साँस्कृतिक क्षेत्रको विकास अन्य क्षेत्र जस्तै महत्वपूर्ण छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भौतिक विकाससँगै साँस्कृतिक विकासलाई पनि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । बुधबार भरतपुर २५ स्थिति बयरघारीमा रमाईलो साँस्कृतिक कला केन्द्रको उद्घाटन गर्दै उहाँले भौतिक विकासले मात्र मानिसलाई सन्तुष्टि नमिल्ने उल्लेख गर्नुभयो ।

खुसी र सुखी महानगर निर्माणमा महानगर अघि बढेकाले भौतिकसँगै सामाजिक, आर्थिक र साँकृतिक क्षेत्रमा समान रुपमा अघि बढेको उहाँले बताउनुभयो । महानगरमा भौतिक विकास उल्लेखीय रुपमा अघि बढिसकेकाले महानगरले अहिले आर्थिक, सामाजिक र साँस्कृतिक पक्षलाई विषेश प्राथमिकता दिएको उहाँको भनाई छ ।

कलाकेन्द्रको मध्यमबाट संस्कृतिको प्रर्वधन, जर्गेन तथा जागरण ल्याउन सकिने भएकाले यस्ता कार्यहरुले संस्कृतिको संरक्षण हुने प्रमुख दाहाले बताउनुभयो । ‘हिजोको दिनमा तीजका सन्दर्भमा दुःख र बेदनाको गीत गाउने परिपाटी थियो, उहाँले भन्नुभयो,‘अहिले व्यवस्था फेरिएको छ । महिलाहरु अधिकार सम्पन्न भएका छन् । महिलाहरु देशको नेतृत्वदायी भूमिकामा छन्। त्यसैले उत्सहाका गीत गाउनु होस्।’null

प्रमुख दाहालले हिजोको समान्तवादी व्यवस्थामा महिलामाथि थिचोमिचो हुने, पुरुषले महिलालाई दमन गरेर घरयासी काममा मात्र लगाउने परिपाटी भएकाले त्यस्ता गीतहरु गाउने गरिएको उहाँले स्मरण गर्नुभयो । देशमा महिलाहरु राष्ट्रपति, सभामुख, उपसभामुख, प्रधानन्याधिस, मन्त्री, मेयर,उपमेयर, वडाध्यक्ष भइसकेकाले उत्सहाका गीत गाउदै संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका वडा नम्बर २४ का अध्यक्ष रामबहादुर गोदारले भरतपुर २४ र २५ मा दलित र जनजातिको बाहुल्यता रहेकाले यहाँ धेरै प्रतिभाहरु रहेका बताउनुभयो । कला केन्द्रले नयाँ प्रतिभा जनाएर राष्ट्रिय कलाकार उत्पादनको केन्द्र बन्ने विश्वास गर्नुभयो ।  भरतपुर २५ को बयरघारीमा भएको कार्यक्रममा राष्ट्रिय कलाकारहरुले प्रस्तुति दिएका थियो । कार्यक्रमलाई हेममायाँ फाउण्डेशनका अध्यक्ष हेम थापा र माया थापाले आर्थिक सहयोग गर्नुभएको हो ।

एमाले सांसद भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न सभामुखको निर्देशन

काठमाडौ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।  भट्टराईले बोल्ने क्रममा सांसद भट्टराईले माओवादीले संचालन गरेको ‘हिंसा’का कारण मुलुकमा समयमा विद्युत उत्पादन नभएको आरोप लगाउनुभएको थियो ।  माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभएको थियो । भट्टराईले माओवादी सांसदहरूले बोलिरहेका बेला पनि उक्त शब्द प्रयोग गरेका गर्नुभएको थियो। पाण्डेले भन्नुभयो– ‘नियमको उलंघन भइरहेको छ, यो संसद्को नियमावलीको २६ मा नियमापत्तिको विषय छ । यहाँ न त दिइएको समयको पालन गरिएको छ न त संवैधानिक र नियमावलीका भाषा पालन गरिएको छ । यहाँ प्रयोग भएको भाषा संविधान, नियमावलीअनुसार प्रयोग भइरहेको छैन । त्यसकारण हिंसा शब्दलाई रेकर्डबाट हटाउन माग गर्दछु ।’ त्यसपछि सभामुख घिमिरेले भट्टराईले बोलेका शब्दमाथि छानबिन गर्नका लागि निर्देशन दिनुभएको थियो । त्यसपछि पनि एमालेका सांसद भट्टराई र रघुजी पन्तलगायतले उक्त शब्द दोहोर्‍याएपछि माओवादीले भने एमालेका शब्द र व्यवहारको विरोध गरेको थियो ।  

