ल्होसार सामाजिक सद्भाव र एकतालाई बढाउने एक विशिष्ट पर्व : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विविधताभित्र एकता र सामाजिक सद्भाव कायम गर्न हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण रहेको बताएका छन्।
नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष)को बिदाइ र नयाँ ल्हो (वर्ष)को स्वागतका रुपमा मनाउने ल्होसार पर्वका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने एक विशिष्ट पर्वका रुपमा ल्होसार स्थापित रहेको बताएका छन्।
उनले यस पर्वले समस्त नेपालीबीच आसपी सम्बन्ध सदुढ हुने विश्वास लिएका छन्।
ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।
संसदीय दलको नेताबारे गगनसँग कुरा भएको छ : शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा संख्याको कुरा नै निर्णायक हुने भन्दै अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवा नै बलियो रहेको बताएका छन्। ‘संसदीय दलका नम्बर गेम मुख्य कुरा हुन्छ’, बिहीबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले नम्बर गेम हेर्दा शेरबहादुरजीसँगै बढी देखिन्छ। तर, यसबारे कुरा हुन पाएको छैन। म उहाँसँग र अन्य नेताहरूसँग छलफल गर्नेछु।’ महामन्त्री गगन थापालाई समर्थन गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा शेखरले त्यो विषयमा प्रवेश गर्ने बेला नभइसकेको बताए। ‘गगनजीसँग फोनमा अलिअलि कुरा भएको छ’, उनले भने, ‘म काठमाडौं गएपछि सभापति, वरिष्ठ नेता सबैसित छलफल हुन्छ।’ तपाईं आफैं प्रधानमन्त्रीमा दाबी गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले ‘दाबी गर्ने भनेर मात्रै नहुने’ दोहोर्याउँदै छलफल गर्ने बताए। चुनावअघिको गठबन्धन अब पनि कायम हुने बताउँदै उनले गठबन्धनमा अन्य दल थप्ने गृहकार्य सुरू भएको जानकारी दिए। मंसिर ४ मा भएको प्रतिनिधि सभा चुनावमा एमालेका लालबाबु पण्डितलाई हराएर कोइराला मोरङ६ बाट निर्वाचित भएका हुन्।
काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु
काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलालमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आज बिहान साढे ३ बजे पहिरोले घर पुरिँदा ६५ वर्षीया लालजुङ तामाङ, छोरा ४४ वर्षीय निरबहादुर तमाङ र छोरी ४० वर्षीया छोरी सावित्रीको मृत्यु भएको हो। राति सुतिरेहका बेला पहिरो खसेपछि घर पुरिएको थियो। स्थानीय र प्रहरीले उद्धार गर्ने क्रममा तीन जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ
कर्णाली प्रदेशमा माओवादीका दुई मन्त्री नियुक्त
सुर्खेत । कर्णाली प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयका अनुसार सोमबार नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई आजै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । माओवादीले आफ्ना सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएर मन्त्री बन्न बाँकी सांसद शाह र कामीलाई मन्त्रीका लागि मुख्यमन्त्री समक्ष सिफारिस गरेको थियो ।
नेता गिरिको निधनमा राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कांग्रेसका नेता प्रदिप गिरिको निधनमा शोक व्यक्त गरेकी छिन् । गिरिको निधनले सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएको समेत राष्ट्रपति भण्डारीले जनाएकी छिन् । ‘समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदिप गिरिको निधनको खबरले अत्यन्त दुखी बनाएको छ, उहाँको निधनबाट हामीले एक सिद्धान्त निष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं,’आज बिहान ट्विट गर्दै भनेकी छिन, ‘म दिवंगत प्रदिप गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै, शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’ उपचारको क्रममा गएराती प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरीको निधन भएको थियो । आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिनेछ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजद्धारा रक्तदान सम्पन्न
