सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो ।

माओवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्ना आफ्ना धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

काठमाडौंका यी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आज विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।  बलम्बु सहायक वितरणक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरूद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।  थानकोट फिडर अन्तर्गत बलम्बु विद्युत् कार्यालय, गुर्जुधारा, दाउराडीपो, राधाकृष्ण टोल, हाइभिजन कोलोनी, सिर्जना चोक, खहरे बसपार्क, इन्द्रथान, श्रीकृष्ण स्कुललगायत क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २६ गते शनिबार सन् २०२४ अगष्ट १० तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ। कतारी रियालको विनिमय दर स्थिर छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३४ पैसा र बिक्री दर १४६ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८४ पैसा र बिक्री दर १७१ रुपैयाँ ६१ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

३० औँ विश्व आदिवासी दिवस सम्पन्न

काठमाडौँ। ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालेको थियो। मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका थिए । भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवन सम्म पुगेको थियो । प्रज्ञा भवनमा महासङ्घ ३०औं विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रममा गरेको थियो ।कार्यक्रममा आदिवासी जनजातिबाट राज्यका उच्च पदमा आसिन नेता तथा सामाजिक व्यक्तित्वको सहभागीता थियो ।

प्रेस सेन्टर नेपालले गरायो प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रपत्रिकाको वर्गीकरणको नतिजालगायतका विषयमा प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको छ । प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीको नेतृत्वमा उपाध्यक्ष हरु  लक्ष्मण खडका,  ओपेन्द्र शर्मा , दिपेन्द्र रावल  र महासचिव सन्तोष पौडेल लगाएत करिब २०  जनाको प्रेस सेन्टरको टोलीले काउन्सिल पुगेर अध्यक्ष बालकृष्ण बस्नेतको ध्यानाकर्षण गराएको हो । वरिस्ट उपाध्यक्ष गिरीले प्रेस काउन्सिल नेपाल नेपाली पत्रकारहरूको आशा र भरोसाको केन्द्र भएको बताए। अन्तर्राष्ट्रिय र नेपाली मान्यताअनुसार पनि काउन्सिल अर्धन्यायिक निकाय भएकाले यसले सम्पादन गर्ने कार्यहरू न्यायोचित हुनुपर्ने आफूहरूको मान्यता रहेको बताए। गिरीले पछिल्लो समय प्रेस काउन्सिल नेपालले गरेको पत्रपत्रिका वर्गीकरण, पुरस्कार वितरणलगायतमा पक्षधरता देखिएको गुनासो आएको बताए। काउन्सिलको विषयमा यस्तो टिप्पणी आउनु समग्र पत्रकारिताकै लागि नराम्रो हुने भन्दै उहाँले यसबारेमा काउन्सिल नेतृत्वले गम्भीर भएर सोच्नुपर्ने बताए। पछिल्लो पटक पत्रपत्रिकाको वर्गीकरणको विषयमा आफूहरूको असहमति रहेको र त्यसलाई सच्याएर काउन्सिल अघि बढ्नुपर्ने गिरीको भनाइ थियो ।  कार्यक्रममा उपाध्यक्ष लक्ष्मण खडका, ओपेन्द्र शर्मा  लगाएतले पत्रपत्रीका बर्गिकरण न्यायोचित नभएको सच्चाउनु पर्नेमा जोडदिनु भएको थियो कार्यक्रममा महासचिव पौडेलले प्रेस सेन्टरको वक्तव्य पढेर सुनाएका थिए । काउन्सिल अध्यक्ष बस्नेतले काउन्सिलको सफलतामा प्रेस सेन्टर जस्ता पत्रकारहरूका संगठनको सहयोग आवश्यक रहेको उल्लेख गरे । यसपटकको पत्रपत्रिकाको वर्गीकरणका विषयमा बढी गुनासो आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले त्यसमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाए।

सुनको मूल्य आज एकै दिन १,५०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा एक हजार ५०० ले वृद्धि भएको छ। बिहीबार प्रतितोला एक लाख ४६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ । यसैबीच, चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार ६९० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ७३० निर्धारण भएको छ ।

कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन २४ क्यारेट (छापावाल)सुन प्रतितोला एक लाख ४६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी गराएको छ । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ६९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ 

