प्युठानमा परिवर्तनको हुंकार, कृष्णध्वज खड्कालाई जिताउन नेकपाको अपिल

प्युठान । आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्युठान केन्द्रित विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक गर्दै परिवर्तन, सुशासन र समृद्धिको स्पष्ट खाका अघि सारेको छ। 

पार्टीले प्रत्यक्षतर्फ केन्द्रीय नेता कृष्णध्वज खड्का र समानुपातिकतर्फ महिला नेतृ उमा कुमारी शर्मालाई उम्मेदवार बनाउँदै ‘तारा’ चुनाव चिह्नमा मतदान गरी विजयी गराउन जिल्लावासीसमक्ष अपिल गरेको हाे । 

पार्टीले जनयुद्ध, जनआन्दोलन र जेनजी विद्रोहजस्ता ऐतिहासिक संघर्षमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा बेपत्ता योद्धाहरूप्रति सम्मान प्रकट गरेको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई “विशिष्ट परिस्थिति” भन्दै नेकपाले सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रणका लागि अघि बढाइएका पहलहरूलाई अवरोध पुर्‍याइएको दाबी गरेको छ। दुई ठूला दलद्वारा सत्ता समीकरण परिवर्तन भएपछि दलाल–बिचौलिया प्रवृत्ति मौलाएको र त्यसकै परिणामस्वरूप युवापुस्तामा असन्तोष चुलिएको पार्टीको भनाइ छ।

नेकपाले २२ वामपन्थी, प्रगतिशील, देशभक्त र गणतान्त्रिक शक्तिहरूको एकताबाट पार्टी पुनर्गठन भएको उल्लेख गर्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिताजस्ता उपलब्धिलाई संस्थागत गर्दै समाजवाद उन्मुख समृद्धिको यात्रामा देशलाई अघि बढाउने प्रतिबद्धता जनाएको छ।

पूर्वाधारमा तीव्रता

प्रतिबद्धतापत्रमा यातायात पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखिएको छ। भालुवाङ–प्युठान सडकलाई डबल लेनमा स्तरउन्नति गर्ने, ६४ वटै वडाका केन्द्रसम्म सडक ग्राबेल तथा कालोपत्रे गर्ने, बाग्दुलादेखि पुष्पलाल लोकमार्ग जोड्ने सडक संघीय बजेटबाट सम्पन्न गर्ने र मदन भण्डारी राष्ट्रिय लोकमार्ग तथा इच्छुक आश्रित प्रादेशिक लोकमार्गको काम शीघ्र पूरा गर्ने योजना सार्वजनिक गरिएको छ। अन्तरजिल्ला सडक सञ्जाल सुदृढ गर्दै बाह्रै महिना आवागमन सुनिश्चित गर्ने लक्ष्य लिइएको छ।

शिक्षा–स्वास्थ्यमा रूपान्तरण

शिक्षातर्फ स्वर्गद्वारी बहुमुखी क्याम्पसलाई विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने, प्युठानमा बहुप्राविधिक कलेज स्थापना गर्ने र प्रत्येक पालिकामा प्राविधिक धारसहितका नमुना स्मार्ट विद्यालय सञ्चालन गर्ने योजना अघि सारिएको छ। विज्ञान प्रयोगशाला, सूचना प्रविधि शिक्षाको विस्तार तथा शिक्षकको सेवासुविधा सुधार गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

स्वास्थ्य क्षेत्रमा प्युठान अस्पतालको भवन निर्माण सम्पन्न गरी शैया थप गर्ने, २४ सै घण्टा विशेषज्ञ सेवा उपलब्ध गराउने, आयुर्वेद तथा प्राकृतिक उपचार केन्द्र स्थापना गर्ने तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने योजना सार्वजनिक गरिएको छ। अपाङ्ग, जेष्ठ नागरिक र अति विपन्न नागरिकलाई निःशुल्क बीमाको व्यवस्था गरिने उल्लेख छ।

कृषि, उद्योग र रोजगारी

कृषिको व्यावसायीकरण, आधुनिकीकरण र बजारीकरणमार्फत जिल्लालाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ। प्युठानी मुलाको ब्रान्डिङ, बीउ बैंक स्थापना, मह–अदुवा–बेसारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण, किसान परिचयपत्र र किसान पेन्सनको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ।

वन, जडिबुटी र खानीजन्य स्रोतको संरक्षण तथा व्यवस्थित उपयोगमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने नीति अघि सारिएको छ। “एक पालिका, एक उत्पादनमूलक उद्यम” कार्यक्रम लागू गर्दै घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्ने योजना पनि समेटिएको छ।

पर्यटन र ऊर्जा

स्वर्गद्वारीलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने गुरुयोजना बनाइ कार्यान्वयन गर्ने, गौमुखी, नौबहिनी, मल्लरानी, कोठिभिर लगायतका गन्तव्यमा पूर्वाधार विस्तार गर्ने तथा धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य सार्वजनिक गरिएको छ।

ऊर्जातर्फ नौमुरे जलाशययुक्त आयोजना अघि बढाउने, राप्ती र सहायक नदीहरूमा जलविद्युत सम्भाव्यता अध्ययन गरी आयोजना सञ्चालन गर्ने तथा जिल्लावासीलाई शेयरधनी बनाउने योजना रहेको छ। “एक घर, एक धारा” अभियानमार्फत स्वच्छ खानेपानीको पहुँच विस्तार र सिँचाइ सुविधा वृद्धि गर्ने प्रतिबद्धता पनि गरिएको छ।

युवा, खेलकुद र सुशासन

युवालाई सीपयुक्त बनाउन तालिम केन्द्र स्थापना, रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन तथा खेलकुद पूर्वाधार विकास गर्ने योजना सार्वजनिक गरिएको छ। भ्रष्टाचार र अनियमितताविरुद्ध जनस्तरबाट निगरानी संयन्त्र निर्माण गर्ने तथा कागजरहित, नगदरहित र पारदर्शी सेवा प्रवाह लागू गर्ने प्रतिबद्धता जनाइएको छ।

नेकपाले फागुन २१ को निर्वाचनलाई प्युठानको समृद्ध भविष्य निर्माण गर्ने अवसरका रूपमा चित्रित गर्दै परिवर्तनको पक्षमा मतदान गर्न अपिल गरेको छ। पार्टीका अनुसार कृष्णध्वज खड्का र उमा कुमारी शर्माको विजयले जिल्लामा सुशासन, सामाजिक न्याय र विकासको नयाँ अध्याय सुरु हुनेछ।

बाँकी पीडिएफमा जस्ताकाे तस्तै

यस्ता छन गोरखा-१ को विकास निर्माणमा नेकपा उम्मेदवार अधिकारीका याेजना

काठमाडौँ । गोरखा क्षेत्र नं. १ का उम्मेदवार हरिराज अधिकारी(कुुमार)ले विकास निर्माणको कामलाई मुख्य प्राथमिकता राखेर काम गर्ने बताएका छन् ।  नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले गोरखाको भौतिक पूर्वाधार विकासलाई प्रमुख एजेन्डा बनाएर चुनावी मैदानमा खटिएका हुन् । उनले राष्ट्रिय गौरवको बुढीगण्डकी बहुुउद्देश्यीय जलविद्युत आयोजना निर्माण गर्न सशक्त रुपमा पहल गर्ने प्रतिबद्धता गरेका छन् । साथै डुुबानको समस्या हल गर्दै पुनर्वासको व्यवस्थापन गर्न जोड दिने उनले बताएका छन् । बेनीघाट–सिउरेनिटार–आरुघाट–माछिखोला लार्के(रुइला नाका) सडक सम्पन्न गर्ने, सिउरेनीटारदेखि–बुुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्ने, गोरखा बजारलाई व्यवस्थित गर्न बृहत गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने र गोरखा जिल्लालाई पर्यटन हबको रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने उनका प्रतिबद्धताहरु छन् । जोखिमपूर्ण बस्तीहरुलाई उपयुक्त स्थानमा सारिने त्यस्तै, गोरखाको उत्तरी क्षेत्रलाई अलग जिल्ला बनाउनुुपर्ने  जनताको माग र आवश्यकताप्रति प्रतिबद्ध हुँदै संवैधानिक व्यवस्था अनुरुप स्वायत्त वा विशेष क्षेत्र घोषणा गर्न सशक्त पहल गर्ने उनको भनाई छ । जिल्लाका सिमान्तकृत समुदायहरु चेपाङ, बराम, कुमाल, दराई, माझी, मुस्लिम, भोटे–लामा लगायतका जाति तथा समुदायको अधिकार सुनिश्चित गर्नका लागि संरक्षित क्षेत्र निर्माणमा पहल गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, जिल्लामा अवस्थित प्राकृतिक हिसाबले जोखिमपूर्ण बस्तीहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गर्न पहल गर्ने भनिएको छ । पर्यटकले अनुमतिपत्र लिनुुपर्ने, गोरखा दरबार क्षेत्र र मनकामना मन्दिरलाई विश्वसम्पदा सूचीमा पार्न पहल गर्ने अधिकारीले मनास्लु क्षेत्र आउने पर्यटकलाई गोरखा सदरमुकामबाट अनिवार्य अनुमतिपत्र लिने व्यवस्था गर्ने बताएका छन् । उनले गोरखा दरबार क्षेत्र र मनकामना मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने, जडिबुटीको सम्भाव्यता अध्ययनसहित जुडीबुुटी उत्पादन, संरक्षण र प्रशोधन उद्योग स्थापना गर्न पहल गर्ने र बुुढीगण्डकी करिडोरमा २२० केभि ट्रान्समिसन लाइन निर्माण गर्ने बताएका छन् । नेपाल–तिब्बत जोड्ने दुुईवटा नाकाहरु नियमित रुपमा सञ्चालन, प्रत्येक वडामा एक–एक वटा जेष्ठ नागरिक विश्राम स्थल निर्माण र राज्यका सबै निकाय र क्षेत्रमा नवयुुवालाई निश्चित प्रतिशत अनिवार्य सहभागिता गर्ने नीति बनाउन पहल गर्ने उनका प्रतिबद्धताहरु छन् ।

"विकास प्रतिवद्धतामा: रुपन्देही २ का मतदाताको भरोसा विश्वदीपमा"

  लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने र सार्वजनिक विद्यालयहरुमा निःशुुल्क बसको व्यवस्था गरिने काठमाडौँ । रुपन्देही क्षेत्र नंं. २ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विश्वदीप पाण्डे(शुुभाष)प्रतिको जनलहर बढ्दै गइरहेको छ । युवा पुुस्ता, राष्ट्रिय राजनीतिमा योगदान गरेको व्यक्तित्व तथा जिल्लाको विकास निर्माणको काममा विगतदेखि नै योगदान दिएको आधारले उनीप्रति रुपन्देही २ का मतदाता विश्वस्त र आशावादी देखिएका छन् । उनले स्थानीय स्तरमा गरेको प्रतिबद्धताहरुले पनि उनलाई अन्य उम्मेदवारभन्दा बलियो बनाएको छ । शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले आफ्नो प्रतिबद्धता गरिरहेका छन् ।  सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था गर्ने प्रतिबद्धता  पाण्डेले बुटवल बहुमुखी क्याम्पसको विज्ञान संस्थानमा स्नातकोत्तर तह, एम्. फिल्, एवम् पिएचडी सञ्चालन गर्दै अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले दलीय भागबण्डाको अन्त्य गर्न पहल गर्ने, साथै प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने बताएका छन् । कोरिया नेपाल बहुप्राविधिक शिक्षालयलाई समय सापेक्ष विकास र व्यवस्थित गर्ने तथा बि.टी.आई. लाई इन्जिनियरिङ क्याम्पसको रूपमा रूपान्तरण गर्ने उनको प्रतिबद्धता छ । त्यस्तै, बुटवलको अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन, सार्वजनिक विद्यालयमा निःशुल्क विद्यालय बसको व्यवस्था, सडक बालबालिका, बेसहारा, अनाथ, अल्पसङ्ख्यक, सिमान्तकृत एवं अति विपन्न परिवारका बालबालिकाको विद्यालय शिक्षा सुनिश्चित गर्न पूर्ण आवासीय विद्यालय सञ्चालन गर्न पहल गर्ने उनले प्रतिबद्धता गरेका छन् । लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने, क्यान्सर उपचार सेवा थप गर्ने पाण्डेले लुम्बिनी प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न अत्याधुनिक अस्पतालको रूपमा विकास गर्दै क्यान्सर उपचारको सेवा थप गर्ने बताइएको छ । साथै बिरामी कुरुवाहरूको आवास गृहको व्यवस्था गर्ने र विपन्नहरुलाई उपचारका लागि विशेष कोषको व्यवस्था गर्ने प्रतिबद्धता गरिएको छ । त्यस्तै, प्राकृतिक चिकित्सालयलाई स्तरोन्नति गर्ने, प्रत्येक वडामा चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिष्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य सुविधा उपलब्ध गराउने, जटिल स्वास्थ्य समस्या मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौला, दम, क्षयरोग, एच।आइ।भि। एड्स, महिलाहरूको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर तथा पुरुषहरूको प्रोस्टेट जस्ता जटिल तथा दीर्घकालीन प्रकृतिका रोगहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । बुटवलमा रहेको कृषि संकलन केन्द्रलाई आधुनिक र व्यवस्थित बनाइने पाण्डेले जानकारी दिएका छन् । पहाडी जिल्ला गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रुकुम, रोल्पा र स्याङ्जासम्मका ग्रामीण कृषि उपजको छुट्टै ुकृषि अर्गानिक स्टोर स्थापना गर्ने बताइएको छ । बुटवल बहुमुखी क्याम्पसले भोगचलन गरेको जग्गाको स्वामित्व क्याम्पसको नाममा गराउन पहल गर्ने तथा बुटवलको जवईमा राष्ट्रिय स्तरको उजिरसिंह रङ्गशाला निर्माण गर्ने, पहेंलीभित्ता खेलमैदानमा कवर्ड हल निर्माण गर्ने, देवीनगरको एन्फा टेक्निकल सेन्टरलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । धुलोमुक्त आधुनिक सडक सञ्जाल बनाइने पाण्डेले सबै ठाउँमा हिलो र धुलोमुक्त आधुनिक र सुरक्षित सडक सञ्जाल बनाउने प्रतिबद्धता गरेका छन् । सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई यथाशीघ्र स्वामित्व कायम हुने गरी लालपूर्जाको व्यवस्था मिलाउन पहल गर्ने, सुविधा सम्पन्न आधुनिक बसपार्क, स्मार्ट पार्किङ, स्वचालित भर्टिकल पार्किङ, सार्वजनिक र घुम्ती शौचालय स्थापना गर्ने लगायतका उनका योजना छन् । सुखौरा खोला, तिनाउ नदी, दानव नदी तथा रोहिणी नदी लगायतका यस क्षेत्रमा पर्ने अन्य नदीहरूको वैज्ञानिक व्यवस्थापन गर्ने, झुम्सा खानेपानी योजना तथा तिनाउ नदीको पानीको पूर्ण प्रशोधन गर्ने लगायतका विविध योजना उनले अघि सारेका छन् । पार्टी सत्ता र राज्यसत्ताको शीर्ष तहमा बसेर काम गरिसकेको अनुभव नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचार विभाग सदस्य रहेका पाण्डे तत्कालिन नेकपा(माओवादी)का नेता भक्तिप्रसाद पाण्डे(चाचा)का छोरा हुन् । उनी आफ्नो बुुबासँगै बाल्यकालमै दशवर्षे जनयुद्धमा होमिएका थिए । माओवादी र तत्कालीन सात दलबीचको ऐतिहासिक १२ बुँदे समझदारी र दोस्रो जनआन्दोलन तथा शान्ति प्रक्रियाका संवेदनशील क्षणहरूमा उनले माओवादी शीर्ष नेतृत्वसँगै रहेर प्रत्यक्ष राजनीतिक अनुभव सँगालेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयमा लामो समय काम गरेका विश्वदीपले अर्थमन्त्री र प्रधानमन्त्रीको स्वकीय संचिव र सल्लाहकारको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् । उनले नेकपाका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड) को पछिल्लो प्रधानमन्त्री कार्यकालमा युवा तथा सामाजिक विकास विज्ञको भूमिका समेत निभाएका थिए । पार्टी सत्ता र राज्यसत्ताको केन्द्रमा रहेर काम गरिसकेका पाण्डे प्रतिनिधि सभा सदस्य निर्वाचित भएमा रुपन्देही २ ले बिकासको बिकासमा कायापलट हुने अपेक्षा गरिएको छ ।

