उदयपुर–२ मा नेकपाका सुरेशकुमार राईको पक्षमा जनलहर, बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन
उदयपुर । उदयपुरकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशकुमार राई (हिमाल) को पक्षमा बस्ती–टोलदेखि गाउँगाउँसम्म व्यापक समर्थन देखिएको छ। चुनावी अभियान तीव्र बनाउँदै घरदैलोमा पुगेका राईलाई मतदाताले उत्साहपूर्वक स्वागत गरिरहेका छन् भने उनको एजेन्डा सुन्न सर्वसाधारणको उल्लेख्य उपस्थिति हुने गरेको छ।
लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्धको प्रतिबद्धता सार्वजनिक गर्दै राईले ‘सुशासन, रोजगारी, समाजवादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी!’ भन्ने मूल नारासहित चुनावी मैदानमा उत्रिएका छन्। सो नाराभित्र समेटिएको ६ बुँदे योजनाले मतदातामा आशा जगाएको स्थानीयको भनाइ छ।
उत्पादनमुखी कृषि, घरेलु तथा साना उद्योगमार्फत वार्षिक रोजगारी सृजना, वैज्ञानिक तथा वस्तुवादी शिक्षामार्फत समाजवादको आधार निर्माण र निःशुल्क स्वास्थ्य सेवाको प्रत्याभूति जस्ता कार्यक्रमलाई उनले प्राथमिकतामा राखेका छन्।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित राईले आफ्नो पहिलो कार्यकालमा सुरु गरेका अधुरा योजनालाई पूर्णता दिने प्रतिबद्धता दोहोर्याएका छन्। वडावडामा कच्ची सडकलाई पक्की बनाउने, अलपत्र अवस्थामा रहेका लिफ्टिङ खानेपानी आयोजनालाई सम्पन्न गर्ने तथा स्थानीय पूर्वाधार विकासलाई गति दिने उनको योजना छ।
मिर्चया–कटारी–घुर्मी सडक स्तरोन्नति र कालोपत्रे गर्ने, खुर्कोटदेखि चतारासम्म जोड्ने कोशी करिडोर सडक निर्माणलाई तीव्रता दिने प्रतिबद्धताले पनि मतदातालाई आकर्षित गरेको छ। स्थानीय स्तरमा भित्री सडक सञ्जाल विस्तार, पुल–पुलेसा तथा नाला–कल्भर्ट निर्माण, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थालाई पक्की भवनसहित दक्ष जनशक्तियुक्त बनाउने कार्यक्रमलाई उनले प्राथमिकता दिएका छन्। अधुरो विद्युतीकरणलाई पूर्णता दिने र जनताका दैनन्दिन समस्याको सुनुवाइ गर्दै समाधान गर्ने प्रतिबद्धताले उनको अभियानलाई थप बल पुगेको छ।

ताप्ली गाउँपालिकाबाट सुरु गरिएको घरदैलो अभियान लिम्चुङबुङ, रौतामाई, उदयपुरगढी हुँदै कटारी नगरपालिकाका विभिन्न वडासम्म पुगेको छ। प्रत्येक स्थानमा मतदाताको उल्लेख्य सहभागिता देखिएको नेकपा स्थानीय नेताहरूले बताएका छन्। उदयपुरगढीकी मतदाता नुमा राईले अन्य उम्मेदवारको तुलनामा सुरेशकुमार राईको एजेन्डा स्पष्ट र कार्यान्वयनयोग्य भएको बताइन्। कटारी नगरपालिका–४ का मतदाताहरूले पनि विकास, रोजगारी र सुशासनका विषयमा राईले अघि सारेका योजना आफूहरूलाई विश्वसनीय लागेको प्रतिक्रिया दिएका छन्।
नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडासमेत अभियानमा सहभागी भइरहेका छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, परिवर्तनका उपलब्धिको संरक्षण र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। राष्ट्रिय एजेन्डाअनुसार उत्पादनमुखी विकास, स्वदेशी उद्योग प्रवर्द्धन, श्रमिक अधिकार कार्यान्वयन र शिक्षा–स्वास्थ्यमा राज्यको सुदृढ भूमिकालाई प्राथमिकता दिइएको उनले स्पष्ट पारे।
स्थानीय स्तरमा उदयपुर–२ लाई कृषि तथा औद्योगिक उत्पादनको केन्द्रका रूपमा विकास गर्ने, सिँचाइ विस्तार गर्ने, युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने र स्वास्थ्य–शिक्षा पूर्वाधार मजबुत बनाउने योजना अघि सारिएकाले मतदाताको समर्थन दिनप्रतिदिन बढ्दै गएको नेकपा युवा नेता ईश्वर पोखरेलले बताए।

गाउँ–टोलमा आयोजित भेटघाट तथा कोणसभामा मतदाताले खुलेर आफ्ना समस्या राख्ने र समाधानका विषयमा प्रत्यक्ष संवाद हुने वातावरण बनेको छ। यही सक्रियता र स्पष्ट विकास दृष्टिकोणका कारण सुरेशकुमार राईको पक्षमा उदयपुर–२ मा जनलहर सिर्जना भएको स्थानीयको भनाइ छ।

निर्वाचन नजिकिँदै जाँदा बस्ती–टोल र गाउँगाउँबाट जुटिरहेको समर्थनले सुरेशकुमार राईलाई बलियो दावेदारका रूपमा स्थापित गरेको छ। लोकतन्त्रको रक्षा, सुशासनको प्रत्याभूति र समाजवाद उन्मुख विकासको एजेन्डासहित अघि बढिरहेका राईको अभियानले उदयपुर–२ मा व्यापक जनसमर्थन पाएको देखिन्छ।
उदयपुर–१ मा तारा चिन्हका उम्मेदवार बलदेव चौधरीको घरदैलो अभियान व्यापक
उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का प्रत्यक्षतर्फका उम्मेदवार तथा तारा चिन्हका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बलदेव चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा तीव्र घरदैलो तथा मतदाता भेटघाट अभियान जारी राखेका छन् । हाल त्रियुगा नगरपालिकामा घरदैलाे अभियान जारी छ । हिजाे त्रियुगा नगरपालिका–१६ अन्तर्गत सुकौरा बजारदेखि सिजाली, माथिल्लो आहाले, चिलाउने भञ्ज्याङ हुँदै सिद्रेसम्म आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार चौधरीसहितको टोलीले स्थानीय मतदाताहरूसँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र जनअपेक्षासँग सम्बन्धित विषयमा छलफल गरेको थियो । स्थानीयवासीले उम्मेदवारप्रति उत्साहजनक सहभागिता जनाउँदै आफ्ना समस्या र