झापा–५ मा बालेन र ओलीको जनलहर घट्दै, रञ्जित तामाङको प्रभाव बढ्दै

झापा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर–५ मा विभिन्न राजनीतिक शक्तिहरूबीच प्रतिस्पर्धा चर्किँदै गएको छ। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जनमत घट्न थालेको चर्चा राजनीतिक वृत्तमा व्यापक बनेको छ। त्यसको विपरीत नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रञ्जित तामाङको पक्षमा जनसमर्थन बढ्दै गएको स्थानीय नेताहरूको दाबी छ।

स्थानीय मझधारका युवा तथा बौद्धिक नेताका रूपमा परिचित रञ्जित तामाङलाई जिताउने अभियानमा झापाली मतदाता एकजुट हुन थालेपछि बालेन र ओली दुवैको जनलहरमा प्रभाव परेको बताइएको छ। राजनीतिक विश्लेषक तथा स्थानीय कार्यकर्ताहरूका अनुसार झापा–५ मा प्रतिस्पर्धा मुख्यतः ओली र बालेन पक्षधरबीच देखिए पनि अन्तिम नतिजा रञ्जितको पक्षमा जान सक्ने आकलन गरिएको छ।

झापा–५ मा करिब ३० हजार भूमिहीन सुकुम्बासी, मजदुर, आदिवासी जनजाति तथा खस–आर्य समुदायका मतदाताले रञ्जितलाई आफ्नो प्राथमिक रोजाइमा राखेको दाबी गरिएको छ। उनका समर्थकहरूले सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास रोक्न उनले खेलेको भूमिका, आदिवासी जनजाति रंगशाला निर्माणमा अगुवाइ तथा स्थानीय मुद्दामा निरन्तर सक्रियता नै उनको प्रमुख उपलब्धि भएको बताएका छन्।

उनी कम्युनिस्ट विचारधाराको आधारभूमिसँग जोडिएको स्थानीय, प्रखर तथा बौद्धिक नेता भएकाले किसान–मजदुरको पीडा बुझ्ने प्रतिनिधिका रूपमा स्थापित हुँदै गएको समर्थकहरूको भनाइ छ। झापा–५ मा नेकपाको करिब १५ हजार सैद्धान्तिक मत रहेको र त्यसका अतिरिक्त रास्वपाको एउटा समूह, कांग्रेसको एउटा टिम, राप्रपालगायत केही राजनीतिक पक्षले पनि रञ्जितलाई समर्थन जनाउन थालेको सार्वजनिक अभिव्यक्ति आएको बताइएको छ।

अर्कोतर्फ बालेनले निर्वाचन जितेपछि स्थानीय हित र मुद्दामा निरन्तर सक्रिय नरहने, ‘टुरिस्ट उम्मेदवार’ भएको तथा सुकुम्बासी बस्तीमा काठमाडौंमा जस्तै डोजर चलाउने सम्भावना रहेको भन्दै मतदाताहरूमा आशंका व्यक्त भइरहेको छ। त्यस्तै, ओलीमाथि भ्रष्टाचार संरक्षण गरेको, युवासम्बन्धी घटनामा जिम्मेवार नभएको, सुकुम्बासी समस्यालाई गम्भीर रूपमा नबुझेको तथा तानाशाही प्रवृत्ति देखाएको जस्ता आरोप पनि मतदाताबाट उठिरहेको छ।

ओली र बालेन दुवै अन्यत्र बसोबास गर्दै आएको भन्दै केही स्थानीय मतदाताले स्थानीय मुद्दा बुझ्ने र यहाँको भूगोल तथा समाजसँग प्रत्यक्ष जोडिएको प्रतिनिधि आवश्यक रहेको तर्क अघि सारेका छन्। “जिउँदाको जन्ती, मर्दाको मलामी” हुने नेता नै वास्तविक प्रतिनिधि हुने भन्दै स्थानीय युवा तथा मतदाताहरू एकताबद्ध भएर रञ्जितको समर्थनमा उभिएको स्थानीय राजु धिमालले बताएका छन्।

स्थानीय रास्वपा समर्थकहरूको तर्फबाट पनि ओलीको कथित तानाशाही प्रवृत्ति पराजित गर्न र युवा एकता कायम गर्न बालेनले रञ्जितलाई समर्थन गर्नुपर्ने आवाज उठेको धिमालले बताए। यस क्षेत्रको राजनीतिक माहोल दिनप्रतिदिन रोचक बन्दै गएको र अन्तिम परिणामले मात्रै वास्तविक जनमतको चित्र स्पष्ट गर्ने विश्लेषकहरूको भनाइ छ।

यता केही दिन अघि मात्र ओली, बालेन र रञ्जित लगायत झापा–५ का  सबै उम्मेदवारलाई सार्वजनिक बहसमा सहभागी गराइएको थियो । तर, बालेन सहभागी भएनन् । उक्त बहसमा ओलीले जनताको चित्त बुझ्दो जवाफ पनि नदिएपछि मतदाता रुष्ट बनेका छन् । साेही बहसमै रञ्जितले पनि ओलीमाथिनै प्रश्न गरेपछि ओली आफैँ जवाफविहीन भएका थिए । त्यसपछि नेकपाका उम्मेवार रञ्जितको जनलहर बढ्दै गएको स्थानीय अगुवाहरुको भनाइ छ । 

चितवन-१ काे समृद्धिका लागि वैज्ञानिक र अग्रगामी नेतृत्व: नेकपाका उम्मेदवार डा. कृष्णराज पन्तप्रति बढ्दो जनविश्वास

चितवन । चितवन क्षेत्र नं. १ को आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार डा. कृष्णराज पन्तको उम्मेदवारीले राजनीतिक वृत्तमा मात्रै होइन, आम जनतामा समेत उत्साह र आशा जगाएको छ। विकास अर्थशास्त्री तथा अनुभवी नीति–निर्माताका रूपमा परिचित डा. पन्तलाई नेकपाले अघि सारेपछि “समृद्ध चितवन – समृद्ध नेपाल” को नाराले ठोस आधार पाएको स्थानीयहरूको भनाइ छ। अनुभव, प्रतिबद्धता र जनमुखी दृष्टिकोण राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्षका रूपमा कार्य गरिसकेका डा. पन्तसँग संघीय, प्रादेशिक र स्थानीय तहमा नीति निर्माण तथा कार्यान्वयनको सशक्त अनुभव छ। विकास अर्थशास्त्रमा पीएचडी हासिल गरेका उनि आर्थिक रूपान्तरणका स्पष्ट खाका र कार्ययोजना बोकेर चुनावी मैदानमा उत्रिएका छन् ।  नेकपाको वैचारिक धरातलसँग मेल खाने गरी उनले समावेशी विकास, उत्पादनमुखी अर्थतन्त्र र आत्मनिर्भर स्थानीय अर्थतन्त्र निर्माणलाई आफ्नो मुख्य प्राथमिकता बनाएका छन् ।  स्वच्छ छवि र परिणाममुखी नेतृत्व राजनीतिमा इमानदारी र उत्तरदायित्वको खडेरी देखिएको वर्तमान परिवेशमा डा. पन्तको स्वच्छ व्यावसायिक छविले मतदातामा विश्वास जगाएको छ। पदलोलुपता भन्दा परिणाममुखी कार्यशैलीलाई प्राथमिकता दिने उनको व्यक्तित्वले नेकपाको “जनताको पक्षमा, जनतासँगै” भन्ने प्रतिबद्धतालाई थप विश्वसनीय बनाएको छ। बहुआयामिक अध्ययन, समग्र विकासको सोच कानुन र वनस्पति शास्त्रको अध्ययनले उनलाई आर्थिक नीतिमात्र होइन, कानुनी संरचना र वातावरणीय सन्तुलनसमेत ध्यानमा राखेर विकास योजना अघि बढाउन सक्षम बनाएको छ। दिगो विकास, वातावरण संरक्षण र उत्पादन वृद्धि—यी तीन आधारमा चितवनलाई नयाँ उचाइमा पुर्‍याउने उनको प्रतिबद्धता छ। अन्तर्राष्ट्रिय अनुभव, स्थानीय कार्यान्वयन अन्तर्राष्ट्रिय विकास संस्थामा काम गरेको अनुभवका आधारमा विश्वका असल अभ्यासलाई स्थानीय सन्दर्भअनुसार रूपान्तरण गर्ने क्षमता उनिसँग छ। चितवनको कृषि, पर्यटन, उद्योग र सेवा क्षेत्रलाई समन्वित ढंगले अगाडि बढाउने स्पष्ट कार्यदिशा उनले प्रस्तुत गरेका छन् । डा. पन्तको स्पष्ट धारणा छ— "राजनीति सत्ताको साधन होइन, समाज परिवर्तन र आर्थिक मुक्ति हासिल गर्ने माध्यम हो।" चितवनको आर्थिक सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र पूर्वाधार विस्तारमार्फत समृद्धि हासिल गर्न नेकपाको नेतृत्व आवश्यक रहेको स्थानीय बौद्धिक तथा युवा वर्गको विश्वास छ। आगामी निर्वाचनमा परम्परागत व्यक्तिवादी र अवसरवादी राजनीतिलाई अस्वीकार गर्दै वैज्ञानिक सोच, स्वच्छ छवि र जनमुखी एजेन्डा बोकेको नेकपाका उम्मेदवार डा. कृष्णराज पन्तलाई विजयी गराउनु नै चितवनको उज्ज्वल भविष्यतर्फको महत्वपूर्ण कदम हुने देखिन्छ।

