ठक्करबाट यात्रुको मृत्यु भएपछि राजमार्ग अवरुद्ध

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएपछि मृतकका आफन्तले पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् ।

बस चालकमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै उनीहरुले लम्की खण्डमा राजमार्ग अवरुद्ध पारेका हुन । मृतकका आफन्तको आन्दोलनका कारण पश्चिमबाट पूर्वतर्फ जाने र पूर्वबाट पश्चिमतर्फ आउने सवारी साधनहरु बाटोमै रोकिएको छ ।

हिजो साँझ पूर्वतर्फ जाँदैगरेको ना ५ ख ८७०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते लम्कीचुहा नगरपालिका –२ मा ठक्कर दिंदा मोहन्याल गाउँपालिका –७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको उपचारको क्रममा ज्यान गएको थियो । मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ ।

ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।

इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति

काठमाडौं । इजरायल र हमासबीच थप एकदिन युद्धविराम गर्ने सहमति भएको छ । पछिल्लो सहमतिसँगै युद्धविराम सातौँ दिनमा प्रवेश गरेको छ । यसअघिको सहमति सकिनु केही समय अगाडि मात्र दुवै पक्षले थप एकदिन युद्धविराम गर्ने सहमति भएको बताएका हुन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले पहिलेकै सर्तअनुसार युद्धविरामको सहमति भएको छ । जसअनुसार हमासले प्रतिदिन १० जना इजरायली बन्दी रिहा गर्ने छ । प्रतिक्रियामा इजरायलले ३० जना प्यालेस्टाइन कैदीलाई छाड्ने छ । गएको शुक्रबारदेखि युद्धविराम सुरु भएको हो ।

सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन अबुधावीस्थित नेपाली राजदूतलाई प्रमको निर्देशन

दुबई । कोप–२८ मा सहभागी हुन युएई आइपुगेएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । राजदूतावासमा भएको छलफलमा उनले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिनुका साथै सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

राजदूत तामाङलाई मोजाम्बिक र सुवेदीलाई इटालीको पनि जिम्मेवारी

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका निम्ति गैरआवासीय नेपाली राजदूतको जिम्मेवारी दिइएको छ । यस्तै, स्वीट्जरल्यन्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका निम्ति गैरआवासीय नेपाली राजदूत तोकिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत तामाङ र सुवेदीलाई सो पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

भूकम्पपीडितको अस्थायी आवास निर्माणमा सरकार गम्भीर छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवासको काममा सरकार गम्भीर भएर लागेको बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आवास निर्माणका लागि ५० हजार रुपैयाँ दिने कामलाई प्रभावकारी बनाएको र स्थानीय तहले आवश्यक सहजीकरण गरिरहेको बताए । अस्थायी आवासका लागि पहिलो किस्ता लिएर घर बनाउन सुरु गर्नेलाई तत्कालै अर्को किस्ता दिने व्यवस्था गरिएको उनले जानकारी दिए । भूकम्पपीडित सबैलाई अस्थायी आवास र पुनर्निर्माणलाई स्थानीय तहको सिफारिसमा काम गर्ने गरी सरकारले योजना बनाएको उनको भनाइ छ । एउटै घरभित्र रहेका दुई, तीनवटा परिवारलाई अस्थायी आवासको फरक फरक सुविधा दिन नसकिने भन्दै उनले पुनर्निर्माणका समयमा भने आवश्यक छलफल गर्न सकिने जिकिर गरे । त्यस्तै, भूकम्पपीडित सुकुम्बासीको हकमा अस्थायी आवासको सुविधा दिइहाल्ने नीति रहेको उनले जानकारी दिए ।

वित्तीय,प्रशासनीक र कानुनी संघीयता लागुभएन : मुख्यमन्त्री शर्मा

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशलाई क्षतिपुर्ति सहितको अधिकार चाहिएको बताए । उनले भने कर्णाली प्रदेश पछि परेको होईन, पछि पारिएको प्रदेश भएकाले विशेष अधिकार पाउनुपर्छ । ठूलो र विकट भूगोल भएको कर्णालीमा जनसंख्याको आधारमा वजेट विनियोजन हुनु राम्रो होईन । कर्णालीमा बजेटमा क्षतिपुर्ति सहितको संघ सरकारले विशषेष कार्यक्रम ल्याएर विकास गरिनुपर्दछ । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले सुर्खेतको विरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको वित्तीय संघीयता कार्यान्वयन विषयक प्रदेश स्तरिय कार्याशाला कार्यक्रममा मुख्यमन्त्री शर्माले संघीयतालाई कार्यान्वयन गर्र्न संघ सरकार केन्द्रीकृत मानसिकतावाट मुक्त भएर प्रदेश र स्थानीय तहलाई बलियो बनाउन लाग्नु पर्ने बताए । उनले भने राजनीतिक संघीयता कार्यान्वयन भैरहेका भएपनि वित्तीय, प्रशासनीक, कानुनी संघीयता कार्यान्वयन गर्न संघको रुचि देखिएको छैन । वरु अझै केन्द्रीतकृत मानसिकता देखिएको छ । राज्य प्रकृयामुखी हुदा परिणामुखी कार्यान्वयन ढिला सुस्ती हुने गरेको छ शर्माले भने अहिले नेपालमा चलिरहेका विकास मोडेल असफल भएकाले पुर्नविचार गर्नु आवश्यकता भएको बताए । संविधानमा समाजवादउन्मुख उल्लेख गरेकाले राजनीतिक दलको शिर्ष तहमा समाजवादको मोडेलका विषयमा छलफल गरेर अघि वढ्नुपर्ने बताए। उहाँले भने संविधानको स्प्रीडलाई पकडेर दलहरु अघि वढ्नु पर्दछ । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल देवकोटाले वित्तीय हस्तारण संवैधानिक हक भएपनि कार्यान्वयन नहुद दुखको विषय भएको बताए । उहाँले भने स्थानीय तहले जनतालाई सेवा दिने, प्रदेशले विकास निर्माण गर्ने र संघले नीति नियम बनाउने हो । तर यहाँ स साना कुरा पनि संघले गर्न खोजिरहेको छ ।  

हमास र इजरायलबीच युद्धविरामको समयावधी सकिँदै

एजेन्सी । हमास र इजरायलबीच पछिल्लो युद्धविरामको समयावधी सकिँदैछ । युद्धविराम लम्ब्याउन पहल जारी रहेपनि हालसम्म युद्धविराम लम्ब्याउने सम्झौता हुन सकेको छैन । आज युद्धविरामको छैटौं तथा अन्तिम दिन । थप सम्झौता नभए युद्धविरामको पछिल्लो समयावधी स्थानीय समय अनुसार आज विहान ७ बजे सकिँदैछ । पछिल्लो खेपमा हमासले आफ्नो कब्जामा रहेका १६ जना रिहा गरेको छ । यसमध्ये १० जना इजरायलसंगको सम्झौता अनुसार र ४ जना थाई र दुई जना रसियाली नागरिक भिन्दै सहमतिमा छाडिएको कतारी भनाइ छ । यसको बदलामा इजरायली कैदमा रहेका ३० जना प्यालेस्टायनी कैदीबन्दी छाडिएको अलजजीराले जनाएको छ । यसैबीच, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन इजरायल पुगेका थिए । अक्टोबर ७ मा युद्ध सुरु भएयता ब्लिंकेन तेस्रो पटक तेल अभिभ पुगेका हुन् । ब्लिंकेन वेस्ट ब्यांक क्षेत्र पनि जाने तयारीमा रहेका छन् ।

आजदेखि कोप–२८ सम्मेलन, १ सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन ९कोप–२८० सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ आजदेखि सुरु हुँदैछ । संयुक्त अरब इमिरेट्स ९युएई० को दुबईमा हुन लागेको यो सम्मेलन यही मङ्सिर २६ गतेसम्म चल्नेछ । मानव इतिहासमा सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड गरिएको र जलवायु सङ्कटको प्रभावले विश्वभरि मानव जीवन र जीविकोपार्जनमा अभूतपूर्व विनाश ल्याएको समयमा यो सम्मेलन हुँदैछ । जलवायु सम्मेलन जलवायु प्रतिबद्धतामा कार्य गर्न र जलवायु परिवर्तनको नराम्रो प्रभावलाई रोक्नका लागि एक निर्णायक क्षण हो । कोप–२८ को अध्यक्षता युएईले गरेको छ र यस वर्षको अध्यक्षमा डा.सुल्तान अल जाबेर रहेका छन् । सम्मेलनको उद्घाट्न केहीबेरमा भव्य समारोहबीच हुँदैछ । सम्मेलनका लागि एक सय ६० भन्दा बढी मुलुकका नेता दुबईमा सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटनका अवसरमा युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानले डिसेम्बर १ र २ तारिखमा आयोजना गर्नुहुने विश्व जलवायु कार्य शिखर सम्मेलनमा विश्वभरबाट सहभागी राज्य÷सरकार प्रमुखको सहभागिता रहनेछ । सम्मेलनले तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने र सन् २०५० सम्ममा हरित ग्यास खुद शून्य उत्सर्जन हासिल गर्ने उपायमा सहमति गरेर जलवायु सङ्कटलाई सम्बोधन गर्ने लक्ष्य छ । सम्मेलनमा विश्वभरका मुलुकका प्रतिनिधि, व्यापारीक नेता, युवा, जलवायु वैज्ञानिक, आदिवासी जनजाति, पत्रकार, विभिन्न विज्ञ, सरोकारवालासहित ७० हजारभन्दा बढीको उपस्थितिको अपेक्षा गरिएको छ । यस सम्मेलनले कार्बन उत्सर्जन घटाउने दायित्वबारे छलफल, जलवायु अनुकूलन र राष्ट्रिय अनुकूलन योजनाबारे छलफल, पेरिस सम्झौताको कार्यान्वयन अवस्थाबारे समीक्षा, जलवायुजन्य हानि र नोक्सानी साथै कोष कार्यान्वयन, जलवायु वित्तसम्बन्धी छलफल, प्रविधि विकास, विस्तार र कार्यान्वयनलगायत विषयमा छलफल अगाडि बढाउने योजना प्रस्तुत गरेको छ । यसैगरी महासन्धिअन्तर्गत रहेको क्षमता विकास, अल्पविकसित राष्ट्रहरूसँग सम्बन्धित विषय, जलवायु परिवर्तन र लैङ्गिक सम्बन्धमा, पेरिस सम्झौताको दफा ६ र कार्बन व्यापार, कार्यान्वयनका प्रावधानको प्रभाव, प्रशासनिक, वित्तीय र संस्थागत विषय, जलवायु परिवर्तन र पर्वतीय सवाललगायत विषयमा छलफल अगाडि बढाइने युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।रासस

अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी

काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेजरअकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’ प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।

श्रीमान् श्रीमतीको झगडाका कारण जर्मनीबाट थाइल्याण्ड उडेको जहाज डाइभर्ट

नयाँ दिल्ली । श्रीमान् श्रीमतीले झगडा गरेपछि जर्मनीबाट थाइल्याण्डका लागि उडेको जहाज डाइभर्ट गरिएको छ । यात्रीको उद्दण्ड व्यवहारका कारण जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार भारतको दिल्लीतर्फ डाइभर्ट गरिएको हो । “विशेष रूपमा पती–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि क्याबिन चालक दलले यस्तो निर्णय गरेको हो”, स्रोतले बताएको छ । दिल्ली विमानस्थलको उड्डयन सुुरक्षाले भनेको छ, “पति–पत्नीबीचको झगडाको कारण अहिलेसम्म थाहा भएको छैन तर उनीहरूको झगडाका कारण विमानलाई डाइभर्ट गर्नुप¥यो ।” जर्मन श्रीमान् र उनको थाई पत्नीबीच भएको विवादले लुफ्थान्साको उडानमा समस्या उत्पन्न भएको थियो ।विमानले सुरुमा पाकिस्तानको निकटवर्ती विमानस्थलमा अवतरण गर्ने अनुमति मागेको थियो । त्यहाँ अनुमति नपाएपछि एयरलाइनले दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा अवतरण गर्न अनुमति मागेको थियो । कारण र विमानको अवस्था थाहा पाएपछि सोअनुरोध तत्काल स्वीकार गरिएको स्रोतले बताएको छ । एक अधिकारीका अनुसार श्रीमतीले सुरुमा पाइलटलाई पतिको कार्यको बारेमा गुनासो गरेकी थिइन् । थाई महिलाले आफूलाई धम्की दिएको पनि दाबी गरेकी थिइन् । पछि एयरलाइन्सका प्रवक्ताले विमानमा सवार सबै यात्रुको सुरक्षा र सुरक्षा नै वायुसेवा कम्पनीको प्राथमिकता भएको भन्दै यसबीचमा उडान डाइभर्ट गर्ने निर्णय गरेको बताएका छन् । दम्पती विमानबाट ओर्लिएपछिँ सुरक्षा अधिकारीहरू, उडान परिचरहरू, र अन्य कर्मचारी सदस्यहरूले टर्मिनल क्षेत्रमा उनीहरूसँग कुरा गरेका छन्। उक्त उडान केही बेरमा पुनः उडान गर्ने तालिका रहेको स्रोतले जनाएको छ ।

