सम्झनामा प्रकाश दाहाल

कुनै  मानिसको सम्झना उसंगका व्यक्तिगत स्मृतिका कारणले हुन्छ र कसैको सम्झना उसले समाजका लागि गरेको योगदानको कारणले हुन्छ ।  

मेरो लागि प्रिय कमरेड प्रकाशको स्मरण व्यक्तिगत संगत र राजनीतिक योगदान दुवै हिसाबमा छ। एक क्रान्तिकारी राजनीतिक आन्दोलनको सक्रीय पत्रकारको नाताले म त्यो आन्दोलनको हरेक उतार चढावमा संगै छु ।  

त्यो आन्दोलनको जोखिमपूर्ण समयको एक कार्यकर्ता र मुख्य नेतृत्वको सचिवका रुपमा कमरेड प्रकाशको योगदान स्मरणीय छ । 

मैले उनलाई किशोर अवस्थामा बन्दुक बोकेर दाङ, प्युठान, रोल्पा, रुकुममा जोखिम र कठिन यात्रा गरेको भेटेको थिए । एक पटक रोल्पामा उनलाई मैले भुइमा बसेर सामान्य थालमा भात खादै गरेको तस्बीर लिएको थिए, जुन पछि कान्तिपुरको साप्ताहिकमा कभर तस्बीर पनि बनेको थियो ।  

पार्टी अध्यक्ष कमरेड प्रचण्डको सुपुत्र हुनुका नाताले उनले माओबादी अन्दोलनका बिरोधिबाट उनको कमजोरी भन्दा बढी लखेटाइ पाए ।  त्यो उनलाई भन्दा पनि क्रान्तिकारी आन्दोलनलाइ प्रदुषित करार गर्नका लागि थियो ।  

एक दिन वरिष्ठ पत्रकार किशोर श्रेष्ठ, खिलबहादुर भण्डारी र म संगको छोट्टो भेटमा उनले भनेका थिए, ‘मलाई मिडियाले मेरो कमजोरी अनुशार हमला गर्नु ठिकै छ, तर बिचारा बुवालाई किन हमला गर्छन ?’

उनी ठूला लगानी भएका मिडियाबाट क्रान्तिका विरुद्धमा र त्यसको मुुख्य नेतृत्वको विरुद्धमा भएको निरन्तरको आक्रमणमा सबैभन्दा बढि चिन्तित देखिन्थे । जनताको पक्षमा र क्रान्तिको पक्षमा अर्को भाषामा भन्दा जनपक्षीय पत्रकारितालाई मुलधारमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

शोषक सामन्त र दलालहरुले चलाएका मिडियाहरु स्वघोषित स्वतन्त्र र व्यवसायिक हुने तर क्रान्तिबाट जन्मिएका जनताले चलाएका मिडियाहरु स्वतन्त्र नहुने भन्ने आम बुझाइमा उनको असन्तुष्टी थियो । यही सन्दर्भलाई चिर्नका लागि उनले जनताको पक्षमा आवाज बुलन्द गर्ने र विरोधीका कुराहरुलाई पनि समेटेर वास्तविक निश्पक्ष पत्रकारिता गर्ने अवधारणा ल्याएका थिए । माओवादी र क्रान्तिकारी शक्तिलाई कमजोर पार्नकै लागि सञ्चालन भएका मिडियाहरुप्रति सजग रहनुपर्छ भन्ने उनको मान्यता थियो । प्रकाश भन्थे, ‘त्यसरी चलेका मिडियाहरु स्वघोषित स्वतन्त्र र व्यवसायिक दावी गर्छन् भने हामी क्रान्तिकारीले चलाएका मिडियाहरु स्वतन्त्र र व्यवसायिक भन्न र त्यही धारामा बग्न किन सक्दैनन् ?’ यो चिन्तालाई साकार पार्न जनयुद्धकालिन ‘साकार’ प्रकाशले मिडिया सञ्चालनमा पनि अग्रसरता देखाए ।

उनी जहिले पनि पार्टी र आन्दोलनको एकताका पक्षमा आफुले जानेको र बुझेको उपाय लगाउँथे, प्रमुख नेतृत्वको बिचको फ़ाटोका बेला पनि उनी कमरेड प्रचण्ड संग फरक मत र बिचार राख्ने नेतृत्व र कार्यकर्ता संग सद्भाव पुर्बक सम्पर्क स्थापित गरि राख्थे।  

