अभिनेत्री शिल्पा र मनिशको ‘मैले माया’ गीतको भिडियो सार्वजनिक

गायक प्रमोद आवाजमा रहेको ‘मैले माया’ बोलको गीतको भिडियो युट्युबमा सावर्जनिक भएको छ ।

गीतमा प्रेमको शब्दलाई कुशल रुपमा समेटिएको छ । गीतमा नायिका शिल्पा पोखरेल, रमेश र मनिस प्रितमको फिचरिङ रहेको छ ।

प्रेमका नविनतम भावहरुलाई कलात्मक ढंगबाट ब्यक्त गरिएको गीतमा मनिसले शिल्पालाई मन पराएको कुरा लाई भिडियोमा देखाइएको छ । रमेशराज भटटराईको शब्द तथा संगीत गीतमा रहेको छ ।

शिशिर श्रेष्ठले निर्देशन गरेको भिडियोलाई मुकेश हुमागाईँले छायाँकन गरेका हुन भने अमृत चापागाईले सम्पादन गरेका छन् । गीतमा मनिशको भुमिकालाई आमदर्शकले निकै मन पराएका छन् ।

‘मैले माया’ को हेर्नुहोस भिडियो–

आजदेखि सूर्य धनु राशीमा, थाहा पाउनुस् तपाइको राशीमा के प्रभाव पर्छ ?

