एभरेष्ट दैनिक

संघीय गठबन्धनले चुनाव बिथोल्ने

काठमाडौं, वैशाख २ । मधेसी मोर्चासहितको संघीय गठबन्धनले नयाँ संविधान संशोधन विधेयकको स्वामित्व नलिने अडान राख्दै स्थानीय तहका निर्वाचनको कार्यक्रम विथोल्नका लागि आन्दोलनमा जाने निर्णय गरेको छ । आगामी वैशाख ५ देखि ३१ सम्मका लागि प्रदर्शन, घेराउ र हड्तालजस्ता कार्यक्रम गर्ने निर्णय शनिबार तीनकुनेमा आयोजित गठबन्धनले गरेको छ । आन्दोलनका सम्पूर्ण कार्यक्रम उनीहरुले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेका छन् । त्यसअघि बिहान ९ बजे गठबन्धनभित्रका केही शीर्षनेता बसेर आन्दोलनको तालिकालाई अन्तिमरुप दिने रामसपा महासचिव केशव झाले बताए । बैठकमा संघीय समाजवादी फोरम उपेन्द्र यादवसहित मधेसी मोर्चा र गठबन्धनका नेताहरु सहभागी थिए ।