अमेरिकी डलरको भाउ स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत २३)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ आज पनि स्थिर छ । अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ १५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ९४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३५ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६० पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा तोकिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४० रुपैयाँ ९३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५५ पैसा र बिक्रीदर चार रुपैयाँ ५७ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ तीन पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९२ पैसा र बिक्रीदर २३ रुपैयाँ एक पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३० पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ३६ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७१ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
                
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

ओखलढुंगामा आगलागी, ५७ लाख बढीको क्षति

ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका-२ मा अवस्थित दुई घरमा आगलागी हुँदा ५७ लाखभन्दा बढीको क्षति भएको छ । विद्युत सर्ट भएर आगो सल्किँदा केउरेनीका बुद्धिकुमार आचार्यका दुई घर जलेका हुन् । आगलागीमा सुन, चाँदी, नगद १० लाख जल्दा ५७ लाख १० हजार सात सय बराबरको  क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घण्टापछि आगो निभाइएको थियो । 

राेल्पामा शिक्षकद्वारा नाबालिकामाथि जबरजस्ती करणी आरोप, आरोपी पक्राउ

रोल्पा । रोल्पाको लुङ्ग्री गाउँपालिका–७ हार्जङस्थित एक विद्यालयमा कार्यरत शिक्षकमाथि १२ वर्षीया छात्रामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङका शिक्षक ठगेन्द्र खड्काले कक्षा ५ मा अध्ययनरत नाबालिकामाथि चैत १७ गते जबरजस्ती करणी गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी सुनिल थापा नेपालीले पीडित पक्षबाट जाहेरी दर्ता भइसकेको जानकारी दिएका छन्। उनका अनुसार, प्रारम्भिक अनुसन्धानमा आरोपी शिक्षकले बालिकालाई प्रलोभनमा पारेर एकान्तमा बोलाई घटना घटाएको देखिएको छ। घटनापछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ। उनीविरुद्ध म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना सार्वजनिक भएपछि स्थानीय स्तरमा आक्रोश बढेको छ। अभिभावक तथा स्थानीयवासीले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीले घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान भइरहेको र दोषीमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।

आज केही भू-भागमा मेघगर्जनसहित वर्षा र हावाहुरी

काठमाडौं । देशका केही स्थानमा आज (चैत २२) हावाहुरीको पूर्वानुमान छ । मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  "मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ," विभागले भनेको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर हाल साधारणतया बादल लागेको छ ।  विभागका अनुसार, आइतबार (चैत २२) दिउँसो देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।  देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।   राति, देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भाग, कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (चैत २२)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ तीन पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८५ पैसा र बिक्रीदर नौ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ पाँच पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

भक्तपुर प्रहरीद्वारा एकैदिन ६० जना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरद्वारा सञ्चालित ‘स्वीप अपरेसन’बाट एकैदिन ६० जनालाई फक्राउ परेका छन् । प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले प्रहरीद्वारा सञ्चालित ‘स्वीप अप्रेसन’मा शनिबार एकैदिन जिल्लाका विभिन्न स्थानबाट ६० जना पक्राउ परेका जानकारी दिए ।  उनले भने, “यस्ता अप्रेसन विगतमा पनि गरिन्थ्यो, शनिबारदेखि स्वीप अप्रेसन सञ्चालन गरी परिसरअन्तर्गत रहेका जिल्लाका दुई प्रहरी वृत्त, प्रहरी प्रभाग र युनिटलाई परिचालन गरी अप्रेसन सुरु गरेका हौँ । पक्राउ परेका सबैलाई छानबिन गरेर अपराधिक घटनामा संलग्न नभएका पाइएकामा छाड्छौँ ।” सार्वजनिक स्थलहरूमा शान्तिसुरक्षा भंग गर्ने खालका क्रियाकलाप गर्ने, शंकास्पद गतिविधि गर्ने, लागुपदार्थ सेवन गर्ने, विभिन्न स्थानमा समूहमा बसेर गलत गतिविधि र होहल्ला गर्नेलगायत शंकास्पद गतिविधि गर्ने ६० जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए । समाजमा शान्तिसुरक्षा कायम राख्ने मुख्य उद्देश्यले स्वीप अप्रेसन सुरु गरिएको जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले नजिकिँदै गरेको बिस्केट जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन पनि उक्त अप्रेसन सञ्चालन गरिएको बताए । यसले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।   

