आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न प्रचण्डको अपिल
काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले असोज १७ गतेदेखि जारी अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको उच्च जोखिम बढेको बताउँदै पार्टीका सम्पूर्ण नेता-कार्यकर्तालाई प्रभावित जनताको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिनुभएको छ ।
सामाजिक सञ्जालमार्फत जारी सन्देशमा उहाँले भन्नुभयो, "यहि असोज १७ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण बागमती, मधेश र कोशी प्रदेशका पहाडी भेगमा पहिरो खस्ने तथा तराई क्षेत्रमा डुबानको समस्या तीव्र रूपमा बढ्ने देखिएको छ ।" उहाँले आज (शनिबार) सम्म कतिपय स्थानमा वर्षाको मापन ३०० मिलिमिटरभन्दा बढी पुगेको र यो क्रम अझै जारी रहने अनुमान गरिएको उल्लेख गर्दै चार दिनको वर्षा सामान्य नभई उच्च जोखिम बढाउने प्रकृतिको भएको बताउनुभयो ।
प्रचण्डले कतिपय नदीले खतराको रेखा पार गरिसकेको र लगातार पानी परिरहेकाले पहिरो र बाढीको जोखिम अझ गहिरिँदै गएको उल्लेख गर्दै माओवादी केन्द्रका सम्पूर्ण नेता-कार्यकर्तालाई विपद् प्रभावित जनसमुदायको उद्धार, सहयोग र राहत कार्यमा सक्रियतापूर्वक खटिन निर्देशन दिनुभयो । उहाँले यतिखेर पार्टीको सहायक संगठन युवा कम्युनिष्ट लिग (YCL) का हजारौं कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएका छन् भन्दै पार्टीका अन्य सबै तहहरू, विपद् व्यवस्थापन विभाग, स्वयम्सेवक समूह तथा भातृ-सहयोगी संगठनहरूलाई समेत खोज, उद्धार र राहतका काममा तत्काल जुट्न विशेष आह्वान गर्नुभयो ।
अविरल वर्षाका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध हुँदा हजारौं यात्रु बाटोमै अलपत्र परेको अवस्थामा उहाँले उनीहरूको खानबस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय तहका जिम्मेवार निकायहरू र आम नागरिकलाई समेत सहयोगको आग्रह गर्नुभयो ।
मुलुकले सामना गरिरहेको यो विशेष विपद्-परिस्थितिमा प्रचण्डले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले युद्धस्तरमा समन्वय र नेतृत्व गर्न विशेष अनुरोध गर्दै सबै राजनीतिक दलहरू, सामाजिक संघ-संस्था तथा नागरिक समाजले आपसी मतभेद बिर्सेर एकताबद्ध भएर उद्धार र राहतका कार्यमा जुट्न पनि हार्दिक अपिल गर्नुभयो ।
अविरल वर्षाका कारण सरकारद्वारा आइतबार-सोमबार सार्वजनिक बिदा घोषणा
काठमाडौं । लगातारको अविरल वर्षासँगै उत्पन्न आपत्कालीन अवस्थालाई मूल्यांकन गर्दै सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) दुई दिन सार्वजनिक बिदा घोषणा गरेको छ । देशभरका राजमार्गहरूमा खसेका पहिरो र मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अलर्टलाई ध्यानमा राख्दै गृह मन्त्रालयले यो निर्णय गरेको स्रोतले जनाएको छ । सरकारी कार्यालयहरू आइतबारदेखि खुल्ने तयारी भइरहे पनि विपद्को जोखिमलाई न्यूनीकरण गर्न बिदा दिने निधो गरिएको हो । गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकृतहरूसँग सुरक्षाबारे छलफल गर्दै उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षा संयन्त्र परिचालन गर्ने निर्णय पनि भएको छ । नेपाली सेनाको हेलिकप्टर आकस्मिक उद्धारका लागि तयारी अवस्थामा राख्ने र आवश्यक परेमा तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । यो बिदाले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहन र विपद् व्यवस्थापनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