परिवर्तनलाई नागरिकको जीवनस्तरसँग जोड्दै सुमन सायमीको अभियान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र-८ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार सुमन सायमीले वास्तविक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग जोडेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  उनले राजनीतिक नेतृत्वको जिम्मेवारी डिजिटल वा औपचारिक सीमाभित्र मात्र होइन, जनताको वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने धारणा राख्दै आफ्नो अभियान अगाडि बढाएका छन्। ‘सडकदेखि सदनसम्म’ को मूल नारालाई आत्मसात गर्दै सायमीले परिवर्तनलाई केवल सामाजिक सञ्जाल वा प्रचार–प्रसारमा सीमित राख्न नहुने बताएका छन्। उनका अनुसार परिवर्तन भनेको महँगी नियन्त्रण, आधारभूत सेवा–सुविधाको पहुँच विस्तार, स्थानीय संस्कृति र पहिचानको संरक्षण तथा नागरिकको जीवनस्तर सुधारसँग प्रत्यक्ष जोडिनुपर्छ। उनले विशेषगरी काठमाडौंको कोर एरिया र स्थानीय बासिन्दाका सरोकारका विषयलाई प्राथमिकतामा राख्दै निरन्तर आवाज उठाउँदै आएको उल्लेख गरेका छन्। सायमीको जोड छ कि जनताको आवाजलाई नीति–निर्माण तहसम्म पुर्‍याएर मात्रै लोकतन्त्रले सार्थकता पाउनेछ। आगामी दिनमा नागरिकका वास्तविक मुद्दालाई केन्द्रमा राखेर विकास र समृद्धिको अभियान अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सचेत नागरिकलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरेका छन्।

नेकपा तेह्रथुमका रणध्वज लिम्बू: समावेशी विकास र सुशासनको प्रतिबद्धता

तेह्रथुम । आगामी २०८२ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तेह्रथुमबाट रणध्वज कन्दङ्वा लिम्बूलाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। तारा चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका लिम्बू तेह्रथुमका स्थापित राजनीतिक हस्तीका रूपमा परिचित छन्। समुदायको प्रतिनिधित्व गर्दै लामो समयदेखि राजनीतिक र सामाजिक आन्दोलनमा सक्रिय रहेका कन्दङ्वा स्थानीय मुद्दा बुझ्ने, जनमुखी र स्वच्छ छविका नेताका रूपमा चिनिन्छन्। २०१५ साल चैत्र मा २१ गते तेह्रथुममा जन्मिएका लिम्बूको आधारभूत शिक्षा हासिल गरेका लिम्बू युवावस्थादेखि नै राजनीतिक चेतनासँग जोडिएका थिए । उनी  आफ्नो जन्मभूमि तेह्रथुमको माटो, वनजंगल र खोलानालासँग भावनात्मक रूपमा जोडिएको बताउँछन् । २०२९ सालमा झापामा भएको झापा आन्दोलन बाट प्रभावित हुँदै लिम्बू कम्युनिस्ट विचारधारामा आबद्ध भए ।  २०३४ साल मंसिरबाट क्याम्पसको विद्यार्थी संगठनमा सक्रिय भई राजनीतिक यात्रा सुरु गरेका उनले अनेरास्ववियु हुँदै नेकपा माले र त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) मा लामो समय सक्रिय रहेर पार्टीको  जिल्ला सदस्य, जिल्ला सचिव, अञ्चल सदस्य, अञ्चल सचिव हुँदै दुई कार्यकाल एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी सम्हालेका थिए , २०७० सालमा संघीय समाजवादी पार्टीको केन्द्रीय अनुशासन समितिको सभापति हुँदै  संघीय समाजवादी फोरम नेपालको महासचिव तथा केन्द्रीय कार्यालय प्रमुखको भूमिका समेत निर्वाह गरे । २०७७ सालपछि जनता समाजवादी पार्टीमा प्रदेश नं १ इन्चार्ज, केन्द्रीय पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख र पछि केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। अहिले उनी हाल पुनः नेपाली कम्युनिस्ट पार्टीको केन्द्रिय सदस्यको जिम्मेवारीमा सक्रिय राजनीतिमा छन् । कन्दङ्वाले संविधानले व्यवस्था गरेको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको भूमिकाबारे स्पष्ट धारणा राख्दै विकास निर्माण कार्यपालिकाको क्षेत्र भए पनि प्रभावकारी नीति निर्माण नहुँदा विकासमा समस्या देखिएको बताउँछन् । तेह्रथुमको स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ। २०८२ निर्वाचनमा सुशासन र भ्रष्टाचार नियन्त्रण उत्पादन वृद्धि र रोजगारी सिर्जना युवा पलायन रोक्ने नीति आत्मनिर्भर अर्थतन्त्र निर्माण लिम्बू समुदायको अधिकार संरक्षण  स्थानीय स्रोत–साधनमा आधारित विकास स्थानीय विश्लेषकहरूका अनुसार लिम्बू समुदायमा बलियो आधार, लामो राजनीतिक अनुभव र पार्टीको एकताबद्ध प्रयासका कारण तेह्रथुममा नेकपाको जितको अवस्था थप बलियो देखिन्छ ।  लामो राजनीतिक यात्रामा कुनै ठूला विवादमा नमुछिएका कन्दङ्वा समाजसेवामा समेत सक्रिय छन् उनी  तेह्रथुमको मात्र नभई समग्र लिम्बू समुदायको आवाजका रूपमा चिनिन्छन् ।  कन्दङ्वाको उम्मेदवारीलाई तेह्रथुममा समावेशी विकास, सामाजिक न्याय र नीतिगत सुदृढीकरणको अभियानसँग जोडेर हेरिएको छ।

दाङ-३ मा आम जनता पार्टीकी उम्मेदवार नै नेकपा प्रवेश

दाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन दाङ क्षेत्र नं. ३ मा आम जनता पार्टीकी उम्मेदवार पाण्डवी नेपाली नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् । सोमबार नेकपा तुलसीपुर– ९ को आयोजनामा भएको चुनावी सभामा उम्मेदवार नेपालीसहित २३ जना नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीलाई नेकपा दाङ ३ का उम्मेदवार तथा नेकपाका केन्द्रीय सदस्य धनबहादुर मास्कीले स्वागत गरेका थिए। उनीहरूलाई पार्टीमा स्वागत गर्दै मास्कीले मुलुकमा संघीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान निर्माण गर्न पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सबै वर्गको सहयोग आवश्यक रहने बताए। आफूलाई नेकपाको विचार मन परेकाले पार्टी प्रवेश गरेको नेपालीको भनाइ थियो। वडा निर्वाचन परिचालन समितिका संयोजक मदन हमालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहसंयोजक दुर्गा शर्माले गरेका थिए।

इलाम–२ मा विकासको नयाँ उत्साह: ‘तारा’ चिन्हसहित ओम गुरुङप्रति बढ्दो जनसमर्थन

इलाम । प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. २ मा यसपटकको निर्वाचनले राजनीतिक चर्चा मात्रै होइन, विकास र समृद्धिको नयाँ बहस पनि सुरु गरेको छ।  ‘तारा’ चुनाव चिन्हसहित उम्मेदवारी दिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओम गुरुङप्रति मतदाताको समर्थन क्रमशः विस्तार हुँदै गएको छ। स्थानीय स्तरमा भएका भेटघाट, घरदैलो अभियान र जनसंवाद कार्यक्रमहरूले उनको लोकप्रियतालाई थप मजबुत बनाएको देखिन्छ। स्पष्ट विकास दृष्टिकोणसहित मैदानमा गुरुङ उनले प्रस्तुत गरेकाे एजेन्डा केवल चुनावी नारामा सीमित नभई व्यावहारिक कार्ययोजनामा आधारित रहेको स्थानीय समर्थकहरूको भनाइ छ। विशेषगरी निम्न विषयहरूलाई उनले प्राथमिकतामा राखेका छन् । जसमा:  १. कृषि र उत्पादनमुखी अर्थतन्त्रको सुदृढीकरण इलामको पहिचानसँग जोडिएका चिया, अलैँची, अदुवा र अन्य कृषि उत्पादनलाई आधुनिक प्रविधिसँग जोड्दै बजारीकरणलाई व्यवस्थित गर्ने योजना अघि सारिएको छ। किसानलाई उत्पादनको उचित मूल्य, सहुलियत ऋण र प्राविधिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले जनाएका छन् ।  २. पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना इलाम प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला भएकाले यहाँको पर्यटकीय सम्भावनालाई योजनाबद्ध रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । पूर्वाधार विकास, होमस्टे प्रवर्द्धन, पर्यटकीय मार्ग विस्तार र प्रचार–प्रसारमार्फत स्थानीय युवालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । ३. भौतिक पूर्वाधार र सेवा प्रवाहमा सुधार सडक सञ्जाल विस्तार, स्वास्थ्य संस्थाको स्तरोन्नति, गुणस्तरीय शिक्षा सुनिश्चितता र डिजिटल सेवाको पहुँच विस्तारलाई उनले आफ्नो मुख्य एजेन्डामा समेटेका छन् । प्रशासनिक ढिलासुस्ती अन्त्य गरी जनताको काम छिटो र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। ४. सुशासन र जनउत्तरदायी नेतृत्व जनतासँग निरन्तर संवादमा रहने, स्थानीय आवश्यकता बुझेर नीति निर्माण तहमा आवाज उठाउने र विकास बजेटको प्रभावकारी उपयोग सुनिश्चित गर्ने उनको योजना रहेको छ। पारदर्शिता र जवाफदेहितालाई नेतृत्वको आधार बनाउने प्रतिबद्धता उनले दोहोर्‍याए ।  जनताको अपेक्षा र बढ्दो विश्वास ‘अरूले कुरा गर्छन्, ओमले काम गर्छन्’ भन्ने सन्देश अहिले बजार, गाउँटोल र सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ। विशेषगरी युवा पुस्ता, किसान समुदाय र व्यवसायी वर्गले यसपटक विकासमुखी नेतृत्वलाई अवसर दिनुपर्ने धारणा राखिरहेका छन्। स्थानीय कार्यक्रमहरूमा देखिएको सहभागिता र समर्थनले ओम गुरुङको उम्मेदवारीलाई बलियो जनआधार प्रदान गरेको विश्लेषण गरिएको छ। मतदाताहरूले इलाम–२ को दीर्घकालीन समृद्धि र रूपान्तरणका लागि नयाँ सोच र सक्रिय नेतृत्व आवश्यक रहेको बताइरहेका छन्। आगामी निर्वाचनले यस क्षेत्रको राजनीतिक दिशा निर्धारण गर्ने भएकाले ‘तारा’ चिन्हसहितको अभियानले विकासको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ।