पं. अशोक पँवार ‘मयंक’ सूर्यलाई नवग्रहहरुको राजाको उपाधि पनि दिइएको छ । यो आत्मा, बुवा र सरकारी सेवाको कारक पनि मानिन्छ । सिंह राशिीका स्वामित्व सूर्यलाई प्राप्त हुन्छ । यो मेश राशीमा उच्च र तुला राशीमा निम्न मान्छि । १६ डिसेम्बर २०१८ का दिन सूर्य बिहान ९ बजेर २० मिनेटमा धनु राशीमा प्रवेश गर्ने छ । यो २०१९ को १४ जनवरी, सोमबार राती ८ बजेसम्म यो राशीमा हुने छ । सूर्यलाई मान प्रतिष्ठा, प्रसिद्दी तथा पिताको कारक ग्रह मानिन्छ । यसले शासकीय अधिकारीहरुमाथि प्रभाव पनि पार्ने भनिन्छ । त्यसैले सुर्य एक राशीबाट अर्कोमा जाँदा बिभिन्न राशीको सफलता र सामाजिक सम्मानका दृष्टिले महत्वपूर्ण मानिन्छ । कुन राशीमा कस्तो प्रभाव ? मेषः मेश राशीका जातकहरुलाई यो निकै शुभ समय हुने छ । सूर्य तपाईको राशीबाट पंचमेश भएर नवौं भावबाट गोचर भ्रमण गर्ने छ । सूर्यको प्रभावबाट तपाईका सन्तान र पिताको मान सम्मानमा बृद्धि हुने छ । तपाईको कार्यमा पनि एउटा नयाँ पहिचान पाइने छ । भाग्य हरेक कार्यमा साथ दिनेछ र यसैबाट तपाईलाई सफलता पाइने छ । यो अवधिमा गरिएका कार्यको शुभ फल पाइने छ । जो तपाईका लागि लाभकारी रहनेछन । वृषः यो राशीमा सूर्यको गोचरीय भ्रमण अष्टम भावबाट हुने छ । यसले पारिवारिक विषयमा सावधानी राख्नुपर्ने देखिन्छ । परिश्रमको लाभ त अवश्य नै पाइन्छ तर गरेको परिश्रमबाट उत्साहित हुने किसिमको फल भने नपाइन सक्छ । धर्म कर्ममा आस्था कम हुने छ । विवादबाट जोगिनुहोला । स्वास्थ्यको ध्यान राख्नुहोला । मिथुनः सूर्य यो राशीबाट सप्तम भाव भएर गोचरीय भ्रमण गर्ने छन । त्यसैले अधिक परिश्रम गरेर मात्रै लाभ पाउने आशा राख्न सक्नुहुन्छ । दाम्पत्य जीवनमा मेलजोलसँगै केही विवादको सम्भावना पनि हुन सक्छ । कार्यक्षेत्रमा विवाद र तनावको सामना गर्नुपर्ने हुन सक्छ । दैनिक व्यवसायमा सतर्कता राख्नुपर्ला । स्वास्थ्यको ध्यान राख्नुस । कर्कटः तपाईको राशीबाट सूर्यको गोचरीय भ्रमण षष्ट (छैठौं) भावबाट हुने भएकोले आफ्नो वाणी अर्थात बोलीमा संयम राख्नुहोला । स्वास्थ्यका विषयमा सतर्क हुँदा वेश । भाग्यमा केही व्यवधान र ढिलाई हुने हुनसक्छ । तर परिश्रमको लाभ भने पाउनु नै हुने छ । नौकरी र व्यवसायसँग जोडिएका कार्यमा सहयोग पाइने छ । शत्रुवर्ग भने प्रभावहीन हुने छन । सिंहः सूर्यको भ्रमण पञ्चम भावमा छ । त्यसैले सन्तान पक्षबाट प्रसन्नता हुने छ । जीवनसाथी या प्रेम सम्बन्धमा अनुकूल स्थिति पाउनुहुने छ । मानसिक सुख शान्ति मिल्ने छ । महत्वपूर्ण काममा अनुकुल सफलता पाइनेछ । तर स्वास्थ्यप्रति सजगता अपनाउनु जरुरी छ । वाद विवादमा विजयी हुने योग छ । कन्याः सूर्य तपाईको राशीबाट चौथो भावमा भ्रमण गर्ने भएकोले पारिवारिक जीवनमा परेशानी आउन सक्छ । जीवनसाथीसँग मनमुटाव हुनुबाट जोगिनु पर्नेछ । नौकरी, व्यापार, व्यवसायमा सफलताका सार्थ उन्नतीको पनि योग छ । जनतासँग सम्बन्धित कार्य बन्नेछन । राजनीतिज्ञ भने अलि होशियारीपूर्वक हिँडनुपर्ने देखिन्छ । तुलाः यो राशीबाट तेश्रो भावमा सूर्य गोचर भ्रमण गर्ने भएकोले पराक्रमद्वारा तपाईलाई आर्थिक लाभको योग बन्ने छ । सामाजिक जीवन तथा कार्यक्षेत्रमा तपाई अनुकुलको सफलता पाइने छ । मानसम्मान बढने तथा भाग्यले पनि साथ दिने छ। पराक्रममा बृद्धि हुनुका साथै इष्टमित्रको पनि सहयोग पाइने छ । वृश्चिकः तपाईको राशीबाट सूर्यको गोचरीय भ्रमण द्वितीय भावमा भएकोले वाक चातुर्यताको लाभ पाइने छ । आर्थिक लाभको योपनि बन्न सक्छ । बुवाको सहयोगका साथै लाभको पनि यो बन्ने छ । स्वास्थ्यका दृष्टिले उत्तम समय छ । कुटुम्बहरुको सहयोग पनि मिल्नेछ । शत्रु पराजित हुने छन । धनुः सूर्य तपाईको राशीमा गोचर भ्रमण गर्दैछन । तपाईमो प्रभावमा बृद्धि हुने छ । महत्वाकांक्षा पुरा गर्न समर्थ हुने योग छ । भाग्यको साथ मिल्ने भएकोले मानसम्मान पनि बढने छ । व्यापार व्यवसायमा पनि उन्नती हुने छ । नौकरीपेशा मा अनुकूल अवस्था हुने छ । बुवा आमाको सहयोग पाइने छ । मकरः सूर्य तपाईको राशीबाट बाह्रौं स्थानबाट भ्रमण गर्ने भएकोले शत्रु प्रभावहीन हुने छन । यात्राको योग छ तर सावधानी राख्नु जरुरी । स्वास्थ्यका दृष्टिबाट राम्रो नराम्रो दुबै छ । बाहन चलाउँदा होस पुर्याउनु पर्ला । सकेसम्म यो अवधिमा ऋण नलिएकै राम्रो हुने छ कुम्भः यो राशीदेखि सूर्यको गोचर भ्रमण एकादश भावमा हुने भएकोले जीवनसाथीबाट सहयोग पाइने छ । दैनिक व्यापार व्यवसायमा प्रगति हुने छ । स्त्री पक्षको सहयोग सराहनीय रहने छ । आर्थिक स्थिति मजबूत हुने र धनलाभ पाइने छ । उच्च अधिकारीहरुसँग सम्बन्ध राम्रो हुने छ र यसबाट लाभको अवसर पनि पाइने छ । घर या परिवारमा कुनै मांगलिक कार्य हुन सक्छ । मीनः सूर्य तपाईको राशीबाट दशौं भावमा भ्रमण गर्ने भएकोले मिश्रित परिणाम दिने छ । व्यापार व्यवसायमा स्वप्रयत्नहरुबाट लाभको योग छ । नौकरीपेशामा पनि लाभ पाउन सक्षम हुनुहुने छ । प्रमोशन पनि हुन सक्छ । तर स्वास्थ्यको दृष्टिले सावधानी राख्नु जरुरी छ । वेभदुनियाबाट अनुदित

