वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अावश्यक : मन्त्री विष्ट

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउँदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए ।

मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे ।

उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भने ।

मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए । रासस

विदेशबाट फर्केको युवाहरुलाई फुलमालाले स्वागत गर्छौ : राज्यमन्त्री चौधरी

धनकुटा, असार १६ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले धनकुटाको पाख्रीबास अनुसन्धान केन्द्रको अनुगमन गरेकी छिन । शनिबार अनुसन्धान केन्द्रका कर्मचारीहरुसँगको ब्रिफिङमा उनले भनिन् ‘नयाँ नयाँ अनुसन्धान दिनुस हामी किसानमा पुर्याउछौ ।’ अब बिदेशबाट फर्केर आएका सबै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न आफू र कृषि मन्त्रालय फुलमालाले स्वागत गर्ने बताइन । सरकारले बिना धितो दिइने ऋण बिदेश बाट फर्केका युवाहरूलाई १०लाख र पढेका युवाहरूलाई ७ लाख रकम कृषि क्षेत्रमा नै लगाउनेमा आफू बिश्वस्त रहेको बताइन । अनुगमनको क्रममा माटो परीक्षण ल्यब,टिसु कल्चर ल्याब,प्याथोलोजी ल्याबको निरीक्षण गरेकी थिइन । बोयर क्रस बाख्रा, पाख्रीबासमा पहिलो पटक गिरिराज कुखुराको परिक्षण गरेको र पाख्रीबासको कालोबुङ्गुर जुन अहिले धराने कालो बुङ्गुर भनेर चिन्निन्छ यो अहिले २५ औं पुस्तामा चलिरहेको छ । थोपा सिचाइ माध्यम बाट गोल भेडा ,अलैंची ,चिया ,फलफूलमा आरु,आल्चा ,किबि ,परिक्षण भैरहेको सबैको अनुगमन राज्य मन्त्री चौधरीले गरेको अनुसन्धान केन्द्रका प्रमुख हरिकुमार प्रसाइले बताए । अनुगमन पछि राज्यमन्त्री चौधरीले स्थानियहरु सङ्गको छ्लफलमा हामीले अनुसन्धान गरेको बालीहरु,विभिन्न किसिमका पशुपन्क्षिहरु लाई किसानमा पुर्याएको खण्डमा आर्थिक बृध्दि गर्न सकिने बताएकी छिन । कार्यक्रममा राज्यमन्त्री चौधरीले अब किसानहरुले गर्व गर्ने दिन आउने बताउनु भयो। ‘अब किसान भएर हेपिनु पर्दैन,’ उनले भनिन् ।

ब्राजिल र कोष्टारिकाबीचको पहिलो हाफ बराबरीमा सकियो

एजेन्सी । रसियामा जारी २१ औं संस्कारणको विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ का ब्राजिल र कोष्टारिकाबीचको खेल जारी छ । पहिलो हाफ सकिदाँसम्म दुबै टोलीले गोल गर्न सकेका छैन । विश्वकपको दावेदार मानिएको ब्राजिलले गोलको प्रयास गरे पनि त्यो प्रयाप्त भएन । नेइमारले ६ र समग्रमा १० पटक काेष्टारिकाकाे पाेष्टमा बल प्रहार गरे पनि गाेलमा परिणत हुन सकेन । रसियाको सेन्टपिटर्सवर्ग रंगशालामा सुरु भएको खेलमा बलियो टिम ब्राजिल जित हात पार्दै नकआउट चरणको सम्भावनालाई बलियो बनाउने लक्ष्यमा रहेको छ । यता, कोष्टारिका पनि ब्राजिललाई रोक्दै नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छ । यसअघि समूह चरणको पहिलो खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग १—१ गोलको बराबरी खेलेको थियो । यता, कोष्टारिका भने सर्बियासँग १—० गोलले पराजित भएको थियो ।

