संखुवासभामा किन सरिता थापा खड्कालाई भाेट ?

संखुवासभा । संखुवासभाको चुनावी मैदानमा यस पटक एउटा नाम अत्यधिक उत्साहका साथ चर्चामा छ— नेकपाकी प्रतिनिधि सभा सदस्य उम्मेदवार सरिता थापा खड्का। गणित शिक्षिका बाट सामाजिक अभियन्ता हुँदै राजनीतिक नेतृत्वसम्मको उनको यात्रा अहिले संखुवासभाका लागि मात्र हाेइन देशकै लागि  प्रेरणाको स्रोत बनेको छ।

"तारामा मतदान, समृद्धिको अभियान" भन्ने मूल नाराका साथ उम्मेदवार भएकी सरितालाई यतिबेला संखुवासभाका जनता 'आशा र भरोसा' को प्रतीकका रूपमा हेरिरहेका छन्।

शिक्षकदेखि नेतासम्मको प्रेरक यात्रा

कक्षाकोठामा विद्यार्थीहरूलाई गणितका सूत्रहरू सिकाउँदै उनीहरूको भविष्य निर्माणमा लामो समय योगदान पुर्‍याएकी सरिता अहिले संखुवासभाको विकासका चुनौतीहरू समाधान गर्न तयार छिन्। शिक्षण पेशाले दिएको अनुशासन, बौद्धिकता र धैर्यतालाई उनले सामाजिक सेवा र राजनीतिसँग जोडेर स्थानीय जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने योजना बनाएकी छिन्।

उनको सरल जीवनशैली, जनताको समस्यालाई नजिकबाट बुझ्ने क्षमता र समर्पित दृष्टिकोणले उनलाई अन्य उम्मेदवारभन्दा फरक र अब्बल बनाएको छ।

किन रोज्ने सरिता थापा खड्कालाई ?

बौद्धिक र इमानदार नेतृत्व: गणित जस्तो तार्किक विषयको पृष्ठभूमि भएकी सरितासँग विकास योजनाहरूलाई तथ्याङ्क र परिणाममा रूपान्तरण गर्ने क्षमता छ । 

समृद्धिको स्पष्ट खाका: संखुवासभाका अधुरा पूर्वाधार, जलविद्युतका सम्भावना र कृषि क्रान्तिका लागि उनले ठोस योजना अघि सारेकी छिन्।

समावेशी र सम्मानित समाज: महिला, युवा र पिछडिएका वर्गको आवाजलाई संसद्मा बुलन्द पार्ने र जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्ने उनको संकल्प छ।

जनतासँगको निरन्तर सामीप्यता: सामाजिक कार्यकर्ताका रूपमा गाउँ–बस्तीका समस्यामा प्रत्यक्ष जोडिने उनको स्वभावले मतदातामा विश्वास जगाएको छ।

संखुवासभाको उज्ज्वल भविष्य

पुराना अनुहार र उस्तै आश्वासनबाट थाकेका संखुवासभालीले यसपटक नयाँ सोच र ऊर्जा सहितकी सरितालाई साथ दिने निर्णय गरेका छन्। उनको विजय केवल व्यक्तिगत सफलता नभएर, समग्र जिल्लाको समृद्धि र स्वाभिमानको विजय हुने बताइन्छ।

दाङ–२ मा नेकपाका उम्मेदवारलाई प्रलाेपकाे समर्थन

घोराही । दाङ क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का  प्रतिनिधिसभा सदस्यका उम्मेदवार निर्मल आचार्यका पक्षमा थप शक्तिशाली समर्थन जुटेको छ।  प्रगतिशील लोकतान्त्रिक पार्टीका साेही क्षेत्रका उम्मेदवार इन्जिनियर प्रतीक अधिकारीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै नेकपा) का उम्मेदवार आचार्यलाई जिताउन पूर्ण सक्रिय हुने घोषणा गरेका छन् ।  घोराहीमा एक पत्रकार सम्मेलनमा अधिकारीले औपचारिक रूपमा आफू नेकपामा फर्किएको घोषणा गर्दै आगामी निर्वाचनमा आचार्यको पक्षमा जनमत जुटाउन प्रतिबद्धता व्यक्त गरे ।  यसअघि मात्र दुई दिनअघि आम जनता पार्टीका उम्मेदवार कृष्णबहादुर बिकले पनि आचार्यको पक्षमा उम्मेदवारी फिर्ता गर्दै समर्थन घोषणा गरेका थिए । यससँगै दाङ–२ मा नेकपाका उम्मेदवार निर्मल आचार्यलाई जिताउन उम्मेदवारी फिर्ता लिने उम्मेदवारको संख्या दुई पुगेको छ, जसले आचार्यको जितको सम्भावनालाई अझ सुदृढ बनाएको छ । नेकपा कार्यकर्ता र शुभेच्छुकहरूले यस समर्पित समर्थनलाई उत्साहपूर्वक स्वागत गर्दै निर्वाचनमा निर्णायक सफलता हासिल गर्न जुट्ने प्रतिबद्धता जनाएका छन् ।

गुल्मी-१ मा भरोसायोग्य विकास र समावेशीताको एजेन्डा बाेकेका नेकपाका उम्मेदवार सुदर्शन बराल

गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२, झारखर्क जस्तो भौगोलिक रूपमा दुर्गम तर राजनीतिक चेतनाले समृद्ध भूगोलबाट उदाएका सुदर्शन बराल प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सशक्त र भरोसायोग्य उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। संघर्ष, संगठन र संसदीय अनुभवको समन्वयले खारिएको उनको व्यक्तित्वले मतदातामाझ विशेष आकर्षण पैदा गरेको छ। संघर्षको जगमा उभिएको नेतृत्व वि.सं. २०३३ सालमा जन्मिएका बरालले बाल्यकालदेखि नै ग्रामीण जीवनका दुःख–कष्ट, आर्थिक अभाव र सामाजिक विभेद नजिकबाट अनुभूति गरे। यही यथार्थले उनलाई परिवर्तनको अभियानमा होमिन प्रेरित गर्‍यो। इतिहासमा स्नातकोत्तर र कानूनमा एलएल.वि. उत्तीर्ण गरेका बरालले अध्ययन र आन्दोलनलाई सँगसँगै अघि बढाउँदै वैचारिक स्पष्टता र कानुनी समझ दुवै आर्जन गरेका छन्। विद्यार्थी आन्दोलनदेखि जनप्रतिनिधिसम्म उदय मावि, शान्तिपुरबाट विद्यार्थी राजनीतिमा सक्रिय बनेका उनी बुटवल बहुमुखी क्याम्पसमा स्ववियु सदस्य निर्वाचित हुँदै विद्यार्थी हक–अधिकारको पक्षमा उभिए। अखिल (क्रान्तिकारी) गुल्मी जिल्ला अध्यक्षका रूपमा संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेले। जनयुद्धकालमा २०५८ सालमा गुल्मी जनसरकार प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले ग्रामीण जनताको मुद्दा अग्रपंक्तिमा उठाए। २०५४ देखि २०६३ सम्मको भूमिगत जीवनले उनको राजनीतिक प्रतिबद्धता र साहसलाई थप मजबुत बनायो। संविधान निर्माणदेखि प्रदेश सरकारसम्मको अनुभव शान्ति प्रक्रियापछि २०६३ मा अन्तरिम व्यवस्थापिका संसद सदस्य र २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएका बरालले समावेशी लोकतन्त्र, संघीयता र सामाजिक न्यायका पक्षमा स्पष्ट आवाज उठाए। २०७४ सालमा प्रदेशसभा सदस्य निर्वाचित भई सामाजिक विकास मन्त्री बनेपछि उनले शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र लक्षित वर्गका कार्यक्रमलाई प्राथमिकता दिए। ग्रामीण विद्यालयको स्तरोन्नति, स्वास्थ्य सेवाको पहुँच विस्तार र सामाजिक सुरक्षाको दायरा फराकिलो पार्न उनले पहल गरेका कामहरू मतदातामाझ अहिले पनि स्मरणीय छन्। बराल मतदातामाझ स्पष्ट एजेन्डा  ग्रामीण भेगमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने युवालाई रोजगारी र सीप विकासका अवसर सिर्जना गर्ने सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउने पिछडिएका समुदायको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्ने घरदैलो अभियानमा उनले “विकाससँगै सामाजिक न्याय” को नारालाई जोड दिँदै मतदाताको विश्वास मागिरहेका छन्। भरोसाको उम्मेदवार संघर्षबाट खारिएको नेतृत्व, संगठन निर्माणको अनुभव र मन्त्रीका रूपमा काम गरेको ट्र्याक रेकर्डले सुदर्शन बराललाई नेकपाका बलिया उम्मेदवारका रूपमा स्थापित गरेको छ। ग्रामीण भेगको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव जमाएका बराल अहिले फेरि जनमतको परीक्षा दिन तयार छन्—समावेशी, न्यायपूर्ण र दिगो विकासको प्रतिबद्धतासहित।

चितवन–२ मा मतदाताको रोजाइ बन्दै प्रताप गुरुङ

चितवन । देशभर चुनावी सरगर्मी चुलिँदै गर्दा चितवन–२ यतिबेला राष्ट्रिय बहसको केन्द्रमा छ। यस क्षेत्रबाट रवि लामिछाने पुनः उम्मेदवार बनेसँगै प्रतिस्पर्धा रोचक बनेको छ। तर घरदैलोमा पुग्दा मतदाताको मनस्थिति बदलिँदै गएको संकेत देखिन थालेको छ। नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रताप गुरुङ यसपटक मतदाताको रोजाइमा पर्न थालेका छन्। मतदाताहरू भन्छन्—लोकप्रिय नाराभन्दा पनि स्थानीय समस्या बुझ्ने, गुनासो सुन्ने र निरन्तर उपस्थित रहने प्रतिनिधि चाहिन्छ। कालिका नगरपालिका–३ की मतदाता रेखा साङताङ भन्छिन्, “विगतमा हामीले ‘घन्टी’ भन्दै भोट हाल्यौं। तर हाम्रो बस्तीको समस्या जस्ताको तस्तै छ। निमुखा, गरिब र सुकुम्बासी बस्तीका सवालमा ठोस पहल देखिएन। यसपटक भने स्थानीय उम्मेदवारलाई जिताउने सोच बनाएका छौं।” उनका अनुसार प्रताप गुरुङ यही क्षेत्रका बासिन्दा भएकाले स्थानीय आवश्यकता, भूगोल र समस्यासँग प्रत्यक्ष परिचित छन्। “हामीलाई भेट्न सजिलो, कुरा राख्न सजिलो, र कामको अपेक्षा पनि गर्न सकिने उम्मेदवार चाहिएको हो,” उनी भन्छिन्। चुनावी अभियानका क्रममा गुरुङले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। युवा, किसान, महिला र सुकुम्बासी समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले दोहोर्‍याउँदै आएका छन्। मतदाताहरूको भनाइ छ—यसपटक चुनाव व्यक्तिको ‘छवि’ भन्दा पनि क्षेत्रको ‘विकास र उपस्थिती’ को आधारमा हुनेछ। “रविलाई होइन, प्रताप गुरुङलाई जिताऔं” भन्ने नारा समेत केही टोलहरूमा सुनिन थालेको छ। विश्लेषकहरूका अनुसार चितवन–२ मा यसपटकको प्रतिस्पर्धा केवल दलबीच मात्र होइन, स्थानीय बनाम बाह्य प्रभाव को बहसमा पनि केन्द्रित देखिन्छ। मतदाताहरूले आफ्नै बीचमा बसेर काम गर्ने प्रतिनिधि रोज्ने मनस्थितिमा पुगेको संकेत अभियानका क्रममा देखिएको छ। समग्रमा, चितवन–२ मा प्रताप गुरुङ मतदाताको रोजाइ बन्दै गएको देखिन्छ। अब निर्णय भने मतपेटिकाले गर्नेछ—तर मतदाताको स्वर भने स्पष्ट सुनिन थालेको छ।