एनसेलको प्रमुख लगानीकर्ता आजियटाले गर्‍यो लगानी झिक्ने घोषणा

काठमाडौं । मलेसियाको कम्पनी आजियटा नेपाली मोबाइल सेवा प्रदायक एनसेलबाट बाहिरिने भएको छ । आजियाटाको संचालक समितिको बैठकले एनसेलको लगानी झिक्ने निर्णय गरेको हो । आजियटाको एनसेलमा ८० प्रतिशत सेयर स्वामित्व रहेको छ । २० प्रतिशत सेयर भने सुनिभेरा क्यापिटल भेन्चर प्रालिको नाममा रहेको छ । मेरो मोबाइलको रुपमा सेवा शुरु गरेको कम्पनीमा स्वेडेनको टेलिया सोनेराले कम्पनीले लगानी गरेपछि एनसेल बनेको थियो । टेलिया सोनेराले मलेसियाको आजियटालाई शेयर विक्री गरेको थियो । आजियटाको संचालक समितिले दिन प्रतिदिन नेपालको आर्थिक अवस्था दिन चुनौतीपूर्ण बन्दै जाँदा मुनाफा प्रभावित हुन थालेको ठहर गर्दै कम्पनी विक्री गर्ने निर्णय गरेको हो । आजियटाले नोभेम्बर २९ मा जारी गरेका त्रैमासिक प्रतिवेदनमा एनसेलको प्रतिफल घट्दै गएको र त्यसका कारण अजियाटाको समग्र वित्तीय अवस्था प्रभावित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा आजियाटा समूहका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले नेपालबाट बाहिरिने निर्णय गरेको बताएका छन् । आजियटाले एनसेलको शेयर विक्रीमा रहेको पनि घोषणा गरेको छ ।

टिकटक बन्द नगर्ने ६० इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिने

काठमाडौं । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक (आईएसपी) र मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको बताएको छ । तर, हालसम्म ग्रामीण इन्टरनेट सेवा प्रदायकसहित ६० इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको निर्देशन कार्यान्वयन भए नभएको सम्बन्धमा कुनै पनि जानकारी नदिएको बताएको छ । यीमध्ये ५५ इमेलसहितका इन्टरनेट सेवा प्रदायकको नाम सार्वजनिक गर्दै प्राधिकरणले २४ घण्टे अल्टिमेटम दिएको छ । मंगलबार प्राधिकरणले एक सूचना जारी गर्दै ती कम्पनीले २४ घण्टा भित्र कुनै जवाफ नदिएमा दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारबाही प्रक्रिया अगाडि बढाइने बताएको हो । हालसम्म १३० वटा इन्टरनेट सेवा प्रदायक सञ्चालनमा रहेको र तीमध्ये ७० वटाले टिकटकको पहुँचमा रोक लगाएको भनेर जानकारी गराइसकेको प्राधिकरणले जनाएको छ ।

रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले जनाएको हो । नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई एक पत्र पठाई चार जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, इलामका गंगाराज मोक्तान र गोरखाका सन्दीप थपलिया रहेका छन् । उनीहरू युद्धकै क्रममा रुसी सेनामा भर्ती भएर लडाइँमा गएका थिए । उनीहरुमध्ये तीन जनाको गत १५ नोभेम्बर (कार्तिक २९) गते र अर्का एकको असार २९ मै मृत्यु भएकोमा अहिले पुष्टी भएको रुसका लागि नेपाली राजदूत मिलन तुलाधरले जानकारी दिए । पछिल्लो समय विभिन्न बाटोबाट रुस पुगी सेना भर्ति भएको खुल्न आएको छ ।

तनहुँको घाँसीकुवामा बस दुर्घटना, ३६ जना घाइते

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । घाइतेमध्ये केहीलाई पोखरा लैजाने तयारी भइरहेको जनाइएको छ ।

गृहमन्त्री श्रेष्ठ र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच भेटघाट

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन् । प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उनीहरुले ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत: प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए। सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकोले सन्दर्भमा सरकार संवेदनशील रहेको उनले बताए। भेटघाटमा आन्तरिक मामिला मन्त्रीका रूपमा वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्ण बहादुर जि.सी. तथा सुदुरपश्चिममा शिवराज भट्ट सहभागी थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।  

भारतमा सुरुङमा फसेकाको उद्धारमा सफलता, बाहिर निकाल्न थालियो

काठमाडौं । भारतको उत्तराखण्डको उत्तरकासीमा १७ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको उद्धार कार्यमा सफलता मिलेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले मंगलबार सुरुङमा पाइप छिराउने काम सफल भएको बताएका हुन् । उद्धारकर्ता टोली सुरुङभित्र मोटो पाइप छिराएसँगै ब्रेकथ्रू भएको र अब उनीहरूलाई बाहिर निकाल्न थालिएको बताइएको छ । भारतको नेसनल डिजास्टर रेस्पन्स फोर्सको टोली सुरुङभित्र गएको र तीनदेखि चार चरणमा कामदारलाई बारिह ल्याइने भारतीय सञ्चार माध्यमले जनाएका छन् । सुरुङभित्र फसेकाहरूको स्वास्थ्य अवस्था ठिक रहेको बताइएको छ । उनीहरूलाई सुरुङबाट निकालिएपछि उपचारका लागि सामुदायिक स्वास्थ्य केन्द्र चिन्यालीसौरमा ल्याइने बताइएको छ । टाइम्स अफ इन्डियाबाट ।