नवलपुरमा खोल्सामा खसेर एकको मृत्यु

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका–१४, नगरटाँडीमा साइकलबाट खोल्सामा खसेर एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार शनिबार बिहान देवचुली नगरपालिका–१६, रहजर निवासी ५१ वर्षीय किसान न्यौपानेको खोल्सामा खसेर मृत्यु भएको हो ।

शुक्रबार साँझ घरबाट नगरटाँडीस्थित जाली फ्याक्ट्रीमा काम खोज्न साइकल लिएर हिँडेका न्यौपाने शनिबार बिहानसम्म घर फर्किएका थिएनन् ।

स्थानीयले उनलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल नजिकै साइकल फेला परेको र उनी साइकलबाट लडेर खोल्सामा खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

सर्लाहीमा सर्पको डसाइबाट एक महिलाको मृत्यु

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा सर्पको डसाइबाट ५० वर्षीया सीता परियारको मृत्यु भएको छ । बिहीबार साँझ घरपछाडिको फार्ममा सुँगुरलाई चारो हाल्न जाँदा गोमन सर्पले उनको खुट्टामा दुई पटक डसेको थियो । सर्पको डसाइपछि उनलाई तत्काल नवलपुर सर्पदंश उपचार केन्द्र लगिएको थियो । तर, विष फैलिसकेकाले अवस्था गम्भीर भएपछि जनकपुर रेफर गरियो । बाटोमै उनको मृत्यु भएको वडा सदस्य खेमबहादुर बुढाथोकीले बताए । उपचार केन्द्रका इन्चार्ज जगर्नाथ यादवका अनुसार परियारलाई ल्याउँदा उनको बोली लटपटिएको र थुक्न नसक्ने अवस्था थियो । १० भाइल एन्टिस्नेक भेनम दिइए पनि उनको अवस्था सुधार भएन । यादवले उपचार केन्द्रमा भेन्टिलेटर र आइसियुको अभाव तथा दक्ष जनशक्ति नहुँदा गम्भीर बिरामीको उपचारमा कठिनाइ भएको बताए । यसअघि पनि सर्लाहीको बागमती नगरपालिका–११, कर्मैयामा सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको थियो। गर्मी बढेसँगै तराई–मधेसमा विषालु सर्पको सक्रियता बढेको छ।

