महाअभियोग समितिद्धारा चोलेन्द्रशमशेर विरूद्धका प्रमाण माग

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धका आरोपबारे तीन दिनभित्र प्रमाण तथा कागजात उपलब्ध गराउन सार्वजनिक सूचना प्रकाशित गरेको छ।

राणाविरूद्धको महाअभियोगमा २१ आरोप लगाइएको छ। समितिले शुक्रबार गोरखापत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘महाअभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने नियकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्रकाशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने निर्णय भएकाले सूचना प्रकाशन भएको मितिले तीन दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ,’ समितिको सुचनामा भनिएको छ।

सिफारिस समितिले राणालाई बयानका लागि भदौ १५ मा बोलाएको छ।

गठबन्धन बैठकमा आ–आफ्नो दाबी

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकमा दलहरुले आ–आफ्नो दाबी पेश गरेका छन्। बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसले एक सय सिटमा दाबी गरेको छ। यस्तै, नेकपा माओवादी केन्द्रले ६०, नेकपा ९एकीकृत समाजवादी० ले ४० र जनता समाजवादी पार्टीले ३५ सिटमा दाबी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए। राष्ट्रिय जनमोर्चाले बाग्लुङ र प्युठान बटमलाइनसहित दुई सिट नघट्ने गरी मागेको छ। सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटको लागि बनाएको कार्यदलमा पाँच वटै दलले आफ्नो दाबी औपचारिक राखेका हुन्। कार्यदलको बैठक शुक्रबार पनि बस्नेछ। शुक्रबार दिउँसो ४ बजे बस्ने बैठकमा निर्वाचन क्षेत्रको अवस्थासहित छलफल गर्ने ती नेताले बताए। प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १ सय ६५ सिट छन्।

दिनभर डोजर हान्न व्यस्त मेयर बालेन साँझ पख उपमेयर सहित तीज माने, नाचे पनि

काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले आज बिहीबार दिनभर काठमाडौंको बानेश्वर शंखमुल आसपासका मापदन्डविपरीतका संरचना खाली गराउँदै, भत्काउने कार्यमा व्यस्त मेयर बालेन साँझ भने आफ्नै आयोजनामा महानगरपालिकाका कर्मचारीलाई दर खुवाउने कार्यक्रममा सहभागी भएका छन् । उपमेयर सुनीता डंगोलसहित पुगेका बालेनले महानगरका कर्मचारी महिलाहरुसँग तीजको रहर आयो बरिलै जस्ता गीतहरुमा नाचे । उपमेयर सुनीता भने थपडी बजाउँदै बसे पनि नाच्न भने अन्कनाइन् । महानगरको तीज अहिले पनि काठमाडौंको सभागृहमा चलिरहेको छ ।

डा. भट्टराईद्धारा बालेनको सपोर्ट

काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बालेनको कदमको स्वागत गरेका छन् । समाजिक संजालमा बालेको तस्बिर सेयर गर्दै वोयल डन लेखेका हुन् । Well done @ShahBalen ! Keep it up !! pic.twitter.com/tPS7gCSRmQ — Baburam Bhattarai (@brb1954) August 25, 2022

