गठबन्धनमा सहकार्य गर्न माधव नेपाल सकारात्मक, पार्टीमा छलफल गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा सहकार्य गर्न सकारात्मक देखिएका छन्  । मंगलबार राति नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निवासमा भएको भेटवार्ता सकारात्मक रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

उनले आफूहरूले नेपाललाई सत्ता गठबन्धनमा आउन आग्रह गरेको र उनी सकारात्मक रहेको पोख्रेलको भनाई थियो । आफु सकारात्म रहेको बताउँदै नेपालले नेकपा (एकीकृत समाजवादी)ले बुधबार बैठक राखेर बैठकबाट यस विषयको टुंगो लगाउने बताएका हुन् ।


बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली सहभागी थिए । साथमा एमाले नेता विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरु थिए ।

सत्ता गठबन्धनलाई बामदेवको समर्थन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले सोमबार निर्माण भएको नयाँ सत्ता गठबन्धनको समर्थन जनाएका छन्। उनले आज विज्ञप्ति प्रकाशन गरी अहिलेको नयाँ सत्ता गठबन्धनले सही राजनीतिक दिशा लिएको भन्दै समर्थन गरेका हुन् । सोमबार नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको नयाँ सत्ता समीकरण बनेको छ । नेता गौतमले २०७७ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन गर्नु एउटा भूल थियो भन्ने कुरा नयाँ सत्ता समीकरणले पुष्टि गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरे।  उनले यो सत्ता समीकरणबाट सत्तास्वाद लिन जे पनि गर्ने प्रवृत्तिको अन्त्य हुने र अब वास्तविक राजनीतिक प्रतिस्पर्धामा जनता खुसी भएर सामेल हुने अपेक्षा गरिएको पनि विज्ञप्तिमा जनाए। एमालेका पूर्वउपाध्यक्ष नेता गौतम नेकपा विभाजनपछि कुनै पार्टीमा संलग्न नरही बाम एकताको अभियानमा लागेका हुन् । उनी अहिले राष्ट्रियसभाका सदस्य रहेका छन् ।

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ । सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि  पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो । उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे माओवादीतर्फका मन्त्री बर्खास्त

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा (माअ‍ोवादी केन्द्र)का तर्फबाट प्रतिनिधित्व गरेका मन्त्रीहरू बर्खास्त गरेका छन्। उनले माओवादीतर्फका मन्त्रीहरूले जिम्मेवारी लिएका उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालय आफ्नै मातहतमा राखेका छन्। मुख्यमन्त्री शाहले जिम्मेवारी हेरफेरको पत्र प्रदेश प्रमुखसमक्ष पठाइसकेका छन्। सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट झपटबहादुर साउद सामाजिक विकास र रमेश सिंह धामी उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री र गीतादेवी माल उद्योग राज्यमन्त्री थिए। यी तीनैजनालाई बर्खास्त गरिएको हो।

गण्डकीका मुख्यमन्त्रीले खोसे माओवादीतर्फका मन्त्रीको जिम्मेवारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) तर्फका मन्त्रीहरुको जिम्मेवारी खोसेका छन् । त्यसलाई उनले मन्त्रिपरिषद् पुनर्गठन गरिएको बताएका छन् । मुख्यमन्त्री पाण्डेले मंगलबार आफ्नो सरकारबाट भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशम जुग्जाली र सामाजिक विकासमन्त्री सुशीला सिंखडालाई हटाएका हुन् । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रमा (एमाले) सहितको नयाँ गठबन्धनबाट सत्तायात्रा सुरु गरेका छन् । प्रदेशमा त्यसकै असर परेको हो । 

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्ने

काठमाडौँ ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल तथा समिक्षा हुने कांग्रेसले जनाएको छ । 

