उधौली पर्व र यःमरि पुन्हि मान्नेहरुलाई मात्र भोलि विदा

काठमाडौंः सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा घोषणा गरेको समाचारले आज धेरैमा अन्यौलता छायो ।

कतिपय पात्रोहरुमा आज विदा उल्लेख भएकोले भोलि विदा हुने समाचार सार्वजनिक भएको थियो ।

गृह मन्त्रालयले साँझसम्म समेत यसबारेमा कुनै विज्ञप्ति जारी नगरेपछि कतिपय सार्वजनिक संस्थाहरु विदा दिने कि नदिने भन्ने अलमलमा नै थिए ।

तर साँझपख गृहले विज्ञप्ती ननिकाले पनि प्रवक्ताकाे भनाई सहितका समाचार सार्वजनिक भएपछि यसबारेकाे अन्याैलता समाप्त भएकाे छ ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए ।

सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ ।

बिहीबार उधौली पर्व र यःमरि पुन्हि (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने नदिइएको उनले बताए ।

किराँत समुदायको उधौली पर्व र नेवार समुदायको यःमरि पुन्हि (ज्यापु दिवस) को दिन याे पर्व मान्नेहरुलाई मात्रै विदा हुने छ ।

संवेदनशील विषयमा अन्यौलता कायम हुने अवस्थामा समयमा नै सुचित गर्न नसक्दा गृह मन्त्रालयको आलोचना भएको छ ।

माल्दिभ्सविरुद्ध नेपाल १० विकेटले विजयी, अञ्जलीले लिइन् ६ विकेट

काठमाडौंः १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत माल्दिभ्स महिला क्रिकेट टिमविरुद्ध नेपाल १० विकेटले विजयी भएको छ । माल्दिभ्सले दिएको १७ रनको लक्ष्य नेपालले ५ बलमा बिनाविकेट पूरा गर्यो । नेपालका लागि काँजल श्रेष्ठले ३ चौकाको मद्दतमा ५ बलमा १३ रन बनाइन् । यसअघि माल्दिभ्सले १०.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १६ रन मात्र बनायो । उसका लागि हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउनु बाहेक अन्यले खाता नै खोल्न सकेनन् । माल्दिभ्सका ९ खेलाडीले खाता नै खोल्न सकेनन् । बलिङमा नेपाली महिला टिमकी तिव्र गतिकी बलर अन्जली चन्दले टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमान बनाएकी छन् । उनले माल्दिभ्सविरुद्ध २.१ ओभरमा २ मेडन कुनै रन नदिएर ६ विकेट लिँदै विश्व कीर्तिमान बनाएकी हुन् । यो विश्व टी–२० महिला क्रिकेटमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । अन्जलीले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन् । अन्जलीले ४ खेलाडीलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’ले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाएको हो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीधरन गभर्नरमा नियुक्त

काठमाडौंः श्रीलंकाका पूर्वक्रिकेटर मुथैया मुरलीधरनलाई श्रीलंकाको उत्तरी प्रान्तको गभर्नरमा नियुक्त गरिएको छ । यो प्रान्त तमिल बाहुल्य क्षेत्र हो । स्थानीय सञ्चार माध्यमका अनुसार श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षले मुरलीथरनलाई गभर्नरका लागि प्रस्ताव गरेका थिए । ४७ वर्षका पूर्वक्रिकेटर मुरलीथरनको नाममा १ सय ३३ टेस्टमा ८ सयभन्दा बढी विकेट लिएको रेकर्ड छ । उनले सन् २०१० मा टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए । यस्तै उनले ३ सय ५० एकदिवसीय क्रिकेटमा ५ सय ३४ विकेट र १२ टी–२० क्रिकेटमा १३ विकेट लिएका छन् ।

