आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १४८ रुपैयाँ ०७ पैसा र बिक्री दर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ४४ पैसा र बिक्री दर १७४ रुपैयाँ १४ पैसा, बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिद दर १९९ रुपैयाँ ०१ पैसा र बिक्री दर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ६१ पैसा र बिक्री दर १८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ ६९ पैसा र बिक्री दर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ०३ पैसा र बिक्री दर १०७ रुपैयाँ ४६ पैसा, सिंगापुर डलर एकको खरिद दर ११६ रुपैयाँ २२ पैसा र बिक्री दर ११६ रुपैयाँ ६९ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३० पैसा र बिक्री दर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ६८ पैसा र बिक्री दर २१ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ४६ पैसा र बिक्री दर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ६१ पैसा र बिक्री दर ४० रुपैयाँ ७८ पैसा तोकिएको छ ।

थाइ भाट एकको खरिद दर ४ रुपैयाँ ६१ पैसा र बिक्री दर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ ३१ पैसा र बिक्री दर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गिट एकको खरिद दर ३७ रुपैयाँ ३४ पैसा र बिक्री दर ३७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९८ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा, स्वीडिश क्रोनर एकको खरिद दर १५ रुपैयाँ ९९ पैसा र बिक्री दर १६ रुपैयाँ ०५ पैसा, डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ २१ पैसा र बिक्री दर २३ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यसैगरी, हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ९० पैसा र बिक्री दर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार एकको खरिद दर ४८३ रुपैयाँ १० पैसा र बिक्री दर ४८५ रुपैयाँ ०६ पैसा, बहरaini दिनार एकको खरिद दर ३९२ रुपैयाँ ६५ पैसा र बिक्री दर ३९४ रुपैयाँ २५ पैसा, ओमानी रियाल एकको खरिद दर ३८४ रुपैयाँ ६० पैसा र बिक्री दर ३८६ रुपैयाँ १६ पैसा तोकिएको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

स्याङ्जाको पुतलीबजारमा वैशाख १ गतेदेखि सवारी पार्किङमा कडाइ

स्याङ्जा । स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ नियम लागू हुँदैछ । वैशाख १ गतेदेखि तोकिएका स्थानबाहेक मुख्य सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा सरोकारवालासँग भएको छलफलपछि यो निर्णय गरिएको हो । मुख्य राजमार्गमा जथाभावी पार्किङ गर्दा बढ्दै गएको दुर्घटना जोखिमलाई मध्यनजर गर्दै पार्किङलाई व्यवस्थित पारिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताउनुभयो । नयाँ व्यवस्था अनुसार: पिकअप तथा साना सार्वजनिक सवारी साधनका लागि पुतलीबजार–१ स्थित बसपार्कको तल्लो भागको खुला स्थान तोकिएको छ । ट्याक्सीहरूलाई ट्याक्सी चोकदेखि चापको रुख जाने भित्री सडकमा सीमित संख्यामा मात्र पार्किङ गर्न पाइने छ । बाँकी ट्याक्सीले बसपार्कमै पार्किङ गर्नुपर्नेछ । यात्रु चढाउने र ओराल्ने स्थान: पुतलीबजार–३ को बाडखोलाचोक, प्रगतिनगर चोक, घुम्तीचोक, ट्याक्सी चोक र राङ्खोला क्षेत्र तोकिएको छ । मोटरसाइकल पार्किङ भित्री सडकमा मात्र गर्नुपर्नेछ । फुटपाथमा पसल राख्न वा निर्माण सामग्री थुपार्न पूर्ण रूपमा निषेध गरिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतका अन्य बजार क्षेत्र (फेदीखोला, भीरकोट, वालिङ र गल्याङ) मा समेत स्थानीय तह र ट्राफिक प्रहरीको समन्वयमा उपयुक्त पार्किङ स्थान तोकिने छ । प्रशासनले यो निर्णय कडाइका साथ कार्यान्वयन गर्ने र अटेर गर्नेहरूलाई कानुनबमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल २१९ रुपैयाँ पुग्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा ठूलो वृद्धि गरेको छ । नयाँ मूल्य आजैदेखि लागू भएको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलको २५–२५ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १०० रुपैयाँ र आन्तरिक हवाई इन्धनको प्रतिलिटर ६ रुपैयाँ बढाएको हो । नयाँ मूल्यअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टितेल २०७ रुपैयाँ प्रतिलिटर तथा एलपी ग्यास २ हजार १० रुपैयाँ प्रतिसिलिन्डर पुगेको छ । आन्तरिक हवाई इन्धनको मूल्य २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ । निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ । सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि घाटा घट्न नसकेपछि मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने अनुमान छ । निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन अनुरोध गरेको छ ।