अब परिवर्तन होइन, परिणाम : सिन्धुपाल्चोक-२ का आशा- युवराज दुलाल

सिन्धुपाल्चोक। प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल (शरद) ले स्पष्ट र परिणाममुखी चुनावी घोषणापत्र सार्वजनिक गर्दै विकासको संगठित खाका प्रस्तुत गरेका छन् । सदरमुकाम चौतारामा आयोजित कार्यक्रममा उनले “बाकस भरी भोट, बाकस भरी विकास” को नारालाई अझ सशक्त बनाउँदै जनमतलाई विकाससँग सीधै जोड्ने दृष्टिकोण अघि सारे। दुलालका अनुसार आगामी निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई स्थायित्व, सुशासन र समृद्धिको मार्ग तय गर्ने ऐतिहासिक अवसर हो। “राजनीतिक अस्थिरता र निराशालाई अन्त्य गर्दै अब परिणाम देखिने नेतृत्व आवश्यक छ,” उनले भने। पाँच वर्षमा सर्वयाम सडक सञ्जालको प्रतिबद्धता पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राख्दै उनले पाँच वर्षभित्र सम्पूर्ण निर्वाचन क्षेत्रका सबै वडामा सर्वयाम (बर्षैभरि सञ्चालनयोग्य) स्तरीय सडक यातायात सुनिश्चित गर्ने योजना सार्वजनिक गरेका छन्। बागमती प्रदेश सडक गुरुयोजनाअन्तर्गतका सडकहरू तथा वडास्तरका महत्वपूर्ण सडकहरूको स्तरोन्नति गरिनेछ। विशेषगरी मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुपाल्चोक खण्ड (बन्देउ–बाहुनेपाटी–पाटी भञ्ज्याङ) मा बाँकी रहेका सडक र पुल निर्माण कार्य तीन वर्षभित्र सम्पन्न गरी पूर्ण सञ्चालनमा ल्याउने स्पष्ट कार्यतालिका प्रस्तुत गरिएको छ। दीगो सिंचाइ, सुरक्षित कृषि र बजार सुनिश्चितता कृषि संरक्षण र उत्पादन वृद्धिलाई केन्द्रमा राख्दै दुलालले दीगो सिंचाइ तथा खानेपानी प्रणाली विस्तार गर्ने योजना अघि सारेका छन्। कृषकलाई समयमा र सहुलियत दरमा मल उपलब्ध गराउने। जंगली जनावरबाट बाली जोगाउन कानुनी तथा नीतिगत व्यवस्था गर्ने। कृषि उपजको उचित बजार व्यवस्थापनका लागि पहल गर्ने गुठी जग्गामा बसोबास गर्ने किसानका समस्या कानुनी प्रक्रियामार्फत समाधान गर्ने। उनका अनुसार कृषि आत्मनिर्भरता र स्थानीय अर्थतन्त्र सुदृढीकरण अबको प्राथमिक एजेण्डा हुनेछ। चौतारा–मेलम्ची : शिक्षा, स्वास्थ्य र आर्थिक क्रियाशीलताको केन्द्र जिल्ला सदरमुकाम चौतारालाई सम्पदामैत्री शहरका रूपमा विकास गर्दै उच्च शिक्षा, प्राविधिक तथा व्यवसायिक तालिम, स्वास्थ्य सेवा र खेलकुदको केन्द्र बनाउने योजना उनले अघि सारेका छन्। त्यस्तै मेलम्चीलाई सुविधायुक्त शहरी अवधारणाअनुसार विकास गरी काठमाडौंबाट करिब एक घण्टामा पुग्न सकिने आर्थिक तथा पर्यटन केन्द्र बनाउने लक्ष्य राखिएको छ। मेलम्ची नदी र इन्द्रावती नदी तटीय क्षेत्रको संरक्षण र एकीकृत विकासमार्फत नदी किनारका बस्ती तथा कृषियोग्य जमिनको सुरक्षा सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। पर्यटनबाट रोजगारी र समृद्धि सिन्धुपाल्चोकका धार्मिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित पूर्वाधारसँग जोड्दै स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजना प्रस्तुत गरिएको छ। पाँचपोखरी, हेलम्बु, साँगाचोकगढी लगायतका गन्तव्यलाई प्रमुख पर्यटकीय केन्द्रका रूपमा विकास गरिनेछ। साथै आमा याङ्ग्री, हेलम्बु ग्रेट ट्रेल, गुफाडाँडा, पाल्चोक भगवती, शेर्माथाङ, नागीडाँडा, मेलम्ची घ्याङ लगायतका स्थलहरूको पूर्वाधार विस्तार गर्दै पर्यटनलाई रोजगारी र आयआर्जनसँग प्रत्यक्ष जोडिने नीति अघि सारिएको छ। पुरातात्विक सम्पदा, मन्दिर, गुम्बा र चर्चजस्ता सांस्कृतिक संरचनाको संरक्षण तथा विकासलाई निरन्तरता दिइनेछ। ‘विकासको बाकस’ परियोजना: समग्र रूपान्तरणको खाका दुलालले आफ्नो समग्र दृष्टिलाई “विकासको बाकस परियोजना–२” नाम दिँदै पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई एकीकृत योजनामार्फत कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्। “जनप्रतिनिधि कुनै दल विशेषको मात्र होइन, सम्पूर्ण नागरिकको प्रतिनिधि हो,” उनले भने, “दुःख–सुखमा नागरिकसँगै रहने, पारदर्शी र उत्तरदायी राजनीति गर्ने मेरो अटल संकल्प हो।” सिन्धुपाल्चोक–२ मा युवराज दुलालको घोषणापत्रले विकासलाई केन्द्रमा राख्दै स्थायित्व र समृद्धिको स्पष्ट दिशा दिएको छ। अब निर्णय मतदाताको हातमा छ—भोटको बाकस भरिँदा विकासको ढोका खुल्छ।

घरदैलोमा व्यापक जनसमर्थन, विकासको निरन्तरताका लागि सुरेशकुमार राई हिमाललाई दोहोर्‍याउने जनताको चाहना

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार सुरेशकुमार राई ‘हिमाल’ यतिबेला घरदैलो अभियान र मतदाता भेटघाटमा अत्यन्तै व्यस्त छन् । दोस्रो पटक संसद् प्रवेश गर्ने तयारीमा रहेका राईलाई निर्वाचन क्षेत्रभरिका मतदाताले उत्साहजनक स्वागत, समर्थन र माया व्यक्त गरेका छन् । गाउँ–गाउँ, टोल–टोल र घर–घर पुग्दा जनताले देखाएको आत्मीयता र विश्वासले नेकपा र उम्मेदवार राईको पक्षमा बलियो चुनावी माहोल बनेको संकेत गरेको छ । २०७४ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि निर्वाचन क्षेत्रको समग्र विकासका लागि उल्लेखनीय पहल गरेका राई यतिबेला अपूरा योजना पूरा गर्ने प्रतिबद्धतासहित पुनः जनताको घरदैलोमा पुगेका हुन् । विगतमा गरेका कामको प्रत्यक्ष अनुभूति गरेका मतदाताहरूले यसपटक पनि विकासको निरन्तरताका लागि राईलाई नै रोज्ने संकेत दिएका छन् । नेकपा उदयपुर–२ का निर्वाचन परिचालन समितिका संयोजक महोन खत्री ‘दिपक’का अनुसार उम्मेदवार राईले ताप्ली गाउँपालिका, रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकामा व्यापक घरदैलो तथा मतदाता भेटघाट सम्पन्न गरिसकेका छन् भने अहिले कटारी नगरपालिकामा अभियानलाई तीव्र बनाइएको छ । “जहाँ जहाँ घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम हुन्छ, त्यहाँ जनताको उत्साह उल्लेखनीय देखिएको छ । जनताले राईलाई आफ्नै प्रतिनिधि ठानेर स्वागत गरिरहेका छन् । यो माहोलले नेकपाको जित सुनिश्चित देखिएको छ,” संयोजक खत्रीले भने । उनका अनुसार निर्वाचन क्षेत्रका पाँचै पालिका र ४० वटै वडामा निर्वाचन प्रचार–प्रसार समिति परिचालन गरिएको छ । यसले गाउँदेखि नगरसम्म नेकपाको संगठनात्मक आधार बलियो बनेको र चुनावी अभियान प्रभावकारी रूपमा अघि बढिरहेको स्पष्ट देखिएको छ । विकासका आधार निर्माण गर्ने नेता २०७४ सालमा निर्वाचित भएपछि सुरेशकुमार राईले निर्वाचन क्षेत्रको पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, कृषि र सामाजिक क्षेत्रको विकासमा ऐतिहासिक पहल गरेका छन् । निर्वाचन क्षेत्रलाई अन्य जिल्लासँग जोड्ने सिद्धिचरण लोकमार्गको स्तरोन्नति तथा पक्की सडक निर्माणका लागि छुट्टै आयोजना कार्यालय स्थापना गरी बजेट सुनिश्चित गर्नु उनका महत्वपूर्ण उपलब्धिमध्ये एक हो । त्यस्तै, घुर्मी–चतरा सडक निर्माणमा देखिएको अवरोध हटाउन पहल गरी निर्माण कार्यलाई गति दिनु, मुर्कुची–लिम्चुङबुङ हुँदै हलेसी धार्मिक स्थल जोड्ने सडक परियोजनाका लागि बजेट सुनिश्चित गराउनु, तथा निर्वाचन क्षेत्रका २२ वडाका जनतालाई प्रत्यक्ष लाभ पुग्ने सुनकोशी खानेपानी आयोजनामा करिब २ अर्ब रुपैयाँ बजेट विनियोजन गराउनु ऐतिहासिक उपलब्धि मानिएको छ । उनकै पहलमा निर्वाचन क्षेत्रका सबै वडामा विद्युत् विस्तार सम्पन्न भएको छ । कटारी नगरपालिकासहित विभिन्न ग्रामीण बस्तीहरूमा पहिलो पटक विद्युत् पुग्दा हजारौँ घरधुरी लाभान्वित भएका छन् । पूर्वाधार विकास कोष तथा विभिन्न कार्यक्रममार्फत दर्जनौँ विद्यालय भवन निर्माण, नमूना विद्यालय स्थापना, प्रविधिमैत्री शिक्षा विस्तार तथा स्वास्थ्य क्षेत्रमा चार पालिकामा १५ शय्याको अस्पताल निर्माण योजना अघि बढाइएको छ । साथै, निर्वाचन क्षेत्रभर स्वास्थ्य चौकी भवन निर्माण र स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको छ । ग्रामीण सडक विस्तार, रिङरोड निर्माण, पुल निर्माण, सिँचाइ तथा तटबन्धन योजना, खानेपानी आयोजना, धार्मिक तथा सांस्कृतिक संरचना निर्माण लगायतका क्षेत्रमा समेत उल्लेखनीय प्रगति भएको छ । ‘नागरिक आवास कार्यक्रम’ अन्तर्गत करिब पाँच हजार घरधुरीमा जस्तापाताको छाना उपलब्ध गराएर गरिब तथा विपन्न परिवारको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्‍याइएको छ । विकासको निरन्तरताका लागि स्पष्ट प्रतिबद्धता दोस्रो कार्यकालका लागि उम्मेदवार बनेका राईले निर्वाचन क्षेत्रलाई अझ समृद्ध र आत्मनिर्भर बनाउने स्पष्ट योजना सार्वजनिक गरेका छन् । अधुरा सडक तथा खानेपानी आयोजना सम्पन्न गर्ने, सिँचाइ योजनामा पर्याप्त बजेट विनियोजन गर्ने, प्रत्येक वडालाई पक्की सडकसँग जोड्ने, तथा क्षेत्रीय रिङरोडलाई स्तरोन्नति गर्ने उनका प्रमुख प्राथमिकता हुन् । त्यस्तै, कृषि आधुनिकीकरण, घरेलु उद्योग विस्तार, खेलमैदान निर्माण, गुणस्तरीय शिक्षा नीति, स्वास्थ्य सेवाको पहुँच विस्तार, तथा कटारीमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । नदी तटबन्धन, जडीबुटी प्रशोधन उद्योग स्थापना, स्थानीय उत्पादनको बजार विस्तार, बहुजातीय संग्रहालय स्थापना, वातावरण संरक्षण, तथा चुनढुंगा उत्खननबाट प्रभावित क्षेत्रका जनतालाई रोजगार र राहत सुनिश्चित गर्ने योजना पनि उनले अघि सारेका छन् । राईले उदयपुर जिल्लालाई अर्गानिक कृषि र पर्यटनको ‘हब’का रूपमा विकास गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अग्रणी जिल्ला बनाउने दीर्घकालीन लक्ष्यसमेत सार्वजनिक गरेका छन् । जनताको भरोसा, जितको बलियो आधार घरदैलो अभियानका क्रममा मतदाताहरूले राईको कार्यशैली, विकासप्रतिको प्रतिबद्धता र जनतासँगको निरन्तर सम्बन्धको खुलेर प्रशंसा गरेका छन् । विकासका ठोस आधार तयार गरेको, जनताको समस्यामा प्रत्यक्ष सहभागी भएको, तथा निर्वाचन क्षेत्रलाई राष्ट्रिय विकासको मूलधारमा जोड्ने प्रयास गरेको भन्दै मतदाताहरूले उनलाई पुनः संसद् पठाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गाउँ–गाउँमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले नेकपा र उम्मेदवार राईको पक्षमा बलियो लहर देखिएको स्थानीय नेताहरूको भनाइ छ । नेकपा उदयपुरका एक स्थानीय नेताले भने, “राईले विगतमा गरेको विकास जनताले प्रत्यक्ष अनुभूति गरेका छन् । अब अधुरा काम पूरा गर्न र क्षेत्रलाई अझ समृद्ध बनाउन जनताले पुनः उनलाई अवसर दिने वातावरण बनेको छ ।” निर्वाचन क्षेत्रभर तीव्र गतिमा अघि बढिरहेको घरदैलो अभियान, जनताको व्यापक समर्थन र विकासको स्पष्ट खाकाले सुरेशकुमार राई ‘हिमाल’लाई दोस्रो पटक संसद् प्रवेश गराउने बलियो आधार तयार भएको देखिन्छ । जनताको विश्वास, विगतका उपलब्धि र भविष्यका स्पष्ट योजनासहित अघि बढेका राईको उम्मेदवारीले उदयपुर–२ मा नेकपाको पक्षमा बलियो चुनावी माहोल निर्माण भएको छ ।

