एन्फामा विशेष साधारणसभा : अविश्वासको प्रस्ताव सामना गर्दै अध्यक्ष नेम्वाङ

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हेटौँडामा हुँदै छ । बिहान ८ बजे हेटौँडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने छ।

उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

एमालेले थप गर्यो जिल्ला अधिवेशनको समय

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको जिल्ला अधिवेशन मिति थप गरेको छ । माघ महिनामा सम्पन्न गर्ने भनिएका जिल्ला अधिवेशनका लागि चार महिना समय थप भएको छ । पार्टीको बुधबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । निर्णयबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले जेठ मसातसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । यस्तै, बैठकले मंसिर ६ गते केन्द्रीय कमिटी बैठक काठमाडौंमा बस्ने निर्णय गरेको जानकारी दिए ।

भूकम्पीडितलाई राष्ट्रपतिले एक महिनाको तलब दिने

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलब बराबरको रकम दिने भएका छन् । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले सो रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले मङ्गलबार भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुमको निरीक्षण गर्नुका साथै अस्पतालमा उपचाररत बिरामीको स्वास्थ्यबारे जानकारी लिएका थिए । साथै, राष्ट्रपतिले भूकम्पमा परी घाइते भएका जाजरकोट नलगाड गाउँपालिकाका वीरबहादुर पुनलाई थप उपचारका लागि आफू चढ़ेको जहाज़मा सुर्खेतबाट सँगै काठमाडौँ ल्याएका थिए ।

राज्यव्यवस्था समितिका पदाधिकारी आफ्नै खर्चमा भूकम्पप्रभावित क्षेत्रमा

काठमाडौं । पीडितले राहत नपाएको गुनासो आएपछि संसद्को राज्यव्यवस्था समितिका पदाधिकारी भूकम्पप्रभावित क्षेत्र प्रस्थान गरेका छन् । समितिका ११ सदस्य राहत वितरणको अवस्था बुझ्न भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिमका लागि प्रस्थान गरेको जनाइएको छ । सबै सदस्य आफ्नै खर्चमा जाने र भ्रमणले राज्यसंयन्त्रका कुनै पनि कामकारवाही प्रभावित नहुने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । समितिले भूकम्प पीडितको अवस्था र राहत वितरणबारे बुझेर फर्किएपछि समितिको बैठकबाट सरकारलाई आवश्यक निर्देशन दिने उनले बताए । जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र भएर गत शुक्रबार ६।४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको थियो ।

भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

भरतपुर । पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी छिन् । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरूलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडौं पछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको बताइन् । ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा बताइन् । महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताइन् । खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताइन् । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिइन्। भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताइन् । भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिकशैलीकै प्रचिन ढुङ्गे निर्माण गरिएको प्रचिन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिइन् ।

भरतपुरको देवघाटमा निर्माण भने प्राचिन कलात्मक ढुङ्गे धारा, मेयर रेनुद्धारा उद्घाटन

भरतपुर । पवित्र धार्मिक तिर्थस्थल जाने बाटोमा निर्माण भएको कलात्मक ढुङ्गे धाराको औपचारिक उद्घाटन गरिएको छ । भरतपुर वडा नम्बर १ स्थित देवघाटधामको विश्राम स्थलमा निर्मित कलात्मक ढुङ्गे धारको भरतपुर महानगर प्रमुख रेनु दाहाले उद्घाटन गरेकी छिन् । देवघाटधाम आउने तिर्थालु तथा मलामीहरूलाई लक्ष्ति गरी वागमती सरकारको खानेपानी, उर्जा तथा सिँचाई मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन हेटौडाँ भरतपुर महानगरपालिकासँगको सहकार्य सो ढुङगे धारा निर्माण गरेको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले काठमाडौं पछि भरतपुरमा पहिलो पटक ढुङ्गे धारा निर्माण भएको बताइन् । ढुङ्गे धारा निर्माण स्थललाई आर्कषक र यसको संरक्षण गर्न महानगरपालिकाले आवश्यक सहयोग गर्ने पनि सो अवसरमा बताइन् । महानगर प्रमुख दाहालले देवघाट क्षेत्रको विकासका गर्न महानगरपालिकाले प्राथामिकताका साथ बजेट विनियोजन गर्दै आईरहेको उल्लेख गरिन् । उनले देवघाट क्षेत्रमा बस पार्क, सडकको स्तरोन्ती, शवदाह गृह लगायतका महत्वपूर्ण पूर्वाधार निर्माणका कार्य भईरहेको बताइन् । खानेपानी तथा सरसफाई डिभिजन हेटौँडाका प्रमुख हरेराम पौडेलका अनुसार चिसापानी मुहानबाट करिब ३ किमी भूमिगत पाईपबाट सो स्थानमा पानी ल्याईएको हो । भरतपुर महानगरपालिकाको सहकार्यमा वागमती प्रदेश सरकारले धारा निर्माणका लागि २१ लाख ५७ हजार रुपैयाँ खर्च भएको प्रमुख पौडेलले बताइन् । धारामा शुद्ध पानीको प्रबन्ध मिलाउन ट्रिटमेन्ट प्लान्ट पनि निर्माण गर्ने योजना रहेको जानकारी दिइन्। भरतपुर भ्रमण वर्ष २०२४ घोषणा भएसँगै देवघाट आउने धार्मिक पर्यटकलाई प्राचिन ढुङगे धाराको महत्वबारे थप स्पष्ट पार्ने प्रमुख दाहालले बताइन् । भरतपुरको आँपटारीदेखि देवघाट पुन्यभूमिसम्म जाने बाटोको बीचमा भक्तजन यात्रीहरु, पितृ विश्राम स्थल तथा सम्पूर्ण प्राणीजनलाई पानीको आवश्यकता पुरा गर्न मौलिकशैलीकै प्रचिन ढुङ्गे निर्माण गरिएको प्रचिन ढुङ्गे धारा, स्रोत संरक्षण खानेपानी उपभोक्ता समितिका अध्यक्ष मधु अधिकारीले जानकारी दिइन् ।

