करदाताका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं । नेपाल ट्याक्सपेयर्स सोसाइटीले करदाताका समस्या र सम्भावित समाधान विषयक अन्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । 

जर्मन होम्स हस्पिटालिटी, गठ्ठाघरमा आज मिति २०८१ साल साउन १५ गते आयोजित कार्यक्रममा कर प्रणालीका विविध पक्षमा छलफल तथा अन्तक्रिया गरिएको ट्याक्सपेयर्स सोसाइटीले जनाएको छ ।

कार्यक्रममा कर विज्ञ उमेशराज पाण्डेयले करदाताका समस्या र सम्भावित समाधान विषयमा करिव ४५ मिनेट लामो पेपर प्रिजेन्टेसन गरे । कर कार्यलयमा विचौलिया मार्फत करदाताले सेवा लिएको हुँदा करदाताले दुख पाएको साथै हल्लाका पछि करदाता लागेको हुँदा वित्तीय साक्षरता कार्यक्रममा आन्तरिक राजश्व विभागले बताए ।कर कानुन तथा विभागको सिस्टममा एकरुपता नहुँदा कानुनमा भएका कतिपय सुविधाबाट करदाता बन्चित रहेको उनको भनाई थियो।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका कर तथा राजस्व समिति प्रमुख अम्विका प्रसाद पौडेलले समग्र शेयर बजारमा कारोवार गर्दाका समस्या औल्याए । उनले कर प्रशासनमा दरवन्दी मार्फत कर तथा लेखा विज्ञको रुपमा रहेका चार्टर्ड एकाउन्टेन्टलाई प्रयोग गर्न सक्दा समग्र राज्यलाई कर कानुनमा एकरूपता ल्याउन तथा राजश्व वृद्धिमा टेवा पुग्ने धारणा राखे । 

त्यसैगरी सृजना अधिकारीले प्यानलीष्टको रुपमा कर कानुनमा देखियका दुविधा, कर कानुनका अस्पष्टता तथा कर क्षिक्षा आदिका कारणले करदाताले राजश्व न्याधिकरण तथा अदालतमा विचाराधीन मुद्दामा समस्या खेप्नुपरेको बताइन्।एक्यानका अध्यक्ष राउतले राज्यले करबाट मात्र नभई गैर करबाट समेत राज्यलाई सम्बृद गर्न सक्ने कुरामा जोड दिदै सरकारले सुष्म ढंगले त्यतापट्टी पनि अनुसन्धान गर्नुपर्ने बताए । नेपालमा युवा जनशक्ति धेरैनै रहेको परिपेक्षमा राज्यले त्यसको लाभ लिनुपर्ने समेत बताए । 

त्यसैगरी कार्यक्रममा एक वक्ताले कर प्रसाशनले सूचना प्रविधिमा आधारित कर प्रशासनमा जोड दिन साथै कर कानुनमा हरेक वर्ष गरिने फेरवदलले करदातालाइ निकै अफ्ठ्यारो बनाएका बताउँदै कर कानुनमा एकरुपता ल्याउनुपर्नेमा जोड दिए ।

आजको कार्यक्रममा नेपालमानै पहिलो करपात्रो समेत बिमोचन गरिएकाे थियाे भने अबदेखी हरेक १५ दिनमा करदाताका जिज्ञासामा विज्ञको रायसहितको करका कुरा पोर्डकाष्ट सार्वजनिक गरिने बताइएकाे छ ।

साथै।कार्यक्रममा आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीमार्फत नेपालकै पहिलो करपात्रो तथा करका कुरा पोर्डकाष्टको बिमोचन सम्पन्न गरिएको थियो । उनले कर कानुनका मुख्य मिति तथा जानकारी रहेको करपात्रो अतिनै राम्रो रहेको हुँदा हरेक करदाताको पसल तथा व्यवसायमा राख्न उपयुक्त हुने समेत बताए । विभागले पोर्डकाष्ट कार्क्रममा लोगो सहित सहयोग गर्नसक्ने हुँदा आगामी दिनमा नेपाल ट्याक्सपेयर्स सोसाइटीसँग थप सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए । उनले कर प्रशासन आवधिक योजना सहित सुधारउन्मुख रहेको बताए । उनका अनुसार करिव ७० प्रतिशत करदाता डे-१ तथा डे-२ विवरण भर्ने रहेको बताउँदै वार्षिक जम्मा २ प्रतिशत करदाताको मात्र बजार अनुगमन तथा फुल अडिट गर्न सकेको बताए ।

मूल्य अभिवृद्धि कर फिर्ता बजेटरी सिस्टम भन्दा बाहिरबाट नै व्यवस्था गरिएको हुँदा सहज भएता पनि आयकर बजेटरी सिस्टम मार्फत नै गर्नुपर्ने व्यवस्थाले भुक्तानीमा ढिलाई भएको उनले स्वीकारे ।

सोही कारण विभागले विस्तारै फेसलेस अडिट गर्नेगरी आवश्यक तयारी गरेको बताउँदै उनले अब करदातालाई प्रविधिमैत्री सेवा प्रवाह गरिने बताए । 

