झापामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ
काठमाडौं । झापामा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ।
सोमबार बिहान साढे ६ बजे कमल गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो। मृतक भोलाकुमारको टाउको र खुट्टामा चोट लागेको छ।
घटनापछि आशिष भागेका थिए। उनलाई प्रहरीले सवा ७ बजे प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले कमल(४ दुध डेरी भन्ने ठाउँबाट पक्राउ गरेको हो।
थप अनुसन्धानका लागि प्रहरीले उनलाई इलाका प्रहरी कार्यालय दमकमा लगेको छ।
महेश बस्नेत र दुर्गा प्रसाईंले माइतीघरमा कार्यक्रम गर्न नपाउने
काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेत र मेडिकल व्यवसायी दुर्गा प्रसाईंर्ले माइतीघर मण्डलमा कार्यक्रम गर्न नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुवै पक्षलाई उक्त स्थानमा कार्यक्रम गर्न नदिने जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले बताए। पछिल्लो समय खुलमखुल्ला रुपमा एकअर्कालाई चुनौती दिँदै आएका प्रसाईं र बस्नेतले एकै दिन कार्यक्रम गर्ने तयारी गरेपछि सम्भावित झड्पलाई मध्यनजर गर्दै प्रशासन सुरक्षा व्यवस्थाका लागि भन्दै मण्डलमा कार्यक्रम गर्न दुवै पक्षलाई रोक लगाउने निर्णयमा पुग्न लागेको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार नै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। छलफलमा आएमा छुट्टाछुट्टै स्थान तोकिदिने तर माइतीघर मण्डलमा कार्यक्रम गर्न भने नदिने भएको हो । प्रसाईंले कम्बोडियामा लगानी छ भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि एमाले प्रसाईंसँग रुष्ट छ। प्रसाईंलाई काठमाडौँमा एक कार्यक्रममा मोसो समेत दलिएको थियो। आफूलाई एमाले नेता महेश बस्नेतको योजना मोसो दलिएको भन्दै महेश वस्नेत र केपी ओलीविरुद्ध खनिदै आएका छन् ।भने केपी ओली र महेश वस्नेत पनि प्रसाईं विरुद्ध अभिव्यक्ति दिंदै आएका छन् ।
जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
रुकुम पूर्व। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए । प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज रुकुम आएका हुन्। यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् । रासस
छठमा झिलिमिली गौरीघाट
काठमाडौं । छठ पर्वका लागि काठमाडौँस्थित गौरीघाट परिसर सिङ्गारिएको छ । छठ पर्व सुरु भएसँगै झिलिमिली बत्तीले गौरीघाट परिसरलाई सिङ्गारिएको हो । टेन्ट र पण्डालले गौरीघाटलाई विशेष रूपले सजाइएको छ । शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छठ पर्व कात्तिक शुक्ल सप्तमीका दिन अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि सम्पन्न हुनेछ । चार दिनसम्म मनाइने छठको पहिलो दिन शुक्रबार शुक्ल चतुर्थीका दिन नुहाई धुवाई गरेर अरबा अरबाईन गरिएको छ ।
यस्तो छ आजको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक ३० गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४४ रुपैयाँ २० पैसा र बिक्री दर १४४ रुपैयाँ ८५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४३ पैसा र बिक्री दर १६६ रुपैयाँ १८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (कात्तिक २८ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ १६ पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विनिमय दर
दुई सय स्वास्थ्यकर्मी भूकम्प प्रभावित क्षेत्रमा परिचालित
