कोरोना भाइरस: एक लाख ३५ हजार संक्रमित, करिब ५ हजारको मृत्यु
पेरिस : विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा सङ्क्रमण भएको छ ।
यसबाट ४ हजार ९८४ जनाको मृत्यु भएको छ । कुल सङ्क्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सब भन्दा बढी मृतक र सङ्क्रमितको सङ्ख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको सङ्क्रमण कम भएको समाचारमा जनाइएको छ ।
गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस सङ्क्रमणबाट चीनमा ३ हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा सङ्क्रमण भएको छ ।
रोग फैलिएका देशहरूबाट विवरणहरू सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको सङ्क्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको सङ्क्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।
पछिल्लो समय सङ्क्रमण धेरै फैलिएको इटालीमा सङ्क्रमितको सङ्ख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म १ हजार १६ जनाको मृत्यु भएको छ ।
इरानमा सङ्क्रमितको सङ्ख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा सङ्क्रमित हुनेको सङ्ख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।
पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाहरुका अनुसार देशभरमा कूल सङ्क्रमितको सङ्ख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।
पाकिस्तानमा कोरोना भाइसबाट सङ्क्रमितको सङ्ख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालयहरु बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।
सिङ्गापुर र मलेसियामा बिहीबार थप नौ नौै व्यक्तिमा सङ्क्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको सङ्क्रमणबाट विरामी हुनेको सङ्ख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीहरूले बताएका छन् । एजेन्सी
खानेपानीमन्त्रीद्वारा भीमदत्त नगरपालिकामा ओभरहेड खानेपानी ट्यांकीको शिलान्यास
कञ्चनपुरः खानेपानी मन्त्री बिना मगरले कञ्चनपुरको भीमदत्त नगरपालिका अन्तर्गत वडा नम्बर ६,८ र १० मा संचालन हुने खानेपानी ओभरहेड ट्याङकीको शिलान्यास गरेकी छन् । श्री सिद्धनाथ बैजनाथ खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले आयोजना गरेको कार्यक्रममा खानेपानी मन्त्री मगरले एक समारोहका बीच ओभरहेड ट्याङकीको शिलान्यास गरेकी हुन् । उक्त खानेपानी आयोजनाले भिमदत्त नगरपालिका तीन वडाका १७ सय २३ घरधुरीका करिब साढे ९ हजार जनसंख्या लाभान्वित हुनेछन् । उक्त आयोजनाको कूल लागत १८ करोड ५३ लाख रुपैयाँँ रहेको समितिले जनाएको छ । यो ट्याङकीको क्षमता साढे चार लाख लिटर रहेको छ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी र सरसफाइको क्षेत्रमा सिङ्गो देशको सपाट मार्ग चित्र कोर्न चाहिरहेको बताए । उनले स्थानीय, प्रदेश र संघीय सरकारको नेतृत्वमा देशको सरसफाइ गुरुयोजना बनाउने तयारी भैरहेको जानकारी दिइन् । ‘खानेपानीको पहुँचबाट पहुँचविहीन भएका जनताको समस्यालाई सम्बोधन गर्न देशै भरीको योजना बनाउदै छौं,’ उनले भनिन्, ‘खानेपानी संगै सरसफाइ र ढलको पनि रोड म्याप तयार गर्नेछौं ।’ उनले समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्दै सूदुरपश्चिम क्षेत्रको विकासमा कुनै कसर बाकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रममा साना सहरी खानेपानी आयोजनाका आयोजना प्रमुख बिद्यानाथ भट्टराईले यो आयोजना अबको १३ महिना भित्रमा सम्पन्न गरिसक्नुपर्ने बताए। उनले यो आयोजना एडीबी लगायत नगर विकास कोषबाट आर्थिक सहयोगमा बन्न लागेको जानकारी दिए । यसैबीच कन्चनपुरको बेलौरीमा भएको अर्को एक कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले जनताका माझ गरिएका प्रतिबद्धता क्रमिक रूपमा पूरा गर्दै जाने बताइन् । शुक्रबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ पचुईमा निर्मित त्रिपुरा सुन्दरी भगवती मन्दिरको शिलालेख अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले नागरिकलाई विकासको मूलधारमा ल्याउन प्रयत्नशील रहेको उल्लेख गरिन् । मन्त्री बिना मगरले नागरिकको जीवन स्तरमा सुधार ल्याउन र दैनिक जीवन संग जोडिएका विषयमा सकारात्मक परिवर्तन ल्याउन सरकार प्रतिबद्ध रहेको बताइन् ।
पीपीएलः सोमपालको टिमविरुद्ध ब्याटिङ गर्दै पारसको चितवन (LIVE)
काठमाडौंः पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध बुटवल ब्लास्टर्सले टस जितेर बलिङ गरिरहेको छ । यी दुबै टिमले पहिलो खेलमा जित हासिल गरिसकेका छन् । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का नेतृत्वको चितवनले पहिलो खेलमा पोखरा पल्टलाई हराएको थियो । यता अलराउन्डर सोमपाल कामी कप्तान रहेको बुटवलले काठमाडौं गोल्डेन्स वारियर्सलाई ‘सुपर ओभर’मा पराजित गरेको थियो ।
मलेसियामा लिम्बू चलचित्र ‘के’ प्रदर्शन
मलेसियाः याक्थुङ फिल्म्स ब्यानरद्वारा निर्मित लिम्बू चलचित्र ‘के’ प्रदेशी रेस्टुरेन्ट क्वालालम्पुरमा चलचित्र लेखक/निर्देशक सागर केरुङको उपस्थितिमा प्रदर्शन गरिएको छ । चलचित्र ‘के’ले विशेषगरी लिम्बू समुदायको साँस्कृतिक मौलिक बाजाको महत्व र सामाजिक अस्थित्वलाई प्रतिबिम्बित गरेको छ । नेपालका आदिवासी जनजाती समुदायहरुको प्रत्यक्ष घट्नालाई समाबेश गरेर निर्माण भएको सो चलचित्रमा उत्पीडित जाति समुदाय र राज्य सयन्त्रबीचको सामाजिक, साँस्कृतिक र मौलिक बहसको विषय लाई उठान गरेको छ । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र ‘के’ ले नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव २०७६ को उत्कृष्ट अवार्ड प्राप्त गरिसकेको छ । यसैगरी जोमोगाङ फिल्म अवाड–२०१९ थाइल्यान्डको उत्कृष्ट–५ भित्र नोमिनेट र एफ.एल.एफ अवाड–२०२० को उत्कृष्ट–४ को नोमिनेसनमा पर्न सफल भएको छ । नेपालका आदिवासी जनजातिहरुप्रति नेपाल सरकारले गरिरहेको ब्यवहार र असन्तुष्टिको मुद्धालाई कथाको रुपमा प्रस्तुत गरिएको चलचिले समय सान्दर्भिक र वास्तविक घट्नामा अधारित रहेको दर्शक श्रोताहरुले प्रतिक्रिया दिएका छन् । लिम्बू भाषिक चलचित्र प्रदर्शनमा मलेसियाका विभिन्न क्षेत्रमा कार्यरत नेपालको उपस्थिति रहेको थियो ।
आज कस्तो बित्दै छ तपाइँको दिन? हेर्नुस् यस्तो भन्छ राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लक्ष्मी प्रसन्न हुने योगछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धपनि सकारात्मक नै देखिन्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । भूमिबाट लाभ रहला । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । आँको काम पुरा हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
टी–१० लिगः दिल्लीविरुद्ध पहिलो ओभरमै सन्दीपलाई सफलता
काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगकाे फ्रेन्चाइज टिम कर्नाटक टस्कर्समा आवद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले पहिलो खेलमै विकेट लिन सफल भएका छन् । उनले दिल्ली बुल्सविरुद्ध आफ्नो पहिलो ओभरको पहिलो बलमै विकेट लिन सफल भएका हुन् । उनले मोहम्मद उश्मानको विकेट लिए । पहिलो ओभरमा ४ रन मात्र दिएका सन्दीप दोस्रो ओभरमा भने महँगा सावित भए । उनले दोस्रो ओभरमा २ छक्कासहित १६ रन खर्चिन पुगे । यसअघि टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो । उसका लागि उपल थरंगाले ४८, शफीकउल्लाले ३४, जनसन चार्ल्सले १३, कप्तान हासिम अमलाले ६ रन बनाए । बलिङमा दिल्लीका रवि रामपउलले २, डेबिड विल्ली, र दुश्मन्था चामेराले एक–एक विकेट लिए । दिल्लीले पहिलो खेलमा शुक्रबार डेक्कन ग्लेडिटर्सलाई ७ विकेटले हराएको थियो । दिल्लीमा कप्तान इओन मोर्गन कप्तान रहेका छन् । पहिलो खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाएका थिए । शेन वाट्सन डेक्कनविरुद्ध मोर्गनले नटआउट ५२ रन हिर्काएका थिए । यता सन्दीपआवद्ध कर्नाटकमा दक्षिण अफ्रिकी क्रिकेट टिमका पूव क्रिकेटर हासिम अमला कप्तान छन् । टी–१० लिगको जारी संस्करणमा कर्नाटकको यो पहिलो खेल हो । टस हारेर ब्याटिङको मौका पाएको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनायो । उसका लागि उपल थरंगाले ४८, शफीकउल्लाले ३४, जनसन चार्ल्सले १३, कप्तान हासिम अमलाले ६ रन बनाए । बलिङमा दिल्लीका रवि रामपउलले २, डेबिड विल्ली, र दुश्मन्था चामेराले एक–एक विकेट लिए । दिल्लीले पहिलो खेलमा शुक्रबार डेक्कन ग्लेडिटर्सलाई ७ विकेटले हराएको थियो । दिल्लीमा कप्तान इओन मोर्गन कप्तान रहेका छन् । पहिलो खेलमा उनले उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जित दिलाएका थिए । शेन वाट्सन डेक्कनविरुद्ध मोर्गनले नटआउट ५२ रन हिर्काएका थिए । यता सन्दीपआवद्ध कर्नाटकमा दक्षिण अफ्रिकी क्रिकेट टिमका पूव क्रिकेटर हासिम अमला कप्तान छन् । टी–१० लिगको जारी संस्करणमा कर्नाटकको यो पहिलो खेल हो ।
१३ हजार घुस रकमसहित वडासचिव प्रहरीको फन्दामा
बारा– वृद्ध तथा अपाङ्गता भएकाको समाजिक सुरक्षा भताबाट घुस लिएको आरोपमा आर्दश कोतवाल गाँउपालिका वडा नम्बर ६ का वडासचिव रामएकवाल यादवलाई प्रहरीले पक्राउ गरेका छन् । उनले प्रत्येक व्यक्तिहरुबाट जनही रु १ सय रुपैयाँ कटौती गरि करिब १२ हजार ७ सय ४८ रुपैयाँ जम्मा गरिसकेको अवस्थामा पटेर्वाका स्थानियहरुले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय महेन्द्रबाट खटी गएको टोलीले वडा सचिव यादवलाई सो रुपैयाँसहित पक्राउ गरिएको प्रहरी प्रवक्ता रंजित सिह रठौरले जानकारी दिए । वडा सचिवलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताए ।
करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु
धनुषा । जिल्लाको गणेशमान नगरपालिका ४ पोर्ताहामा करेन्ट लागेर होटल सञ्चालक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । मंगलबार राति सुतिरहेको अवस्थामा विद्युत् चुहावट हुँदा पूर्वेली स्टाफ होटल सञ्चालक शिवकुमार महतो, उनका श्रीमती र एक महिला कामदारको मृत्यु भएको हो । मृतक महतोकी श्रीमती र कामदारको पहिचान खुलेको छैन । बुधबार बिहान प्रहरीको सहयोगमा उनीहरुको शव निकालिएको धनुषाका एसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार उनीहरु सुतेको कोठाका विद्युतीय सामग्री क्षतिग्रस्त छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
