कञ्चनपुरमा गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का उत्तम सुनारले गँड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुनारले इन्टरनेटको माध्यमबाट सिकेर गँड्यौला मल उत्पादन गर्न थालेका हुन् । “अध्ययन गर्दै गर्दा केही गरेर आम्दानी गर्ने सोच आयो, त्यसपछि इन्टरनेटमा के गर्दा ठिक होला भनेर खोज्न थाले”, उनले भने, “गँड्यौला मल उत्पादनबाट कम लगानीमा बढी आम्दानी गर्न सकिने थाहा पाएपछि यसतर्फ लागे ।”

सुनारले दुई वर्षअघि रु चार लाख लगानीमा चार ब्याडबाट मल उत्पादन सुरु गरेको बताए । उनले चार ब्याडबाट राम्रो आम्दानी भएपछि मल उत्पादन थप गरेर २५ ब्याडमा विस्तार गर्नुभएको छ । “माग धेरै आउन थालेपछि मल उत्पादन बढाएको छु, तर पनि बजारको माग धान्न सकिएको छैन”, उनले भने “किसानले रासायनिक मलको विकल्पमा गँड्यौला मल प्रयोग गर्न थालेपछि यसको माग धेरै आउने गरेको छ ।” उनले उत्पादन गरेको मल कैलालीसम्म बिक्री हुने गरेको बताए । 

पछिल्लो समय तरकारीखेती, बगरखेती, बेमौसमीखेती गर्ने किसानले मलको माग गर्ने गरेको उनले बताए । “सुरुआतमा करिब रु चार लाख लगानी गरेको थिएँ, त्योभन्दा बढी आम्दानी गरिसकेको छु”, उनले भने, “एक महिनामा मात्र रु एक लाख ५० हजारको मल बिक्री गरेको छु, यसरी बिक्री भयो भने वर्षमा रु सात लाखसम्म आम्दानी हुन्छ ।” 

सुनारले तीन महिनामा ४८ क्विन्टल बढी मल बिक्री गरेको बताए । गँड्यौला मल प्रतिकिलो रु २५ का दरले बिक्री हुने गरेको छ । “बजारको मागअनुसार उत्पादन गर्न सकिएको छैन, मलका लागि जुल्लाबाट समेत माग आउने गरेको छ”, उनले भने, “मल उत्पादन थप गर्ने योजना बनाएको छु ।”

गँड्यौला मलको प्रयोगले उत्पादन राम्रो हुने भएपछि पछिल्लो समय किसानले खेतीमा गँड्यौला मल प्रयोग गर्ने गरेका छन् । उक्त मलले माटोको उर्वराशक्ति बढाउनुका साथै कम लागतमा उत्पादनमा वृद्धि र मानवीय स्वास्थ्य तथा वातावरणीय सुधारका निम्ति पनि यो उत्तम छ ।

पछिल्लो समय किसानले रासायनिक मलको विकल्पका रूपमा यो मल प्रयोग गर्ने गरेका छन् । गँड्यौला मलमा एन्टिबायोटिक, भिटामिन, हर्मोन प्राप्त हुने भएकाले अरू मलभन्दा यो बढी गुणस्तरीय मानिन्छ । यस मलमा सामान्य माटोमा पाइने नाइट्रोजनभन्दा पाँच गुणा, फस्फोरसभन्दा सात गुणा र पोटासभन्दा ११ गुणा बढी मात्रामा पाइने कारण खेतीबालीका लागि बहुउपयोगी मानिएको छ ।

मनसुनी प्रभाव: कोशी र कर्णालीमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । हाल नेपालमा मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानमा र पश्चिमी क्षेत्रमा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभावले नेपालको पूर्वी भूभागमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्तमान मौसम अवस्था हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडका थोरै स्थानहरूमा र अन्य भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसोको मौसम पूर्वानुमान आज दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। आज रातिको मौसम राति कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थानमा र बाँकी पहाड र तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।   कोशी र कर्णाली प्रदेशका पहाडी भूभाग र कोशीको तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला र खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। प्रभावित क्षेत्रका बासिन्दालाई यात्रा, कृषि कार्य र दैनिक गतिविधिमा सावधानी अपनाउन सुझाव दिइएको छ। महाशाखाले मौसमको नियमित अनुगमन गरी अद्यावधिक जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट र सम्पर्क केन्द्रहरूमा सम्पर्क गर्न आग्रह गरेको छ।

अरूले कुहेको पिठो बेचिरहेका छन्, हामीले गरेका काम जनतालाई भन्न आएका हौं : अध्यक्ष प्रचण्ड

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकारले जनतामुखी र ऐतिहासिक उपलब्धिहरू हासिल गरे पनि प्रचारप्रसारको कमजोरीका कारण त्यसको मूल्याङ्कन जनतासमक्ष पूर्ण रूपमा पुग्न नसकेको बताउनुभएको छ । लम्जुङको मध्यनेपाल नगरपालिका, भोर्लेटारमा माओवादी केन्द्र नगर कमिटिले आयोजना गरेको स्वागतसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “हामीले धेरै काम गरेका छौं तर प्रचारमा कमी भयो । अरूले कुहेको पिठो बेचिरहेका छन् । त्यसैले हामीले गरेका काम जनतालाई भन्न र जनसंग सम्बन्ध मजबुत बनाउन जनतामाझ आएका हौं ।”   उहाँले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानका क्रममा यसअघिका अनुभव र अनुभूति समेत साट्नुभयो । उहाँले मध्यपहाडी लोकमार्ग अभियान जनतासँगको प्रत्यक्ष संवादको अवसर बनेको उल्लेख गर्दै भन्नुभयो, “मध्यपहाडी लोकमार्गको अभियान बैतडीबाट सुरु गर्दा लम्जुङ आइपुग्दा तराई–मधेस र स्थगित अभियानमा जस्तो सहभागिता नहोला भन्ने लागेको थियो । तर यहाँको विशाल जनसहभागिताले उत्साहित बनाएको छ ।” अध्यक्ष प्रचण्डले माओवादी नेतृत्वको पहिलो सरकारमा मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी मार्ग, उत्तर–दक्षिण करिडोर निर्माण र गरिब किसानको ऋण मिनाहा जस्ता महत्वपूर्ण काम गरिएको स्मरण गर्नुभयो । दोस्रो कार्यकालमा संविधान निर्माण, लोडसेडिङ अन्त्य र तराई–मधेस आन्दोलनलाई सम्बोधन गर्दै शान्ति र स्थायित्वको जग बसाइएको बताउनुभयो । तेस्रो कार्यकालमा सुशासन अभियान सञ्चालन, मिटरब्याज पीडितलाई न्याय दिने पहल, विदेशमा रहेका नेपालीलाई सामाजिक न्यायको दायरामा ल्याउने, जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रिय स्तरमा उठाउने, भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गर्ने र चीनसँग १४ वटा नाका खोल्ने जस्ता काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले जोड दिनुभयो, “हामीले देश र जनताको हितका लागि गरेका कामलाई अरूले नकार्ने प्रयास गरेका छन् । तर जनताको सचेत सहभागिताले त्यो भ्रम चिर्न सक्छ । यो अभियानले जनतालाई सत्य तथ्यमा जोड्ने र भविष्यको बाटो देखाउने विश्वास मैले लिएको छु ।” यसअघि लम्जुङको रामबजारमा अध्यक्ष प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । अभियानमार्फत जनतामाझ प्रत्यक्ष संवाद गर्दै अगाडि बढिरहेका उहाँले हरेक सम्बोधनमा जनताको अपार समर्थनले आफूलाई नयाँ ऊर्जा दिएको र अब देशको वास्तविक शक्ति माओवादी केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

माओवादी केन्द्रको 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' सुरु

पोखरा । नेकपा (माओवादी केन्द्र)को 'जनतासँग माओवादी:'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान'  पुनः सुरु भएको छ । यसअघि बैतडीको पाटनबाट सुरु भएको अभियान पोखरा पुगेर स्थगित भएको थियो ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रूपा गाउँपालिका–१ स्यास्त्रीस्थित शहीद पार्कमा शहीद चन्द्रप्रसाद खनालको सालिकमा माल्यार्पण गर्दै अभियानलाई पुनः आरम्भ गर्नु भएको हो ।  शिक्षकसमेत रहेका खनाललाई २०५८ सालमा तत्कालीन राज्य पक्षले हत्या गरेको थियो भने उहाँका जेठो छोरा प्रदीप खनाल २०६० सालमा बेपत्ता हुनु भएको थियो ।  माल्यार्पण कार्यक्रममा शहीद खनालकी श्रीमती राधिका खनाल पनि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै उपस्थित हुनुहुन्थ्यो ।  जनयुद्धका क्रममा रूपा गाउँपालिकाबाट सात जना शहीद र एक जना बेपत्ता भएका थिए।  अभियानको सुरुवात गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धलाई महान् क्रान्ति भन्दै शहीदको त्याग र तपस्याकै परिणामस्वरूप गणतन्त्र र संविधान प्राप्त भएको बताउनु भयो। उहाँले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्न खोजे पनि तेस्रो कार्यकालमा मात्र त्यो सम्भव भएको स्मरण गर्नुभयो ।  सत्य निरूपण तथा मेलमिलाप आयोगले न्यायका लागि काम गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले पार्टी रूपान्तरणसँगै जनतासँगको सम्बन्ध सुदृढ गर्न हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानलाई अघि बढाइरहेको बताउनु भयो। हुलाकी राजमार्ग केन्द्रित अभियान सफलतापूर्वक सम्पन्न गरेको माओवादी केन्द्रले मध्यपहाडी अभियान अन्तर्गत बिभिन्न जिल्लाहरुमा जनतासँग अन्तक्र्रिया, शहीदहरुहरुको सम्मान, नागरिक समाजसँग छलफल लगायतका कार्यक्रम सञ्चालन गरेको थियो ।   अभियानका लागि पार्टीका पदाधिकारीहरु आज नै पोखरा पुगेका थिए । कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्दै छन् ।  साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।  गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ । 

