माओवादी प्यूठानले नेता खड्का र थापालाई उम्मेदवार बनायो, यस्तो छ दलहरुको तयारी
प्यूठान, असोज १७ । आगामी मंसिरमा हुने प्रतिनिधिसभाका लागि नेकपा माओवादी केन्द्रले प्यूठानबाट केन्द्रीय सचिवालय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज कृष्णध्वज खड्काको नाम सिफारिस गरेको छ ।भने राष्ट्रिय सभाका लागि नेता मणि थापाको नाम सिफारिस गरेको जनाएको छ ।
प्यूठानमा दोस्रो चरणमा आगामी मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने कार्यक्रम रहेको छ । स्थानीय तहको निर्वाचन तीन चरण गरि सम्पन्न भए पश्चात केन्द्र र प्रदेशको निर्वाचनले चर्चा पाइरहेको वेला प्यूठानका राजनीतिक दलहरु उम्मेद्वारको टुंगो लगाउन छलफलमा ब्यस्त छन् ।
प्रतिनिधि सभाको लागि १ क्षेत्र र प्रदेश सभाको लागि २ क्षेत्र निर्धारण भएको प्यूठानमा माओवादी केन्द्र र राजमोले प्रतिनिधी सभाको उम्मेद्वारको नाम टुंगो लगाएको जनाएका छन् ।
माओवादी केन्द्रका उमेद्वार खड्का विद्यार्थी कालदेखि नै राजनीति शुरु गरेको खड्का २०७० सालको निर्वाचनमा झिनो मतले पराजित हुन पुगेका थिए । पराजित भए पनि खड्काले प्यूठानको विकासका लागि केन्द्रदेखि नै पहल गरेका कारण पनि विकासप्रेमि नेताको रुपमा चिनिन्छन् ।
गत बर्ष प्यूठानीहरुले बेहोर्नु परेको बाढी पहिरोको पिडामा खड्का स्वयं पीडित समक्ष पुगेका कारण पनि उनी उत्तरी प्यूठानका ज्यादै लोकप्रीय नेता मानिन्छन् । भने प्यूठानको तल्लो भागमा विकास प्रेमी नेताको रुपमा परिचित खड्कालाई आफ्नो जनप्रतिनिधी बनाउनँ जनताहरु आत्तुर भएको आम जनमानसमा चर्चा चलेको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाबाट उम्मेद्वारमा छनौट भएकी नेतृ दुर्गा पौडेल प्यूठान क्षेत्र नम्बर २ कि समानुपातिक सांसद हुन् । राष्ट्रिय राजनितिमा खासै पहुँच नभएको जनमोर्चाबाट उम्मेद्वार बनेकी पौडेलको चर्चा नभएको होइन ।
यद्यपी २०७० सालको निर्वाचनमा प्यूठानमा दोश्रो वनेको जनमोर्चा स्थानीय तहको निर्वाचनको नतिजा अनुसार कम मत आउनुले प्रदेश र केन्द्रको चुनावमा पक्कै प्रभाव पर्ने छ ।
के–के गर्दैछन् दल ?