मौसम विज्ञान विभागबाट १० बुँदे मौसमी अपडेट : यी हुन् बढी प्रभावित हुनसक्ने जिल्ला
काठमाडौं । निरन्तर वर्षाका कारण मधेश र बागमती प्रदेशका जिल्लाहरूमा आज दिउँसोदेखि नै नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ । पर्सा र रौतहट जिल्लाहरूमा पछिल्लो १२ घण्टामा भारी वर्षा मापन भएको र थप वर्षा हुने सम्भावना रहेकोले स-साना खोलाहरूमा बहाव बढ्न सक्ने भएकाले तटीय तथा डुबान हुने होचा भू-भागका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । विभागको बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवाले आज शनिबार दिउँसो १:५० सम्म देशका सबै प्रमुख नदीहरूको जलस्तर सतर्कता तहभन्दा तल रहेको जनाएको छ । पछिल्लो ६ घण्टामा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्का देखि मध्यम वर्षा तथा कोशी प्रदेशका धेरैजसो जिल्लाहरूमा हल्का वर्षा मापन भएको छ । काठमाडौं जिल्लास्थित बागमती जलाधारका जलमापन केन्द्रहरू र कमला जलाधार क्षेत्रका केन्द्रहरूको जलस्तर बढ्दो क्रममा रहेको तथा राति सतर्कता तह पार गर्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ । आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्न थाल्ने भएकाले आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ्ग, गोरखा, धादिङ, चितवन, मकवानपुर, वारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरू भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी जारी गरिएको छ । भोलि आइतबार विहानदेखि बेलुकीसम्म नारायणी, कालिगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ति, बागमती, कमला र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह नजिक पुग्न सक्ने जनाइएको छ । यसैगरी, आइतबार रातिदेखि कोशी, कन्काई लगायतका नदी जलाधारका क्षेत्रहरूमा समेत बहाव उल्लेख्य बढ्न सक्ने भएकाले बाढी तथा डुबान हुने तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको विभागले जोड दिएको छ । कमजोर तथा भिरालो जमिनहरूमा पहिरोको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउनु पर्ने चेतावनी दिँदै विभागले थप जानकारीका लागि आफ्नो सामाजिक सञ्जाल "Nepal Flood Alert-नेपाल बाढी सूचना" फेसबुक र एक्स (ट्विटर) पेजहरू हेर्न आह्वान गरेको छ । विभागका अनुसार, यो चेतावनीले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई तत्काल उद्धार तथा राहतका लागि तयारी गर्न र स्थानीय प्रशासनसँग समन्वय गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगे माओवादी नेता नारायणकाजी
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । आन्दोलनका क्रममा प्रहरीको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न र शीघ्र स्वास्थ्यलाभको कामना गर्न उनी आज अस्पताल गएका हुन् । सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले भनेका छन्, ‘चिकित्सक, नर्स तथा अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाका कारण उहाँहरूको स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ । यसअघि ४१ जना घाइते उपचारपछि घर फर्किसक्नुभएको छ भने हाल ५ जना विभिन्न वार्डमा उपचाररत हुनुहुन्छ ।’ उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थपेका छन्, ‘साथै, उहाँहरूको सौर्यमय संघर्ष खेर जान नदिई त्यसलाई उपलब्धिमूलक बनाउन निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु ।’