पानीको बहाव बढेपछि र्याफ्टिङ प्रभावित

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले र्याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यसवर्ष वर्षातको समय छिटो शुरु भएका कारण र्याफ्टिङ सञ्चालन गर्न नसक्दा पर्यटकलाई फर्काउनुपर्ने अवस्था आएको स्थानीय र्याफ्टिङ व्यवसायी होमबहादुर पुनले जानकारी दिनुभयो । “अघिल्लो वर्ष जुन महिनाको १५ सम्मर्याफ्टिङ गर्न सकेका थियौँ”, उहाँले भन्नुभयोे, “यस वर्ष जुन महिनामा कुनै पनि कम्पनी कालीगण्डकी नदीमा नआएको उहाँले बताउनुभयो । छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको स्विसा र्याफ्टिङ एण्ड ट्रेकिङ टुरिजम कम्पनी पोखराका सञ्चालक देव रेग्मीको भनाइ छ । लामो, समथर र कम बहाव भएकाले विदेशी नागरिक अन्य नदीभन्दा कालीगण्डकीलाई नै रोज्ने गर्दछन् । र्याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशी पर्यटकसँगै स्वेदशी पर्यटकको आकर्षण पनि बढ्दै गएको छ । सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई÷तीन समूहमा पर्यटक आउने गर्दछन् । अन्य नदीको तुलनामा पर्यटकले यसलाई पहिलो रोजाइमा पार्दै आएकाले पनि पर्यटकको आगमन बढेको रेग्मीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखिबाट शुरु हुने ¥याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ । कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरहरूको अवलोकन र प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ । रासस

‘छक्का पञ्जा १’ को भिडियो युट्युबमा सार्वजनिक

सुपरहिट नेपाली चलचित्र ‘छक्का पञ्जा’ को  निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले गरेका हुन् । उक्त चलचित्र प्रदर्शनले व्यापक सफलतासँगै अार्थिक अार्जन गर्न पनि सफल भएको छ । त्यसैले यो चलचित्र ज-जसले हेर्नुभएको छैन, जस जसलार्इ हेर्न मन अझै छ भने अब कुनै चिन्ता नगर्नुहोस् । समाचारहरुसँगै रमाइलो पृष्ठभूमि रहेको एभरेष्टदैनिकडटकमकाे यो साइटबाट रमाइला तथा मनोरन्जनात्मक विभिन्न भिडियोहरु हेर्न सक्नुहुने छ । हेरौं भिडियो-

किन ढिलाइ प्रदेशको नाम र स्थायी राजधानी तोक्न ?