एमाले
नेकपा एमालेमा केन्द्र र प्रदेशको निर्वाचनमा उम्मेदवार टुंग्याउन सकस परेको छ । केन्द्रमा एमालेका उपाध्यक्ष बामदेव गौतम र केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सुर्य थापा मध्येबाट हुनेमा चर्चा चले पनि विवादै विवादले एमालेले उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । तर विवाद नभएको उम्मेदवारको टुंगो लगाउन छलफल चलिरहेको स्रोतले जनाएको छ ।
नेपाली काँग्रेस
नेपाली काँग्रेसले केन्द्रमा गोविन्द पोख्रेलको नाम चर्चामा छ । नेपाल सरकारले प्राविधिकको रुपमा तलव खुवाएर राखेका कर्मचारी गोविन्द्र पोख्रेल जनताको करको अपमान गर्दै पुनर्निमाणको सट्टा राजनीति तथा एमाले र माओवादी केन्द्रको टिप्पणी गर्दै र आरोप लगाउन प्यूठानमा आउने हुनाले गोविन्द पोख्रेल अगाडि छन् ।
सरकारले दिएको जिम्मेवारी पूरा गर्नुको साटो राजनीति र बोक्रे भाषण गर्दै हिड्ने पोख्रेलको विकल्प प्यूठान कांग्रेसमा नभएको अवस्था छ । काँग्रेसले अझै केन्द्र र प्रदेश दुवैको लागि उमेदवारको नाम टुंगाउन सकेको छैन् ।
माओवादी केन्द्र
सांगठनिक रुपमा कमजोर भइ स्थानीय तहको निर्वाचनमा पराजय भोगेको माओवादी केन्द्रमा केही संगठन मजबुद बनाउने प्रयास गरिएको छ । केन्द्रको लागि प्रतिनिधी सभामा नेता कृष्णध्वज खड्का र राष्ट्रिय सभामा मणी थापाको नाम टुंगो लगाई सकेको माओवादी केन्द्रले प्रदेश सभाको लागि स्थानीय तहदेखि नै सुझाव संकलन गरिरहेको छ । माओवादीले एक हप्ता भित्रै सबै उमेद्वारको टुंगो लगाउने जनाएको छ ।
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय राजननीतिमा पहुँच नभएपनि राजमोको पकड मानिने प्यूठानमा मत खस्कीदै गएको छ । राजमोले केन्द्रमा दुर्गा पौडेलको नाम सिफारिस गरेपनि प्रतिनिधी सभामा उम्मेदवारको टुंगो लगाउन भने सकिरहेको छैन् ।
तालमेलको दौरानमा दलहरु
जिल्लाका सबै दलहरु उम्मेदवारको टुंगोसंगै तालमेलको छलफल पनि चलाइरहेका छन् । २०६४मा दुवै क्षेत्र माओवादी, २०७० मा दुवै क्षेत्र एमाले र स्थानीय तहको मत नतिजा अनुसार एमाले पहिलो, दोश्रो काँग्रेस, तेश्रो माओवादी र चौथो राजमो देखिएको छ । तर मतान्तर भने धेरै छैन् । झिनो मतान्तर भएकै कारण दलहरु तालमेलको प्रयास गरिरहेका छन् ।
मृत्यु भएका व्यक्तिको पासपोर्टमा १५ वर्ष अमेरिका !
काठमाडौं, भदौ २५ । मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो । १५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरुलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्ट पनि त्यही नाममा थियो । पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए । तर, एउटा औंठाछापले १५ वर्षअघिको उनीहरुको अपराध अहिले आएर बाहिर आएको छ । हाल दुवै हिरासतमा छन् । तीन साताअघि उनीहरु पक्राउ परेका हुन् । मानव तस्करीमा संलग्न एक समूहबाट लाक्पा र थोक्पाले अमेरिकाको भिसा लागेका दुईओटा पासपोर्ट १५ लाख रुपैयाँमा किनेका थिए । सोही समूहले पासपोर्टमा उनीहरुको फोटो परिवर्तन गरिदिएको थियो । त्यही पासपोर्टबाट उनीहरु सन् २००२ मा अमेरिका पुगेका थिए । दुई महिनाअघि सोही पासपोर्टमा नेपाल