सभामुखका लागि नेकपाभित्रै तानातान, पूर्वमाओवादीबाट देव गुरुङ दावेदार

काठमाडौंः कृष्णबहादुर महराको बहिर्गमनसँगै सत्तारुढ नेकपाभित्र प्रतिनिधिसभाको सभामुखका लागि उपयुक्त पात्रको खोजी सुरु भएको छ । दुई अध्यक्ष र शीर्षस्तरका नेताहरु परामर्शमा जुटिरहँदा सभामुख पदमा पार्टीभित्रका पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच तानातान हुन थालेको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट चयन गरिनुपर्छ । हाल नेकपाकै शिवमाया तुम्बाहाङ्फे उपसभामुख छिन् । नेकपाले फेरि पनि प्रभावशाली सभामुख पद गुमाउन चाहेको छैन । पार्टी एकीकरणपछिको भागबन्डामा सभामुख पद पूर्वमाओवादीको भागमा परेकाले अहिलेपनि आफूहरुबाटै छानिनुपर्ने उक्त खेमाको दावी छ । उक्त खेमाबाट नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ मुख्य दावेदार गरिएका छन् । सभामुख नेकपाले लिए संविधानअनुसार उपसभामुख पद भने उसले छाड्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छिन् ।

नसिरुद्दिन शाह, राेमिला थापरसहित १८० जनाले माेदीलाई लेखे बिराेधपत्र

मुम्बई, भारतकाे सामाजिक क्षेत्रका प्रसिद्ध १ सय ८० जनाले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई बिराेध पत्र लेखेका छन् । माेब लिचिङघटनामा चिन्ता व्यक्त गर्दा ४९ प्बुद्द व्यक्तिमाथि मुद्दा दर्ता गरिएपछि बिराेध प्रकट गरिएकाे हाे । बिराेध पत्र लेख्नेमा अभिनेता नसीरूद्दीन शाह र इतिहासकार रोमिला थापर समेत १८० जना रहेका छन् । पत्रमा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधै आवाज उठाईराख्ने बताईएकाे छ । “हाम्रा ४९ साथीहरुका विरुद्द माेब लिचिङ घटनामा आवाज उठाएकाे आराेपमा मुद्दा चलाइएकाे छ । उनीहरुले नागरिक कर्तव्य पूरा गरेका थिए ।” पत्रमा उल्लेख छ, “के नागरिककाे आवाज बन्द गर्नु, अदालतकाे दुरुपयाेग गर्नु उत्पीडनहैन र ?” पत्रमा लेखक अशोक वाजपेयी, जैरी पिंटो र शम्सुल इस्लाम, शिक्षाविद इरा भास्कर, कवि जीत थायिल, संगीतकार टीएम कृष्णा र फिल्मकार सबा देवानले पनि हस्ताक्षर गरेका छन् । पत्रमा भारतका सांस्कृतिक समुदायका सदस्यहरु र नागरिकका रुपमा यश प्रकारका उत्पीडनकाे सधै बिराेध गर्ने उल्लेख छ । लिचिङका घटना बढेकाे भन्दै माेदीलाई पत्र लेख्ने ४९ जनाविरुद्ध ३ अक्टुबरका दिन मुजफ्फराबादमा केस दर्ता गरिएकाे थियाे । उक्त पत्रमा मे २०१४ देखि माेदी सरकार सत्तामा आएसँगै अल्पसंख्यक र दलित समुदायविरुद्ध ९० प्रतिशत मुद्दा दर्ता भएकाे उल्लेख थियाे ।

‘केन्द्रीय सदस्यहरुको नाम छिट्टै सार्वजनिक गर्छु’

विराटनगरः नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारहरुसँग संक्षिप्त कुराकानीमा उनले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले सरकारले प्राप्त गरेको यो ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिँदै प्रेस लोकतन्त्रको गहना भएकाले यसको सङ्कुचन गर्न नहुने तर्क गरे । उनले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्नु नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेसका नेतामाथि भर्खरै भएको निन्दनीय घटनाप्रति दुःख व्यक्त गरे । यस्तै उनले आफूले विगतमा नेतृत्व गरेको पार्टी एकीकरण हुँदा भएको सम्झौताअनुसार पाएको केन्द्रीय समितिमा जाने सदस्यहरुका नाम छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।