आइसीसीद्वारा बिराट कोहलीमाथि कारबाही
काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भारतीय क्रिकेट टीमका कप्तान बिराट कोहलीमाथि अनुशासनात्मक कार्वाही गरेको छ। आइतबारका दिन बैंगलोरमा दक्षिण अफ्रिकाविरुद्धको टी २० खेलका क्रममा अनुशासन उल्लंघन गरेको आरोपमा आइसिसीले कोहलीमाथि कार्वाही गरेको हो । कोहलीमाथि खेलका क्रममा दक्षिण अफ्रिकाका बलर ब्यूरन हेन्ड्रिक्ससँग ठोक्किएको आरोप छ । यो आरोपमा आइसिसिी कोड अफ कन्डक्ट तोडेको भन्दै कोहलीको खातामा एउटा डिमेरिट अंक थप गरिएको छ । आइसिसीले वक्तव्य जारी गर्दै भनेको छ– “दक्षिण अफ्रिकाविरुद्ध आइतबार भएको तेश्रो टी२० खेलमा आइसिसी कोड अफ कन्डक्ट लेभल १ तोडेको दोषी पाईएपछि भारतीय कप्तान बिराट कोहलीलाई आधिकारिक चेतावनी र एउटा डिमेरिट अंक दिइएको छ ।” कोहली दोषी ठहर भएको उक्त घटना भारतीय पारीको पाँचौ ओभरमा भएको थियो । रन लिने क्रममा पिच नजिकै उभिएको बलर ब्यूरनसँग कोहली ठोक्किएका थिए । आइसिसीले यही गल्तीलाई आचार संहिताको धारा २.१२ उल्लंघन गरेको दोषी पाएको हो । बिराट कोहलीले अहिलेसम्म तीन वटा डिमेरिट अंक पाएका छन् । पछिल्लो डिमेरिट भने खेलाडी र सपोर्ट स्टाफका लागि बनाइएको हो । यसमा अन्तराष्ट्र्रिय खेलको अवधिमा खेलाडी, सपोर्ट स्टाफ, अम्पायर, म्याच रेफ्री या दर्शकसहित अन्य कुनै पनि व्यक्तिसँग अनुचित शारिरिक सम्पर्क बनाउने बारेमा निर्देशन जारी गरिएको छ । भारतीय कप्तान बिराट कोहलीले सन् २०१८ जनवरी १५ मा दक्षिण अफ्रिकाविरुद्ध नै खेलिएको टेष्ट खेलको बेला पहिलो डिमेरिट अंक पाएका थिए । दोश्रो डिमेरिट भने २०१९ जुन २२ तारिखका दिन अफगानिस्तानसँग भएको खेलमा पाइएको थियो । कोहलीले भने म्याच रेफ्री रिचि रिचर्डसनका सामु आफ्नो गल्ती स्वीकार गर्दै डिमेरिट अंक स्वीकार्य भएको बताएका थिए । त्यसैले अब यो विषयमा कुनै सुनवाई हुने छैन । बिराटले जुन लेभल १ आचार संहिताको उल्लंघन गरेका छन्, त्यो घटनाा सबैभन्दा ठूलो सजाय खेलाडीमाथि ५० प्रतिशत फीस रकमको जरिवाना रहेको छ । यस अतिरिक्त एक या दुई डिमेरिट अंक पनि दिन सकिन्छ ।
खुला दिसामुक्त घाेषणाा हुँदा पनि याे बिजाेग, ७९ हजारले प्रयाेग गर्छन् १ शाैचालय
ललितपुर : जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा। मुलुकको राजधानी र पहिलो महानगरपालिकाको अवस्था हो यो। यसरी हेर्दा एउटा शौचालय ७९ हजारले प्रयोग गर्नुपर्ने बाध्यता छ। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने, ‘काठमाडौंमा बसाइँ सराइ र जनसंख्या बृद्धि अनुपात हेर्दा यहाँको जनसंख्या ३० लाखभन्दा बढी पुगेको अनुमान छ।’अन्नपूर्ण पोष्टमा नितु घलेले लेखेकी छिन । केन्द्रीय तथ्यांक विभागले सन् २०१६ मा काठमाडौंको जनसंख्या २५ लाख २२ हजार एक सय तीन रहेको विवरण सार्वजनिक गरेको थियो। विभागका निमित्त महानिर्देशक मोदिनलाल श्रेष्ठले भने, ‘हालको जनसंख्या अझै धेरै हुनुपर्छ। जनसंख्या वृद्धिदर उच्च छ। यति नै संख्या भन्न सकिन्न।’ विश्व स्वास्थ्य संगठनका अनुसार आपत्कालीन अवस्थामा मात्र एउटा शौचालय ५० जनाले प्रयोग गर्न मिल्छ। जनसंख्या हेरेर प्रत्येक तीन सय मिटरमा एउटा शौचालय हुनुपर्ने प्रावधान छ। उपत्यकामा सार्वजनिक शौचालय निर्माणका लागि काम गर्दै आएको संस्था एरोसान नेपालले काठमाडौंंमा ३८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको जनाएको छ। संस्थाका प्रकाश अमात्यले भने, ‘चालू अवस्थामा रहेका शौचालय दुर्गन्धित र जीर्ण छन्।’ काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयसम्बन्धी निर्देशिका पास गर्न सकेको छैन। काठमाडौंमा ५६ वटा पेट्रोल पम्प सञ्चालनमा छन्। कुनै पेट्रोल पम्पमा पनि शौचालय र खानेपानीको व्यवस्था छैन। पेट्रोल पम्प सञ्चालन लाइसेन्स लिँदा स्वच्छ पानी र शौचालयको व्यवस्था गरेको हुनुपर्ने प्रावधान छ। यीबाहेक मठमन्दिर, पार्क, सरकारी कार्यालय, सपिङ मल जोड्दा २ सय ४२ शौचालय तत्काल बन्न सक्ने अमात्य बताउँछन्। रेस्टुरेन्टसँग पनि सहकार्य गर्न सकिने उनको भनाइ छ। कोटेश्वर, रत्नपार्क, भोटाहिटीमा निजी सार्वजनिक साझेदारीका आधारमा शौचालय सञ्चालनमा छन्। भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय उदयपुरका तीर्थ राईले सञ्चालन गरिरहेका छन्। उनले शौचालय सञ्चालनबापत मासिक एक लाख १६ हजार तिर्छन्। शौचालयबाट मासिक ५० हजारभन्दा बढी आम्दानी नहुने उनको भनाइ छ। शौचालयको कौसीमा कफीसप चलाउनुपर्ने माग उनको छ। ‘उचित नियमन अभाव र चर्को कर प्रणालीले व्यवस्थित नभएको अध्ययनमा देखिएको छ’, अमात्य भन्छन्, ‘यसबारे सरकारको नीति स्पष्ट छैन।’ समाजकल्याण परिषद्को स्वामित्वमा रहेको यो शौचालय अपांग र बृद्धबृद्धामैत्री छैन। भोटाहिटीमा सञ्चालित शौचालयले महानगरलाई वार्षिक ६० लाख रुपैयाँ तिर्छ। मासिक दुई सिलिन्डर ग्यास रत्नपार्कस्थित शौचालयबाट मासिक दुई सिलिन्डर बायोग्यास निकालिन्छ। नजिकैको चियापसलले मासिक तीन सिलिन्डर ग्यास खपत गर्छ। सञ्चालक ऋषि गर्तौला हरेक सार्वजनिक शौचालयले बायोग्यास निकाल्नुपर्ने बताउँछन्। गर्तौला भन्छन्, ‘निकै राम्रोसँग व्यवस्थापन गरेका छौं। सेन्सर बत्ती छ, महिलामैत्री छ।’ उनले महानगरलाई वार्षिक १७ लाख अग्रीम भुक्तानी तिर्नुपर्ने बताए। कीर्तिपपुरमा वडैपिच्छे शौचालय कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउँदै छ। यसका लागि निर्देशिका पारित गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वातावरण शाखाका ज्ञानबज्र महर्जनका अनुसार कीतिपुर बसपार्कमा शौचालय सञ्चालनमा ल्याइएको छ। सबै सार्वजनिक शौचालय निःशुल्क बनाइने नगरपालिकाको योजना छ। ट्वाइलेटछेउमा लामो सास फेर्छुः चिरीबाबु ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भन्छन्, ‘अफिस आउँदा लामो सास फेर्छु। ट्वाइलेट गनायो भने गुनासो गरिहाल्छु। अफिसमा व्यवस्थापन गर्न सकिएला तर बाहिर त समस्यै हुन्छ।’ उनले लगनखेल र जाउलाखेलको शौचालय व्यवस्थित गर्न लागिएको बताए। उनले भने, ‘शौचालय बनाउन जग्गा छैन। भएको ठाउँमा छरछिमेकीले बनाउन दिँदैनन्। मंगलबजारको पर्यटकीय शौचालय भूकम्पपछि बन्द छ। अर्को सातादेखि काम हुनेछ।’ आशीर्वाद पाउँदाको खुसी गंगामान गुरुङ र मिठु श्रेष्ठ दम्पतीले ग्वार्कोमा सञ्चालनमा ल्याएको शौचालयमा भीड हुन्छ। १६ लाख लगानीमा सञ्चालन भएको उक्त शौचालयमा अनेकांै खालका मानिस आउँछन्। शौचालयबाहिर बोटबिरुवा छन्। मिठुले कुखुरा र कुकुर त्यही हुर्काइन्। बिहान ४ बजे खुल्ने उनको शौचालय पसलका मुख्य ग्राहक ट्राफिक प्रहरी, बटुवा र सवारी मजदुर हुन््। मिठुका अनुसार तीन महिनाअघि ५५ वर्ष जतिका देखिने व्यक्ति शौचालयमा प्रवेश गरे। उनी निकै आपत्मा थिए। शौचालय आइपुग्न समस्या भएपछि उनले कपडामा दिसा गरेछन्। उनले भित्री पहिरन शौचालयमै फुकाले। सफा गरे र गए। मिठु भन्छिन्, ‘दिसापिसाब लुकाएर लुक्ने कुरा होइन। आपत्मा परेका मानिसले धेरै आशीर्वाद दिएका छन्।’ गत वर्ष पोखराबाट एउटा महिला टोली आयो। उनीहरू बिहान ४ बजे रात्रिबसबाट ग्वार्कोमा उत्रिए। उनीहरूलाई शौचालय जान हतार भएको रहेछ। शौचालय देखेर खुसी भए। दिसापिसाब गरेपछि पाँच सय रुपैयाँ टिप्स दिन खोजे। मिठुले भनिन्, ‘दिसापिसाब गरेको दस रुपैयाँ मात्रै लिन्छांै भन्दाभन्दै ती महिलाले जबरजस्ती सय रुपैयाँ छोडेर गए।’ गंगामान र मिठुको जोडीले शौचालय सञ्चालन गरेबापत सरकारलाई वार्षिक डेढ लाख रुपैयाँ कर तिर्छ। प्रत्येक दिन ५ सय रुपैयाँको पानी किन्नुपर्छ। सफा गर्न विभिन्न खालका केमिकल प्रयोग गर्नुपर्छ। मिठुको शौचालय सञ्चानल नाफाभन्दा सहयोगमुखी मात्र भएको छ। अन्नपूर्ण पोष्टमा नितु घलेको समाचार सार्वजनिक छ ।
ग्यारेजमैं थन्किए प्रधानमन्त्रीले उद्घाटन गरेका ११ बस
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका ५ वटा विद्युतीय बस ११ महिनादेखि ग्यारेजमै थन्किएका छन् । प्राविधिक परीक्षणमा गुणस्तरहीन भेटिएका ती बस उद्घाटन गरेको भोलिपल्टदेखि नै बेकम्मा छन् । प्रधानमन्त्री ओली गत कात्तिक ७ मा हरिहर भवनबाट विद्युतीय बस चढेर सिंहदरबारसम्म गएका थिए । सरकारले गुणस्तरहीन ती बस फिर्ता गर्न निर्देशन दिए पनि आपूर्तिकर्ता कम्पनी बीवाइडी साइमेक्सले टेरेको छैन । टेन्डर आह्वान गरी चीनबाट खरिद गरेको भनिएका बस भारतमा बनेको र गुणस्तरहीन पाइएपछि सरकारले गत मंसिरमै फिर्ता गर्न दिर्नेशन दिएको थियो । यो समाचार कान्तिपुर दैनिकमा बलराम बानियाँले लेखेका छन् ।
पाँच वर्षमा २ अंकको आर्थिक वृद्धिदरः मन्त्री बाँस्कोटा
काभ्रेः सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पाँच वर्षमा दुई अङ्कको आर्थिक वृद्धिदर कायम गरिने बताएका छन् । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित कार्यशाला गोष्ठीमा मन्त्री बाँस्कोटाले आर्थिक वृद्धिदर आउँदो वर्षमा आठ दशमलव पाँच प्रतिशत पुर्याउने लक्ष्य लिएको बताए । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले श्रम संस्कृतिलाई उत्पादन एवम् उत्पादकत्वसँग जोड्नुपर्ने बताए ।
अमेरिकाको शीतयुद्धकालीन जासुस परेवा
अमेरिकी जासुसी संस्था सीआईएले शीतयुद्धमा कसरी उसले गोप्यरूपमा परेवा, कौवा र डल्फिनलाई जासुसी काममा प्रयोग गर्यो भन्ने बारेको दस्तावेज सार्वजनिक गरेको छ। ती दस्तावेजहरूमा परेवालाई कसरी सोभियत सङ्घको सामरिक महत्त्वका स्थानहरूको तस्बिर खिच्न प्रयोग गरियो भन्ने बारे विवरण छ। साथै कौवालाई कसरी झ्यालमा जासुसी यन्त्रहरू खसाल्न र डल्फिनलाई पानीमुनिको जासुसी कार्यका लागि प्रयोग गरियो भन्ने बारेमा पनि जानकारी छ। सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न सक्ने विश्वास गरेको देखिएको छ। सीआईएको मुख्यालयमा सर्वसाधारणहरूलाई नखोलिने एउटा सङ्ग्राहलय छ जसमा क्यामरा बाँधिएको परेवाको मूर्ति पनि छ। सन् १९७० ताका तकाना नाम दिइएको जासुसी कार्यक्रम अन्तर्गत आफैँ तस्बिर खिच्ने सानो क्यामरा बाँधिएका परेवाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो। जहाँ छोडे पनि सयौँ किलोमिटर टाढा रहेको बासस्थानसम्म आइपुग्ने विशेष गुणले परेवालाई यो कामका लागि योग्य मानिएको थियो। परेवालाई सञ्चारका लागि प्रयोग गर्ने चलन हजारौँ वर्ष पुरानो भए पनि पहिलो विश्वयुद्धदेखि यसलाई जासुसी कार्यमा