राष्ट्रपति पौडेलले आज दिउँसो ३ बजे संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नुहुनेछ । उहाँले सरकारको सिफारिसमा संविधानको धारा ९५ बमोजिम यो सम्बोधन गर्न लाग्नुभएको हो । आजै राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुँदैछ । मन्त्रिपरिषद्को चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो । सरकारले हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारीका लागि यो निर्णय गरेको जनाएको छ ।

भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्‍याई पुनः तमारी हुँदै गःहिटीमा पुर्‍याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ः०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यो निर्णय गरिएको जनाइएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार यो व्यवस्था गरिएको हो । यससँगै प्रतिनिधिसभा र राष्ट्रिय सभाको वर्तमान अधिवेशन औपचारिक रूपमा समापन हुन लागेको छ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरी बजेट अधिवेशनको तयारी गर्नका लागि यो सिफारिस गरेको हो । नेपालको संवैधानिक व्यवस्था अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान तथा अन्त्य गर्ने प्रावधान रहेको छ ।

देशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई भूभागसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरी चल्ने सम्भावना पनि छ । आज राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अमेरिकी डलर महँगो, पाउण्ड, युरो, स्वीस फ्रयांक र सिंगापुर डलर सस्तिए

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमय दरअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने ब्रिटिश पाउण्ड स्टर्लिङ, युरोपियन युरो, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर र सिंगापुर डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ९६ पैसा र बिक्री दर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो यसको खरिद दर १४७ रुपैयाँ ८४ पैसा र बिक्री दर १४८ रुपैयाँ ४४ पैसा थियो । युरोपियन युरो एकको आज खरिद दर १७२ रुपैयाँ ८२ पैसा र बिक्री दर १७३ रुपैयाँ ५३ पैसा छ । हिजो यसको खरिद दर १७३ रुपैयाँ ८ पैसा र बिक्री दर १७३ रुपैयाँ ७८ पैसा थियो । बेलायती पाउण्ड स्टर्लिङको भाउ घटेको छ । आज एक पाउण्ड स्टर्लिङको खरिद दर १९८ रुपैयाँ ४५ पैसा र बिक्री दर १९९ रुपैयाँ २६ पैसा छ । हिजो यसको खरिद दर १९९ रुपैयाँ ९ पैसा र बिक्री दर १९९ रुपैयाँ ९० पैसा थियो । स्वीस फ्रयांकको भाउ पनि घटेको छ । आज एक स्वीस फ्रयांकको खरिद दर १८७ रुपैयाँ ०५ पैसा र बिक्री दर १८७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ । हिजो खरिद दर १८७ रुपैयाँ ७० पैसा र बिक्री दर १८८ रुपैयाँ ४६ पैसा थियो । अष्ट्रेलियन डलरको भाउ पनि घटेको छ । आज एक अष्ट्रेलियन डलरको खरिद दर १०४ रुपैयाँ १३ पैसा र बिक्री दर १०४ रुपैयाँ ५५ पैसा छ । हिजो खरिद दर १०४ रुपैयाँ २९ पैसा र बिक्री दर १०४ रुपैयाँ ७२ पैसा थियो । क्यानेडियन डलर एकको आज खरिद दर १०६ रुपैयाँ ८६ पैसा र बिक्री दर १०७ रुपैयाँ २९ पैसा छ । हिजो खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ११ पैसा थियो । सिंगापुर डलरको भाउ पनि घटेको छ । आज एक सिंगापुर डलरको खरिद दर ११६ रुपैयाँ ७ पैसा र बिक्री दर ११६ रुपैयाँ ५४ पैसा तोकिएको छ । हिजो खरिद दर ११६ रुपैयाँ १० पैसा र बिक्री दर ११६ रुपैयाँ ५७ पैसा थियो । यसैगरी, जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३१ पैसा र बिक्री दर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ६४ पैसा र बिक्री दर २१ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ४३ पैसा र बिक्री दर ३९ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ५८ पैसा र बिक्री दर ४० रुपैयाँ ७५ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकका अनुसार थाइ बाट एकको खरिद दर ४ रुपैयाँ ६१ पैसा र बिक्री दर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ २९ पैसा र बिक्री दर ४० रुपैयाँ ४५ पैसा, मलेसियन रिंग्गिट एकको खरिद दर ३७ रुपैयाँ १५ पैसा र बिक्री दर ३७ रुपैयाँ ३० पैसा, दक्षिण कोरियाली वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०३ पैसा, स्वीडिश क्रोनर एकको खरिद दर १५ रुपैयाँ ८८ पैसा र बिक्री दर १५ रुपैयाँ ९५ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ १३ पैसा र बिक्री दर २३ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ८९ पैसा र बिक्री दर १८ रुपैयाँ ९६ पैसा, कुवेती दिनार एकको खरिद दर ४८२ रुपैयाँ ७४ पैसा र बिक्री दर ४८४ रुपैयाँ ७० पैसा, बहरaini दिनार एकको खरिद दर ३९२ रुपैयाँ २१ पैसा र बिक्री दर ३९३ रुपैयाँ ८० पैसा, ओमानी रियाल एकको खरिद दर ३८४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३८५ रुपैयाँ ८७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ । केन्द्रीय बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने भएको छ । सरकारले साताको दुई दिन बिदा दिने निर्णय गरेसँगै शिक्षण अस्पतालले पनि शनिबार र आइतबार बिदा दिने सूचना जारी गरेको हो । त्रिवि कार्यकारी परिषद्ले २३ चैतमा बिदा दिने निर्णय गरेपछि अस्पताल प्रशासनले यो निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ । अस्पतालले जारी गरेको सूचनाअनुसार शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म रहनेछ । यद्यपि बिरामीको सेवालाई ध्यान दिई ओपीडी (बहिरङ) सेवा र शल्यक्रिया सेवा भने शुक्रबार पूरै दिन र अन्य दिन पनि नियमित सञ्चालन हुने अस्पतालले जनाएको छ ।