एउटा कमरेडलाई हाम्रा संगठनात्मक कार्यहरूबारे पत्र

प्रिय कमरेड, हाम्रो संगठनात्मक कार्यहरूबारे तपाईंको पत्र प्राप्त भयो, र मलाई यो कुरामा खुशी लाग्यो कि हामीले यी महत्त्वपूर्ण प्रश्नहरूबारे छलफल गर्न सुरु गरेका छौं। म यहाँ हाम्रा संगठनात्मक कार्यहरूको सामान्य अवस्था र तिनलाई सुधार गर्न आवश्यक सिद्धान्तहरूबारे मेरो विचार व्यक्त गर्न चाहन्छु। मलाई आशा छ कि यी विचारहरूले हाम्रो आन्दोलनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग गर्नेछ। पहिलो: संगठनको सामान्य सिद्धान्तहरू हाम्रो आन्दोलनको मुख्य कमजोरी, मेरो विचारमा, हाम्रो संगठनात्मक कार्यहरूको अव्यवस्थित अवस्थामा निहित छ। हामीले एक केन्द्रीकृत, अनुशासित, र क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ, जसले मजदूर वर्गको नेतृत्व गर्न सक्षम होस्। यस्तो संगठन बिना, हाम्रा सबै प्रयासहरू छरपस्ट र असफल हुनेछन्। हाम्रो संगठनको आधार स्थानीय कमिटीहरू हुनुपर्छ, जसले स्थानीय स्तरमा क्रान्तिकारी गतिविधिहरूलाई व्यवस्थित गर्छन्। तर यी कमिटीहरूले स्वायत्त रूपमा काम गर्नुहुँदैन; तिनीहरू केन्द्रीय नेतृत्वको निर्देशनमा एकीकृत हुनुपर्छ। केन्द्रीय नेतृत्वले समग्र नीति र रणनीति निर्धारण गर्नुपर्छ, जबकि स्थानीय कमिटीहरूले ती नीतिहरूलाई कार्यान्वयन गर्नुपर्छ। दोस्रो: कमिटीहरूको भूमिका स्थानीय कमिटीहरू हाम्रो संगठनको आधारभूत एकाइहरू हुन्। तिनीहरूले निम्नलिखित कार्यहरू गर्नुपर्छ: मजदूर वर्गलाई संगठित गर्ने र तिनीहरूको चेतना अभिवृद्धि गर्ने। प्रचार सामग्री (पत्रपत्रिका, पर्चा) को वितरण गर्ने। स्थानीय स्तरमा क्रान्तिकारी गतिविधिहरूको समन्वय गर्ने। केन्द्रीय नेतृत्वसँग नियमित सम्पर्क राख्ने। प्रत्येक कमिटीले अनुशासित र गुप्त रूपमा काम गर्नुपर्छ, किनकि हामी जारशाही सरकारको दमनको सामना गरिरहेका छौं। कमिटीहरूका सदस्यहरूले व्यक्तिगत स्वार्थलाई त्यागेर सामूहिक लक्ष्यप्रति समर्पित हुनुपर्छ। तेस्रो: केन्द्रीय नेतृत्वको आवश्यकता हाम्रो आन्दोलनलाई एक केन्द्रीय नेतृत्वको आवश्यकता छ, जसले समग्र रणनीति र नीति निर्धारण गरोस्। यो नेतृत्वले निम्नलिखित कार्यहरू गर्नुपर्छ: सम्पूर्ण संगठनलाई एकीकृत गर्ने र स्थानीय कमिटीहरूको गतिविधिहरूलाई समन्वय गर्ने। प्रचार सामग्रीको प्रकाशन र वितरणको व्यवस्था गर्ने। अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनसँग सम्पर्क राख्ने। क्रान्तिकारी गतिविधिहरूलाई दिशानिर्देश गर्ने। केन्द्रीय नेतृत्वले स्थानीय कमिटीहरूलाई पूर्ण स्वायत्तता दिनुहुँदैन, किनकि यसले संगठनमा अराजकता निम्त्याउँछ। तर साथै, यो नेतृत्वले स्थानीय कमिटीहरूलाई दबाउनु पनि हुँदैन; तिनीहरूलाई स्थानीय परिस्थितिअनुसार काम गर्ने केही स्वतन्त्रता दिनुपर्छ। चौथो: संगठनात्मक अनुशासन हाम्रो संगठनको सफलताको लागि अनुशासन अत्यन्त महत्त्वपूर्ण छ। प्रत्येक कार्यकर्ताले पार्टीको नीति र निर्देशनहरू पालना गर्नुपर्छ। व्यक्तिगत मतभेदहरूले सामूहिक लक्ष्यलाई बाधा पुर्‍याउनुहुँदैन। यदि कुनै कमरेडलाई नीतिमा असहमति छ भने, उसले त्यसलाई कमिटीभित्र वा केन्द्रीय नेतृत्वसामु राख्नुपर्छ, तर सार्वजनिक रूपमा विरोध गर्नुहुँदैन। हाम्रो आन्दोलनमा देखिएको गुटबाजी र व्यक्तिवादले हामीलाई कमजोर बनाएको छ। हामीले यस्ता प्रवृत्तिहरूलाई निर्मूल गर्नुपर्छ र सामूहिक अनुशासनलाई बलियो बनाउनुपर्छ। पाँचौं: प्रचार र आन्दोलन हाम्रो संगठनको मुख्य कार्य मजदूर वर्गको चेतना अभिवृद्धि गर्नु हो। यसका लागि हामीले प्रचार सामग्रीको व्यापक वितरण गर्नुपर्छ। हाम्रो पत्रपत्रिका, इस्क्रा, ले यो कार्यमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ। प्रत्येक कमिटीले इस्क्रा को वितरणलाई प्राथमिकता दिनुपर्छ र मजदूरहरूलाई यसको सामग्रीबारे छलफल गर्न प्रोत्साहन गर्नुपर्छ। साथै, हामीले मजदूरहरूको आर्थिक र राजनीतिक संघर्षलाई जोड्नुपर्छ। आर्थिक मागहरू (जस्तै ज्याला वृद्धि, कामको समय घटाउने) लाई राजनीतिक मागहरू (जस्तै जारशाहीको अन्त्य) सँग जोडेर हामीले मजदूर वर्गलाई क्रान्तिकारी बनाउनुपर्छ। छैटौं: गुप्त कार्य हामीले गुप्त रूपमा काम गर्नुपर्छ, किनकि जारशाही सरकारले हाम्रा गतिविधिहरूलाई दमन गरिरहेको छ। प्रत्येक कमिटीले आफ्नो गतिविधिलाई गोप्य राख्नुपर्छ र सरकारका जासूसहरूबाट सावधान रहनुपर्छ। हामीले सञ्चारका सुरक्षित माध्यमहरू (जस्तै गुप्त पत्राचार, कोडवर्ड) प्रयोग गर्नुपर्छ। सातौं: अन्तर्राष्ट्रिय सम्पर्क हाम्रो आन्दोलन रुसी मजदूर वर्गको मात्र होइन, यो अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनको हिस्सा हो। हामीले जर्मन, फ्रान्सेली, र अन्य देशका समाजवादीहरूसँग सम्पर्क राख्नुपर्छ। अन्तर्राष्ट्रिय अनुभव र सिद्धान्तहरूले हाम्रो आन्दोलनलाई बलियो बनाउनेछ। आठौं: तत्कालीन कार्यहरू हाम्रो संगठनलाई बलियो बनाउन हामीले तत्काल निम्नलिखित कार्यहरू गर्नुपर्छ: प्रत्येक क्षेत्रमा स्थानीय कमिटीहरू गठन गर्ने वा विद्यमान कमिटीहरूलाई पुनर्गठन गर्ने। कमिटीहरूबीच नियमित सम्पर्क स्थापित गर्ने। इस्क्रा को वितरणलाई तीव्र बनाउने। क्रान्तिकारी कार्यकर्ताहरूलाई प्रशिक्षण दिने। केन्द्रीय नेतृत्वको गठनलाई अन्तिम रूप दिने। निष्कर्ष कमरेड, हाम्रो आन्दोलन एक कठिन तर गौरवपूर्ण मार्गमा छ। हामीले मजदूर वर्गको मुक्तिको लागि लड्नुपर्छ, र यो लडाइँमा संगठन हाम्रो सबैभन्दा ठूलो हतियार हो। हामीले एक केन्द्रीकृत, अनुशासित, र क्रान्तिकारी पार्टी निर्माण गर्नुपर्छ, जसले जारशाहीको अन्त्य गरोस् र समाजवादी समाजको स्थापना गरोस्। मलाई विश्वास छ कि हाम्रा सामूहिक प्रयासले यो लक्ष्य प्राप्त गर्नेछ। तपाईंको विचार र सुझावहरूको लागि म प्रतीक्षा गर्नेछु। हामीले यी प्रश्नहरूलाई कमिटीभित्र र केन्द्रीय नेतृत्वमा छलफल गर्नुपर्छ। क्रान्तिकारी अभिवादनसहित, व्लादिमिर लेनिन (व्लादिमिर लेनिन, सन् १९०२)  

नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुक्रबारदेखि पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुँदैछ। दिउँसो १ बजे बस्ने यो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक एकता र सङ्गठन सुदृढीकरणका विषयमा छलफल हुनेछ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा ‘पार्टीको आन्तरिक एकता’ शीर्षकको प्रस्तावमाथि छलफल हुने र नेताहरूको कार्यविभाजन, विधान सम्मेलनको तयारी, राष्ट्रियसभा निर्वाचन र पार्टीको रुपान्तरण अभियानका विषयमा पनि विचारविमर्श हुने अपेक्षा गरिएको छ। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार, बैठकले हालैका दिनमा पार्टीभित्र देखिएका अन्तरविरोधको व्यवस्थापन र सङ्गठनलाई थप सशक्त बनाउने रणनीतिमा जोड दिनेछ।  

हिलाेकाे कारण रामेछापका मूल सडकमा गाडी गुडाउन कठिन

रामेछाप । रामेछाप निर्माण व्यवसायीले निर्धारित समयमा काम सम्पन्न नगर्दा यहाँका मुख्य सडक हिलाम्मे छन् । ग्रामीण कच्ची सडकको ठाउँठाउँमा भासिने र पहिरो गई गाडी चलाउनै नसकिने बनेका हुन् ।  जिल्ला पूर्वाधार कार्यालयमार्फत निर्माण भइरहेका मन्थली पकरबास–गोगनपानी–गाल्वा सडक, सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक र खिम्ती–रस्नालु–ठोसे सडकलगायतका जिल्लाका महत्वका सडक तथा पक्की पुल निर्माणमा ढिलासुस्ती भएको छ ।   सित्खा–गोगनपानी–धुलेबेसी–भोटनागी सडक गत असोजमा कालोपत्रे गर्नुपर्नेमा हालसम्म सम्पन्न भएको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेपछि स्थानीयले जिल्ला पूर्वाधार विकासको कार्यालयमा ताला लगाएका थिए । निर्माण व्यवसायी र कार्यालयले तोकिएको समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता पुरा नभएको मन्थली नगरपालिका-१ का स्थानीय पाण्डव सुवेदीले बताए ।  त्यसैगरी मन्थली-पकरबास-गोगनपानी–गाल्वा सडक अन्तर्गत पकरबास– गाल्पा सडक कालोपत्रे गर्ने अन्तिम म्याद गतवर्षको असार मसान्तसम्म थियो । म्याद सकिएको एक वर्ष बित्दा पनि कालोपत्रे नभएपछि ठाउँठाउँमा हिलो भएको छ । पकरवास-गोगनपानी-गाल्वा सडक १० किलोमिटर कालोपत्रे गर्ने जिम्मा अर्याल ब्रदर्श र दिवा भुवनेश्वरी जेभीले ४३ करोड रुपैयाँ मा लिएको थियो । ७.५ किलोमिटरको गोगनपानी–धुलेबेसी–भोटनागी सडक निर्माणको जिम्मा १७ करोड रुपैयाँमा गरिमा रौताहा सगुन र पाँच पोखरी कन्सट्रक्सनले लिएको थियो । १८ महिनामा पुरा गर्ने गरी ठेक्का लागेको काम चार वर्षमा सम्पन्न नहुँदा पनि जिल्ला प्राविधिक कार्यालयले कुनै चासो नदेखाएको खाँडादेवी गाउँपालिका-४ का अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए ।  सोही कार्यालयमार्फत निर्माण भइरहेको खिम्ति–रस्नालु–ठोसे सडक पनि अलपत्र छ । सो सडकमा जिल्लाको उत्तरी क्षेत्र जाने सवारी साधन घण्टौँसम्म हिलोमा फस्ने गरेका छन् । निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायी र त्यसको अनुगमन गर्ने पूर्वाधार विकास कार्यालय प्रमुखलाई गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजीबहादुर खड्काले कारबाहीको माग गरेका छन् ।    कार्यालय प्रमुख ज्यानेन्द्रप्रसाद पुनले भने निर्धारित समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई आफूले सचेत गराएको र पटक–पटक गराउँदा पनि नमानेमा ठेक्का सम्झौता तोडिने बताए । 