वाइसीएल पदाधिकारीद्धारा पदभार ग्रहण, ३ महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालका नव निर्वाचित अध्यक्ष सुबोध शेर्पालीले पदभार ग्रहण गरेका छन । वाइसीएलको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित अध्यक्ष शेर्पालीसंगै  वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र बहादुर गुरुङ ‘कसम’ उपाध्यक्षहरु गोगन मल्ल , मञ्जु बम, मिङ्माडन्डु शेर्पा,महासचिव गणेश शाही लगायतका पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । वाइसीएल नेपालको केन्द्रीय कार्यलय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै १४ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै पदभार ग्रहण गरेका हुन । पदभारपछि पत्रकारहरुसंग बोल्दै वाइसीएल नेपालका अध्यक्ष शेर्पालीले १६ देखि २६ वर्षसम्मको युवाहरूलाई वाइसीएलमा आकर्षित गर्नको लागि ३ महिने संगठन सुदृढीकरण अभियान संचालन तथा राष्ट्रिय मुद्दाहरु जोडदार संग उठाउने जानकारी गराए । बढ्दो महंगी नियन्त्रण, संरचनागत भ्रष्टचार, नीतिगत भ्रष्टचार, दलालीकरण र चरम श्रम शोसनका विरुद्ध वाइसीएल नेपाल दृढतापूर्वक लड्ने उद्घोष गरेका छन् । साथै श्रम र उत्पादनमा वाइसीएल भन्ने मुल नाराका साथ युवाहरूलाई आत्मनिर्भर हुने व्यवसाय थालनी गर्न प्रत्येक पालिकामा १०० जना युवा सम्मीलित श्रम सहकारी गठन गर्ने वाइसीएल नेपालले जानकारी गराएका छन् । नागरिकता विधेयकमा थपिएको अन्यौलताका कारण नागरिक राज्यविहीन बनेको कुरा, भारतद्धारा अतिक्रमित नेपालका भूमिहरु रक्षाका लागि जागरणमूलक कार्यक्रमको आयोजनासहित सरकारलाई भूमि फिर्ताको निम्ति अपिल समेत गर्ने बताए । जनयुद्धरजनआन्दोलन तथा अन्य सबै न्यायपूर्ण आन्दोलनका महान शहिदहरुलाई राष्ट्रिय शहिद र जनसेनाका योद्धाहरुलाई गणतान्त्रिक सेनानी घोषणाका लागि अपिल तथा ‘सहिद परिवारसंग युवा भेटघाट तथा सम्मान’ कार्यक्रम घोषणा गरेका छन् । पदभार ग्रहण तथा पत्रकार सम्मेलन कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् वाइसीएल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखा, वाइसीएल नेपालका तात्कालिन संयोजक सुमन देवकोटा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

एकैदिन ४४४ जना संक्रमित, ३ जनाको मृत्‍यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९५४ जनाको परीक्षणमा ४४४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९९६जनाको पीसीआर परीक्षण गर्दा २११ जना र २ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा २३३ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । यस्तै बिहीबार कोरोना संक्रिय संक्रमितको संख्या ४ हजार १९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् ।

छोरी जीवन बीमा कार्यक्रमका लागि भरतपुर महानगर र राष्ट्रिय बीमा संस्थानबीच सम्झौता

चितवन । भरतपुरमा जन्मिने छोरीका लागि निःशूल्क छोरी जीवन बीमा कार्यक्रम अन्तर्गत भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच बिहीबार सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका र राष्ट्रिय बीमा संस्थानबीच सौम्झौता–पत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा भरतपुर महानगरपालिकाको तर्फबाट प्रमुख महिला विकास अधिकृत शान्ताकुमारी पौडेल र राष्ट्रिय बीमा संस्थानका प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेका हुन्। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल दोस्रो पटक महानगर प्रमुखमा निर्वाचित भई पदभार ग्रहण गर्दा भरतपुर महागनरपालिकामा जन्मिने छोरीका लागि निःशूल्क जीवन बीमा गर्ने निर्णय गरेका थिए । गत जेठ ११ गतेका दिन लागु हुने गरी १५ वर्ष अवधिका लागि बीमा कार्यक्रम सुरु गर्ने निर्णयलाई कर्यान्वन गर्न सम्झौता गरिएको हो । सरकारी स्वास्थ्य संस्थामा जन्मेका छोरीहरुले मात्र यो सेवा लिन पाउने छन् । गत जेठ ११ गतेका दिनदेखि जन्मिएका छोरीको मात्र यो कार्यक्रममा सहभागि हुन पाउने छन् । छोरी जीवन बीमा गर्न महानगरपालिको स्थायी बासिन्दा हुनुपर्ने छ । बीमाका लागि जन्मदर्ताको प्रमाण पत्र र फोटोसहित वडा कार्यालयमा जानुपर्ने छ । यो बीमा योजनाको बीमाङ्क रकम रु ५० हजार र बीमा अवधि १५ वर्षको हुनेछन् । बीमा कार्यक्रममा सहभागि भएका छोरीहरुले १५ वर्षमा प्रचलित बोनस दरका आधारमा एकमुष्ट रकम प्राप्त गर्नेछन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले छोरीलाई प्रोत्सहान र संरक्षित गर्ने उदेश्यसहित छोरी जीवन बीमा कार्यक्रम लागू गरिएको बताए । यो कार्यक्रमले छोरा र छोरीबीच हुने सामाजिक विभेद न्युनिकरणमा सहयोग पुग्ने प्रमुख दाहालको विश्वास छ । पदभार ग्रहणका क्रममा नगर प्रमुखले दाहालले गरेको अर्को निर्णय ७ हजारसम्म निःशूल्क पिउने पानी उपलब्ध गराउने निर्णय भने कार्यन्वयन भइसकेको छ । पहिलो कार्यकालको पदभार ग्रहणमा प्रमुख दाहालले भरतपुर अस्पतालमा महिलालाई निःशूल्क ओपिडी टिकटको व्यवस्था गर्ने निर्णय गरेकी थिइन्।