आज – ०७ आश्विन २०७६ मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पढाइ लेखाइमा प्रगति हुनेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । नयाँ व्यक्तिसंग भेट रहला । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । पैतृक सम्पत्तिमा बिवाद बढ्नेछ । उपलब्धि हातपार्न नसकिएला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । मुद्दा मामिलामा सफलता पाईनेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । व्यवसायका क्रममा यात्रा गर्नुपर्नेछ । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रहरूले दिएको वचन फेरिन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिस्पर्धामा सम्मानजनक स्थान हात पर्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । गरेको कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आकस्मिक धनलाभ होला । – ज्यो.प. नारायणप्रसाद दुलाल

पानीमुनि गएर बिहेको प्रस्ताव राख्न खोज्दा…

एजेन्सी, एकजना युवा आफ्नी प्रेमिकालाई पानीमुनि गएर विवाहको प्रस्ताव राख्न चाहन्थे । यो कुरा उनको जिन्दगीका लागि सबैभन्दा अविस्मरणीय बन्नेवाला पनि थियो । तर केही सेकेन्डमै सबै कुरा बदलियो । प्रेमिकालाई विवाहको प्रस्ताव राख्न पानीमुनि गएको अवस्थामा दुर्घटना हुँदा अमेरिकाबाट छुट्टीको समयमा घुम्न तान्जानिया पुगेका युवकको ज्यान गएको छ । स्टिव वेबर नामका यी युवक र उनकी प्रेमिक केनेशा एन्टोइन तान्जानियको पेम्पा द्वीपबाट केही परको मान्टा रिसोर्टसस्थित एक जलमग्न क्याबिनमा बसेका थिए । यस दुर्घटनापछि सार्वजनिक भएको भिडियो फुटेजमा युवकले पानीमुनि गएर आफ्नी प्रेमिकासँग बिहेका लागि प्रस्ताव राखिरहेका छन् । वेबरकी प्रेमिका केनेशाले फेसबुक पोस्टको माध्यमको वेबर मृत्यु समाचार सार्वजनिक गर्दै लेखेकी छन्, ‘उनी त्यो गहिराइबाट कहिल्यै पनि बाहिर आउन पाएनन् ।’ अर्कातिर मान्टा रिसोर्टले पनि बीबीसीसँग यो घटना धेरै दुर्भाग्यपूर्ण भएको जनाएको छ । ‘उनीहरू बिहीबार दिउँसो आफ्नो कोठाबाट बाहिर सहयोगी नलिइ पानीमा गोताखोरीका लागि गए । त्यहीकारण उनी डुब्न पुगे ।’ रिसोर्टले एक विज्ञप्ति जारी गर्दै यो घटना धेरै दुःखपूर्ण भएको प्रतिक्रिया दिएको छ । ‘यो घटनाबारे बताउँदा हामीलाई धेरै दुःख लागेको छ’, रिसोर्टको तर्फबाट भनिएको छ, ‘१९ सेप्टेम्बरमा मान्टा रिसोर्टमा भएको यो दुर्घटनाले स्तब्ध बनाएको छ।’ रिसोर्टका सीईओ म्याथ्यु ससले अगाडि भनेका छन्, ‘वेबरको मृत्युबाट हामी सबैको मन मुटु भित्रैदेखि हल्लिएको छ ।’ यी प्रेमी जोडीले यस रिसोर्टमा चार रातका लागि अन्डरवाटर रूम बुक गरेका थिए । जुन समुद्री किनारबाट करिब २५० मिटरको दुरीमा छ । यस कोठाको एक रातको भाडा मात्रै १७०० डलर रहेको छ । यसको कोठा पानीमा करिब १० मिटर अर्थात् ३२ फिट गहराईमा रहेको छ । यो रिसोर्टमा उनीहरूको तेस्रो दिन थियो । वेबर लुसियानाका बासिन्दा थिए । उनले प्रेमिकालाई प्रस्ताव राख्न पानीमा गोता लगाएका थिए । उनले आँखामा पानी भित्र प्रयोग गरिने चश्मा लगाइरहेका थिए । साथमा फ्लिपर्स पनि साथमै थियो । उनी पानीमा गएर कोठा बाहिरको शिशा नजिकै एक नोट लिएर रहेका थिए । उनकी प्रेमिका त्यतै हेरिरहेकी थिइन् । प्लास्टिकको पारदर्शी झोलामा राखिएको त्यो नोटमा ‘मलाई तिमीसँग जोडिएका हरेक चिजसँग एकदमै धेरै माया लाग्छ । र, यो बताउनका लागि म श्वास रोकेर अब रहिरहन सक्दिनँ । तर म तिमीसँग जोडिएका ती हरेक कुरासँग माया गर्छु, उसका लागि मेरो माया हरेक दिन बढ्दै बढ्दै गइरहेको छ ।’ त्यस भिडियोमा केही बेरपछि उनी आफ्नी प्रेमिकालाई दिने औंठी सर्टबाट निकालिरहेका देख्न सकिन्छ । तर त्यसपछि उक्त भिडियो बन्द हुन पुग्छ । रिसोर्टका सीईओ ससका अनुसार उनका कर्मचारीले पानीमा भएको गडबडीबारे तुरून्तै सूचना दिएका थिए तर उद्धारका लागि उनीहरू त्यहाँ पुग्दा केही गर्न सकिएन । फेसबुकमा वेबरकी प्रेमिकाले लेखे अनुसार वेबर अब कहिल्यै उनको प्रस्तावको जवाफ सुन्न सक्ने छैनन् । ‘हामीले अब कहिल्यै आफ्नो जिन्दगीको नयाँ सुरूवातको उत्सव मनाउन पाएनौँ’, उनले लेखेकी छन्, ‘जुन दिन हाम्रो जीवनकै सुन्दर दिन हुँदैथियो, त्यही दिन सबैभन्दा नराम्रो दिनमा परिणत भयो ।’ अमेरिकी विदेश मन्त्रालयले पनि तान्जानियमा आफ्ना एकजन नागरिकको यस दुर्घटनामा ज्यान गएको जानकारी प्राप्त भएको जनाएको छ ।