धनुषा–१ मा नेकपा प्रवेश गर्नेहरुकाे संख्या बढ्दै

धनुषा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१, धनुषामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मातृका प्रसाद यादवको पक्षमा जनसमर्थन उल्लेख्य रूपमा बढ्दै गएको छ। विभिन्न राजनीतिक दल परित्याग गरी स्थानीय प्रभावशाली व्यक्तिहरू नेकपामा प्रवेश गर्ने क्रम दैनिकजसो बढिरहेको छ, जसले चुनावी माहोललाई थप उत्साहित बनाएको छ। धनुषाधामका महावीर ठाकुर र राम सेवक कापरले एमाले परित्याग गरी नेकपामा प्रवेश गरेका छन् भने धनुषाधाम–५ का धनेश्वर राय र रत्न ठाकुरले नेपाली कांग्रेस त्याग्दै यादवको नेतृत्वमा विश्वास व्यक्त गरेका छन्। यसरी विभिन्न समुदाय र पृष्ठभूमिबाट आउने नेताहरूको समर्थनले धनुषा–१ मा नेकपाको पकड मजबुत बन्दै गएको देखिएको छ। अनुभव, आन्दोलन र राष्ट्रिय नेतृत्वको संयोजन हाल नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता रहेका यादव लामो राजनीतिक अनुभव, आन्दोलनको पृष्ठभूमि र राष्ट्रिय तहमा नीतिनिर्माणमा संलग्नताका कारण बलियो उम्मेदवारका रूपमा उभिएका छन्। मधेशको माटोबाट उठेर राष्ट्रिय राजनीतिमा प्रभाव स्थापित गरेका उनको राजनीतिक यात्रा संघर्ष, प्रतिबद्धता र समावेशी नेपालको पक्षमा निरन्तर अभियानको परिचायक मानिन्छ। समर्थकहरूका अनुसार यादवको उम्मेदवारी मधेशको आवाजलाई संघीय संसदमा अझ सशक्त ढंगले प्रस्तुत गर्ने अवसर हो। किसान, युवा, मजदुर तथा स्थानीय समुदायसँग प्रत्यक्ष संवाद र सहकार्य उनको नेतृत्वको प्रमुख विशेषता रहँदै आएको छ। क्षेत्रीय मुद्दा र राष्ट्रिय नीतिबीच समन्वय ग्रामीण परिवेशबाट सुरु भएको यादवको राजनीतिक यात्रा आन्दोलनदेखि संसद र मन्त्रीपरिषद्सम्म पुगेको अनुभवले उनलाई क्षेत्रीय आवश्यकता र राष्ट्रिय नीतिबीच समन्वय गर्न सक्षम नेताका रूपमा स्थापित गरेको छ। स्थानीय विकास, रोजगारी, कृषि आधुनिकीकरण र पूर्वाधार विस्तारका मुद्दालाई राष्ट्रिय प्राथमिकतासँग जोड्ने उनको स्पष्ट दृष्टिकोण रहेको बताइन्छ। मतदाताहरूका अनुसार यादवको उम्मेदवारी मधेशका सामाजिक, राजनीतिक र विकाससम्बन्धी सवालहरूलाई निरन्तर रूपमा संघीय संसदमा उठाउने प्रतिबद्धताको निरन्तरता हो। बढ्दो जनसमर्थनले धनुषा–१ मा नेकपाको चुनावी अभियान थप सशक्त र उत्साहजनक बन्दै गएको देखिएको छ।

अधुरा योजना सम्पन्न गर्ने संकल्पसहित चुनावी मैदानमा पूर्व मुख्यमन्त्री त्रिलोचन भट्ट

डोटी । सुदूरपश्चिमको समग्र विकास, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण र समाजवाद उन्मुख समृद्ध अर्थतन्त्र निर्माणको एजेन्डासहित त्रिलोचन भट्ट प्रतिनिधि सभा सदस्य पदका लागि डोटी निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेका भट्टले अघिल्लो कार्यकालमा मुख्यमन्त्रीका रूपमा सुरु गरिएका तर अधुरा रहेका योजनाहरू पूरा गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताउँदै मतदातासँग घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।  २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भई २०७४ फागुन ५ देखि २०७९ पुष २७ गतेसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका भट्टले पाँच वर्षे कार्यकाललाई “आधार निर्माणको कालखण्ड”का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार संघीय संरचना नयाँ–नयाँ अभ्यासमै रहेको अवस्थामा प्रशासनिक संरचना खडा गर्ने, कानुनी आधार निर्माण गर्ने र विकास योजनाको जग बसाल्ने काम चुनौतीपूर्ण थियो। अब ती आधारहरूलाई पूर्णता दिने ऐतिहासिक जिम्मेवारी प्रतिनिधि सभामार्फत पूरा गर्ने उनको दाबी छ। त्रिदेशीय सडक र ‘फास्ट ट्रयाक’ प्राथमिकतामा पूर्व मुख्यमन्त्री भट्टले खुटिया–डोटी–बझाङ हुँदै चीन सीमासम्म जोडिने उरई भञ्ज्याङ नाकालाई केन्द्रमा राखेर त्रिदेशीय सडक सञ्जाल विस्तार आफ्नो दीर्घकालीन सोच भएको बताएका छन् । उनका अनुसार कैलालीको खुटियादेखि बझाङ हुँदै उरई भञ्ज्याङ नाकासम्म सडक ट्रयाक खोल्ने प्रक्रिया उनकै पहलमा अघि बढाइएको थियो। “हामीले सुदूरपश्चिमलाई देशको पश्चिमी प्रवेशद्वारका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेका थियौँ,” भट्टले भने, “अब प्रतिनिधि सभामा पुगेर उक्त सडकलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा स्थापित गर्दै ‘फास्ट ट्रयाक’ मोडेलमा निर्माण अगाडि बढाउने लक्ष्य छ।” यो सडक सञ्जालले भारत र चीनसँगको सम्भावित व्यापारिक आवागमन, पर्यटन प्रवर्द्धन तथा सीमावर्ती जिल्लाहरूको आर्थिक चलायमानतामा महत्त्वपूर्ण टेवा पुग्ने उनको विश्वास छ। पार्टीको आत्मनिर्भर अर्थतन्त्र, उत्पादनमुखी विकास र सीमावर्ती क्षेत्रको सशक्तीकरणको एजेन्डासँग यो योजना प्रत्यक्ष रूपमा जोडिएको उनको दाबी छ। ३५ वर्षपछि ट्रयाक खुलेको सहजपुर–बोगटान–दिपायल सडक कैलालीको सहजपुरदेखि डोटीको बोगटान हुँदै दिपायल जोड्ने ५२ किलोमिटर सडक ३५ वर्षसम्म अलपत्र अवस्थामा थियो। २०७८ सालमा उक्त सडकको ट्रयाक खुल्नु सुदूरपश्चिम प्रदेश सरकारको पहल र प्राथमिकताकै परिणाम भएको भट्टको भनाइ छ। तत्कालीन प्रदेश सरकारले यसलाई गौरव आयोजनाका रूपमा अघि बढाउँदै आवश्यक बजेट व्यवस्थापन गरेको थियो। अब प्रतिनिधि सभामा निर्वाचित भएपछि उक्त सडक कालोपत्रे गरी सुरक्षित र दिगो बनाउने योजना आफ्नो चुनावी प्रतिबद्धतामा समावेश गरिएको उनले बताए ।  “सडक मात्र होइन, सडकसँगै स्थानीय उत्पादन बजारसम्म पुर्‍याउने, कृषि उपजको मूल्य शृंखला विस्तार गर्ने र रोजगारी सिर्जना गर्ने समग्र विकास दृष्टिकोण हाम्रो हो,” उनले भने ।  पूर्वाधार, शिक्षा र स्वास्थ्यमा उपलब्धि पूर्व मुख्यमन्त्री भट्टले आफ्नो कार्यकालमा डोटी जिल्लामा करिब १३० किलोमिटर सडक कालोपत्रे भएको, विभिन्न क्याम्पस तथा विद्यालय भवन निर्माण भएको र ५० शैयाको अस्पताल भवन निर्माण कार्य अघि बढेको दाबी गरेका छन् ।  जिल्ला अस्पतालदेखि प्रादेशिक अस्पतालसम्म सेवा स्तरोन्नति गर्दै विशेषज्ञ सेवा विस्तार गर्ने आधार तयार गरिएको उनको भनाइ छ। उनका अनुसार ग्रामीण सडक सञ्जाल विस्तार, खानेपानी आयोजना, सिँचाइ संरचना, विद्यालय पूर्वाधार र स्वास्थ्य संस्थाको भौतिक निर्माणमार्फत आधारभूत सेवा सर्वसुलभ बनाउने प्रयास गरिएको थियो। अब ती योजनालाई पूर्णता दिनुका साथै गुणस्तरीय सेवा सुनिश्चित गर्नु प्रतिनिधि सभामा पुगेर आफ्नो प्रमुख जिम्मेवारी हुने उनले स्पष्ट पारेका छन् ।  समाजवाद उन्मुख विकास र सुशासनको एजेन्डा उम्मेदवार भट्टले पार्टीको समाजवाद उन्मुख विकास, उत्पादन र श्रमको सम्मान, सहकारी र सामूहिक उत्पादन प्रणालीको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्ध कडा नीति लागू गर्ने एजेन्डालाई प्राथमिकतामा राखेका छन् । “सुदूरपश्चिममा विकासका नाममा धेरै वाचा भए, तर कार्यान्वयनमा निरन्तरता अभाव देखियो,” उनले भने, “हाम्रो एजेन्डा स्पष्ट छ—अधुरा योजना पूरा गर्ने, बजेट पारदर्शी बनाउने र स्थानीय आवश्यकतामा आधारित कार्यक्रम ल्याउने।” पार्टीले कृषिमा आधुनिकीकरण, युवालाई स्वदेशमै रोजगारी, पर्यटन क्षेत्रको संरचनात्मक विकास, जलस्रोतको सदुपयोग र साना तथा मझौला उद्योग प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। डोटीको भौगोलिक सम्भावनालाई उपयोग गर्दै कृषि, जडीबुटी, पशुपालन र पर्यावरणीय पर्यटनमा आधारित स्थानीय अर्थतन्त्र सुदृढ गर्ने योजना पनि उनको चुनावी घोषणापत्रमा समेटिएको छ। संघीयताको सुदृढीकरण र क्षेत्रीय सन्तुलन भट्टले संघीय व्यवस्थालाई व्यवहारमा प्रभावकारी बनाउन केन्द्र–प्रदेश–स्थानीय तहबीच समन्वय सुदृढ गर्नु आवश्यक रहेको बताएका छन् । उनका अनुसार सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा विकट प्रदेशमा संघीयताको मर्मअनुसार बजेट र अधिकारको न्यायोचित बाँडफाँट हुनुपर्छ। “सुदूरपश्चिम विकासका दृष्टिले पछाडि परेको क्षेत्र हो, तर सम्भावनामा धनी छ,” उनले भने, “हामी क्षेत्रीय असमानता अन्त्य गर्दै समतामूलक विकासको आधार तयार गर्ने अभियानमा छौँ।” मतदातासँग प्रत्यक्ष संवाद चुनावी अभियानअन्तर्गत भट्टले डोटीका गाउँ–गाउँमा पुगेर प्रत्यक्ष संवाद गरिरहेका छन् । घरदैलो कार्यक्रम, टोलसभा र अन्तरक्रियामार्फत स्थानीय समस्याबारे सुझाव संकलन गर्दै उनले आगामी कार्ययोजनालाई अझ परिष्कृत बनाउने बताए ।  स्थानीय मतदाताहरूले अधुरा सडक, स्वास्थ्य सेवाको पहुँच, रोजगारीको अवसर र कृषि बजार व्यवस्थापनलाई प्राथमिक मुद्दाका रूपमा उठाइरहेका छन्। भट्टले ती सबै मुद्दालाई संघीय संसदमार्फत नीतिगत र बजेटीय रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निरन्तरताको सन्देश २०७४ सालदेखि २०७९ सालसम्म सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हाल्दै प्रशासनिक स्थायित्व र विकासको आधार निर्माण गरेको अनुभवलाई अब संघीय संसदमा उपयोग गर्ने उनको लक्ष्य छ। अधुरा योजना पूरा गर्ने, दीर्घकालीन रणनीतिक सडक सञ्जाल विस्तार गर्ने र समाजवाद उन्मुख समृद्ध सुदूरपश्चिम निर्माण गर्ने स्पष्ट कार्यदिशासहित भट्ट चुनावी मैदानमा उत्रिएका छन् । “हामीले सुरु गरेका काम अधुरा छोडिँदैनन्,” उनको भनाइ छ, “जनताको भरोसालाई परिणाममा रूपान्तरण गर्नु नै हाम्रो पहिलो कर्तव्य हो।” डोटी निर्वाचन क्षेत्र नं. १ मा यसपटक विकास, निरन्तरता र स्पष्ट वैचारिक एजेन्डाबीचको प्रतिस्पर्धा चर्किएको छ। पूर्व मुख्यमन्त्री भट्ट भने अधुरा काम सम्पन्न गर्ने दृढ संकल्प, अनुभव र स्पष्ट नीति–दृष्टिकोणसहित मतदाताको भरोसा जित्ने अभियानमा जुटेका छन् । 