सिन्धुलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते

काठमाडौं । सिन्धुलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । गएराति कमलामाई नगरपालिका–४ ढुंग्रेबासस्थित नारीया होटल अगाडि बीपी राजमार्गमा बा.४ ख ९५७७ नम्बरको ट्रकले ज.३ प ७४९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । घाइते हुनेमा सिन्धुलीकै सुनकोशी गाउँपालिका–७ चालिसेका ४० वर्षीय जितबहादुर स्याङ्बा रहेका छन् । उनी चियाबारीबाट ढुंग्रेबासको ग्यारेजतर्फ जाँदै थिए । घाइते स्याङ्बाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्रक चालक रामेछापको खाँडादेवी गाउँपालिका–४ बस्ने ५० वर्षीय तेजबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ढुंग्रेबासका प्रहरी सहायक निरीक्षक हदिन्द्र ठाकुरका अनुसार अनुसन्धान भइरहेको छ ।

घट्यो अमेरिकी डलरको भाउ, आज कुन विदेशी मुद्रा कतिमा कारोवार ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ८४ पैसा र बिक्री दर १४८ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै, अन्य प्रमुख मुद्राहरूको विनिमय दर निम्नानुसार छ : मुद्रा (Currency Unit) खरिद दर (Buy) बिक्री दर (Sell) INR (भारतीय रुपैयाँ) १०० १६०.०० १६०.१५ USD (अमेरिकी डलर) १ १४७.८४ १४८.४४ EUR (युरो) १ १७३.०८ १७३.७८ GBP (बेलायती पाउन्ड स्टर्लिङ) १ १९९.०९ १९९.९० CHF (स्विस फ्राङ्क) १ १८७.७० १८८.४६ AUD (अष्ट्रेलियन डलर) १ १०४.२९ १०४.७२ CAD (क्यानेडियन डलर) १ १०६.६७ १०७.११ SGD (सिंगापुर डलर) १ ११६.१० ११६.५७ JPY (जापानी येन) १० ९.३४ ९.३८ CNY (चिनियाँ युआन) १ २१.६५ २१.७३ SAR (साउदी रियाल) १ ३९.४० ३९.५६ QAR (कतारी रियाल) १ ४०.५५ ४०.७१ THB (थाई बाट) १ ४.६३ ४.६५ AED (युएई दिराम) १ ४०.२५ ४०.४२ MYR (मलेसियन रिङ्गिट) १ ३७.१८ ३७.३३ KRW (दक्षिण कोरियाली वन) १०० १०.०२ १०.०६ SEK (स्वीडिश क्रोना) १ १६.०३ १६.१० DKK (डेनिस क्रोना) १ २३.१६ २३.२६ HKD (हङकङ डलर) १ १८.८८ १८.९५ KWD (कुवेती दिनार) १ ४८२.३५ ४८४.३१ BHD (बहरेनी दिनार) १ ३९१.७३ ३९३.३२ OMR (ओमानी रियाल) १ ३८४.०० ३८५.५६ राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुन सक्नेछ । अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुन्छ ।