तरुण दलका महासचिव शाही सदस्यसमेत नरहने गरी कारबाहीमा (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल तरुण दलका महासचिव भूपेन्द्र जंग शाही कारबाहीमा परेका छन्। उनलाई अध्यक्ष जीतजंग बस्नेतले पार्टीको सदस्यसमेत नहुने गरी पदबाट हटाएका हुन्। अध्यक्ष बस्नेतले शनिबार एक विज्ञप्ति जारी गर्दै पदीय मर्यादा, जिम्वारी र पार्टीको सिद्धान्त विपरीत गई अनुशासनहिन कार्य गरेकाले शाहीलाई हटाइएको बताएका छन्। तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार महासचिव पदसहित साधारण सदस्यसमेत नरहने गरी हटाइएको उनले उल्लेख गरेका छन्। ‘तपाईंले आफ्नो पदीय मर्यादा, जिम्मेवारी र नेपाली कांग्रेस पार्टी र नेपाल तरुण दलको आदर्श एवं सिद्धान्त विपरीत गई अनुशासनहीन कार्य गर्नुभएको हुँदा नेपाल तरुण दलको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिव सहित कुनै पनि सदस्य नरहने गरी हटाइएको व्यवहोरा यसै पत्र मार्फत जानकारी गराइन्छ’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ। यता महासचिवबाट हटाइका शाहीले भने आफू निर्वाचित महासचिव भएका कारण सोही सो समितिको अध्यक्षले हटाउन नसक्ने र पत्रको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन्। उनले पनि तरुण दलको अध्यक्षबाट बस्नेतलाई बर्खास्त गरेको दाबी गरेका छन्। आफू भ्रष्टाचार र संगठन विस्तारका बारेमा बोल्न थालेपछि बस्नेत आफूविरुद्ध लागेको उनको भनाइ छ। गत वर्ष बाढीपीडितको नाममा उठेको रकम अध्यक्ष बस्नेतबाट दुरुपयोग भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्।