पानीको स्रोतकाे खाेजीमा वीरगन्ज महानगर

पर्सा । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरका अगुवाले अमलेखगन्जको भावर क्षेत्रमा पानीको स्रोतको खोजी गर्दै स्थलगत निरीक्षण गरेका छन् । वीरगन्ज आसपासमा खानेपानीको चर्को समस्या भएसँगै समितिका अध्यक्ष डा किरण पौडेल र वीरगन्ज महानगरकाका प्रमुख राजेशमान सिंहसहितको प्राविधिक टोलीले अमलेखगन्जको भावर क्षेत्रमा पानीको भूसतह संरक्षण गरेर पानीको उपयोग गर्दै आइरहेको बाराको अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको स्थलगत निरीक्षण गरेका हुन् । वीरगन्ज महानगरका प्रमुख सिंहले महानगर आसपासका क्षेत्रमा पानीको सतह घटेसँगै सो ठाउँमा पानी पुनः भरण गरेर पानीको सतह बढाउने विषयमा आवश्यक निरीक्षण गर्नका लागि अमलेखगन्ज आएको बताए । “अमलेखगन्जमा भावर क्षेत्रको भूसतहमा पानीको संरक्षण गर्दै पानी उपयोग गर्दै आइरहेको कुरा थाहा पाएर आज यहाँ स्थलगत निरीक्षण गर्न आएका हौँ”, उनले भने, “अमलेखगन्जको जस्तै प्रविधि अपनाएर वीरगन्जको भूसतहको पानी संरक्षण गर्न सकिन्छ कि भनेर आएका हौँ । अब दुई ठाउँको प्राविधिक विषयको अध्ययन गरेपछि मात्र ठोस निष्कर्ष निकाल्न सकिएला ।” प्रमुख सिंहले वीरगन्जका चापाकलका पानी सुकेसँगै फेरि सोही ठाउँमा पानीको सतह वृद्धि गर्न आवश्यक कदम चाल्नका लागि थप सहयोगी हुने अपेक्षा राखेको बताए । “अहिले माथिल्लो तहको पानी बगेर खेरा गइरहेको छ । खेर गइरहेको पानीलाई पोखरीलगायत संरचना बनाएर संरक्षण गर्न सकेको खण्डमा जमिनमुनिको पानीको सतह बढाउन सकिने भएकाले पनि यो निरीक्षणमा आएका हौँ,” उनले भने, “वातावरणसँग सम्बन्धित विज्ञ तथा प्राविधिकले देखाएको बाटोअनुसार नै अघि बढ्ने योजनामा महानगर रहेको छ ।” अमलेखगन्ज कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पनि भावर क्षेत्रमा रहेको पानीको स्रोतको संरक्षण गरेर अहिले दैनिक २४ लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको बताए । “पहिला यहाँ पनि खानेपानीको चर्को अभाव थियो । पानीकै लागि यहाँका जनता भौँतारिँदै आइरहनुभएको थियो”, उनले भने, “पानीको सतहभन्दा करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर पाइप लाइनमार्फत अमलेखगन्जस्थित ट्याङ्कीमा पानी राखेर यहाँका आठ सय २७ घरपरिवारलाई खानेपानी वितरण गर्दै आइरहेको बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन एकाइ कार्यालय चितवनका इन्जिनियर अनिल सिन्हाले भावर क्षेत्रमा पानीको स्रोतको संरक्षण र संवर्द्धन गर्न सकेको खण्डमा पानीको सतहमा वृद्धि गर्न सकिने बताए । “भावर क्षेत्रमा रहेका पानीको सतहलाई विभिन्न खालका पोखरी तथा पानी संरक्षणको काम गरेर पानीको सतहलाई वृद्धि गर्न सकिन्छ”, उनले भने, “अमलेखगन्जमा पनि भावर क्षेत्रमा पानीको संरक्षण गरेर अहिले बाह्र्रैमास खानेपानीको उपलब्धता भइरहेको छ”, उनले भने, “पर्साको भेडाहा खोलाको भावर क्षेत्रको पानीको स्रोत संरक्षण गरेर सो पानी वीरगन्ज आसपासका क्षेत्रमा वितरण गर्न सकिने छ । त्यसका लागि विभिन्न खालका पोखरी तथा पानी सङ्कलन हुने वातावरण तयार पार्न जरुरी छ ।” इन्जिनियर सिन्हाले अमलेखगन्जको असल अभ्यासलाई पर्सामा पनि अनुसरण गर्न सकिने बताए । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति र वीरगन्ज महानगरको प्राविधिकसहितको टोलीले बिहीबार नै वीरगन्ज महानगर–३१ वेल्बासहित भेडाहा खोलामा पुगेर पानीको स्रोत संरक्षण गर्न सकिने स्थानको पनि स्थलगत निरीक्षण गरेको थियो । समितिका अध्यक्ष पौडेलले पानीको भूसतह कायम गर्नका लागि विभिन्न खालका पानीका पोखरी तथा अन्य विविध खालका संरचना निर्माण गरेर वीरगन्ज आसपासको पानीको भूसतह वृद्धि गर्न सकिने बताए । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले वीरगन्जको देखिएको खानेपानीको अभावलाई परिपूर्ति गर्न विभिन्न खालका स्रोतहरूको खोजी कार्यअन्तर्गत दुई ठाउँमा स्थलगत निरीक्षणमा गएको बताए ।

