प्रचण्डद्धारा कराते खेलाडीलाई बिदाई

काठमाडौं ।पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खेलाडीलाई बिदाई गरेका छन् ।

उनीहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गरेका हुन् ।

null

अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली सहभागी हुने छ।

खेलाडीलाई बिदाइ गर्दै अध्यक्ष प्रचण्डले मेडल ल्याउन नेपाली खेलाडीहरू सफल हुने विश्वास व्यक्त गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

null

बिदाई कार्यक्रममा नेपाल वादोरियो कराते डो संघका केन्द्रीय पदाधिकारी, नेपाल कराते महासंघका उपाध्यक्ष श्याम शेर्पा र सचिव वि.आर लगायत सहभागी थिए ।

nullnullnull

बझाङमा पहिरोमा पुरिएर एकै परिवारका ४ जना बेपत्ता

धनगढी । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् । आइतबार राति बुङ्गल नगरपालिका१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले पहिराले स्थानीय वी बहादुर धामीको घर पुरिंदा ४ जना बेपत्ता भएको बताए । अन्य ६ जनाले भने भागेर ज्यान जोगाएका केसीले बताए ।

देशका यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा मधेश प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, सबै प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, गण्डकी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना छ ।

परराष्ट्रमन्त्री राणा नयाँ दिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे। परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् । भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । साथै, उनी नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन् ।   

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा भैरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।   

गण्डकीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, यस्तो छ पूर्वानुमान

  काठमाडौ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति, देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । आज सूर्योदय बिहान ५ बजेर ३६ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३९ मा हुनेछ ।  

शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल भदौ १ गते शनिबार सन् २०२४ अगष्ट १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शनिबार अमेरिकी डलर र यूरोको विदेशी विनिमयर दर घट्दा बेलायती पाउण्ड बढेको छ। कतारी रियालको खरिद दर स्थिर रहँदा बिक्री दर भने बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०१ पैसा र बिक्री दर १३४ रुपैयाँ ६१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४७ रुपैयाँ २८ पैसा र बिक्री दर १४७ रुपैयाँ ९४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ९२ पैसा र बिक्री दर १७३ रुपैयाँ ६९ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७५ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी प्रदेशका यी स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको उत्तरतर्फ तथा पश्चिम तर्फ सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, आज राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टामा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ३५ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४० मिनेटमा हुनेछ ।

प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप—विदेशमन्त्री रिचार्ड आर बर्माले आज शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे।  प्रधानमन्त्री ओलीले नेपालको विकासका विविध क्षेत्रमा सहयोगको अपेक्षा गरे। प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नती हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको पनि जानकारी गराए।  सो क्रममा उपमन्त्री बर्माले दुई देशबीचको ७७ वर्षदेखिको सम्बन्धको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाको लागि खुसीको विषय भएको बताए। उनले नेपालको संक्रमणकालीन न्याय टुंगोमा पुग्न लागेकामा बधाई दिए। भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

अधिकांश वाणिज्य बैंकले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूले यो भदौ महिनाका निम्ति ब्याजदर घटाएका छन् । सञ्चालित २० मध्ये १३ वाणिज्य बैंकले मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन् । चारले स्थिर राखेका छन् । दुई वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । औसतमा वाणिज्य बैंकहरूको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको शुक्रबार सार्वजनिक विवरणानुसार देखिन्छ । सर्वाधिक ब्याजदर घटाउनेमा नेपाल बैंक छ । यो बैंकले साउनमा मुद्दती निक्षेपमा दिँदै आएको ब्याजदर १ प्रतिशत विन्दुले घटाएको छ । यस्तै, प्रभु बैंकले ०।९० प्रतिशत विन्दु, नेपाल इन्भेस्टमेन्ट मेगा र माछापुच्छ्रे बैंकले ०.५० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । ब्याजदर बढाउनेमा हिमालयन र प्राइम कमर्सियल बैंक छन् । साउनको तुलनामा भदौका निम्ति यी दुवै बैंकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नबिल बैंकले ब्याजदर स्थिर राखेका छन् । पछिल्ला दिनमा तरलता सहज हुँदै गएकाले बैंकहरूले ब्याजदर घटाउँदै गएका छन् । थोरै ब्याज दिएपछि बैंकमा यस्तो निक्षेप राख्न मानिस कम आउने गर्छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने केही  स्थानमा  मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाँकी भू–भागहरूमा आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।                                                                                                                      विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैबीच, पश्चिम नेपालका विभिन्न जिल्लामा गएराति वर्षा भएको छ । जाजरकोट, दैलेख, अछामसँगै गुल्मी, म्याग्दी,  बागलुङ, पर्वतमा वर्षा भएको छ ।  गुल्मीको मुसीकोट, तम्घास, म्याग्दीको मुना, बागलुङको गलकोट, पर्वतको पन्चासे, कार्किनेटा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।  जाजरकोट, दैलेखको डन्डा गाउँ, अछामको असाराघाट वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ ।  विभागले थप वर्षा हुनसक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने निस्ती खोला लगायत अन्य स–साना खोलामा बहाव केही बढ्नसक्ने बताएको छ । त्यसैले कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह छ ।   हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । 

विद्यार्थीले दिए त्रिवि प्रशासनमा धर्ना

काठमाडौं । समयमै ट्रान्सकिप्टक उपलब्ध गराउनुपर्ने लगायतका विभिन्न माग राख्दै  त्रिभुवन विश्व विद्यालयका केही विद्यार्थीहरु त्रिभुवन विश्व विद्यालयको प्रशासन मै धर्ना बसेका छन् ।ट्रान्सकिप्ट उपलब्ध गराउन ढिलाई गरेको र नतिजा समेत असम्बन्धित विषयको प्रकाशित गरेको आरोप लगाउँदै आजदेखि उनीहरु त्रिवि प्रशासनमा धर्नामा बसेका हुन् । विगत मंसिर महिनामा ट्रान्सकिप्टको लागि निवेदन दिएको भएपनि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले वेवास्ता गरेको  उनीहरुको आरोप छ । ६ वटा विषयमा परिक्षा दिदा ११ ओटा विषयको नतिजा निकालि दिएको आरोप लगाउँदै उनीहरु आज रातभर नै धर्ना बस्न लागेको धर्नामा रहेका विद्यार्थी प्रदीप भण्डारीले जानकारी दिए । आफ्ना मागहरु जायज रहेको बताउँदै माग पुरा नभएसम्म धर्नाबाट नउठ्ने र अनशन बस्ने बताउँदै आएका विद्यार्थी मध्येका एक विद्यार्थी प्रदीप भण्डारीले विद्यार्थीहरुलाई आफ्नो आन्दोलनमा साथ दिन अपिल समेत गरेका छन् ।  उनले भनेका छन्- 'प्रिय साथीहरु मैले विद्यार्थीहरूको लागि मङ्सिर देखि ट्रान्सकिप्ट लिनका लागि निवेदन दिए। पटक पटक धाउदा पनि त्रिभुवन विश्वविद्यालयले ट्रान्सकिप्ट उपलब्ध गराएन । ६ वटा विषयमा परिक्षा दिएको तर ११ ओटा विषयको नतिजा निकालिदियो । समयमा नै ट्रान्सकिप्ट दिन र रिजल्ट सच्याउन हामी सक्दैनौँ भन्दै टार्दै गयो । हामी केही विद्यार्थीहरु आज रात भर पनि त्रिवि प्रशासन प्रमुखको कक्षमा बस्ने निर्णयमा पुगेका छौं । र अहिले प्रशासन प्रमुखको कक्षमा धर्ना बसेका छौं । त्रिवि र विद्यार्थीलाई माया गर्ने साथीहरु बल्खु आइदिनुहुन अनुरोध गर्दछौं ।'

आज दिउँसो भन्दा राति ठुलो वर्षा हुने, यस्तो रहनेछ मौसम

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।आज बिहान सूर्योदय ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।

सेवाग्राहीलाई गर्ने व्यवहार सुधार्न सरकारी कर्मचारीलाई उपप्रधानमन्त्री पौडेल निर्देशन

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन्। बुधबार ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम समापनलाई पौडेलले सबै सेवाग्राहीप्रति समान व्यवहार गर्दै कार्यसम्पादन गर्न निर्देशन दिएका हुन् । उनले सेवाग्राहीप्रति समान व्यवहारबाट चुक्ने गरेको गुनासो आउने गरेको भन्दै यसमा राष्ट्रसेवक कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए । पौडेलले आफूलाई असल राष्ट्रसेवक कर्मचारी प्रमाणित गर्न पनि मैत्रीपूर्ण काम गर्नुपर्नेमा जोड दिएका छन् । निजामती कर्मचारीहरूले काम गर्दा कानुनसँग बाझिएको छ वा छैन भन्ने ख्याल गर्नुपर्ने समेत उनले बताएका छन् । पौडलले सरुवा–बढुवाका लागि राजनीतिक दल वा मन्त्रीहरूको भनसुनबाट मुक्त हुन पनि कर्मचारीलाई निर्देशन दिए ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल साउन ३० गते बुधबार सन् २०२४ अगष्ट १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर हुँदा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७१ रुपैयाँ ४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा पुगेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर कति

आज यी प्रदेश विभिन्न क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा हुने

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ । आज राती देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सूर्योदय बिहान ५ बजेर ३४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ४२ मिनेटमा हुनेछ ।