फर्किए । कसैले थाहा पाएन । यो १५ वर्षमा उनीहरु अमेरिकामा स्थापित भइसकेका थिए । छोरी अमेरिकी सेनामा भर्ना भइसकेकी थिइन् । अब अमेरिका जान दुवैलाई गाह्रो थिएन । त्यसकारण आफ्नै नाममा पासपोर्ट बनाएर भिसाका लागि सबै कागजपत्र काठमाडौंस्थित अमेरिकी दूतावासमा बुझाए । दूतावासमा दुवैले आफूहरु यसअघि कहिल्यै अमेरिका नगएको बताएका थिए । तर, औंठाछापबाट उनीहरुको अपराध पत्ता लाग्यो । औंठाछाप सामान्यतः कसैसँग मिल्दैन । तर, लाक्पा र थोक्पासँगै मिल्ने औंठाछापको व्यक्ति अमेरिका गएर आइसकेका थिए । थप छानबिन गर्नेक्रममा उनीहरुले आफ्नो विगत लुकाउन सकेनन् । त्यसपछि दूतावासले प्रहरीको विशेष ब्युरोलाई खबर गरी बुझायो । ब्युरोले सामान्य सोधपुछपछि उनीहरुमाथि कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो । प्रहरीले उनीहरुलाई राहदानी एनेअनुसार अनुसन्धान अघि बढाएको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले राहदानी ऐनभन्दा अध्यागमन ऐन आकर्षित हुने भन्दै गत बुधबार अध्यागमन विभागमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी योगेन्द्रसिंह थापाले बताए । अध्यागमन ऐनअनुसार म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भइरहेको विभागका निर्देशक शम्भु मरासिनीले जानकारी दिए । -नयाँपत्रिकाबाट
मधेशमा विकास र रोजगारी चाहिएको छ : मन्त्री साह
कलैया, भदौ २४ । नेपाल सरकारका सहरी विकास मन्त्री एवं माओवादी केन्द्रका नेता प्रभु साहले मधेश र मधेशी जनतालाई विकास र रोजगारी चाहिएको बताउनु भएको छ । कलैया उपमहानगरको बलरामपुरमा आयोजित कार्यक्रममा मन्त्री साहले भने, ‘हामी हिजो राजनीतिक परिवर्तनमा लाग्यौं । देशमा गणतन्त्र आयो, संघीयता आयो। अब मधेशमा विकास र रोजगारी चाहिएको छ। मधेशी जनता रोजगारी चाहन्छन्, गरिबीबाट मुक्त हुन चाहन्छन्, विकास चाहन्छन्, समृद्धि चाहन्छन्, पूर्वाधार निर्माण भएको सुन्दर मधेश देख्न चाहन्छन्। यो मधेशी र पहाडियाका नाममा दुश्मनी गरेर बस्ने जमाना होइन, विकास र रोजगारीका लागि काम गर्ने जमाना हो, त्यसका लागि माओवादीलाई जिताअौ।’ मधेशमा बाटो चाहिएको छ, नहर चाहिएको छ, शिक्षा र स्वास्थ्य चाहिएको छ, अब त्यसका लागि संघर्ष गरौ, नेता साहले भने ।
गौरा पर्बमा देउडामय बन्यो यूएई
यूएई, भदौ २० । सुदूरपश्चिम सेवा समाज युएईले सुदूरपश्चिमाञ्चलको धार्मिक एवं सांस्कृतिक पर्ब गौराको अवसर पारेर आयोजना गरेको ‘गौरा पर्ब २०१७’ कार्यक्रम गत १ सेप्टेम्बर २०१७ शुक्रबारका दिन Abu Dhabi Folklore Theatre मा भव्यताका साथ सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा नेपाली दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीको प्रमुख आतिथ्यतामा अगाडि शुरु भएको कार्यक्रममा बिशेष अथितिमा नेपालबाट आएका बरिष्ठ देउडा गायक नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद नरेन्द्रराज रेग्मी, चर्चित लोकदेउडा गायक महेशकुमार औजी, चर्चित लोकदेउडा गायिका पुष्पा बोहोरा र अन्तराष्ट्रिय नेपाली सुदूरपश्चेमेली समाजका सह–संयोजक लोकेन्द्रबहादुर बम सहभागी थिए । दर्शकहरूको