एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौं । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्‍याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डले जनाएको छ ।

उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको जनाइएको छ ।

आज बकर इद पर्व मनाउँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज देशभर बकर इद (इदुल जोहा) पर्व मनाउँदै छन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्दछन् । यस अवसरमा काठमाडौँको घन्टाघरस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए । मुस्लिम धर्म गुरु (मौलाना) रहमत अली ऐतिहासिक बकर इद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिइ निरन्तरता दिएको बताउँछन् । जसले यो पर्व एवं धर्मलाई पुस्तान्तर गर्न महत्वपूर्ण योगदान गर्दै हदिस नामक धर्मग्रन्थको रचना गरेका थिए । यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हजयात्रा गराउने गरेको छ । यसका लागि गृहमन्त्रालयअन्तर्गत हज समितिको सचिवालय स्थापना गरिएको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घरघरमै बकर इद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हजयात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई बलि (कुर्बानी) दिन्छन् । बकर इदको उपलक्ष्यमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकको कार्यसूचीमा ‘विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने’ विषय राखिएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार सुरु हुने प्रदेशसभाको तेस्रो अधिवेशनको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको अधिवेशन आह्वानको पत्र सभामुख बाबुराम गौतमले पढेर सुनाउने, बजेटसबन्धी अध्यादेश पेस गर्ने, मुख्यमन्त्री कार्कीले विश्वासका मतका लागि प्रस्ताव राख्नेलगायत छन् । बिहीबारै बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीको अन्तिम टुंगो लगाउनेछ । एमालेबाट निर्वाचित मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने समीकरण प्रदेशसभामा देखिदैन । ९३ सदस्यीय प्रदेशसभामा सत्तारूढ एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ गरी ४६ जनाको मात्रै समर्थन मुख्यमन्त्री कार्कीलाई छ । प्रतिपक्षमा गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाको एक गरी ४७ जना छन् । तर सभामुखले मत बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउने भएकोले विपक्षी गठबन्धनलाई पनि बहुमत सांसदको हस्ताक्षरसहित सरकार गठनको दाबी पेस गर्न मुस्किल छ ।

राष्ट्रसंघका उपमहासचिव ल्याक्रोइक्स र प्रहरी महानिरीक्षक कुँवरबीचबीच शिष्टाचार भेट

काठमाडौँ । संयुक्त राष्ट्रसंघका शान्ति सेनाका विभाग हेर्ने उपमहासचिव जिन–पियरे ल्याक्रोइक्स र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच आज भेटवार्ता भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज भएको शिष्टाचार भेटमा उपमहासचिव ल्याक्रोइक्सले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गरे । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसङ्घको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताए । भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका विषयमा छलफल भएको थियो । कार्यक्रममा संयुक्त राष्ट्र सङ्घका नेपालस्थित आवसीय प्रतिनिधि हन्ना सिनगर हम्डी, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने सीआईबीको दावी

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणको अनुसन्धान अघि बढाएको केन्द्रिय अनुसन्धान ब्युरोले कीर्तेमा हदम्याद नलाग्ने बताएको छ । ब्युरो (सीआईबी) ले आज पत्रकार सम्मेलन गरी यस्तो स्पष्ट पारेको हो । प्रहरीले प्रकाउ परेकाहरुमाथि नयाँ मुलुकी ऐन जारी हुनु अघिकै अवस्थाको कानूनका आधारमा मुद्दा दायर हुने बताएको हो । पुरानो कानुनअनुसार मुद्दा चलाउँदा हदम्याद नलाग्ने प्रावधान रहेको प्रहरीको दावी छ । मुलुकी ऐन २०२० अनुसार सरकारी लिखित कीर्तेमा हदम्यादको व्यवस्था नभएकाले ललिता निवास प्रकरणमा हदम्याद लागू नहुने सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले पत्रकार सम्मेलनमा जानकारी गराए । उनले यो प्रकरण नयाँ मुलुकी ऐन आउनुभन्दा अघिको भएकाले अहिलेको कानून आर्कषित नहुने बताउँदै मुददा दर्ता नहुने भन्ने प्रश्न नै नआउने बताए । ‘यो मुद्दा दर्ता नगर्ने प्रश्न नै आउँदैन, हामीले धेरै नै मेहनत गरेर प्रमाण जुटाएका छौँ । मुद्दा दर्ता हुन्छ, अघि बढ्छ, हद म्यादमा पनि दुविधा हुनेछैन, जवाफ दिने यथेष्ठ प्रमाण छन्,’ बज्राचार्यले भने । ‘ललिता निवास जग्ग प्रकरणमा मंगलवार हामीले ७ जनलाई पक्राउ गरेका ति मध्ये तीन जनाले हदम्यादको विषयलाई लिएर अदालतबाट स्टेअडर ल्याएकाले उनिहरुलाई हिजो नै छाडेको छ।