विकासका अपेक्षा राखेका थिए । आज त्रियुगा नगरपालिका-५ मा उक्त अभियान पुगेकाे छ । चाैधरीकाे कार्यक्रममा सहभागी मतदाताहरूले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, रोजगारी सिर्जना र जनजीविकाका सवालमा स्पष्ट दृष्टिकोण राख्ने नेतृत्व आवश्यक रहेको भन्दै उम्मेदवार चौधरीलाई सकारात्मक समर्थन व्यक्त गरेका छन् । स्थानीय स्तरमा बढ्दो सहभागिता र जनसम्पर्कले चौधरीको लोकप्रियता थप सुदृढ हुँदै गएको देखिएको छ । घरदैलो अभियानका क्रममा केही स्थानहरू समय अभावका कारण समेटिन नसके पनि छिट्टै बाँकी बस्ती तथा टोलहरूमा पुगेर मतदातासँग भेटघाट गर्ने योजना रहेको उम्मेदवार पक्षले जनाएको छ । अभियानलाई निरन्तरता दिँदै जनताको सुझाव र सरोकारलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । उम्मेदवार चाैधरीले आफ्नाे निर्वाचन क्षेत्रमा पर्ने चाैदण्डीगढी र बेलका नगरपालिका क्षेत्रमा पनि घरदैलाे कार्यक्रम गरेका थिए । अहिले त्यस क्षेत्रमा स्थानीय पार्टी कमिटीहरुले घरदैलाे जारी राखेकाे जनाएका छन् । चौधरीप्रतिको जनविश्वास र समर्थन बढ्दै गएको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ ।
मोरङ–५ मा शिवकुमार मण्डल: "विकास र पहिचानको संवाहक"
विराटनगर । आगामी प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएसँगै मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मीले नयाँ उचाइ लिएको छ। नेकपा (माओवादी केन्द्र) का हस्ती एवं पूर्वमन्त्री शिवकुमार मण्डल को पक्षमा यसपटक अभूतपूर्व जनसमर्थन देखिएको छ। मोरङ–५ का मतदाताहरूका अनुसार शिवकुमार मण्डल केवल एक नेता मात्र नभई यस क्षेत्रका उत्पीडित, दलित र पिछडिएका समुदायको अधिकारका लागि संसदमा निरन्तर आवाज उठाउने भरोसायोग्य पात्र हुन्। उनको सरल जीवनशैली र जनतासँगको प्रत्यक्ष पहुँचले गर्दा गाउँगाउँमा उनको लोकप्रियता चुलिएको छ। किन चुन्ने शिवकुमार मण्डललाई ? १. पूर्वाधार विकासमा क्रान्ति: मण्डलले आफ्नो अघिल्लो कार्यकालमा यस क्षेत्रका ग्रामीण सडकको स्तरोन्नति, पुल पुलेसा निर्माण र विद्युतीकरणमा खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्याङ्कन गरेका छन्। २. कृषि र सिँचाइ: मोरङ–५ का किसानहरूका लागि सिँचाइ सुविधा र मलखादको उपलब्धताका लागि उनले गरेका पहलहरू अहिले चुनावी चर्चाको मुख्य विषय बनेका छन्। ३. मधेस र पहाडको सेतु: उनी मधेसी र पहाडी समुदायबीच आपसी सद्भाव कायम राख्ने र सबैलाई समान रूपमा समेट्न सक्ने साझा नेताका रूपमा स्थापित छन्। घरदैलोमा व्यापक उपस्थिति चुनावी अभियानका क्रममा मण्डल जहाँ पुग्छन्, त्यहाँ युवाहरूको ठूलो पंक्तिले उनलाई स्वागत गर्ने गरेको छ। "हाम्रो क्षेत्रको विकासका लागि अनुभव र भिजन भएको नेता चाहिन्छ, र त्यो नेता शिवकुमार मण्डल नै हुन्," एक स्थानीय युवाले बताए। मण्डलको बढ्दो प्रभावका कारण विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेका छन्। अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूको लर्कोले मण्डलको जितको सुनिश्चितता झनै बढाएको छ। मोरङ–५ को समग्र विकास र समृद्धिको सपना साकार पार्न यसपटकको निर्वाचनमा शिवकुमार मण्डल नै सबैको रोजाइमा पर्ने देखिएको छ।
भरतपुर–२५ का १६० भन्दा बढी राप्रपा कार्यकर्ता नेकपा प्रवेश, रेनु दाहालद्वारा स्वागत
चितवन । भरतपुर महानगरपालिका–२५ का १६० भन्दा बढी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूलाई चितवन क्षेत्र नं. ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रेनु दाहालले फूलमाला र अबिर लगाएर स्वागत गरेकी थिइन्। भरतपुरमा आयोजित कार्यक्रममा विभिन्न टोल तथा वडाबाट आएका राप्रपा कार्यकर्ताहरूले सामूहिक रूपमा पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन्। कार्यक्रममा बोल्दै दाहालले विकास र समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भरतपुरमा लागू गरिएको विकास मोडेललाई अब समग्र चितवनको विकास मोडेलका रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिन्। “भरतपुरको विकास अनुभवलाई चितवनका सबै क्षेत्रमा विस्तार गर्ने हाम्रो लक्ष्य हो,” उनले भनिन्, “जनताको विश्वास र साथले मात्र समृद्ध चितवन निर्माण सम्भव छ।” नवप्रवेशी कार्यकर्ताहरूले ‘रेनु जिताउ अभियान’मा सक्रिय रूपमा सहभागी भई भरतपुरको विकास अनुभवलाई चितवनभर विस्तार गर्न साथ दिने बताएका छन्। उनीहरूले स्थानीय तहमा देखिएको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सहरी व्यवस्थापनमा भएको सुधारलाई निरन्तरता दिन नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका छन्। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेकपाका उम्मेदवार प्रमोद साहको पक्षमा सर्लाही–१ मा जनलहर बढ्दै