भूकम्पपीडितका लागि प्राधिकरणले दियो एक करोडको चेक

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले दिए । जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी छ । रासस

रवि लामिछानेले दिए प्रधानमन्त्रीलाई सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् । भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किएपछि लामिछानेले राहत व्यवस्थापन र वितरण, पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई १४ सुझाव दिएका हुन् । उनले भूकम्प प्रभावित क्षेत्रमा पठाइएका त्रिपालको गुणस्तर राम्रो नभएकाले गुणस्तरीयताको मापन गरी पठाउन आग्रह गरेका छन् । सरकार छ भन्ने अनुभूति जनतालाई दिलाउन उनको आग्रह छ । त्यस्तै, राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको भन्दै त्यसमा सरकारको ध्यानकर्षण गराएका छन् ।

पर्यटन मन्त्रालय अन्तर्गतका विभिन्न संघसंस्थाहरुबाट ४ करोड बढी प्रधानमन्त्री राहत कोषमा सहयोग

काठमाडौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संघ संस्थाहरूले ४ करोड भन्दाबढी रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गरेका छन् । आज बिहान बालुवाटारमा पर्यटन मन्त्री सुदन किरातीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटी सहयोग रकम हस्तान्तरण गरेका हुन् । यसरी सहयोग गर्नेहरुमा नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगम, पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष, नेपाल पर्वतारोहण संघ, लुम्बिनी विकास कोष रहेका छन् । त्यसैगरि गोरखा ब्रअरी प्रा.लि.ले पनि राहत कोषमा १ करोड सहयोग गरेको छ ।

अमेरिका घुमेर स्वदेश फर्किए राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको १२ दिन घुमघाम गरी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन् । अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) को निमन्त्रणामा अमेरिकाको विभिन्न राज्यमा भएका विविध कार्यक्रममा सहभागी भएका थिए । भ्रमणको क्रममा अध्यक्ष लिङ्देनद्वारा टेक्ससको ड्यालसमा पानस अमेरिकाको तेस्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन र सम्बोधन गरेका थिए ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेबाट सुरु हुने छ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ । एमालेले बैतडीको झुलाघाट देखि पाँचथरको चियोभंज्यांगसम्म यात्राको तयारी गरिरहेको छ ।

पहाडमा वर्षा, यी ठाउँमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खेलाडिलाई पुरस्कार रकम वितरण गर्दै प्रधानमन्त्रीले भने -‘क्रिकेट रंगशाला निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा परिणत गर्छौं’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले क्रिकेट रंगशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रंगशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताएका छन् । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रंगशाला बनाउने बताएका हुन् । प्रधानमन्त्रीले भने “सबैभन्दा पहिला तपाईहरुलाई बधाइ छ। तपाईहरुले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ। १० वर्षपछि नेपाल टी–२० मा छनोट भएको छ, विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला। कतिपय बेला जीत र हार संयोगको कुरा पनि हुन्छ। विश्वकपमा पनि तपाईहरुले राम्रो गर्नुहोला।” “क्रिकेट मैले हेर्दै आएको छु। क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ। यो टीम नेपालको बेस्ट टीम भएको महसुस गरेको छु। क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ” प्रधानमन्त्रीले भने, “यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ। खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ। खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो।” प्रधानमन्त्रीले भने “क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाउँदै छौं। भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ। यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ। क्रिकेट रंगशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गर्छौं।” “हामीले घोषणा गरेको पुरस्कार बितरणमा अलि ढिलो भयो, मलाई पनि अलि नमीठो लागेको छ।” प्रधानमन्त्रीले भने “हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरु छन्। त्यसले पनि ढिलो हुन गयो। आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ। टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै बितरण गरिनेछ।” कार्यक्रममा नेपाली क्रिकेट टीमका क्याप्टेन रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरु उत्साहित भएको बताए । क्याप्टेन पौडेलले भने, “यो महत्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौं। कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ। सरकारको पहलप्रति आभारी छौं। बाँकी रहेका कामहरु पनि छिट्टै पूरा हुने विश्वास लिएका छौं।”

भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख सहयोग गर्ने

काठमाडौं । जाजरकोटसहितका भूकम्प पीडितलाई राहत र पुनर्निर्माणमा अखिल क्रान्तिकारीले १० लाख दिने निर्णय भएको छ । मंगलबार दिउँसो क्रान्तिकारीका फ्याक्सन इन्चार्ज हिमाल शर्माको उपस्थितिमा केन्द्रीय कार्यालय बागबजारमा बसेको पदाधिकारी बैठकले उक्त रकम दिने निर्णय भएको हो । बैठकले १० लाख केन्द्रीय समिति र मातहतका समितिबाट उठाउने निर्णय गरेको हो । जसअनुसार पदाधिकारीले ५ हजार, केन्द्रीय सदस्यले तीन हजार, त्यसभन्दा तलका कमिटीले एकहजार र पाँचसय उपलब्ध गराउने निर्णय भएको इन्चार्ज शर्माले जानकारी दिए । प्राप्त रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्ने उनले बताए । ‘मंगलबार दिउँसो बसेको पदाधिकारी बैठकले पदाधिकारी, केन्द्रीय समिति र त्यसभन्दा तलका कमिटीबाट क्रमशः पाँच हजार, तीन हजार, एक हजार र पाँच सय रुपैयाँ गरी १० लाख भूकम्प पीडितलाई दिने निर्णय भएको छ । संकलित रकम एकरदुई दिनमा प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौँ’, शर्माले रातोपाटीसँग भने । यस्तै तीन जना उपाध्यक्षको कमाण्डमा राहत संकलन र स्वयम सेवक टोली गठन गरी परिचालन गरेको उनले बताए । शर्माका अनुसार पवन कार्कीको नेतृत्वमा राहत संकलन टोली बनाइएको छ । त्यसैगरी उपाध्यक्ष द्वय मदन भुल र अम्बरराज शाहीको कमाण्डमा स्वयंसेवक टोली बनाएर भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ । भुल नेतृत्वको १०० जना टोली रुकुम पश्चिम पठाइएको छ भने शाहीको टोली जाजरकोट खटिएको छ । उनीहरू एक महिनासम्म प्रभावित क्षेत्रको पुनर्निर्माण खटिने शर्माले जानकारी दिए । भूकम्पमा परी यी दुई जिल्लासहित आसपासका ८ जिल्लामा जनधनको क्षति भएको थियो । तीमध्ये जाजरकोट र रुकुम पश्चिमका १५३ जनाले ज्यान गुमाएका छन् । ३४० जना घाइते भएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठ र फ्रिडम फन्ड टोलीबीच भेटवार्ता

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा आएका विश्वका धनीहरूको संगठन फ्रिडम फन्डका पदाधिकारी तथा प्रतिनिधिबीच आज गृह मन्त्रालय, सिंहदरबारमा भेट तथा अन्तरक्रिया सम्पन्न भएको छ। भेटमा नेपाल सरकारका प्राथमिकता र फ्रिडम फन्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो। श्रमिक एवम् कामदारहरूमाथि हुने घरेलु , लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फन्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो। त्यसक्रममा टोली प्रमुख नताशा डोल्बी र प्रतिनिधिहरूले अनुचित लेनदेन (मिटरव्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागु गरेकोमा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरे । उपप्रधानमन्त्री श्रेष्ठले कृषि, हाइड्रोपावर, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मुल लक्ष्यमा वर्तमान सरकारको मुल जोड रहेको र सबै सहकार्य र सहयोगहरू त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफुहरूको भएको उनले बताए । सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गरेका थिए नेपालमा वालविवाहको दर घट्दै गएकोमा समेत उहाँहरूले खुशी व्यक्त गरे । धेरै नेपालीहरू विदेश गइरहेको र त्यसले यहाँको विकास प्राथमिकतामा पर्नसक्ने असरबारेको उनीहरूको जिज्ञासामा उपप्रधानमन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको माग पुरा गर्दा यस्तो देखिएको तर कमाउन जाने र कमाएर आउने क्रम उस्तै रहेको बताए ।

सूर्य नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई १ करोड हस्तान्तरण

काठमाडौं। सूर्य नेपाल प्रा.लीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषलाई १ करोड हस्तान्तरण गरेको छ । प्रा.लीका उपाध्यक्ष रवि केसी लागयतको टिमले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरी १ करोडको चेक हस्तान्तरण गरेको हो । जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषकामा विभिन्न निकायले नगत जम्मा गरिरहेका छन् भने सरकारले पिडितलाई राहत तथा सहयोग सरकारका निकाय मार्फत गर्ने गरी एकरुपता दिन तयारी गरेको छ ।