प्रयोग गर्न थालिएको मानिन्छ। द्वितीय विश्वयुद्धमा ब्रिटेनले हजारौँ परेवाहरूलाई अधिनस्त युरोपका विभिन्न भागमा प्रश्नावलीसहित खसालेको र एक हजारभन्दा बढी परेवाहरू जर्मनीका हतियारको अवस्थाका बारेमा महत्त्वपूर्ण जानकारी लिएर फर्किएको मानिन्छ। जर्मनविरोधी एउटा समूहको १२ पाना लामो प्रतिवेदन तत्कालीन ब्रिटिश प्रधानमन्त्री चर्चिललाई पठाइएको थियो। शीतयुद्धमा पनि ब्रिटेनमा परेवाको प्रयोगसम्बन्धी चर्चा भएको तर त्यो कार्यक्रम बन्द भएपछि सीआईएले त्यस्तो काम थालेको थियो। अमेरिकाले भने अन्य जनावरहरूलाई पनि तालिम दिएको थियो। दस्तावेजका अनुसार कौवालाई ४० ग्रामसम्मका वस्तु ओसार्न प्रयोग गरिएको थियो। कौवालाई ठूला भवनहरूको झ्यालमा जासुसी यन्त्रहरू राख्न र ल्याउन प्रयोग गरिएको थियो। रातो लेजर प्रकाशको सहायताले कौवालाई सञ्चालन गरिन्थ्यो। सीआईएले बिरालोमा पनि टाढासम्म सुन्न सकिने यन्त्र जडान गरेको थियो। सन् १९६० ताका नै सीआईएले डल्फिनलाई रुसी समुन्द्री किनारसम्म पुगेर जासुसी गर्न तालिम दिएको थियो। तर यसको समस्या भनेको डल्फिनलाई तालिमकर्ताको हातबाट जासुसको हातमा सुम्पनुमा थियो। सीआईएको एउटा टोलीले डल्फिनलाई प्रयोग गरेर पानीमुनिबाट शत्रु जहाजलाई आक्रमण गर्न प्रयास गरेको थियो। डल्फिनलाई सोभियत सङ्घका पारमाणविक पनडुब्बी पत्ता लगाउने वा रेडियोधर्मी विकिरण पत्ता लगाउन परीक्षण गरिएको थियो। सीआईएले डल्फिनलाई पानीजहाजहरूमा सामान पुर्याउने कार्यमा पनि परीक्षण गरेका थिए। सन् १९६७ मा सीआईएले छ लाख डलरभन्दा बढी डल्फिन, चराहरू र कुकर एवम् बिरालोलाई जासुसी कार्यमा प्रयोग गर्ने प्रयासमा खर्च गरेको दस्तावेजमा देखिन्छ। तर परेवा नै सबैभन्दा उपयोगी ठहरिएको र सन् १९७० देखि सीआईएले परेवाको प्रयोग शुरू गरेको थियो। परेवामा बाँध्ने क्यामरा ३५ ग्रामको, यसको डोरी पाँच ग्रामको रहेको र क्यामराको खर्च प्रतिक्यामरा दुई हजार डलर रहेको दस्तावेजमा उल्लेख छ। ती क्यामराले खिच्ने १४० वटा तस्बिरहरूमध्ये आधाजस्तो कामलाग्ने हुने देखिएको थियो। सन् १९७६ को एउटा दस्तावेजमा परेवालाई लेनिनग्रामा रहेको सोभियत पनडुब्बी निर्माणस्थलमा उडाउन तयारी गरिएको विवरण छ। तर त्यसपछिका दस्तावेज सार्वजनिक भएको छैन। जासुस परेवाले सोभियत सङ्घविरुद्ध कतिवटा जासुसी काम गरे र उनीहरूले के सामग्री सङ्कलन गरे? यो कुरा अझै गोप्य नै रहेको छ। बीबीसीबाट
परराष्ट्रमन्त्री ज्ञवाली र सिंगापुरका विदेशमन्त्री भिभिन बालकृष्णबीच भेटवार्ता
काठमाडौंः चौथो हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मालदिभ्सको राजधानी मालेमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज बिहान सिङ्गापुरका विदेशमन्त्री भिभिन बालकृष्णन्लाई भेटेर नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । सौहाद्र्रपूर्ण वातावरणमा उनीहरूबीच भएको भेटवार्तामा नेपाल–सिङ्गापुर सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा सिङ्गापुरको प्रत्यक्ष वैदेशिक लगानी बढाउन त्यहाँका उद्यमी–व्यवसायीलाई अभिप्रेरित गर्न आफ्ना समकक्षीसँग अनुरोध गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्योपचारमा सहजीकरण गरेकामा सिङ्गापुर सरकारप्रति हार्दिक आभार व्यक्त गरे । मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार बिहान स्वदेश फर्कने कार्यक्रम छ ।