भिडले खचाखच भरिएको हलभित्र औपचारिक कार्यक्रम दिप प्रज्वलन गरी समुद्घाटन गरे पश्चात राष्ट्र र राष्ट्रियतालाई सम्मान गर्दै राष्ट्रिय गानबाट शुरुवात गरिएको र सांस्कृतिक कार्यक्रम गौरादेबीको पूजा अर्चना गर्दै शुरुवात गरिएको सो कार्यक्रममा यूएईमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधीहरू, बुद्धिजीवी, ब्याबसायी, कलाकार, पत्रकारको उल्लेखनिय उपस्थिती रहेको थियो । दुई चरणमा सम्पन्न भएको औपचारिक कार्यक्रम देउडा गीतका टुक्काहरु सुनाउदै लक्ष्मण अधिकारी र सांस्कृतिक कार्यक्रम लोकेन्द्र बहादुर बमले संचालन गरेका थिए, भने कार्यक्रममा संस्थाका उपाध्यक्ष देब कुँवरले उपस्थित अथिति तथा सहभागीहरुलाई आफ्नो मौलिक भाषामा छोटो मिठो स्वागत मन्तब्य राखेका थिए । ब्याबस्थापनमा केहि तालमेल नमिलेर निर्धारित समय भन्दा लगभग २ घण्टा ढिलो शुरु भएर मन्द गतिमा अघाडि बढेको कार्यक्रमले नेपालबाट आउनु भएका राष्ट्रिय कलाकारहरु स्टेजमा आउन थालेपछि आफ्नो स्वरुप परिवर्तन गरेको थियो । कार्यक्रममा नेपालबाट आउनु भएका चित–परिचित बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मीले स्टेजमा आफ्नै अन्दाजमा प्रबेश गर्दै साउको ऋण बुझाउनु होइजाउ पैचोलाई तिर्री जाउ ठाडीभाका गाएर गाउकै बनपाखाको झलक्क याद दिलाएका थिए भने दसैं तिहार फर्केर आउने प्रदेशीको केई खबर नपाउने, चैर मुसी चैर, ओ तेरी मोबाईलकी घण्टी न्यारी जस्ता गीत गाएर उपस्थित दर्शकलाई छमछमी नचाउनुका साथै पुष्पा बोहोरालाई स्टेजमा बोलाएर लाईहाल कालो टिको देउडा दोहोरी गीत गाएर स्टेजबाट तल झर्दै सबैलाई देउडामा पैतल मिलाउन वाध्य बनाएका थिए । ्त्यस्तै चर्चित लोकदेउडा गायक महेश कुमार औजीले घुम बादल ओपीका रोल ठाडीभाका र जय जय जन्म भुमी, सुदूर पश्चिम स्वर्ग सरी, कलेजी कटाउन्या, काफल पाकन्ना न्याउली बासन्ना जस्ता मौलिक गीत गाएर दर्शकको ध्यान आफु तिर खिच्नुका साथै छम छम नाची देउ दादा मिलाउदेउ पैतली जस्ता एक से एक छलिया गीत गाएर पुरै हलको माहोल तताउदै सबै दर्शकहरुलाई मन्त्रमुग्ध बनाएका थिए, महेश कुमार औजी कै गीतमा सुरज शाह र मनोज भट्ट ुसानुकाजीुले स्टेजमा नै गएर ढाल तरबार नचाएर नृत्य गरेको देखेर दर्शकहरु चकित भएका थिए । उक्त कार्यक्रममा युवाहरुको मुख्य आकर्षण रहेकी चर्चित लोकदेउडा गायिका पुष्पा बोहोराको नाम लिने बित्तिकै पुरै हल सिटीले गुन्जिएको थियो, पुष्पा बोहोराले बरातैका दिन आँखाकि चालमारी मेरा ब्याउलाले, मुई डोली चढ्न्या बेला, सोल्टी ज्यू, दुना टपरी जस्ता गीत गाउदै स्टेजबाट तल झर्दा उपस्थित युवाहरु त्यसै चुप लागि बस्न सकेनन् स्टेज अघाडी आएर कोहि कम्मर मर्काएर छमछमी नाच्दै थिए भने कोहि सिटि बजाउदै आ(आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु खिच्दै रमाईलो गर्दै थिए । यूएईमा कार्यरत कलाकारहरुमा मोहन सिंह ठकुराठी, शारा देवी ठकुराठीबाट प्रस्तुत गरेको मार्मिक प्रस्तुती देखेर उपस्थित दर्शकका आँखा रसाएका थिए भने सुरज शाह र मनोज भट्ट ‘सानुकाजी’को टीमले गरेका नृत्यहरु देखेर कम्मर मर्काउदै छमछमी नाचेका थिए । आफ्नै भेष–भुषाहरु