माधव नेपालको प्रश्न – राष्ट्रपतिले के गर्न खोजेको ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीको गतिविधिले शंका जन्माएको बताएका छन् । बिहीबार पार्टी पुनर्गठन दिवसका अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले राष्ट्रपतिको गतिविधिबारे सत्ता गठबन्धनले नियालिरहेको बताए । ‘अब भोलिका दिनमा सुन्दै जानुहोला । राष्ट्रपतिका बारेमा पनि कुरा आइरहेका छन् । राष्ट्रपतिले जुन ढंगले आर्मीका पूर्व प्रमुखहरुलाई बोलाएर राष्ट्रपति निवासमा भोज दिने काम भयो यसले शंका जन्मायो’, उनले प्रश्न गरे, ‘के गर्न खोजेकी छन् राष्ट्रपतिले ?’ उनले राष्ट्रपतिको कदमले भोलि अनिष्ट हुने त होइन भनेर प्रश्न जन्मिएको बताए । ‘भोलि कतै अनिष्ट त हुने होइन । प्रश्न जन्माएको छ । आज बिहान बालुवाटारमा हाम्रा बीचमा यसबारे छलफल पनि भएको छ । यी सबै परिस्थितिका बारेमा निगरानी गरिरहेका छौ’, अध्यक्ष नेपालको भनाइ छ ।

एमाले केन्द्रीय कमिटी बैठक बस्न ११ एजेन्डा तय

काठमाडौं । नेकपा एमालेले शुक्रबारबाट बस्ने केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तयार पारेको छ । बिहीबार बसेको पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकका लागि ११ एजेण्डा तय गरेको पार्टी प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनकाअनुसार पहिलो एजेण्डाका रुपमा अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन पेससहित त्यसमा ग्रुप विभाजनमार्फत छलफल गर्ने, मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई सपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो एजेण्डा रहेको छ । त्यस्तै यसअघि पार्टी सचिवालयले गरेका निर्णयहरु पेश गर्ने तेस्रो एजेण्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेण्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिए । त्यस्तै पाँचौ एजेण्डामा स्थानीय निर्वाचनका सम्वन्धमा छानविन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानविन समितिको प्रतिवेदन पेश गर्ने र छैठौं एजेण्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ ।

स्थायी समितिमा भूसालको प्रस्ताव – वाम मोर्चा बनाऔं, प्रत्यक्षतर्फ १५० सिट जितौं (पूर्णपाठ )

काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले आग्रह पूर्वाग्रह नराखी वाम कम्युनिष्ट पार्टीहरुको मोर्चा बनाएर आगामी निर्वाचनमा भाग लिनुपर्ने प्रस्ताव पार्टी बैठकमा राखेका छन् । उनले भदौं ७ गते एमाले पार्टी कायालयमा बसेको पार्टी स्थायी समिति बैठकमा लिखित रुपमा नै त्यस्तो प्रस्ताव राखेका हुन् । तर उनको प्रस्तावलाई वाहिर नलगी पोलिटब्यूरो र केन्द्रीय समिति बैठकमा छलफल गर्न सक्ने बताइएपनि पोलिटब्यूरो बैठक जारी रहँदा उनको प्रस्ताव सार्वजनिक भएको छ । भुसालले ४ पृष्ठको लिखित प्रस्ताव राख्दै स्थानीय तहमा पनि अहिले कम्युनिष्ट पार्टीहरुले ल्याएको सिट संख्या जोड्दा ३४७ पालिका हुने र करिव १५० स्थानीय तह कम्युनिष्ट विभाजनका कारण गुमेको सन्दर्भ उल्लेख गदै अहिले पनि चुनावमा वाम मोर्चा बनाएर जान सकिएमा कम्युनिष्टहरुको प्रतिनिधीसभाको १६५ मध्ये १५० सिट जित्न सकिने दावी गरिएको छ । अध्यक्ष ओलीलाई सम्वोधन गरेर उनले पार्टीको स्थायी समिति बैठकमा त्यस्तो प्रस्ताव राखेका थिए । ‘मैले निर्वाचन अगाडि नै कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिँदा करिब ६०० नगर–गाउँ पालिकाहरुमा जितिन्छ भन्ने आकलनका साथ वाममोर्चाको प्रस्ताव गरेको थिएँ । गत स्थानीय तहको निर्वाचन परिणामले त्यसलाई पुष्टि गरेको छ । अहिले नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतले जितेका स्थानीय तह जम्मा ३४७ छन् । कम्तिमा १५० स्थानीय तह कम्युनिष्ट पार्टीको विभाजनका कारणले गुमेका छन् ।त्यो क्षति हामी बाँचेका सबै कम्युनिष्टको नालायकी हो’ भूसालले आफनो प्रस्तावमा भनेका छन्,–‘फेरि निर्वाचन आउँदै छ । स्थानीय तहको परिणामका आधारमा हेर्दा वाममोर्चा बनेको अवस्थामा संघीय संसदको निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सिटमा करिब १५० सिटसम्म ल्याउन सक्ने देखिन्छ । त्यसको अर्थ संसदमा दुई तिहाई भन्दा बढि हो । वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ ।’ भूसालले कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली काङ्ग्रेसले नेकपा एमालेका विरुद्ध कम्युनिष्ट पार्टीहरुलाई नै प्रयोग गर्ने अवस्था देखिँदै गएको भन्दैं त्यसो भएमा आगामी निर्वाचनमा मात्रै होइन कम्युनिष्ट पार्टी र आन्दोलनलाई धेरै पछिसम्म असर गर्ने बताएका छन् । यसलाई कुनै बहानावाजीले ढाकछोप गर्न नसकिने भन्दै भूसालले त्यसलाई उल्ट्याउने र राष्ट्रिय राजनीतिमा वाम वर्चस्व पुनस्र्थापना गर्ने काम हाम्रालागि सबैभन्दा महत्वपूर्ण रहेको बताएका छन् । ‘यो काम नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव हुने हुँदा हामीले नै त्यसको पहलकदमी गर्नु पर्छ,’ भूसालले भनेका छन् । चुनावमा फेरि वाम मोर्चा या एकताको कुरा गर्दा जनताले प्रश्न गर्न सक्ने तिर पनि सचेत रहँदै जनतालाई त्यसको विषयमा जानकारी गराएर जानुपर्ने प्रस्ताव पनि भूसालले बताएका छन् । ‘फेरि वाम मोर्चा वा एकताको पहल गर्दा यसभन्दा पहिलेको एकता किन टिक्न सकेन भन्ने कुरा हामीले दुनियाँलाई बताउनु पर्छ । आरोप प्रत्यारोपका लागि अनेकौँ मुद्दा छन् तर त्यस एकताको प्रक्रियामा गम्भीर त्रुटी थियो । जतिसुकै जिम्मेवार भए पनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने अभियान दिगो र फलदायी हुँदैनन्,’ भूसालले आफनो प्रस्तावमा अगाडी भनेका छन्,–‘त्यस एकता प्रक्रिया मूलतः दुई जनालाई जिम्मा लगाएर वा दुई जनाले जिम्मा लिएबाटै विभाजनको बीउ रोपिएको थियो । त्यस कमजोरीले अरु घटनाहरुलाई जन्मायो । हामीले त्यसबाट शिक्षा लिनु पर्छ ।’ भूसालले यस्तो प्रस्ताव स्थानिय तहको निर्वाचन अगाडी देखि उठाँउदैं आएका छन् । तर एमालेभित्रै अध्यक्ष ओली भूसालको प्रस्तावमा सकारात्मक देखिदैनन । वाम कम्युनिष्ट पार्टीमध्येमा पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्टिय जनमोर्चा कांग्रेससँगको गठबन्धनमा छन् । हेर्नुहोस पूर्णपाठ