सर्लाही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तीव्र बनेको छ। यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार प्रमोद साहको पक्षमा व्यापक जनसमर्थन उर्लिएको देखिएको छ। गाउँ–गाउँ र टोल–टोलमा पुगेर गरिएको घरदैलो अभियानमा स्थानीयको उल्लेख्य सहभागिता देखिँदा क्षेत्र नै चुनावी उत्साहले तातेको छ। घरदैलोमा अभूतपूर्व उत्साह नेता साहले सञ्चालन गरिरहेको घरदैलो तथा कोणसभामा युवा, महिला, किसान, मजदुरदेखि पाका पुस्तासम्मको उल्लेख्य उपस्थिति रहने गरेको छ। “बोल्ने होइन, काम गर्ने नेता चाहिन्छ” भन्ने नारासहित मतदाताहरू खुलेरै उनको समर्थनमा उभिएका छन्। स्थानीय बासिन्दाहरूका अनुसार, विकास र स्थायित्वका लागि साह उपयुक्त उम्मेदवार भएको विश्वास बढ्दो छ। विकास र अधिकारको स्पष्ट एजेन्डा प्रमोद साहले अघि सारेको मुख्य एजेन्डा विकास र जनअधिकार रहेको छ। भौतिक पूर्वाधार विस्तार: सडक स्तरोन्नति, पुल निर्माण तथा सिँचाइ प्रणाली सुदृढीकरणमा उनले विगतमा खेलेको भूमिकालाई मतदाताले सकारात्मक रूपमा स्मरण गरेका छन्। मधेसको आवाज: संसदमा मधेसी समुदायको हक–हित र अधिकारका विषयमा स्पष्ट र निर्भीक रूपमा आवाज उठाउने नेताका रूपमा उनको पहिचान स्थापित छ। सामाजिक उत्तरदायित्व: बाढी–पहिरो, महामारी जस्ता संकटका समयमा जनताको बीचमा पुगेर प्रत्यक्ष सहयोग गर्ने उनको कार्यशैलीले स्थानीयमा विश्वास जगाएको छ। नेकपामा बढ्दो आकर्षण साहको उम्मेदवारीसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)प्रति आकर्षण बढ्दो देखिएको छ। विभिन्न दल र समूहका कार्यकर्ताहरू नेकपामा प्रवेश गर्ने क्रम बढिरहेको स्थानीय स्रोतको भनाइ छ। यसले निर्वाचन क्षेत्रमा नेकपाको संगठनात्मक पकड थप मजबुत भएको संकेत गर्छ। निर्वाचन प्रचार–प्रसार समितिका अनुसार सर्लाही–१ मा यसपटक परिवर्तन र विकासका पक्षमा स्पष्ट जनमत देखिएको छ। “सर्लाहीको समृद्धि र दीर्घकालीन विकासका लागि सक्षम, अनुभवी र जनतासँग जोडिएको नेतृत्व आवश्यक छ, त्यो नेतृत्व प्रमोद साहले दिन सक्नुहुन्छ,” एक स्थानीय मतदाताले बताए। फागुन २१ को मतदानले सर्लाही–१ को राजनीतिक दिशा तय गर्नेछ। हालको माहोल हेर्दा प्रमोद साह बलियो दाबेदारका रूपमा अगाडि देखिएका छन्, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को पक्षमा जनलहर झन् सशक्त बन्दै गएको छ।
भोजपुरमा नेकपाका उम्मेदवार काङमाङका यस्ता छन् जितका आधार
भोजपुर । भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा अजम्बर राई काङमाङ को उम्मेदवारीले चुनावी माहोल तातेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार बन्नुभएका उहाँ तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएको छ। लामो राजनीतिक अनुभव, स्वच्छ छवि र स्थानीय तहमा बलियो जनसमर्थनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित जस्तै देखिएको छ। ५८ वर्षीय अजम्बर राई काङमाङ भोजपुरका स्थानीय हुन् उनी अनुभवी तथा प्रभावशाली राजनीतिक हस्ती हुनुहुन्छ। संघीयता, समावेशी विकास र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय रहँदै आउनुभएका उहाँले विगतका विभिन्न निर्वाचनमा सहभागिता जनाउँदै जनसरोकारका विषय उठाउँदै आउनुभएको छ। संसद प्रवेश नगरे पनि स्थानीय विकास, सुशासन र सामाजिक रूपान्तरणका क्षेत्रमा उहाँको भूमिका उल्लेखनीय मानिन्छ। यस्ता छन् राईका मुख्य एजेन्डा विकासमा हिसाब, नारामा होइन उहाँले “भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ” भन्ने चुनावी नारासहित सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोकथाम, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्रलाई मुख्य एजेन्डा बनाउनु भएको छ। उहाँले सुशासन, उत्पादन वृद्धि, रोजगारी सिर्जना, युवा पलायन रोक्ने, भ्रष्टाचार नियन्त्रण, समावेशी विकास र आत्मनिर्भर अर्थतन्त्र। भोजपुरको विकासमा अब नारा होइन, हिसाब चाहिन्छ उहाँको चुनावी नारा यस्तो छ । स्थानीय जनतामाझ विश्वासयोग्य र स्वच्छ छवि निर्माण गर्न सफल उहाँको उम्मेदवारीले भोजपुरमा नेकपाको संगठनात्मक आधार थप मजबुत बनेको देखिन्छ। लामो राजनीतिक यात्रामा कुनै विवादमा नमुछिनु र निरन्तर समाजसेवामा सक्रिय रहनुले उहाँलाई “अनुभवी र विश्वासयोग्य नेता” को रूपमा स्थापित गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार उहाँको अनुभव, स्थानीय प्रभाव र पार्टीको सुदृढ संगठनका कारण भोजपुरमा नेकपाको जित सुनिश्चित देखिएको छ। अजम्बर राई काङमाङ भोजपुरको मात्र नभई समग्र पूर्वी नेपालको आवाज बनेका नेता हुनुहुन्छ। उहाँको जितले भोजपुर क्षेत्रमा थप विकास र सामाजिक न्यायको ढोका खोल्ने अपेक्षा गरिएको छ। विचारमा प्रष्ट, अवसरबाट बञ्चित लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय अजम्बर काङमाङ राई अहिलेसम्म कुनै राजकीय पदमा छैनन् । त्यसैले उनलाई अवसर नपाएका नेताका रुपमा बुझ्न सकिन्छ । उहाँ जनप्रतिनिधिका रुपमा आफूलाई पहिचान गराउन नपाएका विचारमा स्पष्ट र बलियो जनसम्पर्क भएका नेता मानिन्छन् । कुनै समय एमालेकै उदयीमान नेता मानिने उहाँ अहिले नेकपाका केन्द्रीय सदस्यको रुपमा हुनुहुन्छ । जोशिला छन्, मतदाताको अपेक्षा पूरा गर्ने नेताको रुपमा अपेक्षा गरीएका नेतामा पर्नुहुन्छ । मतपरिणाम हेर्ने हो भने उनलाई कमजोर मान्न सकिँदैन । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको १२ हजार ७ सय ५० समानुपातिक मतमा एकीकृत समाजवादीको ३ हजार ६ सय ९३ र जसपाको १ हजार ३ सय ९१ मत जोड्दा करिब १७ हजार बढी मत हुने देखिन्छ यस्ले पनि जितको आधार थप सुनिश्चित जस्तै देखिएको छ ।