जाजरकोट। दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परि घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाँउबस्ती खटिएको हो । जाजरकोट अस्पतालका फोकलपर्षन कृष्ण बहादुर खत्रीका अनुसार नेपालगन्ज, सुर्खेत काठमाडौँ, दाङ्, लगायत अस्पताल तथा स्वास्थ्य संस्था नेपाली सेना, सशस्त्र प्रहरीका विशेषज्ञ डाक्टर स्वास्थ्यकर्मीको टोली सहयोग गर्न औषधि सहित जाजरकोट पुगेको टोली सात वटै पालिकाका ग्रामीण बस्तीमा पुगेको फोकल पर्सन खत्रीले बताए । ईन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुबेदीको टोली भूकम्पको केन्द्र विन्दु रामी डाँडा पुगेको डाक्टर सहित काउनसेलरको टोलीले बारेकोट गाउँपालिका १ रामिडाँडा, सिल्पाचौरका घाइते तथा प्रभावित जनतालाई स्वास्थ्य उपचार गर्न थालेको ईन्सेक कर्णाली प्रदेशका संयोजक सुवेदीले बताए । बारेकोट १ रामिडाँडामा राहत सामाग्री समयमा नपुगेका कारण खुल्ला आकाश मुनी सर्व साधारण बस्न बाध्य भएका छन् ।
भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाइँदै
काठमाडौं । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ । बाल भिटा कार्यक्रम लागु भएका जिल्लामा बहुसुक्ष्म पोषकतत्त्व बालभिटा पनि खुवाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कुन उमेरका बालबालिकालाई कति खुवाउने – ६ महिनासम्मकालाई भिटामिन ‘ए’ र जुकाको औषधि दुवै नखुवाउने । – ६ महिनादेखि एक वर्षसम्मकालाई भिटामिन ‘ए’ आधा क्याप्सुल खुवाउने, जुकाको औषधि नखुवाउने । – एक वर्षदेखि दुई वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि आधा चक्की खुवाउने । – दुई वर्षदेखि पाँच वर्षसम्मकालाई भिटामिन ‘ए’ पूरा क्याप्सुल र जुकाको औषधि एक चक्की खुवाउने । भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत उपलब्ध बताइएको छ । पाँच वर्षमुनिका बालबालिकालाई सरकारले सञ्चालन गरेको प्रत्येक कार्यक्रममा भिटामिन ‘ए र जुकाको औषधि खुवाउनुपर्ने मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय सभाको बैठक कात्तिक १४ गते बस्ने
काठमाडौं । राष्ट्रिय सभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ बजेर ४६ मिनेटमा बस्ने भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालद्वारा शनिबार यहाँ जारी सूचनामा उल्लेख छ । यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।
आज पापाङ्कुशा एकादशी
काठमाडौं । सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। चान्द्रमानको पात्रोअनुसार एकादशी महिनाको दुईपटक आउँछ। शुक्ल पक्षमा एउटा र कृष्ण पक्षमा अर्को। सनातन समाजमा वैष्णव सम्प्रदायको प्रभाव फैलिएपछि एकादशीको पनि महत्त्व बढेको बताइन्छ। वैदिक परम्परामा भने अष्टमी, पूर्णिमा र औँसी तिथिलाई महत्त्व दिइएको छ। एकादशीका दिन अन्न नखाने, बेलुकी एक छाक रोटी खाने, दुई दल भएका वस्तु चना, केराउ, सिमी आदि तरकारी नखाने परम्परा छ। वैष्णव धर्म नलिएकाले पनि एकादशीका दिन मांसाहार नगर्नेजस्ता नियम पालना गर्छन्। वर्षमा २४ वटा एकादशी हुन्छन्। तर अधिक (मल) मास परेको वर्ष दुई एकादशी थपिन्छन्।
एनआरएनएको नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौँमा मतदान जारी छ । अनलाइन भोटिङ मध्यराति १२ बजे नै सुरु भए पनि काठमाडौँमा उपस्थित प्रतिनिधिले बिहीबार बिहान १० बजेदेखि मतदान गर्न थालेका हुन्। उनीहरुले राति ८ बजेसम्म सोल्टी होटलमा पुगेर मतदान गर्नुपर्ने छ। फेसियल भेरिफिकेसनका आधारमा मतदान गर्नेले राति १२ बजेसम्म मतदान गर्ने छन्। एनआरएनएको जारी ११औं अधिवेशनका लागि कूल ४ हजार २२७ प्रतिनिधि छन्। जसमध्ये काठमाडौँमा ६ वटै क्षेत्रका ८२६ प्रतिनिधि भेला भएका छन्। जसमा अफ्रिकाबाट ११, अमेरिकाबाट १२१, एसिया प्यासेफिकबाट १९१, युरोपबाट २२९, मध्यपूर्वबाट २०२ र ओसियानाबाट ७२ जना छन्। गैरआवासीय नेपाली संघ ८७ देशमा विस्तार भएकामा ५९ देशले नयाँ कार्यसमिति चुनिसकेका छन्। आगामी नेतृत्वका लागि ४ जना अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्। निर्वाचन समितिका अनुसार डा.