चक्रपथः बाहिर नैना सुत् भित्र भुइँमा सुत्

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथभित्रको सडक चिटिक्क छ। सफा सुग्घर नै देखिन्छ। यसका लागि प्रत्येक बिहान ब्रुमर र पानीको फोहराको सहायता लिइएको छ। यस्तै, नियमित जोडबलले सडक सफा देखिएको छ पनि। तर, चक्रपथ छोडेर ५० मिटर दूरी पार गर्न नपाउँदै यही सडकको अवस्था ‘भगवान् भरोसा’ देखिन्छ। अवस्था यस्तो छ कि पाइलैपिच्छे खाडलैखाडल देखिन्छ। सडकको त्यस्तो अवस्थाले त्यो सडक नभई पोखरी पो हो कि भन्ने भान हुन्छ। यस्तो अवस्थाबाट यात्रु आजित भएका छन्। काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य सडक नागढुंगासहित बौद्ध–जोरपाटी–साँखु, बूढानीलकण्ठ–शिवपुरी, टोखा, नागढुंगा, चोभार–दक्षिणकाली–सिस्नेरी, चापागाउँ दोबाटो–ठेचो–सुनाकोठी हुँदै लेले, सातदोबाटो–गोदावरीलगायतका सडकको अवस्था यस्तै छ। सडक विभाग, डिभिजन जस्ता आधिकारिक कार्यालयका जिम्मेवार व्यक्तिहरू वर्षात्का कारण सडक मर्मत हुन नसकेको जवाफ दिन्छन्। यीबाहेक सडक मर्मत गर्न नगरपालिका र काठमाडौं उपत्यका सडक विस्तार आयोजनालगायतका निकायहरू छन्। सडकको दुरावस्था भने ज्यूँको त्यूँ देखिन्छ। विडम्बना ⁄ यी निकायलाई काम गराउन नागरिकले आन्दोलन नै गर्नुपरिरहेको छ। बौद्ध–जोरपाटी सडकमा यस्तै भइरहेको छ। तर पटक–पटक आन्दोलन गरे पनि सडक विस्तारमा आलटाल भइरहेको छ। चापागाउँ–ठेचोको बाटोमा स्थानीयले हप्ता दिनसम्म आन्दोलन गरे पनि अवस्थाको उन्नाइसको बीस भएन। सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले सडकको दुरावस्थाबारे आफूहरू गम्भीर भएको दाबी गर्दै खाडल पुर्न र मर्मत गर्न निर्देशन आइसकेको बताए। उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनअनुसार आउँदो असोज १० गतेभित्र खाडल पुर्ने दाबी गरे। सडकको अवस्थाबारे अनुगमन र सुपरिवेक्षण गर्ने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले पनि अनुगमन गरी यस्ता सडकको सुधार गर्न निर्देशन दिएको बताइएको छ। उक्त कार्यालयका प्रमुख राजेन्द्रराज शर्माले कार्यालयको अनुगमनअनुसार चक्रपथ बाहिरका सडकको अवस्था सुधार गर्न लगाइएको बताए। ‘हाम्रै अनुगमनको आधारमा हामीले सडक सुधारको काम गर्न लगाइरहेका छौँ। यो चाँडै समाधान हुन्छ’, उनले भने। कलंकी(नागढुंगालाई पहिलो प्राथमिकतामा राखेर काम गराइएको बताउँदै उनले सडकमा सुधार ल्याउन विभिन्न सात टोली गठन बनाएर परिचालन गरिएको जानकारी दिए। यो खबर आजको नेपाल समाचार पत्र दैनिकबाट लिइएको हो।

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको स्वास्थ्य उपचारपछि शुक्रबार स्वदेश फर्कंदै छन् । उनी मिर्गौलाको थप परीक्षण तथा उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार मध्याह्न स्वदेश फर्कने जानकारी दिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिङ्गापुर पुगेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेल र नेता वामदेव गौतमसमेत सँगै फर्किने छन् । प्रधानमन्त्री ओलीका साथमा श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललगायत रहेका छन् ।

मूलपानीमा ग्रीनहिल सिटी हाउजिङको निर्माणाधीन घर भत्कियो

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका मूलपानीमा निर्माणाधीन एक घर गएराति आएको वर्षाको कारण भत्किएको छ ।प्रहरीका अनुसार मूलपानीस्थित ग्रिनहिल सिटी हाउजिङको दुई तले निर्माणधिन घर अत्यधिक वर्षाको कारण राति २ बजे भत्किएको हो । घर भत्किएपनि घटनामा कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीका अनुसार घरको संरचनामात्र तयार भएको छ । निर्माणाधीन घर के कारणले भत्कियो ? अध्ययन भइरहेको ग्रिनहिल सिटी हाउजिङले जनाएको छ ।