उदयपुर–२ मा नेकपाको प्रतिबद्धता: अधुरा योजना पूरा, लोकतन्त्रको रक्षा

कटारी । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशकुमार राई (हिमाल) ले कटारीमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन्। राईले मतदातासामू लोकतन्त्रको रक्षा, रोजगारी सृजना, सुशासन र भ्रष्टाचारविरुद्ध दृढ संघर्ष गर्ने आफ्नो दृढ संकल्प व्यक्त गर्दै ‘सुशासन, रोजगारी, समाजबादको तयारी–राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो मुख्य जिम्मेवारी’ भन्ने मूल नारासहित मतदानको आग्रह गरेका छन्। उम्मेदवार राईले प्रस्तुत गरेका ६ बुँदे योजनामा समेटिएका छन्: सुशासन र पारदर्शितामार्फत भ्रष्टाचारको अन्त्य र समाजबादको मार्ग तय गर्ने। उत्पादनमुखी कृषि र घरेलु तथा साना उद्योगकलकारखानाबाट वर्षेनी रोजगार सृजना गर्ने। वैज्ञानिक र बस्तुवादी शिक्षामार्फत समाजबादको आधार तयार गर्ने। निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने र राष्ट्रिय हितका मुद्दा संसदमा उठाउने। अधुरा सडक, खानेपानी र पूर्वाधार परियोजना पुरा गर्ने। स्थानीय विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने। राईले पहिलो कार्यकालमा सुरु गरेका डिभिजन सडक कार्यालय अन्तर्गतका कच्ची सडक, लिफ्टिङ खानेपानी योजना र कोशी करिडोर सडक निर्माणजस्ता अधुरा परियोजनालाई पूरा गर्ने प्रतिबद्धता पनि जनाए। उनले कटारी–मिर्चया–घुर्मी सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्ने र पाँच वर्षभित्र १ अर्ब १३ करोड विनियोजित बजेटमार्फत सडक निर्माण पुरा गर्ने वचन दिए। उनले निर्वाचन क्षेत्रभित्रका ४० वटै वडासम्म जोडिने भित्री सडक, स्थानीय खोला खोल्सीमा पुल, पुलेसा, नाला–कल्भर्ट निर्माण तथा सामुदायिक विद्यालय, स्वास्थ्य चौकी र अस्पताललाई पक्की भवन र दक्ष जनशक्तियुक्त बनाउने योजना पनि सार्वजनिक गरे। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा ले पार्टीको चुनावी घोषणापत्र प्रस्तुत गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई भुई तहदेखि उच्च वर्गसम्म साझा शक्ति भएको बताए। उनले कृषिलाई वैज्ञानिकरण गर्दै उत्पादनमुखी बनाउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, घरेलु तथा साना उद्योग स्थापना गर्ने र वर्षेनी २–५ लाख युवा रोजगारीमा जुटाउने पार्टीको योजना जनाउँदै फागुन २१ को निर्वाचनमा तारा चिन्हमा बहुमत दिन जनतालाई आग्रह गरे। खतिवडाले पार्टी पूर्णरूपमा एकताबद्ध रहेको भन्दै प्रत्यक्ष र समानुपातिक सबै उम्मेदवारलाई जिताउन आफैँ चुनावी अभियानमा सक्रिय रहेको जानकारी दिए। उनले भने, "केही हल्ला छन् कि हामी नेताबीच एकता छैन भनेर। त्यसो होइन। हामी सबै नेता–कार्यकर्ता एकढिक्का भएर लोकतन्त्र, गणतन्त्र, संघीयता र देशको रक्षा गर्न चुनावी अभियानमा लागेका छौँ।" उपयुक्त उमेर र अनुभवको संयोजन गर्दै नेकपाले उदयपुर–२ मा सुरेश राईलाई प्रत्यक्षतर्फ, राममणि पोखरेल, बिनोद कटुवाल (दिवश) र महिला उम्मेदवार मेनुका राई गुरुङ लाई समानुपातिकतर्फ उठाएको छ। यसरी ३ पुस्ता र दुवै लिङ्गका मतदाताले मतदान गर्न उत्साहित हुने अपेक्षा गरिएको छ।

सल्यानमा नेकपाको लहरः अन्य पार्टीका दर्जनौँ कार्यकर्ता पार्टी नेकपा प्रवेश

सल्यान । सल्यान जिल्लामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)प्रति जनआकर्षण तीव्र बन्दै गएको छ। परिवर्तन, स्थिरता र जनमुखी राजनीतिको नारासहित अघि बढिरहेको पार्टीप्रति जिल्लाभर आशा र विश्वास बढ्दै जाँदा पार्टी प्रवेश गर्नेहरुको लर्को लागिरहेको छ। यसैक्रममा सल्यानको त्रिवेणीमा नेकपा एमाले परित्याग गर्दै नेता शेरबहादुर रावत औपचारिक रूपमा नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँलाई पार्टीका नेता प्रकाश ज्वाला लगायत स्थानीय नेताहरूले स्वागत गर्नुभएको थियो। पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावतले नेपाली कम्युनिष्ट पार्टी नै वास्तविक रूपमा जनताको पक्षमा उभिने, सुशासन र परिवर्तनको एजेण्डा बोकेको सशक्त शक्ति भएको बताउनुभयो। उहाँले विशेष गरी नेता प्रकाश ज्वालाको स्पष्ट दृष्टिकोण, जनसम्पर्क र नेतृत्वदायी भूमिकाबाट प्रभावित भएर पार्टीमा समाहित भएको स्पष्ट पार्नुभयो। उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा चुनाव चिन्हमा मतदान गरी प्रत्यक्ष तर्फका उम्मेदवार रमेश मल्ल तथा समानुपातिक तर्फका उम्मेदवार शारदा परियारलाई भारी मतले विजयी गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो। साथै उहाँले सम्पूर्ण सल्यानवासीलाई परिवर्तनको पक्षमा उभिन र नेपाली कम्युनिष्ट पार्टीको अभियानमा सक्रिय रूपमा सहभागी हुन आह्वान गर्नुभयो। पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा अन्य राजनीतिक दल परित्याग गरी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यो क्रमले सल्यानमा नेकपाको जनाधार मजबुत बन्दै गएको र आगामी निर्वाचनमा पार्टीको पक्षमा सकारात्मक परिणाम आउने स्पष्ट संकेत गरेको छ।

चितवन-३ मा रेनु दाहाललाई जिताउने अभियान तीव्र, १५० जना राप्रपा परित्याग गरी नेकपा प्रवेश

चितवन । भरतपुर महानगरपालिका–२५ का विभिन्न तीन स्थानका करिब १५० जना राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता, कार्यकर्ता तथा समर्थकहरूले पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले आगामी निर्वाचनमा “तारा” चिन्हकी उम्मेदवार रेनु दाहाललाई विजयी गराउने अभियानमा सक्रिय रूपमा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। भरतपुर–२५ मा आयोजित कार्यक्रममा बोल्दै नवप्रवेशी प्रतिनिधिहरूले भरतपुर हुँदै चितवनको विकास मोडेललाई संस्थागत गर्ने लक्ष्यका साथ मतदान गर्ने बताएका छन्। उनीहरूले पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा रोजगारीका क्षेत्रमा विगतमा भएका कामलाई निरन्तरता दिन आवश्यक रहेको धारणा राखे। कार्यक्रमलाई सम्बोधन गर्दै रेनु दाहालले लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष तथा स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। भरतपुर महानगरपालिकामा नौ वर्ष मेयरका रूपमा काम गर्दा आफ्नो प्रतिबद्धता र इमान्दारिताकै कारण जनस्नेह प्राप्त भएको उनको भनाइ थियो। सो अवसरमा पार्टीका स्थानीय नेताहरूले नवप्रवेशीहरूलाई स्वागत गर्दै आगामी निर्वाचनमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “विकास र समृद्धिका लागि स्थिर नेतृत्व आवश्यक छ,” उनीहरूले भने, “भरतपुरको समग्र विकासलाई थप उचाइमा पुर्‍याउन सबैको साथ अपरिहार्य छ।” नवप्रवेशीहरूका अनुसार भरतपुर–२५ का तीन स्थानबाट प्राप्त यो समर्थनले निर्वाचन अभियानलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। स्थानीय बासिन्दाले पनि विकासका मुद्दालाई केन्द्रमा राखेर मतदान गर्ने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

रुकुमको विकास पार्टीको एजेन्डा, व्यक्तिको होइन: गोपाल शर्मा

रुकुमपश्चिम । रुकुम पश्चिममा देखिएको विकासको लहर कुनै एक व्यक्तिको “कृपा” होइन, संगठित राजनीतिक दृष्टि र पार्टीको सामूहिक नेतृत्वको परिणाम हो। नेपाली कम्युनिस्ट पार्टीका रुकुम उम्मेदवार गोपाल शर्मा ले स्पष्ट शब्दमा भने-“रुकुमको विकास व्यक्तिले गरेको हो भन्ने प्रचार सरासर भ्रामक र जनतालाई भ्रमित पार्ने प्रयास हो।” जिल्लाको बाँफिकोट–२, पिपलमा आयोजित जनयुद्ध दिवसका अवसरमा सहिद परिवार सम्मान कार्यक्रममा बोल्दै शर्माले रुकुममा सडक विस्तारदेखि ग्रामीण पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका ठूला सुधारहरू पार्टीको दीर्घकालीन योजना, नीति र जनसहभागिताको परिणाम भएको दाबी गरे। “विकासलाई व्यक्तिको नाममा ब्रान्डिङ गरेर राजनीतिक लाभ लिन खोज्नु इतिहास र यथार्थमाथिको अन्याय हो,” उनले आक्रामक शैलीमा भने। उनका अनुसार जनयुद्धपछिको राजनीतिक परिवर्तन र माओवादी नेतृत्वकै पहलमा जिल्लामा आधारभूत संरचना विस्तार, पहुँच मार्ग निर्माण, खानेपानी आयोजना, सामाजिक सुरक्षा कार्यक्रम र स्थानीय तह सुदृढीकरण जस्ता महत्वपूर्ण कामहरू अघि बढेका हुन्। “यो सामूहिक निर्णय, सामूहिक संघर्ष र सामूहिक कार्यान्वयनको उपलब्धि हो,” शर्माको भनाइ छ। केही व्यक्तिहरूले जिल्लाका सबै काम एउटै व्यक्तिले गरेको भन्दै प्रचार गरिरहेकोप्रति लक्षित गर्दै उनले प्रतिवाद गरे, “प्रदेश अर्थमन्त्री हुँदा मैले समन्वय र बजेट व्यवस्थापनमार्फत धेरै योजना प्रदेशबाटै अघि बढाएँ। तर त्यो पनि पार्टीको नीति र सरकारको संरचनाअन्तर्गत भएको हो, व्यक्तिगत चमत्कार होइन।” शर्माले विकासलाई दिगो बनाउन सामूहिक नेतृत्व, नीतिगत निरन्तरता र जनसहभागिता अपरिहार्य रहनेमा जोड दिए। आगामी दिनमा पनि पार्टीकै नेतृत्वमा बाँकी रहेका विकासका कामहरूलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गर्दै उनले भने, “रुकुमको समृद्धि व्यक्तिको प्रचारले होइन, पार्टीको स्पष्ट दृष्टि र जनताको साथले सम्भव हुन्छ।”

जितगढीबाट पाण्डेको आह्वान  ‘आसन्न निर्वाचन संकीर्ण र फराकिलो राष्ट्रियताबीचको छनोट’

बुटवल । राष्ट्रिय स्वाधिनताका लागि नागरिक मञ्च नेपालद्वारा जितगढी किल्लामा आयोजित ‘आसन्न निर्वाचन र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा रुपन्देही–२ बाट नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले आगामी निर्वाचनलाई संकीर्ण र फराकिलो राष्ट्रियताबीचको छनोटका रूपमा व्याख्या गरेका छन्। फागुन ७ अर्थात् प्रजातन्त्र दिवसको सन्दर्भ उल्लेख गर्दै पाण्डेले ७५ वर्षअघि रैतीबाट नागरिक बन्न गरिएको संघर्षको स्मरण गरे। २००७ सालको क्रान्तिदेखि विभिन्न लोकतान्त्रिक आन्दोलनमा सहादत प्राप्त गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नागरिक सर्वोच्चता, संविधानवाद र विधिको शासनको रक्षा गर्नुपर्ने बताए। ऐतिहासिक स्थल जितगढी किल्लाले अंग्रेज साम्राज्यविरुद्धको नेपाली वीरताको स्मरण गराउने उल्लेख गर्दै उनले नेपालको स्वाधीनता कुनै एक नायकको देन नभई आम जनताको बलिदानको परिणाम भएको धारणा राखे। “हाम्रो राष्ट्रियता सामूहिक साहस, सौर्य र स्वतन्त्रताप्रतिको विश्वासबाट निर्मित भएको हो,” उनले भने। राष्ट्र र राष्ट्रियताको सैद्धान्तिक पक्षबारे चर्चा गर्दै पाण्डेले साझा इतिहास, भाषा, संस्कृति र अर्थतन्त्रले राष्ट्र निर्माण गर्ने बताए। उनले राष्ट्रियतालाई आत्मगौरवसँग जोड्दै अरूप्रति घृणा फैलाउने राष्ट्रवादको राजनीतिक दुरुपयोगप्रति सचेत रहन आग्रह गरे। “आफूप्रतिको गौरव राष्ट्रियता हो, अरूप्रतिको घृणा राष्ट्रवाद हो,” उनले भने। पञ्चायती व्यवस्थाले ‘एक भाषा, एक भेष, एक धर्म’मा आधारित संकीर्ण राष्ट्रियता थोपरिएको टिप्पणी गर्दै उनले माओवादी जनयुद्ध र मधेश आन्दोलनले राष्ट्रियताको परिभाषा फराकिलो बनाएको बताए। संघीयता, समावेशिता, समानुपातिकता, सामाजिक न्याय र धर्मनिरपेक्षताले बहुसांस्कृतिक राष्ट्रियतालाई बलियो बनाउने उनको भनाइ थियो। उनले अहिलेको निर्वाचनलाई “पञ्चायती संकीर्ण राष्ट्रियता र जनआन्दोलनहरूले स्थापित गरेको फराकिलो राष्ट्रियताबीचको चुनाव” का रूपमा चित्रण गरे। संविधानको मर्मविपरीत काम गर्ने र संघीयताको आधारभूत कानुन नबनाउने शक्तिहरू संकीर्ण राष्ट्रियताका पक्षधर भएको आरोप पनि उनले लगाए। आर्थिक समृद्धिलाई दिगो राष्ट्रियताको आधार ठहर गर्दै पाण्डेले आम जनतालाई सक्षम बनाउनु नै राष्ट्रियताको सार भएको बताए। बुटवललाई आईटी हबका रूपमा विकास गर्ने, कृषि व्यवसायीकरणमार्फत किसानलाई सशक्त बनाउने तथा बिचौलियाविहीन बजार प्रणाली निर्माण गर्ने आफ्नो योजना उनले सार्वजनिक गरे। “अदक्ष र सस्तो श्रम होइन, प्रतिस्पर्धी जनशक्ति निर्माण नै फराकिलो राष्ट्रियताको आधार हो,” उनले जोड दिए। विदेशी हस्तक्षेपको विषयमा बोल्दै उनले संसारका सबै देशमा बाह्य चलखेल हुने उल्लेख गरे। तर त्यसबाट जोगिन बलियो अर्थतन्त्र, सक्षम जनशक्ति र जनसामान्यको समावेशी सशक्तीकरण आवश्यक रहेको बताए। विदेशी हस्तक्षेपको बहाना बनाएर आफ्ना कमजोरी ढाकछोप गर्ने प्रवृत्तिप्रति पनि उनले आलोचना गरे। कार्यक्रममा सहभागीहरूबीच आसन्न निर्वाचन, राष्ट्रिय स्वाधीनता र समावेशी लोकतन्त्रका विषयमा छलफल भएको थियो।