सुदूरपश्चिमको राजधानी सार्ने विषयमा माओवादीको आपत्ति

धनगढी । नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको राजधानी सार्ने विषयमा गम्भीर आपत्ति जनाएका छन्। प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी तोकेको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै दुवै दलले मुख्यमन्त्री कमलबहादुर शाहको अभिव्यक्तिप्रति प्रश्न उठाएका छन्। माओवादीको अडान: गोदावरीमै राजधानी प्रदेश सभाको बिहीबारको बैठकमा मुख्यमन्त्री शाहको विश्वासको मत प्रस्तावमाथि छलफलका क्रममा माओवादीका सभा सदस्य ओमबिक्रम भाट 'शरल'ले राजधानी सार्ने कुरामा पार्टीको गम्भीर चासो व्यक्त गरे। उनले भने, “प्रदेश सभाको निर्णयअनुसार गोदावरीमा राजधानी बनाउनुपर्छ। कार्यान्वयनमा ढिलाइ किन? कानुनी र प्राविधिक समस्या के हुन्? धनगढी अन्तर्राष्ट्रिय सीमा नजिकै छ, कसरी राजधानी बनाउने?” भाटले राजधानीलाई सत्ताको हतियार बनाउन नहुने र पारदर्शी छलफल आवश्यक भएको बताए। नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले दुई तिहाइ बहुमतले गोदावरीमा राजधानी तोक्ने निर्णय भएको स्मरण गराए। “धनगढी सार्ने कुराले भ्रम सिर्जना भएको छ। यो सरकारको स्थायित्वमा अवरोध हो। कहिले धनगढी, कहिले पूर्वमुख्यमन्त्रीसँग छलफल भन्ने कुराले अस्थिरता निम्त्याइरहेको छ,” उनले भने। मुख्यमन्त्री शाहले राजधानी निर्माणको आवश्यकता र समस्याबारे छलफल चलाएको स्वीकार गरे। “राजधानी निर्माणको जटिलता र समस्या के छन्? यो विषयमा बहस हुनुपर्छ। यो संघीयता र प्रदेशवासीको सरोकारसँग जोडिएको छ,” उनले भने। गोदावरीको तेघरी क्षेत्रमा राजधानी बनाउन जटिलता देखिएको भन्दै उनले धनगढीलाई राजधानी बनाउने सम्भावनाबारे छलफल अघि बढाएका छन्। माओवादी र एकीकृत समाजवादीले राजधानीबारे मुख्यमन्त्रीको जवाफ खोजे पनि बिहीबारको बैठकमा नेपाली कांग्रेस र नेकपा एमाले मौन रहे।