काठमाडौं, जेठ ३१ । प्रदेशको नामाङ्कन र राजधानीको विषय टुंगो नलगाउँदा प्रदेश ४ को प्रदेशसभा बैठकमा झडप नै भयो । नामाङ्कन र राजधानीका बारेमा पेश भइसकेको विधेयकमाथि छिटो छलफल गर्नुपर्ने माग गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद अवरुद्ध पार्न खोज्दा झडपको अवस्था आएको थियो । तत्कालीन प्रदेश नम्बर ६ ले सबैभन्दा पहिले नाम कर्णाली र राजधानी सुर्खेत राख्ने निर्णय फागुन १२ गतेको बैठकले गरेको हो । प्रदेशको राजधानी र नामाकरण टुंङ्याउने विषयमा प्रदेश नम्वर ४ ले तयारी अन्तिम चरणमा पुर्याएको छ । प्रदेशको स्थायी राजधानी तथा नामाङ्कन तय गर्न प्रदेश नम्बर ४ म विन्दुकुमार थापा नेतृत्वमा गठन भएको समितिले प्रदेशको ११ जिल्लाबाट संकलन गरेको सुझाव सदनमा टेबल गरिसकेको छ । धेरैजसोले गण्डकी प्रदेश राख्न सहमति जनाएको भए पनि समितिले छलफलका लागि गण्डकीसँगै, तमुवान–मगरात, गोरखा र धवलागिरी नाम सिफारिस गरिएको थापाले बताउनुभयो । बाँकी प्रदेशमा भने नाम र राजधानी टुंगो लगाउने विषयमा खासै तयारी भएको छैन । प्रदेश १ नाम र राधजानीका विषयमा अनेक चर्चा चल्ने गरेको भएपनि अहिलेसम्म औपचारिक छलफल भने नभएको कांग्रेसका नेता राजु कोइरालाले बताउनुभयो । यो प्रदेशमा पहाडमा किरात समुदाय अर्थात राई र लिम्बु समुदायको ऐतिहासिक थातथलो छ । तराईले कोच समुदायको इतिहास बोकेको छ । त्यसैले अहिले नाम के राख्ने भन्ने टुंगो छैन । त्यस्तै, सर्वोच्च शिखर सगरमाथा र देशकै सवैभन्दा ठुलो नदी सप्तकोशी पनि यही प्रदेशमा पर्ने भएकाले नाम सगरमाथा, सप्तकोशी वा कोशी हुनुपर्छ भन्ने माग पनि छ । प्रदेश १ को नामका बारेमा प्रदेशसभाका सदस्यहरु पनि विभाजित छन् । माथिल्लो पहाडी क्षेत्रका सांसद सगरमाथा प्रदेश राख्नुपर्ने पक्षमा छन् । तल्लो भेगका सांसद कोशी प्रदेशको पक्षमा छन् । विगतमा तत्कालीन माओवादीले किराँत, लिम्बुवान र कोचिला प्रदेश भन्ने गरेको भूभाग अहिले सिंगै १ नम्बरमा पर्छ । तत्कालिन एमालेले बहुपहिचानका आधारमा किराँत लिम्बुवान कोशी प्रदेश भनेको थियो । अहिले दुवै पार्टी एक भएका छन् । अब सबैलाई मान्य हुनेगरी सगरमाथा वा सप्तकोशी प्रदेशमा सहमति खोज्न सकिने प्रतिपक्षी दलका नेता कोइरालाले बताउनुभयो । राजधानीको विषयमा भने धनकुटा, धरान, इटहरीका स्थानीयवासिन्दाले आफ्नै सहरमा हुनुपर्ने माग राखेपनि अहिले अस्थायी मुकाम तोकिएको विराटनगरलाई नै स्थायी राजधानी कायम हुने सम्भावना पनि छ । प्रदेश २ मधेशका आठ जिल्ला समेटिएको प्रदेश २ को नाम के राख्ने भनेर संसद बैठकमा अहिलेसम्म छलफलै भएको छैन । तर, प्रदेशको नाम मधेश, मिथिला, विदेह, मिथिला भोजपुरा लगायत नाम राख्ने भन्ने विषयमा भने दलहरुको आआफ्नै धारणा छ । सम्भवतः प्रदेश २ को नाम मिथिला वा मधेश प्रदेश रहन सक्ने सम्भावना धेरै रहेको नेताहरुले बताएका छन् । राजधानी भने हाल रहेकै स्थान जनकपुर रहने पक्कापक्कि जस्तै छ । वीरगंज र