आजदेखि चारदिनसम्म विभिन्न ठाउँमा घनघोर वर्षाको अनुमान, सतर्कता अप्नाउन आग्रह
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने र सो कारण जोखिमयुक्त स्थानमा बाढी, पहिरो तथा भू–क्षयजस्ता विपदजन्य घटना हुन सक्ने भएकाले सतर्कता तथा सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रशासन कार्यालयले अत्यन्त जरुरी नभए सकेसम्म उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने महानुभावहरूलाई रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ। विपद्को समयमा तत्काल उद्धार, सहयोग तथा राहतका लागि सम्पर्क नम्बर पनि उपलब्ध गराएको छ।
मनसुनी प्रणाली फेरि सक्रिय
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित पानी पार्ने मौसमी प्रणालीले अबका दिनमा नेपालमा पनि घनघोर वर्षा गराउने सम्भावना औंल्याएको छ। बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मनसुनी वायुका कारण असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने विभागले जनाएको छ।
हालको विश्लेषणअनुसार उक्त अवधिमा नारायणी, बागमती, कमला र कोशी नदी तथा यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको छ। यसका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत तथा चुरे हुँदै बहने साना–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना पनि देखिएको छ।
उच्च जोखिममा यी १७ जिल्ला
उक्त अवधिमा बागमती प्रदेशका काठमाडौं उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन ; कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा ; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, मोरङ र आसपासका जिल्ला हुँदै बहने साना–साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च रहेको विभागले बताएको छ। विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। "नेपालमा मनसुन बहिर्गमन भइनसकेको हालको अवस्थामा विभागले मौसम र बाढीको सम्भावित विषम अवस्थाको नियमित अनुगमन गरिरहेको छ," महाशाखाले जनाएको छ।
महाशाखाले भदौ १७ देखि २० गतेसम्म रूपन्देहीदेखि सर्लाहीसम्मका ९ जिल्लालाई 'रेड अलर्ट' नै जारी गरेको छ।

मनसुन ढिला बाहिरिने
नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ (बिहीबार) रहे पनि मनसुन उत्तरार्धमा पुगेका बेला पुनः सक्रिय भएको छ। मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यो वर्ष १५ दिन अगावै नेपालमा प्रवेश गरेको र बाहिरिने पनि केही समय ढिला हुने बताए।
मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न न्यून चापीय प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारीसम्म वर्षा हुने गरी मौसम बन्दली देखिएको उनले जानकारी दिए। वरिष्ठ मौसमविद् अर्यालले शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने बताए।
"त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुराको निर्धारण गर्छ," उनले भने।
यस वर्षको मनसुन जेठ १५ गते देशको पूर्वी भागबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भूभागमा बिस्तार भएकामा जेठ २९ गते मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागसम्म फेलिएको थियो। असार ६ देखि भने देशभर फैलिएको थियो।

देशभर मनसुन र स्थानीय वायुको प्रभाव जारी, आज कुन कुन ठाउँमा पानी पर्छ ?
काठमाडौं । हाल देशभर मनसुन र स्थानीय वायुको प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) दिउँसो देशभर सामान्यतया बदली हुने सम्भावना छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका केही भागहरूमा साथै मधेस प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै भागहरूमा मध्यम वर्षा हुने सम्भावना छ । लुम्बिनी प्रदेशको तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षासमेत हुन सक्छ । आज राति पनि देशभर सामान्यतया बदली रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका भागहरू, मधेस प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी र तराईका थोरै भागहरूमा मध्यम वर्षा हुने सम्भावना छ । कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षासमेत हुने सम्भावना छ ।