कास्की २ मा  नेकपाका उम्मेदवार थापाको घरदैलो अभियान तीब्र

कास्की । कास्की  निर्वाचन क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार किरण  थापा ‘हेम’ ले  यो देशमा भ्रष्टाचार उन्मूलन गर्ने कास्की छेत्र न २ मा भएका अव्यवस्थित बसोबास भएको सुकुम्बासी बस्तीका भूमिहीनहरूलाई लालपुर्जा वितरण गर्ने आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्। बिहीबार पोखरा १७ को  घरदैलो अभियानको क्रममा उनले नेपाली  कम्युनिष्ट पार्टीको घोषणापत्रमा पनि  २ बर्ष भित्र देशमा  कोहि भुमी हिन सुकुम्बासी  नरहने लेखेको र आफू पनि जेन्जी आन्दोलनको मर्मअनुसार नीति निर्माण तहमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मतदातासँग प्रत्यक्ष संवाद गर्दै थापाले भने, “वर्षौंदेखि जकडिएका समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएर हामी यहाँ आएका छौं। जनताको माया र विश्वास पाएका छौं। यसपटक जीत निश्चित छ भन्ने ढुक्क छ।” तपाईँहरूलाई चाँडै नै अब आफ्नो भूमिको मालिक हामी बनाउनेछौं तपाईँ हामीलाई ढुक्कले मत दिनुहोस् उनले भने । हाल उनी  पोखरा महानगरपालिका वाडाहरु मा घरदैलो अभियानमा रहेका छन्। थापाका अनुसार, जनतासँग भेट्दा आक्रोश, माया, विश्वास र स्नेह महसुस गरेका छन्। “जनताको समस्यालाई बुझ्नु, सुन्नु र समाधानका उपाय अघि राख्नु मेरो पहिलो जिम्मेवारी हो,” उनले थपे। स्थानीय र युवा उम्मेदवार थापालाई स्थानीय जनताको राम्रो साथ रहेको छ। थापा युवा पुस्ताका लोकप्रिय उम्मेदवार पनि हुन्  उनी भन्छन “म स्थानीय पनि हूँ, युवा पनि हुँ, यस क्षेत्रलाई सक्षम नेतृत्व दिन सक्ने क्षमतावान हुँ,” उनले भने गुगलमा होइन भूगोलमा भेटिने मानिस हुँ। प्रविधि र नवीन सोच लिएर क्षेत्रको समग्र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दै उनी भन्छन्, “खानेपानी, बसोबास, शिक्षा, स्वास्थ्य, उच्च शिक्षा र सामाजिक विकासमा सधैं सक्रिय रहनेछु। अल्पकालीन र दीर्घकालीन रणनीति बनाएर कास्की –२ को विकास अघि बढाउने योजना छ।” थापाले धार्मिक, सांस्कृतिक र सामाजिक सन्तुलन कायम गर्दै जनताका अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। “चुनावपछि पनि म जनताको साथमा रहनेछु, सके संसदबाट नभए सडकबाटै,” उनले स्पष्ट पारे।

जनताको भरोसामा समाजवादी यात्रा: गैरेको प्रतिबद्धता

बागलुङ । प्रतिनिधि सभा निर्वाचन २०८२ नजिकिँदै जाँदा बागलुङ निर्वाचन क्षेत्र नं. २ मा साझा वाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल) को चुनावी अभियानले तीव्रता पाएको छ। जनयुद्धको विरासत बोकेका, विद्यार्थी आन्दोलनबाट उदाएका र तीन दशकभन्दा बढी समयदेखि निरन्तर संघर्षमा होमिएका गैरे स्थिर सरकार, विकास र जनउत्तरदायी राजनीतिका एजेन्डासहित मतदातामाझ पुगेका छन्। संघर्षबाट नेतृत्वसम्म गैरेको यात्रा २०४९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय रहँदै अखिल (क्रान्तिकारी) मार्फत संगठन निर्माणमा लागेका गैरेले २०५० मा इकाई अध्यक्ष, २०५३ मा जिल्ला सचिव हुँदै नेतृत्व विकासको चरण पार गरे। विभिन्न आन्दोलनका क्रममा हिरासत र जेल जीवन व्यहोरेका उनले २०५५ मा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले। २०५७ मा केन्द्रीय सदस्य र २०५९ मा केन्द्रीय सचिवालय सदस्यमा निर्वाचित हुँदै उनले संगठनात्मक क्षमता प्रमाणित गरेका थिए। २०५९ मा बागलुङ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै स्थानीय मुद्दालाई केन्द्रीय राजनीतिसँग जोड्ने भूमिका खेलेका गैरे २०७८ मा गण्डकी प्रदेशको प्रथम सम्मेलनबाट उपाध्यक्ष निर्वाचित भए। हाल उनी नेपाली कम्युनिष्ट पार्टी का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा उम्मेदवारका रूपमा मैदानमा छन्। विकास र सामाजिक न्यायको स्पष्ट खाका गैरेले सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, रोजगारी र सामाजिक न्यायका विस्तृत कार्यक्रम समेटिएका छन्। मध्यपहाडी लोकमार्ग, सालझण्डी–ढोरपाटन सडक, सहिद मार्ग स्तरोन्नति, रणनीतिक सडक सञ्जाल विस्तार तथा झोलुङ्गे पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ। “एक घर एक धारा” अभियानलाई पूर्णता दिँदै स्वच्छ खानेपानी, लिफ्टिङ खानेपानी तथा सिंचाइमा विद्युत् महसुल छुटको व्यवस्था गर्ने प्रतिबद्धता जनाइएको छ। जलविद्युत् उत्पादन विस्तार, उत्तरगंगा जलाशययुक्त परियोजनामा पहल, गलकोट नमुना सहर र बुर्तिबाङको व्यवस्थित विकास, प्रत्येक पालिकामा आवासीय विद्यालय, प्राविधिक शिक्षा विस्तार तथा बुर्तिवाङ प्रादेशिक अस्पतालको स्तरोन्नति उनका मुख्य योजनामा छन्। कृषि, पर्यटन र रोजगारीमा जोड पश्चिम बागलुङलाई आलु, किवी, स्याउ, सुन्तला, कफी, अलैंची, ओखर लगायतका बालीको पकेट क्षेत्रका रूपमा विकास गर्ने, कृषि भण्डारण, ग्रेडिङ र बजारीकरणलाई व्यवस्थित गर्ने तथा पशुपालनमा विशेषतः भेडा–बाख्रा पालनलाई प्राथमिकता दिने योजना अघि सारिएको छ। ढोरपाटन, घुम्टे, शिवधुरी, गलकोट मन्दिर लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास, गोरिल्ला पदमार्ग र सहिद पार्कको व्यवस्थापन, जडीबुटी तथा स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरणमार्फत आयआर्जन बढाउने लक्ष्य लिइएको छ। सामाजिक न्याय र सुशासनको प्रतिबद्धता जातीय तथा लैङ्गिक विभेदमुक्त क्षेत्र घोषणा, सहिद परिवार, घाइते, अपाङ्ग, जेष्ठ नागरिक, दलित तथा विपन्न समुदायको सामाजिक सुरक्षामा विस्तार, सहकारी तथा लघुवित्त पीडितका मुद्दा समाधान, बालश्रम अन्त्य, युवाको अर्थपूर्ण सहभागिता र खेलकुद पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। भ्रष्टाचार र ढिलासुस्तीविरुद्ध जनस्तरबाट निगरानी, सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्। साझा वाम तालमेलको सन्देश बागलुङमा वाम घटकबीच चुनावी तालमेल गर्दै संविधान, संघीयता, गणतन्त्र र सामाजिक न्यायको रक्षा गर्दै समाजवादी यात्रालाई अघि बढाउने संकल्प व्यक्त गरिएको छ। गैरेले “स्थिर सरकार, समृद्ध विकास र जनताको प्रत्यक्ष सहभागितासहितको राजनीति” लाई आफ्नो मुख्य एजेन्डा बताएका छन्। दीर्घ राजनीतिक संघर्ष, संगठनात्मक अनुभव र स्थानीय भूगोलको गहिरो बुझाइका कारण गैरे बागलुङ क्षेत्र नं. २ का मतदातामाझ विश्वासिलो विकल्पका रूपमा उभिएको उनको चुनावी टोलीको दाबी छ। “समानता, न्याय र जनशक्तिका लागि सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता हाम्रो हो,” उम्मेदवार गैरेले भने, “अब विकास, सुशासन र समाजवादी समृद्धिको यात्रालाई निर्णायक मोडमा पुर्‍याउने समय आएको छ।” आदरणीय बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु सर्वप्रथम जेनजी विद्रोह, जनयुद्ध, जनआन्दोलन लगायत विभिन्न सङ्घर्षमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात महान सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै घाइते तथा बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दै सहिदहरुले देखाएको बाटोमा सदैव प्रतिवद्ध रहने विश्वास समेत व्यक्त गर्दछाँै । यतिवेला देशमा विषम परिस्थितिको बिचबाट प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ फागुन २१ गते हँुदैछ । यो विशिष्ट स्थितिमा हुन गइरहेको निर्वाचन लामो सङ्घर्षबाट प्राप्त संविधान प्रदत्त अधिकारहरु सुदृढ र संस्थागत गर्ने वा मुलुकमा फेरि अभैm अराजकता र द्वन्द्व निम्त्याउने भन्नेमा दुई खाले परिदृश्य देखा परिरहेको सन्दर्भमा हामी जिम्मेवार राजनीतिक दल हुनुका नाताले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी, सामाजिक न्याय, सुशासन र समृद्धिको ऐतिहासिक अभिभारा पूरा गर्ने संकल्पसहित राष्ट्र र जनताको आवश्यकता र चाहाना पूरा गर्न नीति र नेतृत्वसहित चुनावी मैदानमा हामी आएका छाँै । विगतका ठुला दल भनिने नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको सरकार हँुदै गर्दा भ्रष्टाचार, कुशासन, निराशा र अराजकता प्रति जेनजी विद्रोह देखा प¥यो । जेनजी विद्रोहको कारण र उद्देश्य सही हुँदाहँुदै पनि आन्दोलनमा घुसपैठ र ध्वंसात्मक कार्य हँुदा मुलुकले गम्भीर क्षति व्यहोेरेको अवस्था छ । यो स्थितिमा पश्चगमन तथा लोकप्रियतावादीको नाममा अतिवादी सोंच देखा परेको छ । यसले मुलुकलाई सही दिशा दिने, स्थायित्व र विकासको सही नेतृत्व गर्न होइन कि विदेशी हस्तक्षेप, द्वन्द्व र अराजकता निम्त्याउने परिस्थिति सिर्जना भएको छ । यसर्थ यस सङ्गिन स्थितिमा बागलुङ जिल्लामा दुई बाम घटक नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा बिच चुनावी तालमेल गरी राष्ट्रिय स्वाधीनता, संविधान र लोकतन्त्रको रक्षा, सुशासन, सामाजिक न्यायसहित समृद्धि र समाजवादी यात्रामा सङ्कल्पवद्ध भइ मुलुकलाई सही दिशा दिन भरोसा र विश्वास योग्य साझा बाम उम्मेदवार बागलुङ निर्वाचन क्षेत्र नं. दुईबाट कमरेड ज्ञामनाथ गैरे (अनिल) र बागलुङ निर्वाचन क्षेत्र नं. एकबाट कमरेड कृष्ण अधिकारी लाई यहाँहरु समक्ष ल्याएका छौँ । बागलुङ जिल्लाको पश्चिम भूगोल विगतदेखिनै निकै पिछडिएको, हेपिएको, ठगिएको र राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा उत्पीडनमा रहेको क्षेत्र हो । गणतन्त्र प्राप्तिपछि सापेक्षित रुपमा विकासका अवयवहरु स्थानीय संरचनाहरु निमार्ण, मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक, गलकोट हटिया–ताराखोला सडक, बुर्तिवाङ–तमान–म्याग्दी सडक, हरिचौर–मल्म–पान्डवखनी–भिमगिठे सडक लगाएत शिक्षा, स्वास्थ्य, खानेपानी, उर्जा, पर्यटन, प्रादेशिक अस्पताल, प्रशासनिक सेवाकेन्द्र, बुर्तिबाङ नमुना सहर टेलिकम सेवाहरु, हातहातमा मोवाइल घरघरमा इन्टरनेट, सामाजिक न्याय र सुशासनको क्षेत्रमा महत्वपूर्ण अवधारणासहित कार्य सम्पादनमा नेपाली कम्युनिष्ट पार्टीको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो यथार्थतालाई आत्मसाथ गर्दै अझै सबै क्षेत्रमा यी सेवा र सुविधाहरु सदृढ गर्नुपर्ने दायित्व पनि हाम्रै रहेको छ । हामीले उठाएका जनताका कयौँ मुद्दा र आवश्यकताहरुलाई व्यवस्थित सम्बोधन गर्नुपर्ने दायित्व पनि हामैै्र भएकाले बागलुङ क्षेत्र दुईका मतदाता यहाँहरुले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट विगतमा जनयुद्धको बिरासत बोकेको, जनताको पीरमर्का बुभ्mने र आप्mनो भूगोलको राम्रो पहिचान भएका स्थानीय युवा नेतृत्व पाउनु हामी सबैका लागि गौरवको कुरा हो । यसर्थ साझा बाम उम्मेवाार कमरेड ज्ञामनाथ गैरे (अनिल) लाई अत्याधिक बहुमतले विजयी गराउनुहुनेछ भन्ने विश्वास लिएका छौँ । हाम्रा चुनावी प्रतिबद्धताहरु निम्नानुसार रहेका छन् ः १. पूर्वाधार विकास  राष्ट्रिय गौरवका योजनाहरु मध्यपहाडी लोकमार्ग, सालझन्डी ढोरपाटन सडक निर्माणमा भएको ढिलासुस्ती र गुणस्तर बारे निगरानी सहित आवश्यक पहल गरिनेछ ।  जनयुद्धको आधार क्षेत्रमा रहेको हाम्रो पहिचानसँग जोडिएको सहिद मार्गको स्तर उन्नति र विस्तारमा विशेष पहल गरिनेछ । प्रदेश निर्वाचन क्षेत्र स्तरीय मुख्य सडक, पालिका केन्द्र जोड्ने सडक लगाएत वडा र बस्ती जोडने सडक पुल, झोलुङ्गे पुल आदिको निर्माण स्तरोन्नतिमा जोड दिइनेछ । अछेते नरेठाँटी सुरुङमार्ग निर्माण विशेष पहल गर्ने र रणनैतिक महत्वका सडकहरु हरिचौर मल्म पान्डवखानी भिमगिठे सडक, ग्वालीचौर जलजला रणसिंङ सडक, भिमगिठे दर्लिङ सडक, प्याङखोला अर्नाकोट जुग्जाखोला सडक, नरेठाँटी दुदिलाभाटी बरेङ सडक, हटिया थालेपोखरा सुखौरा गुल्मी सडक, खर्वाङ दगा सिसाखानी सडक, बुङ्गादोभान बुङ्गखानी ढोरपाटन सडक, गाडीखोला खानी ढोरपाटन सडक, बुर्तिवाङ तमान म्याग्दी सडक, घुस्मेली अर्गल खलडाँडा म्याग्दी सडक, दोगाडी नागवेलीखोला म्याग्दी सडक, पुरनगाँउ फोर्सा भेडीखोर खोलाखर्क सडक, भल्कोट गुम गाम रोल्पा सडक, बुङ्गादोभान खुखानी नर्जा भित्रीबन सडक आदिलाई विशेष जोड दिइनेछ । २. खानेपानीको व्यवस्था  राज्यको नीतिअनुसार एक घर एक धाराको अभियानलाई पूर्णता दिई सबै नागरिकलाई स्वच्छ खानेपानी उपलव्ध गराइनेछ । आवश्यकता अनुसार लिफटिङ्ग खानेपानी योजना व्यवस्थित र विद्युुत महशुललाई छुटको व्यवस्था गरिनेछ । ३. सिचाई सुविधा  खेतीयोग्य जमिनहरुमा सिंचाईको व्यवस्था गरिनेछ । लिफटिङ्ग प्रविधिबाट भएका सिंचाई योजनाको विद्युत् महशुलमा छुटको व्यवस्था गर्न पहल गरिनेछ । ४. जलविद्युुत र विद्युुतीकरण  जिल्ला /निर्वाचन क्षेत्रका सबै वस्तीमा विद्युत् सेवा विस्तार गरी उज्यालो जिल्ला/क्षेत्र बनाइनेछ ।  