अखिल क्रान्तिकारीले सुरु गर्यो टियूमा दोस्रो चरणको आन्दोलन: शुल्क घटाउन माग गर्दै रिले अनसन

  काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा शुल्क घटाउन माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेको छ। त्रिविका केन्द्रीय विभागमा गाभिएका चार विभागको शुल्क समायोजन गर्नुपर्ने माग राख्दै संगठनले रिले अनसनसहितका आन्दोलनका कार्यक्रम अगाडि सारेको छ। यसअघि, अखिल क्रान्तिकारीले शुल्क वृद्धिको विरोधमा त्रिवि प्रशासनलाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको थियो। माग पूरा नभएपछि संगठनले पहिलो चरणमा शान्तिपूर्ण धर्ना गरेको थियो। त्रिवि उपकुलपति, शिक्षाध्यक्ष, रजिष्टार र सेवा आयोगका पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लगाउने, तालाबन्दी गर्ने जस्ता कदमहरू पनि चालिएका थिए। यद्यपि, अदालतको अन्तरिम आदेशपछि ताला खोलिएको थियो। हाल दोस्रो चरणको आन्दोलनअन्तर्गत रिले अनसन सुरु भएको छ। संगठनले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। अखिल क्रान्तिकारीका त्रिवि जिल्ला समितिका कार्यवाहक अध्यक्ष शिवराज भट्टले जारी गरेको विज्ञप्तिमा शुल्क घटाउनुपर्ने, प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको पदपूर्तिका लागि खोलिएको विज्ञापनमा देखिएको त्रुटि सच्याउनुपर्ने लगायतका मागहरू समावेश छन्।

प्रजनन् केन्द्रमा हुर्काइएका १३३ गोही राप्ती नदीमा छाडियो

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १३३ गोही राप्ती नदीमा छाडेको छ । तीमध्ये दुईवटा भाले र अन्य पोथी छन् । गत आर्थिक वर्षमा विभिन्न समयमा ती गोही राप्ती नदीमा छाडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोहीसहित दुई हजार ९० गोही प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएको छ । त्यसमध्ये सबैभन्दा बढी राप्तीमा एक हजार ३३५ छाडिएको उनले जानकारी दिए । नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको हो । अघिल्लो आर्थिक वर्ष १०५ वटा गोही छाडिएको थियो । त्यस वर्ष शुक्लाफाँटामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पठाइएको थियो । बाँकी यहाँको राप्तीमा छाडिएको हो । गत वर्ष छाडिएका गोही सन् २०२० का बच्चा हुन् । हरेक वर्ष वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ्न सकेको छैन । गत वर्षको पुसमा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा ३५२ वटा मात्र भेटिएको थियो । हाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन् । तीमध्ये यस वर्ष कोरलिएका बच्चा १८५ हुन् । अघिल्लो वर्षका १५३ हुन् भने बाँकी त्यसअघिका हुन् । प्रजनन केन्द्रमा एउटा पुरानो भाले गोही छ । अन्यको भाले छुट्टिएको छैन । घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बंगलादेश, भुटान, म्यानमारलगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको संख्या विश्वमा १० हजारजति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै संख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् । चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा एक सयभन्दा कम संख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताए । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरूमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रूपमा संख्या भने बढेको छैन ।