प्रहरीका २६३ जना कार्यालय सहयोगीको सरूवा (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६३ कार्यालय सहयोगीको सरुवा गरेको छ । बुधबार (हिजो) उनीहरूको सरुवा गरिएको हो । “आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकोले मिति २०८१ साल श्रावण महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी निम्न दरबन्दीका प्रहरी कार्यालय सहयोगीहरूलाई देहायबमोजिम सरुवा गरिएको हुँदा अभिलेखमा आवश्यक व्यहोरा जनाइदिनहुन अनुरोध गरिएको छ,” प्रहरी प्रधान कार्यालयबाट राष्ट्रिय किताबखाना (प्रहरी)लाई लेखिएको पत्रमा उल्लेख छ। सरुवा सूची हेर्नोस्

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन २४ गते बिहीबार सन् २०२४ अगष्ट ८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। आज अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढ्दा र कतारी रियालको विनिमय दर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ३९ पैसा र बिक्री दर १४७ रुपैयाँ ०५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ६८ पैसा र बिक्री दर १७१ रुपैयाँ ४४ पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राति पनि देशभर साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

चार वटा संसदीय समितिको बैठक बस्दै, यी हुन् छलफलका विषय

काठमाडौं । आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालको अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्ती लगायतका जनावरको आक्रमणबाट मानिसको ज्यानै लिनेगरी मानव जनधनमा पु¥याइरहेको अपुरणीय क्षतिका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री, माननीय राज्यमन्त्री एवं सचिव, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र सम्बन्धित सरोकारवाला समेतको सहभागितामा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा संशोधनकर्ता सदस्यसँग छलफल हुनेछ । त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ ।

४.१७ प्रतिशले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक मंगलबार कारोबारमा उच्च उतारचढाव देखिएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा ठूलो करेक्सन आएको छ । बजार खुलेसँगै २८१२ पुगेको बजार दिउँसो १ बजेर ४४ मिनेट जाँदासम्म २६७९.५२ मा झरेको हो ।  नेप्से ११६.८६ अंकले घट्दा परिसूचक २६७९.५२ मा झरेको छ । यस समयसम्म १४ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।  मंगलबार नेप्सेमा ठूलो करेक्सन र कारोबारमा नयाँ रेकर्ड राखेसँगै २३३ कम्पनीको शेयर मूल्य घटेको छ । आज ८ वटा कम्पनीको शेयर मूल्य मात्र वृद्धि भएको छ भने १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  आज २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २० वटा स्टकको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज ३२२ वटा कम्पनीको शेयर २ लाख ७१ हजार ५८७ पटक किनबेच भएको छ । आज एकै दिन ५ करोड ३८ लाख ४४ हजार २३७ कित्ता शेयर किनबेच भएको छ ।

श्रीलंकालाई हराउँदै भारत फाइनलमा

काठमाडौं । भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३–० सेटमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो ।  भारत लिग चरणको विजेताको रूपमा सेमिफाइनल आएको हो । भारतले लिग चरणमा माल्दिभ्स, इरान र श्रीलंकालाई हराउँदा नेपालसँग भने पराजित भएको थियो ।  तालिकाको चौथो स्थानमा रहँदै सेमिफाइनल आएको श्रीलंकाले भने भारत, नेपाल र इरानसँग हार व्यहोर्दा माल्दिभ्सविरुद्ध जित निकालेको थियो । भारतले अब उपाधिका लागि नेपाल र इरानबीचको विजेतासँग खेल्ने छ । नेपाल र इरानबीचको दोस्रो सेमिफाइनल खेल पनि आजै हुने तालिका छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी आज साँझ ५ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा मन्त्रालयले सम्पादन गरिरहेका काम र समस्याहरुबारे सम्बन्धित मन्त्रीले ब्रिफिङ गर्ने जनाइएको छ । त्यस्तै बैठकमा मन्त्रालयहरुबाट आएका प्रस्तावमाथि छलफल गरी निर्णय हुने बताइएको छ ।

चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज चार वटा संसदीय समितिको बैठक बस्दैछ ।जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा विधायन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उपभोग्य तथा अत्यावश्यक वस्तु र सेवाको आपुर्ति एवं वितरण, मुल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।