प्रधानमन्त्री कार्कीले भेटिन् जेनजी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई
काठमाडौं— प्रधानमन्त्री सुशीला कार्कीले विजयादशमीको अवसर पारेर जेन-जी आन्दोलनका सहिद परिवारहरूसँग भेटघाट गरेकी छन्। उनीसँग सञ्चारमन्त्री जगदीश खरेल पनि थिए। प्रधानमन्त्री कार्कीले बागलुङ घर भएका सहिद सौरन किशोर श्रेष्ठको परिवारलाई काठमाडौंको वनस्थली पुगेर भेटिन्। यसैगरी, नागार्जुन–३ मा सहिद कान्छी नगरकोटीको परिवार र कीर्तिपुरको मैत्रीनगरमा सहिद बुद्धिबहादुर तामाङको परिवारसँग पनि भेटघाट गरिन्। प्रधानमन्त्रीको सचिवालयले यो जानकारी दिएको छ। यो भेटघाटले आन्दोलनका सहिद परिवारप्रतिको सरकारको संवेदना र समर्थनलाई प्रतिबिम्बित गर्दछ। आन्दोलनको पृष्ठभूमि गत भदौ २३ र २४ गते जेन-जीको नेतृत्वमा भएको आन्दोलनका क्रममा सुरक्षाकर्मीसमेत ७६ जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको छ। आन्दोलनमा मारिएका युवाहरूलाई सरकारले सहिद घोषणा गरिसकेको छ। यसैबीच, घाइतेमध्ये ३८ जना अझै उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
जेनजी युवाहरूले भने, 'हामी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता र समावेशिताको पक्षमा छौँ'
काठमाडौं— जेन-जी आन्दोलनमा संलग्न विभिन्न समूहका युवाहरूले नयाँ राजनीतिक परिस्थितिप्रति आफ्नो धारणा सार्वजनिक गर्दै गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भदौ २३ गते माइतीघरमा प्रदर्शन आयोजना गर्न अनुमति लिएका पुरुषोत्तम यादव र उनको समूहले जारी गरेको विज्ञप्तिमा आन्दोलनपछि उत्पन्न परिस्थिति, तत्कालीन सरकारको अदूरदर्शिता तथा घुसपैठ तत्वहरूका कारण भएको धनजनको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। "हामीले यो आन्दोलन महिनौंअघिदेखि तयारी गरी संयमित र संवैधानिक ढङ्गले सञ्चालनमा ल्याएका थियौं। त्यसैले यसमा भएको अराजकता र क्षतिको जिम्मेवारी हामीले होइन, राज्य र आन्दोलनमा स्वार्थवश घुसपैठ गर्ने तत्वहरूले लिनुपर्छ," विज्ञप्तिमा यादवले भनेका छन्। विज्ञप्तिमा थप भनिएको छ, "हाम्रो आन्दोलन शान्तिपूर्ण, उद्देश्यपरक र जनताको आवाज उठाउने माध्यम थियो, जसले भ्रष्टाचार र कुशासनविरुद्ध जनचेतनाको लहर सिर्जना गर्यो। हामी सदैव शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्छौं र त्यही बाटोमा हिँडिरहेका छौं।" आन्दोलनको सफलतापछि यसको संरक्षण र विस्तार गर्ने जिम्मेवारी केवल जेन-जी पुस्तामा मात्र नभई सम्पूर्ण पुस्तामा आएको उल्लेख गर्दै युवाहरूले देशभरका युवाहरूलाई एकीकृत गर्ने, जनताको समस्यालाई सरोकारवालासम्म पुर्याउने र आवश्यक दबाब सिर्जना गर्ने कार्यमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा असोज २३ (अक्टोबर ९) गते जेन-जी आन्दोलनको अर्को कार्यक्रम हुने हल्ला फैलिएको भए पनि त्यस दिन कुनै कार्यक्रम नगरेको यादवले स्पष्ट पारेका छन्। "हाम्रो आन्दोलन कुनै दल, संस्था वा स्वार्थका लागि होइन। यो जनताका लागि, जनताको आवाजका लागि हो," उनले थपेका छन्। भ्रष्टाचार र कुशासनविरुद्धको संघर्ष निरन्तर जारी रहने पनि विज्ञप्तिमा उल्लेख छ। यसैबीच, इन्डिजिनियस जेन-जी कलेक्टिभ, जेन-जी मुभमेन्ट अलायन्स र हाउ टु देश विकासजस्ता समूहहरूले पनि अवधारणापत्रसहित विज्ञप्ति जारी गरेका छन्। उनीहरूले तेस्रो पुस्ताका नेताहरूलाई आफ्ना दलभित्र हस्तक्षेप गरी रूपान्तरणमा भूमिका खेल्न आग्रह गरेका छन्। युवाहरूको आन्दोलनले परिवर्तनको माग गरेको र त्यसलाई प्रत्येक राजनीतिक दलले आत्मसात् गरी रूपान्तरणको लहर ल्याउनुपर्ने उनीहरूको भनाइ छ। उनीहरूले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता तथा पूर्ण समानुपातिक, समावेशी र अर्थपूर्ण सहभागिताको अवधारणालाई स्वीकार गरेको बताएका छन्। "हामीले अहिलेको व्यवस्थाभन्दा पनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएका हौं। हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिकता, कार्यप्रणाली र व्याप्त दलियकरण तथा दलतन्त्रप्रति हो। हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं," विज्ञप्तिमा भनिएको छ। पुराना राजनीतिक दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटिएको धन फिर्ताको पहल गर्न आह्वान गर्दै उनीहरूले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाललगायतलाई पक्राउ गरी छानबिन अघि बढाउन माग गरेका छन्।
नेपाल राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय दर : डलर र युरोमा हल्का गिरावट, पाउन्ड र येनमा वृद्धि
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज १६, बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अमेरिकी डलर, युरोपियन युरो, स्विस फ्रान्क, क्यानाडियन डलर, चिनियाँ युआन, साउदी र कतारी रियालको भाउमा हल्का गिरावट आएको छ भने युके पाउन्ड स्टर्लिङ, अस्ट्रेलियन डलर, सिङ्गापुर डलर र जापानी येनको मूल्यमा भने वृद्धि भएको छ। अमेरिकी डलर १ को खरिद दर १४१.६१ रुपैयाँ र बिक्री दर १४२.२१ रुपैयाँ कायम गरिएको छ। युरोपियन युरो १ को खरिद १६६.१९ रुपैयाँ र बिक्री १६६.९० रुपैयाँ तथा युके पाउन्ड स्टर्लिङ १ को खरिद १९०.९५ रुपैयाँ र बिक्री १९१.७६ रुपैयाँ तोकिएको छ। स्विस फ्रान्क १ को खरिद १७७.५० रुपैयाँ र बिक्री १७८.२५ रुपैयाँ कायम छ। अस्ट्रेलियन डलर १ को खरिद ९३.७० रुपैयाँ र बिक्री ९४.०९ रुपैयाँ, क्यानाडियन डलर १ को खरिद १०१.६७ रुपैयाँ र बिक्री १०२.१० रुपैयाँ तथा सिङ्गापुर डलर १ को खरिद १०९.८९ रुपैयाँ र बिक्री ११०.३६ रुपैयाँ निर्धारण गरिएको छ। जापानी येन १० को खरिद ९.६३ रुपैयाँ र बिक्री ९.६७ रुपैयाँ, चिनियाँ युआन १ को खरिद १९.८९ रुपैयाँ र बिक्री १९.९७ रुपैयाँ, साउदी अरेबियन रियाल १ को खरिद ३७.७६ रुपैयाँ र बिक्री ३७.९२ रुपैयाँ तथा कतारी रियाल १ को खरिद ३८.८५ रुपैयाँ र बिक्री ३७.९२ रुपैयाँ तोकिएको छ। बाँकी मुद्राहरूको विनिमय दर निम्नानुसार छ : मुद्रा खरिद दर (रुपैयाँ) बिक्री दर (रुपैयाँ) अमेरिकी डलर (USD) १४१.६१ १४२.२१ युरोपियन युरो (EUR) १६६.१९ १६६.९० युके पाउन्ड (GBP) १९०.९५ १९१.७६ स्विस फ्रान्क (CHF) १७७.५० १७८.२५ अस्ट्रेलियन डलर (AUD) ९३.७० ९४.०९ क्यानाडियन डलर (CAD) १०१.६७ १०२.१० सिङ्गापुर डलर (SGD) १०९.८९ ११०.३६ जापानी येन (JPY, १०) ९.६३ ९.६७ चिनियाँ युआन (CNY) १९.८९ १९.९७ साउदी रियाल (SAR) ३७.७६ ३७.९२ कतारी रियाल (QAR) ३८.८५ ३७.९२
देशभरका विभिन्न ठाउँमा वर्षा : यी हुन् बाढी तथा पहिरोको जोखिममा रहेका जिल्ला
काठमाडौं। जल तथा मौसम विज्ञान विभागले मनसुन पुनः सक्रिय हुन थालेको भन्दै असोज १८ देखि २० गतेसम्म बाढी, पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि सबैलाई विशेष सतर्कता अपनाउन आह्वान गरेको छ। विभागका अनुसार, असोज १७ गतेदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वर्षा सक्रिय हुने सम्भावना छ। बंगालको खाडीमा विकसित न्यूनचापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिन हुँदै मध्य भारततर्फ सर्ने क्रममा यसको प्रभावले नेपालमा व्यापक वर्षा गराउने अनुमान गरिएको छ। यस वर्षाले बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर र चितवन जिल्लामा बाढी, पहिरो तथा डुबानको उच्च जोखिम निम्त्याउने जनाइएको छ। यसैगरी, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा र मोरङ जिल्ला तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र रौतहट जिल्लाहरू पनि जोखिमपूर्ण छन्। यी जिल्लाहरूमा नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेकाले विभागले विशेष बुलेटिन जारी गर्दै सतर्क रहन आग्रह गरेको छ। हालको विश्लेषणअनुसार, नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढेर खतरा तह नजिक पुग्न सक्छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत तथा चुरे क्षेत्रबाट बहने स-साना नदीनालाहरूमा पनि आकस्मिक बाढी आउन सक्ने खतरा छ। यस वर्षाका कारण बाढी, डुबान, पहिरो, भूक्षयजस्ता प्राकृतिक विपत्तिसँगै सडक तथा हवाई यातायातमा अवरोध पुग्न सक्ने भएकाले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न विभागले जारी गर्ने अद्यावधिक पूर्वानुमान तथा सूचनाहरूमा ध्यान दिन र आवश्यक सावधानी अपनाउन सबैलाई निर्देशन दिएको छ। मौसमविद्हरूका अनुसार, विभिन्न मौसमी मोडलहरूको विश्लेषणले दशैंलगत्तै गत वर्षजस्तो भिषण वर्षा हुने सम्भावना देखिएको छ। त्यसैले, स्थानीय तह, सुरक्षा निकाय र जनतालाई तयारी अवस्थामा रहन विभागले थप जोड दिएको छ।
पूर्वी नेपालबाट वर्षा सुरु, देशका धेरै ठाउँमा भारी वर्षा हुने अनुमान
काठमाडौं। दसैंको बीचमा सक्रिय मनसुनका कारण पूर्वी नेपालबाट वर्षा सुरु भएको छ। अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहँदा महोत्तरीको गौशालामा मुसलधारे वर्षा मापन भएको छ। यसले दसैं लगत्तै देशका धेरै ठाउँमा भारीदेखि अति भारी वर्षा हुने जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ६ घन्टामा गौशालामा १४१ मिलिमिटर वर्षा भएको जानकारी दिएको छ। सामान्यतया २४ घन्टामा १०० देखि २०० मिलिमिटर वर्षालाई भारी वर्षा मानिन्छ, तर ६ घन्टामै परेको यो पानी मुसलधारे नै हो। यसले स्थानीय बाढी र सडक अवरोधको खतरा निम्त्याएको छ। छोटो अवधिको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति सबै प्रदेशमा सामान्यतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको छ। बिहीबार दिउँसोसम्म सबै प्रदेशमा सामान्यतया बदलीको अवस्था कायम रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै मधेस प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। बाँकी प्रदेशका पहाडी तथा तराईका थोरै स्थानहरूमा पनि यस्तो वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम छ। मनसुन पुनः सक्रिय : दसैंभर वर्षाको सम्भावना मनसुन बाहिरिने बेलामा पनि वर्षा गराउने प्रणाली पुनः सक्रिय भएको छ। महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर भए पनि बंगालको खाडलमा विकसित न्यूनचापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा छ। यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गराउने सम्भावना देखिएको छ। यस नयाँ मनसुनी प्रणालीको प्रभावले असोज १७ (एकादशी) देखि देशका अधिकांश भागमा वर्षा हुने अनुमान छ। विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरूमा असर पर्ने छ। महाशाखाले यस वर्ष दसैं अवधिभर मनसुनी प्रभाव कायम रहने जनाएको छ। दसैं लगत्तैको विस्तृत पूर्वानुमान असोज १७ (एकादशी) : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड तथा तराईका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि यस्तो वर्षा। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम। असोज १८ (द्वादशी) : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका केही स्थानहरूमा पनि वर्षा। यी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना। असोज १९ (त्रयोदशी) : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा। बाँकी प्रदेशका थोरै स्थानहरूमा पनि वर्षा। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको जोखिम। महाशाखाले असोज १९ मा ९ जिल्लामा रेड अलर्ट जारी गरेको छ। रूपन्देही, नवलपरासी (सुस्ता पूर्व र पश्चिम), चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाहरूमा अति भारी वर्षा प्रक्षेपण गरिएको छ। यस दिन नारायणगढ–बुटवल, नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकखण्डमा यात्रा गर्दा विशेष सावधानी अपनाउन आह्वान गरिएको छ। बाढी, पहिरो र सडक अवरोधको उच्च जोखिम रहेको छ। मौसम विभागले यात्रु, किसान र स्थानीयलाई सतर्क रहन र अद्यावधिक सूचना लिन आग्रह गरेको छ। थप विवरणका लागि महाशाखाको वेबसाइट वा हटलाइन सम्पर्क गर्न सकिन्छ।
प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं — काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा सिन्धुली, घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङलाई पक्राउ गरिएको छ। उनले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
आज कुन कुन क्षेत्रमा हुनेछ भारी वर्षा ?
काठमाडौं — हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार दिउँसो: देशका सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका केही स्थानमा, साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। बुधबार राति: सबै प्रदेशमा बदली कायम रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा, साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।
दसैँ लगत्तै ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई
काठमाडौ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले दसैंपछि (असोज १५ देखि २१ गतेसम्म) मध्य र पूर्वी नेपालमा भीषण वर्षाको सम्भावना रहेको जनाएको छ। तीनवटा मौसम मोडल (ECMWF, ICON, र GFS) ले कोशी, बागमती, गण्डकी, र मधेस प्रदेशमा भारी वर्षा हुने प्रक्षेपण गरेका छन्। विशेषगरी विराटनगर, काठमाडौं, र पोखरादेखि झापासम्म ठूलो वर्षाको सम्भावना छ। हाल गण्डकी र लुम्बिनीका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मंगलबार बिहान मनाङको तालगाउँमा ५.६ मिलिमिटर र बाँकेको भगवानपुरमा ६ मिलिमिटर वर्षा रेकर्ड भएको छ। आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा र पहाडी भेगमा भारी वर्षाको सम्भावना छ। महानवमी (असोज १५) र टीका (असोज १६) मा पनि कोशी, बागमती, गण्डकी, र लुम्बिनीका पहाडी तथा तराई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ। मौसमविद् विनोद पोखरेलले गत वर्षको असोज १०–१३ को जस्तै भीषण वर्षाको सम्भावना रहेको बताए। उनले दसैंपछि यात्रा गर्दा र बाली भित्र्याउँदा विशेष सतर्कता अपनाउन सुझाएका छन्। महाशाखाका अनुसार, यो वर्ष औसतभन्दा बढी वर्षाको सम्भावना ६५% रहे पनि हालसम्म सरदरभन्दा कम वर्षा भएको छ। नेपालमा मनसुन याममा औसत १,४७२ मिलिमिटर वर्षा हुने अनुमान छ।
वेस्ट इन्डिजविरूद्धको अन्तिम टिट्वेन्टी खेलमा नेपालले पहिले ब्याटिङ गर्दै
शारजाह । युएईमा जारी टी-२० सिरिजको अन्तिम खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ। शारजाह रंगशालामा भएको टस वेस्ट इन्डिजले जितेर फिल्डिङ रोजेको हो। नेपालले तीन खेलको सिरिजमा दुई जित हासिल गरी सिरिज कब्जा गरिसकेको छ। सोमबार भएको खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गरेको थियो। उक्त खेलमा नेपालले ६ विकेट गुमाएर १७४ रन बनाएको थियो, तर वेस्ट इन्डिज १७.१ ओभरमा ८३ रनमै समेटिएको थियो। शनिबारको खेलमा पनि नेपाल १९ रनले विजयी भएको थियो। वेस्ट इन्डिज दुईपटकको टी-२० विश्वकप विजेता टोली हो। यो खेलपछि नेपाली टोली टी-२० विश्वकप छनोटका लागि ओमान प्रस्थान गर्नेछ। समूह चरणमा नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूहको शीर्ष दुई टोली सुपर-६ मा पुग्नेछन्। सुपर-६ को शीर्ष तीन टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन्। ओमानमा तीन समूहमा नौ टोलीबीच प्रतिस्पर्धा हुनेछ। अन्य समूहमा मलेसिया, कतार, युएई, ओमान, पिएनजी र सामोआ छन्। सुपर-६ मा पुग्ने ६ टोलीमध्ये शीर्ष तीनमा पर्न सके नेपाल लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा छनोट हुनेछ।
विदेशस्थित नेपाली दूतावास र नियोगमा दुई दिन विदा
काठमाडौं । दशैंका अवसरमा विदेशस्थित नेपाली राजदूतावास र नियोगहरू असोज १५ (नवमी) र १६ (टीका) मा बन्द रहनेछन्। दूतावासहरूले सूचना जारी गर्दै यी दुई दिन विदा हुने जानकारी दिएका छन्। गृह मन्त्रालयले २०८१/११/१५ मा प्रकाशित राजपत्रअनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक विदालाई ध्यानमा राखी अधिकतम १८ दिनसम्म विदा व्यवस्थापन गर्न सक्ने व्यवस्था छ। दशैंमा दूतावास बन्द भए पनि अत्यावश्यक सेवाका लागि काम हुने जनाइएको छ। संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले भने तीन दिन विदा घोषणा गरेको छ। अन्य दूतावासहरूले आवश्यकताअनुसार विदाको व्यवस्था गरेका छन्।
माओवादी केन्द्रले तय गर्यो निर्वाचन केन्द्रित एजेण्डा, यी हुन् चार मुख्य प्राथमिकता
काठमाडौं, नेकपा (माओवादी केन्द्र) ले आगामी निर्वाचनलाई लक्षित गर्दै आफ्ना प्रमुख एजेण्डा र प्राथमिकताहरू सार्वजनिक गरेको छ। पार्टीले सुशासन, समावेशिता, र संरचनात्मक सुधारलाई जोड दिँदै चारवटा मुख्य प्राथमिकता तय गरेको छ। मुख्य एजेण्डाहरू: १. प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने शासकीय स्वरूप र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्नेमा जोड दिएको छ। यसले निर्वाचन प्रक्रियालाई थप समावेशी र जनमुखी बनाउने पार्टीको विश्वास छ। २. विज्ञहरूबाट मन्त्री, सांसदहरू नीति निर्माणमा केन्द्रित पार्टीले मन्त्रीहरू विज्ञहरूबाट चयन गर्नुपर्ने र सांसदहरूलाई मन्त्री बन्ने अवसरबाट वञ्चित गरी कानून निर्माण र नीतिगत निर्णयमा केन्द्रित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यसले सरकारको प्रभावकारिता र संसदको भूमिका सुदृढ हुने अपेक्षा गरिएको छ। ३. सुशासनका लागि शक्तिशाली आयोग सुशासन कायम गर्न उच्चपदस्थ कर्मचारी र राजनीतिक दलका नेताहरूको सम्पत्ति छानबिनका लागि अधिकार सम्पन्न आयोग गठन गर्नुपर्ने माओवादीको जोड छ। यो आयोगले पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। ४. प्रदेश संरचना सुदृढीकरण र समावेशी प्रतिनिधित्व पार्टीले प्रदेश संरचनालाई पूर्ण अधिकारसहित संरचनात्मक सुधार गर्नुपर्ने, महिलाहरूलाई ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, र विशेष संरक्षित क्षेत्र तथा जनसंख्याको आधारमा प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने माग राखेको छ। साथै, उपेक्षित र उत्पीडित समुदायलाई थप अधिकार प्रदान गर्नुपर्नेमा जोड दिइएको छ। प्रवासी नेपालीको मताधिकार माओवादी केन्द्रले विदेशमा बस्ने नेपाली नागरिकहरूलाई आफू बसेकै ठाउँबाट मतदान गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने प्रस्ताव अघि सारेको छ। यो व्यवस्थाले प्रवासी नेपालीहरूको सहभागिता बढ्ने र लोकतान्त्रिक प्रक्रिया थप समावेशी हुने विश्वास गरिएको छ। यी एजेण्डाहरूले माओवादी केन्द्रको सुशासन, समावेशिता, र प्रणालीगत सुधारप्रतिको प्रतिबद्धता झल्काउने पार्टीका नेताहरूले बताएका छन्। आगामी निर्वाचनमा यी मुद्दाहरूलाई लिएर जनतामाझ जाने रणनीति बनाइएको छ।
आज देशभर आंशिकदेखि पूर्ण बदली रहने