बाजुरामा स्याउ पाक्ने बेलामा सडक बन्द, चिन्तामा किसान

बाजुरा । स्याउ पाक्ने बेलामा सडक बन्द हुँदा बाजुरामा स्याउ किसान अहिले चिन्तामा परेका छन् । जिल्लाको पूर्बी–उत्तर क्षेत्रको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ र बुढीनन्दा लगायतका ठाउँमा स्याउ पाक्ने बेला भएको छ । यसबेला यहाँको मार्तडी–कोल्टी सडक सधै यसरी नै अवरुद्ध हुने गरेकाले यहाँका किसान स्याउ पाकेपछि बजारमा बिक्री गर्न कसरी लैजाने चिन्तामा परेका छन् । असारदेखि भदौसम्म मार्तडी–कोल्टी सडक सधै अवरुद्ध हुने गरेकाले स्याउ बजारमा ढुवानी गर्न सधै समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्याउ किसान मानबहादुर रावतले बताए ।  उनले भने, “अब बारीमा स्याउ पाक्ने बेला भयो । गाउँमा बजार छैन । स्याउ टाढा लैजाऊ यहाँको मार्तडी–कोल्टी सडक अहिले नै अवरुद्ध बन्दै गएको छ ।” समयमै यो सडक सुचारु भएन भने विगतका वर्षझैं यो वर्षमा पनि स्याउ बजारमा स्याउ कसरी लैजाने भन्ने अहिले नै चिन्ता लागेको रावतले बताए ।  हिमाली १८ स्वामिकार्तिक ३५ जगनाथमा ४५ बुढीनन्दामा ५० खप्तड छेडेदहमा –१ बुढीगङ्गा नगरपालिका –१ गरी एकसय पचास परिवारले स्याउ खेती गर्दैआएका छन् । यता गौमुल गाउाँपालिमामा एक समूहमार्फत स्याउ खेती सुरु गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा यहाँ एक हजार छसय मेट्रिक टन स्याउ उत्पादन भएको थियो ।  झण्डै  पाँचसय पन्ध्र क्वीन्टल स्याउ बाहिर गएको थियो । यहाँ किसानले झण्डै ७० देखि ८० लाखभन्दा बढी रुपियाँ यहाँका आम्दानी गरेका थिए । बाजुरामा फुजि, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ राम्रो उत्पादन हुने गरेको छ । यहाँ चारसय दश हेक्टर जमिनमा स्याउ रोपिएको छ । त्योमध्ये दुई हेक्टर जमिनमा स्याउ फल्ने गरेको कृषि ज्ञान केन्द्र कार्यालय बाजुराका प्रमुख जसिराम साहनीले बताए । यता २०७८ सालको असारमै काम सम्पन्न गर्नेगरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका छन् । मार्तडी बसपार्कदेखि चुथीको झण्डै ९ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौं र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौडाले ६२ करोडमा जिम्मा लिएका हुन् । मार्तडीदेखि चुथीसम्मको ९ किलोमिटर सडक पक्की गर्ने काम सम्पन्न भए पनि उता ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक अझ पीच भएको छैन् । ठेकदारको लापरबाहीले सो सडक निर्माणको काममा ढिलाइ भएपछि मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई बर्खाको समय सधै यसरी आवत–जावतमा सास्ती खेप्नु परेको छ । मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्न ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिएका छन् । जिल्लीमा पहिरोको कारण सडक अवरुद्ध भएको छ । पहिरो सफा गरेपछि अवरुद्ध भएको सडक चाँडै सुचारु हुने भौतिक पर्वाधार विकास कार्यालय अछामका प्रमुख जङ्गबहादुर थापाले बताए । 

उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

उदयपुर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ७, अँधेरी खण्डमा ट्रक दुर्घटना हुँदा उनकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत इन्स्पेक्टर सुमन बानियाँका अनुसार काठमाडौंबाट इटहरीतर्फ जाँदै गरेको प्र.१–०२–००१ख९२६० नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका– ४, बगाहा बस्ने वर्ष  ३५ का जीवन विकको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका विकको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा गएराति मृत्यु भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मनसुनका दुई महिना: सरदरभन्दा कम वर्षा, मधेस प्रभावित

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको ६० दिनको अवस्था सार्वजनिक गर्दै देशभर नै सरदरभन्दा कम वर्षा भएको जानकारी गराएको छ ।  गत जेठ १५ गते (मे २८)मा नेपाल भित्रिएको मनसुनको आजसम्मको अवस्था प्रतिवेदन सार्वजनकि गर्दै प्राधिकरणले वर्षा कम हुँदा तराई झनै प्रभावित भएको जनाएको हो ।  जेठ १५ मा भित्रिएको मनसुन देशभर फैलिन करिब तीन साता लागेको थियो । त्यसपछि सक्रिय रहेको मनसुन नेपालभर फैलिएलगत्तै केही समय निष्क्रिय रह्यो । असारको दोस्रो साता केही सक्रिय रहे पनि त्यसयता भने देशैभरि सरदरभन्दा कम पानी परिरहेको प्राधिकरणका प्रवक्ता शान्ति महतको भनाइ थियो । यस अवधिमा बाढी, पहिरो र चट्याङबाट मात्रै ४३ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपद्का समग्र घटनालाई केलाउँदा गत वर्षको तुलनामा यस वर्ष घटना पनि कम घटेका छन, भने मानवीय र भौतिक क्षति पनि कम नै रहेको प्राधिकरणले जानकारी दिएको छ ।  “असार २४ गते रसुवाको भोटेकोशी नदीमा अकस्मात आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । वर्षा नै नभई रातको समयमा अकस्मात बाढी आएका कारण मानिसहरूले सुरक्षित ठाउँसम्म पुग्न समय नै पाएनन् । बाढीका कारण २० जना बेपत्ता भएकामा १२ वटा शव तथा मानव अङ्ग फेला पारिएकामा हालसम्म दुईवटा शवको मात्र पहिचान भएको छ”, प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।  बेपत्तामध्ये दुईजना सम्पर्कमा आइसकेका र सोही बाढीका कारण नुवाकोटको विदुर नगरपालिका–८ इन्द्रेणीघाटमा फसेका एक दम्पतीको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । यस वर्षको मनसुनमा पानी कम परेका कारण मधेश प्रदेश सबैभन्दा बढी प्रभावित भएको र धान रोपाइ र बालीनाली लगाउनुपर्ने बेला भएकाले त्यहाँको जनजीवन नराम्ररी प्रभावित भइरहेको प्राधिकरणले प्रतिवेदनमा उल्लेख छ ।  पिउने पानी र सिँचाइका स्रोतसमेत सुकेपछि मधेस प्रदेश सरकारले प्रदेशलाई असार २६ गते सुक्खाग्रस्त घोषणा गरेको छ भने सङ्घीय सरकारले यही साउन ७ गते विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । यसै सन्दर्भमा प्राधिकरणले राष्ट्रसङ्घीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था र रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेस केन्द्रित गर्न अनुरोध गरिसकेको जनाएको छ ।  तीनै तहका सरकार र विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा दीर्घकालीन समाधानका लागि पिउने पानी र सिँचाइको सम्भाव्यता खोजी गर्ने काम भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।