चन्द्रपुर–२ मा नेकपाको भव्य घरदैलो, जनलहरले उत्साहित उम्मेदवार भट्टराई

रौतहट । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामकुमार भट्टराईले चन्द्रपुर नगरपालिका–२ मा सम्पन्न भव्य घरदैलो कार्यक्रमले जनताको अपार साथ र विश्वास प्राप्त भएको बताएका छन्। बिहानै बनटोलबाट सुरु भएको घरदैलो कार्यक्रम दिनभर वडा नम्बर २ का विभिन्न गाउँ–बस्ती हुँदै पुनः बनटोलमै पुगेर समापन भएको थियो। हजारौं नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई जनलहरमा परिणत गरेको थियो। विभिन्न स्थानमा स्थानीय बासिन्दाले उम्मेदवार भट्टराईलाई भव्य स्वागत गरेका थिए। घरदैलोपछि उम्मेदवार भट्टराईले देखिएको जनसमर्थनले आफू थप जिम्मेवार र उत्साहित भएको बताए। उनले संविधान निर्माणमा संलग्न अनुभवलाई संविधानको प्रभावकारी कार्यान्वयनमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र संघीयताको सुदृढ कार्यान्वयनका लागि संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए। भट्टराईले भ्रष्टाचार नियन्त्रण, बेरोजगारी अन्त्य तथा युवाहरूका जायज माग सम्बोधन गर्न आफू दृढ रहेको बताए। घरदैलो कार्यक्रमलाई जनताको दुःख–सुख प्रत्यक्ष बुझ्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले जनताका समस्या समाधानका लागि व्यवहारिक र सम्भव पहल मात्र गर्ने तथा आवश्यक समन्वय सबै निकायसँग गर्ने स्पष्ट पारे। कार्यक्रममा बोल्दै पार्टीका नेता तथा मधेश प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री युवराज भट्टराईले व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको उल्लेख गर्दै अब परिवर्तनलाई व्यवहारमा उतार्न नेकपालाई जिताउन आग्रह गरे। घरदैलो कार्यक्रममा पार्टीका नेता देवेन्द्र पटेल, एकराज थापा, महेन्द्र चौलागाई, देवकी नेपाल, टिका आचार्य, राजु धामी, दुत्तबहादुर थिङ (बुद्ध), झलक श्रेष्ठ, अमित श्रेष्ठ, समीरबाबु कार्की, रञ्जु थापा लगायतका नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अब अवस्था बदल्ने समय: बाँके–१ का नेकपा उम्मेदवार पाण्डेकाे यस्ताे छ समग्र विकासको स्पष्ट खाका

नेपालगन्ज । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नरेन्द्र पाण्डे (जेम्स) ले “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने समय” भन्ने दृढ सन्देशसहित समग्र विकासको विस्तृत प्रतिबद्धता सार्वजनिक गरेका छन् । आजको बाँके–१ का समस्या केवल चुनावी भाषणका विषय होइनन्; यी समस्याको समाधानका लागि स्पष्ट योजना, समयबद्ध कार्यान्वयन र इमानदार नेतृत्व आवश्यक छ भन्ने विश्वास उनले व्यक्त गरेका छन् । उनको प्रतिबद्धतापत्र केवल वाचा होइन, कार्यान्वयन योग्य रोडम्याप हो । तिमीलाई गुणस्तरीय स्वास्थ्य सेवा, सुलभ शिक्षा, रोजगारीको अवसर, सुरक्षित सडक, भरपर्दो विद्युत, न्यायपूर्ण समाज र पारदर्शी शासन चाहिएको छ भने त्यसका लागि ठोस आधार तयार गर्ने प्रतिबद्धता उनले सार्वजनिक गरेका छन् । स्वास्थ्य: सेवा होइन, अधिकार नागरिकका परिवारले आधारभूत स्वास्थ्य सेवाका लागि टाढा धाउन नपरोस् भन्ने उद्देश्यले प्रत्येक वडामा सुदृढ स्वास्थ्य चौकी, आवश्यक उपकरण र दक्ष जनशक्ति व्यवस्थापन गर्ने योजना अघि सारिएको छ । मातृ–शिशु स्वास्थ्य सेवा सुदृढीकरण, निःशुल्क आधारभूत औषधि सुनिश्चितता र आकस्मिक सेवा विस्तारमार्फत स्वास्थ्यलाई अधिकारको रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्य पूर्वाधार निर्माणसँगै स्वास्थ्यकर्मीलाई प्रोत्साहन, नियमित अनुगमन र डिजिटल स्वास्थ्य अभिलेख प्रणालीमार्फत सेवाको गुणस्तर बढाउने स्पष्ट खाका प्रस्तुत गरिएको छ । सरकारी स्वास्थ्य संस्थामा विश्वास गर्न सक्ने वातावरण बनाउनु नै मुख्य उद्देश्य देखाइएकाे छ ।  शिक्षा : सीप, प्रतिस्पर्धा र भविष्यसँग जोडिएको प्रणाली नागरिकले पाउने शिक्षा समयसापेक्ष, व्यवहारिक र रोजगारीसँग जोडिएको हुनुपर्छ भन्ने दृष्टिकोण उनको प्रतिबद्धतामा स्पष्ट देखिन्छ । सामुदायिक विद्यालयको भौतिक र शैक्षिक गुणस्तर सुधार, शिक्षक तालिम, आधुनिक प्रविधि प्रयोग र उत्तरदायी व्यवस्थापन प्रणाली लागू गर्ने योजना अघि सारिएको छ । “एक विद्यालय–एक प्राविधिक धार” अवधारणामार्फत विद्यार्थीलाई माध्यमिक तहदेखि नै सीपमूलक शिक्षासँग जोड्ने लक्ष्य राखिएको छ । प्राविधिक र व्यावसायिक शिक्षाको विस्तारले तिमीलाई विदेश पलायन होइन, आफ्नै ठाउँमा अवसर खोज्न प्रेरित गर्ने विश्वास गरिएको छ । कृषि र उद्योग : आत्मनिर्भर अर्थतन्त्रको आधार कृषकका लागि सिँचाइ, मल–बीउ र बजारको अभावले हैरान हुनुपर्दैन भन्ने सुनिश्चितता दिने प्रतिबद्धता छ । सिँचाइ विस्तार, कृषि आधुनिकिकरण, चिस्यान केन्द्र निर्माण, सहुलियत ऋण र स्थानीय उत्पादनको व्यवस्थित बजारीकरणमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ । “एक पालिका–एक औद्योगिक ग्राम” अवधारणामार्फत साना तथा मझौला उद्योग स्थापना, प्रशोधन उद्योग प्रवर्द्धन र युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने स्पष्ट योजना अघि सारिएको छ । तिमीले उत्पादन गरेको वस्तु यहीँ प्रशोधन भई बजारमा पुग्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता जनाइएको छ । पूर्वाधार : जोडिने बाटो, उज्यालो बस्ती कोहलपुरदेखि राप्ती सोनारी र नरैनापुरसम्म सडक सञ्जाल विस्तार तथा स्तरोन्नति, ग्रामीण सडक मर्मत, सुरक्षित पुल निर्माण र सार्वजनिक यातायात व्यवस्थापन सुधार गर्ने योजना समेटिएको छ । अव्यवस्थित विद्युत आपूर्ति सुधार, बाँकी बस्तीमा विद्युत विस्तार र सिँचाइ आयोजनाको पूर्णता मार्फत कृषि तथा उद्योगलाई ऊर्जा सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । वर्षौंदेखि अधुरो रहेका योजनाको निरन्तरता र पूर्णता दिन दृढ प्रतिबद्धता व्यक्त गरिएको छ । सामाजिक न्याय : सबै समुदायको सम्मान र अधिकार दलित, महिला, मधेसी, थारु, मुस्लिम लगायत सबै समुदायको समान अधिकार सुनिश्चित गर्ने स्पष्ट योजना सार्वजनिक गरिएको  छ । भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी तथा व्यवहारिक पहल, सामाजिक सुरक्षा विस्तार र सीपमूलक तालिम कार्यक्रममार्फत पिछडिएका वर्गलाई आर्थिक मूलधारमा ल्याउने लक्ष्य राखिएको छ । जुनसुकै समुदायको भए पनि सम्मान, अवसर र न्याय पाउने वातावरण बनाउनु नै उनको प्राथमिकता रहेको उल्लेख गरिएको छ । सुशासन : पारदर्शिता र जवाफदेहिता नागरिकले तिरेको करको सही उपयोग होस्, सार्वजनिक सेवा छिटो र पारदर्शी होस् भन्ने चाहना पूरा गर्न डिजिटल प्रणाली विस्तार, सार्वजनिक सुनुवाइ, नियमित प्रतिवेदन र नागरिक सहभागितालाई संस्थागत गर्ने प्रतिबद्धता जनाइएको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै पारदर्शी निर्णय प्रक्रिया र जवाफदेही नेतृत्व स्थापित गर्ने उनको दृढ अडान छ । युवा र खेलकुद : सम्भावनाको ऊर्जा “एक पालिका–एक खेल मैदान” अवधारणामार्फत खेल पूर्वाधार निर्माण, युवा उद्यमशीलता तालिम, स्टार्टअप प्रवर्द्धन र सहुलियत वित्तीय पहुँच सुनिश्चित गर्ने योजना अघि सारिएको छ । नागरिकमा भएकाे ऊर्जा, सिर्जनशीलता र सीपलाई सही दिशामा प्रयोग गर्न स्थानीय स्तरमै अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ । प्रतिबद्धता सार्वजनिक गर्दै उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) ले चुनाव केवल प्रतिनिधि चयन गर्ने प्रक्रिया नभई तिम्रो भविष्य निर्धारण गर्ने ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।उनका अनुसार बाँके–१ को विकासका लागि भावनात्मक नारा मात्र होइन, स्पष्ट योजना, इमानदार नेतृत्व र दृढ कार्यान्वयन अपरिहार्य छ । अब प्रश्न छ—पुरानै समस्याको निरन्तरता कि नयाँ सोच र स्पष्ट कार्ययोजनासहितको परिवर्तन ? बाँके–१ को समृद्धि, सुशासन र अवसरमूलक भविष्यका लागि “अब अवस्था बदल्ने समय” आएको सन्देश यस प्रतिबद्धताले बलियो रूपमा प्रस्तुत गरेको छ ।