ओली सरकार नाङ्गिसक्योः सुदन किराँती

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले वर्तमान केपी शर्मा ओलीको सरकार नाङ्गिसकेको टिप्पणी गर्नुभएको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले बादशाह नाङ्गिएको कथा सुनाउँदै अहिलेको उहाँले सरकार पनि सोही अवस्थामा पुगिसकेको बताउनुभयो ।  ‘सरकारको कमजोरी औँल्याउँदा हनिमुन मनाउन दिएन भन्छन् । परिस्थिति हेर्दा हनिमुन मनाउने छूट छैन’– उहाँले भन्नुभयो– ‘सरकारको मन पोल्दैन भने राष्ट्रघाती र जनघाती काम गरेर हैन नगरेर हनिमुन मनाउनुपर्‍यो ।’ उहाँले जादुमयी ढङ्गबाट बनेको सरकार जन्मँदै आफ्नै कारणले धेरै प्रश्न जन्मिएको र यसले जनतामा आक्रोश बढाएको बताउनुभयो ।

‘नारा लगाएकै आधारमा पक्राउ गर्नु कमिलाको प्वाँख पलाएजस्तो’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नारा लगाएकै आधारमा युवाहरूलाई पक्राउ नगर्न सरकारलाई सचेत गराएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले यस्तो रवैयाले सरकार धेरै दिन नटिक्ने चेतावनी दिए। स्वदेशमा अवसर र रोजगारी नपाएका युवाको विरोधकाे स्वर सुन्ने धैर्यता राज्यसँग हुनुपर्ने भन्दै उनले पक्राउ परेका युवाको रिहाइको माग गरे । साथै विभिन्न जिल्लामा स्ट्याटस लेखेकै भरमा पक्राउ परेका भन्दै ढकालले यस्तो रवैया नदेखाउन चेतावनी दिए।  ‘गौरापर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरूले विरोध भाषण गरे भन्छु म । यसलाई अराजक शैली वा अनेक अनेक बहाना लगाएर सरकारले भिडियो फुटेजहरू स्क्रिनिङ गरी–गरी हिजोबाट ती युवा  साथीहरूलाई हिरासतमा राख्न थालेको रहेछ, यो बिलकुल गलत भएको छ । विरोधका बोलीहरू, त्यो पनि युवाले राखेको राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ ।  स्वदेशमा अवसरबाट वञ्चित, रोजगारीबाट वञ्चित बनाइएका ती युवाहरूले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दै गर्दा यसरी समाउन पाइँदैन। ती युवाको तत्काल रिहाइको म माग गर्छु,’ ढकालले भने, ‘साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरूलाई समातिएको समाचार पनि आएको छ । कमिलाको उड्ने वेलामा प्वाँख पलाएजस्तो नहोस्, हामी पनि यो विषयमा संवेदनशील छौँ । तर, सरकारले यस्तै रवैया देखायो भने कमिलाको प्वाँख पलाएजस्तै हुन्छ।’

प्रतिनिधिसभाको बैठक (प्रत्यक्ष प्रशारण)

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै सांसद डा. तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची रहेको छ ।

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक धनगढीमा सुरु

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरुको परामर्श लिने गर्नुभएको छ । प्रदेश परामर्श बैठकमा अध्यक्ष प्रचण्डले सुरुमा विषय प्रवेश गराएर नेताहरूको सुझाव सुन्ने गर्नुभएको छ । प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरुपमा जनतामा जाने माओवादीको तयारी छ।

नेपाली सेनाको प्रधानसेनापतिमा सिग्देल नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देललाई नियुक्त गर्नुभएको छ। बुधबार राष्ट्रपति पौडेलले सिग्देललाई प्रधानसेनापति पदमा नियुक्ति गर्नुभएको हो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम सिग्देललाई प्रधानसेनापति पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई भदौ २४ गतेबाट लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यो वर्ष बाढीपहिरोमा मृत्यु हुनेको संख्या २०८, ५३ जना बेपत्ता

काठमाडौं । मनसुनी वर्षाका कारण गएको जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपदमा अहिलेसम्म २०८ जनाको मृत्यु भएको छ। बाढी, पहिरोलगायत विपद्परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २९, मधेस प्रदेशमा आठ, बागमती प्रदेशमा ४५, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३७, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय आठजनाको मृत्यु भएको हो। साथै काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ४२, मधेस १२, बागमतीमा ३१, गण्डकीमा ४७, लुम्बिनीमा २५, कर्णालीमा ६७ र सुदूरपश्प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७१ जना घाइते भएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।  काठमाडौं उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९, बागमतीमा १२, गण्डकीमा १४, लुम्बिनीमा चार, कर्णालीमा दुई र सुदूरपश्चििम प्रदेशमा एक सय एकजना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी कोशी प्रदेशमा तीन, मधेस एक, बागमतीमा ४४, गण्डकीमा दुई, लुम्बिनीमा एक, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा एकजना गरी ५३ जना बेपत्ता भएका छन्। बाढीको कारण जम्मा चार सय आठ घर डुबानमा परेका छन्। तीन सय ६४ वटा घर, एक सय २६ गोठ, ५२ पुल, छवटा विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। नौ सय ७२ वटा पशु चौपायाको मृत्यु भएको छ। उक्त अवधिमा विपद्घटनाबाट छ हजार ४९ घरपरिवार विस्थापित भएका छन्।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख त्रिपन्न हजार

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महंगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मंलबारको तुलनामा बुधबार छापावाला सुन तोलामा आठ सयले वृद्धि भई नयाँ कीर्तिमान कायम गरेको छ ।   मंगलबार प्रतितोला १ लाख ५२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबारका लागि एक लाख ५३ हजार १ सय मूल्य निर्धारण गरिएको छ । यस्तै, चाँदीको मूल्य तोलामा ५ ले वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार ८ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि १ हजार ८ सय ५५ निर्धारण गरिएको छ । 

ओली र देउवाविरुद्ध नाराबाजी गर्ने युवा पक्राउ गरिएकोमा बिरोध

काठमाडौं । सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो । कार्यक्रममा आफूहरूविरुद्ध नाराबाजी भएपछि ओली र देउवाले मञ्चबाटै त्यसको प्रतिवाद गरेका थिए । सिसिक्यामेराका आधारमा उनीहरूको पहिचान गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै निर्देशनमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो । नेताहरूविरुद्ध नाराबाजी गरेकै आधारमा पक्राउ गरेर थुनिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् । कार्यक्रममा प्रधानमन्त्री ओली बोलिरहकै वेला सहभागी युवाहरूले विरोधमा नाराबाजी गरेका थिए । काठमाडौं महानगर प्रमुख बालेन शाहको पक्षमा हुटिङ गर्दै युवाहरूले ओलीका कारण देशले दुःख पाएको, ओली फिर्ता जाऊ, बालेन आऊजस्ता नारा लगाएका थिए । कतिपय युवाले एमालेबाट किनारामा पारिएका नेता भीम रावलको मञ्चमा प्रवेश हुने वेला ‘वी वान्ट भीम रावल’ भन्दै चर्काे नाराबाजी गरेका थिए ।   

अमेरिकामा नेपाली छात्राको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो ।हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