श्रीलंकाले दियो नेपाललाई २२५ रनको लक्ष्य

काठमाडौंः श्रीलंका भ्रमणमा रहेको नेपाली यू–१९ टिमलाई तेस्रो अभ्यास खेलमा त्यहाँको चिलाव मारियन्सले २२५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको श्रीलंकन क्लबले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२४ रन बनायो । बलिङमा नेपालका सूर्य तामाङ, पवन सराफले २-२, सागर ढकाल, कमलसिंह ऐरी, राशिद खानले एक-एक विकेट लिए । नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ सँग ३ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा भने बादुरेलिया सीसीविरुद्ध ८० रनको फराकिलो जीत हासिल गर्न सफल भएको थियो । बादुरेलियामाथि सहज जीत हासिल गर्न ओपनर रित गौतम, हरिबहादुर चौहान र स्पिनर सागर ढकालले सानदार प्रदर्शन गरे । सेप्टेम्बर ५ देखि १४ सम्म हुने एसीसी यू–१९ एसिया कप खेल्नुअघि नेपालले श्रीलंकाका विभिन्न क्लबसँग अभ्यास खेल खेलिरहेको हो । यू–१९ एसिया कपमा नेपाल रहेको समूह ‘बी’ मा २ टेष्ट राष्ट्र श्रीलंका, बंगलादेशसहित यूएई छ । समूह ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् । नेपालले समूह चरण अन्तर्गत सेप्टेम्बर ६ मा घरेलु टोली श्रीलंका, सेप्टेम्बर ८ मा बंगलादेश र अन्तिम खेल सेप्टेम्बर १० मा यूएईसँग खेल्ने छ । समूह ‘बी’ मा शीर्ष दुईमा रहन सक्ने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल भदौ ७ गते श्रीलंका प्रस्थान गरेको थियो ।

पूर्वराजा ज्ञानेन्द्र र पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सांसदको माग

काठमाडौंः  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद बलराम प्रसाद बाँस्कोटाले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहका अवाञ्छित गतिविधि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। आजको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद बाँस्कोटाले राजाबाट नागरिक बन्न स्वीकार गरेको ज्ञानेन्द्र शाह र उनका छोरा पारसको अवाञ्छित गतिविधिहरु बढिरहेको भन्दै यसमा ध्यान दिन सरकारसँग आग्रह गरे। उनले भने, ‘दिनदहाडै विमानस्थलमा पारसको ताण्डव नृत्यको विरुद्धको सरकारको ध्यानाकर्षण भएको छ कि छैन?’ सांसद बाँस्कोटाले रवी लामिछानेको नाममा भइरहेको भीडतन्त्र नियन्त्रण गर्न पनि माग गरे। दिनदडाहै संविधान विरोधी गतिविधि गरेको भन्दै उनले आपत्ति समेत जनाए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वराजालाई खेल्ने मौका दलहरुले नै दिएको आरोप लगाए । दलहरुको द्वन्द्वले यो अवस्था सिर्जना भएको उनको निष्कर्ष छ। मुलुकलाई समृद्धिमा लैजान सदनमा भएका दलको एउटै लक्ष्य हुनुपर्ने उनले बताए। मिलेर गए मात्रै परिवर्तन संस्थागत हुने उनको भनाई छ।

कुमार पौडेललाई गोली हान्ने प्रहरीले के दिए बयान?