प्रचण्ड भन्छन्, ‘एक्सनद्वारा जनतालाई आश्वस्त पारे नेपाल विकासको नयाँ युगमा जान्छ’
चितवनः नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताएका छन् । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति लिएको देख्न नपाए उनीहरूमा बेचैनी बढेर जाने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भने, “हामीले छिटोभन्दा छिटो ‘एक्सन’द्वारा जनतालाई आश्वस्त पार्न जरुरी छ । नेताहरु विकासको नयांँ युगतिर जानुपर्छ ।” अब पनि देशले राजनीतिक अन्योल र अस्थिरता थाम्न नसक्ने भएकाले हामी सबैको ध्यान विकास र निर्माणतर्फ लगाउन जरुरी भएको उनको भनाइ थियो । देशमै रोजगारी सिर्जना गरी विकासलाई नयांँ युगतिर लैजान जोड दिँदै अध्यक्ष प्रचण्डले देशमा शान्ति, स्थिरता र राष्ट्रको एकतासंँगै सङ्घीय लोकतान्त्रिक गणतन्त्रका निम्ति सबै लाग्न पनि आग्रह गरे । नवलपरासी, मकवानपुर, धादिङ र गोर्खाको केन्द्रबिन्दुका रुपमा रहेको चितवनलाई नमूना जिल्लाको रुपमा अघि बढाएर देशैभर सन्देश दिन आफूले चाहेको बताउँदै उनले यहांँ रहेको भरतपुर विमानस्थललाई विस्तार गर्ने कार्यमा आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे । विमानस्थल स्तरोन्नतिका लागि नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र स्थानान्तरणका विषयमा रक्षा र पर्यटन मन्त्रालयका मन्त्री एवं उच्च अधिकारीहरुसंँग छलफल गरिने अध्यक्ष प्रचण्डले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले काठमाडौँ विमामस्थलमा चाप बढ्दै गएकाले आन्तरिक साना जहाज उडान र अवतरणका लागि वैकल्पिक विमानस्थलको रुपमा भरतपुरलाई विकास गरिने र यसका लागि अध्ययन गर्न एक हप्ताभित्र समिति गठन गरी काम अघि बढाइने बताए । उनले अब यस खालका छलफल र बैठक नगर्न काम अघि बढाइने बताए । मन्त्रालयले आफ्नो नीति तथा कार्यक्रममा पनि भरतपुर विमानस्थलको स्तरोन्नति र विस्तार गरी रात्रिकालीन उडान गर्ने जानकारी दिँदै मन्त्री भटृराईले उक्त विमानस्थल जोखिमपूर्ण बन्दै गएकामा भने उडान बन्द गर्ने वा विस्तारको विकल्प नभएको बताए । मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले आवश्यक ठानेमा संँगै रहेको नेपाली सेनाको गणलाई स्थानान्तरण गरी विमानस्थल विस्तार गर्न सकिने जानकारी दिए । आफ्नो प्रदेशका सबै जिल्लामा साना विमानस्थल जरुरी रहे पनि भरतपुर विमानस्थललाई विस्तार गरिनुपर्नेे, प्रदेशको राजधानी हेटौँडा नै सुनिश्चित हुनेमा आफू विश्वस्त रहेको र यसका लागि पनि भरतपुर विमानस्थल विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।
नेपाललाई पहिलो सफलता, विष्फोटक श्रीलंकन ब्याट्सम्यान आउट
काठमाडौंः श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ टिमले आफ्नो तेस्रो अभ्यास खेलमा चिलाव मारियन्सविरुद्ध टस जितेर बलिङ गरिरहेको छ । अघिल्ला खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले आज भने पहिला बलिङ रोजेको हो । यसैबीच नेपाललाई पहिलो सफलता मिलेको छ । नेपाललाई पहिलो सफलता १२.३ ओभरमा सूर्य तामाङले दिलाएका हुन् । श्रीलंकाले पहिलो विकेटका रुपमा दसुनलाई २६ रनमा गुमाएको छ । यो समाचार तयार पार्दासम्म श्रीलंकाले १५ ओभरमा १ विकेट गुमाएर ५५ रन बनाएको छ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भएको थियो । बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे । सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो ।