरदेखि राष्ट्र संघका उच्च अधिकारीसँ पनि भेटर्वार्ता गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
‘गुण्डा नाइके’ गणेश लामा जेल चलान
काठमाडौं, चैत्र २६ । गएको फागुनमा राजधानीबाट हतियारसहित पक्राउ परेका ‘गुण्डा नाइके’ गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। काठमाडौंको पशुपति भिजनबाट पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ परेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियार तथा खरखजनामा मुद्दा दायर गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामालाई सोमबार थुनामा राखी अनुसन्धान गर्न आदेश दिएको प्रहरीले जनाएको छ । लामालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ।
बुढेस कालको साहार बन्दैछ पानी घट्ट
बाग्लुङ, चैत्र २३ । पछिल्लो समयमा मानिसहरुमा आधुनिकताले छोएको छ । आधुनिकता छाउदै जादा नदीनालाको आसपासको किनारमा देखिने पानी घट्टाहरु यति बेला गाउँ घरमा यदाकदा मात्र देख्न पाईन्छ । उ बेला अन्नबाली पिस्न मिलहरुको अभाव हुदा कैयौ मानिसहरु आफनै घरको झातोमा पिसेर गुजारा चलाउने गर्दथे । यदि कुनैको घरमा अन्नबाली पिस्ने झातो नहुँदा अरुकोमा नै गएर पिस्ने चलन रहिआएको थियो । तर आज भोली प्रबिधिको बिकास सँगै मानिसहरुमा त्यो प्रचलन हट्दै गयो । धेरै परको कुरा नगरौ हामी हाम्रो आमा हजुरआमा हजुरबुवालाई सोध्यौ भने पहिले हातमा ठेला परुन्जेल अन्नबाली पिसेर दैनिकी गुजरा चलाउदथौँ भन्नुहुन्छ उहाँहरु त्यो कुरा हामीलाई नप्चन सक्छ । त्यसरी चलिरहेको मानिसको जीवन अहिले आउदा त्यो भन्दा धेरै अन्तर छ । यसैका बावजूद पनि कुनै न कुनै ठाउँमा त्यस्तो पनि छ कि बुढा बाबुहरुले अंगाल्दै आएको पेसा छोराहरुले सम्हालिरहेका छन । त्यसका उदाहरणका एक पात्र हुन बागलुङ जिल्ला बडीगाड गाउपालिका ९ दर्लिङ खोलाका तेज प्रसाद श्रेष्ठ । उनी बिहान सबेरै घरको काम सकेर आफुले गर्दे आएको पेसा पानी घट्टामा पुग्छन । वारिपरी पानी घट्टा भएपनि उनकोमा बढी पिसाउनेको भिड् लाग्ने गर्दछ । किन भने उनकोमा २ वटा पानी घट्टाहरु छन । उनको बोल्ने शैली पनि फरक छ त्यसैले उनकोमा पिसाउनेहरुको भिड लाग्ने गर्दछन । अन्न बाली पिसाउन आउनेहरुलार्ई सोध्यौँ भने मिलहरुमा पिसाएको अन्न भन्दा पानी घट्टामा पिसाएको अन्न बढी स्वादिष्ठ हुने बताउछन । उनले मकै, चामल, कोदो, फापर, बेसार पिस्ने गर्दछन । त्यसरी पिस्दा उनले एक पाथीको ६ मुठी बाली अथवा भुति लिने गर्दछन । यसरी पिसाएबापत एक मुरी अन्नको १ सय ५० लिने गर्दछन । यसरी कमाई गरेको श्रेष्ठले बार्षिक १ लाख ५० हजार भन्दा बढी कमाउने गरेको बताउछन । ६ जनाको परिवार भएकोमा २ छोराहरु उनीबाट छुटिएर बसेका छन । तर अहिले परिवारमा बुढा बुढी छन । उनीहरुको जीवनमा पानी घट्टा आर्थिक उपार्जन गर्ने माध्यम नै त्यहि बनेको छ । उनी भन्छन अन्न पिसाएपछि