काठमाडौं, साउन १६ । राष्ट्रिय मानव अधिकार आयोगले चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई गोली हानेका प्रहरी अधिकृत तथा जवानहरूसँग बुधबार बयान सुरु गरेको छ । पहिलो दिन आयोगले बिहान ८ बजेदेखि साँझ अबेरसम्म ६ जना प्रहरीसँग बयान लिएको छ । घटनामा प्रत्यक्ष संलग्न अन्य ६ जनालाई बिहीबार बोलाइएको छ । बयानका क्रममा एक प्रहरी अधिकारी मुठभेड भएको दाबी गर्दै आफूले पौडेलमाथि ६ गोली हानेको स्वीकार गरेका छन् । ‘हानाहान भएको भए तपाईँलाई चाहिँ किन गोली किन लागेन त रु’ आयोगका सदस्य गोविन्द शर्मा पौड्यालले ती अधिकारीलाई सोधेका थिए । ‘मैले गोली छलें,’ उनको जवाफ थियो । पौड्यालले ‘गोली हान्दा पौडेल र तपाईंबीचको दूरी कति थियो रु’ भनेर सोध्दा ती अधिकारीले दुई मिटर रहेको बताएका थिए । प्रहरी अधिकारीको जवाफपछि आयोगले दुई मिटरको दूरीमा गोली छल्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नको निरूपण गर्नुपर्ने भएको छ । आयोगको निर्देशनअनुसार बयानमा आएका प्रहरीले गोली लागेपछि ढलेका पौडेलको तस्बिर पनि ल्याएका थिए । त्यसमा पौडेलको जीउ थिलथिलो हुने गरी कुटपिट भएको प्रस्ट देखिने प्रमाण रहेको आयोगले जनाएको छ । ‘पौडेललाई गोली हान्नुअघि समातेर कुट्नुविधि कुटेजस्तो तस्बिरमा देखिन्छ,’ आयोगका एक अधिकारीले भने, ‘पौडेलको मृत्यु भिडन्तमै भएको हो भन्नेमा शंका गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।’ आयोगले पटकपटक ताकेता गर्दा पनि पोस्टमार्टम रिपोर्ट नपठाएका जिल्ला अस्पताल सर्लाहीका डा। वीरेन्द्रकुमार मण्डललाई पनि बयानमा बोलाउने सुरसार गरेको छ । सर्लाहीको लालबन्दीस्थित जंगलछेउमा गत असार ५ गते प्रहरीको गोली लागी चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका थिए । आयोगको प्रारम्भिक अनुसन्धानमा पौडेललाई गोली हान्न काठमाडौंबाटै ‘सार्प सुटर’ प्रहरी अधिकृत सर्लाही पुगेको देखिएको छ । घटनाका बेला पौडेलको साथमै रहेका तर उम्किन सफल चन्द समूहका कार्यकर्तालाई समेत आयोगले बयान लिइसकेको छ । पौडेल भिडन्तका क्रममा मारिएको जिकिर सरकारले गरिरहेको छ । त्यसमाथि सन्देह गर्दै छानबिन हुनुपर्ने मागका साथ प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । घटना भएको चार दिनपछि संसद्मा जवाफ दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले पौडेलले चन्दा आतंक मच्चाएर जनतालाई दुःख दिइरहेको र प्रहरीसँग जम्काभेट हुँदा गोली चलाएकाले जवाफी कारबाही गर्दा ज्यान गएको दाबी गरेका थिए । कुमार पौडेलको घटना अनुसन्धान गर्ने जिम्मेवारी पाएलगत्तै आयुक्तपौड्यालले आयोगमा एक दसकदेखि ‘पेन्डिङ’ मा रहेका १२ वटा उस्तै प्रकृतिका घटनामा पुनः छानबिन थाल्ने निर्णय गरेका थिए । जसमा दिनेश अधिकार ‘चरी’ देखि कुमार श्रेष्ठ ९घैंटे० सम्मलाई गोली हानी मारिएका घटना छन् । ‘एक दसकयता इन्काउन्टर भनिएका घटनाहरूको ढाँचा हेर्दा अनुसन्धानमा परेको मानिसलाई पक्रिएर मुद्दा चलाउनुभन्दा समातेर गोली हान्नुमा प्रहरीले बढी सजिलो ठान्न थालेको जस्तो आभास भएको छ,’ आयुक्त पौड्यालले भने, ‘यसो हो भने प्रहरीले जसलाई पनि गोली हान्न सक्ने भयो, जुन ज्यादै चिन्ताको विषय हो ।’ उनले विगतमा भएका प्रत्येक घटनाको वस्तुनिष्ट र गम्भीर अनुसन्धान गर्ने निष्कर्षमा आयोग पुगेको बताए । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।