प्रधानमन्त्रीको गुनासो -‘ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैंसी भन्ने विवादमा संसदको लामो समय खर्चनु राम्रो भएन’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌का कतिपय गतिविधिहरूबाट आफु सन्तुष्ट हुन नसकेको बताएका छन् । संसदमा विनियोजन विधयेकबारे उठेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले संसदमा मुख्य विषयभन्दा ससाना विषयले बढी समय लिएकोप्रति पबताएका हुन् । उनले सासंदहरुमा विकास भएको सतहि सस्ता र बजारु विषयले राजनीतिको चेहेरा प्रदुषित गराउँने तर्फ चिन्ता समेत व्यक्त गरे । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफ्नो भारत भ्रमणका क्रममा भएका उपलब्धिभन्दा पनि अन्य विषयले संसदमा समय लिएको बताएका हुन् । सार्वजनिक बहसको स्तर खस्केको भन्दै उनले चौतर्फी अविश्वास खडा गर्ने र लोकतान्त्रिक संस्थाविरुद्ध मोहभंग पैदा गर्ने प्रयास भइरहेको पनि आरोप लगाए । ‘संसदसँगै पनि मेरो गुनासो छ। भर्खरैको मेरो भारत भ्रमणमा वर्षौंदेखि रोकिएको नेपाल–भारत पारवहन सन्धि संशोधनसहित नवीकरण भयो ।’ उनले भने, ‘भारत र तेस्रो विश्वसम्म विद्युत निर्यातका लागि ऐतिहासिक ब्रेकथ्रु भएको छ । तर, हामीले यति ठूला उपलब्धिलाई छाडेर मुर्रा राँगो हो कि भैंसी भन्ने विवादमा संसदको लामो समय लियौं ।’ यस्ता घटनाबाट जनतामा पर्ने प्रभावबारे संसद गम्भीर हुन जरुरी रहेको उनले बताए ।

पत्रकार विश्वकर्मामाथि आक्रमणको प्रयासप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौं । नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाका अध्यक्ष इश्वर विश्वकर्मामाथि राजधानी दैनिकको कार्यालय परिसरमै भौतिक आक्रमणको प्रयास भएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । असार ८ गते शुक्रबार राजधानी दैनिकको कार्यालयमा भएको पूजा कार्यक्रममा सञ्चालक मध्येका एक आशिष शेरचनको अगुवाईमा अध्यक्ष विश्वकर्मामाथि विभेदपूर्ण व्यवहार गर्दै कोठाभित्र थुनेर सटर र मुल ढोकाको चाबी लगाई बन्धक बनाएर भौतिक आक्रमणको प्रयास गरिएको राजधानी प्रतिष्ठान शाखाले जनाएको छ । सो क्रममा राजधानी दैनिकमा कार्यरत रहेका महासंघ उपत्यका प्रदेश समितिका महासचिव टेनिस रोका, काठमाडौं शाखाका सचिव महेश्वर गौतम र पत्रकार निराजन पौड्याललाईसमेत धम्की दिइएको प्रतिष्ठानले जनाएको छ । महासंघ राजधानी दैनिकका सञ्चालकको अगुवाईमा भएको यो घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछ । हाल व्यवस्थापन पक्षकै कारण बन्द रहेको राजधानी दैनिकको सञ्चालकबाट भएको यो हर्कतले पत्रिकामा कार्यरत पत्रकार तथा कर्मचारीलाई सेवा सुविधा नै नदिई जबरजस्ती हटाउने उद्देश्य रहेको स्पष्ट छ । साथै, बन्द अवस्थामा रहेको पत्रिका सुचारु गरी पत्रकार तथा कर्मचारीको अधिकारको सुनिश्चतता गर्न तथा श्रमजीवी ऐनअनुसार अगाडि बढ्न तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीको सुरक्षामासमेत ध्यान दिन माग गर्दछ ।

भरतपुरको नीति तथा कार्यक्रम “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याउने लक्ष्य

चितनव । भरतपुर महानगरपालिकाले “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको छ । तेह्रौँ नगरसभामा महानगरपालिका प्रमुख रेनु दाहालद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा “भरतपुर भ्रमण वर्ष, २०२४” मा २ लाख पर्यटक भित्र्याईने लक्ष्य लिएको उल्लेख गरिएको छ । “भरतपुर भ्रमण वर्ष, २०२४” लाई भरतपुर महानगरले निजी, सामाजिक, सामुदायिक, गैर सरकारी क्षेत्र लगायत महानगरका सम्पूर्ण सरोकारवाला पक्षहरूको सहभागितामा उत्सवका रुपमा मनाउने नीति तथा कार्यक्रममा जनाईएको छ । वर्षैभरि पर्यटन प्रवर्धन अभियानका रुपमा अगाडि बढाई पर्यापर्यटन, साँस्कृतिक पर्यटन, साहसिक पर्यटन, धार्मिक पर्यटन, जल पर्यटन, माइस पर्यटन, कृषि पर्यटन, विकास पर्यटन, स्वास्थ्य पर्यटन, सहकारी पर्यटन, खेल पर्यटन र शैक्षिक पर्यटनका मध्यमबाट विदेशी २ लाख पर्यटक भित्र्याइने नीति लिएको छ । भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन निजी तथा साझेदार संघ संस्था, प्रदेश सरकार एंव संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ । पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा गरी वार्षिक कार्यक्रममा समावेश एवम् कार्यान्वयन गरिनेछ । भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी (रुपन्देहरी) स्वर्ण त्रिकोण पर्यटन प्रवर्धन कार्यक्रमलाई सफलतापूर्वक कार्यान्वयन गरिनेछ । महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास गरिनेछ ।पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।स्थानीय उपभोक्ताहरूको साझेदारीमा चौकीडाँडालाई हिल स्टेसनको रुपमा विकास गरिनेछ । भरतपुर भ्रमण वर्ष, २०२४ सन्दर्भमा नारायणी नदी किनारमा पर्यटकीय स्तम्भ निर्माण गरिनेछ। भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन महानगरका मुख्य प्रवेश मार्गमा स्थानीय कला र संस्कृति झल्कने गरी प्रवेश द्वार निर्माण गर्नुका साथै पर्यटकीय स्थलहरूको सौन्दर्यीकरण गर्ने जनाएको छ । आदिवासी जनजाति, पिछडा वर्ग आदिको भाषा, लिपि, बाजागाजा, रीतिरिवाज परम्परा संस्कृति आदिको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।विभिन्न जाति जनजातिको पहिचान झल्किने साँस्कृतिक महोत्सव आयोजना गरिनेछ । महानगरपालिकाको साँस्कृतिक सम्पदा सूचीहरूको सर्भेक्षण गरी महत्वपूर्ण सम्पदा स्थलहरूको संरक्षण गुरुयोजना तयार गरिनेछ।महानगरका परम्परागत रैथाने संस्कृतिहरू, सम्पदा र उत्पादनहरूलाई बजारीकरण गर्न आवश्यक कार्यक्रमहरू अगाडि बढाउने भएको छ । पर्यटन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई व्यवस्थित गर्न पर्यटन कार्यविधि बनाई कार्यक्रमहरू सञ्चालन गरिनेछ।

बालेनविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ । अधिवक्ता वर्षाकुमारी झाबाट दर्ता भएको उक्त मुद्दा न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुँदै छ । शुक्रबार अधिवक्ता झाले सर्वोच्चमा बालेनविरुद्द अदालतको अवहेलनाको निवेदन दर्ता गराएकी थिइन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न महानगरविरुद्ध अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेश जारी भएसँगै बालेनले सामाजिक सञ्जालमार्फत् आफूले आदेश नमान्ने बताएका थिए । “जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ, म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइनेछैन,” उनले समाजिक सञ्जालमा लेखेका थिए । उक्त अभिव्यक्तिले अदालतको अवहेलना हुने भन्दै अधिवक्ता झाले सर्वोच्चमा निवेदन दर्ता गराएकी हुन् । जसमाथि आजै प्रारम्भिक सुनुवाइ हुनेछ ।

भरतपुरको नीति तथा कार्यक्रम : पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

चितवन, १० असार । भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । महनगरपालिका प्रमुख रेनु दाहालले तेह्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि विद्यार्थी सङ्ख्या उच्च भएका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाईएको छ । महानगरको स्रोतबाट अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्ति आगामी वर्षबाट दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गरिने छ ।संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइनेछ। सबै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको वातावरण निर्माण गर्न व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइनेछ। समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई क्ष्ऋत् तालिम प्रदान गरी क्षमता विकास गरिनेछ। शैक्षिक गुणस्तर अभिवृद्धिका मापदण्ड निर्धारण गरी एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइनेछ। त्यसका लागि पहिलो वर्ष ३ वटा विद्यालयमा स्मार्ट कक्षाकोठा सञ्चालनको पाइलटिङ गरी क्रमशः सबै सामुदायिक विद्यालयमा विस्तार गरिनेछ । हाम्रो मौलिक सभ्यता, साँस्कृतिक मूल्य मान्यता र श्रमको सम्मान जस्ता विषयमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन “मौलिक र व्यवहारिक शुक्रबार“ अभियान कार्यान्वयनमा ल्याइनेछ।उक्त दिन पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ। महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइनेछ।

भरतपुरको नीति तथा कार्यक्रम: एक घर दुई रुख अनिवार्य

भरतपुर । भरतपुर महानगरपालिकाले एक घर दुई रुख अनिवार्य गरेको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले एक घर दुई रुखको नीति कडाइका साथ कार्यान्वयन गर्ने नीति महानगरले लिएको हो। महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा घर नक्साको निर्माण सम्पन्न लिन अनिवार्य रुपमा रुख रोपी संरक्षण गरेको प्रतिवेदन संलग्न गर्नुपर्ने जनाईएको छ । यस्तै एक वडा एक पार्क निर्माणको नीतिलाई निरन्तरता दिइने छ । “हाम्रो सहर, हरियाली तथा स्वच्छ शहर” अवधारणालाई अगाडि बढाई सडक, मिडियन गार्डेन, सडक आइल्याण्ड, पार्क, मनोरन्जन स्थल र खाली स्थान एवं चोकहरूमा हरियाली वातावरण सृजना गरी मनमोहक र वातावरण मैत्री महानगर बनाउन एक परियोजनाको रुपमा हरियाली प्रवर्धन कार्यक्रमको थालनी गरिनेछ । केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको बाइपास रोडलाई हरित नमुना सडकको रुपमा विकास गरिनेछ । गोन्द्राङ–पुल्चोक सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्धन गर्न ठुला हुर्किएका रुख रोपण र संरक्षण गरिनेछ। “वातावरण संरक्षण र हरियाली प्रवर्धनका लागि सबै सँगसँगै” को सामूहिक भावनाका साथ व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ वातावरण र हरियाली प्रवर्धन गर्न निजी क्षेत्र तथा व्यावसायिक संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ । वातावरणीय सन्तुलन कायम गर्न टेवा पु¥याउने गरी सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निःशुल्क रूपमा बिरुवा वितरण गरी वृक्षारोपण र संरक्षणको व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भरतपुरको नीति तथा कार्यक्रम मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गरिने

चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरुयोजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधार निर्माणमा प्राथमिकता दिएको छ । तेह्रौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाकाले मुख्य सहरी क्षेत्रमा कालोपत्रे निर्माणसँगै ढल निर्माण गर्ने नीति महानगरले लिएको हो । महानगर प्रमुख रेनु दाहालले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भरतपुर महानगरपालिकालाई समृद्ध, स्वच्छ, सफा, हरियाली युक्त र सुरक्षित महानगरका रुपमा विकास गर्न एकीकृत सहरी विकास गुरु योजना तयार गरी व्यवस्थित, सन्तुलित र दिगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिइनेछ । संघीय सरकारको लगानीमा भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा प्रशोधनसहितको ढल निकासका लागि खानेपानी तथा ढल व्यवस्थापन सम्बन्धी मेगा आयोजना यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याईने प्रमुख दाहालले बताउनुभयो । संघ र प्रदेश सरकारको सहयोग र सहाकार्यमा महानगरपालिका भित्र निर्माणाधीन रिङ रोड र लिङ्क कार्य निर्माण कार्य अगाडि बढाइनेछ र सहिद चोक, हाकिमचोक र मालपोत चोकजस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिनेछ । खाल्टाखुल्टी मुक्त महानगरको अभियानलाई निरन्तरता दिई महानगरपालिकामा निर्मित पूर्वाधारहरूको साना मर्मत सम्भार कार्यहरू तत्काल कार्यान्वयन गर्न पूर्वाधार एम्बुलेन्स सहितको प्राविधिक टिम बनाई परिचालन गरिनेछ। महानगरभित्र आवश्यक स्थानमा स्मार्ट सार्वजनिक शौचालयहरू निर्माण कार्यलाई निरन्तरता दिइनेछ। ।संघीय सरकारको सहयोगमा नारायणगढ पुल्चोकस्थित नारायणी नदीमा सिग्नेचर पुल समयमा निर्माण सम्पन्न गर्न आवश्यक समन्वय गरिनेछ। साथै भरतपुरलाई कावासोतीसँग जोड्न वडा नं। २६ को घोसरघाटस्थित नारायणी नदीमा र माडीसँग जोड्न वडा नं। २४ को ध्रुवघाटस्थित राप्ती नदीमा सडक पुल निर्माणका लागि संघीय सरकारसँग आवश्यक समन्वय गरिनेछ। मुख्य सहरी क्षेत्रको पार्किङ व्यवस्थित बनाउन निजीक्षेत्रसँगको सहकार्यमा सशुल्क स्मार्ट पार्किङ व्यवस्थापनलाई अगाडि बढाइने छ । सडकमा अनुचित ढङ्गबाट राखिएका निर्माण सामग्रीका कारण आवागमनमा अवरोध गर्ने र दुर्घटना हुने, महानगरपालिकाबाट निर्माण भएका सडक, फुटपाथ बिग्रने भएको हुँदा त्यस्तो गर्ने व्यक्ति तथा निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याइनेछ। जरिवाना र मर्मत खर्च यकिन गरी सम्बन्धित पक्षबाट असुल उपर गर्ने नीति कडाइका साथ कार्यान्वयनमा ल्याइने ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ । देशकै गौरवको आयोजनाका रूपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला संघ र प्रदेश सरकारसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने जनाईएको छ । संघ र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा भरतपुर महानगरपालिकाको वडा नं. १५ मा संघीय शिक्षक अस्पताल र वडा नं. १४ मा प्रादेशिक आयुर्वेद अस्पताल आ।व। २०८०/८१ मा निर्माण कार्य प्रारम्भ गरिने भएको छ । देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीति अवलम्बन गरिनेछ।सो अनुसार ६ मिटर र ६ मिटरभन्दा सानो क्षेत्राधिकार भएका सडकहरू, भिरालो र घुम्ती चोकहरूमा ढलान गर्ने कार्यलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा जनाइएको छ । सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपाङ्गतामैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गरिनेछ । केरूङ्गा घोल, पुङ्गी खोला लगायतका खोलाहरूलाई महानगरको सतहको आकाशे पानी स्र्टोम वाटर ड्रेनेज निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यीकरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

भरतपुर महानगरपालिकाको बजेट : कृषि प्रविधिमा जोड

चितवन । भरतपुर महानगरपालिकाले कृषि क्षेत्रका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार भएको तेह्रौँ अतिवेशनले कृषि र पशु क्षेत्रका लागि सो बजेट विनियोजन गरेको हो । महानगरपालिकाले कृषिको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि कृषकस्तरमा कृषि प्रविधि प्रसारमा जोड दिएको छ । तेह्रौँ अतिवेशनमा महानगर प्रमुख रेनु दाहालले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि प्रविध प्रसार कार्यक्रम गर्ने विषय समावेश गरिएको छ । कृषि क्षेत्रको आधुनिकीकरण तथा वैज्ञानिकीकरणका लागि कृषिमा यान्त्रीकरण गर्ने कार्यक्रमलाई निरन्तरता प्रमुख दाहालले बताईन् । ‘कृषकहरूलाई अनुदानमा कृषि यन्त्र उपकरण उपलव्ध गराउने नीति अवलम्बन गरिनेछ, उनले भनिन्, महानगरभित्रका खेतीयोग्य जमिनमा सिँचाइको पर्याप्तता सुनिश्चित गर्न भइरहेका जीर्ण अवस्थाका नहर कुलोको मर्मत गर्ने तथा कृषकहरूलाई साना सिँचाइमा अनुदान दिने नीतिलाई निरन्तरता दिइनेछ।’ अति आवश्यक ठाउँमा संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा ठुला खालका डिप बोरिङ खन्ने उनले बताईन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दाहालले जीर्ण अवस्थामा रहेको नारायणी लिफ्ट सिँचाइ आयोजनालाई नियमित सञ्चालन गर्न संघीय सरकारसँग समन्वय गरी काम अगाडि बढाउने जानकारी दिईन् । भरतपुर महानगरपालिकालाई उन्नत बिउ उत्पादनको हबको रुपमा विकास गर्ने महानगरको लक्ष्य छ । यसको लागि खाद्यान्न बिउ उत्पादन गर्ने कृषकलाई उत्पादन परिमाणको आधारमा अनुदान दिने उनले बताईन् । महानगरको लागि प्राप्त हुने रासायनिक मलको वितरण कृषि सहकारी तथा सूचीकृत कृषक समूह मार्फत् गर्दै नियमन कार्यलाई थप व्यवस्थित गरिने बताईएको छ । रासायनिक मलको अभावलाई न्यूनीकरण गर्न पशु वस्तुको मल तथा मुत्र व्यवस्थापनबाट खेतबारीमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक खेती गर्न प्रोत्साहन गर्ने योजना बनाईएको छ । विषादी मुक्त भरतपुर नीतिलाई प्राथमिकता दिइने योजनमा महानगर देखिएको छ । यसका लागि हालको विषादी प्रयोगको अवस्थालाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने उनले बताईन् । ‘आई पी एम कृषक पाठशालालाई निरन्तरता दिइनेछ,’ उनले भनिन् ‘विषादी परीक्षण प्रयोगशालालाई संघीय तथा प्रदेश सरकारसँगको सहकार्यमा थप सुदृढीकरण एवं व्यवस्थित गरिनेछ।’ कृषि कार्यक्रम सञ्चालन गर्न महानगरपालिकाले ७ करोड बजेट विनियोजन गरेको छ । जनप्रतिनिधि आएपछि महानगरपालिकामा सिँचाई अन्तरगत १०० भन्दा बढी आयोजना सम्पन्न भएका छन् । भूमिगत जल तथा सिँचाइ आयोजना, कृषि ज्ञान केन्द्र र महानगरबाट सञ्चालित डिप बोरिङ, स्यालो ट्युवेल तथा साना सिँचाइ कार्यक्रमको कार्यान्वयनबाट करिब ७ हजार बिगाहा जमिनमा बाह्रै महिनाका लागि सिँचाइ सुविधा उपलब्ध गराइएको छ । कृषकलाई ट्रयाक्टर, टिलर, पावर टिलर, धान कुट्ने मेसिन लगायत ८९ थान यन्त्र उपकरण अनुदानमा उपलव्ध गराइएको उनले बताईन् । दुधमा प्रति लिटर ३ रुपैयाँ अनुदान मार्फत ११ हजार ५ सय कृषकलाई ६ करोड १२ लाख अनुदान उपलव्ध गराइएको छ । यस कार्यक्रमलाई निरन्तरता दिने उनले बताईन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ५४ करोड बजेट

काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट विनियोजन गरेको छ। आइतबार राष्ट्रिय सभागृहमा उपप्रमुख एवम् बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक सुनिता डङ्गोलले सार्वजनिक गरेकी हुन् । बजेटमा चालुतर्फ आठ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार बजेट नियोजन गरिएको छ। कामपाले चालु आवका लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ को बजेट विनियोजन गरेको थियो। चालु आवको तुलनामा आगामी आवको बजेट करिब १४ करोडले बढी हो। आगामी आवको बजेटमा स्वास्थ्य, शिक्षालाई र पूर्वाधारलाई प्राथमिकता साथ बजेट विनियोजन गरिएको छ। जसअन्तर्गत पूर्वाधारमा सबैभन्दा धेरै सात अर्ब ३४ करोड ६४ लाख ७१ हजार, शिक्षामा एक अर्ब ३२ करोड र स्वास्थ्यमा ९२ करोड ६६ लाख ४४ हजार बजेट विनियोजन गरिएको छ। बजेटमा भौतिक पूर्वाधार विकास, फोहरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन जस्ता विषयले समेटिएका छन्। आगामी आर्थिक वर्षका लागि महानगरलाई सङ्घीय सरकारबाट दुई अर्ब १४ करोड ३१ लाख प्राप्त भएको छ । कामपाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि तीन अर्ब ८० करोड विनियोजन गरेको छ। महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि दुई अर्ब विनियोजन गरिएको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए । वडाबाट प्राप्त योजनालाई प्राथमिकता प्राप्त योजनामा राखी त्यसका लागि एक अर्ब ७६ करोड विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापनका लागि सात करोड विनियोजन गरिएको छ। बजेटमा ‘गरिखाने शिक्षा, महानगरको इच्छा’ योजनाका लागि ५० करोड र ‘रोजगारी र आयवृद्धि महानगरको समृद्धि’ कार्यक्रमका लागि १० करोड विनियोजन गरिएको छ। रोजगारी वृद्धिका लागि बेरोजगार र रोजगारदाताबीच ‘जब लिङ्क एप’ प्रयोगमा ल्याएन बजेटमा उल्लेख छ। बजेटमा उत्पादन र उपभोगलाई जोड्न अनलाइन ई–कमर्स पोर्टलमार्फत मेट्रो मार्ट सञ्चालनका लागि एक करोड र स्थानीय समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई निजी व्यवसायीको सहकार्यमा ब्राण्डिङ गर्ने कार्यका लागि आवश्यक बजेट छुट्याइएको छ। साथै ‘मेरो रहर, हरित सहर’ कार्यक्रमका लागि ५० करोड बजेट विनियोजन गरिएको छ। उक्त कार्यक्रम अन्तर्गत महानगर क्षेत्रको पार्क, आइल्याण्डको निर्माण, मर्मत, संरक्षण र वृक्षारोपणसम्बन्धी काम गरिनेछ। महानगरले महानगर टेलिभिजन स्थापनाका लागि ५ करोड छुट्याएको छ। महानगरका मुख्य सडक, चोक एवं गल्लीमा समेत ‘सर्भिलेन्स क्यामरा’ जडान गरी महानगरवासीलाई सुरक्षित परिवेशमा बस्न योग्य सहर बनाउने उद्देश्यले ‘महानगरले देख्न’ योजनालाई गौरवको कार्यक्रममा समावेश गरिएको छ। यसका लागि २० करोड बजेट विनियोजन गरिएको छ। महानगरपालिका क्षेत्रमा भित्रिने तरकारी एवं फलफूलको विषादी परीक्षणका लागि विषादी परीक्षण प्रयोगशाला स्थापनाका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। साथै युवा जनशक्तिलाई ‘श्रम बैङ्क’ स्वर्णिम योजनामा आबद्ध गराइ सीप तथा क्षमता विकासमार्फत रोजगारीको अवसर सिर्जना गर्न १० करोड बजेट विनियोजन गरिएको छ। साथै कर्मचारीहरूको सुनौलो अवकाश योजना कार्यान्वयनका लागि १० करोड बजेट विनियोजन गरिएको छ।

