वैद्यको पार्टीले संयुक्त मोर्चामार्फत संघर्ष अघि बढाउने
काठमाडौं। मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै लैजाने भएको छ ।
पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो। मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो ।
महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद् समेत बनाउने निर्णय लिइएको नेता सीपी गजुरेलले जानकारी दिए ।
जसअनुसार पूर्ण केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिका सदस्यहरूको प्रस्ताव प्रस्तुत भएपछि प्रतिनिधि तथा पर्यवेक्षकहरू सम्मिलित सदनबाट सो प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको थियो । त्यस पश्चात केन्द्रीय समितिको प्रथम बैठक किरणको अध्यक्षतामा बसी सर्वसम्मतिबाट उनलाई नै महासचिव चयन गरिएको गजुरेलले बताए ।
देशभर पश्चिमी वायुको प्रभाव, अधिकांश ठाउँमा हुस्सु
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसअघि सोमबार देशका केही पहाडी भू-भागमा वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री मोदीको शुभकामना सन्देश
काठमाडौं । नेकपा माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मिता दाहालको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउनुभएको छ । स्मिताकी आमा गंगा दाहाललाई सम्बोधन गर्दै मोदीले शुभकामना सन्देश पठाउनुभएको हो । मोदीले स्मिता र सायुज्यलाई वैवाहिक बन्धनमा बाँधिएकोमा बधाई दिँदै सफल दाम्पत्य जीवनको लागि शुभकामना दिनुभएको छ । पत्रमा भनिएको छ– उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’
सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौँ । सुनको मूल्य आज पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ४९ हजार ७०० रुपैयाँमा झरेको हो । गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १०० रुपैयाँ थियो । चाँदी पनि आज २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १ हजार ८६५ रुपैयाँ कायम भएको छ । शुक्रबार यसको मूल्य १ हजार ८९० रुपैयाँ रहेको थियो ।
पत्रकार महासंघमा यस्तो बन्यो साझा प्यानल, यी हुन् प्रतिबद्धता
काठमाडौं । नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनका लागि साझा प्यानल घोषणा गरिएको छ । पत्रकार महासंघका निवर्तमान बरिष्ठ उपाध्यक्ष रमेश बिष्टको नेतृत्वमा साझा प्यानल अघि सारिएको छ । यस्तो छ प्यानलः अध्यक्षः रमेश विष्ट बरिष्ठ उपाध्यक्षः रोशन पुरी उपाध्यक्ष महिलाः गंगा पौडेल (बराल) समावेशी उपाध्यक्षःसुभाष प्रसाद साह महासचिवः लेखनाथ न्यौपाने खुला सचिवः उत्तरसिंह विष्ट मधेसी सचिवः श्रीजन झा महिला सचिवःसरिता बराइली दलित सचिवः वसन्त विक आदिवासी जनजातीः भिषण राई एशोसियट सचिव : विकास काकी कोषाध्यक्षः रामकृष्ण अधिकारी केन्द्रीय सदस्यहरु कोशी प्रदेश केन्द्रीय सदस्य : १. तीर्थ सिग्देल २. दिपेन्द्र कुमार राई मधेस प्रदेश केन्द्रीय सदस्य : १. राजु विश्वकर्मा २. संजय कुमार राउत बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यका बाहेक) १ . मणिराज गौतम २. मिनकुमार दाहाल गण्डकी प्रदेश केन्द्रीय सदस्यः १. दिपक भट्टराई २. लुम्बिनी प्रदेश केन्द्रीय सदस्यः १. यानेन्द्र जिसि २. सुमन अधिकारी कर्णाली प्रदेश केन्द्रीय सदस्यः १. देविराम देवकोटा २. यज्ञराज थापा सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्यः १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना उपत्यका प्रदेश केन्द्रीय सदस्यः १. अर्जुन पन्त २. सूर्य सुवेदी प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्यः १. वीरेन्द्र ओली २. साहास भट्ट खुल्ला केन्द्रीय सदस्य १. केशव बहादुर भुल २. दामोदर खनाल ३. लेखनाथ खतिवडा ४ बुद्द लोप्चन ५ रामकुमार श्रेष्ठ महिला २. (आदीवासी, जनजाती) सरु राना ३. (मधेसी) मिनाकुमारी यादव ४. (खस आर्य) दिया चन्द दलित केन्द्रीय सदस्य १. लक्ष्मण दर्नाल (पुरुष) २. (महिला) निर्विरोध आदीबासी जनजातिः १. अर्जुन बहादुर तामाङ (पुरुष) २. (महिला) निर्विरोध मधेसी १. चन्द्रदेव कामती (पुरुष) २. ललिताकुमारी साह (महिला) अपाङ्गता