न्यून चापीय प्रणालीको प्रभाव, कोशी प्रदेशसहित पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ। जसको कारण देशभर सामान्यतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागमा सामान्यतया बादल लाग्ने छ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशसहित पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा र मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा सामान्यतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

जुम्लाबाट नेपालगन्ज जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना, दुई जनाको मृत्यु

जुम्ला । जुम्लाबाट बिरामी बोकेर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोलाको नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारी र सोही गाउँपालिका–७ मर्चीगाउँका २६ वर्षीय एम्बुलेन्स चालक शक्तिबहादुर शाहीको मृत्यु भएको कालीकोटका प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि ७१ वर्षीय कलबहादुर अधिकारीलाई नेपालगन्ज लैजाने क्रममा उनीहरूको एम्बुलेन्स दुर्घटनामा परेको थियो । मृतक भीमबहादुर अधिकारी कलबहादुरका छोरा हुन् । दुर्घटनामा बिरामी कलबहादुर अधिकारी र हिमा–७ का २० वर्षीय लोकेन्द्र शाही घाइते भएका छन् । कलबहादुरको खुट्टामा चोट लागेको छ भने लोकेन्द्रको कान र पेटमा सामान्य चोट लागेको छ । घाइते दुवै जनाको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सडकमा लागेको बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

बोल्न मन थिएन, तर एकपछि अर्को विवादित निर्णय हुँदा चुप लागेर बस्न सकिनँ: जयन्तीदेवी राई

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की राष्ट्रियसभा सांसद जयन्तीदेवी राईले सरकार निरंकुश बन्दै गएको आरोप लगाएकी छन् । राष्ट्रिय सभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद राईले सरकारले निजी सञ्चार माध्यमहरूमाथि सरकारी सूचना तथा विज्ञापन रोक्ने निर्णय अत्यन्तै निरंकुश र अलोकतान्त्रिक भएको बताइन् । उनले छोटो समयमै सरकारले धेरै विवादास्पद निर्णयहरू गरेको उल्लेख गर्दै निजी सञ्चार माध्यमलाई विज्ञापन रोक्ने, विद्यार्थी संगठन खारेज गर्ने जस्ता अलोकतान्त्रिक निर्णयहरू तत्काल फिर्ता लिन माग गरिन् । “ठूलो जनविश्वास प्राप्त गरेको सरकारको बारेमा बोल्न मन थिएन, तर एकपछि अर्को विवादित निर्णय हुँदा चुप लागेर बस्न सकिनँ,” उनले भनिन् । सांसद राईले थप्दै भनिन्, “भर्खरै मन्त्रिपरिषद् सचिवालयले सचिवस्तरीय निर्णय परिपत्र जारी गरेको छ । त्यो परिपत्र आउनासाथ ठूलो विवादमा परेको छ । उक्त परिपत्रले सरकारी सूचना र विज्ञापनहरू केवल सरकारी सञ्चार माध्यमबाट मात्र प्रसारण गर्न पाउने र निजी सञ्चार माध्यमलाई रोक्ने निर्णय गरेको छ । यो निर्णय अत्यन्त गलत र अलोकतान्त्रिक छ ।” उनले पछिल्लो समय महिलाहरू तथा किशोरीहरूमाथि बढ्दै गएको साइबर हमला र साइबर हिंसाप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै यसलाई रोक्न कडा कदम चाल्न सरकारसँग माग गरिन् ।

संविधान संशोधन बहसपत्र तयार पार्ने कार्यदलको आज पहिलो बैठक

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को पहिलो बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा यो कार्यदल गठन गरिएको थियो । कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल पनि सदस्यका रूपमा छन् । कार्यदलको सदस्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लिलाधर सुवेदी रहेका छन् ।

संघीय संसद्का दुवै सदनको बैठक आज

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा को बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन २०८२ पेस गर्ने कार्यक्रम छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक पेश गर्ने छन् । सभामुखले मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गर्नुहुने छ । राष्ट्रियसभा को बैठक अपराह्न १ः१५ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने छ