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड

चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अघिल्लो आर्थिक वर्षभन्दा १० करोड ७० लाख १७ हजार रुपैयाँ बजेट बढाएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षका लागि पुरक समेत गरी ६ अर्ब ३१ करोड १९ लाख ७४ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो । महानगरपालिकाले आन्तरिक आय, अन्तरसरकारी वित्तीय हस्तान्तरण, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँट जनसहभागिता लगायतका शीर्षकमा बजेट बढाएको छ । यसपटक आन्तरिक आय ५० करोड रुपैयाँ वृद्धि गर्ने लक्ष्य महानगरपालिकाको छ । चालु आर्थिक बर्षमा महानगरपालिकाले १ अर्व २५ करोड आन्तरिक राजश्व उठाउने लक्ष्य राखेको थियो । तर, हालसम्म महानगरपालिकाले ९६ करोड ५८ लाख मात्रै राजश्व उठाउन सकेको छ । आगामी आर्थिक बर्षका लागि १ अर्व ७५ करोड उठाउने लक्ष्य लिएको छ । आन्तरिक आयमा घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिजजन्य पदार्थको बाँडफाँड समेत राखिएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण आगामी वर्ष १ अर्व ८३ करोड ९९ लाख ७५ हजार रुपैयाँ प्राप्त हुने महानगरका उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ५४ करोड ८० लाख १५ हजार, जनसहभाागिताबाट ५० करोड, बैंक मौज्दातबाट १ अर्व ६५ करोड, तथा सडक बोर्ड नेपालबाट ३ करोड प्राप्त हुने अधिकारीले प्रक्षेपण गरेका छन् । अन्तर सरकारी अख्तियारी शिर्षकमा महानगरपालिकाले १ अर्व १० करोड रुपैया अनुमानित आय हुने अनुमान गरेको छ । जसलाई अन्तर सरकारी अख्तियारी शिर्षकबाट खर्च तथा लेखाङ्कनको प्रबन्ध मिलाउने बताईएको छ । महानगरपालिकाले निर्माण सम्पन्न हुन नसकेका र भुक्तानी बाँकी रहेका तथा क्रमागत योजनाहरूका लागि १ अर्ब ६५ करोड बजेट विनियोजन गरेको छ । महानगरका २९ वटा वडालाई सम्बन्धित वडाबाट नै कार्यान्वयन हुने कार्यक्रमका लागि हरेक वडालाई २ करोड ७५ लाखका दरले ७९ करोड ७५ लाख रुपैयाँ विनियोजन भएको छ । चालु आर्थिक बर्ष २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख बजेट विनियोजन भएको थियो । ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गर्न १० करोड विनियोजन भएको छ ।

संसद बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकमा पत्रिका नपढ्न रुलिङ गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुले पत्रिका पढ्न थालेपछि सभामुख घिमिरेले उक्त रुलिङ गरेका हुन् । आज प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिइरहँदा सांसदले पत्रिका पढेको देखेपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २० को खण्ड ‘ञ’प्रति ध्यानाकर्षण गराउँदै पत्रिका नपढ्न रुलिङ गरेका हुन् ।