सप्तरीले राजधानीको दावी गरेपनि ऐतिहासिक तथा जनकपुर नै राजधानी रहने सम्भावना धेरै देखिएको हो । प्रदेश नम्बर २ मा कामकाजको भाषा हिन्दीलाई बनाउने चलखेल भएको भन्दै कांग्रेसले विरोध जनाइरहेको छ । प्रदेश ३ प्रदेश ३ को नाम भन्दा पनि राजधानी कहाँ राख्ने भन्ने बारेको बहश चर्को छ । राजधानीको टुंगो नलागी प्रदेशको नाममा छलफल अघि बढ्न नसक्ने सांसदहरु बताउँछन् । अहिले अस्थायी मुकाम तोकिएको हेटौंडाबाट राजधानी सार्नुपर्ने धेरै सांसदको तर्क छ तर कहाँ सार्ने भन्नेमा चाहि एकमत छैन । केहीले काभ्रे, केहीले भक्तपुर, केहीले ललितपर त केहीले चितवन सार्नुपर्ने पक्षमा अडान राख्ने गरेका छन् । केहीले हेटौँडा नै ठीक भएको पनि चर्चा गरिरहेका छन् । राजधानी निर्धारण गर्न गठन भएको प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिले बुधबार मात्रै भक्तपुर जिल्लाको स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक निरौलासहितको सदस्य टोलीले भक्तपुरको स्थलगत अध्ययन गरेको हो । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेशको राजधानी र नामका विषय विवादरहित रुपमा निकास निकाल्न आग्रह गर्नुभएको थियो । प्रदेश कहाँ रहने, नाम के रहने भन्ने विषयमा विवाद गर्न भन्दा पनि विकासका काम कसरी गर्ने भन्ने बारेमा बहस चलाउन उहाँको आग्रह थियो । प्रदेश ३ को नाममा पनि बिभिन्न विकल्पहरु आएका छन् । प्रदेश ३ को नाम बागमती प्रदेश राख्ने सन्दर्भमा सबै दल एक ठाउँमा आउने सम्भावना छ । वागमती नदीको नाममात्र नभएर ऐतिहासिक मानव सभ्यता समेत भएकाले वागमतीले सबै समुदायको भावना जोड्नेमा सांसदहरु एकमतको नजिक छन् । प्रदेश ५ प्रदेश नम्बर ५ मगर, थारु, मधेशी र खसआर्यको मिश्रित बसोबास रहेको प्रदेश हो । प्रदेश राजधानी बुटवल कि दाङ भन्ने विवाद अहिले पनि कायमै छ । प्रदेशको ५ को नाम लुम्बिनी प्रदेश रहने चर्चा छ । यद्यपी लुम्बिनीले निश्चित स्थानको मात्र प्रतिनिधित्व गर्ने भएकाले सबैलाई समेट्ने खालको नाम सुझाउन लागिएको छ । बुद्धभूमि प्रदेशमा सबैको भावनात्मक एकता समेट्ने भएकाले यसैमा पनि दलहरु सहमत हुनसक्ने देखिएको छ । प्रदेश ७ खसआर्य र थारु समुदायको मिश्रित बसोबास रहेको यो प्रदेशको नामका लागि बिभिन्न विकल्पमाथि छलफल भइरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहका अनुसार सबैको भावना समेटिने गरी नाम तय हुनेछ । तर यस प्रदेशको राजधानीको नाम भने खप्तड प्रदेश राख्नेमा दलहरु सहमत नजिक रहेका छन् । यद्यपी, अहिले सेती महाकाली थरुहट प्रदेश, खप्तड प्रदेश, मानसखण्ड प्रदेश र डोटी प्रदेश नाममाथि पनि आन्तरिक छलफल भने भइरहेको उहाँले बताउनुभयो । प्रदेश राजधानी धनगढी नै राख्न लगभग सबै दल सहमत रहेकाले नामपनि सहमतिकै आधारमा राख्ने सांसदहरु बताउँछन् । औपचारिक रुपमा संसदमा छलफल सुरु भएपछि नाम र राजधानी सहजै टुंगो लाग्ने कानुन मन्त्री शाहले दावी गर्नुभयो । –उज्यालो अनलाइन