मखमली गुन्यु चोली, गलामा नौगेडी र तिलहरी, कपालमा डोरी र कम्मरमा पटुकी बाधेर सजिएका महिलाहरु र दौरासुरुवाल, शीरमा टोपी लगाएर हातमा ढाल तरबार बोकेर सजिएका पुरुषहरु देख्दा यूएईमा नभएर सुदूर पश्चिम कै कुनै एक गाउ(ठाउमा गौरा पर्ब हेरी रहेको जस्तो आभाश हुन्थ्यो । सात समुन्द्र पारी प्रबाशमा गौरा पर्बको अवसर पारेर यसरी भेटघाट गरी देउडा खेल्न पाउँदा उपस्थित सबै निकै उत्साहित देखिएका थिए भने बिरुडाको प्रशाद ग्रहण गर्दै सो कार्यक्रममा भएका घमाशान देउडा दोहोरी र मन छुने देउडा ठाडिभाका सँगै एक से एक नृत्य देखेर त्यसै चुप लागेर बस्न नसकि कोहि देउडामा पैतल मिलाउदै थिए, कोहि नाच्दै रमाउदै थिए, कोहि ताली बजाउदै थिए, कोहि सिटि बजाउदै आ–आफ्नो मोबाईलमा तस्बिर र भिडियोहरु बनाउनुमा नै मक्ख देखिन्थे । सोहि कार्यक्रममा नेपालबाट आउनु भएका बिशेष अथिति कलाकारहरुलाई सम्मान पत्र सहित दोसल्ला ओढाई बिशेष सम्मान गरिएको थियो भने राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरु पनि सम्मानपत्र सहित सम्मानित भएका थिए ।
‘फुटसल’ मा आकर्षण बढ्दो
बागलुङ, भदौ २० । धौलागिरि क्षेत्रमै पहिलो पटक शुरु भएको फुटबलको सानो रुप ‘फुटसल’ खेलले यहाँका युवादेखि वयस्कसम्मलाई आकर्षित गरेको छ । कोठाभित्र (इनडोर) खेलिने फुटसल सञ्चालन गरेको रसआवर फुटसल प्रालिले छोटो समयमै सफलता प्राप्त गरेको छ । खेल कौशल सिक्नेदेखि, व्यायाम र मनोरञ्जनका लागि फुटसल खेल्नको संख्या दैनिक बढ्दो छ । फुटसलका सञ्चालक राजु केसीका अनुसार मासिक एकमुष्ट भुक्तानी गरेर खेल्नेको मात्रै सात समूह छ । पाँच जनाको समूहमा खेलिने फुटसलका लागि खेलाडीले मासिक रु ३० हजार बुझाउने गरेका छन् । “शुरु गरेको छ महिनामै राम्रो प्रतिक्रिया आएको छ, हामी उत्साहित छौँ” सञ्चालक केसीले भन्नुभयो । केसीसहित चार युवा मिलेर रु सवा करोड लगानीमा फुटसल सञ्चालनमा ल्याइएको हो । खेल मैदान, रेष्टुराँ, स्नुकर हाउसलगायत संरचना बनाउँदा लगानी थप बढेको सञ्चालकको भनाइ छ । “हालसम्म संरचना र पूर्वाधार तयारीमा लगानी ग¥यौँ, अब नाफा लिने समय आउँदैछ”, केसीले भन्नुभयो । फुटसलले खेलकुदको प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जन र खेल पर्यटनका क्षेत्रमा टेवा पु¥याएको छ । खेलाडीका अतिरिक्त बिहान, बेलुकाका समयमा फुटसल हेर्न जाने दर्शकको संख्या पनि उत्तिकै छ । बागलुङ नगरपालिका–३ गुठीमा सञ्चालित फुटसल बिहान ५ बजेदेखि राति १० बजेसम्म खुला हुने गरेको छ । बिहान र बेलुकीको मुख्य समयमा फुटसल मैदान अति व्यस्त हुने गरेको अर्का सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो । “प्राइम टाइममा विभिन्न समूहले महिनाभरिलाई समय किन्ने गरेका छन्”, श्रेष्ठले भन्नुभयो “नयाँ आउने खेलाडीलाई समय व्यवस्थान गर्न गाह्रो भएको छ ।” बिहान ५ बजेदेखि ८ बजेसम्म र बेलुकी ५ देखि ९ बजेसम्म एक समूहले रु एक हजार ५०० र दिउँसो रु एक हजार तिर्नुपर्ने व्यवस्था छ । नियमित फुटसल खेल्ने अधिवक्ता राम शर्माले आफू स्वास्थ्यका निम्ति खेलिरहेको प्रतिक्रिया दिनुभयो । “इनडोर भएकोले जुनसुकै समय र मौसममा खेल्न सकिन्छ”, उहाँले भन्नुभयो “फुटसलले खेलकुदप्रति आकर्षण थपेको छ ।” फुटसल खेल्नेमा पेशाकर्मी र व्यवसायीको संख्या बढी छ । नयाँ पुस्ताका युवा पनि फुटसलप्रति उत्तिकै आकर्षित छन् । फुटसलले खुला घाँसे मैदानमा खेलिने फुटबल खेलमा राम्रो सहयोग पु¥याउने खेलाडी बताउँछन् । केसी, श्रेष्ठ, सज्जन आचार्य, र प्रदीप शर्माले मासिक रु ३३ हजार भाडा दिने गरी दुई रोपनी जग्गा लिएर फुटसल मैदान बनाएका हुन् । नेपालमा सन् २०११ देखि भित्रिएको फुटसललाई व्यावसायिक रुपमा सञ्चालन गर्ने क्रम बढेको छ । विशेष गरी शहरी युवामाझ लोकप्रिय बनेको फुटसलले हालै मात्र औपचारिक मान्यता पाएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटसल लिग शुरु गरेपछि आधिकारिकता पूरा भएको हो । फुटसल खेलको औपचारिक शुरुआत सन् १९३० को विश्वकप फुटबलपछि उरुग्वेबाट शुरु भएको हो । चालीस मिनेट खेलाइने फुटसलका अधिकांश नियम फुटबलसँग मिल्छन् । रासस
यसरी मनाइयो बकर इद
काठमाडौं, भदौ १७ । इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद आज शूरु भएको छ । ईदुल जोहाको नामले पनि चिनिने यस पर्वका अवसरमा इस्लाम धर्मालम्वीहरुले विहानै मस्जिद गएर नमाज पढ्ने गर्दछन् । त्यसपछि इष्मित्रसँग खुशी साटासाट गर्ने गर्दछन् । आज शनिबार भदौ १७ गतेदेखि सुरु भएको यस पर्व भदौ १९ गतेसम्म मनाइन्छ । पर्वका अवसरमा आज इस्लाम धर्मावलम्वीहरुले आफन्त र इष्ट मित्रलाई डाकेर आफ्नो गच्छेअनुसार खानपिन गरेर रमाइलो गर्ने गर्दछन् । पर्वको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री मोदीले १५ नयाँ मन्त्री थप्दै, ति काे काे हुन ?
काठमाडौं, भदौ १७ । प्रधानमन्त्री नरेंद्र मोदीले भाेली अार्इतवार मन्त्रीपरिषद विस्तार गर्दैछन । भाेली सवा दस बजे १५ नयाँ मन्त्रीकाे शपथ ग्रहण कार्यक्रम तय भएकाे छ । भाजपा महासचिव भूपेंद्र यादव, पार्टी उपाध्यक्ष विनय सहस्रबुद्धे, प्रहलाद पटेल, सुरेश अंगडी, सत्यपाल सिंह और प्रहलाद जोशीलार्इ मन्त्री बनाउन लागिएकाे चर्चा छ । यसअघि हिजाे भारतका पाँचजना मन्त्रीले राजिनामा दिएका थिए । राजिनामा दिनेमा जलस्रोत मन्त्री उमा भारती, सीप विकास मन्त्री राजिव प्रताप रुडी, कृषिमन्त्री राधा मोहन सिंह, जलस्रोत राज्यमन्त्री सञ्जिव बल्यान र साना उद्यम सम्बन्धी मन्त्री गिरीराज सिंह छन् ।
माओवादी सचिवालय बैठक बीरगञ्जमा
काठमाडौं, भदौं १४ । माओवादी केन्द्रको सचिवालय बैठक आगामी शुक्रबार वीरगञ्जमा बस्ने बताइएको छ । यस अघि राजधानीमा बस्ने तय भएपनि अध्यक्ष प्रचण्ड लगायतका शीर्षनेता मधेसमा रहेकाले बीरगञ्ज बस्न लागेको एक नेताले बताए । बीरगञ्जमा बस्ने सचिवालय बैठकले दुई नम्बर प्रदेशका उम्मदेवारहरुको टुंगो लगाउने माओवादी उच्चस्रोतले जनाएको छ । अध्यक्ष प्रचण्डलगायत माओवादीका शीर्षनेता पछिल्लो समय तराई–मधेसमा स्थानीय तह तेस्रो चरणका चुनाबी अभियानमा सक्रिय छन ।
आगामी आइतबार सार्वजनिक विदा
काठमाडौं, भदौं १४ । नेपाल सरकारले आगामी आइतबार ( भदौं १८) गते एक दिन सार्र्वजनिक विदा दिने भएको छ । भदौं १८ गते इस्लाम धर्मालम्बीहरुको पर्व बकर ईद (इदुल जोह) परेकाले नेपालभर एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचना प्रकाशित गरी जनाएको छ ।