काठमाडौं।नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजार २८ वडा काठमाडौं महानगरपालिकामा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक सिद्द गर्दै रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताए। सो कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहेका थिए । कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता मिलोस् भनि रक्तदान कार्यक्रमको आयोजना गर्न – गराउन नेपाल स्वयंसेवी रक्तदाता समाजकले देशभर अभियान सञ्चालन गर्दै आइरहेकोमा यो संघले पनि रक्तदान कार्यक्रमको आयोजना गरिएकोमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता कर्माचार्यले धन्यवाद तथा कार्यक्रमको पूर्ण सफलताको ब्यक्त गरेका थिए । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका थिए।
सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सबैको साझा दायित्व हो : मन्त्री श्रेष्ठ
काठमाडौं,साउन ३१, २०७९ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिएकी छन् । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको ३५ औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले मुलुकको आर्थिक विकास तथा विस्तार, राष्ट्रिय पूजी निर्माण, वचत परिचालन र लगानीको लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । मन्त्री श्रेष्ठले पछिल्लो समयमा सहकारीको संलग्नता उत्पादन, उत्पादकत्व र स्वरोजगारीको क्षेत्रमा नभई वचत तथा ऋण कारोवारमा बढी केन्द्रित हुँदै गईरहेको, केही सहकारीमा सहकारीका सिद्धान्त, मूल्य तथा मान्यता अनुसरणको कमजोर अवस्था र वितीय सुशासनको कमजोर हँुदा सहकारीप्रति आमनागरिकको विश्वास र भरोसा घट्दै गइरहेको देखिएको पनि बताइन् । सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनु पर्ने आवश्यकता र जिम्मेवारी आएको समयमा दोष अरुलाई देखाएर आफू पन्छिने प्रवृत्ति सहकारी अभियान्ताहरुमा देखिएको भन्दै मन्त्री श्रेष्ठले सहकारी ऐन नियमावलीमा भएका व्यवस्थाहरको पूर्ण परिपालन, सहकारी मुल्य, मान्यता र सिद्धान्तको सही परिपालनबाट मात्र सहकारी क्षेत्रको समस्या समाधान गर्न सकिने बताइन् । मन्त्री श्रेष्ठले अहिलेको सरकार सहजीकरण, नियमन र उत्प्रेरकको भूमिकामा आफूलाई केन्द्रित गर्दै साझेदारी प्रवद्र्धनको दिशातर्फ अघि बढीरहेको भन्दै समग्र राष्ट्रिय विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको पनि बताए । मन्त्री श्रेष्ठले नियामक निकाय र सहकारीबीचको उपयुक्त सहकार्यबाट मात्रै सहकारी क्षेत्रको शुद्धीकरण संभव छ भन्दै नियामक निकायको रुपमा रहेको सहकारी विभाग तथा प्रदेश एवं स्थानीय सरकारबीच प्रभावकारी साझेदारीको माध्यमबाट अघि बढ्ने गरी प्रयास भइरहेको पनि बताइन् ।
होटलको कोठामा महिला बेडमा, पुरूष झुण्डिएर मरेको भेटिए
बुटवल । बुटवलस्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोट होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा भेटिएका छन् । होटलको कोठा नं. १३४ मा महिला बेडमै मृत अवस्थामा रहेको र पुरुष पंखामा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । मृतकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ । उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृत भेटिएको बताइएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार महिलाको शव पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो । पुरूष भने सोही कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् । महिलाका श्रीमान विदेश रहेको र उनी पछिल्लो एक–दुई महिनादेखि हराइरहेको भन्ने सुन्नमा आएको प्रहरीको भनाइ छ । तर पूरा पहिचान र थप विवरण खुल्न सकेको छैन । मृतक दुवैको शव पोस्टमार्टमका लागि लगिएको छ ।
आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत खर्च
काठमाडौं । सरकारले आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत बराबरमात्र खर्च गर्न सकेको छ । यस अवधिमा पूँजीगत खर्च त झनै निराशाजनक जम्मा ५७ प्रतिशत मात्र खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यस अवधिमा सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा जम्मा १२ खर्ब ९६ अर्ब अर्थात लक्ष्यको ७९ दशमलब ३९ प्रतिशत गर्न सकेको हो । पूँजीगत खर्च ३ खर्ब ७८ अर्बको लक्ष्य राखिएकोमा जम्मा २ खर्ब १६ अर्ब अर्थात ५७ दशमलब २३ प्रतिशत मात्र भएको छ । चालु खर्च भने ९० प्रतिशत नै पुगेको छ । यस बर्ष ९ खर्ब ६१ अर्ब चालु खर्च भएको छ । यस अवधिमा राजस्व संकलन पनि ९० प्रतिशत अर्थात् १० खर्ब ७९ अर्ब उठाउन सरकार सफल भएको छ । कर राजश्व ९२ प्रतिशत अर्थात् ९ खर्ब ८४ अर्ब संकलन हुँदा गैरकर राजस्व भने जम्मा ७४ प्रतिशत अर्थात ८३ अर्ब ७९ करोड संकलन भएको छ । यस्तै, वैदेशिक अनुदान लक्ष्यको जम्मा ३० प्रतिशत प्राप्त भएको छ । यस बर्ष आन्तरिक राजस्व विभागले लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब राजश्व संकलन गरेको छ । विभागले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
गभर्नर अधिकारीले २४ घण्टाभित्र राजीनामा नदिए उनका सबै कार्यक्रम बिथाल्ने चेतावनी
काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष डोजाङ शेर्पाले गभर्नर महाप्रसाद अधिकारी अधिकारीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । अध्यक्ष शेर्पाले गभर्नर अधिकारीले तत्काल राजीनामा नदिए उनका जुनसुकै कार्यक्रमहरु बिथोल्ने चेतावनी दिए । बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि आयोजित गभर्नर अधिकारी विरुद्धको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै शेर्पाले प्रधानमन्त्री शेरबहादुर देउवाले अधिकारीलाई तुरुन्त बर्खास्त गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘ सम्माननीय प्रधानमन्त्रीज्यूले उहाँको बर्खास्त गर्नुहुनेछ । यदि गभर्नर अधिकारीले राजीनामा नदिए उनको जुनसुकै कार्यक्रममा गएर सभा बिथोल्ने संयुक्त विद्यार्थी संगठनहरुको अभियान छ ।’ कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन् । अध्यक्ष सिंहले पनि गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरु बहिष्कार गर्ने चेतावनी दिइन् । नक्कली एम नाम धारण गरी एमालेको कार्यकर्ता महाप्रसाद अधिकारी एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा नपालको अर्थतन्त्र धरासायी बनाउँन लागि परेको विद्यार्थी संगठनहरुको आरोप छ । साथै, गभर्नर विरुद्ध प्रदर्शन गर्ने क्रममा अखिल(क्रान्तिकारीका) विद्यार्थीमाथि प्रहरीको धरपकड गरि हिरासतमा राखेको छ । धरपकड पर्नेहरुमा क्षितिज सापकोटा,रेशम लाल श्रेष्ठ ,सम्राट थापा,भरत महतरा,बिनोद शाही ,रबिन्द्र न्यौपाने ,बिनोद बहादुर शाही र कृष्ण प्रसाद घिमिरे रहेका छन् । उनीहरुलाई तत्काल रिहाई गर्न क्रान्तिकारीले माग गरेको छ । प्रर्दशनका क्रममा अखिल(क्रान्तिकारी)का नेता बाबुराम नेपालीको घाँटी अठठ्याउदै प्रहरी
अर्थमन्त्री बोल्न लाग्दा एमालेद्वारा राष्ट्रियसभा बैठक बहिस्कार
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो । एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए । उनले अर्थमन्त्री शर्माले घातक काम गरेको आरोप लगाए । सांसद श्रेष्ठले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए । एमालेले अर्थमन्त्रीलाई बहिष्कार गरेसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रश्ताव पेस गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्रीले पेस गरेको ‘आर्थिक विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव स्वीकृत भएको घोषणा गरे । त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गर्नुभएको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पनि बहुमतले पारित भएको छ । अर्थमन्त्री शर्माले पेस गर्नुभएको प्रस्तावमाथिको कारबाही सकिए लगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।
बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौं । नेपाल बहराइनलाई हराउँदै एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार समूहको आफ्नो तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराएर नेपाल एक खेल अगाडिनै अन्तिम चारमा प्रवेश गर्न सफल बनेको हो । बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गर्यो। नेपालका लागि सीता राना मगरले ४ तथा कविता जोशीले ३ रन बनाए। नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो। यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो। उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन्। नेपालका लागि कविता कुँवर र सबनाम राईले २(२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन्। खेल निर्धारित समय