प्रहरीद्वारा चोरी गर्ने गिरोह पक्राउ

भक्तपुर, कात्तिक २८ । भक्तपुरको सूर्यविनायक नगरपालिका–६ दार्जलिङ हाइटमा बस्ने जीतबहादुर तामाङको कोठाबाट विभिन्न सामान चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ भारदेउ घर भई हाल ललितपुरको ग्वार्खो बस्ने १९ वर्षीय राजु तामाङ र काभ्रे तेमाल गाउँपालिका– ९ मेच्छे घर भई हाल ललितपुर जिल्ला इमाडोल बस्ने २१ वर्षीय किसन तामाङलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार तामाङको कोठाबाट नगद रु एक लाख र मोबाइल सेट एक थान र सूर्यविनायक–६ सुन्दरबस्तीमा कोठामा बस्ने रमिता तामाङको मोबाइल सेट एक थानसहित दुई जनालाई पक्राउ गरेको प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । निजहरुको साथबाट प्रहरीले चोरिएका मोबाइल, सुनचाँदीका गहना, नगद बरामद गरेको र गिरोहमध्येका फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । यो गिरोहले अन्य क्षेत्रमा पनि चोरी गरेको खुलेकाले थप अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ । रासस

दुई जना ड्राइभर राख्न तलब तर ड्राइभर एक मात्र, संसदकै पदाधिकारीद्वारा लूट

काठमाडौँ, कात्तिक १९ गते । संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन् । धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर पारिश्रमिक भने लिएका छन् । प्रतिनिधिसभाका सभामुख/उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष/उपाध्यक्ष तथा समिति सभापति समेतले दुई जना चालकको सुविधा पाउँछन् । संघीय संसद् सचिवालयले पदाधिकारीलाई दुई जना सवारी चालकको सुविधा दिने गरेको छ । चालकको मासिक पारिश्रमिक भुक्तानी पनि सम्बन्धित पदाधिकारीकै बैंक खातामार्फत् गरिन्छ । हलुका सवारी चालकका रूपमा प्रतिसवारी चालक १८ हजार तीन सय रुपियाँका दरले दुईजना चालकका लागि मासिक ३६ हजार ६०० रुपियाँ पदाधिकारीकै खातामा जम्मा गरिदिन्छ । तर, दुई सवारी चालकको सुविधा बुझे पनि अधिकांश पदाधिकारीका चालक एकजना मात्र छन् । संघीय संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले स्पष्ट कानुनी व्यवस्था नहुँदा पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी व्यवस्था गरिने गरिएको बताउनुभयो । पाण्डेले भन्नुभयो ‘हामीले अहिले पदाधिकारीमार्फत नै चालकको पारिश्रमिक भुक्तानी गर्र्दै आएका छौँ । को राख्ने कति राख्ने सबै उहाँहरुकै स्वविवेकको कुरा हो । दुई चालक राख्ने सुविधा ऐनले दिएको छ ।’ पदाधिकारीले सुविधा बुझ्नका लागि भने अनिवार्य रूपमा दुई चालककै नाम उपलब्ध गराउनुपर्छ । तर, सचिवालयको सवारी शाखाको रेकर्ड अनुसार गेटपासका लागि नाम दर्ता गर्ने सवारी चालक भने अधिकांश पदाधिकारीका एक मात्र छन् । दुई जनाका दुई चालक सचिवालयका अनुसार नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का संसदीय दलका प्रमुख सचेतक देब गुरुङका दुई चालकले नै गेटपासका लागि नाम दर्ता गराएका छन् । गुरुङको सवारी चालकका रूपमा सचिवालयमा महेश गुरुङ र युगेन लामाको नाम दर्ता छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठका पनि दुई चालक छन् । रेकर्ड अनुसार श्रेष्ठका चालकमा सरोज तामाङ र पासाङ लामा रहेका छन् । ने क पा का संसदीय दलका सचेतक शान्ता चौधरीको पनि एकमात्र चालक छन् । उहाँका चालकका रुपमा अर्जुन प्याकुरेलको नाम दर्ता छ । यस्तै, कांग्रेस सचेतक पुष्पा भुसालका चालकका रूपमा बुदु खड्गीको नाम दर्ता छ । लेखा समिति सभापति भरतकुमार शाहका पनि एकमात्र चालक छन् । ने क पाका राष्ट्रियसभा दलका अध्यक्ष दिनानाथ शर्मा, सचेतक खिमलाल भट्टराईका पनि एक÷एक जना चालकको मात्र दर्ता छन् । यस्तै, विपक्षी दल कांग्रेसकी सचेतक सरिता प्रसाईँका तर्फबाट पनि एकमात्र चालकको नाम दर्ता छ । प्रसाईँका चालकका रुपमा मिङ्मा शेर्पा छन् । प्रतिनिधिसभामा संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाका पनि एकमात्र चालक छन् । यस्तै, राष्ट्रियसभा दिगो विकास तथा सुशासन समिति सभापति तारादेवी भट्ट, विधायन व्यवस्थापन समिति सभापति रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलका पनि एकमात्र चालकले परिचयपत्र र पासका लागि नाम दर्ता गराएका छन् । सचिवालयको रेकर्ड अनुसार प्रतिनिधिसभाको अर्थ समिति सभापति कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समिति सभापति पवित्रा निरौला खरेल, विकास समिति सभापति कल्याणी खड्का, शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्ती, कृषि समिति सभापति पूर्णकुमारी सुवेदीका पनि एकमात्र चालक छन् । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापति निरादेवी जैरुका पनि एकमात्र चालक छन् । सचिवालयको रेकर्ड अनुसार जैरुका चालकका रुपमा कुमार रोका कार्यरत छन् । न्यून पारिश्रमिक, टिक्दैनन् चालक सचिवालयले दुई सवारी चालक पदाधिकारीका लागि व्यवस्था गरिदिए पनि अधिकांशले एकमात्र चालक राख्ने गरेका छन् भने राखिएका चालकले पनि सन्तोषजनक पारिश्रमिक नपाएको बताएका छन् । केही चालकले भने पारिश्रमिकमा सन्तुष्टि जनाएका छन् । ‘दुई जना ड्राइभर राख्न तलब आउँछ भन्ने हामीलाई पनि जानकारी छ । तर, एकजना ड्राइभर राखिन्छ । त्यसमा पनि भनेजस्स्तो पैसा पाइन्न । कहिले त १७–१८ घन्टासम्म काम गर्नुपर्छ’ एक पदाधिकारीका चालकले गुनासो गरे । चालकहरूका अनुसार केहीले २५ हजार रुपियाँसम्म पारिश्रमिक पाएका छन् । कतिपयले भने २० देखि २२ हजारसम्म मात्र मासिक भुक्तानी पाउने गरेको बताएका छन् । सचिवालयका उच्च अधिकारीको अनुभव अनुसार पनि पदाधिकारीका चालक फेरिइरहन्छन् । ‘कतिपयका त १५ दिनमै फेरिएको पनि रेकर्ड छ । केहीका दुई चार महिनामा । केहीका भने लामो समयदेखि कार्यरत छन् । लामो समय काम गर्ने उच्च पदाधिकारीका चालक छन् । बिहान ६ बजेदेखि अबेरसम्म काम गर्नुपर्ने हुनसक्छ । पारिश्रमिक चित्त नबुझेर पनि होला हामी छिटोछिटो चालक फेरिएको देख्छौँ ।’ गोर्खापत्र दैनिकबाट साभार गरिएको

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु

डडेल्धुरा, कार्तिक १७ । ट्रयाक्टर दुर्घटनामा डडेल्धुरामा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउँपालिका-२, रुपालका वडा सदस्य ४२ वर्षीय भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो ।   से १ त १००५ नम्बरको ट्रयाक्टर शुक्रबार राति रुपालीगाड खोलामा दुर्घटना हुँदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

कार्तिक १४ र १५ गते ५ वर्षमुनिका बालबालिकालाई ‘भिटामिन ए’ खुवाइँदै

काठमाडौँ, कात्तिक १३ । शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला । मतदान गर्न होइन नि बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न । यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन् । कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका-नगरपालिका)ले गर्दैछन् । “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन् । उहाँका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइने छ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ । “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउँछन् । भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइँदै छ । सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो । बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिने छ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनुपर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । पाखुराको नाप किन ? मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन् । कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ । बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् । महिला स्वयम्सेवी तथा । रासस