नेपाली नागरिकता त्याग्ने बढे
काठमाडौं, भदौ ११ । विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ । कास्कीमा २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ । त्यसैगरी गोरखामा २०७० यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।
भारतीय हिरासतमा रहेका नेपाली मुक्त
काँकडभिट्टा (झापा), भदौ ९ । भारत पश्चिम बंगालको सिलगढीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहिबार राति मुक्त भएका छन्। इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो । सिलगढीस्थित भारतीय अदालतबाट उनी तारेखमा रिहा भएर काँकडभिट्टा अाएका हुन् । रिहा भएर स्वदेश अाएका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिए । आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उनले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गरे । राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उनको रिहाइ भएको बताए । रा
मेस्सीलाई ३ सय मिलियन युरोको अफर
एजेन्सी, भदौ ६ । फुटबलर लियोनल मेस्सीलाई अनुबन्धनका लागि इंग्लिस क्लब म्यानचेस्टर सिटीले तीन सय मिलियन डलर युरोको प्रस्ताब गरेको छ । बार्सिलोनामा मेस्सीको सम्झौताको समय सकिनै लाग्दा पनि नयाँ सम्झौतामा ढिलाई भइरहँदा यदि मेस्सी मञ्जर भए भने इंग्लिस क्लब म्यानचेस्टर सिटीले गरेको प्रस्ताब फुटबल इतिसासमै सबैभन्दा महंगो स्तानान्तरण हुने छ । बार्सिलोनाको क्रियाकलाप देखेर आफू पर्ख र हेरको स्थितिमा रहेको मेस्सीले बताएका छन् । ट्रान्सफरको समय रहँदासम्म क्लबले बनाउने योजनालाई हेरेर नयाँ सम्झौता गर्ने उनले बताएका छन् । बार्सिलोनाले लियोनल मेस्सीसँग सन् २०२१ सम्मका लागि सम्झौता गर्न खोजेको छ । १३ वर्षमा बार्सिलोना आएका मेस्सी अहिले ३० वर्षका भए । उनले क्लबसँगको नयाँ सम्झौतामा हस्ताक्षर गर्न समय लिइरहेका छन् ।
पहिरोले आधा दर्जन बढीको मृत्यु,पूर्वपश्चिम राजमार्ग अवरुद्ध
मोरङ, साउन २८ । पहिरोले घर पुरिँदा मोरङ, लेटाङ नगरपालिका–१ मा शनिबार बिहान एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको वर्षापछि पहिरोले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिए । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् । पूर्वपश्चिम राजमार्ग अवरुद्ध अविरल वर्षापछि मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित बूढीखोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवत–जावत नै बन्द गरिएको सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखन्डमा लोहन्द्रा खोलामा रहेको पक्कीपुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ । यस्तै, बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर १५० घर, मुडेरीटोलका १५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी, उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै, रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरीचौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत् प्रहरी छतमा बस्नुपरेको छ । रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी ७०० घर–परिवारलाई सुरक्षित स्थानतर्फ सार्नेकार्य भइरहेको प्रहरीचौकी इटहराले जनाएको छ । यस्तै, धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर १५० घर डुबानमा परेका छन् । रासस