मकवानपुर-१ नेकपाका उम्मेदवार गौतमद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

बागमती । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ का उम्मेदवार बिजय गौतमले आज विस्तृत ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्ध, पारदर्शी र जनउत्तरदायी मकवानपुर निर्माणको स्पष्ट खाका प्रस्तुत गरेका छन् ।  हेटौँडामा आज बिहान आयोजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास, सुशासन र रोजगारी सिर्जनालाई आफ्नो निर्वाचन अभियानको मूल आधार बनाएको बताए । “राजनीति सत्ता प्राप्तिको माध्यम मात्र होइन, जनताको जीवनस्तर उकास्ने साधन हो,” भन्दै उम्मेदवार गौतमले पारदर्शिता, जवाफदेहिता र जनसरोकारका विषयलाई केन्द्रमा राखेर नीति तथा कानून निर्माणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।  पूर्वाधार विकासमा दीर्घकालीन दृष्टि भौतिक पूर्वाधारतर्फ उनले ग्रेटर हेटौँडा चक्रपथ निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने घोषणा गरे । हेटौँडालाई व्यवस्थित, सुगम र आधुनिक सहरका रूपमा विकास गर्न चक्रपथ निर्माण अपरिहार्य रहेको उनको धारणा थियो। साथै हेटौँडा उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । यातायात पूर्वाधार सुदृढीकरणका लागि कर्रा खोला करिडोर, राप्ती खोला करिडोर तथा वागमती नदी करिडोर निर्माण गरी सहज, सुरक्षित र व्यवस्थित आवागमन सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ । हेटौँडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति, ग्रामीण बस्तीमा बाह्रै महिना सञ्चालन हुने सडक निर्माण तथा टोलदेखि वडा कार्यालय र वडा कार्यालयदेखि पालिका केन्द्रसम्म सहज सडक सञ्जाल विस्तार गर्ने लक्ष्यसमेत उनले अघि सारेका छन् । त्यसैगरी राईगाउँ–क्यान्टीन मोटर बाटो, निजगढ–दोभान–फापरबारी हुँदै काठमाडौँ जोड्ने मार्ग, शहिद रुद्रमार्ग–कान्तिलोकपथ जोड्ने सडक तथा ठिंगन–मन्थली–बेतिनी–भोर्लेनी हुँदै जनमुक्ति मार्ग जोड्ने सडकलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे । आधारभूत सेवामा सर्वसुलभ पहुँच उम्मेदवार गौतमले प्रत्येक घरमा स्वच्छ खानेपानी, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच तथा सबै वडामा इन्टरनेट र डिजिटल सेवा विस्तार गर्ने लक्ष्य अघि सारेका छन् । डिजिटल प्रविधिको उपयोगमार्फत ई–सेवा विस्तार गरी सेवाग्राहीलाई सहज, छरितो र पारदर्शी सेवा उपलब्ध गराउने उनको योजना छ । राजमार्ग ऐनअन्तर्गत हेटौँडा नगर विस्तार गर्दा पीडित पक्षलाई उचित मुआब्जा र क्षतिपूर्तिको सुनिश्चितता गर्न पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । एकीकृत नमुना बस्ती विकासमार्फत सुरक्षित, व्यवस्थित र आधुनिक आवास प्रणाली विस्तार गर्ने लक्ष्यसमेत उनले सार्वजनिक गरेका छन् । सुशासन र प्रत्यक्ष जनसंवाद भ्रष्टाचारमुक्त, पारदर्शी र जवाफदेही प्रशासन स्थापना आफ्नो मुख्य प्राथमिकता भएको उल्लेख गर्दै उनले अनियमितता र ढिलासुस्तीविरुद्ध खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गरे । “जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद” कार्यक्रम नियमित सञ्चालन गरी नागरिकका गुनासा, सुझाव र आवश्यकतालाई प्रत्यक्ष सुन्ने र समाधान गर्ने संयन्त्र विकास गर्ने योजना पनि उनले अघि सारेका छन् । कृषि, उद्योग र रोजगारीमा विशेष जोड कृषि आधुनिकीकरणमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्यसहित आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा विस्तार तथा व्यावसायिक कृषि जोन/पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको योजना छ । गढी, बकैया, बागमती र हेटौँडाका विभिन्न वडामा व्यावसायिक कृषि प्रवर्द्धन गरी किसानलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। वागमती, कर्रा र राप्ती खोलाको उकास जमिनको उपयोग गरी उत्पादन वृद्धि गर्ने, पशुपालन र दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै व्यवस्थित बजार सुनिश्चित गर्ने तथा स्थानीय उत्पादनको बजारीकरणमा प्रोत्साहन गर्ने रणनीति उनले सार्वजनिक गरेका छन् ।  औद्योगिक विकासका सन्दर्भमा हेटौँडा औद्योगिक क्षेत्रको विस्तार, नयाँ उद्योग स्थापना, मयूरधाप औद्योगिक क्षेत्र सञ्चालन, साना तथा घरेलु उद्योग प्रवर्द्धन तथा युवालाई सहुलियत ऋण र स्टार्टअप सहयोगमार्फत उद्यमशीलता विकास गर्ने योजना प्रतिबद्धतापत्रमा समेटिएको छ। यसबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरिएको छ। पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षण हेटौँडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् । ऐतिहासिक मकवानपुरगढी दरबार क्षेत्रलाई संरक्षण तथा सम्बर्द्धन गर्दै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना उनले अघि सारेका छन् । होमस्टे प्रवर्द्धन, आन्तरिक पर्यटन विस्तार र स्थानीय स्तरमै रोजगारी सिर्जनालाई विशेष प्राथमिकता दिइने बताइएको छ। समग्रमा उम्मेदवार बिजय गौतमको ११ बुँदे प्रतिबद्धतापत्र पूर्वाधार विकास, सुशासन, कृषि आधुनिकीकरण, औद्योगिक विस्तार, डिजिटल सेवा र पर्यटन प्रवर्द्धनलाई समेट्दै समग्र मकवानपुरको दीर्घकालीन विकासको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत भएको छ । विकास र परिवर्तनको स्पष्ट दृष्टिकोणसहित प्रस्तुत गरिएको यो प्रतिबद्धता मतदातामा सकारात्मक ऊर्जा र भरोसा जगाउने अपेक्षा गरिएको छ ।

धनुषा-४ मा युवा क्रान्तिकारीको उदय: संजयकुमार नेकपाको आशाको किरण

जनकपुरधाम । धनुषाकाे प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर ४ को चुनावी मैदान यतिबेला उत्साह र आशाले भरिएको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा उम्मेदवार संजयकुमार महतो विकासको स्पष्ट दृष्टि, इमानदार प्रतिबद्धता र जनमुखी एजेन्डासहित जनताको घरदैलोमा पुगिरहेका छन्।  ३२ वर्षीय इन्जिनियर महतोले युवा ऊर्जा र व्यवहारिक योजना मार्फत धनुषा–४ लाई समृद्धि र सामाजिक न्यायको नमुना बनाउने अठोट व्यक्त गरेका छन्। नेकपाको चुनावी नारा— “सुशासन र रोजगारी: समाजवादको तयारी; राष्ट्रियता र लोकतन्त्रको रक्षा: हाम्रो जिम्मेवारी”—लाई आधार बनाएर महतोले स्थानीय आवश्यकता र राष्ट्रिय लक्ष्यलाई जोड्ने प्रतिबद्धता जनाएका छन्। प्रेरणादायी जीवनका महताे धनुषा जिल्लाको बटेश्वर गाउँपालिका–१ मा जन्मिएका संजयकुमार महतोको जीवनकथा संघर्ष र आत्मविश्वासको कथा हो। बाल्यकालमा ९ वर्षसम्म बोल्न नसकेका उनी आज स्पष्ट तर्क, तथ्य र दृष्टिकोणका साथ जनतासामु प्रस्तुत हुने कुशल वक्ता बनेका छन्। त्रिभुव विश्वविद्यालय अन्तर्गत थापाथली क्याम्पसबाट इन्जिनियरिङमा स्नातक गरेका महतोले करिब १० वर्ष सरकारी कार्यालयहरूमा काम गर्दै डीपीआर निर्माण, खानेपानी योजना र स्थानीय पूर्वाधार विकासमा योगदान दिएका छन्। यस अनुभवले उनलाई धनुषा–४ का वास्तविक समस्या र सम्भावनासँग प्रत्यक्ष रूपमा जोडेको छ। “म इन्जिनियर हुँ, तर मेरो राजनीति विकासको इन्जिनियरिङ हो,” महतो भन्छन्, “बाढी, बेरोजगारी, स्वास्थ्य र शिक्षाका समस्या समाधान गर्न योजनाबद्ध ढंगले काम गर्नेछु ।” बलियो राष्ट्रिय एजेन्डा, स्पष्ट स्थानीय योजना नेकपाकाे चुनावी प्रतिबद्धता पत्रले ५ वर्षभित्र १० प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर, बहुआयामिक गरिबी ५ प्रतिशतमा झार्ने र १५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ। १ लाख प्रवासी युवालाई उद्यमी बनाउने, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सेवा विस्तार गर्ने तथा उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने योजना पनि त्यसमा समेटिएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले भनेजस्तै, “हामी उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी, आत्मनिर्भर र समावेशी बनाउनेछौं।” यही मार्गचित्रलाई आत्मसात् गर्दै महतो धनुषा–४ मा रोजगारी, कृषि आधुनिकीकरण, सिँचाइ सुविधा र बाढी नियन्त्रणलाई प्राथमिकतामा राखिरहेका छन्। मधेशको वास्तविकतासँग जोडिएको प्रतिबद्धता धनुषा–४ मधेशको संवेदनशील क्षेत्र हो, जहाँ बाढी, कृषि निर्भरता र युवा पलायन मुख्य चुनौती बनेका छन्। महतोको योजना स्पष्ट छ: -सिँचाइ र बाढी नियन्त्रणका दीर्घकालीन परियोजना -कृषिलाई व्यावसायिक र प्रविधिमैत्री बनाउने कार्यक्रम -प्रत्येक गाउँमा रोजगारी सिर्जना गर्ने स्थानीय उद्यम प्रोत्साहन -स्वास्थ्य क्लिनिक र शैक्षिक पूर्वाधार विस्तार- शिक्षामा गुणस्तर “धनुषामा पानीको दीर्घकालीन समाधान गर्दै कृषिलाई आयमुखी बनाउनेछु,” उनी बताउँछन् । संघीय बजेटको मौलिक अधिकारसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउने नेकपाको प्रतिबद्धताबाट धनुषा–४ प्रत्यक्ष लाभान्वित हुने उनको विश्वास छ। राजनीतिक विरासत र अनुभव संजयकुमार महतोको राजनीतिक यात्रा परिवारको लोकतान्त्रिक विरासतसँग जोडिएको छ। हजुरबुबा पञ्चायतविरुद्ध लडेका थिए भने बुबा २०५४ मा जनमोर्चाबाट वडाध्यक्ष निर्वाचित भएका थिए। विद्यार्थी राजनीतिबाट उदाएका महतो अखिल (क्रान्तिकारी) मा क्लास कमिटीदेखि केन्द्रीय सदस्य र सचिवालय सचिवसम्मको जिम्मेवारीमा पुगेका छन्। यसले उनलाई संगठनात्मक अनुभव, विचारधारात्मक स्पष्टता र जनसम्पर्कको बलियो आधार दिएको छ। धनुषा–४ का लागि भरोसायोग्य विकल्प चुनावी प्रतिस्पर्धामा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन्, तर महतोको स्थानीय अनुभव, इन्जिनियरिङ दक्षता र नेकपाको स्पष्ट राष्ट्रिय एजेन्डाले उनलाई फरक र विश्वासिलो विकल्प बनाएको छ। स्थानीय मतदाताहरूको धारणा छ-“संजयजस्तो युवा, इमानदार र विकासमुखी नेता नै आजको आवश्यकता हो।” युवा ऊर्जा, प्राविधिक दक्षता र क्रान्तिकारी राजनीतिक दृष्टिकोणको संयोजनले संजयकुमार महतो धनुषा–४ मा आशा र परिवर्तनको प्रतीकका रूपमा उदाएका छन्। अब धनुषा–४ ले केवल प्रतिनिधि होइन, दृष्टि र योजना बोकेको नेतृत्व रोज्ने अवसर पाएको छ-र त्यो नेतृत्वको नाम हो, संजयकुमार महतो।

बाँके-२ काे डुडुवाकाे बेतहानीमा नेकपाको सशक्त घरदैलो अभियान, जनविश्वास जित्दै दिपेन्द्र बिष्ट

बाँके । डुडुवा गाउँपालिका वडा नं. २, बेतहानीमा बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्टको नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रभावशाली घरदैलो अभियान सम्पन्न गरेको छ । स्थानीय जनताको उल्लेखनीय सहभागिताले अभियानलाई उत्साहपूर्ण र परिणाममुखी बनाएको छ । घरदैलोका क्रममा उम्मेदवार बिष्टले घर–घर पुगेर स्थानीय बासिन्दासँग आत्मीय भेटघाट गर्दै सुझाव, समस्या र अपेक्षाहरू प्रत्यक्ष रूपमा सुने । कृषि उत्पादनको बजारीकरण, स्तरीय सडक निर्माण, शुद्ध खानेपानीको व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा, सुदृढ शैक्षिक पूर्वाधार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने उनकाे स्पष्ट प्रतिबद्धताले जनतामा आशा र भरोसा थपिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सचिवालय सदस्य डिल्ली बराल (अमिर) ले डुडुवा–२ को समग्र विकासका लागि नेकपा प्रतिबद्ध रहेको बताए । “जनताको प्रत्यक्ष सहभागिता र सुझावकै आधारमा विकासको खाका तयार हुन्छ,” उनले भने, “हामी नारामा होइन, नतिजामा विश्वास गर्छौं।” समानुपातिक उम्मेदवार कालिमिया कस्मिरा र जामिया खातुनले पनि स्थानीय महिला, युवा र ज्येष्ठ नागरिकसँग संवाद गर्दै समाज रूपान्तरणमा सक्रिय सहभागिताको आवश्यकता औंल्याए । उनिहरूले शिक्षित, सचेत र संगठित समाज निर्माणमा नेकपाको भूमिका निर्णायक हुने विश्वास व्यक्त गरे ।  बेतहानीमा देखिएको जनउत्साह, विशेषगरी महिला र युवाहरूको उल्लेखनीय सहभागिताले उम्मेदवार बिष्टप्रति बढ्दो समर्थन स्पष्ट देखिएको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ । उम्मेदवार बिष्टले भने, “बेतहानीका प्रत्येक घरका सुझाव र अपेक्षा मेरो कार्ययोजनाको आधार बन्नेछन्। हामी चुनाव जित्नका लागि मात्र होइन, जनताको जीवनस्तर उकास्ने दीर्घकालीन योजना सहित अघि बढेका छौं।” यस घरदैलो अभियानले डुडुवा–२ मा नेकपाको जनआधार थप मजबुत भएको संकेत दिएको छ। जनविश्वास, स्पष्ट कार्यदिशा र प्रतिबद्ध नेतृत्वका कारण दिपेन्द्र बिष्टको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ।

सुशासन, सामाजिक न्याय र समाजवादतर्फ अघि बढ्ने नेकपा भक्तपुर-१ काे सङ्कल्प

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) भक्तपुर क्षेत्र नं. १ ले आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई लक्षित गर्दै आफ्नो औपचारिक प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टीबाट प्रत्यक्ष तर्फका उम्मेदवार हरिराम लवजूले प्रतिबद्धता सार्वजनिक गरेका हुन् । पार्टीले देशमा विकसित पछिल्लो राजनीतिक परिस्थितिका कारण २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै हुन लागेको उल्लेख गर्दै वर्तमान अवस्थाबारे धारणा सार्वजनिक गरेको हो । पार्टीले जारी गरेको वक्तव्यमा नेकपा एमाले र नेपाली कांग्रेस को दुई तिहाइको गठबन्धन सरकारको “खराब कर्म, दम्भ, अहङ्कार र असक्षमता” का कारण जनस्तरमा तीव्र असन्तुष्टि र आक्रोश बढेको दाबी गरिएको छ । वक्तव्य अनुसार गत भदौ २३ गते नवयुवा (जेन–जी) पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फुकुवा तथा राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायतका मागसहित सडक आन्दोलन गरेको उल्लेख गरिएको छ । समयमै वार्ता–संवादमार्फत निकास दिन नसक्दा भदौ २३ र २४ गतेका घटनामा ७६ जना युवाले ज्यान गुमाउनुपरेको तथा सयौँ घाइते भएको दाबी पार्टीले गरेको छ । यस घटनापछि जनआक्रोश चुलिएको र उक्त आक्रोशलाई “मलिन तत्वहरूले हिंसात्मक रूप दिँदै” सिंहदरबार, सर्वोच्च अदालत तथा संसद भवन लगायतका राज्यका महत्वपूर्ण संरचनामा क्षति पु¥याएको आरोप पनि वक्तव्यमा उल्लेख गरिएको छ । निजी क्षेत्रले अरबौँको नोक्सानी व्यहोर्नुपरेको र राज्यविहीनताको अवस्था सिर्जना भएको दाबी समेत गरिएको छ । पार्टीले जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी तथा जनजाति आन्दोलन र नवयुवा आन्दोलनका क्रममा शहिद भएका नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ती आन्दोलनमार्फत उठाइएका मागहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ । सुशासन, सामाजिक न्याय र समृद्धिको मार्ग हुँदै समाजवादतर्फ देशलाई अग्रसर गराउने सङ्कल्पसहित प्रस्तुत प्रतिबद्धता पत्रलाई आगामी निर्वाचनको मुख्य राजनीतिक एजेन्डा बनाइने नेकपा भक्तपुर – १ ले जनाएको छ । को हुन् भक्तपुर १ का उम्मेदवार हरिराम लवजूू ?  नेपाली कम्युनिस्ट पार्टी भक्तपुर क्षेत्र नम्बर १ का उम्मेदवार हरिराम लवजूको जन्म २०३० साल मंसिर १८ गते भक्तपुर नगरपालिकाको वडा नं. ३, तचपाल टोल, दत्तात्रयमा भएको थियो ।  लवजू पिता रामभक्त लवजू र माता नानी कुमारी लवजूका सुपुत्र हुन् । उनी बाल्यकालदेखि नै समाजप्रति जिम्मेवार र न्यायप्रेमी स्वभावका थिए । कानुन, मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा तीन दशकभन्दा लामो योगदान दिएका अधिवक्ता लवजू जनआन्दोलनका घाइतेदेखि समाज परिवर्तनका सचेत अभियन्तासम्मको यात्रामा खारिएका व्यक्तित्व मानिन्छन् । लवजूले कानुन शास्त्रमा स्नातकोत्तर (मानव अधिकार र लैंगिक न्याय) काठमाडौं स्कुल अफ लबाट तथा राजनीति शास्त्रमा स्नातकोत्तर (अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध) उपाधि हासिल गरेका छन् । लवजू नेपाल बार काउन्सिलको पाँचौँ परीक्षामा उनी देशका १० उत्कृष्टमध्ये तेस्रो हुन सफल भएका थिए  साथै, राष्ट्रिय न्याय प्रतिष्ठानबाट उनले ४८ घण्टे प्रशिक्षक प्रशिक्षण तालिम र भारतको बैंगलोरबाट मानव अधिकार तथा शरणार्थीसम्बन्धी सार्क तथा राष्ट्रस्तरीय अन्तर्राष्ट्रिय कोर्ससमेत गरेका छन् । विगत २६ वर्षदेखि निरन्तर कानुन व्यवसायमा संलग्न लवजूले करिब १० वर्ष प्राध्यापन पनि गरेका छन् । उनले बिबिएस दोस्रो वर्षमा वाणिज्य कानुन तथा बिएड तेस्रो वर्ष र एमएड दोस्रो वर्षमा सामाजिक न्याय र शिक्षा विषय प्राध्यापन गरेका थिए । कानुन र शैक्षिक क्षेत्र संगै लवजूको सरकारी क्षेत्रमा समेत अनुभव रहेको पाईन्छ उनी  पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा स्व. पोष्ट बहादुर बोगटी र रामकुमार श्रेष्ठ मन्त्री रहँदा करिब २२ महिना कानुनी सल्लाहकारको रुपमा रहेका थिए ।  लवजूको राजनीतिक यात्रा पनि निकै संघर्षमय देखिन्छ २०४६ सालको प्रजातान्त्रिक जनआन्दोलनमा नेपाल बन्दको जुलुसमा सहभागी हुँदा २०४६ फागुन ८ गते उनी गोली लागी गम्भीर घाइते भएका थिए त्यसपछि उपचारकै क्रममा उनलाई प्रहरीले पक्राउ गरि सार्वजनिक अपराध मुद्दामा  ३४ दिन प्रहरी हिरासत र झण्डै एक महिना केन्द्रीय कारागारमा राजबन्दीका रूपमा राखिएको थियो । पछि सरकारले मुद्दा फिर्ता लिएपछि उनी जेलमुक्त भएका थिए । त्यसपछि २०५२ सालदेखि मानव अधिकार, लैंगिक न्याय र नागरिक सहभागितामा निरन्तर सक्रिय लवजूले नेपाल मानव अधिकार संगठन र राष्ट्रिय मानव अधिकार आयोगमार्फत देशका विभिन्न जिल्लामा अनुगमन गर्दै पीडितका पक्षमा आवाज उठाएका थिए । त्यस्तै २०६३ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को सदस्यता लिई हाल उनी पार्टीको बागमती प्रदेश समिति सदस्य रहदै आएका छन् । साथै, प्रगतिशील कानुन व्यवसायी एसोसिएसनका केन्द्रीय सदस्य तथा पार्टी पेशागत संगठनका जिल्ला कमिटी सदस्य रहिसकेका छन् । साथै लवजू नेपाल बार एसोसिएसन, मानव अधिकारसम्बन्धी संस्थाहरू, सिद्धि स्मृति प्रतिष्ठान, सहकारी संस्थाहरू र नेपाल रेडक्रस सोसाइटीमा आबद्ध छन् ।

दोलखाका विकासका लागि विशाल खड्काका योजना नै योजना: हरेक पालिकामा कृषि फर्म र कोल्ड स्टोरसम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी दोलखाका उम्मेदवार विशाल खड्काले कृषि तथा पशुपालन, सिंचाइ, ऊर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार, यातायात तथा सडक, पर्यटन र पर्यावरण, स्वास्थ्य तथा सरसफाइ, युवा तथा खेलकुद र सुशासनको क्षेत्रलाई प्राथमिकतामा राखेर आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । दोलखाका जनताको आवश्यकता र मर्म बुझेर भुगोल सुहाउँदो कार्यक्रमहरुलाई उनले आगामी योजनाको रुपमा अघि सारेसँगै उनी आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा चुनावमा विजयको सम्मुखमा पुगेका छन् । हरेक पालिकामा कृषि फर्म सञ्चालन गरिने, प्रत्येक पालिकामा कोल्ड स्टोर खड्काले कृषि र पशुपालनमा गरेको लगानीको सुरक्षित र उत्पादनको ग्यारेण्टी सहितको कानुन निर्माणमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । उनले हरेक पालिकामा सार्वजनिक र निजी क्षेत्र साझेदारी मोडलको सामुदायिक कृषि फर्म सञ्चालन गर्ने योजना अघि सारेका छन् । बन्यजन्तुले किसाको बालिनाली नष्ट गरेर सास्ती दिने गरेको भन्दै उनले यसको दीर्घकालीन समस्या समाधानका लागि क्षतिपूर्तिसहितको कानून बनाउन पहल गर्ने बताएका छन् । प्रत्येक पालिकामा कम्तीमा एउटा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) निर्माण गर्ने, शैलुङ, भीमेश्वर नगरपालिका र जिरीमा निर्माणाधीन कोल्डस्टोरलाई पूरा गरी सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालनमा ल्याइने उनको प्रतिबद्धता छ । वडास्तरमै कृषि उपज संकलन केन्द्र स्थापना गर्ने, जिरी गाई फार्म, काब्रेको पहाडी बाली अनुसन्धान केन्द्र र बोचको बागवानी फार्मलाई व्यवस्थित गर्ने बताइएको छ । पूर्ण विद्युतीकरण भएको जिल्ला बनाउने घोषणा नेकपा उम्मेदवार खड्काले जिल्लाको सबैभन्दा दुर्गम गाउँ लप्ची गाउँमा विद्युत र इन्टरनेट सेवा पु¥याइ पूर्ण विद्युतीकरण भएको जिल्लाको रुपमा घोषणा गर्ने योजना बनाएका छन् । दोलखा जिल्ला विद्युत हवको जिल्ला भएको भएको भन्दै उनले २० युनिटसम्मको विद्युत निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइने प्रतिबद्धता गरेका छन् । जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् र जलाशयको पानीलाई प्रयोग गरी हाइड्रोजन उत्पादनमा प्रोत्साहित गर्ने भनिएको छ । राजमार्गदेखि पालिका केन्द्रसम्म पुग्ने सबै सडक कालोपत्रे गरिने उनले राजमार्गदेखि पालिका केन्द्रसम्म पुग्ने सबै सडक कालोपत्रे गर्ने बताएका छन् । त्यस्तै, जिल्लाका हरेक वडाहरूलाई जोड्ने सडक सञ्जाल स्तरोन्नति गर्ने तथा हरेक कृषि उत्पादनका क्षेत्रहरुलाई कृषि सडकद्वारा जोडिने बताएका छन् । सिंगटी–लामाबगर, बाबरे–साङ्वा, सिंगटी–विगू–बाह्रविसे, जफे–हावा–जिरी, मुडे–भैसे–मेलुङ, चरिकोट–बाघखोर–कालापानी जस्ता मुख्य सडक ५ वर्षभित्र कालोपत्रे गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ । चीनको सिमानासम्म एक वर्षभित्र सडक जोडि पुरानो लामाबगर व्यापारिक नाका सञ्चालनमा ल्याउने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि बिस्तृत गुरु योजना बनाइने खड्काले समग्र जिल्लालाई एउटै पर्यटन क्षेत्रको रुपमा विकास गर्न विस्तृत योजना तयार गर्ने बताएका छन् । गौरीशंकर क्षेत्रलाई हिमाली प्रकृति, संस्कृति र पर्यावरणमा आधारित विश्व आरोग्य केन्द्रमा विकास गर्ने, बेदिङ क्षेत्रलाई सगरमाथा आरोहीहरूको खुला संग्रहालयमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्थानीय विशेषता सहितको सामुदायिक होमस्टेहरू बनाइने उनको प्रतिबद्धता छ । त्यसैगरी, सामाजिक सञ्जाललगायतका सूचना प्रविधिहरूको प्रयोगमा स्वास्थ्य, शिक्षा, रोजगारी, संस्कृति, राष्ट्रियता प्रवर्धन गर्न युवा तथा नवपुस्तालाई ‘सिर्जना जागरण अभियान’ सञ्चालनमा ल्याइने बताइएको छ । खड्काले चरिकोटमा निर्माणाधीन रङ्गशाला पुरा गर्ने, खेलकुदको विकासका लागि पालिकास्तरीय खेलकुद विकास समिति गठन गर्ने, कालिञ्चोक–दोलखा–नागदह साहसिक साइकल मार्ग तयार गर्ने, एक विद्यालय, एक खेल शिक्षकको व्यवस्था गरी खेललाई विद्यालय तहदेखि नै विकास गर्ने उनको प्रतिबद्धता छ । विभिन्न खेलकुदका उत्कृष्ट खेलाडीहलाई निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने तथा जिल्लामा साहसिक खेलको सम्भाव्यता अध्ययन गरी आइस स्की, बन्जी जम्प, जिपलाइन, प्याराग्लाइडिङ, ¥याफ्टिङ लगायतको विकासको पहल गर्ने बताइएको छ । तामाङ, शेर्पा, थामी, नेवा जिरेल, सुनुवार भाषालाई स्थानीय विद्यालयको पाठ्यक्रममा लागु गर्ने, गुम्बा, मठ, जातीय पर्व, संग्रहालयका लागि वार्षिक बजेट सुनिश्चित गर्ने, लोपोन्मुख जाति  सुरेल, अति सिमान्तकृत जाति थामी , सिमान्तकृत जाति  सुनुवार र भूजेल तथा सुविधाबाट वञ्चित बन्चित जाति शेर्पालाई विशेष सुविधा प्रदान गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ । हरेक ६ महिनामा सांसद स्वयंको उपस्थितिमा पालिकास्तरमा जनसुनुवाइ कार्यक्रम गर्ने पनि नेकपा उम्मेदवार खड्काले प्रतिबद्धता गरेका छन् ।

के–के छन् काठमाडौँ-४ को विकासका लागि इन्द्र भुसालका योजना ?

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार इन्द्र कुमार भुसालले काठमाडौँ क्षेत्र नं. ४ को विकासका लागि सुशासन, सडक र ट्राफिक, खानेपानी शिक्षा, फोहोरमैला व्यवस्थापन र स्वास्थ्य लगायतका विषयमा जोड दिएर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । सशक्त युवा उम्मेदवार भुसालले जनताको स्थानीय आवश्यकता र जनचाहानालाई जोड दिदैँ प्रतिबद्धता गरेसँगै काठमाडौँ ४ मा दिनप्रतिदिन नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह ताराप्रतिको आकर्षण बढ्दै गइरहेको छ । सडक र ट्राफिक समस्या समाधानका लागि पहल गरिने भुसालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ को निखिलेश्वर मन्दिरबाट सुन्दरवस्ती, जगन्नाथ मन्दिर हुँदै भंगालसम्मको खहरे खोलाको सडक निर्माणको बाँकी खण्डलाई सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । उनले चुनीखेल कपन सिमानाको चिहाने खोलालाई व्यवस्थित गरी कोरिडोरको रुपमा सञ्चालन गर्ने, सडकहरूमा पैदलमार्ग र ट्राफिक लाइटको व्यवस्थापन गर्ने र बजार क्षेत्रहरूमा गाडीहरूको पार्किङका लागि पार्किङ स्थलहरुको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । नपुगेका ठाउँमा खानेपानी सुविधा पु¥याउने, कौसी खेतीलाई प्रोत्साहन गर्ने भुसालले साविक कपन गा.वि.स, रुद्रमतीटोल, सुन्दरवस्ती र बालुवाखानी लगायत अन्य खानेपानी नपुगेका ठाउँमा मेलम्ची खानेपानी विस्तारका लागि पहल गर्ने बताएका छन् । खानेपानी सेवा शुल्कमा एकरूपता र पारदर्शीता अपनाई सरलीकृत गराउने पनि उनको प्रतिबद्धता छ । उनले चुनीखेल र सुन्दरवस्तीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्दै उत्पादित तरकारी तथा कृषि उपजहरुको बजार व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताएका छन् । त्यस्तै, शहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहन गर्ने पनि उनको घोषणा छ । उनले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै आवश्यकताका आधारमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थाका लागि पहल गर्ने बताएका छन् । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रमको लागि नीति बनाउन पहल गर्ने र निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गरी सबैको पहुँचमा पु¥याउने उनको भनाई छ । भुसालले सो निर्वाचन क्षेत्र अन्तर्गतका अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूको गुणस्तरमा सुधार गर्ने र शहरी स्वास्थ्य केन्द्रलाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी स्तरोन्नति गर्ने घोषणा पनि गरेका छन् । स्वास्थ्यका लागि आधारभूत स्वास्थ्य परीक्षण, योग, ध्यान प्राकृतिक उपचार लगायतका आरोग्यता सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यकता अनुसार केन्द्रहरु स्थापना गर्ने पनि उनको भनाई छ । निजी अस्पतालमा लाग्ने शुल्कलाई नियन्त्रण गरी सर्वसाधारणको पहुँचमा राख्ने बताइएको छ । बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने नेकपा उम्मेदवार भुसालले बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि विषेश पहल गर्ने बताएका छन् । उनले पशुपति गुठी लगायतका स्थानीय गुठीका जग्गाहरूलाई व्यवस्थित गर्न पहल गर्ने पनि बताएका छन् । स्थानीय मौलिक कला, संस्कृतिको संरक्षण गर्न स्थानीय आवश्यकताको पहिचान गरी लोपोन्मुख लोक संस्कृतिक केन्द्र, गुठी भवन, शिव पार्वती नृत्य, तामाङ्ग समुदायमा प्रचलित म्हेन्दोमाया नृत्य, धिमे बाजा, पञ्चेबाजा, डम्फु, टुङ्ना, लगायतका स्थानीय संस्कृति र सम्पदाहरूको संरक्षणका लागि विशेष पहल गर्ने उनको प्रतिबद्धता छ । चन्द्रविनायक चोकदेखि चावहिल चोकसम्मको बजारलाई सांस्कृतिक क्षेत्रको रूपमा विकास गरी संरक्षण गर्न पहल गर्ने उनको भनाई छ । विभिन्न स्थानहरूमा पदमार्गको विकास गरी शिवपुरी निकुञ्ज लगायतका स्थानहरुमा आउजाउ गर्ने पर्यटकहरूलाई आकर्षण गर्ने प्रकारका कार्यक्रम ल्याउने उनको भनाई छ । पशुपतिनाथ र बौद्धनाथ परिक्रमा पदमार्ग निमार्ण गर्ने, कपन डुवान र खहरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने, धोवी खोला जल शुद्धीकरण योजना निर्माण गर्न पहल गर्ने र मैतिदेवीदेखि शिवपुरी निकुञ्ज सम्मको धोवीखोलामा भएको अव्यवस्थित ढलको उच्च प्राथमिकताका साथ व्यवस्थापन गर्ने बताइएको छ । भुसालले फोहर व्यवस्थापन सम्बन्धी समस्या दीर्घकालीन समाधानका लागि राष्ट्रिय स्तरमा पहल गर्ने बताइएको छ । फोहर संकलन कार्यलाई स्थानीय पालिकाले नै जिम्मा लिने गरी व्यवस्था मिलाउन पहल गर्ने उनको भनाई छ । स्थानीय तहमा रहेका सार्वजनिक महत्वका स्थानहरुमा पिउने पानी, स्नानगृह तथा शौचालय व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

कालोसूचीमा रहेका उम्मेदवार जोगाउन रास्वपा र एमालेबाट निर्वाचन आयोगलाई दबाब

वीरगञ्ज । निर्वाचन आयोगले कालोसूचीमा रहेका उम्मेदवारविरुद्ध परेको उजुरीका सम्बन्धमा फागुन १३ गतेभित्र निर्णय लिने तयारी गरेको छ। नेकपा (एमाले)का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार रुपेश कुमार पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट धनुषा–१ का उम्मेदवार किशोरी साहविरुद्ध परेको उजुरीबारे मंगलबार बस्ने आयोगको पदाधिकारी बैठकले निर्णय गर्ने आयोग स्रोतले जनाएको छ। नेकपा (एमाले)ले पर्सा–३ का उम्मेदवार रुपेश कुमार पाण्डेको उम्मेदवारी कायम गराउन निर्वाचन आयोग तथा सम्बन्धित बैंकको सञ्चालक समिति र व्यवस्थापन तहमा दबाब दिएको स्रोतको दाबी छ। कर्जा सूचना केन्द्रले पाण्डेलाई कालोसूचीमा राखेपछि एमालेले विभिन्न तहमा दबाब सिर्जना गरेको आरोप छ। आयोग स्रोतका अनुसार केही पदाधिकारीलाई फोन गरेर मतदानको दिनसम्म कालोसूचीसम्बन्धी निर्णय रोक्न आग्रह गरिएको छ। हालका आयोग पदाधिकारी केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला नियुक्त भएका कारण आयोग राजनीतिक दबाबमा पर्न सक्ने आशंका विपक्षी दलहरूले गरेका छन्। आयोगले कानुनअनुसार अघि नबढे अदालत जाने तयारी भइरहेको नेपाली कांग्रेस पर्साका एक नेताले बताए। कांग्रेसले पाण्डेको कालोसूचीसम्बन्धी विषयलाई कानुनी रूपमा चुनौती दिने र जनतामाझ उनको छवि प्रस्ट पार्ने रणनीति लिएको देखिन्छ। प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनमा उम्मेदवारहरूको वित्तीय पृष्ठभूमि र कानुनी योग्यतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ। पर्सा–३ का एमाले उम्मेदवार रुपेश कुमार पाण्डे र धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह बैंकिङ कालोसूचीमा परेपछि उनीहरूको उम्मेदवारी खारेजीको संघारमा पुगेको हो। पर्सा–३ का निर्वाचन अधिकृतको कार्यालयले गत माघ २९ गते पाण्डेसँग स्पष्टीकरण मागेको थियो। तोकिएको समयमा जवाफ नआएपछि फागुन ८ गते आयोगको केन्द्रीय कार्यालयमा अन्तिम प्रतिवेदन पठाइएको छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले करिब १२ करोड रुपैयाँ बक्यौता नतिरेको भन्दै पाण्डेविरुद्ध उजुरी दिएको थियो। कर्जा सूचना केन्द्रको विवरणअनुसार पाण्डे कालोसूचीमा परेका व्यक्ति हुन्। पाण्डेले लिएको कर्जा समयमा चुक्ता नगरेको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २०८२ पुष ६ गते राष्ट्रिय दैनिक पत्रिकामा घितो लिलाम र कालो सूचिमा राख्ने बिषयमा ३५ दिने सूचना जारी गरेको थियो । निर्वाचन अधिकृतको प्रतिवेदनमा पाण्डेले तोकिएको समयभित्र आफू कालोसूचीमा नरहेको प्रमाण पेस गर्न नसकेको तथा उम्मेदवारी दर्ता गर्दा झुठो स्वघोषणा गरेको उल्लेख गरिएको छ। पर्सा–३ मा पाण्डेविरुद्ध नेपाली कांग्रेसनिकट व्यक्तिहरू तथा नेकपाका उम्मेदवार छोटेलाल यादवले समेत उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता गरेका छन्। धनुषा–१ मा रास्वपाका उम्मेदवार किशोरी साह ‘कमल’ पनि यस्तै विवादमा छन्। कर्जा सूचना केन्द्रको रेकर्डअनुसार उनी २०८० वैशाखदेखि कालोसूचीमा छन्। उनीमाथि १ करोड २५ लाख रुपैयाँको चेक बाउन्स र १२ करोड रुपैयाँ बराबरको पुल निर्माण आयोजना सात वर्षदेखि अलपत्र पारेको आरोप छ। सुशासनको नारा दिएर चुनावी मैदानमा उत्रिएको रास्वपाका उम्मेदवारमाथि यस्तो आरोप लागेपछि स्थानीयस्तरमा आलोचना बढेको छ। पुराना दललाई आलोचना गर्दै सुशासनको नारा दिएको रास्वपा र विकासको एजेन्डा अघि सारेको एमाले दुवैका उम्मेदवार बैंकिङ कसूर र कालोसूचीमा परेपछि मतदाता अन्योलमा परेका छन्। उम्मेदवारी दर्ता गर्दा आफू कालोसूचीमा नरहेको भन्दै स्वघोषणा गर्नु र पछि कालोसूचीमा रहेको तथ्य देखिनुले उम्मेदवारहरूको नैतिक धरातलमाथि प्रश्न उठेको छ। निर्वाचन आयोगले देशभरबाट प्राप्त उस्तै प्रकृतिका उजुरीहरूमाथि एकैपटक निर्णय गर्ने तयारी गरेको छ। काठमाडौं–१० मा सुमित्रा बस्नेतको उम्मेदवारी कालोसूचीकै आधारमा खारेज भएको नजिरलाई आधार मान्दै आयोगले पाण्डे र साहको हकमा पनि सोही नीति अपनाउने संकेत दिएको छ। आयोगका एक उच्च अधिकारीका अनुसार, उम्मेदवारले स्वघोषणामा कालोसूचीमा नरहेको भनी सहीछाप गरेको तर कर्जा सूचना केन्द्रको रेकर्डमा कालोसूची देखिएको खण्डमा त्यस्तो उम्मेदवारी स्वतः बदर हुनेछ। आयोगले नामावली संशोधन र मतपत्रसम्बन्धी आवश्यक निर्णय लिन फागुन १३ गतेभित्र पदाधिकारी बैठक बोलाएको छ। निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार उम्मेदवारले मनोनयन गर्दा आफू कालोसूचीमा नरहेको भनी झुठो स्वघोषणा गरेको पाइएमा र कर्जा सूचना केन्द्रको अभिलेखमा कालोसूची देखिएमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा १३(ज) बमोजिम उम्मेदवारी जुनसुकै बेला खारेज हुन सक्छ। निर्देशिकाको दफा १६(ज) अनुसार प्रचलित कानुनबमोजिम कालोसूचीमा रहेको अवधिभर व्यक्ति उम्मेदवार हुन अयोग्य हुन्छ। दफा १७ अनुसार उजुरी परेमा स्पष्टीकरण चित्तबुझ्दो नभए वा जवाफ नै नदिएमा निर्वाचन आयोगले उम्मेदवारी रद्द गर्न सक्छ। प्रवक्ता भट्टराईका अनुसार दावी–विरोधको अवधिमा उजुरी परेमा निर्वाचन अधिकृतले छानबिन गरी कालोसूचीमा रहेको पुष्टि भए उम्मेदवारी खारेज गर्न सक्छ। अन्तिम नामावली प्रकाशनपछि कालोसूचीमा परेको पुष्टि भए आयोगले निर्णय गर्नेछ। मतदानपछि उजुरी परेमा भने अदालतले निर्णय गर्ने कानुनी व्यवस्था रहेको उनले बताए। एमाले र रास्वपाले आफ्ना उम्मेदवारको बचाउमा शक्ति प्रयोग गरिरहेको चर्चाचले पनि डिजिटल अभिलेखमा कालोसूची देखिएपछि बचाउ गर्न कठिन हुने देखिएको छ। पर्सा–३ र धनुषा–१ का विभिन्न दलका उम्मेदवारहरूले आयोगले छिटो र स्पष्ट निर्णय दिनुपर्ने माग गरेका छन्।