वाइसिएलले देशव्यापी १० हजारभन्दा बढी सदस्य बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा खटायो
काठमाडौं । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल) ले देशभरका बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियान थालेको छ । निरन्तर वर्षा र विपद्को जोखिम बढ्दै गएको अवस्थामा संगठनले आफ्ना १० हजारभन्दा बढी सदस्यहरूलाई सक्रिय रूपमा खटिन निर्देशन दिएको छ । संगठनको केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनहरूमा निरन्तर वर्षा, बाढी, पहिरो र डुबानका कारण ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने जोखिम बढेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन र जनसेवामा तत्पर रहन निर्देशन दिइएको छ । वाइसिएलका टोलीहरू बाढी प्रभावित क्षेत्रमा खटिने र देशव्यापी उद्धार तथा राहत अभियान सञ्चालन गर्ने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, "संगठनमा आबद्ध सम्पूर्ण तह–तप्काका साथीहरू, विपद् केन्द्र, सामाजिक संघ–संस्थाहरू, स्थानीय युवा क्लबहरू लगायत सबैलाई एकीकृत समन्वयका साथ जनताको सुरक्षाको कार्यमा जुट्न आह्वान गर्दछौँ ।" यसैगरी, भविष्यमा आउने जस्तोसुकै विपद् र परिस्थितिमा पनि जनताको पक्षमा र सेवामा सधैं अग्रपंक्तिमा रहनु नै हाम्रो संगठनको मूल दायित्व हो भनी जोड दिइएको छ । वाइसिएलका अध्यक्ष पुष्प ओलीले हस्ताक्षरित विज्ञप्तिमा यस अभियानलाई देशव्यापी बनाई प्रभावकारी रूपमा सञ्चालन गर्न सबै संरचनाहरूलाई आवश्यक तयारी गर्न र निर्देशन पालन गर्न निर्देशन दिनुभएको छ । संगठनका प्रवक्ताले यो अभियानमार्फत प्रभावित जनतालाई तत्काल राहत र उद्धारका लागि प्राथमिकता दिइने बताएका छन् ।
विराटनगरबाट काठमाडौं उडेको जहाज पोखरामा अवतरण
काठमाडौं – खराब मौसमले काठमाडौंको आकाश अवरुद्ध हुँदा विराटनगरबाट उडेको यति एयरलाइन्सको उडान पोखरामा आपतकालीन अवतरण गरेको छ। काठमाडौंमा निरन्तर वर्षा र कुहिरोले दृश्यता शून्य बनेपछि पाइलटले सुरक्षित रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज उतारेका थिए। यात्रुहरूलाई तनावमुक्त रहन र आवश्यक सहयोग उपलब्ध गराइएको छ। अहिले मौसममा सुधार देखिएपछि पोखराबाट काठमाडौंका लागि उडान भर्ने तयारी भइरहेको छ। यति एयरलाइन्सले यात्रुहरूलाई जानकारी दिँदै क्षतिपूर्ति तथा विकल्प उडानको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। मौसम पूर्वानुमान अनुसार, आगामी घण्टाहरूमा उडान सामान्य हुन सक्ने अपेक्षा गरिएको छ। यात्रुहरूले एयरलाइन्सको आधिकारिक च्यानलमार्फत अपडेट लिन सुझाव दिइएको छ।
काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधन सञ्चालनमा तीन दिन रोक
काठमाडौं – निरन्तर वर्षा र विपद्को जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारी साधनमा ३ दिनसम्म पूर्ण निषेधाज्ञा जारी गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले बताएअनुसार, यात्रामा उच्च जोखिम रहेकोले यो कदम चालिएको हो। प्राधिकरणको विज्ञप्तिमा राजमार्गहरू पूर्ण रूपमा बन्द गरिएको उल्लेख छ। नागढुंगा जस्ता प्रमुख नाकाहरू अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। यात्रार्थीहरूलाई सुरक्षित रहन र आवश्यक नपरे यात्रा नगर्न आह्वान गरिएको छ। थप जानकारीका लागि प्राधिकरणको हटलाइनमा सम्पर्क गर्न सकिन्छ।
भारी वर्षाका कारण काठमाडौंबाट हुने आन्तरिक उडान बन्द