तर्फ केन्द्रीय सदस्य १. अर्जुन काफ्ले अल्पसंख्यक तर्फ केन्द्रीय सदस्य बख्तियार अलि लेखा समिति संयोजकः ध्रुव रावल लेखा समिति सदस्य १. गणेश प्रसाद बन्जाडे (पुरुष) २. लक्ष्मी चौधरी (महिला) यी हुन् साझा प्यानलका प्रतिबद्धता नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक संचार माध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यावसायिक विकासका लागि हाम्रो साझा प्यानलका प्रतिवद्धताहरु: १) सर्वप्रथम हामी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र लोकतन्त्रको पक्षमा नेपाल पत्रकार महासंघले गर्दै आएको सम्झौताहिन संघर्षप्रति गौरव गर्दै यसक्रममा आफ्नो जीवन बलिदान गर्नुहुने योद्धाहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछौं । साथै यसका लागि कष्टसाध्य संघर्ष गर्नुहुने हाम्रा सम्पूर्ण अग्रजसहित प्रेस स्वतन्त्रता सेनानीहरुप्रति अभिनन्दन प्रकट गर्दछौं । हामी उहाँहरुले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई कायम राख्दै सोही बाटोमा अनबरत हिडिरहने प्रण गर्दछौं । २) नेपाली पत्रकारितालाई स्वच्छ, मर्यादित र उत्तरदायी बनाउनका लागि महासंघभित्र र पत्रकारिता क्षेत्रमै शुद्धीकरणको आवश्यकता छ । यसका लागि नेपाल पत्रकार महासंघलाई क्रियाशील पत्रकारहरुको मात्रै साझा संगठन बनाई आम श्रमजीवी पत्रकारको साझा नेतृत्वदायी पेशागत संगठनका रुपमा अघि बढाउनेछौं । साथै, लोकतान्त्रिक समूदायको भरोषायोग्य नागरिक संस्थाकोे रुपमा स्थापित महासंघको गरिमा, गौरव र सामाजिक स्वीकारोक्तिलाई वृद्धि गर्न प्रतिवद्ध छौं । ३) हाम्रो प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकारप्रति पूर्ण प्रतिवद्ध छ । हामी श्रमजीवी पत्रकार सम्बन्धी ऐनको पूर्ण कार्यान्वयनका निम्ति ठोस पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । श्रमजीवी पत्रकारका लागि औषधोपचार, तालिम, पुरस्कार, फेलोसिपको व्यवस्था गर्नूको साथै सञ्चार सामग्रीको बिमा गर्ने प्रबन्धका लागि पहल गरिनेछ । श्रमजीवी पत्रकार कल्याण कोषलाई थप प्रभावकारी बनाउने प्रण गर्दछौं । (४) संघ, प्रदेश र स्थानीय तहमा सञ्चारमैत्री नीति, कानून र संरचना निर्माणका लागि ठोस पहल गर्नेछौं । (५) पत्रकार आफैले चलाएका स्वरोजगारमूलक सञ्चार माध्यमको संरक्षण, समानुपातिक विज्ञापन वितरणको व्यवस्था र स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यमलाई दिलाउन ठोस पहल गर्ने छौं । साथै, सरकारले प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन शतप्रतिशत वृद्धिको लागि पहल गर्नेछौं । ६) पत्रकारिता क्षेत्रमा लामो समय योगदान दिनुभएका पत्रकारहरुका लागि वरिष्ठ पत्रकार सम्मान तथा जीवनवृत्ति र अपांगता भएका पत्रकारका लागि मासिक भत्ताको व्यवस्था, महिलाले चलाएका र मातृभाषाका सञ्चार माध्यमका लागि विशेष व्यवस्था गर्न पहल गर्ने छौं । ७) महिला, दलित, आदिवासी, जनजाती, अपांगता, मधेशी, सीमान्तकृत र पछाडि परेका क्षेत्र, वर्ग र समुदायको आमसञ्चारमा प्रतिनिधित्व बढाउन थप पहल गर्नेछौं । ८) पत्रकार महासंघको सदस्यता लिएका सम्पूर्ण पत्रकारको निःशुल्क दुर्घटना तथा स्वास्थ्य बिमाको प्रक्रियालाई अघि बढाउने छौं । ९) महासंघका संघ, प्रदेश र शाखा कार्यालय भवनलाई पूर्णता दिंदै इ–लाईब्रेरी र सञ्चार संग्रहालय निर्माण गर्नेछौं । लामो समयदेखि पत्रकारितामा क्रियाशील अग्रजको ज्ञान, अनुभव र योगदानलाई ज्ञान–स्रोतका रूपमा दस्तावेजीकरण गर्नेछौं ।
नेपाल र भारतको प्रस्तावमा डिसेम्बर २१ मा अब विश्व ध्यान दिन दिवस