यो सरकार हिजो बिचौलियाको डरले बनेको, आज पनि डरले बचेको हो : अध्यक्ष प्रचण्ड

पोखरा । नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी–व्यवसायीको भूमिका” विषयक प्रशिक्षण तथा महासंघ सचिवालयको दशौं र केन्द्रीय समितिको आठौं बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको दिशामा उद्योगी–व्यवसायीको योगदान अपरिहार्य रहेको बताउनुभयो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी अध्यक्ष प्रचण्डले दलाल पुँजीवाद र बिचौलियावादको आलोचना गर्दै कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारबारे कडा टिप्पणी गर्नुभयो। उहाँले स्पष्ट शब्दमा भन्नुभयो, “कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।” अध्यक्ष प्रचण्डले नेपाल उद्योग व्यापार महासंघले छोटो समयमै देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै भन्नुभयो, “२०६४ मा स्थापना भएको संस्था आज देशभर प्रभावशाली ढंगले काम गरिरहेको छ। म महासंघको गतिलाई उच्च मूल्याङ्कन गर्छु।” उहाँले महासंघका पदाधिकारीहरू सक्षम, जिम्मेवार र देशको उद्योग–व्यापार विकासमा योगदान पुर्याउने समूह भएको उल्लेख गर्दै अझ अध्ययन र लगनशीलता जरुरी रहेको धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भन्नुभयो, “हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।” उहाँले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताउनुभयो। सरकारमा रहेको दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, “क्रोनी क्यापिटलिजम र दलाल पुँजीवादको प्रतिनिधित्व अहिले कांग्रेस र एमालेले गरिरहेका छन्। हामी त्यसको वैकल्पिक शक्ति हौं।” माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै उहाँले थप्नुभयो, “हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।” सहकारी क्षेत्रमा ठगी गर्नेहरूप्रति संकेत गर्दै प्रचण्डले सहकारी क्षेत्रमा लागेका कांग्रेस–एमालेका नेताहरू नै समस्याको जड भएको आरोप लगाउनुभयो। “हामीले शक्तिशाली प्राधिकरणमार्फत ठगहरूलाई कारबाही गर्न खोज्यौं, तर सरकार ढालियो। त्यसैले त्यो काम अघि बढ्न सकेन,” उहाँले भन्नुभयो। संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको प्रचण्डले उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले सबै उद्देश्य प्राप्त नगरे पनि बाध्यात्मक सम्झौतामार्फत ऐतिहासिक उपलब्धि हासिल गरेका छौं।” उहाँले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, “उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।” पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताउनुभयो। उहाँले भन्नुभयो, “नपत्याउने गरी जनमत बढिरहेको छ। नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं। जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।” कार्यक्रमको विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप प्रदान गर्नुभयो। कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष खिमलाल भण्डारीले गर्नुभयो। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की र गण्डकी प्रदेशका नेताहरूको सहभागिता रहेको थियो।

'जनतासँग माओवादी अभियान'का लागि अध्यक्ष प्रचण्डसहितका पदाधिकारी पोखरामा

पोखरा । नेकपा (माओवादी केन्द्र)ले थालेको "जनतासँग माओवादी: मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान" आजदेखि फेरि सुरु हुँदैछ । पोखरासम्म आएर पहिलो चरण सकिएको अभियान आज फेरि पोखराबाटै सुरु हुन लागेको छ ।  अभियानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड"सहितका नेताहरु पोखरा पुग्नु भएको छ । दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्क अवलोकन गरेर अभियानको सुरुवात हुनेछ ।  कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्ने तालिका छ ।  साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।  गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।   

एमाले विधान महाधिवेशन: ओली र थापाबीच भनाभन, फरक मत प्रस्तुत गर्न रोके ओलीले

ललितपुर । ललितपुरको गोदावरीमा जारी नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटी सदस्य कर्णबहादुर थापाबीच तनाव देखिएको छ। महाधिवेशनको दोस्रो दिन थापाले बन्दसत्रमा आफ्नो फरक मत प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले उनलाई रोकेका छन्। महाधिवेशनमा सहभागी एक नेताका अनुसार, थापाले आफ्नो फरक मत राख्न करिब आधा घण्टासम्म उभिएर अनुरोध गरे पनि ओलीले उनलाई बोल्न दिएनन्। ओलीले बिहीबार राति १२ बजेदेखि ३ बजेसम्म थापासँग तीन घण्टा छलफल भएको र फरक मत प्रस्तुत नगर्ने सहमति भएको दाबी गरे। “अस्ति राति कर्ण थापा र मबीच तीन घण्टा छलफल भयो। फरक मत नलाने र समूहगत छलफलमा टिपोट लाने सहमति भएको हो। यहाँ बोल्न आवश्यक छैन,” ओलीलाई उद्धृत गर्दै ती नेताले भने। तर, थापाले ओलीको दाबीप्रति असहमति जनाउँदै आधा घण्टासम्म उभिएर बोल्न पाउनुपर्ने अडान राखे। “बोल्न दिनुपर्छ, मैले मेरो कुरा राख्न पाउनुपर्छ,” थापाले भने पनि उनलाई अवसर दिइएन। अन्ततः थापाले आफ्नो फरक मत लिखित रूपमा महाधिवेशन प्रतिनिधिहरूलाई हातहातमा वितरण गरे। थापाले बिहीबारको एमाले सचिवालय बैठकमा दर्ता गराएको ३२ पृष्ठको फरक मतमा पूर्वराष्ट्रपति एवम् पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नरोक्न जोडदार माग गरेका छन्। उनले भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको र २०६२ असार १४ मा अध्यक्ष ओलीले नै उनको सदस्यता पुनःस्थापित भएको सार्वजनिक रूपमा घोषणा गरेको दाबी गरेका छन्। थापाले आफ्नो फरक मतमा लेखेका छन्, “पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्षका रूपमा सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गर्नुभएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन। यो प्रत्युत्पादक हुन सक्छ। विधानबमोजिम नवीकरण भइसकेको उनको सदस्यता स्वीकार गरी ससम्मान पार्टीको जिम्मेवारी दिनुपर्छ।” उनले भण्डारीलाई रोक्ने निर्णय पार्टीको लोकतान्त्रिक अभ्यास, विश्वव्यापी लोकतान्त्रिक मान्यता र नेपालको संविधानविपरीत भएको जिकिर गरेका छन्। सचिवालय बैठकमा थापालाई महाधिवेशनमा फरक मत प्रस्तुत गर्ने अनुमति दिने भनिए पनि ओलीले अन्तिम समयमा रोक लगाएका हुन्। थापाको फरक मतलाई लिएर महाधिवेशनमा देखिएको यो तनावले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएको छ। थापाले लिखित रूपमा वितरण गरेको फरक मतले भण्डारीको सदस्यता र राजनीतिक भूमिकाको विषयलाई थप बहसको केन्द्रमा ल्याएको छ। यो घटनाले एमालेको विधान महाधिवेशनमा वैचारिक र नेतृत्वसम्बन्धी मतभेदलाई सतहमा ल्याएको छ।

इन्द्रजात्रामा अध्यक्ष प्रचण्डको शुभकामना: “सांस्कृतिक पर्वले सामाजिक एकता र समृद्धिलाई बलियो बनाओस्”

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं उपत्यकामा हर्षोल्लासका साथ मनाइने ऐतिहासिक एवम् सांस्कृतिक पर्व इन्द्रजात्राको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नु भएको छ । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “काठमाडौं उपत्यकामा विशेष हर्षोल्लासका साथ मनाइने ऐतिहासिक र सांस्कृतिक पर्व इन्द्रजात्राको पावन अवसरमा सम्पूर्ण नेवार समुदायसहित देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।” अध्यक्ष प्रचण्डले इन्द्रजात्रालाई नेवार समुदायको मौलिक संस्कृति, पहिचान र आत्मसम्मानको जीवन्त प्रतीकका रूपमा उल्लेख गर्नुभयो। “इन्द्रजात्रा नेवार समुदायको मौलिक संस्कृति, पहिचान र आत्मसम्मानको जीवन्त प्रतीक हो। यो पर्वले हाम्रो गौरवशाली इतिहास, सामाजिक सद्भाव र सांस्कृतिक धरोहरलाई जीवित राख्दै आगामी पुस्तालाई हस्तान्तरण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उहाँले भन्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, सामाजिक न्याय, समानता र समृद्धिको यात्रामा हाम्रा यस्ता सांस्कृतिक पर्वहरूले महत्त्वपूर्ण आधार प्रदान गर्छन्। यस अवसरमा हाम्रा सांस्कृतिक गौरव, सामाजिक एकता र समृद्ध भविष्यप्रतिको संकल्पलाई थप बलियो बनाउने प्रण गरौं।” इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो, जुन भाद्र शुक्ल चतुर्दशीमा विशेष उत्साहका साथ मनाइन्छ। यो पर्वमा जीवित देवी–देवताका रूपमा पूजित श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा, विभिन्न नाचगान र धार्मिक अनुष्ठानहरू आयोजना गरिन्छ। अध्यक्ष प्रचण्डले शुभकामना सन्देशमा भन्नुभयो, “सबैमा सुख, शान्ति, समृद्धि र आपसी सद्भावको हार्दिक कामना।”

जनतासँग माओवादी: 'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि  (तालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको 'जनतासँग माओवादी:'मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान' आजदेखि फेरि सुरु हुँदैछ । पोखरासम्म आएर पहिलो चरण सकिएको अभियान आज फेरि पोखराबाटै सुरु हुन लागेको माओवादी केन्द्रले जनाएको छ ।  अभियानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहितका नेताहरु पोखरा पुग्नेक्रममा रहेको महासचिव देव गुरुङले एभरेष्ट दैनिकलाई जानकारी दिनुभयो । दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्क अवलोकन गरेर अभियानको सुरुवात हुनेछ ।  कास्कीको कार्यक्रम सकेर नेताहरु लमजुङ बासबस्नका लागि प्रस्थान गर्ने तालिका छ ।  साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने गरी कार्यतालिका तयार गरिएको छ ।  गण्डकी प्रदेशको गोरखासम्मको तालिका तयार भएको छ । त्यसपछि बाँकी जिल्लाको तालिका पछि तयार हुनेछ । कार्यक्रम अन्तरगत सबै जिल्लामा सार्वजनिक संवाद, अन्तरक्रिया र प्रशिक्षणलगायतका कार्यक्रम तय गरिएको छ ।  हेर्नुस् तालिका    

एमाले नेताको गाडीले ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा बालिका घाइते

ललितपुर । नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम रानाको गाडीले एक बालिकालाई ठक्कर दिँदा ललितपुरको हरिसिद्धिमा तनाव उत्पन्न भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले हरिसिद्धि सडक अवरुद्ध पारेका छन्। हरिसिद्धिको उकालोमा भएको उक्त दुर्घटनामा घाइते बालिकालाई तत्काल उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको प्रहरीले जनाएको छ। बालकको स्वास्थ्य अवस्थाबारे थप जानकारी आउन बाँकी छ। दुर्घटनापछि स्थानीय बासिन्दाले सडक जाम गरी विरोध जनाएका छन्, जसका कारण एमालेको दोस्रो विधान महाधिवेशन स्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा आवागमनमा ठूलो असर परेको छ। प्रहरीले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। स्थानीयको आक्रोश र सडक अवरोधका कारण तनाव कायम रहेको छ। स्थानीयले दोषीमाथि कारबाही र घाइते बालकको उचित उपचारको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले यस्ता घटनामा जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।

मनसुनी प्रभाव: पहाड र तराईमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको र यसले देशका विभिन्न भागमा वर्षा गराइरहेको महाशाखाको भनाइ छ । शनिबार बिहानको वर्षा शनिबार बिहान कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भएको छ । महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा काठमाडौंको चन्द्रागिरिमा १२ मिलिमिटर, सिन्धुपाल्चोकको ढुंगेमा ८.६ मिलिमिटर र नुवाकोटको ककनीमा ७.४ मिलिमिटर वर्षा मापन भएको छ । दिउँसोको मौसम पूर्वानुमान शनिबार दिउँसो देशभर सामान्यतया बदली रहने सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातिको मौसम राति कोशी प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली हुने अनुमान छ । पहाडी क्षेत्रका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । भारी वर्षाको सम्भावना नरहेको महाशाखाका अनुसार शनिबार दिउँसो र राति कुनै पनि क्षेत्रमा भारी वर्षाको सम्भावना छैन । तथापि, मध्यम वर्षाले प्रभावित क्षेत्रमा सतर्कता अपनाउन स्थानीय बासिन्दालाई सुझाव दिइएको छ । सतर्क रहन आग्रह मनसुनी वर्षाका कारण नदी, खोला र खहरेमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिम क्षेत्रमा बस्नेहरूलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै, यात्रा र दैनिक कार्यमा मौसमको अवस्थालाई ध्यान दिन आग्रह गरिएको छ ।

जलवायु संकट श्रमजीवी वर्गको साझा मुद्दा हो, माओवादी केन्द्रले नेतृत्व गर्नुपर्छ  : अध्यक्ष प्रचण्ड

काठमाडौं —नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त संकटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताउनुभएको छ। उहाँले जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता समेत औँल्याउनु भएको छ । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गर्नुभयो।अध्यक्ष प्रचण्डले भन्नुभयो, “आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ। यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो हुँदै जानेछ।” अध्यक्ष प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भन्नुभयो, “हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भिर ढंग्गले उठाउँदै आएका छौं।” उहाँले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भैरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सहि उदेश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताउनुभयो । सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको उहाँले बताउनुभयो । वन र प्राकृतिक स्रोत साधानको व्यवस्थापनमा पछिल्लो समय भएको (एनजिओकरण र आईएनजिओकरण) प्रति उहाँले गम्भीर आपत्ति जनाउनुभयो। उहाँले भन्नुभयो, “सरकार र समुदायबीचको सहकार्यमा आधारित वन व्यवस्थापन मोडल बिग्रँदै गएको छ। माओवादी केन्द्रले अब फेरि यसमा स्पष्ट र निष्ठापूर्ण नेतृत्व लिनु आवश्यक छ।”उहाँले थप भन्नुभयो, “हामीले संरक्षण मात्र होइन, समुदायद्वारा उपभोगको अवधारणा अघि सारेका सार्न आवश्यक छ ।” कार्यक्रममा तयार पारिएको अवधारणापत्रप्रति प्रशंसा व्यक्त गर्दै अध्यक्ष प्रचण्डले यो केवल पार्टीको दस्तावेज मात्र नभई अन्तर्राष्ट्रिय हस्तक्षेप र संवादको महत्वपूर्ण दस्तावेज बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “माओवादी केन्द्रको वन तथा जलवायु विभागमा अनुभव सम्पन्न साथीहरूको सक्रियताले तयार गरिएको यो दस्तावेजले अब अन्तर्राष्ट्रिय तहमा पनि प्रभाव पार्नेछ।” उहाँले मार्क्सवादी विचारधाराको सन्दर्भ उठाउँदै लेनिनको भनाइ उद्धृत गर्दै भन्नुभयो, “मार्क्सवाद कुनै डग्मा होइन। प्रकृति र मानव समाजमा भइरहेका परिर्वतनलाई आत्मसात् गर्दै अगाडि बढ्नु पर्छ भन्ने वैज्ञानिक मान्यता हो। अहिले जलवायु संकट पनि त्यस्तै परिवर्तन हो, जसको समाधान सैद्धान्तिक र व्यावहारिक रूपमा हामीले खोज्नुपर्छ।” कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा विभागका इन्चार्ज शक्ति बहादुर बस्नेत, पूर्वमन्त्रीहरू, सबै प्रदेशका नेताहरू तथा विज्ञहरूको समेत उपस्थिति थियो। कार्यक्रमको अध्यक्षता विभाग अध्यक्ष माधव सापकोटा ‘सुबोध’ले गर्नुभएको थियो।

सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं। नेपाल सरकारले सामाजिक सञ्जालहरूमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार दायर गरेको रिटमा सरकारको उक्त निर्णयलाई गैरसंवैधानिक र स्वेच्छाचारी भन्दै खारेजीको माग गरिएको छ। रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सामाजिक सञ्जालहरू सूचीकरण गर्न भदौ ९ गतेसम्म सात दिनको म्याद दिएको थियो। म्यादभित्र सूचीकरण नभएपछि बिहीबार रातिदेखि फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो। नेपाल दूरसञ्चार प्राधिकरणमार्फत इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई यी सञ्जालहरू निष्क्रिय गर्न निर्देशन दिइएको छ, र केही कम्पनीहरूले आंशिक रूपमा प्रतिबन्ध लागू गरिसकेका छन्। वरिष्ठ अधिवक्ता त्रिपाठीले रिटमार्फत सरकारको यो कदमलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकमाथिको ठाडो हस्तक्षेप भएको दाबी गरेका छन्। रिटमा नेपालको संविधानको धारा १७(२)(क), धारा १९ र धारा २७ लाई आधार बनाउँदै यी हकहरू प्रत्याभूत भएको र यसमाथि प्रतिबन्ध लगाउन नमिल्ने जिकिर गरिएको छ। “नागरिकको आवाज बन्द गर्न सरकारले यो निर्णय गरेको छ। यो प्रथम दृष्टिमै गैरकानुनी र गैरसंवैधानिक छ,” त्रिपाठीले रिटमा उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल नियमनका लागि ऐन बनाउन सकिने भए पनि निर्देशिकाको भरमा सिधै बन्द गर्नु संविधानको उल्लंघन भएको तर्क गरेका छन्। “लोकतान्त्रिक राज्यमा नागरिकको अभिव्यक्तिको माध्यमलाई यसरी अवरुद्ध गर्नु चरम स्वेच्छाचारिता हो,” रिटमा भनिएको छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई विपक्षी बनाइएको छ। त्रिपाठीले सामाजिक सञ्जाललाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न आदेश माग गरेका छन्। साथै, प्रतिबन्धसम्बन्धी सबै निर्णय र पत्राचार कार्यान्वयन नगर्न प्रतिषेधको आदेश माग गरिएको छ। त्रिपाठीले सामाजिक सञ्जालको दुरुपयोग रोक्न व्यक्तिगत जवाफदेही बनाउनुपर्नेमा जोड दिएका छन्। “घरमा मुसा पस्यो भन्दैमा घरमा आगो लगाउनुहुँदैन। दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्छ, सञ्जाल नै बन्द गर्नुहुँदैन,” उनको भनाइ छ। उनले सामाजिक सञ्जाल नियमनका लागि विज्ञसहितको कार्यदल गठन गरी सिफारिसबमोजिम कदम चाल्न सुझाएका छन्। सरकारले सामाजिक सञ्जाललाई जवाफदेही बनाउन भन्दै सूचीकरणको नीति ल्याएको थियो। तर, मेटा, अल्फाबेट, एक्सजस्ता ठूला कम्पनीहरूले सूचीकरणमा चासो नदेखाएपछि सरकारले सिधै प्रतिबन्धको बाटो रोजेको हो। यो निर्णयले नागरिक स्वतन्त्रता र डिजिटल अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै त्रिपाठीले यसलाई बदनीयतपूर्ण र स्वेच्छाचारी भनेका छन्। सर्वोच्च अदालतले रिट दर्तापछि प्रारम्भिक सुनुवाइका लागि मिति तोक्नेछ। यो मुद्दाले सरकारको सामाजिक सञ्जाल नीति र संवैधानिक हकहरूको संरक्षणमा महत्त्वपूर्ण बहस सिर्जना गर्ने अपेक्षा गरिएको छ। सामाजिक सञ्जालमा पनि यो निर्णयको विरोधमा तीव्र आवाज उठिरहेको छ, र सर्वोच्चको फैसलाले यो विवादको दिशा निर्धारण गर्नेछ।

माओवादी केन्द्रको आक्रामक हस्तक्षेप बिना खेल क्षेत्रको विकास सम्भव छैन : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले खेलकुद क्षेत्रको समग्र विकासका लागि माओवादी केन्द्र र त्यस अनुगामी संगठन अखिल नेपाल खेलकुद महासंघले आक्रामक ढंगले हस्तक्षेप गर्न आवश्यक रहेको बताउनुभएको छ। अखिल नेपाल खेलकुद महासंघको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेल क्षेत्रको रूपान्तरण पार्टीको प्रभावकारी हस्तक्षेप बिना सम्भव नरहेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, "अखिल नेपाल खेलकुद महासंघको हस्तक्षेप बिना, हाम्रो एकता र गति बिना यो क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव छैन।" विगतमा माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय तथा परिषद् रहेका बेला खेल क्षेत्रमा गुणात्मक सुधार देखिएको उदाहरण प्रस्तुत गर्दै उहाँले हालको सरकार खेलकुद विकासप्रति उदासीन रहेको आरोप लगाउनुभयो। वर्तमान सरकारले पूर्वनिर्धारित राष्ट्रिय खेलकुद कार्यक्रमहरूलाई राजनीतिक पूर्वाग्रहका आधारमा अवरुद्ध गर्दै आएको पनि उहाँको आरोप थियो। अध्यक्ष प्रचण्डले खेलकुद क्षेत्रमा लगानी, जीवनको ग्यारेन्टी, र पेशागत वातावरण तयार गरिएमा यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउन सक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, "राज्यले ध्यान दिने हो भने नेपाली युवाले विश्व रेकर्ड बनाउन सक्छन्।" क्रिकेट रंगशालाहरूको निर्माण तथा तिनीहरूलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने निर्णय माओवादी नेतृत्वको सरकारले गरेको उल्लेख गर्दै उहाँले जबजब माओवादी केन्द्रले खेलकुद मन्त्रालय सम्हाल्ने मौका पायो, तबतब खेल क्षेत्र र पूर्वाधारको विकासमा उल्लेखनीय प्रगति भएको बताउनुभयो। उहाँले भन्नुभयो, "जतिजति बेला माओवादी केन्द्रको नेतृत्वमा खेलकुद मन्त्रालय र परिषद् हुन्छ, त्यतिबेला खेल क्षेत्रमा गुणात्मक प्रगति भएको पाइन्छ। त्यसकारण, यस क्षेत्रको प्रगतिका लागि पार्टीको हिसाबले माओवादी केन्द्र र संगठनको हिसाबले अखिल नेपाल खेलकुद महासंघले मिहिनेत र हस्तक्षेप गर्नुपर्ने अवस्था छ। म आयोजक कमरेडहरूलाई यसका लागि आग्रह गर्दछु।" सम्मेलनमा अध्यक्ष प्रचण्डले अखिल नेपाल खेलकुद महासंघलाई जनताको खेल र रूपान्तरणको अभियानको रूपमा अगाडि बढाएकोमा खुसी व्यक्त गर्नुभयो। साथै, उहाँले खेल क्षेत्रको समृद्धिका लागि सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै महासंघलाई उत्कृष्ट खेलाडीहरूको संगठनका रूपमा स्थापित भएकोमा बधाई समेत दिनुभयो।