काठमाडौं । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान अहिलेका लागि बन्द गरिएको छ । लगातारको झरीले उडानका लागि उपयुक्त अवस्था नभएपछि बिहानदेखि उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ । त्यसपछि मौसमको अवस्थाबारे मूल्यांकन गरी उडान सञ्चालन गर्ने वा नगर्ने निर्णय गरिने सूचना सबै हवाई सेवा कम्पनीहरूलाई दिइसकेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबारसम्म पानी पर्ने सम्भावना रहेको अनुमान गरेको छ ।
बाढी र पहिरोको जोखिम: काठमाडौं बाहिर जाने गाडी थानकोटमा र काठमाडौं आउनेलाई चितवनमै रोकियो
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मौसम तथा सडकको पछिल्लो अवस्थाबारे अद्यावधिक जानकारी लिन विभागीय प्रमुखहरूको बैठक बोलाएका छन् । आज बिहान ११ बजे आयोजित सो बैठकमा सडक सुरक्षा र सम्भावित विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्ने तयारीबारे छलफल भई आवश्यक निर्देशन दिइएको मन्त्रीको सचिवालयले जनाएको छ । अहिले परिरहेको पानीको मात्रा र प्रभावित क्षेत्र थप बढ्ने सम्भावना रहेकोले बाढी, पहिरो तथा डुबानजस्ता समस्या उत्पन्न हुन सक्ने आशंका गरिएको छ । यसको सामना गर्न सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई स्थानान्तरण गर्ने, पहिरो हटाउन मेसिनरी उपकरण तयारी अवस्थामा राख्ने तथा अत्यावश्यक कामबाहेक यात्रामा रोक लगाउने जस्ता निर्णय गरेको छ । मन्त्री घिसिङले यी निर्णयहरूको कार्यान्वयन अवस्थाबारे विभागीय प्रमुखहरूसँग छलफल गरेका थिए । नागढुंगामा प्रहरीको माइकिङ : यात्रा नगर्न अनुरोध काठमाडौंको प्रमुख नाका नागढुंगामा तैनाथ प्रहरीहरूले नागढुंगा–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न माइकिङमार्फत अनुरोध गरिरहेका छन् । धादिङतर्फ जान लागेका सवारीलाई काठमाडौं फर्केर सुरक्षित रहन आग्रह गरिएको छ । प्रहरीहरूले माइकिङ गर्दै भनेका छन्, ‘धादिङका विभिन्न ठाउँमा पहिरो आएको र तत्काल खुलाउन सकिने अवस्था नरहेको हुँदा सम्पूर्ण चालक/सहचालक महानुभावहरू, तपाईंहरूलाई यहाँबाट पठाउन सकिँदैन । त्यसैले सुरक्षित तरिकाले काठमाडौं फर्की सुरक्षित रहनुहुन अनुरोध गर्दछौं ।’ धादिङ र तनहुँका जोखिमयुक्त सडकहरूमा पनि बिहान ६ बजेदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ । धादिङको जवाङखोलामा पहिरो : सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, आज बिहान २ बजेतिर बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा पहिरो खसेको थियो । त्यसलगत्तै राजमार्ग बन्द भएको थियो । प्रहरी, स्थानीय र यात्रुहरूको प्रयासमा बाटो खुलाइए पनि करिब ६ बजेतिर माथिबाट फेरि पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । लगातार वर्षाका कारण जवाङखोलामा पहिरो खसिरहने जोखिम कायमै छ । यद्यपि, हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि पूर्ण सुरक्षित नभएको प्रहरीले जनाएको छ । चितवनमा काठमाडौंतर्फका सवारी रोक्ने धादिङको जवाङखोला अवरोध यथावत् रहेको भन्दै काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई चितवनमा नै रोक्ने व्यवस्था गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ, ‘धादिङको जवाङखोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर क्षेत्रमा भएका सवारी (काठमाडौं जानेबाहेक, पोखरातर्फका मात्र) सुचारु गरी पोखरातर्फ पठाउने प्रबन्ध गरिएको छ ।’
टीकाको तेस्रो दिन : नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