समाजवादी पार्टीमा ९३ सदस्यीय राजनीतिक समिति गठन

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ । पार्टी केन्द्रीय समिति अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले ९३ सदस्यीय राजनीतिक समिति गठन गरेको छ भने ९८ जनालाई केन्द्रीय समितिमा थप गरिएको छ । अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिका अनुसार बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनित गरेको छ भने केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकेको छ। बैठकले केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी दिएको छ । समाजवादी थारू संघको इन्चार्जमा गोविन्द प्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमि, शिल्पीरदलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेशाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो। इजरायल अहमदलाई जिम्मेवारी तोकेको विज्ञप्तिमा जनाइएको छ । बैठकले मङ्सिर ४ गते हुने संघीय र प्रादेशिक निर्वाचनको घोषणापत्र लेख्न अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा एमपी रिजाल, डा। जनक शाह, ई। नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा। गजाधर सुनार र जगदेव चौधरी रहेको ७ सदस्यीय घोषणापत्र लेखन समिति बनाएको छ । पार्टी अध्यक्ष महिन्द्र राय यादव संयोजक र सहध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहनेगरी सबै केन्द्रीय पदाधिकारीहरू, प्रदेश इन्चार्जहरू र विभागीय प्रमुखहरू रहेको निर्वाचन परिचालन समिति गठन गरिएको अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पार्टी निर्माण र मङ्सिर ४ गतेको निर्वाचनलाई ध्यानमा राखेर सबै प्रदेशमा प्रदेश स्तरीय एक दिवसीय अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । जसअनुसार प्रदेश नम्बर एक र सुदूरपश्चिम प्रदेशको २० गते इटहरी र धनगढीमा, मधेस र कर्णाली प्रदेशको २२ गते जनकपुर र सुर्खेतमा, लुम्बिनी र गण्डकी प्रदेशको २४ गते बुटवल र पोखरा र वाग्मती प्रदेश‍को २५ गते काठमाडौं अभिमुखीकरण आयोजना गर्ने निर्णय भएको अध्यक्ष डा.भट्टराईले उल्लेख गरेका छन् ।

राष्ट्रपतिको कदमले ’राष्ट्रवादी’उत्तेजना फैलाउन सक्छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीका पछिल्ला चर्चामा आएका कदम संविधान अनुकुल नभएको टिप्पणी गरेका छन् । संविधानले राष्ट्रपतिलाई कतैपनि स्वविवेकीय अधिकार नदिएको तर्क गर्दै भट्टराईले राष्ट्रपतिको कदम राष्ट्रवादी उत्तेजना फैलाएर अमूक दललाई सहयोग गर्ने खालको देखिएको दावी गरे । डा.भट्टराईले भने, ‘नागरिकता विधेयकलाई जोडेर राष्ट्रपतिले सैनिकरपूर्वसैनिक अधिकारीसंग ‘परामर्श’ गरेको खबर सॅाचो होभने त्यो नेपालको संविधान अनुकूल भएन। नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन। चुनावको मुखमा’राष्ट्रवादी’उत्तेजना फैलाएर अमूक दल, नेतालाई सघाउन खोजेको भए झन् भएन !’

नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिका दुराशयपूर्ण : गेझा शर्मा

काठमाडौं । अन्तराष्ट्रिय सुरक्षा मामिलाका जानकार गेझा शर्मा वाग्लेले नागरिकता विधेयकमा राष्ट्रपतिको भूमिका दुराशयपूर्ण राजनीतिक स्वार्थ र षड्यन्त्रले प्रेरित बताएका छन् । उनले राष्ट्रपतिको कदमले गणतन्त्रको प्रतीक संस्थालाई समेत गम्भीररुपमा विवादित बनाएको बताएका छन् । उनले भनेका छन् –‘नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको भूमिका दुराशयपूर्ण राजनीतिक स्वार्थ र षड्यन्त्रले उत्प्रेरित मात्रै छैन, गणतन्त्रको प्रतीक संस्थालाई समेत गम्भीररुपमा विवादित बनाएको छ । ’ शर्माकले वहालवाला सेनापति र नेपाली सेनाका अवकाश प्राप्त उच्च अधिकारीलाई शीतलनिवासमा बोलाएर राजनीतिक र विवादित विषयमा छलफल गर्नु गलत भएको बताएका छन् । उनले राष्ट्रपतिको उत्त कदमले नेपाली सेनालाई समेत अनावश्यक विवादमा ल्याउन सक्ने संभावना देखिएको बताए । उनले राष्ट्रपतिले साचिकै राजनीति गर्ने हो भने सम्मानित पद छोडेर मैदानमा आउनुपर्ने बताएका छन् । उनले भनेका छन् –‘राजनीति नै गर्ने हो भने महामहिम राष्ट्रपति भएर होइन, कमरेड विद्या भण्डारी भएर मैदानमा उत्रिनु पर्यो ।

केपी ओली भेट्न बालकोट पुगे मीनेन्द्र रिजाल

काठमाडौं।कांग्रेस नेता एवं सांसद डा.मीनेन्द्र रिजालले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निजी निवास बालकोट पुगेर भेट गरेका छन्।ओली प्रधानमन्त्री रहँदा कटु आलोचकको छवि बनाएका रिजालले सोमबार उनैलाई भेटेर झन्डै सवा घन्टा सौहार्दपूर्ण भेटघाट गरेका हुन्। भेटमा उनीहरूबीच राजनीतिक विषयमा अन्तरंग कुराकानी भएको नेता रिजालले बताए। सत्ता गठबन्धनसँग सकारात्मक सम्बन्ध नरहेका प्रमुख विपक्षी नेता ओलीसँगको भेटका लागि नेता रिजालले नै अग्रसरता लिएका थिए। ‘हामीबीच खुला रूपमा सन्तोषजनक कुराकानी भयो,’रिजालले भेटबारे नागरिकसँग भने, ‘म मेरो पार्टीको नेतृत्वलाई जानकारी दिनुपर्ने ठाउँमा यसबारे बताउनेछु तर सार्वजनिक रूपमा यसबारे केही बताउन उचित हुन्न।’ यतिबेला प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा समूहमा रिजाल छैनन्। पार्टी महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि उनले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए। पाँच वर्षअघि प्रतिनिधिसभाको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीचको गठबन्धनका कारण उत्पन्न असहज स्थितिमा पनि निर्वाचित सीमित कांग्रेस सांसदमध्ये रिजाल पनि हुन्। उनीसहित केही सांसदले प्रतिनिधिसभामा प्रमुख विपक्षी दलका सदस्यको हैसियतमा ओली सरकारको खुलेर विरोध गरेका थिए। तर चुच्चे नक्सा जारी गर्ने पक्षमा भने समर्थन गरेका थिए। अघिल्लो निर्वाचन सहजै जिते पनि यसपटक उम्मेदवार बन्नसमेत रिजाललाई पार्टीभित्रै चुनौती छ। ओलीसँगको यो भेटलाई भने कांग्रेस वृत्तमै अर्थपूर्ण रूपमा लिइएको छ। आजको नागरिक दैनिकमा समाचार छ।

बन्दकर्ताले एकाबिहानै जलाए टिप्पर

दाङ । नेपाल बन्दको आह्वान गरेका ४ दलीय बन्दकर्ताकाले दाङमा एकाबिहानै टिपर जलाएका छन् । आज मंगलबार बिहान घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा उनीहरुको आगजनी गरेका हुन् । सडकमा बन्दकर्ताको खासै उपस्थिति नभए पनि चाररपाँच जनाको समूहमा रहेका बन्दकर्ताले टिप्परमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । तर बन्दकर्ता आगजनी गरेको भागेका छन् । उनीहरुको खोजी र अनुसन्धाना शुरु गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका छन् । आफ्नो पार्टीका नेताहरुलाई विगतमा भएको तीन बुँदे राजनीतिक सहमतिविपरीत सरकारले पक्राउ पुर्जी जारी गरेको र भ्रष्टाचार तथा महँगी बढिरहेको भन्दै त्यसविरुद्ध बन्द आह्वान गरिएको छ ।