मोरङ–४ मा तारा चिन्हको लहर, अमनलाल मोदीको जित सुनिश्चिततर्फ
मोरङ । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र यसको चुनाव चिन्ह (तारा) को पक्षमा स्पष्ट जनलहर देखिएको छ। नेकपाका लोकप्रिय तथा जुझारु उम्मेदवार अमनलाल मोदीप्रति जनसमर्थन दिनप्रतिदिन मजबुत बन्दै गएको छ। सधैं जनताको सुख–दुःखमा साथ दिने, सरल, इमानदार र परिणाममुखी नेताका रूपमा स्थापित मोदीले मोरङ–४ को समग्र विकासका लागि स्पष्ट दृष्टिकोण अघि सारेका छन्। शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, सडक पूर्वाधार विस्तार र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने योजनासहित उनी चुनावी मैदानमा उत्रिएका छन्। स्थानीय तहदेखि समुदायस्तरसम्म निरन्तर सक्रिय रहँदै आएका मोदीप्रति जनताको विश्वास अझ सुदृढ बनेको देखिन्छ। घरदैलो अभियान, टोलसभा, युवा तथा बुद्धिजीवीहरूसँग अन्तरक्रियामार्फत उनले “बोल्ने होइन, गरेर देखाउने” प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। विगतमा जनताको पक्षमा निर्वाह गरेको भूमिकाका कारण पनि उनी विश्वसनीय र सक्षम विकल्पका रूपमा उभिएका छन्। स्थानीय युवा, महिला, किसान तथा व्यवसायी समुदायले नेकपा र अमनलाल मोदीको नेतृत्वलाई मोरङ–४ को समृद्धि र स्थायित्वको आधार मानेका छन्। “समृद्ध मोरङ–४, सक्षम नेतृत्व र जनताको सरकार” भन्ने नारासहित नेकपाले अभियान तीव्र बनाएको छ। चुनावी माहोल उत्साहजनक र सकारात्मक बन्दै गइरहेका बेला मोरङ–४ का मतदातालाई तारा चिन्हमा मतदान गरी अमनलाल मोदीलाई विजयी गराउन नेकपाले अपिल गरेको छ। जनलहरको यही गतिले निरन्तरता पाए मोरङ–४ मा ऐतिहासिक जित सुनिश्चित हुने दाबी पार्टीका नेता तथा कार्यकर्ताहरूले गरेका छन्।
मकवानपुर १ मा विजय गौतम: ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकता
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मकवानपुर क्षेत्र नं. १ का उम्मेदवार विजय गौतमप्रतिको जनलहर दिनप्रतिदिन बढ्दै गइरहेको छ । हेटौँडाको स्थानीय आवश्यकता र जनचाहानालाई सम्बोधन गर्ने एजेन्डा अघि सारेसँगै उनीप्रतिको आकर्षण बढेको हो । उनले ग्रेटर हेटौडा चक्रपथ निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता गरेका छन् । हेटौडा उपमहानगरपालिकालाई महानगरपालिका बनाउने, कर्रा खोला करिडोर र राप्ती खोला करिडोर निर्माण गरि यातायात सेवा सुचारु गर्ने, वागमती नदि करिडोर निर्माण गर्ने तथा हेटौंडा–गढी–बकैया–बागमती जोड्ने मुख्य तथा सहायक सडकहरूको स्तरोन्नति गर्न पहल गर्ने काम उनले प्राथमिकतामा राखेका छन् । त्यस्तै, ग्रामीण बस्तीमा बाह्रै महिना चल्ने सडकका लागि पहल गर्ने, ग्रामीण क्षेत्रमा शतप्रतिशत विद्युत् पहुँच विस्तार गर्ने, सबै वडामा इन्टरनेट तथा डिजिटल सेवा पुर्याउन पहल गर्ने, एकीकृत नमुना वस्तीको विकास गर्ने र राजमार्ग ऐन अन्तर्गत हेटौडा नगरको विस्तार गर्दा पिडित पक्षलाई उचित मुआब्जा र क्षतिपुर्तिको व्यवस्था गर्न पहल गर्ने गौतमको प्रतिबद्धता छ । उनले जनप्रतिनिधिसँग–जनता प्रत्यक्ष संवाद कार्यक्रम संचालन गरेर सदैव जनताको साथमै रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गढी, बकैया, बागमती र हेटौडाको वडाहरुमा व्यावसायिक कृषि जोन र पकेट क्षेत्र विकासका लागि समन्वय गर्ने उनको भनाई छ । वागमती, कर्रा र राप्ती खोलाको नदि उकास जमिनमा उत्पादन वृद्धि गर्ने, पशुपालन, दुग्ध उत्पादनमा आत्मनिर्भर हुँदै बजार व्यवस्थापनका लागि पहल गर्ने, हेटौंडा औद्योगिक क्षेत्रको विस्तार गरि नयाँ नयाँ उद्योग स्थापना गर्न विशेष पहल गर्ने उनको घोषणा छ । उनले मयूरधाप औद्योगिक क्षेत्रको संचालन गर्न पहल गर्ने पनि भनिएको छ । गौतमले हेटौडा, मकवानपुरगढी, बकैया र बागमती क्षेत्रका प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्ने योजना पनि अघि सारेका छन् । ऐतिहासिक मकवानपुर गढ़ी दरबार क्षेत्रलाई संरक्षण गर्ने, एवम् सम्बर्धन गर्दै पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने, होमस्टे लगायत आन्तरिक पर्यटनको विकास गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने उनले उद्घोष गरेका छन् । त्यसैग्री, प्राविधिक तथा सीपमूलक शिक्षा केन्द्र स्थापना गर्ने, गरिब, दलित र पिछडिएका वर्गका विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था मिलाउने पनि उनले प्रतिबद्धता गरेका छन् । एक वडा एक महिला उद्यम कार्यक्रम संचालन गर्ने, गाउँपालिका स्तरमा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माण गर्ने, हेटौंडा अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि प्राथमिकता दिने, हरेक स्थानीय तहमा शिशु स्याहार केन्द्र स्थापना गर्न पहल गर्ने र मध्यवर्ती क्षेत्र र आरक्षको समस्या समाधान गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेको छ ।
नेकपा प्युठानका उम्मेदवार कृष्ण ध्वज खड्काका प्रतिबद्धतामा के छन् ?