रामेछाप पहिरोमा ज्यान गुमाउनेको संख्या आठ, दुई जना अझै बेपत्ता

रामेछाप । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि मृत्यु हुनेको संख्या आठ पुगेको छ । बेपत्ता तीन जना मध्ये बुधबार बिहान पहिरोमा पुरिएको अवस्थामा थप एक जनाको शब फेला परेपछि मृतकको संख्या आठ पुगेको हो । नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको संयुक्त टोलीले खोजि गर्ने क्रममा पहिरोले पुरेको अबस्थामा सोमबार दिउँसो स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख प्रदिप कुमार सिंहले जानकारी दिनुभयो । पहिरोमा अझै दुई जना बेपत्ता छन् । पहिरोमा परेर मृत्यु हुनेको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन् । बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठाहरुमा राखिएको गाउँपालिकाले जनाएको छ । यसैबिच सोमबार दिउँसो बसेको जिल्ला बिपत्त व्यबस्थापन समितिको बैठकले मृतक परिवारप्रति श्रद्धान्जली व्यक्त गर्दै रातह बितरणका लागि एकद्धार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको अध्यक्षतामा बसेको बैठकले बिस्तापितहरुको अबस्था र व्यबस्थापनका लागि अध्ययन गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

रास्वपाबाट मुलुक ढकाल निष्काशित, साधारण सदस्य पनि नरहने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ। मंगलबार बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।  पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए। पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको थियो।  पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो। महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो। त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो। 

आज पाल्पामा भगवतीको रथयात्रा, दशौं हजार भक्तजन रातभरि जाग्राममा

काठमाडौं । पाल्पामा आज भगवतीको रथयात्रा हुदैंछ । रथयात्राको पूर्वसन्ध्यामा सोमबार राति १० हजारभन्दा बढी श्रद्धालु जाग्राम बसेका छन् । नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवतीको रथयात्रा हुँदै आएको छ । रथयात्राको जाग्राममा मध्यरातमा सयौं श्रद्धालु जयजयकारको गुन्जनसहित सहभागी भएका हुन् । पाल्पा तानसेन–३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ । आतिसबाजीका साथै लाखे नाचको रौनकले मध्यरातसम्म भिड नघटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ । कृष्णअष्टमीको मध्यरातमा पूजाआजासहित राँगो, बोकालगायतका बलि दिइएको छ । तीन/तीन पटक रथलाई मन्दिर परिक्रमा गराएपछि रथयात्राका लागि मन्दिरअगाडि राखिएको छ । हरेक वर्ष भाद्र कृष्णअष्टमीको भोलिपल्ट भगवतीको रथयात्रा गर्ने प्रचलन तत्कालीन कर्णेल उजीरसिंह थापाले चलाएको इतिहासविद् कर्णबहादुर बाँनियाको पुस्तकमा उल्लेख छ । कृष्ण जन्माष्टमीको रातभर भगवतीको जयजयकारसहित भजन गाउने र जाग्राम बसिएको छ । कृष्णअष्टमीको बेलुकी लाखे नाच निकालिएको छ । लाखेमा सयौंको संख्यामा सहभागी भए । प्रशासन र प्रहरी साथै नगरपालिका, नेपाली सेनाले पूजा दिने प्रचलन छ । यसपटक भगवती जात्रामा पहिलो पटक राष्ट्रप्रमुखको सहभागिता रहने मन्दिर व्यवस्थापन समितिले जनाएका छ । भगवतीको पूजाआराधनाका साथै भगवतीको रथयात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेलको सहभागिता रहने समितिका अध्यक्ष महर्जनले जानकारी दिए । विक्रम सम्वत् १८७१/७२ मा नेपालमा कुमाउ–गडवाल, मकवानपुर गढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज र हिन्दुस्तानी फौजसँग लडाइँ भएकोमा जितगढीमा मात्र विजयी हासिल गरेको सम्झनामा अहिलेसम्म रथयात्रा गरिँदै आएको छ । विक्रम संवत् १८७७ मा सुरु भएको भगवतीको रथजात्राले अहिलेसम्म निरन्तरता पाएको भगवती मन्दिर व्यवस्थापन समितिका सचिव प्रकाश गंगोलले बताए ।

एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन हुँदै छ । सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो । मंगलबार बिहानदेखि उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम हुने छ । त्यसपछि दिउँसो २ बजेदेखि मतदान सुरु हुने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन्। आजको निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष पनि चयन हुनेछन् । यसैगरी ८४ सदस्यीय पोलिटब्युरो पनि निर्वाचनबाट चयन गरिने छ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटब्युरो चयन गर्ने छन् ।

काठमाडौं महानगरमा बालेन–एमाले टक्कर

काठमाडौं । काठमाडौँ महानगरभित्रका नदीको दायाँबायाँ २० मिटर छाड्नुपर्ने काठमाडौँ महानगरको निर्णयमा नेकपा (एमाले)ले आपत्ति जनाएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले पत्रकार सम्मेलन आयोजना गरी काठमाडौँ महानगरपालिका प्रमुखस्तरीय निर्णयानुसार महानगरपालिका क्षेत्रभित्र नदीको नापी नक्साबाट कायम रहेको छेउबाट दायाँबायाँ छोड्नुपर्ने भनेर तोकेको दूरीका अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने र निर्माण रोक्का राख्नेसम्बन्धी सूचनाप्रति आपत्ति जनाएको हो । एमालेका काठमाडौँ जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल महानगरभित्र नदीको दायाँबायाँ २० मिटर छाडनुपर्ने निर्णयले ८० हजार घरधुरी प्रभावित भएको बताउनुभयो । उहाँले उक्त निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्नुभयो । एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले महानगरको निर्णयले ८० हजार घरधुरी प्रभावित हुने र महानगरको निर्णयले नागरिकको सम्पत्तिको हकसम्बन्धी अधिकार पनि कुण्ठित हुने भएकाले निर्णय फिर्ता लिन माग गर्नुभयो । त्यस्तै जिल्ला कमिटीका सचिव राजेश शाक्यले काठमाडौँ महानगरले बिना योजना सिधा निर्देशनबाट सूचना प्रकाशित गरेकोप्रति आपत्ति जनाउँदै उक्त निर्णय स्वीकार्य नभएको बताउनुभयो । एमालेले महानगरको उक्त सूचना बदर गर्न आग्रह गर्दै सातबुँदे माग अघि बढाएको छ । मागमा काठमाडौँ महानगरपालिका प्रमुखबाट जारी सूचना तत्काल खारेज गर्नुपर्ने, सर्वोच्च अदालतबाट फैसलाउपर तत्काल न्यायिक पुनरावलोकन लागि आवश्यक कानुनी प्रक्रिया अवलम्बन गर्ने, सडक किनार, नदी खोला खोल्चा तथा राजकुलोसमेतका सार्वजनिक जग्गाको साँध सिमाना छेउमा बसोबास गर्ने व्यक्तिमाथि व्यक्ति विशेषको आवेगबाट प्रभावित गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने रहेको छ । त्यस्तै, कानुन एवं आपसी सहमतिबाहेक व्यक्तिको निजी सम्पत्तिमाथि आक्रमण तथा हस्तक्षेपको अन्त्य हुनुपर्ने, सरकार परिवर्तन तथा अमुक व्यक्ति विशेषले मापदण्ड तय गर्ने अवस्थाको अन्त्य गर्न मापदण्डसम्बन्धी वैज्ञानिक आधारसहितको ऐन सङ्घीय संसद्बाट निर्माण गरी लागू गर्ने व्यवस्था गर्नुपर्ने, सार्वजनिक प्रयोजनका लागि सरकारलाई आवश्यक घरजग्गा चलनचल्तीको दररेटमा अधिग्रहण गर्नुपर्ने व्यवस्थासहितको कानुन तत्काल लागू गरी कार्यान्वयन गरिनुपर्ने र नदी तथा खोलालाई प्रत्यक्ष रुपमा ढलसमेतका अप्रशोधित फोहोरजन्य पदार्थ उत्सर्जनकार्य बन्द गर्ने व्यवस्था मिलाउनुपर्ने माग रहेको छ । यस्तो छ बालेनको प्रतिवाद कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि लाग्ने हैन आफ्नो कान छाम्ने हो । सर्वोच्च अदालतको आदेश आए पछि हामी  काठमाडौँ महानगरले सो आदेशलाई  सुचित गर्दै बागमती, विष्णुमतीमा ४० मिटर टुकुचा को २० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र जानकारी गराएका हौँ। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन । अदालतको आदेश अनुसार  जनताले आफ्नो जग्गा उपभोग गर्न बाट रोकेको छैन भने नेपाल सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ । अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता कार्यकर्ताहरुले जनता माझ भ्रम नछर्नु होला ।