काठमाडौं । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसादस्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ। नौ दिनसम्म पूजा-अर्चना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको यो प्रसाद लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने परम्परा कोजाग्रत पूर्णिमासम्म चल्छ। पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीकै दिन मात्र दुर्गापूजाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन छ।
अमेरिकी डलरसहित विभिन्न मुद्राको भाउ बढ्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज १८, शनिबार) का लागि प्रमुख विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ। यसमा अमेरिकी डलर, स्विस फ्रान्क, अस्ट्रेलियन डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल तथा कतारी रियालको मूल्य केही बढेको छ भने युरो, बेलायती पाउन्ड, क्यानाडियन डलर, सिंगापुर डलर र जापानी येनको मूल्य घटेको छ। हिजो (शुक्रबार) को तुलनामा आजको दर यस प्रकार छ : मुद्रा खरिद दर (आज) बिक्री दर (आज) हिजोको खरिद दर हिजोको बिक्री दर अमेरिकी डलर (१) १४१.७४ १४२.३४ १४१.६१ १४२.२१ युरोपियन युरो (१) १६६.३४ १६७.०४ १६६.४२ १६७.१३ बेलायती पाउन्ड (१) १९०.६० १९१.४१ १९०.८२ १९१.६३ स्विस फ्रान्क (१) १७७.९८ १७८.७३ १७७.९४ १७८.६९ अस्ट्रेलियन डलर (१) ९३.६० ९३.९९ ९३.५७ ९३.९७ क्यानाडियन डलर (१) १०१.४९ १०१.९२ १०१.५६ १०१.९९ सिंगापुर डलर (१) १०९.९४ ११०.४० ११०.०४ ११०.५० जापानी येन (१०) ९.६२ ९.६६ ९.६५ ९.७० चिनियाँ युआन (१) १९.९१ १९.९९ १९.८९ १९.९७ साउदी अरेबियन रियाल (१) ३७.७९ ३७.९५ ३७.७६ ३७.९२ कतारी रियाल (१) ३८.८९ ३९.०५ ३८.८५ ३९.०२
अविरल वर्षाका कारण काठमाडौं जोड्ने मुख्य सडक अवरुद्ध, अन्य कुन कुन जिल्ला जोखिममा ?
काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले देशभर वर्षा जारी छ। विशेष गरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरूमा अविरल वर्षा भइरहेको छ। यो क्रम कम्तीमा असोज २० सम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको बिहार र उत्तर प्रदेश हुँदै नेपाल प्रवेश गरेको बादलको बाहिरी घेराले यो वर्षा गराएको हो। मौसमविद्हरूका अनुसार, अर्को मौसमी प्रणाली पनि नेपाल भित्रिने र केही क्षेत्रमा अत्यधिक वर्षा गराउने संकेत देखिएको छ। आजको वर्षा पूर्वानुमान : मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्छ। यो बादल लुम्बिनीको पूर्वी भागदेखि कोशी प्रदेशसम्म फैलिएको छ भने भारी वर्षा गराउने बादल नेपालको दक्षिणी भागमा केन्द्रित छ। खासगरी हेटौंडादेखि ललितपुर आसपासमा मध्यम वर्षा जारी रहने अनुमान छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। पहिरोले सडक अवरुद्ध, यात्रु अलपत्र : अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्डहरू अवरुद्ध भएका छन्। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला नजिकै र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङ खोलामा पहिरो खसेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, आज बिहान २ बजेतिर जवाङखेलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। प्रहरी, स्थानीय र यात्रुहरूको प्रयासमा केही खुलाए पनि फेरि माथिबाट ढुङ्गा–माटो झर्ने क्रम जारी रहँदा पूर्ण अवरुद्ध भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, तुइन खोला पुल नजिकैको पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा थियो, तर यो समाचार तयार पार्दासम्म दुईतर्फी नै