 कार्यक्रममा जिल्ला सहकारी संघ, अडान, एक्यान, रेबन, उद्योग वाणिज्य संघ लगायत विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति तथा प्रतिनिधि गरी करिब १०० जना सहभागी थिए । कार्यक्रमको अध्यक्षता सोसाइटिका अध्यक्ष टिका कार्कीले गरेका थिए भने प्रमुख अतिथिमा आन्तरिक राजश्व कार्यलयका महानिर्देशक शिवलाल तिवारी,अतिथिहरुमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघका अध्यक्ष अरुण राउत, नेपाल अडिटर्स एसोसिएसनका प्रथम उपाध्यक्ष डा.डोल प्रसाद दाहाल थिए भने सहजकर्ताको भूमिका सिए. के.पी.उपाध्ययले गरेका थिए ।
 

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना पनि रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा अति ठूलो वर्षाको सम्भावना छ । आज सूर्योदय बिहान ५ बजेर २५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

प्रधानमन्त्री ओलीसँग सचिवहरूको ब्रिफिङ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विभिन्न मन्त्रालयका सचिवहरूले ब्रिफिङ सुरु गरेका छन्। आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री ओली र सचिवहरूबिच छलफल सुरु भएको हो। बैठकमा उपप्रधानमन्त्री, मन्त्री, प्रधानमन्त्रीमा मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजना आयोगका पदाधिकारी, मुख्यसचिव र सचिवहरू सहभागी रहेका छन्। 

गुडिरहेको ट्रकमा आगो लाग्यो, ट्रक जलेर नष्ट

घोराही। दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको हो।  आइतवार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।   प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा आफैं आगो लागेको देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।’  ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। प्रहरी उपरीक्षक केसीका अनुसार ट्रकमा चालकसहित तीन जना सवार थिए। आगो निभाउन प्रयास गर्दा कञ्चनपुर जिल्ला कृष्णनगर नगरपालिका –२ निवासी ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भए।   ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो। आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो। चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ। 

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलामा एक हजार सात सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक भोलि (सोमबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार दिउँसो १ बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुंगो लगाउने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिए । पार्टी विधानअनुसार २९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकोमा अब ३२९ सदस्यीय कार्यसमिति विस्तार हुनेछ । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी भुगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्नेलगायत विषयमा छलफल हुने नेता रायमाझीले बताए । रासस

नेकपा (माओवादी केन्द्र)पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्ने जनाइएको छ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ। साथै पार्टीका आगामी रणनीति, सांगठनिक विषयहरुमा पनि छलफल हुने बताइएको छ। केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ।

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ९ बजे कानून,न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेश र छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानलाई अनुमोदन गर्ने/नगर्नेबारेमा निर्णय हुनेछ ।

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यसैगरि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राष्ट्रियसभामा उत्पत्ति भएको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको मौसम

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपाल साहित्यकारको उर्वर भूमि हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । शनिबार एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू विमोचन गर्दै ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका हुन् । नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत-संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको उनले बताए । उनले अहिले साहित्य केही माथि उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखे । प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य, मेरो इतिवृत्ति र भूत पिसाच कृतिहरूको विमोचन गरेका हुन् । 

एसीसी वुमन्स एसिया कप : भारत र श्रीलंका फाइनलमा प्रवेश

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनल खेल्ने भएका छन्।  गएराति श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशमाथि १० विकेटको फराकिलो जित निकाल्दै भारत फाइनलमा पुगेको हो।  बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍ यो। त्यसअघि टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८० रन बनाएको थियो।  यस्तै आयोजक श्रीलंका पनि पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो। पाकिस्तानले दिएको १४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाएर १९.५ ओभरमा पूरा गर्‍यो।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेटको क्षतिमा १४० रन बनाएको थियो। 

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन १२ गते शनिबार सन् २०२४ जुलाई २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६७ पैसा र बिक्री दर १३४ रुपैयाँ २७ पैसा पुगेको छ।युरो एकको खरिद दर १४५ रुपैयाँ ११ पैसा र बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ९७ पैसा र बिक्री दर १७२ रुपैयाँ ७५ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६६ पैसा र बिक्री दर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

बागमतीसहित यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधरणतया बदली रहने जनाएको छ। देशका केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसैगरी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर २४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५६ मिनेटमा हुनेछ ।

माओवादी पदाधिकारी बैठक भोलि पनि बस्ने, आजको बैठकमा के भयो ?

काठमाडौं । आज देखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय पदाधिकारीको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाडा, कोटेश्वरमा शुरु भएको छ। बैठकमा राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे गम्भीर समीक्षा भैरहेको छ। केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समग्र राजनीतिक घटनाक्रमबारे  ब्रिफिङ गरे पश्चात पदाधिकारीले धारणा राखे। आजको बैठकमा अध्यक्षको ब्रिफिङ पछि वरिष्ठ उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन अनन्त, सचिवहरू चक्रपाणी खनाल बलदेव, सुरेन्द्र कार्की पार्थ र हितराज पाण्डे उत्तमले आफ्ना भनाई राखेका छन्।  बैठकमा सरकारमा बसेर भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय समृद्धिको पक्षमा राम्रो काम गर्दागर्दै सरकार छाड्नु परेको प्रचण्डले ब्रिफिङ गरेका थिए भने पदाधिकारीले पार्टीलाई कसरी बलियो बनाउने भन्ने विषयमा धारणा राखेका छन् । बैठकमा पदाधिकारीहरु बोल्नेक्रम जारी छ । बैठक फेरि शनिबार बिहान ११ बजे बस्ने छ ।