मतदाता नामावली संकलन आजदेखि सुरु हुँदै

काठमाडौं । निर्वाचन आयोगले आज (चैत २२) देखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम पुनः सञ्चालन गर्दै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलनको काम सुरु गर्न लागिएको हो ।  आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भन्दै गत मंसिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगित गरेको थियो । आयोगको यही चैत १८ को बैठकले मतदाता नामावली संकलनको काम सुरु गर्ने निर्णय गरेको हो । स्थगित उक्त कार्यक्रम आजदेखि पुनः सञ्चालन गर्न लागिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नो राष्ट्रिय परिचयपत्रको विवरणमार्फत मतदाता नामावलीमा अनलाइन प्रणालीबाटै नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।  राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध नभएकाहरूको हकमा आयोगको ‘प्रि इनरोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भर्नुपर्ने छ । आफ्नो फोटो तथा औँठाछापसहितको जैविक विवरण प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा आवेदक स्वयं भौतिक रूपमा उपस्थित हुनुपर्नेछ ।  मतदाता नामावलीमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्यु तथा बसाइँसराइको विवरण अद्यावधिक गर्ने लगायतका कार्यका लागि समेत अनलाइन माध्यमबाट आवेदन गर्न सकिने व्यवस्था मिलाइएको प्रवक्ता भट्टराईले जानकारी दिए ।  नाम थर, ठेगाना सच्याउने, एकै वडाभित्र दुई वा सोभन्दा बढी मतदानस्थल रहेको भए मतदातालाई पायक पर्ने स्थानमा नाम सार्ने, नागरिकताअनुसारको विवरण नभई अन्यथा भएको भए नागरिकताअनुसार पनि सच्याउन सकिनेछ । आयोगले मतदाता नामावली संकलन प्रक्रियामा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा इटहरी–२ शान्तिनगरका अन्दाजी ५० वर्षीय अमरबहादुर भुजेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।   प्रदेश १–०२–०२० प ६८८३ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०२० प ६३४० नम्बरको अर्को मोटरसाइकल शुक्रबार साँझ ठोक्किँदा भुजेल गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  दुर्घटनामा मोटरसाइकलमा सवार इटहरी–२० तरहराका १७ वर्षीय रोहित गिरी र १९ वर्षीय स्माइल राई घाइते भएको प्रहरीले जनाएको छ ।   राईको धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गिरीको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

तीन जिल्लामा बर्ड फ्लू सङ्क्रमणः ८५ हजार कुखुरा नष्ट

झापा । बर्ड फ्लूको समस्या देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा गङ्गाराम यादवका अनुसार बर्ड फ्लू (एच ५एन १) को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उनले बताए ।  सङ्क्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पंक्षीजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको वरिष्ठ पशु विकास अधिकृत डा यादवले बताए । विभागले सङ्क्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा निगरानी बढाएको छ । एच ५ एन १ भाइरस पंछीबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ ।

माैसम पूर्वानुमान: चट्याङ्गसहित वर्षा र हावाहुरीकाे सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।  सुदूरपश्चिम प्रदेशका तराई लगायत बाँकी हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । आज राति देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभाग लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।  बाँकी पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेश : पर्यटकीय क्षेत्र छन्, पर्यटक छैनन्

कैलाली । प्राकृतिक तथा धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि सुदूरपश्चिम प्रदेशमा अपेक्षित रूपमा पर्यटकीय गतिविधि सञ्चालन हुन सकेका छैनन् । पर्यटकीयस्थलको आवश्यक प्रवर्द्धनका साथै प्रचारप्रसारका लागि प्रभावकारी काम हुन नसक्दा पर्यटकको गतिविधि बढ्न नसकेको हो । यो प्रदेश भौगोलिक तथा जैविक विविधता, मौलिक संस्कृति र ऐतिहासिक तथा धार्मिक धरोहरका दृष्टिले भरिपूर्ण मानिन्छ । यहाँ थुप्रै सुन्दर र मन लोभ्याउने ठाउँहरू भए पनि घुम्ने पर्यटक कम छन् । विभिन्न तहका सरकारबाट पर्यटन प्रवर्द्धनका लागि बनाइने योजनाको प्रभावकारी कार्यान्वयन नहुँदा पर्यटन प्रवर्द्धनमा ठोस काम हुन नसकेको विज्ञहरूको भनाइ छ । बाह्य पर्यटकहरू टिकाउन पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने पर्यटन व्यवसायीले बताउँछन् । नीतिगत अस्पष्टता, जटिल कानुनी प्रक्रियालगायतका कारण पनि पर्यटकीय क्षेत्रको प्रवर्द्धन एवं विकास हुन नसकिरहेको उनीहरूको भनाइ छ । पर्यटन व्यवसायी शिवहरि पाण्डेले सुदूरपश्चिम प्रदेशमा प्राकृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना भएर पनि पर्यटनका गतिविधि बढ्न नसकिरहेको बताए । उनले भने, “धेरै गन्तव्यस्थलमा न्यूनतम पूर्वाधार पनि पुर्‍याउन सकिएको छैन । ब्रान्डिङ गरेर समयानुकूल प्रचारप्रसारको अभाव छ, तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम पुग्न सक्ने ‘कनेक्टिभिटी’को समस्या हुँदा पनि गतिविधि अपेक्षित बढ्न सकेको छैन ।” बाटोको असुविधासँगै पर्यटकीय क्षेत्रमा उचित बसोबासको व्यवस्था नहुँदा र कतिपय पर्यटकीयस्थलको पहिचान हुन नसकेर पनि कहाँ घुम्ने भन्ने अन्योलता पर्यटकमा देखिने गरेको छ । पर्यटन आर्थिक गतिविधिमात्र नभई युवा रोजगारी, स्थानीय उत्पादनको बजार, संस्कृति संरक्षण र क्षेत्रीय विकाससँग जोडिएको विषय पनि हो । सुदूरपश्चिम प्रदेशका अन्तरराष्ट्रिय सीमानाका हुँदै नेपाल घुम्न आउने अधिकांश पर्यटकको यस प्रदेशमा बसाइँ हुँदैन । अध्यागमन कार्यालय कैलालीको तथ्याङ्कअनुसार तेस्रो मुलुक भएर नेपाल भित्रिने पर्यटक काठमाडौँ, पोखरा, मनाङ, मुस्ताङ, कागबेनीलगायतका ठाउँमा जाने गरेका छन् । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन एकाइका प्रमुख डबल रावलले पर्यटक प्रवर्द्धनका लागि योजनाबद्ध काम भइरहेका बताए । उनले भने, “चालु आर्थिक वर्षमा पर्यटकीय क्षेत्रको विकासमा रु ६० करोड बजेट विनियोजन भएको छ, केही योजना निर्माणको प्रक्रियामा गइसकेका छन् ।” मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा विभिन्न सीमानाकाबाट आन्तरिक, भारतीय र तेस्रो मुलुकका गरी दुई लाख ५९ हजार ६८३ पर्यटक भित्रिएका छन् । त्रिनगर, गड्डाचौकी, खक्रौला, चिसापानी, दार्चुलालगायतका ठाउँमा पर्यटन सूचना केन्द्र सञ्चालनमा छन् । सीमानाकाबाट भित्रिनेमध्ये अधिकांश विदेशी पर्यटक सुदूरपश्चिममा बसाइ नगरी पूर्वी नेपालतर्फ घुम्न जाने गरेका छन् । रावलले भने, “सीमानाकाबाट भित्रिनेमध्ये कतिपय धार्मिक पर्यटकहरू भने प्रदेशका पहाडी जिल्लाका धार्मिकस्थलमा पुग्ने गरेका छन् ।” आव २०८२/८३ मा प्रदेश सरकारले ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नीति लिएको छ । यसअन्तर्गत प्रदेशभरि धार्मिक सास्ंकृतिक, ऐतिहासिक, पुरातात्विक र सिमासार तथा तालतलैया क्षेत्रको संरक्षण र विकासका लागि ‘बाँकावीर पर्यटन प्रवर्द्धन कार्यक्रम’ सञ्चालनमा छ । धार्मिक पर्यटन सर्किट निर्माण, खप्तड बडिमालिका मल्लिकार्जुन, सिगासधाम, रामारोशनजस्ता पर्यटकीय क्षेत्रको विकास कार्यक्रम र केबुलकार स्थापनाका लागि अध्ययन गर्ने कार्यक्रम पनि छ । थुप्रै मठमन्दिर एवं देवस्थल रहेकाले सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रूपमा चिन्ने गरिन्छ । प्रदेशसँग जोडिएको महाकाली नदीपारिको भारतको उत्तराखण्ड क्षेत्रलाई पनि देवभूमि मानिन्छ । प्रसिद्ध धार्मिकस्थल अछामको वैद्यनाथ धाममा रावणले तपस्या गरेको किंवदन्ती छ । शिव प्रकट भएर स्वयंले रावणको घाँटी काटेपछि वैद्य आएर घाँटी जोडिदिएको कथन छ । भगवान् शिवको नाम त्यतिबेला वैद्यनाथ धामले परिचित रहेको जानकारको भनाइ छ । यो धामसहित खप्तड क्षेत्र, बडिमालिका, अपी–नाम्पा हिमाल, शुक्लाफाँटा, घोडाघोडी ताल, रामारोशन, बडीकेदार, परशुराम धाम, शैलेश्वरी, उग्रतारा मन्दिर, त्रिपुरासुन्दरी, निङ्गलासैनी, गोदावरी धाम, शिवपुरी धाम, बेहडाबाबा धामजस्ता थुप्रै पर्यटकीय क्षेत्र छन् । यस्तै कर्णाली नदीमाथि बनेको एकखम्बे पुल, महाकाली नदीमाथिको झोलुङ्गे पुलजस्ता आकर्षक गन्तव्यस्थलले अन्तरराष्ट्रिय पर्यटकसमेत आकर्षित गर्न सक्ने क्षमता राख्छन् । विभिन्न प्रजातिका गुलाबका फूलको अवलोकन गर्न सकिने ठाउँका रूपमा चर्चित टीकापुर उद्यान चर्चित छ । यो ठाउँमा तत्कालीन राजा महेन्द्रले वि.सं. २०२८ मा एक महिना बसेर राजकाज चलाउनुभएको इतिहास छ । यस्तै रामसार क्षेत्रको सूचीमा सूचीकृत घोडाघोडी तालसहित सयौँ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जङ्गली धानलगायतले यो क्षेत्र आकर्षक मानिन्छ । जिल्लाको चुरे पहाडी क्षेत्रमा राणाकालीन समयमा बनेकाको गर्बा दरबार पनि छ । यो दरबार भने संरक्षणको अभावमा खण्डहर बनिसकेको छ । कैलालीको मोहना नदी र पथरैया नदी डल्फिनको अवलोकनका लागि चर्चित छ । साउन, भदौ महिनामा यी नदीमा डल्फिनको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्घे झुण्डका साथै अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ । कञ्चनपुरमा शिवलिङ्गको स्वरुपमा प्राकृतिक रूपमा बनेको लिङ्गा, वेतकोट ताल, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला छ । डडेलधुराको अजयमेरूकोट दरबारले एउटा छुट्टै इतिहास बोकेको छ । यहाँ पुराना कलात्मक शैलीमा निर्माण गरिएका नौला (खानेपानीको परम्परागत धारा), देवलको भौतिक र प्राचीन धरोहरको अवलोकन गर्न सकिन्छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको सङ्गमस्थलमा अवस्थित खप्तड क्षेत्र आन्तरिक र बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने देखिन्छ । खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ । खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ । समुद्री सतहबाट दुई हजार ७०० देखि तीन हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जलाई अति दुर्लभ दलदले घाँसेमैदानका रूपमा लिने गरिए पनि प्रचारप्रसार सोहनुसार हुन नसकेको प्रमुख रावलले बताए । धुपिसल्ला र लालीगुराँसको जङ्गलका बीचमा रहेको पाटन, रङ्गीविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जङ्गल खप्तडका मन लोभ्याउने आकर्षण हुन् । यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौँ खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणीधाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थपेको छ । बाजुराको बडिमालिका प्राकृतिक तथा धार्मिक दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा रहेकाले यसको प्रचारप्रसार र प्रवर्द्धनमा तीनै तहका सरकारले योजनाबद्ध काम गर्नुपर्नेमा प्रमुख रावलले जोड दिनुभयो । भगवान् शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्र नभई धार्मिक हिसाबले पनि महत्त्वपूर्ण छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् । यहाँका सौन्दर्य विशाल फाँटहरू हुन् । बाह्रै महिना चिसो र कुहिरो लाग्ने भएकाले यहाँको प्राकृतिक सौन्दर्यता नियाल्न विशेष समयको पर्खाइ गर्नुपर्ने हुन्छ । यो ठाउँ समुद्री सतहबाट चार हजार २१९ मिटर उचाइमा रहेको छ ।