बाँदर नियन्त्रणदेखि रोजगारी सिर्जनासम्म : धनकुटामा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार धर्मराज पौडेलको दूरदर्शी प्रतिबद्धता

धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टीले धनकुटाको समग्र विकासलाई केन्द्रमा राखेर महत्वाकांक्षी र व्यवहारिक प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य धर्मराज पौडेललाई उम्मेदवार बनाउँदै जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ युग सुरु गर्ने स्पष्ट खाका प्रस्तुत गरेको हो । पार्टीले वर्तमान राजनीतिक अवस्थालाई सही दिशामा लैजान र लोकतान्त्रिक उपलब्धिहरूलाई अझ सुदृढ बनाउन आफ्नो जित अपरिहार्य रहेको उल्लेख गर्दै ‘तारा’ चिन्हमा मतदान गर्न मतदातालाई अपिल गरेको छ । उम्मेदवार पौडेलले धनकुटालाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा नमुना जिल्ला बनाउने लक्ष्य अघि सारेका छन् । बाँदर नियन्त्रणमार्फत किसानलाई राहत र निर्यातको नयाँ सम्भावना प्रतिबद्धतापत्रको सबैभन्दा नवीन र दूरगामी योजना बाँदर नियन्त्रण र यसको व्यावसायिक उपयोग हो । किसानको खेतबारीमा ठूलो क्षति पुर्‍याउँदै आएको बाँदर समस्यालाई समाधान गर्न व्यावसायिक रूपमा बाँदर पालन गरी मासु र सुकुटी उत्पादन गरेर निर्यात गर्ने योजना अघि सारिएको छ । उम्मेदवार पौडेलका अनुसार निश्चित स्थान तोकी वैज्ञानिक ढंगले बाँदर पालन गर्दा किसानलाई राहत मिल्नुका साथै रोजगारी सिर्जना र आम्दानीको नयाँ स्रोत खुल्नेछ । उनले चीनलगायत अन्तर्राष्ट्रिय बजारमा बाँदरको मासु र सुकुटीको उच्च माग रहेको उल्लेख गर्दै यसलाई धनकुटाको आर्थिक सम्भावनासँग जोड्ने प्रतिबद्धता व्यक्त गरे । साथै, वन्यजन्तु सम्बन्धी कानुन संशोधन गरेर यस योजनालाई व्यवस्थित र कानुनी आधारमा कार्यान्वयन गर्ने पहल गर्ने उनको स्पष्ट योजना छ । शिक्षा, स्वास्थ्य र पूर्वाधारमा व्यापक सुधार पार्टीले सामुदायिक विद्यालयको गुणस्तर सुधार, वन विज्ञान तथा पशु विज्ञान संकाय सञ्चालन, अस्पताल स्तरोन्नति तथा प्रत्येक स्थानीय तहमा खेलमैदान र कभर्ड हल निर्माण गर्ने योजना अघि सारेको छ । ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने, कालोपत्रे, ग्राभेल, नाली, पर्खाल र कल्भर्ट निर्माणमार्फत सुरक्षित यातायात सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ । कृषि आधुनिकीकरण र रोजगारी सिर्जनामा जोड कृषि क्षेत्रमा पकेट क्षेत्र विकास, कोल्ड स्टोर, प्रशोधन केन्द्र, सिँचाइ विस्तार, सहुलियत ऋण तथा अनुदानको व्यवस्था गरी किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य राखिएको छ । नगदे बाली, पशुपालन, तरकारी र फलफूल उत्पादन विस्तार गरी युवालाई आफ्नै जिल्लामा रोजगारी सिर्जना गर्ने वातावरण बनाइने उल्लेख गरिएको छ । पर्यटन, स्वरोजगार र सामाजिक न्यायमा प्राथमिकता धनकुटाका ऐतिहासिक, धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रवर्द्धन, मिनी रंगशाला निर्माण, खेल पूर्वाधार विकास तथा होमस्टे प्रवर्द्धनमार्फत पर्यटन विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । विदेशबाट फर्किएका युवालाई सीपमा आधारित स्वरोजगारमा जोड्ने कार्यक्रम ल्याइने प्रतिबद्धता पनि गरिएको छ । साथै, शहीद, बेपत्ता तथा घाइते परिवारको संरक्षण, स्वच्छ खानेपानी पहुँच विस्तार, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको समान सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ । पार्टीकी जिल्ला संयोजक कुशुम कुमारी श्रेष्ठका अनुसार उम्मेदवार पौडेल जनताको समस्या प्रत्यक्ष रूपमा सुन्ने, समाधानका लागि स्पष्ट योजना भएको र विकासको बलियो आवाज उठाउने प्रतिबद्ध नेतृत्वका रूपमा स्थापित भइसकेका छन् । उनले यसपटक धनकुटामा नेकपाको जित सुनिश्चित हुनेमा पूर्ण विश्वास व्यक्त गरिन् । समग्रमा, स्पष्ट दृष्टिकोण, नवीन योजना र जनमुखी प्रतिबद्धतासहित उम्मेदवार धर्मराज पौडेल धनकुटाको समृद्ध भविष्य निर्माण गर्ने दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको देखिन्छ ।

मोरङ-३ यस्ता छन् नेकपा उम्मेदवार डा. देउमान सम्वाहाङफेको एजेण्डा र प्रतिबद्धता

काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. देउमान सम्वाहाङफेले स्थानीय मुद्दाहरुलाई प्राथमिकतामा राखेर आफ्नो एजेन्डा तय गरेका छन् । उनले किसानको समस्या समाधान, भूमिहिन र सुकुम्बासीहरुको समस्या समाधान, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा भइरहेको माफियातन्त्रको अन्त्य लगायतका एजेन्डालाई प्रमुख बनाउँदै आफ्नो प्रतिवद्धता पत्र ल्याएका हुन् । सुधारका अभियानहरु सञ्चालन गरिने सम्वाहाङफेले किसानलाई तालिमको व्यवस्था गर्ने तथा समयमै मल, विऊ उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् । साथै, उत्पादन लागत मुल्य र नाफा सुनिश्चित गर्न ‘उत्पादनमा किसान र बजारमा सरकार अभियान’ सञ्चालन गर्ने उनले घोषणा गरे । छोरीप्रतिको विभेद्, महिलाहिंसा अन्त्य, शिक्षामा छोरी पहिला, सिप विकास तालिम, रोजगार र व्यवसायमा अगाडि बढाउन महिला उद्यमशिल विकास अभियान सञ्चालन गर्ने उनको सङ्कल्प छ । त्यसैगरी, गुणस्तरीय शिक्षा, सिप र स्वरोजगार अभियान सञ्चालन गर्ने, वैदेशिक रोजगारीमा रहेका र स्वदेश फर्किएका युवाको पुँजी, सिप, ज्ञान र अनुभवको सहि सदुपयोग गरी पुँजी निर्माण, रोजगार र थप विदेश पलायन रोक्न स्वदेशमा नै काम गर्ने वातावरण बनाउने घोषणा पनि उनले गरेका छन् । गरिब र असहायको शिक्षा र स्वास्थ्यमा लगानी गर्ने, निःशुल्क कानुनी उपचार पनि दिने उनले यस क्षेत्रमा रहेका वनपैदावार (घाँस, दाउरा, काठ, जडिवुटी, फलफूल) लगायतलाई सहुलियत मुल्यमा सबै उपभोक्ताले समान उपभोग गर्न पाउने व्यवस्था गर्ने पनि बताएका छन् । भूमि र आवास विहिन समुदायलाई जमिन र सुरक्षित आवासको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीका लागि आफुले मासिक रुपमा पाउने सुविधाबाट सेवा कोष बनाई जेहेन्दार, गरिब, युवा युवतीलाई उच्च शिक्षाको व्यवस्था तथा गरिब र असहायहरूको स्वास्थ्य उपचारमा खर्च गर्ने पनि घोषणा गरेका छन् । त्यस्तै असहाय र महिला हिंसाका मुद्धामा निःशुल्क वहस पैरवी गर्ने पनि उनको भनाई छ ।  सबै धार्मिक समुदायसँग सम्बन्धित आस्थाका मन्दिर, गुम्वा, चर्च, मस्जिद, माडहिम र प्रकृति पुजकहरूका थान तथा देवस्थलहरूको प्रवद्र्धन र विकास गर्न धार्मिक, सांस्कृतिक, आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने अभियान सञ्चालन गर्ने भनिएको छ । त्यस्तै, सबै समुदायका हजारौँ वर्ष पुराना संस्कृतिको संरक्षण गर्न, आय आर्जनसँग जोड्नु आवश्यक भको भन्दै सांस्कृतिक संग्राहलय बनाई आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने नीति ल्याई पुर्वाधार बनाउन पहल गर्ने बताए । सो क्षेत्रका नदीहरू चिसाङ, वक्राहा, डास, लोहोन्द्रा लगायत सबै खोलाहरूको डुवान, कटान नियन्त्रण गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । नदी आसपासमा रहेका समुदायसँगको साझेदारीमा समुदायकै आम्दानी हुनेगरी नदीजन्य लगानी नीति बनाउन पहल गर्ने पनि उनको भनाई छ । शिक्षा र स्वास्थ्यमा भएको महंगी र माफियातन्त्र अन्त्य गरी निःशुल्क र गुणस्तरीय हुने कानुन बनाउन पहल गर्ने, ठूलासाना सडकहरू, कृषि पहुँचमार्गहरू, पुलपुलेसाहरू, विद्यालय, अस्पतालहरू बनाउन स्थानीय पालिका, प्रदेश र सङ्घमा सहकार्य गरी अगाडि बढ्ने बताइएको छ । त्यसैरी सो क्षेत्रमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा सुविधा सम्पन्न ३ सय शैय्याको अस्पताल बनाउन, न्युरो, अर्थो, गाइनो लगायतका सुविधा सम्पन्न कार्यक्रम ल्याउन पहल गर्ने पनि जनाइएको छ । जङ्गली जनावर नियन्त्रण अभियान सञ्चालन गरी पिडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने, मजदुर वर्ग, दैनिक ज्यालादारी, कारखाना, सीटी मजदुर, गाडी चालक लगायतका श्रमिकहरूको समान ज्याला वृद्धि गर्न पहल गर्ने, सानाठूला सबै व्यवसायीहरूको हित प्रवद्र्धन गर्ने नीति बनाउन पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।