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्युुठानका उम्मेदवार कृष्ण ध्वज खड्काले यातायात पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर आफ्नो एजेन्डा बनाएका छन् । उनले पर्यटन, भाषा धर्म र संस्कृति, खानेपानी, सिँचाई सुुविधा, शहरी विकास तथा सञ्चारको क्षेत्रमा पनि गर्नुपर्ने कामहरुको लागि प्रतिबद्धता जनाएका छन् । उनले भालुवाङ्ग बाट डेढ घण्टामै सदरमुकाम खलङ्गा पुग्नेगरि भालुवाङ्ग–प्युठान सडकलाई डबललेनमा स्तरोन्नति गरिने प्रतिबद्धता गरेका छन् । ६४ वटै वडाका केन्द्रहरूमा पुग्ने सडक ग्राबेल र कालोपत्रे गर्ने, बाग्दुलादेखि पुष्पलाल लोकमार्ग जोड्ने सडकलाई संघीय बजेटबाट सम्पन्न गर्ने र गाउँपालिका केन्द्र र वडाका केन्द्रहरूमा बाह्रै महिना सडक सुचारू गर्न सडकहरूको स्तरोन्नति र कालोपत्रे गर्दै आवश्यक ठाउँमा सडक पुलहरू निर्माण गर्ने पनि उनको प्रतिबद्धता छ । त्यस्तै, अन्तरजिल्ला जोड्ने सडकहरू स्तरोन्नति र कालोपत्रे गर्ने, मदन भण्डारी राष्ट्रिय लोकमार्ग र इच्छुक आश्रीत प्रादेशिक लोकमार्गको कामलाई छिटो सम्पन्न गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । सुविधासम्पन्न बहुप्राविधिक कलेज स्थापना गर्ने घोषणा खड्काको स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने घोषणा छ । सुुविधासम्पन्न बहुुप्राविधिक कलेज स्थापना गर्ने पनि घोषणा गरिएको छ । प्रत्येक पालिकामा एक–एक वटा प्राविधिक धारको व्यावसायिक शिक्षा सहितको नमुना स्मार्ट विद्यालयहरू सञ्चालन गर्ने, २५० जनाभन्दा बढी विद्यार्थीहरू अध्ययन गर्ने सामुदायिक विद्यालयहरूमा स्मार्ट शौचालय व्यवस्थापनको नीति कार्यान्वयन गर्ने लगायतको योजना उनले अघि सारेका छन् । जिल्ला अस्पतालमा शैय्या थपा र आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापनाको योजना प्युठान अस्पतालको भवन निर्माण सम्पन्न गरी शैय्या थप गरिने जनाइएको छ । जिल्लामा एक आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने, स्वर्गद्वारी र मल्लरानीमा मेडिटेसन सेन्टर र प्रत्येक स्थानीय तहमा योग तथा ध्यान केन्द्रहरू स्थापना गर्ने, मृगौला डायलासीस लगायतका अत्याधुनिक सेवाहरू प्युठान अस्पतालमा सञ्चालन गर्ने प्रवन्ध मिलाउने पनि उनको प्रतिबद्धता छ । प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने योजना, जडिबुुटी प्रशोधन केन्द्रको स्थापना गरिने त्यस्तै, जिल्लाको समथर क्षेत्रमा माछापालन र कुखुरापालन, चुरे तथा महाभारत क्षेत्रमा बाख्रापालन तथा उच्च पहाडी क्षेत्रमा भेडापालनलाई व्यावसायिकरण गर्ने, प्युठानी मुलाको व्यावसायिक खेती गरी राष्ट्रिय रूपमा ब्राण्डिङ्ग गर्ने, विभिन्न रैथाने बालीहरूको संरक्षण गर्न बीउ बैंकको स्थापना गर्ने र प्युठानमा उत्पादन हुने मह, अदुवा र बेसारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बजारीकरण गर्ने उनको प्रतिबद्धता छ । त्यसैगरी, प्रत्येक वडामा नमुना कृषि फार्म र कृषि सिकाइ केन्द्रहरूको स्थापना गर्ने, जिल्लामा प्राङ्गारिक मल उत्पादन कारखाना स्थापना गर्ने लगायतको योजना खड्काले अघि सारेका छन् । त्यस्तै, प्युठानमा अत्याधुनिक जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भनिएको छ । ओखर र टिमुरको व्यवसायीक खेती गर्ने, अल्लो र भांग्रोको व्यवसायीक खेती र प्रशोधन केन्द्र स्थापना गर्ने उल्लेख छ । स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाइने स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रको रूपमा विकास गर्न गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने, ८ गौमुखी, नौबहिनी, भित्रीकोट, ऐरावती, उदयपुरकोट, झाकृस्थान, झाकूढुङ्गा, मल्लरानी, कोठिभिर, नाङ्गी, बाइसमुल झरना, झुलेनी, माक्रे, विजुलीकोट लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूमा पूर्वाधार निर्माण र प्रवर्धन गर्ने बताइएको छ । प्युठान जिल्लाको पर्यटन प्रोफाइल तयार गर्ने तथा इको टुरिजम, एग्रो टुरिजम, भिलेज टुरिजम र जल पर्यटनको विकास गरिने उल्लेख छ । सदरमुकाम खलङ्गालाई पुरातात्विक, सांस्कृतिक र शैक्षिक शहरको रूपमा विकास गर्ने, जिल्लाको प्रमुख व्यापारीक केन्द्र दम्ती–बाग्दुला–बिजुवार देखि दाखाक्वाडी सम्मको क्षेत्र र गोठिवाङ्ग देखि भिगृ सम्मको क्षेत्रलाई नमुना शहरको रूपमा विकास गर्न दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्ने भनिएको छ । नौमुरे जलाशययुक्त विद्युत आयोजना निर्माण अगाडि बढाउने, राप्ती र त्यसका सहायक नदीहरू झिमरूक, माडी, लुङ्गखोलाका विभिन्न स्थानहरूमा जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गरी एएए मोडलमा जलविद्युत आयोजनाहरू अगाडी बढाइने पनि प्रतिबद्धता गरिएको छ । जिल्लाका ६४ वटै वडाहरुमा नेपाल टेलिकमको एफटिटिएच प्रविधि पुर्याउन द्रुत रुपमा काम गर्ने, प्रत्येक बस्ती सडक सञ्जालहरुमा फोर जी नेटवर्कको पहुँच अनिवार्य पुु¥याउने, हरेक पालिकाहरुमा सूचना प्रविधि सेवा केन्द्र स्थापना गर्ने लगायतका योजना खड्काको रहेको छ ।
स्पष्ट विचार, संघर्षशील इतिहास र अध्ययनशील गाेरखा-२ का नेकपा उम्मेदवार न्याैपाने काे हुन् ?
गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–२ गोरखामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार लेखनाथ न्यौपाने यतिबेला वैचारिक स्पष्टता, लामो राजनीतिक अनुभव र अध्ययनशील व्यक्तित्वका कारण चर्चाको केन्द्रमा छन्। बौद्धिक तथा सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिएका न्यौपाने सरल जीवनशैली र निरन्तर संघर्षको यात्राबाट उदाएका नेतृत्वका रूपमा स्थापित भएका छन्। गोरखाको सिरानचोक गाउँपालिका–३ मा जन्मिएका न्यौपाने अशिक्षा र गरिबीका बीच हुर्किएका नेता हुन्। गाउँकै जनता माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेका उनले आर्थिक अभावका बाबजुद उच्च शिक्षाको लक्ष्य बोकेर काठमाडौं पुगे। संघर्षकै बीच उनले त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै अध्ययन र राजनीतिक सक्रियतालाई सँगसँगै अघि बढाए। विद्यार्थी जीवनमै वामपन्थी राजनीतिमा सक्रिय भएका न्यौपाने क्याम्पस इकाई अध्यक्ष, काठमाडौं जिल्ला अध्यक्ष हुँदै २०५२ सालअघि नै अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्य बने। २०५४ सालमा जेलमै रहँदा केन्द्रीय कोषाध्यक्ष, २०५६ मा उपाध्यक्ष र २०६० मा अध्यक्ष बनेका उनी २०६० देखि २०६७ सम्म दुई कार्यकाल संगठनको नेतृत्वमा रहे। विद्यार्थी आन्दोलनलाई वैचारिक, संगठित र परिणाममुखी बनाउने नेतृत्वका रूपमा उनको भूमिका स्मरणीय छ। राजनीतिक संघर्षका क्रममा उनले २०५४ देखि २०५८ सम्म विभिन्न ६ वटा मुद्दा खेप्दै चार वर्ष निरन्तर जेल जीवन बिताए। राज्यसँगको पहिलो वार्तापछि २०५८ मा रिहा भएका न्यौपानेको टाउको ल्याउनेलाई तत्कालीन सरकारले २५ लाख रुपैयाँ इनाम घोषणा गरेको थियो। कठिन परिस्थितिमा पनि अडिग रहेर अघि बढ्ने उनको साहसिक इतिहास आज गोरखा–२ का मतदातामाझ प्रेरणाको स्रोत बनेको छ। २०७२ सालमा पार्टीमा फर्किएपछि सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका उनले २०७५ सालमा नेकपाका केन्द्रीय सदस्यका रूपमा योगदान दिएका छन्। संगठन निर्माण, वैचारिक बहस र नीति निर्माणमा उनको सक्रियता पार्टीभित्र उच्च मूल्याङ्कन गरिएको छ। राजनीतिसँगै लेखन र अध्ययनमा सक्रिय न्यौपानेका ‘शिक्षा र राजनीति’, ‘विद्यार्थी आन्दोलनमा बाइस वर्ष’, ‘संघर्षको इतिहास’ लगायत एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। बन्दी जीवनका अनुभवदेखि शिक्षा पुनर्संरचनासम्मका विषयमा उनले कलम चलाएका छन्। ५२ वर्षको उमेरमा पहिलो पटक प्रतिनिधिसभा उम्मेदवार बनेका न्यौपाने गोरखा–२ मा नेकपाको पक्षमा वैचारिक दृढता, स्वच्छ छवि र जनतासँगको नजिकको सम्बन्धलाई मुख्य आधार बनाएर मत मागिरहेका छन्। स्थानीय विकास, शिक्षा सुधार र जनताको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धतासहित उनी निर्वाचन मैदानमा उत्रिएका छन्।
तेह्रथुममा नेकपाकाे चुनाव प्रचार प्रसार आक्रमक
तेह्रथुम । तेह्रथुममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा सदस्य उम्मेदवार रनध्वज लिम्बूले निर्वाचन लक्षित घरदैलो अभियानलाई तीव्र बनाउँदै गाउँ–टोलमा उत्साहजनक उपस्थिति जनाइरहेका छन्। बिहानैदेखि साँझ अबेरसम्म मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनी घर–घर पुगिरहेका छन्, जसले निर्वाचन क्षेत्रभर सकारात्मक सन्देश प्रवाह गरेको छ। घरदैलोका क्रममा लिम्बूले स्थानीय बासिन्दासँग विकास निर्माण, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि आधुनिकीकरणका विषयमा प्रत्यक्ष संवाद गरिरहेका छन्। मतदाताका गुनासा, सुझाव र अपेक्षालाई ध्यानपूर्वक सुन्दै उनले “जनताको विश्वास नै मेरो शक्ति हो” भन्ने सन्देश दिइरहेका छन्। उनले विगतमा आफूले निर्वाह गरेका जिम्मेवारी र जनतासँगको निरन्तर सम्बन्धका आधारमा यसपटक पनि इमानदार र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको अभियानमा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय सहभागिता देखिएको छ। विभिन्न टोलमा स्थानीय महिला समूह, किसान र युवा क्लबले स्वागत गर्दै समर्थन जनाइरहेका छन्। घरदैलो अभियानसँगै साना कोणसभा, अन्तरक्रिया र भेटघाट कार्यक्रमलाई समेत जोड दिइएको छ, जसले चुनावी माहोललाई थप सक्रिय बनाएको छ। लिम्बूले समृद्धि, सुशासन र सामाजिक न्यायलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन्। उनले कृषि उत्पादनमा आधुनिकीकरण, स्थानीय उद्योग प्रवर्द्धन, पूर्वाधार विकास र गुणस्तरीय शिक्षा–स्वास्थ्य सेवामा पहुँच विस्तारलाई प्राथमिकतामा राख्ने बताएका छन्। “जनताको घरदैलोमा पुगेर समस्या बुझ्नु नै वास्तविक राजनीति हो,” उनले भने, “निर्वाचन जित्नु मात्र लक्ष्य होइन, विश्वास जित्नु मेरो पहिलो दायित्व हो।” नेकपाका स्थानीय नेता तथा कार्यकर्ताले घरदैलो अभियानले व्यापक सकारात्मक प्रतिक्रिया पाएको बताएका छन्। उनीहरूका अनुसार मतदातामा परिवर्तन र स्थायित्वको चाहना स्पष्ट देखिएको छ, जसले लिम्बूको पक्षमा उत्साह थपेको छ। निर्वाचन नजिकिँदै जाँदा रनध्वज लिम्बूको सक्रियता र जनतासँगको प्रत्यक्ष संवादले नेकपा र उम्मेदवार दुवैको पक्षमा अनुकूल वातावरण सिर्जना गरेको स्थानीयले बताएका छन्। घरदैलो अभियानलाई अझ व्यापक बनाउने तयारीसँगै लिम्बूले आफ्नो अभियानलाई अन्तिम चरणसम्म सशक्त रूपमा अघि बढाउने जनाएका छन्।
सिन्धुपाल्चो-२ मा युवराज दुलालको घरदैलोमा उत्साहजनक