भरतपुर महानगरपालिकाले गर्‍यो प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता

चितवन । भरतपुर महानगरपालिकाले सेवा प्रवाहलाई थप चुस्तदुरुस्त बनाउन प्रमुख प्रसाशकीय अधिकृतसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । महानगर मातहतका ४ वटा महाशाख, ३३ वटा शाखा र २९ वडा कार्यालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गरिएको छ । कार्यालयले मासिक रुपमा सम्पादन गर्नुपर्ने कार्यको सूचक निर्धारण गरी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र प्रमुख प्रसाशकीय अधिकृत रामबन्धु सुवेदीबीच सोमबार महानगर सभाहलमा कार्यसम्पादन करार सम्झौता भएको हो । एक वर्षे कार्यअवधि रहेको कार्यसम्पादन सम्झौताले निर्धारण गरेका सूचकको मासिक, चौमासिक, वार्षिक रुपमा सम्झौता गर्नेले सम्झौता गराउनेलाई प्रतिवेदन बुझाउनु पर्ने करार सम्झौतामा उल्लेख गरिएको छ । सम्झौतामा नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत, महाशाखा प्रमुख, शाखा प्रमुखसँग सम्वन्य गरी योजनाहरुलाई अघि बढाउनुका साथै भ्रष्टाचारजन्य क्रियाकलापसमेत हुन नदिने सम्झौतामा उल्लेख गरिएको छ । कार्यसम्पादन प्रगतिलाई कार्य सम्पादन मूल्यांकनसँग आबद्ध गरिनेछ । करारले सेवालाई थप चुस्तदुरुस्त, कर्मचारीलाई जिम्मेवार र जवाफदेही बनाउन, परिमाणमा आधारित उपलब्धी हाँसिल गर्न, समृद्ध र स्मार्ट महानगर निर्माण गर्न यो सम्झौता गरिएको महानगर प्रमुख रेनु दाहालले बताइन्। महानगरपालिकामा काम नभएको होइन, अझै जनताको गुनासो नआउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन पनि दिए। यस्तै भरतपुर महानगर उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय जनतासग खुसी हुने गरी कार्य सम्पादन महानगरका मातहतका कर्मचारीलाई आग्रह गरे । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले इमान्दर र कर्तव्यनिष्ठ भएर समृद्ध महानगर निर्माणमा जुट्न सम्पूर्ण कर्मचारीलाई अनुरोध गरे । सम्झौतामा उल्लेख भएको जिम्मेवारीलाई अक्षरस पालना गरी मैदानमा उत्रन आग्रह गरे। वडा नम्बर १ का सचिव मधुराम दवाडीले करार सम्झौता अनुसार नै कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरे । वडा सचिव दवाडीले महानगरको मर्म र भावना अनुसार सबैसँग सम्वन्य गर्दै अगाडि बढ्ने उल्लेख गरे । यो सम्झौता गरेपछि महानगरको सेवा प्रवाह छिटो छरितो र गुणस्तरीय हुने, विकास निर्माणको कार्यमा थप गतिशिलता हुने, निर्धारित समयमा कार्य सम्पादन हुने र स्थानीय तहहरुको वार्षिक रुपमा हुने स्वमूल्याङ्कनको कार्यमा थप उपलब्धी हासिल हुने विश्वास लिइएको छ । यही करार सम्झौता अनुसार कार्य सम्पादन भएका आधारमा कर्मचारीको वृत्ति विकास, दण्ड र पुरस्कृत गर्ने महानगरले जनाएको छ । यस अघि प्रमुख प्रशासकीय अधिकृतसँग महाशाखा, शाखा र वडा सचिवबीच सम्झौता हुने भएपनि महानगर प्रमुख र उपप्रमुखसँग यो पहिलो पटक सम्झौता भएको हो । यो सम्झौताले महानगरको कार्य सम्पादनमा थप सुधार हुने अपेक्षा गरिएको छ ।