न्यूयोर्क । डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा घोषणा गर्न अनुरोध गरिएको प्रस्ताव संयुक्त राष्ट्र संघको महासभाले सर्वसम्मतिले पारित गरेको छ । यो प्रस्तावलाई नेपाल र भारतसहितका राष्ट्रहरूद्वारा सहप्रायोजित गरिएको थियो । योसँगै अब डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाइने भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार १९३ सदस्यीय संयुक्त राष्ट्र संघको महासभामा ‘विश्व ध्यान दिवस’ शीर्षकको प्रस्ताव शुक्रबार सर्वसम्मतिले पारित गराउन महत्त्वपूर्ण भूमिका खेल्नेमा भारत, श्रीलंका, नेपाल, मेक्सिको, लिकटेन्स्टाइन र एन्डोरा कोर समूहका प्रमुख सदस्य थिए। संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि पार्वतानेनी हरीशले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखे, ‘भारतले कोर समूहका अन्य देशहरूसँग मिलेर संयुक्त राष्ट्र महासभामा २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषित गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गर्ने प्रक्रियालाई मार्गदर्शन गरेकोमा खुसी छु ।’
आइतवारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आइतबारदेखि सोमबारसम्म वर्षा र हिमपात हुने प्रक्षेपण गरेको छ । विभागले शुक्रबार विशेष बुलेटिन जारी गर्दै पश्चिम नेपालमा यसको प्रभाव बढी पर्ने जानकारी दिएको हो । बुलेटिनअनुसार पश्चिम नेपालबाट पश्चिमी वायुसँगै पश्चिमी न्यून प्रणाली प्रवेश गर्दैछ । यसले देशभर जाडो बढाउने भएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागको आग्रह छ । यो प्रणालीको प्रभावले आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हिमपात हुने विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, बागमती र कोशी प्रदेशका उच्चपहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम खालको हिमपात हुनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने विभागको प्रक्षेपण छ । विभागले गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाएको छ । आज भने देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराईका भू-भागलगायत तराईका बाँकी भू-भाग तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
मेरो पालो अझै १८ महिना छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक चार दिने चीन भ्रमणबाट फर्किएपछि आफ्नो कार्यकालबारे अभिव्यक्ति दिनुभएको छ ।चीन भ्रमणबाट बिहीबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा ओलीले अबको १८ महिना आफू प्रधानमन्त्री पदमा रहने बताउनुभएको हो । आफ्नो कार्यकाल १८ महिनामा सकिने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्को निर्वाचन गराउने बताउनुभयो । प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋण सम्बन्धी कुनै सम्झौता नभएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै सो कुरा बताउनुभएको हो । चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौत नभएको बताउनुभयो ।
सुनको मूल्यमा प्रतितोला तीन सयले वृद्धि
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ५० हजार चार सय रुपैयाँ रहेको सुनको मूल्य बिहीबार एक लाख ५० हजार सात सय पुगेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
जाजरकोटमा जिप दुर्घटना, दुईको मृत्यु
जाजरकोट । गएराति जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब आठ बजे मध्यपहाडी लोकमार्ग अन्तर्गत भेरी नगरपालिका–१० नुवागाउँमा बोलेरो जिप दुर्घटनमा परेको हो। जिल्ला प्रहरी कार्यालय जाजरकोटकाअनुसार भेरी नगरपालिकाको कार्की गाउँबाट सोही नगरपालिकाको कुदुका लागि छुटेको कर्णाली प्रदेश ३०१०२३च ४७१९ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिराम डाँगीले दुर्घटनामा जिपचालक कैलालीका २४ वर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुम हमालको मृत्यु भएको जानकारी दिए।
चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप, आठ प्रहरीसहित २४ जना घाइते
चितवन । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । रास्वपा सभापति रवि लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उक्त पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो । झडपमा परेर आठ प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार प्रदर्शनकारीले सरकारी वकिलको कार्यालय जाने बाटो अवरुद्ध गर्न खोज्दा झडप भएको हो । प्रदर्शनकारीले ढुङ्गा प्रहार गर्न थालेपछि उक्त कार्य रोक्नका लागि अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्नुपरेको उनले बताए । घाइते प्रहरीको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । 'प्रहरीले बल प्रयोग गरेको छैन । प्रदर्शनकारीले ढुङ्गा हान्दा प्रहरी घाइते भएका हुन्', प्रहरी उपरीक्षक मिश्रले भने । जिल्ला प्रहरी कार्यालय अगाडि सभापति लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनकारीले निषेधित क्षेत्र नाघेपछि सो कार्य रोक्न खोज्दा झडप भएको उनले जानकारी दिए । प्रदर्शनकारीतर्फ १६ जना घाइते भएको रास्वपा चितवनका सभापति कृष्ण भुषालले जानकारी दिए । घाइतेको भरतपुर सामुदायिक अस्पताल, नारायणी सामुदायिक अस्पताल, देव अस्पताल लगायतका अस्पतालमा उपचार भइरहेको उनले बताए । साहारा सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेपछि प्रहरीले लामिछानेलाई बयानका लागि मङ्गलबार काठमाडौंबाट चितवन ल्याएको हो । साहारा सहकारीबाट १० करोड ८० लाख गोर्खा मिडियामा गएको आरोप लागेपछि उनलाई बयानका लागि चितवन ल्याइएको हो ।
अध्यक्ष प्रचण्डलाई गणतन्त्र नायक सम्मान
काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष, गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं जनयुद्धका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डलाई गणतन्त्र नायक सम्मानबाट सम्मानित गरिएको छ । गणतन्त्र सेनानी कोषले उहाँलाई सो सम्मान गरेको हो। देशबाट सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्न दश वर्षे जनयुद्धको पहल, थालनी र नेतृत्व गर्दै जनआन्दोलन र संविधानसभाको निर्वाचनहुँदै गणतन्त्र घोषणा, गणतान्त्रिक संविधान निर्माण र गणतान्त्रिक सरकारको नेतृत्व गर्दै मुलुकलाई यहाँसम्म ल्याइपुर्याउन कुशल नेतृत्व गरेकोमा गणतन्त्र नायकको सम्मान प्रदान गरिएको कोषले जनाएको छ। कोषले यो वर्षदेखि गणतन्त्र स्थापनाका लागि योगदान गर्ने सेनानीहरुलाई गणतन्त्र सेनानी सम्मान प्रदान गर्न सुरु गरेको हो। कोषले जनमुक्ति सेनाका डेपुटी कमान्डरहरु नन्दकिशोर पुन पासाङ, वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर र चक्रपाणि खनाल बलदेवलाई गणतन्त्र सेनानी सम्मान प्रदान गरेको छ। कोषले बागमतीका १३ जिल्लाबाट एक एक जना र सास्कृतिकर्मीलाई पनि सम्मान गरेको छ। बागमतीबाट सुरु गरिएको गणतन्त्र सेनानी सम्मानलाई देशब्यापी बनाउदै लैजाने कोषका अध्यक्ष सरल सहयात्रीले जानकारी दिनुभयो।
नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश
काठमाडौं मंसिर । नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका केन्द्रीय अध्यक्ष मनोज शर्मा ढोडारी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उहाँलाई खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो। शर्मालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले माओवादी आन्दोलन एकता र ध्रुवीकरणको प्रक्रियामा अघि बढेकाले विभिन्न घटकहरुसँग एकता प्रक्रिया सुरु भएको बताउनुभयो । व्यक्तिगतरुपमा ध्रुवीकृत हुने क्रम पनि बढेको भन्दै उहाँले यसले आगामी यात्रालाई थप सहज र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रवेश गर्नुभएका शर्माले माओवादी स्कुलिङबाट विभिन्न ठाँउमा छरिएकाहरु सबैलाई समेटेर विशाल पार्टी बनाउने अभियानमा सहयोग पुर्याउन आफू माओवादी केन्द्रमा गोलबद्ध भएको बताउनुभयो । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय शर्मा नेपाल पत्रकार महासंघको केन्द्रीय प्रशिक्षण समितिको सदस्य भएर काम गरिसक्नुभएको छ । प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलगायतको उपस्थिति थियो ।
सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनमै समेटियो ।
टस जितेपछि कर्णाली याक्सले ब्याटिङ गर्ने, फिल्डिङमा जनकपुर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले ब्याटिङ रोजेको छ। यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको गियो।
घट्यो सुनचाँदीको मूल्य कतिमा भैरहेको छ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो । यसअघि आइतबार सुनको मूल्य तोलामा १ लाख ५० हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी सोमबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ८१५ रुपैयाँ कायम भएको हो ।