अन्न पिसाए बापत अन्न नै भूती दिए पनि यसरी जम्मा भएको भूती एक मुरीलाई २ हजार पर्ने गरेको बताउछन । यसरी संचालन भएको पानी घट्टामा उनले १ लाख लगानी छ । बुढेसकालमा छोरा बुहारी आफ्नै घरमा छन हामीलाई खानको लागी र जीवन गुुजारा गर्न पानी घट्टा साहरा बनेको छ । विदेश जान पनि नसकिने भएकाले यो पेशाबाट ज्यादै सन्तुष्टी भएको बताउछन । उनी जस्तै युवाहरुले यस्तो पेशा अंगाल्नेहो भने बिदेशमा गएर पौरख बच्न पर्दैन थौँ ।
छुटेका विद्यार्थीलाई फाराम भर्ने मौका
भक्तपुर, चैत २२ । राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख/जेठमा सञ्चालन हुने कक्षा ११ र १२ को परीक्षामा फारम भर्न छुटेका विद्यार्थी एवं विद्यालयलाई पुन ः फारम भर्न अन्तिम मौका दिएको छ । परीक्षा फारम भर्न छुटाएका विद्यालय एवं विद्यार्थीले दोब्वर दस्तुर तिरेर आगामी चैत्र २५ गतेभित्र पुनः बुझाउन मौका दिइएको हो । देशभर ५५८ विद्यार्थीले परीक्षा फारम भर्न छुटाएपछि दोब्बर दस्तुर र जरिवाना तिरेर भर्न पाइने व्यवस्था गरिएको छ । परीक्षाका लागि देशभर गत वर्षभन्दा ५७ परीक्षा केन्द्र थप गर्दै बोर्डले एक हजार ४९ केन्द्र निर्धारण गरेको छ । आगामी वैशाख १४ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा ३० गते सम्पन्न हुनेछ भने वैशाख ३१ गतेबाट कक्षा ११ को परीक्षा सुरु हुनेछ । परीक्षामा देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीको सहभागिता हुनेछ ।
मणिपाल अस्पताल झड्प, सात प्रहरी घाइते
पोखरा, चैत्र १९ । पोखराकोे मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप भएको छ । झड्प हुँदा सात प्रहरीसहित केही आन्दोलनकारी घाइते भएका छन् । प्रहरीले सोमबार आफूहरुमाथि ढुंगामुढा प्रहार गरेको र अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई पक्राउ गरेको छ । अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारी ६ महिनायता तलब बृद्धि, विदा, स्थायी गर्नुपर्ने लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा छन् । केही दिनयता उनीहरुले अस्पताल प्रशासन अगाडि धर्ना दिदै आएका थिए । आफूहरुको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीको भनाई छ । प्रहरीले भने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अवरोध पुर्याउन खोजेको आरोप लगाएको छ । प्रहरी र आन्दोलनकारीबीच केहीबेर झडप भएको थियो । आन्दोलनकारीमध्ये २० जनालाई पक्राउ गरिएको र झडपका क्रममा ७ प्रहरी घाईते भएको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताउनुभयो ।
चीनमा हट्दा नेपालमा पनि रहेन