बद्री केसी, महेशकुमार श्रेष्ठ, राजेन्द्रकुमार शर्मा र रविना थापा अध्यक्षका लागि चुनाव लड्दै छन्।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । बैठकमा कोसी प्रदेशको विषयमा छलफल हुने बुझिएको छ । बैठक आज दिउँसो ३ बजे सभापति देउवा निवास धुम्बराहीमा बोलाइएको हो ।
अमेरिकाको जेलमा नेपाली युवाको मृत्यु
काठमाडौं । अमेरिकाको जेलमा रहेका एक नेपाली युवाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार न्युयोर्कस्थित राइकर्स आइल्यान्ड जेलमा रहेका २७ वर्षीय मनीष कुँवरको मृत्यु भएको हो। यही अक्टोबर ५ तारिख बिहान जेलभित्रै उनको मृत्यु भएको हो। जेल परिसरमा कुँवर अचेत अवस्थामा भेटिएका थिए। उनको मृत्युको कारण खुलाइएको छैन। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। डकैती आरोपमा कुँवर गत सेप्टेम्बर २७ मा पक्राउ परेका थिए। उनीविरुद्धको मुद्दामा क्विन्सको अपराध अदालतले यही अक्टोबर २७ मा सुनुवाइ गर्दै थियो।
राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १४औँ अधिवेशनको ४३औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने बैठक बिहान ११ बजेर ३१ मिनेटमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्नेछिन् । सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नेछन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘विधायनसम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । आजै प्रतिनिधिसभाको बैठक पनि बस्दै छ ।
त्रिदेशिय श्रृंखला नखेल्ने सन्दिपकाे निर्णय
काठामाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर सन्दीप लामिछानेले त्रिदेशीय टि ट्वेन्टी शृखला नखेल्ने निर्णय गरेका छन् । बिहीबार राति सन्दीपले सामाजिक सञ्जाल फेसबुकबाट कार्तिक १ गतेदेखि हुने शृंखलामा आफू सहभागी नहुने जानकारी गराएका हुन् । उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको बताउँदै अन्तर्राष्ट्रिय खेल नखेल्ने जनाएका हुन् । घरेलु मैदानमा हुने त्रिदेशीय अन्तर्राष्ट्रिय क्रिकेट शंखलाको पहिलो खेलमा कार्तिक १ गते नेपालले यूएईसँग खेल्ने तय भएको छ । सन्दीप विरुद्धको बलात्कार मुद्दा लामो समयदेखि अदालतमा विचाराधीन छ ।
दुबईमा अलपत्र यात्रु नेपाल फर्किए
काठमाडौं । हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा ३० घण्टा दुबईमै अलपत्र परेका यात्रु नेपाल फर्किएका छन्। टिकट लिएर दुबई अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १६२ जनामध्ये १५४ जना यात्रु मात्र नेपाल आइपुगेका हुन्। बिहीबार दिउँसो २ बजेको उडानमार्फत नेपाल आउन विमानस्थल पुगेका यात्रु जहाज बिग्रिएपछि शनिबार बिहान २ः३० बजे नेपाल आइपुगेका हुन्। जहाज मर्मत गर्दा गर्दै चालकदलको उडान समय (फ्लाइट ड्युटी आवर) सकिएपछि यात्रुहरू दुबईमै अलपत्र परेका थिए। अलपत्र यात्रुमध्ये चार जना बङ्गलादेशी, एक जना अमेरिकी र एक जना नेपाली यात्रुले भने टिकट रद्द गरेर फर्किएका छन्। नेपाल आएका यात्रु सुवास न्यौपाने हिमालय एयरलाइन्सको फितलो व्यवस्थापन र गैरजिम्मेवारीका कारण छ जना यात्रुले उडान रद्द गरेर फर्किएको र दुबईबाट उडान समयभन्दा थप आधा घण्टा ढिलो गरी उडान भरेको बताए ।