नेकपाले वृद्धभत्ता पाँच हजार पुर्‍याएरै छाड्छः मन्त्री विष्ट

मेलम्ची, असोज २६ । श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्‍याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।     नेपाल कम्युनिष्ट पार्टी (नेकप) सिन्धुपाल्चोक क्षेत्र नम्बर २ ले मेलम्चीमा आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताए ।     मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने बताए ।     प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताए ।     नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे । -रासस

आजदेखि दसैं सुरु, घटस्थापनाको साइत ७ बजेर १५ मिनेटमा उत्तम

काठमाडौं, असोज २४ । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादसैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।     आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ रोप्ने गरिन्छ ।     यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।     जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । कुल परम्परा र स्थान विशेषअनुसार अन्य अन्न जौसँगै रोप्ने चलन पनि देशका विभिन्न भागमा छ ।     घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो ।     आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ । आज घटस्थापनाको साइत बिहान ७ बजेर १५ मिनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।     दुर्गा देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आवाहन गरी पूजा हुन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक एवं महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकको रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा नेपाली समाजमा छ ।     दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसहरुलाई वध गर्न लिएका नौ वटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा, आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।   नवरात्रमा नवदुर्गाको पूजा यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा भनिन्छ । दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।     “दुर्गा पूजा र दशैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रुपमा प्रमाण छैन, यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रुपमा मनाइन्छ”–धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष गौतमले भने ।     दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रुपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन फरक फरक गरी नौवटी कन्याको पूजा गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्ष माथिका हुनुपर्ने शास्त्रीय विधान छ । बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ । महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरुले दशैँ घर, कोत र शक्तिपीठमा बलिसहित विशेष पूजा गर्दछन् ।     नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठहरुमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।     नवरात्र भनेर समेत चिनिने विजया दशमीसम्मको १० दिनमा यस वर्ष तिथिको घटवढ नरहेकाले नौ रात्रीकै छ । तिथिको घटबढ भएका वर्ष नवरात्र र १० दिनको समयमा फरक पर्छ ।   टीकाको साइत कात्तिक २ गते बिहान ९-५१ मा आज विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र पूmल प्रसाद ग्रहण गरिन्छ । कात्तिक २ गते देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको समितिले जनाएको छ ।     टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।     पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गरिन्छ । यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ ।     आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरुपा दुर्गा देवीको पूजा आराधना शुरु हुन्छ ।     रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेका मानिस दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर चाड मनाउने भएकाले यस पर्वलाई पारिवारिक पुनर्मिलनको पर्वका रुपमा समेत लिइन्छ ।     आजैदेखि धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा सार्वजनिक बिदा दिने गर्दछन् । घटस्थापनाका अवसरमा दिने बिदा भने यस वर्ष कटौती गरिएको छ । यस वर्ष दसैँको बिदा पनि असोज ३० गते फूलपातीदेखि कात्तिक ३ गते एकादशीसम्म दिइएको छ । -रासस

अर्थशास्त्रमा नोबेल पुरस्कार घोषणा

बिभिन्न विधामा नोबेल पुरस्कार घोषणा हुने क्रम जारी रहेको छ । यस अन्तर्गत यसवर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार विलियम द नोर्थाउजन र पाउल एम रोमरले पाएका छन् । दुबैलाई ९० लाख स्वीडिस क्रोनर पाइने छ । विलियम नोर्थाउजनलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानीमाथि गरिएको कामका लागि यो सम्मान दिइएको हो । पाउल रोमरले भने एउटा असल आर्थिक विकास दर हासिल गर्न अर्थशास्त्रीको भूमिकाका लागि यो सम्मान दिइएको नोबल पुरस्कार छनौट समितिले जनाएको छ । संसारले नै भोगिरहेको जटिल समस्या हल गर्न मद्दत पुर्याएकोमा दुबैलाई पुरस्कार दिइएको नोबल कमिटिले जनाएको छ। गत वर्ष यो सम्मान रिचर्ड थेलरलाई पाइएको थियो ।

