सम्झौतानुसार काम नगर्ने १५ कम्पनी कालोसूचीमा
काठमाडौं । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले चार कम्पनीलाई दुई वर्ष र एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।
खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौँडा तथा डिएमएस बुट इण्डष्ट्रिज बूढानीलकण्ठ, कृषि सामग्री कम्पनी लिमिटेडका सिफारिशमा सैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि सामग्री कम्पनीलाई दुईदुई वर्षका लागि कालोसूचीमा सिफारिस गरिएको हो ।
कृषि सामग्री कम्पनीले सिफारिश गरेका दुई कम्पनीले तोकिएका समयमा रासायनिक मलको ढुवानी गर्न नसकेपछि कम्पनीले धरौटी रकम जफत गरेर कालोसूचीमा राख्न सिफारिस गरेको थियो । यस्तै फ्रेण्ड्स अर्बिट कन्स्ट्रक्सन सर्भिसेज प्रालि कन्काई झापा, हिमालय कन्स्ट्रक्सन प्रालि सङ्खुवासभा, सन्देश सौगात ट्रेड एण्ड सप्लायर्स विराटनगर, चुन फार्मेसी पोखरा, गुरा निर्माण सेवा जुम्ला, अम्बा स्टोर धरान, नीरज स्टिल फर्निचर उद्योग लहानलगायत एघार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम मङ्सिर १६ गतेदेखि लागू हुने गरी एक वर्षका अवधिसम्म कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिसम्म ९कालोसूचीमा राखिएको समयसम्म० सरकारी निकायको कुनै पनि खरीद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ ।
ओली र नेपालबीच केन्द्रबीच बैठकअघि भेट हुनसक्ने, टेलिफोनमा भयो कुराकानी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय कमिटी बैठकअघि भेट हुने सम्भावना बढेको छ । एमालेले आज केन्द्रीय कमिटी बोलाएपनि माधव नेपाल पक्षले भने बैठक बहिस्कार गर्ने बताइसकेको छ । यसअघि बिहिबार ओली र नेता नेपालबीच कुराकानी भएको थियो। बैठकमा सहभागिता र पार्टी एकतालगायत विषयमा अध्यक्ष ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको र आज पनि कुराकानीलाई निरन्तरता दिने तयारी रहेको नेताहरूले जानकारी दिएका छन्। दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर ओलीले आज बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक राखेका छन्। तर उक्त बैठकमा सहभागी नहुने निर्णय नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूको छ। एमाले नेता शेर बहादुर तामाङका अनुसार आज बिहान ११ बजे बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्छ। पार्टी कार्यालय थापाथलीमा ठाउँ अभाव हुने हुँदा बालुवाटारको खुला चौरमा टेन्टमा बैठक गरिने उनले जानकारी दिए। नेपाल पक्षका नेता भीम आचार्यले अध्यक्ष ओली र नेता नेपालबीच टेलिफोनमा कुरा भएको बताए। कुराकानीलाई निरन्तरता दिने पनि उनको भनाइ छ। आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आफूहरूले माग गरिएको पनि आचार्यले बताए। ‘बैठक स्थगित गरियो भने पार्टी एकताका लागि राम्रो सन्देश जान्छ। हामीले बैठक सार्न भनेका छौं यदी बैठक सरेन र बस्यो भने त त्यो गुटको बैठक हुन्छ र त्यो बैठकको के अर्थ छ र?,’ उनले भने। आज अध्यक्ष ओली र नेता नेपालबीच भेटघाट हुन सक्ने नेताहरूले बताएका छन्। सम्भवत आज फेरि टेलिफोनमा कुराकानी र भेट नै गर्ने तयारी रहेको नेताहरू बताउँछन्।
पूर्वप्रधानमन्त्रीहरूले गरे ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीको प्रशंसा