खुला भयो संसारकै सबैभन्दा लामो झोलुङ्गे पुल
जेनेभा । स्वीट्जरल्याण्डमा निर्मित संसारको सबैभन्दा लामो झोलुङ्गे पुल पैदल यात्रुका लागि खुला भएको छ । स्वीट्जरल्याण्डमा रहेको निर्माण भएको यो पुल दुई सय मिटर अग्लो र १६ सय २१ फिट लामो रहेको छ । चाल्र्स क्युनेन सस्पेन्सन ब्रिज नाम गरिएको यो पुल संसारकै लामो पुल भएको जेमत टुरिज्मले जनाएको छ । यो पुलबाट म्याटरहर्न, वेसहर्न र बर्निज एल्प्सको सुन्दर दृश्य देख्न सकिन्छ । गत जुलाई २९ मा पुलको उद्घाटन गरिएको थियो । यसअघि उक्त स्थानमा रहेको पुल चट्टान खसेका कारण भत्किएको थियो । यो पुलले जेरम्याट र ग्रेचेन उपत्यकालाई जोड्ने गर्दछ । पुल नहुँदा ३, ४ घण्टा लाग्ने दूरी अहिले १० मिनेटमा पुरा हुने बताइन्छ ।
नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी, २२२ मिलियन युरोमा अनुबन्ध
काठमाडौं, साउन २० । ब्राजिलियन फुटबल खेलाडी नेइमार विश्वकै सबैभन्दा महँगो खेलाडी बनेका छन् । नेइमारलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अहिलेसम्मकै महँगो २ सय २२ मिलियन युरोमा खरिद गरेको हो । बहुचर्चित नेइमार प्रकरणको टुंगो लगाउँदै पिएसजीले स्पेनिस क्लब बार्सिलोनाबाट २६ अर्बभन्दा बढी रुपैयाँमा नेइमारलाई खरिद गरेको हो । विश्व फुटबलमा कु्नै पनि एउटै खेलाडीमाथि खर्च गरिएको यो अहिलेसम्मकै बढी रकम हो । यसअघि म्यान्चेस्टर युनाईटेडले ईटालीको क्लव युभेन्टससँग फ्रेन्च खेलाडी पउल पोग्बा खरिद गर्दा त्यतिबेलाको सर्वाधिक रकम ९८ मिलियन युरो खर्चिएको थियो । तर यसपटक नेइमारका लागि खर्चिएको रकम पोग्बाको मूल्यभन्दा दोब्बरभन्दा पनि बढी छ । नेइमारले तलब बापत पिएसजीबाट वार्षिक ४५ मिलियन युरो अर्थात प्रति हप्ता ८ लाख ६५ हजार युरो बुझ्ने भएका छन् । पिएसजीले बार्सिलोनाबाट नेइमार खरिद गरे पनि यो प्रसंग युरोपियन फुटबल महासंघ (युएफा)सम्म पुग्ने सम्भावना देखिएको छ । अत्यधिक मूल्यमा नेइमार खरिद गर्दा युएफाको फाइनान्सियल फेयर प्ले नियम मिचिएको भन्दै स्वयं बार्सिलोनाले अपिल गर्ने चेतावनी दिइसकेको छ ।
राजधानीमा स्वाइन फ्लुबाट मर्नेको संख्या चार पुग्यो
काठमाडौ, साउन १९ । स्वाइनफ्लु नेपालमा देखिएसँगै राजधानीमा त्यसबाट मर्नेको संख्या चार पुगेको छ । पटिल्लो पटक धापासीस्थित ग्रीनसिटी अस्पतालको आइसियूमा उपचाररत ३६ वर्षीया एक महिलाको स्वाइन फ्लुका कारण मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। एक साताअघि काठमाडौँमै स्वाइन फ्लुका कारण शिक्षण अस्पतालमा दुई र ग्रान्डी इन्टरनेसनल अस्पतालमा एक जनाको मृत्यु भइसकेको छ। विगत सात महिना यता ८२ जनालाई स्वाइन फ्लुको पुष्टि भएको र त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले जनाएका छन्।