नरेश पातलीले ल्याए ‘आइह्याब अ गर्लफ्रेण्ड’ [भिडियोसहित]

काठमाडौं । नेपाल आइडलको छनौंट अडिसन धनग‍ढीबाट चर्चामा आएका नरेश पातलीको स्वर र अभिनयमा रहेको ‘आइह्याब अ गर्लफ्रेण्ड’ सार्वजनिक भएको छ ।     केही समय अगाडी नेपालकै चर्चित हाँस्य टेलीशृङ्खला भद्रगोलमा पनि आफ्नो क्षमता प्रदर्शन गरेका पातलीले यस गीतमा स्वर र शशक्त अभिनय गरेका छन् ।     बादल घिमेरेको प्रस्तुतीमा रहेको आइह्याब अ गर्लफ्रेण्ड बोलको गीतको म्युजिक भिडियोमा नरेश पातली, जशोदा कार्की, बादल घिमेरे र सिवानी कार्कीको शशक्त अभिनय देख्न पाइन्छ । यस गीतमा लयररचना घिमेरेकै रहेको छ ।

युएईको रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता आयोजना

युएई,असोज २।युनाईटेड अरब ईमिरेट्स(युएई)को रसअल खेमामा सर्वाधिक धनराशीको फुटबल प्रतियोगिता हुनेभएको छ। नेप्लीज स्पोर्ट्स क्लबको आयोजनामा बडादशैंको उपलक्षमा आगामी अक्टोबर ११ तारिकको दिन रस अलखेमाको सरकारी क्लबको ग्राउण्डमा प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा १५ भन्दा बढी नेपाली क्लबहरुले भाग लिने नेप्लीज स्पोर्ट्सका अध्यक्ष किशोर शाक्यले जानकारी दिएका छन ।प्रतियोगिताको बिजेताले ५ हजार ५ सय ५५ दिराम नेपाली १ लाख ७० हजार रुपैंया र उपविजेताले ३ हजार ३ सय ३३ दिराम नेपाली १ लाख रुपैंया सहित मेडल प्राप्त गर्नेछन्। खेलमा सहभागी हुन चाहाने टिमले आउँदो सेप्टेम्बर ३० तारीख भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ भने टिम दर्ताको लागि १ हजार १ सय ११ दिराम शुल्क निर्धारण गरिएको आयोजकले जनाएका छन्।

अब विदेशमा उपचार गर्नेले राज्यकोषबाट पैसा नपाउने

काठमाडौं, भदौ २९ । देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश धाउने र राज्यकोषको लाखौँ खर्च गर्ने परिपाटी अन्त्य हुने भएको छ ।   विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्यकोषबाट नव्योहर्ने व्यवस्था गरिएका विधेयक बिहीबार प्रतिनिधिसभामा पेश भएको छ । संसदीय समितिले जुटाएको सहमतिअनुसार विधेयक ‘फुल हाउस’बाट पाति भए विशिष्ट ओहोदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले विदशमा गरेको उपचार खर्च राज्य कोषबाट पाउने छैनन् ।   विधेयक शुक्रबार पारित गर्ने संसद् सचिवालयको कार्यसूची छ । संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक कार्यान्वयन गर्न सरकारले ल्याएको विधेयक संशोधन गर्दै संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा भएको उपचार खर्च राज्यकोषबाट नबेहोर्नै सहमति जुटाएको थियो । नयाँ पत्रिकामा खबर छ ।

कतार नेता नेपालले भने – मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन्

दोहा, भदौ १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार यति बेला स्थानीय र प्रदेश सरकारलाई क्रियासिल बनाउन कानुन निर्माण जुटेको बताएका छन् । नेता नेपाल अमेरिका जानेक्रममा दोहा ट्रान्जिटमा नेपाली प्रवासी मञ्च र नेपाली जनप्रगतिशिल मञ्च कतारका प्रतिनिधिसँगको दोहाको ओरिस रोटना होटलमा बिहीबार राती भएको भेटघाटमा सरकारलाई काम गर्न नदिन बाहिय शक्तिले गम्भीर पड्यन्त्र गरिरहेको आरोप लगाए । प्रवासी संगठनको एकताका लागि पार्टीभित्र गृहकार्य अन्तिम चरणमा रहेको उनले स्पष्ट पारे । सरकार अहिले पर्यटन, उर्जाको क्षेत्रको विकासमा लागिपरेको बताए । उनले भने, ‘अहिलेको सरकार २ वर्ष वा ३ वर्षको लागि सम्झौता गरेर आएको सरकार होइन । यो दिगो र स्थायी सरकार भएकाले काम गर्ने वातावरण दिनुपर्छ।’ देशमा हत्या, हिंसा, बलात्कारका जस्ता गतिविधि गर्नेलाई कडा सजाय र कानुनी दायरामा ल्याइ कडा कारबाह िगर्नु पर्ने उनले बताए । कुनैपनि अपराधीलाई कानुनी कठघरामा उभ्याउनु पर्दछ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र नेपालबीच असन्तुष्टि बढेको भन्ने प्रति नेता नेपाले भने, ‘मेरा बारेमा आएका सबै कुरा भ्रामक हुन् । पार्टी समानान्तर समिति बनाउन लागेको भन्ने कुराहरु सत्य होइन । अहिले सरकार र पार्टी विरुद्ध विभिन्न क्षेत्र र शक्ति केन्द्रबाट पड्यन्त्र भइरहेको छ । त्यसलाई निस्तेज पार्न सबै चनाखो बन्नु पर्दछ।’ भेटमा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले देशको समसामयिक बिषय र प्रवासी संगठन एकताबारेमा नेता नेपालसँग जिज्ञासा राखेका थिए ।

आजदेखि नयाँ कानून लागू, कस्ता कसुरलार्इ मानिएको छ फौजदारी अपराध ? [हेर्नुस् पूर्णपाठ]

काठमाडौं, भदौ १ । आजदेखि मुलुकी ऐन १६५ वर्षपछि हट्दै ‘मुलुकी देवानी संहिता’ – २०७४ लागू हुँदै छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेका ‘मुलुकी ऐन’ लाई आज हटाइएको हो । उक्त एेन प्रतिस्थापन गरी सरकारले आजदेखि ‘मुलुकी देवानी’ (संहिता), २०७४ कार्यान्वयनमा ल्याएको छ। मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहन गएको छ । यो संहितामा ६ भाग, ५२ परिच्छेद र ७२१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको नेपाल कानुन आयोगले जनाएको छ। मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।मुलुकी ऐन छरिएर रहेका प्रचलित ऐनहरुको एकीकृत रुप हो जुन नागरिकले बुझ्ने सरल भाषामा लेखिएको छ । देवानी संहिता नेपाली समाजको विकाससँगै आधुनिक रुपमा आएको छ । मुलकी देवानी अपराध संहिताको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्– मुलुकी देवानी संहिता निर्माणका लागि सरकारले पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले तयार गरेको मस्यौदामा विस्तृत छलफलपछि संसदले २०७४ साल भदौमा बहुमतले पारित गरेको थियो ।

वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अावश्यक : मन्त्री विष्ट

विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउँदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए । मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे । उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भने । मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए । रासस

४० औं पुष्पलाल स्मृति दिवस मनाइँदै

काठमाडौं । आहज देशभर नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल श्रेष्ठले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकार समेत मानिने पुष्पलाल जीवनभर संगठन विस्तार एवं जनताको स्वतन्त्रको लागि संघर्षमै लागिरहे । श्रेष्ठ राणा विरोधी आन्दोलनका अगुवा सहिद गंगालाल श्रेष्ठका माइला हुन् । दाजुले सहादत प्राप्त गर्दा १६ वर्षका किशोर रहेका पुष्पलाल सुरु देखि नै क्रान्तिकारी चेतका थिए । गङ्गालाल श्रेष्ठले सहादत प्राप्त गरेको एक वर्षपछि नै १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक संघको गठन गरेका थिए । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउने पुष्पलालले वि.सं. १९९७ सालदेखि बन्दीजीवन बिताइरहेका नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपमा सम्पर्क राखी उनीहरूको नेलसहितको तस्बिर पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा छाप्न लगाएका थिए । उनले २००५ मा कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी कम्युनिस्ट सिद्धान्तलाई नेपाली भाषामा सहज बनाएका थिए । यसलाई नेपाली भाषाको पहिलो साम्यवादी साहित्य मानिन्छ । साथै पुष्पलाल २०२५ सालमा निरंकुशताको अन्त्यका लागि संयुक्त जनआन्दोलनको कार्यदिशा अगाडि सार्ने पहिलो नेता थिए । पुष्पलालको विवाह सहाना प्रधानसँग भएको थियो । पुष्पलालको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।