दुई दशकमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा.इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएका उनले जानकारी दिए । उनले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापामा रहेका बताए । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएकाले पनि बढी जनधनको क्षति हुने गरेको उनले उल्लेख गरे । उनका अनुसार झापामा ७२, मोरङमा १७, सुनसरीमा सात र इलामका एक जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । प्रमुख डा.सापकोटाले सोही अवधिमा झापामा २५, मोरङमा नौ, सुनसरीमा छ र उदयपुरमा एउटा हात्ती मरेका जानकारी दिए । ‘सरकारको ठूलो धनराशि वन्यजन्तु संरक्षण, मानवीय क्षतिपूर्ति तथा राहत, कृषिबालीको क्षतिपूर्तिलगायतमा खर्च भइरहेको छ’, उनले भने- ‘स्थानीयले पनि वन्यजन्तुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु जरुरी छ ।’ उनले सरकार जति नै स्थानीय पनि गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने विश्वास व्यक्त गरे । हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई सङ्घीय सरकारले रु १० लाख क्षतिपूर्तिस्वरुप प्रदान गर्दै आएको छ । घाइतेलाई उपचारका लागि रु २५ हजारदेखि रु एक लाखसम्म उपलब्ध गराउँदै आइएको निर्देशनालयका प्रमुख डा.सापकोटाले जानकारी दिए । उनले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालु आर्थिक वर्षमा हात्ती प्रभावित क्षेत्रमा बाली बिमा कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताए । ‘डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो’, डा.सापकोटाले भने- ‘कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा सङ्घीय सरकारसँग यसको दिगोपना एवं कानुनी प्रावधानका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्नेछौँ ।’

कस्तो रहला आजको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको नजिकै रहेको छ। हालको मौसम अवस्था बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश: सामान्यतया बदली। बाँकी प्रदेश: आंशिक बदली। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश: थोरै स्थानमा हल्का वर्षा। आज दिउँसोको मौसम देशभर: सामान्यतया बदली। सुदूरपश्चिम प्रदेश र पहाडी भूभाग: धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना। तराई भूभाग: थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना। आज रातिको मौसम पहाडी भूभाग: सामान्यतया बदली। तराई भूभाग: आंशिक बदली। पहाडी भूभाग: थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना। तराई भूभाग: एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना। गण्डकी प्रदेश (पहाडी भूभाग): एक–दुई स्थानमा भारी वर्षाको सम्भावना। सतर्कता गण्डकी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेकाले महाशाखाले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

एकीकृत समाजवादीकाे पार्टी कार्यालयमा समाजवादी माेर्चाकाे बैठक जारी

काठमाडाैं । समाजवादी मोर्चा नेपालको बैठक जारी छ। नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको छ । मोर्चाकाे बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षा पुष्पकमल दाहाला प्रचण्ड, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युुनिस्ट पार्टीमा महासचिव नेत्रविक्रम चन्द विप्लव लगायतकाे उपस्थित रहेकाे छ ।  माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल जारी छ । 

समसामयिक राजनीति विषयमा छलफल गर्न समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौं । समाजवाद मोर्चाको बैठक बस्दैछ । नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा दिउँसो ३ बजे मोर्चाको बैठक बस्न लागेको हो । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युुनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् । माओवादी अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार मोर्चाको बैठकमा समसामयिक राजनीति र मोर्चाको गतिविधिका विषयमा छलफल हुने जानकारी दिइएकाे छ ।