गोरखा–२ मा लेखनाथ न्यौपाने: ‘हरित र दिगो विकास’को स्पष्ट खाकासहित परिवर्तनको अभियान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखनाथ न्यौपाने गोरखाको समग्र विकासका लागि नयाँ दृष्टिकोणसहित चुनावी मैदानमा होमिएका छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहेका न्यौपाने राष्ट्रिय राजनीतिका चर्चित व्यक्तित्वका रूपमा परिचित छन् । नेकपाको किल्लाका रूपमा रहेको गोरखामा उनी नयाँ उम्मेदवारका रूपमा उभिएका छन् । यसअघि कुनै राजकीय जिम्मेवारी नलिएका न्यौपाने बौद्धिक व्यक्तित्व, साधारण जीवनशैली र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकाका लागि परिचित छन् । उनले गोरखाको दीर्घकालीन महत्वका एजेन्डा र योजनासहित चुनावी अभियान अघि बढाएका छन् । ‘हरित र दिगो विकास’को स्पष्ट दृष्टिकोण न्यौपानेले आफ्नो चुनावी एजेन्डाको केन्द्रमा ‘हरित र दिगो विकास’को बृहत् अवधारणा अघि सारेका छन् । वातावरण विनाश गरेर गरिने विकासको विरोध गर्दै उनले वातावरण, मानिस र विकासबीच सन्तुलित समन्वय हुनुपर्नेमा जोड दिएका छन् । पर्यावरणीय विनाश, जलवायु परिवर्तन र त्यसले निम्त्याएको सङ्कटबाट विपन्न तथा निम्न वर्गका मानिसहरू बढी प्रभावित हुने उल्लेख गर्दै उनले पर्यावरणीय मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । हिमाली जिल्ला गोरखा जलवायु परिवर्तनको उच्च जोखिममा रहेकाले विकास निर्माणका सबै काममा उच्च संवेदनशीलता अपनाउनुपर्ने उनको धारणा छ । प्राकृतिक स्रोतको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै समृद्धिको आधार भएको उनको विश्वास छ । वातावरणीय सङ्कटप्रति सचेत रहँदै भावी पुस्ताका लागि पृथ्वी सुरक्षित राख्नुपर्नेमा आफू दृढ रहेको उनले बताएका छन् । “गोरखाको भौगोलिक संवेदनशीलता र पर्यावरण संरक्षण मेरो प्रमुख एजेन्डा हो,” उनले भने, “वातावरण र विकासबीच सन्तुलन कायम गर्ने हरित विकासको स्पष्ट खाकासहित अन्धाधुन्ध डोजरे विकासको विकल्पमा वैज्ञानिक भौतिक पूर्वाधार निर्माणको पहल गर्नेछु ।” शिक्षा, स्वास्थ्य र युवा स्वरोजगार प्राथमिकतामा न्यौपानेले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्दै सर्वसुलभ स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न स्थानीय स्रोत र सीपको उपयोग बढाउँदै वैदेशिक निर्भरता घटाउने र आन्तरिक अर्थतन्त्र सुदृढ गर्ने लक्ष्यका साथ प्राविधिक तथा सीपमूलक शिक्षामा विशेष जोड दिने उनले बताएका छन् । यसले शैक्षिक सुधारसँगै गोरखाको समग्र सामाजिक–आर्थिक रूपान्तरणको आधार तयार गर्ने उनको विश्वास छ । युवाहरूलाई देशभित्रै रोजगारी सिर्जना गर्न स्थानीय सम्भावनाको विस्तृत अध्ययन गरी ठोस कार्यक्रम ल्याइने पनि उनले उल्लेख गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को उत्तरी भेगलाई पर्यटन केन्द्र, मध्य भेगलाई फलफूल तथा नगदे बाली उत्पादन केन्द्र र दक्षिणी भेगलाई शैक्षिक केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन योजना रहेको उनले बताएका छन् । पारदर्शिता, सामाजिक न्याय र सुशासनमा प्रतिबद्धता न्यौपानेले राजनीतिलाई व्यापार नभई विशुद्ध समाजसेवाको माध्यम बनाउने सङ्कल्प गरेका छन् । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउने, बोली र व्यवहारमा एकरूपता कायम गर्ने र पारदर्शी तथा जनमुखी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न डिजिटाइजेसनलाई प्राथमिकतामा राख्ने उनले बताएका छन् । दलित, महिला, जनजाति, मुस्लिम तथा पछाडि पारिएका वर्गका अधिकारका पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्दै उनले आफूलाई आधारभूत वर्गको साथीका रूपमा प्रस्तुत गरेका छन् । सीमान्तीकृत तथा अल्पसङ्ख्यक समुदायको सशक्तीकरणका लागि भुइँ तहदेखि नै कार्यक्रम तर्जुमा गर्ने उनको अठोट छ । ‘हरित विकास’, आत्मनिर्भर अर्थतन्त्र र सामाजिक न्यायलाई केन्द्रमा राख्दै न्यौपानेले गोरखाको दीर्घकालीन रूपान्तरणका लागि स्पष्ट नीति, योजना र प्रतिबद्धतासहित चुनावी मैदानमा आफ्नो अभियान तीव्र बनाएका छन् ।

धारिलो अभिव्यक्ति, बलियो जनसम्पर्क: संसद् प्रवेशको निर्णायक मोडमा भाेजपुरका अजम्बर राई काङमाङ

भोजपुर । स्पष्ट वैचारिक धारणा, धारिलो अभिव्यक्ति र जनतासँग गहिरो सम्बन्धका कारण भोजपुरको राजनीतिमा विशिष्ट पहिचान बनाएका नेपाली कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य अजम्बर राई काङमाङ यतिबेला प्रतिनिधिसभा सदस्यका रूपमा निर्णायक प्रतिस्पर्धामा उभिएका छन् । लामो राजनीतिक संघर्ष, वैचारिक दृढता र संगठन निर्माणको समृद्ध अनुभव बोकेका काङमाङ यसपटक संसद् प्रवेशको ऐतिहासिक अवसरको संघारमा छन् । दुई पटकको चुनावी प्रतिस्पर्धामा पराजय बेहोरेका काङमाङका लागि यो निर्वाचन केवल जित–हारको सामान्य प्रतिस्पर्धा मात्र होइन, बरु दशकौँ लामो राजनीतिक समर्पणको मूल्यांकन पनि हो । उनले जित हासिल गरे संसद्मा प्रवेश गर्नेछन्, र हार बेहोरेमा पराजयको ‘ह्याट्रिक’ हुनेछ । तर, राजनीतिक विश्लेषकहरूका अनुसार अहिले भोजपुरमा देखिएको जनसमर्थन, संगठनको मजबुत संरचना र पार्टीको स्पष्ट एजेन्डाले काङमाङको पक्षमा बलियो आधार तयार गरिरहेको छ । विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म २०२४ मंसिर १ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४, नागीमा जन्मिएका काङमाङको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । २०३५ सालमा अनेरास्ववियु अन्तर्गत अन्नपूर्ण माध्यमिक विद्यालयको सह–प्राक सदस्य बनेर औपचारिक राजनीतिक जीवन सुरु गरेका उनले सुरुवातदेखि नै असाधारण नेतृत्व क्षमता प्रदर्शन गरेका थिए । उनको राजनीतिक उचाइ तीव्र गतिमा बढ्दै गयो । २०४० सालमा अखिल जिल्ला कमिटी भोजपुरको सचिव बनेका उनी २०४४ सालमा अखिल सुनसरी जिल्ला कमिटीको अध्यक्ष र अखिल अञ्चल कमिटी सदस्य बने । त्यसपछि उनले पार्टी राजनीतिमा प्रवेश गर्दै २०४६ सालमा नेकपा एमाले भोजपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हाले । युवा नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएका काङमाङ २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक जिल्ला संयोजक बने । उनले संगठन विस्तार र युवालाई वैचारिक रूपमा सशक्त बनाउने अभियानमा अग्रणी भूमिका खेले । यही योगदानको कदर गर्दै २०६५ सालमा उनी सोही संगठनको केन्द्रीय अध्यक्ष तथा नेकपा एमालेको केन्द्रीय सदस्य बने । उनको राजनीतिक यात्रा केवल पद प्राप्तिको लक्ष्यमा सीमित थिएन, बरु वैचारिक स्पष्टता र जनताको पक्षमा दृढ अडान लिनु नै उनको प्रमुख विशेषता रह्यो । वैचारिक अडान र विद्रोही चेत अजम्बर राई काङमाङलाई नेपाली राजनीतिमा एक वैचारिक र विद्रोही चेत भएका नेताका रूपमा चिनिन्छ । उनले समय–समयमा पार्टीका गलत नीतिहरूको विरोध गर्दै वैचारिक अडान कायम राखेका छन् । २०६९ सालमा अशोक राईसँगै एमालेबाट अलग्गिएर संघीय समाजवादी पार्टी हुँदै हाल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध भएका उनी अहिले पार्टीको स्थायी कमिटी सदस्यका रूपमा सक्रिय छन् । उनले आफ्नो दल परिवर्तनलाई अवसरवाद नभई वैचारिक विद्रोहको रूपमा व्याख्या गर्दै आएका छन् । “मैले अवसरका लागि होइन, सिद्धान्त र जनताको पक्षमा उभिने क्रममा विद्रोह गरेको हुँ,” उनले भने । महाकाली सन्धिको विरोध, पहिचान र संघीयताको पक्षमा लिएको अडान तथा संघीयताको सुदृढीकरणका लागि उठाएको आवाज आज सही सावित भइरहेको उनको दाबी छ । राजनीतिक विश्लेषकहरूका अनुसार काङमाङको यो वैचारिक दृढता नै उनलाई अन्य नेताभन्दा फरक बनाउने प्रमुख विशेषता हो । स्पष्ट दृष्टिकोण र विकासको गुरुयोजना काङमाङले विकासलाई केवल नारा नभई योजनाबद्ध रूपमा अघि बढाउने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । उनका अनुसार भोजपुरको समग्र विकासका लागि दीर्घकालीन गुरुयोजना आवश्यक छ, जसअन्तर्गत भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखिनेछ । “हामीले प्राथमिकतालाई अलग–अलग नम्बरमा बाँड्ने होइन, समग्र विकासको गुरुयोजनाअन्तर्गत सबै क्षेत्रलाई अघि बढाउने योजना बनाएका छौँ,” उनले भने । अधुरा योजनाहरूलाई संघीय, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर पूरा गर्ने र विकासलाई दिगो र परिणाममुखी बनाउने उनको प्रतिबद्धता छ । उनले जनतालाई असम्भव आश्वासन दिने भन्दा यथार्थपरक र व्यवहारिक विकासको मोडेल प्रस्तुत गर्ने बताएका छन् । “प्रतिनिधिसभा सदस्य हुनासाथ चामत्कारिक परिवर्तन हुन्छ भन्ने भ्रम फैलाउनु गलत हो । हामी योजनाबद्ध, जिम्मेवार र दीर्घकालीन विकासको पक्षमा छौँ,” उनले स्पष्ट पारे । युवाका आशा र सम्भावनाका प्रतिनिधि युवा आन्दोलन र जनआन्दोलनबाट नेतृत्वमा पुगेका काङमाङ युवाका मुद्दाप्रति विशेष संवेदनशील छन् । उनले भ्रष्टाचारमुक्त समाज निर्माण, सुशासन सुदृढीकरण, युवा रोजगार र उद्यमशीलताको विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । उनका अनुसार “एक पालिका, एक उत्पादन” को अवधारणामार्फत स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक आत्मनिर्भरता सुनिश्चित गरिनेछ । युवालाई विदेश पलायन हुन बाध्य पार्ने अवस्थाको अन्त्य गर्दै स्वदेशमै अवसर सिर्जना गर्ने उनको लक्ष्य छ । उनको विश्वास छ कि बलियो राजनीतिक इच्छाशक्ति, स्पष्ट नीति र जनताको सहभागिताबाट मात्र समृद्ध समाज निर्माण सम्भव छ । जनसम्पर्क र संगठनमा बलियो पकड भोजपुरमा काङमाङलाई एक जनप्रिय, सहज र पहुँचयोग्य नेताका रूपमा चिनिन्छ । गाउँ–गाउँ, टोल–टोलमा पुगेर जनताका समस्या सुन्ने, समाधानका लागि पहल गर्ने र जनतासँग प्रत्यक्ष सम्बन्ध कायम राख्ने उनको शैलीले उनलाई जनतामाझ लोकप्रिय बनाएको छ । उनको लामो राजनीतिक अनुभव, संगठन निर्माणको क्षमता र जनताको बीचमा स्थापित विश्वासले उनलाई भोजपुरको राजनीतिमा बलियो प्रतिस्पर्धी बनाएको छ । नेपाली कम्युनिस्ट पार्टीको सशक्त संगठन संरचना र कार्यकर्ताको सक्रियता पनि उनको पक्षमा महत्वपूर्ण आधार बनेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार भोजपुरमा काङमाङको उम्मेदवारी केवल व्यक्तिगत प्रतिस्पर्धा मात्र नभई वैचारिक राजनीति, जनसम्पर्क र विकासको स्पष्ट दृष्टिकोणको प्रतिनिधित्व हो । निर्णायक क्षणमा जनताको भरोसा दशकौँदेखि जनताको पक्षमा संघर्षरत काङमाङका लागि यो निर्वाचन निर्णायक मोड हो । राजनीतिक जीवनको लामो अनुभव, स्पष्ट विचार, संगठनात्मक क्षमता र जनताको विश्वासका कारण उनलाई भोजपुरको भविष्यको नेतृत्वका रूपमा हेरिएको छ । नेपाली कम्युनिस्ट पार्टीले अघि सारेको समृद्धि, सुशासन र जनमुखी विकासको एजेन्डालाई कार्यान्वयन गर्ने सक्षम नेतृत्वका रूपमा काङमाङलाई प्रस्तुत गरिएको छ । पार्टीका नेता–कार्यकर्ताहरूका अनुसार भोजपुरमा परिवर्तन, स्थायित्व र विकासका लागि काङमाङ नै उपयुक्त नेतृत्व हुन् । स्पष्ट विचार, दृढ अडान, जनताप्रतिको समर्पण र विकासप्रतिको प्रतिबद्धताका कारण अजम्बर राई काङमाङ यतिबेला भोजपुरमा आशा, भरोसा र परिवर्तनका प्रतीक बनेका छन् । आगामी निर्वाचनले उनको लामो राजनीतिक संघर्षलाई संसद्मार्फत नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