अवरुद्ध छ। वर्षा जारी रहँदा पहिरो हटाउन समस्या भएको छ। यस सडकखण्डमा पटक–पटक पहिरो खसेर यात्रुहरूले सास्ती भोग्दै आएका छन्। चितवन प्रहरी प्रमुख गोविन्द पन्थीले भने, "जवाङ खोलामा गएको पहिरोले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएको छ। यात्रामा निस्कनेहरू सतर्क रहनुहोस्। अत्यावश्यक बाहेक यात्रा नगर्नुहोस्। दुई दिन भारी वर्षाको सम्भावना छ।" प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न र अत्यावश्यक नभई यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। नदीहरूमा बहाव बढ्ने, आकस्मिक बाढीको जोखिम: जल तथा मौसम विज्ञान विभागले आज दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा सुरु भई नदीहरूको बहाव बढ्न थाल्ने बताएको छ। विभागका बाढीविद् विनोद पराजुलीका अनुसार, शनिबार दिउँसोसम्म प्रमुख नदीहरूको अवस्था सामान्य रहने भए पनि रातिदेखि बहाव बढ्न थाल्नेछ। "शनिबार राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लमजुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र आसपासका जिल्लाहरूबाट बहने स–साना नदीनालाहरूमा आकस्मिक बाढीको जोखिम छ," उनले भने। आइतबार बिहानदेखि बेलुकीसम्म नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला र तिनका शाखा नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कताको तह नजिक पुग्न सक्नेछ। आइतबार रातिदेखि यो प्रणाली पूर्वतर्फ सर्दै कोशी, कन्काईलगायत नदी जलाधारका क्षेत्रमा समेत बहाव बढ्न सक्ने उनको भनाइ छ। बाढी, डुबान र पहिरो हुन सक्ने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
विभिन्न ठाउँमा वर्षा: उच्च सतर्कता अपनाउन तथा मौसमी सूचना हेरेर मात्र यात्रा गर्न अनुरोध
काठमाडौं । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायु) को प्रभावले देशभर सामान्यतया बदली भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसोको पूर्वानुमान देशभर सामान्यतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। आज रातिको पूर्वानुमान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा सामान्यतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागका केही स्थानहरूमा तथा मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचना हेरेर मात्र यात्रा गर्न सर्वसाधारण र सरोकारवालाहरूलाई अनुरोध गरेको छ।
जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न नेता–कार्यकर्तालाई संयोजक प्रचण्डको निर्देशन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गर्नु भएको छ । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत जारी सन्देशमा उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गर्नुभयो । प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिनु भएको छ ।
देशका मुख्य राजमार्गमा दुई दिन सकभर यात्रा नगर्न आग्रह, भारी वर्षाबाट काठमाडौं पनि उच्च जोखिममा
काठमाडौं । भारी वर्षाका कारण बाढीपहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरूमा राजमार्गहरू बन्द गर्नु नै उचित हुने मौसमविद्हरूले सुझाव दिएका छन्। सामान्य झरीमा पनि जोखिमपूर्ण मानिएका यी क्षेत्रहरूमा जनहितका लागि पूर्वतयारीस्वरूप सडकहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने उनीहरूको भनाइ छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दशैंको दिन देखि नै सामान्य वर्षा हुँदै आएको थियो भने अपराह्नदेखि काठमाडौं उपत्यका लगायतका क्षेत्रहरूमा पानी पर्ने क्रम तीव्र हुनेछ। भारतको ओडिसा नजिकबाट विकसित भएको मौसमी प्रणाली बिहार हुँदै नेपाल प्रवेश गर्नेछ। यसले मधेश प्रदेशका केही भागहरूमा भारीदेखि अति भारी वर्षा गराउने अनुमान गरिएको छ। भारतको मौसम विज्ञान विभागले पनि बिहार क्षेत्रमा अति भारी वर्षाको अलर्ट जारी गरेको छ। यो प्रणाली वीरगञ्ज आसपास हुँदै शनिबार दिनभरमा नेपाल भित्रिने बताइएको छ। प्रभावित क्षेत्रहरू र वर्षाको अनुमान: शनिबारदेखि वीरगञ्जदेखि जनकपुरसम्मको क्षेत्रमा भारी वर्षाको सम्भावना छ भने मधेश प्रदेशभर सामान्यदेखि भारी वर्षा हुनेछ। पश्चिमी क्षेत्रमा बुटवल–भैरहवाबाट चितवन, काठमाडौं, मकवानपुर, हेटौंडा हुँदै गोरखा र तनहुँसम्म प्रभाव पार्ने आकलन छ। यो प्रणाली काभ्रे, रामेछाप, महोत्तरी लगायतका जिल्लाहरूमा शनिबार र आइतबार (असोज १९) सम्म सक्रिय रहने छ। आइतबार रातिसम्म कोशी प्रदेशमा भारी वर्षा हुनेछ भने सोमबार (असोज २०) बिहानदेखि देशभर मौसममा क्रमिक सुधार आउने पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताए। मौसम पूर्वानुमानका विभिन्न मोडेलहरूले फरक–फरक अवस्था देखाए पनि गत वर्ष असोज ११–१२ तिरजस्तै यस पटक पनि भारी वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका अध्यापक डा. विनोद पोखरेलले बताए। "भोलि (शनिबार) अपरान्हदेखि नै राजमार्गहरू बन्द गरिदिनु उपयुक्त हुन्छ," उनले भने, "चितवन, मकवानपुर, काठमाडौं, काभ्रे जस्ता क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। यात्रुहरूको चाप बढी हुने यी राजमार्गहरू बन्द गर्नु नै उचित हो।" यसपालि काठमाडौं उपत्यका, विशेष गरी दक्षिणी भागमा भारी वर्षाको जोखिम देखिएको उल्लेख गर्दै उनले राजमार्ग सञ्चालन गरेर यात्रुहरूको ज्यान जोखिममा पार्नुभन्दा बन्द गर्नु नै राम्रो विकल्प भएको बताए। काठमाडौं भित्रिने मुख्य नाका नारायणगढ–मुग्लिन–नागढुंगा राजमार्गका विभिन्न खण्डहरू पहिरोको उच्च जोखिममा छन्। त्यस्तै, हेटौंडाबाट काठमाडौं जोड्ने सडक, बनेपा–बर्दिबास राजमार्ग तथा वरपरका जिल्लाबाट प्रवेश गर्ने सडकहरू पनि बन्द गर्नुपर्ने सुझाव छ। केही मोडेलहरूले मुग्लिन आसपासमा पनि भारी वर्षा देखाएका छन्। उपत्यकाभित्र पनि आवतजावत नियन्त्रण गर्न आवश्यक : विपद् व्यवस्थापन विज्ञ डा. धर्मराज उप्रेतीले जोखिमयुक्त राजमार्गहरू मात्र नभई अति भारी वर्षाका बेला काठमाडौं उपत्यकाभित्रकै आवतजावत पनि नियन्त्रित गर्नुपर्ने बताए। "झरी बढ्दै गएमा होचो ठाउँका सडकहरू डुबानमा पर्न सक्छन्। अत्यावश्यक काम नपरी उपत्यकाभित्र यात्रा नगर्नु उचित हुन्छ," उनले भने। साथै, हनुमन्ते, बागमती, धोबीखोला, नख्खु र विष्णुमती नदी किनारका बस्तीहरूलाई सतर्क बनाउनुपर्ने सुझाव दिए। गत वर्षजस्तो डुबानले जनधनको क्षति हुन सक्ने भन्दै कम्तीमा मानिसको ज्यान जोगाउन प्रयास गर्नुपर्ने उनको जोड छ। प्रशासनिक तयारी र प्रतिबन्धहरू भारी वर्षाको प्रक्षेपणसँगै विभिन्न जिल्लाहरूमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० सम्म देशव्यापी वर्षाको पूर्वानुमान जारी गरेपछि निम्न कदम चालिएका छन् : काभ्रे : बीपी राजमार्ग (काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली खण्ड) मा असोज १६ रातिदेखि २१ (मंगलबार) सम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक। मकवानपुर : हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथमा असोज १७ देखि २० सम्म अपरान्ह ४ बजेदेखि बिहान ६ बजेसम्म तथा हेटौंडा–भैंसे–काठमाडौं सडकमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म सवारी रोक्ने। प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले यो सूचना जारी गरेका छन्। मनाङ : मनाङ–लमजुङ सडकमा बेलुका ६:३० देखि बिहान ७ बजेसम्म रात्रिकालीन सवारी सञ्चालनमा रोक। प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जारी गरेको सूचनामा ठूलो वर्षाले जोखिम बढ्ने भनिएको छ। मोरङ : केशलिया, सिंगिया र दरैया खोला आसपासका बस्तीहरूमा बाढी तथा प्रकोपबारे माइकिङमार्फत सचेतना अभियान चलाउने। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आवश्यक परे स्थानान्तरणको तयारी गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, रात्रिकालीन लामो दूरीका बस सेवाहरू स्थगन गर्ने विचार गरिएको छ। सबै स्थानीय विपद् व्यवस्थापन समितिहरू सक्रिय रहनेछन् भने स्वयंसेवक, गैरसरकारी संस्था र निजी क्षेत्रलाई सहभागिताका लागि अनुरोध गरिएको छ। नेपाली सेनाको टोलीसहित हेलिकप्टर तयारी अवस्थामा छ। उच्च जोखिमयुक्त स्थानहरूमा सुरक्षा निकायलाई सचेत गराइएको छ भने ठूला अस्पतालहरूलाई आपत्कालीन सेवाका लागि तयार रहन निर्देशन दिइएको छ। विपद् व्यवस्थापन कमान्ड पोस्टमार्फत सम्पर्कका लागि नेपाल प्रहरीको टोलफ्री नम्बर १००, सशस्त्र प्रहरीको १११४ लगायतका प्रत्यक्ष सम्पर्क नम्बरहरू सार्वजनिक गरिएका छन्। सम्भावित उद्धारका लागि हेभी इक्विपमेन्ट डिभिजन, स्थानीय तह र निजी क्षेत्रलाई सक्रिय सहयोगका लागि आग्रह गरिएको छ। मौसमविद् लामिछानेले पहिरोको जोखिममा रहेका राजमार्गहरू, काभ्रे–दोलखा जस्ता सडकहरू र खोला किनारका बस्तीहरूमा सतर्कताको सूचना प्रवाह गर्नुपर्ने बताए। "कम्तीमा दुई दिन सरकारीस्तरदेखि आम नागरिकहरू पनि सजग रहनुपर्छ," उनले भने। विपद् प्रतिकार्य : सरकारको तयारी के छ ? यो भारी वर्षासँगै बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सरकारले विपद् पूर्वतयारीलाई प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले पनि रात्रिकालीन आवतजावत नगर्न आग्रह गरेको छ। यसले यात्रुहरूको सुरक्षालाई सुनिश्चित गर्दै क्षतिको सम्भावना कम गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कुनै पनि दलमा म संलग्न छैन, जुम मिटिङमा पनि सहभागी हुन्न: कुलमान घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा) सँग कुनै पनि सम्वाद वा संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि सहभागी नहुने उनको भनाइ छ। निर्वाचन आयोगमा दर्ताका लागि कागजात पेस गरेको उनेपाले नयाँ दल गठनबारे कुलमान घिसिङसहितका विज्ञहरूसँग जुम मिटिङ गर्ने भनेर प्रचार गर्दै आएको थियो। यस सम्बन्धमा समाचार सार्वजनिक भएपछि कुलमानले त्यसको खण्डन गरेका हुन्। समाचारमा आएको कुरामा सत्यता नभएको बताउँदै घिसिङले विभिन्न सञ्चार माध्यमसँग भने, "नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन, यसअगाडि पनि छलफल भएको होइन। प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ।" उनेपाको पृष्ठभूमि उनेपाको अध्यक्षमा ज्ञानेन्द्र कुमार तामाङ छन्। यसअघि उनी प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को कार्यालय सदस्य थिए। गत साउन ३१ गते उनले विज्ञप्ति जारी गरी आजपा परित्याग गरेको घोषणा गर्दै 'उज्यालो नेपाल अभियान' गठन गरेका थिए। यस अभियानका गतिविधिमा कुलमान घिसिङ पनि सहभागी थिए, जसले गर्दा उनेपासँग कुलमानको सम्बन्धबारे चर्चा चलेको थियो।