कालीगण्डकी कोरिडोर : लार्जुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत लाजुङ र कैह्कुखोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले थासाङ गाउँपालिकाको लार्जुङखोला र कैह्कुखोलामा २०/२० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी इन्जिनियर जेमकुमार बैठाले दुई वटै पुल निर्माण सकिएपछि यातायातका साधन सञ्चालन हुन थालेको बताए । वि।स। २०८१ वैशाख ११ मा लार्जुङखोलाको पुल बनाउन एस.के. धौलागिरीसँग रु. एक करोड ९७ लाख ६३ हजार एक सय ३५ र कैह्कुखोलाको पुल बनाउन बि.के.–के.सी.–जि.सी. जेभीसँग रु. पाँच करोड ३४ लाख ६३ हजार छ सय २४ मा ठेक्का सम्झौता गरेको थियो । यसअघि दुई वटै पुल बनाउन विसं २०७५ मा रु. छ करोड ५४ लाखमा ठेक्का सम्झौता गरेको गणपति निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौता वि.स. २०८० चैतमा तोडेर अधुरो काम सम्पन्न गराउन नयाँ ठेक्का लगाइएको थियो । ५०/५० प्रतिशत भौतिक प्रगति भएको अवस्थामा पुलको ठेक्का तोडिएको थियो । पर्वतको लामढुङ्गा देखि चीनको सिमानामा रहेको कोरला नाका सम्म दुई सय दुई किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत हालसम्म १५ वटा मोटरेबल पुल निर्माण सकिएको छ । लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा एक वटा मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । छ बेलिब्रिज निर्माण भएको छ ।