सोचविचार गरेर मतदान गर्नुहोस्, पर्वतको भविष्य तपाईंको हातमा:नेकपा उम्मेदवार तिमिल्सिना

पर्वत। प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्वतका नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का उम्मेदवार मनहरी तिमिल्सिनाले मतदातालाई आफ्नै जिम्मेवारी बोध गराउँदै विकास र समृद्धिका साझा लक्ष्यमा एकजुट हुनुपर्नेमा जोड दिएका छन्।  जलजला गाउँपालिकामा आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै तिमिल्सिनाले भने, जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्वले मात्र विजयी हुन सक्ने भएकोले मतदाताले सोचविचार गरेर मतदान गर्नुपर्ने बताए। उक्त कार्यक्रममा उनले स्पष्ट पारे, “तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ, म सबैप्रति समान सम्मान व्यक्त गर्दछु। भनिन्छ– ‘कि तपाई असल मान्छे राजनीतिमा आउन तयार हुनुहुन्छ, कि खराब मानिसबाट शासित हुन तयार हुनुहुन्छ।’” उनले प्रत्यक्ष संवादमार्फत स्थानीय आवश्यकता र समस्याका समाधानका लागि योजनाबद्ध प्रस्ताव प्रस्तुत गर्ने प्रतिबद्धता पनि जाहेर गरे। मनहरी तिमिल्सिनाले पर्वतको भाग्य बदल्ने जिम्मा र समय मतदाताको हातमा रहेको भन्दै योग्य उम्मेदवारलाई मात्र अमुल्य मतदान गर्न आग्रह गरे। उनले चुनावी घोषणामा जलस्रोत व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सडक निर्माण, कृषि विकास, विज्ञान–प्रविधि, नवपर्वद्धनमा रोजगारी सिर्जनाजस्ता महत्त्वपूर्ण विषयलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता व्यक्त गरे। उक्त जनभेटघाट अभियानले स्थानीय मतदातामा उत्साह सिर्जना गरेको नेकपा पर्वतले जनाएको छ। सहभागीहरूले उम्मेदवार तिमिल्सिनाको जिम्मेवार, पारदर्शी र विकासमुखी नेतृत्वशैलीप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उम्मेदवार तिमिल्सिनाले पर्वतका नागरिकहरूलाई अबको निर्वाचनमा सोचविचार गरेर मतदान गर्न आह्वान गर्दै भने, “हामीले सही निर्णय गर्न सकेमा मात्र पर्वतको भविष्य उज्जवल हुनेछ। विकास र समृद्धिको मार्ग तपाईंको मतबाट तय हुन्छ।” पर्वतका मतदाताका लागि अब निर्णयको घडी आएको छ, र योग्य नेतृत्वको चयनमार्फत जिल्लालाई समृद्धि र विकासको मार्गमा अघि बढाउने जिम्मा सबैको हातमा छ।

जनताका सारथीको परिचय बनाएका राजन दाहालको अपुरा काम पुरा गर्ने प्रतिवद्धता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सिन्धुली क्षेत्र नं. २ का उम्मेदवार लेखनाथ दाहाल(राजन)ले आफ्नो कार्यकालमा सुरु भएका अधुरा विकास निर्माणको कामलाई पूर्णता दिने प्रतिबद्धता गरेका छन् । गत २०७९ मा आफु प्रतिनिधि सभा सदस्य निर्वाचित भएसँगै जिल्लामा प्रशस्त विकास निर्माणका कामहरु गरिएको भन्दै उनले बाँकी रहेका कामलाई पूर्णता दिनका लागि आगामी २१ फागुुनको चुनावमा निर्वाचित गराउन अपील गरेका हुन् । साथै उनले केही नयाँ आयोजनाहरुको पनि थालनी गर्ने प्रतिबद्धता गरेका छन् । जनताको सुख, दुुःखमा सधैँ उपस्थित भएर जनताको सारथीको परिचय बनाएका दाहालले नेपाली कम्युनिष्ट पार्टीको किल्लाको रुपमा रहेको सिन्धुली २ बाट सहज जित हासिल गर्ने विश्वास पार्टी पंक्तिले गरेको छ । चुनावी अभियानमा हिडिरहेका उनले दैनिक सयौँको संख्यामा अन्य पार्टीबाट नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराइरहेका छन् । राष्ट्रिय प्राथमिकताको आयोजनाहरु सम्पन्न गर्नमा जोड दाहालले सिन्धुलीमा अवस्थित राष्ट्रिय प्राथमिकताको आयोजनाहरुलाई समयमै सम्पन्न गर्नका लागि जोड दिने बताएका छन् । सुनकोशी–मरिण ड्राइभर्सन, कोखाजोर जलासययुुक्त आयोजना, चियाबारी–खुर्कोट सुुरुङमार्ग र मरिणमा अवस्थित राँगाको मासु निर्यात गर्ने योजना समयमै सम्पन्न गर्ने पहल गर्ने प्रतिवद्धता उनले गरेका छन् । विकास निर्माणको कामलाई निरन्तरता दिइने  दाहालले पालिका सदरमुकामदेखि वडा सदरमुकाम सम्मको सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता गरेका छन् । निर्माणाधिन सडकहरुको लागि आवश्यक वजेट विनियोजन गर्न पहल गर्ने, संघीयताको मर्म अनुसार स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा ग्रामीण सडकहरु निर्माणको लागि पहल गर्ने, कमलामाई नगरपालिका लगायत अन्य पालिकाहरुको आवश्यक ठाउँमा चक्रपथ निर्माण गर्ने बताइएको छ । त्यस्तै, दुम्जा–लालबन्दी सडक निर्माण कार्य सम्पन्न गर्ने, आफ्नो क्षेत्रभित्रका विभिन्न ठाउँमा आवश्यकता अनुसार पक्की पुल निर्माण गर्ने तथा खोला, खहरे र नदी नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ । कमलामाईमा ट्रमा सेन्टर, मरिण र हरिहरपुरगढीलाई औद्योगिक जोन बनाउने योजना उम्मेदवार दाहालले कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमा मिनि ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने प्रतिबद्धता गरेका छन् । ट्रमा सेन्टर स्थापना गरेर विपन्न नागरिकहरुलाई सहुलियतपूर्ण उपचार गर्न पहल गर्ने उनको भनाई छ । उनले विगतमा प्रतिनिधि सभा सदस्य हुँदा सिन्धुलीमा ट्रमा सेन्टरको माग गर्दै संसदमा पटक–पटक बोलेका थिए भने सरकारी निकायलाई पनि घच्घच्याएका थिए । त्यस्तै, मरिण र हरिहरपुरगढी क्षेत्रमा लगानीकर्ता भित्रयाएर औद्योगिक जोन निर्माण गर्न पहल गर्ने पनि उनको योजना छ । त्यस्तै, एक घर एक धारा योजना अन्तरगत स्वच्छ खानेपानीको प्रबन्ध गर्ने, सुनकोशी–मरिण ड्राईभर्सन मार्फत् कमलामाई नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा खानेपानी समस्याको समाधान गर्ने, कृषिमा आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरणको माध्यमवाट स्थानीय, प्रदेश र संघीय सरकारको साझेदारीमा पालिकामा उत्पादन हुने अन्न, तरकारी, जडिबुुटी लगायत बस्तुहरुको पहिचान र पकेट क्षेत्र निर्धारण गरि व्यवसायिकतामा जोड दिने पनि उनले योजना बनाएका छन् । शैक्षिक हब र पर्यटन हबको रुपमा सिन्धुलीलाई बिकास गर्ने अर्को योजना सिन्धुुली जिल्लालाई शैक्षिक हब र पर्यटन हबको रुपमा विकास गर्ने दाहालको अर्को योजना रहेको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधार र शैक्षिक हव निर्माण गर्न पहल गर्ने, सिन्धुलीको पुरातात्विक, धार्मिक, साँस्कृतिक कला केन्द्रहरुको संरक्षण, सम्बर्धन गर्न पहल गर्ने र सिन्धुलीगढी, हरिहरपुरगढी, पञ्चकन्या पोखरी, माइस्थान मन्दिर लगायत संरचनाहरुको निर्माण तथा पुनः निर्माण गरि पर्यटन हबको रुपमा विकास गर्न पहल गर्ने उनको योजना सार्वजनिक भएको छ । त्यसैगरी, ग्रामिण विद्युतीकरणको व्यवस्था गर्न पहल गर्ने, आवश्यक ठाउँमा टेलिकमका टावर निर्माणमा पहल गर्ने, भुमिहिन सुकुम्वासी, अव्यवस्थित वसोवास गर्ने र किसान मजदुरको समस्या समाधान गर्न पहल गर्ने उनको योजना छ । कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता दाहालले कानुन निर्माणमा दत्तचित्त भएर लाग्ने र संसदमा प्रभावकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संविधानको मर्म र भावना अनुसार ऐनहरुको निर्माण, विद्यमान ऐनहरुको प्रभावकारी कार्यान्वयन र समयानुकुल संशोधन गर्न पहल गर्ने उनको भनाई छ । संविधानमा व्यवस्था भएको मौलिक हकहरुको व्यवहारिक कार्यान्वयका लागि आवश्यक कानुन निर्माणमा जोड दिने, संघीय शिक्षा ऐन, निजामति कर्मचारी ऐन लगायत अन्य आवश्यक ऐन, नियमावली निर्माण, कार्यान्वय र संविधानको मर्म अनुसार संशोधन गर्न पहल गर्ने दाहालले बताए ।

सल्यानको भविष्यको नायक: अनुभव र दृढता बोकेका रमेशकुमार मल्ल

सल्यान । जनयुद्धकालका १० वर्षे कठिन भूमिगत जीवनदेखि शान्ति प्रक्रियापछिका दुई दशक लामो राजनीतिक यात्रासम्मको अनुभव बोकेका नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रमेशकुमार मल्ल यतिबेला संसदीय राजनीतिमा जनताबाट प्रत्यक्ष परीक्षित हुने ऐतिहासिक मोडमा उभिएका छन् । तीन दशक लामो त्याग, समर्पण र संगठन निर्माणको यात्राबाट खारिएका मल्ल सल्यानमा परिवर्तन, स्थायित्व र नयाँ पुस्ताको नेतृत्वको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन् । ४७ वर्षीय मल्ल विद्यार्थी आन्दोलनबाट उदाएका प्रतिबद्ध, अध्ययनशील र दूरदर्शी नेता हुन् । २०३५ माघ २८ गते सल्यानको कुमाख गाउँपालिका–५, बाल्लेमा जन्मिएका उनले युवावस्थामै राजनीतिक चेतना र सामाजिक रूपान्तरणको अभियानलाई आफ्नो जीवनको उद्देश्य बनाएका थिए । २०५० सालमा अनेरास्ववियु (क्रान्तिकारी) को सदस्यता लिएर विद्यार्थी आन्दोलनमा होमिएका मल्लले छोटो समयमै संगठन निर्माण, नेतृत्व विकास र आन्दोलन परिचालनमा असाधारण क्षमता प्रदर्शन गरेका थिए । २०५६ सालमा क्रान्तिकारी विद्यार्थी संगठन सल्यानको जिल्ला अध्यक्ष बनेका मल्लले संगठनलाई जिल्लाको प्रभावशाली शक्ति बनाएका थिए । त्यसपछि केन्द्रीय सदस्य, क्षेत्रीय संयोजक, सचिवालय सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष हुँदै २०७२ सालमा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्षको जिम्मेवारी सम्हाल्दै उनले राष्ट्रिय स्तरमै सक्षम नेतृत्वको परिचय दिएका थिए । मल्लको राजनीतिक जीवन केवल विद्यार्थी आन्दोलनमै सीमित रहेन । २०५४ सालमा पूर्णकालीन कार्यकर्ता बनेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहभागी भएका उनले कठिन भूमिगत जीवन व्यतीत गर्दै संगठन विस्तार, जनचेतना निर्माण र वैचारिक नेतृत्वमा महत्वपूर्ण भूमिका खेले । उनी २०६० मा सेती–महाकाली क्षेत्रीय ब्युरो सदस्य, २०६१ मा पश्चिम केन्द्रीय कमान्ड अन्तर्गत स्कूल विभाग सदस्य, २०६५ मा राज्य समिति सदस्य हुँदै क्रमशः पार्टीको केन्द्रीय नेतृत्वमा स्थापित भएका थिए । २०७३ सालमा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य बनेका मल्लले संगठनात्मक सुदृढीकरण, नीतिगत स्पष्टता र जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तारमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए । हाल उनी नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा पार्टीको नीति, संगठन र आन्दोलनलाई सशक्त बनाउने जिम्मेवारीमा छन् । मल्लले सरकार सञ्चालनको केन्द्रमै रहेर पनि महत्वपूर्ण अनुभव हासिल गरेका छन् । २०७३ देखि २०७४ र पुनः २०७९ देखि २०८१ सम्म तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवका रूपमा काम गर्दै उनले राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक समन्वयको प्रत्यक्ष अनुभव हासिल गरेका थिए । यसले उनलाई केवल आन्दोलनका नेता मात्र होइन, शासन सञ्चालनको व्यवहारिक ज्ञान भएका सक्षम राजनीतिक व्यक्तित्वका रूपमा स्थापित गरेको छ । शैक्षिक रूपमा पनि मल्ल सशक्त छन् । त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक मुद्दामा स्पष्ट धारणा राख्ने अध्ययनशील नेताका रूपमा पहिचान बनाएका छन् । चीन, भारत र बंगलादेशलगायत देशको भ्रमण गर्दै उनले नेपालको प्रतिनिधित्व गरेका छन् भने आफ्ना अनुभवलाई ‘छिमेक यात्रा’ पुस्तकमार्फत सार्वजनिक पनि गरेका छन् । यस क्षेत्रमा विगतका निर्वाचनमा विभिन्न कम्युनिष्ट धारका नेताहरू निर्वाचित भए पनि यसपटक नेपाली कम्युनिष्ट पार्टीले नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने, संगठनमा खारिएका र जनतासँग प्रत्यक्ष जोडिएका मल्ललाई उम्मेदवार बनाएको छ । पार्टीभित्र समेत लामो छलफलपछि मल्ललाई उम्मेदवार बनाइएको थियो, जसले पार्टीभित्रको विश्वास र उनको नेतृत्व क्षमताको पुष्टि गरेको छ । पूर्व विजेता प्रकाश ज्वालासमेत मल्लको पक्षमा उभिँदै चुनावी अभियानमा सक्रिय हुनु पार्टी एकता र बलियो आधारको संकेत मानिएको छ । मल्लको उम्मेदवारीले सल्यानमा नयाँ ऊर्जा र उत्साह सिर्जना गरेको छ । लामो संघर्ष, वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र शासन सञ्चालनको अनुभवले उनी अन्य प्रतिस्पर्धीभन्दा अब्बल उम्मेदवारका रूपमा उभिएका छन् । जनताको दुःख–सुखसँग प्रत्यक्ष जोडिएको जीवन, परिवर्तनका लागि समर्पित राजनीतिक यात्रा र समृद्ध सल्यान निर्माणको स्पष्ट दृष्टिकोणसहित मैदानमा उत्रिएका रमेशकुमार मल्लले अब जनताको विश्वास जित्दै परिवर्तनको विरासतलाई संस्थागत गर्ने विश्वास गरिएको छ ।