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरुले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको प्रशंसा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सर्वोच्चमा बहस गर्दै आएका ९२ वर्षका भण्डारीले संविधान रक्षाका लागि भण्डारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सोमबार नयाँ बानेश्वरमा ५ दलको विपक्षी गठबन्धनले गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भण्डारीकाे पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बृद्धाअवस्थामा पनि संविधान रक्षाका लागि सक्रिय रहेको भन्दै उनको प्रशंसा गरे । यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा माधवकुमार नेपालले पनि भण्डारीको भूमिका प्रेरणादायी भएको बताए । भण्डारीले लोकतन्त्र र संविधान रक्षाका लागि राजनीतिक दलहरूलाई एकजुट हुन सुझाव दिए ।
प्रचण्डद्वारा नारायणी नदीले डुबान र कटान गरेको क्षेत्रको निरिक्षण
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नारायणी नदीले क्षति पुर्याएका क्षेत्रहरुको स्थलगत निरिक्षण गरेका छन् । प्रचण्डले आज बिहान चितवनको भरतपुर महानगरपालिका वडा नं २६ को सिसई क्षेत्रको निरिक्षण गरेका हुन । नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या हरेक वर्ष दोहोरिने भएकाले यसलाई सधैंका लागि हल गर्न गुरुयोजनासहित काम अघि बढाएको उनले बताए । गुरुयोजना अनुरुप आवश्यक बजेटका लागि पहल भइरहेको बताउँदै प्रचण्डले यो समस्याको स्थायी समाधान हुने विश्वास व्यक्त गरे । प्रचण्ड उक्त क्षेत्रमा पुग्दा पीडितहरुले आफ्ना गुनासा राखेका थिए । अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनिकरण गर्न आफुले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए । नदी कटानले निम्त्याएको समस्याका बारेमा आजै जिल्ला प्रसासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसंग छलफल गर्ने प्रचण्डको कार्यक्रम छ । बाढीले भरतपुर महानगरपालिकाको वडा नं ३ को दोभान चोक, वडा नं १६ को झनझने र वडा नं २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए भने १ सय बिगाहा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ ।
निधि, कोइराला र सिंहबीच लन्च मिटिङ, देउवालाई प्रधानमन्त्री र सहमतिमै नेतृत्व खोज्नुपर्ने विषयमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीन शीर्ष नेताबीच वानेश्वरमा छलफल भएको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिबारे छलफल भएको हो । नेता निधिले आफ्नो निवासमा शीर्ष नेताहरुलाई खाना खाने निम्तो दिएको थिए । कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ । आजको छलफलमा पाँचवटा विषयमा छलफल भएको छ । देशभर कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारलाई खबरदारी गर्ने, सिन्धुपाल्चोक लगायत देशभरको आएको बाढी र पहिरोबाट प्रभावितहरूलाई राहत, पुनःस्थापना र गासबासका लागि सरकारसमक्ष पहल गर्ने, पार्टीको १४औं महाधिवेशनको नेतृत्वका विषयमा छलफल भएको थियो। सकेसम्म सभापतिमा सहमति खोज्ने उनीहरुले निश्कर्ष निकालेको श्रोतले बतायो । यस्तै, छलफलमा आगामी निर्वाचनमा कांग्रेसको जित, गठबन्धनको तर्फबाट देउवालाई प्रधानमन्त्री बनाउन जोडतोडले लाग्ने विषयमा गठबन्धनका सबैबीच साझा धारणा बनाएर अघि बढ्ने विषय समेत समेटिएको हो । साथै आफूहरूबीच भएको संवादको विषयमा नेता कृष्णप्रसाद सिटौला, सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेललाई जानकारी दिने पनि छलफ
जिल्ला प्रशासनको चेतावनी- मेलम्ची बाढीपीडितका नाममा चन्दा संकलन गरे २ वर्षसम्म जेल तथा १ लाखसम्म जरिवाना !