अनुसार बिहान ८ः १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७–७ ओभरमा छोट्याएको थियो। समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो। यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो। यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ। यस्तै दोस्रो स्थानमा रहेको हङकङले २ खेलबाट ४ अंक जोडेको छ। कुवेत र बहराइनले समान १–१ अंक जोड्दा भुटान अंकविहिन पुछारमा छ। यो सँगै नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो। समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन्। फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन्।
सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु
काठमाडौं । सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। गोलबजार नगरपालिका–६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न आइतबार बिहान बाँस ठड्याउने क्रममा विद्युतको नांगो तारमा ठोकिँदा करेन्ट लागेर गोलबजार नगरपालिका९ १ का २६ वर्षीय गोपाल पूर्वेको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्याए पनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित
बुटवल। लुम्बिनी प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रम पारित भएको छ । आईतवार बसेको प्रदेश सभाको १० औं अधिवेशन अन्तर्गतको १० औं बैठकले प्रदेश सरकारको आर्थिक बर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । यसअघि प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिए । त्यसअघि बैठकमा प्रदेश सभाका सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिंदै लुम्विनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सबैको सहकार्य र सहमतिबाटै प्रदेशको विकास गर्ने प्रतिवद्धता जनाए । लुम्विनी प्रदेशको आर्थिक बर्ष २०७९–८० को नीति तथा कार्यक्रमले प्रदेशको विकासमा एक तह उचाई छुने बताउँदै कार्यक्रमले निर्धारण गरेको प्राथमिकता अनुसार प्रदेश सरकारले काम अघि बढाउने प्रतिवद्धता जनाए । पूँजीगत खर्च चुनौतिको विषय बने पनि आगामी दिनमा यही कर्मचारी र जनशक्ति प्रयोग गरेर अधिकतम बजेट खर्च गर्ने चर्चा गरे। मुख्यमन्त्री केसीले दायाँबायाँ आँखाबाटभन्दा पनि प्रदेशबाट जनतालाई देख्ने हो भने सबै समस्या समाधान हामीभित्रैबाट हुन्छ भन्दै आगामी दिनमा खर्च गर्ने संरचनामा सरकारले सुधार गर्ने बताए । सवैको सल्लाह र सुझावका आधारमा नयाँ बजेट आउने उल्लेख गर्दै मुख्यमन्त्री केसीले प्रदेशको सामाजिक सांस्कृतिक रुपान्तरणमा सबैले अपनत्व महसुस गर्ने बताए। मुख्यमन्त्री केसीले प्रदेश सरकारले बाँकी कार्यकालमा जनताको मन छुनेगरी काम गर्ने बताउँदै प्रदेश सरकार सबैले भरोसा गर्ने प्रदेश भएको बताए । प्रदेश सरकारसँग केही गुनासो छ भने सम्वोधन गर्न प्रदेश सरकार तयार रहेको बताउँदै उनले सबैको साथ र सहकार्यबाटै प्रदेशको विकास सम्भव हुने बताए । त्यसअघि लुम्विनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै बुटवललाई आर्थिक राजधानी भन्ने तर त्यसअनुसारको काम नगर्ने भन्दै नीति तथा कार्यक्रम कार्यान्वयनमा आशंका रहेको बताए। प्रदेश सरकारको आर्थिक बर्ष २०७९–८० को बजेट असार १ गते अपरान्ह ४ बजे प्रदेश सभामा प्रस्तुत हुनेछ ।
वैदेशिक रोजगारीबाट फर्कनेलाई च्यालेन्ज फण्डको व्यवस्था
काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपाली तथा युवाहरुलाई लक्षित गरी च्यालेन्ज फण्ड स्थापना गर्ने बताएको छ । चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि उक्त व्यवस्था गरिएको बताए । यसका साथै ठूला तथा मझौला उद्योगले स्टार्ट अपलाई सहयोग गर्ने व्यवस्था मिलाइने समेत उनले घोषणा गरे । स्टार्ट अब व्यवसायका लागि सुरुवाती पूँजी दिइने र स्वदेशी उत्पादन प्रोत्साहनका लागि विशेष कार्यक्रम ल्याउने समेत सरकारले बताएको छ । यसका लागि ३ अर्ब विनियोजन गरिएको छ ।
मेघ गर्जन र चट्याङसहित यी स्थानमा वर्षाको सम्भावना
माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन /चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ । बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आँकलन गरिएकाे छ । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।