काठमाडौँ, जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि पूर्ण बदली रहने जनाएको छ। साथै, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ। रातको समयमा कोशी, मधेश र बागमती प्रदेशमा पूर्ण बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुने देखिएको छ। कोशी, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षा र लुम्बिनीका थोरै स्थानमा वर्षाको सम्भावना छ। बाँकी क्षेत्रका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्छ। महाशाखाले हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।
निर्वाचनका लागि नउड्ने मसी, स्वस्तिक छाप, र स्टेपलरजस्ता सामग्री विदेशबाटै ल्याउनु पर्छ
काठमाडौँ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि नेपाल निर्वाचन आयोगले मतपेटिका खरिद गर्नु नपर्ने जनाएको छ। आयोगका अधिकारीहरूका अनुसार, मौज्दातमा रहेका मतपेटिकाहरू पर्याप्त छन्, र मतपत्र छपाइका लागि आवश्यक कागज पनि उपलब्ध छ। जनक शिक्षा सामग्री केन्द्रलाई चौबीसै घण्टा सञ्चालन गरेर एक महिनाभित्र मतपत्र छपाइ सम्पन्न गर्न सकिने आयोगले बताएको छ। निर्वाचनका लागि सियो, मसी, लाहा, स्टेपलर, कोरा कपडा, सलाई, मैनबत्तीलगायत ६२ प्रकारका सामग्री आवश्यक पर्छन्। यीमध्ये मतदाता नामावली, मतपत्र, मतपेटिका, नउड्ने मसी, स्वस्तिक छाप, स्ट्याम्प प्याड, र नियमावलीजस्ता १० सामग्री अति संवेदनशील मानिन्छन्। बाँकी ५१ सामग्रीलाई कम संवेदनशील श्रेणीमा राखिएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने, “हामीसँग मतपेटिका र अन्य आवश्यक सामग्री मौज्दात छन्। विदेशबाट खरिद गर्नुपर्ने सामग्रीको आवश्यकता न्यून छ।” यद्यपि, नउड्ने मसी, स्वस्तिक छाप, र ठूलो परिमाणमा स्टेपलरजस्ता सामग्री बाह्य बजारबाट ल्याउनुपर्ने उनले बताए। आयोगले स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै बाँकी सामग्री व्यवस्थापन गर्ने जनाएको छ। निर्वाचनका लागि मतपत्र र मतपेटिकाको ढुवानीमा नेपाली सेनाको सहयोग लिइनेछ। नेपाल प्रहरीले अन्य सामग्रीको ढुवानीमा सुरक्षा प्रदान गर्नेछ। हालैको जेनजी आन्दोलनका कारण ७७ मध्ये ८ वटा जिल्ला निर्वाचन कार्यालयमा क्षति पुगेको छ, जसको पुनर्निर्माण र प्रहरीको मनोबल अभिवृद्धि गर्नुपर्ने चुनौती रहेको आयोगले उल्लेख गरेको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेले भने, “स्थानीय बजारमा उपलब्ध नहुने ठूलो परिमाणका सामग्री बाहिरबाट ल्याउनुपर्छ। प्रिन्टर र सवारी साधनहरूको प्रतिस्थापन पनि आवश्यक पर्न सक्छ।” मतदाता नामावली अद्यावधिक गर्न अध्यादेश जारी भइसकेकाले निर्वाचनको तयारी अघि बढेको उनले बताए। स्रोत बिबिसी ।
देउवाका सासुससुरा र साला बस्ने घरमा सीआईबीको छापा
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा र साला भूषण राणा बस्ने ललितपुरको जावलाखेलस्थित दुई घरमा आइतबार छापा मारेको छ। भूषण राणा निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ हुन्। सीआईबीका अनुसार, शंकास्पद नगद वा कागजात रहेको सूचनाका आधारमा ललितपुर महानगरपालिका–४ मा रहेका ती दुई घरमा छापा मारिएको थियो। छापा मार्ने क्रममा भूषण राणा घरमा थिएनन्, तर उनका बुवाआमा घरमै थिए। सीआईबीका एक अधिकारीका अनुसार, खानतलासीका क्रममा कुनै शंकास्पद वस्तु फेला परेन। खानतलासी वडाध्यक्षको रोहवरमा गरिएको र मुचुल्का उठाइएको सीआईबीले जनाएको छ।