सल्यानमा नेकपाको घरदैलो आँधी, दार्मादेखि कुमाखसम्म मल्ललाई अभूतपूर्व जनसमर्थन

सल्यान । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मतदाता केन्द्रित घरदैलो अभियानलाई अभूतपूर्व रूपमा तीव्र बनाएको छ । दार्मा गाउँपालिकादेखि कुमाख गाउँपालिकासम्म विस्तार गरिएको अभियानले गाउँ–गाउँमा चुनावी माहोललाई उत्साहजनक बनाउनुका साथै उम्मेदवार रमेश कुमार मल्लको पक्षमा स्पष्ट जनसमर्थन देखिन थालेको छ । स्थानीय बस्तीहरूमा उम्मेदवार मल्ल र नेकपाका नेता–कार्यकर्ताको सक्रिय उपस्थितिले ग्रामीण क्षेत्रमै चुनावी लहर सिर्जना भएको छ भने मतदाताहरूमा आशा, भरोसा र उत्साह झन् बढेको देखिएको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले दार्मा गाउँपालिकाका मैदान, मौलेईखाली, फारुलाचौर, मौलाहाले लगायत आधा दर्जनभन्दा बढी बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् । प्रत्येक घर–घरमा पुगेर उम्मेदवार मल्लले मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । स्थानीय आमा समूह, युवा क्लब, कृषक समूह, महिला समूह र जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया गर्दै उहाँले उनीहरूका सुझाव, गुनासा र अपेक्षालाई गम्भीरतापूर्वक सुन्नुभएको थियो । घरदैलो अभियान दार्माबाट थप सशक्त रूपमा अघि बढ्दै छिमेकी कुमाख गाउँपालिकामा प्रवेश गरेको छ, जहाँ पनि स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक स्वागत गरेका छन् । घरदैलोका क्रममा धेरै स्थानमा उम्मेदवार मल्ललाई स्थानीयहरूले फूलमाला, खादा र टीका लगाएर स्वागत गरेका थिए । स्थानीय बासिन्दाहरूले नेकपाको नेतृत्वमा मात्र विकास सम्भव भएको विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरेर मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कतिपय स्थानमा स्वतःस्फूर्त रूपमा स्थानीय युवाहरू अभियानमा सहभागी हुँदै घरदैलो अभियानलाई थप व्यापक बनाएका थिए, जसले नेकपाको अभियान जनआन्दोलनको स्वरूप लिँदै गएको संकेत गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश कुमार मल्लले निर्वाचन जित्नु मात्र लक्ष्य नभई जनताको विश्वास जित्नु आफ्नो मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले जनताको साथ, समर्थन र भरोसाले आफू थप जिम्मेवार र प्रतिबद्ध बनेको उल्लेख गर्दै स्थानीय विकासलाई केन्द्रमा राखेर काम गर्ने दृढता व्यक्त गर्नुभयो । “यो चुनाव केवल पद प्राप्त गर्ने प्रतिस्पर्धा होइन, यो जनताको भविष्य निर्माण गर्ने अभियान हो,” उहाँले भन्नुभयो, “जनताको साथ र विश्वासले हामीलाई विकासको नयाँ अध्याय सुरु गर्ने शक्ति दिएको छ ।” उहाँले विशेषगरी सडक विस्तार, खानेपानीको सुनिश्चितता, सिंचाइ प्रणालीको विकास, गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको पहुँचलाई प्राथमिकतामा राखिने बताउनुभयो । गाउँ–गाउँमा सडक सञ्जाल विस्तार गरी दुर्गम बस्तीलाई सहज आवागमनसँग जोड्ने, प्रत्येक घरमा स्वच्छ खानेपानी पु¥याउने र कृषकलाई आधुनिक प्रविधिसँग जोड्ने योजना प्रस्तुत गर्नुभयो । उहाँले कृषिमा उत्पादन लागत घटाउने, मल, बीउ र प्रविधिको सहज उपलब्धता सुनिश्चित गर्ने तथा उत्पादित कृषि वस्तुको बजार सुनिश्चित गर्ने नीति अवलम्बन गरिने बताउनुभयो । उम्मेदवार मल्लले युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कृषि आधुनिकीकरण, पर्यटन प्रवद्र्धन र साना तथा घरेलु उद्योग विस्तारमा विशेष ध्यान दिइने उल्लेख गर्नुभयो । “युवाहरूलाई रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्दै गाउँमै अवसर सिर्जना गर्ने हाम्रो प्रतिबद्धता हो,” उहाँले भन्नुभयो, “कृषि, पर्यटन र उद्यमशीलतालाई जोडेर आर्थिक समृद्धिको आधार निर्माण गरिनेछ ।” त्यसैगरी समानुपातिक उम्मेदवार शारदा परियारले पनि घरदैलो अभियानका क्रममा मतदातासँग व्यापक अन्तरक्रिया गर्नुभएको थियो । उहाँले महिला, दलित, जनजाति, पिछडिएका वर्ग तथा उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नु नेकपाको प्रमुख प्राथमिकता भएको बताउनुभयो । उहाँले समावेशी, समानतामूलक र सामाजिक न्यायमा आधारित समाज निर्माणका लागि नेकपाले स्पष्ट नीति र कार्यक्रम अघि सारेको उल्लेख गर्नुभयो । “राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समान सहभागिता सुनिश्चित नगरी समृद्धि सम्भव छैन,” उहाँले भन्नुभयो, “नेकपा सबै समुदायको समान अधिकार र सम्मानका लागि प्रतिबद्ध छ ।” घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास आफ्नो मुख्य प्राथमिकता भएको बताएका थिए । धेरै मतदाताले नेकपाको नेतृत्वमा मात्र दीगो विकास सम्भव भएको विश्वास व्यक्त गर्दै उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । कतिपय स्थानमा स्थानीय बासिन्दाहरूले नेकपाले विगतमा गरेको विकास कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप प्रभावकारी काम हुने अपेक्षा व्यक्त गरेका थिए । गाउँस्तरमै पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने नेकपाको रणनीतिले चुनावी अभियानलाई अत्यन्त प्रभावकारी बनाएको छ । दार्मादेखि कुमाखसम्म विस्तार भएको घरदैलो अभियानले उम्मेदवार मल्लको पक्षमा जनलहर सिर्जना गरेको स्थानीयहरू बताउँछन् । अभियानमा देखिएको जनसहभागिता, उत्साह र समर्थनले आगामी निर्वाचनमा नेकपाको जित सुनिश्चित हुने विश्वास पार्टीका नेता तथा कार्यकर्ताले व्यक्त गरेका छन् । नेकपाले आगामी दिनमा पनि सल्यानका अन्य गाउँपालिका र बस्तीहरूमा घरदैलो अभियानलाई अझ व्यापक र तीव्र बनाउँदै लैजाने जनाएको छ । जनताको घरदैलोमै पुगेर उनीहरूको भावना, अपेक्षा र आवश्यकता बुझ्ने अभियानलाई निरन्तरता दिँदै नेकपा उम्मेदवार रमेश कुमार मल्ललाई विजयी गराउने लक्ष्यका साथ अभियान थप सशक्त रूपमा अगाडि बढाइएको पार्टीले जनाएको छ ।

उदयपुर–१ लाई समृद्ध बनाउने चौधरीको अठोट: आश्वासन होइन, परिणाम दिने प्रतिवद्धता

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बलदेव चौधरीले क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, प्राथमिकता र योजनासहित विस्तृत निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। चाैधरीले साेमबार बेल्टार बजारमा एक पत्रकार सम्मेन गरी उक्त पत्र सार्वजानिक गरेका हुन् ।  विस्तृत रूपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा चौधरीले विगतका दशकहरूमा विकासका अनेकौं आश्वासन प्राप्त भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब योजनाबद्ध, वैज्ञानिक र परिणाममुखी विकासमार्फत उदयपुर–१ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्रका रूपमा रूपान्तरण गर्ने अठोट व्यक्त गरेका छन्। उनले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, स्वरोजगार, विपद् व्यवस्थापन, भूमिहीन समस्या समाधान तथा सुशासन जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रस्तुत गरेका छन्। जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको सेवकका रूपमा काम गर्ने र चुनावी वाचा मात्र नभई परिणाम दिने उद्देश्यसहित मैदानमा उत्रिएको बताएका छन्। उनले विगतमा धेरै वाचा गरिए पनि जनताले अपेक्षा गरेअनुसार विकास हुन नसकेको उल्लेख गर्दै अब जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने गरी योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता जनाएका छन्। चौधरीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्दै जनताको साथ र समर्थनबाट उदयपुर–१ लाई विकासको नमुना क्षेत्र बनाउने विश्वास व्यक्त गरेका छन्। तीन नगरपालिकालाई तीन विकास केन्द्रका रूपमा अघि बढाउने योजना प्रतिबद्धता पत्रमा “समृद्ध उदयपुर, सुखी जनता” को मूल लक्ष्यसहित क्षेत्रगत विशेषताका आधारमा तीनवटै नगरपालिकाको विशेषीकृत विकास गर्ने योजना प्रस्तुत गरिएको छ। यसअन्तर्गत बेलका नगरपालिकालाई कृषि तथा पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिकालाई औद्योगिक केन्द्र तथा त्रियुगा नगरपालिकालाई शैक्षिक तथा सेवा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसले क्षेत्रीय सन्तुलित विकासलाई सुनिश्चित गर्दै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना तथा जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। सडक, पुल र यातायात सञ्जाल विस्तारमा विशेष जोड पूर्वाधार विकासलाई समग्र विकासको आधार मान्दै चौधरीले सडक, पुल र यातायात विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्। उनले मदन भण्डारी राजमार्ग र कोशी करिडोर सडक निर्माणलाई तीव्रता दिने, मैनामैनीदेखि मयंखुसम्म सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने तथा स्थानीय बजार र बस्तीहरूलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि सारेका छन्। त्यस्तै गाईघाट, फत्तेपुर, पुरन्दह र रामपुर सडक कालोपत्रे गर्ने, गाईघाट–फत्तेपुर सडकखण्डका २२ वटा खोलामा पुल निर्माण सम्पन्न गर्ने तथा ग्रामीण सडकहरूको स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउने प्रतिबद्धता पनि जनाइएको छ। आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माण, तीनवटै नगरपालिकामा रिङरोड निर्माणको सम्भाव्यता अध्ययन तथा एसियन हाइवे विस्तारका लागि पहल गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। यसैगरी जोगीदहस्थित सगरमाथा विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य पनि चौधरीले लिएका छन्। कृषि आधुनिकीकरण र सिँचाइ विस्तारमार्फत आर्थिक समृद्धि कृषि क्षेत्रलाई क्षेत्रीय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्ने लक्ष्यसहित लिफ्ट सिँचाइ आयोजना सञ्चालन, भूमिगत सिँचाइ विस्तार तथा सिँचाइको मास्टर प्लान तयार गर्ने योजना प्रस्तुत गरिएको छ। केरा, बेसार, अम्रिसो, अदुवा, अकबरे खोर्सानी, दलहन तथा पशुपालनलाई पकेट क्षेत्रका रूपमा विकास गरी उत्पादन वृद्धि तथा किसानको आय वृद्धि गर्ने योजना पनि अघि सारिएको छ। कृषकहरूले उत्पादन गरेको वस्तु सुरक्षित राख्न हडिया, सिद्धिपुर लगायत क्षेत्रमा आधुनिक शीत भण्डार स्थापना गर्ने प्रतिबद्धता पनि जनाइएको छ। यसका साथै कृषि, पशुपालन, वन, उद्योग र पर्यटन क्षेत्रसँग सम्बन्धित उद्यम प्रवर्द्धन गरी ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य चौधरीले लिएका छन्। पर्यटन विकासमार्फत आम्दानी वृद्धि गर्ने योजना उदयपुर क्षेत्रका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक सम्पदालाई संरक्षण र प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा विकास गर्ने योजना प्रस्तुत गरिएको छ। ऐतिहासिक चौदण्डीगढी दरबारको संरक्षण तथा प्रवर्द्धन, पर्यटकीय स्थलहरूको पूर्वाधार विकास तथा प्रचार–प्रसार गर्ने योजना पनि समावेश गरिएको छ। ग्रामीण पर्यटन विस्तारका लागि होमस्टे सञ्चालनमा युवाहरूलाई तालिम र सहुलियत ऋण उपलब्ध गराई स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ। शिक्षा सुधार र मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, प्राविधिक शिक्षाको विस्तार तथा प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना अघि सारिएको छ। यसका साथै शिक्षकका जायज माग सम्बोधन गर्दै गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि जनाइएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पतालहरूलाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, एम्बुलेन्स र स्वास्थ्य चौकीलाई स्रोत–साधन सम्पन्न बनाउने तथा त्रियुगा नगरपालिका–वगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता चौधरीले व्यक्त गरेका छन्। भ्रष्टाचार नियन्त्रण र युवा स्वरोजगारमा विशेष ध्यान सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता, सुशासन र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने योजना प्रतिबद्धता पत्रमा समावेश गरिएको छ। युवाहरूलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराई कृषि, पशुपालन तथा साना उद्योगमा जोड्ने तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै स्वरोजगारमा जोड्ने योजना पनि अघि सारिएको छ। यसले बेरोजगारी घटाउने तथा स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास लिइएको छ। विपद् व्यवस्थापन, वातावरण संरक्षण र नदी नियन्त्रण वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, लुहाले, गिदेरी, लामाखोला लगायत खोलाहरूमा तटबन्ध निर्माण गर्ने तथा खहरे खोलाहरूको दीर्घकालीन नियन्त्रणका लागि योजना लागू गर्ने प्रतिबद्धता जनाइएको छ। वन संरक्षण, वृक्षरोपण तथा वनमा आधारित उद्योग प्रवर्द्धनमार्फत वातावरण संरक्षण र आर्थिक गतिविधि विस्तार गर्ने योजना पनि प्रस्तुत गरिएको छ। भूमिहीन, सुकुम्बासी र उद्योग विकासमा विशेष पहल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दै लालपुर्जा वितरण सुनिश्चित गर्ने तथा कानुनी रूपमा स्वामित्व अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाइएको छ। सहकारी संस्थाहरूलाई उत्पादनमुखी बनाउने, साना तथा घरेलु उद्योग प्रवर्द्धन गर्ने तथा उदयपुर सिमेन्ट उद्योगलाई वैज्ञानिक ढंगले सञ्चालनमा ल्याउने योजना पनि अघि सारिएको छ। जनताको मतले उदयपुरको भविष्य बदल्ने विश्वास प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवार चौधरीले आफू जनताको विश्वास, सहयोग र समर्थनबाट उदयपुर–१ लाई समृद्ध, विकसित र आत्मनिर्भर क्षेत्र बनाउने अठोट व्यक्त गरेका छन्। उनले जनताको एउटा मतले क्षेत्रको भविष्य परिवर्तन गर्न सक्ने उल्लेख गर्दै विकास, समृद्धि र जनताको जीवनस्तर सुधार आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन्। “उदयपुरे जनताको सुख, वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो,” उनले उल्लेख गर्दै जनताको मतमार्फत विकासको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरेका छन्। यस्ताे छ प्रतिवद्धता पत्र   प्रतिवद्धता पत्र   प्रिय उदयपुर क्षेत्र नं. १ का मतदाताहरू,  आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू !  हाम्रो क्षेत्र विगतका दशकहरूमा पटक–पटक आश्वासन पाए पनि अपेक्षित विकास हुन सकेको छैन। धुलाम्य सडक, पुल अभाव, स्वास्थ्य र शिक्षको पहुँच कमजोर, युवाहरूको रोजगारी अभाव र कृषकहरूको समस्या जस्ता मुद्दाहरूले जनतालाई आजित बनाएका छन्। विगतमा दिइएका  धेरै वाचा पूरा नभए पनि म तपाईंहरूको सेवक बनेर आएको छु। यो प्रतिबद्धता पत्र मेरो कार्यकालमा प्राथमिकताका साथ पूरा गर्ने मेरो लिखित वाचा हो । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उदयपुर निर्वाचन क्षेत्र १ का लागि प्रतिनिधिसभा  सदस्यको उम्मेदवारको रुपमा खडा भइरहँदा म बलदेव चौधरी चुनावी वाचा मात्र होइन् काम गर्ने वाचासहित यो प्रतिवद्धता पत्र जारी गर्दछु । आसा छ तपाईहरुले मेरो पार्टी र मप्रति देखाउँदै आउनु भएको असीम माया र मप्रतिको विश्वासलाई फागुन २१ गते हुने चुनावमा तारा छापमा मतदान  गरी मलाई निर्वाचीत गराउनुहुनेछ । समृद्ध उदयपुर, सुखी जनताका निमित्त बेलका नगरपालिकालाई कृषि तथा पर्यटन,  चौदन्डीगढी नगरपालिकालाई औद्योगिक र त्रियुगा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि सार्ने  मूल प्रतिवद्धताका साथ “विकासको आधारः पूर्वाधार, कृषि र स्वरोजगार“को नारालाई अघि सारेको छु ।   १. पूर्वाधार र यातायात (कनेक्टिभिटी)  -राष्ट्रिय राजमार्ग र मदन भण्डारी राजमार्ग ः मैले पहलगरी सुरुगरेको (म–म) मैनामैनी देखि  मयँखुसम्मको कोशीकोरीेरको सडक निर्माणलाई उच्च प्राथमिकताको साथ अघि बढाउने ।   - अन्तरपालिकाको सडक संजाल विस्तार गर्ने ।   - मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिई यस क्षेत्रका बजारहरूलाई राष्ट्रिय सञ्जालसँग  प्रभावकारी रूपमा जोड्ने ।  - गाईघाट, फत्तेपुर, पुरन्दह, रामपुर सडकलाई पिच गर्नुका साथै खोला र खहरेहरुमा पुलहरु  निर्माणका गर्ने ।   - एसियन हाइवेलाई तपेश्वरीबाट लैजाने कार्यको पहल गर्ने ।  -गाईघाट–फत्तेपुर, सडक खण्डका बाँकी २२ वटा साना–ठूला खोलामा पुल निर्माण सम्पन्न गर्ने ।  - ग्रामीण सडक स्तरोन्नतिः बेलका, चौदन्डीगढी र त्रियुगाका भित्री सडकहरूलाई डि.पि.आर. गरी  बाह्रै महिना चल्ने गरी कालोपत्रे वा स्तरोन्नति गर्ने ।   - पुल निर्माणः त्रियुगा, कङ्, लुहाले , गिदेरी खोला लगायतका साना–ठूला खोलाहरूमा पुल तथा  अधुरा रहेका पुलहरूको निर्माण तत्काल सम्पन्न गर्ने ।  - बस्ती भएका आवश्यक ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गर्ने  ।  -उदयपुर क्षेत्र नं. १ को तिनैवटा पालिकाहरु (बेलका, चौदण्डीगढी र त्रियुगा) को रिङरोडको  सम्भाव्यता अध्ययान गरी सडक संजाल विस्तार गर्ने ।  -सगरमाथा एयरपोर्ट, जोगीदहलाई पुर्णता प्रधान गर्ने ।  २. कृषि र सिँचाइ (आर्थिक मेरुदण्ड)  - लिफ्ट सिँचाइ आयोजनाः पहाडी तथा सुख्खा भेगमा सिँचाइको समस्या समाधान गर्न साना र  ठूला लिफ्ट तथा भुमिगत सिँचाइ आयोजनाहरू सञ्चालन गर्ने ।  - पशु तथा कृषि पकेट क्षेत्र ः पशुजन्य उत्पादन र केरा, बेसार, अम्रीसो, अदुवा अकबरे खोर्सानी  दाल जस्ता उत्पादनको  हब बनाउन विशेष अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने ।  - कोल्ड स्टोर (शीत भण्डार) ः कृषकका उत्पादन बिग्रन नदिन हडिया, सिद्धिपुर र आसपासका  क्षेत्रमा आधुनिक शीत भण्डारको स्थापना गर्ने ।  -उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण सिचाँइ आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है मास सिचाँइ  संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।   - उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण स्वच्छ खानेपानी आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है  मास स्वच्छ खानेपानी संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।   - खानी,कृषी, पशु र वन ः उद्योग, व्यापार, पर्यटन उदयपुरको धन शिर्षक अन्तरगत उदयपुर क्षेत्र  नं. १ मा भ्ब्त् ९भ्लभचनथ, ब्नचष्अगतिगचभ, त्यगचष्कm० अभियान संचालन गरी पचाँस हजार  भन्दा बढीलाई स्वोरोजगार  बनाउन महत्वपुर्ण भुमिका खेल्ने ।  ३. पर्यटन प्रवद्र्धन (पहिचान र आम्दानी)  -धार्मिक तथा प्राकृतिक पर्यटनः बेलका, चौदण्डीगढी र त्रियुगाका विभिन्न गाउँठाउँको पर्यटकीय  स्थलको प्रचार प्रसार र पूर्वाधार विकास गर्ने ।  -एैतीहासीक चौदण्डीगढी दरवारको संरक्षण र प्रवर्धन गरी पर्यटकहरुलाई आकर्षक गराउने ।  - होमस्टे (घरबास)ः स्थानीय संस्कृति र खानपानलाई समेटेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे  सञ्चालनका लागि युवाहरूलाई तालिम र सहुलियत ऋण दिने ।  ४. शिक्षा र स्वास्थ्य (आधारभूत अधिकार)  -गुणस्तरीय शिक्षाः सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने र प्राविधिक शिक्षा  ख्यअबतष्यलब ित्चबष्लष्लन) मा जोड दिने ।  - स्वास्थ्य सेवामा पहुँच ः तिनैवटा पालिकाको नगर अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवा थप  गर्ने र ’एम्बुलेन्स सेवा’ र ’ हेल्थ पोष्ट’ लाई साधन–स्रोत सम्पन्न बनाइ सुविधा युक्त सेवा प्रदान  गर्ने ।  -त्रियुगा नगर पालिकाको वगाहा क्षेत्रमा मेडीकल कलेज स्थापना गर्ने  ।  -शिक्षक आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्ने वताबरण  बनाउने ।  - प्रत्येक वडालाई पुस्तकालय मैत्री वडा वनाउने ।   ५. सुशासन र युवा स्वरोजगार  -भ्रष्टाचार मुक्त प्रशासनः सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै ढिलासुस्ती सेवा र भ्रष्टाचारको  अन्त्य गर्ने ।  -युवा उद्यमशीलताः वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरूलाई लक्षित गरी कृषि,  पशुपालन र साना उद्योगमा बिना धितो वा सहुलियतपूर्ण ऋणको व्यवस्था गरी उद्यमशील  बनाउने ।  ६. विपद् व्यवस्थापन र वातावरण  -नदी नियन्त्रणः वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, द्वार, लुहाले,  गिदेरी, लामाखोला, कालीखोला, सेतीखोला, सिवाई खोला, हडिया खोला, घेर खोला, कङ्ग खोला  लगायतका खोलाहरुमा व्यवस्थित तटबन्धन गर्ने । सबैजसो खोला किनारमा सौन्दर्यकरण गर्ने ।  -उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण खहरे खोलाहरुको डि.पि.आर तया पारी दिर्घकालीन रुपमा  नियण्त्रण प्रकृया अघि बडाउने ।  -वन संरक्षण ःवृक्षरोपण गरी सामुदायिक वनको संरक्षण गर्दै वन पैदावारमा आधारित उद्योगहरु  सँग जोडदै व्यवसायीक उद्यमहरू सञ्चालन गर्ने ।  ७. भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको हितमा पुर्जा वितरणको प्रकृयामा ढिला सुस्ती भएको बाधा फुकाई तयारी पुर्जा विरण गर्ने वातावरण श्रृजना गर्दै जसको जोत उसैको पोत अनुसारको समस्या समाधानको लागी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने ।  - सुकुमवासीको पहिचान गरी वासस्थान प्रदान गर्दै यथा सिघ्र लाल पुर्जा प्रदान गर्ने ।  ८. उद्योघ गैर सरकारी तथा वितिय संस्था ः उदयपुर क्षेत्र नं. १ को सहकारी संस्थाहरुलाई उत्पादनमा लगानी मैत्री       बनाउने ।  - उदयपुर सिमेट उद्योग कारखानालाई नयाँ र बैज्ञानीक ढंगले व्यवस्थीत गरी संचालन गर्ने ।  - गैर सरकारी संघ संस्थाहरुलाई सामाजिक रुपमा जिम्मेवार बनाउने ।    - साना तथा घरेलु उद्योग स्थापना, संचालन तथा बजारीकरणको बातावरण श्रृजना गरी  आर्थीक रुपमा स्तर उन्नती गराउने ।   ९ युवा तथा खेलकुद: एक पालिका एक रंगशाला निर्माण गर्दै आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने ।  अन्त्यमा अव युवाहरुले जेनजी आन्दाेलनकाे क्रममा उठाएका मुद्धाहरु र नवयुवाहरुकाे भावना अनुसार संविधान संशाेधन गरी कानुन बनाउने कुराेमा लागि पर्ने छू । मेरो प्रतिबद्धता ः म केबल आश्वासन मात्र होइन, काम र नतिजामा विश्वास गर्दछु। तपाईँको एउटा  मत, उदयपुर क्षेत्र नं. १ को उज्ज्वल भविष्यको लागि हुनेछ ।  आसा छ ताराछापमा  मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ ।  तपाईंको सेवक, बलदेव चौधरी  उमेद्वार, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, उदयपुर  सम्पर्कः ९८५११५२६७५  “उदयपुरे जनताको सुख बैज्ञानीक विकास र आथीृक समृद्धि, मेरो प्रतिबद्धता”     