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले मेलम्ची बाढीपीडितका नाममा चन्दा वा सहयोग संकलन तथा कालोबजारी गरेको पाइएमा २ वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने चेतावनी दिएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै प्रशासन कार्यालयले यस्तो चेतावनी दिएको हो । शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम ‘अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा र ऐ ऐनको दफा १ (ख) मा विपदको समयमा अप्राकृतिक रूपमा बजारमूल्य वृद्धि गरेमा वा कालोबजारी गरेमा वा गुणस्तरहीन वस्तु वा सेवाको कारोबार गरेमा’ त्यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरी एक लाख रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था भएकोले त्यस्तो गलत क्रियाकलाप नगर्न नगराउन, भए गरेको जानकारी वा सूचना प्राप्त भएमा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकी वा मोबाइल नम्बर ९८४१३९२८८३० मा जानकारी गराइदिन सर्वसाधारण सबैसँग अनुरोध छ।’
नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद अधिकारीको निधन
लमजुङ : नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतबार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिए। नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उनले बताए। पौडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका निर्वाह गरेका थिए । उनी २०५६ सालको आमचुनावमा नेपाली कांग्रेस लमजुङको तर्फबाट प्रतिनिधि सभामा क्षेत्र नं २ बाट विजयी भएका थिए । अधिकारीले गैरसरकारी संस्था महासङ्घको केन्द्रीय कार्यवाहक अध्यक्ष भएर समेत काम गरेका थिए भने २०५५ सालमा नेपाल खाद्य संस्थानको अध्यक्ष पनि भएका थिए । उनले देखाएको बाटोमा हिँड्नु नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ’, नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सचिव हरिप्रसाद बरालले भने, ‘दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान गरून् भन्दै पार्टीको तर्फबाट समवेदना व्यक्त गर्दछौँ ।’ नेता अधिकारीको जन्म सुन्दरबजार नगरपालिका वडा नं ४ (साविक दुराडाँडा गाविस चारघरे) मा १९९९ पुस १९ गते भएको हो । नेता अधिकारीको निधनले कांग्रेसले एक असल नेता गुमाएको भन्दै कांग्रेसका शीर्ष नेताहरूले समेत समवेदना व्यक्त गरेका छन् । ‘नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद हरिभक्त अधिकारीको निधनको खबरले निकै दुःखी भएको छु । उनको निधनले कांग्रेसले एक असल नेता गुमाएको छ’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
कोरोना संक्रमण नियन्त्रणमा छ, अब खोप चाहियो : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ प्रधानमन्त्री ओलीले अहिले आफूहरुलाई कोरोनाविरुद्धको खोप आवश्यक परेको पनि बताए। खोप उत्पादक र विश्व समुदायलाई उनले खोप सहयोगका लागि आग्रह पनि गर्दै यसअघि खोप सहयोग गरेका मित्रराष्ट्रलाई धन्यवाद पनि दिएका छन्। थाहा खबरबाट साभार
प्रधानमन्त्रीविरुद्ध धम्की दिने प्रदेश सांसदलाई कारवाहीको माग
काठमाडौं : नेकपा (एमाले) निकट विभिन्न दश जनसङ्गठनले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई ज्यान मार्ने धम्की दिने बागमती प्रदेशसभाका सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न माग गरेका छन् । गृहमन्त्री खगराज अधिकारीलाई आज सिंहदरबारस्थित गृह मन्त्रालयमा ज्ञापनपत्र दिँदै ती सङ्गठनले प्रधानमन्त्री ओलीको ज्यानमाथि धावा बोल्ने गरी वैद्यले दिएको अभिव्यक्ति मुलुकको फौजदारी कानूनविपरीत हुने भएकोले उनीलाई अविलम्ब गिरफ्तार गरी कानून कारवाही गर्न माग गरेका हुन् । मुलुकको कार्यकारी प्रमुखमाथि यस्तो गम्भीर र आपत्तिजनक अभिव्यक्ति प्रदेशसभामा दिइएको विषयप्रति नेपाली कांग्रेसले अझैसम्म औपचारिक धारणा मेत सार्वजनिक नगरेकोप्रति ती सङ्गठनले आपत्ति जनाएका छन् । गृहमन्त्री अधिकारीलाई नेपाल किसान महासङ्घका अध्यक्ष डा। प्रेम दंगाल, अखिल नेपाल महिला सङ्घका सहसंयोजक थममाया थापा, विद्यार्थी सङ्गठन अनेरास्ववियूका अध्यक्ष ऐन महर, राष्ट्रिय युवा सङ्घका अध्यक्ष किरण पौडेल, नेपाल खेलकुद महासङ्घका अध्यक्ष रमेश पौडेल, मुस्लिम इत्तिहास सङ्गठनका उपाध्यक्ष इश्रत साह, पेशागत महासङ्घ नेपालका अध्यक्ष बाबुराम थापालगायतले भेटी ज्ञापनपत्र बुझाएका थिए । केही दिन अघि बागमती प्रदेशसभा बैठकमा प्रदेश सांसद वैद्यले प्रधानमन्त्री ओलीविरुद्ध उत्रन आफू नाथुराम गोड्से बन्न तयार रहेको बताए । आम आलोचनापछि वैद्यले प्रदेशसभामा उक्त अभिव्यक्ति फिर्ता लिएका थिए ।