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार युवराज दुलाल यतिबेला घरदैलो तथा जनसंवाद कार्यक्रमलाई तीव्रता दिइरहेका छन्। यसैक्रममा हेलम्बु गाउँपालिका–६ इचोकमा सम्पन्न घरदैलो कार्यक्रम उत्साहपूर्ण र जनसहभागितामय बनेको छ। इचोकका टोल–टोलमा पुगेका उम्मेदवार दुलालले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट, खुला संवाद र आत्मीय छलफल गरेका थिए। कार्यक्रममा सहभागी स्थानीयले क्षेत्रको विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणका विषयमा आफ्ना धारणा तथा सुझाव राखेका थिए। दुलालले जनताको अपेक्षा र सुझावलाई आफ्नो प्राथमिक कार्यसूचीमा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै जनताको विश्वासलाई कुनै पनि हालतमा निराश नपार्ने बताए। घरदैलोका क्रममा देखिएको जनउपस्थिति र उत्साहले आफू थप जिम्मेवार बनेको उल्लेख गर्दै दुलालले भने, “जनताबाट प्राप्त यही ऊर्जा नै हाम्रो समृद्धिको आधार हो। हामी विकासको साझा यात्रामा छौं, र यो यात्रा जनताको साथ र विश्वासले मात्र सफल हुन्छ।” उनले समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि सबै राजनीतिक आस्था र विचारभन्दा माथि उठेर साझा पहल आवश्यक रहेको धारणा राखे। कार्यक्रमका क्रममा विभिन्न समुदायका युवाहरू, महिला समूह तथा स्थानीय अगुवाहरूले नेकपाको नीति, कार्यक्रम र उम्मेदवार दुलालको स्पष्ट दृष्टिकोणप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए। विकास र परिवर्तनको अभियानमा साथ दिन तयार रहेको भन्दै केही स्थानीय युवाहरू पार्टीमा आबद्धसमेत भएका थिए। दुलालले आगामी दिनमा क्षेत्रका प्रत्येक वडा र बस्तीमा पुगेर जनसंवादलाई अझ सशक्त बनाउने योजना रहेको जानकारी दिए। उनले शिक्षा, स्वास्थ्य, सडक सञ्जाल विस्तार, कृषि आधुनिकीकरण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको समापनमा उनले परिवर्तन र समृद्धिका लागि तारा चिह्नमा मतदान गर्न आग्रह गर्दै भने, “हाम्रो एकता नै परिवर्तनको शक्ति हो। अब समृद्ध भविष्यका लागि दृढ निर्णय लिनुपर्ने समय आएको छ।” इचोकमा देखिएको जनलहरले नेकपाको पक्षमा सकारात्मक वातावरण निर्माण भएको स्थानीय कार्यकर्ताहरूले बताएका छन्।
ओखलढुंगामा परिवर्तनको लहर : सयौं युवाको रोजाइ नेकपा, अम्बिरबाबु गुरुङप्रति बढ्दो विश्वास
ओखलढुंगा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा परिवर्तन र विकासको पक्षमा जनलहर स्पष्ट देखिन थालेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभा उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा जनसमर्थन उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरिएको छ। यसैक्रममा एमाले र कांग्रेस परित्याग गरी सयौं युवा औपचारिक रूपमा नेकपामा प्रवेश गरेका छन्। काठमाडौंको जोरपाटीमा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा चम्पादेवी र सुनकोशी गाउँपालिकाका युवाहरूले नेकपाप्रति आफ्नो आस्था प्रकट गरेका हुन्। नवप्रवेशीलाई उम्मेदवार गुरुङ, जिल्ला संयोजक चम्पा कार्की ‘आशा’ लगायतका नेताहरूले खादा–माला लगाएर स्वागत गर्दै पार्टीमा जिम्मेवारीसहित सक्रिय हुने आह्वान गरेका थिए। पलापु, चिप्लिङ, फेदीगुठ, सिस्नेरी र बिलन्दु क्षेत्रका युवाहरूले “विकास, सुशासन र स्पष्ट राजनीतिक दृष्टिकोण” को आधारमा नेकपा रोजेको बताएका छन्। कार्यक्रमको संयोजन चम्पादेवी–५ का पूर्व वडाध्यक्ष तथा समाजसेवी युवा नेता झलकमान तामाङले गरेका थिए। उनले ओखलढुंगाको समग्र विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको उल्लेख गरे। अधुरा योजना पूरा गर्ने अठोट कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गुरुङले आफूले प्रदेश सांसदका रूपमा सुरु गरेका सयौं विकास योजनाहरू अझै अधुरा रहेको उल्लेख गर्दै ती योजनाहरूलाई पूर्णता दिन प्रतिनिधिसभामा आफ्नो उपस्थिती आवश्यक रहेको बताए। “ओखलढुंगाको समृद्धिका लागि सुरु गरिएका योजनाहरूलाई बीचमै रोकिन दिनु हुँदैन। जनताको विश्वास र समर्थनले ती सबै अधुरा योजना पूरा गरेर जिल्लालाई विकासको नयाँ उचाइमा पुर्याउनेछु,” गुरुङले दृढतापूर्वक भने। उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र रोजगारीका क्षेत्रमा ठोस योजना अघि सार्दै युवालाई केन्द्रमा राखेर विकासको खाका तयार पारेको बताए। जनआकांक्षाको प्रतिनिधि बन्दै नेकपा पार्टी प्रवेश कार्यक्रमलाई नेकपाले आगामी निर्वाचनमा जनआकांक्षा र परिवर्तनको स्पष्ट संकेतका रूपमा व्याख्या गरेको छ। स्थानीय तहदेखि संघसम्म समन्वय गर्दै दीर्घकालीन विकासको आधार तयार पार्ने प्रतिबद्धतासहित गुरुङको उम्मेदवारीलाई व्यापक समर्थन प्राप्त भइरहेको दाबी गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा ओखलढुंगामा नयाँ राजनीतिक ध्रुवीकरण र शक्ति सन्तुलनको बहस तीव्र बन्दै गएको छ। यसबीच सयौं युवाको सक्रिय सहभागिता र समर्थनले नेकपा उम्मेदवार गुरुङको पक्षमा सकारात्मक माहोल सुदृढ हुँदै गएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।
माटोको ऋण तिर्न विश्वदीपको भावनात्मक अपिल
बुटवल। रुपन्देही क्षेत्र नं–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदाताका नाममा भावनात्मक पत्र लेख्दै आफू जन्मभूमिको ऋण तिर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्। तारा चुनाव चिन्ह लिएर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका विश्वदीपले आफू यही माटोमा जन्मेर हुर्किएको, यहीको सुख–दुःख भोगेको सन्तान भएको उल्लेख गर्दै जनतासँग आत्मीय सम्बन्ध जोड्दै विश्वासको अपिल गरेका छन्। पत्रमा उनले लेखेका छन्, “म यहीको माटोको धुलोमा खेलेर हुर्किएको तपाईंकै घरको एउटा छोरो हुँ। हार–जीत राजनीतिक प्रक्रियाको हिस्सा हो, तर यो मेरो जन्मभूमि र कर्मभूमि हो। म यहाँ जित्न मात्रै होइन, यो माटोको ऋण तिर्न आएको हुँ।” उनले विगतमा आफ्ना बुवा स्व. भक्ति पाण्डेले यस क्षेत्रको विकासका लागि देखेको सपना अझै अधुरो रहेको उल्लेख गर्दै ती सपनालाई साकार पार्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताएका छन्। साथै, यस क्षेत्रबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसमेत चुनाव लडेको सन्दर्भ उल्लेख गर्दै उनले चुनावी प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्वदीपले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र युवाहरू वैदेशिक रोजगारीका लागि खाडी मुलुक जान बाध्य हुनु दुःखद अवस्था भएको उल्लेख गर्दै उद्योग पुनरुत्थान, रोजगारी सृजना र समग्र बुटवलको दिगो विकासलाई आफ्नो पहिलो प्राथमिकता बनाएको स्पष्ट पारेका छन्। “नेतृत्व भनेको कुर्सी मात्र होइन, माटोप्रतिको माया र जिम्मेवारी पनि हो,” उनले पत्रमा लेखेका छन्। “म कतै भागेर जाने छैन। बुटवललाई विकासको नमुना बनाउने, उद्योगलाई पुनर्जीवित गर्ने र युवालाई स्वदेशमै रोजगारी दिलाउने मेरो संकल्प हो।” उनले समृद्ध रुपन्देही निर्माणका लागि सबैको साथ, सहयोग र विश्वास आवश्यक रहेको बताउँदै मतदातासँग आशा र भरोसाको हातेमालो गर्न अपिल गरेका छन्।
लमजुङमा हरिजङ तामाङप्रति तामाङ समुदायको एकढिक्का समर्थन, चुनावी दौडमा बलियो उपस्थिति
लमजुङ । लमजुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का युवा उम्मेदवार हरिजङ तामाङप्रति तामाङ समुदायको व्यापक समर्थन देखिएको छ। जिल्लाभर करिब १९ हजार तामाङ मतदाता रहेको अनुमान गरिँदै आएको छ । समुदायको संगठित साथले आगामी निर्वाचनमा निर्णायक प्रभाव पार्ने देखिएको छ। नेपाल तामाङ घेदुङ संघका उपाध्यक्षसमेत रहेका उम्मेदवार तामाङ लामो समयदेखि समुदायको हक, हित, पहिचान र अधिकारका पक्षमा सक्रिय भूमिका खेल्दै आएका छन्। आदिवासी जनजाति अधिकार विषयमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले शैक्षिक योग्यता र निरन्तर सामाजिक सक्रियतामार्फत जिल्लामा विश्वासिलो युवा नेतृत्वको छवि बनाएका छन्। संघका जिल्ला अध्यक्ष होमराज तामाङले हरिजङ तामाङलाई समुदायको साझा आवाजको रूपमा प्रस्तुत गर्दै जिल्लाभरका तामाङ मतदाताले उनलाई उत्साहका साथ समर्थन गर्ने विश्वास व्यक्त गरे। “उहाँले निरन्तर रूपमा तामाङ समुदायको पहिचान, भाषा, संस्कृति र अधिकारको सवालमा आवाज उठाउँदै आउनुभएको छ,” उनले भने, “यसपटक समुदाय एकढिक्का भएर आफ्नै प्रतिनिधिलाई विजयी गराउनेछ।” तामाङ समुदायले प्रतिनिधित्व र पहिचानको मुद्दालाई सधैं प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै स्थानीयदेखि संघीय तहसम्म सशक्त उपस्थिति सुनिश्चित गर्न युवा नेतृत्व आवश्यक भएको धारणा व्यक्त गरिएको छ। यस सन्दर्भमा हरिजङ तामाङको उम्मेदवारीलाई परिवर्तन र समावेशी प्रतिनिधित्वको प्रतीकका रूपमा हेरिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार लमजुङमा तामाङ समुदायको मत निर्णायक बन्न सक्ने अवस्था छ। समुदायको स्पष्ट र संगठित समर्थनले हरिजङ तामाङको जितको आधार थप बलियो बनेको आकलन गरिएको छ। निर्वाचन नजिकिँदै जाँदा जिल्लामा उनको पक्षमा चुनावी माहोल समेत थप उत्साहपूर्ण बन्दै गएको छ। एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपाबाट हरिजङ तामाङ, एमालेबाट पूर्वमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाली कांग्रेसबाट गमप्रसाद गुरुङ र रास्वपाबाट धर्म केसी प्रमुख प्रतिस्पर्धामा रहेका छन्। तर तामाङ समुदायको स्पष्ट समर्थनका कारण हरिजङ तामाङलाई बलियो दाबेदारका रूपमा हेरिएको छ।
म नेता होइन, जनताको सेवक हुँ, माैका दिनुहाेस्: ज्ञामनाथ गैरे ‘अनिल’
काठमाडौं । बाग्लुङ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञामनाथ गैरे ‘अनिल’ले जनताको आशा, भरोसा र विश्वासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । गल्कोट नगरपालिका–७ मल्लमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफू जनताको सेवकका रूपमा विकास र समृद्धिको यात्रामा निरन्तर सक्रिय रहने बताए । बाम गठबन्धनका साझा उम्मेदवार गैरेले मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै तारा चिन्हमा मतदान गर्न अपिल गरे । बाग्लुङको विकास सम्भावनालाई उजागर गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक र रोजगारीलाई प्राथमिकतामा राखेर ठोस योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने कार्यक्रम ल्याइने बताउँदै उत्पादन, उद्यम र प्रविधिमा आधारित रोजगारीमार्फत युवाको भविष्य सुनिश्चित गरिने धारणा राखे । स्थानीय स्रोत र सम्भावनाको अधिकतम उपयोग गरी बाग्लुङलाई समृद्ध र नमुना जिल्लाका रूपमा अघि बढाउने उनको लक्ष्य छ । गैरेले विकास निर्माणमा सबै पक्षलाई समेटेर समावेशी ढंगले अघि बढ्ने प्रतिबद्धता जनाउँदै मतदाताको साथ, सुझाव र सहभागिताले नै क्षेत्रको मुहार फेर्न सम्भव हुने बताए।