केन्द्रीय राजनीति मात्रै होइन, टाढा गाउको राजनीति बारे पनि चिन्ता , चासो गर्दै आफुले सकेको पहल लिन्थे ।  रुकुम, रोल्पा, कालिकोट, जुम्ला देखि तराइको जनकपुर, सिराहासम्मका कार्यकर्ता र नेतासंग निकट सम्पर्कमा हुन्थे ।  

केन्द्रीय राजधानीको केन्द्रीय राजनीतिमा सुझबुझका साथ् नेतृत्वको कामलाइ सघाउथे, पछिल्लो समय  एक परिपक्वो सचिवालय ब्यबस्थापक र नेताका रुपमा उनले आफुलाई बिकास गरेका  थिए ।  

पत्रकारिता, खेलकुद, पर्बतारोहण र कृषिमा समेत आफ्नो रुचिलाइ बिकास गर्दै त्यो क्षेत्रमा पनि केहि गर्ने उनको इच्छा थियो ।  सगरमाथा आरोहण जस्तो जोखिम मोले । बैकल्पिक पत्रकारिताको बिकासका लागि एभरेस्ट दैनिकको स्थापना र संचालन गरे ।

क्रिकेट खेलको प्रबर्दनमा सकेको प्रयास गरे । कृषि फार्मको स्थापनाको प्रयास गरे । अन्य उद्यमी सहयोग र प्रोत्साहन गरे । एक व्यक्तिले गर्न सक्ने धेरै काम उनले गरे।  

पार्टीको काममा जोखिम मोलेका घाइते योद्दा र सहिद परिवार, पूर्णकालीन कार्यकर्ताका परिवारलाइ उनले ब्यबस्थापनमा सकेको सहयोग गरे । इमान्दारिता पुर्बक उनले गरेको कामलाई हामीले गरेको भन्न पनि सक्नु पर्छ । कसैले यो कुरालाई चाकडी बोलेको मान्छ भने कि त्यो संकीर्ण व्यक्ति हो वा आन्दोलनको बिरोधि हो ।  

स्वयम् प्रचण्ड, बाबुराम , किरण र बादलको क्षमताले पनि गर्न नसकेका काममा कहिलेकाही उनी माथि अपेक्षा गरियो, जुन उनले गर्न सक्ने क्षमता राख्दैनथे । त्यसपछि माओबादी नेतृत्वको आलोचना गर्न उनलाई अचानो बनाइयो ।  

कमरेड प्रकाश, शाकार दाहाल, अल्पायु मै बिते । तर सकेको राजनीतिक, सामाजिक योगदान यो देश र समाजलाई गरे । उनी पनि अरु सामान्य मानिस  जस्तै कमी कमजोरी सहितका थिए ।  आफ्ना कमजोरीको उनले जीवित हुदा नै नेपाली समाजबाट प्रयाप्त आलोचना व्यहोरे । तर अब उनको निधन पछि नेपाली समाजले उनका असल कामको खोजि र सम्मान गर्नेछ र गर्नु पर्नेछ ।  

उनको जन्मदिनमा हार्दिक स्मरण र सम्मान ।  हामी यस्तो अर्को साथी भेट्ने छैनौ, उनका उपहारलाइ सम्मान गरौ र जीवित राखौ ।  त्यो नै प्रकाश दाहाल प्रतिको सच्चा सम्मान हुनेछ ।

गगनको म्याद गुज्रेको गनगन

महामन्त्री थापा नेपाली काङ्ग्रेसका तिनै पात्र हुन्, जसले काङ्ग्रेस र माओवादीबीचमा गठबन्धन बन्दै गर्दा पनि विरोध गरे, र बनेपछि पनि निरन्तर गठबन्धन विरोधी नेतृत्व गरिरहे ।

अर्थतन्त्रको चाबी महतकै हातमा छोडिदिएको भए...

प्रश्न उठ्छः यदि प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको सबै चाबी महतकै हातमा सुम्पिदिएको भए के हुन्थ्यो?

प्रचण्डका ३ वटा कार्यभार : जसकालागि टुट्यो गठबन्धन, बन्यो गठबन्धन

सरकार गठन भएदेखि संसद या सार्वजनिक अवसरमा प्रधानमन्त्रीले बारम्बार एउटा कुरा दोहोर्याए - म सन्तुष्ट छैन।