मन्त्रालयको भागबन्डा गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । मन्त्रालयको भागभण्डा टुङ्गो लगाउन नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीहरुले पाउने मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो । गठबन्धनमा एमालेबाट शंकर पोखरेल, माओवादी केन्द्रबाट वर्षमान पुन, रास्वपाबाट स्वर्णिम वाग्ले र जसपाबाट राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । उनीहरुवीच सहमति हुन नसकेका विषयमा शीर्ष नेतृत्वले अन्तिम समझदारी गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल अहिले बिनाविभागीय छन् ।  यसअघि सोमबार नेकपा एमालेका महासचिव शंकर पोरलेलले गठबन्धनमा अन्य दललाई पनि सहमतिमा ल्याउने प्रयास भएकाले मन्त्रालयको भागभण्डा टुङ्गीनसकेको बताएका थिए ।

एकीकृत समाजवादी र लोसपालाई गठबन्धनमा सामेल गराउँछौं : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि वर्तमान सत्ता गठबन्धनमा सामेल गराएर अघि बढ्ने बताएका छन् ।  सोमबार साँझ चार दलका शीर्ष नेताहरूबीच भएको सहमति सार्वजनिक गर्दै महासचिव पोखरेलले मन्त्रिपरिषद् गठन र साझा न्यूनतम कार्यक्रमलाई छिटोभन्दा छिटो टुंगो लगाएर अघि बढ्ने बताए । ‘अहिले चार दलबीच एउटा आधार बनेको छ । अब हामी गठबन्धनमा अरु दलहरूलाई पनि सामेल गर्ने विषयमा छलफल गर्दैछौँ,’ उनले भने, ‘अहिले नेकपा एकीकृत समाजवादी र लोसपासँग संवाद अगाडि बढाएका छौँ । सम्माननीय प्रधानमन्त्री पनि सबैसँग संवादमै हुनुहुन्छ ।गठबन्धनमा कुन कुन दल हुने भन्ने निश्चित भएपछि यो गठबन्धन सरकार नागरिकलाई सुशासन र डेलिभेरी दिनेमा केन्द्रीत हुन्छ ।’ उनले नयाँ गठबन्धनले जनतामा आशा जगाउने विश्वास राख्न आग्रह गरे ।

अस्वस्थ माधव नेपाललाई भेट्न पुगे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई भेट्न उनको निवास पुगेका छन् । केहि दिन अगाडि देखि अस्वस्थ रहेका नेपाललाई स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री प्रचण्ड र नारायणकाजी श्रेष्ठ माधव कुमार नेपालको निवास पुगेका हुन् ।

तीन मन्त्री नियुक्त, जिम्मेवारी पछि टुंग्गिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदा गर्दै पुनः आफ्नो नेतृत्वमा मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले प्रधानमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी तत्काल आफैं राखेका छन् भने नयाँ गठबन्धनबाट तीन जनालाई विनाविभागीय मन्त्री बनाएका छन् । उनले हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याललाई मन्त्री बनाएका छन् । तीन मन्त्रीको सपथ आजै भएको छ । तर उनीहरुको मन्त्रालय तोकिएको छैन ।  नयाँ गठबन्धनमा छलफलपछि मन्त्रालयको भागबण्डा गरिनेछ ।

शितल निवासमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं । सत्ता समिकरण फेरिएपछि तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भए पछि उनीहरुलाई सपथ गराइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अरु दलको एक एक जना सहभागी मन्त्रिपरिषद गठन गरेका छन् । नव नियुक्त मन्त्रीहरुको जिम्मेवारी भने तोकिएको छैन ।

माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको होइन : प्रधानमन्त्री

'साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गडगडाउँदो नदीजस्तो बग्छ'

जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाकः विप्लव

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको टिप्पणी गरेका छन् ।   सोमबार काठमाडौंमा आयोजित शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक वृहत् अन्तरक्रियामा महासचिव विप्लवले जनयुद्धलाई औचित्यहीन र अपराध भन्नु इतिहासको मजाक भएको बताए ।  उनले संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्ध, जनआन्दोलन र नेपालका सम्पूर्ण विद्रोहबाट जन्मिएको सन्तान भएको बताए । उनले देशमा नायकहरूलाई अपराधीजस्तो र अपराधीहरूलाई नायकजस्तो बनाउने परिस्थिति रहेको पनि बताए । उनले जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन भएको दावी गरे । उनले जनयुद्धको प्रतिफल नै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको बताए । उनले भने,‘जनयुद्ध नेपाली इतिहासको सबैभन्दा श्रेष्ठ आन्दोलन हो र त्यसको प्रतिफलको रुपमा नै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । त्यसमा जनआन्दोलनको पनि भूमिका छ । तर जो मान्छेहरूले जनयुद्धलाई नकारेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्वामित्व लिन्छौँ भन्ने सपना देख्छन् नि तिनीहरू सुखानीकै जंगलमा जसरी सुखानीका सहिदहरुलाई समाप्त पार्छु भन्दाखेरी सिद्धिएका थिए नि, ती मान्छेपनि त्यसरी नै समाप्त हुन लायक हुन्छन् । अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड छ । दलाल पुँजीवादले कब्जा गर्ने प्रयत्न गर्दैछ । माओवादीहरु, क्रान्तिकारीहरु, कम्युनिस्टहरु, समाजवादीले त्यसलाई स्याहार सम्भार गर्दै हुर्काउने लडाइँमा नेपाल सहभागी छ ।’ महासचिव विप्लवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कब्जा गर्ने ठूलो होड चलेको भन्दै त्यो सम्भव नहुने बताए । आफूहरूको लक्ष्य मुलुकलाई साम्यवादसम्म पुर्‍याउने भएपनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यत्तिकै सडकमा छोडेर जान नसकिने उनको भनाई छ ।

म रहेसम्म जनताको पक्षमा उथलपुथल हुन्छः प्रचण्ड

मलाई प्रतिक्रियावादी शक्तिहरुबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरु भए । घेरा तोड्दै आएका छौं, तोड्छौं ।

नयाँ मन्त्रीको शपथका लागि शीतल निवासमा तयारी

काठमाडौं । नयाँ सत्ता समीकरण अनुसार मन्त्रिपरिषद् पुनर्गठनको निर्णय भएसँगै राष्ट्रपति भवन शीतल निवासमा शपथको तयारी पुरा भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शपथ ग्रहणका लागि शीतल निवासमा पत्र प्राप्त भएसँगै समय यकिन हुने शीतल निवास स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपति कार्यालय शपथ ग्रहणका लागि पत्रको प्रतीक्षामा छ । पत्र प्राप्त भएपछि शपथको समयको टुङ्गो लाग्नेछ । यसअघि सोमबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ मन्त्रीको शपथ बारे राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराइसकेका छन् ।  कांग्रेससँगको गठबन्धन तोडेर एमाले र रास्वपासँग सहकार्यको सहमति भएसँगै प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए । भेटका क्रममा प्रधानमन्त्रीले तीन मन्त्रीको शपथ हुने बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् ।  प्रधानमन्त्री प्रचण्डले एमाले बाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डिपी अर्याललाई बिना विभागीय मन्त्री बनाउने मौखिक जानकारी गराएका छन् ।  नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डालगायतको विषयमा लिखित सहमति हुन लागेकाले तत्काल तीन जना मन्त्री बन्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतले  ५ बजेपछि शपथ गराउने गरी राष्ट्रपति कार्यालयमा पत्र पठाउने तयारी भएको जनाएको छ ।

मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउने कार्यदलमा को को छन् ?

काठमाडौं । नयाँ गठबन्धनमा मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनाइएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी केन्द्र)बाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव रहेका एक नेताले जानकारी दिए । कार्यदलले मन्त्रालय र मन्त्रीबारे टुंगो लगाएर त्यसको विवरण गठबन्धन बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।