कानूनत अनुसार एमाले उम्मेदवार रुपेश पाण्डेको उम्मेदवारी खारेज गर्न आयोगको आनाकानी किन ?

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ को राजनीतिक मैदान यतिबेला कानुनी र नैतिक युद्धको अखडा बनेको छ। नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डे कर्जा सूचना केन्द्रको “कालोसूची” मा परेपछि उनको उम्मेदवारी खारेजीको प्रक्रिया अन्तिम चरणमा पुगेको हो। निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको म्यादभित्र जवाफ दिन नसकेपछि पाण्डेको चुनावी भविष्य अब निर्वाचन आयोगको मुख्यालयको निर्णयमा निर्भर रहेको छ। निर्वाचन आयोगको पर्सा क्षेत्र नं. ३ स्थित कार्यालयले उम्मेदवार पाण्डेलाई गएको माघ २९ गते ७ दिनको समय दिएर स्पष्टीकरण सोधेको थियो। फागुन ६ र ७ गते सार्वजनिक बिदा परेकाले फागुन ८ गते (आज) बेलुका ५ बजेसम्म जवाफ दिने अन्तिम मौका दिइएको थियो। तर, पाण्डेले तोकिएको समयभित्र आफू कालोसूचीमा नरहेको कुनै पनि ठोस प्रमाण पेश नगरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार पाण्डेबाट कुनै पनि आधिकारिक जवाफ नआएपछि सोही व्यहोराको प्रतिवेदन आयोगको केन्द्रीय कार्यालय काठमाडौँ पठाउने तयारी गरिएको छ। हामीले ७ दिनको पर्याप्त समय दिएका थियौँ, तर उहाँबाट कुनै लिखित जवाफ वा प्रमाण आएन, श्रेष्ठले भने, “अब आयोगको पदाधिकारी बैठकले उम्मेदवारी खारेजीको विषयमा अन्तिम निर्णय लिनेछ।” नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ठमेल शाखाबाट पाण्डे र उनको कम्पनी आरपी ट्रेड प्रा.लि. ले करिब २० करोड रुपैयाँ कर्जा लिएका थिए। बैंक स्रोतका अनुसार उनले हालसम्म केही रकम बुझाए पनि अझै करिव १२ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। पाण्डेले चुनावी अभियानका क्रममा २ करोड बुझाएर कर्जा चुक्ता गरेको भन्दै मतदातालाई भ्रममा पार्न खोजे पनि आधिकारिक रेकर्डले उनको दाबीलाई खण्डन गर्दछ। कर्जा सूचना केन्द्रको रेकर्डमा पाण्डे र उनको कम्पनी अझै पनि कालोसुचिमा कायम छ। पाण्डेले बैंकमा राखेको धितोको मूल्याङ्कन डेढ करोड मात्रै देखिएपछि बैंकले ऋण असुलीका लागि निर्वाचनको समयलाई अवसरको रूपमा लिएर आयोगमा गएको माघ २७ गते उजुरी दिएको थियो। एमाले नेतृत्वको दबाब र बैंक सिईओको मौनता पाण्डेको उम्मेदवारी जोगाउन एमालेको उपल्लो तहको नेतृत्व नै परिचालन भएको पाइएको छ। स्रोतका अनुसार एमाले उपमहासचिव योगेश भट्टराई र नेता विष्णु रिमालले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति पाण्डेलाई पटक(पटक फोन गरेर रुपेश पाण्डेको नाम कालोसूचीबाट हटाउन दबाब दिएका थिए। एमाले नेताहरूको चर्को दबाबपछि सीईओ पाण्डेले आफ्नो मोबाइल फोन समेत स्वीच अफ गरेर बसेका छन्। बैंक व्यवस्थापनले भने पाण्डेले एकमुष्ठ तिर्नुपर्ने रकम चुक्ता नभएसम्म कालोसूचीबाट नाम हटाउन नसकिने अडान लिएको छ। एमालेले यो क्षेत्र जित्न सकिने आकलन गरे पनि आफ्नै उम्मेदवारको वित्तीय आचरणका कारण पार्टीको साख नै दाउमा परेको छ। निर्वाचन ऐनले के भन्छ ? प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) मा स्पष्ट व्यवस्था छ, “प्रचलित कानुन बमोजिम ऋण तिर्न नसकी कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार हुन अयोग्य हुनेछ।” कानुनी रूपमा पाण्डेमाथि अर्को गम्भीर प्रश्न दफा १५ को स्वघोषणामा उठेको छ। उम्मेदवारी दर्ता गर्दा उनले ूम कालोसूचीमा छैनू भनी सहीछाप गरेका थिए। तर, माघ १८ गते नै उनी कालोसूचीमा परिसकेका थिए। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको पुष ६ गते पाण्डे विरुद्ध धितो लिलाम बारे राष्ट्रिय पत्रिका सूचना प्रकाशन गरेको थियो । यसरी जानीजानी गलत विवरण दिएको पुष्टि भएमा ऐनको दफा १६ बमोजिम उनको उम्मेदवारी बदर हुनुका साथै भविष्यमा समेत उम्मेदवार हुन अयोग्य ठहरिन सक्ने प्रावधान छ। विवादित छवि र विपक्षीको आरोप पाण्डेमाथि अन्य प्रतिष्पर्धी उम्मेदवारहरूले समेत गम्भीर आरोप लगाएका छन्। उनले विभिन्न सरकारी ओहोदामा रहेका व्यक्तिहरूको “अवैध धन” व्यापारमा लगाएको र व्यापार धरासायी भएपछि कानुनी कारबाहीबाट बच्न राजनीतिक ओत खोजेको विपक्षीहरूको दाबी छ। पाण्डेको व्यक्तिगत पृष्ठभूमि र वित्तीय अनुशासनहीनता अहिले पर्सा–३ को मुख्य चुनावी एजेन्डा बनेको छ। यस विषयमा एमाले उम्मेदवार पाण्डेसँग पटक(पटक सम्पर्क गर्न खोज्दा उनले प्रतिक्रिया दिन मानेनन्। एमालेले सत्ताको आडमा बैंकलाई दबाब दिएर पत्र बनाउन खोजे पनि सिस्टममा देखिएको कालोसूचीको रेकर्ड मेटाउन प्राविधिक रूपमा कठिन देखिएको छ। पर्सा क्षेत्र नं. ३ निर्वाचन अधिकृतको कार्यालयले शुक्रवार साँझ सम्म आयोगमा प्रदिवेदन पेश गर्ने जनाएको छ । निर्वाचन कार्यालयबाट आयोगमा पुगेको प्रतिवेनका आधारमा आयोगको बैठकले पाण्डेको उमेदवारी सम्वन्धमा निर्णय लिने छ । निर्वाचन सम्वन्धि ऐनमा प्रष्ट व्यवस्था भएकाले आयोगले उनको उमेदवारी खारेज गर्नुपर्ने माग नेपाली कांग्रेसका उमेदवार सुरेन्द्र प्रसाद चौधरीको छ ।