शव नेपाल झिकाइदिन परिवारको आग्रह

पर्वत, जेठ ३० आफ्नै साथीहरुको कुटपिटबाट मलेसियामा ज्यान गुमाएका पर्वतका किशोर केसीको तीन साता बितिसक्दा पनि शव नेपाल आउन सकेको छैन । लामो समयसम्म पनि शव नेपाल आइनपुगेपछि परिवारले छोराको शव नेपाल झिकाइदिन अपिल गरेका छन् । पर्वतको मोदी गाउँपालिका–५ बाजुङ धमिलपानी गाउँका २२ वर्षीय किशोरको शव मृत्यु भएको १५ दिनसम्म पनि नआएपछि मृतकका बुबा भीमबहादुर केसीले छोराको शव नेपाल झिकाइदिन आग्रह गर्नुभएको हो । घरको आर्थिक अवस्था निकै कमजोर भएका कारण पनि आफूहरुलाई विभिन्न निकायमा पुगेर ताकेता गर्न समस्या भएको भन्दै मृतक नशिवको परिवार शव नेपाल झिकाउन विभिन्न संघ संस्थामा धाइरहेको उहाँले गुनासो गर्नुभयो । रोजगारीका लागि मलेसिया पुगेका नशिवमाथि नेपाली साथीभाइले कुटपिट गरेका थिए । पेटमा फलामे रड घोचिएपछि उपचारको क्रममा उनको गत जेठ १५ गते मलेसियाकै पुत्रोदय अस्पतालमा निधन भएको थियो । रोजगारीकै लागि मलेसिया पुगेका पूर्वी नेपालका चार जना युवाले नशिवमाथि जेठ ६ गते आक्रमण गरेका थिए । नशिवको शव एक हप्तामै नेपाल आइपुग्ने भनिएको भए पनि अझैसम्म शव नआउँदा उनको परिवार हरेक दिन उनकै शोक र मृत शरीरको प्रतीक्षामा रहेको छ । करीब २० महिनाअघि रोजागरीका लागि मलेसिया पुगेका क्षेत्री परिवारका कान्छा सन्तान हुन् । उनी अविवाहित थिए । उनको मृत्युको खबर सुनेपछि आमा देवी क्षेत्री अर्धचेत अवस्थामा हुनुहुन्छ भने गाउँलेमा समेत रुवाबासी चलेको छ । रासस

अध्यक्ष नै डोजर लिएर वनमा ढुंगा खन्न संग्लन !

ललितपुर, जेठ ३० । गोदावरी नगरपालिका–७ को देविचौरको जुरेली डाँडा सामुदायिक वनका अध्यक्ष नै वनमा डोजर लगाएर ढुंगा उत्खनन् गरिरहेका छन् । वन अध्यक्ष आशिष भनिने मान बहादुर तामाङले आफ्नै लगानीमा केही व्यक्तिहरुसँग मिलेर अबैध रुपमा ढुंगा उत्खनन् गरिरहेका हुन् । वनमा ढुंगा उत्खनन् गर्नेमा लगानी गर्नेहरुमा सामाखुशीका दिपक हमाल पनि रहेका छन् । उनीहरुलाई स्थानीय टोले गुण्डा सेरप तामाङले साथ दिईरहेको स्थानीयले बताए । वनमा २ वटा ढुंगा उत्खनन् गर्ने मेसिन र दैनिक १५र२० टिप्पर ढुंगा उपत्यका लगेर दिन दहाडै वनको दोहन भैरहँदा जनप्रतिनिधि समेत मुकदर्शक बनेका छन् । वडा अध्यक्ष गिरि प्रसाद तिमल्सिना यसरी दोहन भैरहँदा पनि आफूलाई थाहा नभएको बताउनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।

प्रि मनसुनी सक्रियः केही दिनभित्रै मनसुन भित्रने मौसमविदको दाबी

काठमाडौ‌, जेठ २२ । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौ‌सहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्का अनुसारर केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ । मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ । “ वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ”, मौसमविद् पौडेलले भन्नुभयो । सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ । मनसुनका लागि यी मापदण्ड चाहिन्छ नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन । माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ । मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ । आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।

आजदेखि हवाई उडान पुनः सुचारु

भोजपुर, जेठ २२ । आजदेखि भोजपुर-काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । बढेको भाडासहित काठमाडौं-भोजपुरको भाडा पाँच हजार १३० पुगेको छ । गत जेठ ८ गतेदेखि ट्वीनअटर जहाज मर्मत गर्नुपर्ने भएकाले निगमले हवाई सेवा अवरुद्ध गरेको थियो । निगमले भोजपुरदेखि काठमाडौँ मंगलबार, बिहीबार, शुक्रबार र शनिबार हप्तामा चार दिन उडान भर्ने गरेको छ । हवाई सेवा सुचारु भएपछि यहाँका सर्वसाधारण खुसी भएका छन् । रासस

फोरम सात वर्षपछि सत्तामा

काठमाडौं, जेठ १९ । सात वर्षदेखि सत्ताबाहिर रहेर आन्दोलनमा बिताएको संघीय समाजवादी फोरमले शुक्रबार पुनः सत्तारोहण गरेको छ । २०६८ मा झलनाथ खनालको सरकारयता बनेका कुनै पनि सरकारमा ऊ सामेल भएन । यसपालि भने अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा केपी ओली सरकारमा आएको छ । यादव उपप्रधानसहित स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री बनेका छन् । यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री र राई एक पटक श्रममन्त्री भएका थिए । फोरमको संलग्नतासँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । कान्तिपुरमा समाचार छ ।

महँगिदै इन्टरनेट, कारण यस्तो छ-

काठमाडौं, जेठ १९ । सरकारले यन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर बुझाउनुपर्ने प्रावधान ल्याएपछि इन्टरनेट शुल्क महँगिने भएको छ । आर्थिक बर्ष २०७५ ७६ को आर्थिक विधेयकमार्फत सरकारले इन्टरनेट सेवा प्रदायकहरुले पनि दूरसञ्चार सेवा दस्तुरबापत १३ प्रतिशत तिर्नुपर्ने व्यवस्था ल्याएको हो । यसअघि इन्टरनेट सेवा प्रदायकहरुले दूरसञ्चार सेवा दस्तुर तिर्नु नपर्ने प्रावधान थियो । आजको कान्तिपुरमा समाचार छ ।

कम्युनिष्ट नेताहरुको विश्व सम्मेलन काठमाडौंमा

काठमाडौं, जेठ १४। कम्युनिष्ट नेताहरुको विश्व सम्मेलन कामठमाडौंमा हुने भएको छ । महान दार्शनिक कार्ल माक्र्सको २०० जन्मजयन्तीको अवसर पारेर विश्वका एक दर्जन बढी देशका कम्युनिस्ट नेताहरु काठमाडौंमा भेला हुने भएका छन् । कार्ल माक्र्स द्धिशतवाषिर्की अन्तर्राष्ट्रिय सम्मेलन कमिटीको आयोजनामा विश्वभरका कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउन लागेका हुन् । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । जेठ १६ र १७ गते काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् । सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक माधवकुमार नेपालले जानकारी दिए । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् । सत्तारुढ कम्युनिस्ट पार्टीले नै सम्मेलनका आयोजक रहेको सम्मेलनमा एसियाका सबै सत्तारुढ कम्युनिस्ट पार्टीका नेता सहभागी हुँदैछन् । एसियामा चीन, उत्तर कोरिया, भियतनाम र लावसमा कम्युनिस्ट शासन छ । पछिल्लो पटक नेपालमा कम्युनिस्ट पार्टीको करीव २ तिहाई शक्ति सहितको शासन सन्चालन भइरहेको छ । कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । सम्मेलनमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारीप्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने जानकारी पत्रकार सम्मेलनमा दिइयो । त्यस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको माक्र्सवाद र समाजवादका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा प्रत्येक देशका कम्युनिस्ट पार्टीका नेताले आआफ्नो देशका अनुभव आदान प्रदान गर्नेछन् । नेपालमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भए लगत्तै अन्तर्राष्ट्रिय सम्मेलन हुँदा एकताको सन्देश विश्वभर फैलिने पूर्व प्रधानमन्त्री नेपालले बताए ।

मानव बेचबिखनमा संलग्नताको अारोपमा पक्राउ

भीमदत्तनगर । दुई बालकलाई विभिन्न प्रलोभन देखाएर पश्चिमी नाका भएर भारत लैजाँदै गरेको अवस्थामा प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट मानव बेचबिखनमा संलग्नताको आरोपमा ललितपुरको बागमती गाउँपालिका–११ का ४८ वर्षीय शिवप्रसाद गौतमलाई पक्राउ गरेको छ । अभियुक्त गौतम विरुद्ध मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीले गौतमलाई १३ र १४ वर्षीय दुई बालकलाई मःम बनाउने काम र कम्प्युटर कोर्स सिकाइदिने प्रलोभन देखाएर भारत लैजाने क्रममा गत सोमबार पक्राउ गरेको थियो । भीमदत्तनगरको बसपार्कस्थित एक होटलमा एकरात बसेपछि अर्को दिन भारतीय नम्बरको जिपमा दुई बालकलाई भारत लैजाँदै गरेको अवस्थामा सोधपुछ गर्दा उक्त घटनाको रहस्य खुलेको हो । प्रहरीले दुबै बालकलाई आफन्तको जिम्मा लगाएको छ । रासस

चौरासी पूजामा मोटरसाइकलको ताण्डव, १ काे ज्यान गयो, ९ घाइते

नवलपरासी, १८ वैशाख । चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मध्यविन्दु–१ गुडचरी निवासी ७० वर्षीय कमल काफ्लेको निधन भएको हो । प्रहरीले मादक पदार्थ सेवन गरेका राजेश बोहोराले चलाएको मोटरसाइकल अनियन्त्रित भएर चौरासी पूजामा बत्तिँदा १ मृत्यु र ९ जना घाइते भएको जानकारी दिएको छ । पृथबहादुर केसीको चौरासी पूजा सकेर नजिकैको दुर्गा मन्दिर परिक्रमा गराउने क्रममा बोहराले चलाएको मोटरसाइकलले सहभागीलाई सोहोर्दै घाइते बनाएको हो । घाइतेमध्ये २ जनाको अवस्था अझै गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ । उनीहरुको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालक बोहोरा भने सामान्य घाइते भएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

खानेपानी मुहानको सुरक्षा र सम्वर्द्धनको जिम्मा सरकारले लिन्छ : मन्त्री मगर

ललितपुर, वैशाख १५। खानेपानी मन्त्री बिना मगरले उपत्यका क्षेत्रका खानेपानी मुहानको सुरक्षा, संरक्षण र सम्वर्द्धनको जिम्मा सरकारले लिने गरि विशेष योजना बनिरहेको बताउनुभएको छ । ललितपुरको गोदावरी नगरपालिका ६ सिखर्पास्थित बासुकी-सिखर्पा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको पहिलो साधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री मगरले खानेपानीका मुहान संरक्षण गर्नु अनिवार्य रहेको बताउनुभयो । ‘वातावरणमा हुने मानवीय प्रभावले खानेपानीका मुहान सुक्ने अवस्था छ, जमिन रिचार्ज हुन पाइरहेको छैन,’ उहाँले भन्नुभयो, ‘वातावरणीय चक्र बिग्रन नदिन सबैले सचेत हुनुपर्छ ।’ व्यवस्थित वस्तिको पहिलो पुर्वाधार खानेपानी भएकाले सबै वस्तिमा खानेपानी सुविधा पुर्याउन योजना बनाइने उहाँले बताउनुभयो । ‘खानेपानी हाम्रो स्वास्थ्य र शरीरसङ्ग प्रत्यक्ष जोडिएकाले देशको विकास र समृद्धिमा स्वच्छ खानेपानी मुख्य पुर्वाधार हो,’ उहाँले भन्नुभयो, ‘वाम गठबन्धनको स्थिर सरकारले आवश्यक योजना बनाउदैछ ।’ आगामी आर्थिक वर्षमा स्वच्छ खानेपानी व्यवस्थापनका लागि नयाँ योजना र कार्यक्रम बनिरहेको उहाँले बताउनुभयो । मेलम्ची खानेपानी आयोजनाको पानी छिटोभन्दा छिटो काठमाडौ ल्याउनका लागि काम भइरहेको उहाँले बताउनुभयो । ‘सम्भवत दशैअघि नै पानी काठमाडौ ल्याउने योजना छ, त्यही गतिमा काम भइरहेको छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा सहभागी वक्ताले जनताले खानेपानी र सडकका योजना बढी माग्ने गरेको बताएका छन् ।