गणतन्त्रको पक्षमा भूमिका खेल्ने सबै नागरिकलाई माओवादी केन्द्रले सम्मान गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आगामी संविधान दिवसका अवसरमा गणतन्त्र र संविधान प्राप्तिका लागि उल्लेखनीय भूमिका निर्वाह गर्ने नेपाली नागरिकहरूलाई गाउँ टोलमै पुगेर केन्द्रीय समितिले तयार गरेको सम्मान पत्र प्रदान गरि सम्मान गर्ने निर्णय गरेको छ । पार्टीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो, जसले जनयुद्ध, जनआन्दोलन तथा अन्य परिवर्तनकारी आन्दोलनहरूमा योगदान दिएकाहरूको भूमिकालाई उच्च कदर गर्ने उद्देश्य राखेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को यो प्रस्तावलाई बिहीबार बसेको पदाधिकारी बैठकले अनुमोदन गरेको हो । बैठकमा अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनमार्फत गणतन्त्र स्थापना गर्न योगदान दिएकाहरूको सम्मान गर्नुपर्ने आवश्यकता औंल्याउँदै केन्द्रीय तहदेखि वडा तहसम्म सम्मान कार्यक्रम आयोजना गर्ने बताउनु भएको थियो ।  यसलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ । नेकपा (माओवादी केन्द्र) का अनुसार, यो सम्मान कार्यक्रम पार्टीका सबै तहका कमिटीहरूले सञ्चालन गर्नेछन् । यसमा केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, गाउँपालिका कमिटी तथा वडा कमिटीहरू समावेश छन् । सम्मानका लागि छनोट हुने व्यक्तिहरूमा जनयुद्धका सहिद परिवार, घाइते योद्धाहरू, आन्दोलनकारीहरू तथा गणतन्त्र प्राप्तिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान दिएकाहरू पर्न सक्नेछन् । पार्टीले यसलाई गणतन्त्रको रक्षा र संविधानको कार्यान्वयनलाई मजबुत बनाउने अवसरका रूपमा हेरेको छ । नेपालमा संविधान दिवस हरेक वर्ष असोज ३ गते मनाइन्छ, जुन दिन २०७२ सालमा नेपालको संविधान जारी भएको थियो । यो दिवसलाई गणतन्त्र दिवससँग जोडेर हेर्ने गरिन्छ, किनकि २०६२/६३ को जनआन्दोलन र त्यसअघिको जनयुद्धले राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गरेको थियो ।  नेकपा (माओवादी केन्द्र) यी आन्दोलनहरूको नेतृत्वकर्ताका रूपमा रहेको थियो । यस निर्णयलाई पार्टीले आफ्नो इतिहास र योगदानलाई स्मरण गर्ने माध्यम बनाएको छ । सम्मान कार्यक्रममा पार्टी केन्द्रीय समितिले तयार पारेको प्रमाणपत्र वितरण गरिने छ । सोही क्रममा सांस्कृतिक कार्यक्रम तथा आन्दोलनका कथा-व्यथाहरू साटासाट गर्ने योजना छ । यसले युवा पुस्तालाई गणतन्त्रको महत्व बुझाउने र पार्टीको आधार मजबुत बनाउने अपेक्षा गरिएको छ । यसअघि पनि माओवादी केन्द्रले विभिन्न अवसरमा सहिद तथा योद्धाहरूलाई सम्मान गर्दै आएको छ, तर यो पटकको निर्णयलाई व्यापक र तल्लो तहसम्म विस्तार गरिएको छ । अध्यक्ष प्रचण्डले बैठकमा बोल्दै भन्नुभएको थियो, "जनयुद्ध र जनआन्दोलनले नै नेपाललाई गणतन्त्रमा ल्याएको हो । यसमा योगदान दिनेहरूको सम्मान गर्नु हाम्रो दायित्व हो । यसले हामीलाई थप ऊर्जा दिनेछ ।" पार्टीले यो निर्णयलाई कार्यान्वयन गर्नका लागि सबै कमिटीहरूलाई निर्देशन दिइसकेको छ । संविधान दिवस नजिकिँदै गर्दा यो सम्मान कार्यक्रमले पार्टीको सक्रियता बढाउने र कार्यकर्ताहरूमा उत्साह भर्ने विश्वास गरिएको छ ।

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको कदम संविधानविरुद्ध: अध्यक्ष प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय संविधानविरोधी, अलोकतान्त्रिक र जनविरोधी भएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सरकारको उक्त कदमले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको ठाडो उल्लङ्घन गरेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभएको छ, “वर्तमान सरकारले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध गरिएको आलोचना दबाउन निरन्तर मुद्दा लगाउने, आफ्नालाई जोगाउने तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई निरन्तरता दिएको छ। सामाजिक सञ्जाल बन्द गर्ने यो निर्णय संविधानविरोधी मात्र नभई सर्वोच्च अदालतले सामाजिक सञ्जाल प्रकाशन र प्रसारणसम्बन्धी कानूनी व्यवस्था गर्न दिएको आदेशको अपव्याख्या समेत हो।” प्रचण्डले यो निर्णयले वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्क तथा सञ्चारलाई जटिल र असहज बनाएको बताउनुभयो। उहाँले थप्नुभयो, “यसले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता मात्र होइन, देशको अर्थतन्त्रलाई टेवा दिइरहेका वैदेशिक रोजगारीमा रहेका श्रमिक र उनका परिवारबीचको सम्पर्कलाई समेत प्रभावित गरेको छ।” उहाँले आफ्नो पार्टी सामाजिक सञ्जालको नियन्त्रण होइन, उचित नियमनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। “संसदमा विचाराधीन विधेयकलाई सरोकारवालाको सहभागिता र अपनत्व हुने गरी अघि बढाउनुको सट्टा कार्यकारी आदेशमार्फत सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ,” उहाँले भन्नुभयो। अध्यक्ष प्रचण्डले संविधान प्रदत्त अधिकारको प्रत्याभूति, अभिव्यक्ति स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उक्त निर्णय तत्काल खारेज गर्न जोडदार माग गर्नुभएको छ।