समुदायमा आधारित साना जलविद्युुत सम्भार मर्मत तथा कनेक्टिभिटीमा जोड दिइनेछ ।  पश्चिम बागलुङमा रहेको स्रोतलाई विद्युत् उत्पादनमा पिपिए मोडेलमा विशेष जोड दिइनेछ ।  उत्तरगंगा जलासययुक्त जलविद्युत् परियोजना कार्यान्वयनमा विशेष पहल हुनेछ । ५. शहरी विकास  गलकोट नमुना शहर तथा ग्वालीचौर र निसीमा नयाँ शहरको अवधारण अगाडि बढाइनेछ ।  बुर्तिबाङ नमुना शहरलाई व्यवस्थित र पारदर्शी ढंगले सम्पन्न गर्न गराउन विशेष पहल गरिनेछ ।  जनता आवाश कार्यक्रमलाई आवश्यकताको आधारमा सम्पन्न गरिनेछ । ६. शिक्षा शिक्षा मौलिक अधिकार भएको हुँदा निःशुल्क शिक्षामा जोड दिइनेछ ।  प्रत्येक पालिकामा आवासिय विद्यालयको अवधारणा अगाडी बढाइनेछ ।  प्रत्येक पालिकामा गुणस्तरीय शैक्षिक केन्द्र निमार्ण गरी शैक्षिक विकासको गतिलाई तीव्रता दिइनेछ ।  विद्यालयको पूर्वाधार निमार्णलाई सुविधा सम्पन्न बनाइनेछ ।  स्थानीय पाठ्यक्रमको विकास गर्दै मातृभाषाको संरक्षण र सम्वद्र्वन गरिनेछ ।  शिक्षालाई प्रविधियुक्त र सीपमूलक बनाउन पहल गरिनेछ ।  निसीभुजी र गलकोट क्यापसलाई प्राविधिक धार तथा व्यावसायिक शिक्षा प्रदान गर्न जोड दिँदै शैक्षिक केन्द्रको रुपमा विकास गरिनेछ ।  प्राविधिक धारतर्फ कक्षा सञ्चालन गरिएका विद्यालयहरुको शैक्षिक र भौतिक सुधार तथा विषयगत जनशक्तिको व्यवस्थापनमा विशेष जोड गरिनेछ । ७. स्वास्थ्य  स्वास्थ्य मौलिक हक भएको हुँदा निःशुल्क उपचारमा विशेष जोड दिइनेछ ।  बुर्तिवाङ प्रादेशिक अस्पताललाई प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरी गुणस्तरीय सेवा प्रवाहलाई सुनिश्चित गरिनेछ ।  प्रत्येक पालिका स्तरीय अस्पताल निमार्ण, जनशक्तिको व्यवस्थापन र गुणस्तरीय सेवामा विशेष जोड दिइने छ । साथै वडा स्तरीय स्वास्थ्य केन्द्र÷इकाईहरुलाई व्यवस्थित गरिनेछ ।  मोवाइल हस्पिटल संचालन र स्थानीय अस्पतालहरुमा विशेषज्ञ सेवाका लागि टेलीमिडिसिन सन्चालन र व्यवस्थित गरिनेछ ।। ८. पर्यटन धार्मिक, सांस्कृतिक, इको र एग्रो टुरिजम आदि स्थानीय विशेषताको आधारमा व्यवस्थित गरिनेछ ।  ढोरपाटन, अर्नाकोट, वराहाताल, सोले, ठामचौर, शिवधुरी, घुम्टे, गाईघाट झरना, मोतिमारे, तिनचुले, दुडुलेख, गलकोत मन्दिर, गाँजा घुरी, राम्चे ढुङ्गा, टेउवा, सिद्धथान, अर्नाकोट, पातिहाल्ने, ठानपति मन्दिर आदि स्थानमा पूर्वधार विकास र पर्यटन प्रवद्र्धनमा जोड दिइनेछ ।  सहिद पार्क, गोरिल्ला पदमार्ग र सांस्कृतिक संग्रालयहरुलाई व्यवस्थित गरिनेछ ।  थप संभाव्यता अध्ययन गरी पर्यटन उद्योगको विकास र रोजगारीको अभिवृद्धिमा जोड दिइनेछ । ९. कृषि तथा पशुपालन वैज्ञानिक भूमिसुधार, खेती प्रणाली, सहकारी समूह र अनुदानलाई नीतिगत सुधार गरिनेछ ।  निर्वाचन क्षेत्रभित्रका आलु, किवी, स्याउ, सुन्तला, कफी, अलँची, कागती, ओखर, टिमुर, आबोकादो, भांगो आदिको पकेट क्षेत्रको रुपमा विकास गरी व्यवस्थित गरिनेछ ।  आधुनिक कृर्षि प्रणाली, उन्नत बिउ÷बिजन र प्रविधिको पहँुच विस्तार गर्ने । कृर्षि उत्पादन र उत्पादकत्वमा वद्धि, कृषि भण्डारण, ग्रेडिङ, लेबलिङ र बजारीकरण, रैथाने बालीको संरक्षण, व्यवसायिक खेती प्रणालीको विकास आदिलाई व्यवस्थित गरी समाजवादी उत्पादन प्रणालीमा जोड दिइनेछ ।  कृृर्षिजन्य वस्तुको आयातलाई न्यूनीकरण र निर्यातलाई प्रवर्दन गर्न स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी यस सम्बन्धी ठोस नीति तय गरिनेछ ।  पशुपालनमा पकेट क्षेत्रको विस्तार व्यवस्थित गर्दै भेडा बाख्रा पालनलाई विशेष प्राथमिकता दिइनेछ ।  मानववस्ती र कृषियोग्य जमिनमा हुने मानव र वन्यजन्तुबिच हुने द्वन्द्व व्यवस्थापनमा विशेष जोड दिइनेछ । १०. जडिवुटी  जडीबुटीको संरक्षण, व्यवसायिक खेती सञ्चालन, सङ्कलन, प्रशोधन र बजारीकरणलाई व्यवस्थित गरी आयआर्जनमा टेवा पुराइनेछ ।  गाँजा खेती, लोकल रक्सी उत्पादनलाई कानुनतः व्यवस्थित गरी उत्पादन, प्रशोधन, ब्राण्डिङ्ग र बजारीकरणमा आवश्यक पहल गरिनेछ । ११. उद्योग  संभावित घरेलु साना तथा मझौला उद्योेग संचालनमा विशेष जोड र प्रोत्साहन गरिनेछ ।  स्थानीय स्तरमा संचालनमा आएका उद्योेगहरुको तीनै तहको सरकारसँग नीति ऐन र कानुनमा सहजीकरण गरी व्यवस्थित गरिनेछ ।  साना, मझौला र ठुला व्यवसायीहरुको संरक्षण तथा प्रवद्र्धनको लागि आवश्यक नीति निर्माणमा जोड दिइनेछ ।  पश्चिम बागलुगमा विविध खानीहरुको (तामा, फलाम, सिसा, स्लेट ढुङ्गा, काष्ठ उद्योेग आदि) को सम्भाव्यता अध्ययन गरी उद्योेग संचालन गर्न कानुनी प्रावधानलाई सहज गर्न विशेष पहल गरिनेछ । १२. रोजगारी  व्यवसायिक सीप तथा दक्षता विकासको अवसर प्रदान गरी कृषि, वन, उद्योेग, पर्यटन, आइटी क्षेत्रमा रोजगारीको अवसर सिर्जना गरिने छ स्थानीय स्तरमा रोजगारीका अवसरहरुको अध्ययन गरी वेरोजगार जनशक्तिका लागि रोजगारीका अवसर जुटाइनेछ । १३. सामाजिक न्याय  जातीय तथा लैङ्गिक विभेद र उत्पीडन मुक्त जिल्ला÷क्षेत्र÷पालिका घोषणाका लागि संविधानतः आवश्यक नीति, योजना र संरचना निर्माण गरी कार्यान्वयनमा जोड दिइने छ ।  सहिद, वेपप्ता परिवार, घाइते अपाङ्ग योद्धा, जेष्ठ नागरिक, एकल महिला, दलित, विपन्न वर्ग समुदायलाई सामाजिक सुरक्षामा आवद्धता सँगै थप आवश्यक सहयोग, सम्मान र संरक्षणका लागि पहल गरिनेछ ।  सहकारी र लघुवित्त पीडित नागकिहरुको माग र मुद्दालाई आवश्यक संवोधनमा विशेष पहल गरिने छ ।  बाल श्रमको अन्त्य गर्दै शिक्षा पोषण र सुरक्षाको जोड दिइनेछ । १४. जेनजी, युवा तथा खेलकुद  प्रत्येक निकायमा युवाहरुको अर्थपूर्ण सहभागितालाई आवश्यक नीति निर्माण गर्न जोड दिइने छ ।  मजदुर, महिला, दलित, जनजाति, किसान, अल्पसंख्यक जाति र समुदायमैत्री नीति निमार्णमा विशेष भूमिका रहनेछ ।  स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारालाई व्यवहारिक रुप दिन पालिका स्तरीय वहु उपयोगी खेलमैदान, क्षेत्रीय रंगशाला तथा कवर्डहल निर्माणलाई विशेष जोड दिइनेछ ।  युवा खेलाडीहरुका लागि प्रोत्साहन तथा व्यवसायिक दक्षताका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरिनेछ । १६. भाषा तथा संस्कृति  स्थानीय स्तरमा रहेको भाषा, मौलिक तथा ऐतिहासिक संस्कार, संकृतिहरुको संरक्षण र प्रवर्दनका लागि पालिकाहरुसँग सहकार्यमा आवश्यक कार्यक्रम संचालन गरिनेछ ।  स्थानीय मातृभाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठनमा जोड दिइनेछ ।  मौलिक पहिचान र जातीय पहिचान बोकेका थानहरु, मठमन्दिर, कोटथान, मेला, जात्रा, रैथानी सीप र कलासंस्कृतिको संरक्षण तथा संवद्र्धनमा विशेष पहल गरिनेछ । १६. सुशासन  भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती विरुद्ध जनस्तरबाट नै निगरानी, नियमन र खबरदारी गर्ने कार्यक्रम संन्चालन गरिनेछ ।  सेवा प्रवाहलाई चुस्त दुरुष्ट, पारदर्शिता र जवाफदेहीतालाई व्यवस्थित गर्न विशेष जोड दिइनेछ । १७. सूचना संचार हातहातमा मोवाइल घरघरमा इन्टरनेट भन्ने मूलनाराका साथ प्रत्येक टोल वस्तीहरुमा टेलीफोन र इन्टरनेट सेवा सुदृद गरिनेछ ।  संचार संस्था र संचारकर्मीहरुको पेशागत तथा ब्यवसायीक दक्षता, सुरक्षा र आत्मानिर्मताको लागि आवश्यक पहल गरिनेछ ।  सूचनाको हकबारे हरेक संरचना र निकायहरुलाई जवाफदेही गरिनेछ । १८. विपत व्यवस्थापन  प्राकृतिक विपत व्यवस्थापनमा जनशक्ति परिचालन, उद्धार, राहत र व्यवस्थापनका कार्यक्रमलाई आवश्यक समन्वय, सहकार्य र तदारुपतामा जोड दिइनेछ ।  प्राकृतिक विपदबारे भूगर्वविदसँग सहकार्य गरी संभाव्यताको अध्ययन र सचेतनाको कार्यक्रम संचालन गरिनेछ ।  वर्षायाममा चट्यांगको जोखिम अत्याधिक रहेकाले लाइटिंग एरिस्टोर जडान आवश्यकता अनुसार व्यवस्था मिलाइनेछ । १९. तहगत समन्वय र सहकार्य  माथि उल्लेखित कार्यसम्पादनमा विधिगत सहजता तथा समग्र विकास र समृद्धिका लागि संघ, प्रदेश र स्थानीय सरकार बिच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक नीति, ऐन कानून र योजना निमार्णमा जोड दिइनेछ ।  विद्यमान जटिल र अव्यवहारिक प्रकृतिका कानूनी प्रावधानहरुको संशोधन र जनपक्ष्ीाय कानुन निर्माणमा विशेष पहल गरिनेछ ।  वनजङ्गल, जमिन, जलस्रोत र जैविक विविधताको संरक्षण, दीगो व्यवस्थापन, जलवायु अनुकूलता, कृषि उत्पादन, पूर्वाधार निर्माण तथा वातावरणीय चेतना अभिवृद्धिका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ । २०. संविधान संसोधन हुने अवस्थामा बागलुङको पश्चिम क्षेत्रलाई छुट्टै जिल्लाको अवधारणालाई सशक्त पहल गरिनेछ । २१. संविधानर्को धारा ५६ (५) अनुसार ताराखोला र तमानखोला गाउँपालिकालाई विशेष क्षेत्र र निसिखोला गाउँपालिका ५ र ६ वडालाई संरक्षित क्षेत्र घोषणामा विशेष पहल गरिनेछ । २२. गलकोट, बडिगाड, ताराखोला र बरेङ क्षेत्रको केन्द्रबिन्दु गलकोट क्षेत्रमा रहनेगरी प्रशासनिक सेवा केन्द्र स्थापनामा विशेष पहल गरिनेछ । २३. ढोरपाटन शिकार आरक्ष क्षेत्रहरुमा देखिएको नीतिगत र कानुनी रुपमा (राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियमावली २०३६, मध्यवर्ति क्षेत्र व्यवस्थापन नियमावली २०५२ आदी) देखिएको समस्याबारे आवश्यक नीति, ऐन कानुन र नियमावली संशोधनमा विशेष पहल गरिनेछ । –निर्वाचन परिचालन समिती बागलुग क्षेत्र नं. २