धुलिखेल- खावा सडक आइतबारदेखि साँझ बन्द हुने

काठमाडौं । अरनिको राजमार्गअन्तर्गतको धुलिखेल-खावा सडक खण्डमा आइतबारदेखि राति सवारी आवागमन बन्द हुने भएको छ । सडक स्तरोन्नतिका लागि साँझ ६ बजेबाट बिहान पाँच बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।  आइतबारबाट  १० दिनसम्म राति सवारी आवागमन रोक लगाइने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।  चैतभित्र चार किलोमिटर स्तरोन्नति सम्पन्न गर्ने लक्ष्य राखिएकोमा हालसम्म  २.५ किलोमिटर मात्रै पक्की भएको छ ।  वर्षाका कारण बितेका हप्तामा काम हुन नसक्दा लक्ष्य पूरा हुन नसकेको कार्यालयका इन्जिनियर सुमन योगेशले बताए ।  निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त सडक निर्माण प्रभावित हुँदै आएको थियो । सडक कार्यालयले नयाँ कम्पनीसँग सम्झौता गरेसँगै सडक निर्माणले तीव्रता पाएको छ । 

आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।   युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ ।  सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ११ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ६९ पैसा तोकिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४० रुपैयाँ ६४ पैसा, मलेसियन रिंगेट  एकको खरिददर ३६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५ रुपैयाँ ८२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९६ पैसा र बिक्रीदर २३ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १९ रुपैयाँ ०५ पैसा, कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ ५० पैसा र बिक्रीदर ४८६ रुपैयाँ ४६ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ७६ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज (शनिबार) बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार नरेफाट, सिसिआरसी कलेज आसपास, सूर्यकोटमार्गमा रहेको ११ केभी क्षमताका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बिजुली कटौती गर्न लागिएको हो । सूचनामा आज बिहान ११ बजेदेखि ३ बजेसम्म बिजुली कटौती हुनेछ । बिजुली कटौती हुँदा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।

धनगढीकाे मालपोत र यातायातबाट १२ जना विचाैलिया पक्राउ

काठमाडाैं । मालपोत कार्यालय धनगढी र यातायात व्यवस्था कार्यालय धनगढीबाट १२ पक्राउ परेका छन्।  सेवाग्राहीलाई सेवामा सहजीकरण गरेबापत पैसा असुल्दै आएकाहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले अनुमतिविना लेखापढी व्यावसाय गर्ने मालपोतबाट ६ जना र यातायातबाट ६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए।  उनीहरूलाई कुन मुद्दा लाग्ने भन्ने भने यकिन नभएको तिमिल्सिनाले बताए। बिचौलियाको भूमिका खेलेको आरोपमा १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।