मणि दाहाल काठमाडौं। नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको बहस गर्ने नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीले एकीकृत पार्टीको विधानबाट राजनीतिक सक्रियताको उमेर र कार्यकालको समयसीमा हटाउने भएका छन्। नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले तयार पारेको विधानको मस्यौदामा सक्रिय राजनीतिको उमेर ७० वर्ष र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्था थियो । अहिले यी दुवै विषय हटाइएको छ। पार्टी राजनीतिमा नयाँ मानिसको प्रवेश कम र नेतृत्वको सहज बहिर्गमन नभएका कारण एमाले र माओवादी दुवैको संगठन मादलजस्तो बनेको टिप्पणी हुँदै आएको छ ।एमालेले आठौं महाधिवेशनबाट कार्यकारी पदमा दुई कार्यकाल र नवौं महाधिवेशनबाट सत्तरी वर्ष उमेरहदको विषयलाई लागू गरेको थियो । सत्तरी वर्षको व्यवस्था तीन वर्षभन्दा बढी टिक्न सकेन। संसारभरका कम्युनिस्ट पार्टीमा मूल नेतृत्वले आजीवन पद नछाड्ने परम्परा छ । नेपालमा कम्युनिस्ट पार्टीले पनि यो परम्परालाई निरन्तरता दिएका छन् ।वैशाख पहिलो साता ८४ वर्ष लाग्ने नेकपा मसाल महामन्त्री मोहनविक्रम सिंह २०३१ सालदेखि निरन्तर नेतृत्वमा छन् । त्यसैगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०४६ सालदेखि नेतृत्वमा छन्। एमाले नेतृत्व पहिलो पुस्तामा केन्द्रित छ । झापा विद्रोह, केन्द्रीय कोअर्डिनेसन केन्द्र, नेकपा माले, नेकपा एमालेसम्म आइपुग्दासम्म जम्मा पाँचजना नेताले नेतृत्व गरेका छन् । झलनाथ खनाल, सिपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल हुँदै अहिले एमाले नेतृत्व केपी शर्मा ओलीमा छ। पद नछाड्ने समस्या समाधान गर्न चिनियाँ कम्युनिस्ट पार्टीले कार्यकारी पदमा दुई कार्यकाल र उमेर तोक्ने व्यवस्था गरेको थियो । माओपछि कम्युनिस्ट पार्टीको नेतृत्वमा पुगेका देङ स्याओ पिङले आर्थिक खुलापनको कार्यक्रममात्रै नभएर पार्टी संरचना र सञ्चालनमा समेत व्यापक परिवर्तन गरेका थिए । कार्यकारीको दुई कार्यकाल र सक्रिय राजनीतिक नेतृत्वका लागि सत्तरी वर्षको व्यवस्था उनकै प्रयास हो । यो व्यवस्था कम्युनिस्ट पार्टीभित्र चिनियाँ मोडलका रुपमा चिनिन्छ। ‘चिनियाँ कम्युनिस्ट पार्टीभित्र लगातार दुई कार्यकालभन्दा बढी पदमा नरहने लिखित प्रावधान नै हो । सत्तरी वर्षचाहिँ समझदारीको विषय थियो,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘निरन्तर एकै व्यक्ति पदमा रहँदा मतभेद हुन्थ्यो । त्यसलाई निकास दिने काम भएको हो ।’ यसै कारण चीनमा धेरै नेताहरुले नेतृत्व गर्ने अवसर पाएको उनले बताए। सन् १९४९ मा सत्तामा पुगेको चिनियाँ कम्युनिस्ट पार्टीमा त्यसपछि करिब तीस वर्ष माओको नेतृत्व रह्यो । यस अवधिमा चीनले खासै प्रगति गर्न सकेन, उसले ‘एसियाको रोगी’ को नाम पायो। सन् १९७८ मा देङको उदयपछि उनले आर्थिक खुलापन र राजनीतिक सुधारका कार्यक्रम सुरु गरे । सन् १९८२ मा चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौं महाधिवेशनले संविधान संशोधन गरी दुई कार्यकालको व्यवस्था लागू गर्यो। एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले नयाँ चरणमा प्रवेश गरेको चीनलाई नयाँ नेतृत्व खाँचो हुँदा सत्तरी वर्षको समय सीमा तोकिएको बताए । ‘सन् १९८२ मा एकैपटक चिनियाँ क्रान्तिमा संलग्न १ सय ८२ जना केन्द्रीय सदस्य बिदा भए,’ पाण्डेले भने, ‘केन्द्रमा आउनेका लागि पनि नयाँ मापदण्ड बन्यो ।’ देङले सो काम सम्पन्न गर्नुअघि ठूलो कसरत गर्नुपरेको थियो। चिनियाँ क्रान्तिको समयमा छलफल गर्दा नयाँ व्यक्ति आउनुपर्छ भन्नेमा सबै तयार हुने तर महाधिवेशनमा पद नछाड्ने भएपछि देङले तीन विषय अघि सारे । ‘केन्द्रीय सदस्यले खाइपाई आएको तलब, बस्दै आएको फ्ल्याट र सुरक्षाकर्मी नखोस्ने भनेपछि चिनियाँ क्रान्तिका नेता पद छाड्न तयार भएका हुन्,’ पाण्डेले भने। अहिले विधानबाट कम्युनिस्ट पार्टीले राष्ट्रपति पदमा दुई कार्यकालको व्यवस्था हटाएको दुई साताभित्रै एमाले र माओवादी केन्द्रको एकीकृत विधान मस्यौदाबाट पनि उमेर हद र कार्यकारीको कार्यकाल सीमा हटेको छ। लामो समय संगठन विभागको जिम्मेवारी समालेका एमाले उपाध्यक्ष युवराज ज्ञवालीले सहज नेतृत्व हस्तान्तरण र नयाँ पुस्तालाई अघि बढाउन उमेर हद र दुई कार्यकालको नीति ल्याएको बताए । ‘विचारमा ठीक भएर मात्रै हुँदैन । मानिसको जीवनमा सक्रिय रहने एउटा समय हुन्छ,’ उनले भने, ‘युरोप–अमेरिकातिर नेतृत्वमा युवा पुस्ता आउँदा हामी त्यसबाट आकर्षित हुन्छौं । यहाँ पनि नयाँ पुस्ताका मानिस आउने बाटो खोल्नुपर्छ। ’ ज्ञवालीले आठौं र नवौं महाधिवेशनका समयमा निकै ठूलो छलफलपछि पार्टी संगठनको व्यवस्थापनका लागि यो नीति लिएको बताए । एमालेमा नवौं महाधिवेशनका समयमा अध्यक्ष केपी शर्मा ओलीले नै नेतृत्व व्यवस्थापनको विषयलाई प्रमुखताका साथ उठाएका थिए। माओवादी केन्द्रमा समेत नेतृत्व व्यवस्थापनका बारेमा छलफल भए पनि ठोस निर्णय भने भएको थिएन । कार्यदलमा रहेका माओवादीका सदस्य गिरिराजमणि पोखरेलले भने, ‘माओवादीभित्र सत्तरी वर्ष र दुई कार्यकालका विषयमा छलफल भए पनि ठोस निर्णय भइसकेको थिएन । यो विषयलाई अब महाधिवेशनबाट अन्तिम रुप दिइनेछ ।’ उनले त्यसका लागि छलफल अघि बढाउने बताए। नागरिकबाट
पोखराको लेकसाइटमा सवारी साधन निषेधः ‘नो भेइकल जोन’ घोषणा
पोखरा, चैत १० । पोखराको पर्यटकीय क्षेत्र लेकसाईडलाई ‘नो भेइकल जोन’ घोषणा गरिएको छ । आन्तरीक र वाह्य पर्यटकका कारण पर्यटकीय क्षेत्र लेकसाईड साँघुरिन थालेपछि सवारी साधन पार्किङ गर्न असहज भएको भन्दै निषेध गरिएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर ६ को आयोजनामा नो भेइकल जोन घोषणा गरिएको हो । प्रदेश ४ का सांसद राजीव पहारी र पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले संयुक्त रुपमा नो भेइकल जोन भएको घोषणा गरेका हुन् । शुक्रबार र शनिबार लेकसाइडको हल्लनचोकदेखि बाराहीघाटसम्म करीब १ किलोमिटर क्षेत्रमा हाललाई बेलुकी पाँच बजेपछि सवारी लैजान पाइने छैन ।