नारायणकाजीको भ्रष्टाचार अन्त्य गर्ने उद्घोषले तारामय बन्दै सर्लाही–३

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठको पक्षमा चुनावी माहोल दिनप्रतिदिन उत्साहजनक बन्दै गएको छ । भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने उनको स्पष्ट उद्घोष र विगतमा विभिन्न जिम्मेवारीमा रहँदा गरेका ठोस तथा परिणाममुखी कामका कारण मतदातामा उनीप्रति विश्वास र आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ । चुनावी अभियानका क्रममा गाउँ–टोल, बस्ती र समुदायमा प्रत्यक्ष पुगेर जनतासँग संवाद गरिरहेका श्रेष्ठले आफूले विगतमा निर्वाह गरेका जिम्मेवारीको मूल्यांकनका आधारमा मतदान गर्न आग्रह गरिरहेका छन् । मतदातासँगको भेटघाटमा उनले सुशासन, पारदर्शिता, विकास र जनउत्तरदायी राज्य निर्माणलाई आफ्नो प्रमुख प्रतिबद्धता बनाएका छन् । स्थानीयवासीका अनुसार उनको सरल जीवनशैली, स्पष्ट राजनीतिक दृष्टिकोण र भ्रष्टाचारप्रति शून्य सहनशीलताको अडानले उनलाई अन्य उम्मेदवारभन्दा फरक र विश्वासयोग्य नेताका रूपमा स्थापित गरेको छ । श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्र मन्त्री र पछिल्लो पटक गृहमन्त्रीको जिम्मेवारी सम्हाल्दा गरेका नीतिगत सुधार, प्रशासनिक पारदर्शिता र सुशासन प्रवर्द्धनका कामहरूले राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश दिएको थियो । यही कारणले सर्लाही–३ का मतदाताले उनलाई सुशासन र इमान्दार नेतृत्वको प्रतीकका रूपमा हेर्न थालेका छन् । गृहमन्त्री हुँदा गरेका सुशासनमुखी ऐतिहासिक सुधार श्रेष्ठले २०७९ चैत १७ देखि २०८० फागुन २१ सम्म गृहमन्त्रीको रूपमा जिम्मेवारी सम्हाल्दा सुशासन र प्रशासनिक सुधारका क्षेत्रमा उल्लेखनीय र दूरगामी प्रभाव पार्ने कामहरू गरेका थिए । कार्यभार सम्हालेको पहिलो दिनमै उनले ‘सुराकी खर्च’को नाममा हुने अपारदर्शी खर्च प्रणाली खारेज गर्दै राज्य संयन्त्रमा पारदर्शिताको नयाँ उदाहरण प्रस्तुत गरेका थिए । मिटरब्याज पीडितलाई न्याय दिलाउन उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्नु उनका महत्वपूर्ण निर्णयमध्ये एक थियो । त्यसपछि कानुनी व्यवस्था फास्ट ट्र्याकबाट लागू गरियो, जसका कारण आठ हजारभन्दा बढी पीडितले न्याय प्राप्त गरे । यस प्रक्रियामा २१२ बिघा ४ कठ्ठा १७ धुर जग्गा साहू–महाजनबाट पीडितलाई फिर्ता गरिनु सुशासन अभियानको ऐतिहासिक उपलब्धि मानिएको छ । उनकै पहलमा नागरिकता ऐन संशोधन लागू भई आमाको नामबाट नागरिकता प्राप्त गर्ने र गैरआवासीय नेपालीलाई नागरिकता दिने प्रक्रिया अघि बढाइएको थियो । यसले हजारौं नेपालीलाई नागरिकताको अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसैगरी, नकली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी, ललिता निवास जग्गा प्रकरण र बाँसबारी छाला–जुत्ता कारखाना जग्गा अनियमितता जस्ता बहुचर्चित भ्रष्टाचार काण्डका फाइलहरू पुनः सक्रिय बनाउँदै दोषीलाई कानुनी दायरामा ल्याउने अभियान सुरु गरिएको थियो । सार्वजनिक सम्पत्ति संरक्षणका लागि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सक्रिय बनाउँदै सार्वजनिक जग्गा संरक्षण अभियान तीव्र पारिएको थियो । राष्ट्रिय सुरक्षा, प्रशासन र प्रविधिमा संरचनात्मक सुधार श्रेष्ठको कार्यकालमा राष्ट्रिय परिचयपत्र प्रणालीलाई विदेशी निजी कम्पनीको नियन्त्रणबाट मुक्त गरी पूर्ण रूपमा सरकारी संरचनाभित्र ल्याइयो । यसले नागरिकको जैविक विवरणको सुरक्षा सुनिश्चित गर्नुका साथै राष्ट्रिय स्वाधीनताको संरक्षणमा योगदान पुर्‍यायो । उनले राज्यलाई अनावश्यक आर्थिक भार पर्ने गरी वितरण गरिने पदक तथा विभूषण प्रणाली खारेज गरे । गृह प्रशासन सुधारका लागि लिलामणि पौडेलको नेतृत्वमा कार्यदल गठन गरी प्रशासनलाई थप प्रभावकारी, उत्तरदायी र पारदर्शी बनाउने प्रक्रिया सुरु गरिएको थियो । सीमा सुरक्षालाई सुदृढ बनाउन दार्चुलाको टिंकरसहित २३ स्थानमा सीमा सुरक्षा चौकी (बीओपी) स्थापना गरिएको थियो । प्रहरी प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै विधि र मापदण्डअनुसार सरुवा र बढुवा प्रणाली लागू गरियो । यसले सुरक्षा निकायमा व्यावसायिकता र निष्पक्षता बढाउन मद्दत पुर्‍यायो । अध्यागमन प्रणालीमा सुधार गर्दै भिजिट भिसा प्रणालीलाई पारदर्शी बनाइयो । अनलाइन भिसा, ई–टीए र अनलाइन भुक्तानी प्रणाली लागू गरी सेवाग्राहीलाई सहज र छरितो सेवा उपलब्ध गराउने व्यवस्था गरिएको थियो । सामाजिक न्याय, पुनर्निर्माण र ऐतिहासिक निर्णयहरू श्रेष्ठले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलनलगायत विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका ८,४७१ जनालाई सहिद घोषणा गराई नेपाल राजपत्रमा प्रकाशित गराउनु ऐतिहासिक निर्णयका रूपमा लिइएको छ । यसले सहिद परिवारको सम्मान र राज्यको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको छ । भूकम्प प्रभावित क्षेत्रका पीडितलाई तत्काल राहत उपलब्ध गराउँदै अस्थायी आवास निर्माणका लागि ५०–५० हजार रुपैयाँ वितरण गर्ने व्यवस्था गरिएको थियो । यसले हजारौं परिवारलाई संकटको घडीमा राहत पुर्‍याएको थियो । नाम, थर र जन्ममिति सच्याउने नियमावली लागू गरी लाखौं विद्यार्थी र नागरिकलाई प्रत्यक्ष लाभ पुगेको थियो । साथै, सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा कडाइ गर्दै राजस्व वृद्धि र राष्ट्रिय अर्थतन्त्र सुदृढीकरणमा योगदान पुर्‍याइएको थियो । सर्लाही–३ मा बढ्दो जनसमर्थन यी सबै कामका कारण श्रेष्ठलाई सुशासन, इमान्दारिता र दृढ नेतृत्वको प्रतीकका रूपमा हेर्ने मतदाताको संख्या सर्लाही–३ मा उल्लेखनीय रूपमा बढिरहेको छ । स्थानीय बासिन्दाहरूका अनुसार श्रेष्ठले बोलेको कुरा व्यवहारमा उतार्ने नेताको रूपमा आफ्नो पहिचान स्थापित गरेका छन् । चुनावी अभियानका क्रममा उनले भ्रष्टाचारमुक्त प्रशासन, जनमुखी विकास, पारदर्शी शासन र राष्ट्रिय स्वाभिमान सुदृढीकरणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन् । यही कारणले सर्लाही–३ मा उनको पक्षमा उत्साहजनक वातावरण सिर्जना हुँदै गएको र चुनावी प्रतिस्पर्धामा उनी बलियो दाबेदारका रूपमा उभिएको स्थानीय विश्लेषकहरू बताउँछन् । सुशासन र भ्रष्टाचारविरुद्धको स्पष्ट अडान, विगतका प्रमाणित काम र जनतासँगको प्रत्यक्ष सम्बन्धका कारण नारायणकाजी श्रेष्ठ सर्लाही–३ मा आशा, विश्वास र परिवर्तनको प्रतीकका रूपमा स्थापित हुँदै गएका छन् ।

मोरङ–१ मा नेकपाले सार्वजनिक गर्‍यो चुनावी प्रतिबद्धतापत्र: विकास र समावेशीतामा केन्द्रित

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मोरङ क्षेत्र नम्बर–१ को चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सो अवसरमा नेकपाले प्रत्यक्षतर्फ कुलप्रसाद लिम्बु (कुशल) र समानुपातिकतर्फ आदिवासी तथा सीमान्तकृत समुदायबाट ममता राजवंशी लाई उम्मेदवार बनाएको जानकारी दिइएको छ। पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वर्तमान राजनीतिक अवस्था संवैधानिक र कानुनी दायराभन्दा बाहिर गएको भन्दै यसको सन्तुलन फर्काउन आफ्नो जित अनिवार्य रहेको दाबी गरिएको छ। यस निर्वाचनलाई पार्टीले व्यवस्था पक्षधर र विरोधी शक्तिहरू बीचको निर्णायक प्रतिस्पर्धा का रूपमा चित्रण गरेको छ। नेकपाले आफ्नो घोषणापत्रमा लोकतन्त्र, संघीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत उपलब्धिहरू संरक्षण गर्दै थप सशक्त बनाउन निरन्तर संघर्ष गरिरहेको जनाएको छ। मतदातालाई ‘तारा’ चिन्हमा मतदान गर्न अपिल गर्दै पार्टीले सामाजिक न्याय, समावेशी विकास र स्थानीय नेतृत्वमा विश्वास व्यक्त गरेको छ। विकास र आर्थिक समृद्धि केन्द्रबिन्दु उम्मेदवार कुशल लिम्बुसहितको टोली ले प्रस्तुत प्रतिबद्धतापत्रमा मोरङ–१ लाई पर्यटन केन्द्रको रूपमा विकास गर्ने र ५० लाख मानिसलाई बसोबास गर्न सहज हुने आधुनिक सहर निर्माण गर्ने योजना अघि सारिएको छ। त्यसैगरी, सुपारी खेती लगायत अन्य नगदे बालीलाई ‘राष्ट्रबाली’को रूपमा सूचीकृत गरी कृषकलाई स्थायी लाभ दिलाउने, उर्लाबारीलाई आर्थिक र प्रशासनिक केन्द्रको रूपमा विकास गर्ने र शिक्षा तथा स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिएको छ। पार्टीले शासन व्यवस्था सुधार मा पनि जोड दिएको छ। घोषणापत्रमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित शासकीय स्वरूप परिवर्तन गर्न, भ्रष्टाचार निर्मूल गरी सुशासन कायम गर्न र सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुर्‍याउने योजना उल्लेख गरिएको छ। रोजगारी र आपत्कालीन व्यवस्थापन ‘हाम्रो लगानी, हाम्रो आम्दानी’ भन्ने नारासहित नेकपा स्थानीयस्तरमै व्यावसायिक कार्यक्रम सञ्चालन गरी रोजगारी सृजना गर्ने र विपद् व्यवस्थापनका लागि प्रत्येक पालिकामा सेफ हाउस स्थापना गर्ने योजना अघि सारेको छ। समग्रमा, पार्टीले आफ्ना उम्मेदवारलाई जनताको घरदैलोमा पुगेर समस्याहरू सुन्ने र स्पष्ट विकास एजेन्डा अघि बढाउने नेतृत्व को रूपमा प्रस्तुत गरेको छ। साथै सञ्चारकर्मीहरूलाई स्वच्छ, सन्तुलित र तथ्यमै आधारित प्रचार–प्रसार गर्न अनुरोध समेत गरिएको छ। निर्वाचन रणनीति र स्थानीय प्रतिक्रिया मोरङ–१ क्षेत्रका विभिन्न वडा तथा टोलमा नेकपाको प्रचार टोली सक्रिय देखिएको छ। पार्टीका कार्यकर्ता र स्थानीय मतदाता भेटघाट कार्यक्रममार्फत स्थानीय विकास, रोजगारी, स्वास्थ्य र शिक्षा सम्बन्धी प्राथमिकताहरूमा मतदातालाई प्रत्यक्ष जानकारी दिइरहेका छन्। स्थानीय नेताहरूको भनाइ अनुसार, प्रत्यक्ष संवाद र घरदैलो अभियान ले मतदातासँगको विश्वास बढाउने रणनीति तयार गरिएको छ। यसैबीच, पार्टीले समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै आदिवासी तथा सीमान्तकृत समुदायको सहभागिता लाई बलियो बनाउने प्रतिबद्धता पनि दोहोर्याएको छ।