रुकमपश्चिममा काम गर्ने गोपाल, झुटको खेती गर्ने जनार्दन

रुकमपश्चिम । रुकुम पश्चिम निर्वाचन क्षेत्रमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक रंग चर्किरहेको छ।  विकासका काम र त्यसको श्रेयको बहस पनि चुनावी माहोलमा तातिरहेको छ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तथा उम्मेदवार जनार्दन शर्माले हेलिकोप्टरमार्फत डोजर खसालेर सडक निर्माण गरेको दाबी गर्दै आफैंलाई श्रेय दिन खोजेका छन्। तर स्थानीय स्रोत र पूर्व प्रशासनका विवरणले स्पष्ट पारेका छ कि रुकुम पश्चिममा सडक निर्माण, खानेपानी, विद्यालय र स्वास्थ्य चौकीजस्ता विकासका वास्तविक कामहरू गोपाल शर्माले गरेका हुन्। उनि नेपाली कम्युनिस्ट पार्टीका (नेकपा) का उम्मेदवार पनि हुन् । कर्णाली प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले भने, “म अर्थमन्त्री हुँदा बजेटको व्यवस्था गरेर गाउँ–गाउँमा सडक निर्माण अघि बढाइएको हो। कठिन भूगोल र सीमित स्रोतको बाबजुद पनि स्थानीय आवश्यकताअनुसार सडक निर्माण भएको थियो। प्रचारभन्दा कामलाई प्राथमिकता दिइएको कारण आज सडक देखिन्छ।” स्थानीय नेताहरू र स्रोतका अनुसार २०७८ सालमा आठबिसकोट–चैतिखारा–बारिङ्गे सडक निर्माणका लागि हेलिकोप्टरमार्फत डोजर ढुवानी गरिएको थियो। तर त्यसको भाडा ठेकेदारहरूसँगको समझदारी र कमिसनबाट तिरेको थियो, जनार्दनले कुनै आर्थिक योगदान नगरी अवास्तविक प्रचार गरेर आफैंलाई श्रेय लिन खोजेका थिए। नेकपाका नेता हरिभक्त खड्काले भने, “हेलिकोप्टरमार्फत डोजर ढुवानी गर्दा हाम्रो टोलीले ज्यान जोखिममा राख्यो। त्यसको भाडा ठेकेदारहरूसँगको सम्झौताबाट तिरेको हो। जनार्दनले आफैंलाई श्रेय दिन खोज्नु लज्जास्पद छ।” स्थानीयवासीहरूले पनि विकास कार्यमा गोपाल शर्माको सक्रियता र अनुगमन देखिरहेका छन्। बजेट व्यवस्थापनदेखि कार्यान्वयन, उपभोक्ता समितिसँग समन्वय र समस्या समाधानसम्म उनी प्रत्यक्ष संलग्न रहँदै आएका छन्। रुकुम पश्चिममा विकास र प्रचारको बहसले मतदातालाई सचेत बनाएको छ। कार्य गर्ने व्यक्ति र प्रचार गर्ने नेता अलग देखिनु निर्वाचन नजिकिँदै गर्दा अझै बढी ध्यानाकर्षक विषय बनेको छ। गलत प्रचार गर्नतिर लागेकाे जनार्दनकाे मानसिक हार भइसकेकाे र गाेपालकाे जित सुनिश्चित भएकाे स्थानीय विश्लेषकहरुकाे भनाइ छ । 

बारा–२ मा जनलहर: रमेश यादवका घरदैलो र पार्टी प्रवेशमा जनता एकताबद्ध

बारा । आगामी प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बारा क्षेत्र नम्बर–२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का चुनाव चिन्ह तारा छाप का उम्मेदवार रमेश यादव ले आफ्नो चुनावी अभियानलाई तीव्र गतिमा अघि बढाएका छन्। करैया माई गाउँपालिका–४ अन्तर्गत लौतन, करैया गाउँ र वरिपरिका टोलहरूमा व्यापक घरदैलो अभियान सञ्चालन गर्दै यादवले जनताको मन जित्ने क्रममा रहेका छन्। उम्मेदवार यादवले प्रत्येक घरमा पुगेर प्रत्यक्ष संवाद, समस्या सुन्ने र समाधानका लागि प्रतिबद्धता जनाउने कामलाई प्राथमिकता दिएका छन्। घरदैलो अभियानमा उनले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, कृषि विकास र रोजगारी जस्ता स्थानीय मुख्य आवश्यकता र जनचासोका विषयमा स्पष्ट योजना प्रस्तुत गर्दै जनताको विश्वास जितेका छन्। स्थानीय बासिन्दाहरूले पनि आफ्नो आवश्यकता र समस्या प्रत्यक्ष उम्मेदवारसँग राख्न पाएकोमा खुशी व्यक्त गरेका छन्। यसैबीच, करैयामै पार्टीको चुनावी सम्पर्क कार्यालय विधिवत् उद्घाटन गरिएको छ। कार्यालय उद्घाटन समारोहमा स्थानीय अगुवा, युवासंघका सदस्य, विद्यार्थी, महिला र पार्टीका पुराना तथा नयाँ कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो। उम्मेदवार यादवले कार्यालय उद्घाटनसँगै चुनावी गतिविधिलाई अझ संगठित र योजनाबद्ध बनाउने रणनीति राख्नुभएको छ। उक्त अवसरमा करिब १०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूले विभिन्न पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशी सदस्यहरूलाई रमेश यादवले गम्छा र टीका लगाएर भव्य स्वागत गर्नुभएको थियो। उनले नयाँ सदस्यलाई पार्टीमा विश्वास जनाएकामा धन्यवाद व्यक्त गर्दै सबैलाई जनताको हित र पार्टीको मूल लक्ष्यमा एकजुट भएर अघि बढ्न प्रेरित गर्नुभयो। कार्यक्रममा स्थानीय अगुवा सुरेश यादव, निबेश यादव, बतहु यादव लगायतका नेताहरूको उल्लेखनीय उपस्थितिले पार्टीको संगठनात्मक शक्ति र क्षेत्रीय जनसमर्थनको व्यापकता देखाएको थियो। उनीहरूले चुनावी अभियानलाई थप सक्रिय, प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता जनाए। यसरी सँगै कार्यरत हुने नेतृत्व र कार्यकर्ता वर्गले बारा–२ मा नेकपा र ‘तारा छाप’को जनलहर अझ दृढ बनाएको स्पष्ट देखिन्छ। स्थानीय बासिन्दाहरूका अनुसार, रमेश यादवको घरदैलो अभियान र पार्टी प्रवेश कार्यक्रमले निर्वाचन मैदान तताएको छ। गाउँ–टोलमा तारा छापको झण्डा फहराउँदै, पार्टी सदस्यता बढाउँदै, र जनताको विश्वास जित्दै जाने क्रम निरन्तर जारी छ। यस अभियानले उम्मेदवारको पहुँच र पार्टीको विश्वसनीयता दुवै वृद्धि गरेको छ। यादवले आफ्नो सम्पर्क अभियानमा विशेष गरी युवासँग संवाद, महिला र वृद्धवृद्धासँग भेटघाट, किसान र व्यवसायी वर्गसँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएका छन्। यसरी प्रत्येक वर्गसँग सिधा संवाद गर्नु र उनीहरूको समस्या बुझ्नु उनको चुनावी रणनीतिको मुख्य भाग बनेको छ। यसले जनतामा ‘तारा छाप’ प्रति सकारात्मक धारणा सिर्जना गरेको छ। राजनीतिक विश्लेषकहरूको मत अनुसार, बारा–२ मा यस्ता घरदैलो र सक्रिय सदस्यता अभियानले निर्वाचनको निर्णायक प्रभाव पार्न सक्छ। करैयामा भएको पार्टी प्रवेश कार्यक्रम र नवसदस्यहरूको भव्य स्वागतले चुनावी मैदानमा नेकपाको एकता र संगठनात्मक शक्ति देखाएको छ। यसले रमेश यादवको जनआधार मात्र बलियो बनाएको छैन, समग्र पार्टीको प्रतिकात्मक शक्ति पनि व्यापक बनाएको छ। यसैबीच, यादवले आगामी दिनमा पनि घरदैलो, टोल–टोल भ्रमण, युवासँग संवाद र कार्यक्रम सञ्चालनलाई निरन्तरता दिने योजना बनाएका छन्। पार्टी नेतृत्वले पनि यस अभियानलाई सहयोग गर्ने र जनलहर अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ। बारा–२ मा नेपाली कम्युनिस्ट पार्टीको जनसमर्थन र ‘तारा छाप’को लोकप्रियता निरन्तर बढिरहेको यस अभियानले प्रष्ट देखाएको छ। यसरी, करैयामा भएको व्यापक घरदैलो अभियान, पार्टी कार्यालय उद्घाटन, र १०० भन्दा बढी प्रभावशाली व्यक्तित्वहरूको प्रवेश कार्यक्रममा देखिएको उत्साहले बारा–२ मा नेकपा र रमेश यादवको शक्ति प्रदर्शनलाई प्रत्यक्ष झल्काएको छ। आगामी प्रतिनिधि सभा निर्वाचनमा यस अभियानले निर्णायक भूमिका खेल्ने स्थानीय र पार्टी स्रोतहरूले विश्वास व्यक्त गरेका छन्।

सल्यानलाई ‘उत्पादन र पर्यटन केन्द्र’ बनाउने नेकपाको घोषणा

सल्यान । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिँदै गर्दा नेपाली कम्युनिष्ट पार्टी, सल्यानले “समृद्ध सल्यान, हाम्रो अभियान” नारासहित विस्तृत चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ।  राजनीतिक स्थायित्वदेखि उत्पादन वृद्धि, पूर्वाधार, पर्यटन, शिक्षा–स्वास्थ्य, ऊर्जा र युवा स्वरोजगारसम्मका क्षेत्रलाई समेट्दै पार्टीले सल्यानलाई आगामी दुई वर्षभित्र ‘उज्यालो, जोडिएको र उत्पादक जिल्ला’ बनाउने महत्वाकांक्षी योजना अघि सारेको हो। राजनीतिक स्थायित्व र सुशासनलाई केन्द्रमा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी प्रतिनिधित्व र धर्मनिरपेक्षता जस्ता संवैधानिक मूल्यलाई आत्मसात गर्दै आवश्यक संविधान संशोधनमार्फत राजनीतिक स्थायित्व र सुशासन सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ। जनआन्दोलन र जनयुद्धका सहिद तथा बेपत्ता परिवारको सम्मान, घाइतेको उपचार र राहतलाई प्राथमिकता दिने उल्लेख गरिएको छ। युवा बेरोजगारी र भ्रष्टाचारविरुद्ध स्पष्ट धारणा राख्दै उत्पादनमुखी अर्थतन्त्र र उद्यमशीलता विस्तारमार्फत रोजगारी सिर्जनामा जोड दिइने पार्टीको भनाइ छ। सडकदेखि डिजिटल पूर्वाधारसम्म जोड्ने योजना राप्ती लोकमार्ग, मदन भण्डारी लोकमार्ग, लुम्बिनी–रारा लोकमार्गलगायत रणनीतिक सडकको स्तरोन्नति, सबै पालिका–वडासम्म पक्की सडक र झोलुङ्गे पुल विस्तार मुख्य प्राथमिकता रहेको जनाइएको छ। दुई वर्षभित्र सम्पूर्ण घरधुरीमा गुणस्तरीय सञ्चार सुविधा र सार्वजनिक सेवा क्षेत्रमा भरपर्दो इन्टरनेट विस्तार गर्ने योजना पनि सार्वजनिक गरिएको छ। पर्यटनलाई आर्थिक इन्जिन बनाउने रणनीति कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, फालाबाङ दरबारलगायत ऐतिहासिक तथा धार्मिक स्थलको संरक्षण–प्रवर्द्धन गर्दै नयाँ ट्रेकिङ रूट विकास गर्ने घोषणा गरिएको छ। लोकसंस्कृति संरक्षणका लागि “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना, वार्षिक पर्यटन महोत्सव र होमस्टे प्रवर्द्धनमार्फत आन्तरिक पर्यटन बढाउने रणनीति अघि सारिएको छ। शिक्षा–स्वास्थ्यमा संरचनात्मक सुधार संघीय शिक्षा ऐन पारित गर्न पहल, कृषि क्याम्पस स्थापना, डिजिटल सिकाइ प्रणाली अनिवार्य र सीपमूलक शिक्षामा जोड दिने प्रतिबद्धता जनाइएको छ। सल्यान जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्यामा स्तरोन्नति गरी क्रमशः १०० शैय्यामा विस्तार गर्ने, प्रत्येक पालिकामा १५ शैय्याको अस्पताल र वडास्तरमा स्वास्थ्य चौकी सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ। स्वास्थ्य बिमा, टेलिमेडिसिन र घुम्ती विशेषज्ञ सेवा पनि प्राथमिकतामा छन्। ऊर्जा, सिँचाइ र खानेपानीमा तीव्रता दुई वर्षभित्र पूर्ण विद्युतीकरण, १३२ केभी सबस्टेशन निर्माण, नाङ्गा तार विस्थापन र एबीसी केबल जडानको योजना उल्लेख गरिएको छ। शारदा–बबई र भेरी करिडोरका सिँचाइयोग्य जमिनमा सतह तथा लिफ्ट सिँचाइ विस्तार, बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध र सुरक्षित खानेपानी योजनालाई तीव्रता दिने भनिएको छ। ‘उत्पादन ३० प्रतिशत वृद्धि’ लक्ष्य अदुवा, सुन्तला, आलु, खसी–बोका, टिमुर र तरकारी उत्पादन बढाएर वार्षिक ३० प्रतिशत वृद्धि गर्ने लक्ष्य पार्टीले लिएको छ। शीत भण्डार निर्माण, सहुलियत ऋण, अनुदान र ब्रान्डिङमार्फत “सल्यानी उत्पादन”लाई राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने रणनीति सार्वजनिक गरिएको छ। खुकुरी उद्योग, बाँस–निगालो हस्तकला र जडिबुटीको व्यावसायिक प्रवर्द्धनमार्फत स्थानीय उद्योगलाई बलियो बनाउने योजना अघि सारिएको छ। सामाजिक सुरक्षा र समावेशी कार्यक्रम लघुवित्त पीडित समस्या समाधान, जनता आवास कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता दोहोर्‍याइएको छ। “एक पालिका–एक उत्पादन” कार्यक्रममार्फत सहकारी सुदृढीकरण र अन्तरपालिका व्यापार प्रवर्द्धन गर्ने योजना पनि समेटिएको छ। पार्टीले सल्यानबाट प्रत्यक्षतर्फ युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ शारदा परियारलाई अघि सारेको छ। “तारा” चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्दै पार्टीले समृद्ध सल्यान निर्माणका लागि जनताको ऐक्यबद्धता अपरिहार्य रहेको जनाएको छ। सल्यानको विकासलाई समग्र र दीर्घकालीन ढंगले अघि बढाउने दाबी गर्दै सार्वजनिक गरिएको यो प्रतिबद्धता आगामी निर्वाचनमा मतदाताको निर्णायक परीक्षणमा उत्रनेछ।   समृद्ध सल्यान, हाम्रो अभियान प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ नेपाली कम्युनिष्ट पार्टी, सल्यानको प्रतिबद्धता १. नीतिगत प्रतिबद्धता : १.१. जनक्रान्तिको बलमा जननिर्वाचित संविधान सभाको प्रक्रियाबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी तथा समानुपातिक प्रतिनिधित्व, धर्म निरपेक्षता लगायत संवैधानिक मूल्य मान्यताहरू आत्मसाथ गर्दै राजनीतिक स्थायित्व र सुशासन लगायतका विषयमा संविधान संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ। १.२. देशमा राजनीतिक परिवर्तन र सुशासनका पक्षमा भएका सबै प्रकारका जनक्रान्ति र आन्दोलनमा अभिव्यक्त भएको त्याग, समर्पण र बलिदानको उच्च सम्मान गर्दै महान सहिद तथा बेपत्ता योद्धाहरूको सम्मान र घाइते योद्धाहरूको स्वास्थ्य उपचार तथा राज्यबाट राहत र सहयोग उपलब्ध गराउनेबारे हामी प्रतिबद्ध छौँ।  १.३. जेनजी (नवयुवा) आन्दोलनमार्फत् उठाइएका भ्रष्टाचार, अनियमितता तथा बेरोजगारीजस्ता समस्याहरूको समाधानको लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, राजनीतिक स्थायित्व र शान्ति-सुरक्षा कायम गर्दै युवा स्वरोजगार तथा उद्यमशीलतामार्फत् उत्पादकत्व वृद्धिमा जोड दिनुपर्ने कुरामा हामी प्रतिबद्ध छौँ। १.४. पर्यावरणमैत्री विकासलाई आत्मसाथ गर्दै वन पैदावार र वन्यजन्तु सम्बन्धी कानूनहरूलाई विकासमैत्री र व्यावहारिक बनाउन प्रचलित ऐन, कानून र नियमावलीहरू संशोधन गर्नुपर्ने बिषयमा हामी प्रतिबद्ध छौँ।  १.५. सल्यान जिल्लाबाट यसअघि संघ र प्रदेशमा प्रतिनिधित्व गरिसक्नुभएका जनप्रतिनिधिहरूले शुरू गरेका जिल्लास्तरका रणनीतिक तथा निर्माणाधीन आयोजनाहरूलाई पूर्णता दिनुका साथै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग सहकार्य र समन्वयमा मात्र जिल्लाको विकास र समृद्धिको अभियान सफल हुन्छ भन्ने कुरामा हामी पूर्ण प्रतिबद्ध छौँ। साथै संघीय निजामती ऐनको अन्योलले पैदा गरेको कर्मचारी समायोजन, अन्तरप्रदेश सरूवा तथा अन्तरतह बढुवा लगायतका सेवा सुविधाको लागि पहल गर्न हामी प्रतिबद्ध छौँ। २. भौतिक पूर्वाधारको क्षेत्रमा हाम्रो प्राथमिकता : २.१. यथाशीघ्र राप्ती लोकमार्गको स्तरोन्नति, मदन भण्डारी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्ग, जिल्ला पर्यटकीय चक्रपथ सल्यान (DTRRS), खलङ्गा-मार्के-कालिमाटी रामपुर-घुइयाबारी-खर्कबार-कोहलपुर निर्वाचन क्षेत्र रणनीतिक सडक, प्रदेश राजधानी सुर्खेत जोड्ने लोकमार्गहरू, प्रादेशिक रणनीतिक सडकहरू, अन्तर प्रदेश तथा अन्तर जिल्ला जोड्ने प्रदेश सडकमार्गहरूको पूर्णता र स्तरोन्नति हाम्रो मुख्य प्राथमिकता रहनेछ। २.२. जिल्लाभित्रका सबै पालिका र वडा कार्यालयहरूसम्म पक्की सडक, आवश्यकताको आधारमा झोलुङ्गे पुल निर्माणका साथै सबै टोल, बस्तीमा यातायात सेवा पुर्‍याउने योजनामा हामी पूर्ण प्रतिबद्ध छौँ।  २.३. कतिपय बस्तीहरूमा अहिले पनि गुणस्तरीय सञ्चार सुविधा नपुगेको अवस्थालाई ध्यान दिदै  आवश्यक टेलिफोन टावर र पूर्वाधारको व्यवस्था गरि २ वर्ष भित्र सबै घरमा गुणस्तरीय सञ्चार सुविधा पुर्‍याउन पहल गरिनेछ। २.४. सार्वजनिक सेवा प्रवाह हुने जिल्लाका सम्पूर्ण क्षेत्रमा गुणस्तरीय इन्टरनेट सेवाको सुनिश्चितता गरिनेछ। डिजिटल साक्षरताको विस्तार र सार्वजनिक सञ्चारका माध्यमहरूलाई व्यवस्थित गरिनेछ।   ३. पर्यटन क्षेत्रको विकास र प्रवर्धन : ३.१. जिल्लाको समग्र “पर्यटन गुरूयोजना” निर्माण गरि ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, कृषि, शैक्षिक र  युद्ध पर्यटनजस्ता क्षेत्रको एकीकृत आयोजना निर्माण तथा कार्यान्वयनले मात्र जिल्लाको पर्यटन क्षेत्रको विकास सम्भव छ भन्ने बिषयमा हामी पूर्ण प्रतिबद्ध छौँ। ३.२. मुख्यगरी जिल्लाका पर्यटकीय गन्तव्यहरू कुपिन्डे ताल, खैराबाङ भुवनेश्वरी मन्दिर, छत्रेश्वरी मन्दिर, शंखमूल, लक्ष्मीपुर शिव मन्दिर, फालाबाङ पुतली दरबार, र्‍याले पौवा लगायतका पर्यटकीय गन्तव्यहरूको पूर्वाधार संरक्षण र प्रवर्धन गर्दै क्रमश: कुमाख, निगालचुला, जथाक लेक (पाथिभरा), सुकिदह, कछुवा दह, मालिका लेक, बामे लेक, कालीमाटीको गंगामाला देउतीबज्यै मन्दिर, त्रिवेणीको तीर्थशाला धाम, शिद्धगुफा, देवस्थल कृष्ण मन्दिर, मालिका-कालिका, कोटमौला कालिका मन्दिर, बडागाउँ नाउला दरबार, लखिमपुर, रिमको शिवगुफा, ब्याउलाब्याउली ढुङ्गा, शिव पाइला, सातामुल लगायतका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास तथा केही नयाँ ट्रेकिङ रूट र नयाँ पर्यटकीय गन्तव्यको निर्माण र प्रवर्धनमा हाम्रो प्राथमिकता रहने छ। ३.३. बनगारी टप्पा, सेरिङ्गे, लोकदोहरी, लोकभाका, ठारीभाका, सोरठी, पैसेरी,  झाप्रे, झ्याङ जस्ता लोकसंस्कृति तथा स्थानीय मेला-जात्रालाई संरक्षण तथा सम्बर्धन गर्न जिल्लाका राष्ट्रिय कलाकारदेखि स्थानीय कलाकार समेतको सहभागितामा “सल्यान सांस्कृतिक प्रतिष्ठान” स्थापना गरि सहभागितामूलक संस्कृतिको विकास र जगेर्ना गर्ने हाम्रो साझा सङ्कल्प हुनेछ। ३.४. आन्तरिक पर्यटन प्रवर्धन, होमस्टे, स्वस्थ र अर्गानिक खानामार्फत् जनस्वास्थ्य र जीवनस्तरमा सुधार, वार्षिक पर्यटन महोत्सव, नेवार तथा मगर जातिको स्थानीय भाषाका साथै सल्यानको ठेट नेपाली भाषाको संरक्षण र सम्वर्धनका लागि अध्ययन, अनुसन्धान गर्न पहल गरिनेछ।   ४. शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको गुणस्तर वृद्धिमा हाम्रो जोड : ४.१. संघीय शिक्षा ऐन पारित गर्न पहल गर्नु, जिल्लामा आंगिक क्याम्पस तथा कृषि क्याम्पस स्थापनाको पहल गर्नु, विद्यालयहरूमा डिजिटल सिकाइ प्रणाली अनिवार्य गर्नु, पढ्दै कमाउँदै कार्यक्रमका साथै प्राविधिक तथा सीपमूलक शैक्षिक कार्यक्रमहरू थप गर्दै जानु हाम्रो शैक्षिक कार्यभार हुनेछ।  ४.२. क्याम्पस र विद्यालयहरूमा भौतिक पूर्वाधारको निर्माण, आवश्यक दरबन्दीको व्यवस्थापन, प्राविधिक धारका शैक्षिक कार्यक्रमहरूको विस्तार र सार्वजनिक शिक्षाको गुणस्तर वृद्धि, सतप्रतिशत बालबालिकालाई विद्यालय भर्ना जस्ता कार्यमा विशेष जोड दिइनेछ। ४.३. बसाइँसराइ र विद्यार्थीहरूको आवश्यकतालाई ध्यान दिई शिक्षण संस्थाहरूको स्थानान्तरण वा समायोजन तथा क्याम्पस र विद्यालयहरूमा शैक्षिक कार्यक्रम एवम् संकाय संशोधन गरेर समयसापेक्ष र व्यावहारिक बनाइने छ। प्रारम्भिक तहको आधारभूत शिक्षा जन्मथलोमै आमाको काखमा हुर्किदै लिने व्यवस्था गराउन पहल गरिनेछ। ४.४. जिल्लाको प्राकृतिक सम्पदा र उत्पादनमा आधारित उद्यमशीलता तथा उद्योगहरू स्थापना एवम् सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक तथा व्यावसायिक धारका सीपमूलक जनशक्ति उत्पादनमा हाम्रो जोड हुनेछ। ४.५. सल्यान जिल्ला अस्पतालको निर्माणाधीन भवनलाई सम्पन्न गर्न प्रभावकारी कदम चालिनेछ। तत्काल जिल्ला अस्पताललाई विशेषज्ञ सेवासहित ५० शैय्याको क्षमतामा विकास गर्ने र क्रमश: १०० शैय्यामा स्तरोन्नति गर्न पहल गरिनेछ। सबै पालिकाहरूमा १५ शैय्याको अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा सञ्चालन गर्नुका साथै प्रत्येक वडामा स्वास्थ्य चौकी सञ्चालन गरी आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरिनेछ। ४.६. सल्यानका सबै नागरिकमा स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने, सूचीकृत रोगहरूको निःशुल्क उपचार गर्ने, बिशेषज्ञ डाक्टर सेवासहित घुम्ती सेवा, दुर्गम क्षेत्रमा टेलिमेडिसन सेवा, सुरक्षित मातृत्त्व कार्यक्रम लगायत महिला, जेष्ठ नागरिक र बालबालिका लक्षित स्वास्थ्य कार्यक्रमहरू प्रभावकारी बनाउन हामी पूर्ण प्रतिबद्ध छौँ। ४.७. जेष्ठ नागरिक, एकल महिला र अशक्त नागरिकहरूको सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू प्रभावकारी बनाउनु हाम्रो कर्तव्य हुनेछ। साथै स्वदेश तथा विदेशमा रोजगारीमा रहेका युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्धताको लागि पहल गरिने छ। ४.८. युवा उद्यमशीलता प्रवर्धनमा विशेष जोड दिइनेछ। युवालाई कृषि, वन, पर्यटन, कला संस्कृतिको संरक्षण र विकास लगायतका क्षेत्रमा सीपमूलक तालिमको व्यवस्था गरि उत्पादन र रोजगार केन्द्रित कार्यक्रममार्फत् वैदेशिक रोजगारमा जाने युवालाई स्वदेशमै रोजगार बनाउन र स्वरोजगारमा जोड्न पहल गरिनेछ। ४.९. खेलकुदको विकासका लागि जिल्ला स्तरमा रंगशाला, पालिका स्तरमा कभर्ड हल, हरेक वडा, विद्यालय र क्याम्पसहरूमा खेल मैदानको व्यवस्था गर्न तत्कालीन र दीर्घकालीन कार्ययोजना निर्माण तथा कार्यान्वयनमा प्राथमिकता दिइनेछ। विधागत रूपमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्न र जिल्लाबाट प्रादेशिक र राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न विद्यालय स्तरदेखि नै खेलकुद सम्बन्धी योजना निर्माण र कार्यान्वयनमा हामी प्रतिबद्ध छौँ। ५. विद्युत, सिँचाइ र खानेपानीको क्षेत्रमा हाम्रो प्राथमिकता : ५.१. सल्यान जिल्लाको पूर्ण विद्युतीकरणको योजनालाई तिव्रता दिदै विद्युत नपुगेका घरधुरीमा वैकल्पिक ऊर्जाको समेत व्यवस्था गरि दुई वर्ष भित्र सल्यानलाई पूर्ण उज्यालो जिल्ला बनाइनेछ।  ५.२. विद्युतीय जोखिम हटाउनको लागि नाङ्गो तार विस्थापन गरि यथाशीघ्र Covered  Conductors तथा ABC Cable जडान गर्नुका साथै काठका पोल हटाइनेछ। जिल्लामा उद्योग तथा व्यावसायिक प्रयोजनका लागि आवश्यक पर्ने विद्युतीय क्षमता वृद्धि गर्न १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण गरिनेछ। ५.३. शारदा-बबई करिडोर र भेरी करिडोरका सबै सिँचाइयोग्य जमिन, फाँट र टारहरूमा सतहगत सिँचाइ र लिफ्ट सिँचाइको माध्यामबाट सिँचाइको व्यवस्था गरिने छ। त्यसैगरि बाढी पहिरोबाट खेतीयोग्य जमिन तथा वस्तीहरू सुरक्षित गर्न व्यवस्थित तटबन्धको योजना निर्माण र कार्यान्वयन गरिनेछ। ५.४. स्वस्थ खानेपानी नपुगेका बस्तीहरूमा पाइपलाइन तथा लिफ्ट खानेपानी योजनामार्फत् खानेपानीको व्यवस्था गर्नुका साथै जीर्ण खानेपानी योजनाहरूको पुन:निर्माण गरिनेछ। साथै जलश्रोत तथा पानीका मुहानहरू संरक्षण गर्न अल्पकालीन तथा दीर्घकालीन योजना निर्माण र कार्यान्वयनमा जोड दिइनेछ।   ६. उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगार मुख्य प्राथमिकता : ६.१. सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरि साढे ३ अर्ब बराबरको उत्पादन निर्यात भइरहेको छ। यसका अतिरिक्त स-साना परिमाणमा विभिन्न प्रकारका कृषि तथा वन पैदावार, जडिबुटी पनि निर्यात भइरहेको देखिन्छ। सल्यानको उत्पादनलाई बार्षिक ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्यसहित कार्ययोजना निर्माण गरि कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ। ६.२. सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसायहरू सञ्चालन गरेर मात्र हामीले युवा स्वरोजगार सिर्जना गर्न तथा आयआर्जनमा वृद्धि गर्न सक्छौँ भन्ने विषयमा हामी स्पष्ट छौँ। साथै स्थानीय उत्पादनको ब्रान्डिङ तथा बजारीकरणको व्यवस्था गरि राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सल्यानी उत्पादनको पहिचान बनाउन पहल गरिनेछ।  ६.३. उत्पादित वस्तुहरूको भण्डारणका लागि जिल्लाभित्र आधुनिक शीत भण्डार निर्माण र बजार विस्तार गर्नुका साथै बीउबिजन, मल तथा कृषि सामग्री र प्राविधिक सहयोग उपलब्ध गराउन निरन्तर  पहल गरिनेछ। ६.४. सल्यानका पौराणिक सीपमा आधारित खुकुरी उद्योग, बाँस/निगालोबाट निर्मित वस्तु र तयारी पोशाकलाई आधुनिक प्रविधिमा समायोजन गरी व्यावसायिक बनाउन र राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान एवम् बजारीकरणका लागि आवश्यक पहल गरिनेछ। ६.५. सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गरिनेछ। ६.६. जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार/व्यवसायको प्रवर्धनको लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड दिइनेछ।  ६.७. लघुवित्त पीडितको विषय हल गर्न पहल गर्नुका साथै आवासविहीनको लागि जनता आवासको कार्यक्रम, दलित, महिला, जनजाति र अल्पसंख्यक लक्षित कार्यक्रमलाई बढाउन पहल गरिनेछ। ६.८. कृषि सहकारी सुदृढीकरण, एक पालिका - एक उत्पादन कार्यक्रम सञ्चालन गरिनेछ। उत्पादित वस्तुको अन्तर पालिका व्यापार प्रवर्धनमा जोड दिइनेछ। आदरणीय सल्यानी आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरू, सुन्दर र समृद्ध सल्यान निर्माण गर्ने अभियानमा तपाई हाम्रो साझा प्रयास र सहकार्य आवश्यक छ। यी प्रतिबद्धता हाम्रा प्रारम्भिक सङ्कल्प मात्र हुन्। तपाईं हाम्रो जिल्ला र गाउँघरको विकास एवम् समृद्धिका साझा एजेन्डामा केन्द्रित भएर परिणाममुखी काम गर्न तपाईंको अभिमत र हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ। तपाईं हाम्रो साझा प्रतिबद्धता पूरा गर्न आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीको प्रत्यक्षतर्फ योग्य, क्षमतावान् युवा नेता रमेश कुमार मल्ल र समानुपातिकतर्फ महिला नेता शारदा परियार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। यस अभियानमा तपाईंहरूको ऐक्यबद्धतासहित चुनाव चिन्ह “तारा”मा मतदान गरि अत्यधिक मतका साथ विजयी गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।  धन्यवाद।