गण्डकी, लुम्विनी र कर्णालीमा भारी बर्षा सम्भावना, सतर्कता अपनाउन अनुरोध
काठमाडौं । देशभर आंशिक देखि सामान्य बदली भई अन्य स्थानहरुमा समेत वर्षा भइरहेकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । काठमाडाैंमा शनिबार बिहानदेखि वर्षा भईरहेको छ । देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना रहेकाले सतर्कता अपनाउनु समेत अनुरोध गरिएकाे छ। देशको पुर्वी र मध्य भूभागमा उत्तर पश्चिम बंगालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएकाे छ । नेपालमा शुक्रबारदेखि मनसुन भित्रिएको छ । बंगालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजबाट नेपालमा मनसुन भित्रिएको हो । यस्ताे रहेकाे छ । आगामी तीन दिनको मौसम पूर्वानुमान जेठ २९ गते – शनिबार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ। जेठ ३० गते – आइतवार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बाग्मती प्रदेश,गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । जेठ ३१ गते – सोमवार दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश,गण्डकी प्रदेश ,लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ । साँझ : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश केही स्थानहरुमा र प्रदेश २, बाग्मती प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
देशभर खाद्यमा २० प्रतिशत छुटको व्यवस्था लागू हुने
काठमाडौं : अगामी दिन खाद्यमा २० प्रतिशत छुटको व्यवस्था देशभर लागू हुने भएको छ । खाद्य व्यवस्था तथा व्यापार लिमिटेडका सूचना अधिकारी सर्मिला न्यौपाने सुबेदीले यस्तो व्यवस्था लागू हुने बताएकी हुन् । उनका अनुसार खाद्यमा भएको छुटले उपभोक्ताहरु लावान्धित भएपनि लकडाउनले यातायातको समस्या भने भोगिरहेका छन् । लकडाउनले यातायात नहुँदा समान लिन आउनेको संख्या कम रहेको सूचना अधिकारी न्यौपानेले बताइन् । खाद्य व्यवस्था तथा व्यापार लिमिटेले उपत्यकामा काठमाडौंको थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुरको नख्खु गोदाम र भक्तपुरको सुर्यविनायक बिक्री कक्ष तथा अन्य जिल्लामा कम्पनीका कार्यालय र बिक्री कक्षबाट सामाग्री उपलब्ध गराउँदै आएको उनले बताइन्। ‘अहिले उपत्यकाको ४-५ ठाउँबाट खाद्य समान विक्रिवितरण गरिरहेका छौँ, यो व्यवस्था विस्तारै देशभर लागू हुनेछ, यातायातको समस्याले सामान लिन आउनेको संख्या कम रहेको छ’-सूचना अधिकारी न्यौपानेले भनिन् । अहिलेसम्म गत जेठ २१ गतेदेखि २६ गतेसम्ममा व्यापार भएको ३५ हजार ६५ किलो कूल विवरणमा छुट रकम ४ लाख ३६ हजार ९१४ रुपियाँ रहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिक्ष्न् । खाद्यमा २० प्रतिशत छुटको व्यवस्था अभियानकै रुपमा रहेको उपभोक्ता संरक्षण मञ्चका सचिव हरि मैनालीले बताएकी छन्। उनले बजारमा निजि क्षेत्रबाट भएको व्यापार के-कति मात्रामा नाफा लिएको छ । नाफा र मूल्यको अन्तर तुलना गर्न सजिलो हुने बताइन् । उनले भनिन् ‘खासमा बजारको उपभोग र उपभोक्ताहरुको माग बमोजिम काम गर्न नसके पनि यस्ता कामले बजार सन्तुलन र मार्केटिङ्ग टिप्सलाई सन्तुलन गर्छ ।’
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ४ सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार छापावाला सुन तोलाको ९४ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १३५० मा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हमला गर्नेलाई कारवाही गर्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपालगञ्जस्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि कुटपिट गर्नेलाई कारवाही गर्न माग गरेका छन् । भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको र खेद प्रकट गरेको प्रचण्डले बताएका छन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मीमाथि नै सांघातिक हमला गर्ने जो कोहिलाई पनि कानुनी कारवाही गर्न प्रचण्डले माग गरेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४÷५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेका थिए । अस्पतालमा उपचार गराइरहेका रावतको बिहीबार बेलुकी ८ बजे मृत्यु भएको थियो । उनको मृत्युलगत्तै आफन्तहरूले डाक्टर र नर्समाथि आक्रमण र अस्पताल तोडफोड गरेको आरोप छ । एमाले प्रदेश कमिटी सदस्यद्वारा आइसियू कक्षमै डाक्टर र नर्समाथि हातपात, ४ नर्स र एक जना चिकित्सक घाइते
कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले सही गन्तव्यमा पुर्याउँदैन, संवाद गरौंः भट्टराई
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले सबैले आफ्नो बिगतलाई हेर्दै संवाद गर्नुपर्ने बताए । एमाले फुटको संघारमा पुगेका बेला भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई सही गन्तब्यमा नपुर्याउने बताएका छन् । त्यसकारण सबैले आफ्नो विगतलाई हेरेर धैर्य गर्नुपर्ने र संवाद गर्नुपर्नेमा भट्टराईले जोड दिएका छन् । पछिलो पटक संसद् विटनपछि मन्त्रीबाट राजीनामा दिएर एमाले वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेका भट्टराई पछिल्लो समय अध्यक्ष केपी ओली पक्षमा लागेको बताइएको छ । तर, उनले त्यसबारे स्पष्ट खुलाएका छैनन् । उता, नेपाल पक्षले नयाँ पार्टी खोल्ने तयारी गरिसकेको छ । सम्बन्धित समाचारः नेकपा एकीकृत पार्टी दर्ता, माधव नेपाल निकट राई अध्यक्ष माधव नेपाल समूहद्वारा अर्को पार्टी खोल्ने निर्णय
संसद विघटनविरुद्धको प्रदर्शन र कोरोनालाई मध्यनजर गर्दै आजदेखि देशभरि कडाई, अटेर गरे १ वर्ष जेल हुनसक्ने
काठमाडौं । सरकारले देशमा विकशित राजनीतिक घटनाक्रम र काेराेना महामारीलाई मध्यनजर गर्दै भिडभाड नियन्त्रणका लागि कडा निर्देशन दिएको छ । गृहसचिव महेश्वर न्यौपानेले कोरोना कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा जारी भएको अध्यादेशको कडाइसाथ कार्यान्वयन गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभयो । गृहस्थित सुरक्षा महाशाखाका अनुसार भीडभाडलाई पूर्ण निष्तेज गरिएकाले प्रशासन त्यसमा सक्रिय रहने छ । अहिले आइपरेको राजनीतिक घटनाक्रम अनुसार बाहिर हुन सक्ने जुलुश, प्रदर्शन पनि यही अध्यादेश अन्तर्गत पर्नेछन् । निषेधाज्ञा कार्यान्वयनमा बाधा अवरोध गर्नेलाई १ वर्षसम्म कैद र ५ लाख वा दुबै सजाय गर्नसक्ने व्यवस्था गरिएको छ । सोही अनुसार कार्यान्वयन गर्न मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । अध्यादेश बमोजिम दिइएको आदेश उल्लंघन गरे प्रमुख जिल्ला अधिकारीले तत्काल जरिवाना गर्न सक्नेछन् । व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना, संस्थाले उल्लंघन गरेमा पाँच लाखसम्म जरिवाना गर्न गरिने व्यवस्था गरिएको छ । मास्क नलगाएको व्यक्तिलाई प्रहरीले पटकैपिच्छे एक सय, आवतजावत बन्द उल्लंघन गर्दा दुई सय रुपैयाँ, अनुमतिबिना सवारी चलाए दुई पाङ्ग्रे सवारीलाई दुई हजार, अन्य सवारीलाई पाँच हजार रुपैयाँ जरिवाना गर्न प्रहरीले सक्नेछन् । अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिनासम्म बन्द गरिदिन पनि सक्ने छन् ।
अमेरिकासँग प्रतिस्पर्धा गर्दै चीनले पनि पठायो मंगल ग्रहमा ‘रिमोट कन्ट्रोल्ड रोभर’
गत साता मंगलग्रहमा अवतरण गरेको चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले त्यहाँको सतहमा गुड्न थालेको छ । आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो । यस झुरोङ रोबर्टले उक्त ग्रहको सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ या छैन भन्ने संकेत पनि हेर्नेछ । गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो । यस मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाले ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको जानकारी दिएका थिए । यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने पनि उनले जनाएका थिए । गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो ।