कञ्चनपुर–१ मा आशाको उज्यालो: बिना मगरप्रति बढ्दो भरोसा, भूमि अधिकारको स्पष्ट प्रतिबद्धता

कञ्चनपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार बिना मगरको पक्षमा चुनावी माहोल दिनप्रतिदिन सकारात्मक बन्दै गएको छ। जनयुद्धकालीन संघर्षबाट खारिएकी ‘जीवित सहिद’ को परिचय बोकेकी मगरले विद्यार्थी आन्दोलनदेखि राष्ट्रिय राजनीतिसम्म निरन्तर सक्रिय भूमिका खेलेकी कारण मतदातामाझ विश्वासको आधार बलियो बनेको समर्थकहरू बताउँछन्।

राजनीतिक यात्राको प्रारम्भमै काठमाडौंस्थित सरस्वती क्याम्पसको अध्यक्षका रूपमा विद्यार्थी हकहितका सवाल उठाएकी उनले नेतृत्व क्षमता र संगठनात्मक दक्षताको उदाहरण प्रस्तुत गरेकी थिइन्। त्यसयता उनी निरन्तर जनताका मुद्दामा केन्द्रित हुँदै अघि बढ्दै आएकी छन्।

भूमि अधिकार मुख्य एजेण्डा

यसपटकको निर्वाचनमा मगरले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानलाई प्राथमिक एजेण्डा बनाएकी छिन्। वर्षौँदेखि बसोबास गर्दै आएका तर लालपूर्जा नपाएका नागरिकलाई “जहाँ बस्यो, त्यहीँ स्वामित्व” को नीतिअनुसार भूस्वामित्व सुनिश्चित गर्ने उनको प्रतिबद्धता छ। पूर्ण सुकुम्बासीका लागि सुरक्षित र उपयुक्त स्थानको व्यवस्थापन, राजस्व दरको वैज्ञानिक वर्गीकरण र गरिबमुखी नीति लागू गर्ने उनको योजना रहेको उनले जनसभामा बताउँदै आएकी छिन्।

सीमा क्षेत्रका नागरिकको सम्मान र सहजता

अन्तर्राष्ट्रिय सीमा जोडिएका क्षेत्रका बासिन्दाले भोग्दै आएको जग्गा स्वामित्व, बैंकिङ पहुँच र प्रशासनिक जटिलताका विषयमा पनि उनले स्पष्ट धारणा राखेकी छिन्। सीमा क्षेत्रका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने, बैंकिङ सेवा सहज बनाउने तथा समस्याको समाधानका लागि उच्चस्तरीय पहल गर्ने उनको अठोटले स्थानीयमा आशा जगाएको समर्थकहरूको भनाइ छ।

आरक्ष क्षेत्रका बासिन्दाका लागि नीति

आरक्ष क्षेत्रभित्र लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको उचित व्यवस्थापनका लागि विशेष नीति निर्माण आवश्यक रहेको बताउँदै मगरले राज्यबाट उपेक्षित समुदायलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेकी छिन्। दिगो र मानवीय समाधानमार्फत उनीहरूको बसोबास सुरक्षित बनाउने उनको योजना छ।

संघर्षको मैदानबाट खारिएकी, विद्यार्थी आन्दोलनको नेतृत्व सम्हालेकी र आधारभूत अधिकारका मुद्दालाई केन्द्रीय एजेण्डा बनाएकी बिना मगरको उम्मेदवारीलाई नेकपाले परिवर्तनको निरन्तरता र स्थायित्वको आधारका रूपमा प्रस्तुत गरेको छ। अनुभव, स्पष्ट कार्ययोजना र जनताप्रतिको उत्तरदायित्व बोकेकी नेतृका रूपमा मगरलाई विजयी गराउनुपर्ने सन्देशसहित कञ्चनपुर–१ मा चुनावी अभियान तीव्र बनाइएको छ।

कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रका जेनजी युवा, विद्यार्थीले यस पटकको निर्वाचनमा नेकपा उम्मेदवार बीना मगरलाई जिताउने उद्घोष गरेका छन ।

जेनजी युवा–विद्यार्थी नेकपामा प्रवेश

पुनर्वासका जेनजी लिडर सन्तोष पौडेलसहितका जेनजी युवा तथा विद्यार्थीहरूले नेकपा उम्मेदवार बीना मगरलाई विजयी गराउने उद्घोष गरेका छन्।null

 

पुनर्वासका नेकपा युवा नेता हिमेश थापाका अनुसार जेनजी लिडर पौडेलसहितका युवा–विद्यार्थीहरू नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा उम्मेदवार बीना मगरले पौडेलसहित नवप्रवेशी युवा–विद्यार्थीलाई पार्टीमा स्वागत तथा सम्मान गरेकी थिइन्।

पुनर्वासका जेनजी युवा तथा विद्यार्थीहरूले युवा उम्मेदवार बीना मगरलाई विजयी गराउन पार्टी प्रवेश गरेको जनाउँदै थप युवालाई पनि पार्टीमा आबद्ध गराउने बताएका छन्। हालसम्म पार्टीमा प्रवेश नगरेका युवाहरू समेत मगरकै पक्षमा रहेको उनीहरूको दाबी छ। सहकारी ठगीदेखि भ्रष्टाचारसम्मका गतिविधिमाथि कडा कारबाही गर्न सक्ने शक्ति नेकपा सरकारसँग मात्र रहेको विश्वास व्यक्त गर्दै जेनजी युवा पुस्ता नेकपा उम्मेदवारप्रति विश्वस्त बनेको बताएका छन्।
 

बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने विश्वदीपको घोषणा

बुटवल । औद्योगिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले स्थापना गरिएको बुटवल धागो कारखाना लामो समयदेखि बन्द अवस्थामा छ। करोडौँ रुपैयाँ लगानी गरिएको उक्त उद्योग २०६६ सालदेखि पूर्ण रूपमा बन्द भएपछि स्थानीय अर्थतन्त्र, रोजगारी र उत्पादन क्षेत्रमा प्रत्यक्ष असर परेको छ। पटक–पटक सरकार फेरिए पनि उद्योग पुनः सञ्चालनमा ल्याउने ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ। कपडा उद्योगका लागि कच्चा पदार्थ (धागो) उत्पादन गरी आयात प्रतिस्थापन गर्ने उद्देश्यले २०३९ सालमा बुटवल औद्योगिक क्षेत्रमा स्थापना गरिएको कारखाना २०६४ सालदेखि उत्पादन ठप्प भई २०६६ सालमा पूर्ण रूपमा बन्द भएको हो। नेपालगञ्जको खजुरामा उत्पादित कपासबाट बुटवलमा धागो र हेटौँडामा कपडा उत्पादन गरी बजारमा पुर्‍याउने दीर्घकालीन योजना थियो। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रुपन्देही क्षेत्र नं.–२ बाट उम्मेदवार बनेका युवा नेता सुवास पाण्डे ‘विश्वदीप’ले उद्योग पुनः सञ्चालनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। निजी–सार्वजनिक साझेदारी (पीपीपी) मोडेलमार्फत कारखाना सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ। ‘बिचौलियाको पर्खाल भत्काएर भए पनि बुटवल धागो कारखाना सञ्चालन गर्नुपर्छ। निर्वाचित भएपछि मेरो वरिपरि बिचौलिया देख्नुहुने छैन,’ उनले सञ्चारकर्मीसँग भने। सरकारकै लापरवाही र बिचौलियाको चलखेलका कारण उद्योग बन्द हुन पुगेको उनको आरोप छ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योग पुनर्जीवन अनिवार्य रहेको उनले बताए। विश्वदीपका अनुसार पुरानो प्रविधिमा आधारित कारखानालाई यथास्थितिमा सञ्चालन गर्न सम्भव छैन। त्यसैले: प्रविधि स्तरोन्नति र पुनःलगानी आवश्यक, निजी क्षेत्रको मनोबल उकास्ने नीतिगत वातावरण, वैदेशिक लगानीकर्तालाई आकर्षित गर्ने पहल गर्ने, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई एउटै प्याकेजमा सञ्चालन गर्ने अवधारणा राखेका छन् । उनले अन्तर्राष्ट्रिय मञ्चहरूसँग संवाद गरी लगानी भित्र्याउने योजना रहेको पनि बताए। उनका अनुसार उद्योग पुनः सञ्चालन भएमा रोजगारी सिर्जना भई वैदेशिक पलायनमा कमी आउनेछ।

दाङ उपत्यका विकास प्राधिकरण गठन गर्ने निर्मल आचार्यको प्रतिबद्धता, तारामय बन्यो दाङ–२

दाङ । नेपाली कम्युनिष्ट पार्टी दाङ क्षेत्र नं. २ का उम्मेदवार निर्मल आचार्यले दाङको समग्र विकासका लागि दाङ उपत्यका विकास प्राधिकरण गठन गर्ने प्रतिबद्धता गरेका छन् । उनले सो प्राधिकरणमार्फत् सबै क्षेत्रको विकास निर्माणको कामलाई अगाडि बढाउने बताएका हुन् ।  उनले घोराही–तुलसीपुर चारलेन सडक समयमै सम्पन्न गर्ने र यसलाई लमही–घोराही–तुलसीपुर चारलेन सडकको रूपमा विस्तार गर्न पहल गर्ने पनि उनको प्रतिबद्धता छ । आचार्यले कोइलाबास–घोराही–होलेरी, सहिदमार्ग–घोराही, बङ्गलाचुली–प्युठान सडक, दामोदर मार्ग, घोराही–रक्षाचौरलगायत सडकहरूको कालोपत्रेसहित स्तरोन्नतिलाई प्राथमिकताका योजनाको रूपमा अघि बढाउने पनि बताएका छन् । उनले सिमेन्ट उद्योगका टिप्पर सञ्चालनका लागि वैकल्पिक औद्योगिक मार्गको सुनिश्चितता गर्ने बताएका छन् । सिमेन्ट उद्योग र स्थानीयबासी बीचको द्वन्द्व व्यवस्थापन गर्दै उद्योगहरूले अनिवार्य पूरा गर्नुपर्ने सामाजिक उत्तरदायित्वलाई एकद्वार प्रणालीमार्फत् व्यवस्थित गरिने बताइएको छ । दाङमा नियमित हवाइ उडान हुने गरी विमानस्थल व्यवस्थित गर्ने, कालोपत्रे हुन बाँकी सडकहरूलाई क्रमिकरूपले स्तरीय र टिकाउ हुनेगरी कालोपत्रे गर्दै लगिने पनि उनको भनाई छ । नेपाल संस्कृत विश्वविद्यालय, महेन्द्र बहुमुखी क्याम्पस, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा शिक्षा, कृष्णसेन बहुप्राविधिक शिक्षालय, नर्सिङ कलेजहरू, सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई प्रभावकारी बनाएर दाङलाई शैक्षिक हबको रूपमा स्थापित गर्ने प्रतिबद्धता गरिएको छ । घोराही इन्जिनियरिङ कलेजको सञ्चालन गरिने तथा कृषि क्याम्पसको स्थापनालाई प्राथमिकताका साथ अगाडि बढाइने बताइएको छ ।  त्यस्तै, वेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयलाई पूर्वीय दर्शन अध्ययन तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने, आयुर्वेदिक अध्ययन संस्थालाई आयुर्वेदिक विश्वविद्यालयमा रुपान्तरण गर्ने,  ब्रह्मकुमारी विश्वविद्यालयलाई योग, साधना र ध्यानकेन्द्रको रूपमा थप स्थापित र विकास गर्ने र घोराहीको बालमन्दिर विद्यालयलाई अटिज्म र फरक क्षमताका विद्यार्थीका लागि प्रदेश सरकारको मातहत रहने सुविधासम्पन्न विशेष विद्यालयमा स्तरोन्नति गरिने लगायतका प्रतिबद्धता आचार्यको छ । त्यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बहुविशेषज्ञ सेवासहितको सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्दै यस प्रदेशकै उत्कृष्ट चिकित्सा शिक्षाको केन्द्रको रूपमा स्थापित गरिने जनाइएको छ । बिजौरीको आयुर्वेद अस्पताललाई आयुर्वेद औषधि उत्पादन केन्द्रको रूपमा विकास गर्ने, थारु समुदायमा विकराल बन्दै गएको सिकलसेल एनिमियाको परीक्षण, प्रभावकारी उपचार र सहज कार्ड व्यवस्थापनका लागि स्रोत अस्पतालमा व्यवस्था गरी निःशुल्क विशेषज्ञ सेवा उपलब्ध गराइने आचार्यले बताएका छन् । उनले दाङमा मह प्रशोधन केन्द्र स्थापना गर्ने  र त्यहाँको महलाई ब्राण्डिड गर्ने, हरेक वडामा कृषि हाटबजारको व्यवस्थापन गर्न पहल गर्ने लगायतका विविध प्रतिबद्धता गरेका छन् ।

नेकपा पाल्पा-२ का उम्मेदवार सोमप्रसाद पाण्डेका प्रतिबद्धता: अधुरा विकासका आयोजना पुरा गर्न

बुटवल । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पाल्पा क्षेत्र नं. २ का उम्मेदवार सोमप्रसाद पाण्डे पाल्पाका अधुरा आयोजना पुरा गर्न आफ्नो  उम्मेदवारी रहेको बताएका छन् ।  आफू २०७९ सालको निर्वाचनमा पराजित भएपछि जिल्लाको विकास निर्माणले गति लिन नसकेको गुनासो स्थानीयबाट आएपछि आफू पुनः जनतामाझ आएको उनको दाबी छ । उनले आफू सांसद वा मन्त्री नहुँदा पनि पाल्पाको विकासका लागि निरन्तर खटिरहेको पनि उनको भनाई छ । पाण्डेले सिद्धबाबा सुरुङमार्ग निर्माणमा आफ्नो भूमिका निर्णायक रहेको दाबी गरे । तत्कालीन अर्थमन्त्रीले सुरुङमार्गका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत नपुग्ने बताएपछि आफूले अनसन बस्ने चेतावनी दिएको उनले स्मरण गरे । सडक बनेयता झण्डै एक हजार जनाले ज्यान गुमाइसकेको भन्दै उनले नागरिकको जीवनभन्दा ठुलो केही नहुने अडान लिएपछि मात्र बजेट सुनिश्चित भएको बताए । पछिल्लो समय ‘जेनजी’ ले उठाएको सुशासनको मुद्दाप्रति आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै पाण्डेले युवाहरूलाई पार्टीमा जोडिन आग्रह गरे । पाल्पा–२ मा पाण्डेको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका ठाकुर गैरे र नेपाली कांग्रेसका हिमाल दत्त श्रेष्ठसँग हुने भएपनि उनको कामको उचाईले अरु कम्जोर हुने स्थानीयहरु नै बताउँछन् ।  पाल्पालाई पर्यटकीय हब बनाउने योजना सुनाउँदै पाण्डेले निर्वाचन जितेपछि नेपालकै सबैभन्दा ठुलो बुद्ध गार्डेन मूर्ति बनाउने नयाँ योजना अघि सारेका छन् । पाल्पा र बुटवलको निकटतालाई उपयोग गर्दै पर्यटन र पूर्वाधार विकासमा क्रान्ति ल्याउने उनको प्रतिबद्धता छ।   काे हुन् सोमप्रसाद पाण्डे  नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्ष समेत भै सकेका पाण्डे २०५१ सालयता पाँचवटा चुनाव लडेर चार वटामा विजयी भएका छन्  । पाल्पाको मदनपोखरामा जन्मिएका ६६ वर्षीय पाण्डेय कानुनमा स्नातक हुन् । २०३० सालमै नेपाल कम्युनिस्ट पार्टीको सदस्यता लिएका उनी शिक्षण पेशामा रहेका बेला बहुदलको पक्षमा सक्रिय हुँदा २०३६ सालमा ३२ दिन जेल समेत परेका थिए  । २०४० सालमा नेकपा (माले) को गाउँ कमिटी उपसचिव बनेका पाण्डे इलाका सदस्यहुँदै २०५१ सालपछि लगातार १७ वर्ष जिल्ला कमिटी सदस्य रहे । त्यसपछि पाँच वर्ष राष्ट्रिय प्रतिनिधि परिषद्, केन्द्रीय विभागहरू हुँदै नेकपा (एमाले) को केन्द्रीय सदस्य र पाल्पा इन्चार्जको जिम्मेवारीमा पुगे ।  केही समय वकालत गरेका पाण्डेय नेपाल बार एशोसिएसन पाल्पाको अध्यक्ष पनि भए । २०५१ सालको मध्यावधि निर्वाचनमा पाल्पा–२ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी २०५६, २०७० र २०७४ को निर्वाचनमा पनि विजयी भए । पाण्डेयले २०६४ सालको दोस्रो संविधानसभा निर्वाचन भने हारे । २०७० सालको दोस्रो संविधानसभा निर्वाचन जितेका उनी २०७२ मा उद्योगमन्त्री बने । एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भए । पार्टीको पाल्पा इन्चार्ज र लुम्बिनी प्रदेश अध्यक्ष समेतको भूमिका निर्वाह गरीसकेका पाण्डे नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य हुन् । उनी  यो पटक पाल्पालीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै मत मागिरहेका छन् । पाण्डेले पाल्पाको तानसेनलाई सुन्दर पर्यटकीय ऐतिहासिक सहर बनाउने योजना रहेको बताए। उनीसँग  पाल्पा काठमाडौँ पछि बुद्ध धर्म मान्नेहरूको दोस्रो ठूलो सहर रहेको उल्लेख गर्दै उनले श्रीनगरलाई बुद्ध गार्डेनको रूपमा विकास गर्न सके लुम्बिनी आउने पर्यटकहरूलाई पाल्पा लैजान सकिने र त्यसैको माध्यमबाट पाल्पालाई समृद्ध बनाउन सकिने योजना छ ।  ‘पाल्पालाई हिल स्टेसनको रूपमा विकास गर्न सके लुम्बिनी आएका पर्यटकहरूलाई लैजान सकिन्छ, सिद्धबाबा सुरूङ मार्ग, बुटवल तानसेन र बुटवल पोखरा सडक खण्डको निर्माण सम्पन्न हुँदा बुटवल र पाल्पाको दुरी पनि छोटो हुनेछ,’ उनले भने। यस्ता छन् पाण्डेका प्रतिबद्धता पाण्डेले तानसेनसँग जोडेर हार्थोक–छहरा र तानसेन—पोखरा सडकको स्तरोन्नति, माडीमा चक्रपथ निर्माण लगायतका विकास निर्माणका काममा आफूले पहल गरिरहेको दाबी गरे।   ‘मैले २०५१ सालमै पनि मुख्य तीन वटा कुराहरू जिते पनि र हारे पनि पाल्पाली जनतासँगै रहने, कुनै पनि आर्थिक अनियमिततामा मुछिएर जनताको शिर निहुरिन नदिने र आफूलाई दिएका जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता गरेको थिएँ। आज पनि म ती प्रतिबद्धतामा अडिग छु, मलाई मत दिएर कुनै पनि मतदाताले शिर निहुराउनुपर्ने र पछुताउनुपर्ने अवस्था आउन दिने छैन,’ उनले भने। उनले आफ्नो पहलमा पाल्पाका विभिन्न स्थानमा तीन सय बढी साना ठूलो आयोजना सञ्चालनमा रहेको दाबी गर्दै अधुरा रहेका आयोजना पूरा गर्न यस पटक आफ्नो आवश्यकता रहेको बताए। पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट र बगनासकाली गाउँपालिकासँगै माथागढी गाउँपालिकाको वडा नं. १, तिनाउ गाउँपालिकाको वडा नं. १ देखि ४ र ६ तथा तानसेन नगरपालिकाको १ देखि ७ र ९ देखि १४ वडा समेटिएको क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्।

सिरहामा जनमतका समानुपातिक उम्मेदवार नेकपा प्रवेश, अजय शंकर नायकलाई सघाउने

सिराहा । जनमत पार्टीका समानुपातिक उम्मेदवार हरेराम दनुवार नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। कर्जन्हा नगरपालिका वडा नं. ८ का अध्यक्ष समेत रहेका दनुवार मंगलबार आयोजित एक कार्यक्रमबीच नेकपा प्रवेश गरेका हुन्। उनलाई नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं सिराहा क्षेत्र नं. ४ का प्रत्यक्षतर्फका उम्मेदवार अजय शंकर नायक, नेता रामचन्द्र ठाकुर, प्रकाश अधिकारीलगायतले स्वागत गरेका थिए। दनुवारले सिराहा क्षेत्र नं. ४ मा नेकपाका उम्मेदवार नायकलाई विजयी बनाउन आफू पार्टी प्रवेश गरेको बताए। उनले विकास, स्थायित्व र राजनीतिक सहकार्यका लागि आफ्नो निर्णय रहेको उल्लेख गरे।

भक्तपुर–२ मा नेकपाका दीपशिखाको प्रतिबद्धता: कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणमा जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार राम प्रसाद सापकोटा(दीपशिखा)ले आफ्नो क्षेत्रको सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाको संरक्षण तथा सम्वद्र्धन गर्ने प्रमुख एजेन्डा लिएका छन् । उनले ऐतिहासिक, सांस्कृतिक विशेषताको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै नीतिगत र व्यवहारिक दुवै माध्यमबाट विशिष्ट आवश्यकता परिपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।  उनले मूर्तअमूर्त कला, संस्कृति र परम्परागत सम्पदा संरक्षणका लागि नीतिगत व्यवस्था मिलाई सोहीअनुरुप बजेटको सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छन् । गुठी संस्थानको अव्यावहारिक नियमका कारण जात्रा, पर्व चल्न नसक्ने अवस्थामा पुग्न लागेको भन्दै उनले यसलाई समयअनुरुप परिमार्जन गरी सम्पदामैत्री बनाइने उल्लेख गरेका छन् । सापकोटाले गुठीका जग्गाहरुको नियम, कानुन परिमार्जन गरी जात्रा, पर्व, सम्पदा किसानमैत्री बनाइने बताएका छन् । सम्पदाको रेखदेख, अभिलेखीकरण, नियमित सञ्चालन स्थानीय सरकारअन्तर्गत हुने गरी ऐन, कानुन निर्माण तथा संशोधन गर्ने उनको प्रतिबद्धता छ । नेवाः, तामाङ लगायत सबै समुदायका मूर्तअमूर्त सम्पदाको पञ्जीकरण गरी तिनको संरक्षणका लागि नीतिगत व्यवस्थासहित अक्षय कोष स्थापना गर्ने भनिएको छ । त्यसैगरी भक्तपुर जिल्लाको सूर्यविनायकका डोलेश्वर, सुवर्णेश्वर, रानीकोटलगायत पर्यटकीय गन्तव्य विकासका लागि बजेट सुनिश्चित गर्ने, ऐतिहासिक सहर थिमि हस्तकला, माटोका भाँडा र सांस्कृतिक पेसा झल्काउने गरी पार्क सहितको सांस्कृतिक उद्योगग्राम निर्माण गर्न तथा सूर्यविनायकमा प्राणी उद्यान निर्माणका लागि बजेट व्यवस्था गर्ने तथा मध्यपुर सांस्कृतिक ट्रेल र सूर्यविनायक पर्यापर्यटनसहित धार्मिक पर्यटन ट्रेल निर्माण गरिने पनि उल्लेख गरिएको छ । मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने सापकोटाले मध्यपुर थिमि र सूर्यविनायक क्षेत्रलाई आईटी र डिजिटल उद्यमको केन्द्र बनाइने बताएका छन् । खाली रहेका सरकारी भवन तथा मर्ज भएका विद्यालय भवनलाई आईटी वर्क स्टेसन र स्टार्टअप केन्द्रका रुपमा प्रयोग गर्ने उनको योजना छ । पार्क तथा सार्वजनिक स्थलहरुमा फ्रि इन्टरनेटको व्यवस्था गर्ने पनि उनको प्रतिबद्धता छ । प्रत्येक नगरमा आधुनिक प्रविधियुक्त अध्ययन केन्द्र र ल्याबहरु सञ्चालन गरी युवाहरुलाई रोजगारका साथै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाइने, निर्वाचन क्षेत्रमै रोजगारी, तालिम, सीप विकास र अवसरबारे जानकारी दिने रोजगारी सूचना केन्द्र स्थापना गर्ने लगायत उनको प्रतिबद्धता छ ।

नेकपाका उम्मेदवार अम्विर बाबु गुरुङ्गको संकल्प: शिक्षा, रोजगारी र कृषिमा समृद्ध ओखलढुङ्गाको योजना

ओखलढुङ्गा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ओखलढुङ्गा उम्मेदवार अम्विर बाबु गुरुङ्गले शिक्षा सुधार, रोजगारी सिर्जना र कृषि आधुनिकीकरणलाई केन्द्रमा राखेर ओखलढुङ्गाको समग्र विकास गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।  उनले सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षा, कम्प्युटर शिक्षकको व्यवस्था र व्यवहारिक सिकाइ प्रणाली लागू गर्ने लक्ष्य अघि सारेका छन्। शिक्षा क्षेत्रको सुदृढिकरणबिना समुन्नत समाज सम्भव नहुने भन्दै उनले यसलाई प्राथमिकतामा राखेको बताए। विदेश पलायन रोक्दै जिल्लाभित्रै रोजगारीका अवसर सिर्जना गर्न व्यवसायिकता प्रवर्द्धन र सार्वजनिक शिक्षा सुधारलाई सँगसँगै अघि बढाउने उनको योजना छ। सम्भावनालाई अवसरमा रूपान्तरण गरी युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्ने संकल्प उनले व्यक्त गरेका छन्। कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र बजारमुखी बनाउने पनि उनको मुख्य एजेन्डा रहेको छ। किसानमैत्री नीति, पशुपालन तथा कृषि उत्पादनको आधुनिकीकरण र बजार व्यवस्थापनमार्फत आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य रहेको उनले बताएका छन्। दीर्घकालीन विकासमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै उनले ओखलढुङ्गा को विकासका लागि विगतमा गरिएका प्रयासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारमा मन्त्री रहँदा जिल्लामा बजेट भित्र्याउन र पूर्वाधार विकास अघि बढाउन भूमिका खेलेको भन्दै उनले त्यसलाई आगामी दिनमा अझ प्रभावकारी बनाउने बताएका छन्। उनले आफ्नो राजनीतिक यात्रामा साथ दिने मतदाताप्रति आभार प्रकट गर्दै फेरि एकपटक विश्वास र समर्थन आवश्यक रहेको बताएका छन्। यस अभियानमा उनले नेकपाले पनि जिल्लाको विकास र जनताको हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

गाउँका समस्या लिएर सिंहदरबार जान्छु अनि समाधानसहित फर्किन्छु: गोपाल शर्मा

रुकुम पश्चिम । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार गोपाल शर्माले गाउँ–गाउँका समस्या संकलन गरी केन्द्र सरकारसम्म पुर्‍याउने र समाधान सुनिश्चित गरेर मात्रै फर्किने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो मुख्य एजेन्डा नै “गाउँबाट समस्या लिएर सिंहदरबार जाने र समाधान लिएर गाउँ फर्किने” रहेको स्पष्ट पारेका छन् । चुनावी भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा बोल्दै शर्माले जनप्रतिनिधि र नागरिकबीचको दूरी अन्त्य गर्न आवश्यक रहेको बताए। उनले भने, “जनताको समस्या कागजमा मात्र सीमित हुनु हुँदैन, त्यसको व्यवहारिक समाधान खोजिनुपर्छ। म जनताको आवाज बनेर सिंहदरबार पुग्नेछु र समाधानसहित फर्किनेछु।” शर्माले रुकुम पश्चिमका मुख्य समस्या— खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारी—लाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए। स्थानीय विकास योजनालाई केन्द्र सरकारसँग समन्वय गरी छिटो र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उनको दाबी छ। उनका अनुसार जनताका आवश्यकता प्रत्यक्ष रूपमा बुझेर दीर्घकालीन विकासको आधार तयार गर्नु नै आफ्नो प्राथमिक जिम्मेवारी हुनेछ।

उदयपुर–१ मा पाँचकुने तारा चिन्हका उम्मेदवार बलदेव चौधरीको त्रियुगा क्षेत्रमा निरन्तर घरदैलो

उदयपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उदयपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार बलदेव चौधरीले त्रियुगा नगरपालिकाका विभिन्न वडामा निरन्तर घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्। विशेषगरी त्रियुगा नगरपालिका वडा नम्बर ३ र ४ मा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ। पाँचकुने तारा चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका चौधरीले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो प्रतिबद्धता राखिरहेका छन्। घरदैलोका क्रममा उनले उदयपुर–१ को समग्र विकास, रोजगारी सिर्जना, कृषि तथा पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीय जनताका गुनासा, सुझाव र अपेक्षा सुन्दै उनले जनताकै बलमा विजय हासिल गर्ने विश्वास व्यक्त गरे। मतदाता भेटघाटका क्रममा चौधरीलाई विभिन्न टोलमा स्थानीयले फूलमाला तथा खादा लगाएर स्वागत गरेका थिए। युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थितिले चुनावी माहोल थप उत्साहपूर्ण बनेको छ। नेकपाका नेता–कार्यकर्ताहरूले “नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद” र “भोट केमा? तारामा!” भन्ने नारासहित अभियानलाई सशक्त बनाइरहेका छन्। पार्टीका अनुसार त्रियुगा क्षेत्रमा सुरु भएको घरदैलो अभियान अन्य वडामा समेत निरन्तर विस्तार गरिनेछ। उदयपुर–१ मा पाँचकुने तारा चिन्हका उम्मेदवार चौधरीको घरदैलो कार्यक्रमले चुनावी प्रतिस्पर्धालाई थप गतिशील बनाएको छ।

घरदैलो र मतदाता भेटघाटमा सक्रिय नेकपा उम्मेदवार तिमिल्सिना, पर्वतमा समर्थन बढ्दो

पर्वत। पर्वतमा प्रतिनिधिसभाका कान्छा उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट प्रतिस्पर्धामा रहेका मनहरि तिमिल्सिना यतिबेला निरन्तर घरदैलो, मतदाता भेटघाट र चुनावी सभामा व्यस्त छन्। गाउँ–टोलमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै उनले समर्थन जुटाउने अभियानलाई तीव्र बनाएका छन्। कुस्मा नगरपालिका–पाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै तिमिल्सिनाले विदेशबाट आउने रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। “रेमिट्यान्सलाई केवल उपभोगमा सीमित नगरी साना उद्योग, कृषि र सेवा क्षेत्रमा दीर्घकालीन लगानी गर्न सकियो भने गाउँमै रोजगारी सिर्जना हुन्छ,” उनले भने। विदेशमा श्रम गरिरहेका परिवारमा वित्तीय साक्षरता अभिवृद्धि, बचत संस्कारको विकास, सहकारीमार्फत सामूहिक लगानी र उद्यमशीलतामा जोड दिनुपर्ने उनको धारणा थियो। अनुत्पादक खर्चले क्षणिक राहत दिए पनि दिगो योजनाले मात्रै दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने उनले बताए। घरदैलो अभियानका क्रममा स्थानीय विद्वत् वर्ग, नागरिक अगुवा तथा सर्वसाधारणसँग भेटघाट गर्दै तिमिल्सिनाले पाङ र खुर्कोट क्षेत्रका समस्या, सम्भावना र विकासका प्राथमिकताबारे खुला छलफल गरेका छन्। जनताबाट प्राप्त सुझाव र साथले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गर्दै उनले समुदायसँगको सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। युवालाई स्वरोजगारतर्फ आकर्षित गर्न साना उद्योग र उद्यमशीलता प्रवर्द्धन गर्ने, किसानलाई आधुनिक कृषि प्रविधि र सिँचाइ सुविधा उपलब्ध गराउने तथा उत्पादन वृद्धि र आत्मनिर्भरता सुनिश्चित गर्ने योजनामा आफू लागिपर्ने उनले बताए। साथै सडक, पुल, विद्युत् र सञ्चारजस्ता भौतिक पूर्वाधारमा लगानी गरी उत्पादनदेखि बजारसम्मको पहुँच विस्तार गर्ने उनको भनाइ छ। शिक्षा र स्वास्थ्य सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने एजेन्डासमेत उनले अघि सारेका छन्। चुनावी अभियान लिएर पाङ पुगेका तिमिल्सिनालाई स्थानीयले भव्य स्वागत गरेका थिए। स्थानीय मिनराज केसी ‘अविरल’का अनुसार घरदैलो अभियानले उम्मेदवार र मतदाताबीचको सम्बन्ध अझ प्रगाढ बनाएको छ। निरन्तरको जनसम्पर्क र प्रत्यक्ष संवादका कारण तिमिल्सिनाप्रति समर्थन बढ्दै गएको स्थानीयको भनाइ छ।

काभ्रेपलाञ्चोक–२ मा ‘एक बुथ, २० युथ’ वाइसिएल परिचालन हुने

काभ्रे। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नं. २ मा आबद्ध युवा संगठनहरूले ‘एक बुथ, २० युथ’ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। ‘युवाको आह्वान, तारा चिन्हमा मतदान’ नारासहित बनेपामा आयोजित निर्वाचन–केन्द्रित बैठकले प्रत्येक मतदान केन्द्रमा २० जना युवालाई परिचालन गर्ने निर्णय गरेको हो। बैठकमा योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) नेपाल र युवा संघ नेपाल काभ्रेपलाञ्चोक क्षेत्र नं. २ का प्रतिनिधिहरू सहभागी थिए। निर्वाचन परिचालनलाई प्रभावकारी बनाउन क्षेत्र नं. २ अन्तर्गतका सबै पालिकामा संयोजक तोकिएका छन्। भुम्लु गाउँपालिकामा भिमजंग बस्नेत, मण्डनदेउपुर नगरपालिकामा सन्तोष वाइबा, पाँचखाल नगरपालिकामा सूर्य तामाङ, धुलिखेल नगरपालिकामा आकाश तामाङ, बनेपा नगरपालिकामा विवेक दाहाल, बेथानचोक गाउँपालिकामा तपस अक्षय तामाङ र पनौती नगरपालिकामा सुमन श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको वाईसिएलका केन्द्रीय उपाध्यक्ष अविलास तामाङले जानकारी दिए। गठित पालिकास्तरीय संयोजन समितिले प्रत्येक बुथमा आवश्यक संख्यामा युवा स्वयंसेवक परिचालन गर्ने जनाइएको छ। बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य सूर्यमान दोङले शान्ति, सुशासन र सामाजिक न्यायको पक्षमा कम्युनिष्ट शक्तिहरू एकताबद्ध भई निर्वाचनमा होमिएको बताए। उनले सामाजिक न्यायसहितको सुशासन स्थापना र भ्रष्टाचार अन्त्यका लागि नेकपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन अपिल गरे। उनले काभ्रेपलाञ्चोक क्षेत्र नं. १ मा दिनानाथ गौतम र क्षेत्र नं. २ मा बसुन्धरा हुँमागाईलाई मतदान गरी विजयी गराउन आम मतदातासँग आग्रह गरे। यसैगरी, वाईसिएलका केन्द्रीय उपाध्यक्ष अविलास तामाङले निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन युवाहरूको सक्रिय र जिम्मेवार भूमिका अपरिहार्य रहेको बताए। युवा संघ नेपालका केन्द्रीय महासचिव भेषराज शाहले पनि युवालाई आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले निर्वाह गर्न निर्देशन दिए। बैठकपछि निर्वाचन परिचालन समितिको आयोजनामा बनेपाको मुख्य बजार क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो। सो क्रममा तारा चिन्हमा मतदान गर्न आह्वान गर्दै ¥यालीसमेत निकालिएको आयोजकले जनाएको छ।

रुकुम पश्चिमकाे आठविसकोटमा कांग्रेसका पूर्व वडा अध्यक्षसहित ६ जना नेकपामा प्रवेश

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१२ मा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्षसहित ६ जना कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। २०५६ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित जोखबहादुर पुनसहित अर्जुन पुन, धनजित पुन, नवीन पुन र धनबहादुर पुनले औपचारिक रूपमा नेकपा रोजेका हुन्। नवप्रवेशीहरूलाई आयोजित चुनावी कार्यक्रममा नेकपा रुकुम पश्चिमका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार गोपाल शर्मा, नेताहरू वसन्त शर्मा र महेन्द्र केसीलगायतले स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै नेताहरूले जनताको अपेक्षा पूरा गर्ने स्पष्ट राजनीतिक दृष्टिकोण र वैकल्पिक कार्यक्रमसहित नेकपा अघि बढिरहेको दाबी गरे। उनीहरूले विभिन्न दलबाट आउने नेता–कार्यकर्ताको समर्थनले पार्टी अझ सुदृढ बन्दै गएको बताए। प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा रुकुम पश्चिमसहित देशभर नेकपामा प्रवेश गर्ने क्रम तीव्र बनेको बताइएको छ। यसअघि एमालेका स्थापित नेता तथा राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश इन्चार्ज संगम केसी, राष्ट्रिय शिक्षक संगठन रुकुम पश्चिमका सचिव टिकाराम बिष्ट र जिल्ला सदस्य पैलबहादुर घर्तीसमेत नेकपामा प्रवेश गरिसकेको जनाइएको छ। निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो दल–परिवर्तनले जिल्लाको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको स्थानीय विश्लेषकहरूको भनाइ छ।

सिन्धुपाल्चोकका दुबै क्षेत्रमा नेकपाको मजबुत अग्रता, जिततर्फ उन्मुख चुनावी लहर

चौतारा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिन्धुपाल्चोक यतिबेला चुनावी उत्साहले तरंगित बनेको छ। हिमाल, पहाड र राजधानीसँगको रणनीतिक जोडले विशेष महत्त्व बोकेको यो जिल्ला अहिले राजनीतिक रूपमा पनि निर्णायक मोडमा उभिएको छ। विशेषगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेकपाका उम्मेदवारहरूको पक्षमा देखिएको व्यापक जनसमर्थनले चुनावी परिणाम एकतर्फी हुने संकेत दिएको छ। गाउँ–गाउँमा तीव्र घरदैलो अभियान, टोल–टोलमा सशक्त कोणसभा, युवा–महिलाको सक्रिय सहभागिता र संगठनात्मक मजबुतीका कारण जिल्लाभर नेकपामय माहोल देखिएको छ। विपक्षी दलहरू रक्षात्मक अवस्थामा पुगेको स्थानीय राजनीतिक वृत्तमा चर्चा छ। क्षेत्र नम्बर १ : विकासको निरन्तरता र भरोसाको मत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका उम्मेदवार माधव सापकोटा (सुबोध) स्पष्ट अग्रतामा देखिएका छन्। अघिल्लो कार्यकालमा गरेका विकास निर्माणका काम—सडक विस्तार, पुल निर्माण, विद्यालय स्तरोन्नति, खानेपानी आयोजना तथा स्वास्थ्य चौकी सुदृढीकरण—जनतामाझ प्रत्यक्ष अनुभूत विषय बनेका छन्। चौतारा साँगाचोकगढीदेखि बाह्रबिसे भोटेकोशी, लिसंखुपाखरदेखि जुगलसम्म आयोजित सभाहरूमा उल्लेख्य जनसहभागिताले क्षेत्र नम्बर १ मा नेकपाको पकड झनै बलियो बन्दै गएको देखिन्छ। स्थानीयवासीहरू खुलेर भन्छन्, “देखिएको विकासलाई निरन्तरता दिनुपर्छ।” युवा पुस्ताले रोजगारी, सीप विकास र उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकता दिँदै सापकोटालाई साथ दिएका छन् भने महिला समूहहरूले सामाजिक सुरक्षा र आयआर्जन कार्यक्रमलाई निरन्तरता दिनुपर्ने माग राखेका छन्। क्षेत्र नम्बर २ : युवा ऊर्जा र परिवर्तनको नेतृत्व त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवार युवराज दुलाल (शरद) प्रति उत्साहजनक समर्थन देखिएको छ। युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका दुलाल स्पष्ट दृष्टिकोण, संगठनात्मक क्षमता र जनतासँगको निरन्तर सम्पर्कका कारण बलियो दाबेदारका रूपमा उभिएका छन्। उनको चुनावी अभियानमा युवाहरूको उत्साहपूर्ण सहभागिता देखिन्छ। किसान भेटघाट, महिला अन्तरक्रिया तथा जनसंवाद कार्यक्रमले क्षेत्र नम्बर २ को चुनावी माहोललाई थप ऊर्जा दिएको छ। “उत्पादनमा वृद्धि, बजारमा पहुँच र युवालाई स्वरोजगार” भन्ने मूल नारासहित अघि बढेको अभियानले किसान र उद्यमशील युवाहरूलाई विशेष रूपमा आकर्षित गरेको छ। कृषि आधुनिकीकरण, सिँचाइ विस्तार र उत्पादनको बजार सुनिश्चितताजस्ता एजेण्डा जनतामाझ सकारात्मक सन्देशका रूपमा स्थापित भएका छन्। प्रवेश र संगठन विस्तारको लहर जिल्लाभर अन्य दल परित्याग गरी नेकपामा प्रवेश गर्ने क्रम उल्लेखनीय रूपमा बढेको छ। बाह्रबिसेमा आयोजित युवा भेलामा मात्रै तीन सयभन्दा बढी युवाहरू नेकपामा प्रवेश गरेका छन्। वडास्तरदेखि पालिकास्तरसम्म संगठन सुदृढीकरण अभियान तीव्र पारिएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार संगठनात्मक हिसाबले नेकपा अहिले जिल्लामा सबैभन्दा सुदृढ अवस्थामा छ। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षक, युवा उद्यमी र सामाजिक अभियन्ताहरूको समर्थनले चुनावी समीकरण नेकपाको पक्षमा स्पष्ट रूपमा ढल्किएको आकलन गरिएको छ। जनताका एजेण्डा : विकास, स्थिरता र समावेशी समृद्धि सडक सञ्जाल विस्तार, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा विपद् व्यवस्थापन दुबै क्षेत्रका प्रमुख चुनावी मुद्दा बनेका छन्। भूकम्प र बाढीपहिरोबाट प्रभावित जिल्लाका रूपमा पुनर्निर्माण र सुरक्षित बस्ती विकासप्रति जनताको उच्च चासो देखिन्छ। उम्मेदवारहरूले दीर्घकालीन पूर्वाधार निर्माण, जलविद्युत् सम्भावनाको उपयोग र दिगो विकासलाई प्राथमिकतामा राखेका छन्, जसले मतदातामा विश्वासको वातावरण सृजना गरेको छ। जिततर्फ उन्मुख चुनावी लहर यद्यपि चुनाव प्रतिस्पर्धाविहीन छैन, पछिल्ला दिनहरूमा देखिएको जनलहर, संगठनात्मक सक्रियता र उम्मेदवारहरूको जनसम्पर्कले नेकपालाई मनोवैज्ञानिक रूपमा पनि बलियो बनाएको छ। यदि वर्तमान गति कायम रह्यो भने सिन्धुपाल्चोक का दुबै निर्वाचन क्षेत्रमा नेकपाको जित सुनिश्चित हुने राजनीतिक वृत्तमा आकलन भइरहेको छ। अन्तिम निर्णय मतपेटिकाले गर्ने भए पनि, अहिले देखिएको उत्साह, भरोसा र समर्थनले स्पष्ट संकेत दिएको छ—सिन्धुपाल्चोकमा कम्युनिष्ट शक्तिको प्रभाव अझ सुदृढ बनेको छ। अब केही दिनमै हुने मतदानले यो जनलहरलाई औपचारिक परिणाममा रूपान्तरण गर्नेछ। तर यति निश्चित छ—सिन्धुपाल्चोक यतिबेला ऐतिहासिक निर्णयको क्षणमा उभिएको छ, र त्यो निर्णय नेकपाको पक्षमा जाने बलियो संकेत देखिएको छ।

बारा-१ मा नेकपाका उम्मेदवार दंगाल चुनावी मैदान तताउँदै

बारा । बारा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार सन्तोष दंगालले युवा नेतृत्व, विकासको स्पष्ट खाका र निष्ठावान राजनीतिक प्रतिबद्धतासहित चुनावी मैदान तताएका छन्। जिल्लाको उज्ज्वल भविष्य, दिगो विकास र समृद्धिको यात्रालाई तीव्रता दिने लक्ष्यसहित दंगालले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्। युवा पुस्ताको जोश र ऊर्जा बोकेका दंगाल प्रवासको लामो अनुभवबाट खारिएका व्यक्तित्वका रूपमा परिचित छन्। विदेशमा सङ्घर्षपूर्ण जीवन बिताउँदा श्रम, अनुशासन र व्यवस्थापनका विविध आयामहरू नजिकबाट बुझेका उनले त्यही अनुभवलाई बाराको विकासमा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन्। दंगालले बारालाई आधुनिक, व्यवस्थित र समुन्नत जिल्लाका रूपमा स्थापित गर्ने स्पष्ट भिजन अघि सारेका छन्। कृषि आधुनिकीकरण, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार, सडक तथा पूर्वाधार विकासलाई उनले प्राथमिकतामा राखेका छन्। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादन र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उनको योजना छ। उनी जनताको पीरमर्कालाई नजिकबाट बुझेका, सरल र पहुँचयोग्य उम्मेदवारका रूपमा प्रस्तुत हुँदै आएका छन्। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने मान्यतासहित उनले पारदर्शिता, सुशासन र जवाफदेहितालाई आफ्नो मूल आधार बनाउने बताएका छन्। दंगालको उम्मेदवारीलाई बारामा नयाँ ऊर्जा र सकारात्मक आशाका रूपमा हेरिएको छ। युवापुस्ताको सक्रिय सहभागिता, महिला सशक्तीकरण र समावेशी विकासमार्फत जिल्लाको समग्र रूपान्तरण सम्भव हुने विश्वास उनले व्यक्त गरेका छन्। आगामी निर्वाचनमा ‘तारा’ चुनाव चिह्नमार्फत जनतासामु पुगेका दंगालले बारा–१ लाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउने अठोट दोहोर्‍याएका छन्। जिल्लाको दीर्घकालीन हित, पारदर्शी शासन र जनउत्तरदायी नेतृत्वका लागि आफ्नो उम्मेदवारी निर्णायक हुने उनको दाबी छ।

सल्यानमा कतारबाट फर्किन थाले ‘ताराप्रेमी’ युवा:  अतिवादविरुद्ध मत एकताबद्ध गर्ने अभियान

सल्यान । निर्वाचनको मिति नजिकिँदै जाँदा सल्यानमा चुनावी रौनक ह्वात्तै बढेको छ। गाउँ–टोल, चिया पसलदेखि बजार क्षेत्रसम्म चुनावी बहस चर्किँदै गर्दा वैदेशिक रोजगारीमा रहेका युवाहरू समेत गृहजिल्ला फर्किने क्रम तीव्र बनेको छ। दोहा, कतारमा श्रम गरिरहेका सल्यानका दर्जनौँ युवा यतिबेला मतदानका लागि घर फर्किएका छन्। स्थानीय स्तरमा ‘ताराप्रेमी’का रूपमा चिनिने यी युवाहरूले विकास, सुशासन र स्थायित्वको एजेन्डा बोकेर मतदातामाझ सक्रिय अभियान थालेका छन्। उनीहरूले देशमा बढ्दो अतिवादी चिन्तन र अस्थिर राजनीतिक प्रवृत्तिविरुद्ध सचेत मत प्रयोग गर्न आग्रह गर्दै ‘तारा’ चुनाव चिह्नमा मत दिन अपिल गरेका छन्। “अबको मत परिवर्तन र स्थायित्वका लागि हुनुपर्छ,” एक युवाले भने, “विदेशमा बसेर सिकेको अनुशासन र अनुभवलाई अब आफ्नै गाउँको विकासमा लगाउने समय आएको छ।” गाउँ–गाउँमा भेला, घरदैलो र युवा भेटघाटमार्फत उनीहरूले रोजगारी, पूर्वाधार, शिक्षा र स्वास्थ्यलाई मुख्य चुनावी मुद्दा बनाएका छन्। वैदेशिक रोजगारीको कठोर अनुभव बोकेर फर्किएका युवाहरूले अब आफ्नो मत ‘समृद्ध सल्यान’ निर्माणका लागि निर्णायक हुने दाबी गरेका छन्। विशेषगरी युवा पुस्तामा देखिएको ‘तारा’प्रतिको आकर्षणले सल्यानको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ। पुराना शक्ति र नयाँ पुस्ताबीचको प्रतिस्पर्धा चर्किँदै जाँदा यस पटकको निर्वाचनले सल्यानको राजनीतिक दिशालाई नयाँ मोड दिने आकलन गरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार, वैदेशिक रोजगारीबाट फर्किएका युवाको सक्रिय सहभागिताले मतपरिणाममा उल्लेख्य प्रभाव पार्न सक्छ। अब हेर्न बाँकी छ—सल्यानका मतदाताले स्थायित्व र परिवर्तनमध्ये कुन मार्ग रोज्छन्। सल्यानमा पाँचकुने तारा चिन्हका उम्मेदवार नेपाली कम्युनिस्ट पार्टी युवा नेता तथा बाैदिक व्यक्तित्व रमेशकुमार मल्ल चुनावी मैदानमा छन् । 

सर्लाही–३ का मतदाता भन्छन् : “उत्पीडित समुदायको आवाज बोल्ने पार्टी नेकपा नै हो”

सर्लाही । सर्लाही क्षेत्र नम्बर–३ का मतदाता रामशंकर महतोले उत्पीडित र सीमान्तकृत समुदायको आवाज बुलन्द गर्दै न्याय दिलाउने पार्टी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नै भएको बताएका छन्।  उनले पार्टीप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै नेकपाले गरिब, आदिवासी, मधेसी, मुस्लिम तथा पछाडि पारिएका समुदायको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरेका छन्। महतोका अनुसार लामो समयदेखि अन्याय, विभेद र उत्पीडनमा परेका नागरिकहरूको पहिचान, अधिकार र मुक्तिका लागि संघर्ष गर्ने राजनीतिक शक्ति नेकपा नै हो। उनले समाजको तल्लो तह र पछाडि पारिएका वर्गका मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्दै उनीहरूको आत्मसम्मान र अधिकार संरक्षणमा पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले आगामी निर्वाचनमा आफ्नो भोट नेकपाको चुनाव चिन्ह तारामा दिने घोषणा गर्दै पार्टीप्रति समर्थन व्यक्त गरेका छन्। नेकपाले सदैव सामाजिक न्याय, समानता र समावेशी प्रतिनिधित्वलाई आफ्नो मूल एजेन्डा बनाउँदै आएको र सोही अभियानलाई सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। उक्त क्षेत्रमा नेकपाका तर्फबाट चर्चित पूर्वगृहमन्त्री तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उम्मेदवार छन ।